Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कांग्रेसका ७७ जनाले साँच्चै चिनेका थिए त्यागी तामाङलाई

Posted on December 2, 2012December 2, 2012 by Salokya

पाँच दशकदेखि नेपाली कांग्रेसमा सक्रिय नेता भीमबहादर तामाङको हिजो बिहान निधन भयो। ७७ वर्षका भए पनि यिनी हट्टाकट्टा थिए। मर्निङ वाक गएर फर्केपछि हर्ट अट्याक भएर उनको मृत्यु भएको थियो। उनको मृत्युपछि उनलाई त्यागी, निष्ठाको राजनीति गर्ने, सरल जीवनशैलि भएका नेताको रुपमा कांग्रेसका नेता र कार्यकर्ताहरुले प्रशंसा गरे। ‘बेइमान नेताहरुको हुलमा भएका एक इमान्दार नेता पनि गुमाउनु परेको’ भन्दै अरु पार्टीका कार्यकर्ता र स्वतन्त्र नागरिकहरुलाई पनि उनको मृत्युको खबरले स्तब्ध बनायो। हुन पनि हो, मान्छेहरु सभासद् मात्रै हुँदा पनि पासपोर्ट बेचेर, भ्रष्टाचार गरेर कमाउन थाल्छन्। कमाउने ठाउँमा नपुगेर मात्रै इमान्दार भइखाको, ठाउँमा पुगेपछि त यो पनि उस्तै हुने त हो भन्ने धारणा हामी माझ व्याप्त छ। तामाङ भने २०५२ सालमा मन्त्री नै भएका थिए। उनले त्यतिखेर कति कमाए भन्ने त मृत्युअघिको स्थितिले देखाउँथ्यो। कांग्रेसका पूर्व सभासद राधेश्याम अधिकारीले दिएको कोठामा एक्लो जीवन बिताउँथे उनी।

अहिलेका नेताहरुले सिक्नुपर्ने हो तामाङबाट। मर्दा यिनले पनि केही लगेनन्। उनीहरुले पनि केही लाने हैनन्। तर निकै फरक हुनेछ अहिलेका नेताहरु र यिनको मरणमा। तामाङको मृत्युको खबरले देशै दुःखी भयो। एक जनाले नराम्रो शब्द उच्चारण गरेनन्। ‘राम्रो मान्छे, स्वर्गवास होस्’ भनियो। अहिलेका नेताहरु त बिरामी मात्रै परे पनि सामाजिक मान्यताको समेत ख्याल नराखी ‘तुरुन्तै मरेर नर्क परोस्’ भन्ने जस्ता अभिव्यक्ति सुन्न पाइन्छ। मरी जाँदा लाने केही हैन, यही जनजनको शुभेच्छा छाडी जाने हो। तामाङको जीवन त्यसअर्थमा सफल भयो। उनको मृत्यु पनि पीडादायी भएन। बिहान मर्निङ वाकबाट फर्किएको केही समयमा हर्टअट्याक भयो, त्यसको केही समयमा अस्पताल पुर्‍याउँदा मृत्यु भइसकेको थियो। सरल जीवन शैलि जस्तै सरल मृत्युवरण गरे उनले।

उनको मृत्युपछि कांग्रेस नेताहरुले यस्ता त्यागी, सक्षम र इमान्दार नेता नेतृत्वमा हुनुपर्ने भनी गोहीको आँसु चुहाए। वास्तवमा ती ७७ जनाको आँसुमात्रै वास्तविक थियो, जसले दुई वर्षअघि सभापति पदका लागि भएको निर्वाचनमा उनलाई भोट दिएका थिए। उनीहरुले साँच्चिकै तामाङलाई नेतृत्वमा पुर्‍याउने प्रयास गरेका थिए, भलै त्यो असफल साबित भयो। अहिले गोहीका आँसु चुहाउनेहरुले साँच्चिकै चाहेको भए त्यागी र निष्ठाको राजनीति गर्नेलाई नेतृत्वमा पुर्‍याउन सक्थे।

दुई वर्षअघि भएको कांग्रेसको १२ औँ महाधिवेशनमा उनी सभापति पदका उम्मेदवार थिए। तर उनको मत संख्या दोहोरो अंक पनि नाघेन। मात्र ७८ मतले उनको त्याग र इमान्दारीको कदर गर्‍यो। (एक भोट आफ्नै भएको अनुमानमा बाँकी ७७ जनाले मात्रै उनलाई भोट दिए) शेरबहादुर देउवाले ल्याए १ हजार ३१७ मत अनि त्योभन्दा बढी १ हजार ६५२ मत ल्याएर सुशील कोइराला सभापतिमा चुनिए। हामी तपाईँको साथमा छौँ, उठ्नुस् भनेर सभापति पदमा उठ्न लगाएर पछि धोका दिएर अर्कैलाई भोट हाल्ने धेरै कांग्रेसी नेताहरुले हिजोको दिन त्यो बेलाको कुरा याद गरे कि गरेनन् कुन्नि।

देशले खोजेका वास्तविक नेता थिए उनी। तर हाम्रो जस्तो देशमा उनले गर्न सक्ने यति मात्रै थियो। मन्त्री पदले कस्ता कस्ता मान्छेलाई बिटुल्याइदिन्थ्यो, उनी स्वच्छ नै रहे। र त, पूरै देश उनको मृत्युमा शोकमग्न भयो। किन नहुनु, अहिले राजनीतिमा लोभीपापीहरुको वर्चस्व भइरहेको बेला उनी जस्ता नेता पाउनै गाह्रो भइसक्यो।

हामी जस्ता सामान्य व्यक्तिले मात्र भन्न सक्छौँ, हार्दिक श्रद्धाञ्जलि ! यो लोभीपापीको वर्चश्व हुने लोकमा फेरि जन्म लिनु नपर्ने गरी आत्माले चीर शान्ति पा‌ओस्।

दुई महिनाअघि साझा सवालको कार्यक्रममा तामाङले वर्तमान राजनीतिबारे आफ्ना विचार राखेका थिए। भिडियो हेर्नुस्-

54 thoughts on “कांग्रेसका ७७ जनाले साँच्चै चिनेका थिए त्यागी तामाङलाई”

  1. Chetan Nepali says:
    December 5, 2012 at 9:25 pm

    वहाले अरुको लागि वा आफ्नै लागि भए पनि त्यागी भएर यो संसारिक दुखबाट मुक्त हुनु भएको छ ! फेरी पनि यहि दुखले भरेको संसारमा जन्म लिन नपरोस वहाको आत्माले निर्वाणा प्राप्त गरोस |

    “ओम मणि पद्मे हुँग” – “ओम अमी धिवारी”

    Reply
  2. simit gauchan says:
    December 3, 2012 at 2:26 pm

    वहा निकै भलादमी र इमान्दार नेता हुनुहुन्थ्यो वहा अस्ट्रेलिया आउदा मैले मेरो गाडीमा निकै ठाउमा यात्रा गरायको थिए , नेपाल आउदा पनि फोन मा भेट त भयो तर वहाको निवासमा भेट्न सकिन , जे होस् नेपालि काग्रेसमा वहाको छुट्टै परिचय थियो , वहालाई म सोलुट गर्छु !! दुखद निधन प्रति श्रधांजलि तथा शोक सन्तति परिवार प्रति समवेदना !!!

    Reply
  3. KIran says:
    December 3, 2012 at 9:07 am

    स्वर्गीय भीमबहादुर तामांग प्रति दिलैदेखि श्रद्धाञ्जली | निक्रिस्ट शरीर को अवशान भएपनि अजर आत्मा ले उपलब्धि प्राप्त गरेर गएको छ | आत्मालेचीर शान्ति पायोस् |

    हाम्रो समाजमा संधै मरेकाको मात्र गुनगान गाउने परम्परा छ, भीमसेन थापा होस् लक्ष्मीप्रसाद देवकोटा होस् वा बिशेस्वर प्रसाद | नया नेपाल बनाउने नारा मा नया परम्परा आउन सकेन, उही पुरानो चाला र छाला कायम नै छ | खालि नया सामन्तीहरुको जन्म भयो, पुरानो लाई पनि उछिनेर नव भ्रष्ट सामन्ती |

    अनि एस्ता नव सामन्ती को हामि दिल खोलेर गाथा गाउँछौ | तब नेताहरु लाई के दोष |

    भन्छन सबको पालो आउँछ, तर इमान्दारीको पालो कहिले आएन |

    स्व. भीमबहादुरज्यू लाई सच्चा श्रद्धाञ्जली दिन हामीले अब के गर्ने सोच्नु पर्ने बेला आयो | गोहीको आँशु होइन भित्रि दिलदेखि यसको लागि केहि गर्ने प्रण गरौँ |

    १) एस्ता राजनीतिक व्यक्तित्वको पहिचान गरी समाज मा तिनको नाम उजागर गरौ |
    २) ६० बर्ष भन्दा माथिका एस्ता लाई आजीवन रेखदेख र गासबास को व्यवस्था गरौं |
    ३) माथिल्लो सदनमा तिनको सिट संख्या रिजर्भ गरौ |
    ४) मन्त्रिपरिषद् मा जुन सुकै पार्टी आएपनि मुख्यमुख्य मन्त्रालय (अर्थ, निर्माण, गृह , जलस्रोत, परराष्ट्र) तिनीहरुलाई नै दिने गरौ |
    ५) तिनीहरु बाट प्रतिपादित समाजिक सुधारका कार्य/नीति को नामाकरण उनीहरुकै नाम संग आबद्ध गरौ |

    एस्ता एस्ता अरु सुझावहरु अरु पाठकहरु बाट पनि आउने छ भन्ने लाग्छ |

    के NRN का बरिस्ट व्यक्तित्व को यस प्रति ध्यान जाला? वहाहरुको अन्तरराष्ट्रिय अनुभव र स्रोतको लगानी यस प्रति जाला कि भन्ने आशा गर्दछु |

    Reply
  4. धर्मराज गुरुड० says:
    December 3, 2012 at 7:25 am

    हा…..हा…..हा……., काँग्रेस पार्टी नेताहरु र हिन्दुबादी नेताहरु भीम बाहादुर तामाड्गको निदन प्रती गहिरो दु:ख व्यक्त र त्यागी भनी जहाँ त्यही भन्दै हिड्नुले के बुझ्दछौ भने हिन्दुबादी ब्रामण र क्षेत्रीहरुका एक हनुमान रूपी ब्यकतीत्वले आज यस संसारबाट बिदा लिए अब फेरी यस्तै हनुमानहरुका खोजीमा छौं र हुनु पर्छ भन्ने सन्देस दिएका हौं भनी भने पनि केही फरक पर्दैन । हुनत, भीम बाहादुर तामाड्गजीले यि हिन्दुबादी बाहुन/क्षेत्रीहरुका नोकर चाकर गरेर ठुलै गुण लगाएका थिए ।हुनत, यस्ता नौनी जस्ता व्यक्तीलाई गमाउनु आजको २१ सौं सताप्दीमा हिन्दुबादी ब्रामण र क्षेत्री, काँग्रेस र एमाले पार्टीका लागी ठुलै मोल चुकाउनु हो । यदि यसो होईन भने, जिवीत रहुन्जेल किन भीम बाहादुर तामाड्गजीलाई उच्चतम स्थान दिईएन ????? ब्यक्तिगत हिसाबले मेरो भीम बाहादुर तामाड्गजीको निदन प्रती गहिरो दु:ख र समबेदना प्रकट गर्न चहान्छु तर आउने दिनहरुमा अरुका हनुमान बन्ने प्रयास कसैले नगरुन भन्ने मेरो चहाना हो ।

    Reply
    1. EAK says:
      December 3, 2012 at 4:08 pm

      धर्मराज गुरुङ भन्ने त सारै मापाको अधर्मी पो रहेछा ….

      Reply
    2. शरद श्रेष्ठ says:
      December 3, 2012 at 10:54 pm

      तिमी त मापाकै रहेछौ त यार !अलिक पनि बुद्दी लगाएनौ है,तिम्रो नाम हेर मित्र बिशुद्ध हिन्दु,अनि हा..हा..र हु..हु..गरेर हलो जोत्न बस्या हो के यहाँ? तिम्रो कमेन्ट पढेरै थाहा भो कुन तप्काको व्यक्ति रैछौ तिमी भनेर !कहाँको कुरो कहाँ लग्ने तिमी मापाकै भेडो नै रैछौ..कल्ले भन्यो बाबु तिमलाई,बाहुन अनि छेत्री मात्रै हिन्दु हो भनेर नेवार लगायत थुप्रै पो छन त ह्याँ! यदि मैले गलत भाषाको प्रयोग नगरेको ठहरिने हो भने तिमी जस्ता जाति-पाति,धर्म जस्ता भाँड-भैलो मच्चाउने कुरा गर्नेलाई मुखले त के बुझ्ने हौ बोरामा कोचेर लात घुसा हान्दै देशको सीमा बाहिर लगेर मिल्काउनु पर्ने !क्या फसाद यार,धत् एक त बहस यसको भाकै होइन,अर्को यो सोचेर रिस र आश्चर्यमा छुँ कि तिमी जस्ताको पनि हाम्रो मुलुकमा अस्तिव रै छ !! तिमी हिन्दु होस् कि चिन्दु हाम्लाई केको मतलब तर खबरदार यदि अर्काको भावनालाई ठेस पुर्याईस भने !ह्या…यो mysansar पनि यस्तो घटिया कमेन्ट पनि के accept गर्या हो खै ?

      Reply
  5. Samsundar says:
    December 3, 2012 at 6:54 am

    कति दुख को कुरा एउटा सहि र इमान्दार नेता लै हामि बाँचुन्जेल वास्ता गर्दैनौ तर मरेपछि गोही को आंसू चुहौदै एस्तो र त्यस्तो राम्रो भन्दछौ | माओबादी – काँग्रेस – एमाले र अन्य सबै पार्टी मा भएका सहि र जनता र देशको भलो सोच्ने नेता हरुलाई पहिचान गरि उनीहरुलाई अग्र पन्गती ल्याउन जनता ले अहिले हाली मुहाली गरि बसेका हरु लै दबाब दिनु पर्छा | कांग्रेस कै कुरा गर्दा अहिले का तीन नालायक सुशील – रामचन्द्र – र देउबा भन्दा नरहरी – दमन र गगन केहि गर्न सक्ने ब्य्क्तित्वो हुन् तर – शुसिल जस्तो बेबकुफ र सन्काहा बूढा लै अझै कुर्शी र पैसा कुम्ल्यौना हत्ते छ …….. उसले यिनलाई आघि आउन दिदैन | येस्तई एमाले र माओबादी मा पनि असल ब्य्क्तित्वो हरु छन् केवल जनता ले यिनलाई पहिचान गरि अघि आउने बाताबरण बनाउनु पर्यो | लोकतन्त्र मा जनता को अस्त्र भोट हाल्दा येस्तली पार्टी भन्दा माथि उठी असल र स्वच्छा मानिस लै मात्र जिताउ . येही नै भिम बहादुर तामांग जी जस्तो महान अग्रज हरुलाई सचा स्राधन्जली हुनेछा |

    Reply
    1. धर्मराज गुरुड० says:
      December 3, 2012 at 12:46 pm

      मित्रहरु मैले धेरै पटक पार्टी र जात-जातीहरुका भुमिकाको किटानै गरेर प्रतिकृयाहरु लेखी सके त्यस सब्दहरु पढ्दा र सुन्दा ति पार्टी/नेता र जात-जातीहरुलाई अपाच्य हुने निस्चित छ तर वास्तबीक चुरो कुरा नै यही हो । यदि काँग्रेस र एमाले पार्टीहरु भित्र रहेका केही बाहुन/क्षेत्रीहरुले हिन्दुबाद/बाहुनबाद नितीहरु ईमान्दारीका साथ त्याग गरी समग्र आम नेपाली जनताहरुका पक्क्षमा हितकार हुने खालका नितीहरु लागु गरेमा हामी सम्पुर्ण नेपालीहरु वहाँहरुका राम्रा गुण गाण गरी रहेका हुन्थियौं सायद ।ब्रमण र क्षेत्री वर्गका समुदायहरुले हाम्रो समुदायहरु मात्र नभनी, सम्पुर्ण नेपालीहरुका हुन भन्ने भावना र विस्वास दिलाउन सके यो देसमा कसैले कसैको दमन,सोसण,अन्य,अत्याचार आदि ईत्यादीको महसुस वा आरोप प्रतिआरोप लगाउने परिस्थिति नै आउने थिएन तर दुर्भाग्य उल्टा नितीहरु लाद्दै एक पछि आर्को गर्दै समाजहरु मात्र नभई राष्ट्रलाई जोखिम अवस्थामा पुर्याई छाडेका छन ।

      Reply
      1. Aakar Bhushan Nepali says:
        December 4, 2012 at 3:44 am

        धर्म राज जी, लाजै लाग्ने गरि जातपातको कुरा नगर्नुस होउ | सार्है निरपेक्ष केलाई भयो समस्याको | भरत गुरुङ , डीबी लामा, जस्ता जानी जानी बदमासी गर्ने र सुगौली सन्धिको परिणति भोग्नु पर्ने गरि भएको नेपाल-अंग्रेज युध्दमा नेपालको बिरुध्द कम्पनि सरकारको तर्फबाट लडाई गर्ने नेपाली गुरुङ पल्टन जस्तो जानी नजानी बदमासी(?) गर्ने लाई चाहिं के भन्ने नि ? अर्को कुरा राई, लिम्बु, गुरुङ, मगर, नेवार, आदि पनि हिन्दु नै हो है, जति नै आफुले आफुलाई होइनौ भने पनि |

        Reply
        1. Roshan says:
          December 6, 2012 at 7:41 pm

          लाज सरम नभएकाहरुले आरोप लगाउने गर्छ भ्रम फैलाउने गर्छ दिन दहाडै आँखामा छारो हालेर कुकृत्य गर्छ /त्यसैले त देशको यो हविगत भएको हो/कसले भन्छ नेवारहरु सबै हिन्दु हो भनेर,कसले भन्छ राइ,लिम्बु,मगर हिन्दु हो भनेर,तिमीले हिन्दु बनाएर हिन्दु हुने हो र/
          भारत गुरुङ,दि.बि.लामा कसले परिचालन गरेको हो?अंग्रेज र नेपाल बीच युद्द हुँदा कुनै पनि गुरुङ,राइ,लिम्बुले नेपाल बिरुद्द लडेको थिएँ यदि राइ,लिम्बु,गुरुंगले त्यस ताका लडेको भए उही जमानामा नेपाल अंग्रेजको कब्जामा हुने थियो/तर त्यहि राइ,लिम्बु,गुरुङहरुलाई अंग्रेज भर्तीमा पठाएर अंग्रेजीहरु संग पैंसा अशुलेर खाने क्षेत्री र बाहुनहरु अहिले दुनियाँको आँखामा छारो हालेर उल्टो आरोप लगाउने गर्छ/

          Reply
          1. Aakar Bhushan Nepali says:
            December 13, 2012 at 4:29 am

            अँ हँ ! के सारो रिस उठेको होउ मित्र रोशन जी ! बरु यसो बाताबरण लाई हल्का सौहार्द बनाउदै बहस चाहिं गहकिलो गर्दा कसो होला !

            Reply
  6. Suraj says:
    December 3, 2012 at 1:21 am

    मईसंसार ले पनि येस्ता त्यागी नेता हरु को पहिचान गरेर उहाँहरुको बारेमा मृत्यु परान्त उहांहरुको बखान गरेर लेख्नु भन्दा मृत्यु अगाडी नै उहाँहरुको बारेमा लेखिदिनु भय हामी जस्ता पाठक हरु खुशी हुने थिएउ!!!!!

    अन्त्यमा स्व भीमबहादुर तामांग प्रति गहिरो सम्मान र श्रन्दाजली!
    डेनमार्क

    Reply
  7. shiba says:
    December 3, 2012 at 1:16 am

    मरे पछी राम्रो देख्ने नेपाली काँग्रेस र काँग्रेस को आउरे बाउरे धूपौरे, कहिले राम्रो भनेन! मलाई याद छ २०४८ आम चुनाब मा दोलखा बाट उम्मदवारी दिने बेलामा मैले खुद सुने को दोलखा काँग्रेसका बाहुनबादी हरुले यो तामांग लाई किन भोट दिने, जीते पछी नमस्कार गर्ने तामांगलाई भनेर एमाले को इन्द्र बा. खड्का लाइ भोट दिएर भिम बाहादुर तामांगलाई हराएको थियो! आज गोही को आशु बगाउने…… धिक्कार छ

    Reply
  8. Aakar Bhushan Nepali says:
    December 2, 2012 at 11:12 pm

    सरलता र शालीनताको उत्कृष्ट नमुना हो स्व. भिम बहादुर तामांग | समाज र देशको सेवा गर्ने पोजिसनमा पुगेर गन्धे लाभार्जन गर्ने भिडमा एक्लो क्रमभंगता हो भिम बहादुर तामांग | झन्डै दश बर्ष जति पहिले जागिर खाने सिलसिलामा केहि बर्ष दोलखा जिल्लामा रहंदा उहाँ संग औपचारिक्/अनौओपचरिक् रुपमा एकाध पटक भेट भएको हो | भनि रहनु नपर्ला कि उहाँ संग भेटे पछि शालीनताको छाप साह्रै सजिलै भेटिन्थ्यो | अक्सर उहाँ अनौपचारिक भेटलाई अरु अनौपचारिक बनाउन मन पराउनु हुन्थ्यो, जो प्राय सबैलाई मन पर्छ सायद | मलाइ लाग्छ त्यसले झन् सरलतामा सुन्दरता थप्थ्यो | दुख लाग्छ हामीले एउटा नमुना गुम्याऔ | उहाँ प्रति आदरताका साथ हार्दिक श्रद्दान्जली |

    Reply
  9. shakti magar says:
    December 2, 2012 at 10:58 pm

    हो मैले पनि उनको नाम सायदै सुनेको छैन,,,, समाचार भनेको त कि झलनाथ, सेरबहादुर, माधब नेपाल या प्रचण्ड आदि इत्यादीको सुन्दै छु,,,,,,जमाना उनीहरुकै छ,,,कलिउडका हिरोहरू सबैलाई सत्ता चाहिएको छ,,तर जनताको सुख सान्ति भाड़ मे ज़ाए,,,, हामि जनता पार्टी रोज्छौ नेता रोज्छौ के का लागि,,,, अनि एस्तो जनताको लागि के भिम बहादुर के सेरबहादुर अनि के प्रचण्ड या के नेपाल माधब ?????????

    Reply
  10. Ang Dawa LAMA says:
    December 2, 2012 at 9:56 pm

    उहालाई मेरो तर्फाबाट पनि समबेदना, कांग्रेसमा एउटा दियो निबेको छ. उसले दियको सभापतिको उमेद्वारिलाई समर्थन नगर्ने तर उसको मिर्तु परन्त, उसको शबको अगाडी उसको गुनगान गाउने कांग्रेसी पार्टी मेरो दिकरछा. उनीहरुको गोहीको आसु नाचुहाया बायो ति पबित्र पार्थिब सरिर्को अगाडी. आनी भ्रस्टचारी नेता मोरद निरन्तर तेलिकस्त गर्ने मेडियाहरुले उनीप्रति देखायको कन्जुसी पार्टी पनि दिकरछा. यो देशमा भ्रस्टचारी नेताहरुको मात्र जन्मवोस. देसै भ्रस्ताचारिहरुको मात्र होस. किनकि जनताले नै भ्रस्टचारीहरुलाई मात्र चिन्छा किन जन्मिनु पर्यो त्यागी, र इमान्दार नेता को जन्म?

    Reply
  11. Lal shrestha says:
    December 2, 2012 at 9:51 pm

    मेरो दिमाग मा आइराख्ने केहि कुरा हरु :
    जसरी एउटा घर चलाउन अबिभाबक र घर को अरु सदस्य को ताल मेल मिल्नु जरुरि छ … घर को मुख्य मानिस जस्तो छ उसले गर्ने हरेक क्रियाकलाप को असर त्यो घर मा पर्छ . मूल मान्छे ले उसको कर्तब्य कसरि गर्छ त्यसरी नै त्यो घर चली रख्येको हुन्छ . जस्तै घर को खाना को व्यवस्था , घर सबै खर्च को राम्रो व्यवस्था, बच्चा हरु को भबिष्य को बारे राम्रो परिकल्पना , समय अनुसार घर चलाउने राम्रो व्यवस्था, घर को खर्च को राम्रो budget को हिसाब किताप , अनुसासन , येस्तई येस्तई अरु धेरै कुरा हरु को ध्यान दिनु पर्ने हुन्छ…. जब मुख्य मान्छे ले यी कुरा हरु मा हेल्च्याक्रै गर्न थाल्दछ अनि घर बिग्रिदै जान्छ … चुलो बल्दैन , बिल नतिरेर बत्ति बल्दैन , बच्चा हरु को अध्यन कम्जोर हुदै जान्छ, घर मा कलह सुरु हुन थाल्दछ… अनि बिस्तारै घर एती कम्जोर हुन्छ कि एसको फाइदा अरु छेमेकी ले लिनु थाल्दछ, ऋण बढ्न थाल्छ ….
    अब माथि का कुरा लाई हाम्रो देश संग तुलना गरौ ..
    देश का अबिभाबक हरु देश चलाउन पूर्ण रुप मा असफल भै सकेका छन् .. असफल मात्र हैन नालायक नै साबित भै सकेका छन्.. इनी हरु लै अझै पनि chance दिनु भनेको बिष खानु बराबर हो र छिट्टै आफ्नै देश मा शरणार्थी हुनु हो..
    जसरी फूटबल मा सबै खेलाडी ले राम्रो खेल्नु जरुरि छ, त्यसमा एक जना मात्र खेलाडी ले गु खाई दिएमा खेल बिग्रिन्छ त्यसरी नै नेपाल को राजनीति को खेल मा त लगभग सबै ले ९९.९ % ले गु खाएको छ .. अब यी खेलाडी लाई नै खेल खेलाउने कि पुरा team rebuild गर्ने ? यो काम अब हामी ले सोच्नु नै पर्ने भएको छ… We have given them enough time, if they can’t play the game leave the field… If they can’t make things right, LEAVE !
    अब पनि अटेरी पन गर्नु भनेको २ वर्ष को केटा केटि lollipop को लागि रुएको भन्दा अरु केहि अर्थ हुदैन .

    Reply
  12. Bala Ram Thapa says:
    December 2, 2012 at 9:00 pm

    बाँचिन्जेल यस्ता इमान्दार दृढ राष्ट्र भक्त नेता लाइ उक्साएर चुनावमा उठाई ७७ भोटमा सिमित गर्नेहरु अहिले उनको लास प्रति राजनीति गर्नुको के अर्थ ?

    Reply
  13. KB Langhali says:
    December 2, 2012 at 6:01 pm

    नेकाको लागि पचासौ बर्ष खर्चेका त्यागी नेता ,बुद्धि बिबेक भाको लोप लालच नभाको स्वस्छ छबी भाको ,,खोइ बाचुन्जेल कसैले गुण गाएनन, टेर पुच्छर पनि लाएनन,, अध्यक्ष्य बनाउनु पर्ने कानुन जानेका राजनैतिक र समाजलाई नजिक बाट बुझेका अधिवक्ता बिचार खालि हात गए ! सबैमा भक्ति भाव, सदभाव राख्न सक्ने सर्बोकृस्ट सोझा अभिभावक नेता स्व. भिम बहादुर तामांगज्युलाई हृदय देखिन नै हार्दिक श्रदानजली ब्यक्त गर्न चाहन्छु ! वहालाई केन्द्रीय कमिटिको टप कमिटि भित्र पनि पारेनन्, ! मरे पछी लोकाचार गर्दैछन सबै नेताहरुले बरिष्ठ नेता भनि भनि घ्याक्रो फुलाउदै फलाकि रहेछन टेलिभिजन भरि ! मर्ने बेलामा हरियो काक्रोको लोप्पा देखाउने भनेको नै यी दुइ जिब्रे चिप्लो लाउने अनि हगे पछी दैलो देख्ने बानि बसेका नेताहरु हुन् ! स्व.गणेशमानजी त्यागी नेतामा पर्नु भो , स्व.गिरिजा बाबु शिखर पुरुषले कहलिए अब स्व.भिम बहादुर तामांगज्युलाई कुन उपमा दिंदा बेश होला ढिलै भए पनि उपनाम जुराउने नै छन !
    १- भक्तिभाव नेता
    २- उच्च विचार सरल निवास नेता
    ३- गुनी नेता !

    Reply
  14. गगने says:
    December 2, 2012 at 5:47 pm

    निष्ठावान श्रद्देय स्वोर्गीय भिम बहादुर तामां प्रति हार्दिक श्रद्दान्जली!
    मर्दा यिनले पनि केहि लगेनन र गिरिजाले पनि केहि लगेनन!
    तर दुबैले छोडेर गय जसले हाम्रो समाज र देशलाई कालान्तर सम्म प्रभाब र असर पारि राख्ने छ!
    गिरिजाले भ्रस्त्र प्रबृत्ति, कुलक्षिनी, ठग छोरिज्वोई, राजनीतिमा कुसंस्कार, कसैलाई अगाडी र सफल भयको देख्न नसक्ने हठ अनि नैतिक बिकृतिको लहडी संस्कार र प्रवृति लोभ पारिवारिक मोह र दुस्चक्र, मै लाउ मैखाउ सुख सयल मोज मस्ती मै गरु मा भन्दा अरु सबै तुच्छ हुन् भन्ने प्रबित्ति छाडिगय!
    तेहिनेर भिम बहादुर ले त्याग इमान्दारिता निष्ठा साधा र सरल जीवन शान्तिपूर्ण पद्दति र कार्य आदि छाडीगय!
    यी दुइ ले छाडीगयका कुरालाई लियर हाम्रो देश र समाजमा दोहोरि र तेस्को असर अनि प्रभाब हुदै गर्छ तर मेरो कामना अब माथि होस् या कतै यी दुइ को कहिल्यै भेट नहोस!
    यी तामांग हरु कोइरालाको ओझेलमा परेका ताराहरु हुन्!
    स्वोर्गीय भिम बहादुर तामांग लाइ श्रद्दान्जली साथै सलाम!

    Reply
  15. सार्थक says:
    December 2, 2012 at 5:23 pm

    निष्ठावान, सादा जीवन उच्च बिचराका धनी भीमबहादुर तामांग जस्ता ब्यकतित्वको अवसान भनेको निष्ठाको राजनीतिमा खडेरी पर्दै जानु र देशघाती नालायक कुख्यात नेताहरुको हाली मुहाली अझै बढ्ने संकेत हो । प्रचण्ड र नेपालका राजनीतिका नैतिक पतन अरु खलपात्रहरुले उहाँको सरल गुणबाट शिक्षा लिने भन्दै जति गोहिको आँशु चुहाए पनि नेपली जनताले कहिले पत्याउने छैनन् र भीमबहदुर् तामाग ज्यूको अभाव महशुस गरि राख्ने छन् । यो कुरा गिरिजा मर्दा र भीमबहदुर्को देहावसन हुँदा जनस्तरबाट आएका प्रतिक्रियाबाट थाहा पाउन सकिन्छ ।

    Reply
  16. नरेन हंगकंग says:
    December 2, 2012 at 5:13 pm

    स्व भीमबहादुर तामांग प्रति गहिरो सम्मान र श्रन्दाजली शोक संतप्त परिवारले धेर्य धारण गर्ने सक्ती प्रदान गरुन भनी भगवान बद्ध संग प्राथना गर्दछु !

    Reply
  17. Binod Timilsina says:
    December 2, 2012 at 5:01 pm

    अर्को जुनी हुन्छ भने भिम बहादुर तामांगको जन्म फेरी पनि नेपाल मै होस्,त्यो बेला हेरौला कसले कति मान्दा रहेछन !!!

    Reply
  18. Shailendra Dhakal,kathmandu says:
    December 2, 2012 at 4:48 pm

    नमरुन्जेल यहाँ कसले चर्चा प्रसंशा पायो? बिरेन्द्र नै हुन् या गिरिजा? कृष्ण प्रसाद हुन् या गणेशमान , परम्परा यस्तै त छ यहाँ #########
    ओछ्यानमा एक वर्ष देखि लडेकी ८६ बर्सिय साहना प्रधान अनि मुटुमा प्वाल परेर आज भोलि भएका भारत मोहन.कति सुन्नै बाकी छ तिनका महान कथा हरु. कालराजले नटिपे सम्म यहाँ कसैले सम्झिने छैनन् यहाँ #######

    Reply
    1. सार्थक says:
      December 3, 2012 at 5:19 pm

      गिरिजा, भरतमोहन जस्ता कुलंगारहरुको चाँही कुरा नगरौं ल सैलेन्द्र जी | मरे पनि बाँचे पनि यी दुवै देशघाती हुन् | अझ गिरिजाको कुरा गर्ने हो भने त प्रजातन्त्र स्थापना पछि नाताबाद, कृपाबाद, पक्षपात, सिध्दान्तहिनता, बेथिति, बिसगतीको आदि सबै नकारात्मक कुराहरुको शुरुवाताकर्ता नै उ हो | यस अर्थमा नेपालका भ्रष्टहरुको रास्ट्रपीता नै हो गिरिजा | सरल र सिद्धान्तनिष्ठ भीमबहादुरसंग गिरिजाको तुलना गरेर फेरि भीमबहादुर तामांग ज्यूको अपमान नगरौं |

      Reply
      1. jeevan verma says:
        December 4, 2012 at 11:15 pm

        गिरिजा, भरतमोहन जस्ता कुलंगारहरुको चाँही कुरा नगरौं ल सैलेन्द्र जी | मरे पनि बाँचे पनि यी दुवै देशघाती हुन् | अझ गिरिजाको कुरा गर्ने हो भने त प्रजातन्त्र स्थापना पछि नाताबाद, कृपाबाद, पक्षपात, सिध्दान्तहिनता, बेथिति, बिसगतीको आदि सबै नकारात्मक कुराहरुको शुरुवाताकर्ता नै उ हो | यस अर्थमा नेपालका भ्रष्टहरुको रास्ट्रपीता नै हो गिरिजा

        सारै नै सहि भन्नु भो | गिरिजा भ्रस्ट हरुको रास्त्रपिता नै हो र रही रहन्छ | चाहेर पनि अरुले उसको भ्रस्ट शिरोमणि को पदवी लिन सक्दैन |

        Reply
  19. naresh sharma says:
    December 2, 2012 at 4:40 pm

    भीम बहादुर ज्युको महान आत्मा को परमात्मामा मिलन होस् र शालोक्यजीले भनेजस्तै यो पापी हरुको दुनियामा फेरी जन्म लिन नपरोस .

    Reply
  20. sunil says:
    December 2, 2012 at 4:34 pm

    कुरा पृठक हैन। हिजो साँझको आठ बजे समाचार देखि आज बिहानको प्रमुख पत्रपत्रिकाहरमा कुरा यहि थियो । सादा जीवनका धनि, ५० बर्षे सकृय राजनितमा रहेर पनि धन नकमाएका , ईमान्दार , विपिको समाजवादि चिन्तकको निधनले कंग्रेसजन मात्र हैन सबै स्वकाकुल छन। सबैका हृदयमा सच्चा श्रदान्जिलकको मनोभाव छ । सहि हो दुईमत छैन । तर के यस्ता नेताहरुको अहिलेको राजनितिक अवस्थामा उठान न भएको किन होला?
    के सभापतिको चुनावमा ठुलाकुरा गर्ने नेताहरुको भोट पनि त्यो ७७ भोटमा परे होला के ? हामीले आजै पढ्यौं, प्रदिप गिरि जस्ताले उनको साथ छोडे । के विचलन हो कि विदम्वना ?

    Reply
  21. Bishwaraj says:
    December 2, 2012 at 4:06 pm

    मरे पछी लौ खाउ बाबै केरा भने जस्तो- सबै फोस्रो गुण गान- भ्रस्टाचार गर्ने र अली सम्पती वाला नेता भए मेडीयाले उहाँ जीबीत हुँदा नै हाइलाइटमा ल्याउथ्यो होला,- साधु जोगी जस्तोको के को गुनगान गाउथ्यो त – पांच दशक देखी पार्टीलाई योगदान, सक्रीय नेता आज एउटा खाते साधु सरह भएर निधन हुनु पार्टीलाई पनी लाज सरम हुनु पर्ने हो- योगदान गरे बापत पार्टीले के हेरेछ त ? पार्टीले भेदभाभ गरेको जस्तो छ- पूर्व सभासद जीले नीजी कोठा दयामायाले दिनु भएको मा बस्नु भएको थीएछ- बल बहादुर र भीम बहादुर भन्ने जातीबाट पाठ सिक्नु जडुरी छ अहिलेका भ्रस्टचारी नेताहरुले- लाग्छ यी जातीले देश चलाएको भए, सीन्गापुर, थाइलैंड, चाईना, कोरीया र हंग कंग जस्तै नै हुने थीयो नेपाल-

    Reply
  22. सुरेश लामा ,पेरिस says:
    December 2, 2012 at 3:45 pm

    उहाँ को आत्मा ले शान्ति पाउन ।

    Reply
  23. Basanta says:
    December 2, 2012 at 3:06 pm

    सत्य सधै तितो हुन्छ . वास्तिबिकता कहिले लुकिन्दैना

    Reply
  24. अशोक खड्का, टोरोन्टो, क्यानाडा says:
    December 2, 2012 at 2:53 pm

    श्रममजीवी, सर्बहारा, निमुखा र शोषित-पिडित जनताको नाममा राजनीति गरेको भन्दै लाखौ, करोडौको गाडी, महल र बंगलामा बसेर ऐयासी र विलासी जिबन बिताउने नबधनाढयहरुले यो मान्छे बाट सिकुन् केहो जनशैली, सरलता र सादापन भनेर ! पुंजिबादीविचार बोक्ने कांग्रेस पार्टीमा रहेरपनि एउटा सामान्य भाडाको कोठामा बस्दथे उनि, पैसा,पद-प्रतिष्ठा, मान -सम्मान कहिल्यै खोजेनन् उनले , जीवनको उतरार्धमापनि ऐस,आरामको कल्पनासम्मपनि गरेनन्, निष्ठा, मूल्यमान्यता र आदर्शको राजनीति गर्ने भिम बहादुर तामाङ प्रति मेरो सलाम तथा हार्दिक श्रद्दासुमन !!

    Reply
  25. pravin yonzan says:
    December 2, 2012 at 2:48 pm

    भिम बहादुर तामांग को आत्माले शान्ति पाओस ! RIP

    Reply
  26. हरि गौतम says:
    December 2, 2012 at 2:43 pm

    बाचुन्जेल केहि कदर भएन अब मरेपछि गुनगान गएर के गर्ने? उनको आत्माको चिरशान्तिको कामना | मरेपछि भन्दा पनि जिउदो हुदा कदर गर्ने बनि बसालौ |

    Reply
  27. Luna says:
    December 2, 2012 at 2:34 pm

    हामी नेपालीलाई अब क्यै चेतना आउने हो कि !
    भिम बहादुर तामांग जस्ता मान्छे पनि त थिए नि कांग्रेसमा ,फेरी किन सुजाता सेर बादुर हरु जस्ताको पछी लाग्नु परेको ? भिम बहादुर तामांग हरेक पार्टीमा हुन सक्छ या पार्टी बाहिरै अर्थात कुनै राजनीतिक पार्टीको छाता मुनि नरहेको अबस्थामा पनि हुन सक्छ .
    त्यस्ता भिम बहादुर तामांगहरु मुलुकलाई खाँचो छ . तिनलाई जनताको माझमा उभाउने जिम्मा हाम्रा मिडियाको हो . भिम बहादुर तामांगको मृत्युले लागेको घाउलाई निको बनाउन अरु गुमनाम भिम बहादुरहरुलाई समयमै खोजौ . तिनको सदुपयोग गरौ .
    ( गुमनाम नै भनौ किनकी सुबिधा भोगी नेताहरुको अनुहार त मिडिया भरि छाईरहेको हुन्छ सधै भरि )
    हामी सबैको सच्चा श्रदान्जली त्यो बेला हुने छ जब हामी अर्को
    भिम बहादुर तामांगलाई चिन्न सक्ने छौ / बुझ्न सक्ने छौ .

    Reply
  28. BIWAS GHIMIRE says:
    December 2, 2012 at 12:48 pm

    राम्चंद्रे सेरे जन्मियको देस र पार्टीमा लगेउ तिम्रो बाचुन्जेल कहिले कदर भयान मरे पछि गोही को असू चुहाया कांग्रेसी नेता ले तर तिमि जसरि बिपी गडेसमान हाम्रो ढुक ढुकी मा छन् तिमि पनि तेही स्थानमा बस्ने छोउ तिम्रो आत्माले सान्ति मिलोस भगवान संग अहि प्राथना छ l
    तिमि जस्तो त्यागी नेता हाम्रो देस लाइ धेरेई खाचो थियो तर यो सतिले सरापे को देस मा प्रचंडे बबुरमे राम्चंद्रे झाले माकुने हरु लामो आयु लिन्छन के गर्नु तिमि भगवान को प्यारो भयौ l
    कांग्रेस ले तिम्रो कहिले उचित सम्मान गर्न जानेन सबै भ्रस्ट लाइ प्रधानमन्त्री बनायो तिम्रो नाम कहिले पनि लियन र त आज कांग्रेस बाटाको भुस्य कुकुर जस्तो भयको छ अब त झन् कांग्रेस के हुने हो राम्चंरे र सेरे को पार्टी

    Reply
  29. Binod Chapagain says:
    December 2, 2012 at 12:00 pm

    हार्दिक श्रद्दान्जली आदरणीय नेता भिम बहादुर तामांग प्रति – उंहाको इमान्दारिता र स्पष्टताको खाँचो जनतालाई खट्किने भो

    Reply
  30. sajan sharma says:
    December 2, 2012 at 11:43 am

    RIP mr tamang! hope this new generation will follow ur foot step.

    Reply
  31. Lakshman says:
    December 2, 2012 at 11:11 am

    किशुनजी पछी नेपाली कांग्रेसमा बाकि रहेका एकमात्र इमान्दार ,सरल ,आदर्शवान, नैतिकवान व्यक्ति जसले आफ्नो सारा जीवन सत्य , निष्ठा ,र आदर्शको राजनीतिमा व्यतित गर्यो / जातीयताको आधारमा देशलाई टुक्रा पार्ने र साम्प्रदायिक राजनीति गर्ने कुरा को उहाँ बिरोधि हुनुहुन्थ्यो जसले उहाँको राजनैतिक दुरदर्शिता प्रस्ट पार्दछ / अब नेपाली कांग्रेस पुरै सुन्यमा झरेको छ , अब कांग्रेसमा एउटा पनि नेता छैनन् जो तामांग जी जस्तो आदर्श र नैतिकताको लामो इतिहास बोकेको होश , गिरिजा ,देउबा , रामचन्द्र , खुम बहादुर , चिरन्जिबी वाग्ले , गोविन्दराज जोशी , जस्ता भ्रस्ट र नालायक हरुको बोलवाला भयको पार्टीमा भिमबहादुर जस्ता सत्यनिस्ट महापुरुस ओझेलमा पर्नु कुनै नौलो कुरा भने होइन / अचेलका नेतामा राजनीति गर्नु भनेको केवल मन्त्रि हुनलाई हो र मन्त्रि हुनु भनेको केवल कमाउनका लागि हो भन्ने मान्यता छ /
    त्याग र समर्पणका प्रतिमूर्ति भिमबहादुर तामांग जी प्रति हार्दिक श्रधांजलि अर्पण गर्दै ,उहाँको आत्माले चिर शान्ति पाओस भनी भगवानसंग प्रार्थना गर्दछु/

    Reply
  32. dilchen rai says:
    December 2, 2012 at 10:36 am

    मैले ऐले सम्म माई संसार मा कहिले कमेन्ट गरेको छैन. आज मन थाम्न सकिन . राम्रा मान्छे सकिंदै जानु, नराम्रो मान्छे हरु को हाली मुहाली हुनु , सायद मेरो देश को भाग्य नै यस्तै होला. काँग्रेस पार्टी लाई ऐले सम्म बचाई राख्नु भएको नेता मध्ये भिम बहादुर तामांग पनि हुनु हुन्थ्यो. उहा को आत्मा को चिर शान्ति को कामना गर्दछु. हे राम !

    Reply
  33. Roshan Sharma, Australia says:
    December 2, 2012 at 9:26 am

    सालोक्य जी कस्तो विश्वास गर्न गार्हो हुने समाचार ले हृदय दुखेको छ / जो व्यक्ति को खाचो देसलाई परेको बेलामा राष्ट्रिय ‘स्वाभिमानी’ व्यक्तित्व गुमाएको मा हार्दिक ‘श्रद्दान्जली’ !!!
    यस दू:खद घडी मा उहाका परिवार र शुभेच्छुक हरुलाई भगवान ले सहने र उहाको आदर्स लाई प्रचार गराउने सक्ति प्रदान गरुन भनि श्री सब शक्ति भगवान संग प्रार्थना गर्दै – तलको लिंक को बाध्य र भजन को स्पर्स गर्ने पवन ले देशमा शान्तिको तरङ्ग फैलियोस भन्दै ‘उहाँको महान आत्मा लाई चिरा शान्ति सहित स्रदान्जली’ !!!!

    https://www.youtube.com/watch?v=aK8q_pg2YmU
    http://www.youtube.com/watch?v=2T1GpicF2s8
    http://www.youtube.com/watch?v=duyecL7DDzY

    Reply
  34. Dataram Sharma says:
    December 2, 2012 at 9:24 am

    नेपाली कांग्रेसको, साँच्चै भन्नुपर्दा, सबभन्दा आदरणीय, योग्य, निस्वार्थी, कर्मठ, त्यागी नेता | यिनी भन्दा योग्य कांग्रेस को सभापति हुन कोहि थिएन | तर गिरिजा जस्ता भ्रष्ट, अप्रजातान्त्रिक को विरासत र शेरे जस्ता असक्ष्यम, भ्रस्ट को हाली मुहाली भएको पार्टी मा यिनको केहि लागेन |

    Reply
  35. बिक्रम नेपाली says:
    December 2, 2012 at 9:01 am

    नेपाली राजनीतिका उदाहरणीय ब्यतित्व स्व भीमबहादुर तामांग प्रति गहिरो सम्मान र श्रन्दाजली!

    कांग्रेसका सच्चा र इमादार नेता जति चाहिँ मरेर गएपछि (विपी कोइराला, गणेशमान सिंह, भिम बहादुर तामांग, कृष्ण प्रसाद भट्टराई) अब बाँकी रहे को? बेइमान, भ्रस्टहरु !!

    जसरी कांग्रेसमा इमान्दार नेताको खडेरी पर्दै छ, कांग्रेस पनि दिशाविहीन हुँदै अवसानको दिशामा बढदै छ ।

    केहि इमान्दार ठानिएका नेता “शिशील दा” को पनि बुढेसकालमा प्वाँख पलाएर उक्खपात भएको छ, रास्ट्रलाई अनिर्णयको बन्धि बनाएर बेला न कुबेला उनलाई नि प्रधानमन्त्री हुनुपर्या छ । रामचन्द्रजी एक ताली प्रधानमन्त्रीको कुर्सीमा नथेच्चारी उनको अन्तिम सासको घिड़घिड़ो त्यसै जानेवाला छैन । अन्य कांग्रेसी नेता र सभापतिज्युहरु आफु मध्ये कोहि भ्रस्ट्राचारको मुद्दामा मुछिए, राज्य संयन्त्रलाई नै चुनौती दिंदै सड़कमा आगो बाल्छन !

    अनि के नहोस त इमान्दार नेताहरुसँगै कांग्रेसको अवसान !

    Reply
  36. Basanta says:
    December 2, 2012 at 8:58 am

    स्वर्गीय भिम बहादुर तामांग मा मेरो हार्दिक श्रद्धान्जली छ देश ले इमान्दार नेता गुमयाको छ . तर माथि लेखिएको कुराहरु संगै हालसाल घटेको एउटा घटना भिम बहादुर तामांग जी संग सम्बन्धित raheko थियो बिमला तामांग भन्ने महिला ले बैदेशिक रोजगार को नाम मा फिनल्याण्ड पठाउने भनेर २३ करोड हजम परेको र सोहि मामिला मा विभिन्न पत्र पत्रिका मा समाचार पर्कसित हुँदा निज महिला स्वर्गीय भिम बहादुर तामांग को बुहारी हु भनी लेखिय को थियो . पहिला पनि सोहि महिलाले पोखरामा यस्तै घटना घतौदा पनि भिम बहादुर तामांगले नै निज महिला लाइ बचेको थियो रे भन्ने कुरा सुनियाको थियो .र हाल को २३ करोड को मामिलामा पनि निज लाइ भिम बहादुर तामांग ले बचाएको र सो केस नै सुन्य बनिएको भन्ने कुरा सुनिन एको थियो की यो साचो हो त?

    Reply
    1. Yudhir Magar says:
      December 2, 2012 at 5:19 pm

      बसन्तजी,
      यो संसारमा दुधले धोएको कोही छैन| स्वयम् गान्धी पनि यसमा पर्छन|
      यति त् पचाउन सक्नुहुन्छ कि राजनैतिक दल र नेताहरुमा आर्थिक र नैतिक भ्रस्टचारको पराकाष्टामा भीम बहादुर सायद दुर्लभ बस्तु हुन्| यो उनको राजनैतिक जीवनको लामो कालखण्ड हेरेर गरिने मापन हो| नेताहरुले कसलाई सिफारिश गरे भनेर औंला ठहर्याउँन भन्दा पहिले किन र के फायदा उठाउन गरे र त्यो साँचो हो होइन भनेर अलि बुझेर गरे राम्रो हो| हाम्रो नेपालमा पंचायती व्यवस्थाले नाकमा लगाएको ताला खोलिदिएपछी पत्र पत्रिकामा पुर्वाग्रहले जे पायो त्यही लेख्ने गरेका छन्, साँचो हो वा हल्ला वा आर्थिक प्रलोभन वा अरुलाई काट्न होस्| तपाईले यो पनि बुझ्नु भएकै होला| त्यसको मतलब इमान्दरीपुर्बक पत्रकारिता गर्ने छंदैछैन भन्ने होइन|
      जे होस्, तपाइले आफ्नो कुटिल अभिव्यक्ति उजागर गर्न यो भन्दा कुसमय अरु रोज्न सक्नु भएनछ| तपाईको खुम्चिएको सोच र अँध्यारो आत्माले शान्ति पावस, अब भीम बहादुर हुनुभए| कांडाको आँखामा काँडा संसार|

      Reply
  37. द्रोण says:
    December 2, 2012 at 8:52 am

    I express deep condolence on demise of this nice gentleman who set up an example to new generation.I did not know about him.Now I see among the countable number of good leader in Nepali congress he was the one.(
    i barely see good and honest people in politics.
    I count Narayan man bijukchhe ,Daman Dhungana,Baburam,Prakash Chandra lohani ,but others may have different openion about them.

    Reply
  38. तेन्जिंग गाबा says:
    December 2, 2012 at 8:44 am

    # भ्रस्टाचार गरेर अकुत सम्पति किन कमाउने ?
    # पदीय शक्ति दुरुपयोग गरेर आफ्ना नाता गोतालाई मात्र किन कमाउने ठाउमा पुराउने ?
    # धन-सम्पति-शक्ति-पद-प्रतिष्ठा किन आर्जन गर्ने ?
    सबै प्रश्नको उत्तर १ शब्दमा भन्नु पर्दा ————–“खुशी”
    *******************************************************************
    * सानो हुदा नया लुगा लगाउनु पाउदा खुशी
    * तन्नेरी हुदा राम्री केटिले पुल्लुक हेरी दिदा खुशी
    * बुढेसकालमा कब्जियत खुल्दा (राम्रो संग दिसा-पिसाब जादा) खुसी
    खुसी भन्ने कुरो सानो कुरोमा नै लुकेको हुन्छ
    *******************************************************************
    यति जाबो कुरो पनि हामीले बुझ्न सक्दैनौ
    जसले यस्ता कुरो बुझछन तिनीहरु नै “भीमबहादुर तामांग” जस्तो महान व्यक्ति बन्छन, त्येस्तो महान त्यागी आदर्श पुरुषलाई मेरो भाबपूर्ण श्रदान्जली /
    ********************************************************************
    नोट: प्रतिक्रियाको केहि अंश “बुद्दिसागर” को फेसबुकबाट साभार गरिएको हो/

    Reply
  39. बिक्रम नेपाली says:
    December 2, 2012 at 8:42 am

    नेपाली राजनीतिका उदाहरणीय ब्यतित्व स्व भीमबहादुर तामांग प्रति गहिरो सम्मान र श्रन्दाजली!

    Reply
  40. Dipak Titung Tamang says:
    December 2, 2012 at 8:37 am

    A great ‘Gandhibadhi’ leader of Nepal.Nepal and Nepali people loss the Historic,Honesty and a great Patrostic leader.We always remember Mr Tamang.Heartly Homage!
    Itahara-2,Morang,[email protected]

    Reply
  41. राम चन्द्र ज्ञवाली says:
    December 2, 2012 at 8:34 am

    बाचुन्जेल तिमि गुमनाम थियौ कसैले तिमीबाट के नै सिकेर
    मरेर गयौ सबै ले तिम्रो गुण गान गाउदै छन् अघिसरेर
    फुल थियौ तिमि सुवास कोहि लियन जीवित रहुन्जेल सम्मन
    ओइलियरगयौ हामि बाट टाढा तिम्रै गुण का कुरा सबै गर्छन
    सादा जीवन उच्च बिचार बितायौ नेपालि नेता मा यक
    समबेदना र सर्दांजलि छ बिर्सी बैरभाव असन्तुस्ट अनेक
    राम चन्द्र ज्ञवाली

    Reply
  42. jeevan verma says:
    December 2, 2012 at 8:27 am

    देश को सब भन्दा चोर,फटाहा र भ्रस्ट भएको पार्टी मा रहेर निस्कलंक जीवन बिताउनु चानचुने कुरा होइन | | शेर बहादुर, खुम बहादुर, राम चन्द्र पौडेल जस्ता व्यक्ति सित बसेर निस्कलंक छबी बनाउनु भनेको धेरै ठुलो कुरा को तर तपाइले गरेर देखी दिनु भो | सलाम भिम बहादुर तामांग ज्यु |

    तपाइको आत्मा को चिर शान्ति को कामना ?

    Reply
    1. Sisir says:
      December 2, 2012 at 1:22 pm

      होइन के भन्न खोजेको मित्र , यो देशको कुन चाही पार्टीमा चोर,फटाहा, भ्रस्ट, डाका हत्याराहरु छैनन् र ? सारै अन्धो भएर लेख्नु भएन … देश पहिले कांग्रेसीले लुटे , तेस पछि एमालेले , अनि राप्रपा र सद्भावना पार्टीहरुले र अहिलेको नया नेपालको लुटतन्त्रका नाइकेहरु माओबादी र मधेसी मोर्चा भएका छन् … सबै एकै दयांगका मुला हुन् … मौका पाउदा कसैले नेपाल आमाको बलात्कार गर्न छाडेनन …
      जे भएपनि भिम बहादुर तामांग एक निष्ठावान राजनीतिज्ञ थिय .. मलाई त उनको जीवन दर्शन एकदमै मन परेको थियो … हार्दिक श्रधान्जली .. भिम बहादुर तामांगको जीवनबाट केहि सिक भ्रस्ट सत्तामोही सम्पूर्ण नेता भनौदाहरु हो ..

      Reply
      1. jeevan verma says:
        December 3, 2012 at 4:48 am

        मैले दुधले नुहाएको भनेर कुनै पार्टी लाई भनेको पनि छैन न र भन्ने वाला पनि छैन. मैले के मात्र भनेको भने सब भन्दा भ्रस्ट, फटाहा बेइमान भएको पार्टी भनेको मात्र हु|

        एउटा नेपाली भएको नाताले मेरो लागि भ्रस्ट चार भ्रस्टाचार नै हो | तर माओबादी ले सुन को फुल पर्ने कुखुरा को अन्डा चोरे भने नेपाली कांग्रेस ले कुखुरा नै मार्यो | माओ बादी मा एउटी मात्र पुष्प कमल दाहाल छन् भने नेपाली कांग्रेस मा हरेक पुष्प कहां दाहाल हुन् | da

        शेरे ले गिरिजा ले माओबादी लाई यसनिम्ति मल जल गरेको माओ बादी को नाम मा हतियार किन्न पाइन्छ जस्मा सारै धेरै कमिसिन खान र भ्रस्टाचार गर्न पाइन्छ |

        तपाई ले भन्नु भयो होला म कतै UML त होइन | मा त्यो पार्टी ( पाटि ) को कुरा यस निम्ति गर्दिनकी त्यो हिजडा हो – माकुने = फटाहा , झाले =चोर एंड ओली= डाका लाई नेता र UML लाई पार्टी कसै भन्ने |

        Reply
  43. Teepahang says:
    December 2, 2012 at 8:25 am

    भीमबहादुर तामाङको आत्माले चिर शान्ति पाओस !!
    उनि निष्ठावान इमान्दार नेता थिएछन् । यो कुरा उनले मृतु बरण गर्न अघि थाहा पाएको थिइन । सायद राजनीति प्रतिको बेवास्ताले गर्दा पनि होला । हुनत कसैले मलाई अहिलेको राजनैतिक अबस्थाबारे प्रस्न गर्यो भने बाबुराम भट्टराई प्रधानमन्त्री भन्ने थाहा छ – त्यति हो । तर मलाई राजनैतीक ‘अपडेटस’ कन्ठ नभएको मा एक रत्ती पनि आत्माग्लानी चै छैन ।
    भीमबहादुरजी जिबनभर छायामा परिरहनुले सक्तिको लागि इमान्दारीता मात्र सबै कुरा होइन रहेछ भन्ने कुरा उहाँको राजनैतीक जीवनले प्रमाणित गरेको छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme