—देवेन्द्र भट्टराई—
एक महिनाअघि मोरङको सातपिडी गाउँबाट काठमाडौं आएका आफन्तजन परमोद ‘फिलिपिनो’ले मेरो स्प्लेन्डर बाइकमा शहर–रवाना गर्ने भित्री इच्छा देखाए। ‘लौ त नि’ भन्दै बाइक जिम्मा दिएको थिएँ, पाटनढोकाबाट दबाएको गियर थापाथली चोकमैं गएर थामिने अवस्था आइपरेछ। ट्राफिक आइल्याण्डमा रोकिएकी ‘माइजु’ (पुलिसलाई मामा र चौकीलाई मामाघर भनिने अर्थमा) ले परमोद ‘फिलिपिनी’को कानको जरी छेउमैं समाएर त्यहाँ अड्काएको मोबाइल फुत्काइछन्। भर्खर युएइबाट फिरेका यी आफन्त अमेरिकाबाट प्रेयसीले पठाएको आइफोन कानमा अड्काएर बात गर्दै मदमस्त हिंडेका रहेछन्।
अनेक स्पष्टीकरण बेहोरेपछि एक सय रुपैंया जरिवानाको चिकर्टो बोकेर यी आफन्त त्यहाँबाट उम्केका रहेछन्। एक सय रुपैंया जरिवाना परमाका लागि ‘ठूलो बात’ थिएन। तर त्यो हर्जाना तिर्न ग्लोबल आइएमइ बैंक खोज्दै हिंड्नुपर्यो, त्यहाँ गएर शुल्क बुझाएपछि लाइसेन्स उकास्न फेरि थापाथली ट्राफिक (मामाघर) धाउनुपर्यो। यो अनेक हैरानी त छँदैछ, तर त्यो हर्जाना–बिलमा दर्ज भएको रहेछ— मेरो बाइक नाम, नम्बर। यो बिसाद र बेचैनीको कहानीभन्दा पर्तिर मेरा आफन्त परमोद(प्रमोद अधिकारी)ले ग्लोबल आइएमइ बैंकको काउन्टरमा पुगेपछि सिकेका केही शब्दावलीबाट यो वृतान्त थाल्न चाहन्छु।
‘के भाइको मा.प.से. हो?’
‘होइन।’
‘चु.से.?’
‘के भनेको यो?’
‘चुरोट सेवन?’
‘हत्तेरी अहिले होइन, पहिले खान्थें।’
‘कुनै प.से.?’
‘अनि यो नि?’
‘पदार्थ सेवन?’
‘होइन होइन…’
‘अनि मो.का.हो त?’
‘तपाईहरुसँग त कति धेरै संक्षेपीकृत शब्द रहेछन्। यो मो.का. के हो नि?’
‘हत्तेरी भाइ, यो मोबाइल कानमा हो…’
बल्ल कुरा मिल्यो। अनि त्यही हर्कत अनुसारको दफा नम्बर टिपाउदै आफन्त बैंकबाट उम्किएका रहेछन्। हो, अहिले आएर त्यस्तै अर्को प्रकरण जन्मिएको छ— का.कु. प्रकरण।
फूलपातीको साँझमा कार्यालय धन्दा तुर्याएर पाटनढोका डेराघर फर्कने क्रममा आइपरेको विस्मयी घटनाले का.कु. प्रकरण बाहिर ल्याएको छ। का.कु. अर्थात कात्तिके कुकुर।
‘आउटसाइडर’ले भरिएको काठमाडौं महानगर हरेक बर्ष बडादशैंका बेला निकै भिन्न बन्ने गर्छ, भिन्न यस अर्थमा कि यत्तिको सुनसान र एकान्तिक शहर शायदै अर्को होला जस्तो अनुभव हुन्छ। यहाका खुला सडक, टोल र चौरस्तामा स्वभावत अरुबेला नदेखिने कुकुर, बिरालाको मोजमस्ती देख्न पाइने गरेको छ। त्यसमाथि पात्रो र साइतअनुसार कात्तिकको पहिलो सातामा परेको बडादशैं पर्वका अवसरमा आफ्नो रित र परम्पराअनुसार कुकुरहरुले ‘बडा–रसरंग’ गर्न थालिसकेको दृष्य देख्नु उती अचम्मको कुरा होइन।
हो, फूलपाती साँझमा ९ बजेतिर कुपण्डोल हुँदै पाटनढोका लाग्ने कुइनेटोमा का.कु. काण्ड यसरी घट्यो, यसको जिउँदो साक्षी म बन्न पुगेको छु। अँध्यारो कुइनेटोमा दुई जोर कुकुर सांस्कृतिक कर्ममा जुटेका रहेछन्। र, अरु पालो पर्खिबसे झैं ५/७ कुकुरहरु बडो निम्छरो कुईकुई निकाल्दै सडकपेटीमा बसेका रहेछन्। त्यो माहोलमा आइरहेको बाइकको उज्यालो र हर्नको आवाज थेग्न नसकेर रसरंगी र अरु समेत हुत्तिएर भाग्ने हुँदा मेरो मोटरसाइकलको प्रहार मात्रै उनीहरुमाथि परेन, म चालक समेत कुकुरको गोलोमाथि गोल्ट्याङ खाएको मधुर स्मृति अझै छँदैछ। ओहो, दुर्दशाको पनि एउटा सिमा हुन्छ नि !
रासलिलामा रमेका जोडा–जोडी कता पुगे, अरु क्युमा बसेका नादान कुकुरहरु कता भागे— पत्तो पाउन सकिएन। हो, चिसो पिचको गालामा आफ्नो तातो गाला दफर्रिएको बेला मैंले जिउदा कुकुर–बिराला संरक्षणमा जुटेकी जान साल्टरदेखि मरेका कुकुर–बिराला थन्क्याउनमा अभियन्ता बनेर लागेका सुवोध आचार्यसम्मलाई झलक्क सम्झेको थिएँ।
त्यो घडी मैले पशुहरु(कुकुर/बिराला)को संरक्षण र अधिकारमा लाग्नेहरुको तुक न छन्दका कुराकानी पनि सम्झेको थिएँ। का.कु. काण्डको घाइते बनेपछि मेरो सुझाव पनि के रहेको छ भने यो कात्तिक महिनालाई कुकुर–बिराला अधिकारकर्मीहरुले आफ्नो कार्यक्रमको केन्द्रबिन्दूमा राखिदिनुपर्यो। ताकि कुकुर हकहितको प्रगति विवरण बनाउन र ठूलो फाइल खडा गर्न यो महिना आफैंमा काफी छ। यहाँ मान्छेले सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाउने चेतावनी बाहिर आइसक्यो। गले मिल्न र अंकमाल गर्न नपाइने स्थिती सामुमा आइसक्यो। यसबेला कुकुरहरुले सार्वजनिक स्थलमा रतिराग अथवा सेक्स गर्न पाउने कि नपाउने? त्यो सेक्स गराइबाट अरु निम्न मध्यमवर्गीय बर्गत भएका कुकुरहरुलाई पर्न सक्ने मानसिक र मनोबैज्ञानिक आघातबारे अधिकारकर्मीहरुले बेलैमा किन नसोच्ने? अझ त्यो अराजक सेक्स–कर्मबाट बाटामा हिंड्ने बटुवा, बिशेषत महिला बर्गमा हठात पर्न जाने दृष्टिदोषप्रति को जिम्मेवार होला?
कुकुरबारेका क्षण स्मरण गर्दा सन् १९९४ तिर पहिलोपटक हङकङ जादा त्यहाँका सडक–पेटी र चौरस्तामा कट्टु लगाइएका कुकुरहरु देखेको थिएँ, त्यो दृष्य देख्ता आफैं चकित परेको थिएँ। सडक वा बाहिरी सार्वजनिक स्थलमा कुकुरले आची नगरोस् भनेर ‘कुकुरलाई कट्टु’ लगाइएको रहेछ। पछि बुझ्दै जाँदा थाहा भयो, हङकङ मात्रै होइन—अमेरिका र युरोपेली मुलुकहरुमा पनि कुकुरलाई कट्टुदेखि सेक्स, इन्टरटेनमेन्टसम्मका सबै सेवा–सुविधा उपलब्ध गराइने रहेछ। यो टाढाको कुरा नगरौं, हाम्रा कुकुर–बिराला अधिकारकर्मीले कट्टु वा सेक्सका बारे चिन्ता र चिन्तन गर्न नसकेपनि का.कु. बारे भने चिन्ता गरिदेउन्।
फूलपातीको कुकुर प्रकरणले यो ज्यानको सफाचट गालो दफर्रिएको छ, यो चोटको भित्री कारण के होला भनी आइपर्ने जिज्ञासाहरुका कारण मनमा अनेक शंका–आशंकाहरु पलाएका छन्। यही बेला एकजना हितैषीले दिएको फिल्म ‘हाचिको’ हेरिरहेको छु, एकान्त कोठामा बसेर। जापानी निर्देशक सेइजिरो कोयामाले सन् १९८७ मा बनाएको सुप्रसिद्ध फिल्मका कारण कुकुर जगतप्रति ठूलो श्रद्धा पलाइरहेको यथास्थिती पनि एकातर्फ छँदैछ, अर्कातिर का.कु. पनि झल्झली आँखैमा छँदैछ।
थोरै दर्फरिएको दाहिने गालो छाम्दै र आफैं सम्हालिंदै नजिकैको डेरामा म पुगिसकेको थिएँ। कुकुर सन्दर्भका धेरै सम्झना र सन्दर्भहरु आखामा तिलस्मी चित्र झैं छाइरहेका थिए। त्यहीबेला कवि मनबहादुर बिष्टको एउटा ‘जरसाहेबको कुकुर’ कविता पनि एकै झलकमा सम्भि्करहेको थिएँ। बिषय वा सन्दर्भले अन्य अर्थ नलागेमा का.कु.–काण्डको समयसन्दर्भमा मीनबहादुरको यो कविता यहाँ उद्घृत गर्न चाहन्छु—
”बसन्तको पदचाप बज्नु हुँदैन कहीँ
हावाले सिठी बजाउँदै दगुर्नु पनि हुँदैन
नदीले यात्राका पैतालाहरु बगाउनु हुँदैन कहीँ
भालेले समयको सङ्केत पनि दिनु हुँदैन।
चराहरुको भावविमोहित सङगीत गुन्जनु हुँदैन कहीँ
केराको पातमा लोखर्के पनि नाच्नु हुँदैन
आरुको बोटमा ताराहरु झुण्डिनु पनि हुँदैन
आकाशमा बादल उड्नु हुँदैन कहिल्यै
बादल ओढेर जूनले बादलकै कोठाभित्र निदाउनु पनि हुँदैन
कोखिलामा चिचिलाहरु च्यापेर आमाहरुले कतै निस्कनु हुँदैन कहिल्यै
ज्यावल बोकेर किसानहरु फाँटतिर लाग्नु पनि हुँदैन
फाँटमा जौका टुँडाहरु लहलहाउनु पनि हुँदैन
बगैँचामा रङग–बिरङगका फूलहरु पनि फुल्नु हुँदैन
तोतेबोली बोल्दै ससाना केटाकेटीहरुले पृथ्वीजस्तो गोल भकुण्डो
उफार्दै, गुडाउँदै मैदानतिर कुद्नु पनि हुँदैन
गौँथलीले बर्Èातका निम्ति गुँड बनाउनु पनि हुँदैन
हूँदैन, सूर्य उदाउनु पनि हुँदैन, सूर्य अस्ताउनु पनि हुँदैन
चौबीसै प्रहर अपराधीले झैँ शङकाले कान ठाडा पार्दै
बाह्रै मास घृणाको तीखो नजरले चारैतिर हेर्दै
हरसमय फोहोर र भद्दा आवाजले गाली गर्दै सबैलाई
हरबस्तु काँचै चपाउँला वा निलुँलाझैं गरी
भोको अजिङगरले झैं
थुतुनो फट्फटाउँदै
र तरबारजस्ता तीखा दाँतहरु चम्काउँदै
भुकिरहन्छ
जरसाहेबको कुकुर भुकिरहन्छ।
भुकिरहन्छ
जरसाहेबको कुकुर भुकिरहन्छ
बिलकुल जरसाहेबका आँखाजस्ता आँखा लिएर
बिलकुल जरसाहेबको थुतुनोजस्तो थुतुनो लिएर
बिलकुल जरसाहेबका आँखाजस्ता आँखा लिएर
बिलकुल जरसाहेबको मिजास जस्तो मिजास गरेर
मानौं जरसाहेबको अर्को रुपझैं
संसारका प्रत्येक कुरुप, फोहोर र
भद्दा कुकुरहरुको सम्मानमा
पुच्छरले सलामी चढाउँदै
मानिसको सुन्दर इलाकाभित्र
घरी धुरीमा चढेर, घरी पर्खालमाथि बसेर
आतङ्क र अराजकताको साइरनजस्तो
भद्दा आवाजमा भुकिरहन्छ
र जरसाहेब
त्यस नमीठो, रुखो र असभ्य आवाजलाई
यस प्रयोगको सबभन्दा मीठो सङगीत ठान्दै
खित्का मारेर हाँस्नुहुन्छ
उस्तै नमीठो, रुखो र असभ्य आवाजमा।’
ति का कु हरु लाइ राम्रो संग ला डो ले बाधेर राखेको भए त्यो गालो सुरक्छित रहदो हो ( ला डो अर्थात लामो डोरी )
चल्दा चल्दैको बाइकबाटै फदाल्नु पर्ने के गति गरेछन् नी हो का.कु. हरुले !
हेतेरी तपाइको गालाको दागको मु जी (मुख्य जिम्मेबार ) त कुकुर पो रहेछ !! 🙂
”बा भ ” has said he will not quit from power unless there is national consensus.”झ ख”,”सु को ”,रा प् ”,से बा दे ”,ख प् वो ” are waiting impatiently for step down of ”बा भ ” so that they can wear the crown themselves and enjoy money and power.
They would also simply say go to the hell to the peoples interest and constitution.
देबेन्द्र जी ,दसैको बेलामा मा.प.से.ले गर्दा का.कु.का.(कात्तिके कुकुर काण्ड) त भएको होइन नि ?शंका गरेकोमा माफ गर्नु होला है /
मलाइ पनि DVD वा VCR लगाएर बाईक चलाउनु भो कि भनेर शंका लागिराछ
*
*
*
*
*
*
*
VCR = भटमास + चिउरा + रक्सी
DVD = दालमोठ + भटमास + दारु
B P भनेको भए भइहाल्थ्यो नि ! छोटकरी पनि यस्तो लामो! बि पी भनेको बिस्वेश्वर प्रसाद भनेको होइन नि ! बि पी भनेको – बिजुली-पानी !!!!!!
ल ल तुरुन्तै छाला बिशेसज्ञ लाई देखाई हाल्नु, हेर त हरि बिजोग, दुर्गा भवानी ले वचाईन
गाला दर्फरिएकोमा दु:ख लाग्यो; धन्न हात खुट्टा भाँचिएन भनेर सन्तोष लिनुहोला!
तर लेख पढेपछी खित्का रोक्न चाँही सकिएन! कुरा पनि कति मात्रै आउने होला! 🙂 🙂
अरु बनेको तेस्तै हो….त्यो मो का मोबाइल कानमा लाई दिएको ग्लोबल र बग्गी खानको चटारो चाही अति राम्रो लाग्यो…..हो यसरीनै टेन्सन दिनुपर्छ नियम कानुन मिच्ने लाई….अनि बल्ल ठिक ठाउमा आउँछ यी जिराहा हरु…
लेख उच्च स्तरीय छ धेरै हासो उठ्यो,धन्यबाद
देबेन्द्र जी ….
बाटो हेर्न छोडेर कुकुरको सस्कृति कर्म हेर्न तिर लाग्दा गोल्द्द्यंग खानुभए जस्तो लग्यो |
देवेन्द्र जी, सम्भोगको कुरो आयो – सरल भाषामा आयो । बिचरा कुकुरहरुले सम्भोग गर्न नपाउने हो र ! ल ठीक छ तपाईं घर भित्र बसेर-सुतेर, जे गरेर भए पनि सम्भोग गर्नु हुन्छ । मतलब तपाईंको घर छ र न त्यसो गर्नु हुन्छ- जुन घर तपाईंका बाको देन होला । तर ति कुकुरका बा हरु पनि अली सचेत भएको भए तिनले पनि घर भित्रै सम्भोग गर्थे- दिन दिनै गर्थे । त्यसरी बर्ष दिन कुर्नै पर्ने थिएन । एक बर्षको एक पटक पनि सम्भोग गर्न नपाउने ति कुकुरहरुले । मान्छेहरु आफुहरु दिन दिनै गर्ने कुकुरहरुले बर्षमा एक दिन गरेको पनि देखी नसहने ??
म पांच कक्षा पढेको सालको दशैंको बेलामा लिंगे पिंग मच्चाउँदै गर्दा त्यसैगरी का.कू. जुध्दै आएर पिंगको काप्रीमा ठोक्किएर म बारीको डिलमा बजारिंदा मेरो घुंडा र अनुहारमा त्यस्तै दर्फ़रिएको थियो. हरेक साल जब कार्तिकमा दशैं पर्छ म त्यहि सम्झिन्छु.र आज भट्टराइ जीको कहानीले झन् तिखो बनाएर सम्झायो.
संधै पढीरहुँ लाग्ने देवेन्द्रका लेखोट पढेर मनै आनन्द भएर ल्यायो| लेख्दै गरम है देवेन्द्रजी !!!!!
लौ है ! मैले पनि त्यस्तै एउटा सम्झेर ल्याएँ| म मास्को हुँदाताकाको कुरो हो! अल्छी लाग्दो दिउँसोको समयमा हामी केहि साथीभाइ समय कटाउन छोटकरी शब्दको लामकारी माने लगाउंदै थियौं: जस्तै ना उ ता के – नागरिक उड्डयन तालिम केन्द्र, भे डा – भेटेनरी डाक्टर, रे टे – रेडियो टेक्निसियन आदि….त्यस्तैमा एकजनाले ग कु रा भनेको के हो भनेर फ्याट्टै सोध्यो| सबैजना घोत्लेर सोच्न थाले – मरी जाउँ, कसैले भन्न सके पो! ल, हामी हार्यौ, तैं भन भनेर उसैलाई जिम्मा दियौं | गकुरा भनेको गणेश कुमार राइ भनेको सुन्दा हामी घोप्टेर, उत्तानो परेर भुतुक्क हुन्जेल हाँसेका थियौं| कान्तिका कन्सल्टेन्ट बाल चिकित्सक गणेश राइको कानमा चाहिं यो नपरोस है !!!!!
भट्टराई सर , बिचरा कुकुर हरु को १२महिना मा एक पटक आउने बैंश पनि तपाई लाइ अभिशाप भयो./
can’t stop laughing. रा.ला. (राम्रो लग्यो)
हाहाहाहाहाहाहाहहा
गालो दफारिनुको कारण चै का.कु. भन्दा पनि भट्टराई जी को आफ्नै कमजोरीले हो तर यहाँले उठाउनु भएको का.कु.को सडक क्रिया या रसरंग को बिषयमा चै संवेदनशिल छ,सम्बन्धित निकायले बेलैमा सोचोस्।
यो लेख पढेर त् पुरानो सम्झना पो याद आयो
कुरो कक्ष्या ८-९ तिर पढ्दाको हो
नेपाली बिषयको संक्षिप्त शब्दको पूर्ण रुप लेखेर ल्याउने ग्रिहकार्य दिनुभाथ्यो गुरुले एउटा संक्षिप्त शब्द यस्तो थियो :
उ.त्.बा.म. = उद्ध्योग तथा बाणिज्य मन्त्रालय
हाम्रो एकजना मित्रले चाही यस्तो लेखेर ल्याएछन्
उ.त्.बा.म. = उर्लाबारी तलतिर बाख्रो मर्यो
गजब हासियो त्यो दिन,,,,, अझै पनि सम्झेर बेलाबेला हास्छु
यो उर्लाबारी तलतिर बाख्रो मर्यो ले त मलाई पनि जोड संग हसायो…..धन्यबाद तेन्जिंग ब्रो लाइ…
क. कु धरै राम्रो देवेन्द्र जी
बडो मिठो लेख पढ्न पाइओ धेरै दिन पछि
you became a victim of ”का कु ”honeymoon.
you wrote this.
what would have happened if you had fallen into the middle of ”सा जु ”,
बा. मि. (बाच्छाको मिचाई ) हुन्थ्योनि अथवा दे. मि. (देबेन्द्रको मिचाई ) हुन्थ्यो
विचरा देवेन्द्र जि लाई कस्तो परेछ दशैको बेलामा
निकै रमाइलो लेखन, जे जस्तो भए पनि पढ्दा मज्जा आयो, अनि तो गाला को दाग सधैको लागि त होइन नि ? निकै नराम्रो गरि लागेछ देबेन्द्र जी.