Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मलाई पनि डिभी पर्‍यो रे !

Posted on June 25, 2013June 25, 2013 by Salokya

dv इमेल चेक गर्दैगर्दा अमेरिकी विदेश मन्त्रालयले पठाएको भन्ने शीर्षक भएको एउटा इमेलमा आँखा लाग्यो। खोलेर हेर्दा त अमेरिकाको स्थायी बसोबास कार्ड (ग्रीनकार्ड वा डिभी) परेको भन्ने पो लेख्या रैछ। अमेरिकाको झण्डा र त्यहाँको विदेश मन्त्रालयको लोगोसहितको इमेल हेर्दा अरु झुक्किन्थे होलान्। तर म झुक्किनँ। किनभने मैले डिभी भरेकै थिइनँ। भर्दै नभरेको डिभी पर्ने त कुरै भएन नि। त्यहाँमाथि डिभी परेको खबर इमेलमा आउँदै आउँदैन। सीधै स्पाम रिपोर्ट गरिदिन लागेको थिएँ तर फेरि पोहोर एक जना साथीले कसैलाई नभन्नू है भन्दै यस्तै खाले इमेल देखाएको याद आयो। लप्पनछप्पन नजान्ने सोझासाझालाई ठगिनबाट जोगाउन पनि एउटा ब्लग त लेख्नै पर्छ कि क्या हो जस्तो लाग्यो र इमेललाई साँचेर राखेँ।

अमेरिकी दूतावासले पनि बारम्बार विज्ञप्ति निकालेर भन्ने गरेको छ, यस्ता फ्रड इमेलहरुबाट सावधान रहनुस्। तर अमेरिका भन्ने बित्तिकै जति खर्च पनि गर्न तयार हुने मानसिकताले यी ठगहरुलाई बल मिलेको छ। उनीहरुले हामीले थाहै नपाई कतिलाई ठग्न सफल भइरहेका होलान्।

तपाईँले डिभी भर्नुभएको छ र यस्तो इमेल आयो भने सुरुमा त पक्कै झुक्किनुहुनेछ। तर अलिकति मात्रै सावधानी अपनाइयो भने यी र यस्ता मेलहरु फ्रड हुन् भनेर थाहा पाउन गाह्रो छैन।

सबैभन्दा सुरुमा त यो इमेल पठाउनेको ठेगाना हेर्नुस्- नाम DEPT.STATE.USA.GOV लेखिए पनि इमेल छ [email protected] .gov.us बाट नआएको इमेल कुनै पनि हालतमा अमेरिकी सरकारको आधिकारिक इमेल हुँदै हैन। यसैबाट पनि तपाईँलाई फँसाउन खोजिएको हो भन्ने प्रष्ट हुन्छ।

अर्को कुरा अघि भने जस्तो तपाईँलाई इमेलबाट डिभी परेको सूचना आउँदैन। डिभी परेको सूचनासहित थप फर्महरु तपाईँलाई तपाईँको हुलाक ठेगानामा पठाइन्थ्यो पहिले। अहिले त हुलाकबाट पनि पठाइँदैन।

अनि अझै ध्यान दिनु पर्ने कुरा, ग्रिनकार्ड पाउनलाई तपाईँले बाहिर कतै पैसा पठाउनै पर्दैन। जति शुल्क बुझाउनु पर्छ, त्यो यहीँको दूतावासले तोकेको बैँकमा बुझाउने हो। यो इमेलमा तपाईँलाई ६८२ अमेरिकी डलर पठाउन भनिएको छ। त्यो पठाएपछि हुलाकमा चिट्ठी पठाउँछौँ भनेर झुक्याउन पनि खोजेका छन्। खासमा यी ठगहरुको दाउ नै त्यही ६८२ अमेरिकी डलर पच गर्ने हो। त्यसैका लागि उनीहरुले यो सब प्रपञ्च रचेका हुन्।

पोहोर एक जना साथीलाई डिभी पर्‍यो भन्ने सुनेको थिएँ। पछि लेटर आएन रे पो भन्छ। के रैछ भन्दा त यस्तै इमेल आएको रैछ र पैसा पठाएको रे। कहाँको आउँथ्यो लेटर। पैसा पच पारिहाले नि। उनले न कतै उजुरी दिए, न हल्ला नै गरे आफ्नो बेइज्जत हुने डरले। त्यत्रो रकम गुपचुपमै पच भयो। यस्तै कैयन् अरु घटना पनि होलान्। तपाईँले पनि थाहा पाउनु भएको भए बाँड्न सक्नुहुन्छ।

के गर्ने त ?
सावधानी अपनाउने। आधिकारिक इमेल हो कि हैन पत्ता लगाउन मज्जैले सकिन्छ। यी र यस्ता कुनै पनि मेलले जतिसुकै लोभ्याए पनि पैसा बाहिर पठाउने काम कहिले पनि नगर्ने। जानेको मान्छेलाई यसबारे सोध्ने।

डिभी परेको हो/हैन पत्ता लगाउन सजिलो छ। डिभी लटरी सम्बन्धी वेबसाइटमा गएर आफ्ना विवरणहरु भरी थाहा पाउने। साइटका लागि यहाँ क्लिक गर्नुस्।

अमेरिकी दूतावासले विज्ञप्ति नै निकालेर यो साइटबाट मात्रै डिभी परे/नपरेको हेर्न सकिने र तपाईँलाई कुनै पनि इमेल वा चिट्ठीबाट त्यसको जानकारी नआउने बताइसकेको छ। विज्ञप्ति हेर्न यहाँ क्लिक गर्नुस्।

इमेल मात्र हैन डिभी परेको भन्दै तपाईँको ठेगानामा चिट्ठी आउँछ भने त्यो पनि ठगी गर्ने उद्देश्यले नै पठाएको हुनुपर्छ। दूतावासले विज्ञप्तिमा त्यस्ता चिट्ठीहरुबाट पनि सावधान रहन भनेको छ।

ठगी इमेलको पूर्ण विवरण
(Fraud email sent to me)

U.S. Department of State sent this message to You.
Your registered name is included to show this message originated from U.S. Department of State.
Congratulations, you’ve won !
Dear Winner,

Congratulations ! You are among those randomly selected and registered for further consideration in the diversity immigrant program. Selection guarantees that you will receive a United States Permanent Resident Card(also known as Green Card or Diversity Visa) only if you follow the instructions for further processing.

Acceptance Date:

Friday 24th of February 2013 12:08:50 PM

Is the Diversity Visa FREE ?
No. There is a big confusion. Only the participation in the Diversity Visa Lottery was free but the winners must pay the visa processing fees.
The fee is used to process your visa related documents and verify your identity.
Fees:

Type of Residence Card Status Amount (per person)
United States Permanent Resident Card Granted! – Waiting for payment of processing fee $682
Processing fees Included
Total $682

INSTRUCTIONS

Please read and follow all the instructions very carefully. With the Diversity Visa (also known as Green Card) you will enjoy all the advantages and benefits of a US permanent resident, including health and education benefits, and employment opportunities along with guidance in your new country, orientation sessions and programs to integrate into mainstream American society. Once received you can use it at any time you want to move in the United States or just travel. The visa must be renewed after 10 years.
Although you will have all the rights that a U.S. citizen has in the United States, without a relative or friend in the United States you may find the relocation difficult and expensive due the lack of experience in the American society. Therefore the U.S. Government helps you with the accommodation and offers you along with each visa Health Insurance (Freedom HSA Direct Individual Health insurance for 1 year), Dwelling(Apartment in any city you prefer, 1 bedroom for 3 months ), a guaranteed job(in the field that you are are currently qualified so you can start working even from the first week you arrive in the United States and get paid as U.S citizen. ) and education (for U.S. Students or Higher Education through Education USA. It includes transfer to a U.S college or University so you can continue your educational study. More details can be found at http://educationusa.state.gov/ .) We remind you that only the visa processing fee ($682) is mandatory and the visa is guaranteed upon receiving the payment.

Accompanying family members(wife/husband, fiancee, brothers, sisters, children, cousins) may be included in the program and their visas will be provided at the same time with yours so you can travel/move together in the same time. However the fees must be paid per person and each member(e.g wife, brother, parents, children, cousin) must pay $682. There is no discount for children.

Visa Payment processing instructions

Instructions will be given to you on how to make the payment according to your country diplomatic laws with the United states of America.You can send the payment in U.S. dollars or equivalent of your local currency.

After your payment is confirm, we will send you entry code via email that you will use to visit US Embassy Consulate in your country for the submission of your international passport and appointment date for collection, including other requirements.

After you send the payment follow the next steps :
a) For urgent reply Email [email protected]
Within 72 hours, you will receive a confirmation via email with your Case Number/Confirmation Number and exact date and time(approx. 2 days) of the final interview. Upon successful interview you will receive your documents and travel information to move in the United States. Under no circumstances your visa status won’t be affected by the interview.

Important Notice!

The payment must be sent via Western Union no later than 3 days after the receipt of this email. You are strongly encouraged not to wait until the last day to pay. Heavy demand may result in system delays.Under no circumstances can diversity visas be issued or adjustments approved after this date, nor can family members obtain diversity visas to follow-to-join the principal applicant in the U.S. after this date.
The visa processing fee(US$ 682) is mandatory for each person and the U.S. Government doesn’t offer any discount, loan or exception.
You have been selected winner of the Diversity Visa lottery so the visa is guaranteed upon receiving the payment fees on time.
A hard copy of this letter will be mailed to your postal address upon receiving the payment fees.
Please be advised that even through you are a winner of Diversity Visa your Case Number/Confirmation Number will be provided only after you send the payment confirmation of the fees. Please do not contact us to ask for the Case Number/Confirmation Number.

31 thoughts on “मलाई पनि डिभी पर्‍यो रे !”

  1. Suman Gurung(UK) says:
    June 27, 2013 at 5:25 am

    ओहो मलाई पुरानो घटना याद आयो.. मलाई पनि येस्तै इमेल आएको थियो मैले पनि बिस्वास गरिन तपैले जस्तै किनकि मैले पनि तपाई ले जस्तै डिभी भरेकी थिएन. साबधान सबै येस्ता झुठा इमेल बाट.

    Reply
  2. Tej Rai says:
    June 27, 2013 at 3:06 am

    यो मात्र होइन, शहरमा छिरे पछि अनेक ठगहरु देखिन्छ र ठगिने भनेको दुख नगरी अतिरिक्त लोभमा फस्नु हो, यसमा नफस्ने मान्छे कमै होलान / मलाइ पनि याद आयो हाम्रा केहि साथिहरुलाई अमेरिकामा कालेले ल्यापटप किन्ने भनेर बजारको भन्दा सस्तो दाममा एप्पल म्याक देखाएछ, साथीले पनि मोल घटाएर मौकामा कालेलाइ लफ़नड्याएर नया एप्पल ल्यापटपको सिल नतोडेको बक्स लिएर घर गए, खोलेर हेर्दा त निशुल्क पाइने फोन डाइरेक्टरि पो राम्ररि प्याक गरेको रहेछ / सुटुक्क थाहा पाइयो; साथि लजाएर भुसुक्क !

    Reply
  3. Harka Rai says:
    June 26, 2013 at 11:07 pm

    एउटा रमाइलो घटना याद आयो 🙂 मा त्यो बेला भर्खरै राजधानी छिरेको थिए/ एक दिन घुम्दै भिर्कुटी मण्डपको मेलामा पुगेछु, चिठ्ठा खेल्ने ठाउ मा पुरस्कार नपरे पैसा फिर्ता भन्दै २० रुपयाको टिकट किनायो एक पसलेले अनि पुरस्कार पनि पार्यो तर एउटा लाइटर पर्यो / बाहिर ३ रुपया जति पर्ने लाइटर ठग मोराले २० रुपयामा भिडाएको थियो .

    Reply
  4. Tenzing Gaba says:
    June 26, 2013 at 4:22 pm

    कुरो १०-१५ बर्ष अगाडिको हो
    मलाइ त् होइन मेरो काका पर्नेलाइ पनि येस्तै पत्र प्राप्त भएको थियो,
    पत्र देखेर बुढाको खुट्टा भुइमा किन हुन्थ्यो, दिनभरिमा आफन्त अनि टोलभरि सबैलाई देखाउनु भ्यायेछन बुढाले / अनि मलाई किन छुटाउथे, बेलुकी अफिसबाट फर्कदा फर्कदै बाटामा नै समाती हाले बुढाले, २-४ पटक जुँगामा ताउ दिएपछि बुढा गर्जे :
    “…… हेर केटा, अब म त् अम्रिकाने भए नि……..”
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,म ट्वाँ !!!
    “…. अब भोलि देखि नै मलाई अंग्रेजी सिकाई दे,,,”
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,म ट्वाँ !!!
    अनि त्येस्पछी बल्ल बुढोले पत्र देखाए,
    सरसर्ती हेरे पछि कुरोको चुरो बुझियो
    अनि मैले प्रश्न गरे: ” काका, हजुरले कहिले DV को फर्म भर्नु भएको थियो?”
    काका : “………भरेको त् छैन ”
    अनि मैले भने:
    ” .. TOEFL, IELTS जस्तो परिक्ष्या पास गरेको प्रमाणपत्र सहित ,
    घर जागाको मुल्यांकन गराएर,
    भएभरको जायजेथा ऋण सरसापट गरेर बैंक ब्यालेन्स देखाएर
    अमिरिकनेको दुताबासमा गएर फारम भरेर अन्तरबार्ता दिदा
    त् सजिलै संग विसा दिदैनन भने फारम नै नभरेको मानिसलाई कसरि दिन्छन विसा ह?”
    त्येस्पछी बुढाको घैटाँमा घाम लागेछ क्यारे लुरुक्क घर भित्र पसेको २-४ दिन त् बाहिर नै निस्केनन /
    ………………………जदौ !!!!

    Reply
  5. Sudarshan says:
    June 26, 2013 at 5:33 am

    उमेश दाइ, यो इमेलको रिप्लाई गरेर पैसा पठाई दिन्छु, कहाँ पठाउनु पर्ने हो सबै बिबरर्ण पाउ भन्नु न अनि थाहा हुन्थ्यो कहाँ बाट कसले गरेको भन्ने।प्रायजसो अफ्रिकन देशहरुबाट हुने गर्छ एस्तो काम । अमेरिकाबाटनै भएको भए रिपोर्ट गर्न पनि मिल्छ। कति जनालाई ठगे होलान यी ठगहरुले………

    Reply
  6. Daya says:
    June 26, 2013 at 2:31 am

    २००६ तिर को कुरा हो मलाई पनि दिन को१/२ टा तेस्ता e -mail हरु आयर हैरान हुन्थे ,तेस्को एउटा छुट्टै शिर्सक मा थोपरेर राखेको थिय कति मैनामा होकुन्नी ३०० नाघेको थियो लास्ट मा त साचिकै DV परेछ , dv पर्नलाई एस्तो e mail आयको रहेछ जस्तो लाघ्थ्यो

    Reply
  7. nisan gurung says:
    June 26, 2013 at 1:39 am

    सोजा साझा लै चै लुटेको छ नि एस्त झुटा मेल अनि फोन गरेर…यो त d v को कुरा भयो …येह Qatar मा नि mobile no मा कति झुक्कौछा …पहिले miss call गर्छ अब सोच्ने कुरा ..prize परेको सस्था ले नि miss call गर्छ .अनि कसको call भनेर call गर्यो अनि भन्न थाल्छा तपाई ले २ लाख Qatari रियल जितेको छ भनेर अब दङ्ग पर्दै अझै बुझ्न थाल्छा अनि उस्ले भन्छ ५०० रियल पठाउनु यो no मा अनि बैंक मा तपाई को जितेको prize लिन जानु हामी no पठाउछु भन्छ येसरी लूट्छा ..मलाई नि येसरी नै बनेर २ लाख रियल जितेको छ त्यो पाउन लै पहिले १२०० रियल पठाऊ भनेको ..मैले चै मलाई १ लाख मलाई पठाऊ अरु राख भनेको फोन काट्यो …तेसैले जाने बुजेकों भए आफै गर्नु नत्र साथी भाई संग सल्ला लिनु ………आफु पनि बचौ अरुलाई नि ठगिनु बाट बचाऊ

    Reply
  8. Prakash says:
    June 26, 2013 at 12:23 am

    सन् २००४ मा पहिलोपल्ट Nigeria को बैंकमा फ्रीज भएको पुर्ख्येउली सम्पति (धेरै मिलियन डलर), तेरो खातामा पठाउछौं ४०% तेरो, ६०% मेरो हुन्छ| यो सबै गोप्य हुन्छ र तँलाई केहि जोखिम हुदैन भनेर इमेल आयो| त्यति बेला स्पाम इमेल खासै आउदैन थियो| सुरुमा त मनमा लोभ, शंका, उपशंका आयो| पछि सोचें, साचिकै पक्कै होइन होला, हो रहेछ भने पनि येति धेरै कालो पैसाको कारोबार गर्ने मान्छे संग सम्पर्क गर्नु भनेको आफ्नो ज्यान नै जोखिममा पार्नु हो जस्तो लाग्यो| तुरुन्तै इमेल delete गरिन, अनि google गरेर २ दिन अनुशन्धान गरे पछि, थाहा भयो यो त ठगहरुको गिरोहले पठाएको रहेछ| साथीहरु सबैलाइ इमेल देखाए, अरु कसैलाई पनि आएको रहेनछ त्यस्तो इमेल, सबै जना सजग भए | पछि २-३ महिना पछि अरु साथीहरुलाई पनि तेस्तै इमेलहरु आए| इमेलमा धेरै सजग हुनुपर्ने रहेछ भन्ने कुरा तेती बेला सिकें|

    Reply
    1. ramesh says:
      June 26, 2013 at 7:23 pm

      मलाई एक महिना पहिले लन्डन मा post code lottery मा ५ लाख पौण्ड पर्यो तेस्को१. ५% आयकर काटेर अरु तलाई दिन्छ फाइनान्स डाइरेक्टर dr . david mark लाइ २ हप्ता भित्र लाइ सम्पर्क गर नत्र रोयल त्रस्ती मा जान्छ क्लेम नभएको पुरस्कार को रकम भनेर चिठी आयो. मैले ठग भनेर बुझे, तर एस्लाई पनि खेलाउन पर्यो भनेर खुसि ले फुरुङ्ग भए झैँ फोन गरे फोन उठायो अफ्रिकन भोइस मा कुरा भयो र पछि खुब चिठी र HMRC (यहाँ को अन्तशुल्क जस्तो कार्यलय) को letter head मा बैंक को चिठी र चेक को स्याम्पल पनि पठायो र ५ लाख को१. ५% को दर ले हुने ७५०० पाउँद तुरुन्त पठा भन्यो. मैले पनि बैंक A /c मागे, र उसको सम्पर्क ठेगाना खुल्ने कुनै utility को बिल वा पस्स्पोर्ट को कपि पठा भने, तेस्पछि उ गायब भयो. जे होस् ” माछो पर्ने भयो भनेर” काले ले मन को लड्डु खुब खायो होला भनेर मलाइ रमाइलो लाग्यो.

      Reply
  9. Bin says:
    June 25, 2013 at 11:55 pm

    मलाई पनि येस्ती लेत्टर आएको थिएओ, र मैले पनि तेही प्रोसेस गरेको थिए, एस्तो थिएओ मलाई आएको इमेल

    Sat, Jun 22, 2013 at 12:52 AMSat, 12:52 AMMessage starred FROM U.S. State Department. TO recipients (Notification letter) Hide Details FromU.S. State Department.
    [United States Department]
    National Visa Center
    [32 Rochester Avenue. Portsmouth NH].
    [Case-Number]: WAC2013648110
    [Notice Date]: 20/06/2013

    Dear Winner,

    Congratulations!- You have been selected among the lucky winners of the U.S. Green Card for fiscal year (2013). Winners were selected randomly via computer draw system of email extractions. We are sending the winning letters through the selected winners email addresses.

    The first step required to receive the green card is to apply and obtain the U.S. immigrant visa which is for permanent residence in the United States. The Visa will permit you to travel to the U.S. to receive the green card.
    Please complete form DS-230 for yourself and all accompanying family members which will be used-to file your immigrant visa petition at the National Visa Center to process your visa and schedule your visa interview appointment at the U.S. Embassy nearest to you for the issuance of your visa.

    Download DS-230 form here-DS-230: Application for Immigrant Visa-n Complete the form using this sample-Sample DS-230-Application for immigrant visa-n
    You will sign the forms at the Embassy on the day of your visa interview appointment and submit them together with your application documents which will be processed and post to you. The required application documents are shown below:
    View sample 1>FIV Immigrant Visa And Alien e
    View sample 2>Full-size image

    The winners files has been dispatched to the U.S. immigration offices in the six geographical regions for the processing of the application documents and the processing center for (WAC) case files is at the U.S. immigration office in the Asia Pacific region located in Bangkok-Thailand.

    Office telephone: +66 817-741-६१९
    Contact person: Mr. MARK HOWARD.
    Requirements:
    1. Please submit the forms with the photo page of your international passport (Only the principal applicant). View sample-F International-passport e
    2. Passport size photograph:

    Include one passport size photograph for each person mentioned in the application. Glue the photos at the top left corner of form DS-230. View sample-F passport photo e
    Photo instruction is-available> here
    Processing fees:
    The processing fee of the application documents is now $690 for applicant immigrating alone and $875 for applicant immigrating with family members. The processing fees are listed here-Information: Changes to the processing Fees
    Instruction:
    Please complete the application forms and submit them with the requirements to this email address> [email protected]
    You will receive further instruction on completing the application once you submit your application. Please submit your application with the photo page of your international passport and passport photograph on or before the 25th of June 2013 or your application will be rejected.
    Sincerely,

    Mrs. Bridget Hollande.

    Consular Affairs Section.

    [

    Reply
  10. Aryan Sharma says:
    June 25, 2013 at 11:04 pm

    माथिको ब्लग र साथीहरुको कमेन्ट हेरे पछि एउटा कुरा चाही नसच्याई बस्न सकिन. बिगत केहि बर्ष देखि डिभी परेको खबर चिठी मार्फत आउदैन, त्यो हेर्नलाई माथि उमेशजीले राखेको लिंक मा आफ्नो डिभी भर्दाको confirmation नम्बर राखेर मात्र हेर्न सकिन्छ. पहिले चाही पनि चिठीबाट आउथ्यो रे! अहिले चाही चिठी बाट आउदैन.

    Reply
  11. Biswash says:
    June 25, 2013 at 11:03 pm

    मलाई पनि यस्तै नै २३० मिलियन डलरको चिट्ठा परेको तर प्रोसेसिङ्ग्को लागि मात्र ५०० डलर पठाउनु पर्ने भनेर कन्डिसन थियो | मैले चाहिं ५०० डलर प्रोसेसिङ्ग खर्च , अनि थप ९९९५०० डलर तपाइको संस्थालाई दान दिएँ | मलाइ मात्र २२९ मिलियन पठाए हुन्छ भनेर जवाफ पठाएको त, त्यसपछी त्यस इमेल एड्रेस बाट इमेल नै आउँ छोड्यो |

    Reply
  12. Vijay says:
    June 25, 2013 at 9:57 pm

    मेरो नि हालसालको एउटा येस्तै अनुभव छ ! अलिक फरक छ तर नेपाल कै हो ! म यहाँ फिनल्याण्ड आउनु अगाडी आफ्नो काठमाडौँको नम्बर भिनाजु लाइ छोडेर आएको थिए ! खै कुन श्रोत बाट मेरो नम्बर हात पारेछन, तपाईलाइ दिल्ली घुम्न जाने चिट्ठा परेको छ, आउनुस कि आउनुस भनेर ख्यार ख्यार पारिरहेकोछ्न रे ! मैले कतै चिट्ठा भरेको पनि थिएन…त्यसैले तिनीहरुको नियत माथि शंका लागिरहेकोले मैले त्यसमा विश्वास नगर्नुस, मिलेसम्म त्यो नम्बर लिएर पुलिसको मा गएर बुझ्नुस भनेर भनेको छु ! सायद लूटपाट या तेस्तै अरु फ़्रड काम गर्ने को काम हुनुपर्छ !

    Reply
  13. Paudel says:
    June 25, 2013 at 9:55 pm

    आजकल नत इ-मेलमा, न हुलाक बाटै, कतै बाट पनि डि भी परेको सूचना आउदैन. डि भी को अधिकारिक वेब-साइटमा गएर आफ्नो डि भी कोन्फिर्मेशन # हालेर मात्र हेर्न मिल्छ

    Reply
  14. Shree says:
    June 25, 2013 at 9:26 pm

    The DV winners are no longer informed by email or by mail. When you apply for DV they give u a conformation number. It is your responsibility to go online and put in your conformation number and other information in the DV website to see if you are selected or not. If you are selected, you need to send them some forms in Kentucky, then only you will get mails.

    Reply
  15. neerose says:
    June 25, 2013 at 8:42 pm

    के कुरा गर्नु खै, आफ्नै उछित्तो काडी जग हसाउनु जस्तो हुन्छ ठगीको कथा भनौ भने नभनौ भने कम्सेकम अरुलाई शिक्षा त हुन्छ आफ्नो अनुभब र पीडा भन्ने पनि लाग्छ!
    धेरै अगाडी आअफुपनी यहि डिभिमा त होईन तर यस्तै धुर्त ठग जाली हरूको फन्दामा परियो अन्तरास्ट्रिय लटरी पर्‍यो भनेर ३४० पाउन्ड पनि बुझाईयो पोस्टिङ् डेलिभरी चार्ज भनेर र नेक्स्ट्डे डेलिभरी हुन्छ र आर्थिक समस्याको पोको थेम्समा फ्याकिन्छ र स्वोतन्त्र अर्थतन्त्रमा खुला र मुक्त भयर जीने छा भन्ने सपना एक हप्तासममा पालियो र आफू ठगियको कुरो थाहापाइ अर्को एघार पाउन्ड चदाइयो फ्यामोस ग्रोस कम्पनीलाई दु:ख भुलाउन र आफूलाई लोपार्दै झुलुम भै सुत्यो!
    के गर्नु ठगिने बेलामा परिस्थिती पनि तेस्तै हुदो रहेछ्! अरुलाई खिस्याउनु मात्र हो, अरु थगियको सुन्दा अर्ती र उपदेश खुब छाटिन्थ्यो कस्ता मुर्ख रैछ यस्तो पनि साँच्चै ठान्ने भनेर आफू सबै भन्दा बाठो आफूलाई कसैले ठग्न नसक्ने ठानिन्थ्यो! उदो गाउतिर हुँदा त ठगिमा पारेको पनि थियन तर शहर छिरे पछि भने लाग्छ सबै भन्दा बढी ठगिने आँफै हुँ की जस्तो पो लाग्छ आजकल्!
    झन्डै झन्डै यस्तै ईमेल पायको थिय आफूले भरखर खोलेको इमेल मा यु अर लक्की आउत अफ टेन मिल्लियनस ईमेल भन्थ्यो पहिले त आफूलाई बिश्वाशै लागेन र सत्य पत्तालगाउने अनेक उपाय गरे टाइ पनि कहिन काही चिप्लिदो रैछ के गर्नु! ठगिने बेलामा दिमाग पनि एकोहोरिदो रैछ दाँया बाँयाको परिस्थिती पनि तेस्तै बन्दो रैछ आनि लोभ र सपना अकास्सियर टुप्पिबाट निस्किदो रैछ! अब त यसै भन्छु म! आनि आफू ठगियको कुरा अर्को कोहि साथि भाइ लाई सुनाउदा आफ्नो खिल्ली मा आफू पनि सँग संगै लहमिलाउदै हासिन्छ अब रोयर किन बस्नु त भनेर! साथि भाइले आफूलाई मुर्ख को उपमा भिडाउदै बढो अर्ती दिन्छन् आनि आफू पनि मान् मान् हो तेसै भन्थे म पनि, त ठग्याछैनस तलाई ठग्ने मान्छे तैले भेट्याछैनस र जान्नी ठुलो भाछस भनेर हाई साँचो गरिन्छ!
    अनि ठग हरूलाई चाँही ल् “लौ गरिखा दुनियाँ सपार जिन्दगी बना मोज गर, तेरो जिन्दगी आनि जन्मेकै यत्तिकै लागि त हो” भनेर भन्यो हाई साँचो आनि ठगियको रकम चाँही गह्र दशा कताय मेरो नराम्रो र बिग्रेको गह्र दशा लियर गयो भन्यो मान् सन्तोष गर्‍यो हाई साँचो मान्यो आनि बिहानै उठेर घन्टाको सात पाउन्ड टिप्न गयो!
    लटरी पर्‍यो भनेर ठगिए, ल्याप्टप र क्यामेरा भनेर दुई बोत्तल कोकोकोला पनि किने,अरु ठुलाकुरा प आनि छन् र चानाचुने कुरा त के गराई भयो र!
    अब त ठगिन्न तनी भनेर साँच्चैको आयपनी र भयपनी नलिने बिचार गर्याछु गाठे!

    Reply
  16. Narayan says:
    June 25, 2013 at 7:59 pm

    म पनि नया नया इन्टरनेट म़ा छिर्दा यस्ता मैल ले वाक्क लागौथे कुनै कुनै चै हो नै जस्तो लाग्ने एकपटक त फोने पनि गर्य छु तर थाह पिहले सब fake रहेछ र पोइसा खाने मेलो रहेछ भनेर त्यस्पचादी सोझै स्पाम

    Reply
  17. sekhar says:
    June 25, 2013 at 7:42 pm

    सबै western union outlets को कर्मचारीहरुलाई यो बिषयमा साबधानी अपनाउनु पर्ने खबर खबर गर्दा उचित होला ।

    Reply
  18. रबिन्द्र राज गिरी says:
    June 25, 2013 at 6:40 pm

    त्यति लामो ईमेल लेख्न के जाँगर लागेको होला? हुन त तिनीहरुको काम नै त्यस्तै गरेर पैसा कमाउने होला | अनि नलेखेर पनि के गरुन | आजको यो संसारमा ठग्ने पनि एउटा गतिलो पेसा नै भईसक्यो बा ! नेपालमा यात्रु ठग्न पाउनु पर्छ भन्ने ट्याक्सी ड्राईभर, ग्राहक ठग्न पाउनुपर्छ भन्ने सुन ब्यापारी, उपभोक्ता ठग्न पाउनु पर्छ भन्ने अन्य ब्यापारी, अभिभावक ठग्न पाउनुपर्छ भन्ने स्कुल र कलेजहरु जस्तै यी “ई-ठगहरु” ले पनि कुनै दिन अबस्य बन्दको कार्यक्रम ल्याउलान भन्ने मलाई लागिरहेकोछ |

    Reply
  19. yukta says:
    June 25, 2013 at 5:08 pm

    मलाई पनि यस्तै किसिम को ई-मेल आएको थियो तर मलाई चाहिं १२०० डलर मागेको थियो मैले त्यो ई-मेल को फोटो कोपि निकालेर महाराजगंज यू.एस.ए .एम्बेसी गएर बुझ्न जाँदा फेक हो भन्ने चाल पाएँ तपाई हरु को इ-मेल आइ.डि. मा पनि यस्तै खाले मेल आयो भने एक पल्ट फोटो कोपि निकालेर यू.एस.ए. एम्बेसी बुझ्न गै हाल्नुस त्यहाँ बाट दुध को दुध पानि को पानि प्रस्ट छुट्टी हाल्ने छ र कोइ हुन्छ नि आफ्नै ढिपी नछाड्ने हरु फेक होला भन्दा पनि नपत्याउने हो त्यस्तो कुनै आफ्नो दाजु भाई दिदि बहिनि साथि भाई नाता गोता वहाँ हरु लाई पनि यस्तै किसिम को ठग हरु को मेल आउन सक्छ या त आई सकेका होलान सके सम्म पैसा पठाउनु भन्दा पहिले एक पल्ट एम्बेसी मा गएर सक्कली हो कि नक्कली हो बुझ्नु लाउनु होला ! फेरि पछि ठग हरुले पैसा झ्वाम्म पारि सके पछि पछुताउनु होला !

    Reply
    1. vijay says:
      June 25, 2013 at 9:14 pm

      एम्बेसी जानु पनि ठिक हो तर काठमाडौँ बाट अलिक टाढा बस्ने हरुलाई तेत्ति काम ले काठमाडौँ आउनु तेती ब्यबहारिक पनि हुदैन ! यदि ध्यान दिएर इमेल को डिटेल चेक गर्ने हो भने तेसै पनि थाहा हुन्छ कि इमेल फेक हो भनेर…….

      Reply
  20. Damodar Dhungel says:
    June 25, 2013 at 4:36 pm

    धन्यवाद मित्र समय सन्धर्बिक जानकारी का लागि

    मैले पनि कहिले DV भरिन तर मलाई पनि येस्तै इमेल आएको थियो केहि वर्ष अगाडी .

    Reply
  21. Sisir says:
    June 25, 2013 at 4:33 pm

    मलाई पनि ठिक येस्तै यिमेल २ हप्ता अगि आएको थियो , मैले सरसर्ती हेरे अनि spam मा हाली दिए .. यी जाली फटाहाले कतिलाई मुर्गा बनाई सके होलान ..

    Reply
  22. SURENDRA hongkong says:
    June 25, 2013 at 4:26 pm

    मलाई २०११ को जुलाई मा यस्तो मेल आयो र कारण बस मैले के,के भै हाल्छ कि भनेर आफ्नो ठेगाना अनि सेल नम्बर पनि दिए बजिया ले ७ मिनेट मै कल गरेर फकाउन लग्यो र ६५० जति इऊएस डलर माग्यो म पनि के को कम जस्ता लाई तेस्तै के जाती लाई निस्तै भने झैँ पहिले मेरो लागि भिसा पठा बरु १००० डलर दिन्छु भन्दिएको आज सम्म न भिसा पठायो न मेल न त् पैसा नै माग्यो /यो सब गरिब देश का सोझा मानिस फसाउने खेल सिबाय केहि होइन त्यसै ले होस् गर्नु है पासा हो /

    Reply
  23. Sanjay says:
    June 25, 2013 at 2:40 pm

    I also got that email few weeks back. Everything looked official. I checked the sender email in Google and found that was fake. Even I checked the DV results from official website twice. What was most interesting was Email says money should be sent through Western Union Money Transfer. Then I decided to write a reply to that email just For fun. I thanked him and told I will send money tomorrow. I got the instant reply. English was very poor. Then I wrote him again…..’ before sending me such types of email again improve your English…..’Again he writes and says ‘….. we correspond in simple language so that it will be easy to understand……’….I Did it for fun only. But I realized if they succeeded to fool me to some extent (because I had to check the results), how much they are fooling other people who may not be more Conscious. . ….

    Reply
  24. Kusum says:
    June 25, 2013 at 1:39 pm

    ४ वर्ष अघि मलाई पनि मेल आएको थियो । अमेरिकाको मोह त म मा थियो । तर मलाई डिभी पर्दा घरकै ठेगानामा चिठीमार्फत आउँछ भन्ने थाहा थिएन । मैले उनीहरुले भने जति डिटेल लेखेर रिप्लाई गरें । त्यस पछि फोन आउन थाल्यो । शुरुमा त डिभी परेकै हो जस्तो लाग्यो । दिनमा ५ पटक भन्दा धेरै फोन आउन थाले पछि मलाई दिक्क लाग्यो । बैंक एकाउन्ट पठाउने, अब लाष्ट स्टेज पुग्यो भन्ने गर्न थाले पछि यो ठगी नै हो जस्तो लाग्यो । फोन उठाउन छोडिदिएँ । फोन नउठाउदा तुरुन्त मेल आउँथ्यो । करिब १ हप्ता फोन उठाइन् । फोन गर्न छोडे । मेल त अहिले पनि आउँछ कहिले कहिले ।

    Reply
  25. samar says:
    June 25, 2013 at 12:47 pm

    This type of email was send to me also last year and i have inquiry about the mail and they don’t reply me with any answer but they have resend me the same latter saying this is your last chance. According to that letter I have to send that much amount of money to an account in London. Then after I have not got any email.
    thank you for your blog

    Reply
  26. prasad says:
    June 25, 2013 at 12:21 pm

    हाहाहा सबै तपाई जस्तो सचेत कहाँ हुन्छन र ……..एस्तो ईमेल आयो भने तिन चोटी फनक्कै घुमेर उफ़्रिन थाल्छन ……. सूचना को लागि धेरै धेरै धन्यवाद …….

    Reply
  27. resham says:
    June 25, 2013 at 12:20 pm

    यी ठगहरुको हजार दाउ हुन्छ होसियार चाही हुनै पर्छ. बेला बेला कहिले के पुरुस्कार परेउ कहिले के परेउ भनेर मेल त औछन तर मो त वास्ता नै गर्दिन. यी फटाहरुको छलदेखि जोगिनुपर्छा ./ राम्रो सूचना र जानकरी दिनु भेअकोम धन्यवाद.

    Reply
  28. Nabin Adhikari says:
    June 25, 2013 at 12:10 pm

    मिलियन डलर को चिठा पर्यो? डिभी पर्यो भन्दै मेरो मा पनि आउछ इमेल म त बाल दिन्न स्पाम भनेर रिपोर्ट पो गर्दिन्छु 🙂

    Reply
  29. Arun Bhattarai says:
    June 25, 2013 at 12:00 pm

    I have also get such mail several times via different emails. Sometimes message for claiming thousands of dollars used to come. They ask our personal information for sending the money etc. Do not share any of your information to unknown person. १ चोटी त मलाई सारै रीस उठ्यो अनि मेरो पैसा तुरुन्त पठा भनेर लेखेको त reply nai garena chorle.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme