Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शुभकामना !

Posted on October 24, 2012 by Salokya


विजया दशमीको उपलक्ष्यमा माइसंसार पढ्ने सबैलाई शुभकामना ! तपाईँले यसपटकको दशैँ कसरी मनाउनु भयो, सुनाउनुस् है।

45 thoughts on “शुभकामना !”

  1. Shovit Bhujel says:
    October 27, 2012 at 2:38 pm

    यसपालिको दशैं तिहार मेरो त बिदेस तिर नै हुने भयो
    छोरो भएर जन्म लिए पछि यस्तै हुदो रहेछ
    धन्यबाद म्य्संसर ….

    रातों टिका निधारमा जमरा चाहि कानमा
    रमाएका हुन्छन सबै जना आ-आफनै शानमा

    आफ्नो भने निधार ख़ाली परदेशी हुनाले
    सिरानीको छेउ भिज्छ सम्झि सम्झि रुनाले

    नरोउ भनि रोक्न खोज्छु सक्दिन है थाम्न
    आँसु त्यसै झरिदिन्छ के गर्ने हो रोक्न

    आज भन्यो भोली भन्यो आयो
    तिहार पनि आउन लाग्यो हेर
    आफु भने परदेशमा गयो ख़ुशी सबै खेर

    नआएनी हुन्थ्यो चाडबाड मनै खिन्न हुन्छ
    परदेशी यो जीवन सम्झी मन मेरो रुन्छ

    के खा़यौ बाबु-नानी तिमीले न त भन्ने कोहि छ
    काम मात्र गर्नुपर्ने परदेशीको बाध्यता यहि छ

    Reply
  2. चन्द्र मादेन "आन्छन्" says:
    October 27, 2012 at 8:32 am

    आफू कैयौ वर्ष देखि टिका नलाउने आदिवासी जनजति, तरपनि हाम्रो देशको सवैभन्दा ठूला चाड,पशमा मेरी कृष्मस, ह्याप्पी न्यूयर, हलिविन,आदि विभिन् अनेपाली चाडत बाध्य भएरमानि भने योत हामीले कुनै हलतले बिर्सिनै सक्दैनौ ।त्यसैले सवै नेपाली दाजु भाई दिदी वहिनीमा हार्दिक कामना ।

    Reply
  3. सन्तोष says:
    October 26, 2012 at 9:07 am

    MySansar परिवार र सबै नेपाली हरुमा दशैं को शुभकामना !

    Reply
  4. gajendra adhikari says:
    October 26, 2012 at 12:34 am

    यस पाली को दशैं धेरै रमाइलो भयो. बिहान को टिका तेशपछि पेट्रोल पम्प को काम बेलुकी १०.३० सम्म.फेरी टिका मिठो खान र बिहान ४.३०बजे सम्म ताश.गजब को कुरा सुतक(बच्चा जन्मनु)परेको थियो तर that’s for celebration not for sad, even new born baby’s proud parents also celebrating so why not we do tika. that’s why we are doing this very ist time . lets see whats the reaction from adhikari family from chauki dada.

    Reply
  5. Bala Ram Thapa says:
    October 25, 2012 at 9:22 pm

    नेपाल र नेपालीहरुको निम्ति १२ महिना मा मनाइने चाड मद्धे मुख्य चहाड हो | यो चहाड लेदै घरका नजिकका मात्र नभई टाढा -२ का मनिष हरुको समेत एकैठाउमा मिलन गराउने भएको ले पनि ज्यादै रमाइलो हुन्छ | मिठो मिठो खाने राम्रो राम्रो लगाउने चहाड भएकोले पनि गरिब ,पहाड अन्तरा कुन्तारा का बाल बालिका हरु समेत को लागि रमाइलो दशैं हो | गाउँ गाउँ मा ठाउं ठाउँमा पिंग हालेको हुन्छ ,मिठो मिठो खाई बाल बच्चा हरु रमौछ्न | टिका का साथ ठुला बडाले अशिख दिन्छन र आशिक सुन्ने ले सिरो धारण गर्छन |

    Reply
  6. द्रोण says:
    October 25, 2012 at 8:20 am

    Happy dashain to all readers and commenters on this blog including Mysansar.
    I celebrated dashain in usual way,nothing special.
    Regardless of number ,we have Nepalese community all over the world now..
    There will always be small gathering or big one in such occasions.
    I listened final presidential debate and imagined may be one day we will also have such debate in our country.

    Reply
  7. Gita Gurung says:
    October 25, 2012 at 7:32 am

    प्रत्येक बर्ष झैँ यसपाली पनि घटस्थापनाको दिन काममा बिदा लिया अनि बिहान सबेरै नुवाइ धुवाई गरि दियोमा बत्ति बाली घडाको स्थापना गरि जमरा राख्ने काम गरे | त्यस देखी देखि नौ दिन सम्म चण्डीपाठ गरि शक्तिको उपाशाना गरि मनको राग, द्वेष, अहंकार र कुविचार माथि बिजय प्राप्त गर्न सकु अनि संसारमा अधर्मको नाश गरि धर्मको रक्षा गर्नु होस् भनि दशमी को दिनमा श्री जगत जननी मातालाई प्रार्थना गरि आशिर्बाद मागे | बेलुकी छोराछोरीहरु स्कुलबाट आयपछी सबै परिवार बसी छोराछोरी हरुलाई टिका जमरा लगाई दिया अनि रातिको डिनरमा सागपात तरकारी, गेडागुडी तरकारी, दहि, मिठाई लगायतको मासु बिनाको भोज खान दिया | राति नेपालमा मान्यजनलाई फोन गरि आशिर्बाद लियोउ | हाम्रो विदेशको एकदिने दशैं यसरि मानियो |

    Reply
  8. surendra chiluwal says:
    October 25, 2012 at 2:36 am

    विजया दशमीको उपलक्ष्यमा माइसंसार का लेखक र पाठक सबैलाई शुभकामना !

    Reply
  9. Naresh says:
    October 25, 2012 at 1:00 am

    बिहानै देखि मिटिंग को मिटिंग – दशैंहो रे आज ! भरे मौका मिल्यो भने एउटा beer पिउनु पर्ला …एक्लै !

    Reply
  10. Bhola Thapa says:
    October 24, 2012 at 10:48 pm

    “भतुवा लाई पाडो पाए पनि व्याउती पाडी पाए पनि व्याउती” भने जस्तै मलाई पनि दशैको वेलामा काम गर्नु पर्दा निकै रुन मन लाग्यो मेरो प्यारो छोराको पनि आज जन्मदिन भएकाले आखाँबाट आशुको एक छिन धारले छुटेना धिकार रहेछ हामी प्रदेशीको दशै एक तर्फ खुसी पनि छु किना म यहाँ रोहे पनि मेरो घरमा सबै जना दशैमा रम्दै हुनुहुन्छ भन्ने आशा गर्दै मनलाई थाम्मे पार्दै डिउटीलाई निरन्तर दिदै यो अलिकति बचेको समयलाई माई संसारमा के के पोष्ट भएको छ त भनि निहाल्दै छु शुभकामना सम्पुर्ण देश विदेशमा रहनु भएका दाजु भाई दिदी बैनीलाई ।

    Reply
  11. shiba says:
    October 24, 2012 at 10:04 pm

    लौ साथी हो मेरो त् दसैं एक बोतल वाइन मा मनाउदै छु! डिउटी पनि छ नेपाल तिर फोन गर्यो मन हल्का बनायो बस्यो!

    Reply
  12. बेखालाल नेपाल says:
    October 24, 2012 at 9:27 pm

    विजया दशमीको शुभकामना!
    मोहनी नखःया भिंतुना!
    happy Dassehra

    Reply
  13. Gopal says:
    October 24, 2012 at 7:27 pm

    घर को एक्लो छोरो. संगै बुबा आमा संग दशैं नमनाएको नि ४-५ वर्ष भै सकेछा. सधै झैँ फोन बाट आसिर्बाद लियो…अनि आमा संग कुरा गर्दा गर्दै दुवै तिर का गला बन्द भए…. सधै झैँ आमा ले रुना रोक्न नसकेर फोन काट्नु भयो. अनि यता मा नि रुना थाले. पुराना दशैं का सम्झना हरु मा आफुलाई हराउदै दशैं बिती रहेको छ.

    सबै लै दशैं को सुभकामना

    Reply
  14. िनमा द. कोिऱया says:
    October 24, 2012 at 7:12 pm

    हामी िवदेशमा हुनेहरूलाई चै दशैंले छोएन है….

    Reply
  15. rishav says:
    October 24, 2012 at 7:05 pm

    भोलि exam छ के गर्नु ? कठै बरा म, दशैं नमनाको नि पाच वर्ष भएछ I मन्दीर चाइ जानु पर्ला I

    Reply
  16. Paru says:
    October 24, 2012 at 4:16 pm

    Just missing family and relatives. Just missing all those wonderful moments. Just missing tika and jamara.. Actually missing everything. Miss u Nepal

    Reply
  17. नरेन हंगकंग says:
    October 24, 2012 at 3:31 pm

    बिहान घरमा फ़ोन गरेँ, आमाले उठाँउनु भो।
    बिजयादशमीको सुभकामना दिएँ।
    अनि सोधेँ”
    आमा मासु पक्यो त?”
    भन्नु भो

    “पाक्दै छ बाबु अनि तिमी पनि मनाउँ है।”
    आमाको मन राख्न हस् भनेँ।
    तर के मनाउनु छ र!

    बिहान आखाँ मिच्दै काममा आयो,
    झिसमिसेमा कोठा पुगीन्छ।
    दिनभरिको थकाई के जाँगर चल्छ र!
    आलु र प्याज भुलुक्क उमाल्यो खायोँ।
    यहाँ त यस्तै छ साथी दशैँ।

    समयको साथ पाउनुहुने भाग्यमानी मित्रहरुले सुखी र
    खुशीका साथ भरपुर दशैँ मनाउनु होला।
    तपाईहरु सप्पैलाई मेरो परिवारको तर्फबाट
    बिजयादशमीको हार्दिक मँगलमय शुभकामना।

    Reply
  18. shailendra says:
    October 24, 2012 at 3:26 pm

    अहो! आज त टिकाको दिन.तर यहाँ त उही काम उही स्केड़ुल, कामको बेस्ताता अनि रुममा पुग्दा खाली रहेछ फ्रिज! 🙁 कुनै बेला येही आजको दिन वर्ष भरि दिन गनेर कुरिन्थियो.तर मन बुझाउने पर्यो नि .परदेशीलाइ न दशैं न तिहार.:( परिवार आफन्त अनि साथीभाईको याद त आइहाल्छ 🙁 🙁 अब पेप्सी पिएर सुत्नु पर्यो

    Reply
  19. Bishnu says:
    October 24, 2012 at 2:14 pm

    बिजया दशमीको यो पावन अबसरमा सबैमा हार्दिक मंगलमय शुभकामना छ |

    परदेश मा कुखुरा काटे दशैं, झोला बोकी हिंडे बसाईं भन्छन…..
    खै के खै के…

    तर लंगुर बुर्जा र ताश खेल्दै पक्कु खाने प्लान छ Bholi

    Reply
  20. arjun gurung says:
    October 24, 2012 at 1:46 pm

    के दशैं मनाउनु र खै विदेश मा छु साथी भाई हरु र आफ्नो एकै दिन छुट्टी नपाउदा दसैँ खल्लो भाको छ जे भए पनि राम्रो संग मनाउना पाउने साथी हरु ले रमाइलो संग मनाउनु होला यहि छ कामना तपाई हरु लाई अर्जुन गुरुङ तर्फ बाट बिजय दसमी को हार्दिक मंगल मय शुभकामना ब्यक्त गर्न चहान्छु.

    Reply
  21. uttam khadka says:
    October 24, 2012 at 1:31 pm

    हरपल हरक्षण परिवार एकैसाथ रहुन नछुटोस माया र ममता सधैलाई कहिले महसुस नहोस एक्लोपन मनमा माया छ जहा त्यहि छ जीवन फुलोस फलोस परिवार सुखमा दु:खले कहिलै प्रवेश नपावोश शान्ति छावोश, यही छ बडादशैको शुभकामना

    Reply
  22. prajwal says:
    October 24, 2012 at 1:27 pm

    college ko dormitory ani lab… khali nidhar ani khallo man …..purana din haru samjhadai bityo…aansu jharna sakiyena tyeti matra ho ……………….

    Reply
  23. koomar chhantyal says:
    October 24, 2012 at 1:18 pm

    यो दशैं पुरा काम …. काम बिदेसमा बस्नेलाई के को दशैं तिहार हुदा हुदा १ जना साथी पनि आज onine मा मिलेनन , अति खलो लाग्यो यो दशैं तपाई हरु को दशैं सुखद रहोस् |

    Reply
  24. Nischal says:
    October 24, 2012 at 12:27 pm

    भर्खर काम बाट घर आइपुगियो| दुइ दिन भयो घर न आएको … काम काम मा ब्यस्त भइएको थिओ . घर आइपुग्दा सुन्य कोठा अनि खाली फ्रीज देखेर लाग्यो यो बिरानो ठाउँ मा न दशैं न तिहार ! भोलि पनि झिसमिसे मै काममा पुग्नु छ . येही नै रह्यो येस्पली को दशैंको अनुभव ……

    Reply
  25. Gagan says:
    October 24, 2012 at 11:58 am

    बिहान दुर्गा माताको पुजा गरियो, अहिले खानापछि टीका लगाउने-लगाइदिने कार्यक्रम छ, भरे चाहि भोज-भत्तेर, जस्तोसुकै भए पनि चाड त मनाइन्छ नै, बिदेशमा रहनु हुने सबैलाई बडादशै २०६९ को शुभ-कामना (नेपालमा हुनेलाई त आज नेट चलाउने के फुर्सद)

    Reply
  26. रबिन्द्र राज गिरी says:
    October 24, 2012 at 11:18 am

    बिजया दशमीको यो पावन अबसरमा सबैमा हार्दिक मंगलमय शुभकामना छ |

    आफ्नो हातमा भएको बस्तुको महत्व धेरै थोरैले मात्र बुझ्न सक्छन | धेरैले त्यसको महत्व त्यो बस्तु आफ्नो हातबाट गुमिसके पछी मात्र बुझछन | त्यस्तै आफ्नो मातृभूमिको अकल्पनीय महत्व र प्रेम मानिसलाई मातृभूमि छोडेर धेरै समय बिदेशी माटोमा बितेपछी थाहा लाग्छ | नेपाल नछोडेकालाई “नेपाल खत्तम छ” र “कति बेला यो देश छोड्न पाए हुन्थ्यो” जस्तो छ | मातृभूमि छोडेर बिदेशी भूमिमा रगत-पशिना बगाईरहेकालाई “जननी जन्मभूमिस्च स्वर्गद्वापी गरियेसी” को मर्म बल्ल बुझें भन्ने लागेको छ र “सकेसम्म चांडै मातृभूमि फर्किने” धोको छ | यस्तै रहेछ यहाँको चलन |

    Reply
  27. chatur rai says:
    October 24, 2012 at 11:08 am

    आख़िर जहाँ बसेपनि चाडवादकोबेला आफ्नो घरपरिवार संझिने र रमाईलो गर्ने मन सबैलाई हुन्छ नै , यसपाली आज टिकाकोदिनसम्म समन्य तरिकाले त्यही माछा, मासु र मापसे गरेर हल्का रमाईलो गरिदैछ , यसपाली टिका छुट्ने भो , फोनबाट नै आशिख लिने बिचारमा छु,

    Reply
  28. Prakash Prasain says:
    October 24, 2012 at 11:03 am

    “घरभरी खुशी गिन्ती एक कम, उदासिंदो हो बुवाको मन
    आयु दो्ण सुते सँगै बलिन्द्र आँखा, नरसाए है दशैं .”

    पढ्न भनेर देश बाहिर गएको छु । धेरै भएको छैन । घर बाट टाढा यो पहिलो दशैं हो अनि यही दुई लाईन । यो दशैं यस्तै भयो … जो जहाँ भए पनि सबै लाई शुभ-कामना ।

    Reply
  29. rajendara shrestha says:
    October 24, 2012 at 11:03 am

    विजया दशमीको मंगलमय शुभकामना
    यहाँ हरुको जीवन फलोस फुलोस्
    सबै राम्रा कामना पुरा होश्
    माताको आशिर्वाद सधै नै रहोश …!!!

    Reply
  30. indra khadka says:
    October 24, 2012 at 10:33 am

    दसैँ आयो दसैँ संगै घरको मिठो आद आयो l
    परदेश मा रुदै छु म रुवाउने दिन रात आयो ll
    बुडी भएकी मेरी आमा मेरै बाटो हेर्दै होलिन
    न त आयो चिठी खबर न त कुनै बात आयो लल
    दोहा कतार ……..

    Reply
  31. kranti dallakoti says:
    October 24, 2012 at 10:32 am

    missing family, friends, relatives and my beautiful nation “NEPAL” .

    Reply
  32. Milan Rai (QATAR) says:
    October 24, 2012 at 10:12 am

    Actually mix feelings!!
    Wishing to all mankind especially Nepalese people and their family all around the world, A very very happy and prosperous Bada Dashain 2069.

    Reply
  33. Rajan Giri says:
    October 24, 2012 at 9:39 am

    विजया दशमीको उपलक्ष्यमा सबैलाई शुभकामना !

    Reply
  34. madhav sigdel says:
    October 24, 2012 at 9:33 am

    हामी चै काल रात्री कलि मन्दिर मा बलि चढाई मनयियो यो मलेशिया इस्तित baandar बरु सलक तिन्ग्गी मा हाम्रो पुर्खाले बनायको मन्दिर हो यो बर्सिक रुपमा सयौको संख्या मा नेपाली जम्मा हुनी प्रथा छ सोहि अनुसार बिधि पुर्बक पूजा गरि मनायोउ
    घर परिवारको याद त आउछ तर पनि के गर्नु आफ्नो कर्मको खेलसंग बिदेशिन बाधता छ सुभ बिजय दशमी सम्पुर्ण सर्मिक दाजु भाई हरु लै
    जय दुर्गा भवानी

    Reply
  35. Suman bhote says:
    October 24, 2012 at 9:16 am

    विजया दशमीको उपलक्ष्यमा माइसंसार का लेखक र पाठक सबैलाई शुभकामना !

    Reply
  36. ganeshj says:
    October 24, 2012 at 9:11 am

    दसैं स्वदेस मा हुनेले आफूभन्दा ठुला को आसिर्बाद अनि तास रक्सि मासु मा बिताया होला बिदेस हुनेले आफ्नो परिवार लाई सम्जेर बिताया होला तर मैले आफुले आफुलाई सम्झेर अनि बन्दाकोपि भात अनि पानीले बिताया

    Reply
  37. Basanta Thapa,Maryland,USA says:
    October 24, 2012 at 9:11 am

    खाने बेलामा छोरा सम्झेर रुने आमा ,टिका लगाउने बेला दाइ सम्झेर रुने बहिनिहरु सम्झेर आखा रसायो आज !

    Reply
  38. Bijaya says:
    October 24, 2012 at 9:01 am

    अब कसरी भन्नु यो बीरानो मुलुकमा न त हाम्रो नया वर्ष हुन्छ न त दशैं तिहार नै आज पनी सधै को जस्तै बीहनै काम गर्न आयको छु आखा भारी भयका छन आमा बाबा लै सम्झदै पुरानो फोटो हरु हेर्दै छु यस्तै हो हजुर हामी परदेशी को दशैं …….

    Reply
  39. krishna gurung says:
    October 24, 2012 at 8:49 am

    येसपाली को दशैँ खोइ दुबाई तिर भयो के भनौ खुसि या दुखि येस्तई रहेछ जिन्दगि छोराको र पनि सानो भाई को निधार को टिका ले बिगत को याद दिलायो खुसि लग्यो मामा घर को सम्झना अययो धय्नबाद म्य्संसर लाई !!!

    Reply
  40. शिव खडका says:
    October 24, 2012 at 8:37 am

    चसक्क ,बचन लगायको भन्दा पीड़ा ,जयूदो छदा नै मरेको जस्तो पीड़ा ,संसार छ ,परिबार छ ,घर छ ,थोरै भय पनी सम्पति छ ,तर सात समुन्द्र पारी एक्लो अस्तिस्तो बिहीन जिन्दिजी ,मन भरी गाऊ बेशी अनि जमारा र रातो टिका को याद आखा भरी अबिरल बगेको आशु हरु ,एक्लो सन्नाटा ले छयको कोठा को परिधि भित्र आखा बंद गरि बाकी जिन्दाजी को जोड़ र भाग को हिसाब लागौदै छू

    Reply
    1. raja, nyc says:
      October 24, 2012 at 9:54 am

      मेरो त सपरिवार दशैं मनाउना नेपाल गएका छन् , आफु मात्रै एक्लो घर काम घर , खोइ कसरि मन बुझाउने ……म बिचरा …..

      Reply
  41. nirakash says:
    October 24, 2012 at 8:30 am

    सारै miss भईराको छ नेपाल.

    Reply
  42. Rajan says:
    October 24, 2012 at 8:24 am

    यसपाली को दशैं lab मा बसेर मानियो. My sansar को पोस्ट हेरेर टिका लगाउने बेला भए छ भनेर थाहा पाइयो.
    Birmingham

    Reply
  43. तेन्जिंग गाबा says:
    October 24, 2012 at 7:50 am

    आयु द्रोण सुते, श्रृयं दशरथे , शत्रुक्षयं राधवे !
    ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दुर्योधने !!
    सौर्य शान्तनवे, बलम हलधरे, सत्यं च कुन्ती सुते !!!
    विज्ञानं विदुरे, भवतु भवतां कीर्तिश्च नारायणे !!!!

    Reply
  44. sudha says:
    October 24, 2012 at 7:47 am

    working , working and working , missing nepal so badly .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme