Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वायुसेवा निगम, एयरबस र भविष्य

Posted on May 6, 2013 by mysansar

-हार्दिक गुरुङ-

१७ नोभेम्बर २००९, दुबई एयरशो, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका तत्कालिन अध्यक्ष सुगतरत्न कंसाकारले यूरोपेली जहाज निर्माता एयरबससँग नयाँ जहाज किन्ने सम्झौता गर्दा म प्रसन्न भएको थिएँ। साढे दुई दशकपछि किन्न लागेका नयाँ विमानहरुको सम्झौता दुबई एयरशो जस्तो भब्य हवाई ब्यापारिक मेलामा सम्पन्न भएको र संसारभरिका हवाई मिडियामा पाएको चर्चाले त गौरवान्वित नै महसुस गरेको थिएँ। तर बिडम्बना, त्यसको दुई वर्षपछि जहाज आउन त परै जाओस्, जहाज किन्ने रकमको व्यवस्था नहुँदै जहाज निर्माता एयरबसलाई ५ करोड ७३ लाख ७५ हजारको बैना पठाउँदा भ्रस्टाचार भएको भन्दै कंसाकारलाई जेल चलान नै गरियो।

नेपाल वायुसेवा निगमले भर्खरैमात्र यूरोपेली जहाज निर्माता एयरबससँग न्यारोबड्डी जहाज खरिदको लागि गरेको हवाई समझदारीले नेपालको हवाईक्षेत्र फेरि तातेको छ। मुलुकले नयाँ जहाज पाउने सम्भावनासँगै सबैतिरबाट देखिएको सकारात्मक माहोलले नेपाली पर्यटन र हवाई क्षेत्र एवं आम नेपालीमा हर्सोल्लास छाएको छ। चार वर्ष पहिले आफुले थालेको यो प्रकियाले पुनः सार्थकता पाउने अवस्थासंगै कंसाकार पनि सन्तुस्ट भएको हुनुपर्छ।

जहाज खरिद प्रकिया जति चुनौतीपूर्ण छ, चुस्त ब्यवस्थापन त्यो भन्दा बढी महत्वपूर्ण र चुनौतिपूर्ण छ। जहाजको आम्दानीबाट नभई त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिंग (Ground Handling) बाट खर्च धानिरहेको अवस्था, कर्मचारीतन्त्र, राजनीतिक अस्थिरता, कमिसन चलखेल, जहाज भाडाकाण्ड जस्ता समस्याहरुबाट निगमलाई उक्लन त्यति सजिलो छैन। नयाँ जहाज किन्दैमा निगम सफल हुन्छ भनेर हचुवाको आधारमा निर्णय गर्न सकिन्न।

चार दशकअघि नेपाली हवाई क्षेत्रमा एकाधिकार जमाएर बसेको परिस्थितिमा, बोइङ जहाज किन्नु र विदेशी विमान कम्पनीहरुले राम्रा सुबिधा दिइराखेको अहिलेको परिस्थितिमा, एयरबस जहाज किन्नुमा आकाश- जमिनको फरक छ। पंचायत कालमा जस्तो विदेश यात्राको लागि नेपाल वायुसेवा नै चढ्नुपर्ने बाध्यात्मक परिस्थिति अहिले पक्कै छैन। त्यसकारण, निगममा व्यापक ब्यवस्थापकीय सुधार, सम्बन्धित क्षेत्रका स्वदेशी एवं बिदेशी विज्ञहरुलाई बोलाएर कर्मचारीहरुलाई आवस्यक तालिम र मुख्यत कुरा, यात्रुहरुलाई सुखद यात्रा अनुभव गराउन अत्यन्त जरुरी छ।

राष्ट्रिय ध्वज्बाहक एउटा बिमान कम्पनीमा मात्र सिमित हुदैन, योसँग राष्ट्रको इज्जत, साख र गौरव जोडिएको हुन्छ। विदेश यात्राको निम्ति बिदेशी बिमान कम्पनीका सुबिधा-सम्पन्न जहाज चड्नुपर्ने हामी नेपालीहरुको परिस्थितिबीच तीन-चार वर्षअघि, नेपाल वायुसेवा निगमको पुरानो बोइङ्ग चड्ने सुवर्ण अवसर प्राप्त गरेको थिए। भलै पुरानो जहाज होस् वा उडान तालिका समयको ठेगान नहोस, आफ्नै राष्ट्रको वायुसेवा निगम उडदा पाउने गौरवता र आनन्दताको महसुस, बिदेशी बिमान चढेर अवस्य पनि प्राप्त गर्न सकिन्न। मलाई लाग्छ, आम नेपालीले पनि विदेश यात्रा गर्नुपरे, पहिलो प्राथमिकता राष्ट्रिय ध्वज्बाहकलाई नै दिन्छन भन्दा दुईमत नहोला। नेपाल वायुसेवाले यस्ता राष्ट्रप्रेमी यात्रुहरुलाई एउटा अवसरको रुपमा लिई, राम्रो हवाईयात्राको अनुभव दिनसक्नु पर्दछ।

विश्वको हवाईजेट बजारमा, बोइङ्ग र एयरबस सबैभन्दा ठूला र आकर्षक बिमान निर्माण कम्पनी मानिन्छ। निगमले ठूला जहाज खरिदको टेन्डर आह्वान गर्दा, एयरबसले बोइङ्ग भन्दा सस्तोमा टेन्डर हालेर ग्लोबल टेन्डर जितेको थियो। तर, टेन्डर जितेको आधारमा निगमकोलागि एयरबस बिमान नै बोइङ्ग भन्दा उपयुक्त हो भनेर मान्न सकिन्न। मेरो ब्येक्तिगत बिचारमा निगमको लागि एयरबस भन्दा बोइङ्ग नै उपयुक्त छ। निगमसँग अहिले बोइङ्ग जहाज भएको कारणले, प्राभिधिक रुपमा दक्ष्य जनशक्ति, अनुभभी पाईलट र इनजीनियर हुनाले सजिलो हुने निश्चित छ। त्यस्तै निगमले आफुसँग भएको बोइङ्गसँग सम्बन्धित एक अर्ब रुपैया बराबर पार्टपुर्जाको पनि उपयोग गर्न सक्दछ। बोइङ्ग एयरबस भन्दा पुरानो र लोकप्रिय बिमान निर्माण कम्पनी हो र विश्वका धेरै ठूला एयरलाईन्स कम्पनीहरुले बोइङ्ग बिमान नै संचालन गरिरहेको छ। विभिन्न यूरोपेली देशका राजदूत र कुटनीतिक अधिकारीहरुले नेपालको सरकारी कर्मचारीहरुलाई भेटेर एयरबस नै किन्न दबाब दिनु र सरकार एवं निगम एयरबस नै किन्न लाग्नु पछाडी कमिसन खेललाई पनि नकार्न सकिन्न। विश्वका धेरै बिमानसेवा कम्पनीहरुले एयरबस र बोइङ्गलाई सयुंक्त रुपमा सफलताका साथ संचालन गरेको थुप्रै उदारहणहरु पनि छन्। तर, निगमजस्तो सानो बिमान कम्पनीले दुईथरि जेट बिमान संचालन गर्नु त्यति उपयुक्त नहोला।

समग्रमा भन्नुपर्दा, यदि नेपाल वायुसेवा निगमले २०१५ वर्षभित्र दुईवटा एयरबस भित्राएमा, नायक-खलनायक जसले जे भनेपनि, त्यसको धेर-थोर श्रेय कंसाकारलाई दिनैपर्दछ। करिब ६० अर्ब रुपिया रहेको नेपाल वायुसेवा बजारमा, निगमलाई सफल हुन त्यति गार्हो पनि छैन। निगमलाई चुस्त ब्यवस्थापन, नीति-नियम पालना, सबल कार्यनन पछ्, दुरदर्सिता एवं राजनीतिक स्थिरताको खाचो छ। उदारहण लिनुपरे (Ethiopian Airlines) इथोपियन एयरलाईन्सलाई लिन सकिन्छ, गरिब देशको अत्यन्त सफल राष्ट्रिय ध्वज्बाहक। बोइङ्ग ७८७ ड्रिमलाइनर(Boeing 787 Dreamliner) जस्तो अत्याधुनिक वाइडबडी बिमान सहित ८० वटा बिमान संचालन गरिराखेको इथोपियन एयरलाईन्सलाई अफ्रिकी महादेशको एउटा सफल र नाफायोग्य बिमानसेवा कम्पनीमा दर्जा गरिन्छ। पंचायतकालमा ४-५ वटा जेट बिमान संचालन गरेर युरोप र जापानमा समेत उडान भरि मुनाफा कमाएर कर्मचारीहरुलाई बोनस बाडेको सुनौलो इतिहास त वायुसेवा निगमसँगै छ। आम नेपालीहरुलाई आउने दिनहरुमा त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा निगमको दुई वटा टलक्क टल्कने नया एयरबस देख्न पाउला नपाउला, त्यो त समयले नै बताउला। आशा छ, निगमको दुईवटा नयाँ एयरबस-३२० समयमै आओस र निगम पुन सफलताको उचाईमा पुगोस। नेपाल वायुसेवा निगमलाई मेरो हार्दिक शुभकामना।

19 thoughts on “वायुसेवा निगम, एयरबस र भविष्य”

  1. pradeep says:
    May 11, 2013 at 5:10 pm

    नेपालको आर्थिक हितको लागि नेवानि लाई जहाज चाहिन्छ ! जहाज बिना टेबुल मुनि लेनदेन आउनु पर्छ ! फाईदा बेफ़ाईदा को नाम मा बिदेशी बिमान सेवा को अतिक्रमण रोकिनु पर्छ ! सेवा सुबिधा पुगेन र महँगो भयो भनेर नेवानि ले गर्दै आएको ग्राउण्ड handling बिदेसी लाई दिने, विमानस्थल संचालन बिदेसी लाई दिने जस्ता काम गरिनु हुन्न ! एक पटक गुमाय पछि फिर्ता पाउन सकिन्न ! सेवा सुबिधा को कुरा गर्ने हो भने नगरपालिका, मालपोत, भन्सार सबै बिदेसी लाई दिय भै हाल्यो नि ! पैसा सोहोर्छ डलर साटेर विदेश लैजान्छ ! नेपाली बिमान सेवाको असर गाउँ गाउँ को चिया पसल सम्म पर्छ भने बिदेसी बिमान सेवाको केवल काठमाडौँ एरपोर्ट सम्म मात्र !

    Reply
  2. gokul says:
    May 9, 2013 at 12:01 am

    मन जी को कुरा पढ्दा लग्यो मलाई कि अब भएको सिंगो रुख को हाँगा छाँटेर रुख ल बलियो बनाउने होइन कि बरु रुखै ढाली दिनु अनि अन्त कतै राम्रो बिउ पाइयो भने ( बिउ पाउने नपाउने निर्क्यौल नभएपनि ) बिउ रोपुला अनि हेरौला कति बर्ष लाग्छ फल खाएर अरुलाई बाँड्न भने जस्तो लग्यो/ यो येही हो मेरो बिचार मा तुच्छ मनोवृत्ति भनेको. भएको लाइ सम्हाल्ने होइन ? सायद मन जी पनि बिदेशी हरु बाट खुब प्रभावित हुनु हुन्छा जस्तो छ. बिदेशी managing director ल्याउने रे हाहा … मन जीले त हाम्रा नेता अनि राजनेता हरुलाई त कस्तो दुध मा स्नान गराउने भएको हो. नेता को त कुनै कुरा छैन खाली कर्मचारी निकाल्ने अनि बिदेशी लाइ व्यवस्थापन को जिम्मा दिने भन्नु हुन्छा./ यो कुरा पक्का छ कि मन जी को जस्तो मनस्थिति ले देश चलायो भने नेपाल नेपाल नभैकन अरु कुनै देश पक्कै हुने छ अनि त | जे होस् येति लामो प्रतिक्रिया दिनु भयो मन जी ले हाम्रो नेता अनि घुस्खोरिया पूर्व मन्त्रीहरुको बारे मा त कुनै कमेन्ट नै छैन क्या हो मन जी कतै तपाई पनि!

    Reply
  3. सन्तोश संकल्प 'पान्थरे' says:
    May 8, 2013 at 11:38 pm

    मेरो पनि केही कुरा हरु राख्न चाहान्छु।
    नेवानि का २,३ जना पाईलट र ईन्जिनियरहरु मेरो साथीहरु र मेरो आफन्त पनि पर्छन। तिनीहरुको भनाई अनुसार अहिले नेवानिले बोईङ किने पनि एयरबस किने पनि उस्तै हो भनेको छन। किनकी अहिले नेवानिले उडाउदै गरेको बोईङ भनेको आजभन्दा ३०, ३५ बर्ष पुरानो बोईङ हो त्यतिबेलाको बोईङ र अहिलेको बोईङ आकाशपतालको फरक छ हरेक प्रविधिदेखी सबैकुरामा मिल्दैन भनेको छ। अहिले नेवानीले नयाँ बोईङ किने पनि अहिलेको बोईङसंग बिल्कुलै मिल्दैन भनिरहेको छ। यदी नयाँ बोईंङ किनेर ल्याए पनि पाईलट र एयरहोस्टेसले फेरी नयाँ तालिम लिनैपर्छ, पहिलेको बोईङमा काम गरेको अनुभवले हुँदैन रे। अब एयरबस ल्याए पनि त्यतिकै समय तालिम लिनुपर्छ। त्यसकारण कुनै फरक पर्दैन भनिरहेको छ। अझ के पनि भनेको छ भने अहिलेको बिश्वबजारमा एयरबस सबैभन्दा भरपर्दौ बिमान कम्पनि भईसकेको छ। अहिले बोईङ भन्दा एयरबसको माग उच्च र कम्पनी को सेवा पनि चित्तबुझ्दो सेवा दिईरहेको छ।

    Reply
  4. मन says:
    May 7, 2013 at 7:10 pm

    वायुसेवा निगमको (कु) सेवा धेरै समय सम्म लिए| जति सक्दो आफ्नै देशको धजावाह्कमा चढ़ौ भनेर देश भित्र र बिशेष गरी देश बाहिर यात्रा गर्नपर्दा धजावाह्क नै आफ्नो रोजाई भित्र पर्थ्यो| तर वायुसेवा निगमको सेवा लापरवाहीको पराकाष्टाले आकाशै छुन खोज्यो| जतिकै जहीं गएर कम्प्लेन गरे पनि केही नलाग्ने| सेवाग्राहीलाई सेवा पुर्याउन छैन, आफ्नै मोज, सुविधा र लाभका लागि कतिपय हाकिम र कामदारहरु मेरो बाऊको बीरता झैं गर्दोरहेछन| प्लेनभित्र फ्लाइट एटेनडेण्टहरुको चर्तिकला, एयरपोर्टका काउन्टरमा स्टाफ र पियन अनि दलालको विगविगी, उडानको ढिलाई साथै कस्टमर सर्भिस कुन चरीको नाउँ हो भन्ने पारिदिए वायुसेवा निगमले| निगममा ठिक ठाउँमा कोही चिनजान भए, स्टाफलाई व्यक्तिगत फायदा हुनेभए वा कुनै प्रभावशाली व्यक्तिले इशारा गरे पैसा तिरेर समयमा टिकट काटेका यात्रुको वास्तै नगरी जे पनि गरिदिने व्यवहारले आकल झुकल र भैपरी आउने नभएर निरन्तर व्यापकता पाउन थाल्यो| तलका स्टाफले माथि कसले के के गैर नियमका काम गरेका छन् भनेर फेहरिस्त नै राखेर हाकिमलाई बन्धकमा पारी आफूखुशी गर्दरहेछन| मन्त्रि र माथिका व्यक्तिका भरमा शुरुमा एउटा चिटमा फलानालाई राखिदिनुहोला भनेर लेखेको भरमा अस्थायी जागिर दिएर पछि सो व्यक्ति नै म फलानाको व्यक्ति हुँ भनेर किन गैर नियमको काम गरि हिंडदोरहेछन|
    जे होस् वायुसेवा निगमको गाथा जति गाएर पनि सकिंदैन| राजा देखि उनका आसे पासे हरु र राजनेता हरु सबैले ध्वजावाहकलाई कागतीका रुपमा निचोरे| यही गतिमा र यस्तै ताल हो भने यसको काम अनुरुपको सही नाउँ “हावा सेवा निकम्म” मा बदलीयोस|

    अनुभवी मदन बज्राचार्यजीको सुझाव राम्रो लाग्यो| यात्रु वा सेवाग्राहीको हकमा र नेपालीको नाताले चोखो मनले आफ्नो सुझाव पनि तपसिलमा पेश गरेको छु:

    १. वायुसेवा निगमलाई पूर्ण लिक्वेडेट गरेर अर्कै नंया कम्पनी, नंया नाउँ र नंया संचालक कर्मचारी लिएर शुरु गर्न पर्छ जसमा जनतको शेयर आव्ह्वान गरी लगानी गरिन पर्छ|
    वायुसेवा निगम राष्ट्रिय ध्वजावाहकबाट राष्ट्रिय शर्मवाहकमा परिणत बनेका छन्| यसलाई पहिले जरै संग उखेलेर नफाले जतिकै आमुल परिवर्तन ल्याए पनि केही समय पछि जगमा त्यो रोगको तुस रहिरहन्छ र त्यो व्यवस्थापन पनि दीगो हुन सक्दैन| धमिजा, धमिरा र धतुराले खाएको वायुसेवा निगमलाई पहिले बन्द गरिनपर्छ|

    २. अन्य नीजी बिमानसेवालाई अन्तराष्ट्रिय उडानमा प्रश्रय र प्रोत्साहन दिईनु पर्छ| हाल बुद्ध एयरले पुर्याउदै आएको सेवा सराहनीय छ|

    ३. सरकारी खर्च वा सरकारी काम सम्बन्धि देश बाहिर जाँदा उपलब्ध भए सम्म पहिले देशकै ध्वजावाहक बिमान सेवामा जान पर्ने अनिवार्य गरिन पर्छ|

    ४ माफ गर्नुहोला, हालका स्टाफ माथिदेखि तलै सम्मकालाई घर पठाईदिन पर्छ| यसको मतलब सबै अकार्यकुशल र असक्षम अनि कामचोर छन् भन्ने कदापि होइन| इमान्दार कामदार पनि अवश्यै छन्, होलान, धेरैले दिक्क र वाक्क भएर नीजी बिमान्सेवामा जागिर लिईसके, कतिलाई त्यंहाको माहौलले त्यही अनुरुप चल्नपर्ने वाध्य बनाएको हुनसक्छ| तर सेवाग्राही कम्पनीमा कामदार नै पुँजी हुन| टेक्निकल हिसाबले पनि सुदृढ हुन अनिवार्य छ तर मेशिन संचालन गर्ने सबै व्यक्तिहरु नै हुन र असल व्यवस्थापन नै कम्पनीका मुख्य अंग हुन जसले सर्बोपरि कम्पनीका बिकाश, कर्मचारी तालिम, अनुगमन र सेवाग्राहीको सुविधा, लाई ध्यानमा राखी लाभ ब्यापार रणनीति बनाएर सही रुपमा कार्यान्वयन गर्न सक्क्छ| वायुसेवा निगममा अहिले सम्म हेर्दा त्यसो हुन सकेको छैन| राजनीति र सत्तामा रहेकाहरुबाट निरन्तर हस्तक्षेपको शिकार बन्यो| व्यवस्थापनमा रहेकाहरु पनि कठपुतली बने|

    ५. नेपाली वायुसेवा शुरुमा लाभ हुने केही सेक्टरहरुमा मात्र गरिनपर्छ|
    निगमको दिल्ली उडान नेपाली र भारतीयहरु यात्रुहरुका लागि सुबिधाजनक थियो|
    यस्तै ब्याङ्कक र दुबई| तर जापान, लन्डन आदि मा उडान फैलाउन पर्ने कुनै कारण थिएन जब कम्पनीमा सक्षमता नै थिएन|

    ६. शुरुमा मेनेजिङ्ग डाइरेक्टर को छनौट दक्ष र अनुभवी बिदेशी ल्याईनु पर्छ| यो सुझाव अलि रयाडीकल जस्तो लाग्ला तर आफ्नो देशमा दक्ष जनशक्तिको अभावले भन्दा पनि व्यवहारिक र अन्तराष्ट्रिय बजारको दृष्टिकोणले पनि सहयोगी बन्नेछ| व्यवस्थानको कार्य परिधि पुर्ब उल्लिखित गरे धेरै हदसम्म सोझो राजनैतिक हस्तक्षेप देखि पनि केही यसो गरे टाडा नै रहन सक्छ| बिदेशी अनुभवी व्यवस्थापनको मुख्य काम दैनिक व्यवस्थापन को साथै नियमहरु स्थापित गर्नु र त्यसको पालना र अनुगमन आदिमा सेवाग्राही प्रतिको उत्तरदायित्व पालना गर्नु हुनेछ| कम्पनी राम्ररी स्थापित भैसके पछि नेपाली व्यवस्थापकले कार्यभार सम्हाल्ने गरी योजना गरिन बेस होला|
    आफुलाई मनमा लागेका धेरथोर यही हुन| हावासेवा निगम जति चांडो बन्द भयो उति राम्रो अनि अर्को नंया आउँन सक्नेछन|

    Reply
    1. madan bajracharya says:
      May 8, 2013 at 12:32 am

      मनज्यु
      नेपालमा कुनै पनि उद्द्योग र संस्थानहरु धरासाही हुँदै गयको कारण सरकारी उद्द्योग र संस्थानको प्रमुख पदमा पार्टीको कोत्तामा “लोके” हरु नियुक्त हुने; काम नगर्ने र काम गर्ने नपर्नेको युनियनको नाममा पार्टीको भतुवा अखडा खोलिने जस्ता बिकृतिपूर्ण कुराहरुनै हुन्/

      पार्टी र नेताहरुले जसरि संबिधान सभा भित्र जसरि जनताले चुनेका सभासदहरु भन्दा बढी निकम्म र जनताले तिरस्कार गरेकालाई आआफ्नो कोत्तामा समानुपातिक सभासद बनायको थियो ठिक तेसरिनै देस भरिको उद्द्योग र संस्थानहरुमा खुला प्रतियोगितामा मुख समेत देखाउन नसक्ने अयोग्य पार्टीका भतुवाहरुलाई नियुक्त दिलायको मात्रै होईन तिनीहरुलाई उच्च; कमाउ पदमा समेत नियुक्त तथा सरुवा गर्दै आयको छ/ तिनीहरु कसैलाई टेर्दैनन; नियम मान्दैनन; दियको काम समेत गर्दैनन् र युनियनको केद्रीय संगठनमा रहेकाले त् कार्यालयको दनिक काम समेत गर्नु नपर्ने ब्यबस्था गरेकोछ/ सरुवा बढुवा उनीहरुले सिफारिस गरेकै कर्मचारी को हुनु पर्ने नाजाजायज दवाव दिन्छ/ आफ्नै दलको सदस्यलाई बाहेक आम नागरिकलाई त् मान्छे भयको समेत मान्दैनन/

      ब्यबस्थापनले गलत काम गर्ने नेताको सिफारिसमा नियुक्त भयका कर्मचारी बिरुद्ध कलम उठायर कार्यबाही गर्न खोजे राजनैतिक दलका नेता अद्र्स्य तलवार लियर बचाउ गर्न आई हाल्छ/ नेपाल बायु सेवा निगममा यस्ता कुराहरु सायद अरु संस्थानहरुमा भन्दा बढिने भयको थियो र सायद अझै पनि हुँदै आयको छ/

      मनज्युले पढी हाल्नु भयो होला अस्ति भर्खरै नेपालको सबै भन्दा ठुलो जुत्ता कारखानामा कुनै कर्मचारीको नियुक्ति सरुवा बढुवा पनि त्याहाको मावोबादी युनियन को सिफारिस बमोजिम हुनु पर्ने भनेर उद्द्योग मै “ताला बन्दि” गरेको/ यसरि कसरि उद्द्योग र सस्थां चलन सक्छ र कसरि लगानी कर्ता लगानी गरेर नया उद्योग स्थापना गर्ने हिम्मत गर्न सक्छ?

      अब म नेपाल बायु सेवा निगम भित्र यस्तै नेताको सिफारिसमा नियुक्त भयको कर्मचारीले जस्तो सुकै गलत काम गरे पनि कार्यवाही गर्न नसकेको घटनाको बारेमा लेख्छु/ कांग्रेसको नेता राम शरण महतको अत्यन्त नजिक भयको यक जना अस्थाई कर्मचारी बिदा स्वीकृत नगरिकनै जापान पुगेर त्यहा बर्सौं काम गरेर फर्के/ उ फेरी निगममा हाजिर गर्न आय/ यक त् अस्थाई नियुक्त भयको अर्को बिदा स्वीकृत समेत नगरी काम छोडेर जापान गयको कारण स्वत खारेज भयको कर्मचारीलाई निगमको कुनै नियम अन्तर्गत पुन हाजिर गराउने कुरा हुनै नसक्ने थियो/ तर त्यो कर्मचारीको प्रभु नेताले निगमको महा निर्देशक कर्मचारी बिभागको निर्देशक समेतलाई आफ्नो निबासमा बोलायर तेहिको तेही पुन निगममा नियुक्त गर्न बाध्य गरे/

      मन्त्रि महानिर्देशक र निर्देशकहरुले मलाई पनि गलत काम गर्न कयौं पटक बाध्य गर्न खोजेको प्रमाणको रुपमा म यउटा देस भरि पत्र पत्रिकाले समेत सार्वजनिक गरेको प्रमाण उल्लेख गर्छु/

      सन् २००२/३ तिरको कुरा हो/ विजय गच्छदार पर्यटन मन्त्रि; रामाज्ञा चतुर्वेदी निगमको कार्यकारिणी अध्यछ्य थियो/ म निगमको यजेंसी शाखाको इन्चार्ज थिय/ तेतिबेला शेर बहादुरको पत्नी आरजु देउपाको नाता पर्ने जापानी पत्नी सुजुकिको श्रीमान् पकज रानाको जापानको यजेंटलाई करिब डेढ करोड रुपिया इन्सेंतिभ अर्थात बोनस निकासा गर्ने आदेस मलाई दियो/ मैले त्यो यजेंट र निगम बीच भयको सम्झौता र निगमको नियमावली पल्तायर हेर्दा त्यो पंकजलाई तेस्तो रकम दिनु पर्ने कुनै कारण देखिन/ त् मैले पंकजलाई तेस्तो रकम दिनु नपर्ने कुरा लिखित रुपमै मेरो निर्देशकहरुलाई जानकारी गरे/

      तर त्यो यजेंतले बिगतको बर्सहरुमा उसले पाउने नपर्ने करोडौं रकम हरायक बर्ष लाग्दै गरेको रहेछ/ मलाई तेही आधारमा फेरी पनि पंकज लाई डेढ करोड जत्तिको बोनस निकास गर्न कार्यकारिणी अध्य्छ्य्ले समेत झपार सहित आदेश दियो/ तर मैले मानिन/ यो कुरा अखितियार पुग्यो र पहिला पहिला तेस्तो करोडौं रकम पंकज रानालाई तेतिकै दिनेहरु जेल परे/ तर उनीहरु मात्रै होईन म पनि कार्यवाहीमा परे; तर गलत काम गरेर होईन पंकज नियम मिचेर ठुला बडाको आदेशमा करोडौ रकम दिन नमानेकोमा/ मलाई तत्कालै नेपालगन्जको म भन्दा तल्लो पदको काम गर्ने पदमा सरुवा गरे/

      यो बारेमा मैले रामाग्य चतुर्वेदीलाई प्रश्न गर्दा उसैको सब्दमा “तपाईं जस्तो भ्रस्टाचार बिरोधि निगममा सबै भन्दा बढी भ्रस्टाचार हुने थाहूमै मात्र उपयुक्त हुन्छ” येसैले नेपाल गंज सरुवा गएको हो भने/

      अनि नेपाल गंज त् जाने पर्यो; गय/ गयको लगतै मन्त्रि विजय गच्छदार र पर्यटन बिभाक सचिप रिद्दी बाबा प्रधान (अहिले मन्त्रि) आउनु भयो/ मन्त्रि विजय गच्छादारले निगमको कार्यकारिणी अध्य्छ्य रहेको रिद्दी बाबा प्रधानको अगाडिनै मेरो मुख देख्ना साथ “तपाईं यक जनालाई नेपाल गंज सरुवा गर्दा देस भरिको पत्रिकाहरुमा र दरवारमा समेत किन चर्चा भयको” भनि सोधे/ मेरो सिधा जवाफ थियो नियम बिपरित काम नगरेकोमा सरुवा गरे पछि चर्चा त् भै हाल्छ/ यो कुरा अहिले मन्त्रि पदमा रहेको रिद्दी बाबा प्रधान सिट कसैले पनि बुझ्न सक्नु हुन्छ/

      यस्तो उदाहरणहरु म सयौं नभय पनि दसौं बीसौं दिन सक्छु/ ठुला कर्मचारीहरुको आँखाको कसिंगर बनि लगभग ३० बर्ष मैले त् बिताय भन्छु तर मेरो कारणले पटक पटक जेल गयको मेरै हाकिमहरु र अन्य भ्रस्ट कर्मचारीहरुले मैले उनीहरुलाई ३० बर्ष सताय भन्छन/

      अब अन्तमा मनज्युले निगमलाई बन्द गर्नु पर्छ भनेकोमा मात्र यति भन्छु जसरि रोग लागेको शरीर अशक्त र असछ्यम हुन्छ/ निगम पनि नेता र तिनका चम्चा रुपी कार्यकर्ता भाईरस लागेर रोगि भयको छ/ जसरि हाम्रो शरीरमा भाअएरस्को कारणले रोग लागे भाईरस उन्मुलन गरेर गरिन्छ; शरीरकै हत्या गरिंदैन ठिक तेसरिनै नेपाल बायु सेवा निगमलाई रोगि बनाउने नेता र तिनका कर्मचारीहरुको उन्मुलन गर्नु पर्छ; निगम नै बन्द गर्नु पर्दैन/ ६०अरव बरावरको “मसल” भयको निगम अझै चलन सक्छ देस र नागरिकको सेवा गर्न सक्छ; रोगका भाईरस बात मुक्त हुन् सके/

      Reply
      1. मन says:
        May 8, 2013 at 9:43 am

        मदनज्यु,
        यहाँको अनुभव र स्वीकारोक्तिको हृदय बाटै स्वागत र कदर गर्दछु| निगम सित मेरो कर्मचारीको हैसियतमा अनुभव नभए पनि एउटा सेवाग्राहीको अनुभवको आधारमा आफ्नो मन्तब्य राखेको हुँ| विगत केही वर्षहरुमा निगमको क्रियाकलाप हेर्दा यो भेन्टिलेटरमा रहेको भान हुन्छ| यो “लोके” हरु नियुक्ति गरिने अखाडा बनेको छ र यसमा आमुल परिवर्तन नल्याए यो अझ ठुलो अखाडा बनिरहनेछ|
        दिल्ली, बैंकक र हंगकंगको एयरपोर्टमा रोयल नेपाल भन्यो कि मान्छे खिसी गरेर हाँस्थे|
        हेड अफिस देखि सबैमा चाकडीबाजलाई प्रश्रय दिएको पनि प्रष्टै देखिन्थ्यो|
        धेरै यात्रुबर्गका निगम सित मीठा भन्दा तीता अनुभव छन्|
        अघि पनि उल्लेख गरेको थिए यो सुधरिने अवस्थामा छ जस्तो देखिन्न|
        जब सम्म पुरानो घावको तुष रहिरहन्छ त्यो नै पछि गएर कालतिर उन्मुख गराउने बिषाक्ति भएर मौलाउँछ|
        असल व्यवस्थापनमा मानव संशोधन र संबेदनलाई कदापि लत्याईनु हुँदैन| तर
        विगतको भावनात्मक प्रवाहको सोच अंगालेर अनुत्पादक र नकारात्मक प्रबृत्तिको निरन्तरता र टिकाउलाई निर्मुल पार्न र व्यवस्थापन सुदृढ पार्न सहयोग मिल्दैन| निगमलाई पहिले जरै संग उखेलेर फालेर बाँकी रहेका एसेटले नंया निगमको सरंचना गर्न पर्छ|
        हामीले नंया नेपाल भनेर राजतन्त्र फाल्यौ तर चाहे जति र अपेक्षाकृत उपलब्धि हुन सकेन|
        किन? हामी त्यही पुराना बोटलाई मलजल हालेर नंया फलको अपेक्षा गरिरहेका छौ|
        निजामति कर्मचारी त्यही हुन, न्यायपालिका त्यही हो, प्रहरी र सेनामा त्यही व्यक्तिहरु माथिल्लो ओहदामा छन्|
        बोट बिरुवै उखेलेर नंया लाउन सक्नुपर्छ| आजै रोपेर भरे उम्रेर भोलि फल लागि हाल्ने होइन| धैर्य्य र मेहनत गर्न सक्नुपर्छ| नंया तरिकाले स्याहार, सम्बर्धन, प्रबर्धन र उपभोग गर्नसक्नुपर्छ|
        जे होस्, तपाई बिज्ञ र समय अनि अनुभवले खारिएको हुनुहुन्छ| मेरो आशय बुझिहाल्नु भो होला|
        माईसंसार मार्फत आफ्ना तीता मीठा अनुभव बाँडदै रहनुहोला|
        सुस्वास्थ्य र दीर्घायुको कामना सहित
        – मन

        Reply
        1. madan bajracharya says:
          May 9, 2013 at 7:51 am

          मनज्यु
          धेरै धेरै धन्यबाद/ महिनौं देखि बिरामी भयर बसेको बेला यहाको सुस्वास्थको कामनाले मन सितल भयो/ सायद यहाको सुस्वास्थ को कामना डाक्टरको औषधि भन्दा असर दायक हुनेछ/iफेरी पनि धन्यबाद/

          Reply
  5. तेन्जिंग गाबा, हंगकंग says:
    May 7, 2013 at 10:04 am

    बिमान बिनाको “हवाई सेवा” भनेर बदनाम हाम्रो ध्वजाबाहकले नया बिमान खरीद प्रक्रिया अघि बढाएकोमा खुशी नहुने नपाली छैनन् होला /
    हालको खरीद प्रक्रियामा अनियमितता नै भएको भए पनि हाललाई खरीद प्रक्रिया रोकिनु हुदैन/ “खरीद” प्रथम प्राथमिकतामा पर्नु पर्छ / खरीद गरेर ल्याइसके पछि हेरौला नि कस-कसले के के अनियमितता गरे भनेर/
    हाल सम्म जति पनि खरीद प्रक्रिया अघि बढेर रोकिएको थियो त्येसको एउटा मात्र कारण देखाइएको थियो “खरीद गर्दा आर्थिक घोटाला हुन् लाग्यो, त्येसैले खरीद प्रक्रिया रोकिएको” तर बास्तबिकता त्येस्तो मात्र होइन बास्तबिकता त् “आफ्नो भागमा कमिसन नआउनु” सधै मुख्य कारण रहेको थियो /
    जे होस्,
    नया बिमान आउन लागेकोमा निगम अनि नेपाली बन्धुहरुलाई शुभकामना !!!!

    Reply
    1. mahesh says:
      May 7, 2013 at 2:14 pm

      हार्दिक जी
      बास्तव मा कंसाकार एक असल र सक्षम ब्यबस्थापक हुन्. टेलिकम ले छोटो समय मा गरेको क्रान्ति उनको योगदान हो. उनको यो क्षमता लाइ चिनेर आफु पर्यटन मन्त्रि हुदा हिसिला ले उनलाई टिपेर बायुसेवा मा ल्याएकी हुन्. उनलाई काम गर्न दिन पर्थ्यो तर अनर्थ के भयो भने हिसिला ले (माओबादी) ले ल्याको हुना ले उन लाइ काम गर्न नै दिएयान. कांग्रेस एमाले ले भरिएको लेखा समिति र झोले पत्रकार ले जे मा पनि उनले कमिसन खाएको देखे र धुवादर प्रचार गरे. आज सम्म उन लाइ काम गर्न दिएको भए नेपाल बायुसेवा संग २-३ वटा जेट ले नियमित उडान गरिरहेको हुन्थे.

      Reply
  6. Desh Bandhu Sharm says:
    May 7, 2013 at 4:42 am

    नेपाल बायु सेवा लाइ सफल बनाउन निम्न कुराहरुको आबश्यकता छ :
    – सबै खरिद प्रक्रिया हरु कमिशन रहित पूर्ण पारदर्शी हुनु पर्छ
    – निगमको महाप्रबन्धक पार्टीको कार्यकर्ता अथवा पार्टीले सिफारिस गरेको व्यक्ति नभएर बायु सेवा संग सम्बन्धित अनुभव भएको योग्य व्यक्तिलाई प्रतिस्पर्धाको आधारमा नियुक्ति गरिनु पर्छ
    – कम्पनीलाई स्वतन्त्र रुपले कुनै राजनैतिक हस्तक्षेप बिना चलाउन दिनु पर्छ
    – बसी असि ठगेर खान पल्केका सम्पूर्ण कर्मचारीलाई निकालेर , पार्टीमा नलागेका जेहेन्दार , योग्य तथा काममा राम्रा नया कर्माचारीलाई भर्ना गर्नु पर्छ |
    – निगम भित्र राजनैतिक ट्रेड युनियन गठन गर्न दिनु हुन्न, यिनीहरुले निगमलाई टाट पल्टाउछन
    – पैसा नतिरी कुनै पनि सरकारी कर्माचारिलाई टिकट दिनु हुन्न

    Reply
  7. gokul says:
    May 7, 2013 at 4:40 am

    माथि जसले जे भने पनि मेरो विचार मा देश मा राष्ट्रिय ध्वजा बाहक बिमान को यो हालत हुनु मा खासै भन्नु पर्दा अपरिपक्व राजनीति अनि राजनेता अनि खासै मा भन्नु पर्दा अनुपयोक्त प्रजातन्त्र नै जस्तो लाग्छ मेरो बिचारमा. यसको मतलब यो होइन कि मा प्रजातन्त्र बिरोधि. मलाई पनि चाहिन्छा प्रजातन्त्र तर निस्पक्ष्य किसिम को प्रजातन्त न त नेताहरु ले जता मोड्नु मन लग्यो उतै मोड्ने प्रजातन्त्र होइन.. एउटा साधारण व्यक्ति को आँखा र विचार बाट हेरौन २०४६ आउनु अगाडी कति वोटा बिमान थियो बायुसेवा निगम संग अनि २०४६ पछि कति वोटा अब यो न भन्नु को यो सबै पहिले को कर्मचारी तन्त्र ले गरेर भएको भनेर. / सबैलाई थाहा छ हाम्रो नेता हरु को भन्ने बानि छ कि अस्ति को नराम्रो काम ले गर्दा हिजो मैले राम्रो गर्न सकिन अनि आज मलाई काम गर्न दिएन/ एस्त बकम फुसे कुरा हरु सुनेको बर्सौ भैसक्यो.फेरि पनि सुन्ने पर्ने हुन्छ / अब कुरा गर्नु प्रजातन्त्र प्राप्ति पछिका सरकार हरुले के गर्यो? जो कोइ ले पनि मलाई भनिदिनोस कि २०४६ पछि बनेको एउटा मात्र ठुलो पूर्वाधार भयेक्को सरकारी भवन छ भने कुन छ? भनिदिनोस. देश मा / mobile phone , internet को विकास हुनु भनेको त यो समय अनुसार माग हो आफै हुने कोरा हो र हुदै जानेकुरा हो | २ वटा त के १० वोटा नया जहाज ल्याएपनि केहि हुने वाला छैन किन कि यी नेता हरु को भागबन्डा भै हल्छा फेरि आफ्नो कर्येकर्तालाइ जागिर दिनु को लागि.. जसरि सजिलै संग colonel को पद पाएको थियो उसै गरि अधिकृत पनि हुनी हरुनै हुने छन् | जे होस् सुगत रत्न कंसाकार जस्तो मान्छे लै मुद्दा मा मुछिनु दुर्भाग्य हो जस्तो लाग्छ मलाई. तेसै ले म भन्छु नेपाल को बास्तविक विकास कसैले गर्छु भनेरै गर्छ भने त्यो एउटा चमत्कार हुनेछ नत्र भगवान भरोसा.

    Reply
  8. Nima says:
    May 7, 2013 at 2:47 am

    तपाई हरु पूर्वको फाप्लु , रुम्जाटार , lamidada जानु छ भने NAC Ko office हैन दलाल हरुको मा गए मात्र ticket पाउछ, त्यहाँ seddle flight huda hudai पनि commission को लागि चाटर भनेर १ ticket = २०००/ २५०० बढी तिर्न यात्रुहरु बाध्य छ. यहाँ ठुलो commission को खेल छ, तिनीहरु lai kasle karwahi garne?

    Reply
  9. Bikash Bikram Shrestha says:
    May 7, 2013 at 2:16 am

    “भलै पुरानो जहाज होस् वा उडान तालिका समयको ठेगान नहोस, आफ्नै राष्ट्रको वायुसेवा निगम उडदा पाउने गौरवता र आनन्दताको महसुस, बिदेशी बिमान चढेर अवस्य पनि प्राप्त गर्न सकिन्न। मलाई लाग्छ, आम नेपालीले पनि विदेश यात्रा गर्नुपरे, पहिलो प्राथमिकता राष्ट्रिय ध्वज्बाहकलाई नै दिन्छन भन्दा दुईमत नहोला। नेपाल वायुसेवाले यस्ता राष्ट्रप्रेमी यात्रुहरुलाई एउटा अवसरको रुपमा लिई, राम्रो हवाईयात्राको अनुभव दिनसक्नु पर्दछ।” ……..राम्रो विश्लेषण लाग्यो ……..तर बजार ब्यबस्थापन लगायत थुप्रै ब्यबस्थापिकीय कुराहरुमा ध्यान दिन अतिअबस्यक छ | खोज मुलक लेख को लागि हार्दिक गुरुङ ज्यु लाइ धेरै धेरै धन्यबाद | आगामी दिन मा पनि माइसंसार मा सुर्य खड्का हरुको को स्तुति गान भन्दा येस्तै राम्रा लेख हरु पढ्न पाइने छ भन्ने आशा एबम बिश्वास राख्दछु |

    Reply
  10. Ananda says:
    May 6, 2013 at 10:27 pm

    आशा गरौ भर नपरौ …..एक त असल नियेत भएको व्यक्ति पाउनै गारो पायिहाले भने पनि गर्न दिए डाका भ्रस्टहरुले ….फेरि पनि भन्न मन लाग्छ नेपाल र नेपाली को जय होस् …..

    Reply
  11. pradeep says:
    May 6, 2013 at 7:40 pm

    धेरै राम्रो विस्लेषण गरेर लेख्नु भयको छ! संसार भरिको हालको स्तिथि हेर्दा बोइङ्ग र एइर बस मध्ये जुन पनि ठिक देखिन्छ! डिल आफ्नो अनकुल बनाउन सक्नु पर्छ ! बजारको हिसाब ले पनि नेपाल बायुसेवा लाई समस्या नहोला ! कुरा हो सरकारी संस्थान को ब्यबस्थापन ! अहिले को जस्तो सरकारी रवैया को ब्यबस्थापन ले भने प्रतिस्पर्धात्मक बजार मा निगम लाई गार्हो भने अवस्य पर्छ !

    Reply
  12. madan bajracharya says:
    May 6, 2013 at 6:31 pm

    हार्दिक गुरुङज्यु
    तपाईंले नेपाल बायु सेवा निगमको बारेमा निगमको बारेमा सहि र सकारात्मक कुरा उठाउनु भयकोमा हार्दिक धन्यबाद/ म आफै त्यो कम्पनीमा लगभग तिस बर्ष काम गरेर स्वेच्छिक अबकास लियको व्यक्ति हुँ/ निगम संग संगै स्थापना भयको थाई बंगला बिमान सेवाहरु जत्तिकै नेपाल बायु सेवा निगम चुलिन नसकेकोमा अनेकौं कारणहरु छन्/ तापनि सरकारले ३० लाख भन्दा कम मात्रै लगानी गरेको निगम सिट अनेकौं डरलाग्दो भ्रस्टाचार हुँदा हुँदै पनि आज ६० अरव भन्दा बढीको चल अचल सम्पति बाकि रहनु सानो उपलब्धि चाहि पक्कै होईन/

    म अव निगम किन अरुको दाजोमा नभय पनि सन्तोष जनक तरिकाले पनि चलन नसकेको केहि आन्तरिक कारणहरु बुँदागत रुपमा उल्लेख गर्न चाहन्छु:

    ०१. हवाई उड्डयन ब्यबसाय बिशेसग्यहरुको कमि/ ठुला बडा र नेताको सिफारिसमा महत्वो पूर्ण पद देखि पिउन लोडर समेत भर्ति हुने निगममा यो अभाव आज पनि रही आयकै छ/ अमेरिका युरोप देखि काठमान्डू आउने जाने टिकटको भाडा अमेरिका युरोप देखि भारतको दिल्ली मुम्बई जाने आउने टिकटको भाडामा ३० देखि ४० प्रतिशत महँगो हुनु यो कुराको ज्वलन्त प्रमाण हो/ यस्तो हुनै नपर्ने र हुनै नसक्ने थियो/
    ०२. अन्तरास्ट्रिय उडानको भाडा निर्धारणमा अन्तरास्ट्रिय नियमको बिपरित नेपालको रास्ट्रिय धोजा बाहक सिट बिदेशी बिमान सेवालाई अस्वस्थकर प्रतिस्पर्धा गर्न दिनु/
    ०३. निगमको आन्तरिक उडान दलको भाडा लागत अनुशार निर्धारण गर्न नदिनु/
    ०४. नाफा नहुने आन्तरिक दुर्गमस्थलमा निगमलाई मात्रै लागत भन्दा कममोलमा उडान गर्न बाध्य गरिनु/
    ०५. निगमलाई चाहिंदै नचाहिने अदछ्य भ्रस्ट र नियत खराव कर्मचारीहरु नियुक्त गर्न नेताहरुले बाध्य गर्नु र तेस्ता कर्मचारीहरु गलत काम गरेको प्रमाण सहित पकदिन्दा पनि नेताहरुको दवावमा कुनै कार्यवाही गर्न नसक्नु/
    ०६. निगमलाई षड्यन्त्र पुर्वकनै करोडौंको ठगि गरेका देस भित्र र बाहिरको ट्राभेल यजेंटहरुलाई उल्टै नेताहरुको प्रशय दिनु र तिनीहरु बात उठाउनु पर्ने रकम उठाउन सकिने भय पनि उठाउन नदिई माफ गर्दै जानु/
    ०७. निगमलाई नक्कली चेक बुझायर करोडौं ठग्ने ट्राभेल यजेंट बिरुद्ध निगमले अदालतमा राखेको मुदा दसौ बीसौं बर्ष देखि आज सम्म फैसला नहुनुलाई कुन सब्द प्रयोग गर्ने त्यो सब्द्नै मलाई आउन्दैन/
    ०८. निगमलाई उल्लेखनीय आम्दानी गराउने यात्रुको ब्यागेजको ढुवानी पनि हो/ साधारण तया हरायक ईकोनोमी क्लासको यात्रुले २० किलो र ब्युजिनेस क्लासको यात्रुले ३० किलो ब्यागेक निशुल्क लाग्न पाउँछ/ यसमा केहि किलो अवस्था हेरेर बिना शुल्क थप लाग्न दिइन्छ/ तर ब्यबसाइक तवरले बा तस्करी नै गर्ने नियतले सयौं किलो ब्यागेज लाग्न खोज्ने यात्रु सिट ब्यापक रुपमा भ्रस्टाचार गरेर कम वजन देखायर; निगमको जहाज र उडान समेत असुरछित हुने गरि आफ्नो गोजी भर्ने गरिन्छ/ यस्तो गर्ने कर्मचारीलाई सायदै मात्र कार्यवाही हुन्छ भन्नु भन्दा यस्ता कर्मचारीलाई कार्यवाही गर्नै दिंदैन/कार्यवाही गराउन खोज्ने कर्मचारीले उल्टै आफ्नो जागिर र शरीर कै बाजी लगाउनु पर्ने हुन्छ/

    अब निगम बद्नाम हुनुको यक मात्र कारण नभय पनि मूल कारण त् नेताहरुले निगमलाई आफ्नो स्वार्थ पुरा गर्ने तरिकाले चल्न बाध्य गर्नुनै हो/ सानो उदाहरणको रुपमा नेपालको नेपालगंज स्थित कार्यालय टिकट अस्वस्थकर रुपमा (कालो धन्धा नै भनु) वितरण नगर्नको निमित बद्नाम छ/ तर त्यो नेताहरुकै सिफारिसमा आधा भन्दा बढी टिकट पालो मिचेर बेच्न बाध्य गरिनु र तेसरी आफ्नो सिफारिसमा पालो मिचायर टिकट उपलब्ध गराउने नेताले अतिरिक्त रकम यात्रु बात उठाउने गरेकै कारणले भयको थियो भन्न म अलिकति पनि हिच्किचाउदिन/

    Reply
  13. सुरेन्द्र सुबेदी हंगकंग says:
    May 6, 2013 at 6:31 pm

    नेपाल को घृणित राजनीति अनि असक्क्षम ब्यबस्थापन को शिकार भएर क्यान्सर ले थलिएको नेपाल बायु सेवा ले औसधि पाउने मा शंखा नै छ/

    Reply
  14. Rajan says:
    May 6, 2013 at 5:26 pm

    एयरबुस भन्दा बोइङ्ग उपयुक्त हुन्छ भन्ने तपाइको विचार मलाई तार्किक लागेन। तपाइको भनाइमा नेपाल बायुसेवा निगमसंग हाल बोइङ्ग ७५७ भएकाले प्राबिधिक र पाटपुर्जाका आधारमा बोइङ्ग उपयुक्त हुने कुरा गर्नु भयो जुन कुरा गलत हो। नेपालले किन्न लागेको न्यारो बडी जहाज भएकाले बोइङ्ग ७३७ एयरबुस ए३२० को प्रतिस्पर्धी हुन आउछ, जुन हाल भएको बोइङ्ग ७५७ भन्दा फरक प्रबिधि एवं पार्टपुर्जा भएको जहाज हो र तेस्को लागि बोइङ्ग ७३७ कै लाईसेन्स र ट्रेनिंग भएका प्राबिधिक हरुको आवस्यकता पर्ने हुनाले बोइङ्ग उपयुक्त हुन्छ भन्न मिल्दैन। तसैगरी, तपाइको अर्को भनाइ ” विश्वका धेरै ठूला एयरलाईन्स कम्पनीहरुले बोइङ्ग बिमान नै संचालन गरिरहेको छ” पनि बिबेकपूर्ण देखिन किनभने ति ठुला एयरलाईन्स कम्पनीहरुले ऐरबुसका बिमान पनि उत्तिकै संख्यामा संचालन गरिराखेका छन् र पछिलो १० बर्षको तथ्यांक हेर्नुहुन्छ भने बोइङ्गले भन्दा एयरबुसले सयौ को संख्या मा बढी जहाज बिक्रि गरेको छ।तपाइको भनाइमा निगमजस्तो सानो बिमान कम्पनीले दुईथरि जेट बिमान संचालन गर्नु त्यति उपयुक्त नहोला भन्नु भयो तर बोइङ्ग कै जहाज किनेको भएपनि बोइङ्ग ७३७ किन्दा दुइथरि नै जेट बिमान हुन आउछ र एकैथरी बिमान संचालन गर्नलाई हाल भएको बोइङ्ग ७५७ जस्तो पुरानो बिमान किन्ने कुरा आउदैन जबकि त्यस्को उत्पादन नै बन्द भैसकेको छ | तपाइको जानकारीको लागि विश्वका प्राय सबै लो-कस्ट बायुसेवा कम्पनीहरु एयरबुस ३२० परिवारकै जहाज प्रयोग गर्ने गर्दछन |
    र, सबैभन्दा महत्तोपूर्ण कुरा- नेपाल बायुसेवा निगमले उडान गर्ने रुट जुन प्राय ४ देखि ६ घण्टा सम्मको रेञ्ज रहेकोछ त्यसमा एयरबुस ए३२०को अपरेसनल कस्ट बोइङ्ग ७३७ भन्दा तुलनात्मक रुपमा कम छ |

    Reply
  15. पुष्प says:
    May 6, 2013 at 3:34 pm

    नियमानुसार बोलपत्र जित्नेसँग सम्‌झौता गर्नु भ्रष्टाचार हो कि यसको विपरीत गर्नु भ्रष्टाचार हो ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme