Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ल हेर्नुस्, १ लाख जित्ने वर्षको सर्वोत्कृष्ट फोटो

Posted on June 28, 2013June 28, 2013 by Salokya

NPC-NW-SK-c-0655
पीजे क्लबले आयोजना गरेको फोटो प्रतियोगितामा शैलेन्द्र खरेलको यो फोटो वर्षको उत्कृष्ट फोटो बनेको छ। ‘आइएमई–ग्लोबल–आइएमई बैंक फोटो अफ द इयर’ उपाधि सँगै उनले नगद एक लाख रुपियाँ पाउने छन्। बाढीपहिरोले अहिले सबैको ध्यान खिचिरहेका बेला सर्वोत्कृष्ट बनेको यो फोटो पनि बाढीपहिरोसँगै सम्बन्धित छ। आज पर्यटन बोर्ड हलमा आयोजित उपाधि घोषणा कार्यक्रममा विजेता खरेलले यो फोटो खिच्दाको अनुभव पनि सुनाए।

“मैले यो फोटो फ्रन्टपेजमा ठूलो छापिएला वा फोटो प्रतियोगितामा पठाउँला भन्ने हिसाबले खिचेकै थिइनँ”, आफ्नो अनुभव सुनाउँदै खरेलले भने, “म विदाको मूडमा थिएँ। नयाँ बाइक लिएर हामी मुस्ताङ घुम्न निस्केका थियौँ। त्यही बेला गाडी दुर्घटना भएको रहेछ। त्यो देखेर केही अगाडि आउँदै गर्दा पहिरो खसेर मान्छेहरु आत्तिरहेका थिए। सबै कुरा फिल्ममा झैँ भइरहेका थिए। आफ्नो अनुभवका लागि र त्यो बेलाको माहौल सम्झनामा राख्न मैले यो फोटो खिचेको थिएँ। लगभग यही एउटा सट मात्रै खिचेको हुँला मैले।”

फोटोसँगै फोटोग्राफरले उपलब्ध गराएको क्याप्सन यस्तो छ-

Local women’s of Mustang district, Nepal looks towards the landslide intersection close to Lete V.D.C after the road block on October 08, 2010. Every year many people are killed due to landslide and road accident in the various remote hills of Nepal. In 2006 alone five road construction workers and four children died after being buried by landslide at Ghaiku in Lete VDC-4 of Mustang district.

तीन वर्षअघि अक्टोबर ८ मा मुस्ताङको लेते गाविसमा पहिरो गएको अवस्थामा साँघुरो बाटोमा भर्खरको शिशु बोक्दै डाँडाबाट पहिरो झर्छ कि भन्ने डरैडरले सडक पार गरिरहेको अवस्थाको फोटो हो यो।

आयोजकहरुका अनुसार यस पटक निर्णायकहरुले एकमतले यो फोटोलाई सर्वोत्कृष्ट चयन गरेका थिए। “यो फोटो देख्ने बित्तिकै सबैले ‘वाह’ भने”, निर्णायक मण्डलका अध्यक्ष गोपाल चित्रकारले भने। निर्णायक बन्न भारतबाट आएका त्यहाँका वरिष्ठ फोटो पत्रकार रघु राईले यो फोटोमा मानवीयताको पक्ष झल्किएको र विश्वकै उत्कृष्ट फोटोहरुमध्येमा पर्ने बताए।

देशभरबाट यसपालिको प्रतियोगितालाई ९ सय ३८ व्यवसायिक र एमेच्योर फोटोग्राफरले ७ हजार ५ सय ४९ फोटो पठाएका थिए। वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकार अध्यक्ष रहेको निर्णायक मण्डलमा भारतका वरिष्ठ फोटोपत्रकार रघु राई, वरिष्ठ फोटोग्राफर मणि लामा, कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र फोटो पत्रकार क्लबका अध्यक्ष प्रकास माथेमा थिए। माइसंसार फोटो प्रतियोगिताको अनलाइन पार्टनर हो।

प्रतियोगितामा अन्य सात विधामा प्रथम, दोस्रो र तेस्रो फोटो घोषणा गरिएका छन्। त्यसैगरी निर्णायक चरणबाट छानिएका १ सय ५१ फोटोलाई काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ। ती फोटो माइसंसारमा क्रमशः राख्दै जानेछौँ।

वर्षको सर्वोत्कृष्ट घोषित शैलेन्द्र खरेलको यो फोटो तपाईँलाई कस्तो लाग्यो त ? आफ्नो धारणा तल कमेन्टमा लेख्नुहोला।

41 thoughts on “ल हेर्नुस्, १ लाख जित्ने वर्षको सर्वोत्कृष्ट फोटो”

  1. Gangaram says:
    July 13, 2013 at 7:50 pm

    मलाई पनि photole भन्दा पनि captionle पुरस्कार जिते जस्तो लग्यो .

    Reply
  2. Pingback: सुको पैसा नजितेका तर राम्रा फोटोहरु « Mysansar
  3. Pingback: रु. २० हजार जितेको फोटो कथा यस्तो छ « Mysansar
  4. Er.Saroj Sah says:
    July 2, 2013 at 3:38 pm

    मलाई यो फोटो अवार्ड जित्ने खालको लागेन .

    Reply
  5. प्रकाश says:
    July 1, 2013 at 8:48 pm

    माफ गर्नुहोला म पनी म्याग्दीको र यो वाटो धेरैपटक हिँडेको अनी .. यो क्याप्सनले नभनेको भए पहिरो गएको भन्ने पनी झल्केको पाइन मैले …

    Reply
  6. Jiyalal sah (Birgunj) says:
    July 1, 2013 at 5:44 pm

    तपाईले आफैले अनुभव सुनाउदा भन्नु भएको हो पहिरोखसेर मानिसहरु आतिएर भागदैथिए, तर यस फोटोमा त्यस्तो केहि देखिएको छैन् बच्चा लिएको महिलाले केहि कुरो बताउदैछिन भने अर्का महिला त्यहि कुरा सुनिरहेको देखिन्छ, महिलाहरुको फेसमा न त अतिएको छ नत ब्याकग्राउण्डकमा पहिरो गएको नै देखिन्छ ।

    Reply
  7. Pingback: फोटो कथाः स्वर्ग पुनः पाउँदा… « Mysansar
  8. pratik says:
    June 30, 2013 at 2:57 pm

    आयोजक ले घुस खाए छ / एस्तो झुर फोटो लै एक लाख /

    Reply
  9. रबिन थापा, काठमाडौं says:
    June 30, 2013 at 1:29 pm

    नेपाली जनजीवनको वास्तविकता बोकेको यो फोटो मलाई पनि अतिनै मन पर्‍यो । फोटो हेर्दा केही फरक पन नपाएता पनि नेपाली को वास्तविकतालाई यो फोटो ले राम्रो सँग प्रतिनिधित्व गरेको देखिन्छ । फोटो रेअल टाईम मा खीचेको को हुनाले फोटो ले पनि वास्तविक घटना लाई दर्शएको देखिन्छ। तर मैले यो फोटो बादिपहिरो पहिरो पछी खीचेको कुरा यो लेख पढेपछी मात्रा थाहा पाय खुशी लाग्यो ।
    शैलेन्द्र खनाल लाई बधाई छ .
    पुरुस्कारको केही हिस्सा बढीपिडितहरुका लागि छुट्टाएको भय उनिहरु माथि पनि न्याय हुनसक्थ्यो ।

    Reply
  10. Sanjay Dahal says:
    June 30, 2013 at 10:56 am

    माफ गर्नुहोला. यो फोटो मा प्रथम हुने खालको केहि देख्दिन म चाही.

    Reply
  11. रैथाने says:
    June 30, 2013 at 5:05 am

    यो फोटो प्रथम पुरस्कार पायको?
    फोटो हेर्दै सेन्टिमेन्ट कल्पना गरि फोटोको महत्वो र भावना ठहर गर्ने हो भने त एउटा सादा सेतो कागजको फोटो खिचेर टासी पुरस्कारको हक दाबि गरे भै हाल्यो त! अझै त्यो फोटो धुलाउदा प्रकाश छिर्यो भने सेती हुन्छ नि हो त्यो त झन् गज्जब हुन्छ पुरस्कार पाउन, जसले जे सोच्यो जे ठान्यो तेस्तै देखिन्छ र तेस्तै परिकल्पना गर्न सकिन्छ!
    “खोइ दुलो?
    गाइले कुल्च्यो!
    खोइ गाइ?
    खोलाले बगायो!
    खोइ खोला?
    सुक्यो!!”
    वावा यो फोटो ले प्रथम पुरस्कार हासिल गर्छ किनकि, दुलो छ तर देखिदैन, गाइ छ तर देखिदैन, खोला छ तर देखिदैन, अदभुत फोटो!
    प्रथम भन्दानी माथिल्लो पुरस्कार को हकदार!

    Reply
  12. Jimba says:
    June 29, 2013 at 9:12 pm

    Caption पढेर मात्र थाह भयो त्यो फोटो बाढी सम्बन्धि हो भनेर, नत्र फोटो मा तेस्तो कुनै झलक देखिदैन! उत्कृस्टमा परेका फोटो हरु सबै ठिकै छन् तर वाह भन्ने खालको चै कुनै पनि छैन.

    Reply
  13. गोरुसिने दाइ (तारे मगर), खाडी-दुवइ says:
    June 29, 2013 at 6:54 pm

    हुनत मलाइ फोटो बिधा केहि आउदैन छैन, तालिम सालिम लिएको नि होइन तर साथीहरुले भने जस्तै छ फोटो ! रंगिन र स्याम स्वोयतको चमक ढकम भन्दा पनि फोटोले केहि भाब बोकेको हुनु पर्छ ! होइन र ? क्याप्सनमा भने जस्तो पहिरोको डर कत्ति झल्किदैन! फोटो नै खिच्न मिलाएर उभियाइए जस्तो देखिन्छ ! बरु तेही एक पुरस्कार तेतै तिरको बाढीपहिरोमा राहत स्वोरुप सहयोग भैजाओस राम्रो हुनेछ !

    Reply
  14. DB Maluwa says:
    June 29, 2013 at 5:11 pm

    यो फोटो हेर्नुहोस :
    http://diferent-photos.blogspot.ae/2013/06/some-moments-are-more-painful-than-the.html

    Reply
  15. Limbu naYan says:
    June 29, 2013 at 4:25 pm

    हाम्रा सबै आखाहरुले देखेको फोटोमा ‘फस्ट-रिजल्ट’ छदै छैन!(कलर,फ़ेसिअल एक्ष्पोजर, फिजिकल एङ्गल, ब्याक ग्राउंड, इट्स मिनिन्ग्स etc) जति वर्णन छ, उति कमजोरी शो गरेको फिल गरें! संसार त्यसरी नै चल्दो छ, जसरि लेखक-निर्णायक-फोटोग्राफरले कुरा मिलाएका छन् , धिक्कार छ I

    Reply
  16. dhan says:
    June 29, 2013 at 2:42 pm

    फोटो मा मैले पनि त्यति मनोभावना झल्के जस्तो मानिन हुन त मान्छे सबैको एउतै विचार नहुन पनि त सक्छ ! फोटो हेर्दा बाढी र पहिरो बाट अत्तालिएको भन्दा पनि पोज दिएर मुस्कान छाडेको महिला को अनुहार ले बाढी पहिरो बाट भन्दा पनि फोटो खिच्न अत्तालिएको मात्र भान भएको छ भन्ने हामीलाई लाइरा छ कुन्नि यहाँ हरुलाई कस्तो लाइरा छ ? माफ गर्नुहोला यो फोटोलाई नराम्रो चाहिं भन्न खोजेको होइन ! तमु धन

    Reply
  17. Abhaya London says:
    June 29, 2013 at 2:30 pm

    मलाई पनि मन परेन ……

    Reply
  18. SURENDRA hongkong says:
    June 29, 2013 at 11:00 am

    पहिरो ले गर्दा आफ्नो गन्तब्य मा पुग्न न सकेको चिन्ता जनक अनुहार पो देखिनु पर्ने हो/ यहा दुइ चेली ले फोटो खिच्न पोज दिए जस्तो पो देखिन्छ कि कसो?निर्णायक मण्डल ले कालो चस्मा लाएका थिए होला अनि भदौ मा आखा फुटेको गोरु ले पराल लाई घास देखे जस्तो छ/

    Reply
  19. aakash says:
    June 29, 2013 at 10:29 am

    कहिले काही दिमाख बन्द हुँदा मन खुल्छ ………………..हजार शब्द ले नभने को कुरा यो फोटो ले भन्छ l

    Reply
  20. राम चन्द्र says:
    June 29, 2013 at 9:42 am

    के छ हो यो तस्बिर मा ? निर्णाएक मन्डली ले के देखे एस्मा ? के आधार मा पहिलो भयो यो तस्बिर अचम्म ।

    Reply
  21. Sukarma Nepali says:
    June 29, 2013 at 8:58 am

    खोइ के खोइ के …यो फोटो किन प्रथम भयो ? के कारणले ? यो यो कारणले यो प्रथम भयो भनेको भए चित्त बुझ्थ्यो कि !!! मलाई त प्रथम पुरस्कार प्राप्त गरेको फोटो भनेर हेर्न पनि चित्त बुझेन / म जुरीमा भएको भए त यो फोटोले पुरस्कार त के टप १०० मा पनि पर्ने थिएन / यो फोटो facebook मा राखेपनि यीनीहरुको परिवार बाहेक अरुले LIKE गर्ने स्थिति छैन / पुरै पारिवारिक फोटो हो यो /

    Reply
  22. ram sharma says:
    June 29, 2013 at 8:37 am

    यी महिला हरु निर्णायक मण्डलको कोइ परेछन कि क्या हो? नत्र यो खिच्न के कला चाहिन्छ र?? यो भन्दा त माओवादी अध्यक्ष प्रचण्डलाई थप्पड हानेपछि कार्यकर्ताको कुटाइबाट घाइते पदम कुँवरलाई प्रहरीले बचाएर लैजाँदै गर्दाको,पार्वती लामाले खिचेको श्रेया धितालको फोटो; वीरगञ्जमा माघे संक्रान्तिमा हुने कुस्ती प्रतियोगिताको फोटो;विशाल गौतम को फोटो बिस्केट जात्रामा खिचेको ;पदमसागर कक्षपतिको फोटो हनुमानढोको ;दशैँको नवौँ दिन मनाइने खः म्ये जात्राको दिवाकर मास्केले खिचेको फोटो; भुँडीफोर गरुडले चुम्बन गर्दै गरेको खिचेको फोटो, यात्रा थुलुङले सुनसरीको तरहरामा खिचेको फोटो र दिनेश गोलेले टौदहमा खिचेको फोटो त कता हो कता राम्रो छ नि कि कसो ???

    Reply
  23. Maheswor says:
    June 29, 2013 at 6:33 am

    निर्णायकहरु त धुरन्धर नै हुन् तर निर्णयमा कतै राजनैतिक सम्झौता भए जस्तो लाग्यो
    यस्तै खाले निर्णय गर्ने हो भने अर्को साल देखि त निर्णायकले नै फोटो छानेर प्रदर्शनी गरे हुन्छ कुनै फोटोग्राफर् ले भाग लिनु आबश्यक छैन

    Reply
  24. bibek dhakal says:
    June 29, 2013 at 6:31 am

    फेरी छुच्चो हुन त खोज्य हैन, तर ” राइट टु कृ टीसिजम” प्रग्योग गर्दै भनम-
    आजकल यी ठूला नगद राशिका प्रतियोगीताहरुमा गतिलो फोटोहरुले स्थान पाउन छोडेका हून कि जस्तो लाग्यो. अर्काको मिहेनत र प्रतिभालाई होच्याउने दुस्साहस पनि गर्न खोज्या हैन तर माथिको फोटोमात्यस्तो उट्क्रिस्ट नै हुनुपर्ने विशेष पाउन सकिन है –
    एक लेम्यानको हैसियतले कमेन्ट गर्दा मलाई लाग्छ फोटोले धेरै कुरा क्यप्शन नहेर्दै दर्शकले ठ्याक्कै के हो पट्ट नलाएपनि फिल गर्ने हुनुपर्छ….यो चित्रमा “पहिरो ले गर्दा बाटो बन्द भाको”, जुन क्याप्शंको बिषय छ, अलि गौण रूपमा देखिएको जस्तो लाग्यो. बरु ब्ल्याक एन वाइट सट्टा कलर फोटो मै त्यो कुरा प्रस्ट देखिन्थ्यो कि?
    बिदेशी पत्रिकाहरुले पनि साताको, महिनाको, बर्षको उत्क्रिस्ट फोटोहरु भनेर नियमित रूपमा आफ्नो साइटमा प्रकाशन गरिरहेका हुन्छन – अब ति फोटोग्राफरका क्यामरा धेरैनै अत्याधुनिक हुने हो भने चाही थाहा भएन तर क्याप्चर गरिएका चित्रहरुलाइ देख्न बित्तिकै म जस्ता लेम्यान्हरुको मुखबाट पनि “वाह” निस्किन्छ! खै माथिको फोटोमा मैले त्यो चाही पाइन है! सायद फोटोको भाव बुझ्न नसक्ने ” थिम ब्लाइण्ड” परें कि? ?!!

    Reply
  25. sagar says:
    June 29, 2013 at 5:08 am

    मैले त केहि बुझिन
    खोइ तस्बिर त्येस्तो कि मेरो दिमग्नै नपुग्या हो

    Reply
  26. db malla says:
    June 28, 2013 at 11:50 pm

    खासै यो फोटोमा त्यति भाभुक नै छैन, कसरि भयो पहिलो,,,,, नेपाल नै हो …. जे पनि हुन्छ यहाँ

    Reply
  27. बिनोद तिमिल्सिना says:
    June 28, 2013 at 11:14 pm

    डर र त्रासमा रंङ हुन्न।

    Reply
    1. neerose says:
      June 29, 2013 at 4:52 am

      तर फोटोमा त हुन्छानी त!
      तेसो भय कालो र सेतो (स्याम स्वेत) रंग हो कि होइन त?
      रंग भन्नासाथ दिमागमा रातो चड्छ?

      Reply
  28. BIraj Subedi, Fougeres, France. says:
    June 28, 2013 at 10:53 pm

    यो फोटोमा मैले त खासै केहि देखिन, के छ र खै तेस्तो १ लाख जित्ने खालको???? मैले केहि बुझिन है …..

    Reply
  29. Pingback: यस्ता छन् हजारौँ रुपियाँका पुरस्कार जित्ने फोटोहरु « Mysansar
  30. chandra gc says:
    June 28, 2013 at 10:06 pm

    यो फोटोमा मैले त खासै केहि देखिन ………

    Reply
  31. द्रोण says:
    June 28, 2013 at 9:47 pm

    सुन्दरताको को बखान गर्न पारखी नजर चाहिन्छ | भाबुक मन लाइ कल्पनाको लहर मा जोडेर समागम गराएपछि अलि अलि प्रसव बेदना सगै सुदरता को जन्म हुन्छ |

    Reply
  32. jitman Rai 'sabin" says:
    June 28, 2013 at 9:03 pm

    गत वर्षका फोटोहरुको तुलनामा यो फोटोमा मैले केहि पनि देखिन….यो फोटोमा त अतालिएको भाव नै छैन, पोज दिए जस्तो देखिन्छ…..क्याप्सन राखेन भने कसले भन्छ यो फोटो पहिरोले अतालिएर भाग्दै गरेको भनेर ? मैले चै यो फोटोमा त्यस्तो प्रथम पुरस्कार जित्नु पर्ने केहि देखिन भलै मेरै आँखा दोषी किन नहोस।

    Reply
  33. गगने says:
    June 28, 2013 at 8:45 pm

    तेती खास्सै त लागेन मलाइ!
    हुनत तेहा यो भन्दा राम्रो अर्को फोटो थियन होला र यसले जित्यो तर तेस्तो पुरस्कारै जित्ने फोटो जस्तो चाहि लागेन है!
    श्याम स्वोत प्रस्तुतिले गर्दा अलि बढी भाबुकता संकलन गर्न सफल भयको हो कि त?

    Reply
  34. पुष्प says:
    June 28, 2013 at 8:42 pm

    श्यामश्वेत तस्वीरलाई विजेता घोषित गरिनु चित्तबुझ्दो लागेन । जताततै रंगीन हेर्दा-हेर्दा वाक्क भएको बेला कहिलेकाहीँ श्यामश्वेत तस्वीर हेर्दाको मज्जै बेग्लै हुन्छ । यो एककिसिमको मनोवैज्ञानिक प्रभाव हो । त्यसमाथि कुनै-कुनै तस्वीर रंगीन भन्दा त्यसलाई श्यामश्वेत वा अन्य रंगमा ढाल्दा अझ बढी राम्रो देखिन्छ । स्मरण रहोस् ‘इन्ष्टाग्राम’ त्यसै चम्किएको होइन । त्यसैले यसको रंगीन अर्थात् सक्कली भर्सन हेरेरमात्र निर्णय लिइनुपर्थ्यो । तैपनि धुरन्धरहरूले नै विश्वकै उत्कृष्टमध्ये पर्ने भनेपछि त मान्नैपरो …

    Reply
  35. safal says:
    June 28, 2013 at 8:30 pm

    फोटोमा किन रड्ग नभएको , manipulate गरीएको फोटो भएर अलि नराम्रो लाग्यो ।

    Reply
    1. subash says:
      June 28, 2013 at 10:16 pm

      Just because a photograph is monochromatic, it doesn’t mean it has been manipulated. You can taken a black and white picture right off the DSLRs.

      Reply
      1. raju says:
        July 3, 2013 at 2:12 pm

        That is where Manipulation had begun.

        Reply
  36. chirinjeebi says:
    June 28, 2013 at 7:43 pm

    बढी पहिरो मा सम्बन्धित फोटो ले १ लाख जितेछा तर बढी पहिरो मा आपत बिपत परेको ले १ छाक खान नापयारा सुत्ने ठाउँ नापयारा अलपत्र bhayakale chai केहि napaayako dekhda यो पाठक छक्क पर्यो हाम्रो देश को चर्तिकला मैले विदेश बसेर आफ्नो १ मैना को सलारी contribute गर्न सक्छु भने बढी पिडित को लागि के नेपाली जनता को लागि देश ले केहि गर्न sakdaina आफ्नै देश को बासिन्दा को लागि के यो फोटो देखायर १ लख जित्ने मानब ले त्यो उपहार त्यो पिडित को लागि ५० percent contribute गर्न सक्छ त?

    Reply
  37. Madan Mani says:
    June 28, 2013 at 7:38 pm

    तस्विर मानविय भावना समेट्न सफल छ। उत्तम तस्विर।

    Reply
  38. Tulasi Ram Wosti says:
    June 28, 2013 at 7:31 pm

    सारै नै राम्रो फोटो रहेछ !!!

    Reply

Leave a Reply to पुष्प Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme