Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन भत्किए यी घर ?

Posted on April 28, 2013 by Salokya

photo (3)
फोटोका घरहरु ध्वस्त देखिएका छन्। नझुक्किनुस्, मनकामना केबल कार चढ्ने ठाउँनजिकै कुरिनटारका यी घरहरु भूकम्प वा विस्फोटका कारण यसरी भत्किएका हैनन्। कारण अर्कै छ।

photo
मापदण्ड मिचेर बनाइएकाले यी घर भत्किएका हुन्। मापदण्ड अनुसार राजमार्गमा मुख्य सडकको केन्द्र भागबाट २५/२५ मिटर र सहायक राजमार्गको १५/१५ मिटर दायाँबायाँ भित्र केही पनि संरचना बनाउन पाइँदैन। वर्षौँ अघिदेखि सार्वजनिक सूचना टाँसिए पनि अटेर गरी त्यस्ता संरचना बनेका थिए। एक जनाले बनाएपछि उसले त बनायो, हामीले किन नबनाउने भन्ने जस्तो मानसिकता पनि बढ्यो। त्यसैले धमाधम यस्ता संरचना बढ्न थाले। केही महिनाअघिदेखि सडक विभागले पृथ्वी राजमार्ग र त्रिभुवन राजमार्गमा यस्ता अनधिकृत संरचना भत्काउन थालेको छ।

photo (1)
पृथ्वी राजमार्गमा यात्रा गर्नेहरुले झ्यालबाट देख्छन्- प्रशस्त घरहरु भत्काइएका छन्। यी तस्बिर शनिबार पोखरा आउँदा कुरिनटारमा खिचिएको हो। शनिबारको दिन मनकामना दर्शन गर्न आउनेहरुको भिड, उनीहरुको गाडी सडकमै तेर्स्याएर राखेकोले होला- राजमार्ग जाम थियो। आधा घण्टाजति जाममा फँस्यौँ।

photo (2)
मनकामना केबल कार चढ्ने ठाउँबाहिरको हाइवेसँगै जोडिएका प्रशस्त होटल, घरहरु थिए। अहिले ती सबै भत्काइएको छ।
photo (4)

photo (5)

52 thoughts on “किन भत्किए यी घर ?”

  1. dinesh sharma says:
    May 6, 2013 at 5:10 pm

    तेस्को छेतिपुर्ती पनि लिनु पर्छ

    Reply
  2. neerja gautam says:
    May 5, 2013 at 2:04 pm

    ठिकै त हो नि बाटो फराकिलो बनौन तर पनि यो नितिले गर्दा जनताको खर्च बढी भएनर

    Reply
  3. Bikash Shrestha says:
    May 5, 2013 at 12:30 pm

    कुटनीतिक नियोग हरु ले अटेर गरि रहेको छ को त नेपाल सरकार ले के गर्न सकेन . सक्ति साली देस ले त धेरै पैसा माग्यो भन्छ नि . देश विकास मा बाधक भएन?

    Reply
  4. abhaya says:
    May 4, 2013 at 6:47 pm

    सबै कारबाही तुरुन्त हुनुपर्छ , येसो भयो बने मात्र नेपाल को बाटोघाटो फराकिलो हुन्च्व्हा अनि दुर्घटना पर्ने सम्भावना कम हुन्छ जय नेपाल

    Reply
  5. bhim koirala babu amardah says:
    May 3, 2013 at 11:13 pm

    डोजर मा तेल हालेर देश को पैसा सक्नु मात्र हो देश मा दरो कानुन बनाओ यस्ता घर आफै भत्किन्छ

    Reply
  6. Sanu Nepali says:
    May 3, 2013 at 11:45 am

    ढलको टोल, जुन ठाउ मा बाटो थिएन केवल पानि बग्ने ढाल थियो म बच्चा को बेला हो ,अहिले ५० वर्षा भयो , त्यो ठाउ मा मेरो दाजु ले स्थानीए जनता तथा स्कुलका विद्यार्थीहरु को सहायता बाट बाटो बनायो त्यो ठाउँ मा मेरो घर पर्छ . . अब सरकारले बाटो छेउ को घर हरु भात्कौदै छ . हामी आफै ले बनायको बाटो ले मेरो जन्म घर नै जाने भयो . हामी आफै ले खनेको को खाल्टो मा आफै खस्ने भयो अब सरकार ले बाटो मिचेर घर बनायो भन्छ कि भन्दैन? साइकल नजाने ठाउँ मा हामी जनता ले ट्रक गुड्ने बनायो , गल्ति गरेनौ त ? सरकार ले रोकेन त्यो बेला .

    Reply
  7. मैया says:
    May 1, 2013 at 7:52 pm

    यसरि नै लाजिम्पाट देखि महाराजगंज सम्म २ मिटर बाटो छोडी सडक बिस्तार गर्नेहरुको सबै घर फेरी भत्काउनु पर्छः जब राज्य सरकार नगरपालिका अदालत पुलिस कसैले जनताको हक अधिकार पिर चिन्ता वास्ता गर्दैन: तब यसरि नै जनताले हतियार लिएर आफ्नै कानुन बनाउँछ l ठिक छ l बधाई छ l

    Reply
  8. Vijay kumar says:
    May 1, 2013 at 3:36 pm

    Ho यो घर भएको पसलमा मैले चिजबल खाएको थिए, पछि पो थाहा भयो date expire भएको

    Reply
  9. john tamang says:
    May 1, 2013 at 2:19 pm

    जसले जे भने पनि कम चै राम्रो छाहै सबैले होस्टेमा हैसे गर्नु पर्छ

    Reply
  10. naran says:
    May 1, 2013 at 2:48 am

    अति उत्तम कार्य सरकार को तर्फा बाट.. अटेरी अबुज एंड लापर बहि गर्ने नेपाली जनता आफै मुर्ख हुन्. … तर … राजमार्ग को सबै घरहरु भत्काउने पैसोले त अर्को राज मार्ग बनाउनु पुग्ने तियो होला होइन र ??
    आखिर मा भत्काउनु पनि पैसू त सरकारको (हाम्रो tax को नै गइ राको छ )

    Reply
  11. Fugyaljen sherpa says:
    April 30, 2013 at 8:38 pm

    Very good

    Reply
  12. laxmankaka says:
    April 30, 2013 at 4:01 pm

    घर भ्त्कय्को मा केको दुक्ख?? होटेल चलाएर टन्न पैसा कमै सक्यो सबै ले. यो त सित्तैमा सरकारी जग्गा भाँडामा (LEASE ) लिएको जस्तो पो भो त. होइन त?

    Reply
  13. Ram Bista says:
    April 29, 2013 at 11:45 pm

    आफनै अनुहार राम्रो बनाउने हो अर्थात आफ्नै देशको मुहार फेर्ने हो तेसैले येस्ता राम्रा काममा हामी सबैको सहयोग हुनु अति आबस्यक छ . कानुनको पालना गर्नु हामी सबैको कर्तब्य हो.

    Reply
  14. Lalit Narayan says:
    April 29, 2013 at 9:20 pm

    बनिएको संरचना भत्किंदा घाटा कसको भयो ? नेपालीको l भत्काउंदा भएको खर्च कसको पैसो? नेपालीको l त्यो पैसो फोकटमा आएको हो? त्यो घरहरु बन्दा बन्दै चाहिं नरोकेर भुत्रो हेरि बसेको प्रशासन? सिस्नु पानीले सुम्ल्याउनु पर्ने घुसखोरी कर्मचारीलाइ l

    Reply
  15. कमल says:
    April 29, 2013 at 6:07 pm

    जिम्मेवारी को हो?
    बनाउने अनि बनाउन दिने दुवै| नियम मिचेर बनाउनेलाई जरिमाना र जेल सजाय अनि
    बनाउँदा पनि कारवाही नगर्ने जिम्मेवारी लिएकालाई अरु होइन जन अदालतमा खडा गरेर नून खोर्सानी र सिस्नु पानी सजाय दिन पर्छ| राजनीतिक प्रेसर रहेको भए ती व्यक्तिहरुलाई दोब्बर सजाय|
    यो देशव्यापी महारोग निर्मुल पार्ने उपाय यो बाहेक अरु छैन|

    Reply
  16. bale says:
    April 29, 2013 at 1:45 pm

    अझ छेतिपुर्ती पनि तिराउनु पर्ने , सडक बर्सौ सम्म ओगटे बापत /

    बले

    Reply
  17. sudrshan koirala says:
    April 29, 2013 at 1:02 pm

    सरकार ले राजमार्ग बनाउन पहिले नै मुवाब्जा देको छ रे येसरी सो जग्गा सरकारको भयो तर एउटा गल्ति के गरेछ भने तेही बेला मा नै उक्त जग्गा आफ्नो नाम मा बनाउनु पर्ने थियो तेसो गरेको भए जनताले घर बनाउने थिएनन् कि ? पछि आएर मात्रै लगत कट्टा गरेको सुनियो सरकार बाट पनि अलिकता गल्ति भाको जस्तो लागो

    Reply
  18. mankajee shrestha says:
    April 29, 2013 at 7:22 am

    “निको पार्नुभन्दा,रोगकोरोकथाम गर्नुबेस” भनेर पढिएको थियो, तर एसको ठिक बिपरित हुन् गयेछ -दुखको कुरा हो नै, बनेको घर भत्काउनु राम्रो होइन तर, नियेम पालनको लागि यो ढिलै भएपनि ठिकै हो/ “हिन्दुको पिछे ज्ञान” भनेको साएद येही होला/ एस्तो अवस्था अब यो गणतन्त्रे नेपालमा न दोहोरियोस /बस/

    Reply
  19. prabhat says:
    April 29, 2013 at 3:17 am

    यो त ठिकै गर्यो तर अहिले काठमाडौँ का आइफेल तावोर लाइ पनि मात गर्ला कि जस्तो खम्भा जस्तो घर हरुलाई के भंनेट? अबत कुनै दिन एस्तो आउछ कि काठमान्दु बाशी हरुले घाम हेर्न काठमान्दु बाहिर जानुपर्ने हुन्छ

    Reply
  20. Dilji says:
    April 29, 2013 at 3:10 am

    देश लुटेर बनाएका नेता र हाकिमहरु क घर पनि एसरी नै भत्काए को देख्न पाएमi .अनि बल्ल थांक्स दिन हुन्थियो .

    Reply
  21. amar says:
    April 29, 2013 at 12:05 am

    तर अब ति घर धनि हरु ले पनि त् चक्का जाम अर्थात् हर्ताल त् गर्छन होला?

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      April 29, 2013 at 6:32 pm

      यस बिषयमा त विज्ञहरुको सुझाव-तर्क हेर्ने बेश लाग्यो मलाइ त आफु संग त्यति ज्ञान छैन यो सम्बन्धि ! अब नेपाल सरकारले स्कुल , मन्दिर-मस्जित-गुम्बा-चर्च,अस्पतालआदि जस्ता क्षेत्रमा ध्वनि प्रदुषण (हर्न बजाउन ) पूर्ण निषेध गर्ने अनि उन्लंघन गर्नेलाई कडा कानुनि व्यवस्था जस्तै सार्वजनिक सवारीलाई ६ महिना रुट परमिट खारेजी, निजीलाई तत्काल चर्को जरिवाना र दुबैका चालकलाई १ बर्षको लागि चालक अनुमति रद्द आदि अनि अन्य स्थान हरुमा पनि अत्यन्त न्यून प्रयोग गर्ने, जथाभावी तिखो-चर्को आवाजका हर्न हरु प्रयोगमा बन्देज गर्ने जस्तो प्रावधान ल्याइदिए यो सास्ती पनि कम हुने थियो ! फोहर बाट हुने प्रदुषणको भन्दा कम असर नहुदो रहेछ ध्वनि प्रदुषणको पनि मानसिक रुपमा !

      Reply
  22. roshan dallas says:
    April 28, 2013 at 11:41 pm

    राजमार्ग को मापदण्ड २५मि सडक बाट दाया बाया हो तर अहिले १५मि मात्र भनेर फेरी १५मि पछाडी घर बनौन थालेको छ सरकार ले जहिले गलत काम गरिरको छ पहिला घर बनौन नै दिन हुदैन सार्बजनिक सम्पतिमा घर त १दिन मा बन्ने कुरा हैन तेत्रो महिना लगायर अबधैनिक तरिका ले घर बनाउदा सरकार वा प्रसासन क हेरेर बसेको अब २५मि भित्र को घर वा संरचना भत्काउद धेरै मान्छे घरबार बिहिन हुन्छन अनि बेरोजगार अनि ति बेरोजगारले केके उदण्ड मचाउने हुन् देशमा feri

    Reply
    1. shyam says:
      April 29, 2013 at 10:10 pm

      साथी,
      १. नमानेर बनाउदा दुख पाउने आफैले भएपछि किन बनाउनु?
      २. घर बनाउन नक्सा पास गर्नुपर्छ, अटेर गर्ने को?
      ३. हो, घर भत्किदा दुख लाग्छ, तर जिम्मेबार को?
      ४. घर एकदिनमा बन्दैन, तर के सबैको घर घरमा गएर निगरानी राख्न सम्भव छ त?
      ५. नियम कानुन यदि हामी आफैले नै मान्दैनौ त अरुलाई दोष दिने बाटो रोज्नु पनि ब्यर्थ हो, हैन र?

      Reply
  23. यमन says:
    April 28, 2013 at 9:24 pm

    मापदण्ड मिचेर बनाएका घरहरु भत्काएर ठीक गर्यो| मेरो १००% समर्थन छ|
    तर भत्काएर मात्र पुग्दैन| के कानुन र निरीक्षण नभएको ठाउँ हो?
    कसले बनाउन दिए र मिचेर घर खडा हुँदा पनि अनुगमन गर्न पर्ने अधिकृत किन चुप रहे उनीहरुलाई पनि कारवाही गरिनपर्छ|
    भुमि र मालपोत अनि गाबिस र नगरपालिकाका कर्मचारीहरुले किन समयमा कारवाही गरेनन र अरु ककसले प्रभाव पारेका थिए ती सबै खोजी गरेर उनीहरुलाई सजाय सितै मुखमा कालो मोसो दलेर शहर परिक्रमा गरिन पर्छ| खोइ मेडियाले यस बारे फुकेको पनि केही सुनिएन|
    यति काम गर्न पनि माओवादी आउँन पर्यो? बरिष्ट पत्रकार कनक मणि सर समेत धुन्धानले रिसाए छन माओवादी संग मापदण्ड मिचेर बनाएको भत्काउँदा| हरे शिव शिव| मेडिया र नागरिक समाजकै अगुवाहरु बाटोहगुवा भए पछि यो देश कसरि र कैले सप्रन्थ्यो?

    यतिका अवधिसम्म हेर्दा हेर्दै राजधानीका बीच लाजिमपाट र एभरेस्ट होटल समेतका क्षेत्रमा दिनदहाड मापदण्ड मिचेर घर बनाउँदा पनि कारवाही नगर्ने अधिकृतहरुलाई कठघरामा उभ्याईनु पर्छ| घुस बाट हुर्के बढेका र पढेका सन्तानले पनि यस सजायको भागीर्दार हुनपर्छ चाहे उनीहरु अमेरिका र अष्ट्रेलियामा नै पढिरहेका र बसोबास गर्ने किन नहुन|
    हाम्रो नेपालमा माल अड्डा, भन्सार, अध्यागमन, कर आदि अन्तर्गत जागिर खानेलाई निचोरे गरिबको र भ्रस्ट कमाई गरेको पैसा निस्कन्छ| प्रश्न को घुसिया र भ्रस्ट छन् भन्ने होइन, एकादुई को छैन भन्ने मात्र हो|

    Reply
  24. dharmendra says:
    April 28, 2013 at 7:51 pm

    सबै क्षेत्र मा यस्तै काम ( अन्य सरकारी काममा ) भए देश बल्ल फराकिलो सडक मा १८० कि/मि को रफ्तारमा अगाडी बढ्थ्यो होला ,,,,,होइन ,,,,,?

    Reply
  25. prabesh says:
    April 28, 2013 at 7:21 pm

    धन हुने बुद्दिनहुने नेपालीहरु ………….

    Reply
  26. prabesh says:
    April 28, 2013 at 7:18 pm

    दामी बया छ यस्ता अनैति र सरकारले पटक -पटक सूचन गर्दा कानमा तेलहालेर बस्ने धन हुने बुद्दिनहुने हरुको लागि यो स्मरणीय हुनु पर्छ अब नेपालको पूर्व पशिमको राजमार्ग लाई सरकारले मधे नजर नलागाको बन्न सकिन्न होस् गर पहिलै धन हुने बुद्दिनहुने नेपालीहरु
    मलाई थाहा छ नेपालको पस्चिम दांगको लमही बजारको घरहरु २०६७-६८ मा भात्कायर ठुलो बजार बनायको थियो अब हामीले हेर्न नपाय पनि हाम्रा छोरा नातिले राम्रो सडक हेर्न पाऊने भयो नेपालमा …………………प्रवेश लामा

    Reply
  27. krish says:
    April 28, 2013 at 6:55 pm

    कानून भन्दा माथि कुनै व्यक्ति हुनदिनु हुदैन, सार्बजनिक हित भन्दा व्यक्तिगत स्वार्थ माथि हुन दिनु हुदैन,कानून पालन गराउन त सरकारले घर भत्काउदा लागेको खर्च ती घरधनिहरु संग असूल गर्न सक्नु पर्छ /

    Reply
  28. Pankaj says:
    April 28, 2013 at 6:38 pm

    रेग्मी सरकारले चुनाब गराउन सजिलो होस् भनेर सडक चौडा परेको हुनु पर्छ भन्ने हाम्लाई लागि राको छ /

    Reply
  29. kedar says:
    April 28, 2013 at 5:55 pm

    कानुनले येसरी नै हरेक तिर कम गरिदिए मेरो सुन्दर नेपाल अझ कति सुन्दर हुन्थ्यो होला ……..

    Reply
  30. dambar says:
    April 28, 2013 at 5:26 pm

    धेरै राम्रो काम भयो/ नियम मिच्ने हरुले सजाय पाउनु पर्थ्यो ढिला भए पनि पाए/

    Reply
  31. Sisir says:
    April 28, 2013 at 5:01 pm

    मापदण्ड मिचेर बनाइएका घरहरुको यो हालत हुनु एकदम राम्रो हो , तर मैले तेही ठाउमा एक महिना अघि देखेको दृश्य के थियो भने ति भत्किएका घरधनीले ति भत्केका / भात्कायियेका घर पछाडिको पहाडी डिस्को नै फोडेर पो घर बनौदैछन .. कुनै मापदण्ड बिना पहाडै फोरेर घर बनाउनु कति जयेज हो , कि नेपालका भूमाफिया(बिसेसत मालपोत कर्मचारी ) ले पहाड पनि सबै व्यक्तिका नाम मा नामसारी गरिसकेका हुन् .. त्यो ठाउमा केवल कार बन्नु अगि एउतै घर थिएनन् तर अहिले घरै घरहरुले भरिएका छन् .. भूमाफियाको रजाई हो कि के हो कुन्नि ??

    Reply
  32. Kusum Kunja says:
    April 28, 2013 at 3:53 pm

    आमुल परिवर्तन भनेको यही होला नि त । काठमाण्डौमा भत्किएका घर अनि बाटोको सास्ती खेपिएकै छ । अब त घर जाँदा पनि सुख नपाईने भो । भत्काउने मात्र हो कि बाटो चौडा बनाउने पनि हो ? बुझन सकिएन ।

    Reply
  33. Toyannath Dahal says:
    April 28, 2013 at 3:47 pm

    अनाधिकृत काम गर्ने गर्न लगाउने र पछि भत्काउने वा भत्काउन लगाउने कार्य राजनितीक बृतबाट उपज हुने हो यसर्थ यो अनौठो कुरा हैन । जसले हिम्मत गरेर यी घर बनाए तिनलाई पनि धन्यवाद र जसले हिम्मत गरेर भत्काउदैछन तिनलाई पनि धन्यवाद ।

    Reply
  34. Jeevan says:
    April 28, 2013 at 3:43 pm

    यी त भए सडक/ राजमार्गमा मापदण्ड मिचेर बनाइएका घरहरु ।
    काठमाडौँको भित्रि सहरमा बनेका प्रायजसो नया घरहरु चार या पांच तल्लाको नक्सा पास गराई आठ नौ तल्लाको बनेका छन् | उहिले त राजदरबारको सुरक्षाको लागि भनेर निश्चित उचाइ सम्म मात्र नक्शा पास हुन सक्ने प्राबधान थियो, अहिलेको अबस्था फरक छ र थुप्रै Multi-storied building हरु पनि बनिरहेका छन् | ३५-४० फिटको नक्सा पास गरि ८०-९० फिटको उचाइमा बनेका ति घरहरुलाई सम्बधित निकायले के गर्ने बिचार गरेको छ त?
    मेरो बिचारमा घर भत्काउन सम्भव छैन र जरुरि पनि छैन, तर सम्बधित निकायले भौतिक रुपमा अहिले रहीरहेको घर अनुसारको नक्सा भुझाउनु पर्ने नियम बनाउनु जरुरि छ | जसले गर्दा केहि कामको शिर्जना हुनको साथै सम्बधित निकायलाई केहि आम्दानीको श्रोत पनि हुनसक्छ, अनि यो कुरा धेरैलाई चित्त नबुझ्दो पनि हुन सक्छ |

    Reply
  35. basanta malla says:
    April 28, 2013 at 3:17 pm

    यो काम सरकारले ठिक गरयो ल

    Reply
  36. Hridaya says:
    April 28, 2013 at 3:08 pm

    ढिलै भए पनि राम्रो काम को सुरुवात l

    Reply
  37. anmol piya says:
    April 28, 2013 at 2:49 pm

    That is the good initiating at least once in a while. Anyway lets hope for the best. Hope it will continue further in other part of the country. Meanwhile people should be aware of such kind of activities i.e follow the rule for the safe Road.

    Reply
  38. Keshav bhojpure says:
    April 28, 2013 at 2:42 pm

    राम्रो काम गरेको हो ! देश भर येस्तै नीति र नियाम ले काम गरेहुन्थ्यो !

    Reply
  39. P.R Baral(UK) says:
    April 28, 2013 at 2:20 pm

    एकदम ठिक सरकारलाई धन्यवाद |

    Reply
  40. बुद्धि भट्टराई(मलेशिया) says:
    April 28, 2013 at 2:15 pm

    यहाँ खासै नया त केहि पनि छैन किनकि जानी जानी बाटो मिचेर घर बनाया पछि एक दिन भत्किनु नै थियो यो संरचना धन्न घर भत्काई दियो भनेर चक्का जाम भयनछ तपाई आरामले यात्रा गर्न पाउनु भयछ यसैलाई धन्य मान्नु पर्छ सालोक्य जी ,,,,,,,,,,

    Reply
  41. Ashok says:
    April 28, 2013 at 2:13 pm

    भात्किनेको ठिकै भो, सूचना पाए! त्यो माथिको घरको हालत? पहिरो ले घरभत्काउदै छ भन्ने सूचना कसरि पाउने? त्यो परिवारको दुखत खबर सुन्न नपरोस!

    Reply
  42. रबिन्द्र राज गिरी says:
    April 28, 2013 at 2:04 pm

    कुरो अझै स्पस्ट भएन | अरु न्युज मेडियामा आए अनुसार कसले भत्काएको भन्ने थाहा छैन रे | यदि सडक विभागले भत्काएको हो भने किन राति राति लुकेर भत्काउनु पर्यो ?

    Reply
    1. Ayush Karki says:
      April 28, 2013 at 11:33 pm

      मित्र बुझ्दै नबुझिकन प्याच्च नबोलौ न | राति राति लुकेर भत्काको बुटबल मा हो | कुरिनटार मा होइन |

      Reply
  43. surya says:
    April 28, 2013 at 12:45 pm

    Very Good Job by the Authoroties as they have built many building illegally on the roadsie.

    Reply
  44. Aayush says:
    April 28, 2013 at 12:27 pm

    चार पुस्ता लाई पुग्ने गरि ठगेर कमाई हाले …………….बल्ल सरकार को घैटा मा घाम लागेछ |

    Reply
  45. Anup says:
    April 28, 2013 at 11:54 am

    देशको कानुनको पालना गर्नु नै सभ्य नागरिकको पहिचान हो !

    Reply
  46. resham says:
    April 28, 2013 at 11:46 am

    मापदण्ड मिचेर घर बने पछि येस्तै हुन्छ /

    Reply
  47. brishal says:
    April 28, 2013 at 11:33 am

    दुख को कुरा हो, तर सहि काम हो

    Reply
  48. Siyan says:
    April 28, 2013 at 11:30 am

    समय छदै गरेको भय धेरै नोक्सानी हुने थिएन, नियम कानून बलियो हुनु पर्छ.

    Reply
  49. Sarthak Sharma says:
    April 28, 2013 at 11:21 am

    भत्काएर मात्रे हुन्न है, बनाएर पनि देखाउनु पर्छ नि …….

    Reply

Leave a Reply to Kusum Kunja Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme