-मेघराज रसाइली-
अपडेटः राष्ट्रिय वाणिज्य बैंकले मेरो धितो राखिएको सुनमा हेराफेरी भएपछि सोको आजको मूल्य बराबरको पैसा दिएको छ। बैँकले क्षमा माग्दै बिभिन्न ठाउँमा दिएको उजुरी फिर्ता लिइदिन अनुरोधसमेत गरेको छ।
पुरानो ब्लग (Oct 9, 2012)
सुनको औँठी पित्तलको बनाएर यसरी ठग्यो बैँकले
दुई वर्षअघि गर्जो टार्न सुन धितो राखी कर्जा लिनुपर्ने अवस्था आयो। हामीले राष्ट्रिय वाणिज्य बैंकको पुल्चोक शाखामा सुन राखेका थियौं। गत वर्ष ब्याज मात्रै तिर्यौ। असोज २१ गते सामान उकास्न गएका थियौँ।
हामीले बैंकको काउण्टरमा पैसा बुझाईसकेपछि खजान्चीले सुनको पोको फुकाइन्। सबै सामान ठिकै थियो तर एउटा औंठी देखेर भने मेरी श्रीमति नराम्ररी आत्तिइन्। ती गहना मध्ये उनलाई आफ्नी दिदीले उपहार दिएको औंठी थिएन। त्यसको साटो पित्तल जस्तो देखिने अर्कै औंठी थियो। त्यो उनको औंलामा ठिकै हुन नसक्ने सानो र कुरुप पनि थियो।
हामीले धितो राखेको सुन बैंकबाटै यसरी हेराफेरी हुन सक्छ भनेर सुरुमा त पत्याउन गाह्रो भयो। तर आफ्नै सामान त्यस्तो भएपछि नपत्याई सुखै भएन।
सुरुमा त हामीले खजान्चीलाई नै गुनासो पोख्यौं। खजान्ची दिदीले मेरो सामान त्यही भएको र बैंकमा केही गडबडी हुनै नसक्ने जिद्दी गरिन्। हामीले सामान राख्दा अर्कै खजान्ची ऋषि केशब धौडेल थिए। उनी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकमा गइसकेका रहेछन्। उनको ठाउँमा नयाँ खजान्ची नानीछोरी श्रेष्ठ रहिछन्। पुराना खजान्ची धौडेलसँगको कारोबार भएको हुनाले हामीले उनलाई बोलाईदिन आग्रह गर्यौं। उनी आउन मानेनन्। मेरी श्रीमतीले फोन गरेर जसरी पनि आउन दबाव दिएपछि लामो प्रतिक्षा पश्चात् उनी आए र आफ्नो गल्ति हुनै नसक्ने दाबी गरिरहे।
विगतमा बैंकमा धितो राखेको सुन गायब भएको समाचार बेलाबेला आएकै हो। तर सामान्य कमजोरीका कारण त्यस्तो भएको हुन सक्ने मेरो ठम्याई थियो। मानवीय त्रुटीका कारण एउटाको सामान अर्कोमा परेको पनि हुन सक्थ्यो। उनलाई खोजीदिन आग्रह गरें। उनले खोजे जस्तो गरे। तर उल्टै हामीलाई अरु कर्मचारीसँग मिलेर हप्कीदप्की गरे र पुन: नयाँ जागिर भएको बैंकतिर लागे।
हामी करिब एघार बजे बैँक छिरेका थियौं। तीन बजीसक्दा पनि हाम्रो समस्या समाधान भएन। मैले बैंक मेनेजर द्धिजराज भट्टलाई भेटें र समस्या सुनाएँ। उनले हामीले धितो राखेको सम्पूर्ण सामान हेरे। उनले पित्तल जस्तो औंठीलाई ध्यानपुर्वक हेरे र भने, “यो सामान कम गुणस्तरको छ। तपाईहरुले भनेको सही हुन सक्छ। त्यो क्यासियर (धौडेल) ठिक मान्छे थिएन। त्यसलाई फेरि सोध्नुस। केही समाधान निस्केला कि।”
मेनेजरको कुराले म केही आश्वस्त त हुन सके तर अहिलेकी खजान्ची दिदी र उहिलेका खजान्ची दाइ साह्रै टिमुर्कीएका रहेछन्। खजान्ची दिदीलाई समस्या पोख्यो उल्टै हामीलाई नै गल्ती देखाउदै झपार्छिन्। उनलाई अरु कर्मचारीले पनि त्यसरी नै साथ दिन्छन्। खजान्ची दाइलाई फोन गरेर सामान खोजीदिन आग्रह गर्यो, सकेको गर्नुस् मलाई धेरै टेन्सन नदिनुस् भन्छन्। ए बाबा ! यो कस्तो जंगली राज हो ?
पाँच बजिसकेको थियो। काउन्टर सबै बन्द भइसकेको अवस्थामा मैले धितो बापतको रकम तिरेको भर्पाईमै सामान नलिएको भन्ने ब्यहोरा खजान्ची दिदीलाई लेख्न लगाएँ। उनले झर्किदै मेनेजरको रोहबरमा त्यति चाँही लेखेर सही गरीन्। हामी सामान नलिई भर्पाई मात्रै लिएर रित्तो हात फर्कियौं। फर्कने बेलामा मैले २/३ दिनमै हाम्रो सामान खोजीदिन खजान्ची दिदीलाई पुन आग्रह गरें तर उनले “बेला बेला आउदै गर्नु। भेटें भने राखी दिउँला।“ भन्ने रुखो जवाफ दिइन्। म लाचार भएर फर्किएँ।
बेलुकी घर आएपछि मैले हाल इन्फ्रा स्ट्रक्चर वैंकमा कार्यरत वाणिज्य वैंकका पूर्व खजाञ्ची धौडेललाई पुन: फोन गरेर मेरो सामान खोजीदिन आग्रह गरें तर उनले रुखो स्वरमा जे सक्नु हुन्छ त्यही गर्नु मलाई टेन्सन नदिनु भनेर फोन राखीदिए।
हामी उजुरी दिने निस्कर्षमै पुग्यौं। भोलिपल्ट मैले उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियालाई अब के गर्ने भनेर सुझाव मागें। उहाँले बैँकलाई आफ्नो सामान दिलाईदिनको लागि चिठ्ठी लेख्ने र त्यसको बोधार्थ जिल्ला प्रशासन कार्यालय, ललितपुर र उहाँकै संस्था उपभोक्ता हित संरक्षण मञ्चमा पठाउन सुझाव दिनु भयो।
मैले सोही अनुसार श्रीमतीको नाममा निवेदन तयार गरें किनकी धितो उनकै नाममा राखिएको थियो। निवेदन बुझाउन वाणिज्य वैंक पुल्चोक पुग्दा मेनेजर द्धिजराज भट्टले बुझ्न मानेन। उल्टै यस्तो काम गरे तपाई नै फँस्नु हुन्छ भनेर मलाई त्रास देखाए। तर मैले डटेर सामना गरेपछि फाइल गरेर राखिदिन्छु भन्दै निवेदन थन्क्याए।
उपभोक्ता हित संरक्षण मञ्चको कार्यालयमा एक प्रति बोधार्थ छोडीदिएँ। बैँकले निवेदन दर्ता गर्न नमानेपछि अधिवक्ता ज्योति बानियाकै सल्लाहमा मैले राष्ट्रिय वाणिज्य बैँकको केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएँ। त्यहाँ मलाई आपसमै मुद्दा सल्टाउन र जिल्ला प्रशासन कार्यालयमा नजान फकाइयो। हामीले हिजो त्यही कुरा गर्दा दुर्व्यवहार भोग्नु परेको थियो बैँक कर्मचारीबाट। त्यसैले मैले मानिन। त्यसपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठलाई उहाँकै कार्यलायमा भेटी विषयबारे संक्षिप्त जानकारी गराएँ र बोधार्थ निवेदन दिएँ। उहाले सहयोग गर्ने बचन दिनु भयो।
यसरी बिना कसुर हामीले अनेकौ झमेला र मानसिक यातना भोग्यौं। हेरौं हामीले न्याय पाउछौं कि पाउदैनौं।
यो घटनाले अनेकन् सवाल पैदा गर्दछन् :-
• हामीले राखेका पैसा र गहना के साँच्चै सुरक्षित हुन्छ त बैँकमा ?
• धितो राखेको सामानको बिमा रकम धितो राख्ने ग्रहकले नै तिरेको हुन्छ। विमाको रकम तिराएपछि सुरक्षाको ग्यारेन्टी खोई त ?
• धितोको ब्याजको कमिसन खजाञ्चीले खान्छ। अब यसको जिम्मेवारी खजाञ्चीको मात्रै हो कि बैँकको ?
• ग्राहकले सामान साटिएको गुनासो गरेपछि अनुसन्धान गर्नुको साटो उल्टै किन प्रताडना दिइन्छ ?
• कुन ग्राहकले कुन सामान राखेको हो भन्ने यथेष्ट प्रमाण किन बैंकसँग हुदैन ?
• यथेष्ट प्रमाण नभएपछि भोलि जो सुकैले पनि मेरो सामान साटियो भन्यो भने त्यो भार बैँले कसरी थेग्न सक्छ?
• ग्राहकसँग ब्याजको स्याज र स्याजको पनि प्याज जोडेर रकम असुल्ने बैंक र यसका कामचोर कर्मचारीबाट सेवाग्राहीले कहिलेसम्म दुर्व्यवहार सहने?
• मेरो सामान होइन भन्दा भन्दै जबरजस्ती तेरै सामान हो भनेर बैंक व्यवस्थापनले चोर कर्मचारीलाई जोगाउन खोजेको हो कि के हो ?
(मेघराज बीबीसी साझा सवाल कार्यक्रमका एक निर्माता हुन्। उनी आफ्नै ब्लग आरनमा लेख्ने गर्छन्। )
नेपाल मा कानून नै यस्तो बिडम्बना पूर्ण छ कि धेरै जमात संग सरोकार हुन सक्ने सामाजिक समस्या हरु कैयौं छन्. यस्ता अपचलनका कुरा हरु जब सार्बजनिक रुपमानै मेडिया मार्फत व्यापक प्रसार भै सके पछि को अबस्थामा त मेरो बिचारमा यस्तो काम मा देशको शक्ति साली अख्तियार आयोग ले आफु अन्तर्गत एउटा सानो युनिट खादा नै गरेर त्यस्तो नकच्चरआ कर्म चारी समुहल्लाई नै नांगेझार बनाउनु अख्तियार जस्तो निकाय को दायित्व भित्र पार्नु पर्ने हुन्छा. पिडित पछ्याले त झन्झट नबोकेर मेलमिलाप वा मुद्दा फिर्ता लिनु भनेको स्वाभाविक हुन्छा. यो मेलमिलाप भनेको प्रहरी युनिटको बेइमआ नि प्रपंचा हो, स्पस्ट सब्दमा .यसैले पिडित व्यक्ति ले मुद्दा फिर्ता वा मेलमिलाप त गर्न पाउनु पर्छ, तर यो फाइल लाइ यत्तिकै बन्द गर्नु चाहिं नित्तान्त बेइमानी संजाल हो भन्ने मलाई लाग्छ. त्यसैले यस्तो सवालमा अख्तियार जस्तो निकाय ले नै दरो सक्रियता साथ् कारवाही लाइ अघाडी बढाउनु पर्ने राज्य को नै दायित्व हो. यस्तो सार्वजनिक जनता को दुख पिडा लाइ सरकारले झारा तरेर कान बन्द गर्नु उसको आगामी चुनाब मा नै प्रत्युत्पादक बन्नेछ भन्ने साबधानिक बिसय हो .
मलाई डर लागिरहेछा . मेरो बुडिले पनि नेपाल ब्यांक मा सून हरु राखेको छ. ब्याज समय समय मा तिरी राखेकै छु. मेघ राज जी लै धन्यबाद सुचित गरि दिनु भएकोमा.
अनुराधा पौडेल मिति २६ असोज २०६९
लमजुग भोर्लेटार ४
इमेल [email protected]
बिषय : छानविन गरि दोषी माथि कारबाही गरिपाउँ
राष्ट्रिय बाणिज्य बैकका प्रमुख महोदय
उपरोक्त सम्बन्धमा माइसन्सार भन्ने ब्लगको निम्न लिँकमा http://www.mysansar.com/2012/10/2142/#comment-17359 मेघराज रसाइलीद्वारा लिखित सुनको औँठी पित्तल बनाउने बैँकले क्षमा माग्दै पैसा दियो शिर्षकको समाचारले म जस्ता तपाँइको बैकका हजारौँ उपभोक्ताहरु स्तब्ध र निराश भएका छौँ । सरकारी बैँकहरुको समेत बिश्वास गर्न नसकिने भएपछि नेपालमा कसको बिश्वास गर्ने भन्ने प्रश्न हाम्रा मनमा बारँबार उठिरहेको छ ।
माथिको लिँकमा प्रकाशित यो समाचार अनुसार बाणिज्य बैँकको पुल्चोक शाखामा खजान्चीका रुपमा कार्यरत पूर्व कर्मचारी ऋषि केशब धौडेल घटनाका मुख्य दोषी हुन सक्छन् । यो घटनामा उनको या बाणिज्य बैँकका अरु कर्मचारीको दोष थिएन भने बाणिज्य बैँकले पैसा फिर्ता दिनुपर्ने कुनै कारण हुँदैनथ्यो । यो घटनामा उनको मात्र सँलग्नता नरहेको हुन सक्छ । त्यसैले यस घटनाको सत्य तथ्यता प्रकाशमा ल्याइयोस र बाणिज्य बैकको शाख गिराउने दोषी उपर कारबाही होस भन्ने माग गर्दै म बाणिज्य बैँकको उपभोक्ताको हैसियतले इमेलको वर्ड फाइल फरम्याट र पिडीएफ गरी दुइ फर्म्याट मार्फत यो निवेदन पेश गरेकी छु ।
आशा छ निवेदन माथि उचित कारबाही हुनेछ । सहयोगको लागि धन्यवाद सहित
निवेदीका
अनुराधा पौडेल
साथि हो बाणज्य बैँकलाई आज मैले निम्न अनुसारको निबेदन पठाएँ । यहाँहरुले पनि यस्तो निवेदन पठाउन सक्नुहुन्छ । हामीले लिखित जवाफ माग्यौँ भने ति कुराहरु प्रमाणका रुपमा रहन्छन् । बाणिज्य बैँकको इमेल दिने साथिलाई धन्यवाद ।
मेघराजजी ! गुमाएको सुनको मूल्य पाउनुभएकोमा बधाई छ ! सुरुदेखि नै तपाइँको यो घटनासँग म पनि सामाजिक सञ्जाल मार्फत नजिक रहेकाले केही नलेखिरहन सकिँन । वास्तवमा मलाई लागेको थियो, कानूनी निकासकालागि तपाइँले कुनै सम्झौता गर्नुहुने छैन अथवा कानूनी रुपमा अन्तिम टुङ्गो नलागेसम्म तपाइँले यो घटनालाई अन्तिम रुप दिनुहुनेछैन । तर, विचैमा समझदारी गर्नुभयो, साह्रै दुःख लाग्यो । तपाइँ पो पढेलेखेको मान्छे, जानेबुझेको मान्छे, यताउता जनसम्पर्क भएको मान्छे। बेलैमा सम्बन्धित निकायमा दबाब पर्यो, तपाइँसँग माफि माग्यो र सहिसलामत सामानको दाम पाउनुभयो तर दिनहिन दूरदराजका सिँगाने फूली, ढुङ्ग्री, तिलहरी र मडवारी धितो राख्नेहरुको भने अवश्य जीत भएन । मलाई लागेको थियो तपाइँले यिनीहरुको प्रतिनिधित्व गरेर कानूनी राज्यको अनुभूती दिलाउनुहुनेछ तर त्यसो भएन । तपाइँ जानेबुझेकाहरु ठूल्ठूला कुरा गरेर सम्बन्धित निकायहरुलाई थर्काउँछौ र आफ्नो स्वार्थ पूरा भएपछि निसन्देश चुपचाप बस्छौं । यसले कानूनी राज्यको उपहास मात्रै गरेको छैन, निःमुखा नेपालीहरुको कानूनी उपचार सम्भव छैन भनेर खिल्लीसमेत उडाएको छ ।
माधब गुरुङ ,
तापक को कुरा १०० प्रतिसत सहि हो , एदी मलाई त्यस्तो भएको भए म डुब्ने थिए . मलाई मुद्दा मामिला मा ज्ञान छैन , मलाई परेको भए म डुब्ने थिए . यसकारण आईन्दा कुनै पनि बैंक ले यस्तो गर्न नपावोस . / कुनै पनि बैंक ले पिताल लाई सुन र सुन लाई पिताल नाबनावोस
मेघराजजी, सुन बराबरको पैसा त पाउनु भयो राम्रो भयो! तर बैंकका कर्मचारीको चोरीका कारण तपाइको सुन हराएको पनि प्रमाणित भयो!
अब त्यो सुन चोर्ने गिरोहलाई जेल नपठाए सम्म तपाई अगाडी बद्नुनै पर्छ! किनकि सुन चोर्ने चोर कर्मचारीहरु कोहि तेही बैंकमा त कोहि अन्य बैंकमा काम गरिरहेका छन्! ठगि अझै पनि हुन सक्छ!
सामाजिक संघ-सस्था, प्रहरी प्रशाशन र मेडियाकोसाथ अगाडी बढ्नु होला!
पैसा पायो भनेर मक्ख पर्ने अनि चुप लगेर बस्नु भो भने त्यो चाहि बिडम्बना नै हुने छ. तपाई को पो त समस्या हलभो त , तपाई चुप लग्नु भो भने तपाई को जस्तो पत्रकारिता मा पहुच नभएका हरु त सधै पिडित नै हुने भए नि. आशा गर्छु यो घटना ले बैंक मा हुने एस्तो ठगि पुरै पर्दाफाश गर्ने छ र भाबिश्ये मा एस्तो ठगि गर्ने कसै ले आट गर्ने छैन.
रसाइलीजीले यो कुरा मेंनस्ट्रीम मेडियामा हालेको भए एक दिनमै सेलाउने थियो| आफुलाई परेको कुरा सप्रमाण यो ब्लगमा राख्नु कत्तिको फायदा रहेछ हामीले देख्यौ| डोल्मा शेर्पा लाई अध्यागमनले कष्ट दिएर घुस लिएको घटना पनि माई संसारले ताकिता नगरेको भए लाखौमा एक भएर बिलाएर जाने थियो|
घुसको खानी एयरपोर्ट, जग्गा पास गर्ने, माल र कर अनि भन्सारलाई पनि निगरानीमा राखौ|
एयरपोर्टमा सेटिंग मिलाएर बिदेशीलाई भिसा शुल्क लिएको पनि खल्तीमा जान्छ भन्ने सुनिएको छ त्यसमा पनि अनुसन्धान गरिन पर्छ|
बैंकहरुमा चोर ,फटाहा,ठगहरु बढिराखेको नै हो ,विश्वास गर्न गार्हो भैसक्यो बैंकमा राखिएको सुनचादी मा मात्र होइन बहिरिमुलुक बात पठाएको पैसामा ठगि गर्दैछन.मेरो आफ्नै घटेको कुरो गत महिना सेप्तेम्बेर मा नबिल बैंक शाखा घोराही मा बैंक ओफ अमेरिका बात online transfer गरेको थिए , पैसा लिने मान्छेको first name र लास्ट. Name मिलेको तर बहादुर middle Name नभाको भनि पैसो निकाल्न दिएनछ येह भर्ने ठाउँ first र लास्ट Name भाकोहुनाले तेसै पथायेउ .पैसो त्यो दिनै transfer भैसकेको थियो ,फेरी येहको बैंकलाई चिठी लेखना पथायेउ चिठी नि पठायो अनि पैसो बल्ल बल्ल दियो,अलिकति फरक परेकोभाये केहि हुदैनथ्यो दिन त दियो जुन दिन पैसाझिकियो तेही दिनकोदियो.फेरी हामीले call गरेउ ktm head ओफ्फिस माबल्लबल्ल फोन त उठायो तर ग्राहक संग बोल्न पैसापर्ला जस्तै गरि बोल्यो,सबै सुनायेउ तर उसले जुनदिनपैसाजिकिन्छा तेहीदिनको दिन्छौभनि हतार ले फोन राख्यो .तेस्पछी घोराही शाखामा लिने मान्छेले पैसा त अस्तिनै आको मेरो खातामा आजको किन रेटमा दिनु भो भनेको त तेहानी जुनुदिना झिकिन्छा तेही दिनकोदिन्छौ भनेछा अनि लिनेमान्छेले तेसोभा घटेको बेला पैसा पठाएर रेट बढेको बेला झिक्न आए तेही बढेको रेटमा दिनुहुन्छा भन्दा अ दिन्छौ भनेर भनेछा ,के यो नबिलबैंकको ठगि हो कि बढी रेटमा पठाएको पैसो झिकिने दिनको दिने रेट नियेम हो? बुझ्न सकिएन अरुबैंकले त जुन दिनपठाएको तेहीदिनकोदिन्थ्यो
पित्तल नै बेंक ले राखेको हो भने फेरी यौटा पित्तल लगेर राख्न दिउ न के भन्छ अनि था भै हाल्छ नि के राखेको भनेर पित्तल कि सुन
चरम नै नागेर काम गर्ने कर्मचारी सबैले चिनौ
सुन बराबरको पैसा त पाउनुभयो | सुन चै कहाँ गयो ? चोरेकै रैछ नि सुन त |
बधाई छ मेघराज जी | यस्तो घटना फेरी नघटोस कसैलाई पनि | सहि DOCUMENTATION गरेर मात्रै बैंकले सुन/चाँदी धितो राखिदिए पछि कसैलाई यस्तो अनावस्यक tension बोकिरख्नु पर्ने थिएन |
राम्रो ! आफ्नो पैसा पाउनु भयो | बधाई छ ! बैंकले राम्रो काम गर्यो भन्ने लाग्छ | तर यो घटना अरु कसैलाई फेरी नघटोस भन्ने तिर बैंकले र हामीले पनि ध्यान दिनु अत्यन्त जरुरि छ |
Nepal is the only country in the world where the recovery of bribe money is tantamount to inflicting punishment to the culprit. Same thing is happening here. Bank’s excuse cannot be taken as a punishment, the guilty must be brought to books. What is CIAA looking for? Looking for an opportunity to skim milk from this case? I am currently reading a book by Mr. Devendra Pratap Shah entitled Afnai Paribesh, he is the former General Manager of Agriculture Development Bank. In one of the Chapters of the book, he explains about corruption within CIAA.
सुनको औँठीको सट्टा पैसा पाउनु भो, बधाई छ. आशा छ आउने दिनमा अरुले यस्तो समस्या भोग्नु नपरोस !
तपाइको घरमा चोर पसेर भएभरको सामान चोरेर लग्यो रे
अनि तपाइले त्यो चोर पत्ता लगाएर पक्रनु भयो रे
त्येस्पछी चोरले तपाइको ‘सामान फिर्ता गर्छु वा त्येसको मुल्य तिर्छु ‘ भन्यो भने कुरो सक्किन्छ र ?
कुरो त् अब पो सुरु हुन्छ त् कि कसो ?
यो त झन् खत्तम भयो| चोर फेला परेपछि चोरले चोरेको होइन भनेर हत्ते गर्छ अनि जिकिर गरेर प्रमाण साबिती गरे पछी मात्र स्वीकार गर्छ| त्यो बेला चोरले
क्षमा माग्दै चोरेको सामान फर्काइदिन्छ| यस्तो चोरलाई सजाय नहुने?
मेघराजजी, तपाई पढेलेखेका बुझेका र जिम्मेवारीपूर्ण काम गर्ने ब्यक्ति हुनुहुन्छ|
पैसा फिर्ता पाउँदैमा यो मुद्दा यही टुंग्याउन भएन| कानुनी कारवाही अघि
बढाउनुस|
माई संसारलाई मेघराजजीको दुखेसो प्रकाशित गरेर बैंकलाई साँचो कुरो मान्न लाउनु भएकोमा पनि बधाई|
मेघराज रसाइलि जी बधाई छ , कमसे कम आफ्नो सुन बराबर पैसा पाउनु भो ..
यो ब्लगले पनि तपाइको सुन फिर्तीमा मद्दत गरेको जस्तो छ, तेसैले यो ब्लग पनि धन्यबादको पात्र छ ..
बाहिर तिर भएको भए ति अनावासेक दुख दिने भ्रस्ट कर्मचारीको जागिर जानुका साथै क्षेतिपूर्ति पनि दिनु पर्ने थियो … नेपालमा सुन बराबर पैसा पाउनु नै पनि ठुलै सफलता मान्नु पर्ला … जे भए पनि बैंकका कर्मचारीले बदमासी गरेको प्रमादित त भयो नि नत्र किन पैसा दिन्थियो र , एस्तलाई छाड्नु भने हुदैन ,यो बदमाशी र हिनामिनाको पुलिस केस चाही फिर्ता नलिनु होला, नत्र यिनीहरुको हौसला घट्ने छैन ..
mysansar लाई यस्तो मुद्दा उठान गरेको मा साधुबाद !!
मेघराज जी बैंक को कर्तुताताको बिरुद्धमा देशव्यापी अभियान चलाउनु पर्यो ताकी भबिस्यमा कोहि पनि ठगीको शिकार हुन नपरोस
अहिले नेपाल मा भएका कुनै पनि बैंक को बिश्वाश गर्नु ठुलो धोका हो…सानुतिनु व्यापार गरिराको हुनाले बैंक हरु मा घुमिरहनु पर्छ/नेपाल इन्भेस्मेंट बैंक मा १०० का नोट बन्डल मा ३ वोटा कम भो भनेर फोन गर्यो जादा जादै बाटोमा ७ वोटा कम भो बैंक पुग्दा १७ वोटा कम बनाएर १७०० खाइदियो/नेपाल बंगलादेश बैंक ले बन्डल फुटाएर १००० को २ वोटा नोट निकालेर तिरायो/सरकारी बैंक मा त झन् के कुरा गर्नु पहिलेका साहु महाजन को ब्याज को हिसाब भन्दा कयौ गुना बढी का छन यी बैंक हरु एक हिसाब ले भन्दा सरकार ले अनुमति दिएर जनता ठग्न राखेका ‘साहु’ नै भन्दा नि फरक नपर्ला…..
अरु केही नि हैन यी कर्मचारी हरु लै नि सभासद को पारा
चढेको हो!!!!!!!
१-१ गरि जेल कोच्नु पर्छा खाते हरुलाई अनि था PAUCHHAN
II!!!!!!!!!!!!!!!!
सानो छंँदा “रविनहूड”को कथा पढेको िथएँ अबको अावश्यकता सायद त्यही नै होला ।
डर नभए पछि कसैको केहि लाग्दैन ,
सरकारी जागिरबाट निस्कासित हुन कि त त्यो मान्छे मर्नु पर्यो कि त बहुलाउनु पर्यो ,होइन भने कहिले जागिर नै नजाने , चाहे जति सुकै बदमाशी किन नगरुन तिनीहरुले , नेपालको निजामती प्रसाशनको जागिर तेसै संसारकै सबै भन्दा सुरछित जागिर र भ्रस्टहरुको अखडा भएको होइन … तेस माथि सरकार पनि तेस्तै भ्रस्टहरुको जमात हुने … सबै तै चुप मै चुप , कसले कसलाई कारबाही गर्ने ..
एदी त्यो औठी पिताल हो भने बैंक ल किन सुन हो भनि धितो लियो ? पहिले नै सुन हो कि पिताल हो थाहा पाउनु पर्दैन / त्यो बैंक संचालक नै चोर हो / पिताल हो सुन हो थाहा नपाउने लाई कसरि बैंक मा जागिर दियो ????????/ त्यसो भए जस्को पनि सुन लाई पिताल हो भनेर ठगि हाल्छ नि होइन र ? / पिताल लाई सुन हो भनेर धितो लुनु के अचम्म को कुरा होइन / बैंक लाई र ग्राहक दुवै लाई खतरा को कुरा हो /
रसाइली जी त्यो बैंक मा अहिले चोर फटाहा हरुको राज छ . राम्रा कर्मचारी हरु बैंक छोड्न बाध्य बनैएक छन् नेतागीरिमा विश्वास गर्ने र धन कमाउने बदमास हरुको मात्र राज छ त्याँहा मा पनि पहिले त्यहि बैंक को कर्मचारी थिए तर मलाई बन्द छोड्न बाध्य बनाइयो किन भने मैले माथिका मानिस ले र नेता हरुले भने जसरी कर्जा दिन नमिल्ने केस मा कर्जा लगानी गरिन भनेर
म पनि बाणिज्य बैक को ठगि को शिकार भयको छु /२००१ साल तिरको कुराहो मैले भैसेपाटीमा घर बनाउदै थिय. काठमान्डू मा मेरो बसाई एक्लो थियो /त्यस कारण घर बनाउ दा एउटा टहरो बनायर म पाले घर मा नै बसी आफ्नो घर को निर्माण को काम हेर्दथे .तेस बखत मसैग करिब25 तोला सुन का गहना मसंग थिय जुन मैले घरमानै राखने गर्दथे/ काम को शिलशिला मा म १ महिनाको लागि विदेश जानु पर्यो ,मैले सुन का गहना त्यो टहरामा राखन उचित ठानिन र लगनखेल र पाटन दर्बार बिचंमा एउटा बाणिज्य बैक को शाखा छ तेहा सबै सुन राखी रु ५०,००० कर्जा लिय मेरो मूल आसय मेरो सुन सुरक्षित राख्नु थियो / म ढुक्क भयर विदेश गय .म समयमा फर्किन सकिन करिब 2 महिना पछी फर्कदा(म स*ग तिथि मिति अहिले उपलब्ध छैन तर पछी दिन समय सबै बताउने छु ) पछी बैक मा आफ्नो सुन लिन जादा सुन समयमा कर्जा नतिरेको ले लिलाम भैसकेको भन्ने जबाफ पाय / म छागा बाट खसेको जस्तो भय रो य कराय कसैले मेरो सुनेंन .म ठूलो डकैत को फेला परे .मेरो लिलामी बाट बचेको भनि उनीहरुले देखायको केहि रुपैया १००० भन्दा कम मैले तेही शाखा कार्यलयमा छोडी हिडे र यद्यपी त्यो खाता अझ सम्म खुला होला या अभिलेख होला .तेस्को केहि समय पछी म बिबसता बस बिदेशीन पुगे ,आज रसाइली जी को समस्या सुनन्दा मेरो ति अतित को दिनको याद आयो .यदी मी संसार मार्फत मेरो य्रो केश लाइ उत्खनन गर्न सकिन्छ भने म आभारी हुने थिय .र यदि मेरो पैसा या सुन फिर्ता पाय ट्रो सकम जुनसुकै सामाजिक सस्थां लाइ दिनु भय मेरो खुसि राजि छ
धन्यबाद
म मेरो नाम :लोक नाथ तिवारी
ठेगाना सैबु ५ ललितपुर को नाम र ठेगाना मा कर्ज लियको थिय.
नेपाल अब क्रमश हिजो को भ्रास्ताचारी ,अपराध पूर्ण बिहार मा परिणत हुदैछ | जेल न पर्दा सोभराज ले भन्थ्यो रे दिल्ली एयरपोर्ट बाट हात्ती छिराइदिन्छु ,कुनै ठग ले ताजमहल बेचेको कुरा पनि आयो \
अमेरिका ,अस्ट्रेलिया ,अरब बाट पैसा कमाएर नेपाल मा जग्गा किन्नेहरू को जग्गा को नक्कली लालपुर्जा बनाएर बेच्ने चलन नै भै सक्यो ,नेता हरुलाई चन्दा र गुण्डा हरुलाई हप्ता दिएर जनमानस आजित भैसक्यो ,बागमतीको को भदौरे भेल जस्तो महागी बढदो छ ,
नेताहरु बिहान चुनाब भन्छ साझ पुनर्स्थापना ?९जस्तो कि प्रचण्ड ज्यु |
अब एस्तो मा बैंक मा राखेको सुन पित्तल भयो भनेर के गजब मान्ने ,हेर्दै जाउ हस्पिटल मा जन्मेको छोरालाई छोरी बनाउने ,येपेंडिस को अप्रेसन मा किड्नी हराउने ,सरिर को अंग को तस्करी ,बाटो मा हिड्दा मान्छेको टाउको मा ठेस लागेर लड्ने दिन आउदैछ |
तेसैले साथीहरु दुश्मन भन्दा दुश्मन को दलाल हरु खतरनाक हुन्छ ,होस् गरौ \
मेघराजजी, तपाईलाई बैंकको कर्मचारीबाट ठुलो ठगि भएको छ! तपाईको प्रमाण बलियो छ! यस्ता ठगहरुलाई छोडियो भने तपाई जस्ता अरु ग्राहकहरु पनि ठगिन सक्छन! त्यसैले प्रमाण सहित अरु रेडियो, टि.वी.र पत्रपत्रिकामा पनि जानकारी गराउनुहोस र उपभोक्ता मंचको साथसाथै प्रहरीबाट पनि ठगिको मुद्दालाई अगाडी बढाउनु होस् र असली ठगलाई जेल पठाई अरु नेपालीहरुलाई पनि ठगिनबाट जोगाऊनुहोस!
तपाई सफल हुनुहोस, मेरो सुभ-कामना!
धितो राख्ने को त यो हाल छ भने कुनै हिसाब बेगर राखिने लकरको सामान को के हाल हुन सक्ला !
उपभोक्ता हित संरक्षण मंच को कार्यालय कहाँ छ, कसैले जानकारी दिनुहोस न| मलाई पनि यस्तै समस्या परेको छ |
सिहदरबार नजिकैको हनुमानथानमा किष्ट बैंकको अगाडी छ सुमनजी। आफ्नो समस्या त्यहाँ गएर राख्न सक्नु हुन्छ। तपाईले निशुल्क कानुनी उपचार र परामर्श पाउन सक्नु हुन्छ।
बैंकमा सुन-चांदी सुरक्षण,वा धितोमा राख्दा खजानचि ले पत्याएको सुनजाचने, सुनचांदी पारखी नै हुने हुँदा उसलाई अरुले झुक्याउने वा झुकिने त कुरै भएन | कहिलेकाही कर्मचारीहरुको लापर्वाई तथा बद्निएत् र हाकिम्समेत्को मिलिभगत का कारण पित्तल सुन हुने र सुन पित्तल हुने गरेको हो | यदि यस्तो काण्डमा कडाभन्दा कडा कारवाई गरिने समयमै व्यवस्था भएको भए यसरी दोरिरहने थिएन |
हैन यो बैंक पनि अचम्म को हुन थाल्यो अचेल…बैंकमा त पैसा या गर गहना पो धितो राख्छन पिताल पनि राख्लान त कोहि कसैले…एदी राखेको भए पनि त पिताल को ब्याज तिर्नु पर्ने फेरी त्यो पिताल को कति नै छ र मार्केट मा..
कुरा बुजी नसक्नु भै सक्यो नेपालमा.. ठग्ने पनि यौटा सिमा हुन्छ ……..छि छि छि छि …
चोर कर्मचारी जहाँ पनि हुन्छन् । हुनत, यो प्रसङ्ग यहाँ अलि सान्दर्भिक नहुन पनि सक्छ, वारम्वार चर्चामा आउने एयरपोर्टको ब्लगमा चाहीँ बढी सान्दर्भिक हुन्थ्यो होला ! तर पनि तलको भिडियोले अमेरिकि एयरपोर्टका कर्मचारीले पनि सामान चोरेको हेर्दा अचम्ममा परिन्छः
http://www.youtube.com/watch?v=aLxsLbl16IM&feature=b-mv
घटना को प्रकृति हेर्दा पुराना खजान्ची ( इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकमा गइसकेका) ऋषि केशब धौडेल नयाँ खजान्ची नानीछोरी श्रेष्ठको नै मिलेमतो जस्तो देखिन्छ l
नेपाली कानुन को लफडा मा फस्नु भो है रसाइली जी तपाई पनि/ तपाई मात्र होइन आज सम्पूर्ण नेपाली हरु नेपाल को हरेक छेत्र बाट ठगिदै आएको सबै मा छर्लंग नै छ नि सर कि कसो?धन्न पशुपति नाथ ले हाम्रो हेर चाह गरेका छन् बाबा नत्र बर्बाद नै छ नेपाल र नेपाली को दशा/
नेपाल मा के गर्ने होला?
१) एअरपोर्ट सुरक्षा मा राखेको प्रहरी आफै तस्कर गर्दछ.
२)बैंक मा सुरक्षित राखेको सुन तेही हराउछ,
Please do not end this issue. Try to post the picture of the Cashier and his address. Also lodge complaint at CIAA and Nepal Police. The cheaters must be brought to books. This is an extreme case of fraud going on inside finance sector.
यस विषयको समाधान त सम्बन्धित बैंकले नै गर्नुपर्छ किनकि धितो बैंकलाई विश्वास गरेर िदइएको हो न कि खजान्चीलाई । सुन धितो राखेर कर्जा लिने वेलामा नै सवै सामानको विवरण र तौल उल्लेख गरेर प्रमाणित भर्पाईं लिएर राख्नु पर्ने रहेछ भन्ने कुराको पाठ समेत यो घटनाले हामी सवैलाई सिकाएको छ ।
हामीले केवल यहाँ प्रतिक्रिया मात्रै नलेखी बाणिज्य बैंकको इमेल [email protected] र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको इमेल [email protected] मा पनि खबर गरि यो व्यक्ति ऋषि केशब धौडेलको बारेमा लेखि आफु उक्त बैंकमा पैसा नराख्ने र आफुले चिनेकाहरुलाई पनि नराख्न सल्लाह दिने भनि इमेल राखी जन-दबाब सिर्जना गरौँ |
एउटा कुरा मलाई मन मा आएको कतै त्यो दिदि ले गिफ्ट दिएको रिंग सुन को जलप वाला त थियन बैंक मा जलप उड्यो कि दुइ वर्ष मा just a thought. We always think we are right
>साइज घटेको चाहिं औठी थुनिएकोले खान नपाएर, अनि कुरूप भएको चाहिं औंठी बूढो भएर हो कि बिकास जी? नाम एकै परेछ, त्यसैले नलेखी बस्न सकिएन.
जांच नगरी ब्याङ्कले सुन राखेन होला जलप हो कि, हैन भनेर त्यस्तो उल्लु कम्रचारी भए त सबैले जलपवाला गहना ब्याङ्कमा राख्न जान्दैनन् ?
हन धीतो राख्दा बिवरण के थियो? एउटा सुनको औंठी समेत भनेर लेखेको थिएन?
रकमी नै रकमीले भरेको अड्डामा त्यो छुटन सक्ला जस्तो देख्दिन| ओजन गरिएको थियो होला| खालि औंठी मात्र त् लेखेको थिएँन होला| कुन बैंकले पित्तलको औंठी धीतोमा पैसा दिन्छ र बिवरण नखुलाई?
त्यो बैकबाट अरु ककसलाई मर्का परेको छ र प्रचारमा आएनन त्यो पनि बुझेर अनुसन्धान कारवाही गर्नु आवश्यक छ|
चिनेको मान्छे छैन भने बाणिज्य बैंक र नेपाल बैंक भने पछी मेरो नौनाडी गलेर आउँछ| सके सम्म उनीहरु संग कारोवार नै गर्दिन| आफ्नो पैसा राख्न र झिक्न पनि त्यहाको कर्मचारीको पैसा माग्न आएको जस्तो व्यवहार गर्छ|
डर भए पो गर्दैनथे कसैले केहि गर्न सक्दैन भन्ने छ अनि येस्तई हो | ज भए पनि बैंक ले त जिम्मा लिनु पर्ने हो | बैंक ले जिम्मा लिदैन भने त ज गरे पनि भै हाल्यो नि |
धितो राख्ने बेलामा सामानको बिवरण को दस्ताबेज त पक्कै हुनु पर्ने हो | तेही नै प्रमाण हुनुपर्ने हो | नत्र त जसको समान जे गर्दिए नि भो नि |
Always take good photos and videos (even via mobile phone) of your valuables and give a copy to the bank and keep one yourself.
हो, रामले भने जस्तै, सबै समानको फोटो लिएर एक प्रति आफुसंग राख्ने र एकप्रति बैंकलाई दिनुहोला अब आयिंदा कसैले पनि धितो राख्दा, जसले गर्दा प्रमाण देखाउन सक्नुहुनेछ एस्तो बेइमानी भएको बेलामा|
मलाई पनि हिजो मात्र यस्तै पर्यो,मा हिजो बाईक को ब्लुबुक रिनु गर्न तल्चिखेल गयको थिय/ मैले करिब २ बजे तेया को काउन्टर नम्बर तिन को कर्मचारी लाई रिनु को लागि पैसा र ब्लुबुक सहित अग्रह गरे तर उहा ले मलाई आज समय सकीयो भोलि औनुस भानुभो/
मैले ”म लाज़िम्पथ बाट आउनु पर्ने पटक पटक आउन गारो हुन्छ,फेरी पाच मिनेट त ढिला भयको हो नि” भने तर उहा ले मान्नु भयन/ अनि म निराश भयर फर्किन लागको थिय तेहा एकजना दाई लै भेट भयो उहा ले मलाई सतचालिस सय लाग्छ तर पाच हजार दिने भय म ऐले नै गर्दिन्छु भनुभयो ,अनि मैला सोचे कि भोलि आउंदा पनि यस्तै त हुन होला बरु यै तरिका ठिक होला भनेर पाच हजार दिय अनि तो दाई ले काम गर्दिनुभयो/ हुन त यसमा म़ा मेरो पनि गल्ति छ,तर हर्नुस त ग्राक लाई सेवा दिन चै समय सकीने अनि दलाली लाई चै नसकिने ? यस्तो भर्स्ताचार्र कति हुन्छ यसमा अक्तियार को आँखा खै ?
मेरो पनि एक महिना अगाडी license renew गर्न जादा yestaii भएको थियो !
इटहरी इस्थित यातायात कार्यला मा म 1:30 तिर पुगेको थिए
समय २ बजे सम्म थियो रशिद काट्ने.तर त्यहाँ रशिद काट्न मानेनन्. मैले भने २ बज्न अझै समय बाकी छ . तर त्यहाँ को कर्मचारी ले मानेनन्. तेतिकई मा एउटा agent ले 1०० दिने भए अहिले हुन्छ भन्यो . मैले पनि हेरौला भनि दिए. त्यो कर्मचारी ले लाज नै पचाई रशिद काट्यो मेरै अगाडी र malai dekhera मुस्कान मात्रै छोड्यो मैले यो कुरा माथि गएर भने तर माथि बाट तेस्तै ho भनि आलटाल भयो.
अजब देश हो हाम्रो नेपाल जब सम्म भ्रस्ट कर्मचारी रहन्छन् केहि नहुने भयो यो देश मा.
जय भ्रस्टाचार जय नेपाल !!!!1
यो घटना नेपाल का सबै पत्रपत्रिका हरुमा छापिनु पर्छ, ता कि आम नेपालीहरुलाई थाहा होस्
अनि तेस्ता बैंक हरुलाई अनिबार्य कारबाही हुनुपर्छ ,
मैले पनि गोर्खा जिल्ला को बाणिज्य बैंक मा १ वर्ष अघि सुनको सिक्री धितो राखेको थिया तर पछि निकाल्ने बेलामा तो सिक्रीको केहि रिंग हरु गायब थियो , मैले बैंक मा गयर भन्दा तेहाका कर्मचारीहरुले मेरो नै गल्ति देखाय
एस्तो कुरा त पत्रिका ल कहाँ चप्चन त उनीहरु त प्रचण्ड ल के भनो,ओली ले के भने कुरा पो छाप्चन
मलाई त मह दाईहरुको “लक्ष्मी” याद आयो!
राजनीतिज्ञ अनि सरकारी कर्मचारीले जनता र उपभोकतालाइ जे गरे नि हुन्छ भन्ने एक उदाहरण हो यो! सरकारबाटनै सेकुरिटी नभाएसी के गर्न सकिन्छ, ज्यादती सहनु बाहेक!
सबको रक्षा गरुन पशुपतिनाथले !
राष्ट्रिय बा् बैँक, नयावानेश्वर शाखाले मेरो सुन झिक्न जादाँ औँठिनै गायब गरेछ। मैले त आफ्नो पोको सहसलामत छ भनेर घर लिइ गएँ तर घर गयर हेर्दा त सुन का गहना मधयमा औँठीचाहअ गायब। मलाई सामान हस्तानतरण गर्ने बेलामा त्यहाको कर्मचारीले लुसुक्क तयो औँठी भुईँमा झारेको र म हिडिसके पछि उसले टिपेर राखेको त्याहाके अर्को कर्मचारीले देखेकि रहिछन। पछि समान लिन जादाँ सके सम्म झगडा गरेर नदिन खोजेका थिए तर ति महिला कर्मचारिले देखेको कुरा हामिलाई भने पछि उल्टो मलाई नै दोशि देखाउदै बल्ल बल्ल सामान फिर्ता गर्यो। बैँकका बदमाश कर्मचारीलाई बिश्वास गर्नु मेरै बेकुफी हो।
मेघ राज जी !
बिबिसी नेपाली सेवा बाट पनि प्रसारण गर्ने जमर्को गर्नुस, यो कुरा इन्टरनेट को र पत्र पत्रिका नपढेका सबै लाइ थाहा हुन जरुरी छ.
मेघराजजी,
तपाइले आफ्नो कम्प्लेन दर्ता गरेर अनि माई संसारमा राख्नुभएर कैयौं अरु पनि
मर्कामा परेका तर आवाज उठाउन नसकेकाहरुको पनि आवाज बनिदिनुभायो|
पित्तल देखिने सुन धितोमा स्वीकृत गर्ने कुरै छैन, यो अवश्यै पनि साटिएको हो|
यसमा धौडेल सलग्न छ छैनन् भन्न सकिदैन तर बैंकले यसको पूर्ण जिम्मेवारी लिनपर्छ|
हामी तपाईको साथमा छौ|
एकचोटी तपाईको बीबीसी कै “भ्रष्टचारी कीरा परोस” भनेर टी शर्ट लगाई प्रचारमा ग्रुप
फोटो खिचाउने तर पछी केहि नगर्ने मिश्रजीको कानमा पनि यो कुरा पुर्याउनुभए हुन्थ्यो|
टीशर्ट मा लेखेर मात्र हुने भए हामीले यस्तो भोग्नै परने थिएँन|
सरकारी बैंकमा नै यस्तो फट्याईं/लापारबाही | अन्त कस्तो होला ? हरे राम ! के समय आएको यो ? पीडकको कुरा सुन्दा ति कर्मचारीले जानी जानी फट्याईं नै गरेको हो भन्ने बुझिन्छ | एउटा सक्षम मानिसलाई यो परेकोले मिडिया सम्म आईपुग्यो | गाउँको साधारण मानिसलाई परेको भए के आज थाहा हुन्थ्यो होला त ? यस्ता कति घटना घटिसकेको होला अहिले सम्म | नेपाल भनेको फटाहा, लुच्चा, हेपाहा, चोर र डाँकाहरुको देश नै बन्ने हो कि कसो ?
कर्मचारीको लापरबाही पटक्कै हैन बरु त्यो बैंकको ठगि हो/ मेघराज रसाइली को लेख अनुसार त्यो चिज लापरबाहीले हराएको नभही कर्मचारीको मिलेमत्तोमा कर्मचारीले नै लगेको हुनुपर्छ/
अधिकांश सरकारी अड्डाका कर्मचारीको व्यवहार अत्यन्तै रुखो छ/ तिनीहरु सरकारले दिएको तलबमा हाजिरमात्र गर्न खोज्छन र जनताको काम गर्न जनताबाट अतिरिक्त रकम (घुस) माग्छन/ घुस नदिनेको काम १० मिनेटमा हुन्थ्यो भने १० दिन मा पनि सम्पन्न गरिदिदैनन/ यो आम नेपालीले भोगेको कुरा हो……
यो “लापरबाही” वा “गल्ति” मात्र होइन सरासर बैक भित्र भएको “चोरी” हो /
लापरबाही वा गल्तीले कुनै पनि हालतमा “सुन- पित्तल” मा परिबर्तन हुदैन भन्ने कुरो त् सबै भन्दा बज्रस्वाठले पनि बुझ्छ /
धितो राख्दा र निकाल्दा सुन को तौल जोखिदैना भन्या???
मैले त केहि बुझिन बाबा…
रसाइली जी
तपाइँ बिबिसी मा कामगर्ने प्रबुद्द व्यक्ति लाइ त् तेसरी ठग्न खोज्यो भने ,आम मानिस लाइ कसरि ठग्छ होला |
वो माइ गड|
दुई चार जनालाई जेलमा कोच्यो भने फेरि त्यो पित्तल सुन बन्छ!!!!!!!!!!!!!!
एत्ति कुरा बुझौं ,
कर्मचारी को चरम लापरबाही हो,
कारण
पित्तल नै हो भने किन उसले त्यो धितो राख्यो त ? येस्मा संका छ ,
बल्लव