Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन अझै आएन बुद्ध जन्मथलो लुम्बिनी लेखिएको नोट?

Posted on October 11, 2012October 11, 2012 by Salokya

गएको चैतमा एउटा समाचार नेपाली मिडियामा छाएको थियो- सय रुपियाँको नोटमा परिवर्तन गरिँदैछ। अहिले रहेको न्यातपोलको मन्दिरलाई हटाई लुम्बिनी र अशोक स्तम्भ र त्यसको तल अंग्रेजीमा ‘Lumbini: The Birthplace of Lord Buddha’ लेखिनेछ। नोटको नम्बर नजिकैको तारादेवीको मूर्तिको चित्र पनि हटाएर सिद्धार्थ गौतमकी आमा मायादेवीको मूर्तिको चित्र रहनेछ। त्यतिबेला भनिएको थियो-६ महिनापछि बजारमा यस्तो नोट आउनेछ। चैत २३ गतेको मन्त्रिपरिषद्को बैठकले सय रुपियाँको नोटको डिजाइन परिवर्तन गर्ने यस्तो निर्णय गरेको थियो। भनेपछि चैत-वैशाख-जेठ,असार-साउन-भदौ र अहिले असोज सात महिना पूरा भइसक्यो, खै त आएको नयाँ नोट? अहिलेसम्म बजारमा नाकमुखै देख्‍न पाइएको छैन त।

फेरि अहिले गाइँगुइँ त मन्त्रिपरिषद्‌को बैठकले सय रुपियाँको नोटको डिजाइन परिवर्तन गर्ने प्रस्ताव अस्वीकारै गर्‍यो रे भन्ने पनि सुनिएको छ। पहिले नै भइसकेको निर्णय त फेरि कसरी खारेज हुन्थ्यो होला र। तर पनि नोट बजारमा आइसक्नुपर्नेमा अझै नआउनुमा के कारण होला हँ?

सयको नयाँ डिजाइनको नोट बजारमा नआए पनि १० भन्दा माथि र १००० भन्दा कमका अर्थात् २०, ५० र ५०० को नोटका डिजाइन परिवर्तन गर्ने प्रस्ताव भर्खरैको मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ।

असोज ११ गतेको बैठकले पारित गरेको डिजाइन अनुसार अब २०,५० र ५०० का नोटमा नेपालको नक्सा हुनेछ। नयाँ डिजाइनमा के-के हुनेछ त ?

-नेपाल राष्ट्र बैँकको लोगो नजिकै ब्याकग्राउन्डमा नेपालको नक्सा देखिनेछ
-नोटको तल्लो भागमा छापिएको साल हुनेछ
-नोटको पछाडि फलानो दरको रुपियाँ लेखिएको ठाउँमा इंग्लिसमा नेपाल राष्ट्र बैँक लेखिन्छ

यी नोटहरुमा चाहिँ यसअघि १०० को नोटमा जस्तो लुम्बिनी र बुद्ध किन राखिएन ? डिजाइनमा यस्तो प्रयास किन गरिएन अचम्म छ। यस्तो नोट कहिलेसम्म आउला त ?

त्यही ६ महिना हो रे। बुद्ध र लुम्बिनी लेख्‍नु नपर्ने भएर ती नोट चाहिँ छिट्टै आउने हुन् कि ? आशा गरौँ।

तर फेरि पनि प्रश्न उही हो- अहिलेसम्म किन आएन बुद्ध जन्मथलो लुम्बिनी लेखिएको सय रुपियाँको त्यो नोट ?

सम्बन्धित सामाग्री
नेपाल सरकारका निर्णयहरु-

२०६९ साल असोज ११ गते बिहिबारका दिन बसेको मन्त्रिपरिषद्को बैठकबाट देहायका मन्त्रालयबाट प्राप्त प्रस्तावका सम्बन्धमा गरेका निर्णयको मुख्य व्यहोरा निम्नबमोजिम छन :
४) अर्थ मन्त्रालय- रूपैयाँ ५००, रुपैयाँ ५० र रुपैयाँ २० दरहरुको नोटको डिजाइनमा परिमार्जन गर्ने स्वीकृति तथा रु. १००० दरको चाँदीको र रु. ५० दरका क्यूप्रोनिकेल धातुको स्मारिका सिक्का टकमरी गर्ने।

नेपाल सरकारका निर्णयहरु-
२०६८ साल चैत २३ गते बिहिबारका दिन बसेको मन्त्रिपरिषद्को बैठकबाट देहायका मन्त्रालयबाट प्राप्त प्रस्तावका सम्बन्धमा गरेका निर्णयको मुख्य व्यहोरा देहायबमोजिम छ-
७) अर्थ मन्त्रालय-रु. १०० दरको नोटको डिजाइनमा परिमार्जन गर्ने ।

देख्नुभयो त, चैत २३ गतेको निर्णयमा रु १०० दरको नोटको डिजाइन परिमार्जन गर्ने मात्र उल्लेख छ। परिमार्जन त गर्ने तर कस्तो गर्ने के गर्ने केही लेखिएको छैन। त्यतिबेला भने मन्त्रीहरु आफैले यस्तो यस्तो गरी लुम्बिनी लेखिन लागेको हो भनेका थिए। बीचमा खै कुन्नि कसको दबाब आएछ, मन्त्रिपरिषद्को पछिल्लो बैठकमा त ५ सय, ५० र २० को डिजाइनमात्रै परिमार्जनको स्वीकृति दियो। राष्ट्र बैँक स्रोतका अनुसार १०० को नोटको पनि डिजाइन परिमार्जन गर्ने भनी सँगै पठाएको प्रस्ताव सरकारले अस्वीकृत गरेको छ।

46 thoughts on “किन अझै आएन बुद्ध जन्मथलो लुम्बिनी लेखिएको नोट?”

  1. Alikhit says:
    October 12, 2012 at 5:36 pm

    कुन दिन फ्यात्त धोतिले आफ्नो सय रुपैये को नोटमा बुद्ध को फोटो हालेर छाप्छ अनि हिस्स हुनु पर्ला

    Reply
  2. Desh Bandhu Sharma says:
    October 11, 2012 at 9:39 pm

    अंग्रेजीमा लुम्बिनी मात्र लेखेर पुग्दैन. नेपाल भन्ने शब्द पनि लेखिनु पर्छ. हालसम्मका कुनै पनि नेपाली नोटमा Nepal शब्द अंग्रेजीमा छैन . नपत्याए नोट हरु हेर्नु होला. राष्ट्र ब्यांकको यसमा ध्यान कहिले पुग्ने होला ??????

    Reply
  3. Subodh says:
    October 11, 2012 at 8:26 pm

    अरु कस्ले दिन्थ्यो होला र दबाब……उही हाम्रो , सबैले चिनेको तल्लाघरे ठुल्दाई ले होला !!!

    Reply
  4. prabin Shrestha says:
    October 11, 2012 at 5:43 pm

    भारत ले बाबुराम लाई खबरदार गरे जस्तो छ.

    Reply
  5. Prem says:
    October 11, 2012 at 5:06 pm

    नेपाल भगवान जन्मेको देश हो यो कुरो संसार भरि फैलाउन कुनै न कुनै महत्वपुर्ण काम गर्नु पर्छ, विश्वका सामु नेपालले गर्ब गर्ने मुख्य कुरा भनेको सर्बोच्च सिखर सगरमाथा र भगवान गौतम बुद्ध जन्मस्थल नेपाल हो भन्ने हो, नेपालमा प्रचलित नोट हरुमा यी दुइ कुराको ब्यबस्थापन गर्न सकेमा नेपालको भलो हुनेछ, यो कुराले नेपालीलाई साच्चीनै गौरबांबित तुल्याउनेछ l हाम्रो देशका नेताले यो कुरा बुझेकै होलान… कोहि मर्द छोरो नेपाल आमाको छ भने पक्कै केहि हुन्छ l

    धन्यवाद!

    प्रेम पाण्डे
    चीन- बेइजिंग

    Reply
    1. Anil says:
      October 12, 2012 at 4:26 pm

      म South Africa मा छु . म नेपाल बाट आएको भन्दा कुन नेपाल कहाँ छ भनेर सोद्चन. म भन्छु त्यो देश जहाँ बुद्ध को जन्म र विश्व को अग्लो चुचुरो एवेरेस्ट छ भनि.

      तर सबै ले नै येही भने कि बुद्ध को जन्म इंडिया मा र एवेरेस्ट चीन मा छ !

      थुक्क हाम्रो नेता हरु मैले आफ्नो देश को पहिचान गरून पनि मुस्किल पर्यो !

      कम से कम भारत मुखी न भएर देश को बारेमा केहि सोचा

      Reply
  6. mani says:
    October 11, 2012 at 4:46 pm

    इंडियाको डरले होला नि फेरी भात मारा हरुको जागिरै जाला

    Reply
  7. Sheela says:
    October 11, 2012 at 3:58 pm

    बाबुराम-प्रचण्ड जस्ता कांग्रेस-एमाले भन्दा पनि भारत-भक्त सरकारले इंडियालाइ बेखुसी बनाउने यस्तो नोट निकाल्लान र!!! बिस्वासै छैन…/ तर माईसंसारले रास्त्रियाताको यस्तो अहम मुद्दा उठान गरेकोमा फेरी साधुबाद !!

    उनीहरुलाई नेपालका एरपोर्टहरु, कर्णाली जस्ता नदीनाला र हिमाली क्षेत्रका बहुमूल्य खानीहरु इंडियालाइ बुझाउदैमा फुर्सत छैन, कोशीमा उच्चा बाध बाधी नेपाल डुबान र बिहार सिंचाई गर्दैमा भ्याई-नभ्याई छ/ रास्त्रघातमा त यिनले कांग्रेस-एमाले लाइ पनि दशौँ कोष पछाडी पर्ने छाँट छ/

    उता इंडिया चाही बुद्ध उसकै देशमा जन्मेको हो भनेर बकबास पिटिराखेको बेलामा नेपालमा जन्मेको हो भनेर भन्दा त इंडियालाइ नोक्सान हुदैन र , यस्तो घाटाको ब्यापार कसले गरोस!!

    Reply
  8. prakash says:
    October 11, 2012 at 2:18 pm

    चोरहरु लाई कमिसन न आएर होला नि ! कमिसन आएको भय त १ दिन मै निशकिनथ्यो होला नि !!!!!!!!!!!!!!!!!! प्रचण्ड मुर्दाबाद ,बाबुराम मुर्दाबाद !!!!! प्रचण्ड को दाओ त प्रकाशए को फोटो राख्ने होला नि !!!!!!!!!!!

    Reply
    1. bipin says:
      October 11, 2012 at 3:49 pm

      एसले
      १) लुम्बिनी भारत मा पर्दछ भन्ने इन्डियन को दावी लाइ खण्डन गर्दछ.
      २) संयुक्त रास्ट्र संघ को महासचिव लाइ लुम्बिनी को बारे मा बिश्व मा अबगत गराउने कार्य बिरुद्द तेस्लाई भाडने कनके, कुल्चंद्रे र सुशील सुबोधे लगाएत को भारतीय दलाल हरु को स्वार्थ मा असर पर्दछ
      तेसैले यो नोट आउने छैन.

      Reply
  9. amit jha says:
    October 11, 2012 at 2:05 pm

    मैले बुझ्न न सकेको कुरो इंडिया लाई धोति किन भनिन्छ ?? धोति त नेपाल मा नि लागौछ नेपाली हरु ले….के उनि हरु इन्डियन हो त्येसो भये …त्येसले इंडिया लाई गाली गर्दा धोति सब्द प्रयोग न गरे राम्रो….अरु गरे मलाई आपति छैन !!

    जय नेपाल
    अमित झा , काठमाडौँ

    Reply
    1. yam pun says:
      October 11, 2012 at 4:10 pm

      चलन चल्तीको भाषा हो, झा जी! इन्डियन हरुलाई धोति भन्दा आपत्ति मान्नु पर्दैन! बरु तपाइले पनि धोति लाउन छोडेर सर्ट पेन्ट अनि टाई लगाएर हिड्नुस न! तपाइको हुलिया नै चेन्ज हुन्छ भन्या!

      Reply
      1. amit jha says:
        October 12, 2012 at 7:19 am

        यम जी ,
        म चिकित्सक शास्त्र अध्यन गर्ने मान्छे हो…मलाई थाह छ , कति बेला के लुगा लगाउनु पर्छ , तपाई ले बुझाउनु पर्दैन सर …तपाई को कमेन्ट पढेर तपाई को सोच मा घटिया पन महसूस भयो मलाई …
        ” man makes clothes , clothes don’t make man ” भनेर तपाई लाई था छैन !!

        जय नेपाल
        जय पशुपति

        Reply
        1. yam pun says:
          October 16, 2012 at 5:24 pm

          अमित जी!
          मान्छेलाई शास्त्रले भन्दा पनि सोचले फरक बनाउछ! तपाइले इन्डियन हरुलाई “धोति” भनेकोमा मन दुखाउनु भएकोछ अनि आपत्ति जनाउनु भएकोछ!कुनै पनि नेपालीले इन्डियन नामधारी सर्पलाई देखे पछी लौरोले हिर्काउदा तपाइको मन किन दुख्छ त ??? अब भन्नुस, तपाइको सोचको उचाई कति होला त???

          Reply
    2. गगने says:
      October 11, 2012 at 7:52 pm

      मेरो बिचारमा यो यस्तो हो!
      बास्तबमा धोति इन्दियन लाई भन्दैनन्, तराइ या भित्रि मधेसमा बस्ने हामि नेपालीलाई भन्दछ किनकि उनीहरुले सजिलोको लागि हरपल धोति लायर बस्ने गर्दछ तेसैले जनजिब्रोमा सजिलोसँग अरुलाई जनाउन उच्चारण गर्ने सजिलो शब्द हो धोति यसमा संकोच मान्नुपर्ने वा आत्माग्लानि हुनुपर्ने होचिनुपरने कुनै कारण छैन भन्छु मा! इन्दियानालाई धोति भन्दैनन् तर यो प्रयोगगर्दै जादा तल्लोफात तराइ मधेश भन्दा तल पर्ने सबैलाई भन्न प्रयोग हुदै जादा कालान्तरमा इन्डियन लाइ पनि धोति भन्न पुगेको हो!
      जस्तो कि, गोरा बिदेशी देखेपछी अम्रिकाने भने जस्तै, त्यो बेलायतको होस् या जर्मनी वा अस्ट्रेलियाको सब अम्रिकाने!

      Reply
      1. madan bajracharya says:
        October 11, 2012 at 10:49 pm

        गगनेज्यु
        कुनै पनि जनजातिको आफ्नै भाषा हुन्छ र आफुले प्रयोग गर्ने बस्तुहरुको नाम आफ्नै भाषामा राखियको हुन्छ/ हिन्दुस्तानिहरुले आफुले कमरमा बेर्न लगाउने कपदालाई उनीहरुको हिन्दि भाषामा धोति भन्छ/ तपाईंले भने जस्तै नेपालका कयौ जातिका ले पनि काम गर्दा यस्तै कमर मुनि बेरेर लगाईने लुगा लगाउन्छन् तर तिनीहरुको भाषामा तेस्तो लुगा र तेस्तो लुगा लगाउने नेपालीलाई धोति भन्दैनन्/

        भारतमा सबै नेपालीलाई पहाडिया भने जस्तै नेपालीले पनि भारतीयलाई धोति भनेको हो/ हो नेपालको तराईमा पछी भारतीय बिहारिहरुको बढी मात्रामा बसाई सरेर आयो र तिनीहरुलाई आम नेपालीले धोति भन्दा भन्दै तेस्तै लुगा लगाउने अरु नेपालीलाई पनि धोति भन्न पुग्यो यो मात्र नबुझेर बा नजानेर भयको गल्ति मात्रै हो/

        Reply
        1. amit jha says:
          October 12, 2012 at 7:23 am

          मदन जी र गगन जी

          मैले हिजो भक्कर ओटा आचार्य बाहुन लै धोति लागको देखे पशुपति तिर ,, मैले सोधे “तपाई ले धोति किन लगाउनु भाको ?”
          बाहुन बाजे ” धोति त सुद्द बाहुन को प्रतिक हो , यो त मरे पछि मात्र छोड्छु लगाउन ”

          के भन्नु हुन्छ तपाई ?

          Reply
          1. Neeraj says:
            October 12, 2012 at 11:25 am

            डाक्टर साब,

            तपाईंले भनेको एक हद सम्म ठिक हो, पहाडे बाहुनहरु पुजा पाठ धर्म कर्म गर्दा धोति नै लगाउँछन्। जहाँ सम्म भारतिय लाई धोति भन्ने चलन छ, पक्कै होला पहिले उनिहरुको पहिरनले गरेर नै धोति भन्न सुरु गरिएकोब होला, तर आज आएर त्यो शब्द पहिरनको लुगा संग मात्र सम्बन्धित छैन, यो एक देशबोधक शब्द भएको छ; केहि नकारात्मक कोणबाट भारतियहरुको वर्णन गर्न पर्‍यो भने यो शब्द प्रयोग हुन्छ। नेपाली लगायत संसारका कुनै पनि भाषामा खोज्ने हो भने यस्ता शब्दहरु प्रशस्त भेटिन्छन्, यस्ता शब्दका तात्विक अर्थ खोज्न मिल्दैन; उदाहरणको लागि पुलिस-प्रहरीलाई ढिंडे भन्ने चलन छ नेपालीमा – तर साँच्चै खोजि पस्ने हो भने पुलिसले खाने रासनमा ढिंडो हुँदैन, भात नै खान्छन् लगभग सबै पुलिसहरु- बरु ढिंडो त पहाडका सर्वसाधारण जनता नै धेरै खान्छन्। तर ढिंडे भन्दा मान्छेले पुलिस नै बुझ्छ अरु कोहि होइन। तपाईं एक मधेसी नेपाली हुनुहुन्छ, हामी पहाडे नेपाली भए झैं। देश भनेको आमा हो, नेपाल हाम्रो आमा हो, र भारत-चीन हाम्रा छिमेकी हुन। पहिलो दायित्व सदा सर्वदा आमा प्रति नै हुन्छ हर मान्छेको, त्यसपछि छिमेकी हो र भएसम्म र मिले सम्म छिमेकी संग पनि सुमधुर सम्बन्ध नै राख्नपर्छ। र अन्त्यमा, माथि धोति भन्ने शब्दको प्रयोग बुद्ध र लुम्बिनी सम्बन्धमा भारतले भ्रम छर्ने काम गरेको बिरोधमा हो; लुम्बिनी भारतमा पर्छ भन्ने भ्रामक प्रचारको बिरोधमा हो। यसमा नेपालका देशभक्त मधेसीले चित्त दुखाउन पर्ने कारण छैन; र कसैले नेपालका देशभक्त मधेसीलाई ‘धोति’ भनि होच्याउँछ वा भारतिय हो भनि आरोप लगाउँछ भने त्यसको हामी सबैले बिरोध नै गर्छौं।

            Reply
          2. madan bajracharya says:
            October 12, 2012 at 12:46 pm

            अमित ज्यु
            ठिकै सुन्नु भयो ठिकै भन्नु भयो/ कुनैको जातिले सुद्ध असुद्ध जनाउन्दैन मात्र त्यो कुन समुदायको हो भने जनाउँछ/

            Reply
          3. Shankar says:
            October 12, 2012 at 2:13 pm

            अमित ,मदन जी
            धोति सब जात ले लगाउछ ,कसैले पटुकी को रुप मा ,कसैले सुद्द काम गर्दा आदि |
            तर धोति भन्नाले व्यस्त सडक को छेउ मा लाजै न मानि मुत्ने ,पान खाएर जथाभाबी थुक्ने ,औला दिदा डुदुलो निल्ने ,पहिला गर्जने पछी तर्सने ,
            मौका परास्त ,येहेसान फरामोस समुह लाइ जनाउछ ,येस्मा अधिकांस बिहारी हरु पर्छ |

            जसरि गधा धोएर गाइ बन्दैन ,तेस्तै नागरिकता हुदैमा बिहारी नेपालि हुँदैन \
            आचरण नेपालि चाहिन्छ |

            Reply
          4. amit jha says:
            October 12, 2012 at 7:12 pm

            संकर जी

            सडक को छेउ मा लाजै न मानि मुत्ने ,पान खाएर जथाभाबी थुक्ने ,औला दिदा डुदुलो निल्ने ,पहिला गर्जने पछी तर्सने ,मौका परास्त लाई धोति भनिन्छ रे !!! कस्तो सोच हो यो…..के भन्नु के भन्नु …

            Reply
  10. madan bajracharya says:
    October 11, 2012 at 1:17 pm

    कालापानी र लुम्बिनी नेपालको भनेर लेखियको नोट प्रचलनमा ल्याउन देसमा लेग्दुपे नेताहरुको शासन खतम हुनु पर्छ; तव छापिन्छ तेस्तो नोट र गुन्जन्छ नेपालमा म नेपाली हौँ भन्नेको आवाज/

    मित्रहरुलाई याद होलानी मनमोहनको बिशेस दुत बनेर आयको त्यो शरण भन्नेले नेपालमा “मधेश बादीहरुको मागमा सबै दल सहमत् भयमा मात्र संबिधान र सरकार बन्न दिनु पर्छ भनेकै कारण प्रधान मन्त्रीको चुनाव सफल हुन् सकेन/ तेस्पछी जुन जुन मधेशबादी पार्टीले प्रचंद्र र झलनाथको नेत्रित्वोको सरकारको बिरोध गर्दै थियो ती दलहरुले बाबुरामको नेत्रित्वोको सरकारलाई समर्थन दियो/ अनि बाबुरामको नेत्रित्वोको सरकारले तिनै मधेश बादीहरुको माग पुरा नहुने भयकोले काँग्रेस यमाले सिट बहुजातीय संघियतामा जाने संबिधान बनाउने ७ बुंदे सम्झौता समेत तोडेर संबिधान सभालाईनै भंग गर्यो/ त् मनमोहन को बिशेस दुत बनेर नेपाल आयको त्यो “शरण” ले नेपालमा जस्तो सरकार बन्नु परेको छ तेस्को “नमुना” बनेको छ बाबुरामको सरकार/ त् यो सरकारले लुम्बिनी नेपालको हो भनेर नोट छापिनु संभव होला जस्तो देखिंदैन/

    Reply
  11. S. Pandey says:
    October 11, 2012 at 12:28 pm

    गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भनि प्रमाणित हुन नसकेको ले । भित्री स्रोतका अनुसार खै कुन राष्ट्रका नेताले हो हाम्रा प्ररधान मुन्तिरालाई फोन गरी सोधेको रे “बुद्ध नेपालमा जन्मेको कुनै ठोस प्रमाण छ ?” भन्दा नेपालका प्ररधान मुन्तिरासंग कुनै जवाफ भएन रे अनि तुरुन्त प्रमुख सचिवलाई बैठकेहरुको निर्णय सच्याउन भनेछन् । अनि कसरी छापिन्छ त नयाँ नोटमा बुद्ध नेपालमा जन्मेको भनेर ?

    Reply
    1. madan bajracharya says:
      October 12, 2012 at 12:11 am

      लुम्बिनी माथि भारतको दावीको खण्डन प्रमाणित तवरले पटक पटक भयको छ/ संयुक्त रास्ट्र संघ र भारतकै समेत सहभागितामा भयको उत्खननमा अशोका स्तम्भ लुम्बिनैमै पाईय पछी बिस्वले मात्रै होईन भारतले समेत बुद्ध नेपालको लुम्बिनी मै जन्मेको मानेको थियो/

      अस्ति भर्खरै पनि लुम्बिनीमा बिस्व बौद्ध धार्मिक स्थलको रुपमा ब्यबस्थित गर्न अरवौ लगानी गर्ने कुरा उठेको र तेस्मा संयुक्त रास्ट्र संघको समेत सहभागिता हुने कुरा उठे पछी भारतले औपचारिक रुपमै बुद्धले जन्म लुम्बिनिमै लियको भय पनि बुद्धले ज्ञान हासिल गरेको स्थान भारतमा भयको हुनाले तेस्तो लगानीको प्रतिफल भारतले समेत पाउनु पर्ने कुरा उठायाको थियो/ कोरियाको रास्ट्रपति आफै लागेर बुद्ध भारतमा जन्मेको कुरामा भ्रम फैलाउने पुस्तकहरु संसोधन गर्न लगायको थियो/तपाईं हरुले सुन्नु भयकै होला नेपालमा भारतले कमारा बनायको ओली आदि नेताहरुले लुम्बिनीलाई बिकाश गर्न खोजेकोमा कति बिरोध गरेको थियो भनेर/ ओलीको के कुरा गर्ने सुसिल ले त् बिरोध गर्यो/

      बुद्धको जन्म स्थल लुम्बिनी क्रिस्चियनहरुको जेरुसलम र मुस्लिमहरुको मक्का मदिना जस्तै बिकशित भयमा नेपालले आर्थिक रुपमा प्रगति गर्न सक्थ्यो र नेपाल आर्थिक रुपमा शसक्त भयमा नेपालको नदीहरुमा नेपालले नै लगानी गरेर बाँध तथा बिजुली घरहरु निर्माण गर्न सक्ने हुने भय बात नेपालको जलश्रोतमा गिद्धे दृस्टी लगाउंदै आयको भारतले लुम्बिनीमा बुद्ध जन्मेको कुरामा भ्रम फैलाउंदै आयको हो/

      भारतले नेपाल माथि यति पेल्न सकेको मात्र भारत सिट झुकेको बिकेको नेताहरुको कारणले होईन/ यस्ता नेताहरुलाई गल्हात्याउनु कुनै गाह्रो काम होईन आर्थिक रुपमा कम्जोर भयकै कारणले हो/ मात्र लुम्बिनी लाई बिस्व बौद्ध धार्मिक स्थाको रुपमा ब्यबस्थित फ्गर्ण सके पनि नेपालमा धार्मिक पर्यटन बात मात्रै पनि ठुलो आर्थिक लाभ लिन सक्थ्यो/ भारत नेपाललाई आर्थिक रुपमा कम्जोर बनायर आफ्नो पन्जामा पारि राख्न खोजेको यसै कारणले हो/

      Reply
  12. बिनोद तिमिल्सिना says:
    October 11, 2012 at 12:23 pm

    आफ्नो स्वार्थ र कुर्सीको लागि घरी घरी धोतिको फेर समाऊन जानेहरुको के विश्वास,त्यही धोतिको फेरले मेटाई सके की बुद्दको तस्बिर र बुद्द नेपालमा जन्मेको जानकारी!!

    Reply
  13. degu lama says:
    October 11, 2012 at 11:24 am

    उत्तर सजिलो छ the birth place of lord buddha भने पछी भारतले कहाँ स्वीकृति दिन्छ त मन्त्रि परिषद नै भारतवादी भए पछि त्यो नोट आउने कुरै भएन नि खोइ कुरा बुझेको ………

    Reply
  14. yam pun says:
    October 11, 2012 at 10:56 am

    अचम्म मान्नु पर्दैन! निर्णय गर्ने कुर्चीमा बस्नेहरु बुद्ध धर्म मान्ने पनि हुनु पर्यो नि! खाई न पाई का कुरामा हात हालेर बेकारमा दिल्लीका भैयाहरुको गालि खान कसलाई रहर होला र?
    बेला बेलामा भैयाहरुले गौतम बुद्ध इन्डियामा जन्मेको हो भनेर भन्नुमा हाम्रा “जनैधारी” नेता महोदयहरुको क्रिपा त होला नि!

    Reply
  15. rohit bikram says:
    October 11, 2012 at 10:48 am

    मनमोहन सिंह को फोटो छाप्न को लागि फोटो session हुदै chaa रे …delhi मा ….

    Reply
  16. ramesh says:
    October 11, 2012 at 10:37 am

    भगवान बुद्ध को अनुमति पर्खेर बसेको हुन सक्छ ;

    Reply
  17. pratik says:
    October 11, 2012 at 10:34 am

    बेलै भएको छैन नि, नया नोट त दशैंमा आउछ, लाइन बसेर साट्ने बेला दिन्छ होला राष्ट्र बैंक ले;;

    Reply
  18. Kamal says:
    October 11, 2012 at 10:27 am

    साला धोति को नोकर नेता हरु, धोति ले पालेको कुकुर हरु त हुन् ,,नेपाल के नोट पे भारत के सान ,,,के भनको थीयो कुकुर नेताहरु पुछर लुकायार बसेका छन्

    Reply
  19. raghubir says:
    October 11, 2012 at 10:22 am

    मन्त्रिपरिषद्‌मा आधा भन्दा बढी भारतिय/भारतिय दलाल प्रतिनिधीहरु छन्। लुम्बिनी र बुद्ध राख्ने निर्णय नै कसरी गरे भन्ने अचम्म लागेको थियो; अहिले नोट बजारमा नआउनु त स्वाभाविक नै हो।
    देश नै आफ्नो हातमा छैन, देशका गौरव कता गए कसलाई मतलब छ र। त्यो दिन टाढा छैन जुन दिन साह्रा नेपालीलाई मेरा भारत महान् भन्न बाध्य पारिनेछ। त्यो दिन देख्न मन छैन भने आजैबाट उठ्न ढिलो भैसक्यो।
    जय देश।

    Reply
    1. madan bajracharya says:
      October 12, 2012 at 10:17 pm

      रघुज्यु/
      यो बाबुराम भारतको अयोध्याको दशरथको पुत्र नै हो भनेमा केहि फरक पर्दैन होला/ हुनत उहिले र अहिले पनि मावोबादी भित्र बाबुराम अयोध्याबादी भयको कुरा उठ्दै आयकोछ नै/ हामीले धरै भारतको दलालीगर्ने नेताहरु प्रधान मन्त्रि बनेको देख्यौं तर सडकमा रहुन्जेल भारत मुर्दाबाद भन्ने सदनमा पुगे पछी भारत् लाई माईबाप बनाउने यमालेको माधवको पनि बाप बनेको छ बाबुराम/

      प्रचंद्र जसले प्रधान मन्त्रि पदमा रहुन्जेल र पदबाट हट्नु पर्दा पनि भारतलाई सत्रु भन्न छोडेको थियन तेस्ले बाबुरामलाई कसरि पचाईरहेको छ भन्ने कुराले मलाई अचम्भित पारेकोछ/ हिजो प्रचान्द्र्लाई जजसले बिरोध गरेको थियो तिनीहरु सबैले बाबुरामलाई अंगालेको छ/ मावोबादीको दुई नेता प्रचंद्र र बाबुराममा भारतलाई प्रचंद्र अस्वीकार्य हुने तर बाबुराम स्वीकार्य हुने कुरा नैले पनि बाबुरामको बारेमा हामीले अनुमान लगाउन सक्छौं/

      प्रचान्द्र्ले हिजो भारत सम्भंदित मुद्दामा जे जस्तो बोलेको थियो तेस्को ठिक उल्टो बोल्दै गर्दै आयकोछ बाबुरामले/ यो कुराले प्रचंद्र र बाबुराम दुई राजनैतिक सत्रु हुनु पर्ने थियो तर प्रचंद्र त् नुन खायको कुखुरा झैँ झोक्रायर बसेको छ किन होला?

      पक्कै दुईटा कुरा हुनु पर्छ यात प्रचान्द्र्ले लौ हेर त् तिमीहरुले राम्रो भनेको बाबुराम कस्तो छ भनेर देखाउन खोज्दैछ बा प्रचंद्र्को कुनै कम्जोर नसा अन्ठ्यायको छ बाबुराम र भारतले/ नभय प्रचंद्र यति पंगु लाचार अपांग जस्तै बन्नु पर्ने कुनै कारण देख्दिन/ तर जे जस्तो भयता पनि नेपालमा यो हद सम्म थिचो मिचो गर्दै आउने भारतको पिठ्ठु बनेको बाबुरामलाई प्रचान्द्र्ले केहि नगर्नु बात प्रचान्द्र्ले राजनीतिमा ठुलै मोल चुकाउनु पर्नेछ/

      Reply
      1. द्रोण says:
        October 14, 2012 at 8:02 am

        मदन जी
        बडो राम्रो जिज्ञासा उठाउनु भो \
        प्रचण्ड मदन भण्डारी को रास्ता मा जाइने डर ले त्रसित छन् जस्तो लाग्छ | किनभने सी आइ ये ,”र” को आखाको तारो भएको छ उ |
        आजभोली प्रचण्ड भन्ना साथ् बोलीको ठेगान न भएको भन्ने छबी बन्दैछ उनको \

        Reply
  20. sujan nz says:
    October 11, 2012 at 8:44 am

    सब नाटक मात्र गर्छन // हरेक कुरा मा राजनीति गर्ने बानि परेका यी फटाहा नेता हरु लै यो नोटमा पनि ठुलै काण्ड मच्चाउन पो थाले त //

    Reply
  21. Roshan Basnet says:
    October 11, 2012 at 8:15 am

    भा. रू. मा पो औउछ त , कहाँ ने . रु . मा हेरेको ????

    Reply
  22. द्रोण says:
    October 11, 2012 at 7:28 am

    नया नोट बनाउने भन्दा पनि नोट संकलन मा सरकार लागेकोले फुर्सद न भएर होला |

    Reply
  23. Raj Bista, Bhairahawa says:
    October 11, 2012 at 6:06 am

    निकम्मा नेता हरु भारत परस्त भए सी के लाग्छ र…फेरी नेता हरु लाइ दुतावास मा लगेर मुजरा गराए होलान अनि कान पकडी थप्पड लगाए होलान …भारत ले कृतिम लुम्बिनी बनाएर बुद्ध हाम्रो हो भन्ने झुठो प्रचार लाइ धक्का लाग्छ भनेर नोट मा छाप्न रोक लगाए को होला …आफ्नो लाइ आफ्नो भन्न नि अरु को मोहर चाहिने दिन आए छ देश मा..

    Reply
  24. Birkhe says:
    October 11, 2012 at 4:29 am

    कुन चै बुद्दको तस्बिर राख्ने भनेर कन्फ्युज भएर अरे!! (नाम चलेका बुद्दहरु:- सिद्दार्थ गौतम, राम कुमार बम्जम, पुष्प कमल दाहाल)

    Reply
  25. badal says:
    October 11, 2012 at 3:57 am

    भारत संग डराएर होला..

    Reply
  26. Ashish Lohorung says:
    October 11, 2012 at 3:32 am

    भित्र्यांसको भागबन्डा मिलेन होला

    Reply
  27. Deepen Lc says:
    October 11, 2012 at 3:26 am

    मन्त्रि परिसद ले निर्णय गर्न नपाउदै छिमेकि पत्रिका मा समाचार आएको थियो ” नेपाल के नोट मे भारत के सान”| अब १०० को नया नोट किन बजार मा आएन भन्ने त सबै नेपाली ले सजिलै अनुमान गर्न सक्ने कुरा हो तर के गर्नु भनिन्छ नि “आफ्नै बुढी के जाति भए पछि अरु लाई के को दोष”

    Reply
  28. Raj says:
    October 11, 2012 at 2:54 am

    प्रचण्ड को अनुहार रु 1000 को नोट मा
    बाबुराम को अनुहार रु 500 को नोट मा
    हिसिला को अनुहार रु 100 को नोट मा
    र आरु बाँकि डाँका हरुको अनुहार तेही अनुसार भाग लगाए त सबै कुरो मिलिहाल्छ नि! तेती जाबो निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्नु पर्छ र? हुनत जनताको आखामा छारो हाल्न केहि काम गरेको जस्तो त गर्नुपर्यो, होइन र?

    Reply
    1. Sagar Sigdel says:
      October 11, 2012 at 12:08 pm

      100% right. घुसिया हरुको फोटो राख्ने निर्णय भएको भए ६ महिना होइन ६ दिनमै निकाल्थे होला

      Reply
  29. biwas ghimire says:
    October 11, 2012 at 2:52 am

    किन अझै आएन बुद्ध जन्मथलो लुम्बिनी लेखिएको नोट? यो त सबै लाइ थाहा नै छ नि बाबुराम सरकार कुन देस को एजेन्ट हरुको सरकार हो भन्ने कुरो त अब ड्यास मायोबादी को सरकार आयो भने चै गर्ला हि हि हि यो क्यास मायोबादी सरकारले चै खै ////////////////////////// कि फेरी सुरुंग युद्द गर्ने हो कि क्यास मायोबादी को नेता जी प्रचण्ड र बाबुराम कम्पनि ले हिहि हि अब बुद्द चै हैन मायो को फोटो र माक्स को फोटो चै क्यास मायोबादी को पहिलो रोजाई जस्तो छ// कम्निस्ट धर्म कर्म भगवान भन्ने अन्ध मा विश्वास गर्दैनन् क्या मदेस बादी को त के कुरा गराई भयो र उतै को धोति लगाउनु पर्छ फेरी भोलि …………………….

    Reply
  30. Bishwaraj says:
    October 11, 2012 at 1:54 am

    दक्छीन संग डराएर हो की – लोहो मुते नेताहरुको देशमा येस्तई त हो-

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme