Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीन प्रश्नको जवाफ दिन एनसेल मालिकलाई चुनौति

Posted on October 13, 2012October 13, 2012 by Salokya

स्विडेनको Veckans Affärer ले नेपालको नम्बर एक मोबाइल अपरेटर एनसेलका मालिक टेलियासोनेराले गरेका गलत कामको पर्दाफास गरेपछि स्विडेन र फिनल्यान्डका मिडियामा यसको खुबै चर्चा चलेको छ। पत्रपत्रिका, वेबसाइट र टेलिभिजनमा समेत नेपाल समाचार बनिरहेको छ। दुई दिन बितिसक्दा पनि नेपाली मिडिया भने थाहै नपाए जस्तो गरी बसिरहेको छ। नेपाली मिडियालाई चासो नभएको विषयमा आखिर किन त्यसरी विदेशी मिडिया लागेको होला ? स्विडेनको त्यो पत्रकार किन नेपालसम्म आएर अनुसन्धान गरेको होला ? जिज्ञासा जाग्नु स्वभाविक हो। अलिकति पृष्ठभूमि बुझौँ- टेलिया स्विडेनको र सोनेरा फिनल्यान्डको टेलिकम कम्पनी हो। यी दुई मर्ज भएर टेलियासोनेरा बनेको हो। टेलियासोनेरामा स्विडेन सरकारको ३७.३ प्रतिशत शेयर र फिनल्यान्ड सरकारको ११.७ प्रतिशत अर्थात् दुई सरकारको कूल ४९ प्रतिशत शेयर छ। बाँकी ५१ प्रतिशत शेयर विभिन्न देशका कम्पनी, संस्था र व्यक्तिको छ। सरकारको समेत लगानी भएको कम्पनी भएकोले त्यहाँका मिडियाको चासो यसमा बढेको हो। अमेरिकी कम्पनी संसारको जुनसुकै कुना (विदेश) मा गएर व्यापार गरेपनि त्यस्तो गैरकानुनी काम गरेको फेला पारेमा स्वदेशमा कारवाही हुने नियम रहेछ। त्यस्तो समाचार आएपछि त्यहाँ कम्पनीलाई निकै नराम्रो असर पर्दछ र छानबिनको दायरामा पर्छ। टेलियासोनेरा त स्विडेन र फिनल्यान्डको त सरकारी लगानी कै कम्पनी भएकोले त्यहाँ यसले हङ्गामा मच्चाएको हो, नेपाललाई माया गरेर उनीहरुले यहाँको भ्रष्टाचारको समाचार बनाएका हैनन्, यसमा प्रष्ट होऔँ। फेरि पनि स्पष्ट होऔँ कि एनसेलमा टेलियासोनेराको ८० प्रतिशत सेयर छ।

Veckans Affärer का पत्रकारले नेपालसम्म आएर एनसेल बारे अनुसन्धान गरेर खोजमूलक रिपोर्ट छापे। त्यसपछि टेलियासोनेराले एउटा विज्ञप्ति जारी गर्दै त्यसमा तथ्यगत त्रुटी रहेको औँल्यायो। विज्ञप्तिमा टेलियासोनेराले आफूले नेपालको शेयर तत्कालीन राजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहसँग किनेको नभई कजाखस्तानको अन्तर्राष्ट्रिय लगानी कम्पनी भिसोर ग्रुपसँग किनेकोमा जोड दिएको छ।

खण्डन विज्ञप्तिलाई एनसेलले पनि आफ्नो वेबसाइटमा शुक्रबार बिहान ११ बजेर २८ मिनेटमा राखिसकेको थियो। साथमा टेलिकम बिट भएका पत्रकारहरुलाई पनि इमेलबाट पठाइसकेको थियो। तर एनसेलको सिइओको ब्लग छाप्ने पत्रिकासहित प्रमुख कुनै पनि ठूला दैनिकहरुले यसबारे केही लेखेका छैनन्।

यो खण्डन विज्ञप्ति आएपछि Veckans Affärer ले पनि अर्को फलोअप छाप्दै तीन महत्त्वपूर्ण प्रश्नको जवाफ दिन चुनौति दिएको छ।

स्विडिश भाषामा छापिएको रिपोर्ट भएकोले गुगल ट्रान्सलेटको आधारमा कनिकुथी यसको नेपालीमा भावअनुवाद गर्ने प्रयास गरेको छु। स्विडिश बुझ्नेले मौलिक लेख यहाँ पढेर यसमा सुधार गर्ने काम गरिदिनुहोला। पत्रिकाले उठाएका तीन प्रश्न यस्ता छन्-

एक- एनसेल अफेयरबाट वास्तविक फाइदा कसलाई भयो ?

टेलियासोनेराले एनसेलको मालिक भिसोर ग्रुप भएको दावी गरेको छ। तर फाइदा कसलाई भएको हो त ? राजबहादुर सिंहलाई। फाइदा पाउने उनी भएको शंका मात्र पनि टेलियासोनेरा नेपालमा भ्रष्टाचारमा दोषी हुनसक्ने विषयमा अनुसन्धान थाल्ने कारण बन्न सक्छ।
हाम्रो अनुसन्धानले देखाएको छ कि उनीहरुले आफ्नो उज्बेकिस्तानमा रहेको व्यापार बढाउन एनसेल, राजबहादुर सिंह र राज ग्रुपलाई समावेश गर्नुपर्ने प्रतिवेदन बनाएका थिए।

यसबाहेक एनसेलको शेयर लिने अरु कम्पनीहरुको बारेमा पनि प्रश्नहरु उठ्छन्। टेलियासोनेराले भिसोर ग्रुपसँग डिल गर्नु केही अघिसम्म स्वामित्वको सूचिमा ती कम्पनीहरु थिए, तर पछि रहस्यमय ढंगले गायब भए। साइप्रसको दाल्टोट्रेड लिमिटेड पछाडि को थियो ? स्पाइस नेपाल/एनसेलको शेयर किनेसँगै टेलियासोनेराले व्यापार गरेको ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता भएको झोदर इन्भेस्टमेन्टका मालिकहरु को हुन् ? ती कम्पनीका पछाडि वास्तवमा को छन् र क्यारेबियनको झोदर इन्भेस्टमेन्ट र साइप्रसको दाल्टोट्रेडसित किन कारोबार गर्‍यो भन्ने जवाफ दिन टेलियासोनेराले चाहेको छैन।

दोस्रो- राजबहादुर सिंहले स्पाइस नेपालको ८० प्रतिशत शेयर कसरी पाए ?

हाम्रो अनुसन्धानले देखाएको छ कि राजबहादुर सिंहको राज ग्रुपले पुराना दुई लगानीकर्ताबाट स्पाइस नेपाल (अहिलेको एनसेलको लाइसेन्स पाएको कम्पनी) सिज गरेका थिए र त्यसपछि स्विडिस-फिनिश टेलिकम जायन्टलाई बेचेका थिए। यो तथ्यलाई टेलियासोनेराले पनि इन्कार गरेको छैन।
यो जानाजानी गरिएको कानुनी र आर्थिक जटिल कारोबार थियो। स्पाइस नेपाल- अहिलेको एनसेलको स्वामित्व फ्रड तरिकाबाट नियन्त्रणमा लिएको मालिकबाट टेलियासोनेराले हात पारेको हो, उसले यो तथ्यलाई पूर्ण रुपमा उपेक्षा गरेको छ। यही तथ्यमात्रै पनि उसले गरेको अपराधबारे छानबिन थाल्ने पर्याप्त कारण हुनसक्छ।

तेस्रो- टेलियासोनेराबारे नेपालमा छानबिन हुँदैछ ? भ्रष्टाचार र घुसखोरीको अभियोग लागेको छ ?

टेलियासोनेराका सिइओ लार्स नाइबर्गले उज्बेकिस्तानकै कुरामा जस्तै तर्क गर्दै भनेका छन् कि नेपालमा भइरहेका छानबिन बारे आफूलाई केही जानकारी छैन।
वास्तवमा नेपालमा भइरहेका कानुनी प्रक्रिया एनसेलको दैनिक कामको भाग हो। टेलियासोनेरालाई यसबारे जानकारी छैन भन्नु निकै अचम्मको कुरा हो। थाहा नभएको भन्दै उसले कुरा लुकाउन खोजेको छ।

यो पनि पढ्नुस्
एनसेलले झेल गरी भन्सार छलेको प्रमाणित,५५ लाख जरिवाना
स्विडेनको पत्रिकामा एनसेल भ्रष्टाचारको पर्दाफास

13 thoughts on “तीन प्रश्नको जवाफ दिन एनसेल मालिकलाई चुनौति”

  1. Pingback: छरपस्ट भो एनसेलको अनियमितता
  2. Madan says:
    October 17, 2012 at 1:21 pm

    कसरि आफ्नो कमाई आउने को बिरोदमा छाप्लन त

    Reply
  3. SB Tamang says:
    October 15, 2012 at 4:16 pm

    नेपाल सरकारले टेलिफोन , टिभी , पत्रिका , कानुन, हाउजिंग, ब्यापारिक ठुला मल, शिक्छा , कृषिमा बिदेसी ब्यापारिक लगानी बन्देज गर्नु पर्छ .

    Reply
  4. gs pokhrel says:
    October 14, 2012 at 4:31 pm

    नेपाली पत्रिकाहरु विज्ञापनको आशामा Ncell जस्तोसुकै कु कृत्य गरेपनि लेख्दैनन . राजस्व छलेको छ, भन्सार छलेको छ, कर छलेको छ, आम्दानि सबै विदेश लैजान्छ / नेपालीलाई रोजगार छैन / नेपाल र नेपालीलाई ठगेको छ / नेतालाई किनेको छ / अख्तियारलाई किनेको छ / यसको जाली ठुलो छ / दुख त हाम्रो पैसा सबै विदेश गएको छ / कसले हेर्ने ? सबै बिकेको अवस्थामा !!!!!!!!!!!!!!!!!!!!!!

    Reply
  5. Shiva says:
    October 14, 2012 at 4:21 pm

    पत्रकार लाई बाओ डाटा हाल्न लगाएर विदेश घुमौंन लाने संस्था हो एंनसेल . तेसैले हाम्रा पत्रकार हरु दुइ तिर जागिर खान्छन एउटा एन्सेल र अर्को पत्रिका . पत्रकार का नाम मा कलङ्क हरु सबै भन्दा बडी ठुला पत्रिका का हरुले नै खान्छन

    Reply
  6. Susma says:
    October 14, 2012 at 12:17 pm

    नेपाली मिडियाको लागि यो समाचार प्राथमिकतामा पर्दैन किनकि उनीहरुले Ncell बाट पाउने लाखौ रुपैयाको बिज्ञापन को जो सबाल छ । याद राखौ कि Ncell चौधरी समूह पछी नेपाल मा बढी बिज्ञापन दिने कम्पनी हो ।

    Reply
  7. Sisir says:
    October 14, 2012 at 11:10 am

    यो त खतरा खेल जस्तो छ … खेतान ग्रुप एसको पहिलो लगानी कर्ता हुनाले उसले राजबहादुर सिंहको नाममा कसरि यो कम्पनी गयो भनेर भन्न सक्छ … ज्ञानेले आफ्नो ज्वाईं राजबहादुर सिंहलाई नक्कली लगानी कर्ताको रुपमा खडा गरि तेती बेलाको आफ्नो प्रतक्ष्य साशनमा पक्कै यो कम्पनि जबर्जस्ति हत्त्ययेका हुन्… किनकि राजबहादुर सिंहको तेती बेला सम्म नेपालमा कुनै ब्यापारिक हैसियत थिएन नत उनिसंग टेलिकम चलाउन चाहिने कुनै अनुभब थियो, जुन टेलिकम लाइसेन्स होल्डर हुन अनिबार्य सर्त हो, न उनि बिसौ अरब लगानी गर्न सक्ने हैसियेतका मान्छे हुन्… यो सब शक्तिको दुरुपयोग हो, बिचारमा खेतान … लहरो तान्दा पहरो भने जस्तै टेलियासोनेरा, उपेन्द्र महतो, अजय सुमार्गी, राजबहादुर सिंह हुदै ज्ञाने सम्म आउछ यो केशमा … नटवरलाल डाकाहरु… तर कसले छानबिन गर्ने … अजय सुमार्गी छानबिनको घेरामा आउने बितिक्कै नेपालका नब राजाहरु पनि तानिन्छन …
    अनि थुक्क नेपाली मुल्धारे पत्रिकाहरु, आफुलाई नेपालको एक नम्बर दुइ नम्बर पत्रिका भन्नेहरु हो, एस्ता पतित कम्पनीहरुको पैसामा नराम्रो संग दुबेउ तिमीहरु , भ्याट छलीको केसमा पनि तिमिहरु चौधरी ग्रुपको बारेका चु सम्म पनि लेख्न सकेका थिएनौ ..

    Reply
  8. Sagar Nepali says:
    October 14, 2012 at 11:05 am

    I HATE corrupt Ncell.

    Reply
  9. Aayush says:
    October 14, 2012 at 10:08 am

    नेपाली मेडिया लाइ Ncell को बिज्ञापन बजाउदै र छाप्दै मा फुर्सद छैन, फेरी साथी हरु को दशैं पनि आउदै छ ……………………कुरो बिग्रेला, अहिले को जल्दो बल्दो कम्पनि लाई जति खुशी पर्यो उति फाइदा

    Reply
  10. Rabin Lama says:
    October 13, 2012 at 11:02 pm

    पैसा त्यसै कमाको छ त उपेन्द्र महतोले भन्या । त्यसै प्रचण्ड प्रधानमन्त्री हुँदा प्रधानमन्त्री राहत कोषमा एक करोड झ्याम्मै हाल्छ? पर्दापछाडीका खेलाडीहरू अब बाहिर रंगमंचमा देखिएलान जस्तो छ है गाँठे । कुरो गहिरो रछ । अहिलेलार्इ यति बुझिराखम सर ।

    Reply
  11. xyz says:
    October 13, 2012 at 4:31 pm

    Sounds like even the organizers of Literary Festival of Nepal could be dragged into this corruption scandal. I came to know that the sister of Mr. Upendra Mahato has a big business in Cyprus. I want to know is she connected to this Daltrotrade?

    Reply
  12. बिर्खे says:
    October 13, 2012 at 3:32 pm

    भनेसी टेलेसियारालियोन को सबै लगानी डु्ब्नेवाल छ । कतै ज्ञानेन्द्रका पालामा राजबहादुर र उपेन्द्र महतोको एनसेलमा लगानी बारे त्यतिबेलाका पत्रपत्रिकामा आएका समाचारहरु सँग यसको मेल त छैन ? कुरो गहिरो छ ।

    Reply
  13. BK says:
    October 13, 2012 at 2:50 pm

    मुखैमा आएको दशै उल्लासमय बनाउनु छ नेपाल का ठुला भनाउदा पत्रिकाका पत्रकारहरुलाई, हातमा बोकेको मोबाइल थोत्रो पानि भइसक्यो होला त्यही थोत्रो मोबाइल पनि भर्खर ‌+२ पास भएको छोरोले मागेर हैरान पारेको छ अनि यस्तो अबश्थामा एनसेल को बिरुद्दमा लेख्ने आँट कुन पत्रकारले गर्छन्? धिक्कार छ पत्रकार हरु !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme