Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मनमोहक मुस्ताङ

Posted on October 29, 2012October 29, 2012 by Salokya


केही दिनदेखि माइसंसारमा खासै केही अपडेट नहुनुको कारण तपाईँले माथिको फोटोबाट अनुमान लगाइसक्नु भयो होला। हजुर, दशैँको विदाको मौका छोपेर म हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक पुगेको थिएँ। आज बल्ल काठमाडौँ फर्किएको छु। बीचमा साइट बिग्रेको पनि थाहा थियो, तर इन्टरनेटको सहज पहुँच नभएकोले मैले गर्न सक्ने केही थिएन। आज बिहान पोखरामा फेवाताल र बेगनास तालमा डुङ्गा यात्रा गरेपछि आजै राति बल्ल काठमाडौँ फर्किएको हुँ। यो रमाइलो मुस्ताङको यात्राको विवरण र फोटोहरु म आउँदा दिनमा क्रमैसँग ब्लगमा राख्दै जाने नै छु।


तपाईँले मुक्तिनाथ मन्दिरका धेरै फोटोहरु देख्नुभएको होला। तर यस्तो स्वरुपमा पहिलो पटक देखेको हुनुपर्छ। भर्खरै असोज मसान्तमा यसको नयाँ स्वरुप बनाउन पूरा भएको हो। बाँकी विवरण पछि दिनेछु।



फोटो त मैले पनि खिचेको थिएँ। तर फोटोग्राफीका धुरन्धरहरुसित मेरो के लाग्थ्यो र! यो फोटो सहयात्री साथी प्रकाशले खिचेका हुन्।


मुक्तिनाथ मन्दिरको घण्टी। यो चाहिँ अर्का सहयात्री साथी ऋषिकेशले खिचिदिएका हुन्। जोमसोम र मुक्तिनाथका थप फोटोहरु अरु ब्लगमा राख्नेछु।

आजलाई भने थाकेको हुनाले यतिमै विदा लिन चाहेँ।

अहो, मुस्ताङ। मनमोहक मुस्ताङ। अझै झल्झली सम्झँदैछु त्यो अलग दुनियाँ।

20 thoughts on “मनमोहक मुस्ताङ”

  1. Asim Shrestha says:
    October 31, 2012 at 5:05 pm

    I also had been to Upper Mustang this Dashain, such a nice untouched place. I think everyone should visit this place once.

    Reply
  2. सन्तोष says:
    October 31, 2012 at 11:19 am

    धन्यवाद Salokya-जी १२ वर्ष पुराना सम्झनाहरु ताजा गराइदिनुभाको मा !

    Reply
  3. Bala Ram Thapa says:
    October 30, 2012 at 9:03 pm

    सलोक्याजी ५ वर्ष अघि हामी मुक्तिनाथ जाँदा ,जोमसोमको सेरोफेरो ,कलिगनडगी को बगरै बगर कागबेनी सम्म जादाँ काँडा को थुम्को बाहेक केहि नउम्रने नांगा डाँडा दाया बाँया सुइ…सुइ ढुंगाका गेगरा नै उडाउने हावा , का झोंका लाइ छल्दै पन्छाउदै काग बेनी सम्म पुग्दा नपुग्दा बाटामा देखिने लटरामम श्याऊका दाना हरुले दिने आनन्द साहेद अहिलेको कच्ची ट्याक्टर मोटर बाटो हरुले बिर्श्याइ सके होलान | कालीगण्डगी र मुक्ति क्षेत्र वाट बग्ने नदीको संगम र त्यस क्षेत्र मा रहेको सानो सम्म जमिन लाइ नै साहेद काग बेनी भनिन्छ | कागबेनी मा कथाग्रिने हावा का साथ संगम मा नुहाई
    स्रद्दा र भक्ति भाव भएका स्रदालु हरुले मुक्ति नाथ पुग्नु अघि सराद्ध गरेर मुक्ति नाथको १०८ वटा धारमा स्नान गरी कुक्तिनाथ को दर्शन गर्दछन ,र अनि मुक्तिनाथ को ज्वालामाई को दर्शन गरी त्यहा रहेको मट्टी खिर खाने र प्रशाद्को रुपमा लिएर आइ
    प्रशाद्को रुपमा घर छिमेकी हरु लाइ बाँड्ने चलन छ |
    त्यसक्षेत्रको रमणीय दृश्य बारे बयान गरेर त्यस क्षेत्रमा नपुगेका हरुलाई लोभ्याउनु त्यति अनुचित होला जस्तो लाग्दैन | सालोक्य जी ले यसपटक ब्लगमा राख्नुभएको तस्विर हरुल्ले फेरी पनि एक पटक त्यस तर्फ लाग्ने हो लोभ्यायो वा !

    Reply
  4. सार्थक says:
    October 30, 2012 at 2:10 pm

    साह्रै सुन्दर ।

    Reply
  5. बिनोद तिमिल्सिना says:
    October 30, 2012 at 1:25 pm

    उमेश जी
    सार्है आरिष लाग्यो,फोटो हेर्दै जाँऊ झन कति आरिष लाग्ने हो!!!

    Reply
  6. Adwait Sharma says:
    October 30, 2012 at 1:11 pm

    यी पहाड पर्वत हरु दुइ चार दिन घुम्न जान , दुइ चार वटा फोटा सोटा खिचेर ल्याउन त राम्रै हुन्छन तर त्यहीँ खनी-खोस्री कुटो-कोदालो गरेर जीन्दगी बिताउन भने सारै गारो /

    Reply
  7. anup_gorkhe says:
    October 30, 2012 at 11:05 am

    म पनि ८-९ वर्षा अघि गएको थिएँ, धेरै राम्रो ठाउं | परिवार सहित फेरि जाने विचार मा छु …..

    Reply
  8. Aryan Khadka says:
    October 30, 2012 at 10:35 am

    येसो लुना, तुना, पुष्प, मदने, गगने, आदि, लामा, जामा, कनिके, सिद्रे, लुद्रे, मुन्द्रे, हर्के, छड्के, पड्के, नुने, चुके, सबै ले एती राम्रो फोटो हरु को कमेन्ट गर्दा हुन्थ्यो नि | राजनीति गफ, एक ले अर्कै लै बोरा मा हाल्न पायो भने चाही उफ्री उफ्री कमेन्ट गर्ने नत्र नगर्ने गर्न त भएन नि | येसो सबै ले राम्रो अनि मिठो कमेन्ट गरे त कमसेकम एक अर्का प्रति को रिस पनि अलि कम हुन्थ्यो कि |
    ठिकै भन्नु भयो साथी हो नेपाल अति नै सुन्दर छ |

    Reply
  9. Milan Rai (QATAR) says:
    October 30, 2012 at 10:32 am

    ”Hamro Nepal” Naturally beautiful and overall very nice photos, hmmm photography is amazing…well looking after this snap i really really wanna go such place, i think i just make things happen..:P

    Reply
  10. yam pun says:
    October 30, 2012 at 10:30 am

    उमेश जी! शारीरिक थकानको बावजुद पनि मुस्तांग का सुन्दर तस्बिर राख्नु भएको मा धन्यवाद! म पनि अझै सम्म मुस्तांग गाको छैन तर मुस्तांग साच्चिकै सुन्दर रहेछ! हामी सबै नेपाली एक चोटी पुग्नै पर्ने ठाउँ जस्तो लाग्यो!

    Reply
  11. योगेश आदी, न्यूयोर्क says:
    October 30, 2012 at 9:29 am

    करिब ८ बर्ष अघि म, उद्धब, श्रीखण्ड सर र निरन्जनजी यस्तै मुस्तांगको मनमोहक दृश्यमा रमाउन काठमाडौँबाट बस..पोखराबाट ट्याक्सी… बेनीबाट जिप… घासाबाट मोटरसाइकलमा मुक्तिनाथसम्म पुगेको यात्रा-स्मरण आज ताजा भयो / सुन्दर तस्विरहरुको लागि धन्यबाद !!

    Reply
  12. द्रोण पौडेल says:
    October 30, 2012 at 5:51 am

    प्रकृतिक रमणीय हाम्रो देश नेपाल कति सुन्दर छ

    Reply
  13. Nabin Bhai says:
    October 30, 2012 at 5:25 am

    मेरो देश संसार को स्वर्ग हो …जिउदै कसै लै स्वर्ग जान मन छ भने नेपाल जादा हुन्छ …

    Reply
  14. Puspa says:
    October 30, 2012 at 4:25 am

    Dear Salokya jee
    Thanks for nice picture. I am sure you have also visited upper Mustang which really different from other part of country even Mustang. Please do share your experience both in Nepali and English, might helps in promoting tourism in the country.

    Reply
  15. Anmol says:
    October 30, 2012 at 3:26 am

    Its awosome, perhaps you feel like heaven for somedays. I really appreciate this work. We should save some time for this kind of adventours things from this busy life. Once again thanks to you i feel like i was there.

    Reply
  16. राजन says:
    October 30, 2012 at 2:06 am

    केही छैन सालोक्य सर आराम गर्नुस एतिराम्रा फोटोहरुकोलागि धन्यवाद छ भन्न चाहान्छु ।

    Reply
  17. Shishir Boston says:
    October 29, 2012 at 11:34 pm

    Salokyaji, we want more photos of your Muktinath Trip. Photo tells the story.

    Reply
  18. nabaraj kale says:
    October 29, 2012 at 10:46 pm

    आहा मुस्तांग ! कमसेकम एक पटक जाने धोको थियो/छ ! चाह झन् बढेर आयो ! तस्बिर खारिएका छन् ! धन्यवाद !

    Reply
  19. Durga Adhikari says:
    October 29, 2012 at 10:46 pm

    धेरै राम्रो, अति राम्रो/ धेरै धेरै धन्न्यबाद/ तपाईं पनि म जस्तै प्रकृति प्रेमी हुनुहुदो रहेछ/ जय जय सुन्दर नेपाल/

    Reply
  20. mahendra says:
    October 29, 2012 at 8:49 pm

    आहा मेरो देश कती सुन्दर छ । नेपाली हुनु म गर्ब छ । ।धन्यवाद सलोक्य जि

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme