Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्व रेकर्डमा नाम राख्ने न्युज २४ को हरिबिजोग, छैटौँ दिनसम्म पनि आन्दोलन जारी

Posted on May 10, 2013May 12, 2013 by mysansar

news24‘अब विश्वले चिन्नेछ नेपाल’ नाराका साथ रवि लामिछानेको ६२ घण्टा लामो टक शो प्रसारण गरी विश्व रेकर्ड राखेको न्युज २४ टेलिभिजनको अहिले हरिबिजोग भएको छ। महिनौँदेखि तलब नपाएपछि आन्दोलित बनेका पत्रकार र कर्मचारीहरु नियमित रिपोर्टिङमा गएका छैनन्। नियमित कार्यक्रम नै रद्द गरिएका छन्। व्यवस्थापनले अरु टिभीबाट भिजुअल सापटी मागेर प्रसारण गरिरहेको छ। ‘निरन्तर न्युजमा’ ट्यागलाइन भएको टिभी निरन्तर आन्दोलनमा छ। न्युज २४ को स्थितिबारे जानकार एक पत्रकारले माइसंसारलाई पठाएको विस्तृत विवरण भित्र।
अपडेट २ (मे ११) छैटौँ दिन पनि आन्दोलन जारी: नियमित तलबका माग गर्दै आन्दोलनरत न्यूज २४ टेलिभिजनका पत्रकार तथा कर्मचारीहरुको आन्दोलन शनिबार ६ दिन पूरा गरेको छ। तर, पनि टेलिभिजनका सबै पत्रकार तथा कर्मचारीहरुले तलब पाएका छैनन्।

शुक्रबार अबेला २० जनालाई तलब दिएर बाँकी पत्रकार तथा कर्मचारीहरुलाई तलब दिन नसकेपछि शनिबारका लागि सारिएको थियो। तर, शनिबार अबेलासम्म पनि एमसीआरबाट तीन जना, न्यूजबाट पाँच जना, मेकअपको दुई जनालाई तलब नदिएपछि पूर्ववत् घोषित कार्यक्रम अनुसार रिपोर्टिङ, ६ प्रश्न, इस्यू अफ द डे, पावर न्यूज, जय स्वभिमान लगायतका कार्यक्रममा आन्दोलनरत पत्रकार तथा कर्मचारीहरुले रोक कायम राखेका छन्। तर, पैसा पाइसकेका पत्रकार तथा कर्मचारीहरुलाई महानिर्देशक तपानाथ शुक्ला, समाचार प्रमुख चिरञ्जीवीराज देवकोटा, न्यूज २४ टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष शुशीलबाबु अर्यालले काममा फर्किनका लागि व्यक्तिगत ढंगबाट दबाब दिइरहेको एक पत्रकारले बताए।

आन्दोलनरत पत्रकार तथा कर्मचारीहरुले पूर्व सहमति अनुसार जबसम्म दुई दुई महिनाको तलब सबैको हातमा पर्दैन, तबसम्म आफूहरुको आन्दोलन नरोकिने बताए।

समाचार प्रमुख चिरञ्जीवीराज देवकोटाले शुक्रबार साप्ताहिक रुपमा प्रसारण हुने उत्तरदायित्व प्रोग्राम नयाँ बनाएर पठाएपछि देवकोटा र आन्दोलनरत पत्रकार तथा कर्मचारीबीच तँ तँ र म म भएको थियो। आन्दोलनरत पत्रकार तथा कर्मचारीहरुले अहिले आन्दोलन भइरहेको बेलामा तपाईँ पनि उत्तरदायित्व रिपिट गर्नुस् भन्दा देवकोटाले मानेका थिएनन्। पछि आन्दोलनरत पत्रकार तथा कर्मचारीहरुले देवकोटाले पठाएको प्रोग्राम स्टोरेजबाट नै डिलिट हान्दिएका थिए। डिलिट गरेको जानकारी पाएपछि देवकोटा आफ्नो कोठाबाट रन्किँदै डेस्कमा आएर फेरि पनि आफैले प्रोग्राम पठाएका थिए।

त्यस्तै नेपाल ब्रोडकास्टिङ च्यानलकै नामबाट सञ्चालन भएको इ २४ टेलिभिजनका पत्रकार तथा कर्मचारीहरुलाई गएको एक वर्षदेखि तलब दिइएको छैन। इ २४ टेलिभिजनका पत्रकार तथा कर्मचारीहरुले तलब माग्दा उल्टै थर्काएर पठाउने गरेको बताएका छन्। यसबारे अहिलेसम्म कसैले बोलेका छैनन्।

अपडेटः विवाद झन चर्कियो
सबै पत्रकार र कर्मचारीलाई नियमित तलबको माग गर्दै गएको पाँच दिनदेखि आन्दोलन गरिरहेकामा शुक्रबार साँझ केही साहुको नजिकको मानिसलाई तलब दिएपछि विवाद झन् चर्किएको छ।
शुक्रबार साँझ क्यामेरा र भिजुअल एडिटरका २० जना कर्मचारीलाई दुई-दुई महिनाको तलब दिएपछि विवाद चर्किएको हो।
साथै आजै नेपाल पत्रकार महासंघबाट न्यूज २४ टेलिभिजन प्रतिष्ठानका अध्यक्ष शुशीलबाबु अर्यालले उपाध्यक्ष यशोदा तिम्सिनालाई बोलाएर आन्दोलन निस्क्रिय पार्न लागेको आरोप आन्दोलनरत पत्रकार तथा कर्मचारीहरुले लगाएका छन्। पूर्व सहमति अनुसार टेलिभिजनमा कार्यरत सबै जनाको दुई-दुई महिनाको तलब नदिएसम्म पूर्ववत् काममा नफर्किने उनीहरुले बताएका छन्। एक कर्मचारीका अनुसार उपाध्यक्ष तिम्सिना न्यूज २४ मा आउँदा प्रतिष्ठानका अध्यक्ष शुशीलबाबु अर्यालले सिधै सञ्चालक अनिल जोशी कहाँ लगेका थिए। त्यहाँ करिब ३० मिनेट अनिल जोशी, चिरञ्जीवीराज देवकोटा, तपनाथ शुक्ला लगायतकासँग छलफल गरेपछि यहाँको अवस्था सबै ठिक रहेको र सबै तलब चुक्ता गरेको बताइएको थियो। तर जब उनी त्यहाँबाट तल आइन्, त्यति बेला आन्दोलनरत पत्रकार तथा कर्मचारीहरुले उनलाई घेरेर पूर्वसहमति अनुसार कुनै एक माग पनि पूरा नभएको बताए। उनीहरुले आज राति १२ बजेसम्म पनि सहमति अनुसार तलब नदिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएका छन्। आज पनि न्यूज बाहेक सबै कार्यक्रम रोकिएको छ र यति बेला न्यूज २४ टेलिभिजनले गीत बजाइरहेको छ।

मूल ब्लगः
नियमित तलबको माग गर्दै न्यूज २४ टेलिभिजनका पत्रकार तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। रेडियो नेपालमा महाप्रबन्धक हुँदा सो संस्था तहसनहस पारी रकम कुम्ल्याएको आरोप लागेका तपानाथ शुक्ला न्यूज २४ टेलिभिजन सुधार्ने भन्दै महाप्रबन्धकमा नियुक्त भएपनि व्यवसायिकता निर्वाह गर्न नसकी मालिकको पक्षपोषणमा लागेको आरोप त्यहाँका कर्मचारीले लगाउन थालेका छन्। कर्मचारीहरुले तलब माग गर्दा उल्टै पत्रकार माथि हैसियतको प्रश्न उठाउंदै धम्की दिँदै आएको त्यहाँ कार्यरत पत्रकार बताउँछन्।

कर्मचारीको आन्दोलन दबाउन समाचार प्रमुख चिरञ्जीवीराज देवकोटा, रिपोर्टिङ कोअर्डिनेटर तथा नेपाल पत्रकार महासंघ न्यूज २४ टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष शुशीलबाबु अर्याल खुलेरै लागेका छन्। यही बैशाख २३ गतेबाट सुरु रहेका पत्रकारहरुको आन्दोलनबारे कतैबाट कसैले केही बोलेको छैन।

आन्दोलनलाई साम्य पार्न नसकेपछि टेलिभिजन, तराई टेलिभिजन, माउन्टेन टेलिभिजन र इमेज टेलिभिजनबाट भिजुअल लिएर प्रसारण भइरहेको छ। रिर्पोटिङ, पावर न्यूज, इस्यू आफ द डे, ६ प्रश्न लगायतका कार्यक्रमहरुको नयाँ प्रसारणमा रोक लगाइएको छ। ती कार्यक्रम रिपिट गरिएका छन्।

भिजुअल लिन जानको लागि टेलिभिजनमा कार्यरत एक सवारी चालकलाई प्रयोग गरिएको छ। आन्दोलनरत कर्मचारीहरुले आफूहरुको माग पूरा गर्न छाडेर प्रतिस्पर्धी टेलिभिजनको शरणमा पर्नु लाचारी भएको प्रतिक्रिया जनाएका छन्। बिहीबार दिउँसो ३३ दलले न्यूज २४ को कार्यालय अगाडि नै कोणसभा गरेको थियो। सो कार्यक्रममा अन्य टेलिभिजनका कर्मचारीहरुले रिपोर्टिङ गरिरहेका थिए भने न्यूज २४ का कर्मचारीहरु भने आफ्नै कार्यालय छेउमा भएको कार्यक्रम टुलुटुलु हेरेर बसेका थिए।

आन्दोलन कायमै
बुधबारको बैठकमा काममा फर्कन आग्रह गरिए पनि कर्मचारी तथा पत्रकारहरुले तलब आएपछि मात्रै काम थाल्ने अडान लिएका थिए। बिहीबार भने कुनै औपचारिक बैठक हुन सकेन। बुधबारको बैठकमा शुक्रबारसम्म २ महिनाको तलब दिने प्रतिबद्धता महाप्रबन्धक तपनाथ शुक्ल र समाचार प्रमुख चिरञ्जीवी देवकोटाले गरेका थिए। त्यसमा पनि १५ हजारभन्दा कम तलब भएका कर्मचारी तथा पत्रकारहरुको मात्रै २ महिनाको तलब आउने बताएको स्रोतको दावी छ। यसरी २ महिनाको तलब दिएपछि शुक्रबार पनि सम्पूर्ण कर्मचारी तथा पत्रकारहरुलाई तलब दिन सक्ने अवस्था नरहेको स्रोतले बतायो। एक पत्रकारका अनुसार, यसरी तलब आएपछि तलब लिने तर आन्दोलन नरोक्ने बताएका छन्।

रामसुभकले जागिर छाडे
न्यूज २४ मै कार्यरत पत्रकार रामसुभक महतोले अन्ततः जागिर छोडेका छन्। उनले २ महिनाअघि नै राजीनामा दिएको भए पनि स्वीकृत गरिएको थिएन। बुधबार उनको राजीनामा स्वीकृत गरी उनको हालसम्मको सबै तलब दिइएको छ। राजीनामा दिएका अर्का पत्रकार युवराज आचार्यको बारेमा भने निर्णय भएको छैन। रामसुभकलाई २ महिनाअघि राजीनामा दिएमा संस्थाले पैसा नदिए आफैले दिने प्रतिबद्धता समाचार प्रमुखले गरेको बताइएको छ। सो प्रतिबद्धता पूरा नगरेको कुरा उठेपछि रामसुभकलाई तलब दिएर बिदा गरिएको हो। त्यस्तै पत्रकार प्रमोद न्यौपाने, अनुज ढुंगेल, उद्धवराज भेटवाल लगायतकालाई पनि छिट्टै विदाइ गर्ने तयारीमा रहेको छ।

पत्रकार महासंघ मौन
न्यूज २४ टेलिभिजनमा ४ दिनदेखि जारी आन्दोलनबारे पत्रकार महासंघ भने मौन रहेको छ। पत्रकार हकहितका चर्का कुरा गर्ने महासंघले न्यूज २४ को आन्दोलनबारे पर्याप्त सूचना पाएर पनि कुनै कदम चालेको छैन। आन्दोलन पनि पत्रकार महासंघको प्रतिष्ठान शाखाको अगुवाईमा नभएर स्वस्फूर्त जारी छ। महासंघमा केन्द्रीय सदस्य रहेका मातृका पौडेल सञ्चारमन्त्रीको प्रेस सल्लाहकार भएपछि विरलै मात्रै न्यूज २४ को कार्यालय पुग्ने गरेका छन्। यद्यपि आन्दोलनका बीचमा आएर उनले आफ्नो ऐक्यबद्धता जनाएका थिए। तथापि महासंघको केन्द्रीय समिति मार्फत उनले कुनै पहल गराएका छैनन्। पत्रकार महासंघ न्यूज २४ शाखाका अध्यक्ष सुशील बाबु अर्यालले आन्दोलनमा प्रत्यक्ष सहयोग नगरेको आन्दोलनरत कर्मचारीहरुको गुनासो छ। चिरञ्जीवीले पत्रकारको भन्दा पनि मालिकको पक्षपोषण गरेको आरोप छ।

यसअघि संस्थाका अध्यक्ष अनिल जोशीले गरेको लिखित प्रतिवद्धता यस्तो थियो-
news24

28 thoughts on “विश्व रेकर्डमा नाम राख्ने न्युज २४ को हरिबिजोग, छैटौँ दिनसम्म पनि आन्दोलन जारी”

  1. Pingback: कि तलब रोज कि जागिर ! « Mysansar
  2. नब्राज says:
    May 12, 2013 at 1:02 pm

    ए ऽ त्यसो भए नेपाल बन्द गरे भइहाल्यो नि ! पत्रकारहरूचाहिं किन अछुतो रहने ?

    Reply
  3. दिलिप says:
    May 12, 2013 at 11:46 am

    मेरो अफिसको च्यरम्यान पुरा औठे छ, भाग्य र पुरा गुण्डाहरुले साथ दिएको मान्छे

    प्राडो चढेर फोक्रो शान लगाएर मासिक २५०० रुपैया नि तलब पाउन ३ महिना कुर्नु पर्छ त्यो पनि आनाकनी गरिरहन्छ ।

    कतारमा हुन गैरहेको वर्डकप २०२२ देखाउन लग्छु भनेर दिवा सपना देखाएर आफ्नो स्वार्थ पुरा गर्न श्वसन गर्न खप्पिस छ मेरो अफिसको मालिक ।
    मेरो अफिसको पारा मात्र यस्तो भन्ठानेको थिए, न्युज २४ च्यालनको पनि हालत त एउटै पाराको रैछ त यार ।

    कहि मेरो अफिस र न्युज २४ का मालिकहरु एउटै बाऊ लेकिन दुई आमाका सन्तानहरुत परेनन् ।

    Reply
  4. पुष्प says:
    May 12, 2013 at 11:15 am

    महासंघ भनेको पत्रकारका लागि नभई पत्रकारका मालिकका लागि हो । त्यसैले तिनको पछि लाग्नुको साटो आफै नै केही गर्नु उचित हो । अधिकार माग्ने कुरो होइन । चेतना भया …

    Reply
  5. raj says:
    May 11, 2013 at 9:11 pm

    आफुनै अन्याय को भागिदार भै राखेका पत्रकार भनौदा हरु ले जनता लाइ भुत्रो को सुसुचित गर्थे | नत्र येत्रो महिना सम्म तलब नपाउदा के हेरेर बसेका |

    Reply
  6. nisha says:
    May 11, 2013 at 2:59 pm

    के गर्नु बिचरा नेपाल मा मीडिया को हालत बाहिर चाइना भित्र छैन भनेको जस्तै ६ नि हजुर ठुला देखि साना सबै उस्तै हुन् मीडिया line मा महिनाबारी रेगुलर तलब दीनी भनेको त सुँगुर ले सर देख्नु भनेको जस्तै भैसक्यो हजुर ………..

    Reply
  7. RAJKUMAR says:
    May 11, 2013 at 2:19 pm

    यो TV सुरु देखि मलाई मन परेको थिएन | बकम्फुसे हावा ताल को इन्डियन न्युज च्यानेल जस्तो थियो | पत्रकार कामदार हरु को पैसा चै उठाएर बन्दै भएनी हुने |पहिला नेपाल वन च्यानेलको इन्डियन साहुनि ले पत्रकार हरुलाइ धम्कि दिएर जबर्जस्ति कम लगायो भन्ने खबर आएको थियो तेस्तै होला यो पनि |

    Reply
  8. sanjiv says:
    May 11, 2013 at 8:53 am

    तिन महिना त ईमेज च्यानल मा पनि भयो तलब नदिएको

    Reply
  9. Ekraj says:
    May 11, 2013 at 6:25 am

    नेपालमा नराम्रो काम, उनुद्पादित वर्ग, जाली, फत्यान्ही, घोटाला र ठगि गर्ने हरुको संख्या देश को स्रोतले थाम्ने भन्दा बडी भएको जीवित उदाहरण हो यो ?
    तेसैले केटा हो अलि गफ गरेर खाने र टि भी मा चाउरे अनुहार देखाउने सोख भन्दा उत्पादनशिल काममा लागे हुन्छा!
    यी ठगहरुको लागि सित्तैमा काम गर्नु सट्टा बरु हलो जोते, केहि उम्रेला र तिम्रो बाउले त अलि सुख पाउला!
    बुद्दिमा बट्टा लागेको छ भने जे मन लाग्छ, तेही गर्नु, तर गरि खानेलै काममा जान नदिन सडक बन्द गर्ने होइननि !

    Reply
  10. मदनमणि says:
    May 11, 2013 at 6:04 am

    पत्रकारहरु किन नौ १० महिना तलब नदिने टिभीमा काम गर्छन्। तलब नदिएको सुरुको एक महिनामा नै छोड्नु नि त्यो जागिर। त्यसो भए मालिकले कसरी चलाउँथ्यो टिभी। पत्रकार आफू तलब नपाउँदा पनि काम गर्छन् त्यही भएर मालिक तलब दिन आनाकानी गर्छन्। बन्द गर यस्ता बकबास टिभीहरु

    Reply
  11. Manoj Thapa says:
    May 11, 2013 at 5:26 am

    कस्तो अवस्था भयो भने बिश्वोले नेपाललाइ नाचिनोस भने पनि चिन्ने छ त?:
    १. नेपाल संसारकै धनिमध्ये एक
    २. नेपाल संसारकै सबै भन्दा राम्रो सिस्टम भएको मध्ये एक
    ३. नेपाल टेक्नोलोजी मा संसारकै बिकसित मध्ये एक
    ४. नेपालको एजुकेशन संसारमै best of the best
    ५. नेपालले मंगल ग्रहमा पहिलो पटक मानब सफलता पुर्बक पुर्यायो
    ६. नेपालको टुरिस्ट visa पाउनु भनेको life changing opportunity ko फिल हुनु
    ७. नेपाल को personal freedom, law and order, transparency, respect, morality, human development, संसारकै नमुना मध्ये एक
    ८. नेपालको per capita income यो वर्ष 20% ले ब्रिद्दि भएर संसारको सबै भन्दा highest.
    9. नेपालको सबै कुरा संसारै मा exemplary भएर illegal बस्ने हरुको संख्यामा उल्ले खनिए ब्रिद्दि. ठोस नीतिको लागि संसदमा एस बारेमा छिट्टै छलफल हुने.
    १०. नेपालले यौ वर्ष इंडिया को गरिबी घटाउन को लागि आर्थिक सहयेरा मा भारी ब्रिद्दि गर्दै २ बिलियेअन नेपाली डलर प्रदान गर्यो.

    संसारकै पुड्को, संसारकै फोहोरी, संसारकैसबै भन्दा बादी भोकै बस्ने, संसारकै सबै भन्दा धेरै छेर्ने, संसारकै सबै भन्दा धेरै चोर्ने, घर फोर्ने, सुसेली हाल्ने, चार जस्तै कराउने, सबै भन्दा धेरै अन्तरबार्ता लिने, सास नफेरेर बस्ने, फोहोर पनि खाने तर रुघा नगल्ने जस्ता कुराहरुले नेपाललै नाता संसारले चिन्छा नाता चिनेर कै कम छ. जदौ.

    Reply
    1. Bimal says:
      May 11, 2013 at 3:34 pm

      अझ थपम है|

      -विश्वोको सबैभन्दा फोहोर बाथरूम भएको अन्तराष्ट्रिय एयरपोर्ट
      -अन्डर १८ र अन्डर १५ को खेलमा बढी उमेरकोलाई खेलाएर जित्ने
      -पाठ्यपुस्तकमा नेपाल जलश्रोत धनी देश भनेर घोकाउने र १८ घण्टा लोद्शेडिङ्ग गर्ने अनि कृषिप्रधान देश भनेर पढाउने र खाद्यान्न बाहिर बाट ल्याउने
      -अमेरिका र युरोपको गफ दिने अनि घरको बैठक मात्र सफा राख्ने अनि बाहिर फोहोर हुँदा पनि लाज नमान्ने
      -देशको ढुकुटी बाट दिन दहाडै डाका डालने अनि कर र भ्याट छल्ने, त्यही छली र चोरीको धनले सन्तान पढाउने बढाउने तर पनि समाजमा सामाजिक प्रतिष्ठा कायमै राख्ने
      -इण्ड्यालाई दिनरात गाली गर्ने धोति धोती भनेर तर धोतिकै फेर समातेर प्रभुको शरण पर्ने
      -पत्रकार भन्दा पत्रुकारको संख्या धेरै

      Reply
      1. amrit thapa says:
        May 19, 2013 at 8:52 pm

        अझै थपम हाइ ..
        सब भन्दा भ्रस्ताचारी, चोर , डाका हरु नेता बनेको देस…
        डाकु, चोरी, भ्रस्टचारी , लुट तन्त्र , नेतागिरी …. को एकदम फर्स्ट क्लास को भबिष्य भएको देश
        माओबादी गुन्डागर्दी ले संचालन गरेको देस, सब जना जनता हरु एउटा एउटा-एउटा लुटेरा समूह मा आबद्द रहेको देस , कानुन भएको तर किताब मा मात्रै लेखिएको देश .. धनि हरु झन् धनि अनि गरिब हरु अझ गरिब हुदै गएको देश ..
        ५ हजार को जागिर खाएर … १ लाख को iphone हात हात मा देखिने देश
        सब भन्दा धनि बेरोजगार हरु भएको देश
        ..
        ..
        ..
        हत्यारा को सरकार संग कानुन खोज्ने भेडा भेडा जनता हरु पनि भएको देस ..

        Reply
  12. Satik says:
    May 10, 2013 at 8:58 pm

    अब अर्को NGO खुल्ने भो, यो इस्युमा काम गर्न, हरे शिव !

    Reply
  13. kamana pedit says:
    May 10, 2013 at 8:23 pm

    हामी नेपाल समाचारपत्रमा कामगर्नैहरु पनि तलव नपाएर हैरान भएका छौ । लौन लोकमान कार्की ज्यु अव तपाई ले नै केहि गरिदिनु प¥यो हामीहरु लाई

    Reply
  14. Suman says:
    May 10, 2013 at 7:25 pm

    यो सब अवस्था पत्रकारहरुले नै गर्दा सिर्जना भएको हो । पत्रकार नै पत्रकारको शत्रु भएपछि र सबैको पेशागत एकता नभएपछि यस्तो दूर्भाग्यपूर्ण अवस्था आउँने नै भयो । न्यूज चौबीसमात्र होइन अन्य टिभीहरुको हालत पनि यस्तै छ, कुन दिन उठिबास लाग्ने हुन् थाहा छैन, आखिर सबै मालिक उस्तै न छन्, कोभन्दा को कम छ र? वर्षौंदेखि पत्रकारको श्रम चुसेर तर्राई टेलिभिजनजस्ता कतिपय टेलिभिजनले काम लगाएको पैसा त दिएका छैनन । अरुको अधिकारको वकालत गर्ने पत्रकारको यो अवस्था हुनु दुःखलाग्दो कुरो हो । तर, अझै पनि पत्रकार नै पत्रकारको दुस्मन भएकाले अवस्था सुधार हुने छाँट भने पटक्कै छैन । कालो धन सेतो पार्न र शक्तिशाली हुन मिडिया चलाउने तर श्रमजीवीलाई मजदुरीको ज्याला नदिने संस्थालाई समयले नै बढार्छ तर केही कुर्नुभने अवश्यै पर्छ ।

    Reply
  15. sangeet says:
    May 10, 2013 at 5:14 pm

    अर्को world record….
    विश्वले चिन्नेछ नेपाल अब…
    सबैभन्दा भोकमरी TV. in this world.

    Reply
  16. Puru Nepal says:
    May 10, 2013 at 4:40 pm

    खोइ त पत्रकारलै लोकतन्त्र, के मात्र मालिकको लागि बोलिदिनु पर्ने, लेखिदिनु पर्ने ,दिन रात नभनी खातिदिनु पर्ने , श्रीमती छोराछोरी पनि नभनी श्रम र पसिना बगाई दिनु पर्ने तर उनि हरुको रोजी रोटि नै नहुने कस्तो लोकतन्त्र हो शिव गाउले sir . कम्तिमा पनि पत्रकार महासंघ ले त लड़िदिनु पर्यो. सर नेपाल मा न्याय दिलाउन कथम्कदाचित सक्नु भएन भने पनि netherland को द हेग सम्म पनि त जान सक्नु हुन६ होला नि हैन सर , सर लाई साथ् दिनलाई टिकाराम भट्टराई सर, शम्भु थापा सर, कनक मणि सर अनि बिद्यार्थी संगठनका साथीहरु साथै सिंगो प्रेस ६ अनि सर ले किन खुट्टा कमाउनु हुन्छा जबकि सर को साथमा सम्पूर्ण लोक्तान्त्रबदिहरु छन् मात्रै सर ले हिम्मत गर्नु पर्यो भन्ने मेरो अनुरोध छ

    Reply
  17. Uttam Bhattarai says:
    May 10, 2013 at 3:52 pm

    हामी निररंतर News मा छौ…

    Reply
  18. Nigam NH USA says:
    May 10, 2013 at 3:36 pm

    अन्याय गर्ने संस्था भन्दा पनि दोसी त अन्याय सहने पत्रकार हुन. जनतालाई सुसुचित गर्ने ठेक्का पाएका हुतिहाराहरु आफ्नु धोति फुस्किसक्दापनि होस् आएको छैन?

    Reply
  19. अनोज शाक्य says:
    May 10, 2013 at 2:23 pm

    टि.भी मा आफु देखिने रहरले काममा लागेको होला । नेपाल गरीब भए पनि मनोरन्जनमा त कम छैन । घरमा भात खान नपाए पनि फिल्मी कलाकार,मोडेल,पत्रकार बन्नेहरुको लाइन त लामै छ । उत्पादन मुलकमा लागे पो कमाइन्छ । लुच्चाहरुले गर्ने काममा लाग्छ ।

    Reply
  20. Rudra says:
    May 10, 2013 at 2:15 pm

    यो news २४ ले किन दुख गरेको कर्मचारी को तलब भत्त नदियाको.भोको पेट बिना काम गर्न सकिन्छा र?

    Reply
  21. kusan sharma says:
    May 10, 2013 at 1:38 pm

    television सबै घाटामा नै छन् भन्ने सुनिन्छ, तर पनि television को संख्या बढी नै छ किन होला ?के tv लाई बाहिर बाट पैसा आउछ कि कुनै mission का लागी ?

    Reply
  22. Bibek Dhakal says:
    May 10, 2013 at 12:44 pm

    तलब बिना ६ महिना सम्म काम गर्ने टी.वी. जोर्नालिस्ट भनेर गिनिज बूकाँ नाम लेखाए हुन्थ्यो नि, अझ सामुहिक रूपमा!
    यस्तो रेकर्ड अरु च्यानल का रिपोर्टर ले नि राख्य छन् कि?

    Reply
  23. SURENDRA hongkong says:
    May 10, 2013 at 12:39 pm

    नेपाल मा पनि विदेश मा जस्तो काम गरे पछि को तलब अटोपेइ सिस्टम लागु गर्नु पर्छ अनि यो समस्या आउदैन /नत्र नेपाल मा जहिले पनि काम गरि खाने हरु को समस्या यही नै हुनेछ कि मालिक ले तलब दिएन/पत्रकार जस्ता चतुरे हरु को त हरि बिजोक हुन्छ भने आम श्रमिक हरु कति ठगिएका होलान??राम ,राम ,राम, ……तर भन्दिन बाबुराम/

    Reply
    1. dilip gurung says:
      May 10, 2013 at 10:48 pm

      अटोपेई भन्नाले कस्तो हो सर? अटो गरे नि जे गरे नि तिर्ने खातामा पैसा त हुनु पर्यो नि होइन र?

      Reply
  24. purna prasad khatiwada says:
    May 10, 2013 at 12:25 pm

    त्यसो भय हरिबिजोक रहेछ त news 24 telivision को, काम गरे पछि तलब दिनुपर्छ भन्ने कुरा था हुनुपर्ने होइनर, गरिब का छोरा छोरी को पेट मा लात मार्न पाइदैन |

    Reply
  25. resham says:
    May 10, 2013 at 12:21 pm

    लौ हेर पत्रकारको बिजोग/ अरुको समचार भन्ने मान्छेको त उनीहरुकै बिजोग भएको समचार पो सुनिन्छ त बा/ लौ पत्रकारलाई येसोरी अलपत्रकार चाही बनाउनु नहुने / लौ बेबस्थापन राम्रो गरेमा समस्या नहुने थियो होला /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme