Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दशैँको चहलपहल

Posted on October 21, 2012October 22, 2012 by Salokya


आजभोलि काठमाडौँमा धेरै सपिङ सेन्टर, मल खुलेका छन्। अनि उनीहरुले दशैँका बेला ग्राहक तान्न गायक गायिका बोलाएर कन्सर्ट गर्ने गरेका छन्। चाबहिलको चुच्चेपाटीमा भर्खरै खुलेको केएल टावरमा आज एड्रियन प्रधानको कन्सर्ट थियो। एड्रियनले यो मन त मेरो नेपाली हो, हिँड्दाहिँड्दै दोबाटोमा….जस्ता गीत गाएर दर्शकलाई मनोरञ्जन दिए।


भिडभाडमा बसेर माइसंसारका लागि काम लाग्छ भनी केही फोटो खिच्दै थिएँ, एक जनाले मलाई बोलाउनु भयो। माइसंसार रेगुलर हेर्नुहुन्छ रे अनि चिन्नुभएको रे। भित्र जानुहुन्छ ? उहाँले सोध्नुभयो। सुरुमा भैगो भनेँ। पछि नजिकैबाट फोटो खिच्न पाइने लोभले फेरि उहाँलाई बोलाएँ। अनि नजिकैबाट केही फोटो खिचेँ। ब्लगरको पनि पहिचान भएछ आजभोलि 🙂 धन्यवाद उहाँलाई। उहाँकै कारण तलका फोटो खिच्न पाइयो।


हिँड्दाहिँड्दै दोबाटोमा…गाउँदै।


अलिकति गाइदिएपछि दर्शकले आफै बाँकी गाउने।


नाच्नेहरु पनि टन्नै हुने रहेछन्। अरु ठाउँको कन्सर्टमा जस्तो भिड भने धेरै नहुने रहेछ यस्ता मल कन्सर्टमा। केएल टावर घटस्थापनादेखि सञ्चालनमा आएको चाबहिलको चुच्चेपाटीमा रहेको नयाँ मल हो। केएल नाम चाहिँ यसका सञ्चालक किशनलाल श्रेष्ठको नाममा राखिएको हो।


यो चाहिँ अर्को सपिङ सेन्टरको कन्सर्ट। हिजो कमलपोखरीको सिटी सेन्टरमा सिने गुरुङ गीत गाउँदै।


सिने गुरुङले नेपाली, हिन्दी र अंग्रेजी गीत गाइन्।

केही फोटो यस्ता सपिङ सेन्टरहरुका-

भन्नलाई यसरी आधा छुट भने पनि उपभोक्तालाई विश्वास छैन। यो भाउ बढाएर अनि छुट दिएको हुनुपर्छ भन्ने मनमा हुन्छ उनीहरुको।


विदेशतिर भए मान्छे लाम लाग्ने गरी साँच्चिकै छुट दिइन्छ। हाम्रोमा भने त्यसरी छुट दिने चलन छैन, छुटका नाममा छुट मात्रै दिइन्छ।

माथिका फोटो काठमाडौँको सबैभन्दा राम्रो डिजाइन गरिएको सिटी सेन्टरको। अब फेरि लागौँ केएल टावरतर्फ। कस्तो छ त यहाँको चहलपहल ?


बाहिरबाट हेर्दा त भव्य छ केएल टावर।


भित्रका पसलहरु कुनैमा पनि सटर छैन, शिशा नै शिशाको प्रयोग भएको छ। फलामे सटर प्रयोग नगरी शिशाको ढोकामात्रको सबैभन्दा पहिले सिटी सेन्टरका पसलहरुमा राखिएको थियो। यहाँ पनि त्यस्तै गरिएको छ।


मूल सडकै छेउमा ठड्याइएको यो टावरमा खुला ठाउँको कमी छ। उचाइ पनि कमै छ। साढे दश तलाको हुने रहेछ टावर। तर अहिले हतारमा खोलिएकोले धेरै पसलहरु छैनन्। तला पनि तीन तलासम्म मात्र पसल छन् अहिले।


मान्छेहरु लहरले हो कि रहरले हो धमाधम यस्ता सपिङ सेन्टरहरु बनाउँदैछन्। काठमाडौँ मलको केही पाइला पर सिभिल मल छ,त्योभन्दा अलिकति पर फेरि अहिले सिभिल ट्रेड सेन्टर खुलेको छ। पुरानै मलहरुका पसल बिकेका छैनन्, नयाँ खुल्दैछन्। केएल टावरको नजिकै पनि भाटभटेनी सपिङ सेन्टर छ।


छ रोपनीमा फैलिएको यो टावरको माथिल्लो तल्लामा भ्यु टावर र रिभोल्भिङ रेस्टुरेन्ट खोल्न बाँकी छ। यहाँ तीन वटा हलसहितको मल्टिप्लेक्स पनि खुल्न बाँकी छ। यहाँ ६२ वटा पसल हुने भनिएको छ।

यस्ता सपिङ सेन्टर, मल, टावरहरुभित्र बस्दा विदेशमा छु जस्तो लाग्छ। चारैतिर उज्यालो, झिलिमिली। तर जब त्यहाँबाट निस्कन्छौँ, लोडसेडिङ !

7 thoughts on “दशैँको चहलपहल”

  1. योगेश आदी, न्यूयोर्क says:
    October 24, 2012 at 8:12 am

    नेपालको शपिंग मलहरु त अमेरिकाको (न्यूयोर्कको) शपिंग मल भन्दापनि हाइफाई, सुन्दर र आकर्षक देख्छु त !!
    – के नेपाल गरिब भएपनि नेपालीहरु धनि भएकै हो त ?
    – के नेपालीलाई राज्य करको दायराले नभेटे कै हो त ? नत्र राज्य धनि हुनुपर्ने !
    – के हामि नेपाली हुनु भन्दा देखाउने होडबाजीमा लागेकै हौँ त ?
    – के काठमाण्डौले अरु नेपाललाई धेरै नै पछाडी छोडेकै हो त ?

    खैर जे होस् , हाम्रो देश, हाम्रो भेष, हाम्रो परिवेश…हामीलाई प्यारो !!

    Reply
  2. arun says:
    October 22, 2012 at 8:52 pm

    घर जग्गा ओरालो लग्यो, बैंक हरुले लगानी गर्ने छेत्र पाएनन् र राष्ट्र बैंक ले तेस्ता घर जग्गा मा लगानी लगानी गर्न कस्दै लग्यो ब्यापारिक बैंकहरु माथि अनि के गरुन तिनले/ यदि गहिरेर हेर्दै जाने हो भने शोप्पिंग सेन्टर खोल्ने हरु तेस्ता व्यक्तिहरु छन् जसले बैंक खोलेका छन् या त संचालक समिति मा तिनीहरुको बोलवाला छ / अब हेर्दै जानुहोस केहि समय पछी ति बैंक हरु पहिला मर्ज गर्ने स्किम लेराउछन र तेस्पछी टाट पल्टिने स्थिति मा पुराउछन / यिनको केहि जादैन जाने भनेको साधारण मानिसहरुले दुख गरेर कमाएर बैंक मा जम्मा गरेको रकम सिध्हिने हो / सरकार र राष्ट्र बैंक ले बेलै मा येस्मा ध्यान दिनु अति जरुरि छ नत्र यो अर्को घर जग्गा लगानी पछी आउने दोस्रो मन्दी हुनेछ /

    Reply
  3. jeevan says:
    October 22, 2012 at 10:55 am

    I thing this is the only positive trend happening in Nepal.People are investing in something which are creating jobs for builder, shopkeeper or people itself working in it. Poor people cannot buy what is the use ???? these are totally negative thinkings people have. So what ? these businessman should give free ride to everyone? Good economy is the circulation of money the more people spend the more it circulates, investing on better services. But I do not find any thing done from government side, look at the infrastructure roads, airports etc where are the foreign aid spended ? to the netas and government staff pockets….

    Reply
  4. द्रोण पौडेल says:
    October 22, 2012 at 5:52 am

    भन्नलाई यसरी आधा छुट भने पनि उपभोक्तालाई विश्वास छैन। यो भाउ बढाएर अनि छुट दिएको हुनुपर्छ छूट होइन ब्रह्म लूट भने धेरै ठाउँ मा भैरहेको हुन्छ नत सरकार ले नै कुनै बस्तु को मूल्य निर्धारण गर्छ नत बजार अनुगमन गर्छ
    नेपाल मा भब्य र शानदार शपिंग महल हरु खुलेका छन् तर सिमित वर्ग को लागि मात्र सम्भव छ

    Reply
  5. prabesh says:
    October 22, 2012 at 4:02 am

    सम्पूर्ण नेपाली दिदि बहिनि तथा दाजु भाई लाई बिजया दशमी को मंगल मय सुभ कामना
    प्रवेश लामा( दोहा) कतार

    Reply
  6. Daya says:
    October 22, 2012 at 3:28 am

    “ब्लगरको पनि पहिचान भएछ आजभोलि”…
    समाजमा सकारात्मक परिबर्तन चाहने र आफ्नो तर्फबाट सक्दो योगदान दिने जो सुकै ब्यकिको पनि ढिलो छिटो पहिचान त भैहाल्छ सालोक्य जी! अझै सशक्त आवाज पस्कदै गर्नुस, हाम्रो साथ् सदैब रहने छ।

    Reply
  7. rajendra says:
    October 22, 2012 at 3:19 am

    हामी नेपाली कति शिक्षित छौ, कति बिकसित छौ, कति दक्ष छौ, कति उद्यमी छौ अनि कति गरिब र पिछडिएका छौ भन्ने कुरा त विकिपीडिया मा हेर्यो भने थाहा हुन्छ. | विश्वको हरि लम्पट देशहरुको पंक्तिमा परछौ हामी, तर हाम्रो बढ्दो उपभोक्ताबादी संस्कृति हेर्दा भने बिकसित देशका नागरिक लाइ समेत उछिन्ने तालको छ | चोकै पिछे शपिंग मल, टोल पिछे सुन्दरी प्रतियोगिता र फेशन शो , जन्मदिन, वर्तमान, बिहे, भेटघाट, तिज, केहि भन्यो कि पार्टी प्यालेस मा धमाका पार्टी, बर्षै भरि देश विदेशको चाड बाडको निउ मा शपिंग, उपहार, . स्मार्ट फोन को उपयोगिता के हो ऋण काढेर IPhone …ऋण काढेर गाडी ,.. . लिस्ट थप्दै जाने हो भने कति हो कति.. के गर्नु आफ्नो जिउ कन्यायो आफैलाई छारो भने जस्तो .. हैन हामी नेपाली किन एस्तो भैरा हो ? के हामी साच्चै नै घरको धुरी चढ्न खोजीरा हो? कि घात भन्दा ठुलो हाड निल्न खोजि रा हो?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme