-रवि गौतम-
लोकसेवा आयोगले गएको चैत ४ गते विद्यालय निरीक्षक पदका लागि परीक्षा लिएको थियो। परीक्षामा पूर्व शिक्षासचिव रामस्वरुप सिन्हा, जसलाई अढाइ वर्षअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुंदा उनको अध्यक्षतामा वसेको संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोगको सदस्यका लागि सिफारिस समेत गरेको थियो, उनकी छोरी अन्तिमाकुमारी र शिक्षा मन्त्रालयका सहसचिव सुर्य गौतमकी पत्नी इन्दिरा ढकाल सहभागी भएका थिए। योग्यता पुगेको जो कोही नागरिकले परीक्षा दिन पाउँछ। ४ हजार २ सय ५ जनाले दिएको परीक्षाको नतिजा लोकसेवा आयोगले एक महिनाअघि अर्थात भदौ २० गते सार्वजनिक गर्यो।
लिखित परीक्षामा पूर्व शिक्षासचिव सिन्हाकी छोरी अन्तिमाकुमारीले महिला, मधेशी र खुला तथा सरकारले पहिलो सर्वोत्कृष्ट निजामती पुरस्कार दिएका सहसचिव गौतमकी पत्नी इन्दिराले महिला र खुलामा नाम निकाले। खुला र आरक्षित दुवै कोटामा नाम निकालेकोमा अन्तिमाकुमारी र इन्दिराको चर्चा भयो। हुन पनि लोकसेवाको परीक्षा पास गर्नेहरुलाई प्रतिभावान मान्ने गरिएको छ। लोकसेवा आयोगलाई अन्तिमाकुमारी र इन्दिरा आफ्ना विज्ञ सदस्यका छोरी र पत्नी भन्ने थाहा थिएन। लोकसेवाले शिक्षा प्रशासन अर्न्तगत संचालन गरिने विद्यालय निरीक्षक र उपसचिव तहको परीक्षामा सहभागिहरुको उत्तरपुस्तिका जांच्न सिन्हा र गौतमलाई विज्ञको समूहमा राखेको छ। विज्ञका नाताले दुवै जना यो पटक प्रश्नपत्रको परिमार्जनमा समेत संलग्न थिए।
लोकसेवा आयोगको कार्यसंचालन निर्देशिका २०६७ अनुसार विज्ञ समूहमा रहेका सदस्यले आफ्ना नातेदार परीक्षामा सामेल छन् भने ती विज्ञले प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका जांच्ने काममा सहभागि हुन पाउंदैनन्। सिन्हा र गौतम दुवैलाई यसबारेमा जानकारी छ। तर दुवैले निर्देशिकालाई कुल्चिए अनि सिन्हाले छोरी तथा गौतमले पत्नीको उत्तरपुस्तिका जांचे। लिखित परीक्षाको नतिजापछि आयोगमा परेको उजुरी छानविन गर्दा पत्नी परीक्षार्थी, पति जांचकी भएको तथ्य खुल्यो। यसैले त आयोगले एक वर्षअघि निजामती सेवा दिवसका दिन २ लाख रुपैयां राशिको सर्वोत्कृष्ट निजामती पुरस्कार पाएर वाहीवाही कमाएका गौतम अनि अढाइ वर्षअघि शिक्षा सचिवबाट अवकाश पाएका सिन्हालाई कालोसूचीमा राख्दै उनीहरुका पत्नी र छोरीको परीक्षा रद्द गर्यो।
असोज २४ गतेको बैठकले परीक्षा रद्द गरेको निर्णय आयोगले आफ्नो वेबसाइटमा राख्यो। तर २४ गतेको यति गम्भिर विषयको निर्णयको समाचार २५ गते कतै पनि थिएन। २५ गते बिहान एक मित्रले आयोगको वेबसाइट हेरेर निर्णय मलाई इमेल गर्दै तत्काल इमेल हेर्न भने। मैले आयोगको निर्णयको सूचना दोहोर्याएर पढें। दुवैजना चिनेकै भएकाले चकित परें। लोकसेवा आयोगको सदस्यका लागि सिफारिस भएका पूर्व शिक्षासचिव तथा सरकारले सर्वोत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरेका सहसचिवले तल्लोस्तरमा झरेर निकृष्ट काम गरेको तथ्य असह्य भयो। आफ्ना छोरी र पत्नीलाई पास गराउन कानूनको ख्याल नगर्ने महोदयहरुका यस्ता काला कर्तुत अरु कति होलान्? तर खोतल्ने कसले? आफू जांचकी बनेर पत्नीलाई पास गराउने धन्दामा संलग्न गौतम निकै चतुर छन्।
यसैले मैले तत्कालै एक मूलधारे अनलाइनमा काम गर्ने मित्रलाई सम्पर्क गरेर जानकारी दिएँ। उनले लोकसेवा आयोगको सूचना हेरेर तत्कालै अनलाइनमा समाचार हाले। उनका अनुसार, एक घण्टाको अवधिमा त्यो समाचार दश हजार पटक पढियो। अर्थात् धेरै पाठकलाई समाचारले तान्यो। त्यसपछि सबैजसो अनलाइन, एफएम रेडियो र टेलिभिजनहरुले दिउँसोदेखि नै सर्वोत्कृष्ट कर्मचारी गौतमको निकृष्ट कामको समाचार महत्वसाथ दर्शक/स्रोता/पाठकसमक्ष पुर्याए। २६ गतेको अंकमा ठूला दैनिक अखबारले पनि प्रमुख समाचार बनाए।
किन छापिएन शिक्षा पत्रकार सक्रिय भएको पत्रिकामा?
तर शिक्षा क्षेत्रका हस्तीहरुका कालो कर्तुत आफूलाई ब्रोडसिट अखबारका ‘सक्रिय शिक्षा पत्रकार’ भन्ने मित्रहरु काम गर्ने अखबारमा भने छापिएन। सरकारी स्वामित्वको गोरखापत्र पनि त्यो समाचार नछाप्ने अखबारमा दरियो। शिक्षा सम्बन्धी समाचार खोज्न सधैंजसो शिक्षा मन्त्रालय र विभाग पुग्ने मित्रहरु कार्यरत गोरखापत्र, नयाँ पत्रिका र समाचारपत्रमा समाचार नदेखेपछि शिक्षा मन्त्रालयका एक उपसचिव, जोमाथि आजसम्म कसैले औंला ठड्याउने हिम्मत गरेको छैन, उनले मसँग भने — शिक्षा मन्त्रालयको नै बदनाम हुने खालको समाचार नलेखिएको विषयलाई मन्त्रालयले गम्भिररुपमा मार्क गरेको छ।
मन्त्रालयले किन मार्क गर्यो? यसको कारण छ। यसका लागि दुई वर्ष अगाडिको घटनातिर जानुपर्छ।
दशैँ खर्च दिन नमान्दा…
दुई वर्षअघि गोरखापत्र, नयाँ पत्रिका र समाचारपत्रले काठमाडौका जिल्ला शिक्षा अधिकारीले निजी स्कुलहरुसँग दशैं खर्च उठाएको समाचार छापे। अधिकारको तुजुक देखाएर जिल्ला शिक्षा अधिकारीले सीमा नै तोकेर दशैं खर्च उठाउनु साँच्चै समाचार थियो। यसैले शिक्षा मन्त्रालयले समाचार छापिएलगत्तै जिल्ला शिक्षा अधिकारीलाई मन्त्रालयमा तान्यो र मन्त्रालयका सहसचिवको संयोजकत्वमा दशैं खर्च सम्बन्धमा छानविन गर्न समिति गठन गर्यो। आश्चर्यको कुरा समितिको छानविनबाट तथ्य खुल्यो कि आफूलाई शिक्षा पत्रकारिताका ‘नम्बरी’ मान्ने पत्रकार महोदयहरुले जिल्ला शिक्षा अधिकारीले दशैं खर्च दिन नमानेपछि त्यतिखेरका जिल्ला शिक्षा अधिकारी बाबुकाजी कार्कीका विरुद्ध कपोलकल्पित समाचार छापेका रहेछन्। दशैंको ‘हुण्डी’ नपाएको झोकमा दुई वर्षअघि जिल्ला शिक्षा अधिकारी कार्कीका विरुद्ध कलम चलाउने तिनै पत्रकारले यो पटक लोकसेवा आयोगले नै नियतवश गलत मनसाय राखेर कानून विपरित उत्तरपुस्तिका जांचेको भनेर कालोसूचीमा राखेका सूर्य गौतमको समाचार नै लेखेनन्।
शिक्षाको विषयमा चासो राख्नेहरु र पत्रकारिताको अनुसन्धानमा राख्नेहरुका लागि अझ रोचक तथ्य त के भने सबैजसो दैनिक अखबार तथा टेलिभिजन र एफएम रेडियोहरुले पत्नीको उत्तरपुस्तिका जांच्ने सुर्य गौतमको समाचारलाई मुख्य समाचार बनाएर प्रकाशित /प्रसारित गरेकामा शिक्षा पत्रकारिताका ‘डन’ भन्ने मित्रहरुले गौतमको कालो कर्तुतको समाचार बिर्सिए, उनीहरु जनक शिक्षा सामाग्री केन्द्र आर्थिक संकटमा परेको भनी बाइलाइन समाचार छापेर रमाए। आर्थिक अनियमितता र अनुशासनहिनताका कारण जनक शिक्षा संकटमा परेको कुरा सबैलाई थाहा भएको विषय हो। तर गोरखापत्र, नयां पत्रिका र समाचारपत्र जहां ‘नम्बरी’ शिक्षा पत्रकार काम गर्छन् तिनले गौतमको समाचार लुकाउने प्रयास गरे। मन्त्रालयमा काज सरुवा हुनुअघि शैक्षिक जनशक्ति विकास केन्द्रको कार्यकारी निर्देशक र परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा नियन्त्रक भएर काम गर्दा गौतम र ‘नम्बरी’ शिक्षा पत्रकारको सम्बन्ध झांगिएको थियो। झांगिएको सम्बन्धको प्रमाणका लागि उनीहरु कार्यरत पत्रिकामा प्रकाशित एक वर्षअघिका समाचार पल्टाए पुग्छ। आफूले दशैं खर्च नपाएको झोकमा जिल्ला शिक्षा अधिकारीले दशैं खर्च उठाएको भनेर लेखिएको मनगढन्ते लेख समाचार हो या लोकसेवा आयोगजस्तो संवैधानिक निकायले खराब नियतको भनेर सूचना नै जारी गरेको सूर्य गौतमको कर्तुत समाचार हो? पाठकहरु आफैंले मूल्यांकन गर्नुहोला। अनि ती अखबारका नेतृत्व तहमा बस्नेहरु तथा सम्पादकीय समूहले मूल्यांकन गर्न भुले पाठकहरुमाथि ठूलो अन्याय हुनेछ।
केही सज्जन पत्रकारहरुलाई भूलभुलाईयामा पारेर सन्जाल को नाममा प्रक्रिती जस्ता भ्रष्ट र अपराधिक मनोबृतिका पत्रुकारहरुले पबित्र पत्रकारिताको खिल्ली उडाएका छन । समाचारको निष्पक्षता भन्दा पनि blackmail को षडयन्त्रमा पैसाको लागि लम्पसार पर्ने यस्ता पत्रकार लाई शिक्षा नभै भिक्षा पत्रकार उपमा ठीक होला । ईश्वरको कृपाले यि छदम भेषीको पत्रकारको, लोकसेवाको निर्णयले यसपालीको दशैं राम्रै भयो अब आगामी दशैं को षडयन्त्र कसरी गरने हुन ।
Education Journalists look like High level Officers’ personal assistants due to the money they got..They have forgotten what a journalist have to do. More interesting is why the editor/ publisher does control over such hidden crime.
पित पत्रकारिता को बारेमा यस्ता खालका समाचार छापिनु सहार्निय काम हो । माथीको कमेण्ट समेतको लेख हेर्दा पत्रकारिता जगत प्रति केही दलाल पत्रकारहरुको कारण जनसमुदायको अविश्वास र आक्रोश बढ्दै गएको छ । आफुलाई शिक्षा पत्रकारको खोल ओडेर पत्रकारितालाई दलाली र ठेक्का पट्टाको प्रमाणको रुपमा प्रयोग गर्ने नामुद लुच्चो प्रकृति अधिकारी रहेछ । गोर्खापत्र मा घुस र चाकडीको भरमा जागिर खानपुगेको” बिकृति भिखारी” ऐतिहासिक गोरखापत्रको कलंक हो । यस्ता टपरटुईया चाटुकार पत्रुकारबाट मयार्दित पत्रकारिताको अपेक्षा बिष बृक्षबाट अमृतको आसा गर्नु जस्तै हो यस्ता द्रव्यपिशाचको दुर्गन्ध बाट अन्य स्वाभिमानी पत्रकार जोगिआै र परीश्रमको मिठो कमाईंमा रमैा ।।।।
लोकसेवालाई नेपालको एक मात्र बिश्वासिलो संस्थाका रुपमा जनताले लिएका थिए । हालसम्म बिश्वासनीयता पनि कामय गरेको थियो । पोहीलो पटक फटाहाहरुले कुकृत्य गरेको रहश्य खुलेको छ । यस्ता अपराधीहरुलाई कडा भन्दा कडा कर्वाही गरेर जनबिश्वास कायम राख्नु पर्दछ । यो देश राम्रा र असल देखिने तर भित्र भित्र ठुल्ल ठुला अपराध गर्नेहरुले बिगारेका हुन । अखिर गरिब किसान आफ्नो काम गरेकै छन । मजदुरले नेपालमा मात्र नभएर बिश्व बजार बेचिएर पनि देशको सेवा गरेकै छन । अखिर बुद्धिजीबि, बिशेषज्ञ र क्षमतावान भन्नेहरुले नै आफु अनुकुलको बिश्लेषण गर्ने गलत प्रतिबेदन तयार गर्ने र गलत सल्लाहा दिने गरेर देश बिगारेका हुन । नेपालका असल र राम्रा देखिने कर्मचारीहरु झन ठुला भष्ट्र र अनैतिक छन । यो घटना बहीर आयो तर भित्र भित्र यस्ता हजारौ घटना भईरहेका छन । त्यसलाई सार्बजनीक गरेर कठघरामा नउब्याउदासम्म सामजीक मुल्य र मन्यतामा परिबर्तन गर्न सकिन्न ।
यस्तै हरुले देश बिगारेको हो|
करिब आठ लाख काम गर्न सक्ने नेपाली जनता बाहिर जागिरमा छ| बाहिर गएर रोजगारी गर्नु नराम्रो कदापि होइन| तर देशमै रोजगारी भएको भए बिदेशी भूमिमा यसरी भौंतारिन पर्ने थिएन होला|
देशको हालत दिनोदीन बिग्रदो छ| चार बर्ष संबिधान सभामा जागिर खाएर पनि सभासदहरुले संबिधान बनाउन सकेनन| महिला, दल र राजनीतिको प्रतिनिधित्व गर्ने नाउँमा एउटै सम्पन्न परिवारका तीन तीन जनाले संबिधान सभाको तलब र भत्ता चार बर्ष सम्म घिचे| को हुन् यी भनेर नसोध्नुहोला| लैंगिक भनेर महिलालाइ प्रतिनिधित्व गर्ने पनि तिनै सम्पन्न र नेपाललाई अगतितिर ढकेल्दै आएका जात र परिवारहरु हुन्, दलको समानुपातिक भनेर तलब भत्ता बुझेर सत्ताको राजनीति गर्ने पनि तिनैहरु हुन्|
शिक्षाको नाउँमा आफ्नो छोरीलाई डाक्टर पढ्न पठाउन राजदुत र भारतीय मन्त्रि नेपालमा आउँदा गोडा मोल्न समेत भ्याए हाम्रा प्रधान मन्त्रि र मन्त्रिहरुले|
शिक्षा मन्त्रालय जस्तो ठाउँमा बसेकाहरुले दिनहुँ धाँधली गरिरहेका छन्, यो भन्दा शर्म लाग्दो कुरो के हुन् सक्छ? अझ बेशर्मीहरु ती पत्रकारहरु हुन् जसले त्यंहा भित्रको धाँधली लाई देखेर पनि नदेखे झैं गर्दै आएका छन| सेटिंग मिलाउने काम मात्र गर्दा हुन्|
पत्रकारको नाउमा कलंक हुन्|
रबिजी, यो ब्लगको निम्ति धन्यवाद! कोही त् रहेछन जस्तो देख्यो उस्तै निस्पक्ष रुपमा लेख्ने भन्ने लाग्यो|
पत्रकारहरुको मात्र समाचार बनाउन पर्ने भयो के गर्नु पत्रकार लाई नियन्त्रण गर्ने निकाय नै छैन अशल पत्रकार हुनलाई कति उत्तर्दाइत्यो निभाउन पर्छ यी १० कछ्या मात्र पास भयर झोला बोकेर कता सेमिनार छ कता १ ग्लास रक्सि पिउन पैएन्छ भनेर हिड्ने मित्र हरुलाई पत्रकारिता को अर्थ के था?
येस्ता टाउके ले गर्दा देश बर्बाद भयो लोकसेवामा नाता बाद ले गर्दा देस का धेरई प्रतिवा पलायन भए /तेसईले यो बुझ्न जरुरि छ की येसैगरि देस को नाता र फरीया को बाद रहेमा नेपाली हरु नेपाल मा मुर्खको भीड र विद्वान जति नेपाल बाहीर हुनेछन/ आसल मान्छेको जहापनी अबक्सेता हुन्छ /
धरान नगर पालिकाका एकजना पुर्व नगर प्रमुखको भनाइ अनुसारः
एस.एल.सी. ऊतिर्णः
प्रथम श्रेणीमा उतिर्ण हुनेहरु बिज्ञान पढ्छन् र डा.ईन्जिनियर,पाइलट हुन्छन रे!
दोश्रो श्रेणीमा उतिर्ण हुनेहरु व्यवस्थापन,मानविकी पढ्छन र व्यापारी,कर्मचारी हुन्छन रे !!
तेश्रो श्रेणीमा उतिर्ण हुनेहरु शिक्षा पढ्छन र शिक्षक हुन्छन रे,अनि शिक्षक पनि हुन् नसकेकाहरु राजनीतिमा लाग्छन र नेता हुन्छन राजनीतिमा नि असफल भएकाहरु पत्रकार हुन्छन रे!!!!!त्यो बेलाको कुरा धन्न आज भोलिका २/४ जनाले पत्रकारको इज्जत जोगाएका छन् /
नेपाल मा बाच्नका लागि पत्रकार भै खाका हरु को ताल नै येस्तई हो l पत्रकारिता मा पनि आफ्नो आचारसंहिता हुन्छ कुन समाचार लाई कसरि प्रस्तुत गर्ने समाज मा हरेक क्षण घटना हरु घटिरहेका हुन्छन तिनीहरुलाई समाचार बनाउदा सम्पादन गरे र प्रस्तुत गर्नु पन्रे होकी नगरी प्रस्तुत गर्न मिल्ने हो? सम्पादन नगरी प्रशारण गर्दा त्यो समाचार को असर कस्तो पर्छ सम्पादन गरेर प्रसारण र प्रकाशन गर्दा सहि सूचना जान्छ कि जान्दैन भन्ने जस्ता कुरा कुन चरी को नाम हो थाहा छैन, पत्रकारिता जस्तो जिम्मेवार पेसा मा कतै कहिँ केहि गर्न नसक्ने हरु को भिड बढे पछि येस्तई हो l कसले २/४ सय देला कसले बिएर र मासु रेस्टुरेन्ट मा लगेर खुवाउला अनि तेस्ले गरेका नराम्रा करतुत को नगदी चेक बनाउदै हिड्ने पत्रकारिता भन्ने बिषय पनि पढाई हुन्छ र भन्ने २ पैसे धमला मार्का हरु ले आफुलाई जेसुकै नाम दे पनि तिनीहरु सबै पत्रुकार हुन् र नेपाल मा यिनी हरु को नै बोलवाला र भिड बढे को छ के भनौ र खोइ तिमि हरु हाँस हो हामी बस्छौ रोइ !
लाजसरम पचाएर भएभरको बत्तिसा देखाउदै कर्मचारीको अगाडी हात पसार्ने धत्तुरेलाई के को “शिक्षा-पत्रकार” भनेर भन्नु नि ? त्येस्तालाई त् “भिक्ष्या-पत्रुकार” भनेर न्वारन गर्दा हुन्छ होला भन्ने हाम्लाई लाइराछ /
जदौ
राज्यको चौथो अंग …….. अब के भन्नु ? मनोज गजुरेलको हाँस्यव्यंग लाइ समाचार बनाएर अमिताभ बच्चन नेपालमा जन्मेका हुन् भनेर चिच्याउने पनि यिनै ! तस्कर-माफिया हरुबाट रकम असुलेर तस्करहरुको लाइन खोलाउन नेता र प्रहरी संग लबिंग गर्ने मध्यतकर्ता पनि यिनै ……. ! अहिलेका अधिकांश पत्रकार त कस्ता भए भने मानौं तपाइले कुनै प्रेस कन्फरेन्स गर्नु भयो वा कतै केहि बोल्नु भयो र तपाईं लाइ मन नपराउने पत्रकार त्यहाँ छन् भने उदाहरणमा तपाइंले बोलेको ‘ मैले फलानालाई कुनै पनि हालतमा मार्छु भनेको होइन’ भन्नु भयो तर ति पत्रकारले यसैलाई फलानाले भन्नु भयो ‘ मैले फलानालाई कुनै पनि हालतमा मार्छु’ भन्नु भयो भनि प्रसारण गर्ने छन् संगै बोलेको त्यो ‘भनेको होइन’ भन्ने शब्द नै गायब अनि कुनै असजिलो स्थिति आइपरे भोलि पल्टको पत्रिकाको कुनै कुनामा भुल सुधार भनि अरु कुनै बाक्य नराखी ‘भनेको होइन’ छुट हुन् गएको जानकारी गराउँछन् तर पढ्ने लाइ पत्तो चल्दैन त्यो कहाँ- कुन लेखा, समाचार संग सम्वन्धित हो भनेर भने उता त्यतिन्जेल तपाइंको हावा-कावा त्यहि समाचारले गर्दा गोल भैसक्या हुन्छ !
यो चौथो अंग र मानिसको गुप्तांग उस्तै रहेछ कि क्या हो खोइ ! दुवै लाई सम्हाल्न नसके पछी स्थिति भयावह हुँदोरहेछ !
आन्गकाजीहरु त्यसै frustation पोख्छन त?? सबै क्षेत्रका पत्रकारहरु सुध्रिउन बेलैमा!
यहाँ पत्रकार कम र उपद्रकार ज्यादा छन् , सत्य तथ्य पत्ता लगायर भन्दा सतहमा बसेर समाचार लेख्ने प्रवृति छ / व्यक्ति , समाज र राष्ट्र निर्माणमा पत्रकारको ठुलो भूमिका हुन्छ यो निश्चित छ तर मैले आज सम्म देखे अनुसार , यस्तो पत्रकारिता छैन नेपाल मा खाली के लेख्दा मेरो पत्रिका मान्छेले हेर्छन, पत्रिका लाइ माइलेज दिने फंडा के हो यहि हेरेर, sensation create गर्न को लागि मात्र समाचार हरु पस्केको देखिन्छ /
गोरखापत्रमा किन समाचार छापिएन ? एकचोटी आँखा च्यातेर हेर्नु पर्दछ । छापिएको छ जे पायो त्यही लेख्ने ? जुन दिन सबै पत्रिकामा त्यो समाचार छापिएको थियो त्यसै दिनमा तेस्रो पृष्ठमा गोरखापत्रमा बक्स बनाएर समाचार छापिएको थियो । यो कुरा सुनियोजित ढँगले लेखिएको छ । किनकी पत्रकारिताका हस्ती भन्नेहरुले बुझ्नु पर्दछ कि त्यो समाचार निजामति सेवासम्बन्धी बिट रिपोर्टरले लेख्नुपर्दछ । सोही अनुसार सबै पत्रिकाका बिट रिपोर्टरले लेखेका छन् । कुनै पत्रिकामा न्यूज छापिएन भन्दैमा लुकाउन खोजेको भन्नु मूर्खता हो ।
दोस्रो कुरा बाबुकाजीले यो ब्लकको मानिसलाई पैसा खुवाए जस्तो छ । उसका पक्षमा वकालत गर्ने । बधाइ छ । हामी शिक्षा पत्रकारहरुले पैसा बार्गेनिँग गरेको कही कतै सबुत फेला पार्नु अनि लेख्नु । जे पायो त्यही लेख्ने तिमीहरु जस्ता चुत्थाहरुलाई अधिकार छैन ।
मैले कहिले पनि बिज्ञापन को नाम मा पैसा बाँडे को छैन भनेर त यँहा जसको चर्चा भा छ तेस्ले भन्न सके पो राम्रो त तपाई ले अरुलाई गाली गर्ने पनि निम्न स्तर को सब्द परयोग गरेर हासो लग्यो तपाई को स्तर देखेर तेई भएर नेपाल मा एस एल सी फेलर पत्रुकार को बोलवाला छ भन्ने हरु को लागि एउटा प्लस पोइन्ट हो नि तपाई को औकात माथि को कमेन्ट ले नै जनाउ छ नि l
प्रकृतिजी म शिक्षा सेवामा काम गर्न थालेको ९ वर्ष भयो। म तपाईंलाई राम्रोसंग चिन्दछु। तपाईंले लेख्ने कतिपय समाचार खोजीपूर्ण नै हुन्छन्। राहत कोटामा भएको हिनामिनाबारे तपाईंले लगातार समाचार लेखेका कारण नै केहि वर्षअघि रामचन्द्र कुशहवाले शिक्षामन्त्रीबाट हात धुनुपरेको थियो। तर मित्र, पछिल्लो समयमा तपाईंका समाचार पैसा दिनेहरुको पक्षमा लबिङ गर्ने र नदिनेहरुलाई सिध्याउने खालका छन्। दुई वर्ष अगाडिको घटना राम्ररी सम्झनुस त, बाबुकाजी कार्कीले दशैं खर्च दिन नमानेका कारण उहांकाविरुद्ध गोरखापत्रमा लगातार समाचार आएको। तपाईंहरु तीन चारजना मन्त्रालयमा ह्वार्र एक साथ आउनुहुन्छ र ठूला कुरा गर्नुहुन्छ। विरोधमा बोले बाबुकाजी सरलाई जसरी नै बलिको बोको बनाइएला भन्ने डरले हामीले मुख नखोलेका हौं। तपाईं र तपाईंसंग आउने पत्रकारलाई इज्जत दिएको जस्तो गरेका हौं। तपाईंहरुको आतंक सहन नसक्ने खालको भइसकेको छ।
हामीले देखेका छौं कि तपाईंले शिक्षा विभागभित्रका अनियमितता र अख्तियारले पटक पटक खोजी गरेका जनक शिक्षाका रामचन्द्र सिलवालका विरुद्धमा समाचार लेख्नुभएको छैन। सिलवालले कानुनलाई मिचेर कमिशनको चक्कर आफूखुशी कागज किन्ने र मन लागेको प्रेसलाई किताब छाप्न दिएको बारेमा गोरखापत्रमा किन समाचार छापिंदैन? यसको कारण हामीले बुझेका छौं कि तपाईं र तपाईंको संस्था इजोनका सदस्यलाई विभाग र जनक शिक्षाले पटक पटक जिल्ला घुम्न जानका लागि हवाई टिकट र दैनिक भ्रमण भत्ता दिइरहेका छन्। आफ्नो कमजोरी सच्याउनु छैन उल्टै ब्लगवालाले पैसा खायो भनेर पानीमाथिको ओभानो बन्न खोज्ने? के पत्रकारको काम नै पैसा नदिनेको खेदो खन्ने अनि चारा हाल्नेहरुको पक्षमा वकालत गर्ने हो? पत्रकारिता भनेको त्यस्तै हो भने त मेरो भन्नु केही छैन।
अर्को कुरा निजामती सेवा सम्बन्धी बिट भएका साथीले लेख्नुपर्ने न्युज भनेर पन्छिन खोजेको मलाइ मन परेन। के सूर्य गौतम शिक्षा बिटका पत्रकारले क्यारी गर्नुपर्ने मान्छे होइनन्? सूर्य गौतम र रामस्वरुप सिन्हाको बारेमा निजामती सेवा सम्बन्धी बिट भएका साथीलाई जानकारी हुन्छ कि शिक्षा बिट भएकालाई? हामीलाई स्पष्ट थाहा छ कि सूर्य गौतम भोलि शिक्षा विभागका महानिर्देशक हुन्छन् अनि बांडिचुंडी खान पाइन्छ भनेर तपाईं र तपाईं संलग्न इजोन भन्ने संस्थामा आवद्ध पत्रकारहरुले जानी जानी समाचार नलेखेको हो।
त्यस्तै तपाईंले भनेको सांचो हो आंखा च्यातेर हेरेमा मात्र लोकसेवाको परीक्षा रद्द भएको समाचार देखिन्छ। साथी अन्य बेला तिललाई पहाड बनाएर लेख्ने तर यस्तो गम्भिर विषयमा चाहिं पाठकले थाहा पाउलान् जस्तो गर्ने? अर्को कुरा गोरखापत्रले तीन पृष्ठमा छापेको समाचारमा परीक्षा रद्द भनेर मात्र लेखिएको छ त्यो पनि जम्मा ५०, ६० शब्दमा। परीक्षा रद्द गर्नुपर्नाका कारण स्पष्ट खुलाइएको छैन। अनि युर्य गौतम शिक्षा मन्त्रालयका सहसचिव हुन् भनेर पनि खुलाइएको छैन। अन्तयमा हामीलाई भित्रैदेखि लागेको कमेण्ट गरिदिएकोमा रविजीलाई धन्यवाद ।
नाउँ चै प्रकृति रे काम चै कस्तो अप्राकृतिक| यस्तालाई मुख भरिका मुला कोचारीदिनु भएछ|
देश बिगार्नमा साथ् दिने र पत्रकारितामा कलंक ल्याउने यी प्रकृति नामधारी जस्ता पत्रुकारहरु हुन्| यिनको पनि जमात रहेको बुझियो| अरुलाई गोरखापत्रमा हेर भन्न साटो आफै आँखा च्यातेर नेपालमा र शिक्षा मन्त्रालयमा के भैरहेको छ हेरे हुन्छ| गोरखापत्र, कृषि सामग्री, खाद्य, बीमा र वायुसेवा निगम जस्ता संस्थानलाई जरैदेखि ओभरहल गर्नपर्छ, नत्र प्रकृति नामधारी जस्ता र उनका जमातले प्रश्रय पाइरह्नेछन्|
“भूस सिन्हा” र “हाकीम-साँप गौतम” द्वारा जारी गरिएको संयुक्त प्रेस-बिज्ञप्ति :
केहि दिन यता संचार माध्यममा लोकसेवा आयोगको नतिजा सम्बधि समाचार प्रति हाम्रो ध्यान आकृष्ट भएको छ / समाचार अनुसार आफ्नै छोरी अनि श्रीमतीको उत्तर-पुस्तिका “हामीले नै चेक गरेको” भन्ने समाचार अरुको चरित्र हत्या गर्ने मनसायले नियोजित रुपमा गरिएको षडयन्त्र हो र त्यो समाचार “सरासर गलत तथा भ्रामक” हो भन्ने जानकारी समस्त न्यायप्रेमी सचेत नागरिकहरुलाई गराउनु चाहान्छौ / यहाहरुको जानकारीको लागि हामी दुवै भाई उक्त मितिमा “सुत्केरी” भै अस्पतालमा भर्ना भएको प्रमाण-बिल-बिजक हाल पनि हामी संगै सुरक्षित रहेको जानकारी गराउनु चाहन्छौ / सुत्केरी भै अस्पतालको सैय्यामा रहेको अवस्थामा उत्तर पुस्तिका हामीले चेक गरेको भनेर आरोप लगाउनु नितान्त हास्यास्पद अनि गैरजिम्मेवार भएको हामीले महसुस गरेको छौ /
उपरोक्त सम्बन्धमा यहाहरुको जानकारीको लागि हामी थप प्रस्ट पर्न चाहन्छौ कि हामी सुत्केरी भै अस्पताल सैय्यामा सुतिरहदा हाम्री कर्तव्यनिष्ठ श्रीमती अनि आज्ञाकारी छोरीले पति तथा पितालाई सहयोग स्वरूप उत्तर पुस्तिका चेक गर्न सघाएको थिए त्येस्मा नै कैफियत पर्यो कि भन्ने हाम्रो ठमम्याई छ /
भूस & साँप कम्पनि प्रा.लि.
काठमाडौँ, नया नेपाल
(भूस: भूतपूर्व सचिब)
तेन्जिंग गाबा ‘हिमाली’
इमान इज्जत नै पैसामा बिक्न थाले पछी हामीले खै के भन्नु र ? यस्तै छ यहाको चलन…पेशागत मर्यादा पनि निर्वाह गर्न सकिन्न भने पत्रकार हु भन्नु नै बेकार छ,
यो पटक पत्ता त लाग्यो. यो भन्दा पहइके पैसा लेर कत्ति कापी चेकक गरे छन् बिन Garda राम्रो होला.
“जुन जोगी आएनी कानै चिरेका |” कोहि अशल रहेन अब | सबैको दिमागमा “लोक सेवा” नभई “आफु सेवा” भएपछी कसको के लाग्छ | यसरि जसले पदको दुरुपयोग गर्छ तेसलाई पुन: सरकारी पद ग्रहण गर्न आजीवन बहिस्कार गर्नु पर्ने हो |
रबि जीलाई धेर धेरै धन्यवाद पीतपत्रकारका कर्तुत बाहिर ल्याइदिनु भएकोमा | साँच्चै भन्ने हो भने नेपालमा अहिले पीतपत्रकारुको आतंक फैलिएको छ | पीतपत्रकारहरु आफुलाई मंगल ग्रहबाट आएको बिशिस्ट प्राणी ठान्दछन | पत्रकारितालाई दुई नम्बरी कमाइको भाँडो बनाएका छन् | आफुलाई जसरी फाइदा हुन्छ, त्यसै गरी समाचारलाई लुकाउने, अतिरन्जित गर्ने, कपोलकल्पित कुरा थप्ने, तोडमोड पार्ने, आदि गर्ने गरेका कैयौं उदाहरनहरु हामीले देखेका छौं | जे गरे पनि केही कारबाही नहुँदा नै यी पत्रकार नामका दानबहरु छाडा भएका हुन् | रक्सी, बियर र एक प्लेट खानामा बिक्ने र बार्ग्गेनिंग गर्दै पैसा खाने पीतपत्रकारहरु कति छन् कति | धेरै जसो पत्रकारहरु शब्द हरु राम्रोसंग ऊच्चारण गर्न नसक्ने, लेख्न नजान्ने, धेरै पटक ब्याक दिएर बल्लबल्ल थर्ड डिविजनमा पास भएकाहरु छन् | अनि त्यस्ताले यस्तो नगरे कस्ताले गर्छन त ? माथिका कमेन्टहरुबाट एउटा कुरा के छर्लंग हुन्छ भने धेरै मानिसहरु पीतपत्राकरहरुको कर्तुतबाट दिक्क रहेछन | गतिला पत्रकारहरुले जस्तोसुकै कुरामा पनि के गर्ने पेशागत संरक्षण भन्दै पीतपत्राकरहरुलाई काखी च्याप्ने काम गर्नु राम्रो भएन |
समाजको ऐना भनिने पत्रकारको त एस्तो चाला छ भने , जनताले सुसुचित हुने अधिकारको कसरि प्रत्याभूति हुन सक्छ … जय होश पित पत्रुकरिता …
देशनै कुनै दिन दलालहरुले बेच्ने छन् यी पत्रुकार बिकाउ हुनु आम नेपालीलाई कुनै नौलो कुरा होइन …
रवि गौतम जी, तपैले पनि ति “डन” र ‘नम्बरी’ शिक्षा पत्रकार भनिनीहरुको नाम दिनु भएको भए हामी पाठक तिनलाई चिन्ने थियौ … तपाई पनि ति “डन” पत्रुकार संग डराउनु भो कि कसो ??
‘सम्बन्ध झाँगिए’पछि Conflict of interest त हुने नै भो । हाम्रा पत्रकारहरू आफ्ना ‘साहुजी’ले महिनौं तलब नदिएको गुनासो गर्छ । दिऊन् पनि किन ! साहुजीहरूलाई आफ्ना कामदारको ठालुहरूसँगका यस्ता ‘सम्बन्ध’हरूका बारेमा राम्ररी थाहा भएको हुनुपर्छ । यस्तै दुइचार लम्बरी टपरटुइँया पत्रकारहरूका कारण अन्य पत्रकारहरू मर्कामा परिरहेको छन् ।
ति पत्रकारहरु पोइसा को धन्दा मा लागेका छन् , इजोंनको माध्यमम बाट पोइसा खान्छन
माफ गर्नु होला पत्रकार बन्धुहरु !!!!
यदि कसैले मलाइ करकाप गरेर नेपालाँ सबै भन्दा “खत्तम” को होला ??? भनेर सोध्यो भने र उत्तर नदिई नहुने अवस्था आयो भने
# १ नम्बरमा “नेता”
# २ नम्बरमा “पत्रकार”
भन्छु /
तेन्जिंग गाबा ‘हिमाली’
न. ३ मा तपाई र मा यानिकी नेपाली जनता कि कसो???
प्रभु सहि भन्नु भो
कडा प्रतीशपर्धा छ अन्य स्थानको लागि पनि
तर धन्दा नमान्नुस हामी पनि Top-10 भित्रै छौ
तथ्यको जरोसम्म गएर खोज मुलक समाचार पस्कनु भएकोमा धन्यवाद छ रबि जी लाई