Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माइस‍ंसारको ब्लगले झण्डै देशनिकाला

Posted on June 15, 2013June 15, 2013 by Salokya

कतारकी राजदूत मायाकुमारी शर्माले माइसंसारमा लेखिएको एक ब्लगका कारण दीपक भेटवाललाई झण्डै देशनिकाला गराएको खुलासा भएको छ। उनले त्यहाँको सरकारलाई भेटवाललाई देशनिकाला गर्न पत्राचार गरेकी थिइन्। गैरआवासीय नेपालीको दबाब र सरकारको निर्देशनपछि मात्र उनले आफ्नो निर्णय फिर्ता लिएकी थिइन्। कतारको विदेश मन्त्रालय, कन्सुलर विभागलाई मे १ मा लेखेको पत्रमा भनिएको थियो- ‘कतारको २८१५२४१०४०० नम्बर परिचयपत्र वाहक नेपाली नागरिक भेटवाल नेपाल सरकाविरुद्ध दोहामा कथित नेता भइरहेका छन् । हालसालै उनले दोहास्थित नेपाली दूतावासविरुद्ध लेख लेखे जसमा महामहिम राजदूतको व्यक्तित्वको आलोचना गरिएको थियो। त्यस लेखमा उनले तलब नपाएका मजदुरलाई सम्बन्धित कम्पनीमा हडताल गर्न उकासेका छन् । यदि उनीमाथि कुनै कारबाही गरिएन भने तिनीहरू (मजदुरहरू) ले आगो लगाएर आत्महत्या गर्न सक्छन् ।’ के लेखेका थिए त भेटवालले ? पढ्न यहाँ क्लिक गर्नुस्।

यस्तो थियो ब्लग

के हामी आत्मदाह गरौँ?

-दीपक भेटवाल-

doha उता मुलुकमा राजनीतिको सपना-खेतीबाट वाक्क भएका सर्वसाधारण नेपालीहरुको सजिलै काँचो पसिना बिक्ने ठाउँ भनेको खाडी नै हो। सबै साक्षी हुनुहुन्छ कतारका नेपालीहरुले टन्टलापुर घाममा खेपेका हैरानी र सास्तिहरुको। बर्षौदेखि आफनै देशका शासक प्रशासकबाट ठगिदै आएका सोझा जनता यता बिदेशमा पुगेपछि पनि ठगिन छाडेका छैनन्। जब तिनले पाउनु पर्ने हक, अधिकार सम्मानमा धमिरा लागेर यातना, अवहेलना र डसाईले ‘गलित’ भएर ठगिन्छन्, आफ्नो दुःख र गुनासोको पोको लिएर केही होला कि भन्ने आशामा सहाराको अन्तिम त्यान्द्रो दुतावासको ढोका समाउँछन। जब दुतावास पुग्छन अनि तिनको आत्मसम्मान, पिडकसंग कानुनी लडाई लडछु भन्ने आत्मबल र आफनै देशको दुतावासप्रतिको तिनको भरोसा सवै धुलिसात हुन्छन। दुतावासभित्र तिनको हात समातेर, ध्यानपुर्वक तिनको गुनासो सुनेर तिनले पाउनु पर्ने हक , अधिकार र सम्मानको पक्षमा खरो पैरवि गर्ने कोही भेटिदैन। यो कोठाबाट त्यो कोठामा जाउ भनिन्छ, त्यो कोठा बाट यो कोठामा जाउ भनिन्न्छ। तलबाट माथि जाउ भनिन्छ, माथिबाट तल जाउ भनिन्छ। अथक प्रयास पछी भनेको कोठामा पुग्यो झन उल्टै किन नबुझि आएको त? हामीलाई सोधेर आएको हो र? भन्ने जवाफसँगै हुर्मत लिने अर्को श्रृङ्खला सुरु हुन्छ।

हुनलाई दुतावासको आरामदायी कुर्चिमा बिराजमान रातो पासपोर्टधारीहरु नेपाली मजदुरहरुको पिडा, हैरानीको बुझबुझारथ गर्न गरीव राज्यको ढुकुटीबाट यथेष्ट सेवा सुविधा खाएर बसेका छन्। तर जव दुतावासमा आपनो हक स्थापित गराइमाग्न नेपाली मजदुर सुस्केरा काड्दै आउँछन्, तिनलाई ढाढस दिने, हामी छौ नि भनेर तिनको आत्मबल उकास्ने लन्ठो कसैले गर्दैन। मजदुरको नाम तलब भत्ता खाने रातो पासपोर्टधारीहरुलाई दुतावासमा दैनिक कुनै गोरखधन्दा लिएर आउने मजदुर(पिडक ठगदलालहरुको सेवा सत्कारमा खटिदै फुर्सद हुँदैन। मानौं, तिनले राज्यले तिनलाई ठगदलालहरुको सेवा सत्कारको खातिर खटाइएको हो। तैपनी केही हातलागी हुन्छ की भनेर कोठा-कोठा चहार्दै पिडित मजदुर राजदुतको कोठाभित्र छिर्न खोज्छन। राजदुतको कोठा बाहीर बस्ने जव्वर ढोकेले पिडीतलाई झयाप्पै रोक्छ। यो ढोकेको काम बडो लोभलाग्दो छ। ठग, दलाल कम्पनिको मालिक आए सुरुक्क भित्र छिराउँछ, झुत्रा/मैला मजदुर आएमा बाहिरै तिनको सातो लिइन्छ। ‘किन आएको? के काम छ? राजदुत भित्र मिटिङमा हुनुहुन्छ। एकछिन पख्नुस।’

तर पर्खदा पर्खदै घाम डुब्छ। यसरी आशा र भरोसाको अन्तिम त्यान्द्रो पनि चुडिएपछी कोही कम्पनी छाडेर भाग्छन, कोही ज्यान बचाउन आफ्नो पाउनुपर्ने पसिनाको कमाई माया मारेर जेलको नारकिय बाटो हुदै स्वदेश फर्कन्छन। कोही आत्मदाह गरेर मर्छन। कोही बेपत्ता हुन्छन। समालको मरुभुमीमा खालि पैतालाले तातो बालुवा टेकेर भेडा चराईरहेको बिर बहादुर १३ बर्ष भयो देश नफिरेको। तपाईका स्वाभिमानी नागरीकले कहिलेसम्म यो नियती भोगिरहने राष्ट्रपति महोदय? महोदय, दुतावास ओहोर दोहोर गरीरहने भुक्तभोगीहरुले सुनाएको दुईथान घटनाको म बर्णन गर्न चाहान्छु :

१) दुतावासमा राजदुतको ढोकाबाहिर आफनो समस्याको पुको फुकाउन ओठतालु सुकाएर अत्यासलाग्दो मुद्रामा पिडितहरुको घुइँचो छ। कहिले पालो आउला भनेर ढोकातिर हेर्दै ढोकेसँग चाहना गरीरहेका छन। भित्रबाट बोलावटको केही सुइँको आउदैन। आफनै चुच्चोले आफनै घाउ ठुँग्न बिवस कुनै अभागी चराजस्ता आफनो घाउ आफै ठुँगेर पिडीतहरु खुइ गरीरहेका छन्। तैपनी भेट्ने पालो आउँदैन। महामहिम राजदुतसंग घण्टौ चियागफ लडाएर बाहिर निस्केको रैथाने नारदले शहरभरी खबर बाँढिरहेको हुन्छ कि त्यसबेला महामहिम मस्तमुद्रामा जी च्यानलको सिरीयल हेरेर बसिरहेकी रहिछिन्। हे पशुपति, यो मजदुरका गुनासाहरुले भरिएको कतारको नेपाली नियोग हो कि कुनै युरोपेली सानसौकतको केन्द्र?

२) एउटा नेपाली म्यानपावरवालाले तलबमान र सेवा सुविधा झुक्याएर कामदारहरु पठाएछ। पिडित कामदारहरु म्यानपावरउपर कारवाही गरीपाउँ भनेर जाहेरी गर्न जाँदा उसैगरी ढोकेले छेकेछ र, घण्टौ बाहिर कुराएछ। बुझदै जाँदा थाहा लागेछ(( महामहिम राजदुत त भित्र तिनै पिडितलाई झुक्याउने म्यानपावर मालिकलाई चिया सत्कार गदै हुनोहुँदोरहेछ। पिडीत बाहीर फलामे कुर्चिमा न्याय कुरेर छन्, पिडकहरु भने भित्र मखलेल मुद्रामा माहामहिमसंग आरामदायी सोफामा बसेर चियागफमा व्यस्त छन्। राष्ट्रपति महोदय, यि निरीह तपाईका नागरीक अव कहाँ जाने? पत्याउदा मुटु चसक्क हुन्छ तर महोदय, कतारको नेपाली दुतावासको कठोर सत्य यहि हो।

उसो त राजदुत मायाकुमारी शर्मा नयुक्तिको कथा पनि बडो बिद्रुप खालको छ। सर्वहारा बर्गको मसिहा भनिने माओबादीले राजदुत नियुक्ति गर्दा हामीलाई लागेको थियो, आम नेपाली मजदुरहरुको बास रहेको कतारका नेपालीहरुको अब कल्याण हुने भो। मजदुर पाटीको राजदुतले कम्तिमा मजदुरको हेला होचोको सुनुवाई गर्नेछिन। तर जसै मजदुरपाटीको घरानियाँ राजदुतले कतारमा पाइला टेकिन्, हाम्रा सवै आशहरु खरानी भए। अझ गजवको कुरा त यो संसदिय सुनुवाईको फलामे ढोकाबाट यस्तो अक्षम राजदुत कसरी पास भइन? के संसदिय सुनवाई समितीमा पनि दलिय भागबण्डामा परेका अक्षमहरुको भिड मात्र छ? कुटनीतिक मामलामा दक्ष, बिषय र जिम्मेवारीलाई गम्भिरतापुर्वक बोध गर्न सक्ने क्षमता, आफुले दुतवास सम्हालेको मुलुकमा आफनो राज्यको तर्फबाट गर्नुपर्ने प्राथमिक कामको सुचिहरु के-के हुन भनेर समेत पहिल्याउन नसक्ने उम्मेदवारलाई माओबादीले कसरी राजदुतमा सिफारीस गर्‍यो? संसदिय समितीले के-के अन्तरवार्ता लियो? ठूलो पाटी भनिएको माओवादीको गैरजिम्मेवारीपनले गर्दा पिडित नेपाली मजदुर यो परदेशी भुमीमा आँशु र पसिना पिउन बाध्य मात्र छैनन्, अन्य मुलुकका दौतरीहरु सामुपनि हाम्रो शिर झुकेको छ। ति शिर ठाडो पारेर सोध्छन्- ‘तिम्रो मुलुकमा राजदुत हुन लायक मान्छे कोही छैनन?’ के उत्तर दिनु हामीले?

सर्वहारा पाटीले सिफारीस गरेको घरानियाँ राजदुतले बास कुरा भनिसाध्य छैन। नेपाली दुखिहरुको पिडाको घाउ पाकेर कतारको नेपाली दुतावास दुर्गन्धले भरिएको छ। जहाँ नागरीककै शिर झुकेको छ, त्यहाँ चन्द्रसुर्य अंकित झण्डाको पनि के शान? दुतावासको धुरीमा ठडिएको नेपालको राष्ट्रिय झण्डाको सान निगुरमुन्टी बनेको देखिन्छ। हामीले धेरै पटक भन्यौ, धेरैलाई भन्यौ। तत्कालिन माओबादीको सरकारलाई भन्यौ। प्रशासन हाँकेर बसेका मुलि प्रशासकहरुलाई भन्यौ। सिफारीसकर्ता माओबादीका ठुलै नेतालाई पनि घरानियाँ राजदुत फिर्ता गराएर मजदुर हितैषि राजदुत पठाईपाउँ भनेर भन्यौ। ति नेताहरु आए, भाषण ठोके, आश्वासन दिए र गए। भन्ने ठाउँमा भनेका भन्यै छौ। लेख्ने ठाउँमा लेखेका लेख्यै छौ। तैपनी हामी यस्तो अक्षम राजदुत खेप्न बाध्य छौ। बोलेका बोल्यै छौ। बोल्यो हावाले उडाउँछ। न छाति पिटेर रुनु, न भित्तामा टाउको फुटाउनु। मान्छे एउटा निर्भिक प्राणी हो, चारैतिरबाट इमानमा बाँझो पल्टेर सत्यको घाँटी रेटेको हेरीरहँदा उकुसमुकस भएपछी मान्छेले आत्मदाह समेत गर्न पछि नपर्ने रहेछ। के हामी राजदुत फिर्ता गराईपाउँ भनेर अव आत्मदाह गरौँ?

(लेखक कतारस्थित अन्तर्राष्ट्रिय नेपाली साहित्य समितिका संस्थापक अध्यक्ष एवं मजदुर प्रतिनिधि हुन्)

मूल ब्लग प्रकाशित मिति Apr 11, 2013 @ 9:57 त्यसमा आएका कमेन्ट हेर्न यहाँ क्लिक गर्नुस्।

40 thoughts on “माइस‍ंसारको ब्लगले झण्डै देशनिकाला”

  1. madan bajracharya says:
    June 20, 2013 at 10:29 pm

    राजदुतावास हरुमा योग्य र सभ्य कर्मचारी हुनु पर्नेमा पार्टीको कोत्तामा नेताको आफन्त र पार्तिलाई लेभी भुजाउने कर्मचारीहरु बिदेशमा राजदुत र कर्मचारी बन्ने भय देखि यस्तो समस्या बढी देखिन थालेको हो/ कतारको राजदुत मावोबादीको कोत्तामा राजदुत बनेको सुनिन्छ/

    तर वासिंगटनको नेपाली राजदुतावासका कर्मचारीहरु चाहि धेरै सभ्य र सहयोगी भयको पाय/ कुनैलाई मैले चिनेको पनि थियन/ तापनि उहाहरुले मलाइ नया मेसिन रिडेवल पासपोर्ट बनाउँन पर्दा अत्यन्त राम्रो र प्रसंसनिय तरिकाले सहयोग गर्दै उहाहरु आफैले कमसेकम ५/६ चोटी त् मलाइ टेलिफोनमा सम्पर्क समेत गरेर आबस्यक भयकै समयमा पासपोर्ट उपलब्ध गराउन हर सम्भव प्रयास गरे/ विदेश स्थित सबै दुतावासका सबै कर्मचारीहरुले तेस्तै सहयोग सबैलाई देउन/

    Reply
  2. Prakash says:
    June 19, 2013 at 3:26 pm

    यिनी राजदुतलाई हटाउन सरकारलाई कसरि दवाव दिन सकिन्छ होला? Idea दिनुस न कसैले, मैले आफुले गर्न सक्ने गर्ने छु|

    Reply
    1. madan bajracharya says:
      June 21, 2013 at 6:12 am

      प्रकाशज्यु
      सजिलै छ, उहाको चर्तिकलाको संगालो निकाल्नुस सके जत्ति कार्यरत नेपालीको हस्ताछ्यर बतुल्नुस देस विदेशमा धुमधदाक सिट वितरण गर्नुस उजुरी गर्नुस/ राम्रो गरेको रहेछ भने पुरस्कृत हुनेछ नराम्रो गरेको रहेछ भने दण्डित पनि हुनेछ/

      Reply
  3. abhaya says:
    June 18, 2013 at 4:33 pm

    साथि हो कतार मा मात्र होइन आज भन्दा ३,४ वर्ष पहिले लण्डन मा पनि येस्तै भएको थियो ..पासपोर्ट बनौन गएको नागरिकता ल्याउनु भन्यो …….नागरिकता ल्याएको त फोटो मिल्दैन रे ,,,,,२५ वर्ष पहिला बनाएको नागरिकताको फोटो र अहिलेको मिल्दैन भनेर मलाई पस्स्पोर्ट नै दीयेना .तेस्को नाम त भंदीना पर्यो भने भंचुमा …………तपैहरुनै भन्नुस त पहिला दुब्लो मान्छे पछि मोटायो त येस्मा मेरो के दोष .? येति दुख्ख पाए त्यो बेलामा नेपाल मा फोने गरेर नाता प्रमाणित गर्नु पर्छारे भनेर फोन गरेर ……बल्ल बल्ल हात पारे /त्यो बेलाको राजदूत कांग्रेसी थियो ….पस्स्पोर्ट साखा मा चाही माओबादी को मान्छे थियो ..मैले भित्र गएर राजदूत लाइ भन्दा उ पनि पछि पछि आएर केके भनेर मलाई डीना सम्म दुख दीयो .एस्तो छ यो संसार .बुझ्ने नसकिने

    Reply
  4. naren says:
    June 18, 2013 at 3:49 am

    we support you bhetwal ji she is the one who needs to be kicked out of Qatar बान्चन नि जुन थल मा खयॊ तेही हग्ने हरु लै त आज देश मा नि हुल्न हुदैन

    Reply
  5. drona shrestha says:
    June 17, 2013 at 9:30 pm

    भर्खरै जंगलबाट निस्केको बहुला स्याल गाउ हुदै शहर आए पछी के गर्ने………….. उ आफै अचम्ममा पर्छ………… अनि गर्ने के ??? भेटे जति डस्दै जाने, कसैको कुरा सुन्दैन ! न त डर नै छ जे गरे पनि हुने………… यो लेख तेस्तो लेख छ ! प्रबासी बिसेस कतारका नेपालीले मन नपराउने कोहि छैन ! जो दलालीको काम गर्ने देखि बाहेक……. त्यसैले यी माया कुमारीलाई यहाँ देखि तत्काल हटाउन सके धेरै नेपालीलाइ शान्ति मिल्ने थियो !

    Reply
    1. diwakar says:
      June 18, 2013 at 8:46 am

      मान्छे ले आफ्नो हैसियत भन्दा धेरै कुरो पाएपछि त्येश को सदुपयोग गर्न जान्दैन माया कुमारी को हक मा त्येही कुरो लागु भएको हो ! भेटवाल ज्यु, उसको बुढो कति पिडित होला ……जसले माया कुमारी जस्ता लाइ बिहा गरेको छ ! चित्त बुझौनुहोस उसको बुढो को दशा हेरेर !

      Reply
  6. kaji says:
    June 16, 2013 at 9:29 pm

    भेटवाल को कुरालाई सहमति नजनाउने सायेदै होलान ….| you are great

    Reply
  7. Raj says:
    June 16, 2013 at 9:02 pm

    साथी हो सबै मीलेर नेपाल सरकार लै दबाब देनु पारो अब, अनि हस्ताखेर संकलन गर्नु पारो अब चाडो गरौ

    Reply
  8. Ekraj says:
    June 16, 2013 at 6:45 pm

    त्याँहा कामदार जसरि पुगे पनि नेपाली राजनीति खिचातानी को उपज समस्या हो यो| यो सार्है संबेदनशिल समस्या पनि हो| तेस्ता समस्या को कुटनीति समाधान निकाल्न नसक्ने अथवा नचाहने मानिसहरु राजदुत बन्न लाएक हुनुहुन्न|
    हुनत दुवै देशका दलाल, बिदेशमा रगत र पसिना मा आर्जेको पैसा को करमा आफु पालिएको सम्म एतार्थ स्वीकार्न नसक्ने निकम्मा हरु कुनै पनि पद मा बस्ने अधिकार हुदैन|
    बरु सरकार भन्ने चिजले साचो केहो भन्ने कुराको टुंगो लगाएर दिपक जी ले राजदुत को बारेमा आधारहीन लेख लेखेका हुन् को, ति राज दुत भै खाएकी घमण्डी पदको मर्यादा अनुशार कामगर्न नसक्ने औठाछाप नै निकम्मा हुन् भन्ने टुंगो लायागेरा जो करबि को भागी हुन्छा उसलाई करबि गरे भै हलोनि|
    राज हुदैमा उसले दुख गरेको जिबिका पाल्ने को रोजी रोटि खोस्ने अधिकार कहाबाट लाएकी हो|
    मायाकुमारी माथि ठुलै निगरानी राख्नु पर्ने आबस्यकता देखिन्छा|
    माओबादी को मान्छे हुदैमा जहापानी लुट्न पाइने नियेम बनेकै होत?

    Reply
  9. dhan says:
    June 16, 2013 at 12:39 pm

    ये मजदुरका नेता भनाउंदा हरु हो ! प्रचण्ड र बाबुराम बरु माया कुमारी को सट्टा रेखा थापा लाई नियुक्ति दिए भै हाल्थ्यो नि यार येसो कतारमा सांस्कृतिक कार्यक्रममा बिशेस अतिथि भन्न पनि हुने रेखाजी को नाच हेर्न पनि पाइने ! प्रचण्ड र बाबुराम ले यो ब्लॉग त पढेकै होलान नि ? नत्र बरु आफ्नै पारशे छोरालाई पठाए पनि हुने नत्र बाबु रामको सालो भतिज लाइ पठाए पनि हुने किन मायाकुमारी नै रोझेको होला है ? आँखा खोला अब माओबादीका अन्ध नेताहरु हो चुनाब आइसक्यो अब यो मुद्धा चुनाब मा जनताले उठाए भने तिमीहरुको पत्तासाफ हुन्छ ,सायद नेपालका प्रतेक जिल्ला बाट कम्तिमा पनि २००/३०० मजदुर कतारमा होलान ! बरु बेलै मा सोंच !गाउँ गाउँ बाट बस्ति बस्ति बाट कतारमा रहेका नेपाली हरुले यो मुद्धालाई इश्यु गरे भने बल्ल चेत पाउने छौ ! माओबादी पार्टी बाट एस्तो घात होला भन्ने सायद जनताले एकरत्ति पनि चिताएका थिएनन् ! बेलैमा बुद्धि पलाए माया कुमारीलाई तुरुन्त कारबाही गरि फर्काए बरु पार्टी लाइ पनि राम्रो हुने कतारका नेपाली लाई पनि राम्रो हुने , सायद प्रचण्ड र बाबु राम बि बि सी मा माया कुमारीको अन्तरबार्ता त सुनेकै होलान नि ! नत्र सुनी हाल्नु बेश हुने छ ! तमु धन

    Reply
  10. jange says:
    June 16, 2013 at 8:51 am

    त्येस्तो राजदुतलाई त भब्य कार्यक्रममा बोलाउने अनि कालो मोसो र जुत्ताको मालाले स्वागत पो गर्नु पर्छ त हौ कतारका साथीहरु हो ? तमु जंगे

    Reply
  11. bishnu says:
    June 16, 2013 at 2:17 am

    भेटवाल को कुरालाई सहमति नजनाउने सायेदै होलान ….| you are great

    Reply
  12. Gopal Niure says:
    June 16, 2013 at 1:20 am

    दिक्क लग्छ हामी नेपाली हरु को बिरोद गर्नी बनि देखर!!!! कुरो बुज्नु छैन जे सुन्यो तेसै को पछाडी दगुर्यो! माया देवी को हुन् / के भनिन मलाई तेती था नवयापानी , पैला को भन्दा दोहा मा नेपाली को स्तिथि अलि सुदर भएको जस्तो लग्छ !! नेपाली को बिजोक हुनु मा सरकार र राजदुत को मात्र नभयर अरु धेरै कुरा हरु छन् , नेपाल बाट आउने अयोग्य कामदार, सिदा सदा कामदार ठग्न पल्केका दलाल अनि विदेश भनेपछि कुरै नाबुजी हाम्फाल्ने महि नेपाली यी कुरा हरु ले गर्दा नै हामी ले धेरै दुख पाएको हो जस्तो लग्छ मलाई , बिगत ८ वर्ष देखि मा पनि कतार मा नै छु , र राम्रो संग सबै कुरा हेरिरहेको छु , यहाँ आउने धेरै जसो र दुख पौनी सबै जसो नेपाली हरु या त डुप्लिकेट अग्रीमेंट मा आउने हरु हुन्छन. डुप्लिकेट अग्रीमेंट मा कामदार पथाउनि दलाल दोसी कि डुप्लिकेट अग्रेमेंट मा आउनि कामदार दोषी ??
    नेपाल बाट सरकार लै झुक्कयेर डुप्लिकेट अग्रीमेंट मा या त साकार ले था पाउला भनेर इंडिया को एरपोर्ट बाट लुकी लुकी यहाँ आउने ??? अनि यहाँ आएर कुकुर ले नापौनी दुख पाएपछि सरकार र मैया देवी लै सराप्ने ?????
    नेपाली राजदुताबास बाट aprove भएको अग्रीमेंट लेयर कतार आउनुस अनि दुख पाएमा embassy जानुस अनि कर्मचारी ले हेल्प गरेनन भने बल्ल नाना भति कुरा कत्नुस , तेसै बिरोद गरेर मात्र हुन्छा ?????????
    जय हो नेपाली को !!!!

    Reply
    1. shyam says:
      June 16, 2013 at 8:59 am

      गल्ति कसको? मेरो या तिनीहरुको? दुताबासको काम के? अथवा मेरो काम के? मैले मेरो देशको राजदूतलाई भेट्न नपाउने? दोषी पक्कै एउटा मात्र छैन? विदेश आउने रहर कि हाम्रो बाध्यता? हामीले हामीलाई परेको मर्का कसलाई पोख्ने?

      Reply
    2. सार्थक says:
      June 18, 2013 at 6:46 pm

      गोपाल जीको बिचार सुने पछि गल्ती जती सबै कुरा नबुझी कतारमा काम गर्न आउनेलाई थोपरेर माया कुमारीलाई चोख्याउनु पर्‍यो हैन त? बुझेर आउनु पर्नेले नबुझी आए र दु:ख पाए । दु:ख पाए पछि त्यै कुरा नबुझी आएको दोष थोपरेर राजदुताबास र राजदुत आफ्नो जिम्मेवारीबाट पंछिने आहा !!! कती राम्रो उपाय सुझाउनु भयो गोपाल निउरे जीले । महामहिम माया कुमारीको बैतनिक अबैतनिक कुन किसिमको सल्लाहाकार हुनुहुन्छ निउरे जी जान्न पाए दोहाका ४ लाख नेपाली आभारी हुने थिए तपाईंको सहयोग लिने कोशीस गर्ने थिए ।

      Reply
  13. राजेन्द्र भट्टराई says:
    June 16, 2013 at 1:11 am

    साचिकै दिल दुखेर आयो यी ”माया” नामधारी ”दुष्ट कुमारी” को हर्कत सुन्दा/ सबै कतारमा भयका नेपालीहरु एकभै यिनका बिरुद्ध आवाज उठाउनु जरुरि छ जस्तो लग्छ मलाई त र साहसिक र अथार्थपरक लेख को लागि भेटवाल जी लाई बधाई.

    Reply
  14. nisha chettri says:
    June 16, 2013 at 12:49 am

    माया कुमारी शर्मा को मोज मस्ती पनि देखियो!! बरु यो भन्दा त सुस्मा कार्की नै राजदुत ठिक हुन्थ्यो होला भन्ने हामीलाई लागि राख्य छ पो भन्छु म!!!!!!!!!!!!!!!

    Reply
  15. bibek dhakal says:
    June 15, 2013 at 10:59 pm

    हाहा! महा(?)महीमले त्यो शिर्षक मात्र पढेर – ” लौ बज्याले त आत्महत्या गर्न पो उक्साको रैछ, बिताउने हो कि क्या हो!” भन्ने सोचेर आत्तेको जस्तो लाग्यो!
    राजनैतिक पहुच भएपछी गधालाई पनि राजदूत बनाउन मिल्छ जस्तो लाग्यो- गर्नुपर्ने केहि हैन रहेछ, यस्तै उत्पट्याङ्ग काम बाहेक !!!

    Reply
  16. Roshan Shakya says:
    June 15, 2013 at 10:51 pm

    माया कुमारीलाइ साढे सातको दशा लागेको रहेछ, धेरै दिन देखि आफ्नै अहित हुने क्रियाकलापहरु मात्रै गर्दै छ / हुन त योग्य भएको भए पो आफ्नो र सबको हित हुने काम गर्छन हैन र ? बिश्व सामु नेपाल र नेपालीहरुको छबी बिगार्ने यो राजदुतलाई चाडै नै नेपाल बोलाएर उचित सजाए दिनु होला /

    Reply
  17. राम चन्द्र says:
    June 15, 2013 at 9:28 pm

    राज दुत कि राज भूत हुन् यिनी ?

    Reply
  18. Nabin Adhikari says:
    June 15, 2013 at 8:40 pm

    योग्यता नभएका, अनुसनहिन, कुटनितिक ज्ञान नभएका औठा छापहरुबाट यो भन्दा धेरै के आस गर्न सकिन्छ? यीनी हरु लाई त सार्बजनिक बहिस्कर गर्नु पर्छ |

    Reply
  19. passa says:
    June 15, 2013 at 8:35 pm

    .नेपाली नेता को राजदूत र काशी राम को ……..उस्तै हो

    Reply
  20. Deepak Sharma says:
    June 15, 2013 at 8:24 pm

    के गर्ने एमाओबादी संग पढे लेखेको कोइ नै भयन उसैलाई नपठाई भयन , पढे लेखेको भय यो देस को यो गति हुन्थ्यो र ?

    Reply
  21. Mila says:
    June 15, 2013 at 8:13 pm

    हुनलाई दुतावासको आरामदायी कुर्चिमा बिराजमान रातो पासपोर्टधारीहरु नेपाली मजदुरहरुको पिडा, हैरानीको बुझबुझारथ गर्न गरीव राज्यको ढुकुटीबाट यथेष्ट सेवा सुविधा खाएर बसेका छन्।

    Reply
  22. तेजप्रसाद अधिकारी says:
    June 15, 2013 at 8:13 pm

    मेरो एउटा भारतीय मित्र जो नेपाल र नेपाली राजनीति लाइ बडो चाख संग हेरिरहेको र आफ्नो भारतको राजनीति र नेपालको राजनीति तुलना गरि रहने एवं मेरो बिचारमा एक असल राजनैतिक विश्लेषक ले भन्नु हुन्थ्यो, ” मलाइ भाग्य भन्ने चिजमा बिश्वास लाग्दैन थियो तर तिमि नेपाली हरु लाइ देखेर बिश्वास भयो कि भाग्य भन्ने कुरा हुन्छ ”

    मतलब वहाको अनुसार हामी नेपाली नै अभागी छौ… 🙁

    Reply
  23. द्रोण says:
    June 15, 2013 at 7:37 pm

    यो माया कुमारी सर्मा को ब्यक्ग्राउन्द के हो ? कसरि र कुन सरकार को पालामा यो राजदुत हुन् पुगी? कतै मावोबादिकै पालामा त् हैन ?
    जो गरिब देश को राजदुत भएर सामन्ती ब्यबहार प्रदर्सन गर्दी रहिछन ,इन्लाई त्यो पदमा बस्ने अधिकार छैन |

    Reply
  24. yukta says:
    June 15, 2013 at 7:12 pm

    रेग्मी सरकार ले हाम्रो देश को ईज्जत बचाउने नै हो भने एउटा मात्र बिकल्प छ त्यो हो कतारकी नेपाली राजदूत मायाकुमारीलाई तुरुन्त फिर्ता बोलाउनु पर्छ !

    Reply
  25. kristi says:
    June 15, 2013 at 7:02 pm

    साझा-सबालमा भन्ने प्रोग्राममा नारायण श्रेष्ठ संग यिनको अन्तरबार्ता देखेको थिए पाँच पैसाको बुद्दि
    नभएकि कहाँ बाट राजदुत बनिन म पनि छक्क परेको थिए बोल्ने तरिका पनि छैन पदको अहम छ यिनलाई जिम्मेवारीको बोध कत्ति पनि छैन | गरिब र निमुखाको लागि १२ बर्ष १५/१६ हजार मान्छे मरेर आको क्रान्तिकारी सरकारको छनोटमा परेकी होलिन साएद यिनी | राजदुतको जिम्मेवारी के के हुन्छ कसैले अयुता लिस्ट लगेर दिनुस न यी पटमुर्ख पात्रलाई, त्यहाँ नजिक हुनेहरुले |

    Reply
  26. Devendra Basnet says:
    June 15, 2013 at 6:25 pm

    टुप्पा बाट पलायेकी, गतिहीन, आशाब्ये, ढंग थोरै धम्भ धेरै भएकी राजदूत भएपछी शिर त लाज़ले झुक्नेनै भयो.

    Reply
  27. krishna says:
    June 15, 2013 at 6:24 pm

    कताकी लेपाली राजदुत मायाँ कुमारी शर्माको कार्यसैलीले कतारमा काम गर्ने मजदुरलाई सहयोग होइन बरु निरास र दुखित तुलयाएको छ यस्तो गैरजिम्मेवा राजदुतलाइ तत्काल नेपाल सरकारले फिर्ता बोलाउनु पर्छ । होइन भने बेरोजगारी ग्रस्त हाम्रो देश नेपालका लागी राम्रो गन्तव्य बनेको कतारमा थप समस्या आउने निस्चित छ । यसका लागी कतारमा रहने सम्पुर्ण सचेत नेपालीहरुले जोडदार आवाज उठाउनु जरुरी छ।

    Reply
  28. anil pun says:
    June 15, 2013 at 5:26 pm

    लौ,,,भैहाल्यो नि,राजदुतले कामको समयमा पनि गजबले हिन्दी सिरियल हेरेर पो बस्दा रैछन बा….।अचम्मै लाग्दो कुरो सुनियो।आफ्नो काम कर्तब्यको मुल्यांकन गर्न नजान्ने र आफ्नो हैसियत थाहा नहुनेहरुलाई तुरुन्त नेपाल फिर्ता बोलाउनु पर्छ।

    Reply
  29. santosh says:
    June 15, 2013 at 4:41 pm

    हैन ! राजदुत हो कि राछेस हो .सत्य कुरा लुकाएर लुकिञ्छर .बरु राज्तुद नै हटाए भैहालोनी.टेन्शन नै शाफ.कि कसो ???

    Reply
  30. सार्थक says:
    June 15, 2013 at 3:17 pm

    अयोग्य, असक्षम र स्तरहिन मान्छे कसैलाई हेर्न मन भए ती सबै कुराको बहुआयामिक ब्यक्तित्व भएकी कतारकी नेपाली राजदूत मायाकुमारीलाई हेरे पुग्छ । यिनि जस्ती निक्कम्मालाई नेपाली राजदूत भन्न वाध्य हुनु पर्दा कतारका मात्रै हैन संसार भरका नेपालीहरुको शिर निहुरिएको छ । यिनी जती बढी कतारमा बस्छिन नेपाली कमदारहरुको समस्या त्यती नै बढी बल्जिन्छ, सुल्झिने कुनै गुन्जायस छैन ।

    Reply
    1. sagar says:
      June 15, 2013 at 6:16 pm

      जंगली हरु राजदुत भए पछि येस्तै हो . वोडार मा बस्नु पर्ने पिपासु जंगली महिला लाई महामहिम पद कहाँ बाट पाच्य होस् त |

      Reply
  31. उपासक उदास says:
    June 15, 2013 at 2:39 pm

    कसरी पो बनाइएछ यस्ता लाइ राजदूत ,
    कर्तव्य नै था’नहुने , ठान्दो हो कि यमदूत !
    न त कुनै पुर्जा होकी चलाउने कुनै लूट ,
    यस्तालाइ दिनु हुन्न राज्यले कुनै छूट !

    Reply
  32. Naren Chand says:
    June 15, 2013 at 2:32 pm

    Ambassador is a sensitive post which require high educational and professional background, a deep knowledge of world affairs and a strong personality. Keeping such a person in a place like qatar where thousands of labours require continuous support from the gov is a shame. She was a bank emplyee before this and lacks all the basic criteria to be there in first place. Are we blind or just a puppet in the hands of those……

    Reply
  33. Puspa Rbm says:
    June 15, 2013 at 1:34 pm

    सही सत्य कुरो म पनि कतार बसेको ८ बर्ष भयो यस्तो गए गुज्रे को राजदुत मैले कही कतै देख्न र सुन्नेको छैन दिपक जि ले मात्र होइन अरु जो सुकै ले पनि राजदुत माथि प्रश्न चिन्ह लगाउछन् अहिले को पारीवेश मा र अहिले को रज्दुत को काम गराइ सैली माथि।। कुनै बिशिस्ट् सोच नभएको राजदुत हुनु भन्दा राज्य ले राजदुत न पठएको नै बेस,खरदार सुब्बा त्यो पनि मालपोतको हुने योग्यताको मान्छेलाई राजदूत बनाएर पठाए पछी के हालत होला हामी आँफै अनुमान गर्न सकिन्छ । दोष भारतको युपीबाट ३ बिषयमा मास्टर डिग्रीधारी डा. दुष्ट कुमारी ..फिर्ता बोलाएर हदै सम्म्को सजाँए दिनुपर्छ नेपाल सरकारले ढिला नगरी..होइन भने ध्वस्त पार्छिन यीनले…

    Reply
  34. Raju Rana - Mahendra says:
    June 15, 2013 at 1:17 pm

    हाहाहा —लेख पढ्दा सानो छदा को याद आयो – यसो आफ्नो बिरुद मा घर दाई दिदि ले केहि भने या आफुलाई मन नपरेमा बाबु आमा लाई कुरा लगिदिने बानी त्यसतै झैँ केटा केटि पना को झझल्को आयो बा –होइन भन्या कतार सरकार ले पनि कस्तो सोचे होला –लौ लौ जसो जसो केहो बा उसो उसो स्व्हः भन्थे त्यसै हुने भो…जय पशुपति नाथ यसो सुध्ही बुढी हल्देउन यसो कुर्सि मा बस्ने हाम्रो हाकिम हकिम्नी हरुको . आफ्नो भयका कमि कमजोरी लाई हटाउदै अघि बढे पो यात्रा पनि सुखद र सफल हुने थिओ –हाम्रो मा त झन् उल्टै तलाई देख पाजी भन्छन अनि त खोइ देस कसरि उभो लाग्ला र ???

    Reply
  35. lok nath sigdel elmhurst newyork usa. says:
    June 15, 2013 at 1:11 pm

    भेटवाल ले लेखेको लेख सहि छ उहालाई सम्मान गर्नु पर्छ राजदुतको बिल्ला भिर्दैमा देश निकालाको कुरा गर्ने राजदुत लाइ नै देश निकाला गर्नु धेरै गुना राम्रो हुन्छ वास्तविक लेख छ भेटवाल जी लेख्दै जानुस यस्तै लेख हरु !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme