Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राजा वीरेन्द्रको चिट्ठी लिलामीमा

Posted on June 21, 2013June 21, 2013 by Salokya

photo (2) राजा वीरेन्द्रको हस्ताक्षरसहितको एउटा फोटो र त्यतिबेला राजदरबारले पठाएको चिट्ठी अहिले इन्टरनेटमा लिलामीमा राखिएको छ। सन् १९७४ मा नारायणहिटी राजदरबारबाट वीरेन्द्रका निजी सचिव गेहेन्द्रमान सिंहले पठाएको फोटो र चिट्ठीलाई इन्टरनेट प्रख्यात साइट इबेमा लिलामीमा राखिएको हो। १० दिनका लागि राखिएको लिलामीमा सुरुको मूल्य पाँच पाउन्ड राखिएको थियो। अहिले लिलाम बढाबढमा भाउ ९.५० यो ब्लग तयार पार्दासम्म ४६ पाउन्ड अर्थात् नेरु ६ हजार ८ सय भन्दा बढी पुगिसकेको छ।

खासमा यो दरबारले नै न्युजिल्यान्डका एक नागरिक भेर्न इ. बावेनको अनुरोधमा पठाएको हस्ताक्षरसहितको फोटो थियो। यसमा अरु कुनै विशेष छैन। तर पनि यसमा चासो देखाएर लिलाम बढाबढमा अहिलेसम्म नौ गुणा बढी भाउ पाउन सफल भइसकेको छ।

photo (2)

photo

65 thoughts on “राजा वीरेन्द्रको चिट्ठी लिलामीमा”

  1. Limbu naYan says:
    June 26, 2013 at 12:41 am

    माथिका कुनै पनि राजाका कुरा’रु मलाई मन परेन! मेरा “पूर्खाका आफ्नोपन, बिर्ता जबर्जस्ति सबै पापी काम गरेका कुरा इतिहासमै छन्…/” बरु केहि कमेन्ट सरर हेर्दा हाम्रा नेपाली युवा साथीहरु हुने-नहुने डिस्कसमा देखें/ कृपया; दाजुभाई सबैजनाले तन-मन-धन मिलाएर कुरा गरौँ न हौ/

    Reply
  2. mahesh says:
    June 23, 2013 at 9:24 pm

    राजा बिरेन्द्रको भनेर ज्ञानेन्द्रको फोटो भयको पैसा पनि ebay मा बेच्न राखेको भेटियो
    check the link
    http://cgi.ebay.com/ws/eBayISAPI.dll?ViewItem&item=200875080790&fromMakeTrack=true

    Reply
    1. Bibek Dhakal says:
      June 25, 2013 at 3:45 pm

      लौननि! कुन चाही को काम हो यो? height of “खुरापातिनेस” ~~

      Reply
  3. Ritesh says:
    June 23, 2013 at 8:49 pm

    खोलामा बाढी आएर तेत्रा मान्छेहरुको बिजोग भाको ठाउमा २ -४ हजारले धेरै महत्वो राख्थ्यो क्यारे , लिलामी मा हाल्ने पैसाले त १०० जनाले पेटभरी खान पाउथे बाबै |

    Reply
  4. Nabin says:
    June 23, 2013 at 7:45 am

    I have just checked it in the ebay. Current highest bidder has offered GBP 420.00 and not the amount mentioned in this thread, Still 17 hrs 52 mins to go….

    Good luck to the successful bidder and like others in this thread, I too think this should go to the Nepalese hand.

    Nabin
    Perth, Australia

    Reply
    1. neerose says:
      June 23, 2013 at 5:13 pm

      आफै लिय भैगोनि के शुल्ड गो नेपलिज ह्याण्ड भानिराको हो! नेपालाँ त जत्ति नि छ! त्यो पुरानो एक कक्षा देखि दश कक्षा को किताब अनि सबै अफिस कार्यालय र घर घरमा थियो र अझै पाइन्छ बरु अस्ट्रेलिया मा अभाब होला अझै न्युजिल्याण्ड बाट उतै हस्तान्तरण गर्न पनि सस्तो छिटो छोटो!
      लियर राखे भैहाल्यो त!
      हुन्न र भन्या!

      Reply
  5. जनक मान डंगोल says:
    June 23, 2013 at 1:18 am

    क.प्रचण्ड जापान आउदै छन ! लौ न उसलाई पनि त्यति लिलाम गरि दिनुस ! हावा गफ दिएर हैरान पारि सके !

    Reply
  6. b.r.lama says:
    June 22, 2013 at 11:03 pm

    धिक्कार छ हामीलाई, राज संस्था अहिलेको आवस्यकता नहोला तर संसारमा यति पनि बेइज्जेत नगर्नोस. आकासमा थुक्ने चेस्टा भन्दा अरु केहि भन्न मन लागेन . जो जसले यसलाई लिलामिमा राखेको भए पनि

    Reply
  7. भाई says:
    June 22, 2013 at 8:59 pm

    कमेन्टहरु हेर्दा त यहाँ प्रुफ रिडिंग गर्न राख्या जस्तो पो भान भो त मलाई ! तर जे होस् धेरै साथीभाई अंग्रेजीमा पोख्त हुनुहुदो रहेछ भन्ने बुझें . निशुल्क व्याकरण सुधार !!!

    Reply
  8. Anoj shakya says:
    June 22, 2013 at 5:16 pm

    Dear eBay Community Member,
    The bid that you entered for the item (121126393542) has been cancelled. You can view the reason provided for the cancellation by selecting the (bid history) link from the individual item page.

    Please be cautious if you are contacted about purchasing this item after the bid has been cancelled and as always, avoid paying for your eBay item using instant wire transfer services through Western Union or MoneyGram as these payment methods are unsafe when paying someone you do not know.

    Regards,
    eBay

    Reply
  9. Sagar (sydney) says:
    June 22, 2013 at 4:38 pm

    Im the current highest bidder £477

    Reply
  10. अनोज शाक्य says:
    June 22, 2013 at 3:09 pm

    सालोक्यजीले यो फोटो किन्ने मान्छेलाई माइसंसारमा परिचय गराइदिनु भए राम्रो हुन्थियो कि । अहिले त ५०० पाउण्ड पुगिसक्यो ।

    Reply
  11. अनिल says:
    June 22, 2013 at 2:58 pm

    बाबै अहिले ४७७ पौण्ड पुग्यो

    Reply
  12. Roson says:
    June 22, 2013 at 2:35 pm

    जसले जे भनेपनि मेरो बिचारमा राजदरबारको सचिव जस्तो संबेदनशील ओहोदा सम्हालेका त्यो जमानामा एङ्ग्लिश न आएर पक्कै होइन होला . आज जस्तो कम्प्युटर को जमाना अवस्य होइन . लेख्नेले राम्रै लेखेको हुनसक्छ तर typing सचिव ज्युले पक्कै गरेका होइनन. तेसैले भन्ने गरिन्छ विश्वास नगरौ आफै गर्नु पर्यो दुख पाइन्छ गर्यो त धोखा पाइन्छ .

    Reply
  13. Bidur Gautam says:
    June 22, 2013 at 1:42 pm

    There are many more photos on sale in same website for far less money. It seems mysansar has made seller rich.

    Reply
  14. Raames says:
    June 22, 2013 at 9:19 am

    प्राय सबै जना अलि बढी जान्ने भएको जस्तो लाग्यो | यहाँ कसैलाई ब्याकरणको बारेमा जानकारी दिन यो ब्लग पक्कै पनि लेखिएको होइन | यहाँ त राजा वीरेन्द्रको चिनो लिलामी भएको संदेश मात्र दिन खोजेको जस्तो लाग्यो | जय नेपाल |

    Reply
  15. राम चन्द्र says:
    June 22, 2013 at 8:15 am

    जतन ले आफैले राख्नु नि किन बेच्नु पर्यो होला माखाको बोसो काटने परेछ मोरो

    Reply
  16. rk says:
    June 22, 2013 at 7:31 am

    now went up 330 iam going to 345 lets see

    Reply
  17. अनोज शाक्य says:
    June 22, 2013 at 6:55 am

    मैले त ३०० पाउण्ड हाले । जसरी भएपनी म नेपालीले नै हात पर्नु पर्छ भन्ने मेरो पनि सोच हो ।

    Reply
  18. Madhu says:
    June 22, 2013 at 6:19 am

    सबैभन्दा सजिलो उपाय : यो कपी कलोर प्रिन्टर मा प्रिन्ट गरे सबै भन्दा राम्रो जय होस् !

    Reply
  19. Jayantra says:
    June 22, 2013 at 4:54 am

    ऐले त २५० पाउण्ड पुगिसकेछ, किन्नु पर्छ कि क्या हो ?

    Reply
  20. ggbsha says:
    June 22, 2013 at 4:05 am

    of कहाँ निर छुट्यो भन्ने सज्जनहरु लाई चिठी फेरी एक चोटी पढ्न अनुरोध गर्दछु . of दोश्रो अनुच्छेद को sending here with a copy “OF ” an autographed भन्ने बाक्य मा छुटेको छ. तेसैले प्रविन जी लाई grammar पढ्न सल्लाह दिन सट्टा आफै एक चोटी दोहोर्याएर चिठी पढ्न सुझाब छ .

    Reply
  21. Ganesh, Europe. says:
    June 22, 2013 at 3:43 am

    साथी हो, खाम पनि हेर्नु भो ? टिकट टास्ने पनि तेतिबेला बौलाहा रहेछ…राजाको तस्बीर भएको हुलाक टिकट उल्टो पारेर बांगो राखेर टांसेछ, ब्रिटेन जस्तो राज संस्था भएको देशमा रानीको फोटो अंकित हुलाक टिकट यसरि जथाभावी टासेमा कारवाही हुन्छ रे भनेको सुनेको छु, तर नेपाल त नेपालै हो रैछ रोयल प्यालेसको पत्रको खाममा टिकट पनि टाँस्नु नजान्नु, क्या बेईज्ज़त भयो होला तेतिबेला नेपालको न्यूजिलैंडमा

    Reply
  22. anrup says:
    June 22, 2013 at 3:39 am

    I did not see king signature there. it is singed by gehendra singh only.

    Reply
    1. diwa says:
      June 22, 2013 at 5:42 am

      साथी autograph फोटो मा भनेको छ.. letter त personal secretery ले send गरेको हो नि….

      Reply
  23. NepaliBhai says:
    June 22, 2013 at 2:36 am

    I guess he is referring to ” As desired, I am sending herewith a copy an autographed photo of His Magestey the King.”

    “an” should be “of”

    Reply
  24. pratik says:
    June 22, 2013 at 1:15 am

    तेत्रा पढेका राजा लै आफ्नो नाम पनि लेख्न नाउने रहिछ कि क्या हो ? twat अलि बढी ज्युनार भा बेला पर्या बेला जस्तो छ / बीरेन्द्र रे वीरेन्द्र लाई/ तर जे भए नि हाम्रा ति राजा हुदा देश गरिमामय चाही थियो है आहिले क यी चोर पाखे नेता हरु भन्दा / माया लाग्छ तिनको भित्रै बाट /दीपेन्द्रको पनि/ मुर्तिचोर सिंहासन मा पर्ना साथ सब स्वाहा भयो / कुन घडी हेरेर राजगुरु ले तिनलाई सिंहासन मा राखेछन/ कस्तो देश कस्तो भयो जून १ २००१ देखि /

    Reply
  25. पुष्प says:
    June 22, 2013 at 12:14 am

    आफ्नै नाउँ अशुद्ध लेख्ने राजा रहेछन् वीरेन्द्र ?

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      June 22, 2013 at 11:14 am

      पुष्प जी तपाइंले भनेको सहि हो जस्तो लाग्यो है मलाइ पनि ह्र्सो -दिर्घ मा फरक परेको जस्तो लाग्यो मलाइ पनि ! यहाँ त एकथरी लाइ पुष्प माने नेगेटिभ भन्ने मानसिक छाप परे जस्तो लाग्यो त्यो रातो अंक देखेर !

      Reply
      1. पुष्प says:
        June 22, 2013 at 7:12 pm

        दीर्घमा होइन शरदजी, ‘व’मा हो । अर्थात् ‘वीरेन्द्र’ हुनुपर्ने हो, तर पेट चिरेको ‘बीरेन्द्र’ लेखिएको छ । ३-४ दशकअघि त्यस्तै चलन भए थाहा भएन, होइन भने ‘वीर’ हुन्छ ‘बीर’ हुँदैन । हामीले पढ्या-बुझ्या यस्तै हो, रातो थिच्नेहरूले के पढे थाहा भएन ।

        Reply
        1. Harke says:
          June 23, 2013 at 2:04 am

          पुष्प जी,
          हर्केले पनि “वीर” लाइ सुद्द (बहादुर को पर्यायबाची) र “बीर” लाइ असुद्द भनेर पढेको थियो !
          तेस्को अलावा हर्केले, नामको लेखन र उच्चारण भने मौलिक हुन्छ र तेस्मा ब्याकरणका नियमहरुको बन्देज हुदैन भन्ने पनि पढेको थियो !

          जस्तो कि, “केदार नाथ दाहाल” र “केदारनाथ दाहाल” दुवै शुद्द हुन रे !

          तेसैले एउटा रातो त मैले पनि ठेसीदिएको हो है….!

          Reply
          1. पुष्प says:
            June 25, 2013 at 12:04 pm

            मौलिक लेख्नका लागि मौलिक नाउँ पनि हुनुपर्यो नि ! त्यसमाथि सारा नेपालीले ‘व’ लेख्ने अनि महाराजले ‘ब’ ! यो त भेन नि ! मान्छेपिच्छे उच्चारण फरक पर्नु ठिकै हो तर चलनचल्ती मा रहेका शब्द, चाहे त्यो नाउँ नै किन नहोस्, जथाभावी लेख्नु गलत हो । यदि यस्ता नियम बनाइएक छन् भने उनेहरूको नेपाली भाषाप्रतिको नियतमा खोट हुनुपर्छ । ‘हर्के’ लाई अंग्रेजले ‘harkey’ लेख्नु अनुचित नमानिएला । तर कुनै नेपालीले ‘हड्के’ लेख्यो भने उचित मान्न मिल्छ ?

            Reply
            1. Harke says:
              June 26, 2013 at 11:06 am

              नेपालीको गुरुहरुसंग सोध्नुस पुष्प जी,
              “अल्प बिध्या भयंकरी” को अर्थ के हो भनेर ! जदौ…!

              Reply
              1. पुष्प says:
                June 26, 2013 at 11:30 am

                नेपाली भाषा ज्ञाता होइन म हर्केजी म । ज्ञाता भनाउने ‘विद्वान’हरूले नै नेपाली भाषालाई अहिले बेरूपको बनाएका छन् भन्ने कुरा त तपाईंलाई थाहै होला । त्यसैले अल्पज्ञानी नै ठीक छु हर्केजी । ‘विद्वान’मा दरिनुभएकोमा बधाई ।

                Reply
        2. Bibek Dhakal says:
          June 23, 2013 at 9:27 am

          राजा हरु, त्यो पनि त्यसबेलाको, भनेपछि संविधान भन्दा त माथि हुने भएसी जाबो व्याकरणको नियम भित्र रहन कहाँ भयो र? जानी जानी व लाइ ब लेखेको होला!
          – हुन त म आफैले मेरो नाम व को सत्ता ब बाट सुरु गर्छु ( हुन त मैले अन्जानमै सुरु गरेको हो!)

          Reply
  26. द्रोण says:
    June 21, 2013 at 11:20 pm

    बरु भाइ ज्ञानेन्द्रले थाह पाए आफै किनेर राख्थे कि ?दाइको चिनो |

    Reply
  27. dilip gurung says:
    June 21, 2013 at 10:21 pm

    प्रविनजीलाइ अर्ति उपदेश दिनु अगाडी फेरी एक चोटी पढ्नुस| गल्ति भएकै हो तर यसलाई ठुलो मुद्दा बनाउनु पर्छ जस्तो लाग्दैन| सानो गल्ति हो त्यो पनि एउटा सामान्य पत्राचारमा| हुन त गल्ति नभएको राम्रो हो तर यो ठुलो कुरा हो जस्तो लाग्दैन|
    “a copy an autographed photo” को ठाउमा “”a copy of an autographed photo” हुनु पर्ने देखिन्छ|

    तर प्रबिंजीको कुरामा १००% सहमत| राजतन्त्रको समाप्ति हुनुमा दशकौ देखिको शाही खानदान भनाउदा हरुको बेहोरा र जनता प्रति को उदासिनता नै हो| अब त्यो भन्दैमा मैले आजका नालायक नेताज्युहरुको सपोर्ट गर्या होइन है| फेरी राजतन्त्रको बिरोध गर्ने बित्तिक्कै आजकल गोर्खेको रगत तात्तिहाल्छ|

    Reply
  28. sadeep says:
    June 21, 2013 at 10:04 pm

    प्रविन को कुरा ठिकै हो…copy of हुनु पर्ने हो दोस्रो लाइन मा …. formal corrospondence को गफ दिने साथी ले चै कति लेख्नु भाको छ था पाउनु पर्यो

    Reply
  29. Ganesh25 says:
    June 21, 2013 at 8:50 pm

    This letter may be in overseas (anothe scam), therefore the bid has been put in Pounds. Be careful, such letters/documents in the name of former
    Kings and so on may be fabricated and sold in many parts of thie World,
    just to make money and to cheat people.

    Reply
  30. safal says:
    June 21, 2013 at 7:41 pm

    बिड बढ्नुमा यहि ब्लगको हात छ । नत्र ८ दिन नबढेको अहिले किन बढ्थ्यो । मलाइ त ५०० पाउन्ड कट्ला जस्तो लागी सक्यो ।

    Reply
  31. Anijl says:
    June 21, 2013 at 7:24 pm

    म येती मात्रै चाहान्छु कि त्यो चिट्ठी नेपाली कै हात मा परोस!

    Reply
  32. प्रविन says:
    June 21, 2013 at 5:52 pm

    दुईटा कुरा,
    पहिलो, पत्रको दोस्रो लाईनमा preposition “of” छुट्न गएको रहेछ| साधारणत् त्यति ठुलो कुरो नहोला तर राजदरबार जस्तो साधन सम्पन्न संस्थाले बिदेशी संग पत्राचार गर्दा त्यस्तो लापरवाही गर्नु वा सावधानी नअपनआउनु “आ जे गरे नी हुन्छ भन्ने हेपाहा नीति हो” वा उबेला विद्यमान असक्षम कारिन्दाहरुको परिणाम हो|
    दोस्रो, उबेलाको पावरफुल दरबारिया सचिवको झझल्को बल्झायो| यिनै महाशय पछि ऐश्वर्य महारानीका सचिव भए जुन बेला महारानीले सामाजिक सेवा समन्वय समिति चलाएर बोगस समाज सेवा गरिटोपलेका नेपाली जनताले महसुस गरेका थिए| बिदेशी हरुका हाँसोको पात्र बनेका थिए तर बिदेशी हरु पनि तेल लाउन माहिर नै छन् र यो कला धेरैले उनी सचिव मार्फत प्रस्तुत गरे| देश नै अरुले लगानी गरेको तर आफ्नो पूर्ण स्वामित्व भएको प्राइभेट कम्पनी सरह गर्ने राजदरवारका आसेपासे र कारिन्दा सचिवहरुले धुम मचाए| राजदूत र श्री ५ को सरकारको सचिव अनि अन्य ओहदामा आफ्नो मान्छे नियुक्ति दिन सचिवले ठुलै भूमिका खेल्ने गरेको सबैलाई थाहा भएकै हो| सचिवहरु चिरन र नारायण प्रसादले दरवारको पावर लिएर नेपालमा उत्पातै मचाएका थिए| एउटा खुशीको कुरो, दरवारका सैनिक सचिव विवेक शाहले आफ्नो सस्मरण लेखे र हदसम्म साँचो कुरा पोखे| खुशी यस अर्थमा कि हामीलाई सम्बन्धित नाउँ, समय र घटना स्थल समेत खुलेर जानकारी गराए| अरु पुर्ब सचिवहरुले पनि उनको बाटो पहिल्याउने हिम्मत गरे नेपाली जनताले साँचो कुरो थाहा पाउन सक्ने थिए| सचिव ऋषीकुमार सरले प्रहरी र सेनामा राजा र रानीको पावरको नाउँमा धेरै समय सम्म एकक्षत्र प्रक्सी राज गरेको धेरैलाई थाहा भएकै हो|
    राजतन्त्र धराशायी हुनमा यी सचिव हरुको ठुलो भूमिका छ| घरको खाँबोमा धमिरा लाग्न थालेको यिनै तथाकथित शिक्षित र जनतामा पहुँच भएका मानिने र आफ्नै मान्छे मात्र नियुक्ति गर्ने होडबाजीमा राजदरबार संगसंगै नेपाली जनताले पनि दुख पाए|

    Reply
    1. Prabal says:
      June 21, 2013 at 7:12 pm

      कहाँ नेर ‘of’ छुट्न गयो, हामी पनि थाहा पाउँ न |

      Reply
      1. Vijay says:
        June 22, 2013 at 1:23 am

        “As desired, I am sending herewith a copy …’of’… an autographed……

        Reply
    2. Aryan Sharma says:
      June 21, 2013 at 8:12 pm

      मित्र ले भने जस्तो of कहाँ नेर चाहिने हो ? मैले चाही मेसो पाउन सकिन है. हुन त गरिब अंग्रेजी भाको मान्छे परियो.

      Reply
      1. Ratna says:
        June 21, 2013 at 11:56 pm

        I am sending herewith a copy “of” autographed photo हुनु पर्ने हो, अब थाहा पाउनु भो होला नि of कहाँनिर चाहिने हो भनेर ? अर्को सानो मिस्टेक थाहा पाउनु भो ? त्यो माइनर हो तर डिप्लोम्याटिक पत्राचारमा त्यस्तो मिस्टेक हिजो आज सहन सकिन्न | मिडल नेमको छोटकरी लेटर E भन्दा अगाडी एउटा स्पेस दिनु पर्थ्यो | New Zealand को मुनि दिएको अन्डरलाइन ब्रेक फेल भएर अलिक अगाडी गएको पनि छ |

        Reply
    3. Suz says:
      June 21, 2013 at 8:17 pm

      prabin you need to check your grammer first. I see no grammatical error in the letter. Plus formal writing is altogether different ball game, ever done any formal English correspondence?

      Reply
      1. sandesh says:
        June 21, 2013 at 9:59 pm

        मित्र अर्कालाई तेस्तो भन्न भन्दा पहिला आफ्नो ब्याकरण एकपल्ट जाचम त |
        प्रविन जी ले भन्नु भएको ठिक हो |

        herewith a copy …….an autographed.

        माथि खाली ठाउमा of हुनु पर्ने हो |

        Reply
      2. bibek dhakal says:
        June 21, 2013 at 10:20 pm

        वाहाले त्यो पत्रको दोस्रो लाइनको
        – ” I am sending herewith a copy ( ) an autographed photo….” भन्ने ठाउमा दुइवटा नामपद बीच एउटा ” of” आउनुपर्ने भन्नु भाको होला/ म पनि तपाइले भनेजस्तो फर्मल राइटिङ्ग त जान्दिन तैपनि यहाँ असुड्डी जस्तो लाग्यो !
        तर त्यो of छुट्दैमा सो चिठीमा अर्थ को अनर्थ भने लागेको छैन जस्तो लागिराछ !

        Reply
      3. shankar says:
        June 21, 2013 at 11:11 pm

        “a copy of an autographed photo”
        a copy of THE autographed photo पो बेस हुन्थ्यो कि
        एक piece भएर a copy भन्या होला
        अंग्रेजी त मलाई नि त्यति आउदैन ….

        Reply
      4. Ratna says:
        June 21, 2013 at 11:44 pm

        Hello Suz, your first line itself has spelling mistake, why are you suggesting others to check? In your first line you wrote “grammer”, the correct word is “grammar”. Hope you will also check dictionary for correct spelling.

        Reply
        1. Hira says:
          June 22, 2013 at 6:04 pm

          सुज त् विद्वान रहेछ बा… कसो दर्बारमा जागिर खाएन रहेछ|

          Reply
      5. प्रविन says:
        June 22, 2013 at 2:09 am

        अंग्रेजी हाम्रो भाषा होइन र यसैले भुल हुन् स्वाभाविक हो| राजदरबार जस्तो सुबिधा सम्पन्न संस्थाले बिदेशमा पत्राचार गर्दा साधारण प्रयोग गरिने भाषा शुद्धी ख्याल गर्न परने हो भन्ने मेरो अभिप्राय हो| विगतमा कति पानी बगे अब त्यसको लेखाजोखा गरेर पनि सायद केही फायदा नहोला| Suz ज्यु, यो लेखकको मन्तव्यलाई हजुरले व्यंग्य र प्रश्नको झटारो हान्न अघि हजुरले लेख्नुभएको grammer शब्द लाई पहिले स्पेल चेक गर्नुभएको भए हुन्थ्यो|

        Reply
      6. Prakash says:
        June 22, 2013 at 2:31 am

        “Grammer”? That tells a lot about your qualifications Suz.

        Reply
      7. nepali says:
        June 22, 2013 at 4:35 am

        … a copy of an autographed …

        Reply
    4. शरद-क्षितिज पारीबाट says:
      June 21, 2013 at 8:18 pm

      हाम्रा १२-१५ जना नेता हरुलाई पनि कतै यसो सुटुक्कै लिलामी गरिदिएर पौने तिन करोड नेपाली लाइ गुण लाउने वेब साइट कतै छन् यसो खोज्नोस हजुर !!

      Reply
      1. bibek dhakal says:
        June 22, 2013 at 5:53 pm

        काम न काजको चिजको लिलाम सकार्ने मुर्ख हरु हुनु पर्यो नि पहिला 😀
        बेच्न त् हामि तैयार हौंला, किन्ने कोस्ले फेरी :p ?

        Reply
        1. शरद-क्षितिज पारीबाट says:
          June 22, 2013 at 10:54 pm

          बाहिर बस्ने नेपालीले किन्ने अनि त्यो नेपाल बाट सिपिंग हुन्छ …आफ्नो ठेगानामा आए पछि सिधै लगेर डम्पिंग साइटमा डम्प गरिदिने ……

          Reply
    5. Jame says:
      June 22, 2013 at 1:02 am

      एदी हाम्रा विद्वान मित्र लाई भाषा को ज्ञान र Diplomatic लेखाई को ज्ञान भएको भए. यो कुरा लाई उठाउनु हुन्नथ्यो. येही कारण हो हाम्रो देश मा अल्पज्ञान भएका ले नै देश बिग्रे को. अब जो अहिले power छैन उसलाई त जे भन्दा भै हल्छ नि.

      Reply
      1. neerose says:
        June 23, 2013 at 3:16 am

        पावोर मा भाको बेला त बोल्न कहा दया थ्यो र गाठे!

        Reply
  33. Shankar Dhakal says:
    June 21, 2013 at 5:10 pm

    मक्खी चुस लाई दिएको रैछन हाम्रा राजा ले त्यै पनि बेचेर खान लाग्यो |

    Reply
  34. Prahlad Mishra says:
    June 21, 2013 at 3:41 pm

    मैले २० पाउन्ड को बिड हाले मलाई परोस म यो जतन संग राख्न चाहन्छु
    कुनै बिदेशी को हात मा नपरोस

    प्रह्लाद मिश्र
    सताशिधाम ८ झापा
    हाल
    कोपेनहेगेन डेनमार्क

    Reply
    1. Manab Shrestha says:
      June 21, 2013 at 9:20 pm

      हाहाहा मित्र अहिले £११२ मा आइसक्यो / २० ले माछी मार्न सक्दैन / हाहाहा

      Reply
    2. bibek dhakal says:
      June 21, 2013 at 10:24 pm

      त्यसको फोटो कपि चाही पाउनु हुन्छा होला त्यतिमा!

      Reply
    3. neerose says:
      June 23, 2013 at 3:13 am

      म संग छ मिश्र जी, त्यो चार हो कि सात कक्षा को किताबमा छ ठेगाना दिनुस म पठाइ दिन्छु पैसो चाहि भेट्दा पछि लिउला अनि त्यै पैसो ले संगै बसी पिउला!
      ओ के!

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme