Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अध्यागमन अत्याचारको वास्ता भएन, अब के ‘अकुपाइ’ गर्ने?

Posted on June 28, 2013 by Salokya

विदेशबाट फर्किएकी एक युवतीलाई अध्यागमनका हाकिम भनाउँदाहरुले पैसा र इज्जत दुवै लुटेको घटना सार्वजनिक भएपछि महिनौँसम्म ‘अकुपाइ बालुवाटार’ अभियान चल्यो। अहिले त्यो घटनामा संलग्नलाई कानुनी कारबाही अघि बढेको छ। अब बालुवाटार अकुपाइ हुन छाडिसक्यो। लुटिएको इज्जत फिर्ता हुने कुरा भएन, लुटिएको पैसा फिर्ता भए हुन्थ्यो। भएन। बरु सरकारले ‘क्षतिपूर्ति’ भन्दै रकम दिने बतायो। घटना प्रकृति सुन्दा नै यस्तो खाले त्यो पहिलो घटना नभएको अनुमान गरिएको थियो। गुपचुपमा हुने यस्ता काम पहिले पनि भएको र अझै हुनसक्ने हाम्रो अनुमान यो साता सही साबित भएको छ। यो साता फेरि एउटा त्यस्तै घटना सार्वजनिक भएको छ। तर, सीता राई (छद्म नाम) को केसमा जस्तो यस पटक कसैले वास्ता गरेको देखिएन।

अध्यागमनमा फेरि अत्याचार भएको यो कान्डको खुलासा जनआस्थाले गरेको हो। समाचार अनुसार मुद्दा शाखाका दुई कर्मचारीले विदेशबाट फर्किएका दुई युवतीसित मोजमस्ती गरेका थिए।

पहिलेको केसमै जस्तै परियार र सुनुवार थरकी ती युवतीहरु नक्कली पासपोर्ट प्रयोग गरी विदेश गएका रहेछन्। अध्यागमनका चलाख कर्मचारीहरुको नजरबाट उनीहरु बच्न सकेनन्। एक अधिकृत र दुई सुब्बाले बयान लिए। नक्कली पासपोर्ट भएको पुष्टि भएपछि सुरु भयो ब्ल्याकमेलिङको क्रम। कानुन अनुसार गयो भने मुद्दा लम्बिन्छ, यति सजाय हुन्छ भनेर थर्काए होलान् उनीहरुले। हाम्रो कुरा मान्यौ भने छिट्टै छुट्छौ भनेर फकाए होलान् उनीहरुले। हामी छुटाउँछौँ, छुटेपछि मोजमस्ती गर्नुपर्छ भन्ने पूर्वशर्त राखे उनीहरुले।

नभन्दै मुद्दा कमजोर बनाएर पेश गरियो र अदालतले उनीहरुलाई अध्यागमनको हिरासतबाट मुक्त गर्न आदेश दियो। अनि ती बयान लिने तीन कर्मचारी युवतीहरुलाई भेट्न सामाखुसी गेस्ट हाउस पुगे। एक जना कर्मचारी खानपान पछि फर्के, दुईले त्यहीँ रात रङ्गिन पारे।

युवतीहरु पनि चलाख थिए। उनीहरुले खानपान गर्दै गरेका कर्मचारीहरुको फोटो खिचे। अहिले फोटो पनि पुलिसकहाँ पुगिसकेको छ। प्रहरीले युवतीको बयान पनि लिइसकेको छ। यो घटनाबारे अध्यागमन विभाग, गृह मन्त्रालय, विमानस्थलका कर्मचारी जानकार रहेको भनिए पनि त्यति हल्ला भएको छैन। यदि यसरी नै गुपचुप रहने हो भने अध्यागमनमा अझ धेरै युवतीलाई यसरी नै शोषण गर्ने काम जारी रहनेछ। युवकहरुलाई पनि पक्कै आर्थिक शोषण गरिँदो हो त्यहाँ ! तर सब घटना गुपचुप भइरहेको छ।

यो घटनाले अध्यागमनका कर्मचारीहरु सीता राई र अकुपाइ बालुवाटारको त्यत्रो कान्ड पछि पनि कुकुरको पुच्छर नसोझिए झैँ नसोझिएको पुष्टि भएको छ। त्यहाँमाथि एक्कादुक्का सार्वजनिक हुने यस्ता घटना पनि गुपचुपमै सीमित हुने भएपछि उनीहरुको मनोबल झन् बढेर कहाँ पुग्ने होला!

[अध्यागमनमा तपाईँले पनि हैरानी भोग्नुभएको छ ? वा कसैले हैरानी भोगेको अनुभव सुन्नुभएको छ ? आर्थिक शोषणमा पनि पर्नुभएको छ ? आफ्‌नो वा आफूले सुनेको अनुभव तल कमेन्टमा सबैसँग बाँड्न सक्नुहुन्छ।]

34 thoughts on “अध्यागमन अत्याचारको वास्ता भएन, अब के ‘अकुपाइ’ गर्ने?”

  1. naren says:
    July 2, 2013 at 2:18 am

    मेरो पनि usa बाट आउदा २ चोटी लुग्गेज मिस्स भएको छ नेपाल आउदा लुग्गेज मिस्स हुदा ko समस्या के छ भने नि नेपाल मा समान छुट्यो भने नि सारही दुख दिन्चन तेता को हाकिम हेरु ले.lost न Found भर्नुस, फोरम भर्यॊ न खबर गर्छु भंचन तर खबेर कहिले आउदैन २ दिन कुरे खबर आएन ३ दिन देखि call गर्न थाले फोन होल्ड मा राख्ने अन्स्वेर न दिने बल्ल बल्ल ७ दिन मा आफै आएर हेर्नुस भनेर हेर्न गई ३ घण्टा कुरयॊ आनी लुग्गेज त तेता को यौटा लुग्गेज claim नगरेको रूम मा पो रकेको रैछ, नेपाल को एरपोर्ट शरै irresponsible छ , next time छैन तहा को sir भन्दै पछि लाग्ने हरु लै १००० पैसा दिए पछि रूम खोल दियॊ लुग्गेज लिएर आए ३ दिन पछि, पछि अलि बथॊ भै सक्ये थियॆ नि पहिले चाही फिर्स्त तिमे भएर ७ दिन लग्यॊ

    Reply
  2. madan bajracharya says:
    June 30, 2013 at 2:23 am

    भन्सार अध्यागम मालपोत जस्तो कार्यालयहरुमा कर्मचारीको गलत आचरणको नियन्त्रण गर्न तेती गाह्रो कुरा हुँदै होइन/ उनीहरुको हरायक गतिबिदी हेर्न सुन्न र रिकर्दिंग समेत हुने सी सी टिभी जडान गरेर यउटा अलग्ग सुरछ्या निकाय लगायत चाहेमा नेपाल प्रहरीको केन्द्रिय कार्यालय र अखित्यार जस्तो संस्थामा समेतले उनीहरुको दैनिकी हेर्न सुन्न सक्ने ब्यबस्था गर्ने र जुन दिन यस्तो सी सी ति भी कुनै पनि कारणले बन्द हुन्छ त्यो दिन त्यो कार्यालय सिट कुनै सम्भंद नरेको निकायको रोहवरमा मात्रै उनीहरुले आफ्नो दैनिकी काम कार्य गर्न सक्ने ब्यबस्था गरे यस्ता अनियमित काम कार्यमा धेरै हद सम्म नियन्त्रण हुने थियो/ तर यस्तो ब्यबस्था गर्नु त् परैको कुरा, सामान्य फंक्सन मात्रै गर्ने भयको सी सी ति भी पनि राख्न चाहँदैन र राखी हाले त्यो पनि बिगार्छन/ सी सी ति भी बिग्रेको अबस्थामा पनि काम गर्न दिने काय्रुयालय प्रमुखलाई तुरन्तै सरुवा गर्ने पनि गर्नु पर्छ/

    Reply
  3. Navraj Pandey says:
    June 29, 2013 at 8:53 pm

    मेरी बुहारी Husband Sponsor भिषामा UAE आँउदा एर्यपोटको कर्मचारीहरुले खाने जुक्ती निकाले छन । Husband Sponsor भिषाको भिषा स्टास् मा House Wfie लेखिएको हुन्छ, पैसा खानलाई हो की? साँच्चीकै पढ्न नजानेर हो ल तपाँई त हाउस मेड भिषामा UAE जान थाल्नु लाग्नु भएको रेहछ श्रम पनि गर्नु भएको रैनछ तपाँई जान पाउनु हुन्न भनेर जिधि गरेर पैसा झार्न कोशिस गरेछन् । बुहारी बाठी रैछ्न तपाँई पढ्न आँदैन तपाँई परीक्षा चोरेर पास गर्नु भएको हो? House Wfie र House maid पनि छुट्टयाउन सक्नु भनेर निकै बेर बहस भए पछि भने जान दिएछ ।

    नियत नै खराब भए पछि के लाग्छ ।

    नवराज पाण्डे

    Reply
  4. Paras Thakuri says:
    June 29, 2013 at 6:30 pm

    मैले पनि एउटा सानो अनुभव लिने मौका पाएको छु नेपाल को भन्सार कार्यालय मा । बिदेश बाट LCD/LED TV ल्याउदा यदी छ महिना भन्दा बढी बिदेश बसेर आएको छ भने भिन्दै भन्सार महशुल लाग्छ भने छ महिना भन्दा कम बसेर आएको छ भने भिन्दै महशुल लाग्छ । यो भन्दा पहिला म नेपाल आउँदा arrival date को हिसाब ले ६ महिना कटी सकेको थियो तर नेपाल बाट फर्कदा departure date हिसाब ले ६ महिना पुगेको थिएन । मेरो बिचार मा ६ महिना पुगेको वा नपुगेको हिसाब गर्न arrival date हेर्नु पर्छ नाकी departure date. तर त्यहाँ को कर्मचारी ले मलाई तपाईं को ६ महिना पुगेको छैन भनेर बढी भन्सार महशुल लगाउन खोज्यो तर मैले प्रतिवाद गरे पछी म सँग खुशुक्क १००० रुपैयाँ लियो र ६ महिना कटी सकेको भनेर कम भन्सार मा नै छोदी दियो.
    ल तपाईं हरु भन्नुस्, ६ महिना कटेको वा नकटेको हिसाब गर्न नेपाल मा ल्यान्ड गर्दा को arrival date लिनु पर्छ कि नेपाल बाट फर्कदको departure date? ? ?

    Reply
    1. mahesh s says:
      June 30, 2013 at 10:59 am

      विदेश मा बसेको ६ महिना पछि भने पछि किन {arrival र departure मा confuse हुनु पर्यो र? departure ६ महिना नभैकन कसरि विदेश मा ६ महिना बसिन्छा त ?
      सरल जवाफ : departure date from काठमाडौँ एरपोर्ट

      Reply
  5. samrat~ says:
    June 29, 2013 at 11:18 am

    सबै भन्सार को कर्मचारी लाइ मदन जी ले भन्या जस्तो मुत खुवाउदै भट्टा भट भ्रस्टचारी को अभियोग मा कडा भन्दा कडा सजाए दिएर नखु जेल चलान गर्ने trend गरे मात्र यो जनता हरु लाइ लुट्न बसेको डाका हरु को जमात अलि सप्रेला. तर कसरि उन्मुलन होस्. माथि को मन्त्रि देखि पुलिस सबै लाइ कमिसन बुझाउने गरि त्यो हवाई बिभाग को कर्मचारी हरु लाइ त्याहा घुसाएको हुन्छ. यो चलन अहिले को मात्र न भएर पंचायेत काल देखि कै हो..तर अहिले आएर चोर डाका नेता हरु ले गरेर झन् नै खतमै भएको छ. पहिले पहिले दुइ चार जना ले घिच्थियो तर अहिले आएर एरपोर्ट को चयामे पोडे चान चुने जाचकी त्यहा को हाकिम , त्याहा को पुलिस को haakim (अस्ति भखर Money laundry ) मा समातिएको (खुचिंग) देखि लिएर माथि को मन्त्रि सबै कमिसन खान लाइन मा बसेको हुन्छ. सत्य तथ्य कुरा येही हो.

    Reply
    1. Dinesh Oli says:
      June 29, 2013 at 11:36 am

      “सबै भन्सार को कर्मचारी लाई मुत खुवाउने?”
      तपाई जस्तो असक्छ्म मान्छे ले लोक सेवा पास गर्न नसकेर भन्सार मा जागिर पयिएन्न भनेर अरुको डाहा गर्न मिल्छ ?

      Reply
      1. madan bajracharya says:
        June 30, 2013 at 3:30 am

        दिनेशज्यु
        सम्राटज्युले “सबै” भनेको बिषय प्रसंग अनुशर भ्रस्ट जत्तिलाई भनेको अर्थ लाग्छ/ घिच्न पनि नहुने घुस खायर पचाउन सक्नेलाई जे सुकै खुवाय पनि पाप लाग्दैन/ फेरी लोकसेवामा पास भयकै भयर मात्रै ईम्मान्दार नहुने र भन्सार र अध्यागमन कार्यालयमा नियुक्त सरुवा भयका त् सायद खोजेर पाइन्दैन पनि होला/

        Reply
    2. बीरु says:
      June 29, 2013 at 3:52 pm

      होइन होइन त्यतातिर नजाउँ| गउंत भनेर चुपचाप खाइदेला|
      छाला काढेर नुन खोर्सानी लगाई दिन पर्छ अनि छात्तीमा र आंगमा “भ्रस्टचारीलाई यही जुनीमा कर्मको फल” लेखेर रत्न पार्कमा घुमाईन पर्छ”|
      लोकतन्त्रमा यस्तो सोचे पनि गर्न यस्तो गर्न नहुने हो तर हद भए पछि पापको भाँडा त् एकदिन फुट्नै पर्यो| ८०% अधिक जनताले नचाहदा नचाहदै पनि यसको समर्थन गर्नेछन|
      यो ब्लगको सन्दर्भमा भन्नपर्दा लो से आयोगमा कसरि पसे भन्ने वहस पढेको मुर्ख र भ्रष्टको समर्थक र भ्रस्ट कमाईमा पालिएका सन्तानले मात्र गर्छ| यो भनाई अलि खरो नै भयो होला| यसलाई सेवाग्राही र मर्कामा परेका, पहुँच नभएका, हरदर नेपालीले भोगेका र गुम्सिएका पीडाका प्रस्फुटन नै सम्झनुस| र यंहा लोसेआ मा पसेर गर्नपर्ने के काम गरे भन्दा पनि गर्न नपर्ने र नहुने के गरे भन्ने कुरोको मुद्दा छ|
      हाम्रो नेपालको कर्मचारीलाई कसले नचिनेको छ र? वास्तविक स्थिति बुझ्नेले निजामती सेवाको कर्मचारी र लो से बाट गएको भन्न पनि शरम मान्न पर्ने हो|

      Reply
  6. bashantaraj says:
    June 29, 2013 at 6:33 am

    नेपाल को एरपोर्ट बाट चाल्स सोभराजले हाती छीरौछा पैसा खुवाएर/ नेपाल को एरपोर्ट बाट भारत को जाहाज आपहरण हुन्छा किन किनकि कर्मचारी ले पैसा खायर हतियार सप्लाई गर्छ/ आतंककारी संग साठगाठ गर्छ / अनि प्लेन अपहरण गरौछा/ नेपालको एरपोर्ट अपराथी को कारखाना हो / परदेश बाट आयका चेलीको गलत फाईदा लीन्छा/ परदेश बाट आयका युबसंगा पैसा लुटने अपराथी हरुको कारखाना हो नेपाल को एरपोर्ट/ मेरो एकजना मित्र हुनुहुन्छा तिनीले एरपोर्टमा जागिर खायको १ वर्षा मा काठमाडौँ मा घर किने / कसरि घर कीने म त तिनछाक्क परे / काठमाडौँमा घर भयपछि ठुलाबडाका छोरिसंग बिबाह गरे / मैले एकदिन रिसाको बेलामा भ्रताचारी भनेको कम्ता रीसायानन/ नेपालमा जे गरेर भयपनी कमाउनु पर्यो /कालो सेतो जे गरेर कमयापानी भो / आखिर पैसा भय पुग्ने रैछ / हामी सस्कारमा नै पैसा कमाउनु पर्छा रे जे गरेर भयपनी / हाम्रो समाज पैसा को पछि लाग्छ / धन भयापाची अपराथी पनि जुवई मान्ने / म ७ वर्षा बिदेश बसे गाउमा घर बनौन सकिन/ बिबाह गर्न घर पुरानो छ भन्छन / के गर्ने देश नै भ्रस्ट हरु ले चलाको छ / अनि तपाई हामी जस्ता को कुरा कसले सुन्छा र

    Reply
  7. shiva bhattarai says:
    June 29, 2013 at 2:53 am

    यहाँ त चर्चा अध्यागमन कर्मचारीको छ, तर मलाई नेपालमा एअतियद airlines को यादव भन्ने कर्मचारी ३० minute सम्म पछि लग्यो भन्या, तपाइको समान को weight बढी थियो तै पनि मैले pathaidiya , चिया खाने पैसा dinus न भन्छ
    मा त भागेर lift बाट माथि उक्लिय के गर्नु . त्यहाका सबै मान्छे को confidency high छ जे गर्दा नि हुन्छ भन्ने

    Reply
  8. madan bajracharya says:
    June 29, 2013 at 12:25 am

    मैले भन्सारको कर्मचारी हरुलाई “ठिक” गर्ने उपाय सिकाई दियको थिय/ म हंगकंग बिमान स्थलमा कार्यरत थिय/ हंकंग बिमान स्थल भित्रको ड्युटी फ्री सप बात चिनेका सानो ब्यापारीहरुले दुइटा ब्लाक लेभल र दुई तिन कार्टुन ५५५को चुरोत् किन्दै गर्दै देख्दै आयको थिय/ नेपालको नियम अनुशर प्रति व्यक्त यउटा यक बोतल रक्सि र यक कार्टुन मात्रै लाग्न पाइन्छ/ त् मैले उनीहरुलाई सुबिधा भन्दा बढी चुरोट र रक्सि किन्नु भयको भनि सोधे/ उनीहरुले ” के गर्ने यक बोतल रक्सि र यक कार्टुन चुरोट भन्सारको कर्मचारीले लिई हाल्छ यदि दियन भने नाना कुरा उठायर अनाहकमा दुख दिन्छ” भनेर जवाफ दियो/ तव मैले उनीहरुलाई तेस्तै हो भने बिमान भित्र रक्सीको बोतल खोल्नु केहि आफै पिउनुस बा त्वाईलेटमा खन्याउनुस र त्यो बोतल बात जत्ति रक्सि निकाल्नु भयको हो तेस्मा आफ्नो पिसाव भर्नुस अनि तेही पिसाव मिसको रक्सि दिनुस उनीहरुलाई भने/ नियम अनुशर भन्सार सुबिधा अनुसार बिना भन्सार दस्तुर यात्रुलाई लाग्न दिने रक्सीको बिर्कोको शिल तोड्नु पर्छ/ तसर्थ बिर्कोको शिल तोदियको भय पनि भन्सारले केहि भन्न सक्दैन/ अर्को पल्ट तिनीहरुलाई भेट्दा मलाई देख्ना साथ् हास्दै घुस्याह्हरुलाई पिसाव मिसेको रक्सि दिय भने/ उनीहरुले पछि पछि पनि तेस्तै गरेको थियो/ धन्य पिसाव मात्रै मिसायो रक्सीमा यदि अरुनै मिसायको भय……/

    Reply
  9. gurung says:
    June 28, 2013 at 8:23 pm

    कुरा गर्यो कुरै को दुख भने जस्तै हाम्रो देश को कानुन नै खत्तम अनि भन्सार मा काम गर्ने धेरै कर्मचारी हरु तेस्तै,हिज मात्रै मेरो छोरा र श्रीमती युरोप बाट नेपाल गको यूरोप को भन्सार मा कुनै समस्या भैन तर हाम्रै देश मा भने समस्या गरेर हैरान गर्यो अनि अन्तिम मा २० यूरो खाई छाड्यो रे भन्सार को पाल्तु कुकुर ले.एस्तो त छ हाम्रो देश मा के कुरा गर्ने कसलाई भन्ने कैले सुद्रिन्दैना फाल्तु कुत्ता हरु को बानी.

    Reply
  10. yukta says:
    June 28, 2013 at 7:57 pm

    गृह मन्त्रि नै पुर्ब कर्मचारी परियो , अध्यागमन को कर्मचारी ले जस्तो सुकै बदमासी गरेपनि ३ वटा बाँदर जस्तो भै दिने , दुई हात ले आँखा छोप्ने, कान थुन्ने , अनि मुख छोप्ने अनि कसको के लाग्छ !लाज पचेका नकचरो हरु सित !

    Reply
  11. SURENDRA hongkong says:
    June 28, 2013 at 5:59 pm

    चॊर क खन्ती हरु हाम्रो अर्जुनेल पासपोर्ट त् घर मा आमा ले चामल केलाएको जस्तो गरेर पल्टाई,पल्टाई हेरे जस्तो गरि छाप लाऊछन् अनि भन्छन ” यसो हजुर त् हरु विदेश बाट आएको दाई सम्झेर चिया खाने पैसा दिनुस न” त्यसका बाजे सरकार को दाल भात अनि हाम्रो पैसा ले चिया लु हेरुम त् कत्रो अपराध?

    Reply
  12. Ramesh says:
    June 28, 2013 at 3:57 pm

    भरष्ट्रचारिलाई मृतुदण्डको बेबस्था नभए सम्म केहि प्रगति हुन्न नेपाल मा .

    Reply
    1. madan bajracharya says:
      June 30, 2013 at 3:50 am

      रमेशज्यु/
      यति सम्म त् गर्नु हुन् है जनताले निकल्प नपाउने बहुदलीय ब्यबस्था अंगालेको नेपालमा; दल र देस चलाउनेकै अकाल पर्छ; सिंह दरवार भूतको दरवार बन्छ/

      Reply
  13. Nabin Adhikari says:
    June 28, 2013 at 3:15 pm

    कुकुर को पुछार १२ वर्ष ढुङ्ग्रोमा हाले पनि जस्ताको तेस्तै- कैले नसुद्रेनी भए यी अध्यागमनका कर्मचारी | यीनीहरु लाई त चारपाटा मोडे र कलोमसो दलेर घमाउनु पर्छ…. की कसो |||

    Reply
    1. Bayan says:
      June 29, 2013 at 8:10 am

      अधिकारी बन्धु! केको पुछर बांगाको बाङ्गै नि, यस्ता हरुले त ढुङ्ग्रो नै बंग्याई दिन्छ/

      Reply
  14. aakash says:
    June 28, 2013 at 2:53 pm

    नेपालको सिस्टम नै खतम छ ।
    न लाज छ ।
    न दायीत्व बोध छ ।

    Reply
  15. Pradip says:
    June 28, 2013 at 2:42 pm

    मेरी श्रीमतीलाई इन्डिपेन्डेण्ट भिसामा दुबइ आउने क्रम मा अध्यागमन मा निकै तङ गरियो पैसा झर्ने अनेक बाहना गरियो किनकी उनिसित यहाँको दुताबासले दिएको पत्र को फोटोकपी थियो । आजको नेटवर्किङ जमनाको सदुपयोग गर्दै मैले ईमेल गरी पठाएको थिए सबै पत्र र दुताबसले पनि कपी भए हुन्छ भनेर सल्लाह दिएका थिए । अब पैसा नझर्ने भयो भन्ने लागेर होला लास्ट मोमेन्ट मा छोडिदिए तर त्यात्रो समय उनिहरुको टर्चर सहनु पर्‍यो । यो एउटा उदाहरण हो नेपालका कर्मचारीले पैसो आउने ठाउँ पाए भने २० रुपैयाँ पनि घुस लिन्छन तर सम्बन्धित निकाय मौन हुन्छ सधैं भरी यही हो हाम्रो नयाँ नेपालको नेपालीले पाउने दु:खहरु । आफ्नै देसमा यसरी शोषित हुनुपर्छ भने अन्त को के कुरा गर्नु ???

    Reply
  16. robei says:
    June 28, 2013 at 2:27 pm

    हुदैन हुदैन कारवाई सारवाई केहि हुदैन, खै त पहिला सिता राईजी को केसको अ डिजाईनर कोइराला भन्ने अध्यागमन (स्त्री गमन) अधिकृत भागेको भाग्या नै छ न त जागिर् बाट निकाल्या छ न त पुलिसले नै भगौडा घोसित गर्या छ। गरिबलाई केहि छैन।

    Reply
  17. chANDra says:
    June 28, 2013 at 1:41 pm

    नेपाल का बहुसंख्यक कर्मचारी हरु जनताको सेवा हैन कसरि कमजोरी पत्ता लगाउने र त्येसको व्यक्तिगत फाइदा लिने भन्ने सुर मा नै रात दिन लागेका हुन्छन! जनता ले तिरेका कर बाट पालिएका तर तिनै जनता लाइ रात दिन दुख दिने एस्त “कृतघ्न” बेइमान कर्मचारी हरुलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ!

    सबैलाई थाहा भएको कुरा हो देस र समाजले काम दिन नसके पछि गरिब र असिछित नेपाली हरु बिदेस लग्न बाध्य भएका छन्! येसो २-४ पैसा खाई नखाई बढो दुख गरेर जोगाएर ल्यायो – एरर पोर्ट मा कर्मचारी २ वर्ष देखि भोकै बसेको अजिङ्गर सर्प जस्तो मुख बाएर बसेका छन् खान को लागि! सक्छौ भने ति दलाल र मेनपवोर कम्पनि हरुलाई कारबाही गर्न जसले नक्कली पासपोर्ट बनाई जान नमिल्ने देस मा तस्करी गरि पठायो! ल भलै, ति मानिस हरुले गल्ति गरे निस्पछा राष्ट्र लाइ फाइदा हुने, गल्ति गर्ने मानिस लाइ पनि चेतना हुने कारबाही गर्न! राष्ट्र सेवक भनि टोपल्छौ आफ्नो गोजी भर्ने, भुडी भर्ने र मोज मस्ती गर्ने बाहेक केहि सोच्दैनौ थुइक्क थुइक्क थुइक्क पापी हरु!!!!!

    Reply
  18. nabindra says:
    June 28, 2013 at 1:29 pm

    साल २०११ January : नेपाल फर्कने क्रम मा LED टिवि लागेको थिए .मानब रुपी ती ब्वासो हरुले मेरो लजेग स्कानर मा राखे अनि करौना थाले टिवी टिवी !! तेसका बाजे सानो स्वोर मा बोल्न सकिन्छ नि ? तेस्पछी ब्वासा हरु ले झम्तिये मेरो लगेज लाई.भाई TV हो ? भाई TV हो ? करिब ५ जना ले सोधे !! ए बाबा हो ! कति लाई बयान दिनु .tax तिर्नु पर्ने भो . नेपाल पैसा नभएको ले Dollar साट्न छेवै को changer को मा गए .पुरा मान्यता पाको त्यो मनी चेन्जर ले निकै सस्तो भाउमा पैसा साट्यो तर बिल दिन मानेन !! हेरौ कहाँ कहाँ बाट राजस्वो हरौदो रहेछ रहेछ !! ठगि अनि सास्ती दादा गिरि !!! एस्ता चोर हरु बसेको छन् एक मात्र Intl एरपोर्ट मा .आफैलाई लाज पो लाग्छ संगै आएको खैरे देखि !!!!!

    Reply
  19. बले says:
    June 28, 2013 at 1:27 pm

    यहाँ का कर्मचारी हरुले मेरो ३ जना साथी हरु मोरेसिस जना लाग्दा जना नदिएर बिचरा हरुको त्यो दिन को टिकेट cancel गर्नु पर्यो, आर्को दिन दि एस पी को सहयोग मा उनीहरु गए,
    मेरो पनि इंडिया बाट आउदा बाग लोगेज नदिएर पैसा को बारेमा बर्गेन गरे , मैले २/३ दिन पछि बल्ल बल्ल मेरो आफ्नो समान पाए /
    यहाँ का कर्मचारी हरु लै कानुन लाग्दैन, मलाई त लाग्छ यहाँ को पैसा सिधै सिङ्घदरबार जान्छ / नत्र किन कारबाई हुदैन ?
    पुराना कर्मचारी हरु लै बिस्थापित गर्नु पर्छ र नया युवा हरुलाई ल्याउनु पर्छ /

    बले

    Reply
  20. P.Gurrung says:
    June 28, 2013 at 1:09 pm

    कुरा सत्य हो यो घटना नेपाल मा कुनै नौलो होइन जहाँ लाखौ पैसा घुस खुवाए र एरपोर्ट मा जागिर खाए का हुन्छन अनि त्यो पैसा असुल्ने भने कै हामी जस्ता सर्ब साधारण बाट हो, म आफै गत मार्च मा सिंगापुर १० दीन को भीजीत् मा जना लाई नेपाल सिंगापुर को रीटन टिकेट होटेल बूकिंग अनि ट्राभल चिक सहीत एरपोर्ट गए र सिल्क ऐर ले मलाई बोर्डिंग पास पनि देयो तर अद्यागमन बिभाग ले मलाई स्पोन्सर लेत्टर माग्यो म त ३ छक्क परे जहा अराभल भिसा पौने ठाउँ मा पनि अनि मैले भने ट्राभल को लागी चहाई ने सम्पुरन कागज हरु देखाउदा पनि मलाई अद्यागमन बिभाग का मान्छे ले यात्रा सग्कस्पद भन्दै चिट्ठी पो काटेर फर्काई देयो तर म मेरो बयाक्ती गत काम ले जसरी भए पनि जानु पर्ने भए को ले पुन २ दीन पछि टिकट रि कन्फोर्म गरिर एरपोर्ट गए तर पनि अखिर मा मैले पैसा नदीकन म जान नसक्ने भए पछि मैले जाने र पनि बाद्य हुनु पर्यो पैसा दिन र मा पुन त्यो दीन सिंगापुर गए र १० दीन पछि नेपाल फर्केए उफ्फ्फ़ कस्तो होला नेपाल को कानुन जहाँ बिना काम मा दुख र पैसा खान्छन……………..

    Reply
  21. राम चन्द्र says:
    June 28, 2013 at 12:59 pm

    अपराध गर्ने ले सजाये ३ पुषता पछी देखिन्छ भन्थिए तर आज भोली यही पुषता मा नै देखिन्छ तेस्ता कर्मचारी ले पनि यही पुषता मा देक्छन कि तेस्को छोरा छोरी ट्यापे हुन्छन या तेस्ता को जीवन मरन को रोग ले ग्रसित हुन्छ । पाप धुरी बाट करौछ अबस्ये एक दिन । तेस्ता कर्मचारी लाई हरियो बास मा हालेर टु टुए टु ……

    Reply
  22. r. shrestha says:
    June 28, 2013 at 12:06 pm

    नक्कली पासपोर्ट बनाइ दिनेहरुलाई समात्ने हिम्मत छ !!! नामर्दहरु ………..

    Reply
  23. Bibek Dhakal says:
    June 28, 2013 at 10:17 am

    ठिक गरेछन ति केटीहरुले ! अहिले मोबाइल फोनको सजिलै उपलब्धि र दूरूपयोगले गर्दा कतै नराम्रो भैराखेको छ भने यस्ता भ्रस्ट र पतित कर्मचारीहरुको सक्कली अनुहार जनता समक्ष लेराउन सजिलो पनि भैराखेको छ…..
    तर पनि के र, अपर्याप्त सजाय र यस्तो करतूत गर्दा समेत अलिकति पनि लाज नहुने ” नैतिक पतन ” ले गर्दा यस्ता कर्मचारीहरु सुध्रेलान, डराउलान भन्न गारो छ.दूध मा अखाद्य वस्तु मिसाउनेले ( फासी भन्दा कडा सजाय पाउनुपर्ने अपराधी!) समेत नसोधी अनुगमन गर्न किन आइस भनेर कुट्न तम्सिने ठाउमा अरु त के आस गर्नु…कानून फितलो भएसम्म केहि हुनेवाला छैन- यस्तै दण्डहीनता मौलाइरहेको अवस्थामा पुरानो नीति ” बरु १०० जना दोषी छॊटोस, एक जना निर्दोसले पनि सजाय पाउनु हुन्न” लाइ परिवर्तन गरेर ” बरु २ -४ जना निर्दोष नै किन नपरोश, एक जना अपराधिले नि उन्मुक्ति पाउन हुन्न” भन्ने किसिमको नीति आवस्यक भैसक्यो! एक्कैसु सताब्दीमा एसो बोल्दा मानव अधिकारकापक्षधर र अयम्नेस्टि वाला हरु रिसाउलान तर नेपालमा मृत्युदण्ड बेला नभैकन हट्यो!

    Reply
    1. diwakar says:
      June 28, 2013 at 1:33 pm

      सरकारी कारबाही त त्येस्तै हो ! आफैले कारबाही गर्नु पर्छ !
      – अध्यागमन मा काम गर्ने कर्मचारी को व्यक्तिगत विवरण पत्ता लगाउ !
      – उस को घर, सशुराली र उसका छिमेकी हरु को पनि ठेगाना पत्ता लगाउ !

      धेरै कुरो गर्यो भने कनेबुची लाउन सजिलो हुनेछ !

      Reply
      1. madan bajracharya says:
        June 30, 2013 at 3:44 am

        दिवाकर ज्यु
        सहि भन्नु भयो/ अब कार्यवाही जनता आफैले “त्यो कानुन आफ्नो हातमा लिन पाउंदैन” भन्ने कानुनलाई रद्दीको टोकरीमा फालेर आफैले भ्रस्ट बेइमान कर्मचारी हरु माथि कार्यवाही गर्नु पर्छ/ आँटे मा गर्न नसकिने केहि पनि छैन/ अब यस्तो गर्न सकिने नजिर नेता र दलहरुले स्थापना गरि सकेको छ/ दलहरु भित्र भयको भ्रस्टाचार, दलका नेता र कार्यकर्ताहरुले गरेको भ्रस्टाचार माथि दलहरुले नै कार्यवाही गर्ने कानुनले गर्न नदिने भनेकै छ/ त् उनीहरुले गर्न नपाउने हामि जनताले किन गर्न नपाउने?

        Reply
    2. subash says:
      June 28, 2013 at 10:26 pm

      जब सम्म कानून enforce गर्दैन तब सम्म केहि हुने वाला छैन .

      Reply
  24. Binod RB says:
    June 28, 2013 at 10:16 am

    नेपाल सरकार तथा सपुर्ण नेपाली हरुलाइ थाहा भएको कुरा हो नेपाल सरकारले अनुमति नदिया पनि हजारौ नेपाली युवा चेली हरु अफघानिस्तान मा काम गर्दै छन् जुन नेटो आर्मी को camp हरु मा | यहाँ स आइ पुग्दा राहदानी मा कुनै visa या स्टाम्प हुदिन ,२०१४ मा नेटो आर्मी फर्किनी कुरा आय लगतै धेरै मजदुर सोदेश फर्किदै छ ,
    हाल को कुरा मेरो कै साथीहरु नेपाल फर्किनी समय मा राहदानी मा कुनै छाप न भय को बन्दै $५०० डलर मगनी र उक्त रकम न दिया जेल हलनी कुरा भनेर कै साथी हरु स आदयागमन का कर्मचारी ले लिए छ | हाल अफघानिस्तान बाट फर्किन खोजनी धेरै नेपाली हरु को मन मा यो औता डर जागे को छ बने कति ले भारत को एरपोर्ट नै प्रयोग गर्न सुरु गरेको छ , नेपाल आद्यगम का कर्मचारी त नेपाल भारत सिमा मा बस्नी बिहारी पुलिस भन्दा नि खत्तम छ १दब्बा चुरोट मा बिकनी,
    म यौटा कुरा बुज्न सक्ये को छैन कि नेपाल को प्रहरी प्रदान को कार्यालय बाट अफघानिस्तान को लागि भनेर पुलिस रिपोर्ट बनाऊ छ फेरी फर्किनी समय म किन दुख दिनी होला

    Reply
  25. हरि says:
    June 28, 2013 at 10:03 am

    किन हो किन यो अध्यागमनको कुरा सुन्यो कि रौँ ठाडो हुन्छ| बाबुरामले पनि के के नै गर्ला भनेको केही गरेन| यथास्थिति|
    अध्यागमनमा जागिर खानेको परिवार, दिदि बैनी चेली कोही हुन् कि के हो? कस्तरी त्यस्तो संग आर्थिक र नैतिक भ्रष्टचार गरेर पनि समाज इष्टमित्र अघि शिर उचा गरेर हिंड्न सकेको होला| त्यहाका हाकिमहरु खत्तम छन्|
    अकुपाई बालुवाटारले पनि केही गरेन|
    देश र समाजलाई कुनै उल्लेख्य योगदान नभएको आफन्तको छोरो बिदेशमा बित्दा एक पेज खर्च गएर फोटो सहित लेख लेख्ने सम्पादक प्रकाशक र नागरिक समाजका जिम्मेवारी व्यक्तिले अध्यागमनको हदैको भ्रष्टचार तिर पनि ध्यान दिएर सचेत गराउला कि ? http://www.nepalitimes.com/blogs/thebrief/2013/06/23/bhaskar-thapa-49/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme