Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बिस्तारै हुँदैछ परिवर्तन !

Posted on October 24, 2012October 24, 2012 by Salokya


गुल्मीको तम्घासस्थित भगवती मन्दिरमा महाअष्टमीका दिन पहिलो पटक पशुबलिको सट्टा कुभिण्डो काटियो। महानवमिको दिनसमेत यो प्राचीन मौलोमा कुनै बलि दिइएन।


तान्त्रिक परम्पराका नाममा मान्छेकै बलि दिने नरबलि प्रथा र परम्पराका नाममा जिउँदो मान्छे नै जलाउने सतिप्रथा हटे जस्तो सबै ठाउँमा यो प्रथा पनि हट्दै जाने आशा गर्न सकिन्छ। बिस्तारै हुँदैछ परिवर्तन।

जानकारी र फोटोका लागि ताराप्रसाद भुसाललाई धन्यवाद।

54 thoughts on “बिस्तारै हुँदैछ परिवर्तन !”

  1. CA Hari Prasad Lamichhane says:
    November 1, 2012 at 10:06 pm

    नया नियम नया धर्म निर्माण न गरौ न , कृष्ण मन्दिर मा शिव मन्दिर मा बलि हुदैन दुर्गा मन्दिर मा बलि दिनु आदिकाल देखि को चलन हो | कुनै समय मा दशैं त बाहुन छेत्री को मात्र पर्ब हो भनेर हिन्दु बिरोधि पश्चिमा हरु ले अभियान चलाए जस्तै दशैं मा कुभिन्डो काटे राम्रो हुने भन्ने नारा पनि उनीहरु को सड्यन्त्र मात्र हो , यो कुरा धेरै लाइ न पच्न सक्छ, तर यथार्थ हो है |

    बलि मन न पर्नेहरु अर्कै मन्दिर मा जाने नि, हिन्दु धर्म को बिसेस्ता के हो भने धेरै थरि थरि को विचार लाइ आदर गर्नु, बलि मन पर्ने ले बलि दिने मन न पर्ने ले न दिने , तर पशु बलि दिने चै न राम्रो मान्छे कुभिन्डो बलि दिएको राम्रो मान्छे भनेर कुप्रचार न गरौ है ……..

    Reply
  2. raj loo says:
    November 1, 2012 at 12:04 pm

    मन्दिरमा काटमार नगरे र पुजा र श्रदा गरि दशैं मनाउदा राम्रो भनेको हो शाकाहारी र मम्शाहरी को कुनै विवाद छैन

    Reply
  3. Gorkhali says:
    October 27, 2012 at 2:22 am

    खुसि लाग्यो, मा पनि येही गुल्मी तम्घश मा पढेर आयको. २५ वर्ष भयो तेती बेला कमसेक १०० भन्दा बढी कलिला बोका बलि हुन्थ्यो , केटा किटी हुदा मेले पनि बोको डोर्याएर गएको छु यो ठाउँ मा बलि दिन आफ्नो परिवार संग.. आज
    अमेरिका मा बसेर यो फोटो हेर्दा परिबर्त चै भएकै हो है जसले जे भने पनि

    Reply
  4. balkrishna pantha says:
    October 26, 2012 at 6:12 pm

    यदि सबै सहकारी भय नेपाल बिस्सो मै पशुपालन को यन्त गर्नु पर्नी त हैन ठिकै छ ल दुध पिउला भैसी को गाइ को बक्क्रा को तर गधा अनि खुखुरा चै के गर्नी तेसै ले बलि पर्ठा नै रोकु भन्नि मलाई तेती उचित लागेन
    अन्नेथा नलिनु होला?

    Reply
  5. Prakash Australia says:
    October 26, 2012 at 3:42 pm

    राम्रो कामको सुरुवातको लागि गुल्मिबासीलाई धेरै धेरै धन्यबाद, अरुले पनि यिनीहरुको सिको गरे हुन्थ्योनि, ………. सधैको लागी बंद भयनिहुनछ यो बलि दिने प्रथा नेपालबाटै |||

    Reply
  6. Suresh Gautam says:
    October 26, 2012 at 1:38 pm

    रबि अर्याल संग सहमत छु कि गुल्मी मा भएको शुरुवात प्रशंसनीय त छदै छ आफु पनि गुल्मेली भएकोमा घमण्ड पनि लाग्यो भलै आफ्नो योगदान केहि हुन नसकोस
    अनि तारा भुसाललाई धन्यवाद जसले गर्दा यो सबै सुन्न देख्न पाइयो

    Reply
  7. lbrumba says:
    October 26, 2012 at 8:49 am

    एकदम मै खुसीको कुरा सुन्न पाईयो | एस्लाई मा दिलैदिखी नस्तामस्तक गर्दछु | मासु नखानु भनेको हैन देवी देवता को नाउमा काटेर खानु चै एक दम नराम्रो हो जस्तो लग्यो |
    गुल्मीको तम्घास बासी ज्यु हरुलाई मेरो फेरी पनि तापैलाई हरुलाई नस्तामस्तक गर्दछु | विजय दशमीको हार्दिक मगलमय शुभकामना अर्पण गर्दछु ||

    Reply
  8. ambika says:
    October 26, 2012 at 7:39 am

    हन के भयको यस्तो यो??? यो माइसंसारमा कमेन्ट गर्ने बिशेष बलिपुजा लाइ मन पराउने हरुले एउटा कुरा किन नाभुझेको भन्या?? बलिपुजा गर्नु र शाकाहारी भन्नु भनेको दुइ बेग्ला बेग्लै कुरा हरु हुन् र यहाँ त खाली बलिपुजाको मात्र छलफल शुरु गरियको हो भन्ने कुरा किन मरिगय पनि नबुझेका होलान| सबै कमेन्टहरु पढेर मा त छक्कै परे बाबा नि त |

    मलाई लाग्छा यहाँ सबै जनाले मासु खान छोडेर शाकाहारी हुनुपर्छ भन्ने होइन कि धार्मिक चाडपर्बमा जगत जननी माताको मुर्तिलाई निरिह पशुलाइ मारी उसको रगतले रगताम्मे नपारौ भन्ने बिषय मा पो हो त | तर प्राय जसो सबै जना बिषयको मर्म बुझ्न तिर नै नलागी मासु खान पाउनु पर्ने आफ्नो अधिकारको कुर्ली कुर्ली कन भाषण पो गर्दै छ बा के हो यसो?

    के यहाँ बिषयलाई साचिकै नबुझेका हुन् कि देवीको उपशाना भन्दा पनि मासु खान पाउने पर्ने अधिकारलाई बढावा दियका हुन् कि लेख्दा लेख्दै बिषय छोडी अन्तै बहकियाका हुन् | जब बिषयको सारलाई बुझ्ने चेस्टा मात्र गर्ने पनि क्षमता नै छैन भने त्यस्तो व्यक्तिले कमेन्ट नगर्नु नै बेश हुनेछ |

    Reply
  9. bimal says:
    October 26, 2012 at 5:10 am

    मेरो १००% भोट छ.यस्तै अरु मन्दिरमा पनि हुनु पर्छ. म बाहुनको नेवार्नि स्वास्नीको छोरा ,इसाई संग ३२ बर्स देखि नागरिक बिबाह गरेको व्यक्ति ले मन्दिरमा बलि को नामले पशुको घाटी काटी अलिकति रगत चढाएर बाकी मासु चाही हामी मनुस्य ले हासी हासी खाने गरेको मनासिब होइन ? hygynic बधसाला र मासु ढुवानी को सबारी साधन उपुक्त चिसो गाडी हुनु पर्छ , ठेला र रिक्सा मा मासु ढुवानी हुनु हुदैन >

    Reply
  10. bibek sharma says:
    October 25, 2012 at 9:44 pm

    दुर्गाभवानीको मुर्तीवाट आँसु झर्‍यो /
    बाराको लिपनीमाल गाविसको चैनपुर चोकमा बडा दशैको अवसरमा स्थापना गरिएको दुर्गा भवानीको मुर्तीको आँखाबाट आज बिहान आँसु झरेको छ ।

    दुर्गा पूजा समितिले मुर्ती बिसर्जनका लागि तयारी गरिरहेका बेला बिहान साढे सात बजे तिर अचानक दुर्गाभवानीको मुर्तीबाट आँसु बगेको पुजारी दिलिप कुमार उपाध्यायले जानकारी दिएका छन्।दुर्गा भवानीको दाहिने आँखाबाट आँशुको धारा बगेको पुजारी उपाध्यायले बताउनु भयो । यसका साथै दुर्गाभवानी सवार रहेको सिंह र कात्र्तिकेय भगवानको आँखाबाट पनि आँसु झरेको स्थानीयवासीले बताएका छन ।

    दुर्गा भवानीको आँखाबाट आँसु झरेको हेर्न अहिले पूजा स्थलमा ठूलो संख्यामा भक्तजन र सर्व साधरणहरुको भिड लागेको छ ।

    Reply
    1. डिल्लीरमण न्यौपाने says:
      October 25, 2012 at 10:32 pm

      बरा! भोग खान नपा’र होला /
      गणेशले दुध पिएको देख्नेहरुले दुर्गाले आशु झारेको देख्न सक्छन / पत्थरको हृदय हुनेभए संसारमा यत्तिका धेरै निर्धाहरुको बिजोक किन हुन्थ्यो होला? धर्मको नाममा मानबको हत्या गर्नेहरु नै हुन् पत्थर को पुजा गर्ने पनि / कसैको बिजोक देखे पुर्बजन्मको फल भन्दिए भैगो, क्याबात!
      चेतना को स्तर अलि उठाउने कि?

      Reply
  11. mala shrestha says:
    October 25, 2012 at 1:21 pm

    आफु भित्र पसेर आफु लाइ कसैले मारेको कल्पना गरेर हेर या त कुनै घटना मा परेर मान्छे लाइ मान्छे ले मारेको हेर के हो हत्या भनेको त्यो बेला थाहा हुन६ प्राण सबै को एउतै हो खसी ,बोका ,हास ,कुखुरा बोल्दैन तेही मात्र फरक हो तेसै ले बलि दियर भगवान लाइ खुसि बनाउछु भने कुरा बेब्कुबी हो
    अन्तर आत्माको भगवान लाइ सफा दिलले खुसि बनाऊ मन्दिर धाउन पर्दैन

    Reply
  12. Rames, Korea says:
    October 25, 2012 at 12:36 pm

    This is the first great step stone for the transformation of society in Nepal. We have to appreciate and congratulate to Gulmele for the historic step taken. We all have to give helping hands to them who wish to do such outstanding works and performance. Lets hope to see more such incredible works in Nepal in coming days.

    Thanks

    Reply
  13. Raj says:
    October 25, 2012 at 9:16 am

    मासु खान्छु भन्ने ले खानै पाउनु पर्छ, खान्न भन्ने लाइ कर गर्न मिल्दैन. साहाकारी लाइ नि तेस्तै हो. धर्म निर्पेक्ष्य को नाम मा जता ततै गाइ काटेर खानी अधिकार ऐले को समाज अनि साशन प्रणाली ले दिन्छ भने मन्दिर मा बलि प्रथा गर्छु भन्ने को अधिकार पनि सुनिश्चित हुनु पर्छ . मन्दिर मा बलि नगर्दै मा पुरै देश साहाकारी हुने होइन . मन्दिर मा नकाटे को जनावर कसाई को हात बाट कटी हाल्छ, अनि तेई बलि प्रथा गर्नु हुन्न भन्ने ले मस्त किनेर भुटन बनाएर रक्शी / चयूरा संग जिब्रो पड्काई पड्काई खाई हाल्छन. तेसैले यो चलन येस्तई हो. A type of Eco controlling system, trade benefit and avoids food shortage especially when crop productivity is significantly decreasing around the world.

    Reply
    1. प्रविण कुमार के.सी. says:
      October 31, 2012 at 3:36 pm

      मासु खानु र बलि दिनु दुई भिन्ना भिन्नै कुरा हो कि जस्तो लाग्यो है मलाई । गल्ति भए माफ पाउं ।

      Reply
    2. Birkhe says:
      November 1, 2012 at 2:59 pm

      पश्चिमा देशमा पनि सार्वजनिक स्थानमा काटमार गरिदैन हैन र? खानु/नखानु आफ्नो ठाउँमा छदैछ। सार्बजनिक स्थान त्यस्मा पनि मन्दिर रक्तरन्जित नपारौ भन्ने मात्र हो।

      Reply
  14. द्रोण says:
    October 25, 2012 at 8:43 am

    It is never late for the good start.Man eat animal for the taste and nutrition.
    But why god should eat their own creation?People make assumptions and follow it blindly if they see small benefit out of it.
    Some 20-30 yrs ago,there were very few butcher,no slaughter house,
    No good dependable transportation etc so meat was not easily accessable.People had to wait until dashain.

    I thik this is the main reason why people started to eat animal in the name of god.

    Reply
  15. शशांक लामा, न्युयोर्क says:
    October 25, 2012 at 5:44 am

    स्याबास गुल्मेली !!!!!!!!!!!!!!!!

    Reply
  16. Dharma says:
    October 25, 2012 at 5:29 am

    यो राम्रो कार्य को सुरुवात हो हामीले पनि अनुसरण गर्दे जानु पर्दछ!
    स्वागतयोग्य कार्य को लागि हार्दिक सुभकामना

    Reply
  17. Ravi Aryal says:
    October 25, 2012 at 5:17 am

    गुल्मी बाट बलिप्रथा बिस्तारै हराउदै गएको सुन्न पाउदा,गुल्मीको हुनुमा गर्ब छ,धन्यबाद गुल्मेली दाजुभाइ दिदिबहिनिहरु :))

    Reply
  18. rabin says:
    October 25, 2012 at 4:41 am

    राम्रो लाई राम्रो भन्न जान्नु पर्यो नी .

    Reply
  19. Pramesh says:
    October 25, 2012 at 3:33 am

    खै के भन्ने के नभन्ने? राम्रै प्रचलन होला, सार्बजनिक ठाउमा नकाटेर आफ्नै घरमा काट्दा काटमार हेर्न मन नालाग्नेले हेरिरहनु परेन| तर यो बिसयमा अलि बढी नै हल्ला भएजस्तो लाग्यो| बिदेशमा बस्नेहरु छाकैपिच्छे मासु खान्छन, म आफै सागसब्जी भन्दा मासु धेरै खान्छु कसैलाई वास्ता छैन| बिचरा नेपालमा कतिपयले मासु खान पाउने भनेको तेही दशैँ-तिहार चाडबाडमा हो| अधिकांशले महिनामा एक छाक मासु खानु भनेको नै धेरै हो| दिनमा तिन छाक मासु खानेले महिनामा एक छाक खानेको कुन नैतिकताले बिरोध गर्नु? उनीहरुले एउटा खसी खाइसक्दा आफुले यहाँ ५० ओटा कुखुरा सिध्याईसकिन्छ| खै जनावरलाई दुख दिने नियत राखेर त कसैले पनि काटेको थाहा छैन, बरु एक चोटीमा खसी छिनेना र फेरी फेरी मार हानु पर्यो भने अलच्छिन लाग्छ एकैचोटिमा छिनाउन पर्छ भन्थे| मेरो बिचारमा छाकै पिच्छे माशु खानेले बर्षमा एकचोटी खसी काट्नेको बिरोध गर्न नैतिकताले दिदैन|

    कोहि साकाहारी छ र काटमार नगर्नु साग सब्जी खानु भन्छ भने त्यसमा आपत्ति छैन|

    Reply
    1. सन्तोष says:
      October 26, 2012 at 9:27 am

      Prameshji, मासुखाने बारेमा विवाद छैन, जसलाई मन छ, खाउन, टन्नै खाउन – म पनि खान्छु! तर यो खानि निउँमा देवी देउतालाई नमुछौँ ! बलि दिनु अगाडि तपाईंले बोका, राँगा, हाँस, कुखुराको भाले मन्साएको देख्नुभाछ? टन्नै पानी खन्याइन्छ बलिदिने जनावर माथि अनि जब तिनी हरुले आंग हल्लाऊँछ्न, सबै भन्छन देवी/देवता माने बलि को लागि….अझ कति पटक त त्यो जनावर न हल्ले पछि, त्येसको कानमा पानी हालिन्छ हल्लाउन को लागि….हो यो प्रथा लाई विस्तारै हटाउँदै जाउँ | यो अभियान मा कुभिण्डो काटेर संस्कृति र प्रथा लाए कायमै राख्ने गुल्मी तम्घासवासी हरु सहृदय नमस्कार!!!

      Reply
  20. Gokul Rana says:
    October 25, 2012 at 1:17 am

    Hindu religion is one of great & old among all & buddha follow this religion philosophy so one of peace religion so don’t insult just great RELIGION repect each living things. GOD is one . SUN is one there is no thousand GOD. Stupid person just read GITA SAAR
    we most prove that to world we came from peace not voilence.
    I don’t need to write more

    Reply
  21. bibek sharma says:
    October 25, 2012 at 1:16 am

    अझ अर्को सालदेखि त भगबतीको मन्दिर नै भत्काउने अभियान सुरु पो गर्लान कि भन्ने डर लागिराछ / सदबुद्धि देउ हे नवदुर्गा यी नया नेपालका नया क्रान्तिकारी हरुलाई /

    Reply
  22. योगेश आदी, न्यूयोर्क says:
    October 24, 2012 at 9:27 pm

    नालायक पाजीहरु… प्रथा, परम्परा र संस्कृति माथि खुबै क्रान्तिकारी बनेर रहदै आएको परम्पराको समेत खिल्ली उदाएको देखें !! देबीको मन्दिरमा पशु बली नदिएर सागपात बलि चढाएर खुब पुरुषार्थ गरेउ !! अब देबी रिसाएपछीको बिपत्ति पनि सामना गर…
    हामीले कहिले देबी बाहेक अरु मन्दिरमा बलि दिएका छौं र ??!! कृष्णमन्दिर, राममन्दिर, नारायणमन्दिर, शिव भगवान आदि मुर्तिहरुमा त बलि दिएका छैनौ नि ??!! हामि हिन्दुहरुको अनावश्यक दिमाग चलेको देख्दा अचम्मै लाग्छ !! बिनासकाले बिपरित बुद्धि !!!

    Reply
    1. Jivan says:
      October 24, 2012 at 11:09 pm

      ओए खाते!!! कसलाई पाजी भनेको तैँले? तेरो जस्तो किरा परेको बुद्धिले गर्दा हो हाम्रो समाजको कुरिति नहट्ने….

      Reply
      1. योगेश आदी, न्यूयोर्क says:
        October 27, 2012 at 5:47 am

        जीवनजी, यदि तपाइले नै आफ्नै पहलमा बिद्ध्यमान हिन्दु परम्परामाथि कोरा उग्र-क्रान्तिकारी प्रबित्ति र फोस्रो आदर्श देखाउन, देबी मन्दिरमा बलि प्रथा हटाउन खोज्नु भाको हो, भने मैले तपाईलाई नै नालायक पाजी भनेको हुँ !!
        अर्को कुरा, सार्कीले मोटो गाइ मरोस भन्दैमा मर्दैन… अनि धोबीले राति घाम खोजेर पनि भेट्दैन… त्यस्तै, नेपालमा हिन्दु रहुन्जेल देबी मन्दिरमा बलि चढी नै रहनेछ /

        मन परे हरियो नपरे रातो ! 0 0

        Reply
    2. Ram says:
      October 25, 2012 at 12:30 am

      योगेश आदिजीको आदि नै रहेछ बुद्धि… कहाँ कुन किताब र कुन ग्रन्थमा बलि दिएर देबी खुसि हुन्छिन भनेर लेखेएको छ? यो सब मानिसहरु आफैले बनाएको चलनहरु हो… मासु नै खान हुदैन मा भन्दिन.. तर देबीको मन्दिरमा बलि चढाएरा देबी खुसि हुने चै पक्कै हैन… यस्तो चलन राम्रो पनि हैन, परिबर्तन आबस्यक छ…..नुयोर्कमा बस्ने मित्र आफ्नो बुद्धि पनि बढाउनुस् STATUS मात्र हैन…..

      Reply
      1. योगेश आदी, न्यूयोर्क says:
        October 26, 2012 at 4:47 am

        रामजी, सर्बप्रथम आदिको अर्थ आधा होइन / अर्को कुरा बलि चढाउनु भनेको देबीको रिस र आवेग शान्त पार्नको हेतु पशुलाई राक्षसको प्रतीकात्मक स्वरूपमा लिई गरिएको क्रिया हो /
        सबै धर्ममा अनौठो लाग्ने प्रथाले जरो गाडेको हुन्छ / हाम्रो परम्परालाई त्यत्रो ठुलो बिपत ठान्नु आवस्यक छैन /

        Reply
        1. योगेश आदी, न्यूयोर्क says:
          October 27, 2012 at 5:47 am

          रामजी, सर्बप्रथम आदिको अर्थ आधा होइन / अर्को कुरा बलि चढाउनु भनेको देबीको रिस र आवेग शान्त पार्नको हेतु पशुलाई राक्षसको प्रतीकात्मक स्वरूपमा लिई गरिएको क्रिया हो /
          सबै धर्ममा अनौठो लाग्ने प्रथाले जरो गाडेको हुन्छ / हाम्रो परम्परालाई त्यत्रो ठुलो बिपत ठान्नु आवस्यक छैन /

          Reply
    3. dilip gurung says:
      October 25, 2012 at 1:37 am

      साथी, हिन्दु धर्म तिमि जस्तै “उच्च” बिचार राख्नेहरुका कारण पतन तिर लागेको हो| तिमीलाई हिन्दु चाही होइन रक्तपिपासु भन्दा अत्युक्ति नहोला|

      Reply
      1. योगेश आदी, न्यूयोर्क says:
        October 26, 2012 at 4:51 am

        दिलिप गुरुङजी, हिन्दु धर्म कहिले पतन तिर लागेको देख्नु भयो ?? धर्म अनुसासन हो, आश्था हो, समाजको धरोहर हो; यो कहिल्यै पतन हुदैन /
        यस्ता साना साना प्रथाहरु कुनैपनि धर्मको सौन्दर्य हो /
        हिन्दु धर्म अहिले पनि संसारको चौथो ठुलो धर्म हो / करिब ९०० मिलियनले यो धर्ममा आस्था राख्दछ /

        Reply
      2. योगेश आदी, न्यूयोर्क says:
        October 27, 2012 at 5:48 am

        दिलिप गुरुङजी, हिन्दु धर्म कहिले पतन तिर लागेको देख्नु भयो ?? धर्म अनुसासन हो, आश्था हो, समाजको धरोहर हो; यो कहिल्यै पतन हुदैन /
        यस्ता साना साना प्रथाहरु कुनैपनि धर्मको सौन्दर्य हो /
        हिन्दु धर्म अहिले पनि संसारको चौथो ठुलो धर्म हो / करिब ९०० मिलियनले यो धर्ममा आस्था राख्दछ /

        Reply
    4. Birkhe says:
      November 1, 2012 at 3:23 pm

      देश तथा बिदेशमा बस्ने हिन्दू उपबुज्रुकहरुले देशमा संबिधान नबनेको, सरकार नबनेको दोश पनि अब देवी रिशाएकोले भनेर व्याख्या गर्न बेर छैन।

      Reply
  23. neerose says:
    October 24, 2012 at 8:33 pm

    यहि हो धर्मको आफ्नै आफ्नै तरिकाले व्याख्या गर्दै जानु भनेको!
    उदाहरण, पुरेत ले जजमानी गर्दा!
    पहिले गाइ माग्छ,
    गाइ नभय गाइ अंकित पैसो भयपनी चल्छ!
    तेस्तो केहि नभय कुश बटारेर गाइ बनायर भनेपनि काम फत्ते गरिहाल्छ त!
    अब पशु बलि रोक्नेकुरालाई कुभिन्डो को बलि चाहि दिनै पर्यो!
    यो हो परिवर्तन ?
    त्यो कुभिन्दोको उपयोग त भयो तर के उपभोग पनि भयो होला त? राँगो भयको भय त तेस्को उपयोग र उपभोग दुवै हुने थियो नि होइन र?
    यदि परिवर्तन नै गर्ने हो र बलि प्रथा गलत हो भन्नेनै लाग्छ भने बलि नै नदिनुपो पर्ने हो त? बोका होस् कि कुभिन्डो होसकी फर्सि त्यो क्रिया नै पूर्ण त बन्द हुनुपर्यो!
    योत यस्तो भयो,
    घरको बिरालु थुनेर श्राद्द गरेको देखेको छोराले आफ्नो घरमा बिरालु नभयपछी पुरा गाउ छान मारेर बिरालु खोजि ल्याई डोकोले थुनेर श्राद्द गर्यो रे अनि उसको पनि छोराले चाहि गाउमा नै बिरालु नपयपछी पल्लो गाउ बाटबिरालु झिकायर डोकोले थुनेर आफ्नो पिताको श्राद्द गरेरे अनि तेस्को पनि छोरोको पालोमा त बिरालु नपाउन्जेल श्राद्द नै नगर्ने जहिले बिरालु पाउछ तब श्राद्द गर्ने गर्न थाल्यो रे!
    यो पनि परिवर्तन त हो नि होइन र? तर चेतनाको र बिचारको परिवर्तन हो त?
    अब एक पटक यहि कुभिन्डो बलि को क्रियालाई लिउ,
    यो बिल्कुल देखावटी र खोरन्ड़ो परिवर्तन लाग्यो मलाइ त अरुले जे भनुन,
    अब यो मौलामा बाधियर बलिदान हुने रागो बोका जे थिया, के ति अब कातिन्नन त? तिनीहरु उपभोग हुदैन त?
    कमसेकम त्यो मौलामा बलि दियको रागोको त माशुको उपभोग हुन्थ्यो अनि लामो प्रतीक्षा पश्चात आउने एउटा चाड उल्लास र उत्साहा साथ् मनाउनको लागि त्यो माशुले साथ् दिन्थ्यो तर अब त्यो रहेन किनकि यहा त्यो रागोको बदलामा कातियाको कुबिन्डोको निश्चयपनि उपभोग हुने छैन त्यो तेत्तिकै पछिल्तिर फ्याकिने छ भने यहा नकातियर जोगियाको रागो या बोका जे थिया छन् त्यो अब कहिँ कतै कुनै पनि बेला जसरि भयपनी निश्चयनै काटिने छ मतलब तेस्को बलि हुने छैन तेस्को हत्या हुने छ अब! कमसेकम यहा कातियाको भय काट्नेले पनि भगवान संग क्षमा राख्दै आफ्नो यो कार्य प्रति आत्माशुड्डी गर्दथे बलि दियको भानिकन र काटिने पशु पनि आखिर जानेट कसैको भुदिमा नै हो तर पनि शुद्द भगवानको आगनमा बलि चढेको भनेर मुक्ति दियको र मुक्ति पायको आत्मानुमान त हुन्थ्यो तर अब यो दुवै भयान अब मात्र हत्या हुने भयो माशुको लागि!
    मन्दिरमा बलि चदाउदा त यी कुरालाई कमसेकम भगवानलाई चदायर तेस्को दोष र पाप भगवान तिर पन्छायर मान्छेले आत्मासुद्दी गर्दथे र तेस्को माशु उपभोग गर्दा पनि पर्साद सम्झेर गर्दथे!
    तर अब यो कुनै कुरा भयन अब त सिर्फ भुडी भर्ने स्वार्थको नाममा एउटा प्राणि हत्या हुने भयो त्यो कुनै पबित्र मन्दिरमा नभयर कुनै चौबाटोमा वा कतै बारीको कान्ला कुन्लो तिर वा कसैको आँगनमा!
    तेसैले म त भन्छु यो कुराको बहुत अध्यान गरि सोचेर बुझेर सामुहिक तबरले यसमा परिवर्तन गरौ, परिवर्तन गरौ तर सो परिवर्तनयुक्त कार्यले सभ्यता र बिकाशको सर्बोचित सम्बोधन गर्दै एउटा नया आयाम को सुरुवात होस् नाकी हतारमा देखाउनको लागि गरिने काम!
    म त अझै भन्छु बलि प्रथा भनौ या कार्य प्राणि को हत्यागारने र उपयोग गर्नेकुरामा अन्य सबै प्रक्रिया भन्दा सर्बोकृस्ट छ मात्र आबस्यकता यसलाई आबस्यक परिमार्जन र ब्याबस्थापन अनि दुरुपयोगको पाबन्दी गर्नुपर्ने छ!
    बलि प्रथाको सुरुवात आबस्यकता स्थापना उपादेयता उपयोगिता महत्वो आदि कुराको अलिक गहन अध्यायन गरेर हेरी तेस्लाई ब्याबस्थित गर्नु जरुरि छ भन्छु म!

    Reply
  24. bibek sharma says:
    October 24, 2012 at 7:44 pm

    जुन देशमा ९९% मान्छे दशैं आयो भनेसी मासु खान मरिहत्ते गर्छन , तेही देश मा यो नया प्रथाले अब मन्दिरमा बलि नदिकन जिउदै पशु पन्छी लुच्छ्ने नया परम्परा थालनी भै पाषण युग तिर फर्किन् बाध्य त होइन्न /

    Reply
  25. sam says:
    October 24, 2012 at 6:55 pm

    राम्रो हो | सार्वजनिक रुपमा हिंस्रक प्रदर्शन रोकिनु राम्रै हो | तर खानै हुन्न, साकाहारी नै बनौ भनेर ढिपी कस्नेहरुलाईचै म मुक्कै बर्साइदिन्छु हो |

    Reply
  26. sanjay says:
    October 24, 2012 at 6:53 pm

    great job Gulmi people.I salute for being good people and showing good example to others.thanks for doing so

    Reply
  27. Jyoti Rijal Rimal says:
    October 24, 2012 at 5:49 pm

    मन्दिर मा जादा अब रगतमा कुल्चिएर हिड्नु नपर्ने भो/ झिंगा नभंकने भयो/

    बली दिने सन्धर्भ मा भने यो पहिलो खुड्किला होला?
    मेरो विचारमा त भगवान ले सृस्ती गरेको यो संसार मा हामीले दिन सक्ने के छ र? भगवान मान्छे जस्तो बस्तु पाएर खुसि हुनु होला त….. ?
    भगवान को एउटा बच्चाको घांटी काटेर भगवान खुसि पार्न खोज्नु….. ?
    मेरो लागि त एउटा फुल र बोका मा केहि फरक छैन कुरा यति हो कि रगत को रंग फरक छ/ एउटा चल छ एउटा अचल / फुल टिपेर चडाउन मलाई बोका को बलि जस्तै गारो लाग्छ /
    जे होस् खुसि लाग्यो ?

    Reply
  28. Rajesh Poudel says:
    October 24, 2012 at 5:49 pm

    I m very much happy to hear this news as I m completely against such traditions. Its a act of complete sinners who doesn’t know what is “Dharma” and “Adharma”. How could god will be happy by getting sacrifices of their own creation. “Shastra” does not say anything about sacrificing animals- will make god happy.

    Its a culture made by the people for a reason to enjoy. If one’s want to follow the sacrificing culture then why cant they offer KUVINDO which is said that it offers you 100 times more ” Punya” than sacrificing animals…… Lets hope government will take necessary measure to avoid such kind of act in future like Srilankan Government did.

    Have wonderful Dashain.

    Cheers !!

    Reply
  29. Rajan says:
    October 24, 2012 at 5:09 pm

    मासुको लागि जनावर काट्नु र भगवानलाइ बलि दिनु मा धरै फरक छ!

    Reply
  30. Lal shrestha says:
    October 24, 2012 at 4:23 pm

    कलि युग को अन्त्य .. अनि सत्य युग को अनि आरम्भ …सायद यो संकेत हो कि ..

    Reply
  31. mahendra says:
    October 24, 2012 at 2:54 pm

    संसार सुधार्नु छ भने आफै बाट सुरु गर्नु पर्छ
    भने झैँ राम्रो काम को सुरुवात गुल्मी बाट भयो
    सबैलाई दशैँ को सुभकामना

    Reply
  32. yogesh, Japan says:
    October 24, 2012 at 2:44 pm

    मारकाट बिनाको दशैको बारेमा पढे .. कन्मेंट नगरी बस्न मन मानेन सारै राम्रो लाग्यो . मनबाट सारै खुसि भए .. अतिराम्रो परम्पराको सुरुवातको लागि गुल्मेली बासीलाई धेरै धेरै धन्यबाद

    Reply
  33. bibek sharma says:
    October 24, 2012 at 12:55 pm

    हैन मान्छे सुधार्न खोज्या हो कि हाम्रो धर्म सुधार्न ?! मान्छे नै सुध्रिन खोज्या हो भने यो पवित्र मानवीय आत्मालाई पशुपन्छी को चिहान घाट कुनैपनि तरहले नगराउदा नै उपयुक्त होला , हैन भने परम्परा तोडेर कुभिन्डो काट्दै मा यो परिबर्तन हो भन्न सकिन्न /सबै मासु पसल सायद केहि बर्ष पछी बन्द हुने होलान त ? कि सबै नेपाली अब साकाहारी हुने हुन् ?हेर्न कति पर्खिनु पर्ने हो कुन्नि? जे भए पनि धार्मिक परम्परा र संस्कृति मा अलिकति राजनीतिक गन्ध दिने र राजनीति गर्ने बाहेक यो नौलो प्रयास होला जस्तो मलाई लाग्दैन

    Reply
    1. pradip nepali says:
      October 24, 2012 at 4:18 pm

      धार्मिक परम्परा??? सति प्रथाको बारेमा सुन्नु भएको छ? त्यो पनि एउटा परम्परा नै थियो, तेस्लाई पनि फेरी सुरु गर्ने हो कि? देखन सक्नु हुन्छ आफ्नै आमा, दिदि-बहिनि हरु जिउदै जलेको?
      परम्परा हरु मान्छे ले नै सुरु गरेका हुन्, येदी यो नराम्रो छ भने सुधार गर्नु पर्छ. तपाई लाइ मासु खान मन लाग्यो भने धर्म को नाम किन बदनाम गर्नु हुन्छ? butcher को बाट लिएर आउनुस या आफै घर मा काट्नुस.

      Reply
    2. Saroj Acharya says:
      October 26, 2012 at 9:33 am

      यो कुरा ठिकै गरेका हुन् गुल्मेली साथीहरुले ……. माशु खान हुन्छ मान्छेले तर बलि मात्र नदिए हुन्थ्यो नि …

      Reply
  34. कुसुम ज्ञवाली says:
    October 24, 2012 at 10:29 am

    धर्म हत्या र हिसाबाट हुन सक्दैन । समयले यो कुरा बुझाउँदै छ हाम्रो समाजलाइ । अहिसाको अभ्यास निकै पुरानो हुनुपर्छ, महामानव बुध्दको समय यताका पच्चिसयस बर्ष अघि देखिको सबल प्रयासले नेपालमा मुहुर्त रूप लिन लागेको अाभाष मात्र पनि कति प्रिय हुँदो रहेछ । भवतु सब्ब मंगलम … ।

    Reply
  35. kranti dallakoti says:
    October 24, 2012 at 10:25 am

    its a really good news. iam very much impressed and would like to thank the people for not killing innocent animals in god and goddess temple. this kind of thing must happen nationwide. sacrificing animal must be stopped if any wants to be blessed. lastly, please go green go veg and save the planet.

    Jay Nepal !!!

    Reply
  36. बिनोद तिमिल्सिना says:
    October 24, 2012 at 10:11 am

    खुशिको खबर,आउदा वर्षका दशैबाट देश भरि कै मन्दिरहरुले भगवती मन्दिरको अनुसरण गरेको समाचार सुन्न पाऊँ।

    Reply
  37. madhav sigdel says:
    October 24, 2012 at 9:13 am

    मलाई त ठिक लागेन
    किनकि परा पूर्व कल देखि चली आयको चलन लाइ बदेलनी विचार
    भोक लाग्दा पानि होइन अन्नको खाचो हुन्छ जस्तो लाग्छ ..
    कालि मतको सक्ति रगत अर्थात् बलि मा नै हुन्छ जस्तो लाग्छ
    जय नब दुर्गे मा …….
    सायद गुल्मी मा मार हन्नी बेग्ति विदेश तिर पलायन भयर होला है

    Reply
  38. cRIS says:
    October 24, 2012 at 8:50 am

    गुल्मेलीले नै गर्छन, जे गर्छन| सहि शुरुवात| स्वागत गर्दछु|

    Reply
  39. xyz says:
    October 24, 2012 at 7:40 am

    Yesterday, I was listening to a coment, in Image news, by one of the stupid fellow from Maru Ganeshthan. His arguments follow like this: (1) the system of sacrificing animals is our age-old tradtion; (2) the conspiracy against the system is hatched by dollar farming INGOs and NGOs; (3) the system is pure respect and devotion for power, and (4) moreove, it is good for animal themselves. What a f##king and sickening arguements?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme