Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकामा तीन नेपाली बलात्कार कान्डमा

Posted on August 7, 2012August 7, 2012 by mysansar

DuPage County Sheriff को कार्यालयले जारी गरेको अभियुक्तहरुको फोटो बायाँबाट क्रमशः ज्ञान मगर, चेत मगर र डम्बर पिठाकोटे

अमेरिकामा तीन जना नेपाली युवक एक १६ वर्षकी किशोरीलाई बलात्कार गरेको कान्डमा फँसेका छन्। ह्विटनको अपार्टमेन्टमा गत वर्षको सेप्‍टेम्बर यो कान्ड भएको रहेछ। बलात्कारको अभियोग तीन जना नेपालीलाई लगाइएको छ- २१ वर्षका ज्ञान मगर, २२ वर्षका चेत मगर र २९ वर्षका डम्बर पिठाकोटे। उनीहरुको दुर्व्यवहारबाट पीडित किशोरी नेपाली नै हुन् कि अरु देशको, खुलेको छैन।

डेली हेराल्डका अनुसार ज्ञान मगरले त पीडित किशोरीलाई एसएमएस गरेर ‘हो, मैले तिमीलाई बलात्कार गरेँ। यो मेरो गल्ती थियो’ भनेका रहेछन्।

डुपेज काउन्टी बोन्ड अदालतमा यो मुद्दाबारे गत मार्चमा प्रारम्भिक सुनुवाई भइसकेको छ। सुनुवाईमा वकीलहरुले सुनाएको घटना विवरण अनुसार यसो भएको रहेछ-

ज्ञान मगरले गत सेप्टेम्बरमा ह्विटनको अपार्टमेन्ट ती १६ वर्षकी किशोरीलाई लिएर गएछन्। किशोरी बेडरुममा पल्टिरहेको बेला मगर कोठामा पसेर किस गर्न थालेछन्। किशोरीले नगर्न भन्दा अर्का दुई जना केटा कोठामा छिरेछन्। त्यसपछि तीनै जना केटाले ती किशोरीलाई यौन दुर्व्यवहार गरेछन्।

किशोरीलाई अस्पतालमा उपचारका लागि लगियो। त्यहाँका डाक्टरहरुले उनीमाथि बलात्कार भएको प्रमाण पाए।

सरकारी वकील एन्ने थेरियाउका अनुसार किशोरीले पछि मोबाइलबाट मगरसित झगडा गरिछिन्। त्यसको जवाफमा मगरले बलात्कार गरेको स्वीकारेर एसएमएस गरेका रहेछन्। यही एसएमएसलाई मगरविरुद्धको ठूलो प्रमाण मानिएको छ।

मगरलाई प्रहरीले जर्जियामा हिरासतमा लिएको थियो र इलिनोइसमा सुपुर्दगी गरेको थियो। बलात्कारको अभियोग लागेका अरु दुई जना चेत र डम्बरमध्ये चेत र ज्ञान आफन्त भएको भनिएको छ। तर उनीहरुको नाता खुलेको छैन।

यी तीनै जनामाथि आपराधिक यौन दुर्व्यवहारका विभिन्न अभियोग लगाइएको छ। सबै प्रमाणित भयो भने उनीहरुलाई बढीमा १८ वर्षसम्म जेल सजाय हुनसक्छ।

प्रारम्भिक सुनुवाईमा अदालतले ज्ञानलाई २० लाख अमेरिकी डलर र चेत र डम्बरलाई १०-१० लाख अमेरिकी डलर धरौटी माग गरेको थियो।

चेत मगरले धरौटी घटाइ पाउँ भन्दै अर्को निवेदन दिएका थिए। निवेदनमा उनले आफू पाँच वर्षअघि नेपालबाट अमेरिका आएको श्रमिकका रुपमा काम गरिरहेको र विवाहित भएको र गिरफ्तार हुनु दुई हप्ताअघि मात्रै बच्चाको बाउ बनेको अनि परिवारको भरणपोषणको जिम्मा आफैमा रहेको उल्लेख गरेका थिए।

उनको निवेदन स्वीकार्दै अदालतले धरौटी रकम झारेर ७ लाख ५० हजार अमेरिकी डलर बनाइदिएको थियो।

डम्बरविरुद्ध भने यसअघि पत्‍नीमाथि शारीरिक दुर्व्यवहार गरेको आरोपमा दोषी ठहर गरिसकिएको रहेछ। त्यतिबेला उनीमाथि पत्‍नीलाई अनुहारमा पिटेको र पेटमा हिर्काएको आरोप थियो।

अप्रिलमा भएको दोस्रो सुनुवाईमा अनुवादकको माध्यमबाट मुख्य आरोपी ज्ञान मगरले बयान दिएका थिए। उनले सुरुमा आफूलाई के आरोप लगाइएको छ नै नबुझेको बताएछन्। त्यसपछि न्यायाधीश रोनाल्ड क्लिम्यानले कस्तो यौन कार्यलाई अपराध मानिन्छ भन्दै बुझाउनु परेको थियो। त्यसपछि किशोरीको इच्छाबिना आफूले सेक्स गरेको आरोपलाई उनले अस्वीकार गरे। अरु दुई जनाले सेक्स गर्दा आफू संलग्न रहेको आरोप पनि उनले अस्वीकार गरे।

मुद्दा अदालतमा जारी छ।

54 thoughts on “अमेरिकामा तीन नेपाली बलात्कार कान्डमा”

  1. Saleni Naresh says:
    May 1, 2013 at 2:37 am

    एक क्षणको गल्तीले जीवनभरी पछुताउने भनेको यहि हो / चाहे नेपाली होस् चाहे भुटानी अर्थात् अमेरिकी नै किन नहोस कानुनी राज्य को शासन भएको देशमा अपराधीलाई अपराधीको व्यवहार मात्रै हुनुपर्छ / ति तीन जना जो- जे भए पनि तिनीहरुको दुर्बुद्धिले गर्दा तिनीहरुको परिवारलाई पनि पिडा हुने भयो/ यो भुमरी बाट निस्के पछि यस्तो काम गर्नु अघि सय चोटी सोच केटाहरु…………….

    Reply
  2. gobinda says:
    April 19, 2013 at 5:13 am

    भुटानी भने पछि भै हाल्यो नि , एक पैसा नतिरी USA आउनु पाएका छन् , अनि २० /२२ बर्षका भुटानी केटाहरुलाई त् न भुटान थाह छ जन्मे सरनार्थी शिबिर झापामा , न नेपालको कानून थाह छ न केहि , शिविरमा पनि खुल्ला हिंडेका , मोज गरेर बसेका , तेही बानीले USA मा पनि मनपरी गर्दै हिंडे पछी आफुले खनेको खाडलमा आफै नपरे के गर्ने त , होइन र ?

    Reply
  3. ram says:
    August 12, 2012 at 9:16 am

    हामी नेपाली हरुको इज्जतमा दाग लाग्ने नै एस्तै बेबकुफ हरुले गर्दा हो तेसकारण एस्ता बेबकुफ हरुलाई हदै सम्मको कैद भए अति राम्रो हुने थियो साथीहरु हो /

    Reply
  4. Manoj Shrestha says:
    August 10, 2012 at 1:16 pm

    नेपालको जल्दो बल्दो अवस्था मा अमेरिका गएका होलान केटाहरु यो बेला सम्म नेपालमा कानुननै छैन के थाहा केटाहरुलाई कानुन? सछिकै बाव्को बिहे देख्ने भय केटाहरुले

    Reply
  5. shiba says:
    August 9, 2012 at 1:38 am

    ल बल्ल चाही थाहा भयो यो बलात्कारी नेपाली हैनन् यो नाम को मात्र नेपाली को समाचार यो ब्लग मा नराख्नु होला राख्यो भने पनि (वतन) देश र नाग्ग्रिकता प्रमाण गरेर मात्र यो देश यो ठाउँ को मान्छे भनेर समाचार बनाउनु होला! यी भुटानी नाम को मात्र नेपाली ले नेपाल को बद नाम गर्छ जसलाई देश को माया छैन देसै नहुनेले के माया गर्छर! यो भन्दा ३ वर्षा अगाडिनै मैले यी भुटानी नेपाली हरुले गर्दा धेरै ठाउमा बिदेशी हरु संग बाझी सकेको छु येस्तै भुटानीले गरेको घटना नेपाली नाम जोडेको देखेर मलाई सारै दुखित पनि बनाको छ! सो भुटानी या बर्मा को भारत को नेपाली ले गरेको साहसिक काम पनि मेरो गौरब र खुसि छैन र यिनले गरेको गलत काम को पनि दुखि मान्दिन तपाई नेपाली नाग्रिग हो भने तपाई पनि नमान्नु होला! बिसाल पण्डित जी लाइ धन्यबध मैले जे सोचेको थियो त्यहि रहेछ!

    Reply
    1. krishna USA says:
      August 10, 2012 at 8:44 am

      शिवजी
      नेपालीहरु किन मुन्ग्लन पसे ???????????????????????
      सुक्खिममा माटो खुलेको छ रे | मेगालय मा पो नया माटो खुलेको छ रे| लहि लहिमा मात्रै
      राइफल मेन, लाहुरे मात्र ले सिक्किमे, बर्माली, मनिपुरे,अस्समे भुटानी भयका होइनन प्रवु | हामी तपाई जस्तै नेपाली नागरिकता बोक्नेहरुका पिरले (साहु बाट,बोक्सी बनिएर, आर्को जात पर्नाले, गरिब हुनाले ……) पनि हिनेका घटना छन् हई हजुर
      नेपाली पाहाडमा बाहुले खजाना तिरो तिरेका रसिद बोक्ने भुटानी पनि छन् |
      शिब जी तपाइले गलत लेख्नु भो भन खोजेको होइन |
      यति धरै आभाद्र न होइदिनुस भन्न खोजेको मात्र हो |
      “”””यी भुटानी नाम को मात्र नेपाली ले नेपाल को बद नाम गर्छ जसलाई देश को माया छैन देसै नहुनेले के माया गर्छर!”३ वर्षा अगाडिनै मैले यी भुटानी नेपाली हरुले गर्दा धेरै ठाउमा बिदेशी हरु संग बाझी सकेको छु””””
      बाज्नु पर्ने कारण के हुन्छर ??????????? अचच्म्म !!!!!! लेख्न आट गर्नुभाहो |
      It reflacts you sir .
      एक जना साथी पो भन्थे ” कोलोराडोमा त बाझएको मान्छेसंग पनि बोल्नु पर्ने ,मेरीलेण्डमा त छानी छानी बोल्न पाइन्छ, एक खेप वाजेको संग बोलिरनु पर्दैन”
      के तपाई पनि DV परेर जानु भा हो sir ??????
      तपाई अमरिकाबाट जस्तो लागेर हई |
      यदि हो भने पक्कै gas station मा काम गर्नु हुन्छ होइन ?
      एउटा गोरे कसटमरलाई सोध्नु होस् “Where are you from ?” उसले अम्रिका भन्दैन| के भन्छन सुन्नुहोस… सोच्नुस !!!!!!!!!!!!
      नेपाली अधिकार न पाए पनि , नेपाली सब्द प्रग्योग सम्म गर्न पाउ छन् कि ??????

      Reply
    2. sabita paudel says:
      November 4, 2012 at 2:57 am

      “जसलाई देश को माया छैन देसै नहुनेले के माया गर्छर!”

      अत्ति नै अमानवीय लग्यो यो बाक्य..कति रुखो भनाइ..खेद छ यो भनाइ प्रति.

      Reply
  6. purushottam says:
    August 8, 2012 at 11:11 pm

    केटाहरू ले under 18 लाई बलात्कार गरेछन under 18 सँग सेक्स नै गर्न हुन्न अमेरिकामा गैर कानुनी हुन्छ तेस माथी बलात्कार त झन् सधैं आफूलाई जेल मा सडाउने काम हो , नेपालमा बानी परेका होलान् नी क्राइम गर्न , नेपालमा जे गरे पनि हुने कानुन फितलो छ यहा अब बाउको बिहे देख्छन यिनीहरूले ,

    Reply
  7. Bishal pandit Maryland says:
    August 8, 2012 at 11:00 pm

    यी केटा हरु नेपाली होइन्नन् Bhutanese Hun
    बिशाल श्रेष्ठ पण्डित Maryland बाट

    Reply
  8. Bhim Narayan Yadav says:
    August 8, 2012 at 7:48 pm

    अपराधीको कुनै जात, धर्म र राष्ट्र हुदैन। जय होस्।

    Reply
  9. shiba says:
    August 8, 2012 at 10:05 am

    अहिले सम्म किटान गरेर यो नेपाल को नागरिक नेपाली र भाषा मात्र बोल्ने भुटानी बर्मेली को हो कसैले भनेनन्! यिनी हरु को होत काँह किन्जिल्ला हो घर यदि नेपाल कै हो भने! मलाई लाग्छ नेपाल बाट जानेले यस्तो अपराध गर्न कित हुलमुल मा पर्नु पर्यो कित तिलला जाँड धोकेको हुनु पर्यो किन भने USA सम्म यात्रा कति महँगो छ त्यो आम नेपाली को बस को कुरा हैन लाखौ खर्च गरेर usa गएकोले त्यसो गर्नु पूर्व हजरबार सोच्न बाध्य हुन्छ! पैशा को माम्लो हो भने गर्न सक्छा जस्तै ठगि खाने काम, बलात्कार अलि गारो नै हो! मान्छे को फोटो हेर्दा embassy विसा देला जस्तो त लाग्दैन, हाँ भुटानी हो भने रमाई रमाई बिना पैशा हवैजहज छाडेर गाका धेरै छन्! कहिले कदापी उनीहरुले हामी भुटानी भन्दैन नेपाली नै भन्छ मा बसेका देश मा पनि निकै छ कहिले भुटानी भन्दैन नेपाली नै भान्छा Identity भुटान लेखे पनि बोल्दा नेपाल कै हो भन्छ झन् झापा को हो हामी भन्छ युवा हरुले धेरैले झापा कै हो भन्छ भुटान युवा हरुलाई थाहा छैन! सच् कुरा अमेरिकामै बस्ने साथी भाई बाट थाहा पाउन पाए हुन्थ्यो नेपाल को नेपाली होकी भुटान बर्म बाट गको नेपाली ?

    Reply
  10. dipak shrestha says:
    August 8, 2012 at 9:10 am

    यी केटाहरुले आफ्नो र परिबारको मात्र होइन नेपाल कै बदनामी गरायो | येस्ता योंपिपासुहरुले आफुले गरेका कसुर अनुसारको सजाय बेहर्नु सिबाय अरु उपाय छैन |

    Reply
  11. indra kale chhantyal usa says:
    August 8, 2012 at 6:58 am

    हैन यो के सुन्न पर्यो ,यौन उत्तेजना ले हो कि रक्सीको तालमा हो ,मैले जस्तै खुरु ,खुरु भाडा माजेर नेपाल मा घर ,घडेरी जोड्नु ,यहिले त झन् डलर को भाउ पनि बढे को छ ,अनि यौन को प्यास मेटाउन लाइ त रबर को पनि कानुनिक रुप मा खरिद गर्न सकिन्छ ,हाहा १० मिनेट को मोझ ले १० वर्ष जेल जाने भो ब्रो हरु बधाई छ

    Reply
  12. pradip yadav says:
    August 8, 2012 at 6:45 am

    निक्कै दुख को कुरा हो, तर यसमा राम्रो छानबिन हुन पर्छ, हैन भने निर्दोष बैक्ती को जिन्दगी खेर जान सक्छ , i have seen the same sitaution in hydropower project in korea between labourer, but later they got married , this cannot happen here?

    Reply
    1. bibek dhakal says:
      August 9, 2012 at 1:32 pm

      हैन मलाई हामि नेपालि हरु को बानी देख्दा अचम्म लाग्छ. राम्रो कुरा मा चै support गर्न हामि हात त के औला पनि बढाऊदैनौ , तर अब येस्तई विदेश मा पक्राउ परेका अपराधि हरु , Indian Idol अनि खै के के जाति डान्स competition को लागि चै के के न जस्तो एकजूट भएर लागीपरछौ. रेप गरिसकेपछि त्यो केटि को सहमति मा बिहे गर्ने भन्ने कुरा आउछ र ? रेप जस्तो घिनलाग्दो पाशविक अपराध गर्ने त्येस्ता कुकुर हरु माथि पनि के सहानुभूति राख्नु हो, छि नेपाली को बुद्धि !

      Reply
  13. rem bahadur nepali says:
    August 8, 2012 at 5:16 am

    हैन के सरो राम्रो नामकम्यको नेपाली हरुल्य देसमा नेताले अब नेपाली हरुको कही गयारा इजेता कमौनी भयानन ????

    Reply
  14. himal says:
    August 8, 2012 at 4:50 am

    एस्त मोरा हरुले गरेर नै हाम्रो बेज्जत भए को कसरि यपे छन् विसा मेक्सिको बाट छिरे को जस्तो छ

    Reply
  15. Pradip Lal Shrestha 'लेकाली माइला' says:
    August 8, 2012 at 4:38 am

    त्यहि देशमा एक जना नेपाली ले ‘बर्षको उत्कृष्ट सिपाही’ को अवार्ड पाए उसले यो आवर्ड पाएर नेपाल को राम्रो नाम राखेको थियो,तर एक क्षणको कथित यौन प्यास मेटाउनको लागि सारा नेपालीको इज्जतलाई दाउमा राखेर तीन-तीन जना मिलेर कुकृत्य गरी छाड्यौ है ?

    Reply
  16. bishnu shrestha says:
    August 8, 2012 at 2:36 am

    जोस आयो भन्दामा होस गुमौने कामत गर्नहुन्नत नेपाल सम्झेर पिएहोलान कानुन सानुन गोलिमार भने होलान नेपाली जहाँपुगेपनी नेपाल आमाको बेइज्जत आफ्नो जिन्द्गित सडाएउ हाम्रोपनी बेइज्जत थुक्क पाजिहरु । । । । । ।

    Reply
  17. subodh says:
    August 8, 2012 at 2:06 am

    धन्यवाद सालोक्य जी
    वास्तविक कुरा के छ भने
    अहिले अमेरिका मा धेरै भुटानी सरदार्थी छन् तेसैले उनीहरु के गर्छन भन्दा कतै काम खोज्न जानु पर्यो भने WE GUYS ARE FROM BHUTAN भन्छन अनि जब गारो सारो पर्छ अनि म नेपाली हो भनेर अनेक समस्या लीएर आउचन. ACTUALLY THEY ARE BHUTANESE SO DONT PUBLISH THIS KIND OF NEWS TAKING NEPAL NAME . भुटानी सरदार्थी ले अमेरिकाको ATLANTA म़ा आघोसित बेस्यालय पनि खोलेका छन् मैले ढेखेको छु . मलाई नेपाली म़ा राम्रो संग लेख्न नाएपानी PLEASE EVERYBODY NEPALI PEOPLE CANT DO SUCH KIND OF WORK HERE IN USA .

    Reply
    1. prajjwal says:
      August 8, 2012 at 8:30 am

      hello subodh jee. do you know why they left bhutan. they were forced to leave bhutan coz their ancestor were from nepal. their culture, tradition, and language is nepali. most of the nepalese did not treat them as their own while living in nepal for 2 decades. thats the main reason why bhutanese nepali are building own identity and organization. they said they are bhutanese nepali no matter what situation they are in. THEY STILL SPEAK NEPALI AND WEARS DHAKA TOPI. dont say nepalese people are always good. i saw how they live in usa. and u also talk about prostitution. PLZ TAKE A LOOK AT BELOW LINKS
      http://nayakhabar.com/?p=9729
      http://www.youtube.com/watch?v=Wp0ryBa9S80
      Dont go to nationality brother.

      Reply
      1. diwakar says:
        September 19, 2012 at 10:15 pm

        भुटानी मात्रै होइन तिबेती हरु मा पनि यो लागु हुन्छ ! तिनी हरु जति बर्ष हाम्रो देश मा बसे पनि हाम्रो देश प्रति तिनीहरु कहिल्यै सकारात्मक हुदैनन् ! त्येसैले हाम्रो देशले यो सरनार्थी लाइ बोक्ने काम समाप्त गर्नु पर्चा !

        Reply
  18. nilam says:
    August 8, 2012 at 12:50 am

    नानि देखि लागे को बानि ! के लाग्यो ?? आजीवन जेल हाल्नु पर्छ||जति सक्छ धेरै सजाए दिनी पर्छ |ता कि कसैले गल्ती नदोहर्यावस |

    Reply
  19. काउचा , मगर says:
    August 8, 2012 at 12:21 am

    जे हुन्छ त्यहि अमेरिकामा हुदोरहेछ ////// अरुले राम्रा काम गरेर इज्जत राख्छन तिमीहरु चाहि….. हिजो मात्र ” बेस्ट सोल्जिएर अफ द इअर” को अवार्ड नेपाली ले पाएको थाहा भएको थियो, आहा नेपाली बहादुर नाम मात्र हैन काम पनि भनियो ..आज नेपालीबाट नै १६ वर्ष कि किशोरी बलात्कार कस्तो नमिठो खबर ……………..हैन अमेरिकामा त “स्टुडेन्ट बनेर भिसा लगाएर डलर कमाउन” पो जान्छन त / तिमी कलङ्क हरुचाहि किन काम पाएनौ ? यदि जानु नै थियो भने १०/२० डलर लिएर बेस्यालय गएभैहाल्थ्यो नि ? किन देशकै नाम प्रचार गरेको नि ?????????

    Reply
  20. shiba says:
    August 7, 2012 at 11:11 pm

    मैले सुनेको एउटा बलात्कार को घटना एउटा अमेरिकामा बसेका नेपाली नभएर नेपालको झापा बाट लागेका भुटानी नेपाली भनेर पहिला सुनेको तर यथार्थ अमेरिकामै बसेका साथीहरुको कमेन्ट बाट थाहा हुला अस्सली केहो

    Reply
    1. sandesh says:
      August 8, 2012 at 1:32 am

      मैले पनि तेस्तै सुनेको हो | नेपाली मुलका भुटानी सरनार्थी होलान जस्तो लाग्छ है |

      Reply
    2. Chandra Poudel says:
      August 8, 2012 at 5:49 am

      शायद भुटानीमुलका नेपाली भाषी नेपाली नै हुन सक्छन, उनीहरु बसेको राज्यनै पनि भुटानी मुलका नेपाली भाषीहरुको राम्रै बसोबास भएको राज्य हो .

      Reply
  21. roshan says:
    August 7, 2012 at 9:55 pm

    पर्यो केटाहरु फन्दामा अब जिन्दगि त गयो केटाहरुको तर नेपाल को नाम नै राख्यो नि नेताहरुले जस्तै.

    Reply
  22. Gaurav Nepali "Oodaaseen" says:
    August 7, 2012 at 9:30 pm

    थुक्क सुँगुरहरु !
    पार्बतिको आग्रहमा महादेवले सुन्गुर्लाई स्वोर्ग ल्यायाछान ! के गर्नु ति सुन्गुर्ले स्वोर्गामा पनि गु नाल कता छ भनेर भौतारिन थालेछन ! १८ बर्सको जेल संझाया र तेस्पछी घुम्दै फिर्दै रुम्जाटार हुने भो माने ब्याक टु पोखरा !

    Reply
    1. द्रोण says:
      August 8, 2012 at 4:03 am

      खाने हरुको सुगुर मिठो तरकारी छ त् सुगुर को किन अपमान गरिलिनु हुन्छ |सुगुर्ले कहिले बलात्कार गर्नु भए छ |

      Reply
  23. purna magar says:
    August 7, 2012 at 9:17 pm

    थुइक्क कुलङ्गारहरू!

    Reply
  24. suman says:
    August 7, 2012 at 7:36 pm

    ट्यापेहरु कसरि अमेरिका पुगेछन् ????? मेक्सिकोतिर बाट होला

    Reply
  25. lalanath says:
    August 7, 2012 at 7:23 pm

    नेपालीहरु जहाँ गए पनि जात जनाइहाल्छन् ????????????

    थुक्क मोरा हरु हो!!!!!!!!!!!!!!!!!!! बेइज्जत नेपालीको!!!! हामीलाई सहित लज्जित बनायोउ

    Reply
    1. robin says:
      August 8, 2012 at 8:55 am

      नेपाली लाई दोष दिनु पर्ने तिम्रो गरिब मानसिकता झल्कियो lalanath ज्यू |

      Reply
      1. lalanath says:
        August 8, 2012 at 3:47 pm

        कसलाई दोस दिनुपर्ला त robin जी ??????????? लेख अनुसार त नेपालीले बलात्कार गरेको भन्ने बुझिन्छ.! कि अमेरिकीले “फसाउने सड्यन्त्र” गरेको हो भन्नु? म संग तेस्तो अन्तर्ज्ञान छैन जुन तपाइँ लेखेको र देखेको भन्दा बढी बुझ्नु हुन्छ ! अर्को कुरा नेपाली लाई दोष दिनु पर्ने धेरै (कारण ……….) छन तर तपाइको मानसिक अवस्था हेर्दा बुझ्नुहुन्न जस्तो लाग्यो!

        Reply
    2. raj says:
      August 8, 2012 at 9:31 am

      इनीहरु र नेपाली नेता मा केहि फरक छैन. नेपाली नेता देश को बलात्कार गर्छन इनीहरुले केटि को. १८ वर्ष जेल भोगेसी ठिक्क पर्छ. कुलंगार

      Reply
  26. DN Khanal (Boston) says:
    August 7, 2012 at 7:11 pm

    केटाहरुले मोज गरौँ भन्ठाने होला
    America बस्नेले यहाको कानुनको
    पनि study गर्नु पर्यो नि भाइहरु

    Reply
  27. Deepak says:
    August 7, 2012 at 6:40 pm

    अहिले नेपालमा जे चलेको छ त्यहि गरेछन मोराहरुले. अमेरिका भनेको नेपाल जस्तो कानुनहिन राज्य होईन. नेपालमा कपडा लगाएका चेली हरुलाई नांगै बनाई बलात्कार गर्नेलाई पनि छुट भएको जस्तो लागेकोले गर्दा होला, अमेरिकामा त् नांगै हिड्नेलाई पनि बलात्कार गर्न मिल्दैन. यहाँ कानुन छ, यहाँ सरकार छ !!
    पहिले पहिले, बाउ-बाजेहरूले, आफ्नो ईमान्दारी र बहादुरीले कमाएको नाम अहिले छोरा-नातिले बलात्कारी बन्दै फाल्दै छन्. जहाँ देश को हालत त् त्यस्तो छ भने, जनताले के सिकेर के देखाउन त होईन र ??
    दिपक अधिकारी
    जर्मनी

    Reply
  28. sagar BC says:
    August 7, 2012 at 5:26 pm

    नेपाली हरु मरी मरी अमेरिका जान्छन, यदि त्या गएर यस्तो पुरुसत्व प्रकट गर्दछन…वाह !!!

    Reply
  29. Sisir says:
    August 7, 2012 at 5:13 pm

    नाम राख्दै छन् केटाहरु ??

    Reply
  30. kedar says:
    August 7, 2012 at 4:43 pm

    बधाई छ है ब्रो हरु | हाम्रो नाक येसरी नै राख्दै जानु अरु त जानेको भएपो !! घरमा हलो जोत्नका गाह्राले विदेश पुगेका गुहु हरु

    Reply
  31. Jenish says:
    August 7, 2012 at 4:18 pm

    If proved guilty and sent to prison they will be living in hell for next 18 years, if they can survive that long!
    America has one of the dangerous prison centres in the world. If you’re small and vulnerable you’re done!!! They will take advantage of you again and again.
    Watch some video on youtube!

    Reply
  32. Sarose Koirala says:
    August 7, 2012 at 4:17 pm

    मान्छेलाई अमेरिका जान कति रहर हुन्छ तिमी जेमराज हरुलाई चाहिं त्यहाँ गएर जे पायो तेही गर्नु पर्ने ? थुक्क काइते हो नेपालको बेइज्जत नै गरेउ है अमेरिकामा पनि

    Reply
  33. द्रोण says:
    August 7, 2012 at 4:04 pm

    यो सब रातो झोल को करामत जस्तो देखिन्छ |

    Reply
  34. krishna says:
    August 7, 2012 at 3:51 pm

    छोड्न हुदैन तिनै जनालाई फासी दिनु पर्छ

    Reply
  35. shreesh thapa says:
    August 7, 2012 at 3:42 pm

    अब बाउको बिहे देख्ने भैहाल्योनी….

    Reply
  36. desbhakta NEPALI says:
    August 7, 2012 at 3:40 pm

    बधाई छ नेपालीको पहिचान देखयछौ त्यहाँ पनि !!

    Reply
  37. Uttam Dhakal says:
    August 7, 2012 at 3:21 pm

    थुक्क मुला नाथे नामर्दहरू, अमेरिकामा त मृत्युदण्डको सजाय पनि छ होइन र???

    Reply
    1. Jenish says:
      August 7, 2012 at 11:57 pm

      मृत्युदण्डको भन्दा दार्लाग्दो सजाई हुन्छ जेलमा मित्र! बरु मृत्युदण्ड भए ठिक हुन् थियो| जेलमा त दिन दिनै मृत्युदण्ड हुन्छ, हरेकरात मृत्युदण्ड हुन्छ!

      Reply
    2. jitu says:
      August 8, 2012 at 3:14 am

      छ तर केहि राज्य मा मात्र

      Reply
  38. Pushpa says:
    August 7, 2012 at 2:26 pm

    तेरीमा जड्या हो ! नेपाल सोचेको होलस, स्वास्नी कुट्ने, युवती माथि अपराध गर्ने . लेसन सिकेर बस अब !

    Reply
  39. Rai Yang pitang chhu Oxford says:
    August 7, 2012 at 1:58 pm

    यो अरु केहि होइन पश्चिमी सभ्यताको रंग चडेको हो |कर्म गरे अनुसार फल पाइन्छ, दुष्कर्म गरे पछि सजाय त पाउनै पर्छ |

    Reply
    1. dilip gurung says:
      August 8, 2012 at 7:38 pm

      कस्तो बेकुफ कुरा गरेको सोम तिमीले| के पश्चिमी सभ्यताले कसैको बलात्कार गर भनेको छ| सुन्दै रनक्क हुने कुरो गर्छ|

      Reply
  40. Bino, Italy says:
    August 7, 2012 at 1:53 pm

    एका बिहानै त्यहि देशमा एक जना नेपाली ले ‘बर्षको उत्कृष्ट सिपाही’ को अवार्ड पाएको पढ्न पाइयो अनि त्यहीं अर्को लाजमर्दो यो समाचार l एक क्षणको कथित यौन प्यास मेटाउनको लागि सारा नेपालीको इज्जतलाई दाउमा राखेर तीन-तीन जना मिलेर कुकृत्य गरी छाड्यौ है? तिमीहरुलाई गाली दिन म संग अरु कुनै शब्दहरु नै छैनन् l

    Reply

Leave a Reply to subodh Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme