Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कतारमा नेपालीको संख्या त्यहीँको नागरिकभन्दा बढी

Posted on September 16, 2012September 16, 2012 by Salokya

कतारमा नेपाली ‘डन’को आतंक विषयमा रवि रोषीको एक महिनाअघिको ब्लग पढ्दा धेरैले अचम्म मानेका थिए। विदेशी भूमिमा पनि नेपाली अपराधीले नेपालीलाई दुःख दिँदो रहेछ भनी सबै अचम्म मानेका थिए। उनीहरुले कल्पना गरेका थिएनन्, कतारमा कति नेपाली छन्? भर्खरै एउटा तथ्याङ्क सार्वजनिक भएको छ। तथ्याङ्क अनुसार कतारमा नेपालीको संख्याले त्यहीँका नागरिकहरुको संख्यालाई उछिनिसकेको छ। कतारमा कतारीको संख्या १५ प्रतिशत छ भने नेपालीको संख्या एक प्रतिशतले बढी अर्थात् १६ प्रतिशत छ। यो संख्या अरु दक्षिण एसियाली र एसियाली देशहरुका नागरिकहरुको भन्दा बढी हो। शायद् यो विश्वकै एउटा मात्र देश हुनुपर्छ, जहाँ त्यहीँका बासिन्दाभन्दा बढी नेपालीहरु छन्।



कतारको तथ्याङ्क विभागले दिएको मे २०१२ को तथ्याङ्कलाई आधार मानेर यो खबर थिङ्क म्यागेजिनले छापेको हो। म्यागेजिनमा योबारे लेख लेखेकी हुन् त्यहाँको नर्थवेस्टर्न युनिभर्सिटीको पत्रकारिता विभागमा अध्यापन गर्ने क्रिस्टिना मारिया पास्चिनले। उनको लेख यहाँ क्लिक गरी पढ्न सक्नुहुन्छ।

तथ्याङ्क अनुसार कतारमा कतारी नागरिकहरुको संख्या ३ लाख मात्रै छ। कतारीहरुभन्दा बढी भारतीयहरु छन्। उनीहरुको संख्या २४ प्रतिशत छ। त्यसपछिको ठूलो संख्या नेपालीहरुको छ। नेपाली १६ प्रतिशत छन्। अरबीहरु अर्थात् गैर कतारीहरुको संख्या १३ प्रतिशत छ। फिलिपिनोहरु ११ प्रतिशत छन् भने बाँकी संख्या दक्षिण एसियाका अरु देशहरुको छ। ५ प्रतिशतको संख्यामा श्रीलंकाली र बंगालीहरु छन् भने ४ प्रतिशत पाकिस्तानी छन्। अन्य नागरिकहरुको संख्या ७ प्रतिशत छ।

नेपालीहरुको संख्या यति धेरै भएकैले कतारबाट नेपालका दुई राष्ट्रिय दैनिक कान्तिपुर र राजधानीले कतार संस्करण साप्ताहिक रुपमा प्रकाशन गर्ने गर्छन्। विदेशबाट माइसंसार हेर्नेहरुको संख्यामा पनि कतार शीर्ष चार देशभित्र पर्छ। अमेरिका, अस्ट्रेलिया र बेलायतपछि माइसंसारका सबैभन्दा बढी पाठक कतारमै छन्। कतारका पाठकहरुको संख्याले क्यानाडा, जापान, कोरिया, जर्मनी, हङकङ, मलेसिया, भारत जस्ता देशलाई पनि उछिनेको छ।

[तपाईँ पनि कतारमा हुनुहुन्छ ? त्यसो भए कतारमा नेपालीहरुको संख्याबारे आफ्नो अनुभव तल कमेन्टमा लेख्नुस्। माइसंसारलाई कतारबारे फोटो वा ब्लग पठाउन चाहनुहुन्छ भने यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]

43 thoughts on “कतारमा नेपालीको संख्या त्यहीँको नागरिकभन्दा बढी”

  1. surendra limbu says:
    September 19, 2012 at 6:45 pm

    नेपाली हरु को जनसंख्या धेर भएर के भो र नेपाली को दुख घट्ने हैन …झन् थोरै salary मा आउन खोज्छन….बर्बाद छ कतार मा नेपाली हरु को हालत …जनसंख्या बढेर एती फाइदा चै भाको छ कि कुनै पनि दोकान ,आफिस ,होस्पितल ,बैंक जहाँ पनि नेपाली भाषा चलेको छ …english ,अरबी ,हिन्दि बोल्नु पर्दैन …………

    Reply
  2. Sunil says:
    September 19, 2012 at 2:23 pm

    कतारी भन्दा नेपाली धेरै भए भनेर खुसि हुनु खासै उचित ठान्दिन म, किनकि “स्वावलम्बी नेपाली ले त नेपाल मै बसेर केहि गर्छ”

    Reply
  3. शशांक लामा NY says:
    September 17, 2012 at 10:52 pm

    सन्तानले डांडा काँडा ढाकोस भनेर हाम्रा च्याब्जु,जिजु,बराजे र बाजेले दिएको आशिस त साँच्चिनै लाग्दैछ| अब हामीले चैं देशको नामै तोकेर आशिस ठेल्नुपर्छ होला – जस्तै सन्तानैले अमेरिका ढाकोस, बेलायत ढाकोस,क्यानाडा ढाकोस !! अब भनिनै सकेपछी देशमात्र किन ? महादेश युरोपै ढाकोस! लुजास्त !

    Reply
  4. dilli ram says:
    September 17, 2012 at 7:40 pm

    ११,००० वर्ग किलो मिटर मात्र भएको यति सानो देश मा ४ लाख भन्दा माथि नेपाली हुनु ठिक पक्कै होइन ……..

    Reply
  5. Damodar says:
    September 17, 2012 at 6:47 pm

    कतार बन्द कत्तिको गरिन्छ त ??

    Reply
  6. pratik says:
    September 17, 2012 at 8:59 am

    ल ठिक छ , ति गरिब भारु लाई पनि side लगाउ / अनि दुई, चार वटा प्रचण्ड लाई पनि तेहा पठाउ / अनि नेपाली ले के गर्छ , /

    Reply
  7. madan bajracharya says:
    September 17, 2012 at 2:27 am

    यो कुरामा न त् हामि छक्क मान्नु पर्छ न त् खुसि नै बरु सोच्नु पर्ने भयकोछ/ नेपालको लागि केहि गर्न सक्ने युबाहरु यसरि यति ठुलो संख्यामा कतार जस्तो मुलुकमा पुग्नुले नेपालमा ठुलै अब्यबस्था भयको र देसमा नागरिकहरु प्रति जिम्मेवार नहुने नेताहरुको शासन चलेको देखाउंछ/

    कुनै बेला समाचार पत्रहरुमा गाउँ घरमा युबा पुरुष नै नभयको कारण हलो समेत महिलाले जोतेको र मुर्दा समेत महिलाले नै बिक्नु परेको कुरा पढेको थिय/यकातिर यस्तो स्थिति छ भने अर्को तिर आउ बिहारी आउ नेपाल तिम्रै हुनेछ भनेर बिहार बात बिहारिहरुलाई सोहरेरै नेपालमा नागरिकता दिंदै आयको छ/ ई नेताहरुले (कसका नेता हुन् कुन्नि!!!) लादेको यो स्थितिमा सुधार नभयको अबस्थामा यक दिन यस्तो पनि आउँछ कुनै पनि चुनावमा भोट दिने पनि बिहारिनै हुनेछ र ढिलो चांडो नेपाल पनि भुटान र सिक्किम जस्तै अर्ध, पूर्ण भारतीय उपनिबेस बन्ने छ (बन्न दवाव त् दिंदै छ पनि)/

    नेपालीले काम नपायर कतार अरव का अन्य मुलुक र मलेसिया जस्तो मुलुकमा भेडा उँट चर्हाउने, मिल कारखानामा मजदुरी गर्ने आदि जस्ता काम गर्न जाने अर्को तिर नेपालमा शिप मुलक कामहरु सबै बिहारीले पाउने; यो कुराले नेपाल नेपालीको नहुँदै गयको भयानक संकेत गर्दै छ/ कसको कारणले यस्तो भयो राजा बा राजतन्त्रको कारणले हो? पक्कै होईन/

    राजा बिरेन्द्रले त् बिहारि कामदारहरुलाई नेपालमा नेपालि कामदार नभयको अबस्थामा मात्रै भारतीयलाई काममा लगाउन सक्ने नियम बनायको थियो र बिहारी कामदारहरुलाई नेपालमा काम गर्न वोर्क परमिट समेत चाहिने ब्यबस्था गरेको थियो/ फेरी यसो भनेमा कोहिले भन्न सक्छ कि भारतमा पनि नेपालीहरु काम गर्न जान्छन भारतमा पनि नेपाली हरु ४०सौ लाख छन् नि भनेर/ यदि कसैले यसो भनेमा सन् १९५०को सन्धि अनुशार जसरि नेपालीले भारतमा अधिकार पाउने भनेको थियो ती कुराहरुमा भारतले ब्यापक कटौती गरि सकेको र भारतमा लाखौको संख्यामा भारतमा बस्ने नेपालीहरु भारतले आफ्नो बनायको नेपाली भूभागमा बस्नेहरु हुन्/ तिनीहरु भुमि समेत भारतीय बनाईसकेको नेपालीहरु हुन्/ नेपाली मुलको हुँदैमा र नेपाली भाषा बोल्दैमा सबै नेपाली हुँदैनन्/ नेपाली हुन् रास्त्रियतानै नेपाली हुनु पर्छ/

    केहि महिना अघि सुजाता उपप्रधान मन्त्रीको हैसियतमा भारत जाँदा भारतमा बस्ने नेपालीले अब भारतीयले जस्तै राशन कार्ड नपाउने छुट्टै परिचय पाउने नियम भारतले लागु गर्दै छ भनेको थियो त्यो व्यवस्थाले त्यहा बस्ने नेपालीलाई मेका पर्न सक्ने कुरा समेत गरेको थियो/ तर कुरा मात्रै गर्यो त्यो कुरामा औपचारिक आपति जनायनन सुजाताले/

    मरिचमानको पालामा पनि भारतले नेपाली कामदारहरुलाई भारतमा काम गर्न वोर्क परमिट चाहिने नियम बनायकोले मात्रै नेपालमा पनि भारतीय कामदारले काम पाउन वोर्क परमिट चाहिने नियम बनायको थियो/

    हो लोकतन्त्र राम्रो हो/ तर तेस्को निमित चाहिने धेरै कुराको अभाव छ हाम्रो नेपालमा बिशेस गरि ई नेताहरुमा/ रास्त्रियता बन्धकमा राखेर ल्याईने लोकतन्त्र लोकतन्त्र रहँदैन परलोकतन्त्र अर्थात बिदेसि हाबी हुने नेपाली बन्धक र बेकार हुने तन्त्र चल्नेछ/ यो कुराली मनन गर्ने हो भने अहिले नेपालमा तेस्तै परलोकतन्त्र लागु गर्न तम्सिने नेताहरुको शासन छ/ ई नेताहरु राजा लाई गालि गर्छन; किन?

    संबैधानिक बनि सकेको कुन राजाले नेपालमा आफु खुसि गरेको थियो? आफु खुसि गर्ने संबिधान मिच्ने जनताले फाले पनि प्रधान मन्त्रि बन्ने त् ईने नेताहरु हुन्/ राजाले त् सदनको निर्णय मानेर गद्दी छोद्द्यो/ तर ईनिहरुले त् जनताले चुनावमा लात मारे पनि कुर्सित छोडेकै होईन/

    पंचायती ब्यबस्था अलि तानाशाही पक्कै हो त्यो पनि नेपालीको निमित भन्दा ईनै बिहारी बोलायर नेपाली धपाउने नेताहरुको निमित मात्रै/

    अब हेर्नुस नेपालमा २५० बर्ष राजतन्त्र चल्यो/ पंचायत ३० बर्ष चल्यो/ उतिबेलाको राजतन्त्र र पंचायतमा कमि कमजोरी पक्कै थियो र ती कमजोरीहरुमा क्रमश सुधार हुँदै आयको पनि थियो भन्ने कुरा त् राजा बिरेन्द्र पूर्ण संबैधानिक बने बाटै प्रमाणित हुन्छ/ तर खै ईनिहरु त् संबैधानिक बन्न मानेकै होईन/

    ईनिहरुको बिचको कोठे सहमति नै हामीले मान्नै पर्ने हो भने त् ईनिहरुको यो लोकतन्त्र पंचायत त् पंचायत चन्द्र शमशेरको क क्लासको राणाहरुको बीच चक्रे प्रणालीमा चलेको राना तन्त्र भन्दा खराव पाउनेछ/ अरु कुरा के थप्ने खै मात्र यति भन्छु नेपालीलाई नेपालमा बस्न सक्ने नबनाउने ईनेताहरुलाई अब पनि नलखेटने हो भने भोलि नेपाल रहला भन्ने कुरामा अलि सोच्न थाले हुन्छ/

    Reply
  8. Gopal says:
    September 17, 2012 at 2:13 am

    तेही भएर त अरबी देशमा पनि नेपाल जस्तै हावा भरमा हल्ला बढ्न थाल्या रेछ त . एकदिन ति देशहरु बन्द भाको नि छिट्टै देख्न पीएला जस्तो छ.

    Reply
  9. deepak says:
    September 17, 2012 at 12:38 am

    अब कुनै दिन चार दल भन्ने दलाल हरु का भात्री संगठन हरु ले कतार मा पनि चक्का जाम टाएर बालेर तोडफोड गरेर कतार बन्द भनेर आवाहन गर्न बेर छैन !

    Reply
  10. chham rana says:
    September 16, 2012 at 11:49 pm

    वास्तबमा यहाँ ( कतार ) मा नेपालीहरुको जनसंख्या यति नै छ भनेर भन्न सक्ने आधार केही छैन ! यसबारे न त नेपाली नियोगलाई थाहा छ न त नेपाल सरकारलाई ! दलाल मार्फत दिल्ली को बाटो भएर आउनेहरु र यूरोप पठाईदिन्छु भनेर कतार मै अलपत्र पर्नेहरुको बारेमा यसअघि सुनिएकै हो ! तर समग्रमा भन्नुपर्दा नेपालीहरुको जनसंख्या कतारमा बढेकै हो र बढ्ने क्रम यथावत छ !

    Reply
  11. काउचा मगर says:
    September 16, 2012 at 9:36 pm

    अहो !!!!!!! कुनै समयमा नेपाल जलश्रोत र गरिबी बाहेक अरु ८ कुरामा विश्वमा दोश्रो स्थान मा आउथ्यो / अब नेपाली र नेपाल ले अरु कुरामा पनि दोस्रो स्थान लिन सफल भएछ भन्नु पर्यो …यो पनि सिधा अर्थमा हेर्दा रनर-अप (उपविजेता) जस्तै हो ……तर दुख को कुरा पनि हो, “गाउ-घरमा हलो जोत्ने छोरो देखि दैलो पोत्ने छोरी-बुहारी नभएर घरमा काई जमिस्क्यो, मुरी का मुरी फल्ने खेतबारीमा बनमाराले ढाकिसक्यो” हामी भने रेमिटेन्स भित्र्याएर अरु घर-घडेरी जोड्ने , मिठो मसिनो खाने, मिठै सपनामा विदेशिदै किर्तिमान बनाउने पथमा पो पूगेछौ / संख्या १० लाख नै पुगे पनि नेपाली हौ, नेपाली भएर नेपाल र नेपालीको पहिचानमा आच् आउने काम गर्न कहिले पनि अग्रसर नभैदिनुहोला / अब …… विश्वमा नेपाल यस्तो देश भएको खबर पढ्न ,सुन्न पाइयोस कि वैदेशिक रोजगारीको लागि विदेश मा रहने को न्यून संख्यामा दोश्रो…अन्तिम बाट दोश्रो

    Reply
  12. Subin Rai says:
    September 16, 2012 at 9:31 pm

    म धेरै पटक दोहामा ट्रान्जिट हुदै युरोप, अमेरिका गएको छु, त्यहाँको एयरपोर्टमा काम गर्ने स्टाफहरु १६% हैन ३६% लाग्छ, अरु भाषा बोल्ने जरुरतनै पर्दैन नेपाली भाषा को ज्ञान छ भने… दोस्रो नेपाल जस्तै.

    Reply
  13. bipin says:
    September 16, 2012 at 9:12 pm

    अब नेपाली हरु त्यहाँ चुपचाप लागेर बस्ने होइन. कतार capture गनुपर्छ बिस्तारै बिस्तारै
    नेपाल धनि गने उपाय हो यो

    Reply
  14. शशांक लामा, न्युयोर्क says:
    September 16, 2012 at 8:31 pm

    कतारमा नेपाली संघ संस्था पनि त्यतिकै होला| नेपाली कांग्रेसको जनसम्पर्क समिति र जनजाति संगठन त भन्नै परेन | ३ लाख नेपाली भनेपछि एभरेष्ट म:म पनि खोलेको हुनै पर्छ | सिनामंगलको सेकुवा पनि पुगेकै होला| लु न के के पुगेको छ कतारमा , खुल्दुली पो भयो ! ढुकुटी र म्यारिज त नखेली भातै रुच्दैन नेपालीलाई !

    Reply
  15. Navin says:
    September 16, 2012 at 5:34 pm

    सन्तान ले डाडा काडा ढाके भनेको त, मरुभूमि पनि ढाके छन्.

    Reply
  16. surendra chiluwal says:
    September 16, 2012 at 5:29 pm

    अब राम्रै हो नि हाम्रा नेताका लागि त विदेश भर्मन गर्दा कालो झन्डा देख्न पाउँने भए

    Reply
  17. सुशील भट्टराई says:
    September 16, 2012 at 2:22 pm

    यो थिंक म्यागाजिन भन्ने कस्तो खालको हो? यसैले छापेको तथ्यांकमा कतारको कूल जनसंख्या १७ लाख ९५ हजार ८ सय २८ देखाइएको छ भने कतारीको संख्या ३ लाख छ। अनि, कूल जनसंख्याको १६ प्रतिशत नेपाली र कतारी १५ प्रतिशत छापिएको छ। यसलाई सामान्य हिसाब गर्दा पनि कूल जनसंख्याको १६ प्रतिशत भनेको २ लाख ८७ हजार ३ सय ३२ हुन्छ। अनि कसरी कतारीभन्दा नेपालीको संख्या बढी भयो? त्यस्तै कूल जनसंख्यामा कतारी १५ प्रतिशत हिसाब गर्दा २ लाख ६९ हजार ३ सय ७४ मात्र हुन्छ त अनि कसरी तालमेल मिल्यो, यो तथ्यांकको? कतारी ३ लाख र यो १५ प्रतिशत लेखिएको छ, तर, कूल जनसंख्यामा ३ लाख भनेको १६.७ प्रतिशत हुन्छ।

    कि कतारको तथ्यांक विभागको तथ्यांक गलत हो कि थिंक म्यागाजिनले गलत प्रकाशित गरेको हो, खासमा कुरो के हो? पुष्टि कसरी हुन्छ? कि थिंक म्यागाजिनमा यसबारे लेख लेख्ने त्यहाँको नर्थवेस्टर्न युनिभर्सिटीको पत्रकारिता विभागमा अध्यापन गर्ने क्रिस्टिना मारिया पास्चिनलाई हिसाब गर्न नआएको हो ? अनि, अर्को कुरा, माइसंसार जस्तो नाम चलेको ब्लगले यस्तो हावा न चावाको तथ्यांकलाई आधार मानेर किन ब्लग लेखेको हो? कमसेकम एकपल्ट त तथ्यांक पुष्टि गर्नुपर्छ, कि जे भट्यो, त्यही छाप्ने त पक्कै होइन होला! ब्लग संस्थापक सालोक्यजी, एकपल्ट तथ्यांकलाई केलाउने कष्ट गर्नुहोला। धन्यवाद ।

    Reply
  18. Nirajan Sinkhada says:
    September 16, 2012 at 1:38 pm

    अब कुनै दिन कतारमा पनि बन्द र चक्काजामको समाचार आउन बेर छैन

    Reply
  19. दिपेश के सी ( आचार्य ) says:
    September 16, 2012 at 12:20 pm

    यो सत्य हो.तपाई लोकल फोन गर्नुस नेपाली बोल्नुस फरक पर्दैन .घर होस् वा कार्यलय

    Reply
    1. Madan krishna Thapa says:
      September 16, 2012 at 7:05 pm

      दिपेश के.सी. जी किन ? तपाइको अफिस मा तपाइकै नातीदार राक्नुभाको छ कि ? हामीलाई त नेपाली अरु भाषा नै पो त बोल्नु पर्छ त ? तपाइको अफिस को नम्बर दिनुत म फोन गर्छु ? येस्ता वाइयात कुरा गर्ने हो ?

      Reply
  20. santosh says:
    September 16, 2012 at 12:10 pm

    जा गयेनी जता गयेनी यो मनता हाम्रो नेपालि हो….यसरि नै नापलिहरुले अरु देशमा पनि नेपाली को बस्ति बढाएर नेपाल को सिर ठाडो पर्नु पर्छ…

    Reply
  21. kamal says:
    September 16, 2012 at 11:57 am

    कतार नेपाली का लागि दोश्रो इंडिया हुने भयो अब

    Reply
  22. बेखा लाल नेपाल says:
    September 16, 2012 at 11:43 am

    संघियताको बहस चल्दा खेरि जस्तो हामी बाहुन छेत्री काठमाडौँमा ३० % छ हामीलाई काठमाडौँको ३० % भूभाग चाहिन्छ जस्ता वाहियात कुरा गरे जस्तो कतारमा पनि १४ % जग्गा नमाग्नु होला !! मागे त्यसको परिणाम के होला सबैलाई थाहा नै होला !

    बस आफ्नो कर्म गर्दै जानुस ……..

    Reply
  23. suman bhote says:
    September 16, 2012 at 11:34 am

    बाउबाजे ले आसिस दिदा… सन्तान ले डाडाकडा भरियोस भन्थ्य….
    LOL कतारै भरिए छ…..
    ३ लाख भनेको धेरै हो…. २००-३०० करोड जति त कतारबाटै आउदोरहेछ…

    Reply
  24. Jeevan says:
    September 16, 2012 at 11:18 am

    प्रत्येक शुक्रबार कतार का विभिन्न ब्यापारिक क्षेत्र मा जम्मा भयको भिड हेर्ने हो भने त यो संख्या अझ धेरै हो कि भन्ने भान हुन्छ | तर यो १६ प्रतिशत मा १ प्रतिशत बंगाली र २ प्रतिशत बिहारी भैया हरु को योगदान छ भन्ने हामी लाई लाइराछ |

    Reply
  25. राजेन्द्र अधिाकारी says:
    September 16, 2012 at 10:40 am

    भेडा मालिक भन्दा भेडाहरू धैरै भन्या जस्तै त होला नि । हामीहरू सबै कतारमा उनीहरूको काम गरिदिन गएका न हौँ । संख्यामा धेरै भएर के गर्नु, उनीहरूले हामीलाई कामदारको रूपमा न हेर्ने हुन् ।

    Reply
  26. SURAZ says:
    September 16, 2012 at 10:13 am

    उमेश जी खुसि लग्यो ब्लग पढेर, i’m also inculded on 16%. i’ll post some pic later on hope it will publish.

    suraz
    qatar

    Reply
  27. kamal says:
    September 16, 2012 at 9:55 am

    तथ्यांक को आधार मा नेपाली निकै धेरै भएपनि हैसियत को आधार मा नेपाली लाइ कतार मा निकै तल राखेर हेरिन्छ, राम्रो काम को लागि ठाउँ छ भने नेपाली लाइ विश्वास गरिदैन, चाहे त्यो नेपाली काम मा दक्ष नै किन नहोस, डाक्टर, ईन्जिनीयर त औला मा गन्न सकिन्छ, फिलिपिनो संख्या मा कम भएपनि ७५% दक्ष छन्.
    नेपालका दलाल का लागि कतार ठगि खाने ठाउँ भाको छ. विसा सित्तैमा पौने, अझ थुप्रै कम्पनी ले त सित्तैमा टिकट को पनि पैसा दिन्छन तर नेपाल मा, विसा खर्च यति टिकट को यति , मेरो यति, मेनपावर को यति भनेर बिचरा ६०० रियल को काम मा पनि १५०,००० लिन्छन.
    संख्या बढी भएरै हुनुपर्छा, कतार मा नेपाली मिर्त्यु हुनेको संख्या निकै बढी छ. सबैभन्दा बढी सवारी दुर्घटना मा
    – कतार निकै बिकसित भैसकेको छ. केहि कतार तथ्य हरु –
    – बिस्व को सबैभन्दा धनि देश GDP (PPP) per capita
    -बिस्व को सबैभन्दा ठुलो gas (परकृतिक) को भण्डार.
    -एशिया, मध्य पश्चिम राष्ट्र को हवाई को मध्य बिन्दु.
    -खेल को लागि अगाडी (एसियन games २००६, एसिया कप फुटबल २००८, बिस्वकाप फुटवल २०२२ आदि)
    -आफ्नो जनसख्या भन्दा धेरै गुना बढी को रोजगार दाता
    -सान्त र सुरख्षित,
    थुप्रै अरु

    Reply
  28. DEV DEVKOTA says:
    September 16, 2012 at 9:47 am

    म कतार मा काम गरेको १० वर्ष भयो म कतार आयको मा अहिले पछुतो लागेको छ कोहि पनि मेरा दाजु भाई दिदि बहिनि साथी विदेश न आउनु होला मेरा विदेश मा बिते का इदीन अब कहिले फर्केर आउदैनन पछी पछुताउनु भन्दा मेरो कुरा लाई एक पटक विचार गर्नु होला नेपाली उखान छ नि घर को न घाट को अहिले मलाई तेही भय को छ .

    Reply
  29. madan bajracharya says:
    September 16, 2012 at 7:57 am

    तेस्मा नेपाली नागरिकता किनेर कतार छिरेका बंगाली बिहारी घटायमा तथ्यांक अर्कै निक्लेला जस्तो लाग्छ/ ई माकुने गिरिजा र प्रचंद्रले तराईमा बाँडेको ४० लाख नागरिकता लियकामा करिब तिस लाख त् बिहारिहरुनै भयको मधेस बादी नेता उमेश यादवले नै भनेको छ भने हाम्रो निर्वाचन आयोगले पनि तराईको मतदाता लिस्टमा २५% अनागरिक भयको औपचारिक रुपमै भनेको छ/ फेरी सुजातको ज्वाईको देस बंगादेस बात आयकाहरु समेत नेपाली नागरिकता किन्दै बिदेस पुगेको कुरा बिदेस स्थित नेपाली दुतावासहरुले लेख्दै आयकै छ/ त् तेस्ता कतारमा कति छिरे होलान?

    Reply
  30. bishnurakhi says:
    September 16, 2012 at 7:36 am

    अब इ सबै नेपाली हरुलाई कतारी नागरिकता को लागि प्रोसेस चलाउदा क होला ?
    चिरन

    Reply
  31. xyz says:
    September 16, 2012 at 7:16 am

    Time to watch for next Bhutan. Border of Nepal was close to Bhutan, therefore, they traveled to Nepal, where will Nepali go when the government in Qatar starts taking action against Nepali?

    Reply
  32. योगेश आदी, न्यूयोर्क says:
    September 16, 2012 at 7:00 am

    सार्है रोचक तथा जानकारीमुलक सामग्री…
    – भुटानमा डुक्पा भन्दा नेपाली धेरै छन् भन्ने सुनेको थिए; अहिले कतारमा पनि नेपालीले कतारीलाई उछिनेछन /
    – हामीले सानैमा आशिर्बाद लिँदा सन्तानले डांडा-कांडा ढाकुन भनेर बुढापाकाले दिएका हुन्छन त्यहि आशिक चरिथार्थ हुनथालेछ !!

    Reply
  33. Naresh says:
    September 16, 2012 at 6:51 am

    आफ्नो देशको नागरिक भन्दा बिदेशी (कामदार) बढी — WOW very interesting

    Reply
    1. सुर्य says:
      September 16, 2012 at 11:47 am

      @नरेश जी, तपाइको भनाइ अलि मिलेन के, आफ्नो देशका नागरिक भन्दा बिदेशी कामदार बढी हैन, नेपाली बढी भन्नुहोस/ माथिको तथ्यांक अनुसार १५% कतारी छन भने ८५% बिदेशी छन तर नेपालीहरु कतारी भन्दा १% बढी अर्थात् १६%.

      Reply
    2. neerose says:
      September 16, 2012 at 4:15 pm

      मालिक भन्दा नोकर धेरै! राजा महाराजा हरुको यहा यस्तै हुन्छ आफ्नो परिवारको संख्या भन्दा नोकर चाकर सुसारे हरु बढी हुन्छ! प्रजातन्त्र भन्दै आन्दोलन छेडेर कतार बन्द र आम हडताल नगरुन्जेल सम्म त उनीहरुलाई राम्रै हो तर नोकरहरु एकदिन मालिक र मालिक्नी माथिनै चडन थाले पछी देख्छन!

      Reply
  34. दीप says:
    September 16, 2012 at 5:54 am

    धेरै पछि एस्तो बिकाश को समाचार सुन्न पाईयो / अब युरोप , अम्रिका , भारत, चिन तिर पनि येस्तई गरि फैलिओउस /

    Reply
  35. Ravi budhathoki says:
    September 16, 2012 at 4:50 am

    धन्य हो “” कतार “” नेपालका एती धेरै युवा हरु लाई रोजगारी दिएर नेपाल लाई धेरै ठुलो उपकार गरे को रहेछ // कतार को नुन को गुण गाउनै पर्छ नेपाल ले र नेपाली युवा वर्ग ले …….//

    Reply
    1. Tj(Tej) says:
      September 16, 2012 at 7:43 pm

      के को गुण नि !! फोकटमा पैसा दिन्छ र कतारी ले ?? काम गर्नु पछ . ति मुला कतारी ले नेपाली र अरु बिदेशी को गुण गरउनु पर्चा उनीहरुको मिहिनत ले कतार बनेको छ …ति कतारी ले मिहिनत नै नगरी फोकोटिया प्राकृतिक सम्पदा (तेल) बेचेर हाए हाए गरेर बसेका छन्

      Reply
      1. krishna says:
        September 17, 2012 at 5:27 pm

        जबर्जस्ति लागेका छैनन् होला त नेपाल आएर….हामी आफै त हो नि मारी हत्ते गरेर जना खोज्ने… बेकामे त हामी हौ नि साथी…आफ्नो देस मा चै सिन्को भाचना मन नलाग्ने..कतार गए पछि त लुरे नै हो नि

        Reply
    2. Situ says:
      September 18, 2012 at 8:54 am

      कतार ले रोजगारी मात्रै होइन रोजगारी को नाममा शोसन अनि अत्याचार पनि गरेको छ . बिसेष त महिला वर्ग हरुलाई जो घरेलु कामदार को रुप मा काम गर्छन

      Reply
      1. DEV DEVKOTA says:
        September 18, 2012 at 12:20 pm

        मेरो विचार मा हामी त कतार मा आय र गल्ति गरीयो यो गल्ति कुनै नेपाली ले फेरी नगरोस कतार मात्र होइन कुनै पनि देश विदेश कस्तो हुन्छ विदेश बस्ने लाई मात्र थाहा हुन्छ.

        Reply
  36. Gopal Niure says:
    September 16, 2012 at 3:07 am

    हा हा हा … ठिक कुरा गर्नु भो हजुर , मा पनि कतार मा नै छु , कैले कहिँ त लाग्छा यो दोहा नभएर काठमाडौँ हो , बाटो मा जो संग ठोक्किएर sorry भन्दा पनि नेपाली नै पर्छ गाउ मा चिठी पत्र हुलाक बाट पठाउनै पर्दैन , हरेक १० /१५ दिन मा कोहि न कोहि गाउ जाने या गाउ बाट आउने हुन्छ हुन्छ ,… रमाइलो नै छ .

    Reply

Leave a Reply to बेखा लाल नेपाल Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme