Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीन किलो सुन दिएर अपहरणमुक्त हुने डा. भक्तमान पनि अख्तियार छानबिनमा

Posted on July 1, 2013July 1, 2013 by Salokya

drbhaktamanshrestha तपाईँहरुलाई याद होला तीन वर्ष अघिको त्यो कान्ड- चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा.भक्तमान श्रेष्ठको अपहरण। केही मिडियाले माओवादीले अपहरण गरेको दावी गरे पनि खासमा अपराधीहरुले फिरौतिका लागि अपहरण गरेको खुलेको थियो। परिवारले साढे तीन किलो सुन दिएपछि उनी अपहरणमुक्त भएको प्रहरीको अनुसन्धान टोलीले खुलासा गरेको थियो।

उनै भक्तमान अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अकुत सम्पति छानबिनको दायरामा परेका छन्। अख्तियारले छानबिन गर्दै गरेको थप २४ जनाको लिस्ट आज मिडियामा लिक भएको छ। उनीहरुको पनि छानबिन अवधिमा बैँक लकर र सम्पति रोक्का गरिने भएको छ। नयाँ सूचिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उपसचिवदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपति र टिचिङ अस्पतालका प्राध्यापक अरुण सायमिसम्म रहेका छन्।

को- को छन् सूचिमा ?

  • नापतौल तथा गुणस्तर विभागका महानिर्देशक रामआधार साह
  • त्रिभुवन विमानस्थलका भन्सार कार्यालयका उपसचिव सुदीप शाह
  • त्रिभुवन विश्वविद्यालयका उपकुलपति हीराबहादुर महर्जन
  • पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति महेश्वरमान श्रेष्ठ
  • पीयुका पूर्व उपकुलपति रामअवतार यादव
  • पियुका रजिस्ट्रार निरोज पान्डे
  • पियुका पूर्व रजिस्ट्रार राजकुमार ठाकुर
  • औषधि व्यवस्था विभागका महानिर्देशक राधारमणप्रसाद सिंह
  • सोही विभागकी निरीक्षण शाखा प्रमुख विजयलक्ष्मी श्रेष्ठ
  • स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखा प्रमुख नरेशप्रताप केसी
  • नेपाल मेडिकल काउन्सिलकी संयोजक शशि शर्मा
  • टियु टिचिङ अस्पताल प्राध्यापक अरुण सायमि
  • टियु टिचिङ अस्पताल एनोटोमी विभागका रतिन्द्र श्रेष्ठ, रामप्रसाद उप्रेती
  • सहायक डिन शरदराज वन्त, विमल सिन्हा
  • बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष भक्तमान श्रेष्ठ
  • कृषि सामग्री कम्पनी महाप्रबन्धक अम्बरराज खयर
  • शिक्षा मन्त्रालय, उच्चस्तरीय अनुगमन समितिका सदस्यसचिव सूर्य गौतम
  • उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष हेमकुमार मिश्र
  • सदस्य सचिव भीमलाल गुरुङ
  • उदयपुर सिमेन्टका महाप्रबन्धक सुरेन्द्र चौरसिया
  • उद्योग विभाग सुविधा शाखाका उपसचिव रामशरण चिमौरिया
  • नापतौल तथा गुणस्तर कार्यालय पर्साका प्रमुख श्रीपति झा

स्रोतः अन्नपूर्ण पोस्ट

अहिलेलाई उनीहरुको सम्पति छानबिनका लागि अनुसन्धानको दायरामा मात्र आएका हुन्। उनीहरुले १५ दिनभित्र व्यक्तिगत सम्पति विवरण फाराम भर्नेछन्। अनुसन्धानको क्रममा स्रोत नखुलेको सम्पति फेला परे अख्तियारले अनुसन्धान सकाएपछि बल्ल विशेष अदालतमा मुद्दा दायर गर्नेछ। विशेष अदालतको फैसला चित्त नबुझे सर्वोच्च अदालतमा जानेछ। त्यहाँबाट फैसला भएपछि बल्ल मुद्दा किनारा लाग्नेछ। यो सब कामका लागि अझै धेरै वर्ष लाग्नेछ।

71 thoughts on “तीन किलो सुन दिएर अपहरणमुक्त हुने डा. भक्तमान पनि अख्तियार छानबिनमा”

  1. santosh rijal says:
    July 5, 2013 at 1:17 am

    कमसेकम बाहुन छेत्री त कम रहेछन . धेरै त जन जाति र दलित नै छन् ,बाहुन छेत्री लाई देखि न शहने सबै लाई जानकारी भय so don not forget bahun chetri are not only croopt and bad but they also soulation of problem
    And sorry if grammer is incorrect
    Think that we all are nepalies

    Reply
    1. gautam says:
      July 9, 2013 at 8:36 pm

      तपाईं को ब्याकरण मात्र हैन सोच नै निकै तल्लो स्तर को लग्यो मलाई र सायद यो कमेन्ट पढ्ने सबैलाई लागेको हुनु पर्छ ! के झा ,मिश्र , यादव , पाण्डे शर्मा भनेका दलित मा सुचिकृत भएका थर हरु हुन् ? सबै नेपाली एकै हुन् भने यिनी चाहिं के हुन् त ? मलाई त तपाईं को सामन्यज्ञान पनि निकै कम्जोर लाग्यो !

      Reply
  2. Dinesh Oli / Airport Customs Officer says:
    July 3, 2013 at 4:50 pm

    आफु पनि एरपोर्ट मा भन्सार अधिकृत छु ! फेरी मलाई पनि भ्रस्टाचार गर्यो भनेर चिट्ठी काट्ला! चिठी काट्यो भने ल हेर भ्रस्टाचार गरेर कमाएको सम्पति भनेर येइ दुइटा डेरा को कोठा देखैदिन्छु !

    Reply
    1. Pratiksth says:
      July 4, 2013 at 9:29 am

      साथी त निक्कै बाठो रैछौ..जम्मा दुइटा कोठा तैपनि भाडामा???? भन्सारको कर्मचारी भएर??? संचि हो ???

      Reply
    2. madan bajracharya says:
      July 5, 2013 at 2:31 am

      दिनेशज्यु/
      भन्सारमा भ्रस्टाचार नगरे भ्रस्टाचार गर्नेले फसाई देला यो कुरामा सावधान हुनुस/

      Reply
  3. योगेश आदी says:
    July 3, 2013 at 2:59 am

    प्रचण्ड र हिसिलाको नाम लिस्टमा छैन त ??!!!

    Reply
    1. Dinesh Oli / Airport Customs Officer says:
      July 3, 2013 at 4:51 pm

      धैर्य गर्नुस मित्र, लोकमान ले माओबादी को दुश्मन लै सिधौछ, उसको पालो पछि लोकमान क दुश्मन ले माओबादी लै सिधौछन !

      Reply
      1. Harke says:
        July 4, 2013 at 4:48 pm

        यसरी एक ले अर्कोलाई सिध्याउदै जादा एकदिन नेपाल र नेपाली नै सिद्धिने छन…चेतना भया !

        Reply
        1. Hillman, Myagdi says:
          July 4, 2013 at 8:36 pm

          भ्रष्ट र घुसखोर, कमिसनखोर सिद्दिए पो राम्रा आउलान???

          Reply
  4. Dinesh says:
    July 2, 2013 at 11:44 pm

    यो सबै नाटक हो त्यो लोकमानले र र माओबादीलाई आफ्नो नियुक्तिको लागि चढाएको नज़राना तिर्न को लागि यिनीहरुबाट उठाउने तरिका हो तेती पनि थाहानभएको खै के भनु मित्र हो.

    Reply
  5. nil kaji godar says:
    July 2, 2013 at 9:05 pm

    ३ किलो सुन सजिलो तरिका बाट दिनासक्नी मान्छे. केहि त छ ( दाल मे कला है ???

    Reply
    1. Dinesh Oli / Airport Customs Officer says:
      July 3, 2013 at 4:52 pm

      पछि फेरी कहाँ सुन दिनु, ३ किलो नुन पो दिएको भनेर उम्कला भक्तमान डाका ! 😀

      Reply
  6. Gaurab Nepali "Oodaaseen" says:
    July 2, 2013 at 7:18 pm

    नेपाली समाजमा भ्रस्टाचार को दाग नलागेसम्म जति कुकर्म गरेपनि उ बोलवाला नै हुन्छ तर, उसलाई भ्रस्टाचार को डग लगेपछि उसलाई कुकुरले पनि घुक्छ भन्ने चरितार्थ बिर्सनु हुन्न ! यस्तै कुरालाई पनि अधार मान्ने हो भने लोकमानको खिल्ली उदाउनु भनेको आफै पतित हुनु हो, कुनै संका? ल संका पनि गरियो रे ल म पनि लोली म बोलि मिलाउदै भन्छु लोकमान गलत मन्छे हो र भ्रस्टचारी सबै सहि, व्हट next ???????????????????????????????????????

    Reply
  7. द्रोण says:
    July 2, 2013 at 5:33 pm

    लोकमान ले भक्तमान लाइ हान्यो
    जसले हान्यो ,तेस्ले जान्यो

    Reply
    1. Harke says:
      July 4, 2013 at 4:51 pm

      लास्टाँ….! जसले जान्यो, तेसैलाई तान्यो…!

      Reply
  8. Badri says:
    July 2, 2013 at 4:08 pm

    गर्छ कि भन्ने आशा देखा को छ जनता लाई सकारात्मक छ /तर प्रचण्ड को प्रस्ताब मा बडो नाटकीय ढंग बाट भएको उनको नियुक्ति र उनको तसकरी छबि को कारण ले लोकतन्त्र आएपछि एका एक नवधनाद्य बनेका माओबादी नेता हरु लाई छानबिन गर्ला जस्तो मलाई लाग्दैन नेपाली जनता ले बाँकि ६ बर्ष कुर्नु पर्ला लोकतन्त्र रहे सम्म एकदिन कारबाही हुन्छा ढुक्क बनौ /

    Reply
    1. Dinesh Oli / Airport Customs Officer says:
      July 3, 2013 at 4:54 pm

      केहि छैन भन्या मित्र, पहिला एसले कांग्रेश एमाले भ्रस्टचारी लाई थुन्छ, पछि कांग्रेश-एमाले ले आफ्नो मान्छे राखेर माओबादी भ्रस्टचारी लाई सिध्यौछन !

      Reply
  9. Sisir says:
    July 2, 2013 at 1:52 pm

    यो लिस्टमा भएका मध्ये आधिलाई मात्र कारबाही गर्न सके पनि लोकले मान्ने थिए ..
    प्रति व्यक्ति सरदार ५०० रुपिया लिएर दिन को १००-१५० जना जतिको जाच गरि दिनको आराम संग ५० हजार सम्म निजि क्लिनिकबाट मात्र कमाउने डा. साहेबहरु देशमा हजारौं छन् , तेसै गरि प्रैभेत फर्म चलाएर करोडौं कमाउने वोकिल , यिन्जिनियेर, CA , consultancy निजि बोर्डिंग इस्कुल , +२ , नर्सिङ्ग होम चलाउने हरु दशौँ हजारौं छन् , राज्यलाई कौडी बराबर पनि कर तिर्दैनन , यिनीहरुको पनि सम्पति छानबिन गर्न सके निकै ठुलो उपलब्धि हुने थियो .. यो छान बिनको सुचीमा सेनाका एउटा पनि बडाहाकिमहरु नपर्नु चाही बडा उदेक लाग्दो छ .. यिनीहरुले जस्तो भ्रस्टाचार कसले गर्या होलान र ? नत्र २०-३० हजारको तलबले तेत्रो राज्ससी जीवन कसरि सम्भव छ ..

    Reply
  10. madan bajracharya says:
    July 2, 2013 at 12:16 am

    भक्तमान डाक्टर साहेव सिट ३ किलो सुन कहा बात आयो? यति पत्ता लगाउनुस लोकमान ज्यु तव सुन पानि तपाईं माथि छर्कने छ विरोधीले पनि/ तर यो कुरा तपाईंले उठाउनु हुन्न यति ग्यारेन्टी/

    Reply
    1. diwakar says:
      July 2, 2013 at 9:51 am

      राम्रो अभियान नराम्रै मान्छे ले चालेको भए पनि त्यो राम्रो हो ! राम्रो कुरा को विरोध नगरोउ बरु कसरि गर्छ हेरोउ ! सुकिला मुकिला र अरु लाइ ज्ञान दिने आफु चाही कुबेर को कहिले नरित्तिने घडा भएर बसेका हरु लाइ अख्तियार ले अनुसन्धान गर्नु पर्दछ ! पहिलो राउण्ड मा अरबपति कर्मचारी, दोस्रो राउण्ड मा अरबपति समाजसेवी (तथाकथित नागरिक समाज ), तेस्रो राउण्ड मा अरबपति पत्रकार, सम्पादक र प्रकाशक, चौथो राउण्ड मा विभिन्न संगठन, गैह्र सरकारी संगठन, समाजसेबी संगठन का अरबपति हरु, पाचोउ राउण्ड मा पार्टी को खोल ओढेका सर्बहारा अरबपति वकिल, यी सबै को जालो तोडिए पछि आफसेआफ आउछ नम्बरी नेता को पालो ! लोकमान त्यो बिधि नराम्रो मान्छे होइनन जस्तो लाग्छ ! उनको बिरोध खाली अरबपति नागरिक समाज का सदस्य, पार्टी का अरबपति वकिल र अरबपति मार्का का पत्रकार, सम्पादक र प्रकाशक हरु ले खाश गरि बिरोध गरेको देखियो ! कुनै बस्तुलाई नराम्रो उद्देस्य भएका हरु ले घनघोर बिरोध गर्छ भने त्यो बस्तु पक्कै राम्रो हुन सक्छ ! लोकमान को नाप लोकतन्त्र ले नाप्ने होइन अब उनको काम ले नाप्ने हो राम्रो गरे जय लोकमान नराम्रो गरे गय लोकमान ! इतिश्री :

      Reply
      1. madan bajracharya says:
        July 2, 2013 at 7:40 pm

        दिवाकरज्यु/
        अख्तियार जस्तो संस्थामा बिगत प्रदुषण मुक्त व्यक्तित्व नै नियुक्त हुनु पर्थ्यो र तेस्तो व्यक्ति आम नागरिकहरु मध्य बाटै प्रतिस्पस्धा बात चुनिनु पर्थ्यो/ तर लोकमानको बिगत प्रदुषण मुक्त व्यक्तित्व भयको व्यक्ति होइन र उनि भ्रस्टाचार र अपराधको मुद्दामा चोखिन बाकि दलको कोत्तामा बिबादास्पस्त तरिकाले नियुक्त भयको व्यक्ति हो/ यसकारण उहा प्रति आम नागरिकको १००% सकारात्मक हुन् अलि होइन धेरै गाह्रो पर्छ/

        मित्र; यदि नेपालमा चुलियको भ्रस्टाचारलाई आर्थिक भुकम्प मान्नु हुन्छ भने तेस्को केन्द्र बिन्दु राजधानीमा अखडा जमायर बसेका ठुला दलका ठुला नेताहरुनै हो/ निम्न तह बात हुने भ्रस्टाचार ठुलो कर्मचारीको अदृश्य निर्देशनमा हुन्छ र तेस्ता ठुला कर्मचारीहरु आफुलाई नियुक्त गर्ने भ्रस्ट नेताहरु बात संचालित छन् र यस्ता भ्रस्ट नेताहरुले आज राजधानी कब्जा गरेर बसेका छन्/ निम्न तहको भ्रस्ट कर्मचारीहरु मात्र भ्रस्ताचारको रुखको पातहरु हुन्; ठुला पदमा रहेको भ्रस्ट कर्मचारीहरु त्यो रुखको हाँगाहरु हुन्; भ्रस्ट उद्योगपति ब्यापारी आदि सबै तेस्तो भ्रस्ताचारको रुखको गुँड जमायर बस्ने भ्रस्ट हुन्/ त् पात तथा हाँगा काटेर भ्रस्टाचार को अन्त हुँदैन बरु उल्टै नया र नौलो भ्रस्ताचारको पात र हाँगा पलाउञ्छन/ तसर्थ भ्रस्ताचारको अन्त गर्न भ्रस्ताचारको रुखको जरा नै खतम गर्नुपर्छ/

        लोकमानलाई भ्रस्टाचार जन्य अपराध गरेकोमा अख्तियारकै कार्यवाहीमा परेर भबिस्यमा सरकारी सेवाको निमित अयोग्य हुने सजाय खेप्दै आयको व्यक्ति हो/ उसको योग्यता र उ मा आयको परिबर्तनलाई हेरेर लोकमानलाई कुनै गैर्ह सरकारी संस्थामा मात्रै नियुक्त गरिनु पर्थ्यो/ लोकमानलाई अख्तियार मै प्रमुख पदमा नियुक्त गर्नु पनि यक किसिमको भ्रस्टाचार नै हो/

        Reply
        1. sandesh says:
          July 2, 2013 at 8:47 pm

          ह्या मदन जी ले के सारो झुटो लेख्नु भएको | मा धेरै जसो कमेन्टमा मदन जी ले सहि लेखेको जस्तै लाग्छ अनि समर्थन पनि गर्छु | तर :

          “लोकमानलाई भ्रस्टाचार जन्य अपराध गरेकोमा अख्तियारकै कार्यवाहीमा परेर भबिस्यमा सरकारी सेवाको निमित अयोग्य हुने सजाय खेप्दै आयको व्यक्ति हो/ ”

          यो कुरो त सहि होइन त , एरपोर्ट सुन काण्डमा अख्तियारले मुद्दा हालेको हो , तर अन्तिममा इनले मुद्दा जिते | तपैले “भबिस्यमा सरकारी सेवाको निमित अयोग्य हुने सजाय” भनेको ‘रायमाझी आयोग – जन आन्दोलन दमन गर्ने सम्बन्धि ‘ को रिपोर्ट भन्नु भाको होला, खाट्टी कुरो त त्यो ‘रायमाझी आयोग ‘ जस्ता सबै खालका आयोग त ‘ खै के खै के ‘ भन्ने खालका हुदा रैचन नि | ऐन कानुन अनुसार नै तेस्ता आयोगका ‘रिपोर्ट’ बाध्यकारी नहुने खालका हुदा रैचन – तेही भएर त ति रिपोर्टले कारबाही गर्नु भनेको मान्छेलाई आर्मी /पुलिसमा बढुवा अथवा ति संस्थाको प्रमुख बनाउदा पनि कसैले केहि गर्न नसक्ने रैछ |

          येति हुदा हुदै पनि , अख्तियारमा प्रमुख बनाउन लोकमान भन्दा धेरै उपयुक्त मान्छे हरु धेरै थिए | तर अब नियुक्त त गरिसके यी ‘४ डाकाहरुले ‘ तेसैले अब लोके दाई ले राम्रो काम गरुन , तेही कामना | नगरे पनि कसैले यी लोके दाई को रु हल्लौना सक्दैन, अभियोग/मुद्दा आदि लगाएर हटाउन पनि संसद्को दुइ तिहाई आबस्यक पर्छ |

          Reply
          1. madan bajracharya says:
            July 3, 2013 at 2:16 am

            संदेशज्यु/
            तपाइंले सहि कुरा सम्झाउनु भयो/ मैले लेख्दै जाँदा उहालाई रायमाझी आयोगले त्यो आरोप लगायको कुराको सम्झना नै भयन/ उहा माथि अख्तियारले भ्रस्टाचार गरेकोमा आरोप लगायको कुरा मात्रै मनमा आयो/ तपाइंले गल्ति सच्याई दिनु भयकोमा धन्यबाद/

            तर पनि बैधानिक तरिकाले कसैले आफ्नो अख्तियारको दुरुपयोग गरेर जनान्दोलन दमन गर्न खोजेको छ कि भनेर छानबिन गर्न गठन भयको रायमाझी आयोगको प्रतिबेदनमा उहा माथि लगायको तेस्तो आरोप र बन्देज बैधानिक तवरले निस्क्रिय तथा खारेज त् अझै भयको छैन/

            फेरी साढे ३ करोड नागरिक र ४०सौ दलहरु भयको देसमा मात्र ४ दलको सिफारिसमा तेस्तो आरोप लागेको व्यक्ति अख्तियार जस्तो संस्थाको प्रमुख हुन् बात रोक्न नसक्नु लोकतन्त्रकै निमित यौटा व्यंग हो/

            Reply
      2. Bimala GHIMIRE says:
        July 2, 2013 at 11:43 pm

        भुत्राााको गर्छ लोकेले । दीवाकरको सपना सुन्दै हाँस लाग्दो । यि माथिका मूलाहरुलाई त बलिको बोको बनाको नि । लोकेको हिम्मत भए आफ्नै सम्पत्ती छानविन गरोस । प्रचन्डेको गरोस ।

        Reply
  11. Lalit Narayan says:
    July 1, 2013 at 11:43 pm

    लोकमानको तिब्र बिरोध सामसुम बनाउने बहाना अनि अख्तियार प्रमुखमा टिकाई राख्ने राजनीतिक नेताहरुको चाहना हो यो सब l यदि सांचिकै इमान्दारीका साथ कामै गरेको हो भने कर्मचारी मात्र हैन, भ्रस्टचारी नेतालाइ कारबाही गरेर देखाऊ लोकमान l अनि तिम्रो जनताले जय जय गर्ने छन् l

    Reply
    1. Harke says:
      July 4, 2013 at 4:53 pm

      कुरो को चुरो यहि हो…बाँकि कमेन्ट त स्याल भाका मात्रै हो !

      Reply
  12. bipin says:
    July 1, 2013 at 10:54 pm

    यो त मैले धेरै अघि हेरेको ” क्याच मि इफ यु
    क्यान” मुवी जस्तै पो रहेछ
    चोर लाई बाकी चोर पकड्न लाउने.

    Reply
  13. narendra says:
    July 1, 2013 at 9:51 pm

    यो त लोकमान को पैसा उठाउने अभियान मात्र हो , उसले आयुक्त हुँदा खेरि प्रचण्ड लाइ बुझाएको रकम को ब्याज सहित उठाउनु बाहेक यसले अरु केहि सोचेको छैन, साच्चिकै कारवाही गरे लोकमान लाइ सम्मान गर्ने थिए .

    Reply
    1. Harke says:
      July 4, 2013 at 4:55 pm

      जदौ नरेन्द्र जी…मन को कुरो लेख्नुभो…आज हर्केले मनको कमेन्ट पढ्न पायो…!

      Reply
  14. कमल शर्मा यु ए इ says:
    July 1, 2013 at 9:46 pm

    चोरको हातमा चावी दिए चोरी रोकिन्छ भन्थे , साच्चिकै लोकमानले आफु बेदाग हुने अनि अरुलाई कारबाही गर्ने पो हुनकी त मलाई त आस पो लाग्न थाल्यो त|

    Reply
    1. Harke says:
      July 4, 2013 at 4:56 pm

      साथी चमत्कारमा आशा गर्न छोड्नु नै स्वास्थजनक होला कि !

      Reply
  15. madan bajracharya says:
    July 1, 2013 at 8:58 pm

    कानुन छलेर अकुत सम्पति जमाउने माथि कार्यवाही गर्ने सहि र बलियो आधार उनीहरुको सम्पति विवरण र सम्पति कमायको जमायाको श्रोतमा छानबिन गर्नु नै हो/ नेपालमा भ्रस्टाचार नेताहरुको सन्रछ्यनमा हुने र तिनीहरुको सन्रछ्यन निशुल्क पाउंदैन भन्ने कुरा तितो सत्य हो/ यसकारण निम्न सबैले आफ्नो सम्पति विवरण हरायक बर्ष श्रोत खुलायर दिने पर्ने कानुनि ब्यबस्था हुनु प:

    ०१. दर्ता भयका दलहरु
    ०२. सबै जिल्ला तथा केन्द्रिय स्तरका नेताहरु
    ०३. कर्मचारी तथा मजदुर युनियनका केन्द्रिय स्तरको नेता कर्मचारी
    ०४. रास्ट्रिय चुनावमा उम्मेद्वारी
    ०५. वर्गीकृत ब्यापारी तथा उद्द्योगपति

    यो बाहेक कति सम्पति भयकालाई धनि बा सम्पन्न भन्ने भन्ने कुराको कानुनि व्याख्या गरेर तेस्ता सबैले सम्पति विवरण श्रोत खुलायर सम्पति विवरण हरायक बर्ष दिनै पर्ने र निजि तवरले कुनै फ्याकतरी उद्द्योग बा ब्यापार दर्ता गर्नु अघि पनि सबै बात सम्पति विवरण अनिवार्य रुपले पेस गर्नु पर्ने ब्यबस्था गरेमा धेरै हद सम्म भ्रस्टाचार हट्छ/

    तर पदमा रहेका व्यक्तिहरु कसैको दवाव र आफ्नै स्वार्थ बात निर्दोष व्यक्तिहरु लाई पनि सताउने गरेकोले झुठो आरोप लगाउने व्यक्तिको कारण पिडित भयकाले व्यहोर्नु परेको नोक्सान व्यक्तिगत र कानुनि खर्चको डवल भुक्तानी झुठो आरोप लगाउनेले व्यहोर्नु पर्ने र जेल सजाय समेत हुने ब्यबस्था हुनु पर्छ/

    Reply
  16. anurag bhattarai says:
    July 1, 2013 at 8:29 pm

    तिब्र बिरोध को बीच बाट पनि अख्तियार को प्रमुख बनेका लोकमान को लागि यो चुनौती र अवसर दुवै हो केहि गरेर देखाउने / …

    Reply
    1. Harke says:
      July 4, 2013 at 5:02 pm

      लोकसेवा आयोग पास गर्न नसकेर श्री ५ को हुकुम प्रवांगी बाट निजामती सेवा प्रवेश गर्ने लोकमानबाट सकारात्मक नतिजाको आशा गर्नु र आत्मदाह गर्नु उस्तै-उस्तै लाग्छ हर्केलाइ त…अनुरागलाइ जी लाई के लाग्छ कुन्नि?

      लोकमान ले एउटा असल र योग्य नेपाली प्रसासकको पद ओघटेको छ ! जसको कारणले एउटा दक्ष्य नेपाली प्रशासक (हर्के चै होइन है) बेरोजगार बन्न पुगेको छ….चेतना भया !

      Reply
  17. James Rajendra says:
    July 1, 2013 at 7:55 pm

    आज जसरि भ्र्स्ताचार्को खेति मौलाएको छ यसलाई निर्मुल पार्न कारबाहीको सथासत्है नैतिक सिक्षा पनि चाहिन्छ.

    Reply
  18. Hillman Myagdi says:
    July 1, 2013 at 6:39 pm

    नेपालका काठमाडौँ, पोखरा, बुटवल र धरान जस्ता ठुला शहरमा शुद्द आफ्नो पौरख खाने भनेको भारतीय र ब्रिटिश गोर्खा भू पु हरु र ज्याला मजदुरी गरी खाने हरु मात्र हुन्! यी बाहेक अरु सबै कुनै न कुनै रुपमा भ्रष्टाचार, ठगी र लुटमा सामेल छन्!

    किन भने नेपालको कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, मिडिया, नागरिक समाजका अगुवाहरु, गैरसरकारी शिक्षण संस्थान, एन जी ओ, आई एन जी ओ सबै सबै कुनै न कुनै रुपमा दुई नम्बर धन्दामा शामेल छन्!

    अब हेर्नु के छ भने विगतमा आफै नै विवादित अखतीयार प्रमुखले यती धेरै लाई कारवाही कसरी अगाडी बढाउछन???

    Reply
    1. Dinesh Oli / Airport Customs Officer says:
      July 3, 2013 at 4:46 pm

      ए भनेपछि सबै कर्मचारीहरु भ्रस्ट छन्, सबै (तोरी)लाहुरे हरु चाही दुध ले नुहाएका ? माफ गर्नु होला मित्र, तपाई हरु जस्तो ले गर्दा खेरि पनि हामीलाई “खाए पनि बिष लाग्ने हो, नखाए पनि बिष लाग्ने हो” भन्ने जस्तो पार्नू हुन्छ र मा जस्ता कयौ कर्मचारी भ्रस्टाचार गर्न उन्मुख हुन्छौं ! र अर्को कुरा atleast मैले आफ्नो पेट भर्ना को लागि अरुको ज्यान लिदै हिडीन, तपाई क परम पुज्य लाउरे हरु जस्तो !

      Reply
      1. Hillman Myagdi says:
        July 4, 2013 at 3:45 am

        ओली जी,

        कसैले मानौ या नमानौ नेपालको यथार्थ र तितो सत्य यही हो! जगजाहेर छ एक कप चिया खाने रकम देखी अर्बौ हुसुरेका छन् नेपालमा! तपाईत झनै खान पाए हात्ती नै छिराउन सक्ने, लुट्न पाए चेलीको अस्मिता नै लुटन सक्ने ठाउँमा कार्यरत हुनु हुदो रहेछ! विष खायेनत लाग्ने हो! नखाएको विष लाग्नु त अप्राकृतिक र असम्भव हो! जिम्मेवार अहोदामा बसेर घुस दिने लाई कारवाही गर्नेकी दिएको हुसुरेर चुपचाप बस्ने? घुस खाँदा बेला आँखा चिम्लिएर खाने अनी अरु लाई दोष दिने? यो त् अति नै लाज पचाएको छुद्र अनी लुच्चा कुरो भो! कि कसो?

        Reply
      2. madan bajracharya says:
        July 5, 2013 at 10:34 am

        दिनेशज्यु/
        अधिकृत स्तरको लोकसेवा पास व्यक्तिले यस्तो कुरा गर्नु अलि सुहायन/ “लाहुरे” बनाउने सम्झौता कसलेले अंग्रेज र भारत सिट गरेको थियो; किन गरेको थियो र त्यो बापत कसले कमिशन खाने गरेको थियो भन्ने कुरा दिनेश ओलीज्युलाई थाह नभयको त् पक्कै होइन होला/

        “लाहुरे” बन्न जानेमा गुरुङ लिम्बु आदि मात्रै पर्दैन छेत्री पनि पर्छ/ नेपालको राजा पनि छ्यत्रि जातिकै थिय र तिनीहरु गद्दीमा रहुन्जेल दिनेशज्युहरुको जजमान थिय; बिस्नुको अबतार थिय/ अब छेत्रीहरु गद्दीमा रहेन भन्दैमा दिनेशज्युले छेत्रीहरु समेतलाई “आफ्नो पेट भर्नको निमित अरुको ज्यान लिने” भन्नु हुन्छ भने ” हिजो छेत्री बसेको कुर्सीमा बस्न र रास्ट्रको कोष बात आजीवन दछिना खान” बिसौ हजार नागरिकको हत्या गर्ने गराउने र दिल्ली सम्झौताको नाममा दिल्लीको दलाली गर्ने कुन जातिका पर्छ भनेर दिनेश ओलीज्यु सिट नै सोध्नु पर्ने हुन्छ/

        Reply
  19. yubaraj says:
    July 1, 2013 at 6:31 pm

    अब हुने भयो मज्जा , भक्तमान vs लोकमान | खाए पछि ह …….. पर्छ भन्ने सबै लाई थाहा हुनु पर्छ नि कसो ?

    Reply
  20. T Dhakal says:
    July 1, 2013 at 6:09 pm

    यस्ता तामझाम त पहिले पनि भएका हुन्/ तर धेरै मुद्दा टुंगो मा पुगेनन्/ यसपाली पनि भ्रस्टाचारको छानविन फेरि अर्को भ्रस्टाचार गर्ने थलो नबनोस/

    Reply
  21. Nabin Adhikari says:
    July 1, 2013 at 4:43 pm

    लोकमान काका कर्मचारीहरु लाई मात्र छानबीन गर्ने की… भ्रस्ट नेताहरु लाई पनि ?

    Reply
  22. sagar says:
    July 1, 2013 at 4:19 pm

    अब भोलि बाट लोकमान जिन्दाबाद का नारा लाग्ने छन् सडक मा , गुनगान गाइने छ
    हामी नेपाली को दिमागी बास्तबिकता छर्लंग हुनेछ .
    पशुपति नाथ,स्वयम्भु ,चर्च, मस्जिद सबै मिलेर देश बचयेदिनेछन
    गज्जब को नाटक देखिने छ
    जय होस्

    Reply
  23. Bibek Dhakal says:
    July 1, 2013 at 3:30 pm

    डाक्टरहरु भ्रस्ताचारी , व्यापारीहरु लुटेरा , ड्राइभर्हरु ज्यानमारा , सिक्षक र विधार्थीहरु गुण्डा, डि एफ ओ र भन्सार हाकिमहरु तस्कर अनि नेताहरु चाही माथि उल्लेखित सब गुणबाट सुसज्जित………..
    देश पक्कै उभो लाग्दै छ !!

    Reply
    1. Harke says:
      July 4, 2013 at 5:08 pm

      बिबेक जी पनि,
      देश उँभो लागेको भए त तपाइँ र मा यहा कमेन्ट लेखेर बस्थेम र ?
      देश बनाउने काममा नै ब्यस्त हुन्थेंम होला नी, होइन र ? देशको लागि कुनै काम गर्न भन्दा त यहा कमेन्ट लेख्न नै सजिलो लाग्छ हर्केलाई….तपाइलाई नी?

      Reply
  24. saroj bastola says:
    July 1, 2013 at 2:42 pm

    कानुन को कटघरा सबै जना लाई लेराऊनु पर्छ . हो राम्रो कुरा बनाउन समय लग्छ .यस्ता भ्रस्ट हरु ले देश यो हालत मा पुराएको हो .यिनीहरु को देश,बिदेश,नातेदार र संचय कोष को नाम मा राखेको सबै सम्पति सरखारी कारण गर्नु पर्छ र नया कानुन लेराई कडाभन्दा कडा कारबाई गर्नु पर्छ.

    Reply
  25. ananda says:
    July 1, 2013 at 2:32 pm

    नेपालमा भ्रस्टाचार गर्नु भनेको सामाजिक प्रतिस्ताको बिसय हो….जसले हान्यो त्यसले जान्यो, नेपाली समाज फटाहाहरुको स्वर्ग हो …..फट्याई नगर्नेहरु लाटा हुन् उनिहरु समाजमा बहिस्कृत हुन्छन ……….

    Reply
    1. Dinesh Oli / Airport Customs Officer says:
      July 3, 2013 at 4:48 pm

      नेपाल मा मात्र होइन मित्र, विदेश मा पनि हुन्छ भ्रस्टाचार ! सुन्नु भएन अस्ति भर्खर ओलम्पिक कमिटी मा भएको भ्रस्टाचार ?

      Reply
  26. उपासक उदास says:
    July 1, 2013 at 1:56 pm

    अ. दु. अ.आ. को थालनीलाइ हालको निम्ति सकारात्मक दृष्टिले स्वागत गर्नु पर्छ. वास्तविक प्रतिफल हेर्न त केहि महिना कुर्नु नै पर्ला. तर , डाक्टर द्वय भक्तमान र अरुण हरुको छवि चाहिं त्यति उज्यालो नरहेको कुरो सम्पर्कमा आउनेहरुले भन्दै गरेको पाइन्छ.

    Reply
  27. राम चन्द्र says:
    July 1, 2013 at 1:23 pm

    अरु पनि होलान अनी अचल सम्पत्तिअरु को नाम मा नामसारी गर्लान कार्वाही चाडै गर्नु पर्‍यो । रात गये अग्राठ पलाये होला फेरी ।

    Reply
  28. Abhisek says:
    July 1, 2013 at 12:24 pm

    धेरै राम्रो काम !!!
    अरु धेरै बाँकि छन् है !!!

    Reply
  29. कर्मबीर says:
    July 1, 2013 at 11:51 am

    भनेपछि अब लोकमानले अब आफनो कमाल देखाउने भए तर लोकमानको चाही छानबिन कस्ले गर्ने ?

    Reply
    1. Pramesh says:
      July 1, 2013 at 8:05 pm

      राम्रो लै राम्रो भन्नुपर्छ चाहे जसले सुकै गरेको होस्| एउटा चोरले आफु बाहेक सबै चोरलाई पक्दायो भने त्यो पनि उपलब्धि नै हो|

      Reply
  30. M. L. Rana Magar says:
    July 1, 2013 at 11:47 am

    लोकमानलाई थाहा छ को को भ्रष्टाचारी छन् भन्ने। ‘क्यो कि सास भी कभी बहु थी’। We expect his successor will direct to investigate his earnings also.

    Reply
    1. kedar says:
      July 1, 2013 at 4:59 pm

      जनजातीहरुलाइ त फसाइएको होला नि, भ्रस्ट हुने त चान्स नै छैन नि ……. दङ्ग हुने भए कती साथीहरु

      Reply
  31. achut says:
    July 1, 2013 at 11:44 am

    अकुत कमाउने लिस्ट मा नाक चुच्चे लाई’नि उछिने छन् जन-जाति ले अब’त..’लोकतन्त्र’ आएकै हो कि के हो???

    Reply
    1. raj says:
      July 1, 2013 at 6:53 pm

      साथी, माओबादी मा चुच्चे भन्दा कुच्चे हरु को संख्या धेरै क्ष तेसैले गणतन्त्र लै उक्षिनेर लोकत्रन्त्र अघि न आउने त कुरै भयन नी कसो?? अ अह हा.. त्यहि माथि चुच्चे हरु लै त अलि कति इज्जत को डर हुन्क्ष कुच्चे हरु लै के को डर?! गिरिजा ले इ जंगली हरु लै सहर मा पुनर्स्थापना गरयारा आफु स्वर्ग बास भो तेस्को सजाय अहिले हामी ३.५ करोड जनता ले भोग्नु परेको क्ष.. जदौ!!! नर्क का देव तिमीले नेपाल भन्ने देस कास्त मण्डप खण्ड को भ्रमण गर्ने उपयोउक्त समय यही हो. कुशल कार्य प्रगति को सुभकामना!!!

      Reply
      1. Jagat says:
        July 2, 2013 at 8:20 am

        बीस जनाको हुलमा तीन जना नाक थेप्चे पर्यो भने कति नै समावेशी भएको जस्तो हल्ला गर्छन साथीहरु| सीडीओ र सचिवहरु हेर्नुस न| अहिले आएर झन् निर्वाचित सरकार नभएकोले नाक चुचेको राज छ| यस्तै हो भने यो देशमा फेरी के हुन्छ भन्न सकिदैन| माओवादीले नाक थेप्चेलाई लिएर बिद्रोह गर्यो र धेरै जसो नाक थेप्चे हरु मरे तर राज गर्ने नाक चुच्चे नै भए|

        Reply
        1. madan bajracharya says:
          July 2, 2013 at 8:05 pm

          जगतज्यु/
          राजज्युले “कुच्चे” नाक भयकाहरु मावोबादिमा हाबी भयको भन्नु भयको छ; थेप्चे नाक भयका भन्नु भयको छैन/ राजज्युले माथि भनि हाल्नु भयो कि ती “कुच्चे” नाक भयका लाई जंगल बात सहरमा पुनर्स्थापना गरेको थियो भनेर/ राजनीतिको आधारमा विभेद नगर्ने हो भने मावोबादीको प्रचंद्र बाबुराम बैद्य ३ महाप्रमुख नेताहरु सबै गिरिजा जस्तै चुच्चे नाक खलक कै हुन्/

          नेपाली समाजमा नाकलाई व्यक्तिको गुण र प्रतिष्ठाको प्रतिक मान्छ/ तसर्थ जुन चुचे नाक भयकाले भ्रस्टाचार आदि गरेर आफ्नो चुच्चे नाकको गुण र प्रतिष्ठा गुमाउँछ तिनीहरु सबै “कुच्चे” हुन्/ माथि २३ भ्रस्ताचारीको लिस्टमा १० जना तराई मुलका र अन्य मुलका ७ जना स्पस्ट चुच्चे नाकलाई कुच्चे नाक बनाउनेहरु छन् भने ५ जना नेवारहरु र गुरुङ यक जना मात्रै छन्/

          Reply
      2. Dinesh Oli says:
        July 2, 2013 at 9:12 am

        राज जी धेरै धेरै धन्यवाद “कुच्चे” सब्द को लागि! यी कुच्चे हरुले गर्दा नै हाम्रो देश विकास नभएको हो !

        Reply
        1. Hillman Myagdi says:
          July 2, 2013 at 9:17 pm

          ओली बाजे,

          विगत देखी वर्तमान सम्म, नेपालको सरकारी अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा पिउन देखी राष्ट्र प्रमुख जस्तो महत्वपुर्ण पदहरुमा साम दाम द्ण्डभेद प्रयोग गरी चुच्चेहरुले नै कब्जा जमायेका छन्!

          कब्जा जमाएको मात्र होईन घुसखोरी, कमिसनखोरी र भ्रष्टाचार गरी सात पुस्ता लाई पुग्ने गरी मुलुकको ढुकुटी बाट अकुत सम्पत्ती लुटेका छन्! यसर्थ नेपाललाई मृत्यु शैयामा पुर्याउने परजीवी, प्यारसाईट र क्यान्सरको भईरस तिमी चुच्चेहरु नै हौ भने अरु मुलुकको बिकाशको बाधक कसरी भए?

          Reply
          1. Dinesh Oli / Airport Customs Officer says:
            July 3, 2013 at 5:02 pm

            खोइ के भन्नु मित्र, भगवान ले पनि बुद्दि चाही सबै हामी चुचे हरु लै दिएर, बुद्धिहीन चाही तपाई नाक नभाको नकटो हरुलाई परेछन ! केहि छैन मित्र यो जुनी मा नभए पनि अर्को जुनी त छदै छ नि ! के थाहा तपाई पनि चुचे भएर जन्मिएर, बुद्दि र मिहिनत गरेर अगाडी आउनु हुन्छ ! धैर्य राख्नुस मित्र, अर्को जुनीमा तपाई को सुख को दिन हरु छन् !
            अब मसंगै भन्नुस त “नारायण”

            Reply
            1. Hillman Myagdi says:
              July 4, 2013 at 4:03 am

              ओली बाजे,

              बाजे हरुको बुद्दि भएर नै होला कोइराला, दाहाल, नेपाल, खनाल, भट्टराई र अहिले रेग्मी बाजे गरी बाजेहरुले बाजे फ्याक्दा पनी नेपालको स्थिती अफगानिस्तानको जस्तो हुन आँटेको! अर्को जुनी होईन अब पालो हाम्रो! बरु नारायण जप्दै बाजेहरु नरायणको बासस्थान काशी लागे बेस!

              Reply
              1. Dinesh Oli / Airport Customs Officer says:
                July 4, 2013 at 8:50 am

                अब हाम्रो पालो भन्दै रोएर हुन्छ र तिब्बती मित्र ? पालो को लागि त हामी संग लड्नु पर्यो नि ? लड़नी भन्या फेरी कुस्ती होइन नि मित्र, बुद्धि को लडाई लड्नु पर्यो, अनि जित्नु पर्यो !
                अब मसंग लड्नु हुन्छ भने म त एउटा सरकारी जागिरे, तपाई पनि सक्नुहुन्छ भने लोक सेवा पास गर्नुस अनि खानुस एउटा जागिर !
                ए फेरी जागिर खान लाई त बसाई सराइ प्रमाण चाहियो, तिब्बत बाट औउदा लेरौनु भो त ?

                Reply
                1. Hillman, Myagdi says:
                  July 4, 2013 at 9:01 pm

                  ओली बाजे,

                  हामीत भूमिपुत्र, यो भुमि हाम्रो, बरु बाजे हरुलाई मुसलमानले भारत बाट खेदेको ईतिहास साछी छ| बसाई सराई चाहिने कसलाई हो कुन्नी? भारतले फिर्ता लादईंन आफ्नो मुलुक लुटेर खोक्रो बनाई सकेउ तिमी हरुले यहाँ बाहेक तिम्रो जाने ठाउं छैन| नैतिकता नै गुमाएर मुलुक्क्को ढुकुटी लुट्ने, नागरिक लुट्ने पनि कर्मचारी कही कर्मचारी हुन्छ? तिमीहरु जस्ता त् कर्मचारी होईन नेपालको क्यान्सर हौ| अनी के को लोक सेवा भिड्ने कुरा गर्छौ| आखिर त्यो लोकसेवामा पनी त तिमीहरु जस्तै घुस्याहा छन्| रहयो कुरो लडाईको, बुद्दिमा मात्र किन लड्नु परे हरेक क्षेत्रमा लडिन्छ|

                  Reply
            2. madan bajracharya says:
              July 5, 2013 at 2:34 am

              दिनेशज्यु
              “नारायण” त् अर्घजलमा लितायको व्यक्तिलाई सिधै र सजिलै स्वर्गवास होस् भनेर भन्न लगाइन्छ!!!/

              Reply
      3. Bibek Dhakal says:
        July 2, 2013 at 9:59 am

        हेर बुद्दि! आफ्नो दिमाग कुच्चेको कसले देखोस अरुलाई कुच्चे र बुच्चे रे!!
        यस्तो ” Racist ” अनि तर्कहीन कमेन्टलाइ मन पराउनेहरु कस्ता होलान?

        Reply
        1. Dinesh Oli / Airport Customs Officer says:
          July 4, 2013 at 8:52 am

          ओहो अब भोटे हरु ले बाहुन हरुलाई चुचे भन्न नि पाईने, बाहुन हरुले चाही नकटो हरुलाई कुचे भन्न नपाइनि ?

          Reply
  32. yukta says:
    July 1, 2013 at 10:14 am

    लोकतन्त्र आए पछि अकुत सम्पति कमाएका भ्रष्ट नेता हरु को नामवली लिस्ट कहिले आउला ?

    Reply
  33. नब says:
    July 1, 2013 at 10:10 am

    यो त शुरुवात मात्र भयो, यस्तो त पहिले पनि नभएको होइन। त्यसैले यो समाचार मा खुशि व्यक्त गर्नु भन्दा पनि संबन्धित निकायले यसलाई निरन्तरता दिँदै शुरुवात गरेको कामको सफलतापूर्बक छानबिन गरेर दोषीलाई सजाँय दिन सकोस, आगामि दिनको शुभकामना। भ्रष्टचारीलाई किरा परोस!

    Reply
  34. gopal says:
    July 1, 2013 at 9:50 am

    ढिलो चाडो पालो सबैको आऒस

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme