Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तपाईँ कुन भोजन खाने ? :)

Posted on October 31, 2012October 30, 2012 by Salokya


मुस्ताङबाट फर्किएपछि एक रात हाम्रो पोखरामा बास हुन पुगेको थियो। त्यही रात लेकसाइडमा डुल्दा हामीले भोजनका यस्ता विकल्प भेट्टायौँ।


राति लेकसाइड यस्तो देखिँदो रहेछ।

यात्राका थप विवरण पछि राख्दै जानेछु।

31 thoughts on “तपाईँ कुन भोजन खाने ? :)”

  1. Mahesh Sharma says:
    November 2, 2012 at 9:55 pm

    मतुवाली भोजान किन नराखेको होला ? अनि मदेशे भोजन पनि त हुनु पर्ने नि ?

    Reply
    1. SharadShrsetha says:
      November 4, 2012 at 8:12 pm

      तिमि जस्ताले नै हो हाम्रो नेपालमा जातीय भांड भैलो मच्चाउने चुप लाग बुझ्यौ?हुँदा हुँदा अब खानामा पनि जातीय रंग थप्न खोज्ने?म १००% दाबी ठोकेर भन्न सक्छु तिमि या इन्डियन हौ या त मावोबादी या कथित जनजाती नेताका पित्थु जो बिदेशीको पैसामा पालिएका छन्!

      Reply
    2. DHARMARAJ says:
      November 6, 2012 at 6:00 pm

      महेश शर्माजी, तपाईले मतुवाली भजन भनि एकदमै पेचिलो व्यंग्या गर्नु भयो त्यसो हो भने, खोई त काट्टे बाहुन/क्षेत्रि भोजन पनि हुनु पर्ने होईनर ????? मित्रजी, तपाई र तपाई जस्ता व्यक्तिहरुका कारण हाम्रो देश नेपाल र नेपालीहरुले आजको यो दयनीय अवस्था र दुर दशा जेल्नु/भोक्नु परिराखेका छन् | जुन कुरा आजको यस दुनियामा कुनै हालतमा पनि कसैले लुकाउन/छिपाउन सक्दैनन | अर्थात सच्चा डग्दैन, झुट्टा तक्दैन भने जस्तै तपाईहरु जस्ताका जाई कटक नगर्नु, झिकी कटक गर्नु निती/नियत र झुट, फुट र भ्रमको खेती/राजनिती गर्ने दिनहरु झन्डै-झन्डै अन्त्य भई सकेको परिस्थिति छ | यहाँ पुरानै सोंच/चिन्तन र अथास्थितिवादी बाहुन/क्षेत्रि वर्ग समुदायहरुले आदिवासी/जनजाति, मधिसे, मुस्लिम, क्षेत्र, वर्ग, लिंग आदिलाई झुट्टा भ्रम र त्रास फैल्याई साम्प्रदायिक सद्भाव खल्बल्याई एक आपसमा मुट् भेटको सिर्जना गरि धमिलो पानीमा माछा मार्ने कुचेष्टा गरिराखेका छन् | बिगतका दिनहरुमा यी बाहुन/क्षेत्रिहरुले हामीले गरेका बिस्वासको बिस्वास घात गरे अब पनि के यस्ता सडयन्त्रहरू हामी बुझ्दैनौर ????

      Reply
  2. Bikash says:
    November 2, 2012 at 5:03 pm

    मा पनि गएर खाएको छु त्यो ठाउँमा . खाजा खाना सबै राम्रो छ .

    Reply
  3. bimal says:
    November 2, 2012 at 5:46 am

    म पनि बेलायतको रेस्टुरेन्ट ब्यबसाही हु. म नेपालका रेस्टुरेन्ट ब्यबसाही के भन्न चाहन्छु भने आफुले खान नसक्ने जस्तै अरुको जुठो,कुहिएको मासु,बासि आफ्नो ग्राहक लाई पनि खुवाउनु हुदैन.

    Reply
  4. bimal says:
    November 2, 2012 at 5:40 am

    सारै राम्रों बिज्ञापन.आशा छ राम्रो व्यापार हुनु पर्छ.

    Reply
  5. Chandra says:
    November 1, 2012 at 9:31 pm

    फुटपथमा राखिएको Menu Board को भोजनको नाम हेर्दा सबैजना एकचोटी सेवन गर्न जानु नै पर्ला जस्तो छ. अझ भोजन गृहलाई franchaise को रुपमा नेपाल लगायत worldwide विस्तार गर्न पाए संसारका मानिसहरुले स्वाद मानेर रयाल चुहाई चुहाई खानेथिए होला .

    Reply
  6. Mukunda says:
    November 1, 2012 at 5:42 am

    बित्थामा माइली दिदि को मा गएर टन्न दाल, भात, माशु, र रायो को साग नखाएर के खोज्दै हिंडेको ब्रो,

    Reply
  7. Lok says:
    November 1, 2012 at 4:18 am

    लौ अब त देशमा नसोचेको परिबर्तन आएछ राजनीतिकरण यति सम्म हाबी भयो कि खानाको नाम सम्म बाकी रहेन.

    Reply
  8. anil jha says:
    November 1, 2012 at 3:19 am

    बरु म त अनसन बस्छु

    Reply
  9. Basanta Thapa,Maryland,USA says:
    October 31, 2012 at 11:20 pm

    आर्मी भोजन छैन कि कसो ?

    Reply
  10. chatur rai says:
    October 31, 2012 at 10:51 pm

    वाक्क दिक्क आब त डाडु पन्यु नै , बिदेशी ठुलो सेफलाई सुम्पे भो , उफफ्फ्फ्फ़ हाम्रो नेपाल

    Reply
  11. Harke says:
    October 31, 2012 at 10:40 pm

    पुकदाको राजनीतिक होटेलमा पाइने “पुनर्स्थापना” भोजन चाइ रहेनछ..!

    Reply
    1. शशांक लामा, न्युयोर्क says:
      November 3, 2012 at 2:41 am

      यो हर्के चाहिं खाली आनाकानी मात्र गरेर बस्ने व्यक्ति रहेछ! शाही भोजनको जुठोपुरोमा हुर्केका मानिसलाई अर्थोक खाना कहाँ रुच्नु र ??

      Reply
  12. Harke says:
    October 31, 2012 at 10:36 pm

    लट्ठक नेताहरुले नेपाली शब्दहरुकै अपव्याख्या (गलत अर्थ) गरिदिए !
    १. प्रजातन्त्रको अर्थ बनाए घुसतन्त्र, भ्रस्टाचार तन्त्र (२०४७-२०५९)
    २. लोकतन्त्रको अर्थ बनाए, ठोकतन्त्र (वाई स्याल, युथ फोर्स, दस्ता)
    ३. गणतन्त्रको अर्थ बनाए बन्दुके तन्त्र (GUN तन्त्र)
    तेतिले नपुगेर “सहमती” भन्ने सब्दलाइ बिष्णुमति र बागमती भन्दापनि गनाउने पो बनाए….!

    Reply
  13. Prakash Paudel says:
    October 31, 2012 at 9:03 pm

    पण्डित (बाहुनबाद) भोजन –pure vegetarian
    लोकतान्त्रिक – लोकमा चलिआएको मासु भात,खसि, कुखुरो
    गणतान्त्रिक – buff हरु,pork पनि मिसिएको, हल्का नया style को,सुधारिएको
    सहमती भोजन – order लिएपछि सोधेर मात्र बनाउने
    शाही भोजन ” – सबै भन्दा महँगो, चौरासि ब्यन्जन style ko
    सर्वदलिय खाजा सेट- कुखुरो , खसि , buff छोएला, पिरो अचार आदि भाको चिउरा सेट style ko

    This is just my imagination, salokya jee is this true ?

    Reply
  14. mahendra says:
    October 31, 2012 at 8:57 pm

    खै क भन्नु हुदा हुदा खाना मा पनि राजनीतिक शब्द मिसाउन थालेछन यस्तै छ यहाँ को चलन ,,,,,,,,,,,,,,,,,,,,

    Reply
  15. द्रोण पौडेल says:
    October 31, 2012 at 7:29 pm

    अब हुदा हुदा भोजन मा पनि फोहोरी राजीतिक बसेछ भोजन का नाम हरु धेरै देखियो तर नेपाली जनता लाई राजनीतिक भोजन को बारेमा धेरै जानकारी छ सबै राजनीतिक भोजन निरङ्कुश तानाशाही हुन् पाच तारे होटेल रिसोर्ट लज सबै को भोजन सकेर पनि नभयर मरिसकेको संबिधान लाई ब्युतायर फेरी सहमति भोजन खाने भन्छन

    Reply
  16. Jyoti Rijal Rimal says:
    October 31, 2012 at 2:57 pm

    भो भो जे कुरामा पनि ति यो थोत्रे नेपालि राजनिति किन जोड्नु पर्ने?
    नेपालमा राजनितिकुरा बोल्न लेख्न बन्देज भए बरु बिकास हुन्थो कि?

    Reply
  17. nirob says:
    October 31, 2012 at 10:15 am

    हाम्रा नेताहरुले त सब्दको खेति गरेर गुये राजनीति गरे, सोझा जनतालाइ अल्मलाए, कयौ नारिको सिन्दुर पुछिदिये, कैयौ टुहुरा भए, कैयौ आमाको कोख रित्तो भए र आफु चाही आराम विलाशीको जीवन बिताउन सफल भए / हुदा हुदा होटेल व्यवसायी पनि यो खेलमा पछी परेनन गाठे // लाटो जनतालाइ जे गरे नि भयो अब – आखिर खाना संग के सम्बन्ध छ यी सब्दहरु?? तै पनि एक पल्टलाइ हेरम न के रहेछ भनेर ग्राहकहरु छिरी हाल्छन / यहि एक पल्ट हेरम न भनेर हामी ले अहिले सम्म राजतन्त्र देखि संघिय लोकतन्त्र सम्मका थुप्रै सब्दहरु को स्वाद चाखी सक्यम / झन् झन् नमिठो नमिठो पो हुन थाल्या छन्, मलाई चाही यस्ता राम्रा सुनिने देखिने नमीठा भोजन चाही अब चाख्न मन छैन है मित्रहरु //

    Reply
  18. pratik says:
    October 31, 2012 at 9:04 am

    बजेले पंचायेत खाए, बाले प्रजातन्त्र खाए,, अब मैले लोकतन्त्र नै होला!!

    Reply
  19. शशांक लामा, न्युयोर्क says:
    October 31, 2012 at 8:02 am

    -पण्डित भोजन – खल्लो
    -गणतान्त्रिक ” – पिरो
    -लोकतान्त्रिक ” – अनिलो
    -सहमती भोजन – स्वादिलो
    -शाही भोजन ” – ढर्रिल्लो
    -सर्वदलिय भोजन- खिचडी

    तसर्थ सहमति भोजन नै खाएर पठाउने कि !!!!!!!

    Reply
    1. rupak singh says:
      October 31, 2012 at 4:54 pm

      ढर्रिल्लो भन्ने शब्द कुन सब्दकोष बाट सापटी लिनुभयो?

      Reply
      1. शशांक लामा, न्युयोर्क says:
        November 3, 2012 at 12:24 am

        रुपकजी! यो शब्द “ढर्रा” बाट लिइएको हो| ढर्रा पार्नु वा स्वांग पार्नु ! अनि त्यही नामवाचकलाइ गुणवाचक बनाएको हुँ| जनजिब्रोमा यो शब्द नबसेको होला, तर ब्यायाकरणीय हिसाबले प्रयोगमा ल्याउन मिल्छ |

        Reply
  20. bhanu says:
    October 31, 2012 at 6:32 am

    मलाई त माथि का कुनै भोजन राम्रो लागेन ! के खाने होला……………….?!??

    Reply
    1. प्रविण कुमार के.सी. says:
      October 31, 2012 at 3:29 pm

      भानुजी तपाई आज केहि पनि नखानुस । नेताहरुको नाममा एक छाक छाडिदिनुहोस ।

      Reply
  21. रबिन्द्र राज गिरी says:
    October 31, 2012 at 6:23 am

    भोजनका नामहरु पढेर धेरै रमाईलो लाग्यो| यो ६ प्रकारका भोजनमा के के हुने रहेछन, त्यो पनि लेख्नुस न है ?

    Reply
  22. Kanchan Sharma says:
    October 31, 2012 at 6:20 am

    मैले पनि त्यो भोजन try गरेको छु | खाना को स्तर त सारै खत्तम छ | कृपया झुक्किएर पनि यो ठाममा नजानु होला |

    Reply
  23. Nabin Bhai says:
    October 31, 2012 at 4:42 am

    अब छिट्टै माओवादीको लागि —-बाबुराम प्रचण्ड भोजन पाइनछ
    ड्यास माओवादीको लागि —बैद्य गजुरेल भोजन
    काँग्रेस को लागि —सुसिल देउवा
    एमाले (तेस्रो लिंगी ) को लागि —माकुने झल केपी भोजन
    मदेसी को लागि चै दिल्ली बाट special खाल को आउछ रे

    अनि हामी नेपाली जनता को लागि चै येत्रो घोगो आउछ

    Reply
  24. Suman bhote says:
    October 31, 2012 at 2:20 am

    म पनि लेक side ३-४ दिन बसे…. मैले पनि येही ३-४ चोटी खान खाए…
    लोकतान्त्रिक नै खाए…. गणतान्त्रिक अलि पचौना डर लग्यो….
    ढिडो खाने बनि नभएकोले नै आट गरिएन…
    तर खान मिठै छ…

    Reply
  25. pthapa says:
    October 31, 2012 at 2:02 am

    I go for ‘सर्बदलीय खाजा सेट’

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme