काठमाडौँबाट हेटौडा जान मुग्लिङ हुँदै जाँदा २२६ किलोमिटर यात्रा छिचोल्न सात-आठ घण्टा लाग्छ। त्रिभुवन राजपथको घुमाउरो बाटोमा जाने हो भने १३३ किलोमिटर लाग्छ। यो सुरुङ बाटो मात्र ५० किलोमिटरको हुनेछ। अझ द्रुत गतिको सवारी साधन चल्ने हुनाले हेटौडाबाट काठमाडौँ आइपुग्न समय पनि एक घण्टा मात्रै लाग्नेछ। धेरै समयदेखि त्यही भएर यो सुरुङ मार्ग चर्चामा छ।
नेपाल पूर्वाधार विकास कम्पनीले यो सुरुङ मार्ग बनाउने अनुमति सरकारबाट पाइसकेको छ। तर यसका लागि उसलाई आवश्यक झण्डै ३५ अर्ब रुपियाँको जोहो कसरी हुने हो ?
रकम कै विषयलाई लिएर सरकारले सुरुमा कम्पनीलाई अनुमति दिन आनाकानी गरेको थियो। कम्पनीले विश्वास दिलाएपछि बल्ल सरकारले अनुमति दिएको थियो।
काठमाडौँ–कुलेखानी–हेटौंडा–सुरुङमार्ग परियोजना रु ३४ अर्ब ८७ करोडको लागतमा (अनुमानित) निर्माण हुनेछ। निर्माण प्रारम्भ गरिएको मितिले चार वर्षभित्र सम्पन्न गरी ३० वर्षसम्म सञ्चालन गर्ने जिम्मेवारी कम्पनीले पाएको छ। ३० वर्षसम्म त्यो बाटो प्रयोग गर्ने सवारी साधनबाट कम्पनीले निश्चित शुल्क उठाउन पाउनेछ। त्यसैबाट उसले लगानी उठाउनेछ।
तर त्यो ३५ अर्ब आउँछ कहाँबाट ? यो कम्पनीमा कम्पनीमा १७ गाविस, ८६ स्थानीय र ७६ उद्योगी व्यवसायीहरू संस्थापक शेयर सदस्य छन्। तर उनीहरुले मात्रै ३५ अर्ब जुटाउन संभव छैन।
एनआरएन भन्नुभएको ? हो, एनआरएनले पनि पैसा हाल्ने भएका छन्। तर झण्डै एक अर्बमात्र।
हालै कम्पनीका अध्यक्ष कुशकुमार जोशीले जर्मनी, स्विट्जरल्यान्ड, बेलायत तथा बेल्जियममा रहेका एनआरएनका सदस्यसँग अन्तर्क्रिया गरेका थिए। त्यतिबेला चार देशका एनआरएनबाट रु ९६ करोडबराबरको लगानी गर्ने प्रतिबद्धता प्राप्त भएको र सो रकम तत्कालै आउने प्रक्रियामा रहेको बताइएको छ।
अमेरिकाका एनआरएनहरुले नि ?
अमेरिकामा बसोवास गर्ने नेपालीको सङ्गठन एएनएको आयोजनामा हुने कार्यक्रममा विकास कम्पनीका तर्फबाट सहभागिता जनाएर लगानीका लागि आह्वान गर्ने रे। हेरौँ अम्रिकाने नेपालीहरुले कति लगानी गर्ने हुन्।
अझै अर्बौँ रकम जुटाउन बाँकी छ। कहाँबाट जुट्ला त यत्रो रकम ?
विभिन्न उपाय जारी छ। आज मात्रै विकास कम्पनी, प्रभु फाइनान्स कम्पनी तथा प्रभु ग्रुपबीच लगानी सम्झौता गरियो।
परियोजनामा प्रभु फाइनान्सले विकास कम्पनी लिमिटेडको संस्थापक सेयरमा लगानी गर्ने तथा कम्पनीको आर्थिक सङ्कलनमा समेत भूमिका निर्वाह गर्नेछ। फाइनान्सले परियोजनामा लगानी गर्न चाहने आफ्ना सम्पूर्ण ग्राहकलाई ऋणसमेत उपलब्ध गराउने जनाइएको छ।
नोटः माथिको फोटो साँच्चिकै सुरुङ मार्गको नभएर भृकुटीमण्डपमा केही अघि भएको मनी एक्सपोमा राखिएको फ्लेक्स हो।
[तपाईँलाई के लाग्छ, यो सुरुङ मार्ग बनाउन ३५ अर्ब रकम जुट्ला ? आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला। ]
साची नै एस माँ लागेका मान्छे हरुले मन लगेर काम गरिमा पक्का सफल हुन्छा र हामी पछि का पीढ़ी लाइ पुर्खाले यती काम रा राम्रो गरेछां भनेर देख्हाउनै पर्छ , बिदेस बता बेल बेलामा कति कति डॉलर सहयोग आउछ नेता ली मात्र खर्छ गर्छ्ना जस्तो लग्छा खाई ता बिकास को कम उधोग को काम खी हुन सकेछैना, चुनाब नगरेर भये नि एस्तो कम गर्न पर्छ , तेस्मा संपूर्ण नेपाली को साथ हुने छ .
असम्भव केहि छैन मात्र स्पष्ट नीति र दृढ ईच्छा शक्ति र ईमन्दारिताको खाचो छ . नेपालमा पैशा कहा फालौ भैरहेको छ बिश्वास दिलाउन सक्यो भने सकिन्छ . देश तथा बिदेशमा रहेका नेपालीको केही गरौ भन्ने भावना छ . यो यदि सफल हुन् सक्यो भने यस्ता परियोजना नेपालमा नागरिकको तर्फबाट ५० सौ वटा बन्न सक्छ यसो भयो भने अवसर र रोजगारीको लागि नेपालीहरु दुनिया चहार्नु पर्दैन बिदेशीको मुख ताक्नु पर्दैन, नेपालमै सबै कुरा सम्भव हुन्छ . सबै लागि परौ गर्न नसक्ने केहि छैन . सानो चित्त नगरौ .
Buy 2 tunnel boring machine, start drilling. Who care about other money. Ask japanese how they do
parkash जी ले भनेको कुरा ठिक हो | तर नेपाल बनाउने नपाली मित्रहरु को पेट नै महासागर जत्रो छ |बिदेसी नेपाली हरु को सपना सपना नै हुन्छ !!!!!
सकारात्मक रुपमा सोच्ने, स्थानीयहरु लगायत राजनैतीक दलहरु र तिनका भात्री संगठनहरुले बिभिन्न बहाना बाजिमा अबरोध श्रीजना नगर्ने प्रतिबद्धता गर्ने हो र सरकार तथा परियोजना कार्यन्वयन गर्ने कम्पनी साच्चै नै इमान्दार र जिम्म्वेवार भएर लाग्ने हो भने सबै सर्व साधारणको लागि शेयर खुल्ला गरेमा सहजै यो रकम जुट्छ । म स्वयं र मेरो साथी सर्कल पनि यसमा सकेको लगानी गर्न तयार छौं । निश्चय नै संसार भरका नेपालीहरुले यथा सक्दो लगानी गर्नेछन ।
हामीले बुझ्न के आबश्यक छ भने, यो build–own–operate–transfer (BOOT)आयोजना हो, यसमा सरकार वा राजनीतिक दलले गर्ने सहयोग भनेको आ-आफ्नो भातृ संगठन सम्बन्धित ट्रेड युनियनलाई जथाभावी अबरोध गर्नलाई रोक्नु पर्छ, अर्को कुरा एउटा प्राइभेट लिमिटेड कम्पनीले अन्तराष्ट्रिय स्तरको आयोजना गर्न लाग्दा, मेलम्ची समझेर हुन्न् ।
हुन त अगुल्टोको मार खेपेको हामी नेपाली बिजुली मात्रै होइन, जुनकीरि बल्दा नि तर्सिनु पर्ने बनाको छ ।
यो सबै कुश कुमार जोशी को प्रोजेक्ट अरु लाई बेच्ने सडयन्त्र हो | नेपाली को लगानी ले कहिले यो प्रोजेक्ट सम्भव हुने हैन | hydropower बेचेको जस्तो बिरगंज नाका बाट काठमाडौँ जोड्ने सबै भन्दा लाभदायक सुरुङ्ग मार्ग लाई कब्जा गरेको जस्तो हो यो | कुश कुमार जोशी भनेको एउटा non technical मान्छे हो, अहिले EIA SIA, Pre feasibility study को लागि जति खर्च भाको छ त्यो बराबर को पैसा कुनै बिदेशी कम्पनि ले दियो भने नाची नाची बेची दिन्छ कुश कुमार जोशी ले
यो प्रोजेक्ट अबको ४ वर्षमा होइन ४० वर्षमा पनि पुरा हुँदैन. स्रोत साधनको कहिले पनि सदुपयोग नहुने यो देसमा अहिले नै ४० अरव रुपैया जुट्ने भयो भए पनि अडको ४० बर्षमा पनि योजना सम्पन्न हुन्दैन. किनकि पब्लिक स्रोत र साधन प्राप्त हुने बित्तिकै ५०-६० % स्रोत त् केहि निहित व्यक्त हरुको गोजी भित्र गइ सक्छ. म चै यो प्रोजेक्ट सम्पन्न हुने कुरामा पटक्कै विस्वास गर्दिन.
‘पानि पर्याप्त’ पहिले होस् राजधानीमा/ कुरा त के-के भो-भो! टनेल पछि बनाउला नि हामी सबै मिलेर/ टनेल-प्लान-रोड भन्दा हामीलाई तिर्खा लागेको छ र अधेरो ktm मा रेगुलर लाइट चाहिएको छ/ पक्का भनेको/ त्यस्तो सुन्दर प्लान त अरु नि छन्, अति महत्व कुन् चै हो कृपया सबैले बुझौं/ कृपया सबैले बुझौं/
कर्मचारी सन्चय कोष र नेपाली सेनाको कल्याणकारी कोष सँग पुग्दो रकम छ त
नपुगेको खन्डमा नेताहरुको तेत्रो सम्पति के काम सबै हाम्रै लुटेको त हो नि ।
सबै विदेश जाने नेपाली बाट एक एक हजार कर उठायर पनि पैसा संकलन गर्न सकिन्छ तर त्यो पैसा सहि ठाउमा लगानी हुनुपर्यो……म पनि तिर्न तयार छु
पैसा उठाउन तेती कठिनाई होला जस्तो मलाई त लाग्दैन किन कि हाम्रो देसमा एक से एक व्यक्ति हरु छन् , केवल तेसको लागि लगानी मैत्री वाताबरण सिर्जना गरि काम सुरुवात गरे पैसाको खोलो नै बग्ने छ नि
खै हेर्दा त यो फेलेकश हेरेर चित्त बुजाये हुन्छ आम नेपाली जनता ले हुने वाला केहि छैन यहाँ
राष्ट्रिय गौरवको योजना सम्झी ७ लाख जति नेपालीले औसत ५० हजार लगानी गर्यो भने सजिलै लगानी उठाउन सकिन्छ. यतिको नेपालीहरुको हैसयत भैसक्यो. मुख्य कुरो NPBCL ले उसको कार्य क्षमता र इमान्दारिताको विश्वास दिलाउन सक्नु पर्यो.
यो योजना कुनै एक सहरको लक्ष्य नभई सम्पूर्ण राष्ट्रको द्रुत विकास सुरुवात हुने छ,
सबैलाई चेतना भया!!!
एस्तो प्रोजेक्टहरुको बारेमा सुन्यो कि कता कता मेलम्चीको भुतले डराउनदिने , निद्राबाट बिउझाउने समस्या आयो ………………
मेलांची अउनत भर्खर १५ वर्ष भयो त्यसको केहि पत्तो छैन/जुन कि काठ्मंदुमा पानीको हाहाकार भयर जनताहरुलाई मर्नु न बाच्नु भैराखेको छ/ सरकारको बुद्धि छ भने मेलांची लै प्राथमिकता दियर
पानीको समस्या पुरा गर्नुनी किन त्यो झुठो सपना देखयारा जनतालाई मुर्ख बनिराखेको /यो highway पनि मेलांची जस्तै हो/हिसाब गरेर पहिलेनै नाफा खानेहरु डाकाहरु/काम गरेर देखाऊ अनि नाफा खानु /
कहाँबाट ल्याउने ३५ अर्ब रुपिया ?
१. गएको संबिधान सभाले खर्च गरेको ९ अर्ब रुपैया
२. अबको संबिधान सभाले गर्न सक्ने १०-१५ अर्ब रुपैया !
बिज्ञहरुको आयोग गठन गरेर २-४ करोड रुपैयामै असल-संबिधान बनाउने हो भने, १५ अर्ब बचाउन सकिन्छ !
अन्यथा अपराधीलेहरुले लेखेको संबिधानलाइ १५ अर्ब खर्च गर्न खोज्ने हो भने, येस्ता आयोजनाहरु हाम्रो नातिको पालोमा पनि बन्दैनन्…..चेतना भया !
विज्ञहरूले आफ्नो अनुकूलमात्र बनाएको संबिधान फेल खाइसकेको होइन र हर्केजी ?
अपराधीहरुले त बनाउनै नसकेको होइन त पुष्प जी !
तिनै ‘विज्ञ’का चाटुकारहरूले हुन् बन्न नदिएको, जो जनताले संविधान बनाएको हेर्न पनि चाहन्नन् ।
यस्तै बतासे कुरा गराइले हो देश भास्या!
जतानी जहिलेनी जे मा पनि संबिधान सभा घसिट्यौनुपर्ने के छ तेस्तो भन्या!
एउटा योजना परियोजना बिकाशका कार्य र जनताको स्वोतान्त्रता र समानतासंग प्रत्यक्ष सरोकार र सम्बन्ध राख्ने देशको संबिधान लाइ एउटै घैटोमा घोलेर के जाड बनाउन खोज्या?
बिबिन्ना कारण र कुराले असफलता भनेको जेमा पनि हुन सक्छ त असफल भयो भनेर तेस्कै उछित्तो काडि रहने कि तेस्लाई मसम्याउन र सफल बनाउन तिर लाग्ने?
तर्क संगत कुराले सिधा भन्नुसन यो सुरुङ्ग मार्गको लागि कसरि कहाबाट लगानी ल्याउन सकिन्छ?
संबिधान नै बनाउने र तेसरी बिज्ञा हरु बाट नै बनाउने हो भने त्यो २ -४ करोड पनि किन गोडा पचासैक हजार दियता बिश्वोको उत्क्रिस्ट संबिधान जसले पनि लेखिदिन्छ! उस्तै परे मै लेखिदिउला सित्तिकमा!
बाबुराम भट्टराइले त गयको संबिधान सभाको पहिलो समयाबधिमै संबिधान प्रस्तुत गरिसक्नु भयको थियो तेस्लाई चाहि किन नमान्ने?
संबिधान र राजनीतिको खिचलो हुदै गर्छ गर्दै गरौला अहिलेलाई यो ब्लगमा उठाइयको कुरा लाइ सकारात्मक र प्रबुद्दा तरिकाले उपायादिदै सम्बोधन गरि तर्क सहित प्रतिक्रिया दिउ!
ठिक छ?
“बतासे” भन्ने शब्दको अर्थ नै नबुझ्नु भाको रैछ गगने जी ले,
“बतासे” शब्द अहिले “संबिधान-सभा” को पर्यायबाची शब्द हो….चेतना भया !
अपराधी मात्र होइन जानमारा, हत्याराहरु हुन्
मेलम्ची आउने कहिले हो टनेल बाट पानी आउने कहिले हो ?????
पहिले पानी आउनु पर्यो अनि बाटो बाट गाडी… जाबो पानी को खानी भएको देश भनेर घोक्रो ठुलो पारेर जनतालाई आस्वासन दिने नेता अनि सरकार ले त गर्न सकेको छैन अब यो बाटो त कता हो कता . पुंजी को केहि कमि हुदैन कमि छ त नेताहरु को इमान्दारीता अनि सरकार को सक्षमता र प्रतिबद्दता… जुन कुरामा अझ सम्मै प्रस्न चिन्ह छ ????????
प्रोजेक्ट राम्रो हो र लाभदायक पनि हो तर एसको लै पैसा जुटाउन पनि गार्हो छैन. भयो भने त मा पनि खल्ती छाम छाम छुम छुम गरि अलिकति त लगाउनु पर्ला.
अब खाट्टी कुरा गर्नु पर्दा यो प्रोजेक्ट त्यति सजिलो पुरा गर्न सक्दैन किन कि भन्यो एउटा अत्त्यधिक आवस्यकता को पानी जस्तो कुरा मा त सरकार र नेता हरुले राजनीति गरेर ३ वर्षा को प्रोजेक्ट लै १५ पर धकल्चा भने अब बाटो भन्ने त त्यो नभए त्यो बाटो भन्दै ४ वर्ष लै ४० वर्ष नगर्ला भन्न सकिन्न्ना अनि मेरो लगानी के ५० वर्ष पछि फिर्ता लिने? It is just impossible. जब सम्म नेता हरुलाई कार्वानी हुदैन र कडा व्यवस्था हुदैन कुनै पनि दिर्घ कालिन प्रोजेक्ट सम्पन्न हुदैन मा लेखेर किटेर भन्न सक्छु . फेरि उही हो कहिले गाउँ को जनता को राजनीति अनि कहिले नेता हरु को राजनति हुन्छ हुन्छा
So the project is viable profitable and achievable but not possible within 5 to 20 years at least under the supervision of this kind of party politics. NEVER NEVER NEVER
नेपाल देश गरिब भएपनि जनता धनि भएको देश हो / एउटा बित्तिय संस्था, हाइड्रोपावर आदिको शेयर आह्वान गर्दा त अरबौको दरखास्त पर्ने देशमा यत्रो ठुलो, महत्वांक्षी र नाफामुलक योजनामा किन नउठ्नु ? मज्जाले उठ्छ !!
बरु काम शुरु गर्ने बेलामा चाँही मुन्द्रे, गुण्डा, वाइसियल ठिक लगाउन छुट्टै पुलिस त्यहाँ तैनाथ गर्नु पर्छ !!
कल्पना गर्दा नै आनन्द आउने योजना….!!
आबस्यकताको पहिचान महत्वो पूर्ण कुरा हो ! कुन स्तरको हो – नभई नहुने , भयमा बेश वा भयानी ठिकै नाभानी ठिकै … अहिलेको परिस्थितिमा नभई नहुने पहिलो कुरा भनेको बिजुली उत्पादन हो / बिजुली भय उद्ध्योग धन्दा फ़स्टाउछन , जनताका आय आर्जन बड्ध्छन / यूरोप अम्रिका तिर बिजुली बिनाको जीबन सम्बव छैन .. त्यसैले म भन्छु पहिले त्यति पैसाले बिजुली निकाल अनि तेही बिजुली बेचेर सुरुङ्ग मार्ग खोल .. परेको बेहोर्ने हामि छम …..
मेरो बिचारमा कुनै दीर्घकालीन योजना बनाउँदा kathmandu centric भएर मात्र हुँदैन| काठमान्डौलाइ छाडेर राजधानी अर्कै ठाउँमा सारिन पर्छ तब मात्र काठमान्डौ का धनी सम्पदा जोगाईरहन सफल हुनेछौ| हिजसम्म राजधानी सार्ने तर्क दिएर कुरा गर्यो कि “राजालाई सारने भन्ने”? भनेर निहु खोजिन्थ्यो| तर आज यो आवश्यकता झन बढेर गएको छ|
सुरुङ्ग मार्ग बनाउन खर्च जुटाउन कुनै ठुलो कुरो होइन| सरकारको track record हेर्न हो भने निर्माण, व्यवस्थापन र संचालन प्राइभेट कम्पनिलाई नै दिईन पर्छ|
बंगलादेशले उत्तरी भूभागलाई जोड्ने जमुना पुल अरबौ टाका कसरि संचित गरे र अहिले जमुना पुलले कसरि देशको आर्थिक अवस्था माथि पुर्याउन सहयोग गरिरहेको छ त्यो नमुना अध्ययन योग्य र पहिल्याउने लायक छ| त्यस्तै गरेर पाकिस्तानको इस्लामाबाद देखि लाहोर सम्मको रोडवे को पूर्वाधार मनन योग्य छ र त्यहाबाट सिक्न सकिन्छ| toll बाट मात्र बर्षमा करोडौ संकलन गर्न सकिन्छ तर व्यवस्थापन उचित हुन् आवश्यक छ| हामी नेपाली अमेरिका, सिंगापुर र अष्ट्रेलियाको गफ दिन माहिर छौ, ती देशहरुमा गएर अध्ययन गर्छौ र सुरुङ्ग र इञ्जिनियरिङ्ग प्रजेक्टहरुमा कार्य गर्छौ| तर आफ्नो देशमा भक्तपुर देखि त्रिपुरेश्वर सम्मको अरुले बनाई दिएको ट्रलीबस संचालन र व्यवस्थापन गर्ने सीप पनि छैन| गर्ने नसकेपछि सीप नै नभएको नै भने हुन्छ| आकाशेपुल र बाटो मुनि रोड क्रस गर्ने सुरुङ्ग बनायौ तर संचालन र सम्भार अनि व्यवस्थापन उपरवालेको भरोसामा श्रम पचाएर छाडी दिनछौ|
कडा नियम बनाउन पर्छ| देशको प्रगतिको हितमा अर्थ संकलन सबै नेपाली जुटे यो नहुन सक्ने कुरो होइन| कटिबद्धता हुनपर्यो पहिले|
धरान उदारण दिए हुन्छा सबै सडक पुब्लिक ले बनेको छ
नेपाल राष्ट्र बैंकले भर्खरै चिनको बैंक मा लगानी गरेको खबर पढेको/सुनेको छु / राष्ट्र बैंक संग १० महिना को आयात धान्ने बिदेशी मुद् छ, जब कि ६ महिना धान्न पुगे सामान्य नै मनिन्छा /. किन सेकुरिटी को अनुपात कम गरेर भए पनि यसमा लगानी नगर्ने / जसोभयपनि राष्ट्र बैंकले आखिरमा बिदेशी बैंकमा सस्तो ब्याज दरमा निक्षाप जम्मा गरेर ब्याज खाने नै हो क्यारे ! येही प्रोजेक्ट मा loan दिया भैगो /
एउटा बाणिज्य बैंक को शेयर खुल्दा २-४ अर्ब को लगानी गर्ने जनताले यो योजना को शेयर खुले मा ३४ हैन ५० अर्ब को लगानी गर्छन..३४०० करोड भनेको कुनै ठुलो रकम हैन, नेपाल गरिब देश हो तर नेपाली हरु धेरै धनि भै सके.. स्वदेश र विदेश मा बस्ने नेपाली लाइ मात्र शेयर अभ्वान गर्ने हो भने, यो रकम सजिलै उठ्छ… अब काम गरेर देखाउने बेला आएको छ..नकारात्मक कुरा छोडौ सबैले यसलाई एउटा सुरुवात को रुपमा लीउ…यस पछि fast Track पनि जनताले नै बना उन आट गर्ने छन्..
जुन १२ का दिन Frankfurt मा काठमाडौं हेटौंडा सुरुङ मार्गमा लगानी अभियानको निम्ती नेपाल उधोग बाणिज्य संघका भुतपूर्व अध्यक्ष तथा नेपाल पुर्वाधार बिकास कम्पनीका अध्यक्ष कुश कुमार जोशीले भित्तामा देखाउनुभएको खाका सफल भए नेपाल र नेपालीले कोल्टे फेर्ने देखिन्छ l नेताहरु दिल्ली गैरहेको बखतमा कुश कुमार जोशीको टोली गैर आवासिय नेपाली संघका अध्यक्ष जिबा लामिछाने,संरक्षक राम प्रताप थापा सहित बिदेसिएका नेपालीहरुको घर दैलोमा देखा परिरहेका thiya l ठेक्का- पट्टाको जिम्मा बाघे , मनाङ्गे र चरिहरुलाई नदिने ,सफल ब्यबस्थापक राख्ने , राजनैतिक हाबी नहुने , विदेशबाट सम्बन्धित बिषयमा ज्ञान गरेका टोलीको परामर्श लिएमा ,जनताहरुले लगानी गरेको रकम फिर्ता हुने दरिलो आधार देखाउने ,लागत लाभको हिसाबले लगानी गर्ने सम्भावना बलियो देखाएमा यो ३४ अर्बको प्रोजेक्ट सफल नहुनेमा ३ मत छैन !
सन्तोष ब्रो, अब त https://www.lotterymaster.de/ गएर खेल्नै पर्ला जस्तो छ!
नेपालको विकाशको नाममा एक पटक परोस् त म एक्लै ईन्भेष्ट गर्न तयार छु। आखिरमा त २ ऐरो त हुने हो खास ईन्भेष्ट :प्
एउटा कुरो नी !
खोइ कोहि अघि सर्दैनन त, म आफै झिकौ त ६० अरब ? यो दश रुपिया चाही अहिले राख्नु बाकी चाही पछि दिउला 😀
येसो रमाइलो
३५ अर्व रुपैया कुनै ठुलो कुरा होइन जस्तो लाग्छ | आज खाडी राष्ट्र ( यु ए इ , साउदी ,कतार )मा मात्रै १० लाख भन्दा धेरै नेपाली काम गरिरहेका छन र तिनीहरुको औसत तलव ३५००० भन्दा माथिनै छ यदि सहि सदुपयोग हुने हो १० लाख नेपालीले १ महिनाको तलव मात्रै लगानी गर्दा पनि यो प्रोजेक्ट सम्पन्न हुन सक्छ, यसको लागि लगानीको वातावरण बन्नु पर्यो र लगानी आय मुलक हुनु पर्यो, यसको ग्यारेन्टी हुन्छ भने यो प्रोजेक्ट खाडी वासी दाजुभाइलाई जिम्मा दिनुस हामी तयार छौ|
म संग अचुक उपाय छ , यदि सरकार जवानी बस्ने हो भने पचास प्रतिशत सेयर प्रत्येक कर्मचारी बाट प्रति महिना दस प्रतिशत मात्र लिने हो भने प्रत्येक वर्षा पाच अरब उठ्दछा र तिन बर्षमा पन्ध्र अरब . अनि चौथो वर्षा बाट फिर्ता गर्दै जाने कुनै नीति नियम बनायर . देशको पैसा देशकै लागि
कहाँ बात ल्याउनु नि !नेता देखि कर्मचारी जो जो ले भ्रस्टाचार गरेका छन् तिनै बाट
जब काम सुरु हुन्छ तब यो वा त्यो बहनाले हडताल, बन्द आदि सुरु गर्छन….अनि ३५ अर्बको लागत ७० अर्ब र समय ४ बर्षको ठाँउमा १०-१५ बर्ष….मेलम्चीको हबिगत हुन बेर छैन ….तर यदि स्थानिय बासिन्दालाई पनि लगानी गर्ने बाताबरण बनाएमा चाहि केहि होला…..बन्द गर्न आउनेलाई कोदालोको बिडले ठटाउनु पर्छ….नत्र उहि पारा हो मेलम्चीको जस्तो…..
“बन्द गर्न आउनेलाई कोदालोको बिडले ठटाउनु पर्छ” – एकदम मिठो भन्नु भो है |
मेलम्चीबाट पानि त आएन तर भ्रष्ट नेताहरुको लागि भने पजेरो गाडी चाहिं सरकारै पिच्छे आयो र नेताहरु लाजै नमानी चढ्दै छन् . मेलम्चीको पानिबाट कथामंदौन्को बाटो धुन सकिन्छ भनेर आश्वासन दिने नेता परमधाम पुगिसक्यो तैपनि मेलम्चीको बेहाल . त्यस्तै मेलम्चीको जस्तो भई रह्यो भने चाहिं जस्तोसुकै दाता र जतिसुकै पैसा पाए पनि यो सफल हुँदैन .
कोदालो को बिड ?…केटा केटि कुरा !…
एकदिन मात्र काम बाह्य कारण ले रोकिदियो भने…बनाउने कम्पनी ले छेती पूर्ति बापत १०००० डलर माग्छ, नियुक्त गरेको consultant ले हो भंदिन्छा नदिए… काम बन्द गर्छ international court जान्छा प्रोजेक्ट ढिलो को ढिलो…पिडित नेपाली….मुद्दा जित्छ छेतिपुर्ती माथि ब्याज लिएर जान्छा.. अनि क हुन्छ? तेसैले नेपाली ले बनाउनु पर्छ…छिटो चांडो बनाए दिनुपर्यो पुरस्कार…नत्र नेपाली लै चै ठोक्न सकिन्छा होला
प्रोजेक्ट बन्ने भयो र पब्लिक लाइ सेअर खुल्यो भने ५ लाख म हाल्ने भए.
dipes g,
where r u ? r u sleeping… last year, there was big hungama in bhrikutimandap…exhibition hall..share selling…u can buy share from “purbadhar bikas kampani limited”..
यो काम सरकार सोयम ले गर्नु पर्ने काम हो ! २५ % सरकारले लगानी गरेर अरु शेयर खुलाउन सकिञ्छ/ सरकारले उक्त कम्पनीमा लगानी गर्नेले आय स्रोत देखाउन नपर्ने भन्दिनु पर्छ नाथे पैसा कति ओइरिञ्छ कति ! नेपालमा बस्ने संग अहिले यती पैसा छकि जो कोहिले अनुमान लगाउनै सक्दैनन् /
बाकि यो प्रोजेक्ट फास्ट ट्रयाक संग जोड्नु पर्छ किनकि सरकारको लगानी पहिले फसेको छ त्यहाँ! पैसा जोगाउनु पनि कमाउनु हो / यसो भय जनताले तिरेको कर को सहि सदुपयोग हुञ्छ/ सुरुङ्ग संग फास्ट ट्रयाक जोड्दा उपुक्त होला/
क्या मिठो सपना !!!!!!
मैले आज देशमा सुलभ यातायात , सडक ,सुरुङ्ग मार्ग , १०/१२ अन्तरास्ट्रिय बिमान स्थल ,५०० ठुला बिमान ,रेलमार्ग , केवल कार,आदि इत्यादी भाको सपना देखे ,,,,,तर जब म
ब्युझे ,,,,,हात्ती आयो फुस्सा ,,
बस्ताबमा
यो योजना नेपालको एक ठुलो अबनातिको कारक बनेर हाम्रो अगाडी आउदै छ . हो हामीलाई यो चाहिएको छ, अरु धेरै आयोजना चाहिएको छ, तर यही योजना लाई लिएर भारत ले जिम्मा पुन लागको काठमाडौँ तराई फस्ट ट्रयाक निर्माण छाडेको छ अब तेस्ले गर्दा तिन वर्ष देखि को द्रुत मार्ग बनाउने सरकारको कदम अड्केको छ साथै अहिले आर्मी ले खनेको बाटो खण्डहर बनेको छ, यो एक अरब को पैसा जम्मा ले न त यो योजना नै बन्दछ न त तिन बर्सको आर्मी र सरकार ले खनेको फस्ट ट्रयाक ले नै कम गर्छ…
एसको प्रतेछे फाइदा उही भारतीये लाई हुन्छ …उसकै गाडी उसकै इन्धन को व्यापार…एक छिन सोचौ न …न प्राबिधिक छ, न कम गरेको अनुभब छ, पैसा चाहिएको छ ३६ अरब चार बर्समा, जम्मा होला जस्तो छ १ अरब….अनि cost कति हेर फेर होला….बिस प्रतिशत मात्र हेरफेर भयो भने ८ अरब चाहिन्छा….यत्रो हल्ला ले जम्मा वयेको पैसा १ अरब, त्यो पनि झट्टै आउछ रे…झट्टै भनेको कैले? माघ मा शुरु हुन्छा भन्थ्यो…असार भैसक्यो…
हेटौडा को विकास अनि, पश्चिम नेपाल को विकास चाहिएको छ…शंका छैन तर…प्राथमिकता हुनु पर्यो नि…३ वर्ष मा द्रुत मार्ग बनछ तेस पछि यो बनाए क हुन्छा…देखा सिकी र हल्ला खल्ला ले मात्र बन्ला र? एस योजना ले नेपाल मा विकास देख्न नचाहने तर लोभ मात्र देखाउने हरुको नै बिजय हुन्छ …
कि कसो हो?
चेतना भया…
पैसा को टेन्सन नहुने एक अचुक उपाय छ, एउटा अध्यादेश जारि गर्नु पर्यो जसमा के उल्लेख हुनु पर्यो भने, यसको सेयर मा लगानी लगानी गर्दा सम्पति को श्रोत नखोजिने, अख्थियार नलाग्ने तथा कति सेयर हालेको भनेर पब्लिक गर्नु नपर्ने मात्र भानिदियु त, पैसा को खोलो बग्छ यहाँ.
जब सम्म दण्ड हिनता , अनुसासन हिन कर्मचारी तन्त्र , कुसासन देश मा रही रहन्छ येस्ता ठुला प्रोजेक्ट सम्पन्न हुन् धेरै गाह्रो छ | हेरौ मेलाम्ची !!!
सर्बप्रथम त् भ्रास्ताचार ले ३४ अर्ब , केहि समय पछि सेमिनार , भत्ता , गाडी खर्च , चुनाब प्रचार प्रसार ले ७० अरब हुन्छ , फेरी एकातिर बन्दै गर्दा आर्को तिर भत्कने तह सम्म को लापरबाही त् हाम्रो धर्म नै हो |
हामीजस्तो महान क्रान्तिकारी पनि कोइ छैन , राजनीति सफल पार्न बिकास भत्काउने
आज को रास्ट्रिय नेताको नजिर नै छ |
हामि उही , हाम्रो आदत उही | यथार्थ लेख्दा नेगेतिब कम्मेन्ट पो बन्यो |
track खोलि सकेको काठमाडौँ -निजगढ बाटो लै पक्कि बनाउनु को सट्टा त्यो भन्दा कयौ गुना महँगो परियोजना सुरु गर्नु मलाई चै ठिक लागेन ….पहिला सुरु भै सकेको र आधा आधी काम सकी सकेको परियोजना मा लगानी गरेर तेस्लाई छिटो सक्नु अनि बल्ल अरु सुरु गर्नु राम्रो हुन्थ्यो कि ?
rahul जी त्यो काठमाडौँ -निजगढ को फास्ट ट्रयाकको प्रोजेक्ट त भ्रष्टाचारीहरुको राष्ट्रिय ढुकुटी सिद्द्यौने योजना मात्र हो. नेपाल जस्तो एकदम कमजोर भू-बनावट भएको पहाडी भूभागमा बाटो खोस्रेर मात्र हुँदैन खोलाको किनारबाट खोलियको दिर्घकाल सम्म चल्ने द्रुत मार्गको लागि धेरै ठुलो लगानी र गुणस्तरको आवस्यकता पर्छ. नत्र भने अहिले बद्रि केदारनाथ (भारत) को सडकको जस्तै हरेक वर्षामा हालत हुन्छ. गुणस्तरीय र सुचारु निर्माणको लागि स्थिर र सहि नियतको सरकार नभहि सम्भव छैन.
तेसैले नेपालको लागि उत्तम बिकल्प भनेकोनै सुरुङ्गमार्ग हो. यो निर्माणको साफलताले धेरै ठुलो बिकाशको सम्भावनाको धोका खुल्ने छन्.
यो ठुलो आर्थिक सम्भाबना बोकेको (फाइदा-जनक) प्रोजेक्ट हो !
—- ६ घण्टा लामो बाटो १ घन्टामा पार हुने हो, भने साना सवारीले रु २००० र ठुला सवारीले ५०००.०० सम्म प्रवेश सुल्क तिर्ने छन् (पेट्रोल वा डिजेलको मूल्य बराबर) !
—- औसतमा ३,५०० प्रवेश सुल्क रहने हो भने, १०,००,००० (१० लाख) गाडीहरुको आवत-जवातले लगानी उठ्नेछ !
—- एक दिनमा १००० वटा गाडी आउने र १००० वटा गाडी जाने हो भने ५०० दिनमा (लगभग १.५ बर्ष) नै लगानी उठ्ने देखिन्छ ! दैनिक ५०० वटा गाडी मात्र आउने-जाने गर्ने हो भने १००० दिन (लगभग ३ बर्ष) र दैनिक २५० वटा गाडी मात्र आउने-जाने गर्ने हो भने २००० दिन (लगभग ५.५ बर्ष)!
— पाँच बर्ष भन्दा कम “पे-ब्याक” समय भएका प्रोजेक्ट संसारमा निकै कम र लोकप्रिय हुन्छन….चेतना भया !
हर्के जी, दस गुना कमले हिसाब गर्नु भो जस्तो लाग्यो यानी एउटा सुन्ना कम भो ..
—- औसतमा ३,५०० प्रवेश सुल्क रहने हो भने, १०,००,००० (१० लाख) गाडीहरुको आवत-जवातले लगानी उठ्नेछ !
—> ३५०० * १०,००,००० = ३,५०,००,००,००० ( जम्मा ३.५ यानी साढे तिन अरब मात्र हुन्छ )
——————————————————————————–
एउटा उदेक लाग्दो कुरा के छ भने ८-९ महिना अघि सम्म २० अरब जति लागत अनुमान गरिएको यो प्रोजेक्ट राता रात झन्डै झन्डै दोब्बर ३५ अरब पुगेको छ ,
http://www.mysansar.com/2012/09/1388/#more-1388
हो त…एउटा सुन्य गायब भएछ…! धन्यबाद सिसिर जी !
तैपनि सम्भाबना चाइ ज्युदै छ जस्तो लग्याछ…हर्केलाई !
ओहो साह्रै नाफामूलक आयोजना पो रहेछ त ! पुरानो ब्लग नपढे पछि यस्तै हुने रहेछ । १ वर्ष नपुगी १५ अर्ब लागत बढ्ने रहेछ भने ४ वर्ष भित्र त वार्षिक ७५% का दरले आयोजनाको लागत कति हुने होला ? व्यापारी र कन्सल्ट्यान्सीले नाफा दि ? कि लि ?ने रहेछन् राम्रोसँग ।
पक्कै पनि ठुलो प्रोजेक्ट हो तर बन्न नसक्दै तुहिने निजगढ खण्ड पनि त हेर्नु पर्यो नि? निजगढ बाटोले मूल तराई लाइ जोड्न धेरै सहयोग गर्छ भने सुरुङ्ग मार्गले एउटा सहर – हेटौडा|
ढलान भएको तीनतिर पर्खाल लागिसकेको घर बनाएर बस्नु बेश कि आर्को सुरु गर्नु?
आखिर बजेट भनेको फिक्स हुन्छ बनाउने कुरा धेरै, भनेपछि एउटाको मुखको गास काटेर अरुलाई ख्वाउनु पर्यो हैन त?
तपाइको यो हिसाब मैले बुझिन, कहाँ बाट यो आंकडा (डाटा) ल्याउनु भो? अनि गाडीको तेलको पैसा चै रोड को कर तिर्दै सकाउने कुरा मनासिब छैन| २००० – ५००० लाग्ने हो भने ढुवानी, कर, प्रहरीलाई बुझाउदा अनि माथि भनेको कर तिर्दा हो हाम्ले ६ घण्टा कुर्नु पर्ने चिज १ घण्टा मै पाउलाउ तर समान को भाउ कति आकासिन्छ?
आखिर जनताको पैसा उठाएर बनाउने संरचना लाइ फेरी कर तिरेर सुबिधा लिदा दोहोरो कर परेन र? फेरी त्यति चाडो उठाएर न त्यो संरचना कहिले दुरुस्त राख्ने पनि हैनन् कम्पनिहरुले टालटुल अनि अषार (वर्षा को भेल)मा काम गरेर बजेट सकाउने मात्र कुरा हुन्छ|
(कर सस्तो राखेर दैनिक आवत-जावत बढाउने हो भने त्यो टार्गेट पनि पुग्न सकिन्छ|)
मणि जी,
रु २००० – ५००० सम्म अहिले नेपाल आयल निगम हुदै इन्डियन आयलले खाइरहेको छ, तेसैले ढुवानी खर्चमा तेसले कुनै असर गर्दैन…!
बरु टायर र इन्जिनको समेत बचत हुँदा, ढुवानी सस्तो हुनुपर्ने हो !
हर्के जी, राम्रो तर्क तर पाइखाना को ढोका नलाइकन बस्दा अरुले देखे भने कुरी कुरी स्वाभाविक रुपले भन्छन|
नेआनि अनि नेता/प्रसाशकले ढोका खुल्लै राखेर यस्तो भएको हो नि, कि कसो? आफ्नो पोको कस्नु अरुलाई दोष नदिनु भन्छन तेस्तो हामी मा छैन|
“बरु टायर र इन्जिनको समेत बचत हुँदा, ढुवानी सस्तो हुनुपर्ने हो !” सहि थाप्छु मा तपाइको कुरामा| यो कुरा ब्यबसायीको दिमागमा कहिल्यै घुस्दैन, पैसा कति लग्यो भन्ने मात्र हुन्छ – आम नागरिकले जस्तो ब्यबसायीले सोचिदिने भएको भए नेपालीहरुले तेत्रो बिघ्न अखाध्य बस्तु खानु पर्ने थिएन!
नरिसाउनुस है हर्के जी, तर पनि मलाई निजगढ पहिले सकाउनु पर्छ जस्तो लाग्छ!
Dear kishna, its easy to say someone is wrong but how about yourself? how did you find his expectation/assumption wrong? this is why & how we fail, we penalise others but don’t have suggestion to make it correct.
your mathematics is wrong !!!!
यो त लगाएको लगानी को payback भो. दैनिक मर्मत सम्भार अनि खर्चको हिसाब गर्दा सचि नै ५.५ बर्षमा नै होला र? Insurance को पनि त कुरा आउला नि / अनि सरकारले चाही लगानी नगर्ने रे? गरे देखि राम्रो नै revenue उठ्ने थियो/
हर्केज्यु/
यो प्रोजेक्ट सफल भयमा सबै भन्दा महत्वोपूर्ण उपलब्धि हुने “समयको बचत” पनि हो/ समय अमुल्य हुन्छ/ यसकारण यो प्रोजेक्ट सफल हुनु राम्रो हो/ उपत्यका बाट हेतौंडा दुई घन्टामा पुगिने बाटो आज भन्दा ३०/३५ बर्ष पहिलानै चीनको सहयोगमा बन्ने कुरा उठेको थियो/ तर त्यो बेला पनि “पारीको स्वार्थ र हितमा बाधा नपुर्याउने बाचा गरेका” ले त्यो बाटो बनाउने योजना पनछाउन्दै आयको थियो/
मित्र बन्धु हरु , बनाउन लै लागत लाग्छ तर सोच्न मात्र फुटेको कौडी पनि लाग्दैन / यो एउटा
दिवा स्वप्न मात्र हो
धरम जी,
चमत्कारमा होइन परिश्रममा विश्वास गरम,
येस्ता योजना स्वप्नमा होइन, यथार्थ देखिन्छ…
बन्दै नबनेको संबिधानलाइ हामीले ९ अर्ब खर्च गरिसकेम, होइन र ? अब अर्को लाइ कति खर्च हुने हो, संबिधान बन्ने ग्यारेन्टी के ?
तेसैले, तेस्ता फजुल खर्च, हटाएर एता तिर हेर्ने हो कि ?
.
बाह्र घण्टा अगाडि सोधेको जस्तो लाग्थ्यो मलाइ तर मदन जी कहा जिज्ञासा पुगेनकी भनेर फेरी दोहोर्यायाको छु!
मदन जी, त्यो ३०/३५ बर्ष अगाडि “पारीको स्वार्थ र हितमा बाधा नपुर्याउने बाचा गरेका” चाहि को को र कुन रहिछ?
मलाइ लागेको सम्भावित उत्तरहरु,
बिरेन्द्र,
सुर्य बहादुर,
लोकेन्द्र बाहादुर चन्द,
मरिचमान,
वा अन्य तत्कालिन प्रम हरु!
को हो थाहा पाउन पाय हुन्थ्यो!
किनकि अहिले तपाहिले विशेषण भिडाउने दलाल र लेण्डुपे हरु त तेती बेला थियनन क्यारे!
त्यो भन्दा अझै अगाडि भय महेन्द्र र बिपी होकी भन्नु हुन्थ्यो , लौ न थाहा पाउ आभारी हुने थिय!
हर्के जी,
ब्लग त “कहाबाट ल्याउने ३५ अर्ब रुपैया” भन्ने छानी त मतलब यो सुरुङ्ग मार्ग बनाउन लाग्ने ३५ अर्ब रुपैया कहाबाट ल्याउने भन्ने हो!
तर तपाइको कुरा सुरुङ्ग मार्ग बनिसके पछि ३५ अर्ब कसरि उठ्छ भनेर देखाउन उध्धत्ता देखिन्छ! कुरा उत्तर र दक्षिण भयन र भन्या?
जे भयपनी तपाइको कुरा नकार्न मिल्दैन किनकि यो सुरुङ्ग मार्ग देशको आर्थिक र यातायातको लागि मेरुदण्ड नै हुने छ!
– यसले बार्षिक अरबौ वा खरबौ को आयातित र महँगो इन्धन बचत गर्ने छ!
– व्यक्ति परिवार र देशको अनगिन्ति समय बचत गर्ने छ!
– पर्यावरण र प्रदुषण मा धेरै धनात्मक र गुणात्मक असर दिने छ!
– यात्राको जोखिम र दुर्घटना निकै कम हुने छ!
– अन्य सडक हरुको छाप घट्न जादा तेस्को आयु लम्बिने र मर्मत आदि सहज अनि कम खर्चिलो हुने छ!
– यहा यो बने पछि अन्य स्थानमा पनि बन्न सुरु गर्ने छ!
देशको पारवाहन र यातायात अनि पर्यटनमा एउटा क्रान्ति नै हुने छ यो सुरुङ्ग मार्ग१
धेरै अगाडि बन्नुपर्ने थियो! ढिलै भयपनी बन्नु पर्छ!
तर तेस्को लागि त्यो ३५ अर्ब कसरि ल्याउने भन्ने कुरा ब्लगमा गरेको तपाइले रिवाइण्ड गरि उल्ट्यायर प्ले गर्नुभयो!
ठिकै छ त्यो बनेपछि कसरि उठ्छ भनेर त सबैले आंकलन गर्न सक्छ भन्न सक्छ!
त्यो बनाउन कोलागि लाग्ने रकम कसरि उठ्छ त्यो भन्नुस!
३५ चालिस बर्षको संचालन र कनडिशनल शुल्क उठाउने गरि उचित अनुगमन र सर्तमा चलाउने सम्झौता गरि निजि क्षेत्रलाई दिनुपर्छ यस्ता तिनवोटा सुरुङ्ग मार्ग तुरुन्तै बन्छ! ३५ अर्ब होइन ५०० अर्ब पनि उठ्ने छ!
हो यानेरा फेरी बिप्पाको कुरा आउछ!
अब लगानी शुरक्षाको प्रत्याभूति गरिदैन भने यसमा कसैले कौडि लगाउन आउनेवाला छैन!
३५ अर्ब खर्चेर सुरुङ्ग मार्ग बनायो तर उद्घाटन भयको भोलिपल्ट एउटाको बुढी पोइल गयो भनेर नेपाल बाँध चक्का जाम, अक्रोको कुखुरा मर्यो चक्का जाम!
सुरुङ्ग मार्ग मात्र खुला त्यो भन्दा यतानी जाम उतानी जाम!
अनि कसले लगानी गर्ने?
लगानी शुरक्षाको प्रत्याभूति गरिदियो भने ३५ अर्ब त बिदेशमा बस्ने नेपालीले सजिलै लगानी गर्ने छ देशको लागि, बिदेशीको लगानी आह्वान गर्ने पर्दैन!
कागजमा हिसाब मात्र गरेर भएन काम पनि गरेर देखाउनु पर्यो।। प्रोजेक्ट को कुनै ज्ञान नै नभएकाहरूले चलाऊन लागेका छन्।त्यो ब्यापार जस्तो होइन्।।१०० म किन्यो अनी केही समय लुकाएर १५०, २०० म बेचे जस्तो ,,
यस्को लागि त प्रोजेक्टमा राम्रो दखल भएका हरु को उपस्थिती आवश्यक छ कि त्यो ब्यापार गर्नु लाको होर किनेर नाफा खाएर बेच्ने जस्तो
पोलिटिकल देखी स्थानिय स्थर सबैइ लाई चित्त बुजायर काम गर्न सक्नु पर्छ
यो प्रोजेक्टको सफलताले नेपालको अर्थतन्त्र र बिकासमा पनि ठुलो योगदान दिने छ. बर्षौ पनि सरि राष्ट्रको पैसा पेर्ट्रोलियम खर्च भएको जोगिने छ साथै यसको सफलताले यस्तै अन्य योजनाहरु बनि राष्ट्रको प्रगतिमा तिब्रता आउने छ.
तेसैले हामी सबैले जति सक्दो सेयर लगानी गरि राष्ट्र निर्माणमा योगदान दिउँ र यसबाट प्राप्त हुने लाभ पनि
काम गर्न सके त त्यो भन्दा राम्रो विकासको पूर्वाधार अरु सायदै हुन सक्ला । बर्षेनी त्रिशुली बगे सरी बगेको पेट्रोलियमको पैसा त दुइतिहाई बचत हुन्थ्यो नै साथमा गाडिका पार्टस र मर्मत सम्भार तथा जाममा खेर गएको धेरैको समय तथा लगानिको पनि यथोचित उपयोग हुन्थ्यो होला ।
तर कुश कुमारजीहरूको व्यापारिक र लाल कृष्ण केसी र ठाकुर शर्माको फुलब्राइट कन्सलट्यान्सी दुबैको परियोजना निर्माणमा अनुभब त भए जस्तो लाग्दैन । फ्याक्ट्री सञ्चालन गर्नु, एसियाली विकास बैँक र विश्व बैँकको रकमले कन्सल्ट्यान्सी चलाए जस्तो सजिलो सडक निर्माण गर्न नहोला । लेनदेनबाटै परियोजना प्रस्ताब पास गरेजस्तो निर्माण र लागू गर्न हुदैन । परियोजना निर्माणमा बहुदलले दिएको हड्ताली प्रवृत्ति, निर्माणमा हुने अवरोध, मुआब्जाको विबाद आदि धान्न नै परियोजनाले सोचेको ३५ अर्बले के कसो होला भन्न गाह्रो छ । समय खोलाको पानी सरी बगाउने प्रवृत्तिले लगानीले सोच्न नसकेको थप भार निल्नु न ओकल्नुको अवस्था ल्याउने खालको हुन्छ ।
साच्चै कार्यान्वयन हुने हो भने सेयर हाल्न सकिन्छ र हाल्नु पनि पर्छ । विदेशको पैसा मात्र किन मुनाफा दिन सक्ने हो भने देश भित्रै पनि लगानी गर्ने मन हुने धेरै पाउन सकिन्छ । अहिले लोडसेडिङको बिकल्पमा ब्याट्री, सोलार र पावर ब्याकअपमा मानिसले गर्नु परेको लगानीलाई हिसाब गर्ने हो भने इन्द्रावती भन्दा ठूला जलविद्युत आयोजना निर्माण र सञ्चालन गर्ने पूँजी विदेशीएको पनि भुल्न हुदैन । पेट्रोलियममा जोगिने पैसालाई नै मात्र करको आधार बनाउन सक्दा पनि आयोजनाले लगानी उठाउन सक्छ ।
सबल र इमान्दार नेतृत्व र ब्यबस्थापन भए सायद ३५ अर्ब नेपाली को अन्तरिक स्रोत बाटै जुटौंन सकिन्छ / एउटा साधारण बैंक को share को लागि आबेदन गर्दा त बिसौ गुना गुना बढी आबेदन गर्न सक्छन भने यो रकम जुट्न असंभ हुने भन्ने कुरै हुन्न / यो समग्र रास्ट्रको गौरब हुने हुँदा सम्पूर्ण नेपाली हरुलाई एसमा समाबेश हुन बाटो चै खुल्ला गर्नु पर्छ र सम्पूर्ण नेपाली ले एसमा साथ पनि दिनु पर्छ / यो आयोजना लाई राजनीतिको चै छाया पनि पर्न दिन हुन्न / निश्चित छ यो आयोजना सफल हुन्छा /
सरकार ले न टेनडर गर्यो न कोटेसन लियो. जसलाई पायो तेस्लाई बना भनेर दिने हो भने मैले पनि पाउनु पर्यो.
२० करोड जनता ले १०० रुपिया दियो भने २० अर्ब हुन्छ | अब त्यो २० करोड जनता मा ५०% गरिब होला | १० करोड जनता ले २०० रुपिया दियो भने पुग्छ २० अर्ब | कि मेरो हिसाब गलत भयो| :०)
कहाँ छन् २० करोड जनता? नेपाल मा त ३ करोड मात्र हो. इन्डियन ले पनि दिन्छन कि १०० रुपिया ?
सीमाजी, नेपालको २० करोड़ जनसंख्या पुर्र्याउनको लागी त दक्षिण तिर नागरिकता बाँडने अभियान चाल्नुपर्ला……..
भन्नाले त्यो “नागरिकता वितरण” यहि प्रोजेक्ट को पार्ट रहेछ? 😀
कागजमा हिसाब मात्र गरेर भएन काम पनि गरेर देखाउनु पर्यो।। प्रोजेक्ट को कुनै ज्ञान नै नभएकाहरूले चलाऊन लागेका छन्।त्यो ब्यापार जस्तो होइन्।।१०० म किन्यो अनी केही समय लुकाएर १५०, २०० म बेचे जस्तो ,,
यस्को लागि त प्रोजेक्टमा राम्रो दखल भएका हरु को उपस्थिती आवश्यक छ कि त्यो ब्यापार गर्नु लाको होर किनेर नाफा खाएर बेच्ने जस्तो
पोलिटिकल देखी स्थानिय स्थर सबैइ लाई चित्त बुजायर काम गर्न सक्नु पर्छ
This project is initiated and just been raised to drop the fast track which government has called for ROP on BOOT basis , one of the former and present officials from economic ministry if there is concept of PPP Model then always understood that this model is implented by Big Private houses to rob government and general people
This is a new game plan to misuse the public,private & Govt. fund by so called business tycoon of Nepal.Our leaders,bureaucrats and Natwarlals
are also involved in this grand design.If they have genuine interest,can they publish the detail feasibility report in Nepalese daily news paper and inform & motivate the Nepali-Janta regarding this project.
यो प्रोजेक्ट बन्ने प्रोजेक्ट हैन. निजगड बाट बन्ने फास्ट ट्रयाक बिथोल्न को लागि इंडियाको निर्देशन मा भै रहेको काम हो.
यो प्रोजेक्ट बनि हालेछ भने पनि एसको संचरना एस्तो हुंछा.
प्रोजेक्ट रकम: ३४ अर्ब
लाग्ने रकम : १७ अर्ब
लगानी: १० अर्ब
ऋण : २५ अर्ब
कुशकुमार एंड कम्पनि लै फाइदा: १७ अर्ब, सित्तैमा
हामी मध्ये केहिलाई जुनपनि सन्धर्भ मा भारतलाई नजोडी र भारत को सत्तो सराप नगरी दिन बिताउन नै नसक्ने भएको छ. आफ्नो जानकारी छेत्र बाहिरको कुरा मा पनि आफु expert नै जसरि हावा कुरा गर्दा हामीलाई कुनै लाज हुदैन. सारै निरासाबादी भएर शंकाकै भरमा हावादारी कुरा लेख्नु भो बिदुर जी ले? केहि गर्न खोज्ने हरुलाई कम्तिमा सहयोग गर्न नसके पनि खुट्टा तान्न छोड्न तिर लाग्ने हो कि?
पैसा न कौडी, हाटबजार दौडी??? बिदेशी कम्पनि ले चै पुरा गर्छ कि?????
सबै मिले नहुनी के छ र जस्तो लाग्छ मलाई त … तेहा चल्ने साधन बाट सुल्क चै सस्तो भय मात्र दिगो नाफा हुन्छ अनि लगानी कर्ताले लगानी उठाउन सजिलो होला कि अरु हजुरहरुको विचार
दीर्घकालका लागि विचार गर्ने हो भने यो मार्ग हामीलाई अतिउपयोगी मात्र होइन किफायतीसमेत हुनेछ । म त भन्छु हाम्रा सन्तनीहरूले गर्व गर्नलायक संरचना हुनेछ छ यो । त्यसैले यसमा सबैको सहयोग, सहभागीता हुनैपर्छ ।
सहि कुरो हो पुष्प जी, मैले पनि एउटा हरियो तपाइलाई, अरुबेला जस्तो बिना प्रशंग को कमेन्ट गरि जान्ने पल्टिन खोज्नु भाको छैन ऐले, येस्तै सटिक र सहि कमेन्ट आइराखोस,
धन्यवाद
कुश कुमार हरुले आफै कम्तिमा ५०-६० करोड हाले पो एउटा कुरो. यति ठुलो प्रोजेक्ट चलाउने मान्छेले दश लाख मात्र लगानी गर्ने रे. खल्ती मा पैसा नभएको र आयोजना सम्बन्धि एक सुको अनुभव नभएको मान्छे ले ३५ अरब को प्रोजेक्ट एकैचोटि आट्दा मान्छेले नपत्याउने स्वाभाविक हो. सरकार ले यो आयोजनालाई स्वीकृति दिएर ठुलो गल्ति गर्र्यो. कति नेपालीलाई यिनले घान मा पार्ने हुन्.
अर्को कुरो अमेरिकामा बस्ने नेपालि संग कता बाट पैसा छ र? सबै बिहान बेलुका खान ठिक्क हुने हरु मात्र छन्. एक लाख डलर बचाउन दश वर्ष काम गर्नु पर्छ ..के लगानी गर्लान र?
बिस्तारै बिस्तारै गर्दै जाँदा सबै ठिक हुञ्छ अनि यो प्रोजेक्ट पनि पुरा भै नै हाल्छ साथि हरु सदै पोजेतीव होउ भगवान र हामी नेपाली दाजु भाई को भरोशा राखौ काम हुञ्छ नै हुञ्छ अहिले हामी नेपाली हरु पनि धानी छौ कतै न कतै बाट
त्यो पैसा आइनै हाल्छ …..
यो योजना सफलता पूर्बक सम्पन्न हुने कुरामा कहिँ कतै बाट शंका नगर्नु भए हुन्छ | यो पब्लिक सेक्टर बाट थालिएको उदाहरनिय काम हुनेछ | हामि जता ततै बाट धोका मात्र पाई रहेको परिवेश मा यो योजना पनि तेस्तै हुने त होइन भन्ने शंका लाग्नु सान्दर्भिक छ | तथापी एस्लाई जसले नेतृत्व गर्दै हुनुहुन्छ उहाहरुले गरेको र गर्दै आउनु भएको कामहरुको पृष्ठभूमि खोजि गर्नु भयो भने बिश्वस्त हुन सकिन्छ |
रह्यो कुरा लगानीको | प्रति नेपाली रु १२०० (एक हजार दुइ सय मात्र) लगानी गर्ने हो भने पनि लगानी को अभाब हुने छैन | हिसाब गरेर हेर्नु होस् | यो योजना सफल भै सके पछि नेपाली हरु मिलेर जल बिद्युत क्षेत्र मा पनि येस्तै योजना ल्याउनु पर्ने हुन्छ | निसन्देह यो योजना का बाधक तत्वो हरु अगाडी आउने नै छन् |
First, Mr. Sakuntala Hirachan should relinquish his position from the Board Member of NPBC Ltd. How can a possible contractor for the project a Board Member of the company. This is clearly a violation of conflict of interest clause. Moreover, after reading Sugat Ratna Kansar, about Mr. Hirachan’s enagement with Trauma Centre construction, I have doubt on his integrity.
सजिलो छ – नेता र व्यापारीको कालो धन उपयोग गर्ने नत्र मोराहरूले कालो धन बिदेशमा लुकाउञ्छ . यसरि धन त नेपालमै रहने भयो, कस्तो लाग्यो त उपाय ?
दिनमा २ हजार गाडी ओहोर दोहोर गर्यो र प्रत्येक गाडी सँग सरदर २०० लियो भने
दैनिक ४ लाख उठ्ने रे छ । त्यो भनेको मासिक १ करोड २० लाख अथवा वार्षिक १४ करोड हुन्छ । सामान्य हिसाबमा पनि वार्षिक १४ करोडले ३५ अर्ब उठ्न २५० वर्ष लाग्ने रे छ !
यति २५ वर्षमा उठाउने प्लान हो भने, दैनिक करिब २० हजार गाडि ओहोर दोहोर गर्नुपर्ने देखिन्छ, कि भने, गाडीसँग २००० भाडा लिनुपर्ने हुन्छ ।
रु. २०० त मोटर-साइकलको टनेल प्रवेश सुल्क हुनु पर्छ !
१७७ किलोमीटर यात्रा छोटिदा त तेल (प्रेटोल वा डिजेल) नै २० (सानो गाडीमा) देखि ३५-५० लिटर सम्म बचत हुन्छ ! तेसैले रु २००० देखि रु ५००० सम्म भाडा लिदा पनि, गाडीहरुको तेलको बचतले पुग्छ !
समयको बचत त सित्तैमा !
Adhikari Jee, You missed this thing :
NPBC has categorised vehicles into motorcycle, car/jeep/van/taxi, bus, minibus, microbus, multi-axle vehicle, truck and mini truck for the purpose of toll collection. The charges for travelling from Kathmandu to Hetauda have been fixed at Rs 180 for a motorcycle, Rs 904 for a car, jeep, van or taxi, Rs 2,373 for a bus, Rs 1,130 for microbus, Rs 2,486 for a truck and Rs 4,520 for a vehicle with more than three axles………..The Physical Infrastructure Ministry has estimated fuel savings of Rs 800 per car and Rs 3,000 per heavy truck on each trip.
NPBC has stated that it will be able to repay its investors within eight to 12 years of operation of the highway.
http://www.ekantipur.com/the-kathmandu-post/2013/05/27/money/tolls-for-tunnel-highway-to-range-from-rs-180-to-rs-4520/249272.html
शेयर निकाल्यो भने चै अलि अलि उठ्ला कि?
जुटे र बने धेरै राम्रो हुनेथियो हामी सबैको लागि | अहिलेनै नकारात्मक कुरातिर नजाऊँ होला |
पक्कै पनि यो प्रोजेक्ट सफल हुन्छ, लाल के सी, ठाकुर, कुश जस्ता सयौं होनहार योजनाकार हरु ले अहॊरात्र काम गरेको देखेको छु. पशुपति को देश मा पनि लक्ष्मी को चिन्ता?
न बन्ने सम्भिधानमा खर्च गर्नु भन्दा बरु फाइदा हुने सडक मा लगानी गर्नु राम्रो होला जस्तो लाग्छ हामीलाइ…..
This इस द huge project. To get the permission from gov, the project team must submit the PID( project initiation document) where, planning, scope, benefits, resources and budget are included. I m wondering how did this company get permission without having proper budgeting?
If it is really trustful company, all the stakeholders( who have interest on this project and who are influence into it) have to invest the money on it and make it success.
I reckon, Hetauda industrial area and all the eastern Nepal are affecting by this quick way. So their involvement is more important than others one.
A high qualified and experienced project manager, team and stakeholders are key elements of success this project so, lets go for it.
Good luck
To get the permission from gov, the project team must submit the PID( project initiation document) where, planning, scope, benefits, resources and budget are included. I m wondering how did this company get permission without having proper budgeting?
The question and suspect against your PID sucks.. are you stupid man?? You have no idea what you talking about. I recommend you to re-read this subject so that you could get on the bottom line. The company definitely does 1,000 research from many years so that Nepal government approve their PID neither it wouldn’t got flash on public or news ‘you know what I’m saying. Stop pretending you are the expert on this topic and acting like super hero of mountaineering engineer which include tunnel road development. Everything above is bullshit except ‘stakeholders are key elements of success this project so, lets go for it – at least you wrote that’ < I appreciate.
मेरो देश बन्छ भने म हाल्छु केहि पैसा | Proposal मन पर्यो भने कम्तिमा 1000USD को बाचा गर्छु, येदि प्रोजेक्ट सुरु भएपछि काम राम्रो हुदै गएको देखियो भने अरु 5000USD थप्ने छु| यो कम्पनीको पहिलेका कामहरु र यो नया proposal को बारेमा कहाँ अद्ध्यन गर्न पाईन्छ लिंक पठैदिनुस न सालोक्य जी |
प्रकाश आचार्य
मेरील्याण्ड, अमेरिका
१ हजार युएस डलर रे, के बच्चाको बोर्डिंग फी तिर्ने कुरो हो र? यस्तो छ अमेरिका बस्ने नेपालीको हैसियत.
एक थुकी सुकी, सय थुकी नदि ! मैले त दुइ कक्षा मै पढेको हो क्यारे….तपैले पढ्नु भएनछ सायद !
अमेरिकामा बस्ने अन्दाजी २ लाख नेपाली मद्ध्ये 10% ले 1000USD लगानी गरेमा, 20,000,000 अर्थात् १,९००,०००,००० हुने रहेछ| 5000USD लगानी गरेमा चाहिँ ९,५००,०००,०००| परियोजना को 5%-27%जति हुने रहेछ, शायद निकै कम नै मान्नु हुन्छ होला, तर बैदेशिक ऋणको भार त केहि अबश्य नै घटौछनि हैन ?
खै के खै के ! यस्ता परियोजना निर्माण हुनु त राम्रो कुरा हो तर पनि यो भन्दा महत्वपूर्ण त नौबिसे देखी थान्कोट सम्मको सुरुंग मार्ग सामरिक , आर्थिक र भौगोलिक दृष्टिकोन र अपरिहार्य पनि थियो ! पुर्ब्बाधार बिकास कम्पनी लाई नाफा को दृष्टिकोन बाट पनि यो परियोजना लाभ दायक थियो ! कुश कुमार जोशी हेटौंडा का बासिन्दा र उनको NEPAL EKRAAT ENGINEERING COMPANY हेटौंडा मा भएको कारण ले मात्र यो मार्ग ले महत्व पाएको हो भन्ने मेरो बुझाइ छ ! पूर्व बाट आउने सवारि बर्दिवास को बाटो बाट ,बाँकी बसेका सवारि हरु नीजगढ को फास्ट ट्राक् बाट काठमान्डौ भित्रने सम्भावना प्रबल हुँदा हेटौंडा हुँदै काठमान्डौ भित्रने सवारि भनेको हेटौंडा र बिरगन्ज बाट छुट्ने सवारि मात्र हुन , पश्चिम नेपाल बाट छुट्ने सवारीहरु नारायणघट बाट मुग्लिन को बाटो काठमान्डौ प्रबेश गर्न छोडेर ७५ कि मि लामो बाटो हेटौंडा सम्मको यात्राा गरेर त्यहा बाट फेरी ५० कि मि जम्मा १२० कि मि को यात्रा थप् अतिरिक्त रकम तिरेर गर्दैनन ! तेसैले यो योजना मक्वान्पुर जिल्ला र हेटौंडा नगरि को लागि मात्र धेरै महत्वपूर्ण छ !
मित्रहरु
चारैतिर निराशाहरुले छाइरहेको यो देशको स्थितिमा अलिकन पनि उज्यालो देखिन्छ भने तेस्लाई पनि अँध्यारोतिर नधकेलौन | उद्यमीहरुले गर्न खोज्नु भा छ (सरकारले गर्नुको सट्टा). यसमा सबैले (बिचारले नै किन नहोस) होस्टेमा हैसे गरेपो सबैलाई हौसला हुन्छ | अलिकन पोजिटिभ विचार पनि राख्ने गरौँ | यो पनि हुन्न , त्यो पनि हुन्न भनेर आखिर हामी के गर्ने त ? कहाँ जाने त ?
साच्चै भन्नेहो भने खाली विचार मन्थनकै लागि कुरा गरौँ न…हामी नेपाली करिब ३ करोडको हाराहारीमा छौ | त्यो पनि भैगो, २ करोडको कुरा गरौँ….२ करोड जनताले यदी रु. १००० (एक हजार) को दरले पैसा उठाउने हो भने पनि २० अरब त उठी सक्यो | हो, हामी नेपालीहरु ठाउँ ठाउमा सिटामोल खान नसकेर मरेका छौं, तर यदि सक्नेले त्यो औसतमा उठाउन सके बन्न त सक्दो रैछ नि त …मैले खाली सोचाई नै नेगेटिभ नगरौं …गर्न सक्छौ हामीहरु पनि भन्ने भवन राख्यो र राम्रा कमेन्ट पोस्ट गरेमा गर्नेहरुलाई पनि साहस आउछ…आखिर जसले गरे पनि देश त हाम्रै बन्ने हो नि !
जीवन मा कैले पनि मोटर नदेखेका ले के खान दिनु नि १००० रुपिया? फेरी त्यो हेटौडा काठमाडौँ जाने आउने लाइ त ठिकै छ,अरु लाइ के को वास्ता?
बिश्वासाको प्रत्याभूति सरकार ले गरिदियामा र शेयर आह्वान गरे यस्ता ३५ अर्ब ३५ दिनमा उठने छ!
यो मार्ग बन्न बार्षिक ३५ अर्ब को त तेलै मात्र जोगिन्थ्यो होला!
अब समयको बचत आदि कुरा गर्ने हो भने त कुरो कहा पुग्छ कहा!
सर्ब साधारण बाट शेयर लगानी आह्वान गर्ने हो भने तुरुन्त हुने छ!
मा यो प्रोजेक्ट को बारेमा पोजटिभ नै छु. हामी नेपाली ले नै केहि गरेर देखौन सक्छौ भनेर यो सुरु गरिएको हो. अनि मलाई कुश कुमार जोशी को leadership भाको ले पनि प्रोजेक्ट सफल हुन्छ भन्ने आस छ. हेरुम के हुन्छ.
सुरुंग मार्ग भन्दै मकवानपुरे राता नेताहरुले पटक पटक जनतालाई ललिपप देखाए तर माथि चित्रमा देखाको जस्तो फोटो सम्म झुन्ड्याउन धारी सकेनन ! अहिले निजिहरु तातेका छन ! अब चैँ बन्ने मा कुनै दुइमत छैन ! सुरुंग मार्ग हामि मकवानपुरे हरुको सपना हो !
देस विकासको मुहार फेर्ने यस परियोजनालाई हामी सबै नेपाली हरु मिलेर सफल बनाउनुपर्छ, तेसका लागि प्रतेक नेपालीहरुले लगानी गर्नु पर्छ / म त तयार छु तपाई नि ?
किन यो फोकट को यनआरयन /सेनआरयन संग गुहार गर्नु पर्यो, खुरुक्क प्रमुख नेता (माकुने, प्रचण्ड जोडी , बाबुराम जोडी, झल्लु र मधेश बादी सबै ) नेतालाइ लागनी गर्न लगायो भने ३५ अर्ब हैन १०० अर्ब पनि २ दिन मै जम्मा हुन्छ .
There is a saying in English; ‘When there is a will there is a way’. Well it is a good thing if we succeed this Operation. So let’s not always criticize and think how we can execute this Operation. I hope that is the best for each one of us.
विदेश बाट दिनहु आर्बौ रेमिटान्स भित्रन्छ, मान्छे हरु ले लगानी गर्नी उचित ठाउँ नपाएर, घर बनाउने , भएको घर मा तल थप्ने , घडेरी किन्ने , धन्न्यचल मा दान दिने , लगाएत क आरु फजुल खर्च गरिरछन. सरकार ले लगानी को उचित गरेंटी गर्ने हो भने र सर्बसाधारण लै शेअर बिक्रि गर्ने हो भने सजिलै आर्बौ रुपया उठाउन सकिन्छ जस्तो लग्छ मलाई त !
साच्चिकै मनले काम गर्ने हो रकम जुट्छ ।साथै हामी सम्पूर्ण नेपालीहरुको चाहना जुटोस र समयमा योजना सम्पन्न होस् शुभकामना
सरकारसँग कमिशनका आधारमा अनुमति लिएको होला तर यदि लगानीकर्तालाई पनि विश्वासिलो आधारसहित रकम संकलन गर्ने र वास्तविक लागतको योजना अगाडि ल्याउने हो भने त्यो रकम सजिलैसँग उठ्न सक्छ ।
यो प्रोजेक्ट भनेको मेलम्ची जस्तै हो लाग्छ मलाई त,,,,
तपाई लाइ थाहोई छ नि ,सम्बिन्धान सभा भंग हुँदा को मूल्य , २/४ वटा Tbm पनि किन्न सकिन्थ्यो नि ?
हरेक यातायात ब्यबसायी जो काठमान्डू संग परोक्ष या अपरोक्ष सम्बन्ध राख्दछन, उहाहरुलाई पनि यसमा सहभागिता गराउने र सबै भन्दा महत्वपुर्ण नेपाल का हरेक पार्टी जसले छनभर मा हजारौ युवा, मुन्द्रे, कपाले, फोर्से, लिगे, तरुणे सबैलाई तोडफोड मा उतार्न सक्छन, उनीहरु सबैलाइ यो प्रोजेक्ट मा लगाउन उर्दी जारी गर्नु पर्ने छ /
जय देश, जय मातृभूमि, जय नेपाल ///
मलाई लाग्छ यों आयोजनाको कारणले बन्ने आयोजना पनि नबन्ने भयो(राष्ट्रिय गौरवको फास्ट ट्रयाक) र आर्थिक अभावको कारणले यों आयोजना पनि बन्दैन र यसको कारणले अर्को बन्ने आयोजनापनि बन्दैन,यों त बुडो गोरुले गाई ओगटे जसतै हों
म यो कम्पनीमा शेयर लगानी गर्ने योजना छ तर उपयुक्त वाताबरण मिल्यो भने मात्र प्रबासी नेपालीको हकमा भन्नु पर्दा