Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ज्योतिष भन्छ- चुनाव हुँदैन

Posted on June 18, 2013 by Salokya

सरकारले मंसिर ४ गते संविधान सभाको अर्को चुनाव हुने मिति घोषणा गरेको छ। घोषणा कै दिन माइसंसारमा गरिएको अनलाइन सर्वेक्षणमा नतिजा विभाजित रह्यो। चुनाव हुने र नहुने भन्नेहरु झण्डै आधा आधा रहे। ५१ प्रतिशतले हुन्छ भने पनि झण्डै ४९ प्रतिशत हु्न्न भन्नेहरु थिए। तोकिएको मितिमा चुनाव हुन्न भन्नेमा एक जना ज्योतिष पनि थपिएका छन्। डा. सुनील शर्मा सिटौला ठोकुवा गरेर भन्छन्- फागुन ६ गते अगाडि चुनाव हुँदै हुन्न।

ग्रह नक्षत्रको स्थितिले फागुन ६ अगाडि चुनाव हुन दिँदैन। त्यसअघि शनि र राहुको योग मिलेको छ। यस्तो योगले चुनावमा बाधा पार्छ।

उनका अनुसार फागुन ६ गतेपछि शनि राहुबाट मुक्त हुनेछ। त्यसपछि शनि र वृहस्पतिले नेपाललाई राम्रो गर्नेछ।

भगवान भरोसा चलिरहेको देशमा लौ त यो भविष्यवाणी पनि कतिको मिल्दो रैछ, हेरौँ न।

भनेपछि चुनाव घोषणाको पर्सिपल्ट गरिएका जस्ता नेपाल बन्द अझै पनि हामीले भोग्नुपर्ने हो ? सरकारले यस्ता भविष्यवाणीहरुलाई गलत साबित गर्ने गरी चुनाव गराइछाड्छु भनेर कम्मर कसे कति राम्रो हुन्थ्यो होला !

83 thoughts on “ज्योतिष भन्छ- चुनाव हुँदैन”

  1. वास्तव says:
    June 21, 2013 at 8:16 am

    अब डाक्टर, बैद्य को पालो सकियो ज्योतिष आयो हा हा हा ……

    तर जे हो यसपाली को चुनाब हुदैन …
    कारण के भन्दा चुनाब मा राजा पक्ष्य को धेरै बहुमत आउने हुन्छ अथवा भन्नु को मतलब राजा पक्ष्य को पार्टी हरु को लहर धेरै चल्ने छ जुन कुरा यो ४ दल लै असह्य हुने छ अनि त यिनी हरुले नै चुनाब गराउदैं किन कि हार्यो कि त राजा फेरि नारायणहिटी सवारी भैबक्सिन्छ अनि त्?

    Reply
  2. Gaurab Nepali "Oodaaseen" says:
    June 20, 2013 at 10:23 pm

    मंग्सीर मा चुनाब भयान भने खिरारेले चार नकाब धारीको भय दार्ही नभय जुँगा त्यो पनि नभय टुप्पी उखेलेर तिनलाई र तिनका मतियार जो मन्त्रि छन् हटायर बैद्य बा को टिम लै समाबेश गरि चुनाब गराउन सक्छन ! त्येसैले मंगसिर मा नभय पनि अर्को मंगसिर मा होला!!

    Reply
  3. युवराज नेपाली says:
    June 20, 2013 at 11:43 am

    चुनाबको कुरामा त म पनि ज्योतिषी बन्न सक्छु, चुनाव हुन्न कन्फर्म हो, चुनाब भयो भने म भविष्यबाणी गर्न छोडदिन्छु, देशको लागी 🙂

    Reply
  4. Vijay says:
    June 20, 2013 at 10:19 am

    चुनाव गर्ने नगर्ने भन्ने यी पांग न पुच्छरका नेता हरुमा निर्भर छैन, साउथ ब्लक बाट अर्डर आएसी सब एक जुट हुने हुन् ! ऐले को त सब नाटक हो ! स्वाभिमान नभएका डाक्टर, बैध्य, जुंगे, झुसे, भुडे, सबले बेचेर खाए देश लाइ….! यदि चुनाव भैहालेछ भने पनि लुरुक्क परेर भोट हाल्ने तिनीहरुलाई नै हो हामीले….किन कि, तिनीहरुको संगत मा परेर हाम्रो स्वाभिमान पनि लाचार भैसक्यो !

    Reply
  5. madan bajracharya says:
    June 20, 2013 at 5:16 am

    दछिना तक्रायर पुजा पाठ गराउन लगाय “नहुने भनेको हुने” “हुने भनेको नहुने” भनेर आफ्नै भबिश्य बनि उल्टाउन सक्ने यस्ता ज्योतिसहरुकै सिको गरेको देखिन्छ चनाव गर्छु भन्ने र चुनाव गर्न दिन्न भन्नेहरुले/ ज्योतिषहरु आफ्नो भबिस्यबाणिको बिकल्प बेच्ने ब्यापार गर्छन नेताहरु अशान्तिको हैजा फैलायर जीवनजल महंगोमा बेच्ने; दुवै उस्तै उस्तै हुन्/

    Reply
  6. neerose says:
    June 19, 2013 at 6:24 pm

    हुने चुनाब पनि भाड्ने खालको जोतिशी परेछ!
    भा न भा ग्रह नक्षत्र हेरी हुदो नहुदो फलाक्ने फटाहाहरु!

    Reply
    1. ramesh says:
      June 20, 2013 at 2:32 pm

      के शनि राहु लाइ दोष दिने, ति भन्दा पनि खराब उल्का त केपी ओली, गच्छेदार,प्रचण्ड, सिटौला, माकुने,आदि छन् नि येही धर्ति मा. किन अन्तरिक्ष को पिण्ड लाइ दोष दिने?

      Reply
  7. अनोज शाक्य says:
    June 19, 2013 at 3:16 pm

    चुनाव भए पनि नभए पनि देशमा बिशेष परिवर्तन हुने छ । जनताहरु प्रगती आँखाले हेर्दै जानु होला । कुनै पनि नेताको बोलीको ठेगान छैन । म यती कुरामा विश्वस्त छु कि अब कुनै पनि अगुवाहरुले देशको बिकास हुने काममा बिरोध र अबरोध पुर्याउने छैन । केही बर्षको लागि सबै दलहरुलाई आराम गर्न दिउ । बिकासको कामलाई यही सरकारले निरन्तरता दिनु हुनेछ भन्ने आसा गर्दछु । देश बिकासगर्न कोही नेता नै चाहिन्छ भन्ने छैन ।
    जनताहरुको सुख र शान्तीको लागि सरकारले उपलब्धीमुलक कार्यहरु गर्दै जाने कुरामा दुइमत छैन ।

    Reply
  8. raghubir says:
    June 19, 2013 at 2:49 pm

    वाइहात।
    शनि राहु केतु सबै हाम्रा नेताहरु हुन्, चण्ड मुण्ड हामी जनता – चुनाव हुन्छ कि हुन्न भनेर यो टपरे जोतिषलाई कसले सोधेछ र यसले यसो भन्यो भनेर किन लेखिरहेको हो। ज्योतिषको नाम भिरेर सार्वजनिक रुपमा सार्वजनिक महत्वको विषयमा भविष्यवाणी गर्न प्रतिबन्ध लगाउनु पर्ने – कानुन नै बनाएर।
    जहाँ सम्म चुनाव भएर के हुन्छ भन्ने कुरो छ – त्यो चाहिं हो। भएर नि केहि लछारपाटो लाग्दैन – यिनै नेता र यिनै हामी जनता। हाम्रो सोच परिवर्तन नभई केहि हुन्न। देश कंगाल हुँदैछ – यत्रो स्रोत को धनी भएर पनि देश र जनता दुबै गरिब छौं।
    पहिले – आफ्नै भित्रको फोहर कसिंगर मिल्काऔं , अनि नेता कसिंगर पनि मिल्काउनु पर्छ। जनतामा नयाँ सोच र नेतृत्वमा नितान्त नया नेता नआई देश उँभो लाग्दैन।

    Reply
  9. Khim Magar says:
    June 19, 2013 at 2:28 pm

    एक जना ज्योतिषीले त असार को पहिलो हप्ता पानि पर्दैन तेती बेला चुनाब गर्न ठिक हुन्छ भनेका थिएनि |

    Reply
  10. dibya says:
    June 19, 2013 at 12:23 pm

    यो लेख पढेर मलाई हमजायेगाको जोक्स याद आयो | आमा छोरी जुम्रा हेर्दै थिए | धेरै बेर हेर्दा पनि जुम्रा फेला परेन र छोरीले भन्छे, आमा जुम्रा पाएन ठिक तेतिनै बेला ठुलो जुम्रा भेटिन्छ र छोरीले आमा यो जुम्राको कति लामो आयु है नाम लिने बित्तिकै भेट्यो भन्दै नंगमा राखेर मार्छे |

    Reply
  11. निरायण says:
    June 19, 2013 at 11:31 am

    चुनाव भएर के राम्रो हुन्छ र नभएर के नराम्रो हुन्छ?

    हामीलाई चाहिएको संबिधान हो त्यो चुनाव भए पनि बन्दैन चुनाव नभए पनि बन्दैन!

    Reply
  12. Bikram Banjara says:
    June 19, 2013 at 10:48 am

    त्यो कुरा त सबैलाइ थाह भएकै हो नि। यस्को लागि ज्वोतिसिले भनिरहनु कुनै जरुरी छैन नि हो।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।

    Reply
  13. babu says:
    June 19, 2013 at 10:12 am

    य यौ जोतिश पनि पार्टी खोलि छ त्यसिल चुनाब हुडियन वन्छा

    Reply
  14. मदनमणि says:
    June 19, 2013 at 9:55 am

    ज्योतिष खगोल र गणितिय कुरा भएकाले सच्चा ज्योतिषीले भनेका कुराहरु मिल्न पनि सक्छन्। डाक्साब कस्ता हुन् त्यसमा भर पर्छ। भविष्यवाणि मिल्ने नमिल्ने कुरा।

    Reply
  15. योगेश आदी says:
    June 19, 2013 at 9:01 am

    चिना हेर्न त जन्म मिति घडी पला हुनुपर्छ होइन र ? के आधारमा हेरे होलान खोइ ?

    Reply
  16. पुष्प says:
    June 19, 2013 at 8:16 am

    केही वर्षअघिको एक ‘ज्याोतिष’ले मेरो हत्केला हेर्दै मेरो विवाह २८ वर्षमा हुने ‘भविष्यवाणी’ गरे; त्यसबेला मेरो उमेर ३० वर्ष भइसकेको थियो र मेरो बिहे ३३ वर्षको उमेरमा भयो । ती ज्योतिषी यिनै डाकसाब हुन् ।

    Reply
    1. Harke says:
      June 19, 2013 at 12:30 pm

      कामरेडहरु त ज्योतिषको पछाडी नलाग्नु पर्ने होइन र ? कसो पुकदालाई जस्तो “भैसी” पुजा गर्नु पर्छ चै भनेका रहेनछन….!

      डा. ज्योतिषले २८ बर्षको उमेरमा “गन्धर्ब-बिबाह” हुनेछ भनेका होलान कि…!

      Reply
      1. पुष्प says:
        June 19, 2013 at 3:15 pm

        पाङ्दुरे ज्योतिषीमा होइन ज्योतिर्विज्ञानमा मेरो अास्था छ । तर क्यार्नु ! सबै डाक्टर गतिला नभझैं सबै ज्योतिषी पनि गतिला हुँदैनन् ।

        Reply
        1. Pokhreli says:
          June 20, 2013 at 6:42 am

          सबै डा. गतिला हुदैनन् ……….भट्टराई लाई तिर हने जस्तो छ |

          Reply
          1. पुष्प says:
            June 20, 2013 at 10:55 am

            त्यो त आ-आफ्नो बुझाइ हो ।

            Reply
        2. Jeevan Thapa says:
          June 20, 2013 at 9:21 am

          भट्टराई अगतिलो होइन भट्टराई का आसेपासे अगतिलो भएर हो साथी…..

          Reply
          1. Lal says:
            June 20, 2013 at 8:09 pm

            आसेपासे खासे बाबुराम आफैले रोजेका हुन| उनी गतिला हुन भने घांटीबाट
            जबर्जस्ति अरुले कोचरेका होइनन केरे| आफुले मात्र नखाएर के गर्नु अरुलाई टन्न खान दिए पछि भोलि पर्सि सन्त भनेका भट्टराई जस्तो शरद सिङ्ग जस्ता कमाई गर्नेको घरमा बस्न पाउँछ| हवाई जहाजको टिकट किन्ने र बस्ने बन्दोबस्त अरुले गरिदिन्छ|
            सुर्य बहादुरले पनि तेही गरे छ पल्ट प्रधान मन्त्रि हुँदा| आफुले चै नखाएको जस्तो गर्ने तर आफ्नु सन्तान र आसेपासेहरुलाई आँखा चिम्लेर कमाउन दिने| गिरिजाले पनि तेही पोलिसी लिए|

            Reply
          2. madan bajracharya says:
            June 20, 2013 at 8:52 pm

            जीवनज्यु
            अगतिलो आसेपासेलाई तह लगाउन समर्थ व्यक्तिलाईनै नेता भनिन्छ/
            अन्याय गर्ने आफन्तनै भय पनि दण्ड दिन सक्नेलाई शासक भनिन्छ/
            बहुमत पायकको दल सिट सहमति गर्नेलाई नै लोकतन्त्रबादी भनिन्छ/
            सत्तामा पुगे पछि आफुले बिरोध गरेकैलाइ अंगाल्नेलाई गद्दार भनिन्छ/
            बिज्ञापन “मावो” को, कारोबार मधेशवादको गर्नेलाई मधेशबादी भनिन्छ/
            तराइमा “ग्रेटर बिहार” को गुरु योजना बनाउनेलाई मधेशबादी भनिन्छ/

            Reply
  17. shreeram trikaal darshi says:
    June 19, 2013 at 8:08 am

    तिमि को हौ हो बाजे यो ज्योतिष जान्ने अत्तो नथाप है ल …रड्डी हुन्छ है ल , ……..

    Reply
  18. prabin lama says:
    June 19, 2013 at 4:25 am

    क्या बोरिङ्ग यार नेपाली जगत अझै ढुंगे युग्मनै छ यार जाबो ज्योतिष मुल अर्काको भाबिस्स्ये भन्न सक्नेले उसको किन भन्न सक्दैनस हावा दारी

    Reply
  19. Nipesh Adhikari , Germany says:
    June 19, 2013 at 3:33 am

    अरु केहि होइन जोतिश बाजे लाई Dhishina ( vheti ) अलि कम भएछ ! veti थोरै बडाएर तोके को मिति मा चुनाब गर्ने हो कि ?

    Reply
  20. bhakta raj bhusal says:
    June 19, 2013 at 2:47 am

    अब जनता ले धेरै दुखका दिन कुर्न पर्दैन.केहि समयमा देस मा ठुलो परिबर्तन हुने संग्केत छ ! त्यो दिन मिलाउन सके देस का केहि नेता बाच्चन होइन भने झोली गुन्टा ठिक पारे हुन्छ.नेपाल मा भयका युवा ले केहि गरेनन पार्टी का पछि मात्र लागे अब बिदेसमा भयका युवा ले तेस्को नेत्रितो गरेर देस लाई निकास दिनको लागि ठुलो गृह कार्य भैरहेको छ.केहि समयमा बिदेस मा भयका कमसेकम एक लाख युवा नेपाल भित्रिने योजना बनेको खुलासा भयको छ.ति एक लाख युवा देसमा परिबर्तन नगराई बिदेस नफर्किने निर्णयका साथ नेपाल भित्रिदै छन्.देस मा भयका युवाले केहि साथ दिने छन्. त्यो हुने साथ नेपाल मा परिबर्तन निश्चित छ.यो अभियान मा तपाई सबैको भूमिका साथ रहोस यहि कामना.

    Reply
  21. bhakta raj bhusal says:
    June 19, 2013 at 2:38 am

    ज्योतिस मा हेर्ने तरिका अर्कै हुन्छ . नेपाल ले अब २०७३ साल मा गएर निकास पौने योग छ.राहु प्रचण्ड हुन् भने उल्का बैद्य हुन्.यिनको पनि समय सकिन्छ.यिनलाई जब संकटा ले छुन्छ तब यिनका दिन जान्छन .एक दिन जनताले यिनलाई पक्का छाड्दैनन.तेसैले तो दिन आउन धेरै दिन छैन.

    Reply
  22. panta says:
    June 19, 2013 at 1:38 am

    आखिर चुनाब भैहाल्यो भने पनि संबिधान त फेरि बन्ने होइन / फेरि खिचडी दलहरुको संबिधान सभामा केहि पनि सहमति हुनेवाला छैन / २०४६ सालको संबिधानलाइ केहि संसोधनका साथ लागु गरेमा समस्याको समाधान भैहाल छ /
    बेकारमा किन संबिधान सभा को चुनाब गर्ने / बरु सिधै प्रतिनिधि सभाको चुनाब गरेनै राम्रो /

    Reply
  23. भाई says:
    June 18, 2013 at 10:18 pm

    चुनाव त जसरि पनि हुन पर्छ नै, र एक न एक दिन त हुन्छ पनि.
    तर मङ्सिर महिनामा नै हुन्छ भन्ने त मलाई पनि लागेको छैन. र यति जाबो कुरो भन्न ज्योतिष पनि चाहिन्न, म नै भन्दिन्छु नि . शनि, राहू, केतु, मंगल, बुध, गुरु, शुक्र, सूर्य, चन्द्र, मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ, मीन…. कतै केहि मिलेको छैन . सरकार ले मिति तोकेन तोकेन भने भनेर एउटा डेट भन्देका मात्र हुन खिला बाजेले, चुनाव हुन गार्हो छ भन्ने त उनलाई नि थाहा छ नि. असार लागिसक्यो, ४ महिना मात्र बाँकी छ, यो क्लोजींग को महिना, हिसाब किताब राख्न परयो, एक महिना गैहाल्छ, अर्को महिना श्रावण, चाडपर्ब सुरु हुन्छ, कर्मचारी बिदा मा बस्न थाल्छन, भाद्र महिनामा पनि त्यहि ताल हुने नै हो, यता उता गर्दा गर्दै सक्किन्छ . त्यसपछि दशैं र तिहार मा दुइ महिना झ्वाम ! अनि कसरि हुन्छ चुनाव? यति छोटो गृहकार्य ले चुनाव गर्न सकिन्छ त? पहिला नै फागुन तिर मिति तोके चुनाव हुने संभावना पनि देखिन्थ्यो तर मंसिरमा तोक्नाले त झन् खिलाबाजे र उनका सेनाले सरकार को आयु ६ महिना लम्ब्याउने चाल मात्र चले .

    Reply
  24. vim limbu says:
    June 18, 2013 at 9:22 pm

    त्यै ज्योतिस को छोरिको जन्म कुन्डली आफै हेरी बिहे गरिदिएको बिहे त सफल भएन,त्यो ज्योतिसले भनेको पत्याउने, वाइयात्,तेस्ता ज्योतिसलाई त चादे दिएर धोकाको छेउमा राखी लात्ताले भ्वाक्क हान्नु पर्छ ।मुखमा हान्दिम जस्तो ।

    Reply
  25. मन says:
    June 18, 2013 at 9:11 pm

    ज्योतीष विद्यामा विश्वासै गर्नु हुँदैन भन्ने मेरो आशय र अडान होइन|
    तर हाम्रा र इन्डियाका बढेमानका ज्योतीषहरु धेरै पल्ट फेल खाएका छन्|
    नक्षत्र नहेरी पनि statistical analysis गरेर पनि भावी घटनाको सम्भाव्यताको प्रतिशत तोक्न सकिन्छ|
    हाम्रा जलवायु बिज्ञान बिभागले आज अधिराज्यको कंहि कंहि छिटफुट बर्षा हुने सम्भावना छ भन्नु र कसैलाई फलाना योग छ र हानी नोक्सानी हुन् सक्छ जोगिनू भन्नु उस्तै उस्तै हो| ज्योतिषी हरुले ज्योतिष बिद्यालाई गरिखाने भाँडो बनाउदै आएका छन्| झन् राजदरवार र आसेपासेहरु त् अन्धविश्वासको खेती नै गर्थे|
    नारायणहिटीमा २४० बर्ष देखिको बंश नै नाश हुने गरेर हत्याकाण्ड भए| यो ग्रह र त्यो ग्रह छ भनेर मात्र हुँदैन| यस्तो इतिहासमै ठुलो बिशाल घटनालाई इंगित गर्न सक्नु पर्थ्यो| राजदर्बारमा हानी नोक्सानी हुन्छ भन्ने राज ज्योतिषलाई हटाएर मंगल राज जोशीलाई राखे भन्ने सुनियो| ज्योतिषी पछिको भविश्यबाणीले पनि साधारण जनतालाई कन्फ्युज मात्र होइन अविश्वास तिर पनि डोहोर्याएको प्रष्ट छ|
    बढेनाम र बढेमानका ज्योतिष गुरुहरुले इन्डियामा राजीव गान्धीको हत्या हुन् एक महिना अघि मात्र उनले चुनाव जितेर संघर्ष गर्न पर्ने हुन्छ भनेर भविश्यबाणी गरेका थिए|
    दरवार हत्याकाण्ड पछि राज ज्योतीषलाई पहिले केरकार गरेर सुबिधाको जागिरबाट हटाईंन पर्थ्यो तर त्यसो भएन| टुँडिखेलको सुगावालाले पनि महाराजको ज्यानलाई खतरा छ भनेर भन्न सक्थ्यो|
    त्यसैले, ज्योतीषले भन्यो भन्दैमा चुनाव नहुने होइन| अहिलेको स्थिति हेर्दा चुनाव हुन् नसक्ने र नदिने धेरै व्यवहारिक कारणहरु छन्| नेपाली जनता चेतनशील र जागरुक भएर लोकतान्त्रिक पद्धति प्रति समर्पित भए चुनाव नहुने र त्यो पनि स्वतन्त्र र स्वच्छ वातावरणमा हुन् नसक्ने भन्ने कुरै छैन|

    Reply
    1. samrat~ says:
      June 19, 2013 at 3:56 am

      भन्ने नै हो भने राजा बिरेन्द्र को साइ बाबा संग घना सम्बन्ध थियो..सबै ले भगवान मान्ने मान्छे ले तेत्रो बंस बिनास हुन् लागेको आफ्नो घनिष्ट सम्बन्ध भएको राजा लाइ कुनै सुइँको नै दिन सकेन. अहिले दुवै जना चट. बरु भगवान को कोठा वाट सुन जव्हारात एक ट्रक जति निस्कियो रे भन्ने सुने थे.

      यो जोतिस सोतिस भने को पनि गरि खाने भाडो हो..जस्तै हाम्रा ब्राम्हण पुरोहित हरु ले भगवान लाइ खुसि पार्न खसी बाख्रा रेटेर सास्ती हुने गरि रगत उछितिने गरि काटे भने दुर्गा खुसि हुन्छ भने जस्तै हो..येदि हाम्रो धर्म मा सबै जीव जन्तु हरु इश्वर को सन्तान मानिन्छ भने अब भन्नुस तपाइँ हरु कि तेही इश्वर ले आफ्नो सन्तान को घाती रेटेर मलाइ चढा भन्ला त??? यो २१सौ शताब्दि मा येस्ता कुरा पत्याउनु र सुन्नु नै समय को दुरुपयोग हो. हे पापी मनुस्ये हरु आफ्नो मांसाहारी इच्या भोग गर्न तिमि हरु किन भगवान को नाम मा पशु पन्छी भोग दिञ्छोउ तर घर ल्याएर आफै स्वाह गर्छोउ? बरु मासु खाने इछ्या रख्चोउ भने मिट पसल मा गएर खुरुक्क किनेर खाए भै हाल्यो किन भगवान को नाम मा पशु पन्छी लाइ अन्याय हुने गरि रेटी रेटी मार्नु पर्यो. तेसैले होला त्यो हलाल गर्ने मुसलमान अनि भगवान को नाम मा रेट्ने नेपालि हरु ले सधै दुख पाई रहेको. तेसै भन्छ नेपाल लाइ सति ले सरापेको देश भनेर? सति मात्र हैन त्यो सबै सास्ती खाएर रेटिएको पशु पन्छी ले पनि सरापेको देश हो नेपाल. ..नेपालि हरु अहिले तेही पशु पन्छी सरह अरब को रेगिस्तान मा घिटी घिटी गरेर बाच्नु परि रहेको छ अहिले.

      Reply
  26. chandra says:
    June 18, 2013 at 9:03 pm

    ज्योतिषि बाजेले पनि चुनाब नचाहने नेताकै बोलि सापट लिएर बोले जस्तो छ . यस बापत तपाइले के पाउनु हुञ्छ महोदय ?

    Reply
  27. Tanka Kafle says:
    June 18, 2013 at 8:47 pm

    चुनाब हुदैन भन्न ज्योतिसी नै चाहिदैन ,त्यो त सब नेपाली लाई थाहा छ

    Reply
  28. trilok says:
    June 18, 2013 at 8:45 pm

    चुनाब हुन्दैन भनेर भबिष्यवानी गर्न ज्योतिषी नै किन हुनु पर्यो नि . तेस्तो भबिषयबानि त भक्खर जन्मेको बच्चाले पनि गरिदिन्छ.

    Reply
  29. Bishwo Lama says:
    June 18, 2013 at 8:40 pm

    ग्रह, नक्षेत्र सक्षेत्र केहि हैन यी बाठा स्वघोषित ज्योतिषले दलहरु र तीनका नेताहरुको चाल हेरेर भनेका हुन्, नत्र यी ज्योतिष मा तेत्रो ग्रह दशा भविष्य बताउन, दशा पन्छाउन सक्ने दम भै दिएको भए भने नेपालको भविष्य बिग्री रहदा के हेरेर बसेको? नेपाली हुनुको कर्तब्य पुरा गर्नु पर्दैन ? यो अरु केहि हैन –
    ” कुरा मिल्ला जस्तो भाको थियो ढिकी च्याउले ठ्याम्मै बिगार्यो ” भन्या जस्तै हो /

    Reply
  30. Prakash Tiwari says:
    June 18, 2013 at 8:35 pm

    निहायेत सरिफ लोग है , झगडा तक नही करते – मिर्जा गालिब
    शक्ति र सम्पतिको अगाडी लम्पसार पर्ने चाकरीबाजको, शामन्तको अगाडी हो मा हो मिलाउने सभामा उपस्थितको बयान येसरी गरेका छन् सायर गालिबले / नेपालमा पनि येस्ता
    “सरिफ लोग” भिडले ५ वर्ष केहि नगरी गरिब नेपालीको करले तिरेको भत्ता पचाए / तीन रात जोरोले थलिदा निपर्सिपल्ट काममा जादा बेरोजगार हुनुपर्ने नेपालीको करले धानेको नेपालका नेताको खर्च जति काम नगर्दा पनि बहाली गर्नु पर्ने घजबको नेपाल / चुनाव होस् या नहोस तर एउटा कुरा चै पक्का छ – यो चुनाब नेपालीको लागि कागलाई बेल पाकेको जस्तो नै हो / ज्योतिसिको कुरा भुमि शेरचनको टुक्का – “ट्रकको पांग्रामुनि कुल्चिएर मर्यो त्यो ठिटो , उसको हातको रेखा लामो थियो रे ” भन्दा फरक छैन /

    Reply
  31. गगने says:
    June 18, 2013 at 8:15 pm

    देशको यो हबिगत हुनुमा झाक्री,बैध्य र जोतिशिको त मुख्य कारक हुन्!
    हुन सक्दैन भन्ने र हुन दिन्नौ भन्ने दुइ को कर्तुत र सोचनै यो देशको सबैभन्दा ठुलो ब्याबधान र बाधक हुन्!
    ज्योतिषीले अब ग्रह नक्षत्र हेरेर अड्कल काट्नु भन्दा समय र आबस्यकतालाइ हेरी बुझी सकारात्मक भयर भबिष्य हेर्नु पर्दछ!
    ग्रह नक्षत्र यहा केहि गर्न आउदैनन! ति आफ्नै ठाउमा घुमी रहन्छन र आफ्नो शक्ति तेती आफ्नै ठाउमा प्रयोग गर्छन यहा चुनाबमा अबरोध गर्न र रोक्न आउदैनन! चुनाबमा अबरोध गर्न भाँजो हाल्न त धर र आधार नभयका हार्छु भन्नेर पक्का भयका जनाधार र जनमत नभयका, देशको लागि एजेण्डा योजना कार्य अनि बिश्वाश केहि नभयका हरु ले गर्ने हो अनि तिनीहरुलाई साथ् दिने बल पुर्याउने आदि कार्यचाही यस्तै मार्काका ज्योतिषीले हो जो आफ्नै भबिष्य जान्दैनन्!
    यदि बाढी पहिरो चट्याङ्ग हिमपात आधि हुरी आदि प्रलय भयर चुनाब रोकियो भने कुरो अर्कै र भनौला हो ग्रह नक्षत्र आदिले नै रैछ भन्नुपर्ला र तेसो भय फेरी नेपाल भरि हुने सम्भावना हुदैन, केहि क्षत्र हरुमा होला र तेहा चुनाब फेरी गर्नुपर्ने होला!
    तर बेतुकको बैद्यले अवारोध गर्नालाग्यकुरालाई बल पुर्याउन ग्रह नक्षत्र देखाउने यो जोतिशी लाइ बैद्यको लंगौटि त भन्नुपर्ला नि!
    चुनाब हुन्छ भन्नुअर्छ सबैले र चुनाबमा सबै नेपालि सहभागी भै आफ्नो मत दियर देशको समस्या फर्छ्यौट गर्नुपर्छ!
    यहि हो आकाश गंगाले तोकेको भबिश्यबाणि!
    र यहि हुन्छ!

    Reply
  32. James Rajendra says:
    June 18, 2013 at 7:49 pm

    ज्योतिषले भन्दै मा हुने र नभन्दै मा नहुने भयत संसार नै उथल पुथल भैहाल्थ्यो नि कि कसो ?

    Reply
  33. राम चन्द्र says:
    June 18, 2013 at 7:34 pm

    अरुको भबिस्य यस्तो र उस्तोभन्दै हिंड्नेजोतिस बाजे को भबिस्य चाँही के होला कुन्नी ? पालो आउँला अब को प्रधानमन्त्री मै हुन्छु भन्दिये पनि हामी सोजा जनता पत्यार मानि बस्छौ नि ।

    Reply
  34. dharmendra says:
    June 18, 2013 at 7:17 pm

    पहिलेको ज्योतिष हृशिमुनी ,अहिलेको ज्योतिष शिशिमुनी !!!
    बैध्यले टन्न ख्वायो होला क्यारे अनि चुनाब हुन्न भन्दै हिड्यो ,,

    Reply
  35. prabesh says:
    June 18, 2013 at 7:11 pm

    जुनसुकै बार भयता पनि मंसिर १,२,३,४,८,१७ र २६ गते चुनाब हुन् सकिन्न यदि चुनाब भयता पनि बढीमा ६ महिना सरकार टेक्नेछ ६ महिना पछि पूर्ण रुपमा सरकार ढल्ने छ नया जन क्रान्ति देशमा हुने छ यी माथिका गतेहरुमा शनि र राहुको योग मिलेको छ। ८,१७ र २६ गते काल योग भयकोले देश दुर्घटना हुने छ !

    Reply
    1. pra jit man says:
      June 20, 2013 at 5:05 am

      उफ …… फेरि अर्को फेद न टूप्पाको ज्योतिस निस्क्यो……सकिएन प्रभु नेपालीहरुसंग ……….

      Reply
  36. Badlido Aakash says:
    June 18, 2013 at 6:35 pm

    सुनिल शर्माजी तपाई पनि आए आप गए झट्टारो भनी जस्तै, चुनाब भएत फेरी अर्को भाबिस्यबानी गर्नु हुन्छ होला राहुलाइ सायद नक्षत्र मा ट्राफिकजाम भएर अलिक छिटो प्रस्थान गर्नु परेछ .. चुनाब भएन भनी चाइ तपाइको दिन आउला जस्तो लग्यो मलाई .तर पुरा देशको चुनाब को लागि कोशिस हुदै गरेको बेलामा पहिले नै निराशाबादी भाबिस्यबानी गर्नु चै ठिक लागेन /

    Reply
  37. Basanta Thapa,Maryland,USA says:
    June 18, 2013 at 6:25 pm

    कुनै पनि बिद्याको कुनै पनि घटना लाइ हेर्ने ,बुझ्ने र भन्ने फरक हुन्छन नै \अब राजनीति अलि अलि बुझेको र भोगेको साधारण नेपालीको तर्फ बाट भन्ने हो भने जसरी पहिलेको माओबादीले २०५० या ५२ मा एकिन भएन धेरै सुत्रिय माग काग्रेस एमाले को अगाडी राख्दा त्यस बेला आ ..यी मुठ्ठी भर व्यक्ति हरु भएको पार्टीले राखेको माग हो भनि उनीहरुका जायज हुन् या नाजायज माग नसुनेको र ए हामीले केहि त गर्ने पर्छ जनताको लागि भनि आफु ले पनि नबुझी काम नगर्दा कस्तो स्थितिको सामाना गर्नु पर्यो र ति मुठ्ठी भर ठानिएको शक्ति कति ठुलो शक्ति बनि निस्कियो भन्ने कुरा अझै पनि हालका भोग्ने र हुने राजनैतिक शक्ति र नेता हरुले बुझे जस्तो लागेन या उनीहरुका जायज माग सुन्दा र पुरा गराउदा आफ्नो अस्तित्वमा दाग र सरम लाग्ने भाब ले नया माओबादी र यसका गठबन्धन का आवाज नसुनेका र शान्ति पूर्ण तरिका ले समाधान गर्न नचाहेका हुन् जस्तो लाग्छ \यदि यस्तो भैराखेको हो भने देश फेरि अशान्ति र गृह युद्धमा जादै छ \ हिजो प्रचण्ड माग राखी जन युद्ध मा गए जस्तै भोलि बैद्य र अन्य प्रचण्ड ,काग्रेश ,एमाले बिरुद्ध जानेछन \ यी कुरा लाइ ध्यान मा राखी उनीहरुका जायज माग सुनी राजनैतिक गोलमेच (सहमतीय बार्ता ) बाट समाधान निकाल्ने कि चुनाब बाट यो गर्नु जरुरि छ होइन भने नेपाल फेरी ठुलो अराजकतामा फस्नेछ \त्यस बेला प्रचण्ड बाबुराम ,सुशील देउवा .झलनाथ ओली गछ्यदार अनि बैद्य गुरुङ कोहि पनि रहने छैनन् मात्र रगत र लाश मात्र रहनेछ र नया निरंकुसता बाध्य भै निस्कने छ जसको लागि नेपाली जनता र बिदेशी शक्ति पनि बाध्य हुनेछ \ यो साधारण नेपालीको भबिस्यबानी हो \ आखिर प्रजातान्त्रिक प्रकिया र सार्भभौमिक शक्ति जनताको फैसला को नाम मा फेरी ६०१ जनाको भिड जम्मा गरि डाका ,हत्यारा ,जाली ,स्वार्थी, अयोग्य र बिदेशी टट्टू हरुको पुन भिड किन जम्मा गर्नु पर्यो ? समस्या उहिका उही रहने गरि चुनाब किन गराउनु पर्यो ? राजनैतिक सहमतिमा संविधानका धारा फेर्न हुने ,गणतन्त्र पास गर्न हुने ,कर्मचारीलाई प्रधान मन्त्रि बनाउन हुने अनि राजनैतिक सहमतिबाट सबै लाइ हुने संबिधान बनाउन नहुने ? नसक्ने ?यदि प्रजातान्त्रिक प्रकिया र सार्बभौम जनताको कुरा गर्ने हो भने जनताको मत र प्रजातान्त्रिक प्रकिया बिना कसरि राजतन्त्र हटाइयो र गणतन्त्र ल्याइयो ? यो बिधि सम्पन्न भयो ? के शक्ति छ भन्दैमा यसो गर्न मिल्ने र यो बैधानिक हुने ?को भन्न सक्छ ,कसले ग्यारेन्टी दिन सक्छ चुनाब पछि बन्ने पार्टीले सबैलाई समेट्ने र हुने संबिधान दिन सक्छ र बनाउछ भनेर ? कोही छ यसको ग्यारेन्टी लिने ? जनताको रगत र जिबन संग होली खेल्ने ब्वासाहरु ! देश त ध्वस्तै पारि सक्यौ नि अब तिमीहरु ध्वस्त हुन् मात्र बाकि छ \ देश ले त्यहि चाहिरहेको छ \तिमीहरुका महल ढल्नु छ \तिमीहरुका स्वर्ग ढल्नु छ \तब मात्र नेपाल र नेपालीको सुन्दर भबिस्य बन्छ \

    Reply
  38. achut says:
    June 18, 2013 at 6:15 pm

    “शुक्रबार बंश नास गरे ‘आदि काल’ सम्म राजा हुने योग छ” भनेर ज्ञान बाबु लाई नि भनेका थिये’रे फ़ुस्स्स्स्स/

    Reply
  39. samar says:
    June 18, 2013 at 6:05 pm

    मर्दको छोरो भए भनेको कुरा गरेर देखाउनु नि…. जाबो गफ त प्रचण्डले नि त दिन्छ केरे……!!! खिरारेले के गर्छन हेरौन ..

    Reply
  40. शशांक लामा, न्युयोर्क says:
    June 18, 2013 at 5:50 pm

    यी मुलपानी चुहानडांडाका सिटौलाले आफ्नै थातथलो आठराइको भविश्यबाणी त गर्न सक्या छैन, नेपालको जोखाना हेर्नु त त्यतिकै हो| धार्मीक कुराहरुमा राहु र शनि का कुरा झिकेर मानिसलाई अल्मल्याए रे लौ, यो राजनीतिमा कहाँ बाट आयो राहु ? नेपालमा हुने चुनावको चिना उनीसंग छ कि क्या हो ?

    Reply
  41. bhakta says:
    June 18, 2013 at 5:44 pm

    जोतिशी लाइ हैन बैद्ध्य लाइ सोध चुनाब हुन् दिन्छौ दिन्न भनेर ,,,,,, जन आन्दोलन को बेला खुंखार चिनो बनाउने हेर्ने ज्योतिषी आफ्नै घरमा बम पड्कने कुरो खुट्याउन नसक्दा ठुलो नोक्सान बेहोरेको यहो आखाले देख्या हो /

    Reply
  42. nischal says:
    June 18, 2013 at 5:01 pm

    सुरुमै नकारात्मक सोच राखेर काम गर्ने नेपालीहरुको बानि छ. येस्तो हुँदैन, उस्तो हुँदैन भनिहाल्छन अनि नानाथरी सुझाब दिन सुरु गर्छन. एउटा ले नया कुरो गर्यो भने अर्को ले तेस्को सकारात्मक पाटो हेर्दै हेर्दैनन्. कता कमजोरी छ खोट देखाउन थालीहाल्छन्. नेपाली राजनीति को चरित्र हो यो, येही चरित्र ले चुनाब नभएको हो. बाँकि रह्यो ज्योतिसी को कुरो उनीहरु त माहौल हेरेर ठोकुवा गर्छन. येही माहौल हुने हो भने त लाटो ले पनि चुनाब हुन्न भन्छ.

    Reply
  43. Nirmal B. says:
    June 18, 2013 at 5:00 pm

    पण्डित ज्योतिसी बहिस्कार गरोउ . धर्ममा होइन ”कर्म वा काम” मा भर, बिस्वास गरोउ . पशुपतिमा त भारतीय पण्डित बिना पुजा नचल्ने यो देसमा साएद चुनाब भएमा भारतको स्वार्थ हित भन्दा नेपालको फलिफाप हुने भएर होला पण्डित त्यसरी बकेको! हाम्रा सहिद राजा हरेक बक्तब्य को पछाडी ”पशुपतिनाथले हामि सबैको कल्याण गरुन” भन्थे तर खै उनको परिवार नै नास गरिदा ……………………….. त्यस कारण लटरमम फलेको आपको रुखमुनी आँ मुख खोलेर बस्दा मुखमा आप पर्दैन हो. येस्तई हो ज्योतिस को कुरामा भर पर्नु पनि , मलाइ दसैमा टिका लगैदियेर ठुलो मान्छे हुनु , भाग्यमानि हुनु भनेर मान्यजनले भन्नु भाथियो , तर खोइ भाको ???

    Reply
  44. pradeep says:
    June 18, 2013 at 5:00 pm

    ज्योतिस कतिको सहि छन भन्न येति बुझे हुन्छ
    -के फरक छ ज्योतिस शात्रको prediction र Statistics prediction मा?ब्येबहरिक रुपमा

    अनि जीवनजी ले भने जस्तो प्रश्नको उत्तर सोध्नुहोस डाक्टर सबलाई -“डा. सुनील शर्मा सिटौलाको भबिस्य कस्तो चल्दै छ ?”

    Reply
  45. द्रोण says:
    June 18, 2013 at 4:40 pm

    जनताको कर को पैसा चुस्न नपाएर मावोबादी भित्रको क्रान्तिकारी बनेको उडुस बैद्द्य , कलंकित घुस खोर गुप्ता लाइ आफनी घर मा स्वास्नी ले त् भनेको बेला मान्दिन होला
    चेतन सिल नेपालि जनता लाइ झुक्क्याउन हिडेको छ |तिनले चाहेर घर मै पनि आन्दोलन न हुन् सक्छ छोरा छोरीले लाठो ले ठोक्न बेर छैन ,
    मावोबादीको सहर घेराउ आन्दोलन फेल खायेबाट के पुस्टि हुन्छ भने नेपालको निर्णायक आन्दोलन मा बिदेसी हरु बिसेस भारतीय को हात छ ,
    हेरौ त्
    —-४६ साल मा मरिचमान-बिरेन्द्र लाइ बहुदल मा जान बाध्य पार्न नेपालको को भुपरिबेस्टित अबस्थाको को फाइदा उठाउदै नाकाबन्दी गर्दियो , सारा देश ठप्प पार्दियो आन्दोलन सफल भयो भनेर नेपालीले जुलुस चै निकाले

    —गणतान्त्रिक आन्दोलन मा पनि १२ बुदे देखि ठुलो भूमिका खेल्दै राजालाई एक्लो बनायो , ज्ञानेन्द्र ले केहि न लागेर अब नसक्ने भयो भनेपछि गान्धी बादी बाटो अगाल्न बाध्य भयो , इन्डिया ले ठाडै देश कब्जा मा लियो ( अब प्रधान मन्त्रि बन्न दिल्ली नै धाउनु पर्ने ,बा उसैको निर्देशन पर्खन पर्ने भो )

    —-

    Reply
  46. sushi says:
    June 18, 2013 at 4:03 pm

    जोतीषहरुलाई नै उनीहरुको भबिष्य नै थाई छैन भने अरुको भबिष्य कसरि भन्न सक्छन त्यो चै अचम्मको कुरो छ आज को युग मा / जहाँ बिज्ञान ले यति लामो फड्को मारेको बेलामा / के भन्ने यिनलाई/ अझै पनि यिनको पछाडी हिड्ने हिड्यो भने अब चै नेपाल उही शताब्दी पछाडी जाने छ/

    Reply
  47. ritika says:
    June 18, 2013 at 3:48 pm

    यो ठग हो / येस्ले माधव नेपाल प्रधान मन्त्रि यो जनम मा हुन्न भनेर भनेको थियो / मलाई भनेको त कै कुरा नि मिलेन मेरो पैसा मात्र खायो /

    Reply
  48. Mohan Subba says:
    June 18, 2013 at 3:40 pm

    केहि वर्ष अगाडी एक जना ज्योतिसिले बिहान ५ बजे सम्ममा काठमान्डू मा ठुलो भुइचालो आउछ भनेर हल्ला मचाएको थियो / त्रसित जनताहरुबाट बिहानको ५ बज्दा नबज्दै ति ज्योतिसी बा लाइ धोबी धुलाई दिएर प्रहरी कार्यालयमा जिम्मा दिएको पो यध आयो मलाई त!

    Reply
  49. Karbir says:
    June 18, 2013 at 2:39 pm

    चुनाव भय के ? नभए के ?

    Reply
  50. उपासक उदास says:
    June 18, 2013 at 2:29 pm

    वास्तव मा चुनाव त मात्र एक साधन न हो . साध्य त जन पक्षीय सम्विधान को निर्माण हो भन्ने कुरोमा कसैको विमति छैन होला. उसो भए अरबौं रुपिया खर्च गरेर केहि उपलब्धि नहुने ‘सम्विधान सभा’ को लागि किन यत्रो मरिहत्ते गर्नु परेको यी असफल दलहरुलाई !…
    ३०,४० वा ५० जना जति सम्विधानविद्हरु लाइ उचित मान, सम्मान र उपदान दिएर केहि महिना भित्र नै सर्वमान्य सम्विधानको प्रारूप तयार गरे कसो होला ?…श्रम , समय र साधन को मितव्ययिता को लागि मात्र होइन कि असन्तुष्ट दलहरुलाइ पनि यसरी गरे चित्तबुझ्दो हुने सम्भावना धेरै देखिन्छ.

    Reply
  51. shailen says:
    June 18, 2013 at 1:53 pm

    चुनाव नभई के हुन्छ त? वाइयात ज्योतिष।

    चुनाव भए पो नेताहरुले पनि जागीर पाउँछ।

    Reply
  52. resham says:
    June 18, 2013 at 1:37 pm

    चुनाब हुदैन भनेर त साधारण मान्छे ले पनि अनुमान लगाउन सकिन्छ जब सम्म बैद्य बाजेले अत्तो थप्न छोडदैनन् ./ आफ्नो भबिस्य थाहा गर्न नसक्ने ले देशको भबिस्य बताउने ठेक्का चै लिनु हुदैन है / भोलि ठ्याक्कै चुनाब हुन पनि सक्छ यदि बैद्य ले सहमति जनाए भने होइन भने चुनाब हुदैन भन्ने त अहिले सबैले नै थाहा लागि राको छ नि कि कसो?

    Reply
  53. Nabin Adhikari says:
    June 18, 2013 at 1:24 pm

    मलाई त हास पो उठो ज्योतिषको कुरा सुनेर — तेत्रो दिल्ली दरबार का मालिकहरु बाट चुनाब हुन्छ भनेर घोसणा भई सको ज्योतिषले भने र हुन्छ ?

    Reply
  54. Nsh says:
    June 18, 2013 at 1:02 pm

    वैद्ध्य पक्षका हुन् जस्तो छ ज्योतिष बाजे!

    Reply
  55. Dhruba says:
    June 18, 2013 at 12:48 pm

    चुनाब भए भोट हाल्नु पर्छ

    Reply
  56. Bibek Dhakal says:
    June 18, 2013 at 12:39 pm

    निकै पहुच वाल ज्योतिष जस्ता छन् / यिनको वेबसाइटमा पुरानो पोस्टहरु हेर्दै थिएँ, कति त ठ्याक्कै मिलाका रहेछन/ जस्तो असारमा चुनाब नहुने भनेर पनि यिनले भाविस्यवानी गरिसकेका रहेछन – आखिर मिलेरै छोड्यो / त्यस्तै ” ऐश्वर्य र अभिषेक को छोरी हुने”, ” सुर्यग्रहण कहिले पर्ने” भनेर गरेको भविश्यवाणि त फरकै परेन
    गम्भीर कुरा त के छ भन्दा यिनले भुइचालो को बारेमा भाविस्यवानी गरेका छन् – अब को ३ महिना मा संसारमा ठुलो भुइचालो जान सक्छन रे . नेपाल मा पनि जुन वा जुलाई मा ठुलो भुइचालो जाने सम्भावना छ रे- तर यो पोस्टमा चाही माथिको पोस्ठरु जस्तो “will” को सत्ता ” would” र ” could” प्रयोग गरेका रहेछन/ सायद अझै केहि गणितिय हिसाब गर्न बाकि हो कि? ? 😀

    Reply
  57. rajesh says:
    June 18, 2013 at 12:28 pm

    जे गर्दा पनि ज्योतिषीकै भर पर्ने नेपाली नेताहरु अब दगं पर्ने भए नि तर हाम्रोतिर एउटा उखान छ नि ज्योतिषीकी ………. राण डाक्टरको गलगाड सबैलार्इ बुझाउनु पर्छ अहिल्यैदेखी नकारात्मक कुरा गर्नुभन्दा अलि सकारात्मक सोच राख्ने हो की

    Reply
  58. shailen says:
    June 18, 2013 at 12:27 pm

    ज्योतिसिको हावा भबिस्यबाणी गलत साबित भएमा कारबाहीको चाही बेबस्था छ कि छैन होला? येस्ता त्रिसुलबाबाहरुलाई कुट्नु पो पर्छ धेरै जान्ने भैटोपल्यो भने !

    Reply
  59. Jeevan Thapa says:
    June 18, 2013 at 10:51 am

    डा. सुनील शर्मा सिटौलाको भबिस्य कस्तो चल्दै छ ? उनि तेसरी सबै कुरा ठोकुवा गरेर भन्ने भए तिनको जिन्दगि त फलिफाप नै होला… एस्तो ठोकुवा गर्न सक्ने ले ग्रह दशा कटाएर हुन्छ कि के के गरेर हुन्छ नेपालको प्रधानमन्त्री नै बन्न नमिल्ने रहेछ?

    Reply
  60. Mk says:
    June 18, 2013 at 10:41 am

    “दुर्घटनामा परि मरेको मान्छे को हातको रेखा हेर्दा आयु रेखा लामो थियो रे”-
    कुन्चाही कवि ले भने झैँ, ज्योतिष विज्ञान सधै नमिल्न सकछ र नमिले देश ले निकास र विकास पौथियोकी, अब आएन्दा , साएद /

    Reply
    1. Prakash! says:
      June 18, 2013 at 8:12 pm

      भारी ट्रकले थिचिएर
      मर्यो एउटा कलिलो केटा
      हात खोलेर हेर्दा
      आयु रेखा लामो थियो |
      —भूपी शेरचन

      Reply
      1. Mk says:
        June 19, 2013 at 1:06 am

        कविता को लेखक बारे प्रकाश पारिदिनु भएको मा प्रकाश ज्यु लाई धन्यवाद /

        Reply
  61. Raju Rana - Mahendra says:
    June 18, 2013 at 10:35 am

    होइन मलाई त – खासै चासो लागेको छैन — काग लाई बेल पाक्यो हर्ष न बिष्मात भने झैँ गर्ने केहि नि होइन इनि जोइ तिन्ग्रे हरुले….बरु बाढी पिडित हरु को सहयोग को लागि सोचिदिए उपकर हुने थियो. माइलो दाई ले सबै बाध जति खोलेर हाम्रो तिर सोझाई दिय – अनि त उनका बिरुद मा कुन पण्डित ले बोलिदिने

    Reply
  62. shailendra Baral says:
    June 18, 2013 at 10:13 am

    पण्डित धेरै भएर देस बिग्रिएको हो . ज्योतिषीले जान्ने भए ज्योतिषीको छोरी विदुआ हुने थिएनन् होला, कि कसो

    Reply
  63. sandip kharel says:
    June 18, 2013 at 9:30 am

    चुनाब गराई छाडेर पनि के गर्नु र ,तिनै ब्वासा हरुलाई फेरी देश लुछ्न पठाउने त हो नि ! त्यसैले अब राजा को पुनर्बहाली गरेर देस लाई नया निकास दिनु बुद्दिमानी हुन्छ !अब यी नेताहरुको भर पर्नु भनेको सपनामा खोले खानु जस्तै हो !

    Reply
  64. ram sharma says:
    June 18, 2013 at 9:16 am

    खिला राज ज्योतिषी ले त हुन्छ रे !! अर्का पण्डित पुष्पकमल पनि हुन्छ भन्छन . हेरुम के हुन्छ ?

    Reply
  65. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    June 18, 2013 at 9:12 am

    ज्योतिषको कुरा स्वाट्टै पत्याउने कुरा त आएन तर उनीहरुको पनि एउटा तरिका छ, बिज्ञान छ , जो परापुर्ब काल देखि बिकसित हुदै आएको छ, तेसैले एस्लाई पनि एउटा ठाउँ त दिनु पर्छ | यसै गरि सरकारले पनि चित्त नबुझेका पार्टीहरुको टोलिका कुरा पनि सुनेर, उनिहरुका जाहेज मागलाई गम्भीरताका साथ सुनेर, सबैजना मेल मिलाप हुने बातावरण निर्माण गर्नु पर्छ | चुनाब अघिनै यसरी विभाजित हुने, राम्रो माहोलको सिर्जना नहुने हो भने, एउटा कित्ता जुनाबमा नजाने हो भने, चुनाब को औचित्य नरहन सक्छ | सबैजना मिलेर गरेको चुनाबबाट आएको संबिधानसभा बाट त संबिधान आउन सकेन भने, चुनाब कसले र कसरी गर्ने भन्ने कुरामा बिमति र बिरोध भै रहदा गरेको चुनाब बाट आउने संबिधान सभाले के संबिधान ल्याउन सक्ला ? तेसैले अहिले तत्काल ठुला ठुला पार्टी ले पेल पाल गरेर चुनाब नै गरिहाले नि , कालान्तरमा त्यो फलादयेक नहोला भनेर सोच्नु पर्ने हुन्छ | चुनाब गर्दा राष्ट्रको खरबौ पैसा खर्च हुन्छ, अनि सभासद्का तलब, आदि इत्यादिले देशलाई ठुलो भार पर्छ, अनि संबिधान पनि आएन भने , फेरि उही हात्ती आयो हात्ती आयो फुस्सा होला | आशा छ ठुला साना सब पार्टीले मिलेर जाने छन्, देशमा उत्साह साथ चुनाब हुनेछ, यसपाली को संबिधान सभाले तलब र भत्ता मात्र पचाएर जनतालाई ठगि गर्ने छैनन् | धन्यवाद |

    Reply
  66. Bidur says:
    June 18, 2013 at 8:24 am

    बैद्ध माओबादी ले ल अब चुनाब मा भाग लिने भन्यो भने यो ज्योतिषीले एकदम राम्रो साइत छ भन्छ , अहिले को अबस्थामा चुनाब हुन गारो छ भन्ने त सबैलाई थाहा छ नि

    Reply
  67. vishwa malla says:
    June 18, 2013 at 8:22 am

    राम्रो त हुन्थ्यो होलानी तर ज्योतिष ले तेसो भन्दिए पछि त झन् सजिलो नि सरकार लाई किन भने नेपालीहरु ज्योतिषको पछाडी धेरै अन्धा भएर पछि लाग्छन नि .

    Reply
  68. kusal says:
    June 18, 2013 at 8:03 am

    चुनाब भए पो के, नभए पो के? जो आए पनि कुरा त्यै हो, रह्यो कुरा ज्योतिष को, त्यो त नेपाल मा जे भने पनि हुन्छ, सबै पुग्छ. अर्को महिना पनि नेपाल बन्ध हुन्छ भने पनि पुग्छ, loadshedding बढ्छ भने पनि पुग्छ, खाने पनि आउदैन भनेपनि पुग्छ….

    Reply
  69. ryan says:
    June 18, 2013 at 7:49 am

    चुनाब हुन्छ भन्दा बार बर्समा स्वास्नी भेटे जस्तै खुसि लागेको छ कहाँ बाट आयो एस्तो लाखे फेरि

    Reply
    1. Bibek Dhakal says:
      June 18, 2013 at 12:44 pm

      यो आर्टिकल पढ्दा चाही ” १२ बर्समा स्वास्नी भेटाको …यै बेला मलाइ जोरो आको” जस्तो भो कि क्या हो?

      Reply
  70. sekhar says:
    June 18, 2013 at 7:44 am

    चुनाब को चिना छैन, हात छैन अनि हस्त रेखा पनि छैन कसरी हेर्छ जोतिस ले भबिस्य ? सनी र राहु भनेको प्रचण्ड र बैध्य हुन्. उनीहरु नमिले पनि चुनाब हुन्छ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme