Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाल मोटरसाइकल चालक संघले पनि आन्दोलन गर्ने

Posted on June 30, 2013July 1, 2013 by Salokya

कार्टुन साभारः coryart.blogspot.com
कार्टुन साभारः coryart.blogspot.com
सुन पसलेहरुले सुन पसलहरुमा भएको अनुगमनविरुद्ध ठग्न पाउनु पर्छ भनी आन्दोलन गरे। सरकारले वार्ता गर्‍यो। मागहरु पूरा भए।

बगेको पानीलाई सीधै ट्याङ्करमा जोडेर बेच्ने, मिनरल वाटर भनेर सीधै जस्तो पानी छ त्यस्तै जारमा बेचेर भर्नेहरुले पानी जस्तो अत्यावश्यक वस्तुमा पनि चार चार दिनसम्म वितरण ठप्प पारेर आन्दोलन गरे। पानी पिउनयोग्य छ कि छैन भनी अनुगमन गरेको विरोधमा। सरकारले अत्यावश्यक ऐन लगाउनुको साटो वार्ता गरेर कुरा मिलायो। माग पूरा हुने भए एक महिनाभित्र।

दूधमा त्यस्तै, केही अघि पेट्रोलियम व्यवसायीहरु कमिसन बढाउनु पर्छ भनी आन्दोलनमा उत्रिए, अब ग्यास व्यवसायीहरु उत्रँदैछन्। माग पूरा हुन्छन्।

सुन, पानी र दूध व्यवसायीहरुको आन्दोलनको अपार सफलताबाट प्रभावित भई मोटरसाइकल चालकहरुको पनि यस्तै आन्दोलन गरी माग पूरा गराउन मोटरसाइकल चालक संघ खोल्ने प्रस्ताव रकेन्द्र राजले माइसंसारमार्फत् पठाएका छन्। हेरौँ न त उनको प्रस्ताव


जो जससित सम्बन्ध छ

विषयः मोटरसाइकल चालक संघ गठनबारे।

उपरोक्त सम्बन्धमा नेपालमा अहिले जसले जे माग राखे पनि आन्दोलनबाटै पूरा भइरहेको वर्तमान परिप्रेक्ष्यमा हामी मोटरसाइकल चालकहरुको पनि एउटा गतिलो संगठन हुन अत्यावश्यक भइसकेको छ। नेपालमा अहिले १० लाख मोटरसाइकल चालु अवस्थामा रहेको अनुमान छ। हरेक वर्ष १ लाखभन्दा बढी मोटरसाइकल थपिन्छन्। काठमाडौँमा मात्रै लाखौँ मोटरसाइकल चालक छन्। तर पनि उनीहरु संगठित हुन सकिरहेका छैनन्। त्यसैले एउटा लुते ट्राफिक प्रहरीसँग पनि थरथर काँप्नु पर्ने अवस्था छ। उता सिन्डिकेटवाला बस र माइक्रोबस अनि टेम्पोहरु संगठन कै भरमा आफ्ना नाजायज माग पूरा गराउँछन्, उनीहरुलाई कसैले छुन सक्दैन, यता हामी यत्रो संख्यामा रहेर पनि संगठित नभएकै कारण केही गर्न सक्ने अवस्थामा छैनौँ। हामी मोटरसाइकलचालकहरुले वर्षेनी करोडौँको राजस्व तिर्छौँ, व्यापारीले जस्तो कर पनि छल्दैनौँ तर हाम्रो सुविधाका लागि सरकारले केही गरेको छैन। सुनदेखि लिएर पानी व्यापारीहरुसमेत आन्दोलनमा उत्रेर माग पूरा गराइरहेको अवस्थामा मोटरसाइकल चालकहरुको पनि पहिचानको सवाल उठिसकेकाले संगठन गठन गर्न अपरिहार्य भएकोले यो प्रस्ताव गरेका हौँ।

हाम्रा मागहरु

  • लोकतन्त्रमा बहुमतको कदर हुन्छ। सडकमा सबैभन्दा बढी संख्या हामी मोटरसाइकलवालाहरुको भएकोले सडकमा पहिलो अधिकार हाम्रो हुनुपर्छ। पैदल यात्रुहरुभन्दा बढी हाम्रो अधिकार सुनिश्चित गरिनुपर्छ।
  • ठूला गाडीले मोटरसाइकलवालालाई हेप्न र पेल्न छाड्नु पर्छ। त्यसो गरेको खण्डमा ठाउँका ठाउँ जनकारबाही भोग्नु पर्नेछ।
  • सडकमा जाम भएको अवस्थामा सडक पेटीबाट पनि मोटरसाइकल चलाउन पाउनु हाम्रो नैसर्गिक अधिकार हो। सडक पेटीबाट मोटरसाइकल चलाउँदा पैदल यात्रुहरुले बाटो छाडिदिनु उनीहरुको कर्तव्य हुनेछ।
  • कार र अन्य ठूला सवारी साधनका चालकको भने लाइसेन्स चेक नहुने, हामी मोटरसाइकल चालकको मात्र जहिले नि लाइसेन्स चेक गर्ने ट्राफिकको विभेदकारी कदमको घोर भर्त्सना गर्छौँ।
  • मापसे चेक भन्दै रातविरात गौँडा ढुकेर मोटरसाइकलचालकलाई फन्दामा पार्ने ट्राफिक कदम तुरुन्त बन्द हुनुपर्छ।
  • ठिटी पछाडि राखेर बाइक कुदाएको बेलामा एम्बुलेन्सले पनि बाटो छाड्नु पर्छ। यस्तो अवस्थामा रेड लाइट पनि बाध्यकारी बनाइनु हुँदैन।
  • सडक जाम भएको बेलामा मोटरसाइकल चालकलाई प्राथमिकता दिएर ट्राफिकले खुलाउन अग्रसर हुनुपर्नेछ।

तपाईँहरु पनि मोटरसाइकल चालक भए आफ्ना मागहरु तल कमेन्टमा राख्न सक्नुहुन्छ। तपाईँ हामी मिलेरै मोटरसाइकल चालक संघलाई बलियो बनाउनुछ।

हाम्रो गौरवशाली संगठनका गौरवशाली सदस्य विवेक ढकालको प्रस्तावमा थप केही मागहरु
– बाइक मोडिफाई गर्न पाउनुपर्छ। सिम्पल त कान्छीको गालाको डिम्पल पनि हुन्छ नि, बाइक भनेको मोडिफ़ाइद हुनु पर्छ!
– लेन मिचेर बाटो जाम गराउन पाउनुपर्छ।
– ट्रिपल लोड गरेर चलाउन पाउनु पर्छ।
– जाम भाको बेला, रातो बत्तीमा एकछिन बस्दा खेरि वरिपरि हस्पिटल, स्कूल जे सुकै होस् मतलब नराखी हर्न बजाउन पाउनु पर्छ।
– लाइसेन्स नलिकन चलाएमा कारबाही गर्न पाइन्न। चलाउन नसिकी लाइसेन्स कसरी लिने?

अर्का सदस्य राजु भट्टराईको माग-
लामो दूरीमा हेल्मेट नलगा भने पनि मान्छेहरुले लगाइहाल्छन्, छोटो दूरीमा चाहिँ ढाकाटोपी हेल्मेटको सट्टा प्रयोग गर्नुपर्छ। यसो गर्दा निम्न कुरामा फाइदा हुन्छ-
# हेल्मेटको सट्टा ढाकाटोपी लगाउँदा नेपाली संस्कृति जोगाउन युवा जागरुक हुन्छन्।
# ढाकाटोपी लगाएर मोटरसाइकल तिब्र गतिमा कुदाउँदा टोपी उडाउने डरले बिस्तारै कुदाउँछन्। दुर्घटना पनि कम हुन्छ।
# हेल्मेट भन्दा सस्तो पनि हुन्छ।
# हराउने डर पनि हुँदैन।
# माथिको कुरा ठिक नलागे हेल्मेट नै लगाएर हिँड्दा पनि हुन्छ।

माथिका जायज माग एक महिनाभित्र पूरा नभए साउन १५ गते मोटरसाइकल चालक संघको आह्वानमा नेपाल बन्दसम्म गर्न बाध्य हुने चेतावनी दिन चाहन्छौँ।

52 thoughts on “नेपाल मोटरसाइकल चालक संघले पनि आन्दोलन गर्ने”

  1. chirinjeebi says:
    July 4, 2013 at 12:11 am

    हाम्रो म्य्संसर कमेन्ट सोङ्ग ले सरकार लै गरेको घोत्पेच लै पनि बुझ्न सकेनछन तेसैले त तथानाम कमेन्ट गर्दैछन बस्ताब मा सरकार लै सबै को समू लाचार देखौन को लागि र जनता लै बास्तबिकता देखौन को लागि नै भय पनि यो कार्यक्रम चै भरपुर पुब्लिचिटी को साथ मा सबै माग हरु जस्ताको तस्तै पुरै १०लख motercycle चालक ले काठमाडौँ घेराउ हालेर माग राख्ने के गर्दा रैछन थाहा हुन्छा नि हेहेहे तेस्पछि सरकार लै उसको लाचारी पनि अबगत गराउदै live शोव गरेर आन्दोलन तोड्ने र भन्ने अहिले सम्म जे जस्तो जनता बिपरित जुनसुकै माग पुरा गरियको छ त्यो सबै खारेज गरेर अपराद अनुरुप सजाय दिलाउने नत्र अर्को आन्दोलन जारी हुनेछ हेरौ कस्तो जित हुने छ अब देश बिकाश नेता र फटाहा हरु ले हैन हामि देश बासि देश प्रेमी हरु ले नै गर्नु पर्ने छ. नत्र सधै विदेश मा नोकर को जिन्दगि काट्नु नै हाम्रो बाधेता हुनेछ. जय देश जय नरेश

    Reply
  2. majan says:
    July 3, 2013 at 5:53 pm

    यो सब गर्नलाई मोटरशैकल होइन शैकल मात्र चद्नुपर्छ

    Reply
  3. Ramesh says:
    July 2, 2013 at 4:00 pm

    एकताका असाई सा’प सँग झगडा गरेको झन्नै डन्डा खाईयो । २०० तिर्ने ठाउमा ४०० तिरियो झगडा गरेको ले । आजकाल त पुलिस दाईहरुलाई “सर” लगाउने गरेको छु । एक पटक ब्लुबुक नबोक्दा एक जना पुलिस दाइलाई दरो ‘सर’ लगाएको लजाएरै लाईसन फिर्ता दिए । त्यसैले पुलिसलाई सम्मान गरौ जरिवाना बाट बचौ ।

    Reply
    1. chirinjeebi says:
      July 4, 2013 at 12:14 am

      हहहहहहह्हाआअ हामी हरु अरु लै सम्मान गर्न किन झुक्छु.. किन पुलिश दै लै चै sir भन्न हुन्न र? sir को मतलब त नेपाली मा महासय होइन र title लेख्दा mr भन्नु को मतलब ????

      Reply
  4. Hari Prasad Lamichhane-Saudi Arab says:
    July 2, 2013 at 2:33 pm

    रचनात्मक ब्यङ्ग , पढेर मज्जा आयो, नेपालको बास्तविकता सम्झेर दुख पनि लाग्यो………

    Reply
    1. chirinjeebi says:
      July 4, 2013 at 12:15 am

      तपैले चै निबन्ध को मतलब बुझ्नु भयछ खुसि लग्यो

      Reply
  5. Kris says:
    July 2, 2013 at 12:29 pm

    नेपालमा धेरै संघसंस्था खोल्न बाकी छ
    १. अखिल नेपाल राष्ट्रिय भुक्मरी संघ ( क्रान्तिकारी)
    २.
    ३.
    .

    १००.
    बाकी भर्ने कम साथी हरुको

    Reply
  6. Ashim says:
    July 2, 2013 at 7:07 am

    मोटरसाइकलमा पेट्रोल सरकार हाल्दिनु पर्छ
    बिग्रेको खण्डमा बनाइदिनु पर्छ
    पुरानो भएमा नया किन्दिनु पर्छ
    मोटरसाइकल वाला लाइ खर्च दिनु पर्छ

    Reply
  7. Shahil says:
    July 2, 2013 at 1:33 am

    पार्किंग शुल्कको नाउमा १०/१० रुपिया ठोक्छ, त्यसको पनि खुलेर बिरोध गर्नु पर्यो.. काठमाडौँ मा एक पटक बजार निस्कने हो भने १०० रुपैंया त पार्किंग शुल्क तिर्दैमा सकिन्छ. चोरेर ल्याएको पैसा होर त्यो मुन्द्रे पार्किंग वालाहरुलाइ लुटाउने?

    त्यस्तै राजमार्ग मा ढाट राखेर पैसा असुली गर्नु पनि दोहोरो कर तिरे सरह हो… हरेक बर्ष मोटरसाइकल सवारी कर ( करिब २२०० मेरो case मा ) तिरेकै त छौ नि अनि फेरी यो अर्को कर किन? नेपाली भएर आफ्नै देशको बाटोमा सवारी गुदाउदा पनि पैसा तिर्नु पर्ने..

    वास्तवमा यो व्यंग्य भन्दा पनि मलाइ त आवस्यकता जस्तो लागि सक्यो “नेपाल मोटरसाइकल चालक महासंघ” .. एक पटक Seriously सोच्नै पर्छ …

    Reply
  8. anil pun says:
    July 1, 2013 at 4:40 pm

    आधा संख्याको बौलाहा कुकुरहरुले भरिएको देश हो नेपाल!जस्ले जे गरे पनि हुने।नाजायज माग पनि पुरा गरिने।सबै उस्तै पागलहरु!

    हेल्मेट भन्दा बलियो नेपाली ढाका टोपी रे।कस्तो लाजमर्दो गफ।परम्परा र संस्कृति जोगाउने भनेको ढाकाटोपी लगाएर मात्र हुने कुरा होईन।साँचो होस या हाँसोमा होस अरुलाई भ्रममा पार्ने र नितिनियम उलंघन गराउने यस्ता लेखहरु लेखिनु भनेको नेपालीहरु अघि हेरेर होईन पछि हेरेर हिड्छन भन्ने यथार्थ झल्काउनु हो।

    Reply
    1. Devendra Basnet says:
      July 1, 2013 at 9:57 pm

      ए साथी यो बेङ्ग्य हो.साचो होइन किन रिसाउनु भएको ?
      डिमाग लगा पासा डिमाग लगा !

      Reply
    2. mahesh s says:
      July 2, 2013 at 8:39 am

      साथी , आधा बौल्हा भए आधा सध्य हुने भो. त्यो आधा साध्ये मा आधा मुर्ख होला. त्यो कोटी मा चाही हजुर पर्नु भएको जस्तो छ . लेख को प्रकृति भुझ्नुस.

      Reply
      1. anil pun says:
        July 2, 2013 at 2:51 pm

        साथी मेरो कमेन्टलाई ध्यान लगाएर हेरन।मैले साँचो होस या हाँसोकोरुपमा होस यस्ता लेखहरु लेखिनु हुदैन भनेर भनेको छु।आर्का आधा फुस्केको मान्छेहरुलाई कुरै नबुझी कमेन्ट गर्न हतार..

        Reply
  9. निहारिका शर्मा says:
    July 1, 2013 at 11:39 am

    -मोटरसाईकलमा चढेकी केटीलाई सिट्ठी मारेमा चप्पलले हान्न पाउनु पर्छ ।
    -स्कुटरमा गुडदै लिपिष्टक लगाउन पाउनु पर्छ ।
    -आफ्नो प्रेमीसँग वाईकमै प्रिती लाउन पाउनु पर्छ ।
    -केटीले गल्ती गरे ट्राफिक प्रहरीलाई “दाई सरी ल” भने पछि ट्राफिक प्रहरी लाजले मुसुक्क हास्दै छाडी दिनु पर्छ ।
    -केटा चालकलाई भन्दा महिला चालकलाई प्राथमिकता दिनु पर्छ ।

    Reply
  10. Arun says:
    July 1, 2013 at 10:43 am

    हैन आन्दोलन कैले हो आफु त जम्मा पार्न थालियो ईट्टा र ढुंगा

    Reply
  11. राजु भट्टरार्इ says:
    July 1, 2013 at 10:25 am

    व्यंग्य राम्रो लाग्यो, हेल्मेट को बारेमा मेरो पनि एउटा जायेज माग छ |
    लामो दुरी motorcycle चलाउने ले हेल्मेट नला भन्दा पनि लगौछन तर छोटो दुरी चलाउने लै हेल्मेट हैन ढाकाटोपी लगाएर चलाउन पाउने नियम बनाउनु पर्छ जस्तो लाग्छ मलाई |

    ढाकाटोपी हेल्मेट को सट्टा प्रयोग गर्दा निम्न कुरा मा फाइदा हुन्छ |

    # हेल्मेट को सट्टा ढाकाटोपी लगाउदा नेपाली संस्कृति जोगाउन युवा जागरुक हुन्छन |
    # ढाकाटोपी लगाएर motorcycle तिब्र गतिमा कुदाउदा टोपी उडाउने डरले बिस्तारै कुदाउछन | दुर्घटना पनि कम हुन्छ |
    # हेल्मेट भन्दा सस्तो पनि हुन्छ |
    # हराउने डर पनि हुदैन |
    # माथिको कुरा ठिक नलागे हेल्मेट नै लगाएर हिड्दा पनि हुन्छ |

    धेरै अगाडी देखि नै यो विचार आए पनि भन्ने उपयुक्त समय मिलेको थिएन आज मिल्यो मेरो कुरा तपाइलाई कस्तो लाग्यो?

    Reply
  12. Krishna says:
    July 1, 2013 at 10:01 am

    “लाइसेन्स नलिकन चलाएमा कारबाही गर्न पाइन्न। चलाउन नसिकी लाइसेन्स कसरी लिने?” यो चाहिं ठिक लाग्यो है मलाई।

    Reply
  13. Bibek Dhakal says:
    July 1, 2013 at 9:51 am

    अब भीखारी संघको नाममा आन्दोलन हुन मात्र बाकि छ!! के था, खुलिसक्यो कि त्यस्तो संघ/संगठन ?

    Reply
    1. Sanjay says:
      July 1, 2013 at 5:00 pm

      भिखारी संघ पनि छ त हाम्रो देश मा. संबिधान सभा भंग हुने बेला मा minimum भिख Rs 5 हुनु पर्छ भनेर आन्दोलन मा आको थिए त .

      Reply
      1. bibek dhakal says:
        July 1, 2013 at 9:07 pm

        हाहा! ऐलेका “सरकारी भिखारीहरूले” न्युनतम १०००० बढ्नुपर्यो भन्या जस्तो ?

        Reply
  14. Gaurav says:
    July 1, 2013 at 8:21 am

    म स्यानो हुँदा ठुलाहरुले भनेको सुनेको थिएँ, इन्डियन र माडेले नेपालको हावामा पैसा उडिरहेको हुन्छ तेस्लाई टिप्न जान्नु पर्छ भन्छन भन्थे म चै अर्थ बुझ्दिन थिएँ र आफैलाई प्रश्न गर्थें तिमरुको हावा कुरा जस्तो लग्थियो तर अहिले आएर त्यो कुरा साचो प्रमाणित भएको छ किनकि नेपालमा ब्यापार गरे पछि गुण परिक्षण गर्नु नि नपर्ने अनि मूल्य निर्धारण पनि सरकारले नगर्ने ब्यापारी आफैले गर्न पाउने क्या गज्जब एउटा उदाहरण दिन मन लाग्यो, गत महिना म एक जना दाइलाई लिएर भोटाहिटीको मुक्खैमा रहेको हलुवाईको पसलमा जम्मा ५ वटा पुरी र तरकारी खायौं र एक पुरीको ३५ रुपियाको दरले पैसा तिरेर हिड्नु पर्यो अब उसले न कर तिर्नु परेको छ न सरकारले मूल्य निर्धारण गरेको छ अनि यो देशको हावामा पैसा नउडे अमेरिका जस्तो पाइलै पिछे कर तिर्नु पर्ने देशको हावा मा उड्छ त?

    Reply
  15. Chandra says:
    July 1, 2013 at 6:00 am

    मेरो पूर्ण सहमत छ अधच्च्या बन्न पनि तयार छु

    Reply
  16. nirajan says:
    July 1, 2013 at 5:02 am

    थुक्क तेइ आन्दोलन नै गरि बस्नु … माग पनि कस्तो हो पद्न लाइ पनि लाज लग्यो ……. ambulance वान्दा motercycle ठुलो भयो haina

    Reply
    1. Alikhit says:
      July 1, 2013 at 11:08 am

      हे मूढमते | यो त खाली एउटा ब्यङ्ग थियो |

      Reply
    2. दिलिप, भक्तपुर says:
      July 1, 2013 at 3:53 pm

      निरागन जी तपाई कुरा अलि ढिलो बुझ्नु हुदो रैछ ।

      Reply
    3. Hari Prasad Lamichhane-Saudi Arab says:
      July 3, 2013 at 2:33 pm

      मलाई त निरञ्जन जी लाइ भेट्ने मन पो लाग्यो त !!! कसरि हुन्छा होला खै …….?

      Reply
  17. गगने says:
    July 1, 2013 at 4:26 am

    मोटरसाइकल चालक र सालक संघ भन्दा बरु सिधै नेपाल हड्ताल संघ, नेपाल आन्दोलन संघ वा नेपाल बन्द संघ खोलौना हो!
    यस्तो नेपाल बन्द, नेपाल हड्ताल वा नेपाल आन्दोलन संघ खोलेमा हामि सबै नेपालि अतोम्याटिक (स्वोतर्फ़ुर्त) सदस्या बन्ने थियौ अरु सबै संघ संस्था हरुपनि स्वोत सदस्य सहभागी हुने थियो!
    कसैले मा त हुन्न वा मा होइन भन्न पनि पाउने थियन!
    यो पो त संघ!
    कि कसो?

    Reply
    1. sunil says:
      July 1, 2013 at 12:07 pm

      नेपाल हड्ताल संघ, नेपाल आन्दोलन संघ वा नेपाल बन्द संघ खोलौना हो !
      ठिक कुरा अनि नेपाल आन्दोलन संघ वा नेपाल बन्द संघ लाई जशलाई आन्दोलन वा बन्द गर्नु पर्छ उषलाई भाडामा दीने अनि बन्द, आन्दोलन गरे बापत पैसा ली मालामाल हुने हाहाहा

      Reply
  18. saroj bastola says:
    July 1, 2013 at 3:35 am

    अब बलात्कारी संग ले पनि माग राख्नु पर्छ एकान्त मा होइन खुलम खुल्ला रात मा हामी लाई निन्द्रा लग्छ दिऊसो नै.चॊर संग को नि माग छ घर को ताला,ढोका नलगाऊनी पुलिस आउन लागे को छ भने र खबर गर्नी . बाला…..बाला…….!

    Reply
  19. Dipendra Maharjan (Nea Zealand) says:
    July 1, 2013 at 3:29 am

    नेपालमा जुन संगठन पनि जयेज नजयेज जेए भय पनि माग पुरा गराइ छादनी प्रबिधि हुदै गएमा एक दिन यो माग पनि नआउला भन्न सकिन हम्रो Nepal मा/ येअस्त ततोहरु लाई सरकारले गर्दैनन अब हामी जनताहरु मीलेर ठोक्नु पर्यो /

    Reply
  20. साक्ष्यात सुशिल says:
    July 1, 2013 at 1:54 am

    धेरै पटक सुनिएको,भोगिएको र देखिएको । सर, देश् बिग्रिनुमा लुते नेतालाई दोष दिन छोडौ । हामी तिघ्रे जनता अर्थात (ड्राइभर,दुध ब्यवसायी, पानी ब्यवसायी, बिद्यार्थी, पत्रकार )नै त्यस्ता छौ । लोग्ने स्वास्नीको झगडा नेपाल बन्द । अत्ती भएन र ?

    Reply
  21. Ram Hari Adhikari says:
    June 30, 2013 at 11:37 pm

    ‘नेपाल हड़ताल बिरोधी संघ” खोलेर पानी जस्ता अत्याबश्यक सेवामा हड़ताल गर्दै ”उपभोक्ताको स्वास्थ्य माथि खेल वाड गर्न पाउनु पर्छ” भन्दै जुलुस गर्नेहरुलाई जहा भेट्यो तेहि ठोक्न पो थाल्नु पर्ने हो की? चाइनामा भये बदमासहरुलाई फांसी हुन्थ्यो होला, नेपालमा त उल्टो उनै आन्दोलन पो गर्ने रे.

    Reply
  22. gopal says:
    June 30, 2013 at 10:24 pm

    काठमाडौँको बाटोको खाल्टोमा भयको हिलो पानीले पैदल हिड्नेलाई भिजाउन पाउनु पर्छ

    Reply
  23. पुष्प says:
    June 30, 2013 at 10:03 pm

    खै कहिले कोशी-त्रिशुलीबाट विजुली बग्ने हो र यी पेट्रोलवालाहरूलाई खुच्चिम भन्न पाउने हो !
    खै कहिले मेलम्ची धारामा बग्ने हो र यी पानीवालाहरूलाई खुच्चिम भन्न पाउने हो !

    Reply
    1. Harke says:
      July 1, 2013 at 12:39 am

      नया राजा (पुकदा) आउदा र पुरानो राजा (ज्ञाने)लाइ कुच्चिंग भन्न पाइएको जस्तो सजिलो त कहा हुन्त्यो र ?

      Reply
    2. Dinesh Oli says:
      July 2, 2013 at 9:04 am

      बिजुली ले कहाँ पेट्रोल को ठाउँ लिन सक्छ र पुष्पे जी? लिन सक्ने भए त अरबी हरु “अल हबिबी” भन्दै कहाँ नाच्न पाउथे र ? 😀

      Reply
      1. पुष्प says:
        July 3, 2013 at 10:08 pm

        सबैभन्दा बढी तेल उपभोग गर्ने अमेरिकासँग तुलना गर्ने हो भने लगभग १० गुणामात्र बढी जनसंख्या उनीहरूलृ हामीभन्दा १ हजार गुणा बढी तेल उपभोग गर्छन्, जसमध्ये आधा भन्दा कम सवारी इन्धनका रूपमा, लगभग आधा विद्युतमा, उल्लेख्य भाग औद्योगिक उत्पालन अनि सेनाका लागि प्रयोग गर्छन् । लोडशेडिङको मार खेपेका हामीले भने सवारीसाधनका साथै बिजुलीको विकल्पका रूपमा अत्यधिक उपभो गरिरहेका छौं । बिजुली पर्याप्त हुने हो भने हाम्रा लागि पेट्रोलियम पदार्थले खासै अर्थ राख्नेथिएन ।

        Reply
  24. neerose says:
    June 30, 2013 at 9:32 pm

    सबै भन्दा पहिले त हेल्मेट नलगाई चलाउन पाउनुपर्छ!
    हेल्मेट ले चलाउने हो र मोटर साइकल?
    मोटर साइकल चालक ले हेल्मेट लगायर रास्त्रपतिको टाउको जोगिन्छ र? हाम्रो टाउकोको अरुलाई किन चिन्ता, यो चिन्ता नभयर ब्यापार हो तेसैले हेल्मेट नलगाउने हाम्रो माग!
    बस ट्रक ट्याक्सी साइकल कार कसैले लगाउनु नपर्ने हाम्लाई मात्रै किन?
    यो ट्राफिक प्रहरीको हेल्मेट कम्पनि संग मिलोमतो हो!

    Reply
  25. Veekay Pandey says:
    June 30, 2013 at 9:28 pm

    तर नेपाल पैदल यात्रु महासंघको माग अर्कै भएको जानकारी हाम्ले पनि गराउन चाहन्चम..
    हाम्रो के बाटो होइन र??

    लोकतन्त्रमा बहुमतको कदर हुन्छ। सडकमा सबैभन्दा बढी संख्या हामी पैदल यात्रुको भएको हुनाले हामी बीच सडकमा हिड्न पाउनु पर्छ.. बाइक र अरु गाडी फूटपाथ तिर हल्का सडक चौडा बनाएर हिडाल्नु पर्च..
    बाटो जाम हुदा गाडी माथि टेक्दै हिड्न पाउन पर्छ..

    Reply
    1. अमृत गौतम says:
      July 1, 2013 at 10:28 am

      बहुमत हैन बाहुबल को कदर हुन्छ, तेत्त्रो लाखौ लाख मान्छे ले खाने गरेको पानि सफा हुनुपर्छ भन्दा के बहुमत थिएन होला र? पानि पिउने को बहुमत छ कि बेच्ने को? आन्दोलन गर्न पर्छ भन्न खोजेको हैन, तर सहि र गलत विचार गरम भन्न खोजेको, आन्दोलन गरम अनि आफ्नो आफ्नो भाग को नेपाल लिएर छुट्टै बसम भन्लान रे , के त्यो पनि मान्ने?

      सहि र गलत को निर्णय गरम , जय नेपाल

      Reply
  26. Ashok Gautam says:
    June 30, 2013 at 9:25 pm

    First need to do something with this traffic who misused his service:

    From FB Page : https://www.facebook.com/Floriderztheclub
    मिती: २०६७-३-१३
    समय: दिनको ४ बजे
    स्थान:कालिमाटी (सोल्टी मोड जाने देब्रे पट्टी)

    द्रिश्य १:
    ट्राफिक पुलिस: यो बाईक तपाईंको हो?
    म: हो सर, किन र?
    ट्राफिक पुलिस: तपाईंको लाइसेन्स दिनुस्।
    म: किन, के गरेर मैले?
    ट्राफिक पुलिस: तपाईंको बाईक २ घण्टा देखी एही छ। हामीले सबैलाई कारबाही गरिराको छौ।
    म: अनी बाईक यहाँ भएर क् भयो त?
    ट्राफिक पुलिस: यो बस बूथ हो। तपाईंले बाईक राख्नुभाछ।
    म: बस बूथ त अगाडि पो छ त। यहाँ सधैं बाईक राखिराको हुन्च(त्यो साइड बाइक पार्कइङ को लागि छुट्याइएको छ)
    अनी यहाँ केइ नो पार्कइङ को बोर्ड पनि थेन अनी राखेको
    ट्राफिक पुलिस: बोर्ड नभएर के भयो त आँफै बुझ्नपर्छ. लाइसेन्स दिनुस्.
    म: हैन, बोर्ड सोर्ड केही छैन, सधैं सबैले बाईक राख्ने ठाउँ नै एइ हो। किन दिने?
    ट्राफिक पुलिस: नदिने? (फोन गर्न थालछ)
    म: हैन सर, तपाईं common मान्छे भएर सोच्नु न, सब्ले राख्ने एइ हो सधैं, न बोर्ड छ, न केइ छ।कहाँ छ देखाउनुनत। लेख्या कुरा पो मान्छ त। जेजे मन लाग्यो तेही गर्न पाईन्छ?
    ट्राफिक पुलिस: लाइसेन्स नदिने हैन त?
    म: गल्ती भन्नु न मेरो।
    ट्राफिक पुलिस: सब था हुन्छ अब( फोन गर्छ फेरी-” छिटो आउनुन किच्किच गरिराछ
    म: कुरा सुन्नुन सर,
    ट्राफिक पुलिस: सुनिदैन केही पनि। अब सिधै अफिस मा भन्ने
    (केही बेर अझै Discussion चल्छ, van अैपुग्छ। एती छिटो त हामीले १०० मा फोन गर्दा कैले आको थाथेन।

    द्रिश्य २:
    (van को पुलिस)
    पुलिस १: कुन चै बाईक हाल्ने हो?
    अघिको पुलिस: यि एही हो अघी देखी किच किच गरिराछ। क(२) हान्दिछु।
    पुलिस २: (निकै नै आक्रमाक जस्तो कि ठुलै अप्राधी फेला पारे जस्तो) हाल्दे हाल्दे
    म: तपाईं कानुन अनुसार गर्नुन जे गरेनी। तपाईं एस्तो public लाई हेल्प गर्ने position मा बसेर जे नि गर्न मिल्छ?
    पुलिस २: अ मिल्छ,जे गर्न नि मिल्छ।के को नियम। चित्त बुझ्दैन भने अफिस जानुस्।
    (५ -६ जना पुलिस को बिच्मा केइ बोल्न सकिदैन। एक जना चै अली सम्झ्दार हुनुहुन्थ्यो)
    भाई अब हेर धेरै लफ्डा नगरुम, लाइसेन्स दिनुस्, थोरैको काट्न लाइदिउल बरु म.
    (भिड बाट अफिस लगेर हजार तिरैदिउ भनेको सुने,डर लाग्यो अनी license दिये
    ट्राफिक पुलिस: क(२) हान्नपर्छ एस्लाई त। एस्त्तो बबाल गर्याछ।(भिड ठुलै भाईसकेको थियो)
    भद्र पुलिस: ग(५) हान भन्या, भन्या मानन.
    (सुन्दा त ठुलै नै अप्राद गरेको जस्तो पो लाग्यो। डर लागिरथ्यो।
    ट्राफिक पुलिस:एक्लाई पाएर हेपेको?
    (आवाज निस्केन मेरो)
    (ग (५) मा लगाइदियो। ( क(२) मा १००० र ग(५) मा २०० जरिवाना राइछ)
    म: (चिट काटिसके पछी) सर, जे भयो भयो बोर्ड चाइ रख्दिनुहोला।
    पुलिस हरु: सडक बिभाग मा गएर भन्नुस्
    (van जान्छ)

    द्रिश्य ३:
    सर, लाइसेन्स लिन कैले आउने हो?
    ट्राफिक पुलिस: म सँग २४ घण्टा राख्ने अधिकार छ, आईतवार आउने।
    म: सर, छेकिङ भाईरख्छ फेरी अर्को चिट काट्दिन्छ मलाई २४ घण्टा नाघ्यो भनेर
    ट्राफिक पुलिस: काटोस, मेरो सरोकार्को कुरा हैन। आईतवार भन्दा अगाडि दिये भने म कुकुर को छोरा
    (मेरो सम्झाउने सबै प्रयास बेकार जान्छ र लाचार भएर हिड्छु)
    म: ( बाईक मा गैराको बेला फेरी चित्तै बुझ्दैन र कालिमाटी पुलिस को मा जान्छु complain गर्न, मन मा डर लि लि)

    द्रिश्य ४:
    म: सर, complain गर्ने एही हो?
    पुलिस:हजुर एही हो, के होला?
    (सब बेली बिस्तार सुनाउछु)
    पुलिस: (हाँस्दै) हेर्नुस्, म त computer department को हो
    तेही पनि भन्नुस् न.(फेरी हाँस्दै) चिट भने कै पैसा हो, अब पैसा त तिर्नै पर्छ।
    म: सर, मलाई पैसाको भन्दा नि एस्तो public को लागि खटेको सस्था ले गर्ने व्यबहार एही हो? भन्ने कुरा हो
    पुलिस: तपाईं मर्का मा पर्नुभएछ। धेरै complain आका छन behaviour को बारेमा। ( चिट हेरिसके पछी ) ठीक छ (complain लेख्दै) बिजय मन्डल राइछ कारबाही गर्ने। हामी briefing गर्छौ। आइदिनु भयो धन्यवाद! एस्को लागि। उस्को तर्फ बाट सरी)
    म: (हाँस्दै) सर, अब अरुको गल्तिको लागि के सरी भन्नु र। मेरो कुरा भएनी सुनिदिनु भओ। Thank You, सर।
    (मन अली भएनी शान्त हुन्छ)
    (घर फर्किन्छु)

    चिट नम्बर: ०६-१८९२७७
    प्रभु भेटवाल

    Reply
    1. RAJ says:
      July 1, 2013 at 9:22 pm

      लाइसेन्स देउ भन्दा खुरुक्क दिनु पर्छा नि त सभ्य नागरिक भएर ! उसले पनि अपमान सम्झ्यो होला आफ्नो.. मेरो त ट्राफिक लै सपोर्ट जन्न्छा येस्मा ..

      Reply
  27. Pawan Khanal says:
    June 30, 2013 at 9:25 pm

    हा हा हा हा हा हा हा हा हा हा हा nice

    Reply
  28. KK says:
    June 30, 2013 at 9:14 pm

    कमेन्टलाई जस्तै यो ब्लगलाइ नि डिस्लाइक गर्ने ठाउँ छैन कतै? वर्तमान अराजकतालाई व्यङग्य गर्न खोजिएको होला, तर अलि सुहाएन । सुन पसलेका आन्दोलन, दूध र पानीका शुद्धता जस्ता विषयलाई मजाकमा उडाएर भन्दा पनि गम्भिर भएर सम्बोधन गर्नुपर्छ होला । ती ठग सुन पसले, पानी ब्यापारी र पेट्रोलवालाहरु पनि हाम्रै समाजका प्रतिबिम्ब हुन् ।

    Reply
  29. Nipesh Adhikari, Germany says:
    June 30, 2013 at 9:04 pm

    १. मोटरसाइकल – मोटर ठिक छ , साइकलको नाम नै परिबर्तन गर्नु पर्छ
    जाबो साइकल त डेनमार्क को pm पनि चद्छनि !
    २. दुइ जना त सबै देश मा चद्छन् ! गोठनै चदन पाउनु पर्छ
    ३. चल्ती गति मा पिसाब लागे सिट बाट कोल्टे फेरे र छोड्न पाउनु पर्छ (महिला को लागि विकल्प सोच्नु पर्छ)
    ४. येदि ३ को नित्य कर्म कसैले देखे र कय्मारा मा कैद गरे तिनी हरु लै सिधै फोटो पुरस्कार को अवार्ड मा स्थान दिनु पर्छ !

    Reply
  30. Puspa Rbm says:
    June 30, 2013 at 9:04 pm

    मेरो पनि नैतिक समर्थन छ…यस्मा हाँ..हाँ..

    Reply
  31. safal says:
    June 30, 2013 at 8:33 pm

    मेरो पनि अर्को ( ना ) जायज माग छ , त्यो भक्तपुरको ६ लेनमा ६० को लिमिट गरेर, बाइक हुइक्याउन पाइएन , त्यो तु हटाइयोस । २ वटा सम्म वियर खएर हुइक्याउन पाइयोस । अनि बाइकको भन्सार पनि ८० प्रतिसतबाट घटाइ ३० मात्र गरिनु पर्छ ।

    Reply
  32. Jimba says:
    June 30, 2013 at 8:28 pm

    खिती-ति-ति-ति…. हसायो शेरेले!

    Reply
  33. जनक मान डंगोल says:
    June 30, 2013 at 8:20 pm

    कहिँ नभएको जात्रा हाँडी गाउँमा भन्या जस्तो पो रैछ ! के हो लुते ट्राफिक प्रहरी भनेको ? त्यो ट्राफिक प्रहरी नेपाल आमाको छोरा हैन र ? आफ्नै नेपाली दाज्यु भाइ दिदि बैनी प्रति सम्मान गर्न सिक्नुस ! अलिकति बोल्न र लेख छुट दिएको मात्र भए यो भन्दा ता हजार गुणा पन्चायेती ब्यबस्था ठिक थियो कमसेकम यस्तो साँढे जात्रा दैनिक रुपमा त हेर्नु पर्दैनथ्यो !

    Reply
    1. neerose says:
      June 30, 2013 at 9:46 pm

      गुरु, यो ब्यक्ग्य हो भनेर बुझ्नु पर्यो!
      एक्कासि पंचायती ब्याबस्था ठिक देखे छ!
      सामाजिक प्रतिबिन्ब राजनैतिक र सरकारी पेशेवर हरुमाथि अलिकति व्यंग्य अलिकति मजाक गरेको देख्ने बित्तिकै पंचायती ब्याबस्था ठिक लाग्यो?
      यस्तै हो कसै कसैलाई रमाइलो व्यंग्य मजाक र स्वोस्था मनोरंजन भन्दा जेलमा आनन्द आउछ!

      Reply
    2. Alikhit says:
      July 1, 2013 at 11:03 am

      ब्यङ्ग नबुझेर नेपाल आमा को छोरा लगायतका शब्दहरु फलाक्न थालेछन | यति निर्लज्ज कमेन्ट आज सम्म पढेको थिइन मेरो संसार मा |

      Reply
  34. bibek dhakal says:
    June 30, 2013 at 8:17 pm

    अझ केहि बुँदा थप्न मन लाग्यो
    – बाइक मोडिफाई गर्न पाउनुपर्छ. एकजना कसले हो फेसबुक मा पोस्ट गर्य जस्तो – ” सिम्पल त कान्छी को गाला को डिम्पल पनि हुन्छ नि, बाइक भनेको मोडिफ़ाइद हुनु पर्छ!”
    – लेन मिचेर बाटो जाम गराउन पाउनुपर्छ
    – ट्रिपल लोड गरेर चलाउन पाउनु पर्छ
    – जाम भाको बेला, रातो बत्तीमा एकछिन बस्दा खेरि वरिपरि हस्पिटल, स्कूल जे सुकै होस् मतलब नराखी हर्न बजाउन पाउनु पर्छ
    – लाइसेन्स नलिकन चलाएमा कारबाही गर्न पाइन्न! चलाउन नसिकी लाइसेन्स कसरि लिने?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme