Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुई दिन हाइवे जाम, कसैलाई वास्ता छ?

Posted on May 23, 2013May 25, 2013 by Salokya

अपडेटः चार दिनसम्म हाइवे जाम गरेपछि शुक्रबारबाट जाम खोलिएको छ।
‘तिमीहरु पत्रकारहरु भएर केही गर्न सक्दैनौँ ?’
एक्कासी फोनमा आक्रोशित आवाज सुनियो। कुरा के हो ठम्याउनै सकिनँ सुरुमा त। आफन्तको आवाज रहेछ। ‘मसित बन्दूक भएको भए त हाइवे जाम गर्ने सबलाई गोली हानेर बरु जेल जान्थेँ होला’, आम्मै नि। कहिले हिंसाको कुरा नगर्ने यी दिदीलाई आज के भएछ ? ‘प्रधानमन्त्रीको नम्बर भए फोन गरेर साफ थर्काउँथे। यस्तो पनि हुन्छ?’ उनको एकोहोरो भडास निकाल्ने क्रम जारी थियो।
पछि बल्ल थाहा भयो। दुई दिनदेखि लगातार सप्तरीको हाइवे जाममा परेका रहेछन् उनकी बूढी आमा, जो बिरामी पनि छिन्। हाइवेमा हजारौँ गाडीसँगै अलपत्र भएको खबर फोनबाट सुनेर असहाय हुनुको पीडा उनले मलाई फोनबाट पोखेकी रहिछिन्।

पूर्व सभासद् तथा मुस्लिम नेता सदरुल मियाँ हकको सोमबार राति अबेर घाँटी रेटेर विभत्स हत्या गरिएको अवस्थामा शव फेला पर्‍यो। त्यही हत्याको विरोधमा मंगलबार बिहानदेखि हाइवे चक्काजाम गरिएको थियो। सोमबार राति नै नारायणगढबाट हिँडेका रहेछन् आफन्त दिदीकी बूढी आमा। सिट नपाउला वा अप्ठेरो सिट पर्ला भन्ने डरले काठमाडौँदेखिको टिकट काटीकाटी। सप्तरीमा त्यो घटना भयो र जाममा पर्‍यो।

त्यहाँ त्यो गाडी मात्र हैन, हजारौँ सवारीसाधन बाटोमै थन्किए। विराटनगर, धरान, इटहरी, काँकडभिट्टा र काठमाडौँसहितका यात्रुहरू सप्तरीका विभिन्न ठाउँमा अलपत्र परे। हरेक बसका प्रत्येक यात्रुका आ-आफ्नै पीडा होलान्। यत्रो समयसम्म जाम गरेपछि यात्रुहरूलाई खान, बस्न समेत समस्या भयो।

ती यात्रुहरुले न ती पूर्व सभासदको हत्या गरेका थिए, न उनीहरुको केही दोष थियो यो घटनामा। उनीहरुको दोष हाइवेका यात्रु हुनुमात्रै थियो। उनीहरुलाई नै बन्धक बनाएर सरकारसँग माग पूरा गराउनु थियो उनीहरुलाई।

संवेदनशील घटना भएरै होला, प्रहरीले बल प्रयोग गरेर हाइवे खुलाउन चाहेन। बन्दकर्ताहरुले पनि हजारौँ यात्रुको दुःख र पीडालाई ध्यान दिएनन्। कति यात्रुहरुले उनीहरुलाई सरापे होलान्, त्यसको मतलब थिएन उनीहरुलाई।

सरकार त पूरै लाचार नै बन्यो। बरु निजी क्षेत्र सहयोगका लागि जुर्मुरायो। सप्तरी उद्योग वाणिज्य सङ्घ सप्तरीको अगुवाईमा कञ्चन युवा क्लबको पहलमा अलपत्र परेका यात्रुहरूलाई खाना र नास्ता खुवाइयो हिजो। करिब एक हजार यात्रुलाई उनीहरुले नास्ता र खाना खुवाए पाल टाँगेर।

गृह मन्त्रालयले हिजो राति विज्ञप्ति जारी गरी पूर्वसभासद् मियाँका आश्रित परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउने र घटनाको न्यायिक छानबिन गर्ने बताइसकेको छ। यसैका लागि थियो यो सब काम। अब भने ती हजारौँ बन्धक यात्रुहरुलाई आज कुनै पनि बेला मुक्त गरिने होला। अथवा कुनै समूहको थप माग पो बाँकी छ कि ! केही भन्न सकिन्न। आखिर विधिले हैन बलले चलेको रहेछ देश।

यो ब्लग लेख्दालेख्दै ती दिदीकी भाइले ३५ घण्टासम्म हाइवेमा अलपत्र परेपछि बल्लबल्ल घर आइपुगेको स्टायटस फेसबुकमा लेखेको देखेँ।

33 thoughts on “दुई दिन हाइवे जाम, कसैलाई वास्ता छ?”

  1. sayeed khan says:
    May 25, 2013 at 7:35 pm

    सरकारसंग कुनै पनि काम गराऊन निम्ति बन्द, हड्ताल, चक्काजाम जस्ता कार्य गर्नु पर्छ अनि मात्र काम पुरा हुन्छ ! यो नेपालको पुरानो परम्परा हो !

    Reply
  2. राम चन्द्र says:
    May 24, 2013 at 11:41 am

    खै के खै के ……
    विवाह मा दुलही नपाको झोक मा बन्द हुने राजमार्ग भएको देस हाम्रो यो त ठिकै हो नि आफन्त को नाम मा सरकार लाई झक्झकएको ।

    Reply
  3. Khem says:
    May 24, 2013 at 8:21 am

    बन्द गर्न त राम्रो हैन !! तर सबैको मुख्य हतियार भनेको नै यै भाछ !! हरे शिव !!

    Reply
  4. Sasan khatri says:
    May 24, 2013 at 7:50 am

    It is violation of human rights!

    People need to be sensitive and think they not harm others.

    People need to defend them self fight against who violate their rights to travel and open business they should close their political leaders house and office and teach them how they feel if you do same to them.

    If you dare close main pm office not to close road and school it will ruin the country and innocent people life.

    Reply
  5. janak man dangol says:
    May 24, 2013 at 2:17 am

    हामीहरु आफुलाई परेको बेला मात्र सामजिक संजालमा तितो पोख्छौ तर भोलि तिनै पार्टीको नेताहरुको उक्साहटमा लाजै नमानिकन बन्द हड्ताल गर्न पछी हट्दैनौ भने सामाजिक संजालमा खोक्नुको के अर्थ ? के को लागि ल्याएको रैछौ त २०४६ र २०६२/६३ ?

    Reply
  6. prabesh says:
    May 24, 2013 at 12:30 am

    सुनसान जंगलमा सानो पहाड थियो त्यो पहाडमा सानो-सानो दूलोमा बसेको मुसो थियो, आज बिरालो भयो मैले हेरी रहे तेती खेर चिटया खानमा हालेको भय हुन्थ्यो हेर्दा हेर्दै ति बिरालो बाघ भयो बाघ गाऊमा पसेर बट्टा-बट्टा मान्छे खान थाल्यो तेस्त बाघ ले कसरी गर्छ देशको बिकाश यहि हो हाम्रो देशको सरकार

    Reply
  7. Narayan says:
    May 23, 2013 at 9:06 pm

    यो श्रेय सब आहिले पानि माथि ओभानो हुन खोज्ने टाउके हरुलाई जान्छ . हिजो सिकाएर गल्ति गरे आज फेरी त्यहि कू सिक्ष्या उपलब्ध गरेको ठाउँ मा बत्तीसपुतली हरुलाई लिएर जना तम्सिरहेका छन् . जनताले बुझ्ने बेला हो अब कत्ति नेपाल लै o सेन्चुरी तिर धकेलेर lane हो hou ?

    Reply
  8. Jeevan Thapa says:
    May 23, 2013 at 9:06 pm

    नेपालमा अकालमा मर्ने जति सबैलाई १०लाख रुपैया दिने र सहिद घोषणा गरिदिए कसो होला हाहाहा !!!!
    कहिलेकाहीं आफू नेपाली हुनुमा गर्व हुनुको सट्टा पिडापो हुन्छ त !!! होइन यो बन्द को बिरुद्दमा कडा भन्दा कडा सजाए बनाउनु पर्यो भनेर १ महिना नै नेपाल बन्द गरे कसो होला….. नेपाल बन्द गराएर जे माग राखे पनि पुरा हुने देशमा यो माग पनि त पुरा हुन्थ्यो कि ?

    Reply
  9. अजय श्रेष्ठ says:
    May 23, 2013 at 7:34 pm

    यस्तो अराजकता बाट मुक्ति पाउन गृह मन्त्री जाने होइन अपराधीको खोजि गर्न पुलिस प्रशाशन लाई कडा निर्देसन दिने . त्यसपछि यदी सडक बन्द गर्छन भने सुरक्षा को अन्तिम उपाय को लागि ससस्त्र प्रहरी र सेना समेतको परिचालन गरि राजमार्ग खुलाउनु पर्यो . सर्ब साधारण ले तिरेको कर कुनै ब्यापारीको हत्या भयो भनेर बढ्ने र शहिद को अपमान गर्ने कम सरकारले नगरोस अन्यथा हामी कर नतिर्ने आन्दोलन गर्नु पर्ने अवस्था आउन पनि सक्ने छ . देश हाम्रो पनि हो नकि कुनै नेता मात्र को

    Reply
  10. madan bajracharya says:
    May 23, 2013 at 7:18 pm

    थारु मैथिलीलाई फकायर मधेसी भन मधेसी बन भनेको नमान्दा उनीहरु माथि हानियको बम र मुस्लिम नेताको घांटी रेट्न प्रयोग गरेको हतियार बीच सम्भंद्द छ बा छैन?

    तराइमा बस्ने नेपालको अन्य समुदायलाई पहाडी भने जस्तै मधेशबादी हरुले तराइको मुस्लिम समुदायले उनीहरुले मात्रै आफुलाई मधेसी नमानेको होइन मधेसी नेताहरुले समेत मधेसी होइन तराइमा बसोबास गर्ने अलग्ग धर्म मान्ने समुदाय मात्रै हो भनेकोछ/ तराइमा बस्ने नेपालको अन्य समुदाय सम्पर्क भाषा नेपाली हो; मुस्लिमहरुको उर्दु/ नेपाली माथि भौगोलिकता र मुस्लिम माथि मधेशबादीहरुले धर्मको आधारमा सत्रुता राखेको देखिन्छ/ चुनावको समय नजिकिंदै आयको बेला मुस्लिम पुर्व सभासद्को घांटी रेटेर हत्या व्यक्तिगत कारणले भयको हो बा मधेशबादी राजनीतिको कारणले; प्रहरीको अनुसंधान पछि थाह त् भैहाल्ला तर व्यक्तिगत कारणले हत्या भयको हो र नेता भयकोले १० लाख दियको हो भने सहि भन्न सकिंदैन/ अन्याय भयकोमा ठुलाले बिरोध गरे १० लाख सर्वसाधारणले बिरोध गरे टाउकोमा डण्डा!!!!!

    Reply
  11. Tulasi Ram Wosti says:
    May 23, 2013 at 6:58 pm

    धन्न प्रभु श्री पशुपतिनाथ, जे होस् जस्तो होस् तपाइले चाही अहिले सम्म जसो तसो यो देश चलाईदिनु भएको छु, तपाई नभय यो देसको हाल के हुने थियो होला भन्ने पनि म कल्पना पनि गर्न सक्दिन, यत्र तत्र सर्बत्र बेतिथी नै बेतिथी छ .

    Reply
  12. तेन्जिंग गाबा says:
    May 23, 2013 at 4:20 pm

    सधै यसरी त् भएन बा !!!!
    अब सरकारले नै “बर्षको ३६५ दिन नै नेपाल बन्द” घोषणा गर्नु पर्यो /
    अनि ज-जसलाई बिरोध गर्नु मन लाग्छ त्यो-त्यो दिन/हप्ता/महिना चाही नेपाल खोल्ने गर्दा कसो होला ?

    Reply
  13. दिलिप, भक्तपुर says:
    May 23, 2013 at 4:12 pm

    दुई दिन हाइवे जामको, मलाई वास्ता छ शालोक्य सर,
    तर के गर्नु म लाचार छु । कारक हो टाईरे नेता अनि सम्बन्धित नालायकहरु । के गर्नु ।

    Reply
  14. amar says:
    May 23, 2013 at 3:30 pm

    जसो जसो बराजु उसै उसै नाती / देस लाई हाक्छु भनेर अघि सर्ने नेता हरु ले तेस्तै सिकाएको छ /

    Reply
  15. Raju Rana - Mahendra says:
    May 23, 2013 at 3:30 pm

    नेपाल मा जब सम्म जनताको गुनासो छिटो र छरितो टावर सुन्ने परिपाटी अनि राजनैतिक दल का नेपाल कु नेता हरुले दलिय गुन्डा डन हरु पाली राख्ने परिपाटी रहन्छ तब सम्म सर्बसाधारण जनता ले यस्तो दुख पाइने रहनेछन —इ सब दलिय नेता हरु को कमजोरीको प्रतिफल हो

    Reply
  16. सार्थक says:
    May 23, 2013 at 3:24 pm

    लाथालिंग्गे देशको भताभुङ्गे चाला |

    Reply
  17. Trivivan Chaturvedi says:
    May 23, 2013 at 3:07 pm

    किन हाम्रा महान जनता हरु सिर्फ नेता हरु मात्र यो देश का मान्छे हुन् भन्ने सोच राख्छन? हरेक दिन कुनै न कुन व्यक्ति को हत्या भएकै देखिन्छ, तर खोइ त नेपाली जनता हरु ले बाटो बन्द गरेको, सर्ब साधारण लै दुख दिएका छैनन् नि त सर्ब साधारण हरु मान्छे नै होइन क्यारे यो देश मा. हो, हत्या नराम्रो हो, तर तेस्को बदला मा जनता लै दुख दिनु के राम्रो हो र?? सक्ने भए सबै सुरछ्या संग सम्बन्धित हरु उपर जे जस्तो कारवाही गरे हुन्न र सरकार लै दबाब दिने नै हो भने??

    Reply
  18. suman yadav says:
    May 23, 2013 at 2:52 pm

    दुइ जना गुण्डाले ८- ९ वटा जिल्ला बन्द गर्दा पनि चुइक्क नगरी बस्छ खुइते रेग्मीको नकच्चरो सरकार । हुन त रेग्मीलाइ लाजिम्पाटहिटी दरबारको परिक्रमा गर्नै फूर्सद छैन होला उनले के सुन्थे जनताको चित्कार ।

    Reply
  19. Hari Gautam says:
    May 23, 2013 at 2:52 pm

    कस्तो नराम्रो संस्कार बस्यो हाम्रो नेपाल मा ||| कसैको व्यक्तिगत रिसीइबीको कारण ले कुनै घटना घट्यो भने पनि दुख पाउने भनेको हामी सामान्य मान्छे नै हुन्छौ | लाग्छ कि हामी त कठपुतली हौ जसलाई जति खेर चाहिन्छ उसबेला मात्र प्रयोग गर्छन हाम्रो ||| साच्चैनै गोलि हान्नु पर्ने नै हो यो बन्द गराएर दुख दिने हरुलाई

    Reply
  20. kedar says:
    May 23, 2013 at 2:39 pm

    नेपाली भएकोमा गर्भ लाग्ने मलाइ भेंडो, मुर्ख, अराजक कसैले भनो भने के उत्तर दिने होला थाहा छैन ………..

    Reply
  21. Harish Shrestha (Tauthale) says:
    May 23, 2013 at 2:13 pm

    यो यकदम नै गम्बिर बिषय हो! रात दिन येसरी राजमार्गहरु बन्द, हड्ताल गर्दा पनि संचार माधेमको ध्यान नजानु भनेको सांचिकै अर्को दुख लाग्दो कुरा हो! कुनै पनि घटना घटनासाथ् आफ्नो माग पूर्ति गर्नको लागि राजमार्ग नै बन्द गरि सारा निर्दोष यात्रुहरुलाई दुख दिनु कतिको जायज हो? संचार माधेम हरुले रेखा थापा जस्तो एउटा साधारण हैसियत समेत नभयको, कस्तो ठाउँमा कोसंग कसरि प्रस्तुत हुने भन्ने समेत जानकारी नभाको कलाकारको हरेक क्रियाकलापहरुलाई महतो दिनु भन्दा राजमार्ग जस्तो समबेदनशिल ठाँउमा हरेक दिन जस्तो भैरहेको येस्ता गैर जिम्मेवारी क्रियाकलापहरुलाई महतो दियको भय केहि हद सम्म ति बन्दकर्ताहरुको दिमागमा अलकति भयपनी मानबियता भन्ने कुराले बास पाउथ्यो कि बरु !

    Reply
  22. Ram Sampang says:
    May 23, 2013 at 1:15 pm

    कसलाई कसले किन मार्छ, जनतालाई दुः ख किन??

    हो, मान्छे मार्नेलाई कारबाही हुनु पर्छ तर एकजना मान्छे मार्नेलाई कारबाही गर भन्ने नाममा लाखौ मान्छे मार्ने प्रबृति राजनैतिक अराजकता हो कि हैन??

    Reply
  23. प्रविण कुमार के.सी. says:
    May 23, 2013 at 1:01 pm

    कुरा जतिसुकै संवेदनशिल भएपनि हाईवे जाम गर्नु भनेको महासंवेदशिल कुरा हो । एक जना पूर्व सभासद जो मरिसके अथवा जस्को हत्या भई सक्यो भन्दैमा हाईवे जाम गर्न मिल्दैन । मेरो मनसाय उन्को मृत्यूको कुनै मुल्य छैन भन्न खोजेको हैन । एउटा कुरा सोचौ त हाईवेमा कति मानिसहरु मृत्यूको मुखबाट उम्कने प्रयासमा होलान कति मानिस समयमा गन्तब्यमा पुगेन भने उस्को आफन्तले मृत्यू बरण गर्नु पर्ने अवस्था आउला । हाईवे जाम गर्दैमा मरेको मानिस बिउझेर आउने होईन । सरकारलाई ध्यानाकर्षण गराएको भने सरकार बस्ने ठाउ सिंहदरवाको गेट जाम गर्नु नि । गरिब निमुखा जनतालाई दु:ख दिएर कुन चाही पुरुषार्थ देखाउन खोजिएको हो ?

    Reply
  24. द्रोण says:
    May 23, 2013 at 12:54 pm

    नेपाल मा स्थल यातायात तेती फापेन हो , हवाई यातायात चाइयो |

    Reply
  25. Bhim says:
    May 23, 2013 at 12:49 pm

    बाटो भत्किएर २ टुक्रा हुंदा त कसैले वस्ता गर्दैनन,जाम के वास्ता गर्लान र ।।

    Reply
  26. govinda sharma trital says:
    May 23, 2013 at 12:39 pm

    जबदेखि मुलुक धर्म निरपेक्ष भयो तबदेखिनै नाम चलेका नेपाली मुसलमानहरुको बराबर कायरतापूर्ण हत्याको खबर सुनिंदैछ,यो के भएको ?…खै बुझ्ने सकिएन….!!!!!!!!!!

    Reply
  27. Sanjay Adhikari says:
    May 23, 2013 at 12:00 pm

    त्यो बिधि भन्ने चीज हामी जस्ता सर्बसाधारणको लागी होइन रहेछ क्यारे………हामी जनता सहेरै इतिहास बनाएका छैा । सरकारले त कहिले के गरेको थियो र यसपाली गर्छ….केही गर्लाकी भनेर आस गर्ने हामी बेकारी हैा बरू……..

    Reply
  28. yukta says:
    May 23, 2013 at 11:49 am

    जब सम्म बन्द हड्ताल को रोग नेपाल मा पूर्ण रुप ले निको हुँदैन देश मा विकास हुन्छ भनेर नसोंचे पनि हुन्छ !

    Reply
  29. punya hawaii says:
    May 23, 2013 at 11:47 am

    कमसेकम यो त हत्या बिरुद्ध जनताले गरेको जाम हो।कर्मचारिले घुस खान पाउनु पर्छ,ब्यापारिले उपभोक्ता ठग्न पाउनु पर्छ, गाडिवालाले मान्छे किच्न पाउनु पर्छ अनि राजनितिक पार्टीले जनतालाई घर दैलोमा ऊएर नागरिकता जस्ता सेवा दिने काम सरकारले तुरुन्त बन्द गर्नु पर्छ जस्ता माग राखेर गरेको जाम त होइन नि।भोलि गएर ठूला भनाउदा पार्टिहरुले हामिले पालेका डनहरुलाई कार्बाहि गर्न पाइन्न भनेर जाम गर्न बेर छैन।

    Reply
    1. Bibek Dhakal says:
      May 23, 2013 at 3:59 pm

      हत्या भन्दै मा बन्द गर्दै १० लाख रुपिया र सहीद घोसना माग गर्ने हो भने नेपालमा औसतमा १ हप्ता मा २-३ वटा हत्या का घटना हुन्छन? के अब यसरि महिनामा १० १२ दिन बन्द हुने हो अनि १० १२ जनालाई सहीद घोसना गर्ने अनि सबलाई १० लाख दियो भने जायज हुन्छ? कि त कुनै राजनैतिक नेताको हत्या भयो भने चाही बन्द हुनु पर्छ, सहीद घोसना हुनु पर्छ अनि गृह मन्त्रि आफै आएर स्थलगत भ्रमण गर्नुपर्छ ….अति भो यार यो मुला नेताहरुलाई भी आइ पी ठान्ने परिपाटी !

      Reply
  30. Mohan says:
    May 23, 2013 at 11:23 am

    सके देखि तिनै हत्यारा लाइ पक्रेर उनीहरु को खान पीन बन्द गराए हुन्थ्यो नि !! सर्ब साधारण लाइ दुख दिएर कति न हत्यारा लाइ सजाय हुने जस्तो !! टोईट

    Reply
  31. Mohan Subba says:
    May 23, 2013 at 11:19 am

    बन्द, हड्ताल र सडक जाम गरेर मात्र माग पुरा हुन्छ भन्ने नेपाली राजनीतिको यो भाइरसबाट नेपाल कहिले मुक्त हुने होला?यो बन्द हड्ताललाई सधैको लागि बन्द गर्नु पर्छ भन्ने सोच नेपाली जनता र राजनीतक पार्टीहरुमा आउनु जरुर छ/

    Reply
  32. Robbinhood Pandey says:
    May 23, 2013 at 11:03 am

    नेपालमा दुईथरी राजमार्ग को आबश्यक भयो । एउटा राजमार्ग बन्द, हड्ताल, चक्का जाम, बिरोध … गर्न को लागि र अर्को सवारी साधन गुडाउनको लागि ।

    Reply

Leave a Reply to amar Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme