-सशांक लामा-
एक हप्ता अगाडिनै मेरा गाउंले मित्र छाङ्वा लामाले जुन महिनाको ९ तारिख आईतवार, न्युयोर्कस्थित ज्याक्शन हाइटमा खानपान गर्नेगरी निमन्त्रणा गरेका थिए।९ तारिखको दिउंसो सम्म मेरो गाउंलेको अत्तो पत्तो थिएन।ज्याक्शन हाइटस्थित कमला गौचन कहाँ खाना खाइने भैइयो भनेर सुरिएर बसेको थिएँ। न्युयोर्कको कार्य ब्यस्तताले गर्दा उनले भुलेछ क्यार! खैर ठिकै छ्! भनेर म मध्यानहतिर ज्याक्शन हाइट घुम्न गएको त मेरी बास्सै ! त्यहां त नेपाली हाट पो लागेको रहेछ। नेपालका बिभिन्न जातजातिहरु आ-आफ्ना राष्ट्रिय भेषभुषामा ठाँटिएर ७३ र ७४ सडकको बिचमा ओहोर दोहोर गरिरहेका थिए।गोडा दशएक स्टलहरु पनि ठडिएका थिए। रातो चोली र साडी,बुलाकी,सिरबन्दी आदिमा सजिएका रइनीहरु माझ कालो चस्मा,ढाका टोपी र दौरा सुरुवालमा ठाँटिएका, लिम्बु गाउंमा हुर्केका, तेह्रथुमेली डा तारा निरौला गजक्क परेर फोटो खिचाउन ब्यस्त थिए। कवियत्री मनु लोहरुङ पनि रातो चोली,सेतो थोप्ली भएको कालो सारी र पहेंलो पटुकी कसेर किराँती भेषभुषामा सज्जिएकी थिइन।खाइलाग्दो ज्यान भएका कवी मणी वाङ्देल दौरासुरुवाल र इस्टकोटमा बेहुलो झैँ देखिएका थिए।एभरेष्ट टाइम्स पत्रीकाका प्रधान सम्पादक आङ छिरिङ्ग शेर्पा र युएस नेपाल अनलाइनका सम्पादक प्रदिप थापा मगरहरु क्यामेरका लेन्स मानिस्र र द्रिष्यतर्फ सोझ्याइ रहेका थिए।एकछिन पछि हल्लाखल्ला सुनियो: सेतो टिसर्ट लगाएका बिभिन्न उमेर समुहका नेपाली महिलाहरु ‘अधिकार’ संस्थाको ब्यानर मुनी ‘सडक हाम्रो हो’,’घर हाम्रा हुन’,’आकाश हाम्रो हो’ भनेर नारा उराल्दै भिडलाई छिचोल्दै थिए।सबभन्दा अगाडि थिइन- नर्वदा छेत्री -नारा भट्याउँदै,घरी नाच्दै,घरी जुलुसलाई ब्यवस्थित गर्दै! नेपालीका भेलामा जता पनि पुगेकी हुन्छिन तिनी! न्युयोर्क बसेर नर्वदाले आफ्नो नागरिक दायित्व प्रशंसनिय रुपमा निभाइ रहेकी छिन।यस्ती महिलालाई हामीले जश दिन जान्नु पर्दछ।
त्यो आइतबारे हाटमा हाट मात्र नभएर सांस्कृतिक कार्यक्रम र भाषणबाजी पनि भएको थियो।हाम्रा नेपाली राजदुत डा शंकर प्रसाद शर्मा वाशिङ्टनबाट हाट भर्न आउनु भएको थियो।राष्ट्रसंघमा उपमहासचिवमा कार्यरत ज्ञानचन्द्र आचार्य पनि ढिलो गरि आइपुग्नु भयो। न्युयोर्क शहरस्थित क्विन्स प्रान्तको २५ वडाका एसेम्बली म्यान पनि उपस्थिती थिए।छिट्टै स्थानिय चुनाव हुन गैरहेको सन्दर्भमा उनले चुनावी भाषण गरे। डा तारा निरौलाले बडो सारगर्भित भाषाण गरी स्थानिय चुनावमा डेमोक्र्याटिक उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभै आफ्नो खेमा प्रष्ट्याउनु भयो।शंकर शर्मा र ज्ञानचन्द्र आचार्यको माझिएको अंग्रेजी सुन्न पाउंदा अतिनै खुशी लाग्यो।उहांहरुले अमेरिकि नेपालीहरुलाई अमेरिकि राजनीतिमा चासो राख्न सल्लाह दिनुभयो।वक्तामा ‘सोच’ किताबका लेखक कर्ण शाक्य पनि हुनुहुन्थ्यो। आफ्नो किताबमा झैँ मन्तब्यमा पनि उहाँले सकारात्मक सन्देश सुनाउनु भयो।भारतले गौतम बुद्वमाथि दावी गरेर होला,प्राय सबै वक्ताले नेपाललाई बुद्वभुमी भन्न चुकेनन।चिनियाँ मुलका न्युयोर्कका कम्पट्रोलर जोन लिउ,जो न्युयोर्क शहरको स्थानिय चुनावमा डेमोक्र्याटिक पार्टिको तर्फबाट मेयरको प्रत्याशी बन्दैछन,उनी पनि ढिलो गरी आइपुगे र चुनावी भाषण उनले पनि ठोके।
त्यसपछि न्युयोर्कस्थित संघसंस्थाको चिनारी शुरु भयो। के बिधी संगठन हौ ! एउटै पेशाको दुइजना मात्र भयौँ भने पनि हामीलाई संघटन खोल्न हतारो हुन्छ। न्युयोर्कमा जाती जातिको संगठन त बग्रेल्ती छ्। पेशागत संगठन पनि औंलामा गन्न नभ्याउने भैसक्यो।अध्यक्ष्य हुनुमा हानथाप त हुने भैहाल्यो। बुद्विजिवी संगठन खोल्न मात्र् बाँकी छ्। त्यो पनि खोलिएछ भने छक्क नमाने हुन्छ। कसैले तपाईं भनोस नभनोस,आफै मपाइँ !!!!नेपाली जनसंपर्क नामक काङ्ग्रेसी भात्री संगठन त यहाँ पहिले देखी नै छ्। पद बाँडफाँड नमिलेर जनसंपर्क दुई फ्याक भएको पनि निकै भैसक्यो।मिल्यो भनेको पनि थुप्रै चोटि भैसक्यो,तर चर्केको ऐना जोडेको जस्तो भाको होला । दिवंगत किशुनजिलाई एकताका पत्रकारले सोधेर ल्याएको थियो: ” तपाईं र गिरिजाबाबुको झगडा साम्य भयो भन्ने सुन्छु नि!सांचो कुरो के हो? किशुनजिको उत्तर यस्तो थियो: “झगडा त सिद्वियो,तर रगडा बाँकी छ्” शायद जनसम्पर्केहरु रगडा रगडी गर्दै होला। कांग्रेसको निजी संगठनलाई नेपाली जनसंपर्क समिती नाम नदिएर कांग्रेसी जनसंपर्क समिती राख्नु उचित होला भन्ने म ठान्छु।आखिर त्यहाँ संपर्क गर्नेहरु काँग्रेसी बन्धुहरु न हुन।यसपाली डेमोक्र्याटिक फोरम नामक संस्थाले पनि सार्वजनिक स्थलमा आफ्नो चिनारी दियो। यो एमालेको जनसंपर्क समिती हो भनेर मैले अडकलेको छु।संघिय समाजवादी पार्टिले पनि अमेरिकामा संगठन खोल्ने सुरसार कस्दै छ् रे! संघिय लिम्बुवान संघ खोलेर ल्याइसक्यो।जसो गर,जता जाउ,जे गर,जहाँ लैजाउ यो नेपालीलाई राजनीतिले के साह्रो गांजेको हौ?
न्युयोर्कमा त्यस्ता संगठनहरु पनि छन जसले निस्वार्थ भावले दिलोज्यान लगाएर चन्दा बटुलेर नेपालका दुर्गम गाउंहरुमा पाठशाला निर्माण गर्ने,जिर्णोद्वार गर्ने,पुस्तकालय भवन बनाउने र गरीब जेहेन्दार छात्रछात्राहरुलाई छात्रव्रिती मिलाउने काम गरिराखेका छन।उदाहरणको लागि सोनाम उक्याव र अन्जन श्रेष्ठहरु जस्ता युवाहरुले सन्चालन गरेको GMIN संस्थाले नेपालको दाङ जिल्लाको दुर्गम गाउँहरुमा साना ठुला गरेर करिब २० वटा पाठशालाहरु बनाइसके। सप्तहान्तमा बिभिन्न कार्यक्रमहरु गरेर एक एक डलर, दुई दुई डलर उठाएर नेपाल पठाउंछन। आईतवारे हाटमा पनि जब म GMIN को स्टलमा पुगेँ,ती युवाहरु आँफैले बनाएको चिसो कागतीको झोल दुई दुई डलरमा बेचिरहेका थिए। उखर्माउलो गर्मिमा हाट भर्न आउनेहरुले भटाभट किनेर पिउंदै थिए। कति जानेका ति युवाहरुले! GMIN का अधिकांश युवाहरु उच्चशिक्षा प्राप्त छन। ति युवाहरु चुपचाप काम गर्छन्, आफ्नो संस्थाबारे प्रचार गरिदेउ भनेर पत्रकारहरुलाई भन्दैनन,तिनले आफ्नो कामबारे भाषाणबाजी गरेको मैले सुनेको छैन, नेपालबाट कुनै नेता आयो भने तिनका पछि कुददैनन। अन्य संगठनहरु त्यो हाट बजारको कार्यक्रममा मन्चमा आफ्नो ब्यानर बोकेर हगाइ भन्दा पदाइ ठुलो गर्दै थिए भने GMIN का युवाहरु दनादन कागतीको झोल बेचेर नेपालको पाठशालाहरुको लागि पैसा बनाइ रहेका थिए। बेलायत र हङ्कङका GMIN युवाहरुले त्यसरी नै काम गरिराखेका छन। दाङ संग तिनको ‘द’को सम्बन्ध पनि छैन,केवल तिनले दाङको दयनियतालाई हेरे। यो संस्था त उदाहरण मात्र हो। अन्य नेपाली संस्थाहरु पनि छन, जसले प्रत्यक्ष्य र अप्रत्यक्क्ष्य रुपमा नेपालका कुना कन्दरामा सहयोग पुर्याइ आएका छन।
हाट भर्ने क्रममा रुसमै पढेका साथी बिरेन्द्र प्रधान भेट भयो।नेपाली घुइँचोमा बरालिन्दै घुम्दै गर्दा मलाई निमन्त्रणा गर्ने छाङ्वा लामा र अर्का गाउंले टासी छिरिङ्ग लामा पनि भेट भयो।उखर्माउलो गर्मी छल्न हामी तिनजना थकाली किचन छिर्यौँ। छाङ्वाले आफ्नो गल्ती सुधार्न हामीलाई चिसो बियर र समयबजीले सत्कार गर्यो।हामी बियर तन्काइ रहेको बेला GMIN का अन्जन श्रेष्ठ एउटा ठुलो फोल्डिङ टेबल बोकेर त्यहाँ पुर्याउन आएका थिए,शायद स्टलको लागि मागेर लगेको थियो होला। मैले मनमनै ति युवाहरुलाई सलाम गरेँ। कार्यक्रम स्थलमा जब हामी फेरी पुग्यौँ, फिरोज स्यांग्देनको मनमोहक गीतार बजाइले बातावरण नै मुग्ध थियो। उनी गीतारको धुनको माध्यमबाट श्रोतासंग सम्बादमा लिन थिए। जहाँ जाउ, जसो गर, जता लैजाउ, यो मन मेरो नेपाली नै हो गीत गाएर फिरोजले श्रोता दर्शकलाई जुरुक्कै उचालेका थिए। तरुना तन्नेरिको बाहुल्य भएको त्यो तरुण बातावरणमा म आँफै पनि एकछिन जवान भएँ । आखिर यो मन नै त हो……,
हाट भर्नेहरु पातलिन्दै गएपछि म् पनि छेउ लाग्दै गएँ, दावा भाईको बेसमेण्टको दोकानबाट एभरेष्ट टाइम्स पत्रीका लिएर काखीमा चेपेर रुजभेल्ट एभेन्यु हुंदै ” जता जाउ, जे गर ….यो मन त नेपाली नै हो भनी गुनगुनाउंदै घर फर्किन्दै थिएँ, मुलुकको अचाक्ली याद आइरहेको थियो।
म पनि लेख्मै मीठोरी हाट भर्दाभर्दै माथ्लो कुना देखिन तल्लो कुनामा कति बेला आईपुगेछु थाहै भएन| धेरै धेरै धन्यबाद शशांकज्यु| 🙂
जहाँ गय पनि खाते को पारा खाते नै हुँदो रैछ ! त्येत्रो सभ्य समाजमा गयर पनि हरे, के सुन्नु परेको यो, कायम संगठन !
बिकृति, विसंगति र बिब्ल्याँटोका विरुद्व बोलेन भने त त्यो झ्यान्गिन्छ| न्युट्रल भएर जिन्दगि बाँच्यो भने जिन्दगि त स्थिर पो हुन्छ त ! अनि त्यस्तो बंचाईको केहि अर्थ रह्यो र ? जो डराएर र हरहमेसा संयमित र न्युट्रल भएर बाँच्छ, त्यो हरेक पल मरेको हुन्छ! यहाँहरुको कमेण्टको लागी क्विन्टल क्विन्टल धन्यवाद !
झन्न यो लेख मा सशांकजी ले जातियता को कुरा निकाल्नु भएन , नत्र बाहुन छेत्रीलाइ गाली नगरी त उहालाइ खानानै पच्देन, बाहुन छेत्रीलाई गाली गरे लोकतान्त्रिक अनि संघियेताबादी भैयो भन्नेमा विश्वास गर्नुहुन्छ उहा, जय सशांकबाद
खै मलाई त्यस्तो लागेको छैन| आफुले कस्तो पानी खाएको र हेराईमा फरक पर्ने हो| उँहाको लेख र मन्तब्य संधै पढ्छु र साँचो कुरा नै लेखेको भन्ने यकिन हुन्छ| साँचो कुरो लेख्दा कसैलाई गालि गरेको ठहरिन्छ भने त्यो त् राम्रै भयो| कतिजना छन हाम्रा नेपाली जस्तो देख्यो तेस्तै लेख्ने भन्नुस त्? यो पनि साँचो हो उनी जता मल्को उता पल्को जस्तो र यता न उताको काम न काजको तटस्थ चै छैनन्|
शशांकजी, तपाईलाई अझ बल मिलोस, अझ साहसिलो भएर लेख्ने प्रेरणा मिलोस|
सशांक जी को लेखन सैली राम्रो लग्यो , कुरा को गुदी सम्म नपुगे पनि बोक्रा बाटै धेरै कुरा भन्न सफल हुनु भएको छ, गुदी नै खोतल्नु भो भने त लेख बेजोड हुन सक्थ्यो .. जहाँ गए पनि नेपालीलाई अति राजनीतिले चाही नछोड्ने भो .. जय होश .
सबै कुरो राम्रै छ ! त्यो भन्दा बढी मेरो पनि मनले Gmin का युव साथीहरुलाई सलाम टक्र्यौ भन्दै छ !
यता चाइना तिर नै राम्रो रहेछ बा .. यसो weekend तिर भेट भयो ४ डिग्री को चिसो बियेर पियो नेपालमा भए जतिका नेतालाई गाली गर्यो आनन्द…
कमाउने ले कामका छन् उडाउनेले उडाएका छन् कोहि कसैको बाल मतलब भएन….!
लौ आज त शुक्रबार नै परेछ अब अफिश सकिएपछि ४ डीग्री को बियेर को चुस्की लगाउन निस्किनु पर्ने भयो !!!
सशांक ब्रो को ” न्यूयोर्कमा नेपाली हाट भर्दा ” शिर्षक भएको लेख पढ्दा आफु पनि तपैहरु संग सामेल भएर हाट भरेको महसुस भो , लेख मार्फत हाट घुमाई दिनु भएकोमा मुरी मुरी धन्यवाद / आउदो दिनहरुमा पनि यस्तै सरल , इसपस्ट र मिठास भाषाको लेखको अपेक्क्षय गर्दछु /
ससांक दाजुले जानकारी चाँही राख्नु भाकै हो ! राम्रो लेख्नु भाको छ !
हाहा| कुरो ठिक हो| निक्कै देख्या छु यस्तो| जिन्दगिमा केहि गर्न नसके नि खाइ नपाइको सङ्गठन खोलेर अध्यक्ष उपाध्यक्ष बन्ने अनि कार्यक्रमहरुमा बिशेष अतिथिको आषण ग्रहण गर्ने बस्ने| यस्तै छ गोर्खेको बुद्दि|
प्रश्न : संसार को कुन देश मा सर्भसाधरण जनता भन्दा नेता धेरै छन्?
उत्तर : नेपाल
प्रश्न : नेपाली को प्रिय पेशा के हो?
उत्तर : नेतागिरी
प्रश्न : किन?
उत्तर : किनभने अधिकांश नेपाली लाई काम नगरी पैसा र फोस्रो भएपनि धाक चाहिन्छ जुन नेतागिरी बाट मात्र सम्भव छ ……..
शशांक जी,
कत्ति राम्रो सहज र सरल नेपाली भाषामा रिपोर्ट तयार बनाउनु भएछ न्युयोर्क को नेपाली हाटको बारे मा | यत्ति राम्रो लेखन कला भयको तपाई बाट पछि पछि पनि ओरिपरि का अन्य पनि कार्यक्रमहरुको बारेमा सुन्न पाउने आशा राखेका छौ |
नेपालमा भारतीय कांग्रेस को सम्पर्क कार्यालय काठमाडौँ मा खोल्दा नेपालको रास्त्रीयतामा आंच आयो भनेर खुब हल्ला गरेको थियो /अमेरिका मा नेपाली कांग्रेस को जन सम्पर्क कार्यालय खोल्दा अमेरिका को रास्त्रियता मा आंच औन्दैना भन्या? यो नेपालीहरुलाइ विदेश बसेर नेपाली राजनीति गरेको देख्दा झोक चलेर आउँछ!!!
सशांक जी ! धेरै राम्रो कुरा उठाउनु भयो ! यता Australia मा पनि हालत तेस्तै छ! येहाका केहि pr र citizen भएका हरु पनि तेस्तै छन्! आओस नाअओस टन्न migration consultancy, बाग बजार क जस्ता college खोलेर बसेका छन् ! अनि नेपाली विद्यार्थी हरुको कमाई लुटेका छन्! तेस माथि पनि नानाथरी संघ संस्था खोलेर नेपाली पतित राजनीति लाई भित्र्याका छन् ! येहा पनि नेपाली कार्यक्रम हुन्छन ! गइन्छ पनि, फेस्टिवल हो भने सारै रमाइलो हुन्छ dance party भयो भने नेपाली पारा देखौछन! आफू आफू मा झगडा गर्छन ! त्यो पनि मेरो केटि लाईहेरिस भनेर !!! धेरै त होइन गको मा अनुभव छ ! नगकोमा साथी हरु बाट नि सुनिन्छ ! अहिले त अलि कम भाको छ क्यारे ! नेपाली फिल्म हरु को राम्रो छ येहा , राम्रो आयो भने houseful हुन्छ! के गर्नु नेपाल छोडे पनि असल नेपाली हरु असल नै हुन्छन खराब हरु तेस्तै हुन्! बिडम्बना settle भएका भनौदा हरु ठुलो हुन मै ब्यस्त छन् नानाथरी जत्था खोलेर पतित पार्टी को पतित बिदेशी कार्यकर्ता बनेर !
हैन नेपालि हरु जन्मदै नेता हुन्छु भनेर जन्मेको हुन्छ कि के हो , जुन ठाउमा गए पनि राजनीति राजनीति राजनीति |एउटा संगठन बनायो , फेरी पदको लागि झगडा ,कुरो मिलेन ३ सदस्यीय कमिटि बनायो आफु अध्यक्ष्य , आर्को सचिब कोइ केटि छ भने उसलाई कोसाध्यक्ष्य बनायो , अब अध्यक्ष्य को तर्फ वाट पार्टी त् दिनै पर्यो , बियर को बोतल खोल्ने कुखुरालाई सहिद बनाउने ?