Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्‍नीका सात प्रकार; तपाईँ/तपाईँकी पत्‍नी कस्ती ?

Posted on May 5, 2013May 6, 2013 by mysansar

buddha तपाईँलाई थाहा छ पत्‍नी कति किसिमका हुन्छन्? बौद्ध ग्रन्थमा पत्‍नीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटियो। भगवान गौतम बुद्ध आफैले सात किसिमका पत्‍नीहरुको बारेमा बयान गरेका हुन्।

कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो। त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति थिए। उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए। उनले आफ्ना छोराको बिहे सुजाता नामकी एक युवतीसँग गरिदिएका थिए। सुजाताको स्वभाव भने विपरीत। एक पटक भगवान अनाथपिण्डिकको घरमा जाँदा कोलाहल मच्चिरहेको रहेछ। कारण सोध्दा अनाथपिण्डिकले भगवानलाई सबै बताइदिए। त्यसपछि भगवानले सुजातालाई बोलाई सात प्रकारका पत्‍नी बारे उपदेश दिएका रहेछन्। सात प्रकार यस्तो छ-

१) बधक पत्‍नी

जो स्त्री आफ्ना पतिप्रति द्वेष भाव राख्छे, अहित चिन्तन गर्छे, परपुरुषप्रति आशक्त भएर पतिको अपमान गर्छे, पतिको धनका लागि पतिको वध गराउन पनि पछि पर्दैन, त्यस्ती पत्‍नी बधक पत्‍नी हुन्। यस्तो दुशील स्त्री मरणपछि नरक जान्छे।

२)चोरीसम (चोर) पत्‍नी

पतिले कमाएर दिएको धन मध्ये केही अंश लुकाउँछे। यस्ती स्त्री पनि मरणपछि नरक जान्छे।

३) आयासम (स्वामिनी) पत्‍नी

केही काम नगर्ने, अल्छी, धेरै खाने, कठोर वचन बोल्ने, नोकरचाकरलाई अपमान गर्ने।

४) मातुसम (आमा जस्ती) पत्‍नी

आमाले छोरोको हित चाहे जस्तै सँधै पतिको हित चाहने हुन्छे। प्राप्त धनलाई राम्रोसित सनुम्हालेर राख्छे। यस्ती पत्‍नी सदाचारयुक्त भएकीले मरणपछि स्वर्णलोकमा गएर सुख भोग गर्छे।

५) भगिनीसम (बहिनी जस्ती) पत्‍नी

पतिको सम्मान गर्ने, लज्जालु र पतिले भनेको मान्ने हुन्छे। यस्ती स्त्री पनि मृत्युपछि स्वर्गलोकमा जान्छे।

६)सखीभरिया (साथी जस्ती) पत्‍नी

पति देखेर प्रसन्न हुने, आफ्नो कुल परम्परा कायम गर्ने, शीलवती तथा पतिव्रता हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।

७) दासीसम (दासी जस्ती) पत्‍नी

कहिल्यै नरिसाउने, शान्त स्वभावकी, दण्ड देखेर डराउने, पतिको कुरा मान्ने, सहनशील हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।

सात प्रकारका पत्‍नीहरुको वर्णनपछि भगवानले सुजातासित सोधे, सुजाता, लोकमा यी सात प्रकारका पत्‍नीहरु छन्। यी मध्ये तिमी आफूलाई कुन प्रकारकी पत्‍नी मान्छौ ?

(बौद्ध ग्रन्थ Anguttara Nikaya(7:59; IV 91-94) मा यसको वर्णन पाइन्छ। अंग्रेजीमा यसबारे थप जानकारी यहाँ र यहाँ क्लिक गरी हेर्नुस्। माथिको वर्णन तलको पुस्तकबाट साभार गरिएको हो)

ल अब तपाईँ पनि भन्नुस्, तपाईँ महिला हुनुहुन्छ भने तपाईँ कस्ती पत्‍नी ? तपाईँ पुरुष हुनुहुन्छ भने तपाईँकी पत्‍नी कस्ती ?

यी त भए बुद्धकालीन समाजमा पत्‍नीका प्रकार। आधुनिक युगमा पत्‍नीका प्रकारमा केही थप्नु पर्ने पनि पो देख्नुभयो कि ? कमेन्टमा लेख्नुस् है।

अस्ति आँखा जचाउँन जाँदा प्रतीक्षालयमा यो पुस्तक कसैले राखेका रहेछन्। सर्सती पल्टाउँदै जाँदा यो कुरा रोचक लागेर तपाईँहरुलाई पनि बाँडिहालेको!
अस्ति आँखा जचाउँन जाँदा प्रतीक्षालयमा यो पुस्तक कसैले राखेका रहेछन्। सर्सती पल्टाउँदै जाँदा यो कुरा रोचक लागेर तपाईँहरुलाई पनि बाँडिहालेको!

51 thoughts on “पत्‍नीका सात प्रकार; तपाईँ/तपाईँकी पत्‍नी कस्ती ?”

  1. Sanu Nepali says:
    May 10, 2013 at 9:46 am

    मेरो श्रीमती १, २, ३, बाहेक सबै प्रकार का हुन् त्यसै ले मा उन लै अति माया गर्छु .

    Reply
  2. Pingback: पतिका आठ प्रकार, तपाईँ कस्तो ? « Mysansar
  3. Gorkhali says:
    May 10, 2013 at 12:41 am

    आफ्नो पत्नी संग मिल्ने त देखेन यार खै मेरी बुढी कस्ती कस्ती…अब त्यो ७ no वाला पत्नी भए अ आफ्नो life पनि जिउदै सोर्ग हुनी थियो 🙂

    Reply
  4. raju k. c. says:
    May 7, 2013 at 10:57 pm

    धन र गाली गलोज को बारेमा गड्बडी गर्ने स्त्री को बारेमा मात्रै रहेछ
    अचेल त परपुरुस सित सहबास् पनि गर्छन् तिनी कता जान्छन होला ?? नर्क या पातल !!!

    Reply
  5. Subin Rai says:
    May 7, 2013 at 8:26 pm

    पश्चिमी युरोपमा धेरैजसो यो ७) दाससम (दास जस्तो) पति हुन्छन है साथीहो यो मेरै आखाले देखेको छु/ अचम्म पर्नु पर्दैन है यो हुन् धेरै कुर्न पर्दैन है हाम्रो मुलुक तिर पनि!!! तयार हुनुहोस साथीहरु हो जिवितै छदै स्वर्ग पुग्न!!!!

    Reply
    1. Aakar Bhushan Nepali says:
      May 9, 2013 at 11:38 pm

      सबिन जी ,
      उदेक लाग्छ तपाईको सुझबुझको स्तर देखेर | श्रीमतीले भनेको मान्नु, उनि संग नरिसाउनु, सहनशील हुनु लाई बिग्रेको देख्ने तपाईको मानसिकताले चोकको भट्टी पसलमा जाँड खाएर घरमा आई श्रीमती भकुर्नु , आफु मात्रै जान्ने भै टोपली श्रीमतीलाई बुद्दु बनाउन खोज्नु चाहिं दक्षिण पुर्बिय अझ खास गरि नेपाली सभ्य संस्कार होला, हैन ? के गालि गर्नु प्रचण्ड, ओली, गिरिजालाई ! उनीहरुलाई देशै जिम्मा दिने बुद्धि आखिर तपाईकै जस्तो र व्यक्ति तपाई जस्तै त हो |

      Reply
  6. Roshan Sharma, Australia says:
    May 7, 2013 at 7:02 am

    समाज आजमात्र हैन पहिले देखि नै ‘घुमाउरो’ पाराले चलि रहनछ भन्ने कुरा ‘बोधी बज्र बज्राचार्य’ ज्यु को किताब का तथ्य हरुले प्रमाणित गरेको छ /
    मैले त सार्बजनिक रुपमा नै घोसना गरिदिए कि – मेरी श्रीमती मा त ५ र ६ वाला न. को समिश्रण रहेछ तर, म चाहि पहिला ३ न. वाला मा पर्थे रे अहिले चाही ६ र ७ न. मा पर्छु रे!!
    =पहिले पहिले को नेपालमा कुनै पनि काम कुरा गर्दा ‘कण कण’ मा भगवान हुन्छा है काम गर्दा ‘भगवान’ लाई सम्झेर गर्नु भन्ने हुन्थ्यो त्यसै, बलात्कार, भ्रस्टाचार, काटमार ज्यादै नगन्य हुन्थ्यो
    तर,
    आजकल को आधुनिक नेपालीहरुमा ‘स्टेप – स्टेप मा ‘राजनीति’ (त्यो पनि घृणा को) र जे मन लाग्छ त्यहि गर्ने प्रवृति ले बलात्कार, भ्रस्टाचार, काटमार आकाश छुने लागि रहेछा/ त्यसमा पनि – घृणा को राजनीति ले ९५ % नेपालीलाई खोक्रो बनाइरहेको छा भन्ने कुरा विभिन्न ‘प्रतिक्रिया’ हरु पढ्दा थाहा हुन्छा /

    कुनै पनि कुरा को “सारांस”(रुप = Form=Feature) त्यसको “स्रोत” (मुहान =Source=DNA) अनुसार हुन्छ भन्ने Universal Truth लाइ ध्यान दिने हो भने ” बुद्द धर्म” – भारत वर्ष बाट सुरु भएर भएको हुनाले यस धर्म र सनातन धर्म मा “आमा र छोरा – छोरी” को जस्तो अटुट परिपुरक सम्बन्ध भएको ले ”गैर – राजनीतिक” र ”छ्यणिक” Activism बाट टाढै बसेर बुझेमा मात्र पुर्बिय सभ्यता बाट ‘अनन्त ज्ञान र फाइदा लिन सकिन्छ /

    जहासम्म, मलाई थाहा भए सम्म बुद्द भगवान को ‘परिनिर्वण’ भए पछि मात्रै :
    – भारत बाट लगिएका गुरुले तिब्बत मा बुद्द धर्म र ज्ञान को प्रचार गरिएको हो/
    – ५०० वर्ष पछि पहिलो किताब त्यो पनि ‘तिब्बत’मा लेखिएको हो/
    संधर्व: संधर्व को लागि : https://www.youtube.com/watch?v=DctQTDm-HdU

    ओं नाम शिवाय, बुद्दम सरनम गच्छामी, धम्मं सरनम गच्छामी, संगम सरनम गच्छामी !

    Reply
  7. subba basanta says:
    May 6, 2013 at 8:57 pm

    बिज्ञान ले बुद्ध धर्मलाई कुनै औलोकिक धर्मको हिसाबमा परिभाषा नगरी उच्च कोटीको मनोबिज्ञान को रुपमा परिभाषा गर्दछ र बुद्धत्वो मनोविज्ञान को प्रमुख जरा हो
    यो कुरा मा सहमत हुनु या नहुनु आ- आफ्नु सोच होला l तर म चाही यो कुरामा पूर्ण सहमत छु l आज सम्म अर्ब-औ मानिस हरु ले बुद्ध धर्म लाई स्वीकारको छन l बुद्ध धर्म मान्ने राष्ट्रहरुमा अनगिन्ती भाषामा र रोचक प्रसग सहित बुद्ध धर्म का बारेमा अनगिन्ती पुस्तक हरु छापिएको छन l कति पुस्तकमा ड्रागोंन सग त कति पुस्तकमा अगुलिमाला जस्तो आपराधि सग त कति पुस्तकमा जलपरी सग येस्तै-तेस्तै धेरै प्रसग सहित पुस्तक हरु प्रकासन भएका छन l अझै भबिस्य मा कस्तो – कस्तो प्रकासन होला त्यो पछि नै थाहा होला l तर येस्ता खालको पुस्तक हरु केवल बुद्ध धर्मको कालो बिज्ञापन मात्र हुन् l येस्तै मझमा यो पुस्तक पनि एक हो l नत्र किन र कसरि बुद्ध ले स्त्रीको आचरणको आधार मा बर्गिकरण गरे l यो कुरा मलाई अचम्म लग्यो किनकी हरेक जीव आत्माको समान अनुभब गर्ने महान पुरुष ले कसरि मानब स्त्रीको बर्गिकरण गर्न सक्थे र ! यो पुस्तक पक्कै पनि पौराणिक हिन्दु धर्म सग ओत -प्रोत बुद्धलिसुम पुस्तक हुनु पर्छ l एस्तो आधारमा पत्नी स्त्रीको बर्गिकरण गर्ने हो भने सात प्रकार धेरै नै कम हुन सक्छ l र यो पुस्तक अलौकिक पूर्ण छ जहाँ सोर्ग र नर्ग का कुरा उल्लेख भएका छन l

    Reply
  8. kusan sharma says:
    May 6, 2013 at 6:33 pm

    पत्नी त सात किसिमका मात्र होलान तर पतिहरु ७० किसिमका हुन्छन,६९ त नरकै जान्छन होला l

    Reply
  9. Arun Bhattarai says:
    May 6, 2013 at 2:29 pm

    साथीहरु जे भने पनि गौतम बुद्धले सुजातालाई आसल मार्गमा लेरौनको लागि तेसो भनेका हुन् . एस्लाई गलत पर्चार गर्न भएन. ऊअपदेश भनेको गलत मान्छेलाई सत् मगरमा लेरौना लाई दीने कुरा हो. परिस्थिथि अनुसार फरक फरक पनि हून सक्छ.

    Reply
  10. robei says:
    May 6, 2013 at 10:07 am

    अनि प्रकाशे पत्नि(बिना मगर) र बाबुराम पत्नि (हिसिला) नम्बर देखिएन नि।

    Reply
    1. Rimal Hari says:
      May 6, 2013 at 7:42 pm

      बिद्या भण्डारी, सुजाता कोइराला, पत्नी पनि त देखियेचैना नि | यिनी हरु त झन् सबैभन्दा अगाडी हुन पर्ने हो |

      Reply
  11. Rimal Hari says:
    May 6, 2013 at 9:12 am

    बधक पत्नी चाही छ्याप छ्याप्ती पयिंचा आजकल नेपाल मा …….मेरो अहिले को समाज को मुल्यांकन मा कम्ति मा पनि ७५% भन्दा बढी त बधक पत्नी नै छन्……येह कमेन्ट गर्ने साथी हरु मध्ये धेरै को बधक पत्नी छ जस्तो लाग्छ मलाई त…..| बधक पत्नी हरु लोग्ने हरु लाइ छक्काएर रमाइलो गरेको त मैले खुब देखेको छु | कुरा तितो भए पनि सत्य हो है साथी हरु हो

    Reply
  12. Manish Dangal says:
    May 6, 2013 at 7:05 am

    पतिका प्रकार:
    १. जुवाडे
    २. गजेडी
    ३. जड्याहा
    ४ दुराचारी
    ५ ब्याभिचारी
    ६. ब्रस्त्रचारी
    ७ अधर्मी

    Reply
    1. तेन्जिंग गाबा says:
      May 6, 2013 at 8:30 am

      एउटा थपौ है

      पतिका प्रकार:
      ,,,,
      ,,,,,
      ८. माथिको सबै

      Reply
      1. Bikal Latikoile says:
        May 8, 2013 at 5:15 pm

        यति मात्रै होइन घमन्डी, हठी, आफ्नो कुरा मात्रै ठीक र मै जान्ने पति पनि छ्याप्छ्याप्ती छन् जसले परिवारलाई सँधै रुवाउँछन् । यस्ता पति कता जान्छन् कुन्नी । देवी भगवती र कालीहरुले ब्याख्या गरेका भए पाउँ ।

        Reply
  13. raju says:
    May 6, 2013 at 2:44 am

    रात होस् न दिन होस् फरिया उचालेर आखा झिम्कौने पत्नी चाहि sexi hot पत्नी मृत्यु पश्चात स्वोर्ग जान्चन!!!

    Reply
    1. तेन्जिंग गाबा says:
      May 6, 2013 at 8:32 am

      अनि अप्सराहरुको जागिर चट ???

      Reply
  14. Sudarshan Ghimire says:
    May 6, 2013 at 1:41 am

    रोचक कुरा हो अब पुरुष को बारेमा पनि यस्तै लेक फेला परेमा अझ राम्रो हुन्थ्योकी होगी

    Reply
  15. Bishwaraj says:
    May 6, 2013 at 1:24 am

    JPT – भगवान गौतम बुद्द त येस्ता नीच बिचारका थीएछन् महीला प्रती- के भगवान भन्नु-

    Reply
  16. Aaman says:
    May 6, 2013 at 1:21 am

    पति को पनि प्रकार आकार होला नि?
    त्येस बारेमा पनि प्रकास पारिदिन पाए पर्चान्नेको कुत्रो पर्कासेको पनि कल्याण हुन्थ्यो कि?

    पत्नी उदाहरणमा – सुजाता लम्बर १
    पति उदाहरणमा – पर्कासे लम्बर १ /

    Reply
    1. Bikal Latikoile says:
      May 8, 2013 at 5:17 pm

      अनि रिसी धमला नि ?

      Reply
  17. sherpa ang says:
    May 6, 2013 at 1:16 am

    १) बधक पत्‍नी
    २)चोरीसम (चोर) पत्‍नी
    ३) आयासम (स्वामिनी) पत्‍नी
    आफ्नो बुडी यी तिन सोभाबकि भए खाडी मुलिकमा कमाउन पठाउनु है l

    Reply
    1. sailen says:
      May 6, 2013 at 7:31 pm

      तपाइको बुडी पठाई सक्नु भो कि ? बिबाह भाको छैन भने गर्लफ्रेन्ड अस्ट्रेलिया तिर पढ्न पठाउदा पनि राम्रै कमाउछन्

      Reply
      1. Bikal Latikoile says:
        May 8, 2013 at 5:18 pm

        त्यसो त यूरोपतिर पनि राम्रै कमाउँछन् बग्रेल्ती पाकिस्तानी र इन्डियनहरु छन् । मजाकोलागि ठेट्ना नेपाली पनिछन्।

        Reply
  18. shreeram trikaal darshi says:
    May 6, 2013 at 12:33 am

    सामाजिक एवं पारिवारिक सद्भावलाई दुषित पार्ने खालको रहेछ यो उपदेश ता ………

    Reply
  19. maya says:
    May 6, 2013 at 12:19 am

    यो पुरुसबादी समाजले नारी हरु प्रति गरेको एकपक्चिया vedbhab मात्र हो.purusharu झन् खतरनाक हुन्छछछन.

    Reply
  20. raghubir says:
    May 5, 2013 at 11:56 pm

    पतिको कुरा मान्ने, लजाउने, डराउने पत्नि सिधै स्वर्ग जाने रे।
    “७) दासीसम (दासी जस्ती) पत्‍नी
    कहिल्यै नरिसाउने, शान्त स्वभावकी, दण्ड देखेर डराउने, पतिको कुरा मान्ने, सहनशील हुन्छे। यस्ती स्त्री पनि मरणपछि स्वर्गलोकमा जान्छे।”

    यस्तो sexist बिचारधारा राख्ने ग्रन्थ। त्यो नि बुद्ध धर्म ग्रन्थ रे। जे जति छन्, सबै पत्निको बारेमा, यस्ता बिचार पढेपछि मलाई के लाग्यो भने – पति पत्नि भन्दा सबै हिसाबले माथि छ, गतिलो छ,पतिको कुरा पत्निले मान्नु पर्छ, पत्निको कुरा पतिले मान्नुपर्ने कुनै धार्मिक कारण देखिँदैन।

    बुद्ध धर्मबाट पनि मेरो विश्वास उठ्यो , आज यो पढेपछि। र , धेरै हद सम्म सालोक्य जी तपाईंबाट पनि। जति लोकतन्त्र र जातिय संधियताको वकालत गरे पनि तपाईं पनि उहि पुरानो ढाँचा र ढर्रामा नै विश्वास गर्नुहुने रहेछ। आज नेपालमा जातिय संघियता् भनिने ज्यानमारा विष , नेपाली नेपाली बिच अविश्वास को खाडल खन्न, नेपाली नेपाली लाई लडाउन, रगतको खोलो बगाउन मात्र हो भन्ने लगभग यो ब्लगले प्रमाणित गरेको छ।

    थुक्क हाम्रो जुनी। थुक्क भारत संचालित मृत्यु बाहक, देशद्रोही , Racist, Sexist जातिय संघियता समर्थक डलरभोगी समूह।

    Reply
    1. आशा says:
      May 7, 2013 at 11:44 pm

      गौतम बुद्ध ले सुजाता लै सुमार्ग मा ल्याउन का लागि पत्नी का रुप बताएका हुन् जुन हाम्रो समाज भेटिनछन नै. यस्तो कुरा ले बुद्ध धर्म प्रति विश्वास उठ्यो भन्नु हासो लाग्दो कुरो हो.

      Reply
  21. Hari Prasad Lamichhane says:
    May 5, 2013 at 10:36 pm

    म त बुढी लाइ नै सोद्छु, जे हूम भन्छे तेही होस् भन्दिनु पर्ला जस्तो छ ,,,,,,,,,,

    Reply
  22. resham says:
    May 5, 2013 at 9:14 pm

    मान्छेमा केहि कमजोरी पक्ष्य केहि सबल पक्ष्य हुन्छन १०० % सबल पक्ष्य भएको मानिस संसारमा कोहि छैनन् हउ साथी हो/

    Reply
  23. योगेश आदी says:
    May 5, 2013 at 9:12 pm

    माइसंसारले सोधी हाले… ‘भगवानले स्त्रीलाई बुझ्नु पुरुषको बशको कुरो होइन भनेका छन्’ अरे… तैपनि; जाने बुझेसम्म मेरी श्रीमती “सखिभरिया” किसिमको छिन जस्तो लाग्छ ! (बुढी नाक फुलाउदै होलि)

    Reply
  24. Aakar Bhushan Nepali says:
    May 5, 2013 at 9:08 pm

    नारी जातिको घोर अपमानको पराकाष्ठा | बुध्द होइन उनी पछिका कुनै स्वघोषित “झन् ठुला बुद्ध” को आत्मरति होला जस्तो छ यो दर्शन |
    दर्शनको नाममा कलङ्क |

    Reply
    1. Shankar says:
      May 6, 2013 at 2:26 am

      हो ठिक भन्नु भो आकार भुषण जी,

      बुद्ध आफै त श्रीमती छाडेर संसारिक परिवेश त्यागेर हिडेको मान्छेले अब कहिँ नभयर अर्काको श्रीमती कस्ती प्रकारकी भनेर सोध्न पुगेहोलान त? जसकी श्रीमती जस्ती भयपनी त्यो उसको सरोकारको बिषय नै थिएन |
      बुद्ध त होइन बरु कुनै ओजे (ओभर जान्ने) ले चाही सोधे होलान बरु |

      Reply
  25. Basanta Thapa,Maryland,USA says:
    May 5, 2013 at 9:03 pm

    धन्न मेरो श्रीमतीको नाम सुजाता परेन यार ,यो नाम नै खराब रहेछ कि क्याहो ? बल्ल बुझे अनाथपिण्डिकका बुहारी सुजाता खराब रहेछिन र पो हाम्री सुजाता कोइराला जोस्टले पनि महापुरुसः बिपी कोइरालाको नाक काटेकी रहेछिन \

    Reply
  26. shovakarbhusal says:
    May 5, 2013 at 8:58 pm

    its so good ,I like it so reality.

    Reply
  27. Fugyaljen sherpa says:
    May 5, 2013 at 7:43 pm

    संसारमा न स्वर्ग छ न नग ॅ,जे छ यहि छ। मानछेहरु भनने गछॅन मरे पछि देखछ। देखने आखा,सुनने कान,यनि समपुणॅ कुर्ाको अनुभव गनेॅ शरीर नै जलेर भषम हुनछ भने कसरी सुनछ,देखछ।
    अकोॅ संसारमा देवता र देवी भनने कुरा पनि छैन,यदि हुदो हो त संसारमा कुनै पनि प्राणीले दुंख पाउने थिएन।

    Reply
    1. Shankar says:
      May 6, 2013 at 3:49 am

      शेर्पाजी,
      संसार भनेकै नै दुख सुखको मिश्रण हो | यहाँ दुख भयो भन्दै मा के देवी देवता नै छैन भनिदिने ? देवी देवता भनेको यो संसारमा सबै लाइ सुख मात्र दिनका लागी हुदैनन् | दुख सुख भनेको प्रत्येकको आ आफ्नो कर्मको भोग हो जुन सबैले आ आफ्नो तरिकाले भोग्नु पर्छ | दैबी शक्ति विना यो संसारमा केहि पनि काम गर्न सकिदैन मेरो बिचारमा | कुनै काम गर्ने लागी मेशिनको आविष्कार गरिन्छ भने त्यो मेशिन चल्न लाइ पनि भगवानको आशिर्बाद चाहिन्छ |

      तपाई बुद्ध धर्म मान्नुस वा हिन्दु धर्म वा इशाई, तर दैवी शक्तिमा बिश्वास राख्ने गर्नु भए बेश हुनेछ | शरीर मरेर जलेर जान्छा त केवल यो भौतिक शरीर मात्र जान्छ तर आत्मा कहिले मर्दैन |आध्यात्मिक फलको उपज हेर्न शरीरको यो आखा जुन जलाउदा खरानी हुन्छ चाहिदैन | बिश्वास गर्ने लाइ सधै राम्रो भइरहेको छ तर यदि कसैले बिश्वास गर्न सक्दैन भने त्यो त्यस व्यक्तिको कमजोरी हो देवी देवता नभयको चाही अवश्य होइन |

      Reply
      1. डिल्लीरमण न्यौपाने says:
        May 6, 2013 at 8:17 pm

        शंकर जी को भनाइ अनुसार मैले एस्तो अर्थ लगाएँ – नेपालका नेता, ब्यापारी, डन सबै सुकर्म गरेर राम्रो कर्मको फल पाएर अहिले मोज गरि’राख्या छन् / जुम्ला, हुम्ला, अनि नेपालका अन्य बिकट ठाउमा जन्मेका मान्छेहरु, पाँचबर्ष उमेर नपुग्दै झाडापखालाको शिकार हुने बच्चाहरु; सबैले कुकर्म गरेका रहेछन त?
        बिश्वास गर्ने सबैलाई राम्रो भैरा’को छ भन्नु भयो, मैले यहाँ भनेका बर्गका मान्छे सबै नास्तिक परे? ठोकेरै भन्नु हुन्छ?
        कि तपाइको परिभाषामा झाडापखाला लागेर मृत्युबरण गर्नु सुख पाउनु हो? एक हिसाब ले होला, भन्छन नि दुखै लुकायो, तेसो भए सबै भकाभक स्वोर्गे भए सबैले सुख पाइदो हो, भगवान को लोकमा बस्न जो पाइन्छ /

        Reply
        1. shankar says:
          May 9, 2013 at 6:34 pm

          डिल्लीरमण जी,

          यो जुनीमा कस्तो जीवनको भोग गर्न पाइन्छ त्यो सबै पूर्वजन्मको भाग हो | आफुले पूर्व जन्ममा गरेको क्रियाकलापको नतिजा यो जन्म मा भोग्नु पर्छ | बिश्वास गर्नुस वा न गर्नुस त्यो तपाइको आफ्नो अधिकार हो र यदि कथंकदाचित यस बारे जान्न उत्सुक हुनुभयो भने नजिकैको इस्कोन मन्दिर जानुहोस अथवा youtube.com श्री राधानाथ स्वामी र भक्ति तिर्थ स्वामीको प्रबचन सुन्नुहोस | तपाइको प्रश्नका सहि उत्तर मिल्नेछ |

          नोट: यी स्वामीहरू ति गेरु बश्त्र धारण गरेर हातमा रोलेक्स घडी देखाउदै वरिपरि केटीहरु राखेर बस्ने खाले होईनन र मुसलमानको मद्जिद मा गयर तोडफोड गर पनि भन्दैनन | दुवै जना धेरै शिक्षित, high profile personality हुन् जसले आफ्नो धर्म christianity र judaism बाट hinduism मा convert गरेका हुन् | जसले भागवत गीताको मूल मर्म बुझेर त्यहि अनुसार आफ्नो जीवन बाचिरहेका छन् र संसारका ठुला ठुला युनिवर्सिटीहरुमा hinduism को बारेमा बोल्न उहाहरुलाई सधै बोलाइन्छ |

          उहा हरुको प्रबचन बाट केहि सिक्नु भो भने माइसंसारमा लेख्ने जमर्को गर्नु होला जसबाट सबै पाठक हरुले पनि सिक्ने मौका पाउन |

          Reply
          1. Aakar Bhushan Nepali says:
            May 10, 2013 at 3:18 am

            “कहीं नभएको जात्रा, Shankar जिको यात्रा” |
            हैन हौ शंकर जी, शस्शास्त्र नगरेको निकै समय भएछ, यसो त्यो स्वामीजीहरुलाई भेट्न पाए केहि समय ख्यालठट्टा गर्नु हुन्थ्यो अनि मंगल ग्रह जाने आबेदन दीइहाल्थ्ये कि कतै | आफै भेट्यो भने फेरि नपत्याई देला | सिफारिश त फेरि बराबरी profile भएको व्यक्तिकै लिनु पर्यो, हैन र ?

            Reply
  28. मिलन says:
    May 5, 2013 at 5:59 pm

    सखीभरिया, अायासम ।

    Reply
  29. Vijay says:
    May 5, 2013 at 5:45 pm

    आफु त एक्लो परियो ! बिबाहित हरुको विचार सुनुम न …….!!!

    Reply
  30. dharmendra says:
    May 5, 2013 at 5:32 pm

    आफ्नै स्वास्नी को के कमेन्ट,,,,,????????????????????? कभी नही ,

    Reply
  31. pooja says:
    May 5, 2013 at 4:43 pm

    म चाही चोरिसम र आयसम पत्नी हेहेहेहे…

    Reply
    1. dhan says:
      May 5, 2013 at 8:30 pm

      ल नर्क गएर मोज गर्नुस हाहा

      Reply
  32. Khagendra says:
    May 5, 2013 at 4:37 pm

    मेरी पत्नी चहि सखीभरिया (साथी जस्ती) पत्‍नी है साथि हो

    Reply
  33. Dhruba Gautam says:
    May 5, 2013 at 4:15 pm

    भगवान बुद्ध ले मान्छे मरेपछि स्वर्ग वा नर्क कहाँ जान्छ भन्ने कुरा को कहिले पनि बर्णन गर्नु भा छैन. यो मरेपछि नर्क जान्छ भन्ने शब्द कहाँ बाट आयो ? संसार का हरेक बुद्ध purus ले स्वर्ग वा नर्क येही छ यो बाहेक अरु कुनै स्वर्ग नर्क छैन भन्ने कुरा मात्र दोरायाका छन्.

    Reply
  34. गोविन्द says:
    May 5, 2013 at 4:15 pm

    कार्यौ दासी, रतौ वेश्या भोजने जननी समा ! सबै गुण भएकी पत्नी आदर्श रे !

    Reply
  35. prasad says:
    May 5, 2013 at 4:05 pm

    पत्नी को सात प्रकार त थाहा पाईयो……… येस्तै पतिको पनि त प्रकार होला …..नत्र त आहिलेको समयमा नारि बादी हरुले आन्दोलन गर्छन …….फेरी एकै रथ को दुइ पांग्रा भएपछी पुरुस मात्र ठुलो किन नि…………..

    Reply
    1. Bishnu Adhikari says:
      May 5, 2013 at 9:29 pm

      प्रसाद मित्र पत्नी को ठाउमा पति थप्नुस पतिका प्रकार थाहा भै हाल्छ नि बेकारमा किन नारी हरुलाई आन्दोलित बनउने हा हा हा ………

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme