Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मनाङमा भेटिएको अस्ट्रेलियन ‘काठमान्डु’

Posted on June 27, 2013June 27, 2013 by Salokya

kathmandu2
मनाङ यात्राको ब्लग व्यस्तताका कारण जारी राख्‍न सकेको थिइनँ। आजदेखि फेरि सुरु गर्ने जमर्को गर्दैछु। मनाङ जिल्लाको मनाङ गाविस रहेछ खास मनाङ चाहिँ। मनाङबाट याकखर्कतिर हिँड्ने क्रममा बाटोमा केही विदेशी पर्यटकहरु भेटिए। हामी नेपालीहरु ट्रेकिङमा नर्थफेस लगायतका विभिन्न ब्रान्डनामका सामान प्रयोग गरिरहेका हुन्थ्यौँ (भलै ती सामान नेपालमै बनेका किन नहुन्!) एक जना विदेशी भने हाम्रै देशको राजधानी काठमान्डु ब्रान्डमा देखिइन्।

kathmandu1
उनी थिइन् अस्ट्रेलिया निवासी फिबी। कहाँ किन्नुभएको यो ब्याग भनेर जिज्ञासा राख्दा उनले भनिन्, ‘आफ्नै देश अस्ट्रेलियामा नि’।

‘मसित काठमान्डु ब्रान्डका अरु सामानहरु पनि छन्, मलाई यो एकदम मनपर्छ,’ प्रिमेड गरेर काठमाडौँमा स्वयंसेवाका लागि आएकी फिबीले उत्साहित हुँदै सुनाइन्। खै खिचौँ न त, म मेरो ब्लगमा राख्छु भनेपछि उनी पोज दिन थालिन्। मैले उनलाई काठमान्डु ब्रान्डबारे जमानामा माइस‌ंसारमा ब्लग पनि राखिसकेको सुनाएँ। (हेर्नुस् त्यो ब्लग)

kathmandu
हँसिली र मिलनसार उनी विपश्यना पनि तीन पटक गरिसकेकी ध्यानी रहिछिन्।

उनका गाइड भने काम नलाग्ने ब्याग, मैले जतन गरेर नबोकेको भए च्यातिसक्थ्यो भन्दैथिए।

kathmandu3
न्युज़िल्यान्डकी प्रतिष्ठित महिला ब्यवसायी जान क्यामेरून र जान पासनले सन् १९८७ मा काठमाडौँ होल्डिङ्ग्स लिमिटेड कम्पनी खोलेका हुन्। सन् १९९२ देखि नै अस्ट्रेलियामा यो ब्रान्डको बलियो उपस्थिति देखिन थालेको हो। अहिले काठमाडौँका १३३ स्टोरहरु छन्। त्यसमा ४४ वटा न्युजिल्यान्डमा, ८३ अस्ट्रेलियामा र ६ वटा युकेमा छन्। सन् २००६ देखि यो अस्ट्रेलियन कम्पनी बनेको हो।

kathmandu4

kathmandu5
हामी नेपाली विदेशी ब्रान्डमा रमाउँछौँ। विदेशी भने हाम्रो नाममा ब्रान्ड बनाइरहेका छन्। देशको राजधानी काठमाडौँको नाममा बलियो ब्रान्ड बनिसकेको छ, अब पोखरा, लुम्बिनी जस्ता ठाउँ पनि ब्रान्ड बनाउने हुन् कि !

फिबीको भिडियो हेर्नुस्-

33 thoughts on “मनाङमा भेटिएको अस्ट्रेलियन ‘काठमान्डु’”

  1. Kamal says:
    July 18, 2013 at 12:27 pm

    hi, all
    I was so happy to hear bout this matter, who was Miss. Phoebe from Australia. She did great job in our various project as a volunteer. She spent 4 weeks with us.
    She was very active in her job .So, I am very proud of her, we have get often like that person…….

    thanks
    Kamal
    FUN-Nepal
    Kathmandu, Nepal

    Reply
  2. जनक मान डंगोल says:
    June 30, 2013 at 8:33 pm

    ‘एभरेस्ट’ नाम बाट त गाडी निर्माता फोर्ड कम्पनिले गाडी नै बनाएको छ !

    Reply
  3. Pradip says:
    June 30, 2013 at 5:34 am

    काठमाडौँ अस्ट्रेलिया को धेरै प्रख्यात ब्रान्ड हो. यहाँका मानिसहरु मज्जाले यो ब्रान्ड लगाउछन् . बिसेस गरि नोर्थ फेस को तुलनामा यो राम्रो छ.

    Reply
  4. Sameer says:
    June 29, 2013 at 1:36 pm

    नेपालमै बनेको राम्रो महँगो अर्को ब्रान्ड हो “सोनाम”

    Reply
  5. Agyat Shrestha says:
    June 28, 2013 at 11:50 am

    “Kathmandu” is the most famous but expensive trekking gear brand in Australia, so no need to get surprise. There are so many other brands that depict our Nepal, such as Everest, Sherpa etc….

    Reply
  6. KTM says:
    June 28, 2013 at 9:28 am

    Found complains about this brand too

    http://www.idealog.co.nz/blog/2013/01/calling-next-jan-cameron

    Reply
    1. surand says:
      June 29, 2013 at 9:59 pm

      हामी नेपाली हरू को वानी नै खाली नकारात्मक सोच्ने ,अनि कता बाट हुन्छ अर्कालाई
      हासी मजाक मा उडाउने हो ! एकजना को कुरा लिएर संसार हल्ला फिजाउने हो ! काग ले कान लग्यो भनेर काग को पछाडी दगुर्ने हामी होउ ! कृपया सकारात्मक सोचौ साथी हरू हो , काठमाडौँ ब्रान्ड नाम चलेको हो , कुनै एउटा पागल ट्यापे ले ब्लग मा राख्यो भन्दै मा आफ्नै देशको बेइज्जत नगरौ ! जे होश नेपाल को प्रतिनिधित्वो गर्छ काठमाडौँ ब्रान्ड ले , सुभकामना छ यो ब्रान्ड लाइ !

      Reply
  7. Rahul K. Yadav-USA says:
    June 28, 2013 at 7:56 am

    हाम्रो सोच र विवेकको कमिले हाम्रो ब्रान्ड हाम्रै देशमा प्रसिद्ध हुनसकिरहेको छैन /
    छिमेकीको भाषामा भन्नु पर्दा ” घरकि मुर्गी दाल बराबर ” जय नेपाल , जय मातृभूमि ………………

    Reply
  8. Bandana says:
    June 28, 2013 at 4:33 am

    अस्ट्रेलिया मा महँगो ब्रान्ड हो Kathmandu. मैले पनि बर्सौ देखि किनेकी छु तर sale मा……. Very reliable brand.

    Reply
  9. Krishna Rai says:
    June 28, 2013 at 3:08 am

    मलाइ अलिकति मुख छाड्न मन लाग्यो!

    हामि नेपालि लाइ खैरे को आची पनि बास्ना आउने रोगले च्यापेको छ!

    हामि दास मानसिकता र आत्मा-स्वाभिमान भन्ने भिटामिन को कमि बाट अतिनै ग्रसित छौं|

    Reply
  10. mingma T sherpa says:
    June 27, 2013 at 10:17 pm

    नेपालमा बनेको बिदेशमा निकै लोकप्रिय हुदै गरेको अर्को ब्रान्डको नाम हो शेर्पा
    http://www.sherpaadventuregear.com/

    Reply
  11. neerose says:
    June 27, 2013 at 8:40 pm

    त्यो छ नि टिम्बरल्याण्ड,
    त्यो पनि काठमान्डू कै अंग्रेजी नामाकरण त होनी!
    कास्ठमण्डप काठमान्डू भयो अनि तेस्को अंग्रेजी नाम चाहि Timberland
    अब काथ्मनडुलाइ हामीपनि Timberland भन्नुपर्ला के!

    Reply
  12. Nima says:
    June 27, 2013 at 5:59 pm

    काठमाडौँ ब्रान्ड अस्ट्रेलिया मा निकै लोकप्रिय मानिन्छ ! बिसेस गरी, ट्रेकिंग गर्दा प्रयोग हुने समान हरुको बाहुल्यता पाइञ्छ ! मलाई पनि राम्रो लाग्छ काठमाडौँ ब्रान्ड ! एसको अर्को आकर्षण भनेको हरेक सीजन मा भारी छुटमा बिक्रि गर्नु पनि हो! काठमाडौँ जस्तै शेर्पा ब्रान्ड पनि निकै पोपुलर छ अस्ट्रेलिया र अन्य मुलुक हरुमा !

    Reply
  13. पुष्प says:
    June 27, 2013 at 5:19 pm

    हाम्रो पूर्वीय दर्शन उपभोक्तावादका जननीहरूले उपयोग गरिरहेका छन् भने हामी, खासगरी दक्षिण एसियालीहरू, उनीहरूले लादेको उपभोक्तावादको जालोमा फंसिरहेका छौं । शायद त्यसैले पनि होला उनीहरूको राष्ट्रियता बलियो भएको र हाम्रो खस्किएको ।

    Reply
  14. गगने says:
    June 27, 2013 at 5:10 pm

    नजिकको तिर्थ हेला भन्ने उखान छनी तेसैगरी बत्तिमुनी अध्यारो भन्या जस्तै क्या!
    हाम्रो सबैकुरा अरुलेनै महत्वो दियर प्रयोग र उपयोग गरेको छ हामि तेसैमा आनन्द मान्छु!
    गोर्खा, काठमाडौँ, सगरमाथा,बुद्द,अन्नपुर्ण, नाम्चे आदि आदि!
    हामि र हाम्रो परिचय को संरक्षण अरु कसैले गरिरहेको छ भन्नेकुराको गत्तिलो उदाहरण यो पनि हो जस्तो लाग्छ!
    जे होस् राम्रो छ!

    Reply
  15. द्रोण says:
    June 27, 2013 at 4:57 pm

    अमेरिका को गाउमा स्थानीय समारोह मा लोक गीत ( कन्ट्री संगस ) मा समेत क्याट म्यान डु सुनेर म त् छक्कै परेको थिए |
    भुल बस त्यो बेलामा त्यो गीत टिप्ने बुद्दि आएन|
    सेर्पा ब्याग को बिज्ञापन पनि अमेरिकी स्थानीय खरिद बिक्रि वेब साइट मा यदा कदा देखिने गर्थे | यो ब्राण्ड पनि पक्कै सेर्पा को प्रसिद्दि मा जडिएको हुनुपर्छ |
    तेसैले उनीहरु प्लेन चढेर आए , मन परेको कुरा टिपे ,र प्लेन चढेरै गए | आजकाल हाम्रा
    हरुले पनि रामरा राम्रा खैरी हरु टिपेर गर्ल फ्रेन्ड बनाउने , बिहे नै गर्ने पनि गर्न थालिसके |
    अब गोर्खे लौरी ले बिहारी तर्साउने मात्र हैन , सात समुद्र पारि घर जम बसाउने पनि गर्न थालिसक्यो |

    Reply
  16. Sagar says:
    June 27, 2013 at 4:18 pm

    यो अस्ट्रेलियाको एडभेन्चर इक्युपमेन्ट र ड्रेस को निम्ति सबै भन्दा स्तरिय, महँगो र प्रतिष्ठित ब्रान्ड हो / सर एडमण्ड हिलारीको कोहि नातेदारले खोलेको जस्तो लाग्छ !

    Reply
    1. neerose says:
      June 27, 2013 at 8:36 pm

      हिलारी हरुले खोलेको भय त नाम्चे वा एभरेस्ट ट्याङ्ग्बोचे, फेरीचे आदि राख्थ्यो होलानी किन काठमान्डू रास्ख्थ्यो नि!

      Reply
  17. bashantaraj says:
    June 27, 2013 at 3:41 pm

    म चाही नेपाली ब्रान्ड नेपालमा बनेको/ मेरो जुत्ता भारत मा बनेको लुगा चीन र भारत मा बनेको मोबिल पनि चीन मा बनेको/ मेरो पिता र माता नेपाल मा बनेको अनि म नेपाली नेपालमा / म बेरोजगार तयसैले म गल्फ मा काम गर्न अको/ नेपाल बाट आउदा साबुन टूथ्पेस्ट जुत्त्ता म लगाउने काली साथ मा चाहू चाहू पनि नेपाल बाट लीयर अको / यहाँ त्यो बाग पायमा किन्ने थीय/ त्यो ब्रान्ड को झोला कारखाना नेपालमा खोलेमा म जस्ता युवाले नेपाल मा नै काम पाउथी/ नेपाल को उन्नति हुने थीयो/

    Reply
  18. Suman bhote says:
    June 27, 2013 at 3:37 pm

    हो अस्ट्रेलिया को मानिशहरुले Kathmandu ठाउँ भंन्दा यो ब्रान्ड को सामान भनेर चिन्छन……तर… catmandu pronounce गर्छन…..

    Reply
    1. Vijay says:
      June 27, 2013 at 11:39 pm

      यहाँ फिनल्याण्डमा क्याट्माण्डु नाम कै ब्रान्ड छ, http://www.catmandoo.fi

      Reply
  19. घुमन्ते says:
    June 27, 2013 at 3:20 pm

    मेरा बसेको ठाउको छेउमा त Kathmandu outdoor & स्पोर्ट्स (http://www.kathmandu.nl/outdoor-en-travel/home.html) भनेर पुरै घुमन्ते संसार छ!
    १. मकालु (http://www.kathmandu.nl/lowe-alpine/tfx-makalu-65-85/prd3051g52b84.html)
    २. अन्नपुर्ण (http://www.kathmandu.nl/lowe-alpine/tfx-anapurna-nd-65-80/prd3057g52b84.html)
    ३. शेर्पा (http://www.kathmandu.nl/sherpa/mrk267.html ) चाही नामकरण भैएसके है!

    के गर्नु “North face को जकेट अनि south Asian फचे” त हाम्रो र छिमेकी देश तिर नेपाली चिन्ने तरिका भाको छ 🙂

    Reply
  20. बुद्ध (कोरिया ) says:
    June 27, 2013 at 3:09 pm

    नेपाल मा सुटिंग गरेको Black याक को बिज्ञापन कोरियन टेलिविजन मा पनि देख्न सकिन्छ

    Reply
  21. उपासक उदास says:
    June 27, 2013 at 2:18 pm

    एकदम रमाइलो लाग्यो !…पोहोर साल सिड्नी को सिटी घुम्दा ‘काठमाडौँ’ नामक पसलमा हाम्रो आँखा परेको थियो. उत्सुकतावश भित्र पसी बुझ्दा हाम्रै नेपली दाजुभाई हरुले खोलि राखेको – ट्रेक्किंग सामान को दुकान रहेछ. त्यसको बोर्ड अगाडी उभेर फोटो पनि खिचियो. यो फोटो हेरेर काठमाडौँ मा बस्ने परिवार लाइ पनि ताज्जुब लागेको थियो – अस्ट्रेलिया मा काठमाडौँ , वाह !!

    Reply
  22. Adhikary , UK says:
    June 27, 2013 at 2:10 pm

    Yes, Kathmandu brand is available in UK since a long time. Just visit: http://www.kathmandu.co.uk.

    Reply
  23. Bibek Dhakal says:
    June 27, 2013 at 1:09 pm

    ” हामी नेपाली विदेशी ब्रान्डमा रमाउँछौँ। विदेशी भने हाम्रो नाममा ब्रान्ड बनाइरहेका छन्।”
    नेपालीहरु (अझ आजकालका) १७९ भन्नु पर्यो भने भन्न नसकेको स्वाङ्ग पारेर ” hundred seventy nine” भन्छन, अंग्रेजहरु आएर दोहोरि गाएर गैसके 😉

    Reply
    1. situ says:
      June 28, 2013 at 8:36 am

      एङ्ग्लिश बॉर्दिङ्ग मा पढेको हरु लै नेपाली मा ५० देखि उचारण गर्न गारो हुन्छ किनकि बोर्डिंग स्कूल मा नेपाली भन्दा एङ्ग्लिश मा जोड दिएको हुन्छ .

      Reply
      1. Bibek Dhakal says:
        June 28, 2013 at 9:37 am

        खै नेपालको ” इंगलिस” बॉर्डिङ्ग अपारको हो कि बिद्यार्थी अपारका हून कि भाषा नै अपारको हो?
        अब यस्तै अंग्रेजी बोर्डिंग( अझ नाम कहलिएकोमा) फ्रेन्च पनि पढिरहेका यस्तै केटकेटिहरुले ९८ लाइ सजिलै ” क्याथर भान दिज वुइत” भनेको प्रतक्ष्य देखेको सुनेको छु ! ति स्कूलमा फ्रेन्च भन्दा अंग्रेजी नै जोड दियिन्छा दिन त तर दुबैमा राम्रा हुन्छन…
        कि नेपाली भाषा पश्चिमा बोलीहरु जस्तो “आकर्षक” नभाको हो?

        Reply
      2. Adhikary , UK says:
        June 28, 2013 at 2:12 pm

        बोर्डिंग स्कूल भनेको अंग्रेजी पढाउने स्कूल भनेर मात्र बुझ्नु मूर्खता हो; बोर्डिंग स्कूल भनेको त्यो हो जसमा बिद्यार्थीहरुकोलागि खाना र सुत्नको लागि व्यवस्था हुन्छ अर्थात होस्टेल | उता भारतमा दार्जीलिंग, कालिम्पोंग, खर्साङ्गतिरका नामी बोर्डिंग स्कूलको सिको लिएर नाम राखेको होला त्यस्तो, तर बोर्डिंग भनेको के हो, त्यो बुझ्नु पर्यो, र त्यो स्कूलमा बोर्डिंग को सुविधा छ कि छैन, त्यसैले त्यसको खास परिचय हुन्छ | तर यहाँ कमेन्ट लेख्नेहरुले पनि बोर्डिंग भनेको बुझेका रैनछन, उदेक लाग्यो |

        Reply
  24. min pun says:
    June 27, 2013 at 12:59 pm

    यो ब्रान निकै राम्रो छ महँगो पनि येस्तै नेपालको अर्को Annapurna ब्रनको जकेट नर्वे मा पनि बन्छ भने Everest ब्रनको फ्रिज पनि युरोपमा पाईन्छ

    Reply
  25. kiran says:
    June 27, 2013 at 12:16 pm

    This is one of the best brand i have ever had.Its expensive but very reliable and trustworthy.

    Reply
  26. rujesh basnet says:
    June 27, 2013 at 12:04 pm

    काठमाडौँ ब्रान्ड सुन्दा त सुरुमा खुसि लागेको थियो तर यो ब्रान्ड ले अहिले सम्म आफ्नो ब्रान्ड काठमाडौँ मा चै किन नखोलेको होला???

    Reply
  27. Pravin says:
    June 27, 2013 at 12:00 pm

    Kathmandu ब्रान्ड Australia Ma एकदम महँगो ब्रान्ड मानिन्छ

    Reply

Leave a Reply to min pun Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme