Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

डरायो एनसेल, फकाउन मिडिया अफिसर नेपालमा

Posted on October 18, 2012October 18, 2012 by mysansar


नेपालको टेलिकम मार्केटमा ८८ लाख ग्राहक बनाएर नम्बर वनमा आफूलाई उभ्याउन सफल भएको एनसेलभित्रको कुहिगन्ध फैलिँदै स्वीडेनसम्म पुगेपछि टर्कीको इस्तानबुलबाट मिडिया हेर्ने अफिसर Iréne Krohn नेपाल आएका छन्। अहिलेसम्म एनसेलबारे बाहिर जति आए पनि अब केही नआओस् भन्नका लागि इरिमले केही ‘ठूला मिडिया हाउस’का ‘डन’सँग मंगलबार साँझ कमलादीको भान्छाघरमा डिनर खाएका छन्।

एनसेलको कुहिगन्ध चर्किएर अप्ठेरो रुप लिनुपूर्व नै त्यो मामिला हेर्ने नेपालका कर, अख्तियार लगायत सरोकारवाला निकायका अधिकारीलाई स्वीडेनको राजधानी स्टकहोम लैजाने तयारी पनि चलिरहेको छ। त्यहाँ एनसेलको मातृसंस्था टेलियासोनेराको मुख्यालय छ।

अहिले एनसेलले नेपालको ५० प्रतिशत बजार ओगटेको छ। जबकि सन्तुलनको नीति अनुसार प्रतिस्पर्धाको बजारलाई एकाधिकारबाट जोगाउन कुनै पनि कम्पनीले चालीस प्रतिशत भन्दा बढी अंश कब्जा गर्न पाउँदैन। यसबाट एन्टी मोनोपोली एक्टको बर्खिलाफ भएको जानकारहरु बताउँछन्।

एनसेलले अजय सुमार्गीको हेलो नेपाल ब्रान्ड चलाउने नेपाल स्याटेलाइट कम्पनी पनि हात पारेको छ। एउटै बजारमा एउटै प्रविधिका दुई वटा कम्पनी चलाउन पाइँदैन। एनसेलका चिफ फाइनान्स अफिसर टोमी होलोपिनले एनसेलकै कामका सिलसिलामा नेपाल बसेको विवरण खुलाई भिसा पाएका छन्। तर, यहाँ नेपाल स्याटेलाइटको प्रमुख कार्यकारी अधिकृतका रुपमा समेत काम गरिरहेका छन्। एनसेलका चिफ कमर्सियल अफिसर अप्टु जाबर पनि उही दर्जामा नेपाल स्याटेलाइटकै काममा छन्। त्यस्तै, एनसेलकी मिडिया अफिसर सञ्जु कोइराला स्याटेलाइट कम्पनीको प्रवक्ताका रुपमा काम गर्दैछिन्।


सुमार्गीलाई चार अर्ब रुपियाँ, प्रचण्डलाई लाख डलर
अजय सुमार्गीले आफ्नो हेलो मोबाइल ब्रान्ड चलाउने नेपाल स्याटेलाइट कम्पनी एनसेललाई दिएवापत् चार अर्ब नेपाली रुपियाँ हात पारेका छन्। एनसेलका हाकिमहरुले प्रचण्डलाई बेलाबखत १०-२० लाख डलर दिने गरेका छन्। अर्को कम्पनी खरिद गर्नका लागि त्यत्तिका रकम खर्च गर्ने एनसेलले दूरसञ्चार प्राधिकरणलाई तिर्नुपर्ने रोयल्टी भने अहिलेसम्म तिरेको छैन।

सञ्चारमन्त्री राजकिशोर यादवले भारतीय लगानीको युटिएलसँग दूरसञ्चार प्राधिकरणले लिनुपर्ने करोडौँ रोयल्टी किस्ताबन्दीमा भए पनि लिएका छन्। यसको फाइदा एनसेललाई पनि पुगेको छ। प्रचण्डलाई टेलियासोनेराका प्रेसिडेन्ट तथा सिइओ लार्ख नेबर्गले नेपाल आएपिच्छे भेट्ने गरेका छन्। उनी दुई महिना पहिले आउँदा सुमार्गीको बानेश्वरस्थित घरमा यी दुईबीच भेट भएको थियो।

एनसेलको कार्यकारी अधिकृतबाट पूर्व गृह सचिव चण्डीप्रसाद श्रेष्ठले राजीनामा दिएपछि सो ठाउँमा आउने टेलियासोनेराका पाँच प्रतिनिधिमध्ये एकजना सुमार्गी पनि पर्न लागेको स्रोतले जनाएको छ। सुमार्गीको नेपाल स्याटेलाइट कम्पनीविरुद्ध अख्तियारमा छानबिन चलिरहेको भए पनि प्रचण्डकै आशीवार्दका कारण उनलाई समात्ने हिम्मत गर्न सकेको छैन। साभारः जनआस्था

61 thoughts on “डरायो एनसेल, फकाउन मिडिया अफिसर नेपालमा”

  1. Pingback: सुमार्गीले सताएपछि कर्मचारी वैद्यको शरणमा « Mysansar
  2. Pingback: छरपस्ट भो एनसेलको अनियमितता
  3. Dev ale says:
    October 20, 2012 at 7:50 am

    अहिले पो थाहा हुँदै छ. प्रचण्ड को नया घर त सुमार्गी को मध्यम बाट कमायको पैसा ले किनेको रहेछ क्या र .?

    Reply
  4. madan bajracharya says:
    October 20, 2012 at 7:34 am

    लोकतन्त्रको जामा लगायर कुख्यात “सुविख्यात” बने कुमार्गी सुमार्गी बने/ अब यति भन्दा भन्दै पनि प्रचंद्र्को नामै लिन चाहि जरुरि ठानेन किन भने उनित यस्ताको पनि सम्राट बनेका रहेछ/

    Reply
  5. Suraj Shrestha says:
    October 19, 2012 at 10:26 pm

    लाखौबाट बहुदलमा करोड़ो अब लोकतन्त्रमा अरबोको गोलमाल हुन थालेछ हाम्रो मातृभूमि नेपालमा।

    राणा काल गयो, पन्च्यात काल गयो, सम्वेधानिक राजतन्त्र गयो अब लोकतन्त्र/गणतन्त्र पछि नेपाल नै जाने डर भैसक्यो हामी नेपालीहरुलाई।

    के हामी सर्व साधारण नेपालीहरुले येस्तै ब्लगमा विचार लेखेर मात्र चित्त बुझाउने?
    जवाब दिने कोहि छैन टुहुरोलाई !!!

    सुरज श्रेष्ठ

    Reply
  6. ईश्वर श्रेष्ठ says:
    October 19, 2012 at 9:03 pm

    त्यत्रो पैसा त्यता खर्च गर्नुको सट्टा हामी ग्राहकहरू लाई सेवा सुबिधा हरू सस्तोमा दिएको भए बदनाम नभई एक नम्बरमा अाउन सक्थ्यो नि एनसेल ।

    Reply
  7. कृष्ण भारद्वाज,सिड्नी, अस्ट्रेलिया says:
    October 19, 2012 at 5:53 pm

    प्रचण्ड नि मान्छे हो, यो त नरपिचाश हो……………….उफ्फ़ कति सराप्नु, जति सरापे नि तेस्को जुँगाको एउटा रम हल्लने होइन !!

    Reply
  8. Sagar Nepali says:
    October 19, 2012 at 4:32 pm

    We nepali people have the power of ONE.If we(one) stop using these corrupt NCells and Satellites and use our own national Telecom ,they will not have anything to play and bribe those BASTARDS playing on us.

    Reply
  9. Sunil, London says:
    October 19, 2012 at 4:21 pm

    प्रचण्ड ले किन “सुमार्गी” संग हिमचिम बढाएको होला ? आफु नै “कुमार्गी” भएपछी !!!!! “सुमार्गी” र “कुमार्गी” को एस्तो राम्रो सम्बन्ध त नेपाल बाहेक अरु देशमा हुदैन है !!!!!!! दुवै लाई नेपाली भन्नु पर्दा मलाई त लाज लाग्यो है , हजुरहरुलाई नि ………

    Reply
  10. sanu says:
    October 19, 2012 at 12:06 pm

    प्रचण्ड र हिसिला यमी (बाबुराम को श्रीमती) त् भ्रस्ट का पनि महा भ्रस्ट हुन् र प्रचण्डले त झन् पद महा दुरुपयोग गरिराखेको छ / अब पनि यस्ता भ्रस्टहरुलाई भोट दिनेको पनि सर्बनास हुने छ / तिनीहरुलाई नेपाल आमाले कहिले पनि माफ गर्ने छैनन् /

    Reply
  11. Dhananjaya Saroj says:
    October 19, 2012 at 11:14 am

    खोइ येस्पली त शशांक लामा जी को प्रतिक्रिया देखियाँन किन हो?

    Reply
  12. Suman bhote says:
    October 19, 2012 at 11:01 am

    साथी हो केहि हुने बाला छैन…….
    १% ले नेपाल चलाएका छन्….. तेही १% मध्ये झगडा गरे मात्रै यो अलि ठुलो case बन्छ… नत्र केहि हुनेवाला छैन… येही १% ले हामि ९९% लाई जुदाउने, लडाउने, फाइदा उठाउने, र आफु अगाडी बढ्ने…..गर्छन..
    पत्रिका का मालिकहरु, ठुला उद्योग पतिहरु, सबै दलका सिर्स नेताहरु, सबै एकै हुन्…
    खोइ कोहि बोलेको?? तेसैले बुझ्न जरुरि छ…

    Reply
  13. pradikchha says:
    October 19, 2012 at 10:40 am

    जे होस् हिजो माओबादी र प्रचण्ड को भक्ति गर्दै अन्य दलका नेता र कार्यकर्ताहरु लाई खेदो खनेर कमेन्ट लेख्ने पाठक हरुले पनि कुरा बुझेको देखेर मलाई खुशी लागेको छ l येशारी नै माओबादी र प्रचण्ड को बिरोध गरे मात्रै यो देशमा शान्ति आउछ नत्र सधै येस्तई हो l माओबादी फटाहा हरुको झुण्ड लाई खतम पार्नु पर्छ सबैलाई चेतना भय l

    Reply
  14. mahendra says:
    October 19, 2012 at 10:16 am

    मान्छे कति सम्म गिर्न सक्छ तेस्को उदाहरण प्रचण्ड हो
    होइन भन्ने को ?????

    Reply
  15. mahendra says:
    October 19, 2012 at 9:39 am

    कंस पनि यति सारो निर्दई थियन होला तर प्रचण्ड त महा को निर्दई रहेछ,आफ्नै देश का जनता रगत चुसेर किर्नो सरि मोटाएको रहेछ ……दुर्गा माता यो कुजात लाई सुद्दी दिन पर्यो ……

    Reply
    1. Dhananjaya Saroj says:
      October 19, 2012 at 11:09 am

      सुबुद्धि होइन यो दसहै मा येश्ले सेन्तिफ्ल्याट खोस!

      Reply
  16. raBin says:
    October 19, 2012 at 9:37 am

    श्रीषा कार्कीको दुर्घटना पछि यो जनआस्था पत्रिका बहिस्कार नै गरियो, अब चै कुनै नि राष्ट्रिय भनाउदा पत्रिकाले नआँटेको खबरलाई प्रकाशमा ल्याएकोले खुसि लागेको छ. यो प्रचण्ड बाट रामको कुराको अपेक्षा त गर्दै नगरे नि भो अब त .

    Reply
  17. योगेश आदी, न्यूयोर्क / says:
    October 19, 2012 at 6:23 am

    जुन दिन प्रचण्डको झुटको पर्दाफास भएको भिडियो सहित छापाहरुमा आयो; त्यतिबेला प्रचण्ड त्यति डगमगाएका थिएनन् , किनकि त्यो भन्दा ठुलै गद्दारी उनले धेरै गरेका रहेछन!!
    कांग्रेस एमाले सत्तामा छँदा लूट गर्यो भन्ने सुनेको थिए, अहिले माओबादीले झन् ब्रम्हलूट नै गर्यो !!
    – कठै विकल्प विहिन हामी नेपाली जनता !!!

    Reply
  18. Harke says:
    October 19, 2012 at 2:39 am

    क.माओबादी त पैसा भनेपछि जनताको ज्यान नै मार्ने पर्यो……..तेस्को के कुरो गर्नु ? नेपाली जनताको दुर्भाग्य, जनताले तेसैलाई नै ठुलो दल बनाएका थिए !

    तर, अर्को अझ ठुलो दुर्भाग्य !
    हाम्रो देशमा त प्रतिपक्ष नै छैन, जसले सरकारको गुण र दोषको छानबिन गर्ने क्षमता राखोस र जनताको साथ् लिएर क.माओबादीलाई थप कुकार्य गर्नबाट रोकोस…..!

    Reply
  19. बिनोद तिमिल्सिना says:
    October 19, 2012 at 1:44 am

    हैन नेपाल टेलिकम चै के हेरेर बसिरहेको छ,कि के NTC का टाउकेहरु पनि भित्र भित्रै बिकेका त छैनन्!प्रचण्डेहरु जस्तै!त्यो पनि खोज्नु पर्यो उमेश जी।

    Reply
  20. rabin says:
    October 19, 2012 at 12:53 am

    हैन हो सोजो औला ले कहाँ घीयू आउछ र नेता गिरी नगरे को टिक्न सक्छ र काठमाडौँ मा नेपाल मा अब्ब्ब कही गर्नु छ , तपाई हामी नै जानु पर्छा के गर्नु समय ले हामीलाई देस द्यखी यती टाडा पुरया६ मरयको सिनो चिल ले मस्ती गरजस्तई भय६ नेपाल

    Reply
  21. laxman says:
    October 19, 2012 at 12:46 am

    अजय सुमार्गी त नाम मात्र यो लगानी सब प्रचण्ड को हो .. ..

    Reply
  22. Damodar says:
    October 19, 2012 at 12:12 am

    यो प्रचंडे ले दसौ हजार नेपाली लै बिनासित्ती मार्यो अहिले त घुस खान पनि थालेछ . यस्ता लाई हो है सब को अगाडी राखेर सिस्नु पानी दिनु पर्ने .

    Reply
  23. Dpack says:
    October 19, 2012 at 12:06 am

    प्रचंडे यसरी ले कमाई नदिएको भए कहाँ बात प्रकाशे ले ३ ओटी बिबाह गरेर मोज गर्थ्यो त??

    Reply
  24. janak dangol says:
    October 18, 2012 at 11:31 pm

    लुट प्रचण्ड लुट ! भोलि दाउराको ठाउँमा त्यहि युरो तथा डलर राखेर पोल्न सजिलो हुन्छ ! नाम पो सुमार्गी काम त सबै प्रचण्ड कै हो नि ! त्यसै गा को छ त्यो युरोप ! भस्मासुर नै जन्मेको रैछ !

    Reply
    1. subash says:
      October 19, 2012 at 3:11 am

      क्या हो यो नेपालीहरुको ताल? यता घुसखोरी नेताहरुले देशको सम्पति लूटदैछ, उता जनताहरु चै “लुट प्रचण्ड लुट” भनी प्रोत्साहन गरिरहेको छ.

      Reply
  25. pradip nepali says:
    October 18, 2012 at 9:17 pm

    Why is this that no one talks about prachanda in main nepali media? Everyone konws what he is upto. This guy is the most cunning ku-santaan Nepal Aaam has ever given birth to.

    Reply
  26. sandesh says:
    October 18, 2012 at 8:25 pm

    कुनै निश्चित परियोजना वा सरकारी /सार्बजनिक खरिद बिक्रिको केस मा राजनीतिक नेतृत्व लाइ दोषी देखौना एकदम दरो अनुसन्धान गर्नु पर्छ भन्ने कुरा सबैलाई थाहा नै भएको कुरा हो | खुम बहादुर लाइ सिंचाई परियोजना मा , देउबालाई मेलम्चीमा , लाउडा , धमिजा , नोर्थ वेस्ट, सुडान आदि आदि काण्डमा राजनैतिक नेतृत्वलाई सजाय दिने कोसिस भयपनी सफल भएन किन कि अरबौको निर्णय सचिब स्तरमा नै हुन्छ , अनि राजनैतिक तहको direct involvement नदेखिने भएको ले गारो पर्चा | तेसैले त खुम बहादुर , जय प्रकाश , वाग्ले आदिलाई ‘श्रोत नखुलेको सम्पति ‘ को मुद्दा अन्तर्गत सजाय दियो | यो काण्डमा पनि दुर संचार प्राधिकरण अनि धेरै भए संचार मन्त्रालयका कर्मचारी सम्म पर्न सक्छन, राम्ररी अनुसन्धान भयो भने | नेपालका उच्चा पदका कर्मचारीले नेता लाइ पोल्न सक्दैन /चाहदैन भन्ने कुरा त सुडान काण्डमा स्पस्ट संग दिखियो नि पूर्व IGP हरु बाट | तसैले यहाँ माओबादी अनि बिसेस गरि प्रचण्ड र महराका अनन्ना भक्त मित्र हरुले भने जस्तो “प्रमाण भए मुद्दा हाले हुन्छ नि ” भन्ने कुराको जबाफ दिन सकिन्न | एक त यिनी हरुको साठगठ एती बलियो र दरो छ कि येस्ता केस मा मुद्दा हाल्नेको परिवारलाई नै खतरा हुन सक्छ , अर्को निर्णय मा उनीहरुको direct संलग्नता नदेखिने हुनाले मुद्दा सिधै हार्छ | राजनीतिक नेता लाइ सजाए दिने एउटा मात्र उपाय श्रोत नखुलेको सम्पति अन्तर्गत मुद्दा हाल्ने हो | अख्तियारको वर्तमान अवस्थामा त्यो पनि कति हद सम्म आश गर्ने भन्ने हो | गोविन्द जोशीको सालाको कान्छा ससुरा को सम्पतिलाई पनि अख्तियार ले जोशीकै सम्पति मानेर मुद्दा हालेको छ , सरसर्ती हेर्दा सालाको पनि कान्छो ससुरो निकै टाडाको मान्छे हो (मैले त मेरो सालाको ससुरो पनि चिनेको छैन , भेटेको छैन )| एदी सालाको कान्छा ससुरा को सम्पति जाच गर्नु हुन्छ भने नियमित रुपमा उठबस गर्ने साथीको गर्नेकी नगर्ने ? (यहाँ मैले प्रचण्ड र सुमार्गीको मात्र कुरा गरेको होइन है, अरु नेताहरु को पनि तेस्ता देखौना को लागि ‘ब्यापारी साथी ‘ हुन सक्छन| जसलाई परि आएको खण्डमा ‘मेरो साथी ‘ ले मलाई मोटर दियो , घर दियो, ऋण दियो भन्न मिलोस ) | तेसैले कति टाडाको मान्छे सम्म जाने भन्ने कुरा पनि अलि बिसयागत (subjective ) हुन सक्छ कहिले कहिँ, बिसेस गरि राजनीतिले सजिलै प्रभावित हुन् सक्ने अनुसन्धान निकाय भएको नेपाल जस्तो देशमा | अर्को कुरा २ वर्ष को काम ४ बर्समा नसकेर बस्ने अनि राता रात टालटुले निर्णय गर्ने काम लाइ केहि मान्छेले ‘देश र जनतालाई राजनीतिक निकास ‘ दिने नेताहरुले पार्टीको लागि २-४ करोड पैसा लिदैमा केहि फरक पर्दैन भन्छन, आखिर पार्टी पनि जनताकै लागि त हो रे :: येस्ता कुरा गर्नेहो भने अख्तियार नै खारेज गर्दिए हुन्छ | कर्मचारी ले घुस खान्छ , जहान छोरा छोरि पाल्छ आखिर तिनीहरु पनि नेपाली जनता नै त हुन् नि |

    Reply
  27. xyz says:
    October 18, 2012 at 8:23 pm

    The evolutionary process of Maobadis:
    First they were Maobadi, after CPA they became Khaobadi, now they are into the third stage – Kamobadi, they are making money for their generations to come. They will soon turn into Bhagaobadi, ie, have their money deposited safely in foreign banks and leave this country gradually without anybody knowing.

    Reply
  28. Adwait Sharma says:
    October 18, 2012 at 7:41 pm

    स्वर्गीय गणेश मान सिंह ले भन्ने गर्नु हुन्थ्यो रे, ” राजनीति बाट इमान्दारिता लाई झिकिदियो भने त्यो व्यापार हुन्छ /” प्रचण्ड जी ब्यापारी होइन नेता बन्नुस , यस मा तपाईं लाई पनि हीत छ , देश को पनि भलो छ / सम्झनुस पैसा ले आज सम्म कसै लाई पुगेको छैन /

    Reply
  29. BK says:
    October 18, 2012 at 7:39 pm

    सँचार माफीया अजय सुमार्गीले नेपाल स्याटलाईट टेलिकमका कर्मचारीहरुलाई खाली कागजमा धम्कि दिएर बलजफती हस्ताक्षर गर्न लगाएर निकालेर स्वेक्षीक अबकासको हल्ला पिटाएका थिए । कर्मचारीहरुलाई टेलिसोनेराले दिने भनेको रकम नदिएर त्यो रकममा पनि घोटाला गरेका छन् । लाखौ रकम टेलियासोनेरा बाट लिएर कर्मचारीहरुलाई चाहीँ १-२ लाख दिएर धम्की दिएका थिए । स्मरण रहोस् त्यही टेलियासोनेराले एनसेल बाट आफ्नो सवारी चालकहरुलाई स्वेक्षीक अवकास दिदा पुर्व सुचना दिएर अबकासमा जानेकी एक मुष्ठ रकम लिने हो भनेर कर्मचारीहरुलाई रोज्न दिएर स्वेक्षीक अबकासमा जानेहरुलाई १७ देखी ३७ लाख दिएको थियो । तर नेपाल स्याटलाईट टेलिकममा भने अजय सुमार्गीले प्रचण्ड सँगको सम्बन्धको धम्की दिएर बिना सुचना बलजफति खाली कागजमा हस्ताक्षर गर्न लागाई ज्यादै न्युन रकम दिएर निकालेका थिए । यस बारेमा पनि कुनै मिडिया बोलेनन् !!!

    Reply
  30. Drona paudel says:
    October 18, 2012 at 7:11 pm

    नेपाल मा के को कानून छ र कसलाई लागेको छ डलर पाए भने एनसेल त के देश बेच्न पनि पछि हट्दैनन् | यी ब्रुजुक हरु को आशिबाद पाउने लाई अख्तियार ले केहि गर्दैन
    यस्ता तानशाह हरु जो डलर को सपना देख्छन देश, जनता र राष्टप्रेम को भावना कहिँ कतै हुदैन

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      October 18, 2012 at 10:19 pm

      हामि र हाम्रा देशका अभिशाप हरुका दरिद्र अनुहारहरु ………….

      Reply
  31. shivaji says:
    October 18, 2012 at 6:42 pm

    येस्तई रहेछ येहाको चलन…………… मुखमा राम राम बगलीमा छुरा…………….

    Reply
  32. nabin says:
    October 18, 2012 at 6:04 pm

    यो प्रचण्ड त कुन दशा मा नेपालमा जन्मेछ…एस्लाई उतै स्कोटहोम तिरै लगे हुन्छ ..सधै को लागि …बिदाई गर्न ३ करोड नेपाली जनता पन्चेबाजा बोकेर आउछन्

    Reply
    1. Harke says:
      October 18, 2012 at 10:27 pm

      नबिन जी,
      “………….बिदाई गर्न ३ करोड नेपाली जनता पन्चेबाजा बोकेर आउछन्”…यो भने सत्य होइन है….!

      ३ करोड नेपाली जनतामै एस्तो चेतना हुन्थ्यो भने, नेपाल गरिब हुन्थ्यो र ?

      हिजो पुकदाले कसरि चुनाब जित्थ्यो? अस्ति, मिर्जा दिल साद बेगले कसरि चुनाब जित्थ्यो र शिक्षा मन्त्रि हुन्त्यो ?

      हरेक दलमा ५०% भन्दा धेरै नेताहरु गुण्डा र अपराधि छन् र तिनीहरुले नै चुनाब पनि जितिरहेका छन्, होइन र ?

      Reply
      1. bipin says:
        October 19, 2012 at 12:54 pm

        पुष्प जी
        म पनि माओबादी समर्थक नै थिए अझ युद्द काल मा केहि योगदान पनि गरेको थिए, . अझ पनि मिडिया प्रचण्ड प्रति पुर्बग्राही नै छन् किन भने ति मिडिया कांग्रेस एमाले का समर्थक र तिन क कार्यकर्ता ले चलाएका छन, तर प्रचण्ड आफै सफा भने छैनन्, यिनी भ्रस्ट हुन्, विलासी हुन्. यिनी को स्वास्नी, छोरी हरु को चंगुल मा फसिसकेका छन्, अब यीनि कांग्रस एमाले क नेता जस्तै पाए जति पनि हसुर्ने मा पुगी सके.

        Reply
      2. Prakash PM says:
        October 19, 2012 at 6:52 pm

        सहि कूरा गर्नु भो हर्के जी,,,,यी त्यहि नेपाली जनताहरु हुन् जो आफ्नो काम गराउन घुस दिने गर्छन,चाप्लुसी गर्न पुग्छन , आफुले नियम कानों पुरागर्दैनन अरू ले गरें भनेर कराउछन, आफ्नो पार्टीको नेताहरुले जे गरे पनि ताली पिट्छन, अरुले जस्तो सुकी ठीक काम गरे नि बिरोध गर्छन अनि आफ्नो गलत कुरामा पनि वाह वाह चाहन्छन,आफुले कुनै नियम कानून को पालना गर्दैनन, खालि अरुले यो गर्यो त्यो गर्यो भनेर कूरा मात्रै गरि रहन्छन , यस्ता यस्ता कुराहरुले नै हो नेपाल बिग्रेको अनि नेता र गुण्डाहरु झन झन सप्रेर गएको……

        Reply
  33. raju thapa says:
    October 18, 2012 at 5:39 pm

    हैन यो प्रचान्ने त माहा को चण्डाल पो रैछ बा !!

    Reply
  34. kedar says:
    October 18, 2012 at 5:06 pm

    येस्ता भ्रस्टाचार बिरुद्ध चुइंक्का नबोल्ने नेपालका ठुला मिडिया हाउस बिरुद्ध जेहाद छेड्नु पर्छ आम नेपालीले | मिडिया हाउस मालिकको र प्रमुख सम्पादकहरुको अनैतिक भ्रस्ट सम्बन्धको खुलासा गरेर र पत्रिका किन्न छोडेर |

    Reply
  35. shersingh says:
    October 18, 2012 at 4:54 pm

    कत्ति दिनसम्म यि माफियाहरु बच्दारहेछन , हेर्दै जाउ ! कुनैदिन फन्दामा परेको समाचार पनि आउला नि ? साला राष्ट्र , जनतामाराहरु !

    Reply
  36. kamal says:
    October 18, 2012 at 4:41 pm

    यो प्रचण्ड चोर ले त देश नै डुबाउने भैयो …..डाँका साला !!!

    Reply
  37. anup_gorkhe says:
    October 18, 2012 at 4:37 pm

    जसले घर किनिदियो उसैलाई प्रचण्ड सरकारले के कारवाही गर्न देलान र ! अब संग १० वर्षा पछी गोलघरमा अबस्य बस्नेछन !

    Reply
  38. द्रोण says:
    October 18, 2012 at 3:38 pm

    I had become quiet happy reading first part of news and had thought now enemy has come to the size.
    But I was equally disappointed to read it all happening under the political protection of Nepali top leader Prachand.
    They are there for hatching Conspiracies ,propaganda against their own fellow people and creating a safe heaven for criminal activities ?
    same on you Prachand.

    Reply
  39. sabitra rai says:
    October 18, 2012 at 1:56 pm

    we have to blast these Nepalese corrupted officials, let us see how long would they survive? everyone of us has limited time to live in power than??? we shall fix these corrupted people sooner or later….

    Reply
  40. Keshab Ghimire says:
    October 18, 2012 at 1:21 pm

    यस्तै हो, मिडियालाई टन्न पैसा दिएको छ र Ncell को खराब कार्यको बारेमा कुनै नेपालका ठुला मिडियामा समाचार नआएको हो | Ncell मा २ हप्ता सम्म आन्दोलन हुदा पनि कुनै ठुला मिडियामा यसको समाचार आएन |

    ठुला पदका राजनीतिक दलका नेता र केहि पावर भएका व्यक्तिहरुलाई र ठुला भनिएका मिडिया हाउसका मालिक लाइ पैसा खुवाएर यसले नेपालमा मनपरी गरिरहेको छ |

    नेपाली मिडियाले यस कम्पनि बाट पाएको पैसा गुम्छ भन्ने कुराले यसको बारेमा केहि समाचार लेख्दैनन |

    Reply
  41. nirakar says:
    October 18, 2012 at 12:47 pm

    प्रचण्ड को असली रुप दुनियालाई राम्रो संग थाहा छ,सर्बहारा बर्गको महान नेता येस्तई हुन्छन

    Reply
  42. पुष्प says:
    October 18, 2012 at 12:33 pm

    विदेशी पत्रकारहरू अनेक अनुसन्धान गरी प्रमाणसहित समाचार बनाउँछन् अनि सरकार मुद्दा हाल्न विवश हुन्छ । हाम्रा जनआस्थाजस्ता पत्रिकाका टपरटुइँया पत्रकारहरू तिनलाई पनि ‘फेल’ ख्वाएर प्रचण्डले डलर खाएको समाचार बनाउँछन् ।

    Reply
    1. SUVAS says:
      October 18, 2012 at 7:37 pm

      प्रचण्ड अनि माओबादी को बिरुद्द मा चै बोल्ने नहुने रैछा कि क्या हो ? अजय सुमार्गी प्रचण्ड को मान्छे हो अनि केहि वर्ष पहिला अजय को हैसियेत के थियो आज के छ भनेर हेटौडा बासि लाइ सोधे हुन्छ. कोइ बढी बाठो हुन पर्दैन/ गु लाइ गु हो भन्न प्रमाण जुटाउनु पर्छ जस्तो चै मलाई लाग्दैन/

      Reply
    2. kedar says:
      October 18, 2012 at 9:47 pm

      हे भक्त, महा भक्त, तिम्रो महिमा अपरम्पार छ / ज्योती र कान्तिले जाजोय्ल्यमान प्रचण्ड देवको एस्तो डलर सम्मको आक्षेप लगाउने थोरै भए पनी इमान्दार तिमि पत्रकारहरु हो तिम्रो येही लोकमा सत्य र असत्यको छिनो फानो हुने छ / अब त खुस हुनु भो नि हगी?

      Reply
      1. पुष्प says:
        October 19, 2012 at 8:46 am

        सुबासजी, केदारजी,

        मेरा गामका ठेलागाडामा खाजा बेच्ने साथीले अहिले काठमाडौँमा घर बनाएका छन् । उनले कति दुख गरेका छन् भन्ने कुरा त मलाइ थाहा छ । तर उनलाई चिन्ने तर उनको डु:ख नदेख्नेहरू उनीमाथि अनेक आक्षेप लाउँछन् ।

        सुमार्गी साधु हुन् भनेर म भन्दिन । तर उनले प्रचण्डसँग हिमचिम बढाएकै भरमा प्रचण्डमाथि आधारहीन आरोप लगाउनुलाई मूर्खताको संज्ञा दिंदा हुन्न ?

        Reply
        1. SUVAS says:
          October 19, 2012 at 12:32 pm

          हस, प्रचण्ड का समर्थक सबै बुद्दिमान बाकि मुर्ख ठहरिए हैन त. ?

          Reply
      2. bipin says:
        October 19, 2012 at 12:50 pm

        प्रचण्ड भ्रस्ट हुन् कि होइनन, तेस्मा अनुसन्धान हुनु पर्दछ. तर सुमार्गी को प्रगति प्रचण्ड आउनु भन्दा पहिला नै भएको हो. माओबादी ले चुनाव मा बहुमत ल्याउन साथ् उनि प्रधानमन्त्री हुन् भन्दा पहिलै(गिरिजा ले ४ महिना सम्म कुर्सि छाडेका थिएअनन्) ” सुमार्गी ले प्रचण्ड लाइ हेलिकप्टर चढाएर रसुवा लागेका थिए राज बहादुर लाइ भेटन र हिमालय स्प्रिंग वाटर कोरियन संग चलाएका थिए, एसले के जनौदछ भने प्रचण्ड को सहयोग ले सुमार्गी धनि भएको होइन कि धनि भएर प्रचण्ड संग नजिकिन सकेको हो. एसको अर्थ प्रचंडे दुध ले धोएको भने होइन है.

        Reply
    3. योगेश आदी, न्यूयोर्क / says:
      October 19, 2012 at 6:33 am

      पुष्पजी, कहिले काँही भगवानको नाममा आरती गरेर बालेको अगरबत्तीले त भक्त कै घर जलाइदिन्छ… असल भक्तले त्यतिबेला पनि भगवानलाई गालि गर्ने हिम्मत भने गर्दैन, किनकि एकाध भक्तहरु अन्धभक्त हुन्छन !!
      उ झैँ पनि बिन्ति बिसाउँछ; ” पुजाम् चैव न जानामी क्षम्याताम् परमेश्वरी..”

      Reply
    4. kisaan Thapa says:
      October 19, 2012 at 6:51 am

      पुष्प जी, आज पहिलो पटक तपाई को कमेन्ट मा थम्ब डाउन गर्नु परेको मा मलाइ दुख लागेको छ /

      Reply
  43. Raj says:
    October 18, 2012 at 11:48 am

    First of all arrest the DESH DROSHI prachande and process the other cases.

    Reply
  44. Harke says:
    October 18, 2012 at 11:43 am

    जब जब देशमा ब्रेन ड्रेन तिब्र हुदै जान्छ, तब तब,
    १) सुमार्गी जस्ता दलालहरु उद्धोगपतिको रुपमा चिनिन्छन………..!
    २) अपराधीहरु राजनेताको रुपमा चिनिन्छन, र अन्तराष्ट्रिय आर्थिक-अपराधीलाई देश सुम्पिदिन्छन…..!
    ३) डोनहरुले गृहमन्त्रालय चलाउछन…..चेतना भया !

    Reply
  45. shirish says:
    October 18, 2012 at 11:40 am

    यदि सत्य हो भने. महान सर्वहारा नेताको दरभाउ अलि सस्तो भयो..

    Reply
  46. jiwan says:
    October 18, 2012 at 11:34 am

    This is how our Shree 3 Prachanda can bought the Lazimpat darbar….keep it up ! NCell is not the main culprit these are the politicians who blind fold the Nepali Jantas. Whole system and society is rotten, every one is running after politicians to run their business whether it a govrnment job or any other things.

    Reply
  47. Sisir says:
    October 18, 2012 at 11:30 am

    गर्नु गर्यो प्रचण्ड , सर्बहारा नेता बनेर …
    एउटा कुरा चाही के पक्का हो भने एउटा बिदेसी कम्पनीले नेपालको कुनै ठुलो(??) मान्छेको आशिर्बाद बिना एस्तो काम गर्ने हिम्मत गर्दैन …
    याद गर्नु पर्ने कुरा,
    *** NCell मात्र एस्तो एउटा चल्तीको ठुलो कम्पनी हो जहाँ कहिले माओबादी मजदूरले बन्द हड्ताल गरेका छैनन् , यो आफैमा एउटा अच्चम्मको कुरा हो ..
    *** अर्को कुरा नेपाल स्याटेलाइट मात्र तेस्तो कम्पनी हो जहाँ कर्मचारी र मजदूरहरुले नियुक्ति पत्र दिन र थाई गर्ने माग गर्दा , तिनीहरुलाई जागिरबाट बर्खास्त गरिएको थियो.. यो २-४ महिना अगीको घटना हो .. कर्मचारीको बर्खास्तगी , कृष्ण बहादुर महरासंग संचालक समितिले मिटिंग गरेको १ घण्टा भित्रै गरिएको थियो … याद गर्नु पर्ने कुरा यी महरा तिनै व्यक्ति हुन् जसले सुमार्गीको नेपाल स्याटेलाइटलाई आफु संचार मन्त्रि हुदा मनपरी तरिकाले मोबाइल लाइसेन्स र ५ गुना बडी मोबाइल frequency फोकटमा दिएका थिए …
    कुरा गहिरो छ .. ठुलै मान्छेहरुको चल खेल छ …हेदै जाऊ कस कसको धोति फुस्किने हो ..

    Reply
  48. अनिल says:
    October 18, 2012 at 10:56 am

    जय खाओबादी

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme