Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कमजोरीलाई पुरस्कृत गर्न थाल्ने हो भने

Posted on October 15, 2012 by mysansar

-डा. डोलेश्वर भण्डारी-

एकादेशमा एउटा राजा थिए। उनी निकै लहडि खालका थिए र समय समयमा नयाँ नयाँ तमासा झिकि रहन्थे। एक पटक उनले आफ्ना केहि युवा जनतालाइ वोलाएर कपर्दि खेलाउने विचार गरे र जित्नेले होइन कि हार्ने टिमका हरेक खेलाडिलाइ पाँच तोलाको सुनको तक्मा दिने ऐलान पिटे। जित्नेले त सँधै जित्छन तर हार्नेले पनि त जितुन न त भनेर उनले यस्तो गरेका थिए। राजाले सवै खेलाडिलाइ इमान्दारीतापुर्वक खेल खेल्ने हुकुम दिए। खेल मैदानमा दुवै टिमका खेलाडिहरु हाजिर भए। रेफ्रीको सिटि वाट खेल सुरु भयो। दर्षकहरु सवैले गडगडाहट तालि लगाए। तर दुवै टिमका खेलाडि त उभिएको ठाउँवाट एक कदम अगाडि पनि वढ्ेनन्। कपर्दि भन्दै दौडेर आफ्ना अगाडि उभिएका विपक्षि टिमको खेलाडिलाइ छोएर वाजी मार्लान् भनेको त विरामी भए जस्तो गरेर अनुहार विगार्दै त्यहि भुइँमा ढल्न थाले। कति त वेहोसै भए। लौन के भयो भन्दै राजाले अत्तालिएर वैद्यलाइ वोलाए। वैद्य पनि चकित खाए। किन यसरी सवैलाइ उस्तै खालको विरामले एकै पटक समायो भन्ने कुरामा उनले निकै दिमाग लागाए। उनले होसमा हुनेलाइ सोधे “के भयो तपाइलाई ?” कसैले रिङटा लाग्यो भने, कसैले खुट्टा दुख्यो भने, कसैले भुँडि दुख्यो भने। कतिले दमको विरामले च्याप्यो भने। कतिले खुट्टामा काँडो पस्यो भने। कतिले त राजालाइ पहिलो पटक देख्दा राजाको कान्तिले भाउँन्न वनायो भने। उनीहरुको इमान्दारितामा प्रश्न उठाउने पनि ठाउँ थिएन किनकी राजाले सवै खेलाडिलाइ इमान्दार भएर खेल्ने अर्डर दिएका थिए।

भएको के रहेछ भन्दा खेलाडिलाइ हार्दा फाइदा हुने भए पछि अगाडि वढेर कपर्दि भन्दै छुने काम गर्ने वित्तिकै जिति हालिन्छ। जित्यो भने सुनको तक्मा गुम्थ्यो। त्यसैले उनीहरु जसरी पनि हार्नै पर्ने थियो। राजाले इमान्दार हुने सुझाव दिदादिदै सकल्तै सरिरमा त्यसै हाँसेर खेल्न नजाँदा पनि इमान्दार नठहरिने। जुनसुकै बहाना भिकेर उनीहरु हार्न चाहन्थे। त्यो उनीहरुको सुनको तक्मा जित्नका लागि रचिएको वहाना थियो।

अव कुरा आयो नेपाल सरकारले गरिबलाइ दिने सर्टिफिकेटको। यो सर्टिफिकेट दिने भने पछि त पक्कै पनि यसको काम आउला नी त भविष्यमा। यो खवरले गरिब मात्र होइन सवै खुशी भएका छन्। न–गरिब पनि अव गरिब हुन पाइने भयो भनेर खुशी छन्। कर्मचारीको त अब भाग्य नै वन्ने भै हाल्यो। उनीहरु नै दुधको दुध पानीको पानी छुट्याउने न्यायधिस हुने भए पछि घुष खाने नयाँ बाटो वन्ने भयो भनेर। नेताको पनि जनताको भलाइ गर्ने अवसर आउने भयो। आफ्ना प्यारा जनतालाइ कसैलाइ काखा र कसैलाइ पाखा नगर्ने स्वभाव भएका नेतालाइ यो एउटा सुनौलो अवसर नै हुनेछ। अव सरकारका कर्मचारीहरु गरिब खोज्न गाउँ टोलमा पुग्दैछन्। उनीहरुले यस्कालागि धेरै सोचेर स्टडि पनि गरि सकेका छन् कसरी गरिबको पहिचान गर्ने भनेर। अहिले सम्मका सवै अनुभवहरुलाइ सँगालेर गरिबको पहिचान गरिने हुदा यो अरु पहिलाको जस्तो अ‍ैरे गैरे पहिचान हुदैन भनेर कर्मचारीहरु ढुक्क छन्। अनि कर्मचारीको मात्र के भर हुन्छ र तिनलाइ गाउँ टोलको कुरा थाहा हुदैन त्यसैले स्थानिय मान्छेहरुलाइ पनि यसमा समावेस गर्नुपर्छ भनेर सीभिल सोसाइटिको राय पनि यो गरिब पहिचानको अभियानमा समेटिएको छ। पार्टिसिपेटोरी तरीकावाट निख्खरा गरिब मात्र छुट्याउने भएका छन्।

अव कर्मचारीहरु गाउँ टोलमै पुगेर केहि दिनको डेरा जमाउदैछन्। उनीहरुले को गरिब हुन सक्ने र को नसक्ने भन्ने वारेमा विभिन्न क्राइटेरीया वनाएका छन् –,आम्दानी कति हुनु पर्ने ? घरको छानो के को वनेको छ ? घरमा रेडियो, टिभि छन् कि छैनन् ? (मोवल फोन चाँहि क्राइटेरीया भित्र नपर्ने रे किनकी यो चाँही मान्छेको नाक जस्तै जोसँग पनि हुने भएकोले )े। घरमा विरामी छन् कि छैनन् ? अन्न कति थन्क्याउँछन्? खर्च कति गर्नु पर्छ जीवन चलाउनलाई ? ट्वाइलेट छकि छैन ? शैक्षिक योग्यता कति छ ? यसो हेर्दा मान्छेहरुको ल्वाइ ख्वाइ कस्तो छ ? इत्यादि। यो सर्भे झण्डै यस्तो खालको हुनेछ।

कर्मचारिहरु गाउँतिर जान्छन सर्भेको फारम वोकर। गाउँको कुनै एकजनाको घरवाट त्यो सर्भे भर्ने काम शुरु हुन्छ। नमस्कार र संचो विसन्चोको कुरा पछि कर्मचारीले घरधनिको नाम, उमेर, गाउँको सोध्छन र फारमका खानामा भर्छन। अव कर्मचारीले उनको हातको सर्भेवाट अर्को प्रश्न झिक्छन् र फुत्त तेस्र्याउछन घर धनिलाइ। तपाईको मैनवारी आम्दानि कति छ ? अव घर धनिले यी चिजलाइ कहिलै मैन्हावारीमा नापेको छैन। उनले मनमनै सोच्छन्। “अलि अलि खेतिवाट आउँछ। अलि अलि तरकारी वेचेर आउँछ। तरकारी पनि त्यसै फल्दैन। मल विउमा किन्नु पर्छ। यसमा पनि मनग्गे पैसा जान्छ। एक लाख रुपैंया ऋण काढेर हिडेको छोराले अरबवाट दुइ वर्षमा ४० हजार पठाएँ भन्थ्यो उसको साथीलाई ३० हजार चाँहि वल्लवल्ल ल्याइ पुर्यायो काठमाण्डौ सम्म। त्यो पैसा लिन जाँदा झण्डै दुइ हजार खर्च भयो। छोराले लिएको ऋण उसले तिर्छ कि मैले तिर्ने हो थाहा छैन। पोहोर साल छोरीको विहे गरेका ऋण अझै वाँकि छ। घरमा वुढि सँधैकी विरामी छ। उस्लाइ पनि अस्तपातल दौडाको दौडाइ गर्नु पर्छ” घर धनिका दिमागमा यी सवै कुराको रील घुम्यो। उनले विस्तारै भन्छन् “के को आम्दानी हुने र सर, दुख सुख एसो अलि अलि गरेर वाँचिएको छ।” कर्मचारी सर्भेको कागजतिर हेर्छन्। अनि फेरी सोध्छन्। “होइन तपाइले महिनामा कति कमाउनु हुन्छ ?” सर्भेमा महिनावारी आम्दानीको एउटा मात्र खाना छ। उनलाइ त्यहाँ राख्न एउटै नम्वर चाहिएको छ। घर धनिलाइ नत मासिक आम्दानी थाहा छ न त त्यो सजिलै हिसाव गरेर निस्कन्छ। उनको भित्रि मनमा गरिबमा पर्छु कि पर्दिन भनेर केहि डर पनि छ। “के को आम्दानी हुने , खेति पनि खासै भएन, घरमा वुढि सँधैकी विरामी अस्पताल लगेको लगेकै गर्नु पर्छ। खासै आम्दानी छैन सर”। उनको दिमागमा फेरी तिनै कुरा दोहोरिए तर झनै गुजुल्टो परेर। उनले महिनाको त के वर्षको आम्दानी पनि केहि भन्न सक्ने अवस्था भएन। आम्दानी नै के हो भन्ने कुरा पनि ठम्याउन सकेका हुदैनन्।

कर्मचारीले फेरि पनि त्यहि प्रश्न दोहोर्याउँछन्। नदोहोर्याउन पनि किन त्यो सर्भेको फारममा सवै वेली विस्तरा लेख्ने ठाउँ पनि छैन। लेख्नुको अर्थ पनि छैन। कर्मचारीलाइ घर धनिले भन्छन् “सरले नै मिलाएर राखि दिनुहोस”। अव कर्मचारीलाइ पनि गाह्रो हुन्छ। सरक्क सँगले घर धनिले एउटा नंवर दिन्छन् भनेर भरपरेका कर्मचारि पनि अव अक्क न वक्क हुन्छन्। उनले उनका हाकिमलाइ फोन गरेर सोध्न खोज्दै थिए कसरी आम्दानीको हिसाव गर्ने भनेर। उत्ती नै वेला भुपु वार्ड अध्यक्ष त्यहाँ आइ पुग्छन्। के हुँदैछ भनेर त्यहाँ परिचय गर्छन् कर्मचारी सँग। अनि कर्मचारी र घर धनीले झण्डै एकै पटक जसो प्रश्न गर्न लागेका थिए कर्मचारीले उछिनेर भन्छन्। “तपाईं वहाँको छिमेकी पनि हुनु हुदो रहेछ वहाँको मैन्हावारी आम्दानी कति हुन्छ” ? उनीले पनि त्यो झण्झटलाइ कर्मचारी तिरै लगाइ दिनछन्। “सरले मिलाएर राखे भै हाल्यो नी”। अव कर्मचारी पनि अफ्ठ्यारामा पर्छन् र फेरी सोध्छन्। कति चाँहि राखि दिउँ त भन्नु होस। पाँचसय, हजार, दुइहजार, कति चाँहि राखि दिउँ। “इनि अलि अलि आम्दानी गर्ने मान्छे हुन तर रिणमा डुवेका छन्। यीनको एक हजार नै राखीदिनुहोस” भुपुले भन्छन्। कमचारीको अनुहार अलिकति उज्यालो हुन्छ। उनले खोजेको नंवर पाउँछन्। सर्भेको एउटा खाना त जसो तसो उनले भर्छन्। एक महिनाको पाए पछि वार्सिक त उनी निकाली हाल्छन् १२ ले गुना गरेर। तर एउटै आम्दानी पर्गेल्न यति धेरै सास्ती भए पछि अरु दसौं क्राइटेरीयाको सुचनाहरु कसरी वटुल्ने। यो उनका अगाडि अर्को महाभारत जस्तै हुँदैछ यो सर्भे।

कर्मचारीले दोस्रो प्रश्न तस्र्याउँछन्। “तपाईको घरमा विरामी पनि छन् ?” यो प्रश्न सोधे पछि भने घरधनी खुसी हुन्छन्। उनीसँग यो प्रश्नको लामो जवाफ छ। श्रीमतिको आङ खस्ने विराम कहिले शुरु भएको र यो विरामले कति हैरान पारेको छ भनेर सुनाउँछन्। पहिला उनले लाजले यो विरामको कुरा गर्न सक्दैनथे तर आज उनले खुलेर कुरा गर्छन। उनले कर्मचारीलाइ केहि औषधि वोक्नु भएको छकि भनेर पनि सोध्छन्। कर्मचारीले पनि सोच्छन् कि त्यहि गाउँमा वस्नु छ दुइ चार दिन, किन नदिने आफुसँग भएको २ वटा सिटामल ट्याव्लेट ? उनले २ वटा ट्याब्लेट सिटामोल दिन्छन्। “तपाईहरु जम्मा कति जना विरामी हो यो घरमा ?” कर्मचारीले सोध्छन्। “घरमा भएका तिन जना नै विरामी लेखिदिनुहोस सर। मलाइ पनि कहिले कहिले गानो जान्छ। यो सानी छोरीलाइ पनि छारे रोग छ। अस्ति मात्र वारिको डिलवाट लडेर हात भाँची वल्ल वल्ल घाउ निको भाको छ तर अझै हात सोझो पार्न सक्दिन।” अव कर्मचारीलाइ कति जना लेख्ने भन्ने कुरामा गाह्रो हुन्छ। तिन जना लेख्दा सवै उत्तिकै र उस्तै विरामी पनि छैनन। नलेखौं तिनै जना वेला वेलामा विरामी भइ नै रहन्छन्। कति जना विरामी लेखौं भनेर त्यहाँ भेला भएका उनका छिमेकीहरुलाइ कर्मचारीले सोध्छन्। उनले फेरी सरले मिलाएर लेखिदिनुहोस भन्ने जवाफ पाउँछन्।

कर्मचारीलाइ अव के लेख्ने के लेख्ने हुन्छ। कर्मचारीको यो पहिलो सर्भे भएको हुनाले उनीले सके सम्म राम्रै गरि भर्न खोजेका छन्। यसमा उनले उनका हाकीमको मद्दत माग्ने विचार गरेर फोन गर्छन्। यस्तो यस्तो छ कति जना विरामी लेख्ने ? हाकीम पनि के भन्ने न के भन्ने भए। उनले तिनै जना राखी दिनुहोस भन्छन्। यो कुरा उनका छिमेकीहरुले पनि सुनी राखेका छन्। उनले त्यो सर्भे फारमको खानामा ३ अंक चढाउँछन्। हरेक प्रश्नले सोचे भन्दा वढि समय लगाएको देखेर कर्मचारी निराष हुन्छन्।
अव तेस्रो प्रश्न गर्छन् कर्मचारीले हतास हुँदै। ”“तपाईको घरको छाना के ले वनेको छ ?” त्यो घरको छाना धुरी पटि खरले छाएको छ तर अगाडि पटिको लाछिमा टिनको छ। कर्मचारीले खर पनि नयाँ भएको र घरधनीले लगाएका लुगा पनि ठीकै खालका लगाएका हुनाले नसोधिकनै उनको घरको छाना टिनको भनेर लेखि दिन्छन्।

कर्मचारीले अर्को प्रश्न तेस्र्याउँछन्। तपाइसँग सामान चाँही के के छन् नी? कार, मोटरसाइकल, टिभि, रेडियो ? घर धनिले उनीसँग रेडियो मात्र छ भन्छन्। यो सर्भे भएको देखेर उनक छिमेकीहरु पनि उनकामा हेर्न र वुझ्नाका लागि अघिदेखी गाँड लागि सकेका छन्। एकजना छिमेकीले समाइहाले उनलाइ उनकामा टिभि पनि छ भनेर। अरु दुई जनाले पनि सही थप्छन्। उनको टिभि विग्रीएर त्यतिकै राखेको थियो महिना दिन देखि। उनले विग्रेको टिभि किन देखाउने झन यस्ले उनलाइ धनी देखाउला भन्ने डर भयो। विग्रेको टिभिलाइ गन्ने कि नगन्ने अव कर्मचारी दोधारमा परे। एकछिन सोचेर उनले छ मा राइट लगाउँछन। यो कुरा घरधनिलाइ चित्त वुझ्दैन। एक छिन यसैमा घम्सा घम्सी पर्छ। घरधनि उनका छिमेकी सँग भाउन्न भएर रिसाउँछन् “अव तिम्रामा भएका चिज पनि म सवै भन्दीन्छु, सुन, गर गहना सवै भन्दीन्छु”। यस्तै यस्तै गर्दै पाँचौ प्रश्नमा प्रवेश गर्न के लागेका थिए, कर्मचारीले घडि तिर हेर्दा साढेपाँच भैसकेको हुन्छ। उनले त्यो सर्भेफारम उनका झोलामा हालेर त्यहाँवाट विदा हुन्छन्।

ति घरधनिले वेलुकीको खाना सँधै भन्दा चाँडै खान्छन्। उनलाइ कर्मचारी कहाँ वास वस्छन् भन्ने कुरा थाहा छ। उनी भुपु गाविस अद्यक्षकामा तिर लाग्छन् सर्भेमा भरेको कुरा सच्याउन। उनलाइ टिनको छानो र विग्रेको टिभिले गर्दा उनले पाउने गरिबी भत्ता उम्कने डर थियो। त्यसैले उनले भुपु अध्यक्षलाइ भनेर ति दुइटा चिज सच्याउन अनुरोध गर्छन्। भुपुले कर्मचारीलाइ सच्याइदिन भन्छन्। भुपु अध्यक्षलाइ पनि के थियो र उनको गोजीको जाने होइन। त्यहाँ भएका सवैले यो सच्याएको देख्छन्।

आजको सर्भेमा के के सोधे भनेर त्यो गाउँमा सवैले थाहा पाइसकेकाछन्। भोली पल्ट कर्मचारले भर्ने सर्भेको लागि मान्छेहरु तम्तयार छन्। कतिले उनकामा भएको टिभिलाइ खाटमुनी लुकाउँछन्, कतिले टिनको छानामा गोवरले लिप्छन्, कतिले सजिलै भत्किने भए ट्वाइलेट भत्काउँछन्, कति एकदमै विरामी भएर सिकिस्तै हुन्छन्, कतिले गाइ भैसी चरन तिर खेदेर सवै मरे रुढीले भन्छन्, कतिले निरक्षर भएको देखाउन उल्टो पटिवाट किताव पढ्ने कोशिष गर्छन्, कतिले घर अगाडि फोहोरको ढँगुर थुपार्छन्, कतिले दाह्री काट्दैनन्, कति जना महिलाले पेटिकोट मात्र लगाएर सर्भे भराउँछन्, मान्छेले गरिब वन्न के के गर्दैनन् र। जति जति सर्भेको दिन लम्विदै जान्छ त्यति नै मान्छेहरुले आफ्ना गरिब वन्ने सिर्जनाहरु देखाउँदै जान्छन्।

अघिल्लो दिन सर्भे सच्याएको देखे पछि त सर्भे सच्याइ माग्नेहरुको भिड लाग्न थाल्छ भुपु अद्यक्षकोमा। कर्मचारी दिनभरि सर्भे गर्छन् अनि वेलुकी त्यसैलाइ सच्याउँछन्। अव मान्छेहरुले कर्मचारीलाइ कुखुरा, तरकारीवोकेर सच्याउन जान थाल्छन्। विस्तारै उनीहरुले कर्मचारीलाइ घुस पनि दिन थाल्छन्। अब गरिबको सँख्या वढ्न थाल्छ। पहिला एउटा गाउँमा ३०% गरिब हुन्थे भने अहिले ८०, ९०% पुग्न थाल्छन्।

कर्मचारीलाइ पनि के छर र उनका गोजीको जाँदैन, गाउँका मान्छेहरुसँग अलि अलि घुस लिदै गरिब वनाउँदै जान्छन्। गाउँलेहरुलाइ पनि केहि छैन, गए आखिर सरकारको त जाने हो नि। स्थानिय नेताको पनि केहि जाँदैनथ्यो, अझ उनी लोक प्रीय हुन्छन्। यसरी धेरै मान्छेहरु गरिबको कित्तामा तिर पर्छन्।

यसरी राम्रो तरिकाले खटेर सर्भे गर्दा एकजना कर्मचारीले दुइटा देखि तिनवटा मात्र सर्भेफारम पुरा गर्छन्। यो देखेर छुट्याएको वजेटले नपुग्ने हुन्छ र हाकीमहरुको विचमा छलफल हुन थाल्छ कसरी अलि सस्तोमा फारम भराउने भनेर। अव उनीहरुले सर्भे भर्ने काम ठेक्कामा दिने निर्णय गर्छन्। एउटा सर्भे भरे वापतमा ५० रुपैयाँमा। हिसाव गर्छन् र यसरी गर्दा किफाइति हुने कुरामा पक्का हुन्छ। उनीहरुसँग स्थानीय मान्छेलाइ गणक वनाउँदा हुने अरु फाइदा पनि प्रसस्तै छन्। एउटा त स्थानिय मान्छेलाइ गाउँको कुरा थाहा हुन्छ। गाउँलेहरुले उनलाइ ढाँट्न गाह्रो हुन्छ। यस्तै यस्तै फाइदा देख्छन्। कर्मचारीको भन्दा उनीहरुवाट राम्रो डाटा आउने कुरामा पक्का हुन्छ। उनले गाउँका टाठा वाठा मान्छेलाइ यो सर्भेको जिम्मा दिन्छन्। एकजना शिक्षक पनि छन् यो ठेक्का लिनेमा। यी शिक्षकलाइ राम्ररी थाहा छ एउटा सर्भेको ५० रुपैया पाइन्छ भन्ने। उनले हिसाव गर्छन् १० वटा भर्दा त ५०० एकै दिनमा आउने रहेछ। अझ २० वटा भरें भने त एक हजार रुपैयाँ आउने। उनीले छिमेकमा सर्भे पनि गरे तर उही माथी भनिएको क्रम दोहोरियो। एउटा सर्भे सक्न चार चार घण्टा लाग्छ त्यो पनि प्रश्नको सहि उत्तर विना नै । उनले अव अर्को जुक्ति निकाल्छन्। घरमै वसेर सर्भे भर्ने र पैसा कमाउने। उनले यसरी भर्दा दैनिक १५ देखि २० सर्भे भर्छन्। उनले भरेका सर्भे लगेर जिल्लामा वुझाउँछन् र उनलाइ सवै भन्दा चाँडो सकाउने भनेर प्रशंसा पनि मिल्छ र उनलाइ थप जिम्मेवारी मिल्छ। उनले जम्मा १५० घरको सर्भे सकेर ७५०० रुपैया पनि वुझेर घर फर्कन्छ्। सर्भे सकियो। अव कर्मचारीले सर्भेवाट गणना गर्छन, पहिला पहिला सर्भे गरेको भन्दा यो सर्भेले त गरिबी वढेको देखायो भनेर उनहरु छक्क पर्छन्। सरकारले गरिबलाइ उधारो सर्टिफिकेट वाँड्दै त यस्तो छ , साँच्चै नै राहात वाँड्ने हो भने के होला।

माथीको सर्भेको कथावाट भन्न खोजेको कुरा के हो भने यो गर्न सजिलो छैन। यो शुरु गर्दा केहि सजिलो जस्तो देखिए पनि झन झन पछि यस्मा ठुला समस्या आउँछन्। र यो कहाँ जान्छ र कसरी टुङ्गिन्छ भन्ने कुरालाइ हेर्नु जरुरी छ। हो हामी सवै गरिबको भलो चाहान्छौं। गरिबले गरिखाउन न भनेर कतिले यो कार्यक्रमलाइ राम्रो मानेका होउँला। तर यो सजिलो छैन। पहिलो कुरा त धनि र गरिब छुट्याउनै गाह्रो हुन्छ। एकिन गरेर तथ्यांक संकलन गर्नको लागि नत कर्मचारीलाइ मतलव छ, न त नेताहरुलाइ मतलव छ, नत समाजलाइ नै। यो भएको हुनाले सवका सव गरिब वन्ने संभावना प्रवल छ। अर्को कुरा समाज परिवर्तनशिल छ र परिवर्तन सँगै तथ्याँकलाइ अपडेट गर्न सकिएन भने त्यसको खासै महन्व हुन्न। उदाहरणको लागि अव हिजो वेरोजगार भनेरे सर्भेमा लेखिएकाहरुले आज जागिर पाउन सक्छन् वा विदेश तिर जान सक्छन्। कोहि मर्न सक्छन, कसैकामा जन्मीन्छन्, कसैको खेतिमा मरुवा लाग्छ, कोही विध्यार्थी भएकाहरु जागिरे होलान। राम्ररी सर्भे गर्दा धेरै खर्चिलो हुन्छ। कोहि साँच्चैको विरामी हो कि ठगेको हो भनेर थाहा पाउन डाक्टर लगाउनु पर्ने हुन सक्छ। हरेक प्रश्नहरु जटिल हुन्छन्, तिनको सोझो जवाफ हुदैन। हरेक प्रश्नलाइ राम्रो सँग खुट्याउनलाइ थप कर्मचारीहरु चाहिन्छन। मान्छेहरु पहिलो सर्भेको अनुभववाट सिकेर दोश्रो सर्भेमा झनै चलाख भएका हुन्छन्। गरिबलाइ दिइने राहतको मात्रा अनुसार उनीहरु यो पाउनका लागि माथी कथामा भनेका खेलाडिको जस्तो वहाना गर्न थाल्छन्। जति जति वहाना वढ्छ उती उती सर्भेको खर्च वढ्छ र तथ्यांक निकम्मा वन्छ। आम्दानीका आधारमा को गरिब को धनि हो भनेर छुट्याउने प्रमुख आधार हो तर यो थाहा पाउन पनि त्यत्तिकै कै गाह्रो छ। खेति र सरकारी जागिर वाहेकका अन्य वाटावाट हुने आम्दानी एकिन गर्नु भनेको फलामको चीउरा चपाउनु जस्तै हो। आम्दानीको नियमितता पनि हुदैन। वरावर नै आम्दानीमा पनि नियमीत आम्दानी र जुवा जस्तो कहिले हुने कहिले नहुने आम्दानीमा पनि फरक हुन्छ। पैसामा हुने आम्दानी मान्छेहरुले सहि तरिकाले नभन्न सक्छन् र ढाँटेको कुरा छुट्याउन त्यहाँ न्यायलयकै जरुरी पर्छ। सहि तरीकाले नछुट्टिने वित्तिकै लगानीको दुरुपयोग हुन्छ।

ल ठीक छ सर्टिफिकेट पनि जेन तेन वाँडियो। तर अव गरिबलाइ राहात दिँदा अर्को महाभारत हुन्छ। समय समयमा सुचनाको अपडेट नहुने हुनाले पाउनु पर्नेहरुले पाउँदैनन् र नपाउनेहरुले पाउँछन्। यी सवै कुरालाइ हेर्न फेरी सरकारको छुट्टै निकाय चाहिन्छ। अनि कर्मचारीको हातमा यस्को डाडुपन्यू आँउछ र उनले फेरी यसैलाइ दुहुन थाल्छन्। अर्को कुरा ति कर्मचारी पाल्ने पनि त जनताको करवाट नै हो। थोरै मान्छेको आम्दानीको भरमा धेरै मान्छेहरु गरिब वन्दा कर धेरै उठाउनु पर्ने हुन्छ। जव कर तिरे पछि मान्छेहरुले सेवा सुविधा पाउँदैनन् तव कर नतिर्ने वाटाहरु खोज्न थाल्छन्। अनी यो निगरानीको लागि पनि कर्मचारीहरुको संख्या थप्नु पर्नेहुन्छ। यसै प्रकारले कर्मचारीको राज वढ्दै जान्छ र अन्त्यमा हामी सवै गरिब हुने दिन आउँछ।

राहत पाउने मान्छेहरुको पनि सन्तुष्टि हुने छैन। उनीहरुले सरकारले नहेरेको भनेर गुनासो पोख्न थाल्छन्। हामीले पनि दैनिकै रुपमा देखिराखे कै हो नी आमाका वुइ चढेर रुने वालखहरुलाइ। सामान्य अर्थसास्त्रको सिध्दान्तले के भन्छ भने जुन चिज पुरस्कृत हुन्छ त्यसको सप्लाइ वढि हुन्छ। जति गरिबलाइ दियो उति नै वढि गरिब थपिन्छन् विभिन्न वहानामा। जसरी अपराधिलाइ दण्ड नमिल्दा अपराधिहरु पुरस्कृत हुन्छन् र अपराधको सप्लाइ वढ्छ। मानीलिउँ सरकारले हात भाँचिएकालाइ महिनाको एक हजार भत्ता दिने भनेर घोषणा गर्यो। यो गरेको एक महिनामा हजारौँ मान्छेहरुले हातमा काम्रो वाँधेर हिड्न थाल्छन् भत्ताका लागि। अझ महिनाको पाँच हजार दिने हो भने हात भाँच्नको लागी अस्पतालमा सल्यकृया गराउन थाल्छन् मान्छेहरुले। गरिब को हो भनेर हामीले सजिलै छुटयाइहालिन्छ नि भन्ने लाग्ला धेरै लाइ तर कमजोरीलाइ पुरस्कार वाँड्दा सवैमान्छे कमजोर भएको वहाना झीक्न थाल्छन्। अव साँच्चै हो कि झुटो हो भनेर थाहा पाउनकालागि विशेसज्ञहरुको सहारा लिनु पर्ने हुन्छ। विशेसज्ञलाइ लाग्ने खर्च राहतमा वाँड्ने खर्च जति नै लाग्न सक्छ। विशेसज्ञले छुट्याउन सजिलो हुदैन। चार आनाको मुर्गालाइ वार आनाको मसला भने जस्तै हुन्छ। सवका सवले ढाँटेर गर्छन भन्ने छैन तर कोहि कोहि त वास्तविक रुपमै कमजोर पनि हुन सक्छन्। त्यसैले जति राहत वाँड्न जति सजिलो हुन्छ, राहात कस्ले पाउने भनेर छुट्याउन झनै गाह्रो छ।

अर्कोतिर फेरि यस्तो छ। कर्मचारीलाइ घुस ख्वाएर किन्न नसकिने कुनै कागज छैन नेपालमा। एउटै व्यक्तिको दुइवटा तिनवटा नागरिकता वन्न सक्छ विभिन्न जन्म मितिका। एउटै व्यक्तिले दुइट तिनवटा पासपोर्ट वनाउन सक्छ। कर्मचारीका सहयोगमा एकजनाको नाममा भएको जग्गा अर्कैले वेचेका छन्। कर्मचारीका सहयोगमा भुमाफियाहरुले सरकारी जग्गालाइ व्यक्तिका नाममा सारेका छन्। विद्यार्थी र भवन विना नै नक्कली शिक्षकको कागज वनाएर कर्मचारिले भ्रष्टाचार गरेका छन्। टेष्ट नदिइकनै घुषका भरमा ड्राइभिङ लाइसेन्स वन्छ। एक ठाउमा मान्छे मारेको हत्याराले अर्कै ठाउँवाट त्यहि मितिमा र समयमा हस्पिटलाइज्ड भएको कागज तयार गर्नसक्छ। कर्मचारीले हुदै नभएका मान्छेहरुको नाममा वृध्द भत्ता र विधवा भत्ता देखाएर खाएका छन्। अरवौ रुपैयाँ सरकारका कर्मचारीका नाममा वेरुजू छ। यस्ता खालका कागजको व्यापारको फेहरिस्त लामो छ र जताततै छ। यस्तो अवस्थामा गरिबलाइ सर्टिफिकेट वाँडेर गरिबको भलो हुन्छ भनेर सोच्नु भनेको कि त केटाकेटीपन हो कित गैर जिम्मेवारीपन हो। आफुले आफुलाइ नै कमजोर पार्ने प्रतिश्पर्धा तिर जनतालाइ लगाउने काम गरेर देश अगाडि बढ्दैन। गरिबको साँच्चै भलो चाहाने हुन भने हाम्रा प्रधान मन्त्रि वावुराम यो वाटो तिर नलागुन्।

38 thoughts on “कमजोरीलाई पुरस्कृत गर्न थाल्ने हो भने”

  1. सन्तोष says:
    October 22, 2012 at 11:06 am

    लेख त राम्रै हो तर आँफुपनि गाउँ मा जन्मेको, हुर्केको हुँदा कता कता गाउँका तथा मान्छेपर्ति निकै नकारात्मक धारणा राखेको जस्तो लाग्यो लेखक महोदय ले | मानौं गाउँका गरीब हरु धुत्न बाहेक अरु सोच्दै सोच्दैनन् र थोरै पैसा को लागि जे पनि गर्छन| लेखका शब्दहरु हेरौं त “जति गरिबलाइ दियो उति नै वढि गरिब थपिन्छन् विभिन्न वहानामा”, “मान्छेहरु पहिलो सर्भेको अनुभववाट सिकेर दोश्रो सर्भेमा झनै चलाख भएका हुन्छन्। गरिबलाइ दिइने राहतको मात्रा अनुसार उनीहरु यो पाउनका लागि माथी कथामा भनेका खेलाडिको जस्तो वहाना गर्न थाल्छन्”, “हात भाँचिएकालाइ महिनाको एक हजार भत्ता दिने भनेर घोषणा गर्यो। यो गरेको एक महिनामा हजारौँ मान्छेहरुले हातमा काम्रो वाँधेर हिड्न थाल्छन् भत्ताका लागि। अझ महिनाको पाँच हजार दिने हो भने हात भाँच्नको लागी अस्पतालमा सल्यकृया गराउन थाल्छन् मान्छेहरुले” आदि इत्यादि |
    सर्वे को पर्क्रिया मा पक्कै छलफल गरौँ तर एस्तो ठोकुवा गर्नु र उनीहरुको नैतिकता माथि एती ठुलो लान्छना लगाउनु अगाडी एकचोटी विचार पुरयाउँकि गरीबहरुपनि मनुष्य हुन्, भलै तपाईं हामि जस्तो पढेको नहुन, तर नैतिकता उनीहरुमा छ, शायद हामी भन्दा धेरै!

    Reply
    1. Doleswar says:
      October 24, 2012 at 5:10 am

      सन्तोष जी,
      मैले दिएका उदाहरणहरुमा अलि अलि बढाई चढाई भएको कुरा म स्वीकार्छु | तर मैले समग्र मछेको बानि व्यहोरालाई लिएर यी उदाहरण दिएको हो गरिबको लागि मात्र होइन | फाइदा हुने भयो भने गरिब न धनि दुबैले उस्तै व्यहोरा देखाउन्छन् | अर्थ शास्त्रको एउटा सिद्धान्त के हो भने People respond to incentives. यो धनि गरिब, गाउको सहरको, स्वदेशको वा विदेशको सबैमा लागु हुन्छ |

      Reply
      1. सन्तोष says:
        October 30, 2012 at 5:32 pm

        डोलेश्वरजी,
        लेख गरीबी र survey को बारेमा भएको हुनाले समग्र मान्छेहरु भन्दापनि गरीबहरु लाई इंगीत गरेको मेरो बुझाई हो ! अर्थशास्त्रका सिद्धान्त हरुमा “other things remaining the same” भन्ने वाक्यांशहरु देखेको छु, यो प्रसंगमा यिनी शब्दहरुको कुनै अर्थ लाग्ला कि?

        Reply
  2. Bayan says:
    October 20, 2012 at 8:51 am

    नेपालमा ९०% भन्दा बढी मान्छे गरिब छन्/ उही बढी र कम गरिब भन्ने मात्र हो/ बाँकि १०% प्रतिशत भन्दा कमले चाँही देश भित्रै भएको resources वा बाहिर बाट मागी ल्याएको धनको enjoy गरि राखेका छन्/ यस्तो अवस्थामा त्यो सर्टिफिकेट बाँडेर केहि हुने वाला छैन/
    साचै भन्ने हो भने सरकारी कर्मचारीको तलबले राम्रो संग भात खान पुग्दैन/ तर ति कर्मचारीहरु मध्ये (अपवादलाई छोडेर – less than or equal to १%) कठ्मंदुमा घर घडेरी नगरेका (पिता पुर्खा देखि बाटै घर भएकाहरु लाई छोडेर) र छोरा छोरीहरुलाई दिदेश पढ्न नपठाएका कोहि पनि छैनन/

    Reply
  3. Ganga says:
    October 17, 2012 at 11:00 am

    डाक्टर साबले भनेको जस्तो, कार्यक्रम कार्यान्वयनमा समस्या नपर्ने त होईन । तर समस्या पर्छ भन्दैमा त्यो कार्यक्रम लागु नै नगर्ने की समस्याको उचित समाधान खोज्ने ? मानिस पहिलो पटक पोखरीमा हामफाल्दा डुब्ने डर हुन्छ । यसको मतलब जीवनभर पौडी नै नखेल्ने की आफू सक्षम नहुँदा सम्म जीवन रक्षकको निगरानीमा पौडी खेल्ने ?
    जहाँ सम्म घाटा बजेट र मुद्रास्फीतीको कूरा छ , डाक्टर साबले घाटा बजेटको सिद्धान्तलाई निकै गलत तरिकाले नकारी दिनु भएको छ र मीट रोमनी पथलाई पछयाउनु भएको छ । तर अल्पविकसित देशका समस्या र यसकोलागी उपयूक्त हुने नीति विकसित देशका नीति संग मेल खाने हुँदैनन् भन्ने कुरा विकसित देशकै अर्थशास्त्रीहरु जस्तै स्टिगलीज, रावालिएन, साच वा सेनका लेखबाट पनि थाहा पाईन्छ । अतः समस्याको चूरोमा नपुगी खाली अष्ट्रियन स्कूल र फ्रीडम्यान मार्काका नीतिहरुको वकालत गर्नु भन्दा यहाँ लागायत अन्य विद्वानवर्गले नेपालको विशिष्ट प्रकारका सामाजीक आचरण, व्यवहार अनि आर्थिक अवस्थालाई विचार गरी कस्ता नीति उपयुक्त हुन्छ होला भन्ने तर्फ कलम चलाईदिए माई संसार पढेरै भएपनि हामीले केहि सिक्ने मौका पाउने थियौं की ।

    Reply
    1. Doleswar says:
      October 17, 2012 at 8:26 pm

      गंगा जी,
      कमेंट्स को लागि धन्यबाद | तपाइंले मेरो पुरै लेख पढ्नु भएन कि जस्तो लाग्यो | कतिपय काम थाल्न सजिला हुन्छन तर तिनको लक्षमा पुग्न सजिला हुदैनन् | कतिपय अवस्थामा त unintended consequences ले गर्दा लक्षको ठिक उल्टो तिर गइ दिन्छन | यो गरिबलाई सर्टिफिकेट दिने काम पनि महान उद्देस्य बोकेर आएको छ तर यसले ठिक उल्टो परिणाम ल्याउने वाला छ | तपाइले नेपाललाई कसरि चिन्नु भएको छ ? सरकारले चलाएको सफल कार्यक्रम को एउटा मात्र पनि उदाहरण दिनु भए म आभारी हुने थिएँ | इदम भ्रस्तम उदम भ्रस्टम को परिस्थितिमा सरकारले यो चाँही काम राम्रो गर्छ भन्ने के छ ? फेरी एक्टर हरुलाई ठिक इन्सेन्टिभ नभएको कार्यक्रमले सहि परिणाम ल्याउँछ भनेर देख्नु केटाकेटी पना मात्र हो | यो लेखमा तपाइले कताबाट रोमनी पथ देख्नु भेट्नु भयो कुन्नि ? कुरा हरु लाइ लेबेलिंग गरेर मात्र हुदैन साथि, ब्याभारिकतालाई पनि हेरौन | तपाइले सुन्नु भएको होला नि fifty shades of grey. एउटा grey भित्र पनि धेरै खालको कलर हुन्छ |

      Reply
  4. Nawa says:
    October 17, 2012 at 6:20 am

    यहाँ लेखकले भनेजस्तो (हुन त वहा ले सिधै भन्नु भाको छैन) नव-उदारबाद (neo -liberalism) ले गरिबको उद्धार गर्छ नत अरुले भनेजस्तो गरिबलाई समाजबादी प्रकारको राज्य सत्ता (जसले गरिबलाई बढी सुरक्षा दिन्छ) ले नै गरिबीको अन्त्य गर्छ. मैले भर्खरै David Harvey को Neo-Liberalism as Creative Destruction लेख पढ्दै थियं | लेखकले नव-उदारबादले ल्याको विसंगति लाई राम्रो संग प्रस्तुत गरेका छन् . सायद अब नया ढंगको बेवस्ताको खाँचो परेको छ.

    Reply
  5. avaya says:
    October 17, 2012 at 6:14 am

    यहाँ लेखकले भनेजस्तो (हुन त वहा ले सिधै भन्नु भाको छैन) नव-उदारबाद (neo -liberalism) ले गरिबको उद्धार गर्छ नत अरुले भनेजस्तो गरिबलाई समाजबादी प्रकारको राज्य सत्ता (जसले गरिबलाई बढी सुरक्षा दिन्छ) ले नै गरिबीको अन्त्य गर्छ. मैले भर्खरै David Harvey को Neo-Liberalism as Creative Destruction लेख पढ्दै थियं | लेखकले नव-उदारबादले ल्याको विसंगति लाई राम्रो संग प्रस्तुत गरेका छन् . सायद अब नया ढंगको बेवस्ताको अवाशय्कता परेको छ.

    Reply
  6. yam pun says:
    October 16, 2012 at 6:17 pm

    गरिबीको सर्टिफिकेट बाड्दैमा गरिबी निवारण हुने पनि होइन र गरिबीको संख्याँ ह्वात्तै बढ्ने पनि होइन! कसैलाई पनि गरिब हुने रहर पक्कै पनि हुदैन! नौटंकी सरकार भएर होला, योजना पनि नौटंकी खालको नै ल्याउने गर्दछ! नेपाल संसारकै सबै भन्दा गरिब देश हो भन्ने कुरा त सबैलाई जगजाहेर भएकै कुरा हो! कुनै पनि कोठामा कति अध्यारो छ भन्नु भन्दा पनि त्यो कोठालाई उज्यालो बनाउन कति वाटको बल्ब बाल्नु पर्छ भन्ने कुराको ज्ञान हुन जरुरि हुन्छ!

    Reply
  7. Hira says:
    October 16, 2012 at 9:21 am

    श्रीमान् लेखक महोदए,
    नमस्कार!
    तपाइको लेख पढ्ने र तपाइको बिचार मनन गर्ने मौका दिनुभयो तेस्को लागि धन्यबाध/
    महोदए,
    लेखको सुरुवात ” रुचीजनक किम्ब्दंतिए कथा बाट श्रीगरेष गर्नु भएको रहेछ जसरि धनाढ़े व्यापारीहरुले कमर्सिएल टेलिभिजनमा दिने, हेर्दा होकी होकी जस्तो लाग्ने तर सिधासाधा लाइ खाल्टामा हाल्ने खालको बिज्ञापन जस्तो केहि टुन्गाई नभाको ” साहसीको एकमात्रै चाहना ” भन्ने चुरोट को बिज्ञापनमा देखाइएको झोलुंगेपुल बाट खस्न लागेको मान्छेलाई चुरोट पिउने जवानले उद्धार गरे जस्तो……

    समस्या देखाउन जस्लेपनी सक्छ, त्यो समस्या को समाधानमुलक बिचार दिन सकिन्दैन भने लाटो कोसेरो दिउंसो जति कराएपनि तेस्ले दिनको उज्यालोमा नदेख्नु जस्तै भयो./
    महोदएकै हरफहरु हुबहु उतार्दै छु, ” हो हामी सवै गरिबको भलो चाहान्छौं। गरिबले गरिखाउन न भनेर कतिले यो कार्यक्रमलाइ राम्रो मानेका होउँला। तर यो सजिलो छैन।………..” पहिलो कुरा त धनि र गरिब छुट्याउनै गाह्रो हुन्छ” ……..
    ” जति गरिबलाइ दियो उति नै वढि गरिब थपिन्छन्…… विभिन्न वहानामा…………… ”
    कसको पक्षमा वकालत गर्दैहुनुहुन्छ तपाइँ? तपाईं आफु गरिबी र गरिब संग सम्बन्धित नभएको पुस्टि हुन्छ माथिका तपाईंका हरफ बाट भने कुन अधिकार, कुन हिम्मतले भन्न सक्नुहुन्छ कि गरिबलाई राहत दियो भने समस्या बढ्छ भनेर? तिर्खालागेको मानिसलाइ पानि दियो भने घैटोको पानि अलित्किती घट्छ, हो तर त्यो तिर्खाएको मान्छेले घैटोनै रित्यौछ भनेर पानिनै नदिने?
    घैटोत तपाईहरु जस्तोले रित्याउनु हुन्छ, दिनभर सरकारी घैटो अनि रात परे पछी बिदेशी रग्शीको घैटो/
    धनि र गरिब छुट्याउन गार्हो हुन्छ त भन्नु भयो तर कसरि गारो हुन्छ भन्न सक्नु भएन यहाँले/
    कसरि हुन्छ गारो धनी र गरिब छुट्याउन डाक्टर साहब? कसरि गार्हो हुन्छ धरान, बिरगंज, काठमान्डू, पोखरा, पाल्पा, भैरहवा जस्ता स्थानमा आलिशान महलमा बस्ने, बिदेशी गाढी र कुकुर पाल्ने, लाखौको कारोबार गर्ने, अनि करोडौ को आम्दानि गर्ने हरु र काठमान्डू पोखरा पाल्पा गोर्खा रौतहट , बारा, पर्सा, तौलिहवा, दार्चुला, दिक्तेल , लागएतका स्थान मा बस्ने नेपालीहरु जसको मासिक आम्दानि अमेरिकी $ १० डलर पनि छैन, जसलाई बिहान खाए बेलुका के खाम छ , बेलुका खाए बिहान के खाम छ , कसरि गारो हुन्छ ७० लाख पर्ने टोयोटा प्राडो चड्ने हरुबाट खुट्टामा एकजोर ” हात्ती छाप” चप्पल हाल्न नसक्ने हरु छुट्याउन मलाइ भनिदिनुस/
    डाक्टर साहब, म भन्छु किन गारो हुन्छ यहाँहरुजस्तो विद्वानलाइ गरिबी र अमिरी छुट्याउन गारो, तपाईंहरु जस्तो गरिबीको नाममा पुन्जिबाध को वकालत गर्नेहरु को चस्मामा “पुंजीबाध” को धुलो लाग्नाले हुन्छ गारो, साएध एकपटक त्यो पुजीबाध को धुलो सफा गर्नुस अनि बादल फाटेर छर्लंग खुलेको दिन जस्तो साएध हुनेछ यहाँलाइ/
    कसरि गारो हुन्छ बागमती किनारका झुपडीमा लाला बाला पाल्नेहरु र माहाराजगंज, सितलनिवासका आलिशान बंगलामा राज गर्ने हरु बिचको भिन्नता छुट्याउन? कसरि गारो हुन्छ जंगलको तरुल, भ्याकुर को भरमा पेट पाल्ने राउटे कुसुन्ना हरु र ५ तारे होटेलमा तन्दुरी चिकेन खाइ खाइ भरेभोलि ब्याउने गाईको पेट फुले जस्ता हरु बीचको भिन्नता छुट्याउन?
    आफ्नो नामको अगाडी ” डाक्टर ” भनेर लेख्नु हुन्छ तपाइँ, बधाई छ, तर एत्रो डाक्टर सम्मको पढाइ गरेको मान्छेको दिमागमा कसरि घुस्न नसकेको कि सुदुर पश्चिम र तराइका जनता हरु कतिले जिन्दगीमा ” चिनी” को स्वाध कस्तो हुन्छ भन्ने सम्म थाहा नपाइ सधैको लागि विधा हुन्छन, सादारण पखाला लागेको बेलामा ” जिबन जल” किन्ने पैसासम्म नहुनाले कत्त्तिको ज्यान जान्छ, गोलभेंडा बन्दाकाउली को कुरा लंकाको सुन बराबर बराबरको उखान छ , डाक्टर साहब कत्तिले छाक टार्नको लागि जंगली च्याउ खोजेर लाला बाला को पेट भर्न झोज्दा सब परिवार को ज्यान गकोछ तपाइँ हरुजस्तै बिदेशी खाना बाहेक अरु खानाले नपच्ने, ६०-७० हजार को सोफासेट मा बाहेक अन्त बस्न पर्दा काडाले घोचे जस्तो हुने , सी एन एन र बि बि सी बाहेक अरु समाचार हेर्न फलामका चिउरा चबाएजस्तो हुनेहरुलाई थाहा नहुन सक्छ तर बिदेशमै बसेर पनि स्वदेशमा के हुँदै छ भनेर चासो राख्ने हरुलाई थाहा छ , बिस्वास लाग्दैन भने माइ संसार, नेपाल निउज अनि नेपाली समाचार हरु हेर्ने गर्नुस/

    डाक्टर साहबले भनेको जस्तो ” गरिबलाई जत्ति दियो तेतिनै नै गरिबी बढेर जान्छ” जस्ता भनाइ एबं ” हामि गरिबको भलो चाहदैनौ भन्ने होइन ” भन्ने खालका भनाइ बाट के प्रस्ट हुन्छ भने..
    १) कि तपाइँ आफु गरिब हुनुहुन्न र गरिबी केहो तपाइँ लाइ थाहा छैन, वा थाहा राख्न रुचाउनु हुन्न, लाग्छ तपाइँ त्रसित हुनुहुन्छ/
    २) तपाइँको लेख गरिबको भलो देख्न्न चाहने बेक्तीले लेख्ने लेख हुदैहोइन. तपाइको लेख बास्तबमा गरिबको वकालत गरेजस्तो गरि पुंजिबाधको पक्षमा गरिएको वकालत बाहेक अरु केहि होइन/ अंग्रेजीमा तेस्लाई “Imperialism” भनिन्छ साएध/

    गरिबलाई दियो भरे गरिब पनि भरे हुने खाने हुनसक्छ, गरिबका छोराछोरि पनि पाठशाला जान सक्छन, शिक्षित् हुन सक्छन, जब गरिब शिक्षित् हुन्छ अनि धनी र गरिब बिचको दुरी र भिन्नता माथि औला ठडिन थाल्छ, यो कुरो आफुलाई शव्य र साम्भ्रांत सम्झनेहरुलाई कथै स्वीकार्य हुने छैन/
    गरिबलाई जतिदियो तेत्ति गरिबी बद्छ भन्नु हुन्छ तपाइँ, अर्को अर्थमा गरिब सधै गरिब नै हुनु पर्छ र धनि सधै धनि नै हुनुपर्छ भन्ने “बर्गीए” सोचाइ जसलाई अंग्रजीमा ” Classism” भनिन्छ बाट ग्रसित छ तपाइको मानसपटल/

    गरिबलाई नदिए कसलाई दिने डाक्टरशाब ? कि तापाई जस्तै डाक्टर महोदए हरुलाई अझै पुगेको छैन?
    भन्नुस सेनाको प्रमुख देखि प्रहरी, निजामति, लगाएत कुटनीतिक अहोदामा कुन गरिब निमुखा बुधुना नागरिक को छोरा छोरि कार्यालय प्रमुख छन? गरिबको छोरो कित अरबको गर्मिमा पसिना काढ्दै छ कित स्वदेश मै महोदए जस्ता हरुकै चाकडी गर्दै छ/ भनेपछि डाक्टर सहाब लाइ एत्तिधेरै डर केको?

    आत्मा शाक्षि राखेर भन्नुस कि तपाइँ गरिबको भलाइ देख्नसक्नुहुन्छ भनेर, गरिबको नाम मा बल्ल बल्ल हुनलागेको एउटा राहत, एउटा स्र्हानिए कामले तपाईहरुजस्ताको मुटु थर्किन्छ, अनि तेस्लाई कसरिहुन्छ रोक्ने, अनेक बहाना देखाएर तगारो हाल्न्ने काम बाहेक अरु केहि गर्न सक्नु हुन्न/
    गरिबकै पक्ष्यमा बोल्ने हुँ भन्ने सम्झनु हुन्छ आफुलाई ” गरिबलाई जतिदियो गरिबी उत्ति नै बढ्छ भन्ने खालका ” किर्ते” कुरा गरेर जनमानशमा भ्रम नफैलाउनुस डाक्टर साहब, मैखाउँ मैलाउँ रोग बाट पिडित हुनुहुन्छ तेस्को उपचार गर्नुस बरु तर गरिबीको खोल ओडेर पुजिबादको गला नकुर्लिनुस/
    धन्यबाध!!

    Reply
    1. Doleswar says:
      October 16, 2012 at 10:32 am

      हिरा जी,
      तपाइंले पुरै लेख पढ्नु भयो जस्तो लागेन | महान उद्देस्य बोक्तैमा कार्यक्रमले राम्रो परिणाम दिन्छ भन्ने हुदैन | यो पनि झलक्क हेर्दा गरिबलाई राम्रै हुन्छ जस्तो लाग्ने कार्यक्रम हो तर यसले गरिबलाई अन्ततोगत्वा झनै गरिब बनाउँछ | मलाइ भन्नु होस् कि सरकारले दिने राहात कहाबाट आउँछ ? त्यो हमिसंगे उठाएको कर बात आउने हो | सरकारले आकासबाट पैसा ल्याउने त होइन | जब सरकारको आम्दानि भन्दा खर्छ बढी हुन्छ तब सरकारले पैसा बढी छाप्नु पर्छ | पैसा बढी र चिजबिज कम भएपछी महगी बढ्छ | महगीको मार गरिब र धनि कसलाई बढी हुन्छ तपाईलाई थाहा नै होला | अर्को कुरा यो कार्यक्रम लागु गर्नका लागि यसको बाताबरण चाहिन्छ | त्यो बाताबरण भनेको कर्मचारी, नेता र स्थानीय समुदाय मिलेर बन्छ | यी तिनै समूह लाइ गरिब मात्रलाई भन्दा अरुलाई पनि परिचय पत्र दिदा फाइदा हुन्छ | नेताले गरिबको भोटले मात्र जित्दैनन | कर्मचारीलाई घुस खाएर कामगर्नमा फाइदा हुन्छ र स्थानीय जनतालाई आफ्ना गोजीको नजाने भएपछी जति जना गरिब भए पनि के भयो र |
      म गरिब बिरोधि होइन तर मेरा बिगतका अनुभव र नेपालको समग्र स्थिति हेर्दा मैले यो कार्यक्रम कहाँ जाँदैछ भन्ने कुरा लाइ झल्झली देखेको छु |

      Reply
    2. लोक says:
      October 17, 2012 at 4:12 am

      हिरा जी,
      मलाई पनि अलिकति थप्न मन लाग्यो | तपाइले देख्नु भएको जस्तो दुई बर्गका मात्र मानिस नेपाल मा छैनन् जस्तो लाग्छ | त्यसो हुदा त यस्ता कार्यक्रम कार्यान्यनमा कुनै समस्या हुदैन | तर देशको जनसंख्याको ठूलो हिस्सा तपाइले उल्लेख गर्नु भएको भन्दा फरक यानेकी बिचमा पर्छ | पक्कै पनि येस्तो कार्यक्रम को लक्षित उपलब्धि हासिल गर्न त्यो मध्यम र बिपन्न वर्ग बिच रेखा तानेर बिपन्नहरु पहिल्याउनु आवश्यक हुन्छ, जुन मेरो अनुभवले पनि गार्हो काम हो भन्छ |

      Reply
  8. Yogi says:
    October 16, 2012 at 6:30 am

    धेरै राम्रो लेख/ तपाई हामीलाई थाहा छ कमि कमजोरी क हुन् भनेर/ अब यी कमि कमजोरी लाई कसरि सुजौना सकिन्छ त्यो सोच्नु पर्यो र अग्रसर हुनु पर्यो/

    Reply
  9. योगेश आदी, न्यूयोर्क says:
    October 16, 2012 at 6:16 am

    सुकुम्बासीको नाममा जग्गा वितरण गर्दा हुनेखानेले समेत जग्गा हात पारेको घटनाबाट त केहि पाठ सिक्नुपर्ने नि !!

    Reply
  10. Rishikesh Niraula says:
    October 16, 2012 at 4:25 am

    यो लेख निक्कै ब्यबहारिक र बस्तुपरक छ. समयान नै नीति निर्माण तहमा बस्ने हरुले सोचेर पाइला चल्नु आबस्यक छ.

    Reply
  11. गणेश says:
    October 16, 2012 at 1:43 am

    गजपको तमासा देखियो । डाक्टरसापले डक्टरी देखाए, सबै होमा हो मिलाएर एकोहोरो लाग्या छन् । तेसो भए के गरिबलाई मर्न दिने ? गरिबलाई दिइने कुरा गलत हो कि गरिब भनेर जोसुकैले फाइदा लिन सक्ने कुरा गलत हो ? सिप सिकाएर गरिबी हट्ने भए गाउँमा आरन चलाएर फलाम कुट्नेका महलहरु हुन्थे होलान् । गरिबी कति कहालिलाग्दो र विकल्परहित हुन्छ भन्ने कुरा ३०/४० लाख खर्च गरेर डक्टर हुनेलाई के थाहा ? ल्यापटप र डेस्कटपबाट कमेन्ट गरे जस्तो सजिलो हुन्न गरिबी भोग्न र गरिबीको निदान गर्न । छ कुनै पक्का योजना भने हेरुम् न ।

    Reply
    1. Doleswar says:
      October 16, 2012 at 11:08 am

      गणेश जी,
      गरिबी निवारण को नामै बिना पनि र सरकारी लगानी बिनै धेरै मान्छेहरु गरिबीको चक्र बाट बाहिर आएका छन् | केहि समय अगाडिको कुरा गर्ने हो भने पहाड वाट तराइ बसाइ सरेर धेरैको गरिबी घटेको थियो | अहिले बिस्वको श्रम बजार खुला हुदै गए पछी धेरै नेपाली हरु बिधेसको कमाइ ले उनीहरुको अवस्था सुधारेका छन् | गाउतिरको श्रमिकको पनि ज्याला बढेको छ | म तेह्रथुमको उदाहरण दिन्छु | मेरो गाउँमा अहिले रुखा पाखा जग्गा हरु बाँझै छन् | पहिला दुइछाक जोर्न धौ धौ हुने हरुले राम्रा राम्रा घरबारी हरु किनेर बसेका छन् | पहिलाको जस्तो खाने नपाउने अवस्था अहिले छैन | यो भन्दैमा गरिबी सबै सकियो भन्न खोजेको होइन | तर हामीले सरकारले गरेर गरिबी घट्छ भन्ने ठान्ने हो भने नेता र कर्मचारी ले तपाइँ हामीलाई कार्यक्रम नै कार्यक्रम दिन्छन तर त्यस्ता कार्यक्रम चिया बिस्कुट खाएर सकिन्छन | वास्तविक गरिब लाइ केहि हुदैन | सबै उनीहरुकै तलब भट्ट, गाडी, किनमेल, यस्तैमा सकिन्छ | त्यो सबै हामीले धेखी राखेका छौं नि , होइन र ?

      Reply
  12. गगने says:
    October 15, 2012 at 11:45 pm

    : उपचार गर्न नसक्ने वा गर्न नजान्ने डाक्टर हरुको कुरा ठ्याक्कै यस्तै हुन्छ!
    उनीहरु आफु उपचार गर्न जान्दैनन् र बिरामीलाई अरुकहा पठाउन पनि चाहदैनन्!
    अर्को डाक्टरले उपचार गरिदेला र आफ्नो डाक्टरी निरिह होला अर्को आफु भन्दा माथि वाह वाहि होला अर्कोले नाम काम दाम कमाउला भन्ने चिन्ताले हरपल सताउदछ यस्ता डाक्टर हरु लाइ! यस्ता डाक्टर बिरामी हरुको बाटो कुर्छन र आयका बिरामीलाई यस्तै अनाहकको बार सत्ताइस कुरा बतायर भडकाउदछन् यदि कुनै डाक्टर कहाबाट उअपचारको औसधि लियर आयका छन् भने त्यो औसधिको साइड इफेक्ट मूल्य डेट कम्पोजिशन आदि आदि कुरा उछिल्यायर बबण्डर मच्चाउदछन्!
    यस्ता डाक्टर हरु आफुले उपचार गर्न नसकेको बिरामी बरु मरोस तर अन्त नजाओस भन्ने चाहन्छ अझै कति यस्ता डाक्टर त निको बनाउन सक्ने रोग पनि निकोतुल्याउदैनन बिरामीलाई झुन्द्यौदै राख्छन यूतारोग निकोभायो भने अर्को रोग लाग्छ तेसैले यहि रोग नै ठिक छ भन्ने दरिद्र सल्लाह दिंदै आफ्नो स्वार्थ दोही रहन्छन!
    यस्तै किसिमको डाक्टर लाग्यो मलाइ यो डाक्टर पनि! किनकि यो डाक्टरले यात्रा एकादेशको कथा गुथ्यो समस्यालाई चुइगम झ्यै तन्कायर जेरी झ्यै घुमायर पराल झैँ गुझुल्त्यायर गाइजात्राको निशानाझ्यै उचालेर महात्म्य छाट्यो तर यसको उचित उपचार के हुन्छ त भनेर एक शब्द खर्चिन सकेन! हुन त यिनीसंग भयापो खर्चिउन! यिनी त गर्न खोज्ने डाक्टरलाई उपाय तरिका साथ् सहयोग सल्लाह उपयुक्तता उचितता उपयोगिता समय र आबस्यकता आदि देखाउनु दिनु भन्नु भन्दा यो कुरालाई बढो गुजुल्त्यायर नगरेकै राम्रो पो भन्छन त!
    सबैको चाहना अरुलाई आफूजस्तै बनाउने हुन्छ!
    यिनी बाबुरामलाई आफु जस्तै बनाउन प्रयत्नशिल छन् उता बाबुराम पनि यिनिजस्तालाई आफु जस्तै बनाउन तल्लिन छन्!
    भाग्य कि दुर्भाग्य हामीकहा यस्ता दुइ डाक्टर को दोहोरि छ!
    अब हामि आफै र आफ्नै बिचारले र क्षमताले ठहर्याउ कुन डाक्टर हाम्रो लागि ठिक छ भनेर!

    Reply
    1. Doleswar says:
      October 16, 2012 at 10:44 am

      गगने जी,
      मैले पनि गरिबको पिडा बुझेको छु | मा पनि तपाईं जस्तै गरिबको अवस्था सुध्रोस भनेर ठान्ने मान्छे हो | तर कार्यक्रम को न्वारान राम्रो राख्दैमा नाम अनुसारको काम हुदैन | गरिबी निवारण भनेर चलाइएका कार्यक्रमहरुले ठिक्क उल्टो काम गरेका उदाहरण हामीकहा छैनन् र ? नेताको लहडमा ब्यबाहारिक कठिनाइ लाई पुरै बेवास्ता गरेर ल्याइएका कार्यक्रम को सफलता को सपना देख्नु सपना मात्र हो |

      Reply
      1. गगने says:
        October 16, 2012 at 10:10 pm

        Doleswar जी,

        यदि तपाहिले यो ब्लग यसरि लेख्नु भयको हो भने म के भन्न चाहन्छु भने,
        या त तपाहिले यो लेख डोलेस्वर भण्डारी (डा नलेखिकन) र त्यो पनि अझै हास्य ब्यक्ग्य विधा अन्तर्गत राखेर लेख्नुपर्थ्यो या गाइजात्रे अंकमा प्रस्तुत गर्नु उचित उनेथियो!
        यसरि यहा तपाहिले लेखेको लेखले तपाहिको डाक्टरिको खिल्ली उडायको छ! यो मेरो कुरालाई अन्यथा सोचेर, जसरि तपाहिको ब्लग प्रस्तुति छ तेसरिनै नसोचेर अलिक गहन सोचेर आफ्नो लेख र तेस्मा उठान गर्दै अतिरन्जित तरिकाले उछिल्यायाको कुरा अबलोकन गर्नुहोला, यो मेरो तपाही प्रतिको रोष नभयर आग्रह मान्नुहोला!
        एउटा व्यक्तिले समस्याहरुको थुप्रोबाट रोग र रोगको कारण पत्तो लगाउदछ अनि उपचार खोज्दछ उपचार पत्तो लगाउदछ र रोगको निदानको लागि उपचार गर्दछ त्यो डाक्टर हुन्छ! जसले समस्या देखि बुझी रोग पत्तालगाई तेस्को उपचार गर्दछ त्यो डाक्टर हुन्छ त्यो चाहे मानबिय शरीर को होस्, जनावरको,रुखबिरुवा होस् वा समाज र देश को होस्! समस्या पत्ता लगाउनु तेस्को कारण पत्तालागाउनु अनि रोग पत्ता लगाउनु र तेस्को उपचार बिधि पत्तालागाउनु र उपचार गर्नु डाक्टरी हो!
        तर तपाहिले अर्को कसैले पत्ता लगाई सुरुवात गर्न लागेको उपचार विधिको उछित्तो काड्नु भयो न त तपाहिले तेस्को विकल्प दिनुभयो न अर्को कुनै उचित उपाय! तर सिर्फ भन्नु भयो ,
        ” आफुले आफुलाइ नै कमजोर पार्ने प्रतिश्पर्धा तिर जनतालाइ लगाउने काम गरेर देश अगाडि बढ्दैन। गरिबको साँच्चै भलो चाहाने हुन भने हाम्रा प्रधान मन्त्रि वावुराम यो वाटो तिर नलागुन्।”
        तपाहिले समस्या समाधान को लागि गर्न खोजेको प्रयत्न लाइ कमजोरीलाई पुरस्कृत गर्न खोजियको भनेर अतिरन्जित तरिकाले प्रस्तुति गर्नुभयो त्यो तपाहिको कमजोरी हो भन्छु म!
        तपाहिले, देशको सरकारले आफ्नो देशको गरिबी निवारण गर्ने हेतु गरिबीको तथ्यांक संकलन गर्दै गरिब र असाहाय को आहतलाई केहि तत्कालिन राहात दिनेहेतु सुरुवातको केहि कार्यक्रम अगाडी सारेको मात्र थियो तपाहिले जात्रा देखाउने गरि ढोल पिट्नु भयो तर तपाहिको डाक्टरी अनुसार तेस्को लागि उचित तरिका र बाटो उपाय पद्दति वा बिकल्प बारे केहि भन्न सक्नुभायाना!
        यो त गगने ले पनि लेखनसक्छ डोलेस्वोर पनि सक्छ! जेसुकै बिषय दिनुस यो गगने तपाहिले भन्दा लामो र त्यो भन्दा ठुलो समस्या गुजुल्त्यायर लेखिदिन सक्छ! यो भन्दा बढी उछित्तो काडेर लेखिदिन सक्छु अझै यहा तपाही र म भन्दा पनि अर्को धुरन्धर व्यक्तिहरु छन् तिनीहरुले झन् ठुलो बामच्चायर लेखना सक्छ!
        समस्या जहापानी छ र हुनसक्छ! जस्तो सुकै कार्यक्रम ल्याओस जुनसुकै कार्यक्रम गरोस तेहा समस्या नहुने होइन समस्या आउन नसक्ने होइन!
        डाक्टरले बुझ्नापरने होकी कुनै पनि उपचार गर्दा तेहा साइड इफेक्ट र रियाक्सनको सम्भाबना हुदै नहुने होइन त्यो जहा पनि बिध्यामान हुन्छ मात्र कुरो धेरै थोरैको हो!
        उपचार गर्दा यदि विकल्प छ भने कम जोखिमयुक्त विकल्पको प्रयोग गरिने हो यदि विकल्प नभयको खण्डमा तेही बिधि अबलम्बन गर्ने हो जुन प्राप्ति छ! हो साबधानी अपनाउनु र सचेत रहनु अर्कै कुराहो! उपचारनै नगर भन्ने तपाही कस्तो डाक्टर? या यो तरिका होइन यस्तो तरिका बाटो बाट यसरि गर भन्नु पर्यो या यो रोग आफै निको हुन्छ तेसैले केहि नगर भन्न सक्नुपर्यो!
        यतिलामो लेख्नुभयो यति बटारियर गुजुल्त्यायर आउन सक्ने आउने नआउने सबकुरोलाई उछिल्यायर यसरि पस्किनु भयो कि त्यो पढ्दा र सुन्दै वाक्क आओस!
        खिर पस्किनुपरने मान्छेले खिरलाई खिचडी भन्दापनि कुडो बनायर पस्किनुभायो! अब यसलाई स्वादिलो र मिठो मान्दै मनोरंजित हुदै स्वादन गर्ने हरु संग आफ्नै स्वाद र रुची चाहना कारण होला तर म यसलाई ठिक मान्न सक्दिन!
        के सरकारले यो कार्यक्रम लागु गरे ठ्याक्कै यस्तै तपाहिले भनेको जस्तै हुन्छ? यहि समस्या आउछ?
        गरिबी तपाहिले पनि बुझ्नु भयको छ भन्नुभयो , ‘मैले पनि गरिबको पिडा बुझेको छु’ भन्नु भयो त अब आफ्नो डाक्टरिको प्रयोग गरि तेस्को निवारण को उपाय तरिका र पद्दति बारेमा बताइदिनुस्न त? समस्या त रोगीहरुले बताउदछन् तपाही उपचार बताउनुस यदि त्यो तपाही संग छैन भने अर्कोले प्रयत्न गरेको उपचार प्रक्रियामा दखल दिने तरिकाले उछित्तो नकाड्नुस समाज र सबैलाई भ्रम दिने गरि हौवा नाफैलाउनु तेतिनै धन्य हुने छ!
        डा भट्टराइ जसले देश र समाजको यावत समस्या देखेको छ त्यो समस्याहरुको अध्यायन गरेको छ र रोग पत्तालगायको छ र तेस रोगको उपचार खोजि गरि देश र समाजको रोगको उपचार गर्ने प्रयत्न गरेको छ तर बिडम्बना तेही हामीसंग अर्को डाक्टर छ जो रोग भन्दापनि समस्या देखेको छ र समस्यालाई सिर्फ समस्या देखेको छ समस्याको कारण र कारक देखेको छैन! समाधान मा पनि समस्या देखेको छ! प्रयासमा पनि समस्या देखेको छ उपचारमा पनि समस्या देखेको छ नगर्नुमा समस्या देखेको छ अनि गर्नुमा झनै ठुलो समस्या देखेको छ! गर्न खोज्ने मा सामस्या देखेको छ प्रयास गर्ने मा समस्या देखेको छ !
        समाधान देख्ने कोशिस गर्नुस डाक्टर साप, मैले त तपाहिको सोचाइ र बिचारमा पो समस्या देखेको छु बरु तेतातिर पहिले उपचार गर्नोस यता गरिबी र देशको समस्या तिर होइन!

        Reply
    2. krishna USA says:
      October 16, 2012 at 10:51 am

      गगने जी
      तपाईको कमेन्ट बितौजी पर्यो |
      डाक्टर साब (डा. डोलेश्वर भण्डारी) तपाइले सोचे जस्ता डाक्टर होइनन |
      उनि PHd डाक्टर हुन् |

      Reply
      1. गगने says:
        October 16, 2012 at 10:17 pm

        PHd होइन PhD लेख्नुस krishna जी,
        जे भयपनी सबै डाक्टर हरुको मुक्य कर्तब्य समस्याहरुको समाधान र रोगको उपचार हो त्यो कसैले मान्छेको गर्छ कसैले जनावरको कसैले बोटबिरुवा कसैले समाज र देशको!
        जसले जहाको समस्या देखि रोग पत्ता लगाउदै उपचार र समस्या समाधान प्रस्तुत गर्दछ तेही डाक्टर हुन्छ!
        उपचार नगर्ने वा गर्न नसक्ने रोग पत्ता नलगाउने समस्यामात्र देख्ने त रोगि हो डाक्टर हुन सक्दैन, या नक्कली डाक्टर हो!

        Reply
  13. krishna USA says:
    October 15, 2012 at 6:40 pm

    धन्यवाद डाक्टर साहेब सहि कुरो गर्नु भो |मान्छेहरुलाई गतिछाड्ने अवसर |
    पहिला रोजगार सिर्जना गरेर पछि यो कदम राम्रो हुनेथियो | तरै प्रधानमन्त्री डा. भट्टराई गरिबका नेता हुन् तेसैले गरिबी बाँडन जानेका हुन् |
    सफल नभय “अरुले गर्दा” his best and only answer |

    Reply
  14. Luna says:
    October 15, 2012 at 5:58 pm

    बुझी नसक्नुको भो हाम्रा नेताहरुको सोच !
    आर्थिक रुपले कम्जोर हुनेलाई मद्दत गर्न उसलाई सहुलियत दरमा ( बिना ब्याज मासिक रुपमा बिस्तारै भुक्तानी गर्ने गरि ) ऋण दिएर आय आर्जन हुने सिप
    सिकाए भोलि तिनले आफूले सिकेको सिपको सदुपयोग गर्दै आफ्नै खुट्टामा उभिन सक्ने स्बतन्त्र नेपाली नागरिक भएर बाच्न सक्ने छन् .
    अनि जो जसले उसको हैसियत अनुसार आर्थिक रुपमा प्रगति गरेको देखाउछ सरकारलाई त्यसरी आर्थिक प्रगति गर्नेलाई पुरस्कार दिने ब्यबस्था गरे झन् भन्दा
    झन् हौसला बढ्छ र उनीहरुले आफ्नो आर्थिक प्रगति देखाउने छन् .
    डा साबको लेख एकदम मार्मिक छ . हाम्रो सरकारको ताल !? ————

    Reply
  15. Govinda says:
    October 15, 2012 at 4:23 pm

    धन्यवाद डाक्टर साहेब , कुरो जे गरे पनि घुम्दई फेर्दई रुम्जाटार हो / हामीमा नईतेक्ता हरायो , हामी र हाम्रा नईतेक बेहीन भयोम / जब नईतेक्ता हामीमा फर्कने छ , एसको सजिलै समाधान हुनेछ / आहीले हामी नईतेक्ता बेहीन पशु समान भएका छों/

    Reply
  16. bijay says:
    October 15, 2012 at 4:12 pm

    धेरै राम्रो लेख छ ……………देश को राजनीति, कर्मचारीतन्त्र , समाज, सामाजिक अवस्था , गरिबी, हामी नेपालीहरु को मानसिक अवस्था आदि सबै यो लेख मा छर्लंग देखिन्छ …. धन्यवाद छ लेखक महोदयमा …… मलाई त के लाग्छ भने सहि बेक्तिहरु सहि ठाउँ हरु मा नपुग्दा नै यो भएको हो र यो हुनुमा हाम्रो देशको अन्तरिम परिवेश को साथै हामी सम्पूर्ण नेपालीहरुको मौनता नै हौ….तर मलाई लाग्छ यो मौनता छिटै टुट्ने छ ….

    Reply
  17. Sisir says:
    October 15, 2012 at 4:05 pm

    नया नेपाल बनौछु भन्नेहरुको पारा पनि बिगत ४-५ बर्समा राम्रै संग देखियो , भो मलाई एस्तो नया नेपाल चाहिएन जहाँ सोझो तरिकाले गरि खान पनि पाइदैन … अब येस्तई पारा २-५ वर्ष अरु लम्बिने हो भने नेपाल बिस्व बजार मै सस्तो कुल्ली उत्पादन गर्ने देश भनेर चिनिने छ, के हामीले खोजेको नया नेपाल येस्तई हो त ? श्रम गर्ने हातहरुलाइ रोजगारी देउ , पैसा बाड्नु त मुतको न्यानो जस्तो क्षदिक तातो मात्र हो, जब चिसो लाग्छ निद्रा र बिछौना दुवै खराब हुन्छ … लेख सान्दर्भिक छ ..
    जुन देशले सरकारी जागिरेको तथ्यांक त सहि राख्न सक्दैन तेस्तो संयन्त्रबाट एस्तो गरिब पहिचान गर्ने जस्तो जटिल काम कसरि हुन सक्ला.. हिजो मात्र पत्रिकमा आएको समाचार अनुसार पर्सा जिल्लामा कर्तव्य ज्यानका मुद्दामा फरार तीन अभियुक्तले सरकारी तलब बुझ्दै आएका छन्।एस्तो छ राज्य संयन्त्र ..कंगाल देशको ढुकुटीको ब्राम्हलुट मात्र हुनेछ…
    http://www.nagariknews.com/society/nation/47696-2012-10-14-03-45-46.html

    Reply
  18. Puja says:
    October 15, 2012 at 2:40 pm

    एकदम समय सान्दर्बिक लेख लग्यो ! जुन देशका ६०% जनता गरिबीको रेखा मुनि छन् तिनीहरुमा बिपनाताको पहिचान गर्ने र परिचयपत्र वितरण गर्ने सरकारको योजना एकदमै निरिह सरकारको मनोदशा जस्तो लाग्छ ! एदी संचिकै देशलाई गरिबीको चंगुल बाट निकाल्न चाहन्छ भने गरिबको पहिचान गर्ने र परिचय पत्र प्रदान गर्नुको सट्टा गाउँ गाउँ को जनसक्ति , श्रोत र सादन प्रयोग गरेर तेहिका स्तानियाहरुलाई रोजगारी प्रदान गर्नुपर्छ ! तेस्कोलागी सबभन्दा पहिला देशमा राजनीतिक स्तिरथा लाउनु जरुरि हुन्छः , हरेक राजनीतिक पार्टीले आफ्नो निहित स्वार्थबाट माथि उठेर देशलाई राजनीतिक निकास दिनु जरुरि छ ,,देशभक्तिको नारा खाली आमसभामा सुगाले राते जस्तो रटेर हुदैन बस्ताबिक्तामा गरेर देखाउनु पर्छ! सर्वप्रथम मैले छोडे भने सर्वस्व जान्छ भन्ने ग्रसित मानसिकता बात आफुलाई मुक्त गर्नु र राम्रालाई बह्न्दा हाम्रलाई बढावा दिने परिपाटीलाई निरुत्साहित नगरेसम्म देशले जे सुकै गरेपनि गरिबीको चंगुलबाट बाहिर निस्किनु त परको कुरा चिहौना पनि सक्दैन ! तेसैले प्रधानमन्त्री ज्यु गरिबको पहिचान गर्नु भन्दा गरिबलाई कस्तो अवसरको खाँचो छ तेस्को पहिचान गर्नुस र सोहि अनुरुप कार्यक्रम बनाउनुस!

    Reply
  19. xyz says:
    October 15, 2012 at 2:31 pm

    This is quiet an interesting story. Remember, old age pension introduced by UML based on the then age of Mr. Man Mohan Adhikari (probably, a kind of chakari) reduced to a competition in every villages to show more aged persons. This bring money to VDC. At the end, it became too difficulty to get info on old age people in VDCs. The effect was – even old people, at their dying age, queuing up for citizenship certificate. Dr. Bhattarai turning crazy day by day. I do not know what is inside his mind. Worth investigating. Sounds like he is following the policy of pol pot in Cambodia. They used to say: Who said pol pot did not do any thing? We may not have created wealth but we distributed poverty equally. I think this is the real goal of Maoist in Nepal. They are going to distribute poverty evenly. The first step is the distribution of certificates for the poor. Let us watch out for the second step.

    Reply
    1. Pant says:
      October 15, 2012 at 3:13 pm

      तर मनमोहन अधिकारी सरकार यता दुईवटा जनगणना भइसके, अरू धेरै स-साना अध्ययनहरू पनि भएका छन् तर कुनैले पनि xyz को तर्कलाई प्रमाणित गरेका छैनन् । नेपालमा व्िरद्धहरूको संख्या िबस्तारै मात्र बढ्दै छ ।

      Reply
  20. पुष्प says:
    October 15, 2012 at 2:06 pm

    जनजातिले आफ्नो नाउँको राज्य माग गर्दा आफूलाई पनि जनजातिमा दरालने ‘बाहुनबादी’ बिचार र डोलेश्वोर डाक्सापको बिचारले हात्ती छाप चप्पलको बिज्ञापनको याद आयो । भोलि डाक्साप पनि गरीबहरूको सूचीमा परेको देखिए अचम्म नमाने हुने भो । होइन त डाक्साप !

    Reply
  21. Mantra says:
    October 15, 2012 at 1:56 pm

    मुसहर बस्तीमा पुगेर गरिबलाई दसैंको मुखमा ६ हजार ऋण लाइदिएछ्न डा भट्टराइले…..सधैभरी ढाटेर, ठगेर, लुटेर, चोरेर, खोसेर, हप्कार खान पल्केकाहरुको बानी नै यस्तै हो…

    Reply
    1. गगने says:
      October 15, 2012 at 11:15 pm

      : तुच्छा र निक्रिस्ट अनि घृणित साथै विकृत मानशिकता डोहोर्यायाका दलित हरुले डा भट्टराइको प्रयास समर्पण अनि कतिबद्दा लगन साथै जनताको समानता हक अधिकार र देश अनि समाजबिकासको प्रयास र योगदान लाइ भेग पाउन सक्दैन तेसैले तेस्ता हरुले बिष वमन नगर्दा यो देश र समाज प्रदुषित हुन बात जोगिन्थ्यो भन्ने हाम्लाई लाइराछ!
      मान्छेले आफ्नो दिमाग को स्तर अनुशारको प्रतिक्रिया दिन्छन!
      छुद्र दलित र अछुत कुनै आमाको कोखमा वा कुनै परिवारमा जन्मेर होइन यस्तै नैतिकताहीं तुच्छा दलित जन्य बिचार र प्रतिक्रिया दिनेहरु हुन्छन!
      आफ्नो स्तर पतालागायर मात्र डा भट्टराइको बिरुद्दमा दुषित बांतागरौ है!

      Reply
    2. द्रोण says:
      October 16, 2012 at 12:39 pm

      मन्त्र जी
      बाबुराम को बैदेसिक नीति ,सरकारी भ्रास्ताचार बिबाद को बिसय हुन् सक्छ तर देश को प्रधान मन्त्रि गरिब ,दलित को आत्म बल ,बढाउँन ,समाज मा उनीहरुको इज्जत बढाउँन लागिपरेका मा शराहना गर्ने पर्छ जस्तो लाग्छ | कसरि गरिब लाइ ऋण बोकाए ?

      बाबुराम ले पपुलिस्ट नै काम गरे भनेपनि दलित को घरमा गएर खान्छन ,बस्छन भने यो चै पपुलिस्ट काम लाइ नमस्कार गर्ने पर्छ |
      हुन् त् ललित पुर् मा केशर बहादुर बिस्ट ले पाटन को कसाइ टोल मा तेस्तै रात बिताएर ,उनीहरु सग उठ बस गरेर पंचायत काल मा धेरै पटक समय ललित पुर् २ बाट पनि चुनाब जितेथे|

      यदि बाबुराम ले त्यहि बाट यो सिकेका हुन् भने पनि कमसेकम राम्रो काम सिकेछन भन्नु उपयुक्त हुन्छ |

      Reply
  22. Pramod says:
    October 15, 2012 at 1:30 pm

    यो हाम्रो देश नेपाल, हामि नेपालि, कोहि आयानी केहि गरेनी सुख छैन . न राम्रो काम हुन्छ न राम्रो काम हुन् दिन्छन. न यहाँ सुध्रिन्छ न सुधारिन्छ, न बन्न दिइन्छ न बनाइन्छ, न सोच्छन न सोच्न दिइन्छ. यो मेरो देश नेपाल कोहि स्वतन्त्र छैनौ, त्यसैले स्वतन्त्र भयर सोच्दैनौ, बस अरुको बिचारको बकरा भैराखेका छौ. सबैलाई ट्याग लगाइयाको छ पार्टीगत बिचारको, कांग्रेसी एमाले भय माओबादी को सक्दो बिरोध गर्ने, त्यस्तै माओबादी भय एक कदम बढेर कुटीनै दिने, हे भगवान यो मेरो प्यारो देशमा भयको चाइ के….

    Reply
  23. Lohani Indra says:
    October 15, 2012 at 12:26 pm

    कहिले नेवार गाउँ, कहिले बाहुन गाउँ त कहिले चेपांग गाउँ , अनि यसै गरि थारु गाउँ मधेसी गाउँ गर्दै देशका सबै गाउँ गाउँ पुगेर उनीहरुको घरमा अलिअलि भाको चामल,कनिका,च्याख्ला हसुरेर गरिब को पहिचान गर्ने , कसैलाई गरिब कार्ड बाँड्ने त कसैलाई गरिब राज्य नै दिने ….! आहा …,कस्तो घ्यु जस्तो प्रधानमन्त्री !

    Reply
  24. RP Khanal-Surkhet says:
    October 15, 2012 at 11:45 am

    अति सान्दर्भिक एबम वास्तविक र मनन योग्य लेख, यदि यसै गरि गरिबी परिचय पत्र बाडियो भने गरिबी निवारण कदापी हुने छैन बरु गरिबहरु को थप जमात नाटकीय रुपले गाऊ-घर मा देखिने छ र कुन गाऊ भन्दा कुन गाउमा , कुन टोल भन्दा कुन टोलमा र कुन जिल्ला भन्दा कुन जिल्ला मा धेरै गरिब हुने भन्ने एक प्रकारको “कम्पिटिसन” हुने छ एक दिन पुरै देश भरि कै नागरिकहरु अघोषित रुपले गरिबी को प्रमाण पत्र बोकिहिड़ने छन् र यो देश नै गरिबी को पहिलो देश बन्ने छ /
    रुद्र खनाल
    दमाम ,साउदी

    Reply
  25. Harke says:
    October 15, 2012 at 11:42 am

    जेल हाल्नु पर्नेलाइ सिंह दरबार छिराउनु, नेपाली जनताको कमजोरी थियो….उक्त कमजोरीको पुरस्कार नै येस्ता नाटकहरु हुन्…..चेतना भया !

    Reply

Leave a Reply to bijay Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme