Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसरी ठग्यो नबिल बैँकले मेरो ५ सय रुपियाँ

Posted on May 20, 2013May 22, 2013 by Salokya

nabil अपडेट (मे २२) : नबिल बैँक ग्राहकप्रति गैर जिम्मेवार हुँदा मैले आफ्नो ५ सय रुपियाँ ठगिएको महसूस गरेको थिएँ। तर हिजो मैले त्यो रकम फिर्ता पाएँ। म ठगिन बाट जोगिएँ। कसरी फिर्ता पाएँ त्यो बारे विस्तृत विवरण पढ्न यहाँ क्लिक गर्नुस्।
______________________________
अपडेट (मे २१) : यो विषयमा सामाजिक सञ्जाल र ब्लगमा भएका बहसको कारण पनि होला बुझेर हामी आफै फोन गरौँला भनेको ४८ घण्टापछि आज बिहान बल्ल नबिल बैँकबाट फोन आयो। एनटिसीसँग कुरा गरेर नयाँ पिन दिन्छु वा फेरि फोन गर्छु भनेका छन्। एसएमएसबाट पिन नम्बर पठाउँदा नै रिचार्जको सिरियल नम्बर र पिन नम्बरसँगै पठाएको भए ग्राहकले बैँकलाई नभई सीधै एनटिसीमा कम्प्लेन गर्ने विकल्प पनि हुन्थ्यो। तर नबिलले एसएमएसमा रिचार्जको सिरियल नम्बर नै पठाउँदैन। यसबीच नबिलसहित विभिन्न निजी बैँकले दिएका दुःखबारे पाठकहरुले तल थुप्रै कमेन्ट लेख्नुभएको छ।
*****************
मूल ब्लगः (Published on: May 20, 2013 @ 14:35)
नबिल बैँकले यसरी ठग्यो मेरो ५ सय रुपियाँ
निजी क्षेत्रको सफल बैँकको नाम लिँदा अग्रपंक्तिमा नाम आउँछ नबिल बैँक। भन्नलाई त मुनाफा, व्यालेन्ससिट साइज र बैकिङ्ग कल्चरका हिसाबले नबिल बैंकलाई देशकै नम्बर एक बैंक भन्नेहरु पनि छन्। तर यस्तो नम्बर वन बैँकले आफ्नो ग्राहकप्रति गर्ने हेपाहा व्यवहार भने मैले आफैले प्रत्यक्ष अनुभव गरेँ। साथीहरुले नबिललाई ‘प्राइभेटको सरकारी बैँक’भन्ने गरेका थिए, तर नभोगेकोले थाहा थिएन। अहिले भने प्रत्यक्ष अनुभव गर्दैछु।

नबिल बैँकले ग्राहकलाई सुविधा दिन भन्दै एसएमएस बैँकिङ सुरु गरेको छ। तर त्यो सुविधा मेरो हकमा झण्झट सहनेमात्र हैन, ठगिने माध्यम पनि बन्न पुगेको छ। यहाँ म नबिलले कसरी मेरो ५ सय रुपियाँ ठग्यो, त्यो अनुभव सुनाउँदैछु। एसएमएस बैँकिङबाट टेलिफोन, मोबाइल, एडिएसएलको शुल्क तिर्ने, प्रिपेड मोबाइलको रिचार्ज पिन नम्बर किन्ने ‘सुविधा’ दिइएको छ। शनिबार १८ मे साँझ ६ बजेर २५ मिनेट जाँदा मैले नेपाल टेलिकमको ५ सय रुपियाँको रिचार्ज पिन किन्ने कोड हालेर एसएमएस पठाएँ। केही समयमै मलाई एसएमएसबाटै पिन नम्बर पठाइयो। तर त्यो गलत पिन नम्बर रहेछ।

नबिल बैँकले एसएमएसमा पठाएको गलत पिन नम्बर। रिचार्ज कार्डको सिरियल नम्बरसमेत यसमा छैन।
नबिल बैँकले एसएमएसमा पठाएको गलत पिन नम्बर। रिचार्ज कार्डको सिरियल नम्बरसमेत यसमा छैन।

कयौँ पटक प्रयास गरेर हेरेँ, तर अहँ। नमिल्ने नम्बर पठाएपछि कहाँबाट होस्। त्यति बेला नबिल बैँक खुलेको हुँदैन, त्यसैले तत्काल उजुरी गर्न सकिएन।

भोलिपल्ट बिहान १० बज्ने बित्तिकै 4221718 मा फोन गर्दा कार्ड डिभिजनमा फोन पास गरिदिए। एक जना पुरुषले फोन उठाए। मैले सबै विवरण सुनाएँ। उनले योबारे हामी हेरेर तपाईँलाई फोन गर्छौँ नि है भन्दै मेरो मोबाइल नम्बर, नबिल बैँकको अकाउन्ट नम्बर सबै लिए। दङ्ग परेँ। अब मेरो समस्या समाधान हुन्छ। देशको नम्बर वन बैँकले के ठग्ला त यति जाबो पैसा।

म त्यहाँबाट आउने फोनको प्रतीक्षामा थिएँ। फोन आउँछ भनी कुर्छु, आउँदैन। साँझ ५ बजे अफिस बन्द हुने बेलासम्म पनि फोन आएन। ग्राहकै भगवान हुन्, ग्राहकको सन्तुष्टि नै हाम्रो सफलताको लक्ष्य हो भन्ने जस्ता उनीहरुका आदर्श वाक्य यदि सही हुँदो हो त फोन गर्छु भनिसकेपछि कम्तिमा एक पटक फोन गरेर तपाईँको बारेमा यसो हुँदैछ है भनी जानकारी त दिनुपर्थ्यो ! ग्राहकलाई उनीहरुले कतिको हेपाहा व्यवहार गर्दा रहेछन् भन्ने त त्यसैबाट प्रष्ट भइसकेको थियो। आज बिहान कार्यालय खुलेर उजुरी गरेको २४ घण्टा नाघिसक्दा पनि मलाई यसबारे बैँकले अझै कुनै जानकारी दिन आवश्यक ठानेको छैन। नम्बर वन बैँकको ग्राहकप्रतिको जिम्मेवारी यही हो ? मेरो ५ सय रुपियाँ ठगेकै हो त नबिल बैँकले ? नभए किन उजुरीको कुनै जवाफ दिँदैन ? ग्राहकले नै विश्वास नगरेपछि नम्बर वन तपाईँको बैँकको साख हाम्रा लागि कागजमा मात्रै सीमित हुनेछ।

[तपाईँले पनि हाम्रा बैँकहरुबाट यस्तै कुनै असुविधा भोग्नुभएको छ भने तल कमेन्टमा जानकारी दिनुस्]

67 thoughts on “यसरी ठग्यो नबिल बैँकले मेरो ५ सय रुपियाँ”

  1. Prabin says:
    May 23, 2013 at 4:23 pm

    नेपाली बैंक मा खाता खोल्नु सजिलो,पैसा राख्नु नि सजिलो तर झिक्न अति गारो, लामो लाइन, लन्च ओउर को ब्रेअक, ABBS को नाम मा ठगि, नाम मात्र को एवेनिंग काउन्टर, पहिला फ्री भन्ने पछि केहि पनि न छोड्ने, बाचा अनुसार को जिम्मेवारी ग्राहक को मात्र हुने बैंक को नहुने, बढेको इन्तेरेस्ट कहिले ग्राहक ले नपाउने, ऋण मा ब्याज बढ्यो भने चाही, ग्राहक ले जसरी नि थाहा पाउनु पर्ने, नापयेनी थाहा पाए सरह ब्याज तिर्ने पर्ने, समग्रमा आफ्नो पैसा ले दुख पाउनु रहर छ भने नेपाली बैंक मा खाता खोल्ने नत्र घर मै राख्ने जतन का साथ.

    Reply
  2. Nanda says:
    May 23, 2013 at 2:36 pm

    नबिल बैंकको बैदेसिक मुद्राको credit card बाट मैले नेपालमा केहि समान किनेको थिए. करिब एक महिना पछि बैंकले मेरो account बाट पैसा डेबिट गर्दा झन्डै $80 बढीलिएको देखियो. मैले बैंकमा किनेको दिनको र पैसा काटेको दिनको exchange rate बेहोरा सहितको complain गर्दापनि कसरि बढी पैसा मेरो account बाट काट्यो त्येसको खुलस्त जवाफ बैंकबाट पाएन. अरु card बाट किन्दा बढी नकाट्ने तर नबिल बैंकको card बाट मात्र बढी लिने. कस्तो अचम्म..

    Reply
  3. Pingback: ५०० रुपियाँको रामकहानी; यसरी फिर्ता पाइयो रकम « Mysansar
  4. रोशन शाक्य says:
    May 22, 2013 at 9:58 am

    म बैदेशिक रोजगार अन्तर्गत कतारमा छु र यहि बात मैले पनि नबिल बैंकमा खाता खोलेको छु. मैले online internet banking बाट मेरो बेला-बेलमा मेरो खाता चेक गर्ने गर्थे र हेरी सके पछि log out गर्ने गर्थे तर कहिले काही मेरो पासवर्ड मिलेन भन्थ्यो तर जति गरे पनि फेरी पनि मिलेन भनेर अन्त्यमा मैले नबिल बैंकलाइ मेरो पासवर्ड रिसेट को लागि ईमेल पठाउठे / हुन त बैंकले पनि मलाई ईमेल मार्फत पासवर्ड रिसेटको लिंक पठाई दिन्थ्यो तर मेरो खाता बाट रू २५० काटेर / यसरि ३/४ पल्ट मेरो पासवर्ड मिलेन भन्दै पैसा खायो/ मैले एक दम सहि पासवर्ड लेखे पनि मिलेन भन्ने गर्थ्यो. (हाल म कतार मै छु र पासवर्ड न भएर धेरै महिना भयो खाता न हेरेको पनि)

    Reply
  5. Kishna says:
    May 22, 2013 at 2:13 am

    हिमालयन बैंक को ठगि र ग्राहक लै दिएको दुख सुनाउने हो भने कहाली लाग्छ
    यस बारेमा मलाई एउटा डिटेल रिपोर्ट लेख्न मन छ स-प्रमाण !
    १. premium saving account मा राखेको पैसा को interest rate ग्राहकको जानकारी बिना परिबर्तन गर्ने ! Customer को सुसुचित हुने अधिकारको चिरहरण !!!
    २. बिदेशी मुद्रामा संचिति गरिएको रकम झिक्न चाकडी गर्नु पर्ने, समयमै झिक्न न पाइने र आफ्नो account बाट झिकेको पैसा मा अतिरिक्त charge लिने ! आफ्नो account को रकम झिक्न ३-४ दिन अघि देखि बूकिंग गर्नु पर्ने रे ?
    ३. Pin र ATM card परिबर्तन को नाम मा ग्राहकलाइ महिनौ सम्म झुलाउने ! आफै call गरेर आएका ग्राहकलाइ पनि समयमै Pin no उपलब्ध गराउन न सक्ने !
    ४. कागज पत्र र समय समयमा भरेका फर्म हरु खातावाल को फाइल बाट हराउने र अन्य ठाउमा भेटिने ! ग्राहकको पिर मर्का सुन्नु भन्दा विदेश मा बसेको फुर्ति लगाउन पर्दैन भन्ने जबाफ दिने गरेको /
    ५. बैंकिंग सेवा निकै झन्झटिलो छ Himalayan Bank को..
    यी र यस्ता अनेक दुख सहेर पनि नेपालि ग्राहक हरु टुलु टुलु हेर्नु भन्दा अरु गर्ने स्थिति नै छैन / एउटा सशक्त आन्दोलन को जरुरि छ नेपालको banking सेक्टरलाइ सुधार गर्न, नत्र ग्राहक ठगिने क्रम कहिले रोकिने छैन !

    Reply
  6. bikram says:
    May 21, 2013 at 11:22 pm

    म आफै एउटा बैंक को कर्मचारी हु. माथि को कमेन्ट देख्दा मलाई एकदमै सहि लाग्यो. बैंकहरु सेवा को नाममा जनता ठग्दै छन् . खाता खोल्दा फ्री ATM ,E BANKING MOBILE बन्किंग अनि १ वर्ष पछि चार्ज लिन सुरु..खाता बन्द गर्न अर्को चार्ज. म आफै KIST HIMALAYAN बैंक बाट ठगिए को छु. आफ्नै बैंक को पनि उही गति छ. सबै को जनता ठग्ने नियत बाहेक केहि छैन .

    Reply
    1. prabesh says:
      May 22, 2013 at 12:49 am

      मैले पनि हिमालया बैंक मा २,००,००० राखेको थियो,३ महिना पछि मलाई पैसा को खाचो भएका ले मैले ए.टी.एम. बाट पैसा निकाल्ना गए पहिला पटक ५०,हजार निकाले दोश्रॊ पटकमा बैंक ले कार्ड तानेर मिसिन भित्र राखियो त्यो कार्ड २ दिन पछि बैंकमा गयर ल्यायो यसरी बैंकमा जम्मा गरेको पासा १,७५,००० हजार मैले निकाले २५ हजार बैंकले कता लग्यो थाहा भएन पछि ब्यालेन्स चेक गर्दा ००:०० रहेछ ………

      Reply
  7. Bhola says:
    May 21, 2013 at 5:28 pm

    गरिबमारा बैंक

    Reply
  8. devraj gautam says:
    May 21, 2013 at 4:31 pm

    हाम्रो नेपाल मा होस्पितालिटी धेरै नै खाचो ६. सरकारी कर्मचारी ले त ग्राहक लै दिदिनान कम्सेकाम प्रिवाते सेक्टर मा त होस्पितालिटी हुनु पर्ने नी?

    Reply
  9. rachit says:
    May 21, 2013 at 4:22 pm

    एक दिन म नबिल बैंक को new road ब्रान्च मा पैसा deposite गर्न गएको थिए तर मलाई लग्यो आजको 21st century मा पनि एस्तो बैंकिंग हुदो रैछ भन्ने थाहा पाए न्यु road जस्तो ब्यस्त ठाउँ को ब्रान्च मा रकम जम्मा गर्ने र झिक्ने एउतै काउन्टर बाट. जिन्दगि मा पहिलो चोटी नबिल बैंक को असली रुप देखे, जुन बिज्ञापन मा देखिने भन्दा उल्टो पो हुदो रैछ . अनि न्यु road ब्रान्च कै मेगा बैंक ले दिएको पिडा को त कुरै नगरौ. फिल्म को actress जो अफ्फ्नो इन्तेरेस्ट ले नंगिन्छे उसलाई mt everest चढ्न को लागि sponsoser गर्न सक्छ तर गरिबी को पिडा ले नांगिएका जनता लाई ऋण दिनु पर्यो भने पत्यौदैनन . येही हो उनीहरुको सामाजिक उत्तरदयित्यो. खाली बर्ष को एक दिन marathon दौडेर र हरियो tshirt लगाउदै गो ग्रीन भनेर सामाजिक दयित्यो पुरा हुदैन .

    Reply
  10. anamak sharma says:
    May 21, 2013 at 2:43 pm

    Technology को येति धेरै development हुदा नि NABIL बैंक को KATHMANDU BRANCH बाट POKHARA branch मा पैसा हाल्नु पारो वने ABBS charge लाग्ने रे..

    Reply
  11. Gyanendra says:
    May 21, 2013 at 2:40 pm

    ग्राहक भगवान भने गफ मात्र हो
    मैले पनि NMB बैंक मा बचत खाता खोलेको थिय अहिलेको बचत खातामा ब्याज र मेरो बचतको ब्याज फरक किन भनि reception मा सोधपुछ गरे अहिले नया productma फरक हुन्छ bhanee जवाफ दिनुभयो मैले पनि उसोभए मेरो खाता तेसमा ट्रांस्फर गरौँ भने बैंक ले मिल्दैन अर्कै खाता खोल्नु पर्छ भन्यो उसोभए पुरानो ग्राहकलाई के फाइदा त भने खै नियेम येस्तै छ भन्यो म लाचार भएर फर्कें येस्तै हो नेपालमा जनताको कुरा सुन्ने कोहि छैन ढुक्क हुनुस मित्रहरु

    Reply
  12. Shyam says:
    May 21, 2013 at 1:44 pm

    I also have a worst experience in NABIL. I hate Nabil Bank and also request to all my friends not to go Nabil bank. It is the worst bank. The staffs do not listen the voices of customer. In terms of customer services, it is worse than even NEPAL BANK LTD.

    Reply
  13. Anip paudel says:
    May 21, 2013 at 1:20 pm

    I am really disappointed by Nepalese banking service.
    Whenever asked for a balance sheet, that hand out a computer
    punch print that a layman never understands how much interest he earned

    Reply
  14. Nanda says:
    May 21, 2013 at 1:18 pm

    मलाई एकताका Nabil बैंकको guard ले गरेको बेबहार अझपनि ताजा छ. बैंकको गेटमा guard थियन म भित्र जानमात्र लागेको guard त उता घामतापेर बसेको रहेछ र ठुलो स्वरले उ घामतापेको ठाउमा मलाई बोलायो. म गयिन र एकछिन गेटमा उभिएर बसे. त्यो guard त म उसका check गराउन आवोस भनेर बसेको रहेछ. म पनि उ भएको ठाउमा गएन र भित्र जान खोजे. त्यसपछित उ मलाई खाउला गरि गाली गर्ने भाषामा मलाई भित्र जान दिएन. उसको बेबहारत जस्तो उ त्यहाको मालिक र म त्यहाँ उसको निगाहामा. म पनि उसलाई भने check गर्ने मान्छेत गेटमापो बस्छ र ग्राहकको सेवागर्ने भनेर खोलेको बैंकको एक guard को फुर्तिदेखेर मत छक्कपरे. उसलेत म संग निउ खोज्ने हिसाबमा मलाई छानबिन गर्ने रे. त्यस्तैमा बाहिर हल्ला सुनेर मैले चिनेको manager बाहिर आयो र guard लाई र मलाई सम्झाउने कोसिस गर्यो. मेरो हिसाबमात त्यो guard लाई छानबिन गरि action लिनु पर्थ्यो तर manager ले केहि गरेन.

    Reply
  15. शिव थापा says:
    May 21, 2013 at 1:08 pm

    मेरो प्रसँग लक्ष्मी बैंक सँग । पाँच बर्ष पहिला मैले लक्ष्मी बैंकको हात्तीसार शाखामा राम्रो किसिम्ले बुजेर खाता खोलेको थिए, तेस बखत Internet Banking Free हो भने पछी मैले खाता खोले त्यो अवस्था तीन बर्ष सम्म रहयो । तर चौथो बर्षमा गएर पहिलादेखिको सबै हिसाब गरेर चार बर्षाको एकै चोटि Internet Banking Charge भनेर बर्षाको रू २५०/- को दर्ले एक हजार काट्यो । अनी एस्ता बैंकलाई ठग नभेने के भनौ ? नाम दिनुहोला : –

    Reply
  16. tara says:
    May 21, 2013 at 12:22 pm

    मलाई त नबिल बैंकको कर्मचारी हरु को बेवहार पनि राम्रो लाग्दैन..बैंक मा गएर केहि सोध्यो भने हेर्दा पनि न हेरी जवाफ दिन्छन!!!

    Reply
  17. Kiran Dangol says:
    May 21, 2013 at 12:18 pm

    I also feel cheated by Nabil Bank. I do have my Export Account, after receiving the money on account we required a letter for the Export , it called ” Adavnce Payment Certificate” , this is a only Bank charged the amount ( Rs. 500.00) to make the APC. Now i have stop my activity on this bank.

    Reply
  18. gunsa says:
    May 21, 2013 at 11:26 am

    Mero anuvab pani Tito cha. Aafno bank ki branch yeti uti camera furti garne ani kunai banking sewa kina gayo vane.. Tapaiko branch arkai. Yesbata garda yeti extra charge lagcha athawa aafnai branchma janu vanchan. Yesto Ni huncha service. Toit… Laajmardo ani Kai Navajo jatra

    Reply
  19. pramod says:
    May 21, 2013 at 10:33 am

    मैले पनि नबिल बैंक बाट ठगिएको अनुभब गरेको छु, तर उपाय छैन . देशभरि ब्रान्च छन्, सुबिधा जहागएनि भनेर ग्राहक लोभ्याउने अनि परि आएको बेलामा अर्कै ब्रान्च रहेछ, उतै जानु पर्छ, यहा बाट गर्ने भए पैसा यति लाग्छ भनेर माग्छन . मैले काठमाडौँ बानेश्वोरमा खोलेको खाता छ अनि आजकाल पुर्बतिर बस्छु . हरेक पटक आफ्नै खातामा पैसा जम्मा गर्न २०० extra फी तिर्ने गरेको छु . यो पनि तरिका हो ? एक पटक मेरो ATM पिन भुले अनि पूर्व, दमक को ब्रान्चमा गएको त काठमाडौँ नै जानु पर्छ भन्छन . त्यसो भए देश भरि यातिवाता ब्रान्च छन् भनेर किन खोक्नु ? ग्राहक ले क सुबिधा पाए त ? सबै लुटाहाहरु .

    Reply
    1. बिश्व says:
      May 21, 2013 at 1:59 pm

      नेपाल इन्भेष्टमेन्ट बैंकको इ-बैंकिंग मार्फत रि-चार्ज कार्ड किनेको १ दिन पछि मात्र पिन आउँदो रहेछ र मैले बैंकलाइ मेल गरेर जानकारी गराए तर दुर्भाग्य मलाइ इन्टरनेट स्लो भएको जस्तो सुझाव आयो जब की मेरो कनेक्सन भनेको म ओपन बेण्डविथ प्रयोग गर्छु (जुन १ मेग भन्दा कम हुँदैन ), मुभी नै डाउनलोड गर्दा पनि खासै समय लाग्दैन ! अनि म स्वयम् पनि एक अमेरिकी इन्टरनेट कम्पनीको प्राविधिक हुँ त्यसैले पनि थोरै इन्टरनेटको जानकारी थियो ! तर उहाँहरुको जवाफ प्रति म एक्लै हाँस्न बाध्य भएँ ! अब के भन्ने यो निजि बैंक हरुको केवल ग्राहकलाई मुर्ख बनाउने जवाफ रहेछ ! जवाफ यस्तो थियो
      NTC recharge PIN does not show after transaction if there is a network problem (slow network) just after transaction.

      If the transaction has occurred, then the PIN will be available within 1 Working day in the Recharge History

      In reference to the problem in the attachment, this can occur when day end process is running.
      The customer can try after 5-10 minutes
      (नाम मैले हटाइदिए )
      IT Department
      Nepal Investment Bank LTD

      र यो अन्त्यमा भनिएको The customer can try after 5-10 minutes गर्दा जति ट्राइ गर्यो त्यति पैसा कट्दो रहेछ र भोलि त Recharge History भरी पिनै पिन अब कहाँ बेच्न हिंड्नु ?????

      Reply
  20. Sushil says:
    May 21, 2013 at 10:21 am

    मलाइ लाग्दैन बैंक हरु ठग्न चाहन्छन, कुरो बुझायो भने होला नि ? प्रबिधि को प्रयोग मा केहि गल्ति हुनु त सामान्य नै हो, तर सुधार चाही गर्नु पर्यो

    Reply
    1. Abhi says:
      May 22, 2013 at 11:57 pm

      Even then, they can teach their employees what customer service is and how to deal with customers, no???

      Reply
  21. Binod Bhattarai says:
    May 21, 2013 at 9:29 am

    मेरो पनि येस्तै गरेर kist bank le paisa thageko xa

    2 years ago account bata bina karan service charge bhanera 200 RS katyo but that was never mentioned before. ATM card ko ta jhan chuttai katxa 200 RS…

    Yo desh nai lutneharuko desh ko ki jasto lagxa

    Reply
  22. kanchan sharma says:
    May 21, 2013 at 9:24 am

    I mostly use debit cards for shopping. Two years back, I happened to check my bank statement of Nepal Investment Bank Limited and realized that there were so many double entries ‘debits’. I could figure out that though I bought something once but the bank was debiting my account twice or more than two times. When I made a complaint, they refund money to my accounts, but they didn’t bother to give me interest of that period of more than 2 years while my money was stolen by them. Please keep your eyes on your statement on the regular basis otherwise you will never realise how you have been cheated!

    Reply
  23. krishna says:
    May 21, 2013 at 8:45 am

    नबिल बैंक लाई घमण्डी बैंक भन्न मन लाग्छ , उनि हरु ग्राहक लाई खाए खाऊ नखाए घिच जस्तो बेबहार गर्छन तेसैले मैले पनि नबिल बैंक को खाता बन्द गरे …………ठग्नु त बैंक हरुको कम नै हो ……..एनी हाउ पैसा कमाउ…….

    Reply
  24. Niraj Chandra Poudel says:
    May 21, 2013 at 8:28 am

    सब्बै बैंकहरु उस्तै हुन् | मैले पनि Nepal Investment Bank को ATM बाट पैसा निकाल्दा collect your cash भन्यो .. तर पैसा आउने ठाउँ बाट cash हैन gas मात्र आयो | पछि बैंक मा सम्पर्क गरेको त त्यो बेला को slip च्हयो रे .. आब slip आको भए पो दिनु मैले | झन्डै १०० दिन पछि बल्ल बल्ल account मा पैसा आएछ …. अनि गएर बैंक बाट सब्बै पैसा निकालेर घर नेर को सहकारी मा हाले | आहिले न KYC न ATM error .. क्या ढुक्क छ | ब्याज पनि मज्जाले आउने |

    Reply
    1. Salil says:
      May 21, 2013 at 11:22 am

      घर नेर को सहकारी कुन दिन भाग्ने हो, अनि हिस्स बुढी हरिया दाँत होनी नि निरज चन्द्र पौडेल जी, ब्याज को लोभ ले साउ नै जल नि

      Reply
  25. bc says:
    May 21, 2013 at 8:14 am

    2065 सालको कुराहो मैले नबिल बैंक बाट ऋण लिएको थिए मैना मा १४५०० तिर्नु पर्ने थियो मेरो खातामा रु १००००० थियो एक पटक मात्र लिनु पर्ने मा एकै मैना ३ पटक गरेर रु ४३५०० लियो मैले बैंक manager संग भेटेर कुरा रक्दा पैसा फिर्ता हुने भनो तर एक मैना सम्म पनि गरेन एक मैना बित्यो मा इंडिया गएको थिए इंडिया बाट पैसा widthdraw lgarda फेरि अर्को मैना को पैसा काटी सकेछ म नेपाल फर्केर कुरा गर्दा फेरि उही कुरा तर पैसा फिर्ता गरेन तेत्तिकैमा जापान जानु पर्ने भयो र खाता ऋण एकमुस्था तिर्दा पनि त्यो पैसा दिएन नबि बैंक १ no होइन १ no चोर बैंक हो

    Reply
  26. basanta says:
    May 21, 2013 at 5:41 am

    तिन वर्ष अघि बैंक ओफ काठमाडौँ को मुख्य कार्यालय मा गएको थिए आफ्नो खाता बन्द गर्न | पहिले त पालो पर्खे customer service मा, त्यहाँ बाट फेरि अर्को बिभाग मा जानु पर्ने भनि पठायो. अर्को ठाउँ मा पुगे अनि अगाडी कम्प्युटर राखेर काम गर्ने lady ले मेरो detail हेरे पछि त मलाई भनिन” तपाई को account त ठमेल मा खोलेको रहेछ तपाई त्यहाँ नै जानु पर्छ account बन्द गर्न| मलाई त रिस उठेर झगडा गरे| तर के गर्ने र नेपाल को bank त हो, त्यहाँ बाट ठमेल गए अनि त्यहाँ पनि बल्ल बल्ल पालो आयो तर पनि bank account बन्द गर्न त नागरिकता ल्याउनु पर्ने रे| मेरो पुरा दिन नै सकिन लागेको थियो त्यति सानो काम गर्न , अनि रिसाएर भने म यहाँ नेपाल म बस्दिन बिदेस म बस्छु यो मेरो licence हो येही राख भने| म रिसाएको भएर त्यहाँ भने काम गरिदियो|
    नेपाल को बैंक ले high quality service दिने भन्ने त आकाश को फल आँखा तरी मर भने जस्तै होला

    Reply
  27. prabin lama says:
    May 21, 2013 at 3:16 am

    नेपालमा बैंक मा आफ्नो पैसा राख्नु वा निकाल्नु जानुस तेहको कर्मचारीले उसको पैसा माग्नु गएको जस्तो बेबहार गर्छन there is no customer service at all but there should served to staff by customer के लाग्छ तपाइलाई तपाइको त्यो बैंक को नोकर हो र त्यो बैंक को कर्मचारीले नोकरले तलब माग्नु गको जस्तो बेबहार गर्छन

    Reply
  28. Jenish says:
    May 21, 2013 at 3:12 am

    Worse online banking! Have to change your password every 60 days and it’s so frustrating that they made it so complicated!

    Reply
  29. Sudarshan Ghimire says:
    May 21, 2013 at 1:36 am

    बैक भन्दा साथ् आजको दुनियामा दैनिक जिबन चलाउन देखि लिएर हरेक पहलमा
    यसको अति आबश्याक छ यसैले आजको संसारमा सबै देश मा गरेर लाखौ लाख
    को संख्या मा बैक , फ़्यानन्स तथा अन्य वित्तीय सस्था हरु संचालन मा छन् र आबश्यक पनि छ
    तर सुनुहोस है अब यहा , तर यी सबै बैकिङ्ग / वित्तीय सस्था हरु सेबा को नाम का अधिकार प्राप्त ठग वित्तीय सस्था मात्र होइन कि अधिकार प्राप्त महा ठग वित्तीय सस्था हुन् मौका परे यिनीहरुले सर्ब साधारणको
    घरबासै उठाई दिन्छन त्यसैले यसमा हामि स्वयम ठगिनु बाहेक अरु केहि गर्न सक्दैनौ किनकी यिनीहरु यस्तो कार्य को लागि सम्बन्धित निकाय मार्फत अधिकार प्राप्त छन्

    Reply
  30. Ramesh kc says:
    May 20, 2013 at 11:47 pm

    दुई दिन अगी को कुरो हो .. Investment बैंक putalishadak मा इन्टरनेट बैंकिंग को password लिन गयको पिन र पस्स्वोर्ड त देओ तर के भो था छ .. पस्स्वोर्ड त खाम को बाहिर र भित्र दुवै तिर प्रिन्ट पो गरेर दिन्छ बा .. येस्तो के हो भनेको येस्तै हो भन्छ .. अब के भन्ने ..

    Reply
  31. राम चन्द्र says:
    May 20, 2013 at 11:40 pm

    स्ट्यान्डर्ड चाटर ओन लाइन बैंकइङ ले वाक्क बनएर नेबिल तिर राम्रो भनेर आँखा लगको आखिर सबै एउटै ड्याङ का मुला नै त परे । कम्से कम बैंक मा पैसा जा दा यती डलर यती को भाउले भनेर त देखौनु पर्छ । स्ट्यान्डर रे बैंक भने काम भने लुत्न बहेक केइ जान्याहोइन ।

    Reply
  32. dilip says:
    May 20, 2013 at 11:34 pm

    Kura 2 week agadiko, sahi pw handa pani e-banking chalena. NIBL ko aafnai bachat khata ma cheque pani didainan, atm bata 50000 banda badi aaudaina, badi chahiye withdrawl reqest dinu banchan ani 100 rs linchan. Aafnai paisa nikalna pani alto paisa tirnu paryo kasto chalan ho yo?? Ahile samma 3 palta pw reset gari sake chalya hoina, k garne hola sochi ra chu…

    Reply
  33. पुष्प says:
    May 20, 2013 at 11:13 pm

    सित्तैमा पाइने सफ्टवेयरलाई जोडजाड गरी सञ्चालनमा ल्याइएका यस्ता अनलाइन बैंकिङ सुविधा हवाइजहाजलाई गाडीको इञ्जिन लगाएजस्तै हो; गुड्ने तर नउड्ने । भोली प्राविधिक गल्ती भो भनेमा आश्चर्य नमान्नु उमेशजी ।

    Reply
    1. Ramchandra says:
      May 20, 2013 at 11:31 pm

      पायो सित्तैमा l जडान तपाईं ले गर्दिनु भाको होला नि सबै बैंक मा 😀

      Reply
      1. पुष्प says:
        May 21, 2013 at 11:00 am

        बैंक आफैले सित्तैमा जडान गर्या भन्या होइन रामचन्द्रजी । बजारबाट गर्दा अलि अध्ययन गर्नु पर्ने हो । अखिर सबैजसो बैंकमा आईटी विभाग हुन्छन । यो पिन नम्बरको चक्कर नभई घनचक्कर हुनुपर्छ ।

        Reply
  34. Ramchandra says:
    May 20, 2013 at 10:23 pm

    governor आफै ठगिएको कथा 😛
    governor शाब (युबराज खतिवडा ) को खाता बाट न्यूनतम मौज्दात १०००० हुने पर्ने मा अलि कम भहेछ, अनि बैंकले “monthly minimum balance ” maintain गरेन भनेर ” ledger fee ” भन्दै प्रतेक महिना वहा को खाता बाट चार्ज ठोक्दै गहेछ l पछि वहा governor भए पछि हिमालयन बैंक को खाता को विवरण हेर्दा मौजदात ५०० जति मा पो झरेछ 😛 तेस पछि बल्ल वहाले “monthly minimum balance” ग्राहक लाई ठग्ने सिस्टम रहेछ, आइन्दा यो कुरा लागु गर्न पाईदैन भनेर नेपाल राष्ट्र बैंकलाई क, ख, ग वर्गका बैंकहरु लाई निर्देशिका नै जारी गर्न लगाउनु भयो 😀 l वहा लाई नपरेको भए आज सम्म पनि बैंकले लुटीरा हुने थिए होला l

    Reply
  35. shekhar says:
    May 20, 2013 at 9:52 pm

    I also have one experience in the bank…..my father forgot the pin code of his ATM and had visited the chabahil bank for it. My father had a flight the next day to biratnagar and requested for the new pin. the help desk women advised me to come after one week for the pin no. I told her that my father has a flight tomorrow but the bank lady directly says thats not her problem. Since my father didn’t had cheques I asked for a withdrawal slip…..she didnt give me and stated that it isnt possible as nowadys its not available…..i requested that the money was necessary but everything went vain……i was so angry that all solutions closed for getting my money. It seems that I was begging for my own money.I didnt say anything…..I saluted her saying that your bank system is wonderful…..great thank you for your service…..to let you it has been around 6 months that my father money is blocked in the bank and my father is old enough and uneducated for all these procedures and doesn’t wanna go to bank and make a red face again……..

    Reply
  36. Yogi says:
    May 20, 2013 at 9:44 pm

    मैले आफ्नो नबिल बैंक को खाता बन्द गरेर ठिकै गरेछु तेसो भए |

    Reply
  37. kim says:
    May 20, 2013 at 9:26 pm

    1 DIN HOTEL SOALTEE MA RAHEKO NABIL BANK KO ATM BATA MERO GUEST LE RS 30000 NIKALNE B4 GARYO, TARA PAISA AAYINA, PACHI DINNER MA USKO MOBILE MA MESSAGE AAYIO RS 30000 KATEKO 6 BHANERA. PHERI DOSHRO USKO INTERNATIONAL FLIGHT, BIHANA PHONE GAREKO TA TYO GALTI HAMRO HOINA , USKO DESH KO BANK MA GAYARE BUJHNUS BHANNE JAWAF DAYIO

    Reply
  38. Sita Magar says:
    May 20, 2013 at 9:16 pm

    यो बैंक ठगहरुले चलेको भन्ने थाहा पाएर मैले खाता बन्द गरे. यस बैंकले मसंग ABBS सुबिधा भनेर नगद लियो र खाताबाट पनि घटायो. खाता बन्द गर्दा पनि धेरै पैसा लिन्छ . यो गरिबमारा बैंक

    Reply
  39. विष्णु says:
    May 20, 2013 at 8:33 pm

    प्रशंगवश,
    १। धेरै जनता ठगिने बैंकहरूमा व्याप्त एउटा नियम छ – निशुल्क खाता खोल्ने। धेरै बैंकहरू निशुल्क वा एकदमै न्युन शुल्कमा खाता खोलिदिन्छौं भनी बोलाउँछन्, तर खाता बन्द गर्न जाँदा बन्द गर्ने शुल्क ५००, १००० वा यस्तै लाग्छ भनी बिलखबन्दमा पार्छन्। एकपटक फसाइहाल्ने अनि जति कमसल सेवा दिएपनि निस्कन नदिने। जसरी नि निस्कन्छु भन्यो भने शुल्क लिने यो नियम कत्ति पनि न्यायोचित होइन।
    २। बैंकहरूको फर्म र शर्तहरू देख्दा उदेक लाग्छ। नेपालको साक्षरता करिब ६६% छ। त्यसमा पनि अंग्रेजी जान्ने मुस्किलले ३०-४०% होलान्। तर ती नियमहरू (त्यसो त एकपक्षीय हुन्छन् ती) जुन फर्मको पछाडि छापिएका हुन्छन्, ती अंग्रजीमा र अझ साह्रै सानो अक्षरमा हुन्छन्। त्यसो त अंग्रजी जान्ने सामान्य मान्छेले पनि अर्‌थ्याउन गाह्रो पर्छ, तैपनि। फर्म पनि, भौचर पनि सबै अंग्रेजीमा, मानौं, देशको राष्ट्रभाषा नै अंग्रेजी हो। कति विवेकशुन्यता, कति संवेदनहीनता! त्यसमाथि, कसैले नबुझेर केही सोध्यो, झर्क्यो, आँखा तर्यो, रिसायो। जब बैंकमा जान्छु, धेरै निर्दोषहरूले दु:ख पाएको दृष्य देख्दा मन छुन्छ, र कतिपटक आफै त्यस्तोमा परिन्छ। (राष्ट्रबैंकले फर्म नेपालीमा छाप्ने निर्देशिका जारी गरेपछि भने केही सुधार भएको हुनुपर्छ?)

    Reply
  40. Bhoj Gurung says:
    May 20, 2013 at 8:16 pm

    आज भन्दा झन्डै २ वर्ष अगाडिको कुरो हो / विदेश जाने क्रममा हामि हतार गर्दै थियौं / बैंकमा भएको ४० हजार पैसा झिक्नाका लागि ATM खोज्ने क्रममा कुमारी पाटीमा रहेको माछापुछ्रे बैंकको ATM बाट पैसा झिक्न लाग्यौं / १० हजारको दरमा पहिलो चाहिं झिकियो, ३० हजार बाँकि रहेको बिल आयो / दोस्रो पल्ट झिक्दा पैसा आएन, मात्र बिल (३० हजार बाँकि रहेको)आयो / फेरी try गर्यों / यसपाला भने पैसा आयो तर बिलमा मात्र १० हजार बाँकी रहेको देखायो / हामीले ३० हजार रुपैया झिकेर माछापुछ्रे बैंक त्यसैको माथ्लो तलामा रहेछ, गएर बाँकि १० हजारको बारेमा बतायौं / त्यहाका कर्मचारी भन्दै थिए तपाइको खाता नबिलको रहेछ, खाता जहाँबाट बनाउनु भएको हो त्यहाँ गएर उजुरी गर्नुहोस / होलातनि भनियो, भोलि पल्ट मेरो दाजु नबिल बैंकमा जानु भएछ, बैंकले भनेछ, ‘छानबिन गर्नु पर्छ, अलि time लाग्न सक्छ, ढुक्क हुनुहोस, तपाइको पैसा कतै जान्दैन पाउनु हुन्छ / हामी फोन गर्छौं तपाईलाई /’ महिना दिन बित्दा पनि फोन नआए पछि जानकारीको लागि बैंक जानु भएछ, तर अहँ, कुनै बाटो बाट पनि पैसा दिने खालको ब्याबहार नदेखे पछि दाजु ६ महिना देखि आफ्नो पैसा लिनलाइ लाजै लागेर त्यसबारे कुरा गर्ने छोड्नु भयो / देखा देख, हामीसंग प्रमाण हुँदा हुँदै पनि नबिलले ग्राहकको बेवास्ता गरेको देख्दा ‘तँ पनि त्यहि ड्याङ्को मुला त रहेछस,’ भनेर मनमनै भन्नु सिबाय केहि उपाए देखिएन../

    Reply
  41. Jeevan Thapa says:
    May 20, 2013 at 7:51 pm

    यस्तो झन्झट त मैले पनि बेहोरेको छु नेपालको बैंक मा खाता खोल्न को लागि!!! नया खाता खोल्नलाई बैंकमा खाता भएको मान्छे जमानत बसिदिनु पर्ने रे यो पनि सुहाउने कुरो हो ? बैंकमा खाता खोल्नु पर्यो भने लौ फलानो बैंकमा खाता खोल्नु पर्ने छ त्यो बैंकमा खाता हुने ले जमानत बसिदिनु भएमा यतिपैसा टक्रौने थिय भनेर बिज्ञापन गर्नु पर्ने भयो !!!!
    नेपालको बैंकले बुझ्नु पर्यो यो नियम ग्राहक को हित बिपरित छ!!!

    Reply
  42. राजकुमार says:
    May 20, 2013 at 7:49 pm

    सरासर गलत गरेको छ |तपाई को रु ५००/- माफी र हर्जना सहित रिफ़ंड गर्नु पर्छ नबिल बैंक ले |

    Reply
  43. Rio says:
    May 20, 2013 at 7:36 pm

    the worst banking exp I had two years ago with Nabil at Maharajgunj branch, Manager-she was a horrible lady and so mean, I never been there after that…worst customer service and even employee r frustrated there

    Reply
  44. Sara says:
    May 20, 2013 at 7:24 pm

    म त ५००० रुपैया ले ठगिएकी छु यो बैंक बाट ,online पैसा transfer गरेको नेपाल नाबिल्बंक को खातामा ,online transfer जुन दिन गरेकोतेही दिनको दरले अरु बैंकले दिए तर नबिल बैंकले आफ्नो खातामा आइसकेको पैसापनि कहिले के भनेर झुलाछा कहिले के अखिरमा ५ दिनपछि दियो तर जुनदिन दियोतेही दिनको दरले,५ दिनमा मेरो पैसा ५००० ले पुगेन ,फोन गरेको खै किनाहो ग्राहक संग बोल्न पैसा पर्ला जस्तो गरि बोल्ने तेही पनि धेरै प्रयास पछि ,अब यो बैंक बाट कहिले पनि पैसा नपठाउने भाको छु|

    Reply
  45. Prakash says:
    May 20, 2013 at 6:18 pm

    केहि वर्ष अघि यस्तो समस्या मलाई पनि परेको थियो, यहि बैंक ले ठगेको थियो मलाई पनि, भयो के भने मैले कारणबस यस बैंकको खाता बाट कारोबार गर्न छाडेको थिए र मेरो खाता dormat मा थियो , मेरो atm को validity expire थियो , जब मैले २-३ वर्ष पछि पुन यसको खाता activate गरे र केहि पैसा deposit गरे बैंकलाई मौका जुरेछ, स्वात्तै ५०० रुपिया खाता बाट घटाईदियो अनि किन काटेको भनि बुझ्दा ATM charge रे, हे भगवान dormat account मा पनि ATM Charge ! धिक्कार छ नबिल! यस्तो ठगि त यसले धेरै गर्छा रे ! Who Cares after us?

    Reply
  46. khem says:
    May 20, 2013 at 6:12 pm

    कुरा सहि हो नबिल बैंकले ग्राहकलाई थागिरा छ. मेरो ATM Card expired भाको थियो. नया कार्ड आयो भनेर कल गरेको थिएँन इन्फोर्म गरेको छु भन्दै फेरी फर्म भर्न लगायो अनी २०० मा हुने कार्ड renew लाई ५०० ठगयो.

    प्राइभेटको सरकारी बैँक यो कुरा एक दम ठिक हो.
    ब्याज आउने तेही हो ताल
    ग्राहकलाई दिन्छ बाल

    Reply
  47. anil says:
    May 20, 2013 at 6:00 pm

    these types cheater bank should categorize not in A group of bank, Nepal central bank should create one more category Z group of bank for such neglect bankers.

    Reply
  48. Bibek Dahal says:
    May 20, 2013 at 5:42 pm

    मेरो पनि एउटा घटना राष्ट्रिय बाणिज्य बैंक, पुल्चोक साखा सग सम्बन्धित छ कुरा के भने NIC बैंक को dividend जमा गरेको २ वर्ष पहिला अहिले सम्म मेरो खाता मा जमा भाको छैन अचम्म को कुरा के भने NIC बाट भने उनीहरुले भुक्तानी लि सकेका रहेछन HEAD OFFICE मा नि मौखिक COMPLAINT गरेको ” तपाइको पैसा पाउनु हुन्छा त भनेका छन् ” हेरुम कति बर्समा जम्मा हुने हो

    Reply
  49. Govinda Baniya says:
    May 20, 2013 at 5:42 pm

    मेगा बैङ्कले ‘ठग्यो’ ! एटीएम प्रयोगकर्ताहरु सावधान !

    अस्ती अप्रील १५ तारिखका दिन, मेगा बैङ्क बानेश्वर ब्रान्चको एटिएम प्रयोग गरेँ । १५ हजार निकाल्नुथियो । पैसा निक्लियो जम्मा १० हजार तर स्लिपमा पन्ध्रै देखायो । तत्काल निवेदन दिएँ । हुन्छ जानुस्, तपाईँलाई फोन गर्छौँ भनेँ म घर आएँ । एकहप्ता पुग्दा पनी फोन नआएपछि बैङ्ककै बानेश्वर पुग्दा उल्टै मलाई दोषी देखाउन खोजे । पछी मैले हेडअफिसको कार्ड शाखामा फोन गरेपछी, बानेश्वर आउन भनेर फोन गरियो, गएँ । मेरो स्लिपमा ३ बजेर ११ मिनेटमा ट्रान्जेक्सन भएको देखाईएको छ। तर बैङ्कसंग त्यतीबेला कारोबार भएको कुनै रेकर्ड नै छैन, कस्तो दुर्भाग्य ? सोधखोज गर्दा बैङ्कमा कुनै रेकर्ड भेटीँदैन । अब मेरो पाँच हजार फिर्ता हुनेमा कम आशावदी छु । सिसिटिभी फुटेज हेरेपछी पत्ता लाग्छ रे, हुन त मैले एटिएम भित्रै पैसा गनेको छु, यदी त्यँहा देखीयो भने होला नत्र त्यस्तै हो ।
    तपाईँहरु पनी होस् गर्नुस् । एटीएम कार्ड बोकेर मक्ख पर्ने हामीलाई बैङ्कहरुले ठग्दारैछन् । एटिएम् मेसिनहरुमा देखीने यस्ता समस्याकै कारण एटीएम अविश्वसनिय बन्दै गएको छ । यसतर्फ बैङ्क, एटीएम सेवा प्रदायकहरुले ध्यान देउ । नत्र म ठगिएँ, अरु पनी ठगिएलान् ।

    तर १५ दिनपछी अनेक प्रकि्या गरेपछी फिर्ता पाएँ ।

    Reply
  50. safal says:
    May 20, 2013 at 5:19 pm

    नेपाल इन्भेस्टमेन्ट बैकको सुर्यविनायक साखामा म वेस्टर्न युनियनको पैसा निकाल्न जाँदा , टाइम लाग्छ कुर्नुसहै भन्यो , त्यसको २० मिनेट सम्म म उभिएरै काउन्टर अघि बसे, त्यसपछि फेरि तपाइ यसो चिया खएर आए पनि हुन्छ अझै ३० मिनेछ लाग्छ भन्यो । यसरी मरो फर्म नै नलिइ, अन्त जा भने जस्तो ब्यवाहर गर्यो । मेरो त्यहि बैकमा खाता भएको र पैसा नझिकि बैकमै डिपोजिट गर्नु पर्ने भएर म त्यहा गएको थिए । मलाइ यस्तो भयो कि एकाउन्ट सेकाउन्ट क्लोज हानेर हिडउ जस्तो लागेको थियो, त्यो पैसा मैले अर्कै बैकबाट झिके ।

    Reply
  51. Raaz says:
    May 20, 2013 at 5:04 pm

    सम्झेर भन्नुपर्दा पुल्चोकको नबीलमा केही वर्ष पैसा जम्मा गर्न गएको थिएँ । पैसा जम्मा गर्ने, चेकबाट पैसा साट्ने लाइन एउटै । कति जनाले गुनासो गरे तर खै… । सायद सरकारी बैंक बन्ने सोच छ जस्तो छ ।

    Reply
  52. उपासक उदास says:
    May 20, 2013 at 4:58 pm

    हाम्रो पनि केहि यस्तै अनुभव छ – यो नबिल बैंक नं. १ त हो , तर सर्व साधारण जनता चुस्न र ठग्न मा ! झन्झटिलो त छ नै यिनको काइदा र कानूनहरु , त्यस माथि ब्याज दर पनि अन्य बैंक हरु भन्दा निकै कम मात्र दिन्छ – ४-६% मात्र ! यो र यस्तै लाई देखेर भनेको होला – ‘ नाम भने समशेर ; खाने बेला आधा शेर !’

    Reply
  53. kamal says:
    May 20, 2013 at 4:57 pm

    करिब करिब ३ वर्ष अगाडी ३५ दिनको छुट्टि बिताउन र यो खाडी को बोसो पगाल्न नेपाल गएको थिए, २-४ पैसो पनि भयरै होला हिमालयन बैंक पोखरा न्युरोडमा गयर खाता खोले अनि ATM कार्ड पनि लिय (पैसा तिरेर) र बेला बेला मा ATM प्रयोग गर्दथे.एक दिन लेकसाइड मा बेलुका को समय थिओ Standard Chartered को ATM बाट ४५०० निकाल्ने सम्पूर्ण प्रकिया पुरा गरे, mobile मा SMS पनि आयो अनि ATM बाट कागज पनि आयो तर पैसो आउदैन ५ मिनेट कुरे यता हेरे उता हेरे पैसो आउदैन…. अनि ATM बाट आएको tranjection कागज र mobile को SMS लियर भोलिपल्ट हिमालयन बैंक न्यु रोड पोखरा गए को हाकिम ले Standard Chartered को ATM किन प्रयोग गर्नु भयको त भनेर भन्छ बा. अनि मैले तिमीहरु को ATM पोखरा मा २टा होलान अनि रति बिख तेरो आत्म खोज्दै हिड्न पर्ने भय ATM लियको के मजा भयो भनेर एक छिन् बहस गरे, एउटा कागज दियो विवरण लेखेर दिन भनेर अनि सम्पूर्ण इतिहास लेखि छोडे ३-४ दिन पछि गयर सोध्दा कुनै गतिलो जबाफ पाइन….. अनि तेयो पैसा हिमालयन बैंक लाई टीको लगायर छोड्न बाध्य भय

    Reply
  54. Sanuj Sanu says:
    May 20, 2013 at 4:53 pm

    मेरो पनि नबिल बैंक मा account छ. इन्टरनेट बन्किंग को पस्स्वोर्ड को डेट expire भयेअको ले earko को लागि application दिए Tara चेकक Garda accept गरेन. Complain गर्दा , earko लिनु parcha र Tyeasko लागि charge लाग्छ रे. भयो त staff त customer संग कस्तो behave भने उसको बाऊ को कम्पनी मा हामी काम मग्न गा जस्तो गर्छ. हाम्रो deposit paisa ले uni haru को तलब आउने कुरा Dimag बाट गयो ??????

    Reply
  55. Susheel says:
    May 20, 2013 at 4:53 pm

    Malai pani Nabil bankke ATM card diyo.. Pin code try gare.. 1 patak garda bhayena 2nd time gare tyo pani code error bhanyo .. Sahi nai code handa ni wrong dekhayo.. Feri pani try gare paperma bhako no. Herdai card cease bhayo.. Gayera complaint gare.. Aba ta naya card lina parchha re.. 500 charge tirera! Ye baba maile naya card liyera uniharule diyeko pin code enter garda bhayena ajha uniharu malai ni rude wayma behave garchhan.. Tyo din dekhi ma Nabil bankma herdai herdina ma ra mero familyko sabai account close garai diye.. “THE WORST BANKER- NABIL BANK”

    Reply
  56. mangal says:
    May 20, 2013 at 4:50 pm

    नेपाल का बैंक हरु खुद्र पसल जस्ता भए . एउटै बैंक को एउटा साख बाट भएको कारोबार अर्को साख ले हेर्न मिल्दैन भन्छन . खाता चै विदेश मा भए नि पस्स्पोर्ट को कापी र २ वोटा फोटो को भर मा खोल्ने तर अरु कारोबार चाही जुन साख को हो त्यहाँ नै पुग्नु पर्ने जस्ता ताईनतुइ का नियम देखाउने गर्छन. बिशेष गरेर हिमालयन बैंक मा.

    Reply
  57. sujan says:
    May 20, 2013 at 4:34 pm

    सहि हो ! नबिल बैंक सरकारी बैंक जस्तै सानो सानो कुरा मा किच किच गर्छ | त्यहाँ को चेकक साट्न जाँदा जहिले किच किच

    Reply
  58. Bishwas Thapa says:
    May 20, 2013 at 4:33 pm

    नबिल बैंक जस्तो हेपाहा बैंक मैले अरु देखेको छैन, यसको चाडै दिन आउछ ओरालो लाग्ने |
    Once I called their call center (Card Division), and the guy was explaining me about their roles and permission in system which he does not have, made me wait very long and finally call was hung up. Only foolish employees work there, no respect to customers. I have written to them multiple times saying I don’t receive bill statement for my Credit card to my email I registered, they never reply. बरु सरकारी office मा राम्रो रेस्पोंसे गर्छन, अनि ब्रान्च हरु पनि कस्तो फोहोर तिनीहरुको त, चुसुवा जुकाहरु, मैले सकेसम्म/मिलेसम्म नबिल मा कहिल्यै पैसा राख्दैन |

    Reply
  59. manoj says:
    May 20, 2013 at 3:44 pm

    नबिल बैंकले मात्र हैन नेपालका सबै बित्तिय संस्था तथा सेवा प्रदायी भन्ने नाफा कमाउन बसेका यस्ता संस्थाहरुले र तिनका कर्मचारीहरुले कसरी सोजा नेपालीका पैसा खाइरहेका छन् भन्ने कुरा सबैलाई थाहा नै छ | यो कुरा आज सालोक्य जी ले भोग्नु भाको छ, र यस्तै मसंग पनि धेरै चोटी भएको छ र त्यसले गर्दा धेरै दु:ख पाएको छु | मेरो एकाउन्त प्रभु फाइनान्समा रहेकोले त्यसैको ATM कार्ड चलाउदै आएको थिए | मैले ३ महिना अगाडी शुक्रबारको दिनमा जमल शाखामा रहेको ATM booth बाट २ हजार पैसा झिक्न खोज्दा पैसा आएन तर balance भने घटेर आयो र त्यस दिन शुक्रबार चाडो अफिस बन्द भएकोले मैले लैनचौरमा रहेको मुख्य शाखामा तत्कालै फोन गरेर सूचना दिए र जवाफमा मलाई हेरेर फोन गर्छु भनेको थियो तर मलाई न फोन नै आयो न मेरो एकाउन्तमा पैसा नै आयो | मैले धेरै पटक मुख्य शाखामा नै धाएर भन्दा पनि २ हप्ता लाग्यो त्यो पैसा फिर्ता हुन | त्यसरी मेरो एकाउन्त बाट पैसा झिक्दा एक चोटी मात्र हैन फेरी फेरी पनि त्यस्तै भयो र त्यसरी नै धाउनु पर्यो मैले | मैले त थाहा पाएर पैसा फिर्ता लिए तर सबै जनाले कहाँ त्यसरी ख्याल गर्छ र? यसरी सायद प्रभु फाइनान्सले धेरैको पैसा खाएको हुनुपर्छ|किन कि प्रभु फाइनान्स एउटा money transfer गर्ने सस्था पनि हो जसको मुख्य ग्राहक ग्रामिद भेगका जनता हुन् जसका आफन्त बिदेशमा कमाइ गरि यो संस्था मार्फत आफन्तलाई नेपालमा पैसा पठाउछ र त्यो पैसा त्यहि एकाउन्त खोलि जम्मा गर्न लगाउछ | सायद यसरी नै यो संस्था नाफामा चलेको होला |यो मेरो संस्था प्रति कुनै रिसिबी होइन बस यो संस्थामा हुने नराम्रो काम रोकियोस् र सोजा शाझा नेपाली नठागियोस |

    Reply
  60. kedar says:
    May 20, 2013 at 3:42 pm

    नेपाल मात्र हैन संसारमै सबै भन्दा ठग र ठगिने ठाउँ बैंक नै हुन् , अझ विश्वास जति गरो उति धेरै ठग्छन / संसारको जुनसुकै कुनामा बस्नु भएको भए पनी बैंकलाइ कहिलेयी आँखा चिम्लेर बिस्वास नगर्नु होला मित्र हरु, / बेला बेलामा आफ्नो हरेक ट्रांजेक्सन नियाल्ने र उल्लेख हुने संकास्पद्को बारेमा तुरुन्तै उजुरी गर्नु होला / स्पेनमा भनिएका गतिला नामुद सन्तान्देर, बि बि भी ए र ला काईसा जस्ता बैंकहरुले कुरो नबुझ्दा ठगेर चेत खाएको छु मैले /

    Reply
  61. jeewan says:
    May 20, 2013 at 3:11 pm

    मैले पनि एस्तो हेपाहा बेवाहर भोगेको छु. बैंक मा गएर line बसो भने जो बैंक को रेगुलर customer हो एंड जसले धेरै पैसाको कारोबार गर्छ तेसैले first priority दिने अनि मात्र अरु को पालो औच . अल्सो नबिल बैंक सरकारी बैंक जसतै झन्जटिलो ६, account खोल्न गयो अनि १ होउर कुरो पाली आए पछि यो दोचुमेंट चैन६ photocopy गरेर लाउनु , अनि गरेर लागो फेरी अर्को document लाउनु किन एकै चोटी सबै चाहिने document को bare मा नभन्ने. अनि they are rude with customers specially if they saw new and unknown with banking. also if you try to com[plain to manager you will get the reply ” येस्तै हो “.
    They people on treller feels that they are the only person who are best .

    Reply

Leave a Reply to anamak sharma Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme