Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कुवेतमा नौ नेपाली ‘आपत्तिजनक’ अवस्थामा पक्राउ

Posted on June 30, 2013June 30, 2013 by mysansar
रङ्गेहात पक्राउ परेकाहरु। फोटो साभारः अरबटाइम्स
रङ्गेहात पक्राउ परेकाहरु। फोटो साभारः अरबटाइम्स

बेलामौकामा नेपाली मिडियामा आउने समाचार हो- फलाना फलाना होटल वा लजमा पुलिसले छापा मार्दा यति संख्यामा जोडी ‘आपत्तिजनक’ अवस्थामा पक्राउ परे। तीन वर्षअघि त झोँक चलेर सुमिनाले ब्लगै लेखेकी थिइन्- यो आपत्तिजनक अवस्था भनेको के हो भन्दै।
अब यस्तो समाचार विदेशबाट नि आउन थालेछ। कुवेतबाट भर्खरै यस्तै समाचार आएको छ। त्यहाँ चाहिँ आपत्तिजनक हैन, ‘अनैतिक गतिविधि’ भनिने रहेछ। सुरक्षाकर्मीहरुले कुवेतको जलिब अल शुयोख क्षेत्रमा छापा मारेर पाँच नेपाली युवती र चार नेपाली युवकलाई रङ्गे हात पक्राउ गरेको छ। उनीहरुले वेश्यावृत्ति गरेको आरोप लगाइएको छ।


Untitled-5

अरब टाइम्समा प्रकाशित खबर अनुसार फरवानियाका कार्यकारी सुरक्षा निर्देशक मेजर जनरल इब्राहिम अल तराहकहाँ त्यो क्षेत्रमा नेपाली आप्रवासीहरु वेश्यावृत्तिमा संलग्न भएको खबर आइपुगेछ। त्यसपछि अनुसन्धानका लागि उनले सुरक्षाकर्मीहरुको एउटा समूह बनाए। समूहले अनुसन्धानको क्रममा एक जनालाई ग्राहकै बनाई शंकास्पद फ्ल्याटमा पठायो। हो रैछ, केटीहरुले डेटमा जान र अनैतिक गतिविधि गर्न पैसा मागे। लौ त्यो दुइवटा शंकास्पद फ्ल्याटसम्बन्धी आएको जानकारी सही रहेछ भन्ने पुष्टि भयो।

त्यसपछि सुरु भयो आवश्यक कानुनी प्रक्रिया। प्रक्रिया पूरा भएपछि फरवानियाका सुरक्षाकर्मीहरुले ती फ्ल्याटहरुमा छापा मारे। त्यस क्रममा पाँच नेपाली महिला र चार नेपाली पुरुष रङ्गे हात फेला परे।

साथमा उनीहरुले ब्ल्यु फिल्म र अरु अश्लील सामाग्री पनि त्यहाँबाट बरामद गरे। गिरफ्तार गरिएका मध्ये दुई नेपाली महिला कम्पनीबाट भागेका रहेछन्। केरकार गर्दा उनीहरुले आफूहरु यौन व्यवसायमा लागेको स्वीकार गरे। उनीहरुले आफूहरुले पाउने पैसामध्ये आधा आफूहरुलाई ग्राहक ल्याइदिनेलाई दिनुपर्ने बताइन्।

उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको छ। अब सुरक्षाकर्मी उनीहरुलाई ग्राहक जुटाउने दलालहरु खोज्दैछन्।
Untitled-4

Untitled-3

Untitled-2

39 thoughts on “कुवेतमा नौ नेपाली ‘आपत्तिजनक’ अवस्थामा पक्राउ”

  1. योगेश आदी says:
    July 3, 2013 at 3:11 am

    यस्तो त न्यूयोर्कमा बाटो बाटोमा खोज्दै आउँछ !! हरेक देशको ठुलो शहरहरुमा बैधानिक रेड लाइट एरिया हुनु अत्ति नै जरुरि छ / इच्क्षा लागेको काम गरेर बाच्न त पाउनु पर्यो नि ! नजानेलाइ कर छैन क्यारे !!!

    Reply
  2. krishna duwal says:
    July 2, 2013 at 11:16 am

    यस्तो समाचार पनि सुन्नु पर्ने , कस्तो समय आएछ

    Reply
  3. kishan says:
    July 1, 2013 at 10:06 pm

    कमसेकम नाम कमाउन नसके नि बदनाम त नकमाउनु नि, थुक्क

    Reply
  4. Prakash says:
    July 1, 2013 at 7:06 pm

    अरबी मुसल्टेहरुको इस्लाम कानुन जस्तो पत्तुर केहि छैन, तर पनि देश र कानुन अनुसार चल्न जान्नु पर्ने, बिचराहरु | नेपाल सरकारको बलियो कुटनीतिक सम्बन्ध भएको भए, उनीहरुलाई extradite गर्न सकिन्थ्यो, तर हाम्रो जस्तो लाचार सरकार हुनाले उनीहरु त्यहिँको सजाए भोग्न बाध्य हुने भए |

    Reply
  5. डिल्ली says:
    July 1, 2013 at 3:14 pm

    यी महिलाहरू तिर मात्रै औला सोझ्याउनु भन्दा अबैध रुपमा यिनीहरूलाई बेच्ने म्यान पावरलाई कार्यवाहीकालागि आवाज उठाउनु चाहीँ उपयुक्त हैन र ? यिनीहरू पनि दोषी त होलान् कानुनका नजरमा तर अबैध बाटो बेच्ने दलाल मोहर ठोकेर अबैधलाई सदर गर्ने श्रम, अद्यागमनका कर्मचारी र ती साँढेहरूलाई कार्यवाही नगरी संरक्षण दिने सरकार चाहीँ दोष मुक्त छन् त ? बैदेशिक रोजगारीको नाममा झुक्याएर पठाइएका होलान् धेरै त । यिनीहरूको जवानी कै त लिलाम गरिएको छ नि अघोसितरुपमा नै सही । स्वदेश मै त वलात्कारका घटना दिन दिनै बढिरहेको बेला धन्न यी महासयहरू कोठीसम्म त जान भ्याए छन् । जवानीको प्यास मेट्ने धूनमा कोठी छिरेका बिचराहारू जिउँदै फर्किने हुन्कि सड्ने पो हुन् । परिवारकालागि पनि सकुशल फर्किन पाउन यही कामना ।

    Reply
  6. Birkhe says:
    July 1, 2013 at 2:53 pm

    सबैले नेपाली चेलीहरुलाइनै गाली गरेको देखे/ चेलोहरु चै साह्रै चोखा परे कि क्या हो? कहिले जाने हो हाम्रो पितृसत्तात्मक मानसिकता!

    Reply
  7. Subhav, Dubai says:
    July 1, 2013 at 1:45 pm

    फोटो मा यिनीहरुको आँखा किन छोप्नु पर्या होला !!!! “हग्ने लाई भन्दा देख्ने लाई लाज” हुन्छ भनेर त हैन ?

    Reply
  8. Rajan says:
    June 30, 2013 at 11:10 pm

    जहाँ गए पने यो कुरा ले पछि न छोड्ने नै भो हमे लै .
    यार मागेर खानु ने बरु ……इजएत को कमै खको छु भनेर छाती फुलाएर बचन त मिल्छ.

    Reply
  9. Dev says:
    June 30, 2013 at 8:37 pm

    छिटै पैसा कमाउने अनि पैसा मा यौवानता को प्यास मेटाउने २/४ जना जना कुलंगार हरुले गर्दा नै आज कुवैत मा बस्ने हजारौ नेपाली हरु बदनाम हुनु परेको छ

    Reply
  10. Gaurab Nepali "Oodaaseen" says:
    June 30, 2013 at 7:28 pm

    कि स्वास्नी हुन् पर्यो, स्वास्नी नभए गिर्लफ्रेन हुनपर्यो त्यो पनि नभए पैसाको बिकल्प त हुन्छ नै ! तातै खाऊ जल्दी मर को मानसिकता नेपालीहरुको स्वोभाब नै हो ! बेस्या ब्रिटि बिस्वो को कुनै पनि कुन काप्चा मा भै रहने र हुने कुरा हो ! बाँकी त कति प्रोफेसनल ? मा भर पर्ने कुरा न हो ! देश अनुशारको भेष मा ब्येबसये गरेको भए साएद नापक्रिन सक्थ्यो कि !

    Reply
  11. मन says:
    June 30, 2013 at 6:47 pm

    किन हो खालि महिलाहरु माथि मात्र बेस्कन दोष थोपरिएको देखियो| नेपालबाट कम्पनी खोलेर बसेका कामका दलालहरुले (जसलाई सभ्य भाषामा म्यानपावर भनिन्छ केरे) के सपना देखाएर ल्याएको र आएपछि न बस्नु न फर्केर जानु बिचल्ली बनाएको बारे पनि कसैले सोच्नु भएको होला?
    के हो अनैतिक र नैतिक? त्यो कुनै देशको ढोंगी कानुनले तोकेर मात्र हुने होइन| अँ, कुनै क्रिया र प्रतिक्रिया कानुनी र गैर कानुनी चाहि घोषणा गरेका छन्| नेपालमा एक भन्दा बढी पत्नी राख्नु गैर कानुनी हो| अरब देशमा होइन| तर नैतिक र अनैतिक तिर नजाउँ| को कति नैतिक र कति अनैतिकको माप गर्नु हो भने कुन मान्छे कंहा कति खलास भन्ने यँहा दोहोर्याईरहनु नपर्ला| वस यति हो, कानुन चै सबैले पालन गर्ने पर्छ चाहे मन परुन वा नपरोस|

    Reply
  12. jitman Rai 'sabin" says:
    June 30, 2013 at 6:22 pm

    नेपाली केटीहरुको ढंग त यता मलेसियामा पनि गतिलो छैन है । त्यति हो पेसेवर बेश्यावृत्ति गरेको प्रमाण जुटेको छैन भनौ जुटाएको छैन ।

    Reply
  13. kusan sharma says:
    June 30, 2013 at 6:13 pm

    पापी पेट नै त होलानी यी सब काम गराउने l पुरुसको सन्दर्भमा त यो कुरो पनि लागु हुदैन l

    Reply
  14. भागिशोर says:
    June 30, 2013 at 5:27 pm

    यी चेली हरुले गर्दा नपाल को बदनाम त भयो भयो, अन्य बिदेसिने नेपाली चेलीहरुको इज्जत प्रति पनि प्रश्न खडा भएको छ /

    Reply
  15. ramesh says:
    June 30, 2013 at 4:57 pm

    बेश्याब्रिती नै गर्न थियो भने कुवेत जस्तो कडा कानुन भएको देश मा किन जान पर्थ्यो? नेपाल इंडिया मा जहाँ गरेपनि हुने थियो, सजिलो कानुन, जान भिसा पनि नचाहिने,समातिहाले मा पनि २- ४ दिन मा छुट्ने, यिनी हरु लाइ दशा लागे कै हो.

    Reply
  16. Nipesh Adhikari , Germany says:
    June 30, 2013 at 4:30 pm

    जो होचो उसका मुख मा घोचो भने को येही हो !

    वेश्यावृत्ति संसार मा जहाँ पनि छ, तर एस्तो कानुन भए को देश मा येत्रो अपराध गर्न ठुलो नै मुटु हुनु पर्छ ! पैसा वाला हरु का लागि यो केहि होइन र गरि राखे का छन्; तर नेपाल जस्तो गरिब मुलुक हरु ले गरे को उनीहरु लागि कालै ठुलै वेश्यावृत्ति समचार हुन्छ !

    अरब मा कृष्ण, बिष्णु अनि शिव जी हरु को काम छैन ! अब अलहा ले बचाए बचौलन ! नत्र Puspa जी ले भने जस्तो यीनीहरूको जिन्दगी सकियो!

    Reply
  17. madan bajracharya says:
    June 30, 2013 at 4:07 pm

    बिदेशमा सबै देसको महिलाहरुले लुकेर बा खुलेर यौन ब्यबसाय गर्छन तर नेपाली महिलाले जस्तै छाडा र आपति हुने तरिकाले कसैले गर्दैन/ सन् १९९४/९५ तिर हंगकंगको समाचार पत्रहरुमा धेरै नेपाली केटीहरुले आपतिजनक तरिकाले बेस्याब्रिती गरेकोमा धेरैलाई पक्राउ गरेको समाचार प्रकासित भयको थियो/ जुन कुरा सयमा सय सत्यनै थियो/

    हंकंगको चुन्किंग मेन्सन को ९ र १४ तल्लाको अपार्टमेन्टहरु नेपाली महिलाहरुको बेस्याघरको नामले चिनिन्थ्यो/ त्यो तल्लाहरु यति बद्नाम भयको थियो कि हंगकंग सेनामा कार्यरत नेपाली सैनिकहरुलाई ती तल्लाहरुमा जान प्रतिबन्ध नै लगायको थियो/ ग्राहक कम भयको बेला ती नेपाली महिलाहरु सडकमै आयर ग्राहक खोज्थे/

    हंगकंगमा त्यो ब्युल्दिंग बद्नाम भय पनि नेपाल भारत बात आउने र नेपाल भारतमा ब्यबसाय गर्नेहरुको निमित सस्तोमा कोठा पाउने आफ्नो घरमा खाने जस्तै खान पाउने र अन्त भन्दा सस्तो मोलमा सबै सामानहरु किन्न पाइने र नेपाल बायु सेवा निगम लगायत बैंकहरु नजिकै भयकोले भयकोले आकर्शंनको केन्द्र नै थियो/

    यक दिन म त्यो ब्युल्दिंग घुम्दै गरेको बेला चिनेको ब्यापारी मित्रहरुले यक छिन बस्नुस रमाइलो कुरा हेर्न पाइने भयको छ भन्यो/ कुरा के हो भन्दा उसले भर्याङ्ग देखायर हेर्दै गर्नुसन भन्यो/ यक छिन पछि भन्न पनि अप्ठ्यारो हुने गरि कोहि कट्टु मात्रै लगायको अबस्थामा २० जना नेपाली पुरुषहरु र नेपाली महिलाहरु सबैलाई माला जस्तै हत्कदिले उनेर ल्यायको देखे/ महिलाहरु सबै पर्यटक भिसामा अयाकाहरु थिय/

    तेस्तै अरु घटनाहरु हंगकंग र नेपालको समाचार पत्रहरु प्रकासित भय पछि नेपाल बात यौटा दियसपी नै सत्य बुझ्न हंगकंग आउनु भयको थियो र नेपाल बायु सेवा निगमको कार्यालयमा भयको निगमको जहाज बाट आयको केहि महिलाहरुको विवरण पनि म बात लागेको थियो/

    Reply
  18. kedar khadka says:
    June 30, 2013 at 3:50 pm

    यो त अति नै भयोनि नेपाली चेली हरु बिदेस पोइसा कमाउन औछन पोइसा को लागि एस्तो काम छि

    Reply
  19. kedar khadka says:
    June 30, 2013 at 3:46 pm

    यो त अति नै भयोनि नेपाली चेली हरु बिदेस पोइसा कमाउन औछन पोइसा को लागि एस्तो काम छि I

    Reply
  20. हरि गौतम says:
    June 30, 2013 at 3:32 pm

    नेपालको राजनीति अनि विदेश मा गएका महिलाहरुले नेपाललाइ विश्वमा नै चिनाए नेपाल लाई ||||

    Reply
  21. राम चन्द्र says:
    June 30, 2013 at 3:25 pm

    आफुले आँफैलाई बेच्नु नै थियो भने किन जानु पर्थियो होला बिदेस नेपाली कानून जस्तो नहोला कुबेती कानून गयो जिन्दकी अब ।

    Reply
  22. kamal says:
    June 30, 2013 at 3:24 pm

    संसार भरि मेहेनत गरेर खान न सक्ने महिला हरुले यस्तै पेशा अपनाएका देखिन्छन , आफ्नो देशका भएर हामीलाई नराम्रो लाग्नु स्भाविक हो तर अरुको देशमा गएर इजत नै फाल्ने काम गर्नेलाई त ठुलै सजाय दिनु पर्छ !!!!!!!!!!!!!!

    Reply
  23. Bishwaraj says:
    June 30, 2013 at 3:04 pm

    महा परिपक्व देखीएका छन् जोडीहरु- खेल त डर लाग्दो नै जान्थ्यो होला.. बीचाराहरु- मान्छे की थुतुनाले बीग्रन्छ- की मुतुनाले भन्छ- ल बर्बाद भएछ-

    Reply
  24. Raju Rana - Mahendra says:
    June 30, 2013 at 2:34 pm

    जोस मा होस् गुमयासी – न घर को डर न त पर को डर भने झैँ — देस को नाम लिलामी गर्ने अर्को गिरोह बिदेस मा

    Reply
  25. sriram mahato says:
    June 30, 2013 at 2:16 pm

    सकियो जिन्दगी ।

    Reply
  26. Nabin Adhikari says:
    June 30, 2013 at 2:03 pm

    कुवेतको जेलमा सड्ने भए यीनीहरु… ||

    Reply
  27. abhishek lama says:
    June 30, 2013 at 1:59 pm

    बिचार आफ्नो श्रीमान अथवा श्रीमतीले नेपालमा बसी विश्वास गरेका होलान ! आफ्नो फमिली बिदेशमा हुनु हुनुहुन्छ भन्नेर तर कहाँ बिदेशमा त तिनीहरु रन्डीहरुलाई पैसा खुवैदै बस्दै गरेको पो हुदारहेछन ! येस्ताहरुलाई त कडा बन्दा कडा कारबाही गर्नु पर्छ ! थोरै समयमा धेरै पैसा कमाउने रन्डी हरुलाई जेलमा सड़ाई दिनु पर्छ !मेरो कमेन्ट पद्नु भैसके पछि हजुर हरुले लाइक अथवा कमेन्ट गरि दिनु होला है त नेपाली दिदि दाजु भै हरु………..!

    Reply
  28. Tara says:
    June 30, 2013 at 1:09 pm

    पैसा को लागि नेपाल का नेताले इमान बेच्छन, जनता लुट्छन यिनीहरुले आफुलाई लुटाए, शरीर बेचे …दैब जानुन यो दुइ बाट नेपाल स्वतन्त्र हुने कहिले हो कुन्नि ..

    Reply
  29. Adwait Sharma says:
    June 30, 2013 at 1:07 pm

    “wealth is lost, nothing is lost
    health is lost, something is lost
    character is lost, everything is lost”

    My dear Nepali brothers and sisters, wherever we are, let’s try to be of good moral height, ethics and character.

    Reply
  30. Pawan Khanal says:
    June 30, 2013 at 12:19 pm

    यसो नगर्नु पर्ने थियो बिदेस मा आएर …

    Reply
  31. Sameer says:
    June 30, 2013 at 12:10 pm

    थुइक्क!!!! यिनीहरुले गर्दा, सबै नेपालीको बेइज्जत भयो.. येस्ताहरुको अनुहार किन छोप्नु परेको होला फेरि.. पुरै देखाईदिए पनि हुन्थ्यो!!!

    Reply
  32. Hari says:
    June 30, 2013 at 12:02 pm

    एकदम संग सकियो नी पाजीहरुको

    Reply
  33. Bibek Dhakal says:
    June 30, 2013 at 11:48 am

    थूतुनो र ” कुनी के जाति” सम्हालेर नराखे दुख पाइन्छ भन्थे बुढा पाखा ले! यसै भनेका हैन रहेछन …

    Reply
  34. गोरुसिने दाइ (तारे मगर), खाडी-दुवइ says:
    June 30, 2013 at 11:46 am

    खोइ अब कुवेतको कानुनअनुसार कारबाही के हुने हुन् कुन्नि ..?यिनका उद्दार अब कल्ले गर्लान कुन्नि ..? पैसो कमाउने यो भन्दा सजिलो उपाए अरु के होला कुन्नि ..?

    Reply
  35. yukta says:
    June 30, 2013 at 11:16 am

    फोटो हेर्दै यी महिला हरु विवाहित जस्तो देखिन्छ ! कुबेत को कानुन अनुसार कडा सजाय त पाउने भयो नेपाल को घर गृहस्ति पनि भताभुङ्ग हुने भयो सब भन्दा महत्व पूर्ण कुरा चाहिं यिनी हरु ले नेपाल तथा नेपालि को ठुलो बद्नाम गरायो थुक्क तिमि हरु को जिन्दगि !

    Reply
  36. Bijay says:
    June 30, 2013 at 10:59 am

    बिचरा हरुको जीवन अरब को जेल मै जाने भो

    Reply
  37. Puspa Rbm says:
    June 30, 2013 at 10:49 am

    अब सकियो यीनीहरूको जिन्दगी ।

    Reply
  38. Dinesh Oli says:
    June 30, 2013 at 10:48 am

    तर तेती सार्हो चाही नभनौ न है सालोक्य जी, बाध्यता बस नै त गर्नु परेको हो नि ! न कि अमेरिका मा जस्तो ड्रग खानलाई गरेको होइन क्यारे ! मलाई त पेट भर्न को लागि बनेका बेस्या हरु को दया लाग्छ !

    Reply
  39. Dinesh Oli says:
    June 30, 2013 at 10:45 am

    तोइत, कुवैत जस्तो देशमा पनि बेस्यब्रिती गर्न लै आट आको ! फासी नै हुन्छ कि न ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme