Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मंगल ग्रहबाट मंगलबारको दिन पहिलो रंगिन फोटो

Posted on August 7, 2012August 7, 2012 by mysansar


हिजो मंगल ग्रहमा ल्यान्ड गरेको नासाको क्युरियोसिटी रोभरले केही ब्ल्याक एन्ड ह्वाइट फोटोहरु मात्रै पठाएको थियो। आज मंगलबारको दिन भने यसले यो पहिलो रंगिन फोटो पृथ्वीवासीका लागि उपहारका रुपमा पठाएको छ। यो फोटो क्युरियोसिटी ल्यान्ड गरेको गेल क्रेटरको हो। क्यामेराको कभरमा धुलो लागेकोले फोटो धमिलो भएको रहेछ। त्यहाँबाट एउटा भिडियो पनि आएको छ।

हिजो क्युरियोसिटी मंगल ग्रहको atmosphere मा प्रवेश गरेर ल्यान्ड गर्दासम्मको सात मिनेट पृथ्वीबाट हेर्न र नियन्त्रण गर्न सकिँदैन थियो। तर त्यतिबेला यसमा रहेको भिडियो क्यामेराले दृश्य खिचेको रहेछ। झण्डै ३ सय वटा कम गुणस्तरका साना फोटोहरु सोमबार यसले पृथ्वीमा पठाएको थियो। त्यसलाई नासाले मिलाएर एउटा सानो भिडियो बनाएको छ।

नासाको जेट प्रोपुल्सन ल्याबरेटोरीमा यो भिडियो प्ले गर्दा त्यहाँका वैज्ञानिक र इञ्जिनियरहरु दङ्ग परेर ओह, आह आवाज निकाल्दै बसेका थिए। यो भिडियो यानबाट प्रोटेक्टिभ हिट सिल्ड खस्दै गर्दाबाट सुरु भएर गेल क्रेटरमा अवतरण हुँदा उडेको धुलोको दृश्यसँगै टुङ्गिएको छ।

पृथ्वीबाट धेरै टाढा अर्कै ग्रहमा एउटा यान अवतरण हुँदाको दृश्य हो यो। क्यामेराले खिचेका उच्च गुणस्तरका दृश्यहरु पृथ्वीसम्म आइपुग्न समय लाग्न सक्छ। त्यो दृश्य पठाउनेभन्दा पनि प्राथमिकताका अरु काम छन्, पहिले त्यो गरिनेछ।

त्यसैले अहिलेलाई यही भिडियो हेरेर चित्त बुझाउन सकिन्छ। यो भिडियोमा अवतरणको पछिल्लो साढे दुई मिनेट मात्र समेटिएको छ। हिजो प्राप्त २९७ वटा फ्रेमबाट यो भिडियो बनाइएको हो। लौ हेर्ने हैन त मंगलबारको दिन मंगल ग्रहको दृश्य ?

भिडियो हेर्नुस्-

अवतरण गरेको गेल क्रेटरबाट यो माउन्ट सार्पतर्फ लम्कने योजना छ। यसले मंगल ग्रहको भूँइ खनेर त्यसमा के छ भनी भौगर्भिक र रसायनिक परीक्षण गर्नेछ र त्यहाँ जीवन थियो कि थिएन भन्ने मुख्य जिज्ञासाको जवाफ खोज्नेछ।

तर केही सातासम्म यसले यात्रा गर्नेछैन। किनभने साढे दुई अर्ब अमेरिकी डलरको यो रोबोटको सबै सिस्टम ठीक छ कि छैन भनी पहिले परीक्षण गर्नुपर्नेछ। यो साताभरी यसले त्यही हेल्थ चेकअप गरिरहनेछ। त्यस क्रममा यसले अझ गजब गजबका फोटोहरु पठाउने आशा गरिएको छ। तर त्योभन्दा प्राथमिकताको काम चाहिँ यसमा भएका साना क्यामेराहरुको प्रयोग हुनेछ। यी साना क्यामेराहरुले क्युरियोसिटीका छ वटा पाङ्ग्राका अगाडि कुनै खतरनाक कुरा छ कि छैन भनी पत्ता लगाउने काम गर्नेछ। पाङ्ग्रा केही ठूलै कुरामा ठेस लागेर पल्टियो या बिग्रियो भने त भएन सत्यानाश साढे दुई अर्ब अमेरिकी डलरको!

11 thoughts on “मंगल ग्रहबाट मंगलबारको दिन पहिलो रंगिन फोटो”

  1. Bikram says:
    August 9, 2012 at 8:17 pm

    सुशिल्जी,

    गरिब अफ्रीका मा मात्र होइन जापान र अमेरिका पनि छन् . धनि भनेको मान्छेको क्ष्यमता र सोच मा भर मा पर्ने कुरा हो. गरिब लाई सहयोग गर्दैमा गरिबीको समस्याको समाधान होइन धनि हुने सोच बोक्नु पर्यो र मिहिनेत गर्नु पर्यो नी.

    Reply
  2. Sansar Shrestha says:
    August 8, 2012 at 7:30 pm

    सुशील जी,
    तपैले अनुसन्धान गर्नु राम्रो भन्नु भो तर पृथ्बी सम्पन्न भएपछि मात्र ……. कुरो अलि अप्ठेरो जस्तो लागेर यो मन मानेन. यो त उही पहिलेका गणतन्त्रबादी नेता हरुले राजा को पैसा र भत्ता जनताको ढुकुटी मा राखे हरेक रुखको पात पात मा बिजुली बत्ति बल्छ भने जस्तो लाग्यो.

    उसोभए, पृथ्बी सम्पन्न हुनुको लागि माप दण्ड के हो र कहिले सम्म विज्ञानले त्यो समय पर्खिने ? अनि तब सम्म बैज्ञानिक हरुको सोच, जाँगर, creativity कुन चाही खाल्डोमा दबाएर राख्ने ? येतिका बैज्ञानिक चमत्कार पृथ्बीमा भैसके कि, कुन देशमा पुग्यो, पुगेन, कसले खायो खाएन त्यो बैज्ञानिकको चासो हो जस्तो लाग्दैन. त्यो त देशका शासक, जनता र धर्म गुरु भनौदा हरुको जिम्मवारी हैन र ? तेसो त नेपालकै नेताहरुको चाला हेर्नुस, आफ्नै देशको संबिधान बनाउन सकेका छैनन् भने अरु देशका भुक्मारी के तार्लान अनि बैज्ञानिकहरुले कति पर्खने ?

    एउटा फुलको बोट आफु बाँचे सम्म फुल फुली रहन्छ, फुलाई रहन्छ. तर त्यो फुलको बोटले मलाई कसले टिप्छ, टिप्दैन, कसले टिपे फुल्ने वा नफुल्ने भन्ने सोच राखे पछि के होला ? अनि तेस्तै सोच हामीले खाने दाल भात ले पनि सोचे के होला ? अविरल बग्ने नदि नाला हरुले तेस्तै सोचे के होला ?

    तपाई र म जस्ता करोडौ व्यक्तिले आज येही internet, computer, electronic gadgets मा अरबौं/खरब डलर खर्चेका छन. जसरि आज तपाई संग यो ब्लगको माध्यमबाट संचार भै राख्या छ यो पैसा भुक्मारीको लागि पठाए यो पनि तुरुन्त बन्द हुनु पर्यो होइन त् ? No hard feelings please !

    Reply
  3. pradip yadav says:
    August 8, 2012 at 8:03 am

    अज्ज राम्रो फोटो को पर्खाई मा छौ हामी पृथ्वी बासि हरु, लाल सलाम मंगल ग्रह 🙂

    Reply
  4. abhi says:
    August 8, 2012 at 5:12 am

    मंगलमा कुनै पनि जीव अथवा बोट-बिरुवा पाइयो भने त्यो निकै सनसनीपूर्ण हुनेछ.अझै एलिएन्को कुनै प्रमाण मिल्यो भने त झन् पृथ्वीमा तरंगनै आउनेछ.नासालाई सुभकामना

    Reply
    1. Manish says:
      August 8, 2012 at 2:42 pm

      अन्य ग्रहमा भेटिने सम्भावित/काल्पनिक प्राणी लाइनै एलियन भन्ने गरिन्छ सायद त्यो छुट्टै कुनै चीज होइन |

      Reply
  5. Mohan Basnet says:
    August 8, 2012 at 12:46 am

    Curiosity rover र radio को signal !
    हाम्रो हजुरबाउले लाहुर बाट फर्केर ल्याएको जापानी रेडियो को सिग्नल राम्रो संग टिप्ने ठाउं खोजि रहन्थे , घर -आँगन भरि , बत्ति थिएन , ब्याट्री राख्यो , एन्टेना निकालेर मलाई पनि यता उता सिग्नल टिपाउन कुदाउथे, बल्ल बल्ल , सुन्न मिल्ने गरि रेडियो नेपाल टिप्थ्यो, दुवै जना दङ्ग परेर समाचार सुन्थौँ..

    अस्ति भर्खर, सदरमुकाम झरेर हजुरबाउ ले फुन गरेर भने,.”नाती, मैले पत्ता लगाए ,”. मैले के हजुरबुवा भने, “ल बिर्सिस, त्यो रेडियो को सिग्नल क्या, त्यो तुलसीको मठ को पर्खाल को यता पट्टि मज्जाले टिप्दो रहिछ, तेरो हजुरआमा ले तुलसी तिर कहिले जानै दिईन .”

    हजुरआमा को निधन पछि एक्लो भएको हजुरबुवा को साथी त्येही रेडियो थियो, मा खुसि थिए, धन्न रेडियो ले काम गर्नेभयो!

    रेडियो बार्तालाप फोन मा चलिरहदा, ल्यापटप मा , ustream मा curiosity rover Mars मा successfully landed भएको भन्यो, हजुरबुवा लाई रातो मंगल ग्रहमा ल्याण्ड गरेको सुनाउ कि सोचे फेरी सुनाइन|

    Reply
    1. lalanath says:
      August 8, 2012 at 8:13 am

      MOHAN BASNET जी तपाइले कहानीको सुरुआत बडो रोमान्टिक तरिकाले गर्नु भयो तर अन्तिममा “रेडियो बार्तालाप फोन मा चलिरहदा, ल्यापटप मा , ustream मा curiosity rover Mars मा successfully landed भएको भन्यो, हजुरबुवा लाई रातो मंगल ग्रहमा ल्याण्ड गरेको सुनाउ कि सोचे फेरी सुनाइन|” असल सोच lagena

      तपाइँ पनि पक्का nepaali हो जस्तो लाग्यो! आफु मात्रै जान्ने सुन्ने अरुलाई सडकको धुलो चटाउने’ यो हामि सबै नेपालीको साझा गल्ति हो बुझ्न जरुरि छ, ke तपाइँ haamilaai हाम्रा बाबाले जानेको बुझेको कुरा सिकाउनु bhayena holaa?
      अनि हामि जान्ने बुझ्ने भयोउ अनि अहिले उनीहरु हामि भन्दा जान्दैनन् भनेर राम्रो कुरा पनि बुझाउन न चाहने??????

      Reply
  6. Sushil says:
    August 8, 2012 at 12:35 am

    अनुसन्धान र खोज गर्नु त राम्रै कुरा हो, तर मेरो विचारमा, पहिले पृथिवीका मान्छेहरु आफु सम्पन्न भएपछि एस्तो खोजमा लग्नु राम्रो होकी? करोडौ डलर खर्च बरु अफ्रिकामा धारा र औसधिमा खर्च गरेको भए कति आत्माले शान्ति पाउथे होलान.

    Reply
    1. देवराज जोशी, कैलाली says:
      August 8, 2012 at 2:55 pm

      अमेरिकी हरुले मरी मरी काम गरेको पैसाले तिरेको ट्याक्स अफ्रिका र नेपाल जस्ता ठाममा खर्चे पछि तिनी हरु झन् अल्छी भएर बिग्रिदैनन, माछा मार्न पो सिकाउन पर्छ त माछा मारेर सधै खान दिए पछि त आजीवन दिनुपर्ने हुन्छ नि |
      अमेरिकी हरुले गरेको भए पनि अनुसन्धान र खोजका उपलब्धी हरु मानव जातिकै लागि उपयोगी छन् दीर्घकालका लागि | अन्तरिक्ष अन्वेषण कार्यक्रम बाट पनि कैयौ spin off technology हरु हाम्रा दैनिक जीवनका विभिन्न ठाउँमा प्रयोग भैरहेका हुन् सक्छन |

      Reply
  7. Tamang U. C. says:
    August 7, 2012 at 11:56 pm

    बधाई छ नासालाई, छिट्टै सबै अमेरिकनहरु मंगल ग्रह तिर बसाइ सरेर गएदेखि अलकाइदा र तालिबानको मारमा अरु देशका नागरिक पर्ने थिएनन् है कि कसो ?

    Reply
  8. राजेन्द्र अधिाकारी says:
    August 7, 2012 at 11:20 pm

    क्रिपया मित्रहरू, जुन ब्लगमा पनि नेपालको नेताका कुराहरू उठाएर दिक्क नपार्नुहोला है । पहिलेनै Disclaimer दिएको । 🙂

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme