Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जाने हैन त काठमाडौँ- हेटौडा सुरुङ मार्गमा ?

Posted on September 2, 2012September 2, 2012 by Salokya


काठमाडौँबाट हेटौडा जान मुग्लिङ हुँदै जाँदा २२६ किलोमिटर यात्रा छिचोल्न सात-आठ घण्टा लाग्छ। त्रिभुवन राजपथको घुमाउरो बाटोमा जाने हो भने त झन् १३३ किलोमिटर लाग्छ। यो सुरुङ बाटोबाट भने द्रुत गतिको सवारी साधन चल्ने हुनाले हेटौडाबाट काठमाडौँ आइपुग्न समय पनि एक घण्टा मात्रै लाग्नेछ।

पख्नुस्, पख्नुस्। धेरै उत्साहित भइनहाल्नुस्। यो बाटो बनिसकेको छैन। यो माथिको फोटो त अहिले भृकुटी मण्डपमा भइरहेको मनी एक्सपोमा सुरुङकै झल्को दिने गरी राखिएको विशाल फ्लेक्स पो हो त। ध्यान दिएर हेर्नुस् त, त्यो पहाडमा भएका धर्काहरु !

तर यो सुरुङ मार्ग बन्ने प्रक्रियामा भने रहेको छ। यसलाई नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले बनाउन लागेको हो। यो कम्पनीमा कम्पनीमा १७ गाविस, ८६ स्थानीय र ७६ उद्योगी व्यवसायीहरू संस्थापक शेयर सदस्य छन्।

कम्पनीले सन् २०१६ सम्ममा यो मार्ग बनाइसक्ने लक्ष्य राखेको छ। अनि यसको लागत चाहिँ २० अर्ब रुपियाँ लाग्ने अनुमान छ। १० वर्षभित्र लगानी उठ्ने कम्पनीको अनुमान छ। यो बन्यो भने सार्वजनिक निजी साझेदारीअनुसार देशकै स्रोत साधन प्रयोग गरेर बनेको यो पहिलो राष्ट्रिय गौरवको योजना हुनेछ। यसअघि बनेका हेटौडा पुग्न बनेका त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग, पूर्व पश्चिम राजमार्ग विदेशी सहयोगमा बनेका हुन्।

५० किलोमिटर लामो सडकमा तीन किलोमिटरमात्र सुरुङ मार्ग पर्छ। सिस्नेरी-भीमभेदीको बीचमा सुरुङ बन्नेछ। सुरुङ मार्ग छिचोल्न बढीमा २ मिनेट लाग्नेछ। अहिले सिस्नेरी-भिमफेदको दुरी पार गर्न १६ किलोमिटर छिचोल्नुपर्छ। सुरुङ बनाउन ९ अर्ब लाग्ने अनुमान छ। बाँकी रकम चाहिँ सडक विस्तार र निर्माण, मर्मतमा खर्च हुनेछ।

सरकार र नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडबीच जेठ १ गते सुरुङ मार्गसहितको सडक निर्माणको विस्तृत अध्ययन र सडक निर्माण गर्नेसम्बन्धी सम्झौता भएको थियो । छ महिनाभित्रमा विस्तृत परियोजना प्रस्ताव तयार पार्ने र चार वर्षभित्रमा सडक निर्माण गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

कसरी बन्छ सुरुङ मार्ग ?
सुभाषचन्द्र ठकुरी, सदस्य सचिव, नेपाल पूर्वाधार विकास कम्पनी

सरकारले अनुमति प्रदान गरेको ६ महीनाभित्र डीपीआर तयार हुने छ । विगतमा विदेशी सहयोगबाट राजधानी जोड्ने दुईओटा राष्ट्रिय राजमार्ग बनेका छन् । यसमा १ सय ३३ किमी दूरीको काठमाडां हेटौंडा जोड्ने त्रिभुवनराजपथ तथा काठमाडौंदेखि मुग्लङ–नारायणगढ हुदै हेटौंडा जोडने २ सय २७ किमीको पृथ्वीराजमार्ग छन् । यी दुईबाहेक काठमाडौंलाई तराईसँग जोड्ने कुनै वैकल्पिक मार्ग थिएन । हेटौंडा मुलुक को मध्य भाग हो । जहाँबाट देशको पूर्वी तथा पश्चिमी क्षेत्रतर्फ आवतजावतका साथै वीरगञ्ज भई छिमेकी मुलुक भारतसम्म पुग्न सहज हुन्छ ।

काठमाडौं देखि सम्मको सीधा दूरी जम्मा ३७ किमी मात्र छ । अत्यन्तै साँघुरो र थुपै्र घुम्ती भएको त्रिभुवन राजपथ वा पृथ्वीराजमार्गमात्र राजधानी आवागमनको मार्ग भएकाले प्रत्येक यात्रुले ७–८ घण्टाको पट्यारलाग्दो र जोखिमपूर्ण यात्रा गनुर्पर्ने बाध्यता छ । यसरी यात्रुबाहक र ढुवानीका साधनहरूबाट अर्बा रुपयौँ तिरेर विदेश बाट खरीद गरी ल्याएको इन्धन धुवाँमा परिणत भइरहेको छ । ढुवानी भाडा महँगो परेका कारण सामानको मूल्य पनि महँगो हुने गरेको छ । यी विविध समस्याको हल गर्ने उद्देश्यले विगतमा मकवानपुर तथा अन्य क्षेत्रका जानकार, जागरुक तथा सरोकारवालाहरूसगँ काठमाडांै हेटांैडा सुरुङ मार्ग निर्माणका लागि छलफल भएपछि यो मार्ग सर्वाधिक चर्चाको विषय बन्न पुग्यो । सरकार आफ्नै वा विदेशी सहयोग जुटाई उक्त मार्ग निर्माण गरिदिए हुन्थ्यो भनेर पटक– पटक जिल्ला परिषदब्ट निणर्य गरी माग गर्न गरिन्थ्यो । भौतिक योजना तथा निर्माण मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा प्रधानमन्त्री समक्ष सरोकारवालाहरूबाट आग्रह–अनुरोध पनि पटक– पटक गरिएको थियो । सरकारले आफै आफ्नो लगानीमा निर्माण गर्न नसकिरहेको र विदेशी सहयोग पनि जुटाउन नसकेकाले सरोकारवाला पक्षहरु चिन्तित थिए । अझ काठमाडौं तराई दु्रत मार्ग निमाणको घोषणा र थालनीले यो योजना नै ओझेलमा परेको थियो ।

नया परिकल्पनामा
यसबारे स्थानीयस्तरबाट नयाँ परिकल्पना अगाडि आएको छ । जुन परिकल्पनाले देश विकासमा प्रत्येक नागरिकहरुको सामाजिक दायित्व हुन्छ भन्ने भावनाको विकास गरेको छ । त्यसलाई पूरा गर्न सक्ने हो भने सर्वाधिक चर्चामा रहेको हेटौंडा–काठमाडौं सुरुङमार्ग सञ्चालन हुन सक्छ । यही सोचले सो मार्गका जग्गा धनीहरू, गाविस, नगरपालिका, जिविस, उपभोक्ता र सर्वसाधारण नागरिक, नेपालका निर्माण व्यवसायी, उद्योगी– व्यवसायीका साथै सङ्घ–संस्था र गैरआवासीय नेपालीहरूहेटौंडा कुलेखानी काठमाडौं सुरुङ मार्ग निर्माणका लागि जुटिरहेका छन् । लगानी र उच्च प्राविधिक सहयोग मात्र अन्य मुलुकको लिई नागरिक लगानीमा यस्ता आयोजना निर्माण गर्न सके राज्यलाई सहयोग पुग्ने र विदेशीको मुख पनि ताक्नु पर्ने भन्ने सोच को विकासले पनि यो आयोजना सफल बनाउन सहयोग पुग्ने देखिन्छ ।

कसरी आयो नया सोच ?
मकवानपरु जिल्लाको कुलेखानी हुदै हेटौंडालगायत तराइको विभिन्न सदरमुकामबाट साना सवारी साधन २ सय २७ किमीको सट्टा जम्मा ७५–७७ किमीको यात्रामा राजधानी प्रवेश गरेका छन् । मकवानपुर –कुलेखानी भएर काठमाडांै प्रवेश गर्न स्थानीयस्तरबाट आप्नै श्रम आप्नै जग्गा, लगानी र पहलबाट करीब २० वर्ष लगाएर चारओटा सडक निर्माण भएका छन् । उक्त चार सडकमध्ये केहीमा मात्र स्थानीय निकायको लगानी छ, अन्य सडक सरकारी लगानीविना स्थानीय उपभोक्ता वा गाउँले जनताबाटै निर्माण भएका छन् । ती मार्गहरूमा दक्षिणकाली–छमैले सिस्नेरी भएर कुलेखानी जोड्ने मदन भण्डारी मार्ग, फर्पिङ टल्कु हुमाने फाखेल भएर कुलेखानी जोड्ने कुलेखानी फाखेल फर्पिङ सडक, मातातीर्थ चेखेल भएर कुलेखानी जोडने सडक र थानकोट चित्लाङ भएर कुलेखानी जोडने गणेशमान मार्ग छन् । त्यत्तिका वर्ष लगाएर स्थानीय जनताले २६ किमी सडक निर्माण गर्न सक्छन् भने सबै नेपाली मिलरे लगानी गर्ने हो भने भीमफदेी कुलेखानीको तीन किमी सुरुङ निर्माणगरी हेटौंडा–कुलेखानी काठमाडौं चारओटा सुरुङमार्ग निर्माण गर्न किन नसक्ने ? भन्ने सोच नै उक्त सुरुङमार्गको नयाँ परिकल्पना हो ।

कस्तो हुन्छ त सुरुङसहितको यो मार्ग ?
यो योजनाको प्रमुख कार्य काठमाडौंबाट चारैओटा सडक कुलेखानीमा मिलेपछि कुलेखानीदेखि भीमफेदीसम्मको अत्यन्तै असजिलो साँघुरो उकालोओरालो १६ किमीको पिरामिड डाँडो (चिसापानी गडी)मा सुरुङ निर्माण गरेर ३ किमी सुरुङमा सीमित गर्ने हो । सुरुङ निर्माणपछि जनस्तरबाट बनेका चारओटा सडकको स्तरोन्नति गरी सञ्चालनमा ल्याउनु दोस्रो कार्य हो । त्यस्तै, भीमफेदीदेखि हेटौंडासम्मको २१ किमी सडकलाई सीधा मार्गमा परिणत गर्नु तेस्रो कार्य हो । कुलेखानीदेखि सिस्नेरी दोभानसम्मको १२ किमी दूरीको सोझो जनस्तरबाट बनेको सडकलाई विस्तार गर्ने र सिस्नेरी दोभानदेखि काठमाडौंसम्मको १२ किमी दूरीको सडकलाई निर्माण गरी जम्मा ३ किमी सुरुङसहित ५० किमीको छोटो काठमाडौं– कुलेखानी सुरुङमार्ग सञ्चालन गर्ने यसको चौथो लक्ष्य हो ।

यसरी २ सय २७ किमीलाई घटाएर जनस्तरबाट वनेका सडकहरूको प्रचुर उपयोग गर्नेगरी जम्मा ५० किमीको सडक निर्माण गर्दा राष्ट्र र जनतालाई फाइदा पुग्ने देखिन्छ । जनस्तरबाट वनेका सडकहरूको उपयोग हुने, काठमाडौं ६० लाखको जनघनत्वको चापलाई काठमाडौं दक्षिणकाली क्षेत्र र मकवानपुरको उत्तरी क्षेत्रका १७ गाविस र पालुङ दामनदेखि सिस्नेरीसम्मको भूभागमा उपयुक्त आवास क्षेत्र वा पूmलबारीका रूपमा विकास गर्न सकिन्छ । जहाँ, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि उत्पादन सडक आदि पूर्वाधारलगायतका आवश्यक विकास पनि छ । यो मार्गको निर्माणपछि हेटौंडा नगरपालिका, पदमपोखरी, हाँडीखोलालगायत स्थानमा मानवबस्ती विकास, उद्योग–धन्दा विकास, कुलेखानी इन्द्र सरोवर, दामन भ्यू टावर, चिसापानी गडी, चन्द्रागिरिजस्ता पर्यटकीय स्थलहरूको विकास गर्न सकिन्छ । राजधानीबाट एक घण्टामा सजिलै पुगिने रमणीय र सबै सुविधायुक्त शहर कुनै हुनेछ भने त्यो हेटौंडा हुने छ । हेटौंडापछि पूर्व र पश्चिम दुवैतर्फको यात्रा सहज हुनेछ । छिमेकी मुलुक चीनबाट नेपाल भई भारत र भारतबाट नेपाल भई चीन जाने–आउने ‘टा«ञ्जिट प्वाइण्ट’को विकास भई व्यापार तथा अन्य विकास गर्न सकिने राष्ट्रिय–अन्तरराष्ट्रिय महत्वको सुरुङ मार्ग सावित हुनेछ ।

सम्पन्न गर्न सकिन्छ त यो योजना ?
सुरुङमार्ग निर्माणका लागि करीब २० अर्ब रुपैयाँ लगानी लाग्नेछ । प्रारम्भिक अध्ययनबाट ४ वर्षमा निर्माण पूरा भई ७ वर्षमा लगानी उठ्ने यो मार्गका लागि स्थानीय निकायहरू क्रमशः जिल्ला विकास समिति मकवानपुर तथा काठमाडौं दुवै जिल्लाका २५ गाविस र त्यहाँका ५० हजारभन्दा बढी जनताहरूको सहयोग छ । त्यस्तै सडक निर्माण उपभोक्ता समितिहरू, हेटौंडा काठमाडांै जोड्ने सडकहरूमा वर्षासम्म निःशुल्क श्रम गर्ने जनता तथा हजारौं रोपनी जग्गा निःशुल्क प्रदान गर्ने जग्गाधनीहरू, नेपाल उद्योग वाणिज्य महासङ्घ र यसअन्तर्गतका सङ्घ तथा उद्योगी व्यवसायीहरूको पनि उक्त सुरुङमार्ग निर्माणमा सहयोग रहेको छ । नेपाल निर्माण व्यवसायी महासङ्घ र यसका ‘क’ वर्गका १ सय ९३ निर्माण व्यवसायी कम्पनी, गैरआवासीय नेपाली सङ्घका प्रतिनीधिहरू, वित्तीय संस्थाहरूका साथै सरोकार राख्ने महत्वपूर्ण सङ्घ–संस्था र व्यक्तिहरूसमेत नेपाल पूर्वाधार विकास कम्पनीमा आबद्ध छन् । देशको आर्थिक सामाजिक रूपान्तरण गर्न सक्ने यो सुरुङमार्गमा लगानी गर्न सबै प्रतिबद्ध रहेको अवस्था छ । साभारः अभियान

54 thoughts on “जाने हैन त काठमाडौँ- हेटौडा सुरुङ मार्गमा ?”

  1. Yam Sharma says:
    July 30, 2013 at 1:16 pm

    म प्रसंशा गर्छु यस्तो विकास को मार्ग खोल्न लाग्नुभायाकोमा, यस बाट देश को इन्धन , , पार्ट पुर्जा र समय को बचतका साथै सुबिधा सम्पन्न सेवा मिल्छ , यस कार्य मा सबै को सकरत्नामक सहयोग हुनु पर्छ , समय लाई ध्यान दि कार्य अगी बढाउनु पर्छा ..

    Reply
  2. achyut says:
    June 19, 2013 at 11:02 am

    surung marga kholau
    तिम्रो पैसा मेरो पैसा देश बिकाश मेरो
    छोटो बाटो बनार हिड्न छाडौ फेरो
    दुरी घटाई हिडौ हामी पूर्व पशिम जोडौ
    महाभारत छिचोलेर काठमाडौँ जोडौ .
    achyut dhungana
    hetauda

    Reply
  3. achyut says:
    June 17, 2013 at 3:59 pm

    सुरुङ्ग मार्ग को सुरु र अन्तिम बिन्दु र निजगढ काठमाडौँ द्रुत मार्गको सुरु र अन्तिम बिन्दु बारेमा सम्पूर्ण सरोकारवालालाई सुचित गरे पछि मात्र आम नागरिकको यस योजनामा बारेमा सकारात्मक सोच बन्छ / .साथै योजना सुरु हुन ढिला भै सक्यो.

    Reply
  4. A R Maharjan says:
    May 22, 2013 at 9:54 pm

    नेपाल लाई मनदेखि माया गर्ने जो कोइ लाई पनि यो भन्दा खुसीको को खबर अरु के हुन सक्छ र?
    बिकाश गर्ने को नाम मा अरु को देश को मात्र भरपर्ने मानसिकता लाई सनच्यौदै आफ्नै देश को स्रोत, साधन,सभागिता ,संलग्नता लाई प्राथमिकता दिइ छरिरहेको पुजी हरु लाई एकोकृत गरि देश ,जनता र लगानी कर्ता हरु समेत को सर्ब पछे हित हुने एस्तो ठुलो योजना का योजना कार ,समर्थक, सहयोगी र लगानी कर्ता साथै योजनासम्पन्न का शुभेच्छुक सम्पूर्ण देश बिदेश मा बस्ने महान भाव जन लाई महान कार्य सम्पन्नता को लागि शुभकमना!
    यो योजना सम्पन्न पश्चात नेपाल एक नया युग मा प्रवेश गर्ने निश्चित भएको ले आवस्यकता अनुसार सबैले मन ,धन ,तन,परि आएमा ज्यानै दिएर पनि सफल पर्नुपर्छ /
    ठुलो सोच सानो कोच संस्कार बाट बचौ, अगाडी बढ्नुस हामी साथ दिन्छौं जय सुविचार @

    Reply
  5. rajesh dhungel says:
    January 28, 2013 at 12:00 pm

    Hetauda can be a trade hubcity or a transit city of trade between india and china via this short route. if we can understand this thing hetauda could become a huge powerhouse of commercial activity…this short route will help the country’s economy and can bring happiness to the people living in areas between kathmandu and hetauda.. best of luck to those who are trying their best for this endeavour to improve the lifes of poor people in this country

    jai nepal

    Reply
  6. pramod upreti says:
    January 2, 2013 at 8:53 pm

    If this way comes to operation….Its a big achievement 2 all d [email protected]!!

    Reply
  7. K. NARAYAN says:
    November 1, 2012 at 1:23 am

    यो योजना सफल भए नेपाल तथा नेपालीले कोल्टे फेरेको महसुश गर्ने थिए ! कुनै प्रकारको राजनिती हावी नहुने हो भने यो १००% सफल हुनेछ

    Reply
  8. aditya khanal says:
    September 9, 2012 at 12:33 pm

    राम्रो काम को चाडै शुरुवात होस्, काम सम्पन्न समय मा नै होस्. हामी सबै नेपाली को शुभकामना छ. येस्तई अरु प्रोजेक्ट हरु पनि आओस.

    Reply
  9. dinu says:
    September 7, 2012 at 6:17 pm

    म जिउंदै हुँदा बनोस हेर्न पाइन्छ कि यो देश मा पनि

    Reply
  10. Mohan Subba says:
    September 5, 2012 at 2:45 pm

    सरकार र नेताहरु इमान्दार भए काठमान्डू हेटौडा सुरुङ्ग मार्ग बन्छ /जे गर्ने त्यो भन्ने ,जे भन्ने त्यो गर्ने बानि हुनु पर्छ /

    Reply
  11. Ngawang Sherpa says:
    September 4, 2012 at 9:44 am

    नेपालीले नेपालीले बनेको यो गौरबको कुरो हो यसबाट हल्याण्ड टनेल लिंग्कल टनेल र मिड टाउन टनेलको झल्को दिल्छ कुरा भन्दा काम गरौ / सफल होईन्छ यो सफल भयो भने यस्ता अझ धेरै गर्न सकिन्छ जसले देशलाई साचिक्कै स्विजरल्याण्ड भन्दा सुन्दर बनाउन सकिन्छ / पहिलाको शासकहरुले यस्ता ध्यान दिन सकेको भए हामि गर्ब गर्ने ठाउमा हुन्थ्यो हिला तर हामि जहिले पनि सगरमाथा लुम्बिनी र पशुपतिको गफ छुट्दै ठिक भयौ नेताहरु सत्ताको लागि लुछाचुडी गर्दै ठिक भए / अबको नेता गफ हाक्ने होईन काम गर्ने चाहियो / बिदेशी शक्तिमा बिश्वास गर्ने होईन नेपाली जनताको ईमान्दारिता र तागतमा बिश्वास गर्ने चाहियो /
    महिनामा एक चोटी दिल्ली दाउने होईन जनताको घर दैलो दाउने नेता चाहियो /

    Reply
  12. cb thapa says:
    September 3, 2012 at 5:58 pm

    यो हाम्रो राष्ट्र को गौरब हो … आशा गरौ छिटो भन्दा छिटो पुरा होस् …र यसमा कुनै राजनीति नहोस …आतुर छु यो फास्ट त्रैक मा यात्रा गर्न को लागि ..

    Reply
  13. prabesh gurung says:
    September 3, 2012 at 10:45 am

    प्रोपोस्सल एकदम राम्रो छ यो राम्रो प्रोजेक्ट हो र नेपाल आफै ले पहिलो पटक आफ्नै लगानी मा काम गर्न लागेको कुरा पनि एकदम सम्मान जनक छ आस गरौ हाम्रो पोलिटिकल पार्टी ले आफ्नो फाइदा को लागि यो काम भाड्ने काम नगरोस.जय नेपाल

    Reply
  14. RAM JOSHI says:
    September 3, 2012 at 9:21 am

    आज मेरो आखामा आसु आयो , मैले यो समाचार पढी , कति खुसीको कुरा कति गर्भको कुरा हाम्रो नेपाल पनि अरुदेश को जस्तो बिकसिंत भएपछि , जेजसो भएपनि यो योजनाको सहरानिया गर्नु पर्छ. हामी बिदेशमा बसेका नेपालीहरुले जहिले पनि यहि कल्पना गरेका हुन्छ . कहिले हम्रोदेश बिकसित होलार कहिले यो बिदेशी नोकर बाट मुक्ति होला . हाम्रो यहि प्राथना छ कि नेपाल मा यसरीनै राम्रो कुराको बिकाश होस . सबैलाई आपनो देश पर्ति माया जागोस , नेपाल रहे पछि हामी छौ , बास्तमा जोनेपली जहाराहे पनि उनीहरुको आत्मा मा तही छ जे ससरी भए पनि आपनो देश मा बस्ने .

    हामी नेपाली जो बिदेशमा छौ हाम्रो यहि कामना छ कि नेपाल को विकास को लागि जसरि ब्ये पनि हाम्रो सहयोग हुनेछ . हामी बेदेश्मा बसेका नेपाली ले कुनै राम्रो मध्यमले जतिसुकै भएपनि संसारको जुन कुनामा भए पनि सकेको सहयोग देशको लागि गर्ने छौ . त्सकोलागि कुनै बैंक को व्यवस्था गरिदिए जति बह्ये पनि सहायो हुने थियो . कोहि पनि नेपाली अलिकति देश सुधारिए पछि नेपाल नै आउने आशामा छन्. हाम्रो चहाना देशको जसरि भए पनि नेपाल देश ले कसैको समू झुक्नु नपरोस हामी नेपाली के मा कम छौ र ? यो मा हू भने देश लाई केहि गरे र सिकौ / जय देश नेपाल माया आगाध सबै नेपाली मा,

    साथिहरुमा मेरो यो अनुरोध छ कि देशको नेपाल को लागे कुनै तरिकाले भए पनि कहिना कहिँ बाट केहि गरु . अरुको देश को चिप्लो बाटो र गाडी छाडेर कुनै नेपाली को मन मा सान्ति चिअना होला जहाँ भए पनि , जब यस्तो हामी नेपाल मा पौने छौ हाम्रो देश हेवेन हुने छ . र सम ले लेखेको कविताको ……..? र रामकृष्ण ढकालले गएको गीत ……… हेर्न पयिओस यो आखाले ……….जति सुकै बिदेशमा आएर फुर्ति गरे पनि हामी कुवाको भागुता कुवाना हो , यहि भन छ टिमोर देश मा जाऊ, तिमि कुन देश बाट आएको हो, जतिसुकै नागरिक भए पनि ३ नै हो हाम्रो अंक . तसैले आदरिनीय मित्रहरु के हि नेपाल को लागि गरु .

    Reply
  15. Neeraj says:
    September 3, 2012 at 8:33 am

    ठुलो योजना रहेछ, मलाई त बन्छ भन्ने मै शंका लाग्यो। २०१६ सम्म बनिसक्ने भनेको २०२६ पुग्छ, २० अर्ब भनेको ४० अर्ब पुग्छ। चाहे बाटो होस, चाहे मेलाम्ची, चाहे जलविद्युत त चाहे अरु केही। सब ठुला योजनाको हालत उही छ। हुन त अधिकांस सरकारी योजना हुन, तर निजी क्षेत्रको योजना पनि उस्तै हुन्छ।
    नेपालमा ठुला प्रोजेक्टहरु किन फेल खान्छन्?
    १- ठुला योजना सबै सरकारी हुन्छन्। सरकारमा ढिलासुस्ती निहित हुन्छ, आर्थिक चलखेल पनि हुन्छ। किन निजी क्षेत्र आफैं तम्सिन्न त? किनभने निजी क्षेत्र संग पैसा त्यति धेरै छैन, नेपाली निजी क्षेत्रले करोडमा हिसाब गर्छ, ठुला योजनाको लागि अर्बौं लाग्छ। बिदेशी निजी क्षेत्र आउनै हिच्गिचाउँछन् किनभने यहाँ लगानीब मैत्री वातावरण र लगानी सुरक्षा छैन।
    २- सरकारी योजना, त्यो पनि विदेशी सहयोगमा बन्दैगरेकाहरु, समेत समय र लागतमा कहिल्यै तयार हुँदैनन्। जस्तो मेलाम्ची, वा चमेलिया र कुलेखानी-३, वा बि पि राजमार्ग जुन बन्न थालेको १२-१५ वर्ष हुन लाग्यो अझै सकिएको छैन। किन त यस्तो? यसमा बिभिन्न कुरा जिम्बेवार छ तर सबै भन्दा बढी जिम्बेवार कुराको बारे अधिकांस नेपाली अनभिज्ञ छन्। सबैले जाने सुनेको कुरा हरु हुन् ः राजनितिक अस्थिरता, असुरक्षा, भ्रष्टाचार, बन्द हड्ताल आदि आदि। हो यी कुराहरु पक्कै जिम्बेवार छन्। तर हामीले धेरै बिचार नगर्ने पक्ष चाहीं अर्को छ ; त्यो हो हाम्रो क्षमताको कमी। क्षमताको कमी? हो, ठुला परियोजना परिकल्पना देखि समापन सम्म सरररर हाँक्न सक्ने क्षमताको कमी। योजनामा को को हुन्छन् ? विज्ञ, इन्जिनियर, लेखापाल, अडिटर, आर्थिक सल्लाहकार, प्राविधिक सल्लाहकार,ठेकेदार, लेबर आदि आदि। यी मध्ये जति पनि नेपाली हुन्छन्, बिचाराहरुलाई राम्रो संग काम गर्नै आउँदैन। मानिलिनुस्, भ्रष्टाचार रोकियो, असुरक्षा हट्यो, बन्द हड्ताल हुन छाडे; भने के अब योजनाहरु छिटो छिटो बन्छन् ? अहँ। किन? उही क्षमताको कमी, काम गर्नै आउँदैन त कसरी काम अगाडि बढ्छ।प्राविधिक हरुले आफ्नो काम राम्रो जान्दैनन्, आर्थिक स्रोत जुटाउनेले समयमा त्यो गर्न सक्दैन, र व्यवस्थापकले ब्यवस्थापन नै गर्न सक्दैन – चाहे त्यो जनशक्ति व्यवस्थापन होस्, चाहे आर्थिक व्यवस्थापन त चाहे जिन्सी सामान ब्यवस्थापन, , लेबरले राम्रो संग माटो खन्न समेत जानेको हुन्न।
    चीनमा पनि ठुला परियोजनामा भ्रष्टाचार हुने रहेछ, तर पनि कति छिटो काम हुन्छ त्यहाँ। भारतमा पनि नेपाल भन्दा निकै छिटो काम हुन्छ, त्यहाँ पनि अरु समस्या त छन् नि। ;यहाँ किन हुन्न? नजानेर र पैसा नभएर।
    सिप बिकास, बिदेशमा ठुला प्रोजेक्टमा काम गरेको अनुभव, काम र तालिम दुबै बाट तिखारिएका प्राविधिक र ब्यवस्थापक आदि नभए सम्म यस्तै ताल हो।

    Reply
    1. Dinesh Norway, says:
      September 3, 2012 at 9:40 pm

      हे मित्र अरु इंडिया, मलेशिया, श्रीलंका, अफ्रीका, अरब सबै ठाउमा र अहिले युरोप र America मा पनि कम गर्ने नेपाली हरु नै छन्. खाली बेवास्थापन गर्ने मान्छे नभएर हो. Project को लागि, योजना, निर्माण र सुपरिबेक्च्हन सबै नेपाली ले गर्न सक्छन. खाली बेवास्थापन चाहियो.

      Reply
    2. Ngawang Sherpa says:
      September 4, 2012 at 9:57 am

      यो सफल भयो भने ईन्धन बाहिरा बाट ल्याउने हाम्रा जस्ता देशको ६० प्रतिशत ईन्धन बचत हुन्छ ६ अरब पेट्रोलमा सब्सिडी दिन पर्दैन त्यसबाट बचत हुने रकमले बार्षिक १००० मेगावाटको प्रोजेक्ट बनाउन सक्छौ जसको लागि भिजन भएको नेता चाहिन्छ साथै ईमान्दारिता पनि / अब अनुभवहीन गफी नेता होईन भिजन भएको ईमान्दारिता भएको नेता चाहिन्छ / बिदेशीको गुलामी होईन जनताको सेवक चाहिन्छ नेता भनेका / कर्मचारी झिगा मारेर युनियन खोलेर बस्ने होईन जनताको कर पसिनाले तलब खाएको छु भन्ने सोचेर काम गर्ने चाहींन्छ अनि यो काम सब तु तमाम गर्न सकिन्छ नत्र उही पुरानै पारा हुन् सक्छ / त्यसैले अभियानको रुपमा लागौ / पाखण्डी देशद्रोहिहरुलाई परास्त गरौ /

      Reply
  16. योगेश आदी, न्यूयोर्क says:
    September 3, 2012 at 8:06 am

    यस्तै द्रुत गतिको सुरुंग मार्ग निर्माणले नै हाम्रो जस्तो इन्धनको स्रोत नभएको देशको मुहार फेर्ने छ /
    हामीले हरेक महिना बिदेशी कम्पनीलाई अरबौ रुपैंया तेलको लागि भुक्तानी गर्दछौं / यसरि सहज र छोटो दुरीको बाटो निर्माण गरि ढुवानी सहज गर्दा थोरै इन्धनले नै पुग्ने हुँदा विदेशिने रकमको केहि हिस्सा भएपनि जोगिन पुदछ, यसर्थ यस्ता योजनालाई प्रोत्साहनका साथ् सम्पन्न गर्न जरुरि छ /
    सुखद समाचारको लागि धन्यबाद !!

    Reply
  17. Basanta says:
    September 3, 2012 at 7:52 am

    जय होस् यो योजनाकार को जसले यो योजना बनायो … तर कार्यन्बयन कहिले बाट सुरु हुने हो यो कार्य योजना मकवानपुर बासीको लागि मात्र नभई हरेक नेपाली को लागि नै हुने छ र यो सानो सुरुवात ले नेपाल मा ठुलो परिवर्तन को सुरुवात गर्न सकिन्छ उदहारण को लागि हाल प्रयोगमा भैरहेको भीमफेदी कुलेखानी फाखेल वा कुलेखानी सिस्नेरी फर्पिंन को बाटो लाइ हेर्न सकिन छ जहाँ प्रतेक दिन ३०० भन्दा बढी टाटा सुमो गुड्ने गर्छ .

    तसर्थ परिवर्तन को लागि अवस्य परिश्रम गरिनु पर्छ . जय देश जय पशुपतिनाथ

    Reply
  18. कुसुम ज्ञवाली says:
    September 3, 2012 at 1:06 am

    यो उत्कृष्ट समाचार पढ्न पाएँ, म धन्य भएँ । जनताको यो एकता र प्रतिबध्दतालार्इ म सलाम गर्छु । मलाइ विश्वास छ, ठेक्काको भागबण्डा गरेर अन्यथा गर्न पार्टीबाट संरक्षण पाएका गुण्डाले निमार्ण ब्यावसायीलार्इ पिरोल्ने शासह गर्ने छैनन् यो अायोजनामा, नेपाली जनताको यो महान अनुष्ठानमा ।

    Reply
  19. Ekaraj agasti says:
    September 3, 2012 at 12:55 am

    मेलम्ची को पानि जस्तै हो यो सुरुंग मार्ग पनि, सुरुंग मार्ग बनाएर मात्रै पनि हुदैन चल्न सक्ने पनि हुनु पर्यो, तेस्को लागि पूर्वाधार भनेको सबै भन्दा पहिले त बिजुली बत्ति नै हो, १८ घण्टा लोडसेडिंग हुने देशमा सुरुंग मा चै के टुकी बत्ति बाल्नु?? २० अर्ब लगानी गरेर पहिला बिजुली बत्ति निकाल्नु नैउपयुक्त हुन्छ तेस्पछी बिजुली मार्फत चल्ने ट्रेन , केबलकार जे जे बनाए पनिबनाउन सकिन्छ . Jalashrot को dhani देश मा स्वोच्छा खानेपानी upalabdha न भै रा बेला ल येस्ता बकम्फुसे कुरा मा बिस्वास नगरु, भन्नै मात्रै त मेलम्ची को पानि, काठमाडौँ मा मेट्रो , खासा देखि काठमाडौँ, हेटौडा बिरगंज हुदै बिराटनगर सम्म को रेल सेवा, बिराटनगर, देखि भैरहवा सम्म रेलसेवा, दिपायेल देखि पोखरा , chitwan हुदै काठमाडौँ सम्म अर्को रेल, पहाडी मार्ग मा अर्को

    Reply
    1. dipesh says:
      September 3, 2012 at 9:05 am

      एकराज जि, यति चाडै बिरोध पनि नगरिहालौन है। यदि कसैले बनाउछु भन्छ र बनाइहाल्यो भने त राम्रै हो नि। अब बत्तिनै छैन भनेर बस्यो भने त केहि हुदै हुदैन नि। बत्ति नभएपनि भान्छामा राइस कुकर नचलेपनि भातहरु पाकेकै छन। पहिले काम सुरु त हुनु पर्यो। के था केहि बर्षमा बत्तिको जोहो पनि भै हाल्छकि। काम नगरेको वा गर्न नदिइएको पोहो त। तामाकोसि चल्दै छ। सेतिको कुरो हुदै छ। अरुण र कर्णालिमा काम हुदाहुदै राष्ट्रियताको नाम मा भाँजो हालरेर रोकिएको छ। मेलम्चिमा स्थानियको अनेक माग र राजनितिकरणले नै शुरुका बर्षहरु निल्यो। मानौ केहि गरि तामाकोशि बनिहाल्यो ४-५ बर्षमा (त्यहि तालकि छ हाललाइ), त्यस्तै सेति पनि बन्यो रे लौ मानौ (२०१७ मा सक्ने तालिका छ), अनि के हामि फेरि अर्को ४-५ बर्ष कुर्ने सुरुँङ को लागि? हैन केहि गरि बनिहालेर छ र बत्ति नै भएन भने पनि केहि न केहि उपाए त निक्लिएला नि, सोलार होला वा हाबा होला! त्यसैले मेरो सोचमा त कोहि अहिलेनै रेलको ट्रयाक हाल्छु भन्छ भने पनि गर्दा हुन्छ किनकि एक ठाँउको सकारात्मक परिबर्तन ले अन्य ठाँउको समाजमा साथै अरुलाइ पनि हैन काम त अब फत्ते नगरि हुदैन है भन्ने सोच र जाँगर पलाउला कि। कहिले काहि सपना देख्न निन्द्रानै परोस भन्दै कुरेमा रातभरि निन्द्रानै नभेटि सपना देख्नै नपाइ समय पनि बित्न सक्छ।

      Reply
  20. Tulshi Adhikari says:
    September 2, 2012 at 9:34 pm

    यो योजना सफल भए नेपाल तथा नेपालीले कोल्टे फेरेको महसुश गर्ने थिए ! कुनै प्रकारको राजनिती हावी नहुने हो भने यो १००% सफल हुनेछ !

    Reply
  21. Pradip Jung says:
    September 2, 2012 at 9:12 pm

    Hope the coming all the Government will Support the Present Project,the project may not get Succed in time due the changeable government (every year 2 or 3 times.

    Reply
  22. Jitman Rai 'Sabin' says:
    September 2, 2012 at 8:50 pm

    यो काम पुरा हुन सके नेपाली श्रम, शिप र लगानीको महत्व आफैमा उत्कृष्ठ नमुना हुने छ । अर्को कुरा देश निर्माणमा नालायक साबित हुदै गएका नेपालका भ्रष्टाचारी नेताहरुलाई गतिलो जवाफ पनि हुन सक्छ । आशा गरौ यो प्रोजेक्ट समयमा सम्पन्न होस्…..

    Reply
  23. subodh nepal says:
    September 2, 2012 at 8:42 pm

    अब यो बाटोको निजगढ द्रुत मार्गले गर्दा सम्भाव्यता न्यून हुन पुगेको छ । लागत लाभको हिसाबले लगानी गर्ने सम्भावना कम छ । लगानी उठ्दैन । निजी क्षेत्र सफल हुने सम्भावना कम छ । सुवासजीले अहिलेको सडक बनाउन ठूलो मेहनत गर्नु भएको छ । तर सुरुंग मार्ग भने सफल हुने झिनो आस छ ।

    Reply
  24. Som Bahadur Shrestha says:
    September 2, 2012 at 8:30 pm

    ओहो कति राम्रो कुरा हो what is the real intention to build this short cut way?
    any way, How interesting project is this, indeed.

    Reply
  25. तेजप्रसाद अधिकारी says:
    September 2, 2012 at 7:45 pm

    पहिलो पल्ट कुनै समाचार सुनेर आँखा रसायो….

    Reply
    1. kisaan Thapa says:
      September 3, 2012 at 5:19 am

      प्याज काट्दै पढ्दै गरेर त होइन सर ?

      Reply
      1. कुसुम ज्ञवाली says:
        September 4, 2012 at 9:10 am

        किसन जी, तेजप्रसाद जीको भावनालाइ सम्मान गर्ने शाहस देखाउनुपर्छ । यो ठट्टाको विषय होइन ।

        Reply
  26. Navin Shah says:
    September 2, 2012 at 7:45 pm

    Its interesting news 4r all nepalese people n it will be very affective 4r all of us so lets wish that it will complete very soon …..so that we will ride in thaty highway.,.,,.,,.,.

    Reply
  27. MADHAB, QATAR says:
    September 2, 2012 at 7:41 pm

    यदि सबैको चाहना र आबस्यकता हो भने अनि हामी सबै नेपाली मिल्ने हो भने यो कार्य सफल हुन्छ / मैले एक पल्ट सुनेको थिए बिदेसमा रहने नेपालीले नेपाल पैसा पठाउदा नेपाल सरकारले नुन्य सुल्क उठाउछ अरे भन्ने / यति राम्रो योजना बन्छ भने आउ हामी सबै मिलेर थोपा थोपा सहयोग गरौ / यसको लागि नेपालको कुनै बेंकमा खाता खोलेर प्रतेक बिदेसी नेपालीले पठायको हरेक १०,००0 बाट १०० रुपिया त्यस बेंकमा जम्मा हुने प्राबधान ल्याउन नेपाल सरकार लाग्नु पर्छ / म पनि खाडी मुलुकमा बस्दै आएको यक देशभक्त नेपाली भयका नाताले म त एकैपल्ट १००० रियल सहयोग गर्न तयार छु / तर देस निर्माणमा सबैको सहयोग जरुर छ अनि गणचुम्बी महलमा बस्ने राष्ट्रघटी नेताबाट पनि यस महान कार्यको लागि उहाहरुको सहयोग जम्मा हुनु पर्छ फेरी कसरि असम्भब होला र ?

    Reply
  28. Basanta Thapa,Maryland,USA says:
    September 2, 2012 at 7:25 pm

    त्याग ,मन र सकारात्मक सोच भएमा असम्भब भन्ने केहि रहदैन भन्ने उदाहरण पस्कने यी तमाम त्यागी हरु प्रति गर्विलो सलाम ! आबस्यक सबै पक्ष उदेश्य अनुरुप समय भित्र कार्य सम्पन्न गराउन सहयोगी बनुन \ जहा रहे पनि जहा गए पनि आफ्नो देश जस्तो अन्य हुन्न ,मेरो नेपाल र नेपाली सम्पन्न भएको देखेर मर्न पाउ यहि सधै भरिको चाहना !

    Reply
  29. aasha says:
    September 2, 2012 at 5:58 pm

    अहा कति राम्रो कुरो पढ्न पाइयो/ छिटै बनोस यो बाटो र मेरो देश प्रगति मार्गमा लम्की रहोस/

    Reply
    1. jibraj says:
      September 2, 2012 at 7:05 pm

      देश विकास भएको सुन्न पाउदा धेरै नै खुसि लाग्छ | यो खुसि खुसि मै परिणत होस् | देश बिकाश होस् राम्रो होस् सबै लाइ | सुभकामना हामी सबै देश बासि लाइ | फेरी लौ घुस खायो रे, छानबिन गर्नु पर्छ, छानबिन नगरी काम गर्न पाउन्न भनेर चाही लफडा नहोस | काम गर्ने ले पैसा सबै हजम नगरोस |

      Reply
  30. Sisir says:
    September 2, 2012 at 5:57 pm

    हल्ला सुनेकै ५-७ वर्ष भै सक्यो .. आशा गरौ छिट्टै बन्ला ..
    एस्ता केहि योजना त नेपाली नै बनाउन सक्छन .. सुभकामना ..

    Reply
  31. neerose says:
    September 2, 2012 at 5:43 pm

    अतिनै आबस्यक!
    यो सुरुंग तथा द्रुत मार्गले देशको आर्थिक सामाजिक पर्यटकीय अनि पर्यावरण साथै देश बिकाश को क्षत्रमा गहन महत्वो राख्दछ!
    यसको फाइदाहरु केलाई र बर्णन गरि साध्य छैन!
    यो जरुर बन्नु पर्छ र छिटो भन्दा छिटो बन्नु पर्छ! सरकार र हामि जनता अनि हरेक देश भक्त र नेपालको बिकाश र सम्ब्रिड्डी चाहने ले साथ् दिनु पर्छ!
    यसमा राजनीति घुसाउनु हुदैन र जो यसमा राजनीति पोत्ने दुस्प्रयास गर्दछ जनताले तेस्ता दुश्सहास गर्ने नालायक लाइ आबस्यक परे यहि मार्गको जगमा भोग चदाउना पछी पर्नु हुदैन!

    Reply
  32. suman koirala says:
    September 2, 2012 at 5:36 pm

    really intrested to have such a wonderful road in nepal .and promise to help to this great job .यो महान काम को लागी हामी सदैब साथ् हुनेछौ र यो महान काम चाडै नै सुरु होस् भन्ने चाहन्छु साथै एकदम मनै देखी सुभकामना छ

    Reply
  33. बासु says:
    September 2, 2012 at 5:22 pm

    यो योजनाले सकेसम्म छिटो मूर्तरुप पाओस | ताकि देशको अमूल्य समय र इन्धनको वचत होस् | रोजगारीको सिर्जना होस् | योजना ओनरशिपको अवधराणापनि राम्रो लाग्यो | काठमाडौँ वीरगन्जको त्यो दिनभरको र झिँजोलाग्दो यात्रा अझै मेरो सम्झनामा छ | अब त्यो नहुने भयो |
    तर फोटो हेर्दा चैं सुरुंगको निर्माण मोटर हिंड्न होइन मान्छे हिंड्न जस्तो देखिन्छ | एउटा मोटर, बाँकि सबै मानिसै मानिस | के भन्न खोज्या होला फोटोले |

    Reply
  34. pranab says:
    September 2, 2012 at 4:36 pm

    This is one of the best thing i’ve herd after the road construction near Bhaktapur. I love to hear news about development in Nepal, however making road or tunnel or any other thing is not the problem in Nepal, but problem is to maintain it. If they and remove this problem i think its going to be good; hats off to the engineers who made this plan’s. I just hope that this plan goes as it is planned. Good luck People.

    Reply
  35. Rajendra says:
    September 2, 2012 at 4:24 pm

    एक छिन भने पनि सुनेर मज्जा लिइयो अब भन्ने भन्ने त सपना मात्र होला तै पनि शुभकामना चाहि नदिरहन सकिदैन है, जय होस्

    Reply
  36. किशोर ,सिड्नी-अस्ट्रेलिया says:
    September 2, 2012 at 4:06 pm

    आहा कस्तो राम्रो रहेछ योजना त…यदि यो सफल हुन सक्यो भने बिकासको १ फड्को मर्नेछ …..आशा गरौ कुनै दिन योजना सम्पन्न भयको सुन्न पाइनेछ ……

    Reply
  37. BIRENDRA GAUTAM says:
    September 2, 2012 at 4:00 pm

    हो हामी नेपाली मिल्छौ दुखमा यो यौटा दुख कै कुरा हो/ कि jabaki ७५ किमी को बाटो nabanayar २२७ किमी को बाटो hinchhau
    हामी यो भन्दा त बरु यौटा दशैँ नमानी यसमा सयोग गरेउ भनि हाम्रा पुर्खा हरुले हामी लाई आसिश दिन्छंनी काठमाडौँ का हेरक घर सग १०००० को दरले सहयोग उठाउदा पनि धेरै हुन्छ/ अनि घुसिया हरु को सम्पति बाट पनि यहाँ लगानी गर्न सकिन्छ पूर्व राजा को सम्पति को जफत गरेर यसमा लगाउदा पनि हुन्छ नि जय नेपाल जय जनता
    जय मात्री भुमि

    Reply
  38. hridaya says:
    September 2, 2012 at 3:33 pm

    मन नै फुरुङ्ग हुने कति सकारात्मक समाचार !! सुभ कामना छ योजना साकार होस् !!!

    Reply
  39. sujeet says:
    September 2, 2012 at 3:27 pm

    काम कस्तो हुने हो थाहा छैन … बन्ने हो होईन थाहा छैन ….. तर फोटो एकदम राम्रो छ …कुन फ्लेक्स मा प्रिन्ट गरेको हो …

    Reply
  40. bikash rai says:
    September 2, 2012 at 3:20 pm

    मैले त यो फोटो को धर्का नै न देखि यो बाट यात्रा गर्ने मन बने सकेको थिए,
    जसरि अहिले मैले यो तस्बिर हेरी यात्रा गर्ने मन बनाएको थिए, त्यसरी नै एकदिन यो मेरो यो सुरुंगे बाटो हिड्ने सपना पुरा होस् भन्न चाहन्छु,
    अनि धन्यबाद दिन चाहन्छु, जसले यो नया सोच ल्याएको छ र, यो नया,
    सोचलाई पुरा गर्ने छ, आशा छ यो बाटोको यात्रा हामीले चाडै नै यात्रा गर्न पाउनेछौ,
    जय नेपाल

    Reply
  41. N.P. Manandhar says:
    September 2, 2012 at 3:04 pm

    No doubt its a WONDERFUL project which had to happen many decades ago in-stead of TRIBHUVAN RAJPATH itself, still it is better than never. I wish the above project may be happened in reality NOT in dreams like many HYDRO PROJECTS / HIGH WAY PROJECTS / INDUSTRIAL PROJECTS had just come & gone like in dreams in the past in Nepal. I am now 62, I can only pray to God, let me see this Tunnel completion in my country.

    Reply
  42. trilok says:
    September 2, 2012 at 2:29 pm

    समाचार पढ्न पाउँदा सारै खुशी लाग्यो र साँची यो कार्य सफल वयेको देख्न पाउँदा त खुशी ले परलोक नै भईन्छ होल्ला तर यो सुरुंग बन्यो भने यस मा लापर बहि तरिका ले कम कोंक्रेट ,सक्रेट प्रयोग जोखिम . बिदेशी निर्माण भएको सेग्मेंट र पहाड मा भएको ताल र झरना बाट चुहिने पानि लाई रोक थाम गर्न सक्ने उपकरण जग सबै जुटाउनु सक्नु पर्छ त्यो भन्दा देश मा २४ घण्टा बत्ति जाने हुँने ठाउँ मा बिधुत कसरि जुटाउने सुरुंग मा २४ घण्टा बती चाहिन्छ एक सेकेन्ड बती गयो भने ठुलो दुर्घटना हुन्छ हिर्दय घात भएको रोगीहरु लाई हावा पुगेन भने परलोक हुन्छ र लापर बाही तरिका ले निर्माण गरिएको सुरुंग खस्न पनि सक्छ र जलमग्न भएर भासिन पनि सक्छ त्यसकारण बिदेशी चलेको ठुलो ठुलो कम्पनी लाई दिन सक्नु पर्छ सुर्छित साधन वार पार खाने पानि को पनि ब्यबस्ता हुन्नु पर्छ तर यस समाचार ले पनि खोइ जनता लाई उल्लु बनाएको मात्र होल्ला

    Reply
  43. SnK Rai says:
    September 2, 2012 at 1:55 pm

    यति धेरै छिटो-छरितो प्रसस्त बैकल्पिक मार्गहरु हुदाहुदै बि.स. २०१३ सालमा त्रिभुवन राजपथ भारतको सहयोगार्थ निर्मित- यतिका घुमाउरो, जोखिमपूर्ण मार्ग किन रोज्यो होला भारतले !!?!? ….

    जहाँ अमुल्य समयको बर्बादी, ढुवानी खर्च, सवारी साधनको इन्जिन/पांग्रा या आयु, अनि तेलको धुपजस्तो महँगो आयातित इन्धनको जलन जस्ता औंलामा गन्न सकिने अनगिन्ति घाटाई-घाटाको खोट्ले भरियाका धब्बा र ब्यबधनाहरु छन् ।

    यसबाट के स्पस्ट हुन्छ भने भारतको नेपालप्रतिको हेराई सुरुदेखि नै सहयोगको नाममै भए पनि भित्रि रुपमा दुरगामी कुभलो र निहित स्वार्थ लुकेको देखिन्छ ।

    ## अहिलेलाई: यो अनन्टाकार घुमाउरो र पट्यार लाग्दो बाटोलाई थाती राखेर छिटै १ घन्टे सहज सुरुङ मार्ग यात्राको कामना गरौ !

    Reply
  44. sanim says:
    September 2, 2012 at 1:54 pm

    सहि काम को थालनी मा राजनैतिक आँखा नलागोस….मेरो देश यसै गरि फाली फुली रहोस अनि सबै नागरिक को मन मा येस्तई जागरुकता पलावोस ……हामी ले आँटे k हुन्न ?

    Reply
  45. kedar says:
    September 2, 2012 at 1:44 pm

    अर्काको मुख नताकी आफ्नो काम आफैं गर्ने हो भने देश बनाउन यी कहिलायेई नसुध्रिने नेताहरुनै नचाइने उदाहरण हो यो | अब यी नेताले दिई हाले भने संबिधान हो बाँकी शान्ति त हामि जनता मिलेर बसियो भने आउँछ नत्र त तिनले प्रयोग गरेर लडाई हाल्छन फेरी | बिकास त हामि जनताले माना पाथी उठाएर येसैगरि गरियो भने हुन्छ नत्र त् तिनको पर्सेनटेजहरु पुर्याउदा पुर्याउंदै चिलिम हुन्छ नत्र फाइल नै अघि बढ्दैन, सुन्नु भाको होला नि ?

    Reply
  46. Sandeep Rimal says:
    September 2, 2012 at 12:55 pm

    खुशी को कुरा, छदै पुरा भएको सुन्न पाईयोस!

    Reply
  47. Anand says:
    September 2, 2012 at 12:17 pm

    Its a great news for us.. waiting to ride on this road… !!!

    Reply
  48. RB Ghimire says:
    September 2, 2012 at 12:13 pm

    Wow. Very good…

    Reply

Leave a Reply to sanim Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme