Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीन वर्षमा दुई सिएनएन हिरो नेपालबाट

Posted on December 3, 2012December 3, 2012 by Salokya

अमेरिकी टेलिभिजन संस्था केबल न्युज नेटवर्क (सिएनएन) ले ६ वर्षअघिदेखि सुरु गरेको ‘सिएनएन हिरोज’ शृङ्खला यस पटक नेपालकी पुष्पा बस्नेतले जितिन्। विगत तीन वर्षमा नेपाली महिलाले यो उपाधि जितेको यो दोस्रो पटक हो। यसअघि सन् २०१० मा माइती नेपालकी अनुराधा कोइराला पहिलो पटक उपाधि जित्ने नेपाली थिइन्। समाजमा अतुलनीय योगदान दिने व्यक्तिलाई सम्मान गर्न सिएनएनले यो शृङ्खला सन् २००७ देखि सुरु गरेको हो। नेपालमा पनि त्यस्ता व्यक्तिहरु प्रशस्तै छन्। अनि, त्यस्ता व्यक्तिलाई साथ दिन नेपालीहरुको इन्टरनेट साथ पनि अभूतपूर्व रहने गर्छ। पछिल्ला केही प्रतियोगिताहरुको नतिजाले देखाउँछ – विश्वस्तरका प्रतियोगिताहरुमा नेपालीहरुलाई इन्टरनेट भोटिङमा पछाडि पार्न गाह्रै पर्ने गर्छ।


पुष्पा बस्नेत आफ्नो नौलो प्रकारको सामाजिक योगदानका कारण दुई/तीन वर्षअघिदेखि नेपाली मिडियामा चर्चामा आएको नाम हो। जेलभित्र रहेका आमाबुबाहरुका सन्तानलाई शिक्षा र अरु अधिकारबाट वञ्चित हुन नदिन २६ वर्षकी लाउँलाउँ खाउँखाउँ उमेरकी एक महिलाले सबथोक त्यागेर आफूलाई समर्पित गर्नु चानचुने कुरा थिएन। राष्ट्रिय दैनिक पत्रिकाहरुदेखि विजयकुमारको दिशानिर्देश, मेरो जिन्दगी मेरो विश्वास लगायत अन्य टिभी शोहरुमा समेत उनका सामाजिक कार्यको खुलेर प्रशंसा गरिएको थियो। राष्ट्रिय घेराबाट नाघेर अन्तर्राष्ट्रिय रुपमा उनको योगदानको कदर हुँदा उनको उद्देश्य प्राप्तिमा पनि सहायता पुगेको छ। तपाईँहरुले गर्नुभएका त्यही भोटको कारण उनी सिएनएन हिरोजको टप टेनमा पुग्न सफल भइन्। योसँगै उनको अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर संस्थाले ५० हजार अमेरिकी डलर पायो। आज, उत्कृष्ट १० मध्येबाट पनि सर्वोत्कृष्ट भएपछि उनको संस्थाले थप २ लाख ५० हजार डलर पनि पायो, जसले उनको पवित्र उद्देश्य पूरा गर्न निकै सघाउँछ।

६६ वर्षकी अमेरिकी अभिनेत्री Susan Sarandon ले हाम्री पुष्पालाई यो उपाधि हस्तान्तरण गरेकी थिइन्।

यसरी भइन् पुष्पा सर्वोत्कृष्ट
सर्वोत्कृष्ट बन्ने यात्रा सजिलो भने थिएन। सिएनएन हिरोज एउटा वार्षिक कार्यक्रम हो। वर्षभरी दर्शकहरु आफैले समाजमा उल्लेखनीय योगदान गर्ने एक व्यक्तिलाई नोमिनेट गर्न पाउँछन्। त्यसरी नोमिनेट गरेकाहरुमध्येबाट छानेर सिएनएनले प्रोफाइलहरु बनाउने गर्छ। सयभन्दा बढी देशबाट ४५ हजारभन्दा बढी नोमिनेसन यो कार्यक्रमले पाइसक्यो। त्यसमध्येबाट १८० जनाको प्रोफाइल बनाइयो। तिनैमध्येबाट उत्कृष्ट १० छानियो र दर्शकहरुको भोटबाट सर्वोत्कृष्ट छानियो। दर्शकले एकभन्दा बढी भोट दिन पाउने व्यवस्था थियो। विश्वभरका नेपालीहरुले अभियानै चलाएर पुष्पाको पक्षमा मतदान गरेका र गर्न लगाएका थिए।

[नेपालमा पनि राम्रा व्यक्तिहरु प्रशस्त नभएका हैनन्। चर्चामा नआएका तर समाजमा उल्लेखनीय योगदान दिने तपाईँले देखेका व्यक्ति छन् ? तल कमेन्टमा हामी सबैलाई जानकारी दिन सक्नुहुन्छ वा अर्को वर्षका लागि सिएनएन हिरोजका लागि नोमिनेट गर्न सक्नुहुन्छ। नोमिनेसन सुरु भइसकेको छ। सिएनएन हिरोजका लागि नोमिनेट गर्न यहाँ क्लिक गर्नुस्]

96 thoughts on “तीन वर्षमा दुई सिएनएन हिरो नेपालबाट”

  1. seema adhikari says:
    December 8, 2012 at 5:47 pm

    ओफिस पुग्नुहुन्छ प्रतेक महिना प्रतेक गाउमा उहा घाम पानी केहीको वस्ता नगरी ति गाउको बच्चाको औसधी मुलो गरि गाउमा कुनै १ पैसा नलीकन घर फर्किनुहुन्छ उआज मलाई कताकता मनमा चिसो पस्यो ,दुख लाग्यो किनकि सी एन एन हिरो काठमाडौँ बासी पुस्पा जी हुनु भयो उहा सामाजिक सिछित र सहरिया हुनु भयो र उहा संग पत्रकार हरु इन्टरनेट हरु थुप्रै साधन हरु प्रचार प्रसारको लागि उहाको घर सम्म पुग्यो उहालाई नेपालको हिरो बनाइयो तर यो देशमा यस्ता पनि महिला हुनुहुन्छ जो उहाको कहिलै न कदर छ न उहाको लिस्ट मा नाम तर उहालाई जहिले पनि यो देशको यहाको गाउको बच्चाको चिन्ताले सताईरहन्छ उहा हुनुहुन्छ विष्णुदेवी कंडेल गुल्मी बिरबास बाख्रे वार्ड न १ अति बिकट गाउकी एकल महिला पनि हुनुहुन्छ उहाको बारेमा भन्नु पर्दा जनस्वस्थ कार्यकर्ता यो पेसालाई अंगालेको १९ बर्ष भो त्यो गाउमा घर देखि दिन दीनै २ घण्टा हिडी कलिला बच्चाको श्याहर सुशर गरि खोप लगाई ति मर्न थालेका कुपोसण बाट पिडित भयका बच्चाको मलम पट्टि गरि प्रतेक दिन उहा घर आउनु हुन् छ एती सम्मकी आफ्नो पति फोक्सो को क्यान्सर थियो उहालाई भरतपुर हस्पिटल मा ४ महिना राख्दा पनि उहाले श्री मानको स्याहार सुसार सात साथै मनमा पिडा बोकी फेरी त्यही गाउमा ति प्रतेक घरघरमा पुगी ति बच्चाको दैनिकी हेरी घर आउनु हुन्छ अहिले श्रीमानको पनी देहान्त भो तर पनी उहा सेतो लुगा लगाई मुख मा पानी नराखी ति हा सदै आफ्नो धर्म समजनु हुन्छ खै त ति महिला को खोजि के गाउको महिलाले गरेको कुनै कदर छैन के उहा संग सरोकार वाला कुनै संचार माद्यम कुनै नेट वोर्किंग हुन सक्दैन एदी हुने हो भने गाउ गाउ को महिलाको पनी खोजि हुनु पर्यो ति महिलाले गरेको योगदान देखेर मलाई सार्रई पिडा भो आखिर के सहरिया मात्रै यो देश को सामाजिक काम गर्न सक्छ ग्रामिण महिलाले गरेको काम कुनै अस्थित्तो छैन एदी छ भने ति महिलाको पनी खोजि हुनु पर्यो नेट वोर्किंग हरु ले एदी सहि हो भने एस्लाई पनी भोट दिनु पर्यो लाइक गर्नु पर्यो अर्को वर्ष ग्रामिण गाउको महिला पनी सीएन एन हिरो बनाउनु पर्र्यो उहाले गरेको योगदान गाउ मा पुगी हेर्नु पर्र्यो

    Reply
  2. आशा says:
    December 6, 2012 at 7:15 pm

    बधाई छ पुस्पा बस्नेतलाई/ अब दिलशोभा श्रेष्ठलाई जितेर नेपाल सी एन एन हिरोहरु को देश भनेर चिनाउ/

    Reply
    1. jeevan verma says:
      December 7, 2012 at 11:30 pm

      गोविन्द के सी लाई पनि नबिर्सौ | उनि पनि एक जना जिउदा भगवान हुन् |
      https://www.facebook.com/DrGovindaKC

      Reply
  3. Rabin babu Japan says:
    December 6, 2012 at 11:03 am

    अब दिलशोभा श्रेष्ठ दिदि लाई nominate गरौ

    Reply
  4. Aayam says:
    December 6, 2012 at 8:52 am

    कृपया, अर्को पटक दिलशोभा दिदि लाई मनोनयन गरौ /

    Reply
  5. राजेश बाबु श्रेष्ठ says:
    December 5, 2012 at 1:42 pm

    अफगनिस्ताना को कुरापनि धेरै मनपरेकोथियो तर नेपालि पाराले तान्यो….. र सबै भोट पुष्पा बहिनिलाइनै गयो | मेरो पनि 4००-5०० अँनलाइन भोट पर्यो |३ वर्षको अवधिमा २ पटक सी एन एन हीरो हुने अवशर पाउनु नेपालीको लागि निकै खुशीको कुरो हो|
    आफ्नो बचात पालना कातिगाहरो अहिलेको संसारमा तेसरी सारा बचाहरु पाल्नु भनेको साहसिक कार्रेहो |
    तर पुस्पा जी ले संसार भरका मानिसले सिधै अबलोकन गर्न पाउने त्यो विशिष्ट समारोहमा पंजावी कुर्ता सुरुवाल भन्दा नेपाली गुन्यु चोली र धोति लगाउनु भएकोभए र सानोंनै भएपनि नेपालि झन्डा समेतको उपस्तिती जनाईदिनु भयेकोभे अरु राम्रो हुन्थ्योकी………भन्नेचै मेरोपनि सानो मन थियो है; कतिलाई मन नपरेपनि |

    राजेश बाबु श्रेष्ठ
    जापान

    Reply
  6. SARJO says:
    December 5, 2012 at 11:55 am

    भोट गरेर जीत भएको मा दुई मत नै भएन पुस्पा लाईबधाई आब पालो नेपाली नेता लाई online बाट नै भोट गर्ने कि आफ्नो लिखित प्रस्ताप सहित नेतालाई vote मग्न लगाउन पर्छ कि कसो ?

    Reply
  7. Durga Lamichhane says:
    December 5, 2012 at 10:24 am

    बधाई छ पुष्प दि . मेरो भोटलाई पनि बधाई छ . तपाइको यो जितले फेरी पनि एक पटक यो प्रमाणित गरेको छ कि राम्रो काम गर्नेलाई साथ दिने नेपाली मनहरु अझै जीवित छन्. बधाई ति निर्दोष नानीहरुलाई .

    Reply
  8. Ananta says:
    December 5, 2012 at 9:11 am

    Dear Nepalese, it’s time to wake up. Had she not received the CNN hero title, would she get the same comments? She has already won what she owe to win. This tile should not compare with her work. Just imagine, who on earth can even think of what she is doing by sacrificing her own life? I think she is in higher platform of material world than ordinary people. Any way this title will make Nepalese proud. I believe we have leaders as well who desperately wants to build Nepal. But It’s politics. It’s very hard to come as bright in politics. People need patience.

    Reply
  9. MOHAN says:
    December 5, 2012 at 5:16 am

    ३ वर्षको अवधिमा २ पटक सी एन एन हीरो हुने अवशर पाउनु नेपालीको लागि निकै खुशीको कुरो हो. पुस्पा जी लाई नेपाली हिरो बनाउन मेरो १००-२०० अँनलाइन भोट को पनि योगदान छ. तर पुस्पा जी ले संसार भरका मानिसले सिधै अबलोकन गर्न पाउने त्यो विशिष्ट समारोहमा एकजोर पंजावी कुर्ता सुरुवाल लगाएर नेपाली गुन्यु चोली र धोति लाई वेवास्ता गर्नु भएको पटक्कै पचेको छैन मलाई.

    Reply
  10. बिश्वाश says:
    December 5, 2012 at 2:41 am

    पुष्पा जी जस्ताको सुकर्म र हाम्रा नेपालीहरुको समर्थन र सहरोग यसरि नै भै राखे हामी सधै सफल हुन् सक्छौ भन्ने कुराको सानो उदाहरण हो यो | पुश्पाजीलाई हृदय देखिनै सलाम !!!

    Reply
  11. pawon says:
    December 4, 2012 at 8:35 pm

    देश मा केइ गर्न को लागि नेता हरुको मात्रै मुख ताक्न पर्दैन. ठुलो मान्छे ले देश बनाउने हो.देश ले ठुलो मान्छे हैन.pushpa is doing extraordinary job and world recognized her.it has to be taken as inspiration and positive message.we can do something for country.and by the way note it .2020 को CNN hero pawon

    Reply
  12. Tashi says:
    December 4, 2012 at 8:27 pm

    So far I have know two Pushpa in Nepal. One is pushpa kamal Dahal and another is Pushpa Basnet. People Voted Pushpa Kamal Dahal thinking that he would definitely heal the wounds of People and Develop our country but he failed as a ZERO Prime Minister.
    Another hand Pushpa Basnet through her selfless work Succeded in keeping the name and fame of Nepal. Wow Congrats you lot and hope the lazy, corrupted and selfish leaders of Nepal Learn something from you.
    Hats off and I salute you. You did a Great Job. Keep it Up.

    Reply
  13. durga rijal says:
    December 4, 2012 at 7:51 pm

    यो वर्ष धेरै नेपालीहरुले धेरै पटकसम्म भोट दिएर जिताए त्यसैले भन्न सकिन्छ कि नेपालीहरु महान कार्यमा कहिल्यै पछि पर्दैनन् यो नेपालीहरुको गौरव संस्कृतिको बिसय बनिसकेको छ / देश बिकाश जस्तो महान कार्यमा पनि नेपालीहरु कम छैनन् भन्ने कुरा प्रमाणित भाको छ मात्रै नेतृत्व वर्गले सहि निर्णय र सहि नेतृत्व गर्नु पर्यो/ हामी उनको कामबाट गौरवान्वित भएका छौ
    मेरो आर्को चोटिको भोट दिलशोभा श्रेष्ठलाई जान्छ उनको नोमिनेसनको लागि सबै मिलेर पहल गरौ.

    Reply
  14. Ram Prasad Koirala says:
    December 4, 2012 at 6:39 pm

    Wonderful news. Congratulations to Puspaji for exemplery work. I am sure many of us in Nepal would like to draw up motivation to follow her path. A selfless work on her part is well recognized. As may said Puspaji you made all of us Nepalese very proud.

    In the context, there is a possibility for our politicians to show flexibility and understanding to keep the Nepalese spirit as shown by Puspaji to the level that by tomorrow we have a consensus Government. What is needed is a committment and a feeling that being elite political group once elected to write the constitution a moral obligation for Nepal instead of narrow political manuvering that has been happening. My urge to the politicians is come up to the Nepalese standard that you are supposed to be and be our Nepalese Heroes. I am not losing the hope!

    Reply
  15. Badri Poudel says:
    December 4, 2012 at 6:37 pm

    Thanks World Hero Puspa Bainilai and,
    Dear all, next year Dil Shoba Shrestha Ji lai please.

    Reply
  16. Dipak says:
    December 4, 2012 at 6:10 pm

    देश भित्र गरिएको Voting ले केहि सफलता नपाएपनि (संबिधान बनेन) CNN मा गरेको Voting ले केहि काम गर्यो.

    Reply
  17. बिनोद तिमिल्सिना says:
    December 4, 2012 at 5:36 pm

    डा. गोविन्द के.सी. या दिलशोभा दिदि लाई नोमिनेशन गरौ CNN Hero 2013 को लागि

    Reply
  18. Om Nath Koirala says:
    December 4, 2012 at 5:34 pm

    सलाम ! सलाम !! सलाम !!! लाखौ, सलाम ! नेपालीको सान ! नेपालीको मान ! पुष्पा !

    Reply
  19. Gautam Manandhar says:
    December 4, 2012 at 3:55 pm

    यो भन्दा गौरवान्वित बिषय हाम्रो लागि अरु के होला त. धेरै धेरै बधाई छ हाम्रो पुष्पा बस्नेत जी लै
    मेरो सलाम छ

    Reply
  20. सार्थक says:
    December 4, 2012 at 3:21 pm

    पुष्पा जी यो सबै तपाईंको सत्कर्म र त्यागको फल हो जसले संसार भरका हामी सबै नेपालीहरु शिर उचो र छाती गर्वले फराकिलो भएको छ । सुखसयल र आनन्दको त्यो जिन्दगी छोडेर जानाजान यस्तो कठीन काँडाघारिको बाटो हिंड्ने तपाईंको त्याग र साहसलाई जती प्रशंसा गरे पनि थोरै नै हुन्छ । यो बाटोमा तपाईंलाई सबैबाट सधैं सधैं सहयोग र सफलता मिलोस् हार्दिक शुभकामना ।

    Reply
  21. हरि गौतम says:
    December 4, 2012 at 3:02 pm

    @ पुष्पा तिमीले यति ठुलो कम गरेउ कि तेसैको प्रतिफल हो यो |

    Reply
  22. Manoj Rana says:
    December 4, 2012 at 2:45 pm

    पुष्पा बस्नेत बहिनी,सर्बप्रथम मुरी मुरी बधाई यवं धन्यबाद !!!
    नेपाल अनि नेपालीको नाउ फेरी एक पटक विश्व भरि फैल्याउदै नाना नानीहरुको संरक्षण को लागि कटिबद्ध भै तपाइको अथक परिश्रमले यहाँ सम्म आइ पुग्दा बिश्वोकै ठुलो मध्येको एक सफलता को उपहार सी एन एन हिरोको उपाधि दोश्रो पल्ट पनि नेपाली चेलीले नै प्राप्त गर्न सफल भएकोमा नेपाल अनि नेपाल बाहिर रहने सबैको न्यानो सहयोग अनि आशिर्बादको साथमा बधाई ! तपाइँ बाट धेरै कुरा सिक्नुछ हाम्रो समाज अनि बिश्वोले समाजले ! तपाई एउटा उदाहरणीय र प्रेरणादायी पात्र हुनुहुन्छ ! बृद्ध देखि बच्चा सबैको जसको मुखमा पनि तपाइको नै नाम छ आज तर त्यो गुनगान गाउने मात्र नभई कुनै पनि क्षेत्र भूभाग बिषय सेवा यवं क्षेत्रमा तपाइको जस्तै निरन्तर लगन अथक मेहनत परिश्रम कम्तिमा पनि धेरै भन्दा धेरैमा जागोस भन्ने अपेक्षा राख्दछु !
    अन्त्यमा फेरी पनि पुष्पा बहिनी तपैलाई सदा सर्वदा यसै गरि तपाइको अथक पाइला निरन्तर चली रहोश र समयले पनि साथ सधै देओस भन्दै पुन: धन्यबाद यवं बधाई को साथमा सेलुट गर्न चाहन्छु !

    Reply
  23. anurag says:
    December 4, 2012 at 2:41 pm

    आज कति दिन पछी यो मन मा आनन्द लाग्यो .हामि सबै नेपालीहरु लै मुरीमुरी बधाई छ . हामि सबै नेपाली हरु को प्रयेत्न र भोट अनि हाम्रा सुभेछुक मित्रहरु को आसिर्बादको प्रतिफल नै होला यो सब| चोर नेता हरु लै अब भोट गर्नु भन्दा समाज का येस्त्ता अनुकरनिये बेक्क्तिहरु लै भोट गर्नु मा नै हाम्रो समय लगाउदा देश अनि हामी सबै को लागि राम्रो हुने जस्तो मलाई लाग्छ

    Reply
  24. Rabin, SYDNEY says:
    December 4, 2012 at 2:06 pm

    पुस्पा ले जितिन, त्यो नेपाल र नेपाली को लागि राम्रो कुरो हो. पुस्पा को काम सराहनीय छ.

    जसरि हामी ले उनलाई जितायेउ , जति उनि हामी बीच प्रिय छन्, तेतिकै बाहिरी दुनिया ले उनलाई चिनेको छैन, जिती सके पनि….कारण स्पस्ट छ. नेपाली हरु ले बडी vote गरे किनकि यो नेपाली को लागि चासो र गर्ब को बिसए थियो. अरु candidates को vote र profile हेर्दा त्यो देश का मानिश हरु ले तेती चासो दिएको देखिन्न. नत्र AMERICAN candidate ले जितनु पर्ने हो. AMERICAN हरु मेरो देश को भन्दा पनि candidate profile हेरेर भोट दिन्छन.

    पुस्पा को लागि हामी जसरि एक बद्ध छौ , तेसरी नै देश को प्रगति को लागि एक बद्ध भएको भए , देश सायद धेरै आगाडी बडी सक्थ्यो होला.

    पुस्पा ले हाम्रो नाक त ठुलो बनाई दियिन..तर बिदेशी को लागि नेपाल को शान बडाउना हामी धेरै अगाडी बढ्नु पर्ने छ…..यो वह वह ले केहि हुने वाला छैन

    Reply
  25. aavash says:
    December 4, 2012 at 12:50 pm

    पुष्षा जी लाइ हार्दिक बधाई .. proud to be nepali !!!!

    Reply
  26. amit says:
    December 4, 2012 at 12:36 pm

    अब कसैले तेरो देश कुन हो भनेर सोद्धा मेरो देश सीएन्एन् हिरो हरुको हो भनेर भन्छु |

    Reply
  27. Suzan Lama says:
    December 4, 2012 at 12:12 pm

    Its a terrific achievement for Nepal and all the nepalese people of the world. Congratulations Puspa Didi.Please keep on working.Hats off to you from Nepal.

    Reply
  28. dhan says:
    December 4, 2012 at 12:10 pm

    जित बास्तबमा नेपाली जनताको हो. किनकि cnn hero हरु कोइ भन्दा कसैको योगदान कम थिएन. तर नेपालीको एक्यबद्दता र जुझारु पनको कारणले पुष्पा सफल भइन. इंडिया जस्तो संसारकै ठुलो जनसंख्या हुने देशलाई उछिन्न प्रत्यक भोट दिनेहरुले कम्तिमा ३०-४० भोट भन्दा कम गरेनन होला, त्यसैले यो परिणाम पाएका छौ. र यो जीतले २ वटा महत्वपुर्ण संदेश दिएको छ.
    १. नेपाली महिला हरु लगातार cnn hero बन्नु नेपालमा महिलाको अग्रसरता र पुरुस भन्दा कम हैन बढी नै गरेर देखौना सक्छन भन्ने सदेश विश्व सामु गएको छ.
    २. नेपाली जनता देशको लागि परेको खण्डमा एक भएर जे पनि गरि देखौना सक्छन भन्ने संदेश.
    बधाई छ हामीलाई अनि पुष्पा लगाएत सम्पूर्ण cnn hero हरुलाई.

    Reply
  29. Suzan Lama says:
    December 4, 2012 at 12:09 pm

    Puspa Didi, Congratulations, You are proud of our nation and all the nepalese people of the world are proud o of you and your work, Please keep on working like this whether other nepalese are inspired by you.

    Reply
  30. Sisir says:
    December 4, 2012 at 12:08 pm

    सरकारले गर्नु पर्ने काम एक जवान युवतीले गरेर देखाईदिएकी छिन् .. नेपालमा जनता हेर्ने सरकार नभएको अर्को राम्रो उदाहरण ..
    नेपालीहरुमा अझै पनि मनबता बाकि छ तेसैले पुष्पा बस्नेत , दिल शोभा , अनुराधा कोइराला , डा गोबिन्द के सी जस्ता नागरिक यो देशमा छन् .
    बधाई छ पुष्पा जी लाई, तपाई बास्तवमै हिरो हुनुहुन्छ ..

    Reply
  31. prabin says:
    December 4, 2012 at 12:04 pm

    अब पालो दिल शोभा श्रेष्ठ आमा को.
    धेरै पहिले नै त्यो सम्मान बाट विभूषित हुनु पर्ने हो.
    केहि छैन अर्को वर्ष.

    Reply
  32. Gopal says:
    December 4, 2012 at 11:16 am

    अबको पालो दिल शोभा श्रेष्ठको हो

    Reply
  33. Aditya says:
    December 4, 2012 at 10:09 am

    नामको पछाडिको एक धर्सोको कत्रो शक्ति हुने रहेछा ! नेपालीहरु चुनाबमा भोट हाल्नको लागि कति प्याषी छन् भन्ने प्रमाण पनि हो यो !

    Reply
  34. मोहन सुनुवार says:
    December 4, 2012 at 10:03 am

    नेता हरुले देश को लागी नगरे पनी अनुराधा दिदी रा पुष्प बहिनीले देशको लागी धेरै गरे , बधाई छ तपाई हरुलाई | अब दील शोभा दिदी ले कसो नाजीत्लन त अर्को साल? दीलशोभा दिदीको योगदान पनी काम छैन | आज देखीनै एक भोट उहाको लागी साची राख्ने छु|

    Reply
  35. रबिन्द्र राज गिरी says:
    December 4, 2012 at 6:37 am

    यो एउटा असाध्य नै खुशीको क्षण हो हामी सबैको लागि | अघि नै एक जना मित्रले भन्नु भए जस्तै अबको पालो दिल शोभा श्रेष्ठको हो | हामी सबैले दिलोज्यानले प्रयास गरौँ |

    यो खुशीको क्षणमा मेरो मनमा लागेको एउटा कुरा पनि भनिहालौं है ? हाम्रा नेताहरुले जतिसुकै जातिएताको कुरा गरे पनि हामी नेपाली राष्ट्रीयता, एकता, सार्बभौमिकता र मानवियताको सवालमा एकताबद्दा छौं भन्ने कुराको संदेश हामीलाई यस्ता उदाहरणहरुले प्रसस्त प्रदान गरेका छन् | अनेकतामा अनेकता होइन कि अनेकतामा एकता हामीले देख्नु पर्छ र हामी नेपाली जुनसुकै जात-जातिको भए पनि, संसारको जुनसुकै कुनामा बसेको भएपनि अनेकतामा एकताको भावना हामीमा अविरल र अटल छ भन्ने मैले प्रष्ट देखेको छु | अनुराधा कोइराला र पुष्पा बस्नेत सी. एन. एन. हिरो हुनुमा यो कुराले नै प्रमुख भूमिका खेलेको छ | त्यसैले यी हाम्रा नेताहरुलाई पनि हामीले अब सिकाउनु जरुरि छ कि अनेकतामा अनेकता होइन, अनेकतामा एकता हामीले बुझ्नु पर्छ, देख्नु पर्छ, अनि मात्र नेपाल र नेपालीको उन्नति हुन्छ | वास्तबमा अनेकतामा एकता बुझ्नु सम्पूर्ण मानब जातिको कल्याणको लागि अपरिहार्य छ | एउटा घरको सन्तानहरुलाई फुटाएर अरुलाई मात्र फाईदा होला, तर त्यो घरका सन्तानले सधैं त्रास र पिडामा जीवन बिताउनु पर्छ |

    Reply
  36. Dev ale says:
    December 4, 2012 at 6:22 am

    बधाई छ पुस्पा बहिनि लाई.

    Reply
  37. Bishnu Nepali says:
    December 4, 2012 at 5:57 am

    बधाई छ पुस्पाजी तपाईं को महान काम र सफलताको लागि ! सैबैलाई पुस्पा जी बाट प्रेरणा मिलोस !

    शोभा दिदि अब यस को लागि योग्य हुनुहुन्छ ! सबैले सहयोग गरु !

    Reply
  38. aasish,switzerland says:
    December 4, 2012 at 5:27 am

    अर्को वर्ष को CNN हिरो चै दिल शोभा श्रेष्ठ लाइ बनाउनु पर्छ,लौ है साथि हो आफुले सकेको गरौ आफ्नो ठाउ बाट सक्दो गरौ,जे होस् येस्पाली को भोट खेर गएन….बधाई छ पुस्पा मामु लाइ

    Reply
  39. krishary says:
    December 4, 2012 at 5:19 am

    भिडियो हेरेर आँखा रसायो….Real Hero लाई CNN Hero बनाउन गरेको सानो मेहेनत काम लाग्यो!!! पुस्पाजी जस्तो निस्वार्थी व्यक्ति भेट्न धेरैनै गारो कुरा हो!!!!

    Reply
  40. Raja Shrestha says:
    December 4, 2012 at 5:00 am

    विश्वको कुना-कुनामा गई अन्धाहरुलाई नेत्र दान गर्ने तिलगंगा अस्पतालका डाक्टर रावत (नाम चैं पक्का गरुं है) लाई मनोनित गर्यौं भने देखि फरक पर्ला जस्तो लाग्दैन है मलाई त! अनि पत्र पत्रिका, हामी साथी भाईहरुको सक्रिय अनुदान त छं दै छं नी हैन र भन्या ?

    Reply
    1. Mantra says:
      December 4, 2012 at 1:24 pm

      डा सन्दुक रुइत जस्तो लाग्छ….

      Reply
  41. mahesh says:
    December 4, 2012 at 4:25 am

    बधाई छ पुष्प दिदि, तपाई धेरै अगाडी बढ्नु होला | तर यहाँ त कमेन्ट देख्दा पो कम्पारो तात्छ, एउटाले लेख्या छ कुर्ता लाएर किन गएको, त्यो बिदेशी पोसाक हो… अनि अर्कोले तौल घटाउन पर्यो रे… जीवनमा साचै हिरो हुने मानिसहरु आफ्नो लाउने खानेको चिन्ता गर्दैनन् | खै देशले त कहिले पनि वास्ता गरेन, विदेशले हेरो बनाउदा पनि यहाँ खोइरो खन्नेको कमि छैन… बकवास…

    Reply
  42. Hira says:
    December 4, 2012 at 3:37 am

    मैलेचै भोटचै अफघानिस्तानको प्रतिनिधिलाइ देकोहो धन्यबाध चै सीएनएन लाइ. पुष्पा बस्नेतले गर्न खोजेको काम पनि राम्रै हो तर पुष्पाले गरेको भन्दा बढी साहसिक, जोखिम, ज्यानको बाजी नै राखेर अफघानिस्तान जस्तो तालिवान हरुको को देशमा जहाँ इस्त्रिले पुरुषलाई हेरेकै भरमा फांसीको सजाएहुन्छ तेस्तो देशमा महिला हरुको हक र अधिकार अनि सीछ्/ कालागि अग्रसर भै काम गर्ने महिला ले मेरो भोट पाइन्/

    Reply
  43. Yogen says:
    December 4, 2012 at 3:02 am

    यसपालीको भोट सच्चा सम्मान गर्न लायक व्यक्तिलाई दिए झैँ नेपालमा हुने चुनावमा पनि यस्तै सच्चा व्यक्तिलाई चीन्ना पाएर वोट गर्न पाए देशको मुहारमा अबस्य केहि परिवर्तन आउने थियो होला /

    Reply
  44. bkpande says:
    December 4, 2012 at 2:44 am

    साच्चै ,नेपालका सबै भ्रस्ट व्यक्तिहरुले ( नेता मात्र होइन, सबै ) पुस्पा बस्नेत,अनुराधा कोइराला, दिलसोभा श्रेष्ठ तथा अरु मेडिया मा नआएका महान-आत्मा हरु बाट केहि त् सिक !!!!! अरबपति ले गरिब ले भन्दा बढी खाना खान कदापी खान सक्दैन.हे देस लुटेराहरु , यदि तिमीहरुले भ्रस्टाचा गरि लुटेको धन देस को ढुकुटी मा हालेमा नेपाल र नेपाली को राम्रै प्रगति हुनेथियो र माइतीघर,आमाकोघर जस्ता महान कार्य गर्ने लाई सरकारले पनि सहयोग गर्नु पर्छ. अन्त्यमा पुस्पा बहिनि , तिमि र तिम्रा ‘बच्चा ‘हरुले दुनिया भरिका जनता को सहमति (नेपाली मात्रको होइन साथी हो, मैले त् अफगानिस्तान कि रजिया जान लाई पनि भोट हालेको थिए ) पाएकोमा मेरो मुटु देखि बधाई छ, र भबिस्यमा अझै धेरै कामगर्न सक भन्ने मेरो प्रार्थना छ.एक दुइ माई संसार का मित्रहरु ले पुस्पा बस्नेत को शारीरिकता मा किन कमेन्ट गरेको ? मुर्खहरु , पुस्पा बस्नेत महानआत्मा हो कुनै बारबी डल मोडेल होइन.

    Reply
  45. Luna says:
    December 4, 2012 at 12:45 am

    पुष्प बस्नेत जी लाई हार्दिक बधाई . धन्य हुन् हाम्रा नेपालीहरु जसले पुष्पा
    बस्नेत जी लाई जिताए . धन्य हुन् ति मिडिया पत्रकार हरु जसले पुष्पा बस्नेत
    जी लाई भोट दिलाउन सक्दो कसरत गरिरहे .
    अबको २०१३ को सिएनएन हिरोजका लागि दिल शोभा दिदीलाई नोमिनेशन ल्याउने पहल गरौ ! हाम्रा मिडिया पत्रकार सबैले सक्दो मद्दत गरुन् .

    Reply
  46. mahendra bhandari says:
    December 4, 2012 at 12:31 am

    सुन्दा पनि कस्तो आनन्द लग्यो यो खुसि को खबर ..बधाई छ पुस्पा दिदि

    Reply
  47. Ratna Thapa says:
    December 4, 2012 at 12:19 am

    धेरै राम्रो समाचार सुन्न पाइयो माइसंसारमार्फत | अनुराधा दिदी र पुष्पा जी जस्ता अनेकन महिलाहरुको खाँचो छ हाम्रो देशमा | सी एन एन हिरोमा नेपाली दाजु भाइहरु पनि जानु पर्ने होइन र ? खालि राजनीतिक गफ चुट्यो, कताबाट कति कमाउन सकिन्छ भनेर घोतली रह्यो, एन जी ओ खोले पनि आएको डलर झ्वाम पारयो, अनि कताबाट भइन्छ त सी एन एन हिरो ? आशा गरौँ, सन् २०१३ को सी एन एन हिरोको उपाधि पनि कुनै नेपाली लाइ नै हात परोस ! जय नेपाल |

    Reply
  48. dor prasad says:
    December 4, 2012 at 12:07 am

    पुष्पा जी र नेपाली सुभ चिन्तक लाइ धेरै बधाई छ | नेपाली ले गर्ब गरे पनि अब नेपाल गोवेर्न्मेंट ले लाज मान्नु पर्ने हो …. निर्दोस केटाकेटी लै जेलमा थुनेर राख्ने र उनीहरुको लागि कुनै सरकारी पालन पोषण गर्न नसक्ने कस्तो सासन छ … नेपाली करदाता को पैसा विदेश भर्मन मा खर्च नगरी एस्तो राम्रो काममा खर्छ गर्ने कि !

    Reply
  49. Barsha Bhandari says:
    December 4, 2012 at 12:05 am

    डाक्टर गोबिन्द के सी अब

    Reply
  50. तेज राई says:
    December 4, 2012 at 12:04 am

    हामी नेपालीहरु माझ नै एउटा उखान ब्याप्त छ सबैले भट्याउँछन् तर प्रयोगमा ल्याउदैनन त्यो “सेवा गरे मेवा पाइन्छ” / बस् ! एक नेपाली चेलीको आत्माले सहि देखेको काम गरिन मेवा उहाँको पाउमा झर्यो, यो नेपालीहरु सबैको गर्व हो ! संसारभर मध्येबाट छानिएर उत्कृष्ठ नम्बर एकमा आउनु चानचुने कुरा होइन, उहाँले जेलभित्र बाध्यतावस बस्न परेका निर्दोष बाल-बालिकाको उद्धार गर्नु भयो जसमा कसैको ध्यान गएन उहाँको गयो / अनि उहाँलाई जिताउनको लागि सामाजिक संजाल फेसबुकले पनि महत्वपुर्ण भूमिका निर्बाह गरेको छ /
    हाम्रा समाजसेवीहरु यसरी संसारको नम्बर एक उत्कृष्ठ भएर बधाई पाई रहेका छन् भने हाम्रा देश चलाउने नेताहरुलाई सबैले धारेहात लगाई रहेछन जसको मुख्य कारण हो पहिले मेवा खाने अनि सेवा गर्ने चाहनाले ग्रसित नेताहरुको हावी / अब उनीहरुले नै उल्टो काम गरेपछी बधाईको सत्तामा धारेहात त पाउने नै भए नि, होइन र ?

    Reply
    1. nirob says:
      December 4, 2012 at 3:14 am

      तेजजी मेवा पाउनको लागि त धेरैले सेवा गर्छन, पुष्पाजीले मेवा पाउनको लागि होइन सेवा गर्नकै लागि सेवा गरेका हुन् त्यसैले उहा अन्तरास्ट्रिय स्तरमा अब्बल ठहरिन / धन्यबाद//

      Reply
  51. rohan vicram singh says:
    December 4, 2012 at 12:00 am

    पुष्पाको यो साहस र सफलताले गर्दा नेपाल र सबै नेपालीको इज्जत र प्रतिस्था उच्च भएको छ!
    राष्ट्रकै सम्पति खाएर नेपाल र नेपालीहरुको शिर निहुराउने काम गर्ने चोर फटाहा नेताहरुको दाजोमा आफ्नै बल र बुद्दिले दुख पाएका बालबालिकाहरुको सेवागरी नेपाल र नेपालीहरुलाई बिश्वमा चिनाउने पुष्पा बस्नेतजीलाई धेरै धेरै शुभकामना !!!!!!!!!!!!!!!

    Reply
    1. pawon says:
      December 4, 2012 at 8:27 pm

      खोट लगाउने कुरा भेतिहल्यौ हैन ?????/सानो सानो कुरा मा अल्झिएको भये पुष्पा यो ठाउँ मा पुग्ने थिइनन्.नेपाली नेता जस्तो flop हुन्थिन.talk about the achievement dude.great mind talk ideas…and third class mind talk about people,outfit,style etc

      Reply
  52. डिल्लीरमण न्यौपाने says:
    December 3, 2012 at 11:29 pm

    बधाई छ पुष्पा बस्नेत लाइ /
    अनि एउटा खट्केको कुरा पनि लेखिहालुम है – अनुराधा कोइराला साडी चोलोमा पुरस्कार थप्न जानुभाको भिडियो देख्या थिए, पुष्पा जी चै कुर्ता सलवर मा? बिदेशी पोशाक संगको मोह नेपालका पर्धान मन्त्रि देखि तलैसम्म बरियताक्रममा, निजि, गैसस, सबैतिर किन येत्ति सारो? मै पो उस्तो हो कि? खै के खै के ……

    Reply
    1. pooja says:
      December 4, 2012 at 3:32 am

      दिल्लीजी कुर्ता सुरवाल पनि नेपाली पोसाक नै भैसक्यो , बुडी आमै हरु पनि लगौछ्न… जे मा सजिलो हुन्छ तेही लगाउने हो…look at her simplicity she could have worn designer clothes for the event….but she didn’t do that shows how simple she is… try not to pick negativity first…. बधाई पुष्प जी लाई proud of u

      Reply
    2. xyz says:
      December 4, 2012 at 6:41 am

      नेपाली हरु को कति सानो दिमाग थुक्क मोरो

      Reply
    3. raj ,USA says:
      December 4, 2012 at 10:33 am

      होइन कुन चाही युग मा हुनुहुन्छ हो दिल्लीरमण जी ?

      Reply
    4. prabin says:
      December 4, 2012 at 12:23 pm

      नेपाली पोशाक भाको भए सुनमा सुगन्ध हुन्थियो बस तेती हो

      Reply
      1. Aakar Bhushan Nepali says:
        December 4, 2012 at 11:31 pm

        दिमाग ठुलो सानो भन्दा पनि आ-आफ्नो दृष्टिकोण को कुरा हो | ठिक र गलत भन्दा पनि प्रस्ताब र संदेश संचारको कुरा हो | Nativeness कै कुरा गर्ने हो भने न त् सारी न त् कुर्ता सरुवाल नै खाँटी नेपाली हो! खाँटी पोशाक कै कुरा गर्ने हो भने त महिलाहरुको हकमा चौबन्दी र गुन्यु हो जो विभिन्न समुदायगत हिसाबले कपडाको र त्यसको रंग रोजाई अनुसार बनाएर लगाईन्छ, जस्तै कुनै समुदायले ढाका कपडा, कुनैले मखमली कपडा, कुनैले छिट खांडी कपडा, कुनैले हाकु पटासी, कुनैले सादा रातो वा रातो बढ्ता भएको आदि आदि | तर सबै बाट बन्ने चाहिं गुन्यु चोला नै हो | तर बास्तबिकता के हो भने गुन्यु चोलोले पनि सबै नेपाली समुदायको प्रतिनिधित्व चाहिं गर्दैन फेरी | तराईबासी र हिमालबासीको आ-आफ्नै पोशाक छ| त्यसकारण आधारभूत कुरा के हो भने जुन संस्कृतिले हामी मान्छे-मान्छेलाई जोड्छ वा नजिक ल्याउँछ त्यसलाई अपनाउने र जुनले संस्कृति बचाउने नाममा टाढा बनाउदै लैजान्छ वा मुठभेड को परिस्थिति निम्त्याउछ त्यसलाई त्यागनै पर्छ | त्यसकारण अहिले लाई कुर्ता सरुवाल वा सारी चोलो दुवै नै सुन्दर देखिएको छ |
        अहिले लाई मेरो भन्नु यति नै

        Reply
  53. shiva says:
    December 3, 2012 at 11:21 pm

    हामि नेपालि हरु अरु भन्दा पनि भोटिंग गर्नु मा सधै अगाडी छौ!!ता कि हामीले गरेको कुनै पनि भोट आज सम्म सफल नै भैरहेको छ पहिला इन्डियन आइडल प्रसान्त तामांगलाइ गरोयो फलस्वरूप उसले जित हात पार्यो यो हामि सबै नेपालीको जित थियो!!अनि अनुराधा कोईरालालाई पनि त्यसरी नै जिताउन सफल भईयो!र अहिले पुस्पा बस्नेत लाई पनि सी एन ए हिरो बनाउनमा हामि सम्पूर्ण नेपालीहरु अनि वहाको कामको कदर बिस्वमा उच्च रहनु सफल भयो!तर दुर्भाग्य हाम्रो देशको नेताहरु लाई जति पनि भोट गर्छौ दिन्छु त्यसको कदर अहिले सम्म हुन सकेको छैन!यी नेता भनौदा हरु ले वहा हरु बाट पनि पाठ सिक्ने हो कि!!!!

    Reply
  54. B B Shrestha, says:
    December 3, 2012 at 11:14 pm

    पुष्पाजी लाई धेरै धेरै बधाई छ. तपाईं पछि दिल शोभा जी को पालो.
    अब पुष्प कमल ले पुष्पा बस्नेत संग कुरा सिक्नु पर्यो – कसरि देस को नाम राख्ने भनेर.

    Reply
  55. नारायण योन्जन तामांग says:
    December 3, 2012 at 11:12 pm

    पुष्पाजी,
    वधाई| तपाई धन्य हुनुहुन्छ| नेपालीको कदमा अझ उचाई थप्नुभो|
    तपाइको उपलब्धिले नेपाली भएकोमा गर्व गर्दछु| भविष्यमा पनि
    सफलताको कामना गर्दछु| आखिर सेवा नै धर्म हो|

    Reply
  56. Sita Bhattarai Bagale says:
    December 3, 2012 at 11:02 pm

    We are very proud of you Puspa Basnet jee. I was really concerned about the voting system and my younger son always reminded me to vote you. He was also so happy when he watched you in CNN as a HERO.
    Congratulation !

    Reply
  57. Pramod Lamichhane says:
    December 3, 2012 at 10:37 pm

    नेपाल भिलेनै भिलेन भा को देश होइन, हिरो पनि छन्.! पुस्पा लै बधाई! सलाम!

    Reply
  58. Manoj Karki says:
    December 3, 2012 at 10:33 pm

    पुष्पा तिमीलाई हार्दिक बधाई !
    तिम्रो महान कार्यको संसारले तारिफ गर्न कन्जुस्याइं गरेन भने अमेरिका जस्तो शक्तिशाली देशको लस एन्जल्स जस्तो विश्व प्रसिद्द शहरमा CNN ले राम्रैसंग सलाम गर्यो |यो उपलब्धिको विश्व स्तरमै कति उचाई छ भन्ने कुरा त अनुसन्धानमुलक समाचारका क्षेत्रमा संसारकै लोकप्रिय, प्रभाशाली र विश्वसनीय CNN को भब्य प्रत्यक्ष प्रसारण बाट नै थाहा हुन्छ |

    पुष्पा, तिम्रो यो उपलब्धिले आजका दिनमा धेरै अर्थ राख्छ | सबै भन्दा महत्वपूर्ण कुरो चाहीं देशको विकराल राजनैतिक स्थितिले चर्याइरहेका नेपाली मनहरुमा यसले एक असिम राहतको अनुभूति दिएको छ |

    त्यसै गरी तिमीले पाएको अपार नेपाली साथ र समर्थनले ‘राजनैतिक अपराधी’ र जातीवादीहरुको लाख कोशिशका बाबजुद पनि नेपाली समाज जातीय रुपमा विखण्डित हुन सक्दैन भन्ने कुरा पनि प्रमाणित भएको छ |
    अरु पनि धेरै छन त्यो त संसारलाई नै थाहा भैसक्यो अब |
    उही, तिम्रो एक नेपाली बन्धु !

    Reply
  59. raksha says:
    December 3, 2012 at 10:25 pm

    पुष्पा तिमीलाई धेरै धेरै बधाई छ. तिम्रो अझ धेरै सफलता को कामना. we are so proud of you . congrats again ……:):)

    Reply
  60. Binod Poudel says:
    December 3, 2012 at 10:23 pm

    राम्रो कामको लागि सहयोग सबैले गर्छन भन्ने उदारहण हो यो !!! yaha पुस्पा माओबादी, खाओबादी, मधेशबादी, जनजाती वा राजाबादी कुन पार्टीको भनेर कहिल्यै कुरो उठेन किनकि त्यो घटिया राजनीति भन्दा धेरै उच्च अनि महान काम थियो | अब अर्को बर्ष दिलशोभाको पालो उनले पनि चानचुने काम गरेकी छैनन् !!!
    अनि अलिकति …………. २६ बर्षकी पुष्प भन्दा ६५ बर्षकी खैरेनी taruni देखिएकी त्यो स्टेजमा !!! हैन के तेस्तो ६ हो यिनीहरुमा ?????

    Reply
  61. एन पी गिरी , पेन्सलभानिया ,यू एस ए says:
    December 3, 2012 at 10:18 pm

    पुष्पा लाई बधाई | अब दिल शोभा जी लाई नोमिनेसन मा ल्याउनु पर्छ र टप टेन मा पार्नु पर्छ |

    Reply
  62. Harihar Dahal says:
    December 3, 2012 at 10:14 pm

    हज्जारौं नेताहरु,दर्जनौं पार्टिहरु मिलेर एउटा संबिधान दिन नसकी नेपाललाई असफल मुलुक बनाई रहेको अबस्थामा तपाईं एक्लैले नेपाल भन्ने मुलुकमा असल मानिसहरु पनि छन
    भन्ने नजिर पेस गर्नु भो।अनुराधा दिदि,पुस्पा बैनीलाई सलाम।अर्को पटक हुने CNN हिरोमा दिलशोभा दिदीलाई शुभकामना!

    Reply
  63. sagar says:
    December 3, 2012 at 10:09 pm

    मलाइ खुशी छ एक नेपाली चेली CNN हीरो भएको मा | उनको र अनुराधा दिदीको त्याग सरहानिय छ |

    धिक्कार छ नेपाली भएकोमा | CNN हीरो पुरस्कार नेपाल पिछडीएको माप दण्ड पनि हो | किनकी नेपाल यति गलत बाटोमा छ कि यस्लाई सुधार्न खोज्ने प्रत्येक नेपालीले हरेक बर्ष CNN हीरो पुरस्कार पांउछ |

    Reply
    1. yogi says:
      December 4, 2012 at 12:45 am

      दरिद्र मानसिकता…..सागरजी को….सी एन एन को टप टेन लिस्ट मा बिकसित देश का नागरिकहरु पनि छ…..एक चोटी साइट हेरम् त …

      Reply
      1. sagar says:
        December 4, 2012 at 6:35 am

        योगी जीको विचार केही हद सम्म ठिकै पनि हुन सक्छ तर मेरो बुझाई मा बिकशित देशका प्रतिस्पर्धीहरु हाम्रा जस्तो आधारभूत अधिकार बाट बन्चित व्यक्तिको हक को लागि लडेका छैनन् किनकी त्यो हक सरकारले सुनिस्चित गरीदिएको छ | उनीहरु त आफ्नो इच्छा स्वयंसेवी जसरि लागेका जस्तो पो देखिन्छन |

        Reply
        1. vijay says:
          December 4, 2012 at 9:44 pm

          विकाश त्यसै एकै रात मा हुने होइन रहेछ सागर ज्यु . सबै भन्दा ठुलो कुरा हाम्रो सोच र ब्यबहार मा परिबर्तन हुनु पर्यो. यदि हामि तन, मन र धन ले इमान्दारिता को साथ आफ्नो आफ्नो तह बाट सकेको गर्ने हो भने हामि पनि विकशित हुन सक्छौं, यूरोप जस्तै. जहासम्म नेपाल ले सी एन एन हिरो जितेको कुरा छ, त्यो त हामि नेपाली को लागि गर्व को कुरा त हुदै हो, हाम्रो एकता को परावर्तन पनि त हो नि. त्यसैले आफु लाई पिछडिएको सोचेर भन्दा पनि कसरि देश लाइ योगदान गर्नु सकिन्छ, त्यस कुरा मा सोच बिचार गरु होला. म पनि आजकल तेस्तै कुरा मा मन डुलाइरहन्छु.

          Reply
    2. Saru says:
      December 4, 2012 at 6:14 am

      सागरजी,

      तपाई जस्तै आफुलाई नेपाली भयको मा धिक्कार्ने जस्ताले गर्दा नै अरु कुनै पनि नेपालीले अगी बढ्न प्रशस्त साहस जुटाउन नसकेको |

      मेरो एउटा सल्लाह मान्नुस| माइसंसार केवल नेपाली र नेपालीप्रेमीहरुको लागि हो, नेपाली भयर जन्मेकोमा धिक्कार्ने तोरी लाउरेको लागि होइन, त्यसैले अब देखि यहाँ अरुलाई दुरस्साहित गर्ने जस्ता कुराहरुको पोस्टिंग गर्ने काम नगर्नु भय हामी सबैलाई बेस हुने थियो | Iam afraid other people may be affected by your such a nonsense discoureging postings on being a proud nepali.

      Reply
      1. vijay says:
        December 4, 2012 at 9:58 pm

        सरु जी,
        जहासम्म सागर जी को कुरा छ, त्यो उहाको बिचार होला, उहाको स्वतन्त्रता को कुरा पनि उठ्छ यहाँ. सहि र गलत आफ्नै ठाउ मा छ. र तपाइको बिचार पनि सहि नै हो. तर, मलाई आजकल के लाग्छा भने हामि ले आफ्नो युवा बल, जोश र जाँगर अनि आफ्नो सिर्जनशीलता केवल कसै को खुट्टा तान्न, कुरा काट्न, गालि गर्न मा मात्र खर्च गरिराखेका रहेछौं. येस्ता झिना मसिना कुरा लाइ पाखा लगाएर आफ्नो क्षमता लाइ सहि ठाउँ मा उपयोग गर्ने हो भने राष्ट्र को लागि सकारात्मक हुनेथ्यो कि जस्तो लाग्छ.
        म ऐले पढ्ने क्रम मा फिनल्याण्ड मा छु…..र ऐले फिनल्याण्ड को इतिहास अध्ययन गर्दै छु. म तेतिबेला अचम्म मा परे कि सय बर्ष अघि सम्म रसिया को अधिन मा रहेको एकदम कम्जोर देश ऐले येसरी कसरि बिकशित हुन सक्यो स्वतन्त्र भएपछी . मैले के थाहा पाए भन्दा सफलता को कारण त तेतिबेला को राजनीतिक प्रणाली रहेछा. जसरि भयेपनि यो विषम परिस्थिति बाट छुटकारा पाउने पर्छा भन्ने सोच ले गर्दा नै यो परिबर्तन सम्भव भएको रहेछ. र नेपाल मा चाहि यहि राजनीति एकदम विकृत रुप मा छ ! तर यदि जनता सचेत हुने हो र सहि असल कुरा को ख्याल गर्ने हो भने विकाश टाढा छैन. मेरो प्रेरणा को श्रोत नै यहि फिनल्याण्ड को बिगत बनेको छ ऐले .

        Reply
  64. dilchen rai says:
    December 3, 2012 at 9:59 pm

    केटा हो, अर्को पल्ट २०१३ मा नि फेरी है!

    Reply
  65. tekendra says:
    December 3, 2012 at 9:50 pm

    अब पालो दिल शोभा को आमा घर को हो´.

    Reply
  66. Prabesh says:
    December 3, 2012 at 9:39 pm

    भ्रस्ट नेताहरुलाई vote दिएर थाकेका हातहरु पुस्पा जस्तोलाई vote दिएर जिताउन पाउदा निकै खुशी लागेको छ/ पुस्पलाई बधाई !!!!

    Reply
  67. Pradhyumna raj sharma says:
    December 3, 2012 at 9:37 pm

    धेरै राम्रो काम , अनुकरणीय पात्र !! अब अलि कति तौल पनि घटाउनुस , ६६ बर्सकी ति प्रेजेंटर ले शरीरलाइ चुस्त पारेकी रैछन , तपाई त बल्ल 26

    Reply
    1. mamata says:
      December 4, 2012 at 5:15 am

      प्रध्युमना, तिमिलाइ फुर्सद हुन्छ अनि तौल मेन्टेन गर्च्यौ. उनलाई फुर्सद नै कहाँ हुन्छ होला र तौल मेन्टेन गर्ने….. प्रेसेंटर को काम नै body मेन्टेन गर्नु हो अनि…… कसरि तुलना हुन्छ . ज्यान हेर्ने काम हैन नि पुष्पाको . मान र मन हेर न हो…………….

      Reply
      1. Pradhyumna raj sharma says:
        December 4, 2012 at 2:13 pm

        ममता तिमि पनि साएद धेरै खाएर फुलिने हरु मा पर्छेउ होला र एती बिधि रिस उठेको ,मोटोपन रोग हो , उनको उमेर को हिसाब ले घट्नु को विकल्प छैन ! मैले उनको महान काम लाइ अनुकरणीय भनेको छु , अनुकरणीय व्यक्ति हरु अनुकरणीय देखिए सुन मा सुघंध

        Reply
    2. Aakar Bhushan Nepali says:
      December 4, 2012 at 11:35 pm

      Pradhyumna जी,
      तपाईको फोटो र physical profile हेर्नु पर्ला जस्तो छ हौ एक चोटी !

      Reply
  68. द्रोण says:
    December 3, 2012 at 9:24 pm

    People learn from their seniors,so I would like to congratulate Anuradha once again.She set up an example in Nepalese society that will inspire many other Pushpa in the days ahead.
    First Anuradha,now Pushpa .congratulation !!! to both.
    If it was under my jurisdiction I would like to add another name,Dilsobha.

    Reply
  69. nunho lama yolmo says:
    December 3, 2012 at 9:20 pm

    विचार ,सोच,उद्देस्य ,पवित्र छ भने दुनिया ले नै समर्थन गर्छ , पुष्पा जस्तो नाम त्यस्तै काम फुल जस्तै सबै को आँखा मा बस्ने र आफ्नो बास्ना ले चारै तिर को बाताबरण लाई सुघ्न्धित तुल्याउने ,तपाई को उत्तरोतर प्रगति को कामना गर्छु धेरै धेरै बधाई छ नेपाली चेली लाइ ,जय नेपाल

    Reply
  70. Aakar Bhushan Nepali says:
    December 3, 2012 at 9:15 pm

    wow, I knew right from beginning she would be winning this prestigious award. While others dedication and work is no less of an importance, hers is unique and touchy. Congratulation.

    Reply
  71. Himal says:
    December 3, 2012 at 9:06 pm

    अर्को नेपालीले यो पुरस्कार पाएकोमा बधाई /

    अफगानिस्तानी महिलाको कार्य सायद जाय्दै मन छुने थियो /

    Reply
  72. resham says:
    December 3, 2012 at 9:03 pm

    लौ एकदम धेरै बधाई छ पुस्पलाई

    Reply
  73. Ramesh says:
    December 3, 2012 at 8:58 pm

    Next yr for Dil sova….

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      December 3, 2012 at 9:54 pm

      बधाई छ पुष्पा जी फेरी एक पटक बिश्वमा नेपालीको गौरव बढाउनु भएकोमा ! साँच्ची हाम्रा नेताहरुलाई यो के भयो,कहिले भयो,को भयो केहि थाहा छैन होला है ?

      Reply
  74. kamal thapa says:
    December 3, 2012 at 8:55 pm

    राम्रो काम को सराहना सबै ले गर्छन . नेता लाइ सबै ले गालि गर्ने, राम्रो काम गर्ने मान्छेलाई सबैले तालि दिने . हाम्रो कल्चर नै हो नि .

    Reply
  75. rishav says:
    December 3, 2012 at 8:53 pm

    We all are proud too. Let’s choose Dil Shova Shrestha for next CNN Hero 2013. Jai Nepal

    Reply
    1. sagar says:
      December 4, 2012 at 1:09 am

      कस्तो संकुचित विचार | आएसाल दिल शोभा भन्दा बढी उपयुक्त प्रतिस्पर्धी हुन सक्दैन ? किन नेपाली लाइ नै भोट हाल्नु पर्ने ? उपुक्त व्यक्तिलाई भोट हाल्ने बिबेक पनि छैन ?

      मान्छे भएर मान्छेको सेवा गर्न नेपालि भएर नेपालीको सवा गर्न भन्दा कैयु गुणा जरुरी छ | के अर्को भोको नाङ्गो व्यक्ति देख्योउ भने “तँ नेपालि हो भने खान दिन्छु नत्र दिन्न” भन्ने गरेको छौ ?

      Reply
  76. vivek says:
    December 3, 2012 at 8:51 pm

    पुष्पा बस्ताबमै महान छिन् हाम्रो जस्तो समाजमा अविवाहित उनले त्यो पहिलो बच्चालाइ पाल्दा समाजले मनै घोच्ने के के टिकाटिप्पणी गर्याहोला , आज यिनले पुष्पा हाम्रो देशको सान हुन् भन्न लाज मान्दैनन
    पुष्पा you have become my idol. congratulation for you achievement.

    Reply
    1. bikram , Japan says:
      December 4, 2012 at 10:09 am

      सम्मान को साथ देस कोनि बिजेत भयकोछ . Nepal मा kt हरू sale निहुन्छन अनि नेपाल को जेल safe निछैन भनेर world को मिडिया ले फुकिरखेको छ. अनि पुस्पा र अनुराधा को नाम भन्दा देस को नाम अगाडी आउछ र देस को बिजेत हुन सुरु हुन्छ . sabai lai चेतना भया

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme