Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माल पाएर चाल नपाएपछि..

Posted on November 6, 2012 by Salokya

काठमाडौँमा बेलायतको जस्तै ट्राफिक लाइट शीर्षकमा माइसंसारमै राखेको ब्लग तपाईँलाई याद हुनुपर्छ। खासमा यो पेलिकन लाइट pedestrian light controlled थियो। अर्थात् पैदल यात्रुहरुले रातो बत्ती बाल्ने नियन्त्रण गर्न सकिने ट्राफिक लाइट। तर ती बत्ती प्रयोगमा आउँदा पैदल यात्रुले नियन्त्रण गर्न नसकिने बनाइएको थियो- दुरुपयोग हुने डरले। त्यति गर्दा पनि, ल हेर्नुस् त अचम्म, एक महिना नबित्दै त्यस्ता लाइटको प्रयोग बन्द गर्नुपर्ने बाध्यता आइलागेको छ। हरे, एसियाली विकास बैँकको सहयोगमा जडान गरिएको लाइटको पनि यो गति..! माल पाएर चाल नपाएपछि के गर्नु !


किन गर्नुपर्‍यो त बन्द ?
गाडी चालकले नटेरेकोले रे। हुन पनि हो। हामी आफैले अनुभव गरेका थियौँ पटक-पटक। अफिस छेउको सुन्धाराको लाइटमा रातो बत्ती बल्दा पनि गाडी नरोक्नेहरुलाई हामी आफैले रातो बत्ती बलेको देखेनौ भन्दै गाली गर्दै बाटो काटेको अनुभव छ हाम्रो।

अहिले ‘महानगर’ काठमाडौँमा कहीँ पनि ट्राफिक लाइट सुचारु छैनन्। कति ठाउँको त ट्राफिक लाइट नै बिग्रेर के-के भइसक्यो। जापानले सोलार पावरबाट चल्ने गरी बनाइदिएका ट्राफिक लाइटहरु संभारको अभावमा थोत्रिसके। अनि के टेर्थे त चालकहरुले लाइटलाई !

त्रिचन्द्र कलेज अगाडि, पुरानो बसपार्क, कालिमाटी, कुलेश्वर, कुमारीपाटी, चाइना टाउन, सुन्धारा, न्युरोड, लगनखेलमा राखिएका लाइटलाई लोडसेडिङको बेला पनि बन्द नहुने गरी विद्युत आपूर्ति मिलाइएको थियो। गाडी चालकले नटेर्नु मात्रै यसको कारण नहुनसक्छ। किनभने यो जडान हुनुअघि नै ट्राफिक प्रहरी सन्तुष्ट थिएन। ट्राफिक लाइट जडान गर्ने, संभार गर्ने जस्ता व्यवस्थापनको काम सडक विभागले गर्छ। ट्राफिक कार्यालयले यो बत्ती आफूहरुसँग नसोधी, सहकार्य नगरी राखिएको भन्दै असन्तुष्टि जनाएको थियो। अहिले आएर बन्द गराउनुमा यही असन्तुष्टि पनि कारण हुनसक्छ। कुन ठाउँमा ट्राफिक लाइट राखे ठीक होला भनी ट्राफिकलाई सोधेर सहकार्य गरी राखेको भए यो गति हुँदैन थियो।

केही दिन त लाइट नजिकै स्वय‍ंसेवकहरु पनि खटिएका थिए। तर सँधै के खट्न सक्थे र उनीहरु। सँधै खट्नु पर्ने भए त लाइट नै किन चाहियो र, मान्छे नै बसे भइगो नि! फेरि पेलिकन लाइट भनेर जडान गर्ने अनि पैदल यात्रुले नियन्त्रण गर्नलाई राखिने बटन नै निस्क्रिय बनाउने कामदेखि नै सुरुवात झुर भइसकेको थियो यसको।

दाता एसियाली विकास बैँकले लाइटको यो गति थाहा पाए के भन्दो हो!

46 thoughts on “माल पाएर चाल नपाएपछि..”

  1. Jyoti Rijal Rimal says:
    November 8, 2012 at 5:29 pm

    नेपालिले एकले आर्कोलाई दोसशारोपण गरुन्जेल नेपाल मा केहि हुदैन। जुन दिन देखि नेपालीले आरुलाई दोष लगाउन छोडेर आफैमा शर्म गर्नेछ तब इ सब काम राम्रो सन्ग हुनेछ।

    Reply
  2. Bikash Shrestha says:
    November 8, 2012 at 3:28 pm

    सडक बिभाग को लापरवाही को कुरा गर्दा होजो नोवेम्बेर ६ का दिन काठमाडौँ को छेत्रपति चोक को दुर्दशा हेर्दा जो कोहिले पनि सडक बिभाग लाई गाली गर्छा / कुरा को थियो भने सडक बिभाग ले बाटो मर्मत गर्न ग्राबल र गिट्टी बाटो को बिचा मा खन्याएर गाडी हिड्न नमिल्ने बनायो / त्यहाँ को हालत जसले देख्यो भोग्यो तेस्ले मात्र थाहा हुन्छा . ट्राफिक ले बाटो बीच मा गाडी बिग्रेर अड्कियो भने द्रिवर लाई गाली गरेर हटाउन लागौछा तर त्यो पांग्र नभएको गिट्टी र ग्राब्ले लाई कसले हटाउने ?

    Reply
  3. Dev K Tamang says:
    November 8, 2012 at 12:33 pm

    ट्राफिक लाइट प्रयोग गरी २४ घण्टाको कुन समयमा कतिबेर गाडी रोक्ने भन्ने कम्प्युटर प्रोग्रामिङ हुन्छ । त्यो जापानिजले नेपालको सडक बिभागका इन्जिनियरहरुलाई सिकाएर गएको थियो । आवश्यकता अनुसार त्यसलाई घटबढ गर्न मिल्छ । ट्राफिक प्रहरीहरुलाई उक्त प्रबिधि सिकाएको छ छैन थाहा भएन । यदि त्यो ज्ञान भएन भने गाडीको चाप दैनिक भएको भन्दा फरक हुनासाथ बत्ति निभाएर हात हल्लाउनु पर्ने हुन्छ । सडक बिभाग र ट्राफिक कार्यालयको समन्वय हुनु जरुरी छ । लन्डनमा जस्तो पदयात्रीले आफै स्वीच थिचेर बाटो काट्ने ब्यबस्था पनि भविश्यमा होला । आशा गरौं ।

    Reply
  4. रमेश के सी , सोलुखुम्बु says:
    November 8, 2012 at 11:43 am

    रातो बत्ति बल्ने बित्तिकै रोड़को stop line बाट फलामे काडा उम्रने system हुनुपर्छ नेपाली चालक बन्दुहरुको बानि सुधार्न त …..

    Reply
  5. shishir barakoti says:
    November 8, 2012 at 3:24 am

    घण्टा थाहा हुन्छा त नियम मैले ९ क्लास देखि byke चलाको liscence नै नबनाई bbs सकियो Kudaiyoo ……जब liscence बनाउने बेला आयो भनसुन गरियो निकालियो…लिखित सिखित साब traffic ले नै garidiyoo त्यो रातो बत्ति मा रोक्ने फुक्ने सुक्ने….रामोराम आइले सम्म नियम रामरी थाहा chhina भन्या……………………मात्र Kudauna औछा त्तेत्ति हो………………..

    Reply
  6. yash says:
    November 8, 2012 at 2:11 am

    ”भत्काई दिन्छु बाख्राको खोर पनि ” भन्ने जस्तो गीतको संस्कार पालेका अनि ‘पुरानो संरचना भत्काए नया बन्छ” भन्ने राजनीतिक चेत बोकेका हामी नेपाली हरुले माल पाएर चाल नपाउनु के ठुलो कुरो भो र ? |

    Reply
  7. P P Tamu says:
    November 7, 2012 at 9:59 pm

    बाँदर को हात मा नरिवल भने जस्तै हो l नाना भाति को बखेटा वा निहु निकाल्दै देश को बदनाम l

    Reply
  8. Suraj Shrestha says:
    November 7, 2012 at 9:12 pm

    ट्राफिक बत्तीको साथै/सट्टा लामो ढिस्को (स्पिड ब्रेकर) राखेमा आफै सवारीको गति कम भै हाल्छ |

    सुरज श्रेष्ठ

    Reply
    1. neerose says:
      November 8, 2012 at 4:04 am

      हेल्लो, पहिले ट्राफिक लाइट र स्पिड ब्रेकरको बारेमा ज्ञान बटुलौअनि राम्ररि थाहा पाई फरक छुट्याई कन प्रतिक्रिया दिने गरौ है!
      बरु तराइक लाइट रेड हुदाखेरी त्यो सडकको वारपार हुने गरि मसिनो तिखो चुच्चो टायर छेदन सक्ने पिन हरु वोच्छिने पद्दतिको बिकाश गरि प्रयोग गरेमा हाम्रो नेपालि द्रैबरको बुद्दिमा तेस्ले घोचेर पंक्चार गरिदिन्थे अनि ठिक हुन्थ्यो होला!

      Reply
  9. द्रोण says:
    November 7, 2012 at 6:38 pm

    when there comes a question of ending anarchism ,,mismanagement,lawlessness every Nepalese shout in one voice for strict rule of law.but nobody is going to hear in this place where politics is flourishing as business.Everybody feels and realizes but nobody listens.
    The matter of fact is we all are the part of this anarchism.
    Who should initiate to end this perilous situation?
    government ?or common people?leaders?
    Does this Bihari education system of our country teach this lesson?
    some people used to talk about progressive education?where is that now?

    Reply
  10. Ram Kumar says:
    November 7, 2012 at 5:41 pm

    तेयो अनुज भन्ने त पागल हो कि क हो चोरहरु नेपालमा बस्ननसकेर भाडामाजन जान्छ नेपाल विदेश मा भाको जति सिछित रे सिछित भाको भएत नेपालमा बसिहाल्थेओ नि नेपालमा बस्न नसकेर विदेश जाने खाते हरु हो बरु

    Reply
  11. Basanta says:
    November 7, 2012 at 3:15 pm

    बाँदरको हातमा नरिवल हा हा नेपालमा बिकाश को बाटो र अरुको सहायताको कुनै कहिल्य मुल्यांकन भएन र हुँदैन पनि .

    Reply
  12. Dipendra says:
    November 7, 2012 at 2:58 pm

    देश नै ध्वस्त भैसक्यो त्यो जाबो लाइट

    Reply
  13. Bhim Narayan Yadav says:
    November 7, 2012 at 2:39 pm

    समग्रमा देशका नागरिक के-कस्ता छन्, कस्तो व्यहार गर्छन्, के सोच्छन् भन्ने सर्सर्ती जान्न त्यो देशको ट्राफिक नियम पालना हेरे पुग्छ।

    Reply
  14. razen says:
    November 7, 2012 at 12:09 pm

    हा हा हासो लाग्छ स्थिति हेर्दा पनि यार |

    Reply
    1. Dinesh says:
      November 7, 2012 at 6:03 pm

      के हासेको दात साबि देखियो..आफ्नो देशको परिस्थिति माथि हास्ने तिम्रो घर कता हो?

      Reply
  15. Anup says:
    November 7, 2012 at 11:26 am

    पहिले हामी नेपाली नागरिकहरु आफैमा चेतनशील, सभ्य, अनुशाशित हुनु परयो | यो तिन गुण जबसम्म हामीमा बिकाश हुदैन तब सम्म रास्ट्रको बिकाश सम्भब छैन | बिकाश भनेको नेताहरुको मागी खाने भाडो भन्दा अन्नेथा बन्न सक्दैन |

    Reply
  16. anuj says:
    November 7, 2012 at 10:30 am

    सवारी चालक को ego
    पैदल यात्रुको ego
    अनि सरकारी ego
    को भन्दा को कम छ नेपालमा
    सबै सिछित भद्र भलाड्मी विदेश मा छन्, मुन्द्रे गुन्डाहरु रेमित्तंसको धाक दिदै TC, Shankardev, Public youth, Ascol etc. मा छन्, येस्तई हो.

    Reply
    1. Nimesh Paudyal says:
      November 7, 2012 at 2:37 pm

      ए भनेसी तपाई बिदेशमा भाडा माझ्ने हरु चाहिँ शिक्षित, भद्र, भलादमी, अनि हामी यहाँ नेपाल मै सरकारी कार्यालमा काम गर्ने हरु चाहिँ पाखे?

      Reply
      1. Sudip Sharma says:
        November 7, 2012 at 7:51 pm

        मित्र..यी सरकारी क्याम्पसमा पढेर नेताका भाडाका टट्टू बन्ने हरु चाही पाखे नै हुन् ..लौ जा..तर मा चाही नेपालमा नै बस्छु है!!

        Reply
      2. Rabin says:
        November 7, 2012 at 7:58 pm

        बिदेशमा भाडा माझेर नेपाल पठाको पैसाले तपाईको तलब पाकेको छ! कुर्सीमा बसेर, राजनीति गफ गरेर आफ्नो टेबलमा भएको काम समयमा नियमपुर्वक घुस र भ्रस्टचार नगरी गरेको भए उही विद्वान र पढेलेखेकाहरुले तपाईको वाह वाह गर्थे ! नेपालमा ८०-९०% चालकलाई सवारी नियम थाहा छैन र थाहा हुनेले पनि नियममा चलौदैनन ! तपाइको चिने जानेका विदेशी आफन्तले भाडा माझे भन्दैमा समस्त प्रबाशी नेपालीलाई तेसरी नहोच्याउनुस | बिदेशमा भएनी, जे-जस्तो काम/पेशा भएनी आफ्नो काम नियममा र समयमा गरेका छन् ! काम र समयको मतलब जानेका छन् | आफ्नो कार्य कोठामा एक दिन आफै कुचो लाउनुस अनि थाहा हुन्छ बिदेसका हाकिम र नेपालका अल्छी बेकम्मा हाकिमको मतलब !
        – सबैलाई नभर निकम्मा सरकारी जागिरेलाइ भनेको |

        Reply
        1. Rohit says:
          November 9, 2012 at 12:11 pm

          “आफ्नो कार्य कोठामा एक दिन आफै कुचो लाउनुस अनि थाहा हुन्छ बिदेसका हाकिम र नेपालका अल्छी बेकम्मा हाकिमको मतलब ! – सबैलाई नभर निकम्मा सरकारी जागिरेलाइ भनेको |”

          हाहाह रबिनजी चित्त bujhyo त्यो लास्ट को लाइन ले . btw sudip जी ले पनि DV त वारेका त होलान नि, पयेया त अमेरिका गयेर भाडा मज्ज्थेअ नि तर क गर्ने द्व नै पर्य होइन 😉

          Reply
      3. Damodar says:
        November 7, 2012 at 10:48 pm

        हाहा विचरा नेपाली मुन्द्रेहरु अम्रिका जान पाए पो थाहा पाउथे मानिस भए पछि कत्तिको भलाद्मी भएर बस्न पर्छ भन्ने. पड्ने बेला गुच्चा खेल्यो , बुद्दी सपार्ने बेला मान्छे कुट्यो, ट्याप खायो, गाजा खायो अहिले रातो बत्ति बलेसी हिड्ने कि बस्ने थाहा छैन . नेपाल मा केहि ल्याएर नि काम छैन . जबसम्म यी मै हु भन्ने ट्यापेहरु सब कतार गएर तातो घाम मा काम गरेर केहि सिक्दैनन , नेपाल कहिले उभो लाग्दैन.

        Reply
    2. aashishjii says:
      November 7, 2012 at 9:31 pm

      अमेरिकन एम्बेसी धाउदा धाउदा भिसा नलागेको रिशले जति सब येही निकाल्यो यो निमेष भन्ने ले :प्

      Reply
  17. रबिन्द्र राज गिरी says:
    November 7, 2012 at 9:58 am

    चोर्नेलाई नचोरी चित्त बुझ्दैन | नियम उलंघन गर्नेलाई त्यो नै नगरी सन्तुष्टि हुँदैन | हाम्रोमा संस्कार नै त्यस्तो बसेको छ | यसलाई परिबर्तन गर्न धेरै परिश्रम र त्याग गर्नु जरुरि छ | हामी सबै त्यो गर्न सक्छौं कि सक्दैनौं, त्यो नै प्रमुख कुरा हो |

    Reply
  18. Rabindra Tiwari says:
    November 7, 2012 at 9:48 am

    कतिजनालाई त्यो कम फत्ते गरे बापत कति कुम्ल्याउने दाउ थियो होला …साठ गांठ मिलेन होला अनि यो हबिगत भाको मा सोरै आना सत्य छ ।

    Reply
  19. योगेश आदी, न्यूयोर्क says:
    November 7, 2012 at 9:24 am

    नेपालमा राजनीतिक अस्थिरताको कारण कुनै पनि बिभाग तथा निकायले स्थायी प्रणाली अनुसार काम गर्न पाएको छैन / सबैभन्दा डरलाग्दो त हरेक निकायहरुमा हुने राजनैतिक नियुक्ति हो, जसले गर्दा योग्य व्यक्तिहरु सधै ओझेलमा पर्दछ र सरकार परिवर्तन नै पिच्छे त्यसको प्रत्यक्ष असर पर्दछ !
    अन्यथा नेपालमा भैरहेको भौतिक पूर्वाधार निर्माण आशालाग्दो नै देखिन्छ /
    – यो सडक बत्तीमा पनि स्पस्ट नीति र अनुगमनको अभावमा बिरबलको खिचडी बन्न गएको मात्र हो /
    मैले युरोप र अमेरिकाको ट्राफिक प्रहरीहरु नजिकबाट देखें; तुलनात्मक रूपमा बाहिरबाट हेर्दा अमेरिका न्यूयोर्कको ट्राफिक प्रहरी भन्दा नेपालको ट्राफिक प्रहरी धेरै नै आकर्षक, सफा र दुरुस्त देखिन्छ ! केवल फरक यति छ कि; अमेरिकामा प्रहरीदेखि पब्लिक (नेपालमा पंचायतकालमा थर्केको जस्तै) थर्कन्छ भने, नेपालमा माइक्रो ड्राइभरदेखि साइकलवालाले पनि टेर्दैनन्
    – यसर्थ, नेपालमा बिस्तारै सबै कुराहरु सुधार हुँदै जाने कुरामा बिश्वस्त छु !

    Reply
    1. रमेश के सी , सोलुखुम्बु says:
      November 8, 2012 at 1:31 pm

      नेपालको कुरा गर पासा नेपालको, खासा भन्दा पर नगएको मान्छे संग न्यूयोर्क ,कतारमा र डेनमार्क गुफ नदे न यार …..

      Reply
  20. Nabin Bhai says:
    November 7, 2012 at 5:20 am

    मैले NEW YORK रातो मा कटाउने भएको ड्याम्म $१०० तिरायो मलाई आज नै

    हाम्रो देश मा पनि येस्तई कानुन हुनुपर्छ …

    मलाई त्यो $१०० तिरेको कोमा कुनै गुनासो छैन तर मेरो देश मा पनि येस्तई कानुन नभाको मा चै गुनासो नै छ ..तर गुनासो गरेर भुत्रो हुनु ..हाम्रो कुरा कसले सुन्छ र ??

    Reply
    1. Thapa says:
      November 7, 2012 at 1:22 pm

      ए न्यु योर्कमा सस्तो पो रहेछ कतारमा रातोमा कटायो भने ६००० रियाल अर्थात् करिब १४४००० नेपाली रुपैया तिर्नु पर्छ

      Reply
      1. योगेश आदी, न्यूयोर्क says:
        November 7, 2012 at 5:57 pm

        अझ न्यूयोर्कमा त पुलिसले टिकेट दिन्छ, अदालतमा मुद्धा चल्छ..उस्तै परे मुद्धा नै डिसमिस हुन्छ / बिना पैसा नै छुटकारा पनि मिल्न सक्छ !!

        Reply
    2. Bhim Narayan Yadav says:
      November 7, 2012 at 4:51 pm

      डेनमार्कमा साईकलले ट्राफिक नियम उलन्घन गर्यो भने ७०० क्रोनर (लगभग नेरु १०,०००) फाइन लाग्छ।

      Reply
      1. Vijay says:
        November 9, 2012 at 1:51 pm

        फिनल्याण्ड मा चाही अलिक सजिलै छ साइकल लाइ…कैले काही मैले नै रेड लाइट मै घुसाइदिन्छु. यता हेर्यो गाडी आको छैन, उता नि छैन….दाया बाया खालि , अनि को चाहि हरियो बत्ति कुरेर बसोस त?

        Reply
  21. amrit says:
    November 7, 2012 at 4:53 am

    बाँदरको हातमा नरिबल. कानुन हातमा लिने बानि परेका हामी नेपालीहरुलाई सव्यता कुन चराको नाम हो अझै थाहा छैन .

    Reply
  22. गगने says:
    November 7, 2012 at 4:47 am

    मार्केट रिसर्च नगरी, अध्यायन नगरी मात्र बजेट सक्याउँन र काम देखाउन गरेको कुराले कहिलेपो राम्रो प्रतिफल दियको कहा छ र?
    कुनै काम वा साधन (भनौ कुरा, कुनै कुरा) बादरले प्रयोग गर्ने वा बादर समात्ने, भगाउने वा बाँदरको नियन्त्रण अनि ब्यबस्थित गर्नको लागि प्रयोजनमा ल्यायको हो भने पहिले बाँदरको बानीबेहोरा, क्रियाकलाप,रुची,आचरण, नियत आदि बादरको बेहोभियरको बारेमा राम्ररि सोध खोज र अध्यायन गरि अनि उपयुक्त निस्कर्षसहित मात्र कुनै साधन प्रयोगमा ल्याउनु पर्छ!
    नत्र सधै यसै भन्ने हो भनिरहने हो,
    “माल पायर चाल नपायपछी”
    “बाँदरको हातमा नरिवल”
    “मामाको धनमा फुफुको श्राद्द”
    आदि आदि, सधै उखानै हालिरहने हो!
    पहिले त यो ट्राफिक लाइट राख्ने कुरामा ट्राफिक कन्ट्रोल गर्ने सस्था वा बिभाग कार्यालय आदिसंग राम्ररि छलफल सहकार्य हुनु आबस्यक थियो (यहा भनियको छ,ट्राफिक कार्यालयले यो बत्ती आफूहरुसँग नसोधी, सहकार्य नगरी राखिएको भन्दै असन्तुष्टि जनाएको थियो।)
    यसो हो भने यो नै पहिलो गल्ति हो!
    यतिविधि राखिसके पछी देश अनुसारको भेष भने जसरि मकै बारीमा बाँदर धपाउन वा लखेट्न कोलागी भाटामा कालो हाड़ी घोप्त्यायर राखेको जसरी वा बुख्याँचा बनाइ राखेको जसरि त्यो ट्राफिक लाइटको माथि नक्कली र डमीनै भयपनी एक एक वोटा क्यामेरा अघिल्तिर र पछिल्तिर फर्कायर अनि बाटो काट्ने भुइँ तिर फर्कायर एउटा राखिदियाको भय मकैबारी पस्न बाँदरलाई बुख्याचाले डर दिय जसरि त्यो क्यामेरा ले अटेरी गर्ने ड्राइभरको सात्तो खान निकै सहयोगी हुन सक्थ्यो र तिनीहरुलाई तह लगाउने गत्तिलो उपाय हुन सक्थ्यो भन्छु म! किनकि मान्छेलाई अटेरी र गलत कार्य बाट रोक्ने सबै भन्दा ठुलो कुरा डर हो!
    अनि ट्राफिक ल्लैता संगसंगै सो क्यामेरा राखेको कुरा एक पटक धुम धाम संग प्रचार गर्नुपर्छ! ट्राफिक लाइट को भन्दा पनि क्यामेराको बढी प्रचार गरिनुपर्छ र उस्तै परे सय पचास ड्राइभरको नाम र गाडी नम्बर अनि लाइसेन्स नम्बर धरी पत्रिकामा प्रकाशित गरि स्पस्टिकरण को लागि बोलाउनु पर्छ (तह लगाउन कहिले काही थर्कौना पनि पर्छ)!
    दुइ चारसय नक्कली वा डमी क्यामेरा यात्रा तत्र राख्ने र त्यो दुइ चारसयको बिचमा दुइ चार वोटा चाहि सक्कली नै राखिदिने र सुरुगर्ने ड्राइभर तहलगाउ अपरेसन अभियान!
    गल्ति भेटायकाहरुलाई एक दुइ बर्ष ड्राइभिंग ब्याण्ड गरि लाइसेन्स जफत गर्ने जरिवानापनी गर्ने अनि सो को बारेमा सर्बसाधारण लाइ थाहा हुने गरि समाचार प्रकाशित गर्ने! यस्तो कुरामा काम भन्दा बढी प्रचार र ह्विम सिर्जना गर्नु जरुरि छ!
    यसो गरेमा ति अटेरी गर्ने जवार्दस्ती गर्ने नियमलाई पेवा सोच्ने ड्राइभर हरु छिटो भन्दा छिटो तह लाग्थे!
    यो कुरा त एउटा ट्राफिक लाइट लाइ राम्ररि सदुपयोग गराउन र सहरी ट्राफिक ब्याबस्थित गराउने बारेमा एउटा सानो खण्ड मात्र हो!
    खासगरी यो देशमा सवारि र सवारी चालक अनि सडक आदिको नियम र नियन्त्रण साथै चालक अनुमति को कुरालाई ब्याबस्थित र उपयोगी बनाउन गर्न सकिने थुप्रै कुराहरु छन् जसलाई आबस्यक परे बुदागत भन्न सकिन्छ!

    Reply
  23. सुजन बिक्रम says:
    November 7, 2012 at 4:18 am

    नेपालमा प्रजात्रंत, लोकत्रंत पनि माल पायर चाल नपाय जस्तै हो , तेइ भयर केइ हदसम्म निरंकुश्ता जरुरि छ |

    Reply
  24. nisha says:
    November 7, 2012 at 4:08 am

    विद्यान प्रधान मन्त्रि जु राजधानी को बाटाहरु फराकिलो बनाउन भन्दा पनि बढी महानगरपालिका मा भएका traffick light को नियम palana गरौनुहोस tapai को कार्यकाल को sabai भन्दा ठुलो उपबलाब्दी तेही हुन्छ बिकाश को सुरुवात तेही बाट हुन्छ नकी डोजर चलाएर ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    Reply
    1. रमेश के सी , सोलुखुम्बु says:
      November 8, 2012 at 1:35 pm

      निशा बहिनि

      “बिकाश को सुरुवात तेही बाट हुन्छ नकी डोजर चलाएर” मा चाहि असहमत है, खुरपते हरुले सरकारी जग्गा मिचेर कम्ति खायाका रहेछन त? डोजर नाचालाको भए यिनीहरुको असली अनुहार हामीले कांह देख्न पौथेउ र? बाबुराम सरकारको ठुलो उपलब्दी मान्छु है मा चै यो कामलाइ.

      Reply
  25. nisha says:
    November 7, 2012 at 4:01 am

    बुझ्ने लै श्रीखण्ड नबुझ्ने लै खुर्पा को बिड भनेको येही हो जब सम्म देश मा ट्राफिक नियम को पालना हुन्न ra कानुन को पालना हुन्न तब सम्म देश को बिकाश कहिलै हुन्न yo बिकशित देशहरु को उदहारण हो धिक्कार छ बुज्रुक नेपाली हामी हरु जसले ट्राफिक नियम को पनि पालना गर्दैनौ ,,,,,,,,,,,,,,,,,,,,,,

    Reply
  26. sarita says:
    November 7, 2012 at 3:23 am

    ट्राफिकलाइटले सबै काम गरेपछि ट्राफिकहरुको काम चट अनि घुस पनि खान नपाउने भएपछि ट्राफिक सन्तुष्ट हुने कुरै भएन | गाडीचालकले पनि किन टेर्थे त मान्छे कोचाकोच गरि धेरै पैसा कमाउनु परेको छ । न कुनै कडा नियम छ देशमा न भएका नियम कानुन ब्यबहारमा लागु नै हुन्छन | हरे देशको हालत !

    Reply
  27. gobinda says:
    November 7, 2012 at 3:21 am

    बानियाजिले आफूलाई बुझ्दै नबुझी अत्तालिएर के के न भेटें जस्तो गरेर ठुला- ठुला कुरा गर्नु ठुला ओहोदालाई सुनाउनु राम्रो कुरा थिएन नै . म भन्छु केटा-केटीको बानि गएको रहेनछ , उनको “स्वाभिमानमा” पनि केहि कुरा चित्त नबुझ्ने छन , मानिसले पहिरन , पोसाक लगाउदैमा उ राष्ट्रिय हुन्न , मन र कर्म मा राष्ट्रियता देखिनु पर्छ , विश्व कंहा बाट काँहा पुगी सक्यो ,खुकुरी भिर्दा नै नेपालीको सुरक्छ्या पनि हुन सक्दैन , परिस्थितिको र समयको पछि पनि लाग्नु पर्छ | खुकुरी त्यो जमानामा प्रख्यात थियो आज भान्सामा मासु काट्ने हतियार भएको छ , येही हो समयको गति |

    Reply
  28. Krishna says:
    November 7, 2012 at 2:16 am

    नेपालमा खुराफाती राजनीति बाहेक कुनै योजना, कार्यक्रम, नीति, थीति सफल हुन गार्है छ – के गर्नु मन दुक्छ , धेरै रुन्छ ! यसले कसलाई फरक पर्छ र ? जनता भुसुना बराबर – ठुलालाई केहि फरक पर्दैन / लेख्न मन थिएन तर नलेखेर पनि बस्न मन लागेन /

    Reply
  29. avaya says:
    November 7, 2012 at 1:15 am

    एसियाली विकास बैँकलाई पनि राम्रै थाहा छ एस्तो बत्ति नेपाल मा चल्दैन भन्ने! उसको पनि आफ्नै समस्या छ, उसले पनि काम गरेको देखाउनु पर्यो, पैसा लगानी गरनै पर्यो (ऋण वा सहयोग मा जेभय पनि). चितवनको लिफ्ट सिचाई पनि एसियाली विकास बैँकको सहयोगमा नै बनेको, तेस्को हालत सबैलाई थाहा नै छ.

    Reply
  30. loknath says:
    November 7, 2012 at 12:51 am

    कठै मेरो देश ……………..!!!

    Reply
  31. abhin thapa says:
    November 7, 2012 at 12:44 am

    हामी नेपाली गौतम बुद्धमा गर्ब गर्छौ, वहाको सिद्धान्त सबै खोलामा फाले पनि
    देशमा कसले पो नियम कानुन मानेको छ र अहिले, जब प्रजातन्त्र आयो जनता स्वतन्त्र भए( मन लाग्या गर्नलाई), काम गर्नु नपरी सबै हक अधिकार चाहिने. पार्टी धेरै बने बिचार पनि; जनता त भेडा नै हुन् डोर्याउनेले जहाँ जहाँ लग्यो तेही जाने
    डोर्याउने देशद्रोही भए त्यो पनि एउटा भए त ठेगान लगाउन सजिलो अहिले त सबैजना आमा बेच्न तयार;
    ट्राफिक नियम कानुनको बारेमा त खै के भनौ र, नेपाली ड्राईभरहरु सबै पाईलट स्टेरिंगमा बसे पछि, बाटो कातिरा हरुको बाल छैन ” ए मु.. आखा छैन मर्न मन लाछ… “”” धेरै चोटी सुन्या कुरा ( हुनत बाटो काट्नेहरु पनि तेस्तै छन् जहाबाट पनि लम्किहालने)
    समन्वय त झन् कहिँ छैन अब ट्राफिक लाइट हालेछन ट्राफिकलाई खबरै नगरी
    ट्राफिकले नै वास्ता नगरेसी अरुले झन् गर्ने कुरै भएन,
    सडक विभागले बाटो बनाउने भोलिपल्ट खानेपानीले ध्याई ध्याई बीचबाट खन्या यो आखाले धेरै चोटी देख्या हो
    यस्तै हो नया नेपाल नया केहि छैन उही पुरानो कुरामा गर्ब गर्यो बस्यो
    आखा झिमिक्क मालसामान गायब
    जय नेपाल

    Reply
  32. mahendra bhandari says:
    November 7, 2012 at 12:32 am

    भद्र गोल छ मेरो देश को इस्थिती । । । । ।हे ईश्वर

    Reply

Leave a Reply to Jyoti Rijal Rimal Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme