Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘डन’ लाई पक्रने आँट कसको ?

Posted on May 28, 2013 by Salokya

केही दिनअघि स्रोत नखुलेको सम्पति राखेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएका पाँच जना ‘डन’ मध्येका एक डन गणेश लामा पक्राउ परेको बारे टेलिभिजनमा समेत यसरी समाचार आयो-

टेलिभिजनमात्र हैन, विभिन्न एफएम र अनलाइनहरुले पनि वास्तविकता केही नबुझी हावा तालमा यो समाचार दिए। पछि पो भयो, समाचार त झुटो रहेछ।

पक्रेको समाचार दिनेहरुले शाहरुख खानवाला फिल्मको डाइलग भुलेछन्- डनको पकड्ना मुश्किल हि नहीँ, नामुमकिन है। सुरेश किरणले लेख्या जस्तै- भारततिर फिल्मका डनलाई मात्रै पक्रन मुश्किल हुन्थ्यो। हाम्रोमा त साँच्चिकै डनलाई पक्रन पनि मुश्किल नै भइसकेको छ।

यो जोकलाई छाड्ने हो भने पनि त्यो समाचारबारे फेरि गहिरिएर सोच्न सकिन्छ। विशेष अदालतले १५ दिनको समय दिएर अदालतमा उपस्थित हुन आउनु भनेको मान्छेलाई किन प्रहरीले पक्रेर राख्छ ? १५ दिन पूरा भइसकेको भए पो सोच्न सकिन्छ।

फेरि यो केसमा अभियुक्तलाई अदालतमा साथै उपस्थित नगराएको भनी प्रहरीको निकै आलोचना भइरहेको छ। यस्तो अवस्थामा गणेश लामालाई प्रहरीले पक्राउ गरेको भए त्यसरी किन लुकाउनु पर्थ्यो ? सीधै पत्रकार सम्मेलन गरेरै समातेको भनी हाल्थे नि।

यस्ता तथ्य हुँदाहुँदै पनि वसन्तपुरबाट पक्राउ परेको भनी कुन आधारमा समाचार दिइएको होला, अचम्म लाग्छ। अझ केही अनलाइनका समाचारमा त पक्राउ परेको भनेर कसले भनेको पनि उल्लेख छैन, पछि त्यही समाचारको खण्डन कुन प्रहरीले गरे भन्ने पनि उल्लेख छैन।

माथि राखिएको टिभीमा जसरी किटानका साथ वसन्तपुरबाटै पक्राउ भनिएको छ, त्यो गलत साबित भइसकेपछि सच्याउने कष्ट उनीहरुले गरेनन्। आ..होस्, कसले पो हेरेको होला भनेर पो हो कि !

19 thoughts on “‘डन’ लाई पक्रने आँट कसको ?”

  1. madan bajracharya says:
    May 30, 2013 at 7:23 am

    मावोबादीको फने छानबिन कमिटीले “हाम्रा नेताहरु बात भ्रस्टाचार भयो” भने/ यो समाचार नागरिक न्युजमा छापेको थियो; खुल्छ भने निम्न लिंकमा हेर्नुस:
    http://www.nagariknews.com/politics/party-politics/54746-2013-03-10-05-47-58.html

    देसको मुहार फेर्छु देसमा भ्रस्टाचार मुक्त ब्यबस्था ल्याउँछु भन्ने मावोबादी नेताहरु माथि उनीहरुकै कार्यकर्ता र उनीहरुकै छानबिन समितिले भ्रस्टाचार गरेको भने पछि पनि किन दिपक गणेश आदिलाइ समाउने निकायले केहि गर्दैनन्? के मावोबादी कानुन भन्दा माथि हो?

    बिगतमा कांग्रेस को सरकार चल्दै गरेको बेला गिरिजालाई भ्रस्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग निवारण आयोगले कार्यवाही गरेको थियो/ कांग्रेस लगायत अरु दलको नेताहरु माथि पनि कार्यबाही भयो/ तर मावोबादीको सरकारको पालामा मावोबादिकै कार्यकर्ता र उनीहरुकै भ्रस्टाचार छानबिन समितिले समेत गर्दा पनि आरोप आगेका र जनयुद्ध अघि कंगाल पछि मालामाल भयको कुनै माथि कार्यबाही नभयकोलाई मनन गर्दा के मावोबादीको सरकारलाई गिरिजा जस्तोको सरकार सिट पनि तुलना गरिन सक्छ?

    हिजो यमाले ले कांग्रस भारतको गोटी हो भने/ यमाले र कांग्रेस दुबैलाई मावोबादिले भारतको गोटी हुन् भने/ मधेशबादीहरु त् भारतको गोटी हरुनै हुन्/ अहिले इ चारै दल यक अर्कालाई लाइ अंगालेर सट्टा र संबिधान कब्जा गरेर बसेकोछ/ यसलाई के हामीले नाम दिने?

    Reply
  2. sherpa ang says:
    May 29, 2013 at 7:49 pm

    बिचरा प्रहरी हरुलाई ६०१ जना भित्र कुन् डन् कुन् नेता छुट्याउनै गाह्रो पर्यो होलानी !

    Reply
  3. dharmendra says:
    May 28, 2013 at 9:39 pm

    हे प्रभु यी डन हरुलाई डन दना डन गर्दै दन दन आगोमा हाल्ने मान्छे को आबस्यक पर्यो ,,,,प्रभु

    Reply
  4. Nabin Adhikari says:
    May 28, 2013 at 8:59 pm

    रुख मार्न जरा काट्नु पर्छ… तेस्तै यी डनहरु लाई निर्मुल पार्न सबैभन्दा पहिले डनका मुखीयाहरु प्रचंडे, झले, ओली, बुडो गोरु सुसिले हरु लाई आफ्नै प्रभु को देस भारत तिर खेद्नु पर्छ आनी मात्र यो देस मा सान्ति आउछ |

    Reply
    1. amrit thapa says:
      May 29, 2013 at 8:33 am

      एकदम सत्य हो … सारै ठिक लग्यो कुरा ..

      Reply
  5. prakasd says:
    May 28, 2013 at 7:34 pm

    भारतमा फिल्मका डनलाई मात्रै पक्रन मुश्किल हो भन्नु गलत हो | हाम्रो नेपालका बिशेस डन छबिलाल, हाम्लाई लाईराछ ,हावाको गोलि ,मानेकु झाल्लुलाल,जिब्रो बहादुर देउखा झुशील कोइलेला ,(अझै अरु धेरै डनको को त नाम पनि थाहा छैन मलाई) हरु लाई ……पकड़ना मुस्किल हि नही नामुन्किन है ||||
    यो सत्य हो !

    Reply
  6. प्रविण says:
    May 28, 2013 at 2:25 pm

    पुरानो हिन्दी फिल्मको डाईलग याद आयो “डनको पकड्ना मुस्किल हि नही नामुम्किन है ” हा हा हा हा हा ……….

    Reply
  7. ajeya says:
    May 28, 2013 at 12:15 pm

    नेपालमा एउटै पनि साचो पुलिस जन्मेको रहेनछ । हैन भने आज कोही पनि डन हुँदैनथ्यो । काध भरी फुली लगाएका छक्का हरु को जमात हो नेपाल पुलिस । नेपाल मा पुलिस ले चाहने हो भने नब्बे प्रतिसत अपराध निर्मुल हुन्छ । बाँकी दस प्रतिसत कानुन ब्याबसाइ ले चाहे भने निर्मुल हुन्छ । पुलिश र वकिल हरु मिलेर अपराधी को सम्रक्षण गर्छन् र सोझा जनता लाई दमन गर्छन् । अनी एउटा हैसियत बिना को अपराधी नेता को पुछर समतेर डन बनेर तेही पुलिस र कानुन का ठेकेदार हरु माथि हैकम चलाऊछ ।

    Reply
  8. कुमार says:
    May 28, 2013 at 10:40 am

    साँचो र गढेर बुझ्नपर्ने कुरो के भने दलहरुले आपसमा भागबण्डा गरेर देशको सबै खाने बाटो र जागिर अनि नियुक्ति सबै आफ्ना आफ्नैलाई मात्र दिएका छन्| झन् प्रधान मन्त्रि, रास्ट्रपति, उप र सचिव भए पछि सचिव र पी ए को नाउँमा सबै आफ्नै जातका र नाता मात्र पर्ने भए पछि लामाको नाउँ आउने भएन| गत पांच बर्ष भित्र कति लामा तामांग मन्त्रि भए, तथ्यांक हेर्नोस अनि थाहा लाग्छ| जस्तो कि यो देश तामांग को होइन जस्तो| तामांगको लागि यस्तो डामाडोलको स्थितिमा अब सबै तामांग लामा डन नभए अरु के हुन्छ? पढेर पनि जागिर पाउने होइन, छात्रवृत्ति र प्लानमा उनीहरुकै आफ्नो मान्छे मात्र जान्छन| अरुलाई चान्स नै छैन| ब्युरोक्रेसी हेर्नोस, खालि उनीहरुकै जागिर खाने थलो भएको छ| मास्टर नियुक्ति दिने भनेर ७५ जिल्लामै उनीहरुकै मान्छे छन्| स्थानीय युवा हरु पढे लेखेका हुँदा हुँदै पनि तामांग जातिलाई जागिर दिने होइन| माओवादीले के के नै परिवर्तन ल्याउँछु भनेर १२००० को ज्यान लियो, तामांग पनि होशै नराखी पछि लाग्यो तर त्यसले खालि कुहेको सडेको राजतन्त्र फाल्यो| कम से कम गणेशलाई एउटा थारुको छोराले साथ् दियो|
    तथ्य र सत्य तीतो हुन्छ| यस्तै स्थिति कायमै रह्यो भने तामांगले आफ्नो हकका लागि छुट्टै आन्दोलन गरे अचम्भ मान्न पर्दैन| बत्तिमुनि अन्ध्येरो भने जस्तो राजधानी देखि केहि घंटाकै बाटोमा बिकाश पुगेको छैन| ल साँचो कुरो पोखिदिन्दा अब ककसको मुटु जल्ने हुन् जलिरहोस| मुखले मात्र आफु नेपाली भन्ने तर साँचो मनले सबैको समान हक नमान्नेहरुको मन जलेर खाक होस्|

    Reply
    1. mahesh says:
      May 28, 2013 at 3:41 pm

      ” यी सबै जनता को आखा मा धुलो हाल्न रचिएको नाटक हो, बास्तव मा डन को संग्रक्षक हरु राजनीतिक पार्टी हुनु, र प्रहरी को उच्च पद का ब्याक्ति को आर्थिक श्रोत डन हरु भएका ले उनि हरु लाइ पक्रने र कारबाही गर्ने काम हुदेन” भनेर घोषणा गरि दिए कमसेकम नेपाल प्रहरी ले झुटो त बोल्दो रहेनछ भनेर एउटा प्रशंसा हुने थियो कि! प्रहरी बाट कर्तव्यबोध को अपेक्षा त कुन मुर्ख ले राखेको होला र! नेपाल प्रहरी अब ” सत्य कुरो गर्ने भनेर “आफ्नो छवि सुधार.

      Reply
    2. Shankar says:
      May 28, 2013 at 9:37 pm

      लामा मात्र किन अरुको चै नेपाल हैन ?के छ लामा मा तेस्तो बिसेस ज्वाई जस्तो सम्मान देखाउनु पर्ने ?
      डन भयो भन्दैमा ? आराक्ष्याँन ले लामा लाइ पनि त् उत्तिकै मौका दिएकै छ नि हैन र |

      Reply
    3. sunil adhikari says:
      May 30, 2013 at 10:58 am

      साथी को कुरा सुनेर त बाहुनहरु ले त बसी बसी मोज गर्छन जस्तो छ . खोइ आफु बाहुन भयर पनी बिहाना बेलुका हाड नघोटी खान पुगदैन ?????????? के गर्नु मित्र यसो कोइ छन् भने भनसुन गर्दीम न हो ?

      Reply
  9. Narayan says:
    May 28, 2013 at 8:37 am

    अब भन्दा नमज्जा लाग्ला साथी हरुलाई यस्तै यस्तै समाचार हरु दिएपछि बिस्व रेकोर्ड राख्ने चंनेल्स हरु किन रातो रात चर्चा मा नाआउन त . कमसेकम कोठा मा नबसेर सत्यता के हो त्यता तिर ध्यान दिए हुन्थ्यो नि ताजा समाचार भनेर Face बुक मा स्टाटस लेखे जसरि समाचार भनेर मात्र हुन्छ ?

    Reply
  10. xyz says:
    May 28, 2013 at 7:12 am

    In one of the FM radios, they were even broadcasting that Mr. Lama was arrested at Basantapur while returning from a Kavre. The news readers literally fool Nepali listeners.

    Reply
  11. yukta says:
    May 28, 2013 at 6:06 am

    प्रहरी को आँट किन नहुनु ? कस्ता कस्ता अन्तरास्ट्रिय अपराधी डन लाई त झ्याप्प समात्दै जेल कोच्ने आँट प्रहरी संग छ तर नेपालि डन त आफ्नै दाजु भाई पर्यो नि, डन दाजु भाई हरु मुख्य राजनीतिक नेता हरु संग बिहानी को ब्रेकफास्ट लिन पुग्छन अनि दिन भरि संगै हिड्छन फेरि साँझ को पेग र डिनर को लागि डन दाजु भाई लाई साथ कसले दिने ? समात्यो भने फेरि यी डन दाजु भाई हरु भोलि का होनहार मन्त्रि , आयोग को अधक्ष्य हरु जो हुने वाला छ ! प्रमोसन र लोभ लाग्दो ठाउँ मा सरुवा को लागि फेरि दाजु भाई हरु को चाकरी गर्नु पर्छ ! बेक्कार को समात्ने झन्झट कसले गर्ने ?

    Reply
  12. sabin says:
    May 28, 2013 at 5:12 am

    अमेरिकामा पढ्न आको ८,१० लाख तेशाई खर्च भयो ….अब त गास स्टेशनमा घण्टा हानेर अलि अलि पैसा थुपारेर नेपाल गएर नया बिसिनेस स्टार्ट गरौकी जस्तो लागि रा छ …नेपाल . डन. प्रा . ली
    अब यहाँ पढेर न कस्ले चिन्ने न कहिले २७ करोड मनाउने न नेपालको मन्त्रिले सम्मान नै गर्ने आ!!!!!!!
    डन बन्यो नाम, दाम, माम, र नेताको ज्वोई को मेज मान !!!!
    हामी दुख गरेर पढ्ने , देश बिकाश गरौला भन्ने अनि यीनीहरु देश लुट्ने थुक्क जिन्दगि
    पढे लेखेका युरोप अमेरिका , श्रम गर्ने दुवै कतार ,अब आइमाई र बुडा बुडी माथि दादा गिरि र राजनीति गर्नु
    थुक्क थुक्क थुक्क जिन्दगि

    Reply
  13. Jeevan Rai says:
    May 28, 2013 at 5:01 am

    यस्ले पत्रकारिता ब्यापारीकरण भएको पुस्टी गर्छ । समाचारको महत्व र आफ्नो उत्तरदाईत्व सबैले बिर्से । पत्रकारिता जागिर भइएछ, स्वच्छ योगदन होईन ।

    Reply
  14. द्रोण says:
    May 28, 2013 at 4:44 am

    डन हरुलाई सुट एट साइट गर्न पर्छ, यो नै उत्तम उपाय हो |
    इन्स्पेक्टर दानापानि सहर मा सरुवा भएर न आउन्जेल मा सेरावाली लाइ कुखुरा चढाउ दै
    टन्न मासुभात खाइ बस्नु |

    Reply
    1. madan bajracharya says:
      May 28, 2013 at 9:57 am

      द्रोणज्यु
      ई डनहरु सबै बास्तविक डनहरुको छायाहरु मात्रै हो/ बास्तविक डनहरुको उन्मुलन नगरे सम्म यस्तो डनहरुको कालो छाया रहिनै रहन्छ/ सुनी हाल्नु भयो होला ओलीले पसुराम यमालेको खेलाडी कार्यकर्ता हुन् भनेको/ अब ओलीले खेल्ने खेलको खेलाडी कस्तो हुन्छ त्यो पसुले देखाइहाल्यो/ ओली पशुको शरीर हो पशु ओलीको छाया हो/ ओअलि रहे सम्म पशु रहिरहन्छ/ अरु डन हरु पनि पशु जस्तै पसुहरु नै हुन् फरक मात्र के छ भने तिनीहरुको ओली अर्कै छ/

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme