Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘भुत्ला झरेको’ एमालेको शक्ति प्रदर्शन

Posted on October 5, 2012October 6, 2012 by Salokya


पाँच सयभन्दा बढी नेता तथा कार्यकर्ताहरुले सार्वजनिक कार्यक्रमै गरेर एमाले परित्याग गरेको घोषणा गरेको भोलिपल्ट एमालेले राजधानीसहित देशभर शक्ति प्रदर्शन गरेको छ। राजधानी काठमाडौँमा हुने जुलुसमा सहभागी हुन एमालेले आफ्ना कार्यकर्ता र भ्रातृ संस्था अनि जनवर्गीय संगठनका सबैलाई अनिवार्य उपस्थितिका लागि सर्कुलर जारी गरेको थियो। पाँच सय कार्यकर्ताहरुले छाडेर हिँडेकै दिन एमाले अध्यक्ष झलनाथ खनालले एमाले हात्ती हो, हात्ती हिँड्दा भुत्ला झर्छ, धुलो टकटकिन्छ तर हात्तीलाई केही हुन्न भनेका थिए। त्यही केही नभएको हात्ती देखाउन आजको कार्यक्रम आयोजना गरिएको हो।

शक्ति प्रदर्शन भनेपछि शक्ति त देखाउनै पर्‍यो। अनिवार्य उपस्थितिको सर्कुलर जारी गरेकोले पनि कार्यकर्ताहरु भेला भए। काठमाडौँवासीले शक्ति पनि राम्रैसँग महसूस गरे। त्यत्रा मान्छे सडकै सडक हिँडेपछि मुख्य स्थानमा सवारी साधन आवतजावत ठप्प। जुलुस नभाको ठाउँमा ठूलो चक्काजाम।

भन्नलाई शक्ति प्रदर्शन भने पनि एमालेले खुलामञ्चमा कार्यक्रम भने गरेन। खुलामञ्चमा कार्यक्रम गर्दाको विजोग दृश्य त यसअघि काँग्रेससहितको विपक्षी गठबन्धनको आमसभामा देखिएको थियो। सुरुमा वसन्तपुरमा कार्यक्रम गर्ने भनिएको थियो। तर कार्यक्रम त रत्‍नपार्कको शान्तिवाटिकामा पो भयो। चलाख छ एमाले। त्यसरी सडकमा कार्यक्रम गरेपछि खुलामञ्चमा गर्दा जस्तो मञ्च खाली खाली देखिने गरी पत्रकारहरुले फोटो पनि खिच्न नपाउने! अनि मुख्य ठाउँमा त्यसरी सभा गरेपछि झण्डै पूरै काठमाडौँ ठप्प हुने गरी जाम पनि हुने। शक्ति त देखियो नै।

सभामा केपी ओलीभन्दा झलनाथ खनालको फूर्तिफार्ती बेग्लै थियो। भाषणमा जमेका पनि उनै थिए। हुनत हिजो हात्तीको भुत्ला झरेको भनेर प्रतिक्रिया दिँदा नै ओली शैलिको टुक्का खनाललाई कसरी आयो भनेर मान्छे अचम्ममा परिसकेका थिए। आजको सभामा पनि खनालले ओलीलाई नै बिर्साउने गरी कडा र उखानटुक्काको शैलि प्रयोग गरे। हिजो एमालेलाई हात्ती हो भन्ने खनाल आज चाहिँ बाँस हो भन्दै थिए। उनको बोली यस्तो थियो- जब बाँसको टुसा बढ्न थाल्छ। यसले पट्याँसहरु फल्न थाल्छ। पट्याँस फेर्दा बाँस फुटेको हुँदैन। बाँस झन बलियो भएर जान्छ। हाम्रो पार्टीले पनि पट्याँसहरु फ्याँक्दै जान्छ। उनले बाबुराम भट्टराईले खुरुक्क कुर्सी नछाडे आफूहरुले तानेर खसाल्ने चेतावनी पनि दिए।

ओलीले चाहिँ पार्टी परित्याग गर्नेहरुलाई भकुण्डो भनेर गाली गरे। भकुण्डो आफै उफ्रिदैन कसैले थेचारेपछि मात्र उफ्रिन्छ। केही साथीहरु विदेशी तत्वको भकुन्डो भएको देखियो, उहाँहरु आफै होइन कसैले उफारिदिएको हो- ओली वचन यस्तो थियो। विद्या भण्डारीले सिद्धान्तबाट विचलित भगौडा भनिन् भने उपत्यका संयोजकको जिम्मा पाएका कृष्णगोपाल श्रेष्ठले चाहिँ पिलो थियो, निचोर्नु पर्नेमा आफै फुट्यो भने।

छाड्नेहरुको गाली
उता, एमाले छाड्नेहरुले पनि हिजोको परित्याग कार्यक्रममा एमालेलाई कम्ता गाली गरेनन्। एमालेका नेताहरु अहङ्कारको सिङ्गौरी खेल्ने गरेको, ढुल्मुले नीति, सत्तामोह, प्रतिगमनउन्मुख सोच, पहिचानविरोधी उच्च जातीय अहङ्कारवाद तथा निर्णय कार्यान्वयन गर्ने अविश्वसनीय र अवसरवादी चरित्र जस्ता शब्दले उनीहरुले गाली गरेका छन्।

उनीहरुले नेकपा(एमाले) परित्याग किन? शीर्षकको ८ पेज लामो पुस्तिका २० हजार प्रति छापी बाँडेका पनि छन्। (फोटो सौजन्य: अनलाइनखबर)

85 thoughts on “‘भुत्ला झरेको’ एमालेको शक्ति प्रदर्शन”

  1. Pemba Sherpa says:
    October 9, 2012 at 11:00 pm

    झालेमालेको कुरा ठिकै हो किनकी एमाले अब बुढो रोगी हाती हो अब बिस्तारै रौ जरेर मरेर सिनो हुनेछ अनि मरेको सिनोलाई गिदॄले पनि छोड्ने छ ।

    Reply
  2. ballav says:
    October 9, 2012 at 3:49 pm

    एमाले पार्टी नराम्रो होइन, एसका नेता हरु पुरै संसोधनबादी भएका छन् | नेपाल का कुनै पनि कम्युनिष्ट पार्टी कम्युनिष्ट हुन लाएक छैनन् |

    Ballav

    Reply
  3. kishor timlsina says:
    October 9, 2012 at 1:30 pm

    के को शक्ति हुनु र यस्तो पनि नेपाली जनता र देश को लागि कुनै पार्टी ले पनि शक्ति र देखाउन सक्दैनन् पैला -पैला नेपाली हुनु मा मलाई गर्व छ भन्थे आज त मलाई नेपाली भन्न पनि लाज लाग्छ ——————————

    Reply
  4. मनीष says:
    October 9, 2012 at 1:11 pm

    यो एमालेको अवसान हुन लागेको लक्षण हो भने देशको लागी सुखद मान्नु पर्छ, फेरी निर्वाचन भएमा अबचैँ देशले स्पष्ट दिशा पाउला कि?

    Reply
  5. rajaram giri says:
    October 8, 2012 at 3:33 pm

    गफै त हो नि सम्धिजिउ , डेड लाखको त चियानै खाइयो …!!!एमाले पार्टी तुहियेरनै सकियो !ल बधाई छ नेपालीलाई …

    Reply
  6. Bikash Shrestha says:
    October 8, 2012 at 12:56 pm

    एमाले हाती हो भने हाती भन्दा ठूलो जनावर कोहि छैन कि क्या हो ? व्हेल माछा ले हाती लै सिंगै निल्छ रे नि त

    Reply
  7. Rai Bhojpure says:
    October 8, 2012 at 12:48 pm

    पाँच लाख जनता सडकमा उतार्छु भन्ने एमाले ले पुग नपुग पाँच हजार चाहिँ उतारेछ |धुलो र भुत्ला झर्दा त यो गति छ हात्तीको अझ अरु झर्दा के गति हुने हो हेर्न अझै बाकी छ |
    “गजब छ बा ”
    राई भोजपुरे

    Reply
  8. Shukraraj says:
    October 8, 2012 at 10:25 am

    केपी ओली र झलनाथ को कुनै तुक छैन किनकी यदि रास्ट्रको र आदिबासी सबै जनताको लागि नेतृत्व गरेको भए आफ्नो सहि बिबेक प्रयोग गर्थे होला तर यिनीहरु भनेको कुलको कुलंगार नै हो भन्दा फरक नपर्ला अनि बिन्ध्या भण्डारी भन्ने जन्तुको त कुनै काय्पसिटी बिना को त्यसको झनै कुनै कुरा सहि छैन……देशलाई कसरि हाक्ने भन्ने सहिदिषा तिर जनताको चाहना र इच्छा नाबुज्न्च्ने के नेता भन्न लाएक छ त ?

    Reply
  9. krishna says:
    October 8, 2012 at 3:26 am

    एमाले पार्टीको प्रधानमन्त्री भैसकेको व्यक्तिले भुत्ला झरेको रौँ भन्ने, अर्को भारती दलाल ओलीले भकुण्डो भन्ने, अर्को बामेले सुकेको पात झरेको संज्ञा दिने, देश चलाउछु भन्ने नेताहरुको यो बौद्दिक छेमता र नैतिकता देखेर अचम्म लाग्यो, आजीवन पार्टीमा संगै काम गर्दा महान क्रान्तिकारी कमरेड हुने अनि छुटेर गए तथानाम संज्ञा दिने ??? “जसले आफ्नै साथीलाई सम्मान गर्न जान्दैन र सक्दैन भने के तिनीहरुले देश र जनतालाइ सम्मान गर्लान????”

    Reply
  10. Bijay Ilam says:
    October 7, 2012 at 5:03 pm

    एमाले अरुलाई जातिवादी देख्नेले स्थायी समिति कति समाबेशी छ थाहा छ ? ११६ सी सी एम मा ६६ को छन् सबै जबर्गीय संघमा कसले ह्यान्डल गर्दैछ ? एमाले धुलो झरेको कागजी हाती मात्र हो अब / आगामी चुनाबको दिन ईलाममा मात्र आउन थाहा हुन्छ धुलो कसको झर्छ / कसरि झार्छ / रु कसको झर्छ थाहा हुन्छ /

    Reply
  11. bisas adhikari, sydney says:
    October 7, 2012 at 4:59 pm

    झल्लुले अर्को झापड खान पाए फेरी प्रधानमन्त्री हुन पाउला भनेर मच्ची मच्ची भासन गरे जस्तो लाग्यो…रेग्मी जी ले दशैं को धमाधम ले, यो पालि भ्याउनु भएन जस्तो छ…

    Reply
  12. yam pun says:
    October 7, 2012 at 3:36 pm

    मलाई त अब एमाले का झले, ओली, माकुने र अन्य नेताहरु पशुपतिमा गएर भजन किर्तन गाएर बाकि जीवन बिताउन्छन् कि भन्ने लाइ राछ! मुसो भएर आफैले आफैलाई हात्ती सम्झिन थाले पछी एउटा ऐना किनेर बल्खुमा उपहार स्वरूप कुरिएर गरि पठाई दिउ कि भन्ने पनि लाइ राछ!

    Reply
  13. chaNdra says:
    October 7, 2012 at 3:11 pm

    एक जना विद्वान ले भनेका थिए – नेपालका नेतालाई जन आधार बिग्रिएको र बेस्या लाइ जवानी सकिएको पत्तै हुँदैन ! यो एमाले पार्टी र झलेको मनोदसा संग १००% मिल्न गैरहेको छ ! मैले अहिले सम्म एमाले लाइ बाहेक अरुलाई भोट दिएको थियिना ! अब ज्यान गए पनि यो पार्टीलाई भोट दिने छैन!

    अनि एमाले ले के देखौना खोजेको ? मैले त काम नहुनेहरु केहि घण्टा सडक मा आए, बाटो जाम गरे, भारत र चिन बाट आउने कपडा मा पैन्तिंग गरे भाटा मा उने र ठड्याए, हल्ला गरे, अरुलाई गाली गरे —— बस ! र सारमा नेपाललाइ असफल राष्ट्र बनाउन तल्लिन रहेको पुस्टि गरे !

    Reply
  14. Ishwor says:
    October 7, 2012 at 11:30 am

    नेपाल को राजनीति र नेपाली नेताहरु को कुरा सुन्दा पनि अच्चम्म लाग्छ बा जमाना कहाँ पुगी सक्यो यिनीहरु भने विकास निर्माण को कुरा गर्नु त कता हो कता जहिले पनि कुर्ची को कुरा मा मात्र झगडा,,,,,,,,कुर्ची मा बस्ने ले छोड्नै नखोज्ने अनि कुर्ची बाहिर हुनेहरु लाई कुर्ची को मात्र टेन्सन,,,,,,,थुक्क,,,,,

    Reply
  15. Sargam thapa says:
    October 7, 2012 at 10:47 am

    गो ते भन्ने जानेर पनि जनजाति हरु पछी लाग्नाले देश बिग्रियो , बहुदलीय बेबस्था आको २३ वर्षा पछी मात्र आदिबासीको घैटोमा घाम लागे जस्तो छ, अझै पाल्पाली मगर र कस्केली गुरुङ ले गो ते क नेताहरुको सेवा गरोस है , मगर र गुरुङ भनेका येस्तई हुन् सबैले जानेको कुरा हो तर पुर्बी बाटै सुर्य उदौदो रहेछा , दले र पृथ्बी को दिमाग मा कसले भर्दिने सद्बुद्धि – अस्तु

    Reply
    1. yam pun says:
      October 7, 2012 at 3:48 pm

      सरगम जी!
      निक्कै घत लाग्दो कमेन्ट लेख्नु भए रहेछ! पश्चिमका गुरुङ र मगर हरु “जनै” को पासो लगाएर मर्न सजिलो हुन्छ भनेर होला नि, अझै पनि उनीहरुकै पछी पछी लागेका! बरु गण्डकीमा गएर हाम फालेर मर्नु नि! यी मोराहरुले गर्दा आफुलाई मगर भन्न पनि लाज लाग्न थाल्यो भन्या!

      Reply
      1. suman says:
        October 9, 2012 at 4:28 pm

        पुन लगायत जाति को कुरा गर्ने साथी हरु…येसो भनौ न बरु…सबैलाई समान अधिकार सहित को सान्ति पूर्ण देश बनौ भनेर…किन जात जति बीच फाटो लेराउने बिस बमन गर्नुहुन्छ…जात जति बीच भेदभाव पहिले धेरै थ्यो बिचमा बिस्तारै हराउदै गएको थ्यो अहिले कहिले नवएको जस्तो उग्र भयो…तपाईं मगर होला तपाईं लै बाहुन ले पेल्यो होला तपाईं पनि त दलित लै त्यो भन्दा बडी पेल्नु हुन्छ होइन…निस्चय नै सयौ गुना बढी पेल्नु हुन्छ—-अब दलित ले तपाईं लै तेही वनेर औंला उठाय वने तपाईं फेरी पाखुरा सुर्किनु हुन्छ होला होइन??..अरुलाई तेही वनेर गाली गरिरंदा तपाईं ले अरु प्रति गरेको बेबहार पनि त हेरिन्छ होला नि होइन…सोच्नुस त लाज लाग्दैन तपैन्लाई….

        Reply
  16. Basanta Thapa,Maryland,USA says:
    October 7, 2012 at 9:30 am

    उहिले राजाले जात र भातको नामाकरण गरेको कारण आज सम्म जनतामा उचनीच र छुवाछुत को ब्यबहारले देश र जनताको यो दुर्गति बनेको छ \आज फेरी जातीय राजनिती लाइ प्रमुखता दिएर जनता बीच माराकाटको अबस्था सृजना गराउन यो जात र उ जात भनिन थालिएको छ जुन खेल अन्तर्गत अधिकार को नाम दिएर भोलि कुनै निरंकुशता ल्याउने बाताबरण बनाइदै छ \ कयौ बर्षहरु बिचार र बर्ग को राजनिती गरेर आफ्नो सुखी संसार बनाउने कामरेड हरु आज आपनो र अर्काको जात भनेर पार्टीबाट निस्किएका छन् \ यी बिचार र बर्ग को राजनिती छाडेर जातीय राजनीतिमा लागेका छन् \ जातीय राजनिती कम्तिको घातक हुदैन भन्ने जान्दा जाँदै र देख्दा देख्दै देश लाइ त्यहि भड्खालोमा हाल्न अगाडी सरेको देख्दा अब चाहि नया जंगे अति आबस्यक भैसकेको रहेछ भन्ने प्रमाणित गराउछ र देश र जनताले यहि अन्तिम बिकल्पको आशा गरेको स्थिति उजागर भएको छ \ आज नेपाल मा राजनिती गर्ने सबै ठग हुन् ,बेमान हुन् किनकि कोहि बिचार भनेर ,कोहि जाति भनेर आफु सत्तामा रहने र पुग्ने बाटो बनाएको मात्र देखिएको छ र अरु फरक हुने देखिदैन \

    Reply
  17. द्रोण says:
    October 7, 2012 at 7:23 am

    मेरो बिचार मा अब देश मा चुनाब सायदै होला ,किनकि दसैको खसी घिच्या एको जस्तो देश ग्रिह युद्द तिर घिच्याईदै छ |
    अलिकति धनि बर्ग ,नेता त् के भो र स्थिति बिग्रे सुरक्षित ठाउमा लुकेर बस्छ ,जन युद्द ,
    बा धन युद्द जे भनेपनि मोर्ने मा गरिब जनता नै त् हो |
    करप्तेद दिमाग बाट निस्केका येस्ता झल्लु अभिव्यक्ति को के अर्थ छ र ?

    Reply
    1. madan bajracharya says:
      October 7, 2012 at 11:09 am

      द्रोण ज्यु
      हुन् सक्छ है तपाईं कुरा/ अब चुनाव भयमा पनि ई कुनै पनि दलले यकल सरकार बनाउन पुग्ने सिट जित्ने त् हुँदै होईन कारण ईनिहरुले थापेको जातिकोराज्य बनाउने जालमा ईनिहरु आफै फसेकोछ/ यो कुरा बुझेरै कांग्रेस यमाले ले जाति जतिको राज्यको बिरोध गर्न थालेको हो/ अब कांग्रेस यमालेले मात्रै पनि प्रचान्द्र्ले समेत अब बनिने राज्य बहुजातीय हुने भनि सक्यो/ प्रचान्द्र्ले यो कुरा अस्ति भर्खरै बाबुरामले देस भरिमा जम्मा जम्मी यक हजार चानचुन मात्रै को संख्यामा मात्रै रहेको चेपांग जातिलाई जातीय राज्य माग्न सल्लाह दिंदै गर्दा बोलेको हो/

      ई दलहरुले बहुजातीय राज्य बनाउने भने जनजातिकाले भोट दिंदैनन/अनि जात जातको राज्य बनाउने कुरा गरे ई प्रचंद्र झलनाथ सुसिल माधव ओली आदि कुनै पनि त् जनजातिका होईन त् कसको भोट लियर जित्ने ईनिहरुले?

      ईनिहरु आफुले थापेको जातिको जालमा आफै फसेको छ द्रोण ज्यु/ त् ईनिहरुले चुनाव गर्ने कल्पना समेत गर्न सक्दैनन् कालान्तरमा ईनिहरुले सायद गर्धन छिनाली सकेको सम्भिदान सभामा खसीको पनि होईन बोकाको पनि होईन फोहरी सुंगुरको टाउको जोडेर पुनर्जीवित गर्ने छन् र अनन्त काल सम्म यस्तै सहमति असहमति गर्दै सिंह दरवारमा डेरा जमाई राख्छ/ यदि यो कुरा गर्न ईनिहरु सफल नभयमा रास्ट्रको ढुकुटी लुट्नु लुटेर बिहार प्रबासमा जानेछन/ तर तेतिन्जेल बिरेन्द्रको सपरिवार माथि गोलि चलाउँदै गर्दा चुप लागेका मध्य कुनै न कुनैले बिरेन्द्र मारिंदा टुलु टुलु हेर्दै बसेको पापको प्रायस्चित गर्नको निमित भय पनि पाकिस्तानमा झैँ अचानक कू गर्ने छ/ तव ईनिहरुले कट्टुमा सू गर्नेछ/

      Reply
  18. Ashish Lohorung says:
    October 7, 2012 at 7:09 am

    हात्तिको होइन चौरीको भुत्ला झरेको हो. अब हेरौ यो जाडो मौसममा एमाले कसरि बच्दो रहेछ ?

    Reply
  19. aditi says:
    October 7, 2012 at 5:10 am

    गरिब उत्पीडितहरुले एमाले छोडे, यो प्वाँख झरेको मयुर हो…अब एमालेको बर्ग बदलियो बिधिबत रुपमा यो बुर्जुवा पार्टी भयो …………………………….

    Reply
  20. शशांक लामा, न्युयोर्क says:
    October 7, 2012 at 2:24 am

    भुत्ला झरेको एमालेको आन्दोलन पनि देखियो|त्यत्रो टुँडिखेल हुँदा हुँदै बाटो बिचमा किन पो गर्नु परेको आन्दोलन! बाटो हिँडने सुद्वको भिड देखाउनलाई? सकी नसकी किन गर्नु परेको होला आन्दोलन? शुरुमै हाफेको भए हुन्थ्यो,अझैपनि केही बिग्रेको छैन,मिडप्याक गर्दा पनि हुन्छ|

    Reply
    1. jeevan verma says:
      October 9, 2012 at 10:32 am

      बास्तबिकता मन नपर्ने को सख्या देख्दा थाहा हुन्छा देश किन अधो गति तिर गइ र छ

      Reply
  21. raj ,USA says:
    October 7, 2012 at 1:07 am

    एमाले मा भएका पनि दहि चिउरे नै हुन् एमाले छाड्ने पनि दहि चिउरे हुन् ,भनाइ छ नि कुकुर ले जहाँ ठुलो हड्डी देख्यो तेती तिर झाम्तंचा ,नेपाल नेता हरु पनि सबै हड्डी तिर लाग्ने परे ,कुन चाही छन् र गतिला ?

    Reply
  22. Janak b Thapa says:
    October 7, 2012 at 12:52 am

    नेपाल का राजनीतिक पार्टी दलाल हरु ले अब देखी शक्ति पर्दसन गरेर देस र जनता लाई दुख दिने होइन सबै राजनीतिक पार्टी मिलेर एक जुट भयर देस बनौ होइन भने कुनै पनि पार्टी को कार्यक्रम मा निम्तो पायका नेता भनौदा हरु लाई जुटा को माला दुइ गाला मा झापड दिने कम सुरु हुने छ /असमा खबरदार नेता भनौदा हरुले बेलैमा होस् पुगोस सबैलाई ?

    Reply
  23. Shishir Boston says:
    October 6, 2012 at 9:48 pm

    सबै पार्टी सबै नेता उस्तै हुन् | कसैको काम छैन | भासण गर्न र अरुलाई गालि गर्न चाहिं कति आउने यी मोरा नेता भनौदा हरुलाई | क्यै कमेन्ट छैन मेरो !

    Reply
  24. Suraj Nepali says:
    October 6, 2012 at 9:23 pm

    राजा ज्ञानेन्द पछि यो माओबादीलाई सत्ताचुक्त गर्ने कसरत हो

    ज्ञानेन्द्रले त २४० बर्षको शाहबंश साथमा लिई नेपालबाट राजतन्त्रको अन्तको बोझ बोक्नु पर्यो तर माओबादीलाई त्योस्तो कुनै सरोकार छैन

    पालो पालो नेपालको यी राजनैतिक दलहरुले सत्ता हाथमा लिने प्रक्रियाले नेपालको राजनैतिक, सामाजिक र आर्थिक अधोगति बाहेक आम नेपालीहरुलाई अन्य कुनै उप्ल्भाधि भएको देखिदैन

    काले-काले मिलेर खाम भाले भने जस्तै पार्टी-पार्टी झगडा गरेर खाम नेपाल !!!

    सुरज श्रेष्ठ

    Reply
  25. bhim koirala babu amardah says:
    October 6, 2012 at 8:50 pm

    झलनाथ आफैत यक झापड को प्रधान मन्त्रि
    आफुलाई बाघ नै सम्जेर देरै फुर्ति नगरे हुन्थियो
    यमाले पार्टीले चै त्यस्तो राम्रो काम क गरेको छ
    अनि यमालेमा चै किन घर हालेर बस्नु पर्ने होर देश र जनताले के को आस गर्ने र यस्तो टुक्का ले नाग्लो ठतायर भुत्ला जरे नि हात्ती तर्सिन्

    Reply
  26. Ilameli kainla says:
    October 6, 2012 at 8:50 pm

    साथीहरु, पार्टी कहिलेपनि नराम्रो हुँदैन व्यक्ति बिसेस मा भर पर्छ जस्तो लाग्छ कांग्रेको पार्टी पनि नराम्रो थिएन आखिर नेताहरुको भ्रस्ताचारी चाला पनि देखियो तर राम्रो केलाउने होभने नेपालमा सबै पार्टीका व्यक्ति हरु नभएका होइनन त्यो झलनाथ कै कुरा गर्नेहो भने उसको त्यो दल्लुको घर कहाँको सम्पत्ति हो ? नेपालमा राजनीति गरेर सुकुम्बासी भएका मान्छेहरु धेरै छन् त्यो त नमुना मात्र हो इलमको सखेजुन्ग्मा उसको हालत २०४७ भन्दा अगाडी कस्तो थियो ? के देश बनाउन भनेर जनताले भोट दिएर पठाएको देश नै खानु भनेको हो ? तर नेपाली जनता नै पनि उस्तो हो उसको भासन को भरमा चोरलाई जीताई पठाउनु हुन्न थियो गल्ति त हाम्रै पनि हो झलनाथले अझै हात्ती र भुत्ला को कुरा गर्यो भने उसको भाइ दाताराम खनाल को पनि सबै लेखिन्छ सबै कुरा सार्बजनिक हुन्छ उनीहरुको कर्तुत कत्ति सम्म छ सबै लेख्ने र सार्बजनिक गर्ने हो भने त्यो बल्खुमा नेता त होइन देशमा नाइँ नराख्नु पर्ने मान्छे हरु हो. खबरदार साइला दै कुरा सोंचेर बोल्ने गर .

    Reply
  27. karna says:
    October 6, 2012 at 5:35 pm

    जस जसले पार्टी छाड्नु भयो, त्यो कुनै पनि पार्टीको लागि योग्य हुनेछैन किन कि खेलमैदान मा पुग्येरा हारिन्छ भन्ने थाहा पाए पछी मैदान छाड्ने हुतिहारा लाइ कुन मैदान ठिक हुन्छ ?

    Reply
    1. yam pun says:
      October 7, 2012 at 4:03 pm

      कर्ण जी!
      अशोक जी हरुले खेल मैदान छोड्नु भो भन्ने भ्रम मा पर्नु भए रहेछ! उहा हरुले खेल मैदान छोड्नु भाको होइन बरु “जनजाती” नाम गरेको शक्तिशाली टिम निर्माण गरि गोल्ड मेडल जित्ने तरखरमा हुनुहुन्छ! उहाहरुको जित पनि निश्चित छ किन कि उहाहरु संग हामी छौ!

      Reply
  28. lashanglimbu says:
    October 6, 2012 at 2:42 pm

    खोई एमालेको हात्ती को भुत्ला झरेको हो कि, एमालेको हात्ती को रक्त केसीका र धमनि चुडिएर अशक्त अपाङ्ग हुन लागेको हो? यो रत्नपार्क चोक्को शक्ति प्रदर्शन भेलालाई हेरेर तपाईं सजिलै अड्कल गर्न सक्नु हुन्छ । अब एमाले लगायत यथास्थिति बादीहरूले हरेक पाइला हरेक कार्यमा जतिसुकै सुकै सुत्र फिट गरेर,बिभित बाहाना बाजीको खेल रचेर जनचाहना माथी कुठाराघात निम्त्याउन खोज्नु अाफूले अाफैं संकटकाल निम्त्याउनु मात्र हो। अाज यी पाटिहरूलाई विभित खाल्को रोगले ग्रसित भइसकेका छन्! त्यो रोगको दुखाइको राप सँग सँगै जल्दै छट्पटिन्दै मर्नु न बाँच्न को दोसान्धमा अाइ्या र अाथ् भन्दै छटपटीन त पाउँछ नै! ……..तर ती लागेका घाउ र व्यथाहरूमा जति दुखे पनि कलम पट्टी र झार भुक गर्ने सक्कली अहेव, वैध र डाक्टरहरू साथ नभए पछि ती चिच्याइ र कोलाहल्ले अाफ्नो असली नियत अाफ्नै मुखरविन्दुबाट अाफैं प्रकट गर्नु शिवाय अरू केही हुन सक्तैन। .

    Reply
  29. Srilal says:
    October 6, 2012 at 2:10 pm

    संग्रौलाले काजु कान्छा भनेर ठिक नाउँ दिएको छ ओलीलाई|
    ओलीले जनजातीलाई भकुण्डो ‘रे| बिदेशी पैसामा भकुण्डो उफ्रेको रे|

    पैले कुरो अब त्यो भकुण्डोमा हावा हाल्ने एमाले आफै हावा भएको छ|
    एमालेको हावा काम छैन, जनजातीले बुझेका छन्| जसले बुझेको छ
    एमाले र कांग्रेसमा फरक पाउनेछैन जातिगत र नातावाद को सन्दर्भमा|
    अशोक राई हरुलाई बुझ्न किन यतिका समय लाग्यो? ढिलै भए पनि
    ठिकै गर्यो| कांग्रेसमा कोही आफ्नो परिवार बाहेक अरु नेतृत्वमा अरु देख्न
    नचाहने, एमालेमा पनि जात र नातावाद नै हावी| समर्पित कार्यकर्ता राजबंशीले
    गरेको आत्माहत्याले बल्खु दरवारका हर्ताकर्तालाई कुनै दिन पोल्नेछन्|

    जँहा सम्म काजुकान्छा ओलीको पार्टी त्याग गर्ने बिदेशी पैसा उफ्र्यो भन्ने
    कुरो छ, उनी चै कंहा बाट संचालित छन्? दिल्लीलाई उनी आफ्नो तीर्थभुमि
    मात्र ठान्छन कि क्या हो? पेट दुखेको बहानामा पनि दिल्ली, हाच्छ्यु आउँदा
    पनि दिल्ली| दिल्ली उनले आफ्नै देश सम्झेका होलान|

    Reply
  30. Ramex (Saudi) says:
    October 6, 2012 at 2:02 pm

    एमाले अब रौ झरेको हात्ती होइन, मासु झरेको हात्ती हो भन्ने हामीलाई लाइराको छ।।

    Reply
  31. sonam Sherpa says:
    October 6, 2012 at 1:46 pm

    एमाले हाती हु भन्छ तर आदिबासी जनजाति मदेशी र मुश्लिम्र महिला उसको माउते हो . अब भुत्ला झर्छ छाला झर्छ अनि हड्डी हुदै हात्ती कुन दिन गर्ल्याम्म गुर्लुम्म झर्छ . हेर्दै जाउ

    Reply
  32. Chetnath says:
    October 6, 2012 at 1:46 pm

    ठुलो कुरा त ने क पा एमाले मा यो के पी ओली भए सम्म कहिले न त सान्ति हुन्छ न त बिकाश उसको आखिरी सोंचाई नेपाललाइ इंडिया मा सुम्पन पनि पछी नहट्ने मान्छे भएको ले सबैलाई थाहा छ कि के पी कस्तो हो भनेर यो केहिना केहीको के पी किन मारी हत्ते गर्छ ? फेरी नेपालका मिडिया हरुले पनि उसलाई किन हैलैत गरेका हुन् ? यसमा के छ ? यो त देशको क्यान्सोर जस्तो पो हो त यो भैन्जेल देशमानै सान्ति हुँदैन यो कुरा भित्रबाट किन बुझ्दैनन कामरेड हरुले .

    Reply
  33. Chetnath says:
    October 6, 2012 at 1:33 pm

    झलनाथ खनाल र के पी ओली लाई निद्रा छैन होला फुर्ति लौछां ग्यारेन्टी छ कि. अबको कुनै पनि चुनाबमा जित्ने छैनन् यो लेखेर राखे हुन्छ . उही मनोनित भएर गए मात्र हो त्योपनि के पी र झले को नै मारामार हुन्छा यस्तो कुरामा म हात्ती अरुलाई भुत्त्ला सम्झने व्यक्ति यति तल गिर्छ हेर्दै जवंग न कामरेड हरु .आफ्नो जिल्लामा नउठी पश्चिमका कुनै जिल्लामा गएर उठे मात्र हो पूर्वमा ठाउँ छैन अरू यो पशु हरुको बारेमा के लेखुं र बस .

    Reply
  34. Nishan Pokhrel Mount Olive School KTM says:
    October 6, 2012 at 12:39 pm

    फेरी १ पटक नाटक देखायो एमाले ले / कांग्रेस लाइ प्रधानमन्त्री बनाउन जनता लाइ मुर्ख बनाउदै सडक मा उतार्यो / अनि ति मुर्ख हरुको भिड ले तिग्रा बजार्दै ” बाबुराम राजिनामा दे ” भनेर सडक मा रोए / तेस्स्रो लिंगी को पार्टी एमाले लाइ नचिन्ने जनाता को भिड हेर्दा लाग्छ नेपाल को प्रगति कहिले पनि नहुने रहेछ / हाती छाप चप्पल लगाउने नेता ऐले महल मा बसेको देख्दा एमाले का हनुमान हरु ” हाम्रो नेता महल मा बस्छन ” भनेर खुसि मनाउछन / जय शिव शम्भो यी मुर्ख हरुको बुद्दी धेरै कम भो /

    Reply
  35. Sheela says:
    October 6, 2012 at 12:23 pm

    एमाले को ‘भुत्ला झरेको हात्ती जुलुस’ त राम्रै देखियो (झलनाथ जी लाइ थाहा रहेनछ ‘भुत्ला’ त कुखुरा जस्ता चरा जातको मात्र हुन्छ, चमेराको पनि हुन्छ)/ तेसैले भुत्ला झरेको चमेरा जुलुस)/
    तर नेपालका मूलधारका mission मेडिया हरुले यो चमेरा जुलुस हुनु भन्दा हप्ता दिन अघि देखि नै खुब TV र पत्रिका का headline मार्फत खुब ‘हात्ती जुलुस’ आउने प्रचार खोकेका थिए/ अहिले camera क्लोज-अप ले पनि यसको पुस्टि गर्छ/ यो चाही बुझी-नसक्नु छ!!!
    यसको संकेत अब भारतले बाबुराम लाइ थप नबोक्ने र ऊ आफ्ना पुराना मित्र-शक्ति (कांग्रेस-एमाले) लाइ सत्ताको म्युजिकल चेयर मा पुर्याउन थालेको हुन सक्ला! नेपालमा गजब छ बा — सरकारमा पनि इंडिया सडकमा पनि इंडिया…!! लौ दलाल हो गरि खाओ, नेपालि जनता साच्चिकै नजागे सम्म दलाली गरि खाओ ….!!!

    Reply
    1. shanki says:
      October 7, 2012 at 6:29 am

      चमेराको भुत्ला हुदैन मित्र

      Reply
      1. Sheela says:
        October 7, 2012 at 9:55 am

        ला…..गल्ति भएछ मित्र….. अनि हात्ती को नि?

        Reply
      2. Sisir says:
        October 7, 2012 at 1:58 pm

        चमेराको भुत्ला हुन्छ मित्र ,

        Reply
  36. Ananta says:
    October 6, 2012 at 12:18 pm

    पहिले चाही म नेता हरु लै दोष दिन्थे ….येस्सो हेर्दा त मलाई लाग्छ नेपली जनता हरु नै दोषी हुन्. नेपाल कहिलै उभो नलाग्ने भो

    Reply
  37. raj says:
    October 6, 2012 at 11:43 am

    यमाले बाहेक नेपालमा कुनैपनि विकल्प छैन तो जनताले बुजिसके

    Reply
  38. रबिन्द्र राज गिरी says:
    October 6, 2012 at 11:34 am

    “गफै त हो काईंला” भन्ने उखानको याद आयो मलाई त |

    Reply
  39. Kansore Limbu says:
    October 6, 2012 at 11:16 am

    रत्न पार्कमा दुई-चार चटके जादूगरका फिरंते दर्शक पनि यो भन्दा कम हुन्नन।

    Reply
  40. dhan says:
    October 6, 2012 at 11:05 am

    यो त हुनुनै थियो मित्र हरु,
    जातीबादी कुरा गर्यो भन्ने हरुले, समानता भन्नेहरुले कहिलेइ समानता को व्यवहार गर्न जानेन. जैले प्रधान मन्त्रि झलनाथ, माकुने, बाबुराम, कोइराला रमात्रै हुनु पर्ने कारण के? पार्टी सभापतिमा देउबा र राम्चंद्रे कोइरालाको बाहेक अरुको नाम दुर दुर सम्म पनि देखा नपर्नु को कारण के ? जातिवादी नाराको आरोप लगाउने हरु हो, देश डुबाउन लग्यो भन्ने हरुलाइ एउटा प्रस्न सोध्छु अनि तिम्रो एमाले कांग्रेसको राजनीतिले चै देशलाई कति विकास गर्यो त? जनजातिलाई बिदेशी दलाल भन्ने हरु हो, फेरी अर्को प्रस्न, तिमीहरुको नेताहरु चै बिर्स्यौ दिल्लीको सरन मा लम्पसार परेको लाज नमानी, तिनी हरु चै के नि!!देशभक्त?
    चोरले अरुलाई पनि चोर नै देख्छ भनेको साचै रहेछ !!!
    अब खाली प्रस्न छ नया जनजातिको पार्टीको . राम्रो काम गर्यौ भने जनता तिम्रो साथमा सधै हुनेछ र हल्ला गर्ने हरु आफै चुप लाग्ने छन्. होइन भने भोलि कांग्रेस एमाले कै हालत हुनेछ.
    तेसैले सुभकामना छ हाम्रो! देश र जनताको हितमा सधै काम गर्दै जाऊ.

    Reply
  41. madan bajracharya says:
    October 6, 2012 at 10:41 am

    उक्लिँदै गरेको यमालेलाई भिरमा लडाउने
    ओली माधवले “लुले” बनायको झलनाथ
    मान्छे ठानेको त् आफै हाती हौ पो भन्छ
    मित्रले साथ् छोडेकोमा भुत्ला झरेको भन्छ
    भुत्ला झरेको झलनाथ मान्छे हो बा पशु?

    म कता हानियुं भनेर उफ्रन्दै दिल्ल्ली पुग्ने
    दिल्लीले ईसारा गरेको थाहुमा बजारिने त्यो
    जनताको लात पायको ओलिनै भकुण्डो हो/
    प्रचंद्र ‘पंगु’, झलनाथ ‘झल्लु’ सुसिल ‘लल्लु’
    “जाति”को “जाल” मा बिछाउनेनै फसेकोछ

    Reply
  42. kale chhantyal baltimore usa says:
    October 6, 2012 at 10:17 am

    म कुनै पनि पार्टी को राम्रो छबी भयको नेतालाई मान्न तयार छु ,जसले देस र जनताको हितमा काम गर्छ भने ,हैन भने अब आउने चुनाब मा कसैले पनि भोट नहाले हुन्छ ,केवल चर्को नारा अनि भाषण ले गरिब जनताले राहत र रासन पाउन सक्तैन ,
    कुनै पनि पार्टी र व्यक्तिगत स्वार्थ मा नलागी ,सबै नेपाली जनताले बाबुराम लाइ १० वर्ष को लागि सुम्पिय मा नया नेपाल बन्ने थियो कि??

    Reply
  43. resham says:
    October 6, 2012 at 9:20 am

    लौ है लौ झले र ओलीको बासको पार्टी छोडेर जाने जनजाती हो अब तिमीहरुको शक्ति देखाउने पालो अएको छ / प्रगति गर / तेस्रो लिंगी एमाले धुल मुले नीति बोकेर कति सम्म हिड्ने/ अब सिंगो नेपालको जात जातिहरुलाई समेटेर लाने काम अब जनजाती साथीहरुको पालो है. / देशमा केहि राम्रो काम गर्ने पालो / गर गर /

    Reply
  44. CRS(Surendra Chaudhary) says:
    October 6, 2012 at 9:09 am

    आफुलाई नयाँ सोच्ने कबिलाबादिहरुको बिबेक दयालाग्दो छ. १०० वर्ष अघि लेनिनले जे गरे र जुन बाटो गलत रहेछ भनेर आज रुस पश्चाताप गर्दैछा, तेही नै विश्वको अन्तिम सत्य मान्नु त अनौठो नै हो. त्यो कस्तो पहिचान होला अशोक राइलाइ नभई नहुने तर धिमाल, चेपांग मित्रहरु लाइ दिन नपर्ने? उनीहरुलाई चाहिं उप-राज्य भए पुग्ने. वाह ! कस्तो गजबको कुरा. संसारको इतिहास हेरौं; भाषा र संस्कृति ध्वोस्ता हुन कति समय लाग्छा; दक्षिण अमेरिकामा तेहंका रैथानेहरु दुइ पुस्ता भित्रै कसरि क्रिस्टियन बनाइए, हुन नमान्नेहरुलाई कसरि सिध्याइयो? हाम्रो देश पुन: एकिकरण भएपछीका ३०० वर्षापछि सम्म पनि हाम्रा अमुल्य १००+ भाषा र ११८+ जातहरु कसरि फक्रिरहेका छन्? हो, हाम्रो देश गरिब छ, अधिकांस जनताको जीविका कस्ताप्रदा छ. येहान भरिया बाहुन, नेवार, छेत्री, तामांग, पासवान जो भए पनि भारि नै बोकेर खान्छन, र महा-धनाढ्य शेर्पा, ठकुरी, राइ जो भए पनि फाइभ-स्टार मा “दिनर ” गर्छन; हाम्रो मूल समस्या सहि योजना र तेस्को पालन गर्न नसक्दा भोग्नुपरेको आर्थिक दुरावास्ता हो, विकासको अभावमा हाम्रा सम्पदाहरुलाई हामीले पर्याप्त मात्रामा सम्रक्छां गर्न सकेका छैनौं, तर तेस्को समाधान आफ्नै घरमा आगो लगाएर निस्कदैन ; राजा बिरेन्द्रले आज भन्दा ३० वर्ष अघि नै नेपालमा बोलिने भासाहरुको सब्दकोषा बनाउन लगाएका थिए, अहिले भैरहेका आरोपका वर्षा सुन्ने हो भने त उनले खोजि-खोजि भएकालाई पनि नस्ट गर्न तिर लागेको हुनुपर्ने. बिदेशी इतिहास पढेर अनि नेपालबारे फिरंगी (अंग्रेज) को अतिक्रमनालाई बल पुर्याउन बिदेशी प्रचारकहरुका उपन्यास पढेर आफ्ना पुर्खाहरुलाई सराप्ने मह- बिध्वनाहरुको महिमा अवर्णनीय छ. यो एथार्थ पढौं : http://www.hindunet.org/hindu_history/ancient/aryan/aryan_frawley.ह्त्म्ल
    नेपालको उन्नति र नेपालका सबै जातको हित आदिवाशी संस्कृतिलाई विश्वको ७०% भूभागबाट मेटाउने यूरोपेलीहरुको पछी लगेर भन्दा एउटी आँगनमा खेलेर दुख-सुख बाँडेका बन्धुहरुको एकताबाट मात्र हुन्छ .
    जय देश

    Reply
  45. raghubir says:
    October 6, 2012 at 8:38 am

    १)एमाले फुट्यो। जनजाति नेताले छोडेर हिंडे। नेपाल को भविष्य कता गइरहेको छ, कसैलाई थाहा छैन। जनजातिहरु र जनजातिका नेताहरुलाई विभिन्न कारणवस होला चित्त बुझेको छैन। जसरी एक ताका देशमा भएको साह्रा समस्याको जड ‘राजा’ हो भन्ने मान्यता बढेको थियो र त्यसैको फलस्वरूप राजतन्त्र फालियो पनि; त्यसरी नै आज जनजाति र जनजाति नेताहरुले देशका समस्याका सबै दोष क्षेत्री-बाहुन र बिषेशगरी बाहुन जाति माथि लगाउँदैछन्। र वातावरण यस्तो बनेको छ, अधिकांश जनजाति बाहुन क्षेत्री माथि खनिएका छन्, रिसले आगो भएका छन्। र छिट्टै यो रिस शान्त होला र आगो निभ्ला झैं पनि देखिंदैन।
    २)भने यता मुलधारका पार्टीहरु (एमाले, कांग्रेस र केहि हद सम्म माओबादी) का नेताहरु तातो न भुत्लोका कुरा गर्दै हिंडेर त्यो बलेको आगोमा घिउ थप्ने काम गर्दैछन्। जसको पछिल्लो उदाहरण झलनाथ र ओलीको बोलीमा देखियो। काँग्रेस पनि कम छैन यस्ता कुरा गर्न। जनजातिहरु आगो भएको कुरा नबुझेको हो कि बुझेर पनि बुझ पचाएको , त्यो थाहा भएन, तर त्यो आगो लाई शान्त पार्न जरुरी भैसक्यो। नत्र त्यो आगोले देशलाई भष्म गर्छ, र यो देशमा खरानी मात्र बाँकी हुन्छ – बाहुन, क्षेत्री र जनजाति सबैको खरानी।
    ३) देशै खरानी हुँदा पनि केहि चाहीं त्यै खरानी ताप्तै गरिरहेका भेटिने छन्। बाहुन क्षेत्री जनजाति, दलित लगायत सबै पहाडे समुदायको अवसान पछि बाँकि रहने भनेको मधेसी र भारतिय हुन्। फुटाउ र राज गर भन्ने सिद्धान्तका खली खेलाडी भारतले त्यो खेल सुरु गरेको धेरै भैसक्यो। र विजय गच्छदार र उपेन्द्र यादव लगायतका हालसालका अभिव्यक्ति र गतिविधी हेर्दा यो खेलले अब वृहत रुप लिने देखिन्छ। जनजाति र न-जनजाति लगायत सबै पहाडे समुदाय careful नहुने हो भने सबै जना यो आगोमा भष्म नहोइएला भन्न सकिन्न।
    ४) विदेशीले खेल्ने भनेको हाम्रो आफ्नो कमजोरीमा हो। र अहिले आएर जनजातिको sentiment प्रयोग गर्न थाले झैं देखिन्छ। जनजातिले पनि यो कुरा बुझ्न जरुरी छ, बिदेशीको बुइ चढे अन्त्यमा धोका पाइन्छ भनेर; र हाम्रो ठुला दल र तिनका स्वनामधन्य बाहुन नेताहरुले पनि के बुझ्न जरुरी छ भने जनजाति र तिनका माग भनेको बर्षौं देखिको मनको कुन्ठा र उकुसमुकुस बाट उठेका मागहरु हुन्, यी मागहरुलाई बुद्दिमत्तापुर्ण ढंगले सम्बोधन गर्नु पर्छ – बिदेसीले यस अघि धेरै कोसिस गरेको हो तर नेपालीको ढाड खुस्काउन नसकेकै हो; तर अहिले यो नया अस्त्र पाएको छ, यसको प्रयोग नेपालीको लागि अत्यन्त घातक हुन सक्छ।

    Reply
  46. Drona paudel says:
    October 6, 2012 at 8:35 am

    नेपाल मा नया पार्टी खोल्नु कुन नया कुरा भयो र एक ले अर्का लाई दोष दिनु अनि मै राम्रो अरु सब नराम्रो
    अब शक्ति प्रदशन पनि नेपाल ईतिहास मा लेखिने भयो प्रत्यक पार्टी ले शक्ति प्रदशन गर्नु पर्ने सत्ता को लागि

    नेपाली जनता कुनै पनि जातीय अतिबाद लाई स्वीकर्ने पक्ष मा छैनन् सिंगो सम्बृद नेपाल शान्त नेपाल चाहन्छन

    Reply
  47. तुयू भाजु उदास says:
    October 6, 2012 at 8:04 am

    यो उखानको गोर्खाली वा नेपाली अनुवाद थाहा छैन , हिन्दि भाषामा यस्तो भन्छ नि —
    रस्सी जल गई , एंथन रह गई . / एमाले नेताहरुको तुकबन्दी सुन्दा यस्तै लाग्यो त – ज्यान जाएगा ,घुंडा नहीं खायेगा , यार !

    Reply
  48. krishak, sydney says:
    October 6, 2012 at 7:58 am

    एमाले येसरी नै पतन को बाटो तर्फ उन्मुख छ / कतिपय एमाले कार्यकर्ताहरु लज्जित छन / यी झल्लु र ओली कोअझै कुरै बेग्लै /एमालेका डेट एक्सपायरड नेताहरु /

    Reply
  49. SURENDRA SUBEDI says:
    October 6, 2012 at 7:49 am

    “राजनीति साला अएसा घिनौना खेल है,जो खावोगे वो भी पछतावोगे,जो नही खावोगे वो भी पछतावोगे” भएकोछ नेपाल मा खै के भन्नु?३ करोड जनता मा भोट हाल्ने मान्छे जम्मा जम्मी १.२० करोड होलान तर पार्टी हरु को संख्या ६० जति होलान तेसै ले जस ले पनि अरु लाई गाली गर्ने राजनीति को राम्रो खेल नेपाल मा खेलिरहेको देख्दा अचम्म लाग्छ बा?

    Reply
  50. Sara says:
    October 6, 2012 at 7:28 am

    म कुनै जातिवादी गर्ने अनि पार्टी को मानिश त होइन तर झलनाथ ले टुक्का मिलाएर त बासको पत्यास भने पार्टी छोडेर गकोहरुलाई ,थाहा छ कि छैन बास ले मर्ने बेला फुल फुलेर मर्छा नि एमाले नि अबो तेस्तै हुन लाको छ ,

    Reply
  51. sushi says:
    October 6, 2012 at 7:17 am

    काम छैन काज छैन खाली शक्ति प्रदर्शन को नाम मा यी पार्टी हरुले जनता लाई कति बेर सम्म झुक्याउने हुन् / एउटा ठोस कार्यक्रम अनि दिर्ग योजना केहि छैन खाली सस्तो नारा र बह्सन तथा गालीगलौज मात्र गरेर नेपाल लाई कति दिन वा कति बर्ष अध्यारो मा राख्ने/ अब पनि चेत छैन /अनि युवा हरु किन यिनका पछाडी लाग्छन बुज्न सकेको छैन/ पशुपति नाथ ले यिनी हरु लाई सद्बुद्धि देउन /

    Reply
  52. xyz says:
    October 6, 2012 at 6:50 am

    झल्लु जहिले पनि आंधी बेरी को कुरा गर्छा

    Reply
  53. chatur rai says:
    October 6, 2012 at 6:23 am

    पार्टी परित्याक लगतै, पार्टीमा रहेकाहरुले यसरी शक्ति प्रदर्शन गर्नु कति मुर्खता हो ? कुनै पनि पार्टी र पार्टीमा रहेका नेताहरुले यदि चुनाब भइहालेमा कसरी जनतालाई फेरी झुक्याउदा रहेछन …..?

    Reply
  54. Raj Bista, Bhairahawa says:
    October 6, 2012 at 6:08 am

    नेकपा(एमाले) परित्याग किन? शीर्षकको ८ पेज लामो पुस्तिका पनि उमेश जि ले एसै ब्लग मा राखे राम्रो हुन्थ्यो !!!

    Reply
  55. ramesh says:
    October 6, 2012 at 5:25 am

    सबै को हालत कस्तो हुन्छ चुनाब ले देखाऊछ को कति पानीमा!! खोक न दिउ न!!

    Reply
  56. Gaurav Nepali "Oodaaseen" says:
    October 6, 2012 at 4:59 am

    यती मान्छेहरु एमाले ले पनि पालेर राखेको रैछ जति मान्छे कांग्रेस र एमोबदिले पाल्ने गरेका छन् ! एउटा मन्त्रीले त दुइ चार सय आफन्तहरु पालेर देशको ढुकुटी सिध्यौछां भने एउटा पार्टीको आठ दश हजार पालिनु र त्यहि मान्छे हरेक प्रदशनमा देखिनु यो कुनै नौलो कुरा भयान ! नौलो कुरा त त्यो भयो जो ज्ञानेन्द्रको धार्मिक प्रदशन देखियो जो मार्मिक पनि थियो !

    Reply
  57. शशांक लामा, न्युयोर्क says:
    October 6, 2012 at 4:29 am

    पहिले पो अशोक राइहरुले भोट् जुटाइ दिएका थिए, अब जनजातिका घरमा भोट् माग्न आयौ भने स्वाँक्कै सुँघाइदिन्छ|

    Reply
    1. raj ,USA says:
      October 7, 2012 at 1:00 am

      तेसरी सुँघाउने कुरा गर्ने हो भने ये कथित जनजाति नेता जो ४० वर्ष सम्म तेही पार्टीमा रहेर संग संगै लुटे ,एनी हरु लै पो सुगौनु पर्ने हो पहिला .कि आफ्नो जात भनेर चोर ,ज्यानमारा लै पनि भगवान भनि पुज्दै हो !

      Reply
  58. शशांक लामा, न्युयोर्क says:
    October 6, 2012 at 4:26 am

    झलनाथलाई ओली जस्तो उखान टुक्का भन्न नआउँदो रहेछ| टुक्कामा ओलीलाइ गुरु थापे हुन्छ!

    Reply
  59. शशांक लामा, न्युयोर्क says:
    October 6, 2012 at 4:25 am

    ग्वाँचहरु पार्टिबाट निस्केर केही खुतिन्दैन भनेर एमालेका बाठाहरु भन्दैछन| तर अब बाठैबाठाको बिचमा बठयाइँ गर्न त गाह्रो हुने भयो नि! अनि उखान छ नि- ‘काग बाठो भयो भने गुहु खान्छ’| अब एमालेका बाठाहरुले पटक पटक गुहु खाने भए|

    Reply
  60. द्रोण says:
    October 6, 2012 at 4:25 am

    चाहे जुनसुकै पार्टी फुटोस ,त्यो राम्रो कुरा हैन देश को लागि |
    लक्ष्यण न राम्रो संकेत गर्छ एसले |

    Reply
  61. Sylvia says:
    October 6, 2012 at 4:23 am

    के. पि. ओली पुरानो बल खेलाडि हो भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । आफु खेल्दा कसले कसरि हावा राख्छ भन्ने कुरा खुलस्त गर्नु पनि भएको छ । पहिला जनजातिहरुलाइ यतावाट उता उतावाट यता लात हानेर पासपास खेलेका हुन, कति जोडले हान्दा कति उफ्रन्छ भन्ने उहाँलाई राम्ररी थाहा छ । अव जनजाति बल हुन चाहेनन, उनिहरु पनि खेलाडि नै भएका छन र जहाँ सम्म हावा खुस्केपछि फर्कने कुरा छ, फुटवल खेलाडिलाई अहिले पनि फुटवल नै देख्नु उहाँको चश्माको पावरमा कमी कमजोरी हुनु पर्छ ।

    यी कुराहरु उहाँलाई असह्य नै भयो, असुन्तुष्टि, आक्रोश ब्यक्त गर्नु भएको छ ।

    Reply
  62. nabaraj kale says:
    October 6, 2012 at 4:17 am

    नेता येतान उता
    जता पर्छ दाउ उतै तिर धाउ !!!

    Reply
  63. rishav says:
    October 6, 2012 at 4:00 am

    हैन कता बाट येतीका मान्छे बटुलेछ यो एमालेले, धेरै मान्छे पो जम्मा गरेछ गाठे

    Reply
  64. Dev says:
    October 6, 2012 at 3:56 am

    यो एमाले जस्तो निच र घटिया पार्टी संसारमा कहिँ पनि छैन |

    Reply
  65. Ganesh USA says:
    October 6, 2012 at 3:37 am

    हात्ती नै हो एमाले देखाउने दांत र चपाउने दांत बेग्ला बेग्लै भएको ..

    Reply
  66. Harke says:
    October 6, 2012 at 3:06 am

    तेही कमाउबादिको समर्थनमा हिजो प्रधानमन्त्री पड्काउने झले….आज फेरी के को गनगन…?

    सबै दलहरुका नर-पिचासहरुलाई छिटै नसिध्याए, यिनीहरुले नै नेपाल र नेपालीलाइ सिध्याइदिन्छन्…चेतना भया !

    Reply
  67. Ratna Thapa Magar says:
    October 6, 2012 at 3:04 am

    एस्ता झले जस्ता जती कराये पनि आया न आछ्छो
    चुप लागेर कुर्ची म बसे हुन्छ
    सडकमा कराँउदा कराँउदा थाक्छ अनी आँफै थन्को लाग्छन
    धुलो र बाँसका टुना भन्नेलाई हेर्दाइ जाउँ भोट् माग्ना कुन मुँख लिएर आँउदो रहेछ
    कुर्ची नपाउँदाको पिँडा, अब कुमन्डलु बोकेर काँसी गये हुन्छ !!!!

    Reply
  68. Deepen Lc says:
    October 6, 2012 at 2:58 am

    एमाले नपुसक पार्टी हो, कसैको दुई मत छैन | अनि एमाले का ‘जाति बादी’ नेताहरु के को ‘पहिचान’ खोज्न पार्टी छोडेका हुन् कुन्नि ? के नपुसक पार्टी भनेर लिंगको पहिचान खोजेको हो?
    होइन भने कहाँ निर तिम्रो पहिचान गुम्ने खतरा देखौ? यो सब प्रचण्ड को खेल हो| जातिबाद को आगो सल्काएर के नाप्न खोजेको हो? पैला देश बिकाश को बाटो देखाउ, बिद्यालय बनाउ, ज्ञान को ज्योति बाड देश बिकाश हुनेछ, कसैले तिम्रो पहिचान खोस्ने छैनन् | तेस्ता मुला चिल्ला कुरा गरेर सोझा जनता को दिमाग भुटेर कसैको पहिचान हुदैन| एहा देश को पहिचान गुम्ने खतरा भयो देश जोगाऊ पहिचान आफै जोगिने छ |

    Reply
  69. SURESH CHAMLING says:
    October 6, 2012 at 2:21 am

    हो एमाले बास नै हो खनालजी ले ठिक भन्नु भो बाँस न फुल्छ न त त्यसले सुगन्ध नै दिन्छ यस को जरा यति रुखो हुन्छ कि यस को वरी परि एक किलो मिटर सम्म कुनै बिरुवा हरु हुर्कन सक्दैन यसको सेप लाग्यो भने सिरु पनि पलाउदैन /जन जातीय बिरुवामा सेप लागेकै हो /हेर्दै जाऊ हात्ती को धुलो झर्यो कि हात्ती खस्न लागेको हो समयले देखाउछ/

    सुरेश चामलिंग

    Reply
  70. nagendra says:
    October 6, 2012 at 2:19 am

    फेरी झाप्पड हान्ने देवी प्रसाद लै तय पठाऊ न …झले थुरुरुरुरुरुरूरुर..

    Reply
  71. madan bajracharya says:
    October 6, 2012 at 1:56 am

    यमालेको नेताहरु दम्भ मात्रै गर्न जानेको छ कार्यकर्ताहरुको सम्मान गर्न जानेको छैन/ यमालेको ठुला नेताहरु आफ्नो दलको साना कार्यकर्ता र समर्थकहरुलाई मात्र भाडामा लियको अर्हाय बमोजिम हो हो होईन होईन र जिन्दावाद र मुर्दाबाद गर्न लगाउने ज्यामी मात्रै ठान्छन/ त् आज पनि मावोबादी कांग्रेस र मावोबादी भन्दा पछाडीको पछादिनै रह्यो/

    दल भित्र कसैलाई “नेता” उपाधि कार्यकर्ताहरुले दिन्छ जनताले दिंदैन/ आफुलाई नेता बनाउने कार्यकर्ताहरुलाई भुसुना भुत्ला भन्ने नेताहरु मात्र फोहरी पशु हुन्/ भुसुना र भुत्ला मानिसको शरीरमा होईन पशुको शरीरमा त्यो पनि फोहर पशुको शरीरमा मात्रै हुन्छ/

    प्रथम संसदीय निर्वाचन हुने हुने बेला कन्या मन्दिर स्कुलमा यमालेको नेताहरुले आफ्ना कार्यकर्ता र समर्थकहरुको भेला गरेर मपाई गर्दै थियो/ त्यो भेलामा बोल्ने मौका मलाई पनि दियो/ मैले २०४८को संबिधान जारि हुना साथ् कांग्रेसले घर दैलो घुमेर आफ्नो सदस्य बनाउंदै गयको उल्लेख गर्दै एमालेले पनि तेस्तै कार्यक्रम गरेर आफ्नो सदस्य बढाउनु पर्ने र तिनीहरुलाई एमालेको नीति र कार्यक्रमको बारेमा प्रशिछ्याँ दिनु पर्ने भने/ अनि यक जना धेरै जानेमानेको धेरै पढेको यमालेको केन्द्रित समितिको बरिस्ठ नेताले मलाई ” हामीलाई झारपाते सदस्य चाहिंदैन” भन्यो/

    हाम्रो नेपालमा दलहरु जनतालाई कार्यकर्तालाई कोहि भुसुना ठान्छ त् कोहि झारपात ठान्छ/ अब यस्तै नेताहरु फेरी हाँसो उठ्ने गरि लोकतन्त्रको कुरा गर्छ/ थुक्क!!!

    Reply
  72. biwas ghimire says:
    October 6, 2012 at 1:52 am

    ठिकै हो असोक राइ हरु लै खोटांग मै एकल जातीय राज्य मागेको समाज बिखन्डन गर्न खोजेको भनेर धेरेई उनकै जातिका नेता हरुले भनिसकेका छन् र पहिले पनि एमाले छोडेर माले भन्दै असोक राई र बामदेव गको नै हो तेतिखेर असोक राई र बामदेव को पार्टी कुन हैसियतमा थियो र तर मलाई खासै एमाले मै भयका हरु वा एमाले छोडेका दुवै मान्छे हरु मन पर्दैन न झलनाथ न असोक राई दुवै सामन्ती हरु हुन् // असोक राई हरु जनजाती को नाम बेचेर खान पल्कियाका हुन् भने झलनाथ खनाल बाबुराम , प्रचण्ड सबै कम्निस्ट को नाम ले खदेई छन् जुन दिन सम्म नेपाल मा गरिब हुन् छ कम्निस्ट हुन्छन र ठगेर खान्छन जुन दिन सम्म नेपाल मा कम्निस्ट रहन्छन तो दिन सम्म जनता पनि गरिब नै हुन्छन / देश बिकास गर्न समाज बिकास गर्न जातले कहीं छेकेको छैन बरु चेतना र शिक्षाले छेकेको हो यदी यस्तो हुँदैन्थ्यो त डोल्पाका बाहुन, दोलखाका बाहुन अरु जातिकोमा भरिया र हली हुने थिएनन होला । यूरोपियन पाँदरिले हाम्रो देशमा जातिय रडाको नमच्चाए सम्म आफ्नो धर्म प्रचारको र चाइना घेर्ने रणनिती पुराहुने देखेनन अनी भारतीय बिस्तारबादिले तराई बिहारमा मिसाउने मेसो देखेनन अनी छेत्री-बहुनको २५० बर्षे राज्य सन्चालनको बिषालु मन्त्र प्रचन्डको कान हुँदै यि अशोक राइ, आङ्काजी शेर्पा जस्ताको खोपडिमा भरिदिए । यिनिहरुले यस्ता बकम्फुसे गफ दिदैमा सम्पूर्ण जनजाती यिनैको पछी लर्को लाग्लान भन्ठानेहोलान तर यदी जातिय बिषले यहाँ नराम्रो निम्त्याए भने हामीले प्रचन्ड शाहीत यि सबैलाई कालापानी कटाउने छौ । म पनि धेरेई बर्स सम्म जनजाती हरु संगै खेलेर हुर्केको मान्छे भयको ले नेपाल मा जति नै जातीय कुरा उठायारा खेल्न खोज्ने र जातीय दंगा भद्कौना खोजे पनि नेपाली मुलबासी र आदिवासी हरु ले बुझ्न थालिसकेको छन् खेल कहबता सुरु भयको छ भनेर र १० बर्से युद्द पनि कुन देस बाट सुरु भयको यसको यौचित्य के रहे छ भनेर बुझी सकेको छन् अब नेताको खोकाई मा कोहि पग्लिने वाला छैन अरु त के भानुम म त कुनै बादी हैन नेपालबादी हो

    Reply
  73. Anjan Shrestha says:
    October 6, 2012 at 1:52 am

    एमाले होस् या बिमाले होस् .. या यो अहिले चोक्टा खान गएको समूह होस ..जतिबाद्को राजनीति गर्ने जो कोहीको पनि अस्तित्व अन्तिममा संकटमा पर्नेकुरामा दुइमत छैन |

    Reply
  74. kedar says:
    October 6, 2012 at 1:34 am

    काइते झाले र ओलीहरु कुन पो गतिला थिए यिनका पट्याँसे, भकुन्डे, भगौडे, पिले गफ उनकै हल्दारहरु बाहेक अरुले पत्याउन | तर ति डलरका भतुवाहरुलाई चै ठुलै पाहाड फुटाएजस्तो लागे जस्तो छ, कमिला लाइ मुतको पनी पहिरो नै हुन्छ भने जस्तो यिनलाई एमालेमा पहिरो ल्याए जस्तो लागेको हो |

    Reply
  75. Nawin says:
    October 6, 2012 at 1:29 am

    इलामको गाउँमा झल्लुले कसरि पाइला टेक्दो रहेछ हेर्न बाँकी छ| नेम्बांगको साथ् लागेर आउने बिचार गरेको होला, नेम्बांगलाई नै फाली दिन्छन आउँदो चुनावमा| अरु त् त्यस्तै हो छेत्री बाहुनले समेत यसपाला झल्लु र नेम्बांगलाई भोट दिने छैन| भोट माग्न आउँदा हेल्मेट लाएर आउँनपर्ने हुन्छ| आफ्नै आँखा अघिको दुश्मन काजु कान्छा लाई चिन्नु छैन अरुको भुत्ला झरेको कहानी अब झल्लुले झल्झली थाहा पाउँछ|

    Reply
  76. Kamal Rai, Kirtipur says:
    October 6, 2012 at 12:50 am

    झलनाथको कुरा सुन्दा मलाई लाज लाग्यो। धेरै फूर्ति नगरे हुने थियो । इलामको गाउँहरूमा कसरी यिनले भोट माग्दा रहेछन् ? हेर्न मन छ । जातिवादी को हो भनेर सबै जनताले बुझिसकेपछि बाँस र पट्याँसको फरक थाहा होला । यति हो समय भन्दा अघि पाउनु केही छैन । परिवर्तित परिस्थितिको जनफैसला आउन बाँकी छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme