Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीन अर्बको लगानीमा ठमेलभित्रको ठमेल बनाउने रे

Posted on July 6, 2013July 6, 2013 by mysansar

0p_(16) अस्ति क्युएफएक्स हलमा फिल्म हेर्न जाँदा एउटा विज्ञापन देखेको थिएँ- ठमेलभित्र ठमेल बन्दै भन्दै। नेपालकै ठूलो सपिङ कम्प्लेक्स बन्दै गरेको दावी विज्ञापनमा थियो। के रैछ भनेर बुझ्दा थाहा भयो- यो सात व्यवसायीको संयुक्त लगानीमा बन्न लागेको छायाँ कम्प्लेक्स रहेछ। नेपाल इन्भेस्टमेन्ट बैँकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, निर्मल प्रधान, कालु गुरुङ, योगेन्द्र शाक्य, सुमन पान्डे, महेश्वर श्रेष्ठ र सुह्रद घिमिरेको गरी यसको अनुमानित लागत तीन अर्बको हुनेछ रे। तीन अर्ब ! आम्मामा ! नपरोस् पनि किन, अझ बढी नै पर्ला। किनभने सुन्धाराको सिभिल मल बनाउनमात्रै एक अर्बभन्दा बढी रुपियाँ परेको रहेछ। नेपाल म्यागेजिनले त अझ साढे दुई अर्बै लागेको लेखेको रहेछ। सिभिल मल बनाउनै साढे दुई अर्ब लागेको भए यत्रो स‌ंरचना बनाउन तीन अर्बले के पुगोस्।


chhaya

7p_(23)

तीन वर्षभित्र निर्माण सम्पन्न गरिने भनिएको यो छाँया कम्प्लेक्समा २०० कोठाको पाँच तारे होटल पनि हुने रे। १५ रोपनीमा बन्ने कम्प्लेक्सको मुख्य भवन १५ तल्लाको हुने र दुई तल्ला भूमिगत पार्किङ हुने अनि त्यसमा साढे ४ सय गाडी अटाउने रे।

पहिलो तल्लामा पसलहरु, तेस्रो तल्लामा कर्पोरेट अफिसहरु, चौथो र पाँचौँ तल्लामा फूड कोर्ट र मल्टिप्लेक्सहरु हुने रे। साढे २ सय पसल, सात वटा रेस्टुरेन्ट, तीन वटा सिनेमा हल, पाँच वटा कन्फ्रेन्सल हल र हजार जना अट्ने एउटा ब्याङ्क्वेट हल हुने रे।

एनिमेसन भिडियो हेर्नुस्-

0p-(1)

2p-(3)

2p_(18)

3p-(4)
उता, यो कम्प्लेक्सको विरोध पनि सुरु भइसकेको छ। जुन ठाउँमा यो संरचना बन्दैछ, त्यो ठाउँमा गुठीको प्राचीन पोखरी रहेको दावी गर्दै त्यसको पुनर्स्थापना र रक्षा गर्न ठमेलको त्यो टोलबासीहरुले अदालतमा मुद्दा दायर गरेका रहेछन्। यसबारे केही अघि फेसबुकमा राखिएको सूचना यस्तो थियो

ठबहिल(ठमेल) तथा ठबहिलका प्रधानहरूको इतिहास,अस्तित्व तथा पहिचान बोकेको प्राचीन,धार्मिक,सांस्कृतिक,पुरातात्विक, ऐतिहसिक दृष्‍टिकोणबाट नै महत्त्वपूर्ण प्राचीन पोखरी नष्ट गरी पुरी गैरकानूनी तवरमा धर्म,संस्कृति,परम्परा नष्ट हुने गरी बेचबिखन गरिएको जग्गामा हाल आधुनिक संरचना (छाँया सेन्टर) बन्दैछ। उक्त निर्माण कार्य रोकी ठमेल सिंहसार्थबाह गुठीको प्राचीन पोखरी पुनर्स्थापना तथा रक्षा गरी पुन गुठीको कायम गराउन सबै थबहिलका प्रधानहरू तथा टोलबासीहरू एक भई अदालतमा मुद्दा दायर गरिएको छ। विवादित प्राचीन पोखरीबारेको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको ब्यापारिक भवनका सम्पूर्ण लगानीकर्ता तथा सो भवनमा लगानी गर्न सोच भएका सम्पूर्ण जानकारी गराउँदछौँ।

ठमेलमा यो मात्रै हैन अरु दुई वटा ठूला होटलहरु पनि खुल्दैछन्। अस्ट्रेलियन धनाढ्य शेष घलेले साढे दुई अर्ब रुपियाँको लगानीमा केशरमहलमा पाँच तारे होटल बनाउँदैछन्। शेराटन होटलको चेन होटल हुनेछ यो।

त्यसैगरी शशिकान्त अग्रवालले ठमेलमै तीन तारे होटल बनाउँदैछन् जुन म्यारियटको चेन हुनेछ। होटल दुई वर्षभित्र बन्ने अनुमान गरिएको छ।

30 thoughts on “तीन अर्बको लगानीमा ठमेलभित्रको ठमेल बनाउने रे”

  1. bhola says:
    July 11, 2013 at 2:32 am

    complex इस द बेस्ट ओफ द बेस्ट, यो हुनु पर्छ सारै राम्रो कुरो हो .

    Reply
  2. Kusum says:
    July 10, 2013 at 3:34 pm

    भिडियो हेर्दा नै रमाइलो लाग्यो . मल बन्यो भने हामि ले केहि किन्न सकिने हैन . कहिले कहिले केटा केटि घुमाउन लानु पर्ला .

    Reply
  3. sanjay says:
    July 10, 2013 at 1:50 am

    लौ तीन बर्षमै यो मल बन्यो भन्दैमा त्यै सरहको गाडीहरु चाहिं नाभित्रेला है | भिडियोमा देखाए जस्तै BMW x5 र Audi R8 त आको आइ हो नेपालमा |

    Reply
  4. min shrestha says:
    July 9, 2013 at 1:11 pm

    व्यवसायीले दिन खोजेको सेवा, जनताले पाउनु पर्ने सुबिधा र देशले खोजेको करमा कुनै पनि किसिमको धाँधली नहोस

    Reply
  5. Kunjani Shretha says:
    July 9, 2013 at 1:06 pm

    छाया देवी कोम्प्लेस pvt ltd द्वारा निर्माण गर्न लागिएको छाया सेन्टर प्रोजेक्ट नेपाल अधिराज्य कै सबै भन्दा बिशाल परियोजना हो… एसको निर्माण कार्य मा जति सुकै बाधा आएता पनि पछि हट्ने कुरा नै आउदैन, आज सम्म हरेक समाज सुधार कार्य को बिरोध हुदै आएको छ हाम्रो समाज मा र एस्तो अवस्था मा छाया सेन्टर प्रोजेक्ट को कार्य मा पनि बिरोध जनाईनु मा कुनै नया कुरा भएन…पुरातात्विक बस्तु को संरक्चना गर्नु पर्छ, यो कुरा सहि हो, तर यो कुरा ठमेल का अबुझ मानिसहरु को दिमागमा तब मात्र किन आयो जब त्यहा छाया सेन्टर निर्माण हुने कुरा चल्यो…यो अरु केहि हैन मात्र छाया सेन्टर को निर्माण कार्य मा अवरोध पुर्युना चालिएका कदमहरु हुन्…एस्तो बिरोधहरु जति भए पनि देश बिकाश हुने कार्य अघि बढ्नु पर्छ…

    Reply
  6. Limbu naYan says:
    July 9, 2013 at 4:02 am

    आधुनिक डिजाइन अझै पुगेन कि! धेरैले काम पाए पनि ‘अरु कुरा’मा लगानी भए लगानी कर्ताहरुको ‘पूजा बढी’ हुन्थ्यो/ यदि बन्ने नै भो भने सकारात्मक सोच मेरो, कमसेकम विकास-परिवर्तन त हुन्छ केहि/ होइन र साथी हो!

    Reply
  7. navaraj sharma says:
    July 8, 2013 at 9:15 am

    सिङ्गै काठमाडौँ पुरातात्विक महत्वको छ , उत्खनन गरे जतातेतै पुरातात्विक र ऐतिहासिक , अनुसन्धानयोग्य र संरक्षण योग्य महत्वपूर्ण वस्तु ,धरोहर ,सम्पदा फेला पर्लान,यसको अर्थ सिङ्गै काठमाडौँबाट मान्छेको वस्ती उठाएर अनुसन्धान र संरक्षण गर्ने भन्न खोजिएको हो भने शुभारम्भ ठमेलबाटै किन न गर्ने ,शुरुमा हस्ताक्षर गर्नेहरु बाटै शुरु गरौँ न त !

    Reply
  8. Rosha Pradhan says:
    July 7, 2013 at 10:27 pm

    ठमेल को कुन ठाउँ मा हो यो? तेत्रो ठुलो खाली ठाउँ बाकी छ र ठमेल मा?

    Reply
  9. Pokhreli says:
    July 7, 2013 at 10:30 am

    मत यसमा दङ्ग पर्नु पर्ने कारण नै देख्दिन I काठमाडौँ मा अरु पनि मल हरु खुलेका छन्, न तेस्मा पसल खुलेका छन् न त मान्छे को भिड नै देखिन्छ I १४७१८१ वर्ग. कि मि भुमि भयको नेपाल मा १५ रोपनी मा उभिने यो कंक्रिट रुख ले केहि अर्थ राख्दैन I बैंक को पैसा बर्बादी बाहेक केहि हुदैन I ठमेल भित्र यो हेर्दा राम्रो देखिएला, तर के पर्यटक यो कंक्रिट रुख हेर्न मात्र आउछन ?

    Reply
  10. योगेश आदी says:
    July 7, 2013 at 4:26 am

    खुशीको कुरो !! कमसेकम थप २/४ हजार नेपालीले जागिर पाउने भए / रोजगारीको सिर्जना हुने नै यसरि हो /
    धनिहरुको हातमा पैसा हुनु भन्दा यसरि नै देशमा लागानी गरेको राम्रो / सबैले फरक फरक क्षेत्रमा लगानी गरेको नै राम्रो !!

    Reply
  11. Narayan says:
    July 7, 2013 at 3:21 am

    हाम्रो देसमा एस प्रकारको निर्माण गर्ने काम अति उत्तम हो तर स्थनीय बासिन्दा लाई पोखरी को सट्टा उक्त ठाउमा एकदमै आधुनिक खालको swimming pool बनाएर उक्त pool को नाम पुरानोई पोखरीको नाम दिंदा हुन्दैन र भनि सोधी हेरौन तो ? नत्र देस विकासमा किन भाँजो हाल्ने? हुनत पुरानो संस्कृति जोगाउने काम पनि नराम्रो त होइन येदि complex बने मा देसमा कति रोजगारी खोल्छ तेस्को हिसाब पनि गर्नु पर्यो
    अन्तमा एती राम्रो खबर दिनुभएको मा धेरै धन्न्यबाद !

    Reply
    1. min shrestha says:
      July 9, 2013 at 12:38 pm

      त्यसमा धेरैको कुरा हुन् सक्छ तर मेरो भनाइ के छ भने देश बिकासमा कसैले बाधा अड्चन गर्नु हुन्दैन यसको हबिगत ललितपुर बिशाल बजार जस्तो चाहिं नहोस

      Reply
  12. राम राज says:
    July 6, 2013 at 11:40 pm

    अनुत्पादक लगानी ..

    Reply
  13. madan bajracharya says:
    July 6, 2013 at 10:20 pm

    “ठमेल” मा अब बनिने शपिंग कम्प्लेक्सले ठमेलको ईतिहास तेती बिगार्दैन जति ठमेल नामले बिगारेको छ/ अहिले ठमेल पुरै उठ्खनन गरेर हेर्ने हो र कहिँ कतै धार्मिक र सांस्क्र्तिक महत्व भयको बस्तु निक्लेको भुमि माथि बनेको घर भत्काउने हो भने यो कम्प्लेक्स बनाउन नहुने भन्ने कुनै ठमेल बासीको घर बच्दैन होला/ यो कम्प्लेक्स बनाउन लागेको जमिन मात्रै किन सिंगो उपत्यका नै पहिला यउटा पोखरी थियो!!!/

    उपत्यकाको माटो मुनि नेपालको हजारौ बर्षको ईतिहास संस्कृति दवेको छ/ उपत्यकाको उत्खनन गरे कहीं पनि कुनै न कुनै पुरातात्विक महत्व भयको बस्तु त् निक्लन्छ निक्लन्छ/ यसरि जमिन मुनि पुरातात्विक महत्व भयको कुनै कुनै कुरा भयको हुन् सक्ने कुरा गरेर नया निर्माण गर्नमा रोक लगाउने हो बा बनेको कुरा बिगार्ने भत्काउने हो भने कहीं पनि केहि पनि बनाउन सकिंदैन/

    जुद्धोदय स्कुलको दछिन पट्टिको सडक घर देखि ठहिटी सम्मको भुमि उहले खा: पुखु थियो/ भोटाहिटी रत्नपार्क निर अन्डर गराउंद सववे बनाउँदा जमिन मुनि भोटाहिटी नै भयको दावी गरियको पानि आउंदै गरेको ढुंगे हिटी (धारा) निक्लेको निक्लेको थियो/

    Reply
  14. James Rajendra says:
    July 6, 2013 at 10:08 pm

    यसरी प्रगति को कुरा सुन्न पाउनु एक अशल खबर हो यो कायम होस् बिरोध किन आएको छ बुझी त्यसको समाधान पनि खोज्नु आवश्यक छ. पर्यटकीय दृष्टिकोण ले पनि उपयोगी यसै गरि अरु क्षेत्र मा जस्तै औधोगिक र क्षेत्र जलविधुत क्षेत्र मा पनि लगानीको सुरुवात गरौ यहि शुभकामना

    Reply
  15. Ramesh says:
    July 6, 2013 at 7:07 pm

    दुखको कुरा के हो भने यो भवन बनाउनुको सट्टा तेइ पैसाले कुनै उद्योग गर्ने सोचचै किन नआको होला ? एस्तो भवनले सहरलाइ त राम्रै देखौछ, तर अर्थतन्त्रमा सकारात्मक सहयोग तेती दिन्न | जहाँ सम्म मलाई लाग्छ कम्तिमा पनि ९०-९५ प्रतिसत चिजहरु तेहा विदेशबाट निर्यात गरेका समान हुनेछन | तेसैले अलिअलि नाफा बाहेक भएभरको पैसा सबै विदेशनै जाने हो | निर्यात मुखी उद्योग धन्दा बाहेक अरु एस्ता कुराबाट देशमा अबचाई केहि हुन्छ कि भनेर सोच्नु ठिक छैन जस्तो लाग्छ मलाई |

    Reply
    1. Ramesh says:
      July 6, 2013 at 7:12 pm

      भुल सुधार: विदेशबाट आयात गरिएका समान* हुनुपर्ने ठाउमा आन्यथा भएछ

      Reply
  16. ramesh says:
    July 6, 2013 at 2:29 pm

    मान्छे संग कति पैसा छ भनेको? आफु चार कोठे साधारण घर बनाउन नसकेर हैरान भएको छु.

    Reply
  17. Barun says:
    July 6, 2013 at 10:38 am

    ठुला ठुला महल मात्र वनेर देशको अर्थतन्त्रको बिकाश हुदैन, ठुला ठुला उद्योग, कलकारखाना बने पो, हर्षित हुने आधार हुन्छ।

    Reply
    1. Nasir says:
      July 6, 2013 at 1:49 pm

      मुखुण्डो धारिहरु सित साबधान !!!!! म त यत्ति भन्छु

      Reply
    2. Nasir says:
      July 6, 2013 at 3:57 pm

      राज संस्था हट्नु मात्र होइन राजा बिरेन्द्रको सन्तान सखाप बनाउने नै भारत हो
      बिराटनगर मा अबस्थित भारतीय सम्पर्क के के हो त्यो अफिस आहिले सम्म किन नेपाल सरकारले हटाउन नसकेको ? यसमा मिडियाहरु को भूमिका खै ?? सलिना गोमेज को कट्टु देखाउनु को सट्टा मिडियाहरुले त्यो भारतीय भबन को नेपाली भुमि मा औचित्य के हो ?? मिडिया को पनि जिम्मेबारी हुनु पर्ने हो जनताहरु लाई प्रस्ट पार्ने नत्र के को चौथो अंग ??

      Reply
    3. BS says:
      July 8, 2013 at 4:56 am

      यत्रो लगानी उद्योग कलकारखानामा गर्यो भने युनियनले बन्द गरिदिन्छ | अनि पुँजीको बर्बाद | भएको कलकारखाना त बन्द गरिदिसक्यो | नयाँ खोलेर कसले जोखिम लिन्छ?

      Reply
  18. Sonam Sherpa says:
    July 6, 2013 at 9:18 am

    ल राम्रो हो तर स्थानिय र सरचना नबिग्रने गरि बनोस त्यहाको जनतालाई पुर्ब सुचना दिउन , पुर्ब स्वीकृति र सहमति लिउन . देशमै रोजगारी सिर्जना गरुन, यो राम्रो कामको थालनी हो, छाया मल छायामा नपरुन बधाई

    Reply
    1. diwakar says:
      July 6, 2013 at 10:50 am

      लगानी कर्ता को पैसा अठ्याउन फलानो चिलानो पोखरी भनेर लागेका छन् बित्त पिपासु दानाब हरु ! अहिले सम्म के हेरेर बसेका थिए ? रंगिन रात नभई कोहि पर्यटक आउदैनन – कालो अध्यारो ठाउ मा को पर्यटक जान्छ ? हामि नै पताया, सेञ्झेन किन जाञ्छोउ ? किन नेपाली नै भए पनि जुम्ला हुम्ला जादैनोउ ? एडभेन्चर को लागि कति पो पर्यटक हुन्छन र ?
      ति पनि अरु ले स्पोन्सर गरेर आका हुन्छन ! नेपाल मा किन धेरै र स्तरिय पर्यटक जादैनन् ?
      खाली मन्दिर, बादर, उजाड पहाड ले मात्र धान्छ ?

      Reply
      1. बेखालाल नेपाल says:
        July 7, 2013 at 9:44 am

        “अहिले सम्म के हेरेर बसेका थिए”

        यो त पुलिस ले गाली गरे जस्तो भयो नि! कुरा के भने अस्ति संगैको पसलमा चोरी भएको रहेछ! पुलिस आएर मुचुल्का उठाउने क्रममा पसलेलाई हप्कौदै भनेका थिए “पसलको सुरक्षामा ध्यान दिनु पर्दैन, के हेरेर बसेको?” बिचार पसले चुप लगेर बस्ने बाहेक केहि भन्न सकेन!

        काठमाडौँ उपत्यका राजधानी मात्रै होइन यो संकृतिक नगरी हो, एतिहासिक नगरी हो! नेपालको सम्पूर्ण इतिहास यहि उपत्यकामा छ! यसरि इतिहास माथि कम्प्लेस बनाउदै जाने हो भने त नेपालको इतिहास के बाकी होला? संकृतिको त सत्यनाश हुने नै भए| सायद तपाईलाई यो कुराको त्यति चासो नहोला किन कि यहाँका संस्कृति तथा इतिहास संग तपाईको जनम जनम को नाता छैन ! तर अरु छ जो यहाँका संस्कृति तथा इतिहास को माया गर्छन!

        एक तिर हुम्ला जुम्ला विकास भएन भनेर कराउने पनि तपाईहरु जस्तै अनि लगानी चाही काठमाडौँ मै गर्ने भन्ने पनि तपाईहरु जस्तै!

        सरकार ले बिशेष कर छुट दिएर हुम्ला जुम्ला पाल्पा आदि ठाउँमा पाच तारे होटेल निर्माण बातावरण बनाउनु पर्छ!

        थाईल्याण्ड आफै पतायाको कलंकित इमेज धुन लागि परेको अवस्थामा तपाई आफ्ना सहरलाई पताया बनाउन भन्ने??

        भुटानमा आउने पर्यटकले हरेक दिन २०० डलर खर्चिनु पर्ने अनिवार्य नियम छ! के त्यहाँ कोहि पनि जादैनन्? हामी आफुलाई घताघत गर्दै हामी कहाँ सस्तो छ औनुस भन्दै आफ्नै अबमुल्यन गर्दै जाने?

        Reply
        1. madan bajracharya says:
          July 8, 2013 at 9:38 am

          बेखालालज्यु
          सिंगो उपत्यका कुनै समयमा पोखरी थियो/ जमिन मुनि पहिले के थियो भनेर खनेरै हेर्ने हो भने सबैको घर मुनि कुनै न कुनै पुरातात्विक महत्वोको कुरा अबस्य पनि निक्लन्छ/ पशुपति परिषर मुनि राजा मानदेवको दरवार छ भनिन्छ/ हो भयकै पुरातात्विक महत्व भयको मास्नु हुँदैन/ तर जमिन मुनिको कुरा गर्नु हुँदैन/ ठमेल निर कै जुद्धोदय स्कुल देखि ठहिटी सम्म पहिला खा: पुखु भन्ने पोखरी थियो/ कन्यामन्दिर भवन ईख पोखरीको भुमि भित्र बनेको हो/

          अहिले बनाउन लागेको कम्प्लेक्स यदि पोखरी मासेर पुरेर बनाउन लागेको जस्तो देखिंदैन/ किन भने यदि त्यहा अहिले पनि पोखरी भयको भय त्यो जमिन सार्वजनिक हुन्छ र गुठि संस्थानमा पहिलानै दर्ता भयकै हुन्छ/ कम्प्लेक्स बनाउन बिरोध गर्नेअहिले मात्रै त्यो जमिन गुठि संस्थान मा दर्ता गर्नु पर्ने भनेकै बात यो जमिन निजि तथा रैकरमा परिणत गरेको जमिन भयको देखिन्छ/ यदि मुनि पोखरी भयकै कारणले कम्प्लेक्स बनाउन नहुने हो भने त्यहा बनि सकेको अरु घर हरु के गर्ने?

          Reply
  19. Nirmal Amatya says:
    July 6, 2013 at 8:57 am

    हाम्रो नेपाल मा केहि गर्न सकिन्दैन जे गरे पनि तेस्को बिरोध गर्ने मान्छे पहिला नै सक्रिय भएर आउनछ / जे गर्नुस जसो गर्नुस कोइ न कोइ संगठन बनाएर तगारो हाली हाल्छ / येदि येस्तै नै हुँदै गयो भने देश को बिकाश कहिले हुने हो खोइ कसैलाई थाहा छैन / सर हरु ले पनि तेतिका लगानी लगाएर बिरोध हुँदा हुँदै पनि तेही ठाउँ मा लगानी नलगाए पनि हुन्थियो अर्को कुनै बिद्धुत उत्पादन तीर लगाएपनि देश मा अलि उज्यालो त अऒन्थियो होला…

    Reply
  20. जनक मान डंगोल says:
    July 6, 2013 at 3:41 am

    पैसो जति घर बनाएर सक्दा रैछन ! बरु यो लगानी जल बिध्युतमा खर्च गरेको भए देसमा लड सेडिंग त घट्थ्यो !

    Reply
  21. वास्तव says:
    July 6, 2013 at 3:05 am

    खुशी ले मन गद गद हुन्छ जब विकास निर्माणको कुरा सुनिन्छ नेपालमा तर के गर्ने फेरी हिजोको कुरा सम्झिन्छु दुखित हुन्छुं किन कि नेपाल को कानून दैबले जानुन भने जस्तै फेरि जे गरे पनि जसो गरे पनि उही गज्याँङ्ग मज्यंग त हुने हो. नेता हरु को फेरि उही आफ्नो मनोमानी गर्ने त हो.

    Reply
  22. Sunil, London says:
    July 6, 2013 at 1:49 am

    नेपालमा एस्तो कुनै कुरा छैन जसको बिरोध नहोस !राम्रा कुरा को बिरोध, नराम्रा कुरा को बिरोध ! बिकाश को बिरोध, बिनाश को बिरोध ! चुनाव हुने बिरोध , चुनाव नहुने बिरोध ! अब ठमेलवासी पनि त नेपाली हुन् नि उनीहरुले पनि आफ्नो संस्कार नदेखाई किन छाड्थे ? त्यो छाया complex बन्ने ठाउमा प्राचिन पोखरी थियो र तेस्को पुनर्निर्माण गर्नु पर्यो रे ! येतिका दिन सम्म के हेरेर बसेका रहेछन ? जब छाया complex बन्ने कुरा भो, उनीहरु जागरुक हुन पुगे संस्कृति को जगेर्ना का लागि अदालत पुगेर मुद्दा हाले ! “जब भयो राति अनि बुढी ताती” एस्तो भए पछि देशको बिकाश कसरि होला ? सायद त्यहाका स्थानीय नेता हरुलाई “भेटि” चढाउने बेला आयो जस्तो छ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme