-डोलेश्वर भण्डारी-
“आजकल तेरे मेरे प्यारके चर्चे हर जवान पर, सबको मालूम है और सबको खबर हो गयी”। यो गीत मुत्रा हजामको सेलुनमा बजीरहेको छ। एक जना अन्दाजी २० वर्षको युवा आएर मुत्राको कपाल काट्ने कुर्सिमा बस्छन्। उनले मुत्रासँग बजकट स्टाइलको कपाल काट्न भन्छन। केहि बेरमा मुत्राले कपाल काटि सकेपछि उनको कपाल सेम्पु गरिदिन्छन् र हल्का मालिस पनि गरि दिन्छन्। युवकले सोध्छन् “कति रुपैंयाँ भयो ?” “सत्तरी रुपैयाँ” मुत्रा जवाफ दिन्छन्। युवक मुत्राले भने जति पैसा दिएर सेलुनबाट हिंड्छन्। मुत्राले यस्ता ग्राहक कहिले पन्ध्र जनासम्म पनि पाउँछन् त कहिले दुई जना मात्र। कहिले त उनको दिन त्यतिकै बित्छ। मुत्राको ध्यान सँधै कसरी धेरै भन्दा धेरै ग्राहकलाई खुशी पारेर आफ्नामा कपाल काट्न आउने बनाउन सकिन्छ भन्नेमा हुन्छ। ग्राहकहरुलाई आकर्षण गर्न उनले के गरेका छैनन् र।
घरि पुराना रफिका गीत बजाउँछन त घरि भर्खरै मात्र रिलिज भएको फिल्मका गीतहरु बजाउँछन्। मुत्रा कहिले ग्राहकलाई पनि सोध्छन् कुन गीत बजाउँ भनेर। कहिले भने सेलुनका भित्तामा हिरोइनका र मोडेलका लोभलाग्दा पोष्टर टाँस्छन् अनि उनको सेलुन बाहिर गएर हेर्छन् र फेरि पोष्टरलाई सार्छन् ताकि सडकबाटै पोष्टर राम्ररी देखियोस्। कहिले भने मुत्राले सेलुनमा बास्नादार अगरु धुप जलाएका हुन्छन्। कहिले भने नयाँ नयाँ डिजाइनका काइयो र सेम्पु किन्छन्। अस्तिमात्र साना ऐनालाई हटाएर ठुला ठुला ऐना दुवै भित्तामा राखेका छन्। ठुला ऐना राखेपछि ग्राहकले टाउको नहल्लाइकन पछाडिको कपाल मिलेको नमिलेको देख्न सक्छन्। उनले नयाँ नयाँ डिजाइनको कपाल काट्न सिक्न सँधै लागि पर्छन। नगरुन पनि किन उनको जिवीका नै ग्राहकको संतुष्टिमा टिकेको छ।
ग्राहक नआएको वेलामा मुत्रा सडकमा ओहोरदोहोर गर्ने मान्छेका टाउकामा हेर्छन र आँखा जुधाउने प्रयास गर्छन र लाक्षणिक रुपमा उनको अनुहार र हाउभाउले “कपाल मिलाउने होइन?” भनेर मान्छेहरुलाई सोधिराखेका हुन्छन्। कतिपय मान्छेहरु उनको सेलुन भित्रका हिरोइनका पोष्टरलाई देखेर अलि विस्तारै हिड्छन्। मुत्रा खुशी हुन्छन् र मनमनै भन्छन् पोष्टरले काम गर्ने रहेछ। कति चाँहि उनको सेलुनबाट निस्किएका मिठा गीत सँगै सुसेली हाल्दै हिड्छन्।
मुन्नाको आम्दानिको श्रोत यहि सेलुन मात्र हो। उनले ठूलो जोखिम मोलेर यो व्यवसाय थालेका हुन्। उनी सोच्छन् यत्रो भाडा तिरेर सेलुन थापे पछि चलिदिएन भने मेरो हालत के होला ? मैलै परिवार कसरि पाल्ने ? मेरामा ग्राहक आएनन् भने मैले के गर्ने ? मैले भाउ त ठीक राखेको छु ? मैले महँगो गरें भने कतै मैले ग्राहक त भड्काउँदिन ? बढि ग्राहकलाई तात्रका लागि अरु के गर्न सकिन्छ ? उनी सँधै भरि यस्तै यस्तै कुराको चिन्ता लिइ रहन्छन्। उनको एउटै चिन्ता आफ्नो व्यावसाय कसरी राम्ररी चलाउने भन्ने हो। उनको व्यावसाय राम्रो चल्यो भने उनले एकजना अर्को हजाम कामदार पनि थप्ने सोचाइमा छन्।
हजाम पेशा उनको सवै भन्दा मन पर्ने पेशा त होइन तर पनि पनि यसलाई सुरुगर्न खासै ठुलो लगानि नचाहिने हुनाले र उनको हातमा कपाल काट्ने शिप भएको हुनाले उनले यो पेशा समातेका हुन। तर काम गर्दै गए पछि उनलाई यो पेशा मन पर्न थालेको छ। उनलाई सवै भन्दा बढि मन पर्ने कुरा के भने यो पेशाको पवित्रतासँग। यो पेशा लिनेले कसैको इच्छा विरुद्ध केहि पनि पनि गर्नु गर्दैन। कसैलाई ठग्नु पर्दैन। कसैको मन दुखाउनु पर्दैन नत यो पेशामा कुनै हिंसा नै जोडिएको छ। ग्राहक राजी खुशीसाथ उनकामा आउँछन् र राजीखुशी साथ उनको कामको ज्याला दिन्छन्। ग्राहक खुशी हँदा उनी पनि धेरै खुशी हुन्छन्। कतिपय उनका नियमित ग्राहकहरु लामो कपाल लिएर उनकामा आउँछन र भन्छन् “कामले गर्दा अन्यत्र गए पनि कपाल काट्न चाँहि मुत्राकोमा नै आएको छु”। यो सुनेर मुत्रा धेरै खुशि हुन्छन्।
मुत्राका छिमेकी हाकिम साब पनि मुत्राका एकजना नियमित ग्राहक हुन। उनी महिनाको एक पटक जस्तोमा मुत्रालाई कपाल कटाउँछन्। मुत्रालाई हाकिम साहेब कहाँ के गर्छन् भन्ने थाहा थिएन। तर सवै छर छिमेकका मान्छेहरुले उनलाई दिने सम्मान देखेर मुत्रा पनि उनलाई सम्मानको नजरले हेर्थे। तर कपाल काटिसकेपछि पैसा तिर्ने वेला आयो कि त हाकिम साबले मुत्रालाई अरुको भन्दा कम्तिमा कपाल कटाउँथे। कहिले खुद्रा नभएको बाहाना झीकेर ७० रुपैंयाका ठाउँमा ६० मात्र दिन्थे त कहिले भने वाँकि भोलि तिर दिउँला भनेर आधा पैसा मात्र दिन्थे। हुनत मुत्राले उनलाई मुखभरिको जवाफ दिएर पुरा पैसा माग्न सक्थे तर सवैले मानेको मान्छेलाई त्यसो गर्न उनले उचित ठानेनन्।
हाकिम साबको भन्दा कमै आम्दानी हुने मान्छेले पनि मुत्राकहाँ खुशिसाथ पुरा पैसा दिन्थे तर हाकिम त झनै धेरै कमाउँदा हुन तर पनि किन पुरा पैसा तिर्दैनन् भन्ने कुराले मुत्रालाई हाकिमको बारेमा अझ बढी जान्न मनलाग्यो। मुत्रा विस्तारै हाकिमको नियत, हाकिमको काम, हाकिमको आम्दानि, हाकिमको चिन्ता, हाकिमका स्वार्थ के रहेछन् भनेर वुझ्ने प्रयत्नमा लागे। मुत्राले थाहा पाए कि हाकिम साब नेपाल सरकारको मालपोत विभागका माथिल्लै ओहोदाका कर्मचारी रहेछन्। हाकिमसाबले पाउने तलब पनि जनताबाट जव्वरजस्तिकासाथ उठाएको करबाट आउने रहेछ र तलब बाहेक घुसबाट पनि वेलाअनुसार तलबको दुई देखि पाँच गुनासम्म आउने रहेछ। हाकिमको काम चाँहि वेला वेलामा सहि गर्नु पर्ने रहेछ र फोनमा कुरा गर्नु पर्ने रहेछ। हाकिम साब अहिले कम्प्यूटर पनि सिक्दै रहेछन हालसालै एउटा प्रोजेक्टले दिएको कम्प्युटरमा। उनी फेसवुकसम्म खोल्न जात्रे भएका रहेछन। हाकिम साहेबलाई मुत्राको जस्तो ग्राहक नआउलान भन्ने चिन्ता पनि रहेनछ। विभिन्न तरिकाबाट जनतालाई उनकामा आउन बाध्य पारिएको रहेछ। ग्राहकलाई खुसी पार्नका लागी गित बजाउने वा हिरोइनका फोटो टाँस्नु पर्ने वा कोठामा अत्तर छर्किनुपर्ने पनि केहि गर्नु पर्ने रहेनछ हाकिम साबले। नत उनले आफ्नो पेशागत सिप र ज्ञानलाई नै बढाउनु पर्ने रहेछ। उनले गरेका कामले वा निर्णयले कसैलाई घाटा पुर्याए पनि उनले त्यसको जिम्मा लिनु पर्ने रहेनछ। एक दिन हडताल भएर पसल बन्द हुँदा मुत्रालाई कति पिर पथ्र्यो तर हाकिम साब त हडताल हुँदा काममा जानु परेन भनेर खुशी हुँदा रहेछन्। काममा नजाँदा पनि उनको तलब घट्ने रहेनछ। काम ठग्दा पनि उनको आम्दानि उत्ति नै हुने रहेछ। जनताको सेवा बढाउनका लागि भनेर तालिम, पुरस्कार, भ्रमणमा बजेट सालिन्दा बढाएर उल्टै जनतालाई नै सताउँदा पनि हुने रहेछ। हाकिम साबले पाउने आधा तलबमा नै हाकिम साहेब भन्दा कुशल मान्छे फालाफाल पाउँने हुँदा हुँदै पनि सराकारले हाकिमसाबहरुलाई खुशि पार्नलाई तलब बढाएको थाहा पाए पछि त मुत्रा अचम्मै भए। उनले किन यस्तो भएको रहेछ भनेर अझै पत्तो पाउन सकेका छैनन्। मुत्रा भने उज्यालो हुने वित्तिकै देखि रातिसम्म सेलुन खुला राखेर बस्छन् तर हाकिम साब त दसबजे पछि मात्र अफिस पुगेर ५ नबज्दै हिंड्दा पनि हुने रहेछ। मुत्रालाई त कुन दिन कुन बार हो भन्ने पनि थाहा हुदैन तर हाकिम साबलाई सनिबार अफिस नजादा पनि हुने रहेछ। आज आएका ग्राहकलाई तत्काल काम गर्नु को सट्टा आलटाल गरेर भोलि आउ भत्र पनि पाइने रहेछ तर हाकिमको आम्दानि जस्ताको तस्तै रहने कुराले त मुत्रा तिन छक्क परे। सेलुनलाई चाहिने कुराहरुको किनमेल गर्दा मुन्ना त कहाँबाट सस्तो र राम्रो चिज पाइन्छ त्यहाँबाटै किन्थे तर हाकिम साबलाई किफाइति हुने भन्ने के हो थाहै रहेनछ। जहाँबाट जति पैसा परेपनि अलि अलि कमिशन पाए हुने रहेछ। अनि यस्तो फुर्मासी हुदा पनि उनले जिम्मेदारी लिनु पर्ने रहेनछ। अझ उनको वेला बखतमा बढुवा भएर उनको आम्दानि अझै थपिने रहेछ।
अवेला अफिस जाने, चाँडै घर फर्कने, बाहुला सुर्केर काम गर्नु नपर्ने, काम ठगे पनि तलब उत्तीनै पाइने, आफ्ना निर्णयको जिम्मेवारी लिनु नपर्ने, अफिसको पैसा खर्च गर्न मितव्ययि हुनु नपर्ने, जोखिम केहि नै लिनु नपर्ने, जनताले दुख गरेर कमाएको करको पैसा उडाउन पाइने, जनताको नाम दिएर आफ्नो दुनु सोझ्याउन पाइने, आफ्ना ग्राहकलाई खुसि पार्नु त कहाँ हो कहाँ हो उल्टै उनीहरुबाट घुस लिन पाइने, उनका कामले राष्ट्रिय उत्पादकत्व केहि नै नबढे पनि सरकारले तलब बढाइदिइ रहनु पर्ने, भ्रष्टाचार गर्दा पनि विभागिय कार्वाहि भनेर सरुवा मात्र गरेर दण्ड दिइने, जे कामको जिम्मा लिएको छ त्यो चाँहि केहि नै पुरा नगरे पनि तलब पाकि रहने र यस्तै यस्तै गर्न पाइने भएको देखेर मुत्रालाई सरकारका कर्मचारी देखि नै शंका जागेर आयो।
मुत्राले अब आफ्नो पेशालाई हाकिम साबको पेशा भन्दा धेरै माथील्लो श्रेणीमा राखेका छन्। हाकिम साहेबको जस्तो उनको आम्दानि जव्वरजस्ती उठाइएको जनताको करमा भर पर्दैन। राजी खुसीले ग्राहकले उनलाई उनको कामको ज्याला दिन्छन्। हाकिम साबको भन्दा फरक उनकामा राजी खुशीले ग्राहक आउँछन्। जव्वरजस्तीको उनकामा कुनै गुन्जायस छैन। उनको काममा ठगीको वा चोरीको कुनै गन्ध पनि छैन। उनको काममा भ्रष्टाचारको पनि कुनै गन्ध छैन। उनको काममा गैर जिम्मेदारि हुने पनि कुनै गुन्जाइस छैन। उनको काममा उनका हरेक निर्णयहरुको उनले पुरा पुरा जिम्मेदारी लिनु पर्ने हुन्छ। उनले ग्राहकलाई खुसी नपारीकन प्रगति गर्न पनि सक्दैनन्। ग्राहक हाँसे पछि मात्र उनी हाँस्न पाउँछन्। मुत्रा मनमनै प्रश्न गर्छन, नैतिक हिसाबले, मितव्ययीताको हिसाबले, कर्तव्य परायणताको हिसाबले, सेवाको हिसाबले, उत्पादकत्वको हिसाबले, आत्म निर्भरताको हिसाबले, स्वतन्त्रताका हिसाबले, कानुनी हिसाबले वा कुनै पनि हिसाबले उनको काम हाकिम साबको भन्दा कमसल छ त ? मुत्रा भन्छन “सरकारका कार्यक्रमका उद्देश्यले नाप्ने हो भने सरकारका कुन कार्यक्रमलाई नचाहिने भन्न सकिन्छ र तर कार्यक्रमका परिणामबाट नाप्नेहो भने सरकारका सबका सब कामहरु नै फेल छन् भन्दा हुन्छ। यी कार्यक्रमले खाली थप हाकिम साबहरु मात्र जन्माएका छन्।”।
मुत्राले अहिलेसम्ममा अरु सरकारी निकाय र मंत्रालयका नाम र काम पनि थाहा पाएका छन्। मन्त्रालयका नाम सुन्दा उनीलाई पत्याउनै गाह्रो हुन्छ कि यस्ता यस्ता जनतालाई साह्रै नै चाहिने मन्त्रालय पनि छन तर उनले थाहा पाए कि तिनले त तिनका नामको ठिक्क उल्टो काम गर्ने रहेछन्। शिक्षा मन्त्रालय अन्तरगत सवै थोक छ, दुईजना त मन्त्री नै छन्, विभागहरु छन्, योग्यता पुगेको शिक्षक छन्, शिक्षकका निरिक्षक छन्, तिनलाई हेर्ने जिल्लामा जिल्ला कार्यलय छन्, क्षेत्रमा क्षेत्रिय कार्यलय छन्, हरेका स्कुलका संचालक समिति छन्, पुर्वाधार पनि सवै छन् तर खाली मात्र पढाइ छैन। तर निजी स्कुलमा भने योग्यता पुगेका शिक्षक पनि छैनन्, शिक्षकले तलब पनि कम पाउँछन्, जिल्ला र क्षेत्रबाट पनि केहि मद्दत मिल्दैन, संचालक समिती पनि छैन, जिल्ला शिक्षा निरिक्षक पनि छैनन्, भौतिक पुर्वाधार पनि भने जस्तो छैन, तर पढाइ त्यहि राम्रो छ। त्यहाँबाटै धेरैजसो विध्यार्थीहरु एस एल सीमा पास भइ रहेका हुन्छन्। मुत्राले हाकिमसाबको कपाल काटेर अब सवै हाकिमहरुको नियतलाई राम्ररी वुझेका छन्। सरकारी निकायबाट किन राम्रा परिणाम आउँदैनन् भन्ने कुरामा उनीसँग अब पुरा पुरा जवाफ छ। उनी अरु मन्त्रालयको पनि उस्तै हाल देख्छन्। नामको ठीक विपरित काम। स्वास्थ्य मन्त्रालयमा सवै थोक छ, संयन्त्र सवै छ तर जनताले स्वास्थ्यमात्र पाएका छैनन्। उर्जा मन्त्रालयमा सवै चिज छ जनताले उर्जा मात्र पाउँदैनन। कृषि मन्त्रालयमा सबका सब छ तर जनतालाई कृषि गर्नमात्र केहि मद्दत छैन। कानुन मन्त्रालयमा सबका सब संयन्त्र छ तर देशमा कानुन मात्र छैन र भिडको शाषन छ। स्थानिय विकास मंत्रालय छ, यस्मा सवै संयन्त्रहरु खचाखच छन् खाली स्थानिय विकास मात्र छैन। यस्ता उदाहरण अनगिन्ति छन् मुत्रा सँग।
अनी मुत्रा नेताका भाषण सुन्छन्। तर नेता भने सवैकुरा सरकारले गर्न सक्छ भनेर आश्वाशन वाँडिरहेको सुन्छन्। जो सरकारमा आए पनि कर्मचारिको तरिका नफेरिएको देखे पछि त यस्वाट नेताहरुले पनि सिक्नु पर्ने हो भन्ने लाग्छ मुत्रालाई। मुत्रा भन्छन् यसको समाधान राम्रा मान्छेलाई नेतृत्व दिने होइन कि उनीहरुको जिवीकालाई जिम्मेवार बनाउने हो। सरकारमा राम्रा मान्छेको कमि थिएन र छैन पनि तर त्यो सरकारी मेशिनमा राम्रा र नराम्राको भेद हुदैन। जबसम्म मान्छेले आफुले गरेका कामको पुरा परिणाम भोग्दैन तबसम्म जनताको नाममा हुने ठगि रोकिनेवाला छैन। मुत्रालाई सरकारका कर्मचारिको तरिका देखेर के लाग्यो भने कर्मचारिको यसमा दोष छैन किनकी मान्छे स्वार्थीप्राणी हो र जब उसको लोभ र कामलाई समाजले राम्रो सँग मिलाउन सक्दैन तब हाकिम साबहरुको जन्म हुन्छ। यी सरकारका कर्मचारिहरु पनि कृषि, उद्योग, व्यापार, जस्ता निजी क्षेत्रका उत्पादनशिल क्षेत्रमा भैदिएका हुन्थे भने यीनीहरु पनि म जस्तै जिम्मेवार बन्थे होलान। मितव्ययि हुन्थेहोलान। घुस खान्थेन्। ढिला सुस्ति गर्थेनन र गरेमा उनीहरुलाई नै घाटा हुन्थ्यो अनि तिनले पनि राष्ट्रिय उत्पादनमा सहयोग पुर्याउँथे। मुत्रालाई लाग्छ कि जब निजि क्षत्रले गर्नेकाम पनि सरकारले जिम्मा लिन्छ तब यस्ले गर्नैपर्ने शान्ति सुरक्षा, र कानुनको पालना गराउने काममा पनि कमजोर हुन्छ। र के काम सरकारलाई गर्न दिने र के काम निजि क्षत्रले गर्ने भन्नेबारेमा आम मान्छेहरुले वुझ्दैनन् तबसम्म हामी सरकारलाई काम थप्दै रहन्छौं र नयाँ नयाँ हाकिम साबहरुलाई जनताको “सेवा” गर्ने मौका दिदै रहन्छौं। उनी प्रश्न गर्छन, उद्योग, व्यावसाय, व्यापार, खेति गर्ने मान्छेहरुका कमाइमा भर पर्ने सरकारी जागिरेहरु कुन साइनाले हाम्रा हाकिम भए ? के वास्तविक हाकिम उनीहरु नै हुन् त ?
(यो ब्लगमा मैले एकजना सरकारी कर्मचारीको र एक जना हजामको जीविका र नियतलाई तुलना गरेको छु। सरकारमा काम गर्नेहरु सबै बेइमान हुन्छन् भन्न खोजेको होइन तर सरकारका कर्मचारीलाई जनताको सेवा गर्नमा खासै रस छैन त्यसैले हामीले सरकारको भूमिकालाई सकेसम्म घटाउनु राम्रो हो भन्न खोजेको हुँ।)
नेपालमा जब सम्म academic qualifications लाई मात्र merit हिसाब गरिन्छ र सहि तरिकाको staff appraisal गरिंदैन तब सम्म, यस्तै हो| हामीले याद राख्नु पर्ने एउटी महत्वपुर्ण कुरो भनेको, नेपालको academic ईतिहास ७० बर्ष मात्र पुरानो हो| १ century पनि नखारिएको लेखा-पढीले देशलाई के-कस्तो दिशा दिन्छ, यो देखि आएकै हो| अब भनेको, अरु तरिका पनि अपनाउनु पर्ने समय हो…| लेखा-पढी भनेको “शिक्षा” भनेर बुझिनु हुन्न| अब जनतालाई शिक्षित बनाउनु पर्ने हुन्छ|
यहाँ अलिकति बजारमा आधारित अर्थ तन्त्र र सरकार नियन्त्रित अर्थतन्त्र मा कुन राम्रो भन्ने मा कुरा चलेको जस्तो लाग्यो | डोलेश्वर जी चाही बजारमा आधारित अर्थ तन्त्रको पक्ष्यधर हो कि जस्तो लग्यो है मलाई | मेरो विचारमा जब सम्म बजार पूर्ण प्रतिस्पर्धात्मक छ, बजारमा आधारित अर्थ तन्त्र भन्दा राम्रो अरु कुनै हुदैन होला| तर हामी हरुको जस्तो देश मा पूर्ण प्रतिस्पर्धात्मक बजार सम्भब छैन होला | जब बजार मा पूर्ण प्रतिस्पर्धा हुँदैन तब बजारमा देखिने मूल्यले वास्तवीक मूल्य प्रतिनिधित्व गरेको हुँदैन | यस्तो अवस्था मा हाम्रो जस्तो ग्रामिण परिवेश भएको देश मा धेरै मानिसहरुको बजारमा पहुँच हुँदैन | त्यस्तो अबस्थामा सरकारी हस्तक्षेप चाहिन्छ होला |
गंगा जी,
मैले कुनै पनि पक्षको अर्थतन्त्रको वकालत गर्न खोजेको होइन | खाली कामगर्ने बाताबरण र incentive लाइ मैले देखाउन खोजेको हो | तपाइंले भन्नु भएको “हामी हरुको जस्तो देश मा पूर्ण प्रतिस्पर्धात्मक बजार सम्भब छैन होला” भन्ने कुरा संग म सहमत छैन | एउटा सानु ठाउँका दुइटा चिया पसले बिचमा पनि कसले ग्राहक बढी तान्ने भनेर प्रतिस्पर्धा हुन्छ भने अरु व्यवसायमा त झनै प्रतिस्पर्धा हुन्छ नै | एउटा ब्यापारीको नजिकै गैर हेर्नु भयो भने तपाइंले त्यो प्रतिस्पर्धालाई feel गर्न सक्नु हुन्छ |
अर्को कुरा बजार अर्थतन्त्र भन्दैमा सबै उत्तिकै efficient हुन्छ भन्ने ठान्नु पनि गलत हुन्छ |
Shows true picture of our country. Thanks to the writer for such a touching story.
डोलेश्वर जी, लेख धेरै राम्रो लाग्यो. नेपालका ५० % भन्दा बढी कर्मचारीको प्रतिनिधित्व गर्छ तपाइको लेखले.
गरिमा जी,
लेख मन पराइ दिनु भएकोमा धन्यबाद |
तपाइले भन्नु भएको ५० प्रतिसत भन्दा कम भित्र को को पर्ने रहेछन (जसलाई यो लेखले प्रतिनिधित्व गर्दैन) , केहि जानकारी गराउन सक्नु भए म आभारी हुने थिए |
Fantastic story. It spreads the message “No profession should be looked down if it is carried with honesty”. Hats off to the writer.
Frankly speaking, if we see the amount of budget to Education sector and compare its outcome, then we have to think whether we really need this
Ministry of Education. Whatever % SLC result we get is only because of private schools. They do not get any help from govt instead they pay tax.
This is just an example, same scenario in agriculture sector and many more.
तपाइको लेखका दुइवटा आयाम बुझे मैले | एउटा – परिश्रम गर्नेहरुको भन्दा नगर्ने हरुको ज्याला, मान, सम्मान, रवाफ सबै बढी हुने गरेको हाम्रो समाजमा अब हामीले परिश्रम गर्दा आफुलाई अझ बढी इज्जतिलो महसुस गर्नुपर्दछ र अरु पनि परिश्रम गर्नेहरुलाई इज्जत दिनसक्नुपर्दछ | दोश्रो – राज्यको भूमिका घटाउदै निजि क्षेत्रलाइ अगाडी बढाउनुपर्छ किनकि तपाइकै शब्दमा निजि क्षेत्र सरकार भन्दा बढी जिम्मेवार हुनुपर्ने हुन्छ |
तपाईले भनेको कुरो सहि हो | सैदान्तिक रूपमा निजि क्षेत्र जिम्मेवार हुनुपर्ने पनि हो जसको कारण तपाइले लेखिसक्नुभएको छ | तर सायद सरकारी निकायको गैह्रजिम्मेवारीको कारण हुनसक्छ नेपालमा निजि क्षेत्रमा पनि खासै जिम्मेवारी पन चाहि छैन | तपाइको कथाका पात्र मुन्ना हजामको सकारात्मक सोच मात्रै तपाइले उजागर गर्नुभयो तर अर्को पाटो पनि छ | जस्तो कि टोल टोलका सबै मुन्ना हजाम हरु मिलेर कपाल काटेको रेट ५० बाट १०० गराउने , यदि कसैले कममा काट्न खोज्यो भने उसको पसल नै बन्द गराइदिने | तपाइको मुन्नाले सोचेजस्तो ग्राहक तान्न उत्क्रित्स्ट सेवा दिन पनि पर्दैन किनकि मान्छेहरु कपाल र दार्ही लामो लामो पालेर सधै त बस्न सक्दैनन | यस्तो बिकृति निजि क्षेत्रको अरु ठाउमा पनि देखिन्छ जस्तो कि ग्यासको नाफा बढाउन आयल निगम बाट ग्यास नै नउठाउने , किसानको उखु किन्ने बेला चिनी मिल बन्द गर्ने अनि पछी चिनी बजारमा नपठाउने , थोत्रा बस बाट बढी नाफा गर्न सिन्डिकेट लागु गर्ने | यस्ता बिकृतिहरुबाट जनतालाई राहत दिन सरकारी निकायले कानूनी जिम्मेवारीको साथै आफ्नो भूमिका पनि केहि हदसम्म स्थापित गर्नुपर्ने हुन्छ |
जे कुरामा पनि सरकारी भूमिका खोज्ने प्रवृतिलाइ त घटाउनु नै पर्छ तर घटाउनु भन्दा पहिला चाहि जिम्मेवार बनाउनुपर्ला कि |
क्रान्ति जी,
तपाइंले दिनु भएका कम्पनी हरु आयल निगम, चिनी मिल, बस सिन्डिकेट सबैमा प्रतिस्पर्धी बाताबरण छैन त्यो सरकारको price कन्ट्रोल वा supply control ले गर्दा हो | जब regulation को लागि सरकार ले काम गर्न थाल्छ त्यहा बाटै गडबडी सुरु हुन्छ | तपाइले भने जस्तो निजि छेत्र पनि चोखो छैन तर त्यसको स्रोत हेर्नु हुन्छ भने त्यो सरकार नै हुन्छ | सरकारका कर्मचारीले रेगुलेशन का नाममा घुसका बाटा निकालेका हुन्छन | निजि छेत्र लाइ निर्बाध काम गर्न दिने हो भने उनीहरु बिचको प्रतिस्पर्धाले उपभोक्तालाई राम्रो हुन्छ र दिर्घ कालमा सबैलाई राम्रो हुन्छ |
Exactly, in the name of regulation and monitoring they start taking bribes.
If you have everything in place, but if you don’t bribe them your paper will not proceed and you can’t do any private business in Nepal.
डोलेसोर जी तपाई ले भनेको कही हद सम्म सही हो / तर नक्कली भ्याट बिल बनाउने , काला बजारी गर्ने , कर नतिरने , मूल्य ब्रीदि गर्ने , कमिसन खुवाउने को हो ? सरकार को भूमिका बारे माँ हेर्दा खेरी नेपाल बंद को बेला कुन कुन पेर्टोल पम्प खुल्छ ? धादिंग माँ दस रूपया माँ पाइने तरकारी काठमांडू माँ तिस रूपया माँ बेचने को हो ?
आयुष जी,
यी समस्या छन् | तर तिनको उपचार कर्मचारी थपेर होला त ? तपाइको तरकारीको मूल्य को कुरामा बुझ्नु पर्ने कुरा के हो भने किन ब्यापारीले ३० रुपैयामा दिए | उनले त ५० वा १०० वा ५०० रुपैया भन्दा पनि हुन्थ्यो नि त | उनले चाहेर भाउ बढाउन सक्ने भए के ले छेकेको छ त उनलाई | उनि चांडै धनि पनि हुन्थे | किन त्यसो गर्दैनन् त ?
अति राम्रो लेख| आउने दिनहरुमा पनि यस्तै मिठा मिठा लेखहरु पढ्न पाइने आशा राखेको छु|
very touching story…hats off to the writer for being able to portray even minute detail..Great job!
कति राम्रो लेखन शैली… मैले केहि सिकेको महसुस भयो /
निकै राम्रो लेख | यस लेखमा लेखाकज्युले नेपालमा गरिखाने र ठालु वर्ग वीचको भिन्नता निकै राम्रो संग प्रस्ट्याउनु भएको छ | आगामी दिनमा लेखक बाट अन्य यस्तै लेखको अपेक्षा गर्दछु |
last Friday i was reading some stories. it reminded me a short English story, It was a dark little tale about a man who found a magic cup and learned that if he wept into the cup, his tears turned into pearls. But even though he had always been poor, he was a happy man and rarely shed a tear. So he found ways to make himself sad so that his tears could make him rich. As the pearls piled up, so did his greed grow. The story ended with the man sitting on a mountain of pearls, knife in hand, weeping helplessly into the cup with his beloved wife’s slain body in his arms.
आशा गरौ येस्ता हाकिम हरुले बाकी जिन्दगि रोएरै बिताउने छन्.
एकदमै यथार्थपरक बिषयबस्तु र घतलाग्दो शैलीमा मुन्ना (मुत्रा हैन कि?) रुपी मेहनतकामी नेपाली र कामचोर, घुषखोर, भुँडे हाकिम बीचको तुलनात्मक लेख पस्किनु भएकोमा डोलेश्वर जीलाई हार्दिक धन्यवाद । यो तपाईंको मात्र हैन लाखौं लाख नेपालीहरुको पिडायुक्त भोगाइ हो, तितो यथार्थ हो ।
सार्थक जी,
लेख मन पराइदिनु भएकोमा धन्यबाद | मेरो कथाका पात्र त मुन्ना नै हुन् | प्रीति फोन्ट मा दुइटा न जोडिएको थियो तर युनिकोड मा लैजादा मुत्रा जस्तो देखिने रहेछ |
प्रीति फन्टमा लेखेको मुन्ना युनिकोडमा लैजादा कसरी मुत्रा भयो भन्ने मैले चाहीं बुझ्न सकिन। सायद तपाई युनिकोडमा Mangal फन्ट प्रयोग गर्नुहुन्छ जस्तो लाग्यो Mangal को सट्टा Kalimati फन्टको प्रयोग गर्नु भयो भने यस्तो समस्याको समाधान होला।
सरकारको भूमिकालाई कम गर्ने नभई प्रभावकारी बनाउनु आजको आवश्यकता हो किनकि सरकारी र निजी क्षेत्रको भूमिकाको क्षेत्र फरक फरक रहन्छ । शिक्षा, स्वास्थ, सञ्चार, ऊर्जा आदिमा सरकारको सहभागीतालाई प्रभावकारी बनाउनुपर्छ । यी क्षेत्रमा निजी क्षेत्रको प्रभावकारीताले देशमा कस्तो कुप्रभाव पारेको छ भन्ने कसैबाट लुकेको छैन । सञ्चारकै उदाहरण लिउँ, बाहिरबाट हेर्दा ठूलाठूला कार्यालय, आधुनिक कार्यशैली, हाइफाइ कर्मचारी छन् । तर उनीहरू देश अनि जनताप्रति अनुत्तरदायीमात्र होइन देश र जनतालाई ठग्ने कामसमेत गरिरहेको कसैबाट लुकेको छैन । निजी क्षेत्रबाट सञ्चालित शिक्षा क्षेत्रको हालतमात्र होइन यसले सरकारी शिक्षालाई समेत नकारात्मक प्रभाव पारेको कुरा घाम झैँ छर्लंग छ । विकसित भनिने देशहरूमा सरकारी शिक्षालयमा भर्ना हुन तँछाड मछाड हुन्छ हामी कहाँ किन यस्तो ?
पुष्प जी,
सरकारको भूमिका छ त छ नै तर चाहिने भन्दा बढी भूमिका दियो भने यसले गर्नै पर्ने काम सान्ति सुरक्षा, कानुनको पालना, र हाम्रो जस्तो मुलुकमा केहि पूर्वाधार जस्ता काम पनि प्रभावकारी हुँदैनन् | हामीले बुझ्नैपर्ने कुरा के हो भने सरकार ले गर्ने खर्च पनि प्रतक्ष अप्रत्यक्ष रुपमा जनताले तिर्ने कर बाट आउने हो | सित्तैमा आउने भैदिएको भए त ठिकै हो | नेपालको उच्चा सिक्षा मा हेर्ने हो भने लगानी को तुलनामा उपलब्धि कमै छ र तल्लो बर्गले भन्दा माथिल्लो बर्गले यसको फाइदा उठाएको छ | यतिनै खर्च निजि क्षत्रले गर्ने हो भने उपलब्धि धेरै हुन्थ्यो संखात्मक र गुणात्मक रुपमा | पढाइको त के कुरा गर्ने हो र | काठमाडौँ का हाल बनेका घरमा कति घरहरु हाम्रा इन्जिनियर हरुको input परेको छ? नगन्य मात्र | कृषि पढेर कृषि ब्यबसाय गर्ने कति छन् ? business management पढेर ब्यापार गर्ने कति छन् ? पढाइ एकातिर छ ब्यबहार अर्कोतिर छ किनकि हाम्रो उच्च सिक्षा माग अनुरुप को छैन | पाठ्यक्रम परिमार्जन गर्ने तिन वर्ष लाग्न सक्छ | जब निजि छेत्रले काम गर्न थाल्छ , उनीहरुको त आम्दानीको अधार नै उनका ग्राहकको सन्तुस्टीमा हुन्छ | त्यसैले उनीहरुले नराम्रो गर्नु भनेको आफ्ना खुट्टामा आफैले बन्चराले हाने जस्तै हो |
डोलेश्वरजी,
सर्वप्रथम हामीले बुझ्नुपर्ने कुरा भनेको सरकारको आय भनेको जनताको कर नै हो । जनताबाट उठेको करले नपुगेका कारण वैदेशिक ऋण/अनुदान/लगानी भित्रिने हो । तसर्थ हामीले सरकारलाई कर तिरेका छौं भनेर चित्त दुखाइरहनुपर्दैन । मूल कुरो हाम्रो करको सदुपयोग भएको छ कि छैन भन्ने हो ।
हो, शिक्षा, सञ्चार, स्वास्थ्य आदि जस्ता आधारभूत सेवाका क्षेत्रमा सरकारको कमजोरी रहँदै आएको छ । तर यो कमजोरी कसरी भइरहेको छ ? शिक्षा क्षेत्रकै उदाहरण लिउँ, निजी क्षेत्रको कति धेरै मनोमानी चलिरहेको छ, सरकारी नीति नियम कसरी मिचिरहेको छ भनने कुरा त कसैबाट लुकेको छैन । तर के गर्नु ! सरकार कमजोर छ, बलियो नै भएको भएपनि कारबाही गर्दा उल्टै आन्दोलित हुन्छन् उनीहरू । सरकारी शिक्षा किन कमजोर भइरहेको छ भन्ने कुरा त एउटा शिक्षकले सरकारी शिक्षालयमा पढाउने शैली र नीजि शिक्षालयमा पढाउने शैलीबाटै प्रष्ट हुन्छ । यो जान्दा जान्दै पनि हामी सरकारी शिक्षालयलाई नाक खुम्च्याउँछौं । अनि दोषी सरकारमात्र कसरी भयो ?
लौ मानिलिउँ सरकारी शिक्षा खत्तमै छ रे ! तर पनि अधिकांश नीजि शिक्षालयहरू सरकारी शिक्षालयभन्दा गतिला छैनन् । अहिले सामुदायिक शिक्षा कसरी अगाडि बढिरहेको छ भन्ने कुरा त सुन्नुभएकै होला ।
अन्त्यमा मेरो भन्नु के हो भने । शिक्षा, सञ्चार, स्वास्थ्य, ऊर्जाजस्ता आधारभूत र अति आवश्यक सेवाहरूका क्षेत्रमा सरकारको प्रभावकारीता बढाउनुपर्छ । हजामजस्ता क्षेत्रमा काम गर्ने त नीजि क्षेत्र छँदैछ ।
लेख राम्रो लग्यो/ सरकारी कार्यालयका धेरै जसो हाकिमहरुको
दैनिकीलाई लेखकले सहि रुपमा प्रस्तुत गर्नुभएको छ / हाम्रो देश कहिले भ्रस्ट नेता र भ्रस्ट हाकिमहरुको शोषण बाट मुक्त हुनेहोला!!!
धेरै राम्रो लेख! ….केहि अपबाद बाहेक धेरै कर्मचारी हरु जनताको सेवक हुनु को सट्टा हाकिम हुन खोजछन्….
राम्रो लाग्यो,काम सानो ठुलो भन्दा पनि त्यसको परिणाम,त्यसमा गरिने मेहनेत र इमान्दारिताको बर्ता महत्वो हुन्छ,मलाई पनि मुत्रा त्यी हाकिम भन्दा सारै जाति लाग्यो
सरकारको भूमिका सकेसम्म घटाउनु व्यवहारिक दृष्टिकोणले राम्रो त हो , आजको तीतो यथार्थको सन्दर्भमा . तर यसैलाई सिद्धान्त वा नीतिको रूपमा अपनाउनु चाहिं दीर्घकालीन हिसाबले अव्यवहारिक ठहरिन्छ. किनकी त्यसै त कामचोर यी सरकारी कर्मचारीहरु , यो किसिमको लोक-व्यवहार ले जनताको ‘समय-चोर’ पनि बन्ने वातावरण ल्याउन सक्छ.
उदास जी,
काम नहुने जातिलाई त सरकारी जागिरबाट बर्खास्त गर्नु पर्यो नि | चाहिदा राख्ने र नचाहिंदा निकाल्ने भए पछी समय चोर हुने त सम्भावना नै रहदैन नि |