-डा. गोविन्द टण्डन-
पशुबलि नेपाली समाजमा निकै जरा गाडेर बसेको छ। पूजा भन्यो कि कतिपय नेपालीको मनमा पशुबलिको दृश्य आइहाल्छ। यसैलाई धर्म, कर्म, पुरुषार्थ गरेको सम्झने परिपाटीले गर्दा धर्मको शीष्टस्वरुप विलुप बन्ने दिशातिर अग्रसर हुँदै गइरहेको प्रति धेरै मानिस अनभिज्ञ हुन सक्छन्। यसबारे अहिलेदेखि मात्रै होइन, प्राचीन कालदेखि नै विभिन्न तर्कवितर्क चलेको एवं आआफ्नै धारणा रहेको सन्दर्भमा त्यसको औचित्य र अनौचित्य के छ त्यसबारे शालीन विमर्श बढाउँदै लग्नु जरुरी भइसकेको छ। घरको परम्परा र समाजले गर्दै आएको जुनसुकै संस्कार चाहे त्यो राम्रो होस् वा नराम्रो आँखा चिम्लेर संस्कृति भनेर अङ्गाल्ने गलत प्रवृत्ति हामीमा छ। संसारमा रहेका कुनै पनि धर्मका मूलग्रन्थहरुको सूक्ष्म अध्ययन, अवलोकन र निदिध्यासन गर्ने हो भने तिनले सबै प्राणीमाथि दया, करुणा, मायाकै लागि सदा प्रेरित गरिरहेको पाइन्छ। पछि गएर चाहिँ आआफ्नो स्वार्थ र चाहना अनुसार तिनको व्याख्यालाई आफ्नो अनुकूलको बनाउने प्रयासले अनेकन् भ्रम र अपव्याख्या गरिएको देखिन्छ। यो कुनै निश्चित धर्मको धर्मग्रन्थमा मात्र होला भन्ने होइन, अधिकांश धर्मग्रन्थमा यस्तै गरिएको छ, यस्तै भएको छ। शास्त्रको नाम दिएर धूर्त पाखण्डीहरुले आफू अनुकूलका व्याख्या गरेर शास्त्रलाई दुषित बनाएका छन्।
यो संसार मानिसको मात्र होइन, सृष्टिका सबै पशुप्राणीहरुको पनि हो। त्यसैले वेद भन्छ पशून् पाहि मां हिंसात् अर्थात् कुनै पनि पशुप्राणीको हत्या गर्नु हुँदैन। स्कन्द पुराणमा स्पष्ट पार्दै भनिएको छ
धर्ममूलमहिंसा च मनसा तां च चिन्तयन्।
कर्मणा च तथा वाचा तत् एतां समाचरेत।। (स्कन्दपुराण ६। २३४। १९)
अर्थात् धर्मको मूल अहिंसा हो। त्यो अहिंसा धर्मलाई मनले खुब चिन्तन गरी विचार गर्नु। पुनः यो अहिंसा धर्मलाई कर्मले र वचनले सम्यक आचरण गर्नुपर्छ।
पूजाउपासनाको निहुँमा अबोध प्राणीको हिंसा गर्नु मातृस्वरुप, न्यायस्वरुप, वात्सल्यस्वरुप एवं शक्तिस्वरुप देवीदेवताको घोर अपमान होइन ? आफूमा भएका वा जगतमा भएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता दुर्गुणहरुलाई जस्ताको तस्तै राखी बिचरा ती ईश्वरका लाटासुधा, निरीह, अबोध प्राणीहरुमाथि खुँडा, खुकुरी, तरबार, चुप्पी र अन्य के के हो के के हतियार चलाउनु मूढता होइन ? कायरता होइन ?
अन्याय, अत्याचार र आसुरी भाव एवं हिंसक वृत्तिलाई नष्ट गरी दीनहीनजनको रक्षा गर्ने जसको संकल्प छ उनै ईश्वरको नाममा अबोध, अबुझ प्राणीमाथि खुँडा र खुकुरी चलाउनु के धर्मसम्मत कुरा होला ? यो त वात्सल्यकै घोर अपमान भएन ? के यस्तो भक्ति हुनसक्ला ? के यस्ता प्रकारको आसुरी पूजाले देवीदेवता खुसी होलान् भन्ने सम्झने ! के कुनै छोराछोरीको हत्या आमाबाबुले आफ्नै सामु भएको देख्न सक्लान् या चाहलान् ? सोच्दा मात्र पनि जीउ सिरिङ्ग गर्छ। तैपनि कतिपय मानिसहरु यसैलाई अनमोल धर्म, संस्कृति, परम्परा र संस्कार सम्झेर रमाइरहेका हुन्छन्। बिना चेतना यस्तो घोर अन्धकारबाट मानिस बाहिर निस्कन सक्दैन।
हिन्दू धर्मशास्त्रहरुकै कुरा गर्ने हो भने परोपकार, दया, करुणा, सेवा, अहिंसा आदि गुणलाई मनुष्यको भुषण तथा मोक्षको आधार मानिएको छ। धर्मशास्त्रहरुमा यस्ता मन्त्रसमान् वचनहरु छन् कि तिनको सामान्य बोध र चेतले पनि मानिसलाई मनुष्य बनाउने क्षमता राख्छ।
परोपरकार सतां विभूतयः
अहिंसा परमो धर्म
परोपकाराय पुण्याय पापाय परपीडनम्
आत्मवत् सर्वभुतेषु
ममैवांशो जीवलोके जीवभूत सनातनः
यस्ता अनेक आदर्शवाणी छन् जसको सामान्य अनुसरण मात्रै गर्नाले पनि मानिसमा आत्मचेतना जागृति हुन बेर लाग्देन।
प्रसिद्ध ग्रन्थ महाभारतमा हिंसा, हत्या याग्ने तथा मासु नखाने मानिसलाई ठूलो पुण्य प्राप्त हुने कुरा बताइएको छ-
वर्षेवर्षेक्श्वमेधेन यो यजेत शतं समाः।
यस्तु मांसं न खादेत तयोः पुण्यफलं समम्।।
(महाभारत, अनु ११५)
अर्थात् लाखौँ खर्च गरेर सय वर्षसम्म अश्वमेध यज्ञ गरेको फल हिंसा हत्या त्यागे र मासु नखाए बराबरी हुन्छ भनिएको छ। यसबाट हिंसामुक्त जीवनको महत्तालाई बुझ्न सघाउ पुर्याउँछ।
पद्मपुराणको पद्मोतर खण्डमा भगवान् शिव र पार्वतीबीच संवादको प्रसंगमा भनिएको छ- हे शंकर, स्वयं फलको इच्छाले अज्ञानान्धकारको कारण मेरो नामले विभिन्न प्रकारको जीवहरुको जसले मारकाट गर्छ, त्यसको राज्य, वंश, सम्पति, ज्ञान, स्त्री समस्त ऐश्वर्य केही समयमा नै नष्ट हुन्छ। त्यसो व्यक्ति मृत्युपश्चात् नरकमा जान्छ।
हुन पनि हो, कसैलाई मार्नु काट्नु हिंसा गर्नु धर्म हुने हो भने अधर्म भनेको चाहिँ के हुने होला ? पाप भनेको के होला ?
दशैँलाई साधनाको पर्व, आफूमाथि विजय गर्ने अनुपम पर्व, पारस्परिक सदभाव र सम्मानको पर्वको रुपमा विकसित गर्दै लाने हो भने यसको नाममा हुने गरेको पशुबलिको कलंकलाई मेटाउन चेतना बढाउँदै लग्नु नितान्त आवश्यक छ। (गोरखापत्र, कात्तिक १, २०६९)
यो संसारमा मानिस मात्रै बाच्न सक्दैन/ जनावर मात्रै पनि बाच्न सक्दैन/ मानिस जनावर बिना बोट बिरुवा पनि रहँदैन/ मानिस जनावर र बोट बिरुवा मात्रै होईन हावामा प्राण बायु भनिने अक्सिजन पनि मानव पशु र बोट बिरुवाको सन्तुलन बिग्रे हरायर जान्छ/ अक्सिजन्नै रहँदैन भने समुन्द्रमा पानि पनि रहँदैन/ समुन्द्रमा पानि नै नरहे मनसुनले पानि पनि पार्दैन/ पनि पनि नपरे न खेति हुन् सक्छ न प्यास लागे पिउन पानि कसैले पाउँछ/ अनि यो पृथ्बी पनि मंगलग्रह बन्न जान्छ/
त् यकले अर्कालाई खाय पनि सन्तुलननै बिग्रने गरि कसैले कसैलाई खानु हुँदैन/ नेपालमा पशु बलि दिनेले यो कुरामा पटक्कै ध्यान दियकोछैन मात्र आज बलि दिने बोकोको मा को के परिकार बनाउने यहि सोच्छन/
धेरै राम्रो article . मानव सरिर भगवान प्राप्ति को लागि हो न कि पशु बलि गरि भगवान लाई नै चढाई आफ्नो बासना पूर्ति गर्नु हो. ८४ लाख योनी हामीले भोगी सकी यो मानव योनी पाएको हो. एक दिन यो सरिर समाप्त हुनेछ तर आत्मा अमर छ. यो सरिर समाप्त भए पछि हाम्रो कर्म अनुसार नरक स्व्रर्ग भोग्नु पर्छ र फेरी किट पतंग भएर जन्मनु पर्छ. यदि कोहि बलि चढाउने मा विश्वास गर्नु हुन्छ भने नरक को लागि टिकट तयार छ भन्ने सम्झनुस एंड यो मानव सरिर छोडे पछि भोग्नुस.
Very good explanation! I hope this article will make all Nepalese aware how bad it is to continue the tradition of killing and sacrificing animals to the God.
म त पशु बलिको पक्षमा छु…
१, आफु नमार्ने, नकाट्ने; उस्तै परे काटमारको बिरोध पनि गरि टोपल्ने…तर अरुको काटेको चाँही खानेहरुलाई त म ढोंगी आडम्बरी वन्छु किनकि, त्यस्ताले खानु भनेकै काट्नेहरुलाई प्रेरित गर्नु हो /
२, यो संसारको जीवन-चक्र मत्स्य-न्यायको आधारमा तय भएको छ / नमार्ने नकाट्ने भए त्यस्ता पशुहरु यो धर्तीमा हुने नै थिएन / नत्र मानिसले खसी बोका कुखुरा किन पाल्थ्ये ?? कसैले जवाफ देवोस; – यदि खसी बोका मारेर नखाने भए यो संसारमा डाइनोसर जस्तै लोप भैसक्थ्ये !! कसलाई बिरालो कुकुर जस्तै बोका कुखुरालाई घरमा पालेर राख्थ्ये र ??
३, पशु वा जनावरलाइ निर्दोष आदी भनेको सुने… त्यो जनवार पनि दोषी र निर्दोषको दायरामा मुल्यांकन गर्ने वस्तु हो र ?? यो धर्तीमा मानिसलाई खान योग्य जुन दिन ठहरियो; त्यो दिन नै त्यसको दोषी दिन हो /
४, अनि मार्ने परेपछि सास्ती नदिइ कसरि मार्ने ?? मार्ने काम भनेकै सास्तिपूर्ण कार्य हो नि ! कि घर-घरमा सबैले अनेस्थेसिया प्रबिधि राखेर बेहोस पारेर मार्नु पर्यो !! जुन हास्यास्पद कुरा हो /
५, यो संसार अहिले धर्म र पैसाको रवाफ र ढोंगमा चलेको छ / सबै प्रमुख धर्मले मासु खान छुट दिएको छ / कुन धर्म अनुसरण गर्ने अनुयायीहरुले चाँही सास्ती बिहिन मारेर खान्छ ?? छ जवाफ ??? बरु हामीले थाहै नदिइ च्वाट्टै पारेर मार हान्छौं /
६, प्रथा, परम्परा, रिती-रिवाज सबै मानिसलाई यक्यबद्ध हुन, कामको थकान मेट्न र समुदाय बीच समन्वय कायम राख्न स्थापना गरिएका हुन् / पूजा बिधि, बलि दिने, भजन किर्तन आदि; सबै संस्कृति र परम्पराका श्रींगार हुन् /
यसर्थ साथीहरु, ठुला बहस गरेर आफ्नो आंगको छारो किन उडाउनु ?? चुपचाप बिन्दास दशैँ मनाउँदा नै बेस हुन्छ !!
पसुबली दिने कुराको अनावस्यक हल्ला गर्नु मुर्खता हो जस्तो लाग्छ मलाई. येहा पशुबलि दिन हुन्न भनेर comment गर्ने हरु मध्ये कति जना चै साकाहारी हुनुहुन्छ?? तेसै गरि पशु बलि दिन हुन्न भन्ने हरु खसी खुखुरलाई मासु को रुप मा प्रयोग नगरी घर मा सजौना मात्रै कति जना पालना तयार हुनुहुन्छा?? अनि एती एदी कसैले नि नपाल्ने हो भने क खसी बाख्रा को यो संसार मा आस्तित्यो बाकी रहन्छा?? मानिस ले आफ्नो विकासक्रम अनुसार ले नया नया तरकारी धन अनि आरु साकाहारी खान को प्रयोग गर्न थालेको हो. मानिसको उत्पत्तिको आध्यान गर्ने हो भने मान्छे पनि अरु प्राणी ले जस्तै मासु खाएर नै बच्थ्यो पहिले/ तेसैले मा भन्छु कि पशु बलि हाम्रो सस्कृति को साथ् साथ् मा हाम्रो चाहना र कति को आवस्यकता मा आसर पर्ने कुरा हो/ खान मान्न नालाग्नेले नकाहेय हुन्छा/ साकाहारी हुनु झन् राम्रो कुरा हो स्वस्थ को लागि पनि तेरा खाने हो बहने त काट्ने पर्यो, होइन र? तेसैले पशु बलि सम्मंधी अनावस्यक बादबिवाद गर्नु भन्दा पनि कसरि एस्लाई मर्यादित, बेबस्थित, स्वोस्थाकार बनाउने भन्ने कुरा मा चल्फाल गर्नु खाने नखाने दुवै हो हीत मा हुन्छा / अब मेरै गोरु को बारे टक्क भनेर होइन बलि दिने हुन्न भनेर कसैले भन्छ भने बेवारिक र बैज्ञानिक तर्कका साथ् comment गर्नुहोला जून तपाई आफै को जीवन मा पनि तपाई ले लागु गर्नु भाको छ….
हिन्दु धर्म का नक्कली र चोर पण्डित हरुको कारण ले गर्दा नै आज हाम्रो समाज मा धेरै बिकृत्री फैलेको छ जस्तै सानो जात ठुलो जात, नर बलि, पशु बलि,पितृ सतात्मक परिवार,छुवा छुट,राजा प्रजा,तुना मुना आदि इत्यादी कति हो कति अमानबिय सामाजिक प्रणाली को बिकाश गरेकै कारण ले आज हामी नेपाली हरु बिश्वोको सबै भन्दा गरिब भएका हौँ तेसैले अब धर्म का सक्कली पाठ जुन धर्म ले दिन्छा तेही धर्म फैलेने र जुन धर्म ले गलत पाठ सिकौछा त्यो धर्म को नाश हुने पक्का छ सबैलाई चेतना भया ….अस्तु
किन येत्रो विवाद हो भन्या मन्दिरमा भएपनि घर भएपनि कुरा एकै हो ! अझै पनि हेर्ने हो पनि बलि दिने चलन चलेकै छ ! सबैलाई मन परेकै छ ! मन नपर्नेले नगरे भै गो नि अरुलाई किन कुमेंट गर्नु!
seeing these cutely to animals..think ur self,, if u were animal would like to kill humans…and celebrate dashin on that occasion.. because for them humans are devil called “Mahesashur”
प्राणि सब्द्को अर्थ केलाउने हो भने घास बोट बिरुवा पनि त् प्रानिनै हो/कुखुरा हाँसको अण्डा पनि रुखमा फाल्ने फल जस्तैनै हो दुवै बिउ कै अर्को रुप हो त् जनवारको शरीरको चोक्टा र अण्डा खानेलाई मात्र मांसहारी भन्नु उपयुक्त देखिंदैन बोट बिरुवा र फल फुल खानेलाई पनि “मासुखाने” मान्नु पर्ने देखिन्छ/
प्रकृतिले यक प्राणीलाई जीवित रहन अर्को प्राणीलाई खाने पर्ने नियम बनायकोछ/ अब के खानु हुन्छ के खानु हुँदैन भन्ने सवालमा जीवित रहन खान हुने सबै प्राणीलाई आहारको रुपमा लिन सकिन्छ/ मानिसले आफु बसेको भूमिको हावापानी र संस्कार अनुशार खान्छन/ कोहि गाई गोरु सुँगुर खान्छन कोहि खाँदैन/ आफुले नखाने अरुले पनि खान नहुने भन्ने कुरा गलत हो/ तर अरुले नखाने कुरा खानेले पनि नाखानेलाई आपति नहुने तरिकाले खानु पर्छ/
मानिसले कमै काँचो खाने कुरा खान्छन/ बिशेस गरेर मासुत पकायरै खान्छन/ तर तेसो भन्दैमा छिमेकीको निन्द्रा बिग्रंने गरि रात भरि प्रेसरकुकरमा सिटि बजाउदै खसिकै मासु पकाउनुलाई पनि ठिक भन्नु हुँदैन/ अरुले देख्ने गरि पकाउने खानेले अरुलाई आपति हुने तरिकाले खानु पकाउनु हुँदैन/ मुसलमानको अगाडी सुँगुर र हिन्दुको अगाडी गाई गोरु काटेर खाय बिरोध मात्रै होईन बिबाद्नै हुन् सक्छ/ यसै कारण मासुको निमित पशुको बध गरिने कार्यलाई नियमले बाध्नु पर्छ/ जथाभावी तरिकाले निर्ममता पुर्वक पशुको हत्या बलि दिंदा पनि गर्नु हुँदैन/ खाने खुवाउने कुरामा धर्म र धर्मशास्त्र को कुरा गर्नुले बिबाद मात्रै निम्त्याउछ/
मदन जी.
कसैले खान हुने नहुने कुरा गरेको हैन. केवल मठ मन्दिरमा बलि दिने नदिने कुरा गरेको हो. मान्छेले स्वादको लागि जुन चिज खान्छ त्यो उसको आफ्नो विचार होला तर स्वाद को नाम मा धर्म लै ढाल बनाउनु कतिको सहि छ सोच्ने बेला आएन र?
मित्र id ज्यु/
मैले भन्न खोजेको पनि तेही हो/ धर्मशास्त्रहरुमा के लेखियको छ के लेखियको छैन भन्ने कुरामा भिन्न भिन्न कुरा मात्रै होईन बिबाद्नै हुन् सक्छ/ सानो उदाहरणको रुपमा हिन्दु धर्म शास्त्रमा सति पठाउने ठुलो पुण्यको कुरा भनियको कारण पुरुषको लास संगै जिउदै कति महिलाको प्राण हरण गरियो होला; लाख करोडले मान्ला? त् भन्नुस मानवको बलि दिनुलाई त् पुन्य भनियको शास्त्रहरुमा पशुको बलि दिनुलाई पाप भनियको होला?
माथि लेखमा अहिंसाको पाठ पढाउने भनियको महाभारत ग्रन्थको सबै पानाहरु रगतले लेखियकोछ/ हिन्दु धर्ममा “गिता”को ठुलो महत्वो छ/ तर त्यो गिता कृष्णले अर्जुनलाई किन सुनायको थियो भनेर सोच्नुस/ त्यो गिता सुन्नु अघि अर्जुन “मात्र राज्यको लागि आफ्ना गुराजन र आफन्तको हत्याहुने युद्ध लड्दिन” भनेको थियो/ के गलत भनेको थियो अर्जुनले? त् हामि आआफ्नो स्वार्थ अनुशार बर्णन गरिने धर्मशास्त्रहरूको उदाहरणमा कसरि बिस्वास गर्ने तपाई नै भन्नुस/
पशुको मासु खाने हाम्रो प्रचलनको बारेमा मलाई बस यतिनै भन्नु छ कि यो ब्यबस्थित हुनु पर्छ मासुको निमित पशुलाई कमसे कम पिडा हुने गरि बधशालामै मार्नु पर्छ जथाभावी जहा तही पशु काट्न दिनु हुँदैन/ आफुले खानको निमित मारिने पशुलाई “बलि दिने” भन्ने सबै “महिलालाई उसको श्रीमानको लास संगै जिउंदै जलायर सति पठायको भन्ने” जस्तै लाग्छ/
बलि प्रथा राम्रो चाही होइन तर मासु खानु भनेको नराम्रो चाही पक्कै होइन l यदि यसो हो भने आलु, फर्सी, कटहर, तरुल, पिडालु पनि खान भएन, यसले कुनै न कुनै प्राणी वा बिरुवाको ज्यान त गयो नि, जसरी प्राणीको हत्या गर्दा उसलाई पिडा हुन्छ दुख्छ त्यसरी नै बिरुवा लाइ पनि दुख्दो होला l
बरु हामी आफुलाई आधुनिक (बिज्ञान लाइ मान्ने) मान्छौ भने एको-सिस्टम को नियम लाइ नै मानौ न त कि कसो त l
Dear all,
Happy vijayadashami,
Dr. Tandan has published a very good and relevent articale. Thanks to him.
In our religious textes , there are many articales and thoughts, Dr. Tandan did not mention all ( it is not possible) .In reality, it is better to not kille or hurt any creature. All living creatures are the same to the nature( or to the God) . The main debates are the sacrifices of the animal. In some hundi textes , it is allowed that those who are carnivore groupe( familly) thay can or should sacrifice the animals in their traditional rutuels.
As above, while we can not give-up eating the meat, we can sacrifice the animals.But the sacrifice should be in respected manner and should follow according to the demand of / changing the time. Otherwise, if we go to the against the sacrifice, millions and millions of animals are sacrifices per day in the world. It is the same….One should stop all these actes. Vegetables, trees and so on also are the living creatures of the Nature( or of the God).
In my opinion, it is a great endless debat . But we should improve the way of sacrifice and let free everybody accordance to their own thinkings and knowledges and life style.
छिमेक को भारत कै कुरा गर्ने हो भने दुर्गा पूजा को बेला मा मासु त के खान पनि नखाई बर्त बस्चन
अलि परको छिमेकी अमेरिका कै कुरा गर्ने हो भने कुनैपनि बेला चौबिसै घण्टा चौबिसै प्राणी खाइ ब्रत भंग गर्छन…………तेसैले अरु संग तुलना नगरौं होला….
प्रसङ्ग हिन्दु धर्म मा बलि को बारे मा के लेखेको छ भन्ने हो!!! मैले भारत भन्दा भारत को हिन्दु को कुरा गरेको हो!! सिमानामा भएको ले यता र उता खास फरक हुन नपर्ने हो तर दसैँ को मामला मा आकाश पाताल को फरक छ!! भारत मा दसैँ को बेला मासु को व्यापार अन्य समयको भन्दा २०% मात्र हुन्छ!! नेपाल मा अरु बेला भन्दा ४-५००% बादी हुन्छ होला !!
दसैं। हाम्रो मौलिक संसकार। कुनै पनि Agriculture dependent society / nation मा यस्ता पर्व हुन्छन्। कृषिको मुख्य उत्पादन भित्र्याउने समयमा Celebration गरिन्छ कृषि प्रधान समाजमा। र यो समय पर्न गयो पुरानो पात्रो अनुसार शुभ मानिएको समयमा , नेपाली पहाडिया समाजमा त्यो पात्रो र त्यस संग जोडिएका धार्मिक मान्यताको प्रभाव छ। यसैले यही समय हाम्रो harvest festival पनि पर्छ र पात्रो अनुसारको पर्व पनि – र यो दुबै चिजको समिश्रण हो। यसलाई समग्र भारत (ई सं १९४७ मा स्थापित र त्यही बेला सिमाङ्कन भएको भारत) संग पुरै तुलना गर्नु ऐतिहासिकताका हिसाबले पनि गलत हो। भारतमा के के गरिन्छ र के के चाड पर्व कसरी मनाइन्छ , त्यो आजका भारतीय नागरिकहरुले बिचार गर्ने र प्रयोग गर्ने कुरो हो, प्रजातान्त्रिक हिसाबले त्यो उनीहरुको नैसर्गिक अधिकार पनि हो। द्रोण जी ले सटिक तरिकाले अमेरिकाको उदाहरण दिएको पनि यसै कारण होला। हाम्ले के गर्ने र कसरी गर्ने भन्ने कुरा आजको भारतमा के र कसरी हुन्छ , त्यसबाट निर्देशीत हुन जरुरी छैन। हाम्रा पहाडमा गरिवी र अभाव थियो र छ पनि। खानको लागि खेतमा फलेको अन्न मात्र पर्याप्त थिएन र छैन पनि धेरै ठाउँमा। प्रोटिन पुग्दैन थ्यो। vitamin B12 , Riboflavin के के जाति भन्छन, त्यो अत्यावश्यक Nutrient को लागि पनि मासु खानुपर्ने बाध्यता हजारौं वर्ष देखि हाम्रा पहाडमा थियो। र मानव समाजको Food Habits त्यो समाज बस्ने क्षेत्रले नै निर्देशित गरेको हुन्छ। उब्जनी बढी हुने तातो मैदानी इलाकाको Food Habit संग हाम्रो ठ्याक्कै नमिल्ने कारण पनि यहि हो। हो, मासु धेरै खानु हुन्न, आवश्यकता भन्दा बढी खाँदा खराब गर्छ। तर कोदो , फापर र आलु मात्र खाने र वर्षमा २-४ चोटी पनि मासु नखाने हो भने रोग लाग्छ, Kwashiorkor, Marasmus जस्ता प्रोटिनको कमीले हुने रोग, हाम्रा जस्ता गरिव देशमा अझै छन् यस्ता रोग, दुर्गम गाउँमा खोज्नुस भेटिन्छ। आफ्नो जग र उभिएको खुट्टो नहेरी भारतियले के गरे र गर्दैछन् र हामीले पनि त्यही गर्नै पर्छ भन्नु अलि उचित नहोला। हो, अहिले आएर, आधुनिक युगमा, उत्पादनशिलता र उत्पादित बस्तुको ओसारपसार बढी भएको बेला , सक्ने जतिले मासु नखाए पनि हुन्छ , रहर छ भने। आवश्यक प्रोटिन Nutrition अन्य स्रोत बाट पुरा गर्न सकिन्छ। तर , ८४ व्यञ्जनमा पहुँच नभएको गरिवको लागि यो व्यवहारिक नहोला। र हाम्रो संसकार र चलनको हिसाबले पनि यो उचित नहोला, हाम्रो चलन हाम्रै हो, अरुको पुरै देखासिकी गर्न के जरुरी छ।भेजिटेरियन हुने , वा अझ सकिन्छ भने भेगन (Vegan) हुने (Bryan Adams जस्तै , उनी Vegan हुन क्यारे, दहि दु्ध र जनावर बाट बन्ने यस्ता पदार्थ समेत नखाने) भनेको धनीका शोख हुन, हाम्ले सबै शोख पाल्न सक्दैनौं। Vegan हरुले समेत Vitamin B12 पाउन Specially B12 fortified food भन्ने खान पर्ने रैछ हैन भने विज्ञानले यस्तो भन्छ : Vitamin B12 deficiency can potentially cause severe and irreversible damage, especially to the brain and nervous system.
लौ, जे होस, बहस हो, आजको युगमा आफुलाई जे जे मन लाग्छ गरौं। तर आफ्नो खुट्टी नबिर्सौं, यसो आफ्नो मौलिकता र चलनका पछाडि के कारण रैछन खोजौं। सबैको जय होस।
द्रोणजीले तल अर्को कमेन्टमा अमेरिकाको उदाहरण दिनुभाको रैछ, माथि योगी जीको कमेन्ट छ। यताउती परेछ। दुबै जनाको कुरा उस्तै लाग्यो, मिलाएर बुझ्नुहोला।
बलि दिदा पनि हुन्छ, नदिदा पनि हुन्छ ! एउटा बिस्वासको जगमा उभियर बलि दिने गरियको हो ! जसलाई विश्वास छैन उसलाई यो गर्न हुन्छ या त्यो गर्न हुन्न भन्ने कुराले अरुको बिस्वस्लाई टेकना हुन्न भन्छु मा ! बलि सक्तिपिठारुमा दिने चलन हो नकी यो शिव, कृष्ण, राम, या बुध्ह को मन्दिरमा दिइन्छ !
टन्डनजी,
सर्बप्रथम, यत्ति राम्रो समसामयिक लेख प्रकाशित गर्नु भयको मा धेरै धेरै धन्यबाद | पशुबली रहित दशैंको शुभकामना |
श्रीरामले लंका बिजयी गर्न नसक्दा खेरि नौ दिन सम्म देवी दुर्गा को आराधना गरेर शक्ति प्राप्त गरि रावण जस्तो दानवको नाश गरि बिजय प्राप्त गरेका थिय जसलाई त्यस पछिको काल समय मा देवीको पुजा आराधना गरि हामी मा भयको दानवी संस्कार माथि विजय प्राप्त गरि पर्ब को रुप मा मनाउने चलन चलेको भनिन्छ | त्यति राम्रो पर्ब संग कहाँ बाट यो अबोध, निरिह पशु लाइ माता दुर्गाको अगाडी लागि घाटी रेट्ने चलन जोडिन गयो जुन अति नै संबेदनसिल, कारुणिक र मर्मश्पर्शी कुरा हो | जे होस्, यहाँ को यो जनचेतना जगाउने लेख सारै नै राम्रो छ| भविष्यमा पनि यस्तै अरु लेख हरुको अपेक्षा गर्दछु |
आशा छ, माता जननी दुर्गाले हामि सबैलाई सद्बुददी प्रदान गरुन र पशुबली जस्तो कुप्रथालाई चाडै नै हटाउने शक्ति दिउन |
मेरो बिचारमा
“मासु खानेको धर्म मासु खानु हो”
“शाकाहारीको धर्म मासु नखानु हो”
मन्दिर सबैको साझा हो,मासु खानेले “भगवान”लाई हैन “आफ्नै पेट”लाई चढाएर खाऔ न कुरै सकियो!शाकाहारीले मांसाहारीलाई “किन मासु खाईस” भनेर निहुँ खोज्दैन नै!!!!
पशुबलीलाई आधार बनाएर मांसाहारको विरोध ! शाकाहारी भनाउँदाहरूको सधैको रोदन !
मान्छे आफूलाई कसरी खुशी पार्न सक्छ त्यही गर्ने हो । आफूसरह अर्को प्राणीलाई दु:ख दिनुहुँदैन – बाँकी कुन कुरा अनुचित होइन । हिन्दुशास्त्रमा पशुबलि छैन भनेर भन्नेहरू छन् भने अर्कोतिर छ भन्नेहरू पनि छन् । शास्त्रअनुसार वा शास्त्र अध्ययन नगरी लहैलहैका भरमा पशुबली दिनेहरू त नरीवल चढाउनतिर लाग्लान् । तर शास्त्रहरूको हवाला दिँदै हुन्छ वा हुन्न भन्नुको कुनै खासै तुक देखिँदैन ।
मान्छे चेतनशील प्राणी भएका कारण शशांकजीले उल्लेख गर्नुभएको कुरा मननयोग्य
छ । मांसाहार कुनै पनि कोणबाट अनुचित होइन । जथाभावी दिइने पशुबलीलाई आधार बनाएर मांसाहारको विरोध गर्नुको कुनै तुक छैन; यसले प्रकृतिको जीवनचक्रको नियम विथोल्ने काम गर्छ ।
पुष्पज्यु
“आफु सरहको अर्को प्राणीलाई दुख दिनु हुँदैन – बाकि कुनै कुरा अनुचित होईन” भन्ने तपाईको यो भनाईले के “क्रुरता” को सिमा नाघेंन? अरु बाकि कुरा सहिनै लाग्यो/
आलुको माशु खाया हुन्न भन्या?
फर्सीको माशु खाया हुन्न?
कटरकोमाशु खाया हुन्न?
तरुल,पिडालुँ को माशु खाया भै हाल्छनि के !
”मान्छे नै किन चाहियो ?पुतली सग बिहे गरे हुन्न??”
सही थाप्छु द्रोणजी । चिच्याउनसक्ने उपभोग गर्दा मांसाहारी हुने, तर चिच्याउन नसक्ने उपभोग गर्दा शाकाहारी भइने । क्या अचम्म ! बोटबिरुवाको ज्यान हुँदैन र भन्या ?
पुश्पजी,
पहिला यो बुझ्नुस कि सवाल यहाँ बैझ्यानिक दृष्टिकोण ले चिनाइयको प्राणी जसलाई हामी बोट बिरुवा भन्ने गर्छिउ त्यसको उपभोगको बारेको होइन | सवाल यहाँ मान्छे जस्तै मगज भयका रातो रगत र हाड छाला मासु भयका प्राणीको बारे मा छ | त्यस्ता अमुक प्राणी जो तपाई हाम्रो जस्तै मगज त छ तर निर्बल छ जसलाई चोट पुर्याउदा तपाई हाम्रो जस्तै रगत बग्छ र पिडा हुन्छ जसमा आफ्नो छोराछोरी प्रतिको माया ममता छ भावना छ तर आफ्नो गर्धन मा खुकुरी आइ पुग्दा आफ्नो र आफ्ना छोराहरुको बचाऊ गर्न सक्दैन, ति प्राणी हरुको बारेको छलफल हो यो |
त्यसले यो छलफल को बिषय मा तपाई ले औल्याउनु भयको ति बोट बिरुवा संग तुलना गर्न मिल्दैन |
भनेपछि विश्वको २० प्रतिशत खाद्यपदार्थ खाने वा नष्ट गर्ने मुसा मार्नुभएन । अन्नबाली सखाप पार्ने अनेकथरि किराहरूलाई निर्मूल पार्नुभएन । लामखुट्टे, झिँगा, कमिला आदिलाई त छुनैभएन । होइन त प्रकाशजी ?
पुश्पजी,
अलिकति बिषयको मूल सार बुझेर मात्र उत्तर दिनु भय बेश हुन्थ्यो कि? किनभने बिषय यहाँ धर्म को नाम मा देवी देवताको अगाडी मुढे बुद्धिले निरिह पशु पक्षी लाइ मार्ने बारेमा छ धान खायर दुख दिने मुसाको बारेमा होइन |
कुरा भनेको जति पनि लम्ब्याउन सकिन्छ यदि बिषय वाट बाहिर गइ अन्धाधुन्ध बक्ने हो भनेदेखि |
प्रस्तुत लेखक लाई के थाहा होला वहा ले बिहान बेलुकी खाने भात बन्न असारमा धान बाली लगाउदा के कति किट पत्तंग वा अरु जीव हरु मर्नु परेको छ. के तिनी हरु चै जीव होइनन. जीव जिब्स्य कारणम. हिंसा बिना जिबन सम्भब छैन. कुरा मात्रा को हो. अत हिंसा गर्ने परे पनि हिंसा भाब नगरी बलि को भावना ले देवी को अगाडी बसेर क्षमा पुजा गरेर बलि दिदा के नराम्रो भयो ? मलाई कुनै एउटा खाने कुरा बताउनुस जुन बिना हिंसा उपलब्ध भएको होस्. नभए के यो जहिले पनि दशैं आयो को हिंसा हिंसा अरे हिंसा होइन बलि हो बलि पुजा.
लौ अब मेरो बिचार…..
१) कुनै पनि कुरालाई एकैचोटी निर्मुल पार्न सकिंदैन….तेस्लाई परिमार्जन गरिदै लाउनु पर्छ….हिजो समय सापेक्ष भएको कुरा आज नहुन सक्छ….
२) मन्दिरमा पशु बलिको कुरा गर्दा….हिजोका दिनहरुमा बिशेष गरि काठमान्दौं उपत्यकामा मांसाहारी मानिसहरु ९९% थियो होला अनि मन्दिरमा बलि दिने जातिको बाहुल्यता थियो होला तेसैले तेस्बेलामा मन्दिरमा पशु बलि सायद उचित्नै थियो होला….
३) तर आज परिस्थिति फरक छ मसुनाखाने हरु अनि मन्दिरमा बलि नदिने हरुपनि धेरै छन्…उनीहरुपनि त मन्दिरमा दर्सन गर्न जानु पर्यो नि..मान्सहारिले उनीहरुको तर्फबाट पनित सोच्नु पर्यो नि…..
४) तेसैले दुवै थरिको मान राख्ने गरि सबै मन्दिरहरुको बाहिर एउटा निश्चित ठाउमा बलि दिने स्थान छुट्याउनु पर्छ….
५) बलि यसरी दिनु पर्छ कि ति पसुहरुले सास्ती बेहोर्न नपरोस….बरु मार हान्दा नै हुन्छ…
६) अब कुरा गरौँ चाड पर्वमा पशु बलि नदिउ…पशुलाई माया गरौँ भन्ने कुराको…
हेर्नुस साथी हो…बर्षमा ३६५ दिन हुन्छ अनि बलि दिने भनेको तेही बर्ष मा १२/१५ दिन मात्र हो….के बाँकी ३५० दिन हामी मासुनै खान्दैनौ त ? हो कुरो यहि हो…हामि मोही पनि माग्ने अनि ढुङ्ग्रो पनि लुकाउने काम गर्दै छौं…कि ३६५ दिन नै मासु नखानु पर्यो वा बलि दिने १५ दिन जति मात्र मासु खाने अनि बाकी ३५० दिन चाहि नखाने… तेसो गरे संकृति पनि बच्यो अनि ३५० दिन जनावर पनि नमर्ने …कस्तो लाग्यो त काइदा…??
७) अहिले जस् जसले बलिको बिरोध गरेका छन् तिनीहरु भनेका अवसर बादी हुन् …डलर पचाउदै धर्म सकृति माथि प्रहार गर्ने नत्र यस्ता कुरा अरु बेला मा किन उठाउदैन त…. के बलि दिने बाहेकका अरु दिनमा नेपाल अनि काठमाडौं मा पशुको हत्या नै हुदैन त ?? यी फटाहरुले त ३६५ दिननै मासु खान्छन होला…
८) तेसैले अरुको पछिलागेर होइन आफ्नै सोबिबेक ले निर्णय लिनु पर्छ…कतिपए कुरीति लाई निर्मुल पार्नै पर्छ तर कतिपए रितिथितिमा हाम्रो अस्तित्व लुकेको हुन्छ तेसैले यस्ता कुरालाई चाँही समय सापेक्ष रुपमा परिमार्जन गर्दै लानु पर्छ….
९) हाम्रो देश मा देशी बिदेशी सक्तिले जाती अनि धार्मिक फाटो ल्याउन खोजेको कुरा सबैलाई थाहा भएको कुरा नै हो…बिउनैत हो नि जेमापनी अनि जसरिपनि लगाउन सकिन्छ तेसैले सतर्क हामी नेपाली नै हुनु पर्छ…र हरेक कुरा छल फल अनि सहमति मा कसैलाई पनि ठेस नपुग्ने गरि गर्नु पर्छ अनि मात्र यो धुर्त छिमेकी देशहरु भएको ठाउमा हामीले नेपालको अस्त्वित्व जोगाउन सक्दछौं…
जय नेपाल
सबै नेपालीलाई बिजय दशमीको फेरी पनि सुभकामना…
कि त मासु नै नखानु कि त काटमारको बिरोध नगर्नु| माम्शाहारिले बलिको बिरोध गरेको चाही मलाई पटक्कै मन पर्दैन| तेस्तो माया लाग्ने ले त मासु खादै नखानु| हैन छोड्न सकिदैन भने तपैले खाने मासु पनि तेस्तै कुनै पशुलाई मारेर नै प्राप्त भएको होला| भलै तपाईलाई धर्मात्मा बनाउनलाई कुनै “पापीले” तपाइले खाने मासुको स्रोत जनावर लै मारेकै होला| त्यो कसरि मरेको छ कुनै अनुसन्धान गर्नुभाछ? दशैंमा मात्रै मासु त पक्कै खैदैना होला? बर्षभरिको तपाइको मासुको श्रोत के हो थाहा छ? कसरि पालेको हो, कसरि मारेको हो सबै अनुसन्धान गरेर खानुभाछ कि तेस्को चाही अनुसन्धान गर्नु नपर्ने हो?
बलि भनेको अरु केहि हैन, धेरैजसो घरमा बर्षमा एकचोटी खसी, रंग आदि काटिन्छ, एकचोटी मजाले मासु खान पाइन्छ, तेस्लाई enjoy गरेर खाने मात्रै हो| अरुबेला पनि मासु खादा साग-सब्जी खानु भन्दा enjoy गरेर नै खाइन्छ, दशैमा अझै बढी गर्ने मात्रै हो|
काटेपछि त रगत आउछ, भुइमा फाले पनि मुर्तिमा फाले पनि, अथवा रक्ति बनाएर खाए पनि एउतै हो| मासु खादाखेरि खसी मरेको शोक मनाएर त बस्नु हुदैन होला रमाइलो मनोरंजन नै गर्नुहुन्छ होला, अनि अरुले तेसैलाई मनोरंजनको श्रोत बनाउदा चाहि के को टाउको दुखाइ?
मलाई कसैले मार्यो नै भने पनि कन्चट मा एक गोलि ठोकेर मारोस, न कि घाती रेटेर अथवा टाउको छिनालेर…. म मरे पनि मेरो काटेको टाउको कसैले एता र उता ठोक्दै नहिदोस .. यत्ति नै हो मेरो इछ्या …
कसरि मार्नु कठोर, कसरि मार्नु सामान्य भन्ने पनि मानिस मानिसमा फरक हुदोरहेछ| नेपालमा टाउको एकैचोटीमा छिनाएर मार्नुपर्छ, मर्ने जनावरले दुखेको थाहा पौदैना भन्थे, अहिले मा बसेको देशमा अस्ति भर्खर त्यो कुरा सुनाएको उसलाई त्यो सुनेरै डर लाग्यो रे| कसरि जिउदो जनावरलाई एकैचोतिमा छिनाउनु? भन्थ्यो| फेरी घाती रेटेर मार्दा चाही तेस्तो लाग्दैन रे उसलाई| नेपालमा चाही घाती रेटेर मार्यो भने मर्नेलाई धेरै पिडा हुन्छ भन्थे| अब गोलि त सबैसंग हुदैन होला त्यतातिर नजाउ| अझ टाउकोमा गोलि हानेर मार्दा टाउको खान पनि मिलेन, माशुको नाश हुनेभयो|
हामि अरुले मारेको माशु खानेहरु चाही अलि बढी नै स्वार्थी भएजस्तो लाग्यो| यो मानेमा कि जसले हामीले खाने माशु काट्छ त्यो चाही पापी रे तर हामि नमर्ने तर खाने चाही धर्मात्मा रे| हामीले नखाने भए त त्यो काट्नेले पनि कात्दैनाथ्यो होला| सबैले कात्नेकै, काटेकै बिरोध गर्याछन खानेको चाहि बिरोध छैन| पुच्छर काटेर खुट्टा काटेर torture गरेर मारेको भए छुट्टै कुरा, मार्नु मारिसकेपछी घाती रेटेर कि टाउको छिनालेर कि गोलि हानेर भन्ने कुरा चाही गौण कुरा नै हो| विरोधकै लागि बिरोध गरेजस्तो|
धर्मको नाम मा पशु नमारौ अनि बिचारको नाम मा मानिस नमारौ तब मात्र मानब समाज स्थिर शान्ति र बिकाश तर्फ अगाडी बढ्नेछ \
धर्म .सस्कार ,रितिमा रहेका नमिल्दा कुरा समय अनुसार परिमार्जित गरिदै लगिनु पर्छ \
घर घरमा बलि दिनु को साटो टोल .चोक .गाउ ,क्षेत्र वा जनसख्या र भौगोलिक अबस्था हेरी पशु काटिने बधशाला या पसल खोलौ रोजगारी पनि खोलिने ,बाताबरण ,सरसफाई र मानसिक रुपमा पनि राम्रो हुने बाताबरण सृजना गर्न क्षिशा ,छलफल ,कार्यक्रम चलाउ \
आफ्नो उठान गर्न अरुलाई बसाउने अन्याय पूर्ण तरिका रोकौ \ धर्म कायम गर्न खुला रुपमा पशुको बलि दिनु र बिचार मार्न खुला रुपमा रुखमा शिक्षक मार्नु दुवै अन्याय र मानबता बिरोधि कार्य हुन् \ यी दुवै अति हुन् \ धेरै बर्ष अगाडी धर्मको नाम र आडमा चलाइएका परम्परा , धेरै बर्ष अगाडी देखि भेदभाब र सोषण सहितका राज्ययन्त्र र साशक अनि धेरै बर्ष पहिले आफ्नो बिचार मात्र ठिक ठानी फरक विचारकालाइ सिध्याउने बिचार मा परिमार्जन हुने पर्छ \
जहा सम्म मासु खाने र नखाने सबाल छ खाने र नखाने मानिस प्रिथिबी रहे सम्म रहिरहने छ मात्र तरिकामा फरक होला त्यो बेग्लै कुरा हो \ जुन कुरा धर्म ,बिचार मा पनि लागु हुन्छ \ सत्रुता सधै कायम गरि नोक्शान व्यहोरी रहने या शत्रुता लाइ मित्रतामा बदल्न कोशिश गर्ने ? व्यक्ति ,समाज ,देश ,बिस्व संग मेरो प्रश्न छ \ धन ,पद ,धर्म ,बिचार ,सुखी जिबन किन आम प्रिथिबी बासि लाइ हुन् सक्दैन र ?
नेपाली को नै बानि हो यो…..
आफ्नो गल्ति अरुलाई देखाउने….
बोका, रागा हरु काटेर भगवान लाई देखाउने….
काट्नुछ भने आफैले खान को नाम मा काटनुनि…. बेकार मा भगवान र धर्म लाई दोस दिएर…..
कठै !
निरिह !
खसी र रांगाहरु,
आँफु बेचिदै, कसैको खुसीको लागि
धन्य छन्,
आँफु रेटिंदै,
कसैको उल्लासमा
समर्पित भोजनहरु !!!!!
हाव ! मासु नखाउ कसैले भनेको छैन है ! देवीथानमा बोकाको घांटी आधा रेटेर, घांटी दोबारेर देवीको मुहारमा रगतको पिचकारी नहान्नु भनेको पो त!, घर अगाडी बालबच्चाको सामुन्ने निर्दोष प्राणीको गर्दन नगिंडनु पो भनेको त ! भालेको ढाँडमा लौरो बजारेर मुखबाट रगत निकाली देविमातालाई रगत नचढाउनु पो भनेको त! पशुलाई बेहोश पारेर मार्दा पनि त हुन्छ है ! सास्ती दिएर मार्दैमा धर्म हुने होइन क्यारे ! हाम्रो परम्परा !!!!???? यस्तो राक्षसी परम्परा आजै त्यागौं!!! अहिल्यै त्यागौ !!!
आज बिहान बिहान एउटा मा एउटा हास येसरी झुन्डाको थियो कि त्यो देखेर यो दशैँ भरि मासु नै खान मन लागेन ………बीचरा हास्…………….किन तेती विदी सास्ती गरेर लागेको ………….टाउको तल बाटो मा थोकौदै बाईक दौडाको बाईक वाला लै नि तेसरी टाउको तल खुट्टा माथि गरि झुन्ड्याउनु पर्ने अनि थाहा हुन्छ…………………………………
ओप्पा तालिवान स्टाइल !
हिन्दु धर्मका कट्टर तलिवानहरु …
घर मा ल्याएको खसी हामीसंग रत्तिन्थ्यो . खेल्ने साथी हुन्थ्यो
तेसैलाई मार्यो, खायो रमाइलो गर्यो तेही हो हाम्लाई सिकाको ….
नकाट भनेर रोयो भने झन् खुट्टा समौना लाउथे
मानिसले आफैँ खाना बनाउन सक्दैन , मात्र बोट विरूवाले खाना बनाउदछन , त्यस्को लागी मानिसले धान रोप्छन , साग पात लगाउछन , त्यसरीनै खसी बाख्रा पल्छन , खानाको लागी । यदि यि चिजहरू खानलाइ प्रयोग गरिन्छ भने अनुचित हैन तर बलि भन्दै काटेर फाल्ने कुरा चै सहि लाग्दैन । काट मार गर्नुलाइ हिसा भन्न मिल्दैन किनकि मानिस वा जनावर अरूमा निर्भर हुन्छन । यो प्राकृतिक नियम हो । यदि यस्लाइ नमान्ने हो भने मानिसको अस्तित्व रहदैन ।
म पनि मांसाहारी हुँ तर काटमार गर्न मन लाग्दैन; अझ भोग दिने कुरा त मनमा दया नहुनेहरुले गर्ने कर्म हो / खानको लागि चट्टै काट्नु वा मार्नु अलग हो, तर रेटेर रगत चढाउनु अनि त्यहि रगतको आहाल देखेर भगवान खुसि भयो भनेर आफु खुसि हुनु भनेको राक्षसीपनामा खुसि हुने भ्रम हो / म आफु गर्दिन, तर गर्नेहरुलाई अर्ति उपदेश दिएर पण्डित हुन चाहन्न किनकि त्यो उ आफैमा भएको दया मायाले गर्ने काम हुन /
यहि अवसरमा एउटा भिडियो पनि हेरी हाल्नुस न / जुन मासु भन्दा अरु खाँदै नखाने मांशाहारी सिंहमासमेत दयाको केहि अंश भएको देखिन्छ /
http://www.onlinekhabar.com/2012/10/09/3229.html
नेपाली चलन र संकारलाई पूर्ण रुपमा आधुनिक भारतिय चस्मा र आधुनिक भारतिय राष्ट्रियता ले हेरिंदैछ। भारतमा शाकाहारी = हिन्दू भन्ने फिलोसोफी आजभोली सबैभन्दा चर्चामा छ। हाम्रो वेदमा नलेखिएको यस्ता चलन हाम्रो दक्षिणको छिमेकीको खटनमा हाम्ले अंगाल्नुपर्ने बाध्यता आइपरेको छ। तिन्का बाउले जे जुकै सिकाका होउन, हाम्रो हजारौं बर्षको सम्सकारले हाम्लाई यो सिकाको छैन र पक्कै यस्ता तातो न भुत्लाका कुरा हाम्लाई स्विकार्य छैन। भारतमा हालसालै बिकास भएको बिचारधारालाई हाम्रो भनी अंगाल्ने र अनजानमै भारतको अगाडी घुँडा टेक्ने मनोदशा, म मा चाहीं छैन। मनपरी पशु हत्या नगरेकै राम्रो, रगत र मासु लथालिंग हुने गरी। तर तरिका पुर्याएर मासु काटेर खाएकै राम्रो। खैरातें ताल मा लुकी लुकी मासु खाने टपरे बाहुनको जुनी जिउनु भन्दा त मर्दको छोरो भएर रातो मासु खाएरै जिवन बाँचेकै राम्रो। हामी नेपाली बाहुन छेत्री जे भने नि, हामी खस का सन्तान , दशौं हजार वर्ष देखि , यो पहाडी भुभागमा बस्न थाले देखि मासु खान थालेको , हामी अझै खान्छौं, धित मरुन्जेल खान्छौं। कसैलाई मन पर्दैन भने यस्तै ब्लगमा लेखौं। लेखेर आफ्नो धोको पुरा गरौं।
भारतमा २ हजार वा २३ सय वर्ष अघि बुद्ध धर्मले जडा गाड्यो। यो यस्तरि फैलियो कि वेद मान्ने जाती र तिनले रैति बनाका अरु जातिले आफ्नो धर्म को रक्षा गर्न नसकी सारा भारतवर्ष बुद्ध धर्मा लिन भयो। पछि, अनेक चतुर्याँई र बुद्ध धर्मका धेरै शिक्षालाई आफ्नै भनी ग्रहण गरी फेरी यो धर्म माथि चढेको हो। आज हाम्ले जानेको अहिंसा, त्याग, ध्यान, मेडिटेसन, यो जन्म त्यो जन्म, अध्यात्मबाद आदि धेरै जसो हिन्दू धर्मको पाट पुर्जा बुद्धधर्म बाट सापटी लिइएका concepts हुन् ( दक्षिणको भारत र उसको बिगतको वुद्ध धर्म बाट)। बिगत दुई हजार वर्षको इतिहासलाई, बिना कुनै पुर्वाग्रही चस्मा, राम्रो संग पढे यी कुरा छर्लङ्ग हुन्छ।
कि, अहिंसाबादी हुन , पुरै बुद्ध धर्मी बनौं। अरुको सापटी लिएर आफ्नो अस्तित्व रक्षा गरिराको हिन्दू धर्म भनिने आजको भारतिय धर्म (अधर्म) मिथ्या हो। साँच्चिकै अहिंसाबादी हो भने हिन्दू धर्मलाई पुरै नकारेर, बुद्ध मार्गी बनौं। तपाईं जनावारको कुरा गर्दै हुनुहुन्छ, यसले त मान्छे लाई त मान्छे बन्न दिंदैन। जात भात को लफडा, वाह!वाह!। कुसंसकार। दानवियता। यस्तामा जनावर माथिको दयाको के काम छ , खोइ ?पक्कै अहिंसाबादी बनौं, जनावारको अधिकार रक्षा गरौं, तर भारतिय ( हिन्दु) भएर होइन। Hypocrisy त्यागौं।
छोटो समय र थोरै शब्दमा मैले भन्न खोजेका साह्रा कुरा दर्शाउन सकिन होला मैले यहाँ। कुनै बेला समय मिल्यो भने सो कार्य गरौंला। आजलाई यति। बुझ्नेलाई सुनको माला, नबुझ्नेलाई काँडाको माला।
हाव! रघुवीरजीले त साह्रै बाघे कुरो पो गर्नु भयो त !
आज हाम्ले जानेको अहिंसा, त्याग, ध्यान, मेडिटेसन, यो जन्म त्यो जन्म, अध्यात्मबाद आदि धेरै जसो हिन्दू धर्मको पाट पुर्जा बुद्धधर्म बाट सापटी लिइएका concepts हुन् ( दक्षिणको भारत र उसको बिगतको वुद्ध धर्म बाट)। बिगत दुई हजार वर्षको इतिहासलाई, बिना कुनै पुर्वाग्रही चस्मा, राम्रो संग पढे यी कुरा छर्लङ्ग हुन्छ।
रघुबीर जी एउटा कुरा बुझ्न सकिन गौतम बुद्धले बुध्त्यो प्राप्त गर्नु भन्दा पहिले राजा सुध्धोदन हिन्दु थिए भने कसरि सापट लिन पुगे होलान त हिन्दु धर्मले सापटी …..
ठिक सोध्नुभो प्रेमजी. बुझ्दै नबुझी जथाभावी फलाक्ने साथि लाइ सहि प्रश्न सोध्नुभो | अब हेरु कत्तिको चित्त बुझ्दो उत्तर दिनुहुनेछा उहा ले |
प्रेम जी र निता जी मेरो उत्तरको प्रतिक्षामा हुनुहुँदो रैछ, यसको उत्तर यति सजिलो छैन। तैपनि कोसिस गर्छु्। हिन्दू धर्मको विकासक्रम राम्ररी केलाउन जरुरी हुन्छ। पहिले लेखिएको वेद, त्यसपछिका रामायण, महाभारत र पछिका पुराण सबैलाई वैज्ञानिक तरिकाले केलाएर, ती ग्रन्थहरु कुन समयमा लेखिएको हो भन्ने जान्न जरुरी हुन्छ। वुद्धका पिता राजा थिए , पक्कै वैदिक धर्मका अनुयायी थिए, तर हिन्दू भन्ने शब्द त्यती बेला चलनमा थिएन, हिन्दू शब्द फारसी शब्द हो, सिन्धु सभ्यताका अनुयायीलाई फारसीले हिन्दु भनेका हुन जुन शब्द ग्रीस हुँदै युरोप सम्म पुग्यो, तर हिन्दुको आफ्नै मौलिक शब्द होइन। ‘स’ र ‘ह’ को सम्बन्ध संस्कृत सप्ताह र फारसी हप्ता मा देख्न सकिन्छ, सप्त भनेको ७ हप्त भनेको नि ७ नै हो। खैर यो अलि टपिक बाहिरको कुरो भो।
बुद्धका पिताको धर्म र आज हामीले मान्ने हिन्दु धर्ममा आकास पातालको फरक छ। २५०० वर्ष अघिका कतिपय चलनहरु आज छैनन् र आज भएका कतिपय चलन त्यतिखेर थिएन। आज हाम्ले बुझ्ने हिन्दु धर्म प्रचार गर्ने मुख्य श्रेय आठौं शताब्दिका दक्षिण भारतका शंकराचार्यलाई जान्छ। बुद्ध जन्मेका इसा पूर्व ५औं शताब्दी, कहाँ यो आठौं शताब्दी, १३ सय बर्षजतिको अन्तर त त्यहीं देखिन्छ। र शंकराचार्यको समयमा भारतिय उपमहाद्विपमा बुद्ध धर्मको जगजगी थियो, यो बुझ्न इतिहासका किताब पल्टाउन र विभिन्न विद्वानले गरेका अन्वेषण केलाउन आग्रह गर्दछु। कतिपय विद्वानहरुले त शंकराचार्य स्वयम नै सुरुमा बौद्ध भिक्षु थिए कि भन्ने शंका पनि गरेका छन्। यो ब्लगमा दुइ चार शब्द लेखेर सबै कुरा बुझाउन त नसकिएला, तपाईंहरु स्वअध्ययन गरेर आफै बुझ्नुहोला, केहि समय, सायद केहि महिनाको अध्ययन त चाहिएला। Rise and Decline of Buddhism in India भनी search गर्नुस, केहि गतिला articles भेटिन्छन्। साथै Arya Samaj भन्ने धर्म वा पथ छ, त्यो पनि अध्ययन गर्नु होला, महाभारतका कृष्ण र पुराणका कृष्ण भन्ने लेख छ, भेटे पढ्नुहोला। महाभारत पुराण भन्दा पुरानो ग्रन्थ हो, र समय अनुसार कृष्णको व्यक्तित्वलाई कसरी परिवर्तन गरियो भनेर लेखिएको छ। गिताका कृष्ण एक योद्धा, philosopher , थिए, पुराणमा चित्रण गर्दा Playboy जस्ता बनाईए, नपत्याए गिता पढ्नुस कता गोपिनी र रासलिलाको चर्चा छ त्यसमा? सकिन्छ भने ऋग्वेद नै अध्ययन गर्नुस, अंग्रेजी Translation भेटिन्छ। त्यहाँ चर्चा गरिएका देवताहरु र चलनहरुको अध्ययन नि गर्नुस। कतिपय वैदिक देवी देवता त आजको समयमा मान्छेले विर्सिसके। बाहुनले पढ्ने गायत्री मन्त्र बाहुनको लागि सबै भन्दा ठुलो मन्त्र होला, कसलाई पुकारिएको छ त्यो मन्त्रमा थाहा छ ? सवित्र। यो नाम गरेको देव त मन्त्रमा मात्र सिमित भए, वैदिक चलन अनुसार जथाभावी पुकार्न नहुने देव हुन् सवित्र , आजको modern Hinduism मा भेटिन्न। “May we attain that excellent glory of Savitar the god:So may he stimulate our prayers.” यो हो translation गायत्री मन्त्रको। यो एक मन्त्र बाहेक आज कता हराए सवित्र ? हेर्नुस त। समय अनुसार परिवर्तन हुने रहेछ त होइन धर्म पनि। वुद्धको बेलामा पक्कै एक शक्तिसाली देव हुनु पर्छ सवित्र।
प्रजन्य (Striker),रुद्र (Howler) बारे अध्ययन गर्नु भाको छ निता जी? रुद्र सम्म आज पनि भेटिन्छन्, प्रजन्य, मित्र , वरुण आदि लगभग स्मृतिबाट हट्न थालिसके। दिती, अदिती (सवित्रकि माता), अस्विनी कुमार (the horse twins) जस्ता वैदिक देवहरु (Vedic Deities) भनी Search गर्नुस, भेट्नुहुनेछ। भन्न मैले के खोजेको भने, बुद्धको बेलाको वैदिक धर्म र त्यबेलाका देवताहरु र चलनहरु, आज हामीले जानेको भन्दा निकै फरक थियो। र पछि, ८औं शताब्दि सम्म आइपुग्दा बुद्ध धर्मको धेरै Concept सापटी लिएछन त्यतिखेर। यो मैले नजानेर भनेको होइन , अध्ययन गरेरै भनेको हो। सबैभन्दा पछिल्लो एउटा सापटीको कुरा गर्छु यहाँ – नया घर बनाएर सर्ने बेला सत्य नारायणको पुजा गरिन्छ, थाहा होला। यो चलन कहाँ बाट आएछ थाहा छ ? १८औं शताब्दी (दुइ सय वर्ष जति अघि) हालको बंगाल – बंगलादेशमा जन्मेको रहेछ, ‘सत्य पिर’ को नाममा, र यो चलन सुफी मुसलमान बंगालीहरुमा पो जन्म्या रहेछ त। र सुरुमा हिन्दु-मुसलमान दुबै बंगालीमा चर्चित भइ बाँकी ठाउँमा एउटा हिन्दु परम्पराको रुपमा विस्तार भएको रहेछ। कहाँ सत्य नारायण कहाँ मुसलमानको समाजमा जन्मेको चलन; तर सत्य यहि हो। त्यसकाराण जे देखिन्छ सधैं त्यो त्यही हुँदैन।
अन्त्यमा निता जीले मलाई बुझ्दै नबुझी लेख्ने भन्नुभएछ, हेर्नुस सबै बुझ्नको लागि एक जुनीले पुग्दैन, तैपनि जति सकिन्छ त्यति बुझ्ने कोसिसमा छु।
कतिले जनावर बलि दिन्छन होला त? यसको बारेमा खास अनुसन्धान भएको छ कि छैन होला? तर मेरो बिचारमा चाहे धार्किम रुपमा होस् वा सांस्कृतिक रुपमा होस्, जनावरको बलि नै ठिक वा त्यो पुरै बेठिक भन्ने निर्क्योल निकाल्न पक्कै सकिन्न. धेरै मान्छे हरुले शाहाकारी बलि दिने गर्छन. हाम्रो घरमा कुभिन्डो काटिन्छ. त्यसको मतलब हामि शहकारी भने होइन.
http://giri25.blogspot.com/2012/10/blog-post.html
यदि तपाईलाई बोका बलि दिन मन छैन तर आफ्नो परम्परालाई जोगाइरन मन छ भने कुभिन्डोको आइडिया गजब हुन सक्छ।
जब जब धर्म को नास हुन्छ तब तब भगवान ले जन्म लिनु हुन्छ , तेसैले जति पशु को बलि दिदै गइन्छ तेती नै धर्म को नास हुन्छ ……..सायद यो भन्दा मैले धेरै भन्नु पर्दैन होला……………..अर्को कुरा आफुलाइ खान मन लग्यो भने जतिबेला मन लग्यो तेती बेला खाए भैहाल्यो नि धर्म लाई किन जोड्नु पर्यो……
मैले बुझे अनुसार कुनै पनि शास्त्रले निर्दोस प्राणीको हत्या गर्नु भनेको छैन होला, चाहे त्यो बलि को रुपमा मन्दिरमा काटियोस वा घरमा काटियोस, घरमा खसी काटेर वा अरुले काटेर दिएको मासु खाएर डकार्दै माइसंसारमा पशुबलि दिनु हुन्न भनेर अरु लाइ भाषण दिनुको कुनै तुक देख्दिन मैले त……मान्छे लाइ प्रकृति ले मांसाहारी हैन साकाहारी बनाएको हो त्यसैले निर्दोस पशुपन्छी को मासु खाना छोडौ, जुनसुकै ठाउमा निर्दोष पशुपन्छीको हत्या गर्न वा गराउन छोडौ अनि बल्ल पशु बलिको बिरोध गरौ, मलाई लाग्छ माइ संसारका धेरैजसो मित्रहरु टन्न मासु खाएर डकार्दै माइसंसार मा आएर पसुबली को बिरोध गर्दै हुनुन्छ कि कसो?
तिम्रो भ्रम भनेको देवताको अगाडी निर्दोष पशुको बली दिएर देउतालाई खुशी बनाउने नाममा आफु खुशी हुनु हो, जुन भ्रम ममा छैन
हिन्दु वा अरु कुनै धर्ममा लेखेको भन्दै त्यो अकाट्य हुदैन आफ्नो पनि बुद्धि विवेक प्रयोग गरौँ, यदि भगवान हुनुहुन्छ र वहाँ सांचिकै दयालु र ज्ञानी हुनुहुन्छ भने भगवान कहिले पनि प्राणी हिंसाले खुसि हुनेछैन, वहाँ त यो सबैको मुर्ख र बहुलठिपना देखेर आफ्नो आँसु खसाइ सार्है दुखी भएको हुनुपर्छ भन्ने मेरो अनुमान छ, अरुलाई हानी पुर्याएर अरुलाई पिडा दिएर अरुलाई दुख दिएर र अरुको रगत चढाएर यदि कोहि खुसि हुन्छन भने ती हामीले शास्त्रमा पढेका दानबहरु हुन्, दशैंमा बलि चढाएर दानबको पूजा नगरौं, सबै प्राणीलाई दया र करुणा गरेर भगवानलाई पूजा गरि दशैं मनाऔं, दशैंको सुभकामना सबैलाई !
मासु खाने भए खाऔं, यो तपाईं हामीको व्यक्तिगत मामला हो, तर धर्म को नाम मा अबोध र असहाय पशु पंक्छी लाई रेटेर दुख दिएर ढुंगाको मूर्तिमा रगतको छिर्का “चढाएर ” शक्ति पूजन गर्नु चाहिं पाखण्डीपन हो /
लेखक डा. गोविन्द टण्डनले सारै राम्रो संग हिन्दु धर्मको वास्तविक message प्रस्तुत गर्नु भएको छ /
हाम्रो देशमा अझैपनि धर्मको ठेकेदारी लिएका पाखण्डी मुर्खहरु हिन्दु धर्मको मर्म लाई अत्यन्त संकीर्ण रुपले व्याख्या गर्दै छन (अधिकांश यस्ता पाखण्डी हरु पुरानो पंचायत शैलीको ढुंगेयुगको वकालत गर्दै जयजयकार गरेर “सनातनता” देखाउन पनि खोज्छन ) यिनै भ्रस्ट हरु सारा जनताका छोरा छोरी माथि संस्कृत शिक्षा लादेर आफ्ना सन्तानलाई भने कम्प्युटर पढाउन अमेरिका पठाउछन /
मलाई सम्झना छ पंचायतकालमा सामाजिक सेवा को नाममा भ्रस्टाचार को चरम सिमा मा पुगेको सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद अन्तर्गत एक “धर्म समन्वय समिति” शुरु गरियो / अरु धर्म लाई होच्याएर हिन्दु धर्मलाई एकदम संकीर्ण रुपले व्याख्या गर्ने र संस्कृत शिक्षा लाद्ने काम मा एक प्राध्यापक लाई लगाइयो…..
यी प्राध्यापक शुरुमा अत्यन्त नम्र र इमान्दार थिए , तर उनी चाडै नै पैसा को लागि बिके . सारा नेपालका विद्यार्थी हरु ले संस्कृत पढ्नु पर्छ भन्ने यिनै प्राध्यापक का दुवै छोरा हाल अमेरिका मा कम्प्युटर साइन्स मा कार्यरत छन /
यस्ता विष लोगाप जिराल संग सधै सतर्क रहौं /
Faking that you are doing the killing for the goddess is not a decent thing.
And buying meat from the shop is not good either cause you are making some one else to kill the animal for you.
IF YOU LIKE TO EAT MEAT…ENJOY IT.
BUT STOP FAKING THAT YOU KILLED THE ANIMAL TO OFFER BLOOD TO THE GODDESS.
GODDESS WILL BE HAPPIER IF YOU OFFER HER YOUR OWN BLOOD.
मासु खानेलाई अन्न्यथा नलिने हो भने, मन्दिरमा काट्नुको सट्टा पशुलाई घरमा काटे के होला? कमसेकम भगवानको नामको अबहेलना त नहोला |
अनि यो पनि पढ्नुहोला!
हिजोको कान्तिपुरमा प्रा रामचन्द्र गौतमको लेख,
‘शास्त्रको ठहर: पशुबलि उचित’
http://www.ekantipur.com/nep/2069/7/4/full-story/356428.html
परस्पर बिरोधि यी दुइ लेख परस्पर बिरोधि विद्वानको त होइन होला क्यारे!
तर म यी दुवै संग एक हदसम्म सहमत र तेसरिनै बिरोधि पक्षमा पनि छु र भन्दछु यी विद्वानहरुको अध्यान र सोचाइ एकांकी छ मानौ अपुरो छ!
पशुबली को कुरालाई धार्मिक र आध्यात्मिक हिसाब र तरिकाले मात्र सोचियाको छ तर कुरा त्यो मात्रै होइन१ पशु बलिलाई सहि तरिकाले अध्यायन गर्ने र सहि तरिकाले धम्यौदै बुझ्ने हो भने यो अन्य बध भन्दा सर्बोत्तम छ! यसको लागि मात्र उचित ब्यबस्थापन र सहि प्रयोगको आबस्यकता हो र दुरुपयोग अनि अब्यबस्थापना र गलत प्रक्रिया अनि सोचाइ हटाउनुपर्ने छ!
पशुबलिलाई धर्म भन्दापनि पहिला माशु प्रतिको मानबिय आबस्यकताले हेरी बुझ्नु जरुरि छ!
श्रीष्टिमा खासगरी दुइ किसिमको प्राणि छन्, शाकाहारी र मांशाहारी (तेश्रो नाखोज्नुहोला बिबादको लागि) यो प्राकृतिक हो, प्राकृतिककुरा मान्छेले बनायको होइन बरु प्रर्कितिले नै मान्छेलाई बनायको हो! भनिन्छ मान्छे प्रकृतिको सर्बोकृस्ट र सर्वथा दिमाग सक्रिय भयको सबैभन्दा चेतनशील प्राणि हो! तेसैले मान्छेले प्राकृतिक कुरालाइ ब्याबस्थित गर्न सक्दछ परिवर्तन गर्न सक्दैन परिवर्तन सिर्फ समय ले र स्वोयम प्रकृतिले नै गरेमा मात्र सक्दछ!
परापुर्बकालमा मानब श्रीष्टिको हिंशात्मक शृंखला बाट गुज्रिदै आफुलाई बचाउदै बल भन्दापनि बुद्दी र चेतनाको प्रयोग गर्दै आफुलाई बिकशित गर्दै आजको यो अबस्थासम्मा ल्यायको हो भन्ने कुरामा द्विविधा र संका हुने सक्दैन!
मानब शाकाहारी र मांशाहारी दुवै संयोजित प्राणि हो!
एक प्राणीले अर्को प्राणीलाई आहारा बनाउने कुरा श्रीष्टिको क्रमबद्दा चक्रमा अनिबार्य रहन्छ! बाघ शिंह लाइ बाख्रा नमार शिकार नगर माशु नखा भन्न मिल्दैन! गाइ लाइ माशु खा घास (शाकाहारी खाना) नखा भन्न सकिन्न तेसैगरी दुवै थोक खाने प्राणि छन तेस्मा मानब पनि पर्दछ!
अब मेरो कुरा,
बलि प्रथा र बलिदिने कुरा धर्म भन्दा पनि मान्छेको मांशाहारी खानाको परिपूर्तिको हिसाबले हेर्नु पर्दछ र बलि प्रथा बलिदिने कार्य शिकार गरि माशुको आपूर्ति गर्ने कुराको मानबिय ब्यबस्थापनायुक्त कार्यहो तेसैले यसलाई धर्म संग जोदियाको छ किनकि तत्समय जब मानबिय जीवनले शभ्यता र बिकाश समेट्दै थियो तब लागु गरियको यो ब्यबस्थापनिया कार्य हो! पश्चिमाहरुले यसको बिकाश क्रम अबरुद्द हुन दियाना र बधशाला (स्लाटर हाउस) सम्म पुर्यायो तर हाम्रो चाहि धर्म र मन्दिरमै जोडियर तेहिको तेही नै छ!
पशुबलिलाई नकारात्मक कुराले मात्र हेर्नु र बुझ्नुभन्दा आजको आबस्यकता भनेको,
पशुबलिको ब्यबस्थापन र सदुपयोग गरि दुरुपयोग, गलत तरिका र अब्याबस्थापना र भाद्रगोलापनालाई हटाउनु जरुरि छ!
हो पशुबलि धार्मिक हो, पशुबलिले धर्म कमाइन्छ कसरि?
(फुर्सदमा लेख्ने छु)
गगनेजी ! यहाँ तेस्रोथरी मध्यममार्गीहरु पनि छन् : ति हुन् -अण्डाहारी
हिजोको कान्तिपूरमा “शास्त्रको ठहर: पशुबली उचित” भन्ने शिर्षकमा “प्रा: राम प्रसाद गौतम” भन्ने व्यक्तिको एउटा लेख छ | सायद धेरै पढ्नु भयो पनि होला | यदि पढ्नु भएको छैन भने यो लिंकमा पढ्न सक्नुहुनेछ: http://www.ekantipur.com/nep/2069/7/4/full-story/356428.html
यो पशुबलिको सम्बन्धमा म आफैंले कुनै पनि शास्त्र पढेको चाहिं छैन | वास्तबमा अहिंसा नै परोधर्म हो भन्ने कुरामा मलाई पूर्ण बिश्वास छ र यो पशुबली नराम्रो कुरा हो भन्ने कुरामा म बिश्वस्त छु | तर “प्रा: राम प्रसाद गौतम” ले पनि पशुबलि ठिक हो भन्न शास्त्रकै दुहाई दिनु भएको छ | मलाई साह्रै अचम्म लागेको छ यो लेख पढेर | यस्ता पक्ष र बिपक्षमा शास्त्रको दुहाई दिएर लेखिने लेखले पक्का पनि जनसाधारण लाई झन् अलमल्याउने काम गरेको छ भन्ने मलाई लागेको छ | प्रा. गौतमको शास्त्रको दुहाई कत्तिको ठिक हो भन्ने कुराले मेरो मनमा कौतुहलता जन्माएको छ , किन भने कुनै पनि धर्म र शास्त्रले अहिंसालाई नै अंगालेको छ भन्ने मेरो बुझाई छ | यो बिषयमा अलि गहिरो अध्यन र अनुसन्धान गरेर वास्तविकता बाहिर अत्यन्त जरुरि भईसकेको छ |
कुरो सहि हो । तर छोड्न चै सार्है गारो छ।
बलि प्रथा,काटमार माम्स भक्षी धार्मिक , प्राकृतिक र स्वस्थ को दृष्टिले समेत हानिकारक छ | मानिस लाइ प्रकृतिले नै मांसाहारी बनाएको छैन | मांसाहारी हुनको निम्ति लामा-२ नगरा ,तिखा-2 दांत हुनुपर्थ्यो | अनिमात्र उ माम्स भक्षी हुनसक्छ | तपाई हामी लाइ थाहा भएकै कुरा हो ,चरा हरुमा चिल ,गिद्ध ,काग ,बाज आदिले मात्र मासु खान्छ भने जनावर हरुमा बाग ,भालु चितुवा ,स्याल, कुकुर आदि आदि मात्र अन्यहरुले साहेद खादैन्न |
बली प्रथा सम्बन्धमा दुइ मत देखिन्छ | बैदिक र तान्त्रिक | बैदिक धर्म ग्रन्थहरुले बलिप्रथा लाइ मन्नेता दिएको पाइदैन भने तान्त्रिक शास्त्र हरुले बलिप्रथा लाइ झ्याम्मै अंगालेको पाइन्छ | बलि प्रथा यसै अन्तर्गत र अन्धविस्वास बाट पनि बढी स्थापित हुन पुगेजस्तो देखिन्छ | बाबुबाजेले गर्दै आएको रिवाजलाई उनका सन्ततिले नचाहेर पनि डर भएका कारण पनि चलाउने गरेको पाइन्छ | मैले धेरै मानिस देखेको पनि छु ,उनीहरु माछा मासु खादैन्न आघि पछी तर देबी देवता लाइ बलि चडाउछन र त्यो प्रसादको रुपमा ग्रहण पनि गर्छन | किन त भन्दा बाबुबाजेले गरिआएको केहिपो हुने हो कि ! डर का कारण मात्र | पशुपति नाथ को दक्षिण तर्फ रहेको भीमसेन थानमा भैसीको पाडो लाइ रेटेर बलि दिइ उक्त रगत मा धागोको त्यान्द्रो जोडी पशुपति को लिङ्ग सम्म पुर्याइएको देख्न पाइन्छ | यस्ता परम्परा हरु लाइ देख्दा यसै भनी निर्क्योल गर्ने गारो छ |
विश्वासजी मासु छोड्नु जरूरी छैन…केवल धर्म कमाउने नाममा “बलि” भनिन्छ नि …..त्यो
कुरा छोड्नु जरूरी छ | मान्छेहरु पनि ECO -System अन्तर्गत पर्ने भएकोले मासु खानै नहुने होइन…अजै भन्नुपर्दा शाकाहारी मानिसहरुले खानेकुरामा धेरै खयाल गर्नु पार्छ….किनभने प्राय शाकाहारी खानेकुरामा PROTEIN DIET कम हुन्छ |
सरोज जी,
तपाई ले शाकाहारी को खानामा प्रोटिन कम हुन्छा भन्नु भयको रहेछा | मा लगायत मेरो सम्पूर्ण परिवार साना ठुला सबै शाकाहारी हुन् र हाम्रो दाक्दरको रिपोर्ट अनुसार हामी कसैमा पनि प्रोटिन को कमि छैन किन भने हामी प्रशस्त सोयबिन र अन्य गेडागुडी हरु खान्छौ सदै नै |
मेरो विचार मा अरु को ज्यान लियर आफ्नो खानामा प्रोटिन बढाउनु भन्दा बरु अर्को उपाय ले प्रोटिन संरक्ष्ण गर्नु बेस होला |
अति राम्रो लेख गोविन्द जी | तपाइलाई धन्यवाद |
.
कुन धर्मले भन्छ मार्नु, काट्नु राम्रो कुरा हो त्यो
करुणा र दया भए, धर्म आफै आउँछ अहो
अरुलाई मार्नु अनि, के को धर्म कमाउनु ?
नमारौ है अबोध पशु, बाटो राम्रो राम्रो समाउनु |
मार्मस्पर्शी र ग्रहणीय लेख I चराचर जगतकी आमा देवीले आफ्नै सन्तानलाई कसरी खान सक्छिन र ? बलिप्रथा नितान्त गलत र स्वार्थी प्रथा हो, बाच्न पाउनु हरेक प्राणीको नैसर्गिक अधिकार हो I
Tandan sir
This kind of spiritual practice is quiet irrelevant today.If it is a question of brutal killings of animal,yes you are right.?There must be some animal law.
But we are in a situation we don’t even have peoples law in our country.
Otherwise we are in the era of ipad and iphone ,People in NASA are taking pictures of MARS with one hand on computer keyboard other on bbq.
On the contrary,our government officials are in day sleeping because of the lack of protein in their food more than that if I say ,whole system or the country itself is sleeping,because of the lack of sufficient vitamins and minerals.
How does it sound?am i talking too technical?
Dronji,
1) Just because you think there is no animal law, that does not mean that you should kill those innocent animals especially in the name of God.
2) If there is no peoples law in our country, then you too are equally responsible to help make one.
3) You don’t have to follow whatever USA does.
4) If you think our goverment officials are sleeping, then it is your job to wake them up.
5) If you think they are sleeping due to the lack of protein, then provide them meals full of soybeans and other kinds of beans and peas. Tell them that beans and peas have the same amont of protein as in meat.
6) If you think that the country’s whole system is sleeping because of lack of vitamins and minerals, then run a countrywide campaign called sources of nourishment without alcohal and meat yet full of protein, vitamins, and minerals.”
7) Yes, you are talking impractically too technical.
8) Lastly, someone has finally emerged to educate us with this eyes opening article here. So please God’s sake, do not discourege him with such a response.
लेख राम्रो लग्यो !
पशु बलि दिएर देवीको मन्दिर लाइ राक्षस को थलो नबनाऊ !
हुनत हो तर के गर्नु आफु त गिद्दे नै भइय छ क्यारे दिने पिक्षे मासु नखाई त चिता नै बुझ्दैन
अब नेपाल आयर चै छोड्नु पर्ला
विश्वासजी,
यो लेखको मा पूर्ण सहमति गर्छु त्यसैले लेख मेरो नभयतापनि तपाई लै उत्तर दिन मन लाग्यो | मलाई लाग्छ मासु नाखानुस भन्ने बिषय होइन यहाँ | मासु खानु वा नखानु आफ्नो आफ्नो व्यक्तिगत बिचारको कुरा हो | खानुस तर जनावरलाई देवी देवताको नाम मा बलि चढ़ायर होइन |
व्यक्तिगत खानपानको इच्छा लाइ धार्मिक भक्ति भावनामा मिसीयको यो कुप्रथा लाइ हटाउनु पर्छ भन्ने मात्र हो |
त्यै त, मैले पनि भन्न खोजेको तेही हो!
अझै मा त भन्छु,
माशु खानुस न तर किन पशु पन्छी को बलि दिन पर्यो, किन पशु पंक्षी को माशु नै खाना पर्यो,
आलुको माशु खाया हुन्न भन्या?
फर्सीको माशु खाया हुन्न?
कटरकोमाशु खाया हुन्न?
तरुल,पिडालुँ को माशु खाया भै हाल्छनि के !
घिरौला चिचिन्दा हरियो बास त्यो के भन्छ नि के रे तांवा.
आदि थुप्रै छ नि तिनीहरुको माशु खाया भै हाल्यो नि!
के कुखुरा खसी रागो बुन्गुर कै खानु पर्छ माशु?