Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बन्दले दिक्क हुनुभा छ? आयोजकलाई असन्तुष्टि पोख्नुस्

Posted on August 6, 2012 by mysansar

-क्षितिज-

उपत्यकाबासीलाई लगातार चार दिन र उपत्यकाबाहिरकालाई लगातार दुई दिन डिस्काउन्टेड बन्द गर्नेहरुदेखि दिक्क हुनुभाछ? निकै रिस उठेको छ? आफ्नो आवाज ती नेताहरु समक्ष कसरी पुर्‍याउने जस्तो लागिराछ ? त्यसो भए धन्दा नमान्नुस्, तपाईँहरुको फेसबुक अकाउन्ट त छ हैन, हो यो आन्दोलन गर्ने युवा संघका नेताहरुको पनि फेसबुक अकाउन्ट रहेछ। उनीहरुको अकाउन्टमा गएर वालमा वा मेसेजमा मज्जाले आफ्नो असन्तुष्टि पोख्नुस्। चाहनहुन्छ भने त्यहाँ लेखिएका कुरालाई यहाँ तल कमेन्टमा पनि कपिपेस्ट हान्नुस्।

आन्दोलन गर्ने युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतको फेसबुक
http://www.facebook.com/mahesh.basnet.71

आन्दोलन परिचालन कमिटीका संयोजक झपड रावल
http://www.facebook.com/jhapat.rawal.1

महासचिव निरज आचार्य
http://www.facebook.com/niraj.acharya.94

30 thoughts on “बन्दले दिक्क हुनुभा छ? आयोजकलाई असन्तुष्टि पोख्नुस्”

  1. sharada pant says:
    August 10, 2012 at 3:17 pm

    राजनितिमा ब्यक्तिगत स्वार्थको सत्यतालाई दवाउनु पर्दछ भन्ने मान्यत राखिन्छ । किनकी ब्यक्तिगत स्वार्थलाई स्वीकार्ने हो भने राजनितिलाई कसैले स्वीकार्दैनन् अथवा बिश्वास गर्दैनन् । ब्यक्तिगत स्वार्थलाई त्यागी सामुहिक स्वार्थ प्राप्तिका लागी प्रयत्तन गर्नेछु भन्ने राजनितिक प्रतिवद्धतालाईनै बिश्वास गरेर जनताले राज्यको नागरिक हुनसम्म कवुल गरी आफ्नो हक, अधिकार र जिम्मेवारीलाई निर्वाचन अथवा अन्य कुनै प्रक्रियाबाट प्रतिनिधि मार्फत राजनितिलाई हस्तान्तरण गरेका हुन्छन् । अथवा स्वतन्त्र ब्यक्तिहरु जब नागरिक हुन कबुल गर्छन् तव उनिहरुले राज्य र राजनितिको नियन्त्रण स्वीर्कान मञ्जुरी दिएका हुन्छन । अथवा आफु माथी शासन गर्न नागरीकका नाताले राज्य र राजनितिलाई स्वीकृति दिएका हुन्छन त्यसैले राजनितिद्वारा निर्मित कानुन एवंम् ब्यवस्थाको पालना गर्छन र राजनितिद्वारा निर्धारीत अधिकार र स्वतन्त्रतालाई स्वीकार्छन र समाज राजनितिद्वारा संचालित हुन थाल्छ । त्यसैले मानव सभ्यताको सूरुवातमा गरेको सम्झौतालाई परिवर्तन हुन नदिएर नियन्त्रण गर्ने स्वभावनै राजनिति हो किनकी मानव सभ्यताको सुरुवातमा बिचारको प्रारम्भ संगै बाँच्नकालागी गरेको अमुर्त सम्झौता आजका युगकालागी कदापी यथार्तता हुन सक्दैन । बिगतमा स्वार्थ रहित मानव थियो भने पनि बर्तमानमा त्यस्तो छैन र जे छैन त्यसको पछाडी लाग्नु ब्यर्थ समयको दुरुपयोग हो र समयको दुरुपयोग भनेको जीवनको दुरुपयोग हो त्यसैले जे छ त्यसको बिकास र ब्यवस्थापनमा बिचार लगायौं भने त्यसले सुख, शान्ति र सम्वृधि दिन्छ किनकी हामीले त्यसको उपयोग आफ्ना लागी ग¥यौं । तर राजनितिले सभ्यताको सुरुवातमा गरिएको सम्झैतालाई ब्यक्तिगत स्वार्थ त्याग्ने प्रकृयाको निरन्तररताको रुपमा लियो र समाजमा परिभाषित गरियो । यसै प्रक्रियालाई निरन्तरता दिँदै आफु अस्थित्वमा रहिरहनका लागी राजनितिले ब्यक्तिगत स्वार्थलाई नकारात्मक प्रवृतिको संज्ञा दिँदै दवाउन खोजेको हुन्छ र त्यो मार्गबाट हिँडनेहरु ब्यक्तिगत स्वार्थ त्याग्ने प्रयत्नमा कित आतंकित भईरहेका हुन्छन कित स्वर्थ त्यागेको भ«ममा भ«मित भईरहेका हुन्छन कित भ«मित बनाईरहेका हुन्छन । किनकी ब्यक्तिगत स्वार्थ सबैमा हुन्छ भन्ने मान्यतालाई समाजले महत्व दियो भने समाजसेबीका नाउँमा शासक बन्ने मार्गको औचित्य माथी प्रश्न आउन्छ र जसपछि कित सबै राजनितिभित्र समेटिनका लागी प्रतिस्पर्धा गर्नेछन अथवा राजनिति केवल आफ्नो अस्थित्वको प्राप्ति र प्रभावकालागी अपनाईने पेशा बन्नेछ कित आम जनताले नागरिक बन्न अस्वीकार गरी आफ्नो अधिकार मतदानका रुपमा राजनितिलाई हस्तान्तरण गर्न समेत अस्विकार गर्नेछन । यि दुबै अवस्थामा पहिलो अवस्था श्रीजना भयो भने त्यो असत्यमा अडिएको दुख, अशान्ति र आतंकमय समाजका रुपमा बिकसित हुँदै जानेछ । त्यस समाजमा शासक बन्नकालागी प्रतिस्पर्धा हुनेछ तर राजनितिको पृष्ठमा शासक वर्गको सानो हिस्सा मात्र अटाउने भएकाले तनावपुर्ण प्रतिस्पर्धाको प्रक्रिया सुरु हुन थाल्दछ र यस्तो प्रकारको राजनितिक सत्ता र स्वार्थ केन्द्रित प्रतिस्पर्धाले क्रान्ति होईन हिंसालाई जगाईरहेको हुन्छ र यो जति बैचारिक्ताको बिकास हुँदै जान्छ त्यतिनै झन जटिल र तनावपुर्ण बन्दै जान्छ । तर राजनितिले समाजमा भने ब्यक्तिगत स्वार्थ त्याग्नु पर्छ भनेर असम्भव र असत्य भ«म फैलाई रहेको हुन्छ । जवकी पारिवारिक एवं सामाजिक स्वार्थको उत्पत्ति र बिकासनै ब्यक्तिगत स्वार्थबाट भएको हुन्छ । आफुभन्दा धेरै माया अरुलाई गर्छु भन्नु अज्ञानता र असत्यता हो । त्यो त परिस्थितिको बोधनै नभएका कारण स्वार्थ प्राप्तिका लागीनै उपयोग हुने क्ष्यणिक यथार्थता हुन सक्छ तर सत्य होईन । जब अन्तिम अस्थित्वको बिकल्पहिन स्थीति आउन्छ त्यसबेला उसको बैचारिक संयन्त्रले आफ्नालागी मात्र सोच्दछ, हुन सक्छ कोही कसैका लागी भावावेशमा आएर छातिमा गोलि पनि थाप्ला यदि नमरेर पीडामा तड्पिन परे उसले आफ्नै पीडा बिर्सने प्रथम प्रयत्न गर्छ । यो मानविय गुणनै हो । किनकी मानव बिकासको मुल कारण बैचारिक्ताको बिकास हो र बिचारको प्रारम्भ आफ्ना लागी गरिएको प्रयत्नबाट भएको थियो र हुन्छ । स्वार्थ भनेको पनि त्यही प्रयत्न हो र स्वार्थ त्याग्न खोज्नु भनेको कित अद्भुत स्वार्थ हो कित पागलपन हो किनकी बास्तवमै स्वार्थ त्यागिदै जानु भनेको त बिचार सकिँदै जानु हो किनकी बिचारको निर्माणनै स्वर्थद्वारा जडित छ र जो प्रकृति हो त्यो त्यागिन्छ कसरी ? समाजमा प्रायः जसो जनतानै त्यो भ«ममा भ«मित भएर अप्राकृतिक प्रयत्नमा सामेल भई राजनितिको परिभाषामा माहान बन्न प्रयत्न गर्दै आतंकित जीवन बाँच्न बाध्य होलान तर राजनितिमा बर्तमानका शासकहरु कदापि त्यो भ«ममा भ«मित हुँदैनन् । अथवा ब्यक्तिगत स्वार्थको प्रकृतिलाई दवाउन त असम्भव छ तर पनि लुकाउन सक्नेहरुनै राजनितिमा शासक हुन्छन । बास्तवमा सत्य त यही होकी जसरी सरिर नभएको जीव, जीवको रुपमा अस्थित्वमा हुन सक्दैन त्यसरीनै स्वार्थ नभएको बिचार, बिचारको रुपमा अस्थित्वमा हुन सक्दैन । पशु र पागल बाहेक हरेक बिचार भएको मान्छे संग ब्यक्तिगत स्वार्थ हुन्छनै । जसरी जीव हुनकालागी आकार चाहिन्छ र आकार हुनकालागी सरिर चाहिन्छ त्यसरीनै मान्छे हुनकालागी बिचार चाहिन्छ र बिचार हुनकालागी स्वर्थ । तर यस्तो अकाट्य सत्यलाई चुनौति दिँदै राजनिति ब्यक्तिगत स्वार्थ त्यागेका मानिसहरुको खोजि गर्दछ र शासक बन्नकालागी प्रतिस्पर्धा गराउन्छ । र ति प्रतिस्पर्धामा जितेकाहरुलाई शासक बनार्ई सामाजिक दायित्व सुम्पिदिन्छ । बर्तमान समाज यही प्रक्रियाबाट अगाडी बढीरहेको छ । तर नेपालको सन्दर्भमा राजनितिले सामाजिक दायित्व सुम्पेका शासकहरु आफ्नो ब्यक्तिगत स्वार्थलाई दबाउन त कुरै छाडौं लुकाउन समेत सकिरेका छैनन् । र अर्कोतिर बैचारिक्तको बिकास संगै अधिकाँस जनताले ब्यक्तिगत स्वर्थको सत्यता बुझिसकेका छन र पो आफु पनि राजनितिको पृष्ठमा अटाउन बिभिन्न संगठनहरुमा संगठित हुँदै प्रतिस्पर्धा गरिरहेका छन ।

    Reply
  2. Sonam Sherpa says:
    August 9, 2012 at 7:42 pm

    यस्ता भर्ष्टचारले अकुत रुपमा कामेको २ , ४ आना जग्गा बेचेको पैशाले गुण्डा पालेको भरमा नेता हुन्छु भन्ने मनस्थिति भएका नेताले देश चलाउछु र यस्ता लाई जनताले बहिष्कार गरु तह नालागाए सम्म यो रबैया रही रहन्छ / देश र जनताले दुख पाईरहन्छ / विधिले चलेको देश भएको भए सायद ओली महेश जेलमा हुन्थे होलान तर यिनीहरु सडकमा दुक्रदै हिड्छन / र दादागिरी मच्याउछन् / यहि देशको अभिशाप हो /
    ओली जस्ता देश द्रोहीलाई नेता मानि रहनु /

    Reply
  3. Krishna Pokharel says:
    August 8, 2012 at 4:06 pm

    मैले पनि मनु ब्राजाकी को यो दुई पंक्ती पेश गरेँ
    ..
    राष्ट्र मेरो लुटिदैँ छ राष्ट्र गीत गाउनेबाट
    दौरा सुरुवाल, ढाका टोपी मिलाएर लाउनेबाट॥
    ..

    Reply
  4. Nagendra tolangi says:
    August 8, 2012 at 1:24 pm

    यो बन्द गर्ने नेता हरु लाई यो भन्न चाहन्छु यदि तपाईंको छोरा छोरी सिकिस्त छ र होस्पिट्ल लनु पर्ने छ भने त्योबेलामा बजार बन्द अरुले गरे भने तपाईंलाई के फील हुन्छ ?

    Reply
  5. ninen says:
    August 7, 2012 at 10:29 pm

    यिनीहरुलाई जतिनै भनेपनि ,जतिनै गाइजात्रे ब्यङ्ग हानेपानी,जतिनै कमेन्ट गरेपनि ,जतिनै गरेपनि टेर्ने वाला छैन हौ,,,सब देखाउने हात्तिको दात मात्रै हो,आज यो भएन भने अर्कै पार्टी ले ,भोलि त्यो भएन भनेर अर्कै पार्टी ले उफफ्फ्फ्फ़ कति दुख देको हौ??? काम छैन (एए काम नै पो यिनीहरुको यही हो )सब साना ठुला टाउके हरुलाई on the spot shot गर्नु पर्ने ….

    Reply
  6. Pradeep says:
    August 7, 2012 at 8:55 pm

    किन दिक्क हुनु बन्द बाट देस चलिरहेको छ भनेर देखाउने उपाय यहि त हो नि ! यो जनता को नाममा जनता को पैसा बाट जनता लाई दुख दिने काईदा हो ! बाबुराम लाई हटाउन दुख जनता लाई ! तरकारी, खाध्य आदि कालोबजारी आदि संग चन्दा को नाम मा असुल्ने अनि महंगी र बन्द को मार जनता लाई ! भ्रस्टाचार , महंगी र शान्ति सुरछ्या को लागि त्येही बाट पिडित जनता लाई थप पिडा ! के बाबुराम ले छोडे भने अरु पार्टी ले देस मा राम राज्य ल्याउछन त ? बन्द बिकृति लाई सँस्थागत गराउने मध्यम मात्र हो र बिकृति ल्याउने हरु संग उठाउने चाला मात्र हो !

    Reply
  7. rebatiman shrestha says:
    August 7, 2012 at 6:16 pm

    अर्को कुनै तरिका बाट बिरोध गरौ नकी यो लुच्चो ताल ले लुचो पापी अपराधी देश मारा नेता को पछी लागौं मेरा युवा यो देश का भबिस्य बोकेका मित्र हरु / यो ताल ले नास हुनछ तर विकास हुन्न है /

    Reply
  8. Suman bhote says:
    August 7, 2012 at 5:44 pm

    लात को भूत बातले के मानलान…..
    भैसी लै जति धोयपनि गाइ कहिले हुदैन……
    रगत खान पल्केकोलाई non – veg कसरि पच्छ…
    प्रतिकार गरौ आफ्नो आफ्नो ठाउँ बाट…..

    Reply
  9. Ramesh Neupane says:
    August 7, 2012 at 3:59 pm

    खातेहरु जति असन्तुष्टि राखेपनि सुनेको नासुनेई गर्छन . युवाका नाम मा कलङ्क

    Reply
  10. Ujjwal says:
    August 7, 2012 at 1:27 pm

    जनता को दुख नाबुज्ने येश्ता काम नलाग्ने युवा हरु ले देश लाइ कता लाने हुन्…………….

    Reply
  11. Binesh says:
    August 7, 2012 at 3:40 am

    यदी भोलि गएर नेता हुनु छ र आफ्नो अस्थीत्तो राख्नु छ भने आहिले को विद्यार्थी नेता ले
    १. बन्दको नाइकेको बिरोध गरउनु पर्छा र कसैलाई पनि आफ्नो दैनिकीमा दुखः दिनु हुन्न|
    २. आफ्नो पार्टी भित्रका date expire भएका नेताहरुलाइ ठिक ठाउँमा लगेर तह लगाउनु पर्छा
    ३. बाटो बिर्सेर छरपस्ट भएका नयाँ पुस्ताका नेता भनौदाहरुलाइ एउटा सहि बाटोमा हिड्न सिकाउनु पर्छा
    ४. जसले बन्द गर्ने भन्छ तेस्लाई तेस्कै घरमा बन्द गरिदिनु पर्छा
    तर यिनीहरु कसैमा पनि यति हुति छैन, यिनका नेता ले यिनीहरु को खाली दिमाग लाइ नै बन्द गरिदिई सकेका छन् | तेसैले यिनीहरु को दिमागमा कर्म प्रेमी जनता र गरिखाने सर्ब साधारणले भनेको केहि जादैन, उनीहरु को पिडा सुन्दैन | हरे भगवान अब इनिहरुको दिमाग मा लागेको ताल्चा कसले खोलिदिने होला |

    Reply
  12. prakash joshee says:
    August 7, 2012 at 2:41 am

    राष्ट्र घाती बाबुराम होइन एमाले नेता माधब नेपाल , के पी ओली हो। चक्काजाम बन्द मा समर्थन छैन बन्द नगरिदिनुहुन समेत अनुरोध गर्छौ।

    Reply
  13. samar thapa says:
    August 7, 2012 at 12:56 am

    भाते हरु उनि हरु सट्टामा हुदा कार्यकर्ता पोसे ! अहिले त्यहि गर्न नपायर सुत्न सकेका छैनन् नि अरु त क हुनु ! कहिले भेना जी को पालो कहिले साला को पालो ! भेना को पालो मा साला हरुलाई खपी सक्नु भाको छैन !

    Reply
  14. Janak b Thapa says:
    August 6, 2012 at 11:25 pm

    Nepal मा बन्द हड्ताल अनि हिन्ग्सा जस्ता समन्य भैसक्यो किन हो बन्द हड्ताल गरेर आयोजक मित्र र उसका चम्चा हरु लै कुन किसिमको फाइदा हुन्छा हामी जनता लै दुख देयर साले भात मार हरु को काम छैन ? यदि छैन भने विदेश मा आयरा काम गर हामी दिन्छु विसा र काम होइन भने बन्द गर एस्ता बन्द हड्ताल हाम्रो सुन्दर नेपाल मा

    Reply
  15. प्रदिप न्यौपाने नेपाली says:
    August 6, 2012 at 11:14 pm

    धन्यबाद है. क्या मज्जाले नेपालीमा XXX गाली गरेर message पठाए.

    Reply
  16. Tulasi Wosti says:
    August 6, 2012 at 9:32 pm

    मैले नबुझेको एउटा कुरा किन जनता हरु यिनी देसद्रोही हरुको पछी लगेर हिडेका होलान, किन यिनी हरुको सभा समारोहमा सहभागी भयका होलान, राजनीति लाई त यिनी हरुले गरि खाने भाडो नै बनाया नि चोर हरुले, फटाहा हरुले केहि काम पनि गर्नु पर्दैन, के केहि काम पनि नगरी चोर हरु कसरि बसेका छन् काठमाडौँ मा, सबै लाइ थर्कौदै, बाहिर बाहिर आको हैजा ले यिनी हरु लाई लानु नि सोझा साझा जनता लाई भन्दा

    Reply
  17. प्रकाश आचार्य says:
    August 6, 2012 at 9:07 pm

    यस्तो लेखें सबैजनालाई MESSAGE गरेर:
    “कृपया एस्ता बन्दहरु सदा को लागि नेपालबाट बन्द गर्नुस| त्यो बाबुराम तपाईंका पार्टीहरु र तीनका नेताको सत्तालोभको लागि तानाशाह होला तर यसरी बन्द गर्नु देशको, जनता, अर्थ्रतंत्रको लागि झनै घातक हुन्छ भनेर थाहा हुदा हुदै येसरी जनतालाई दुख दिनु अझ ठुलो तानाशाह, रास्ट्रद्रोह, अपराध मात्रै हैन अदुरदर्शिता, अज्ञानता र मुर्खता हो| नेपाली जनतालाई यो पट्टक्कै मन परेको छैन| इश्वरले तपाईंजस्ताको घैटोमा छिट्टै घाम लगाउन्|”

    Reply
  18. Bino, Italy says:
    August 6, 2012 at 8:57 pm

    नेताहरु रे ??? नाइके भन्नुस् न नाइके…….. गुन्डाहरुको नाइके l जनताको भावनाको कुनै कदर नगर्ने पनि नेता हुन्छ कहिल्यै ?

    Reply
  19. Madhab Bhattarai says:
    August 6, 2012 at 6:35 pm

    आफ्ना संततिहरुलाई स्कुल कलेज जानबाट बंचित पारी, आम सर्ब-साधारणलाई दिन सम्म दुःख दिएर कस्तो र कसका लागी ? परिवर्तन खोजेका हुन यिनिहरूले ? के नेपालको भाबी पुस्ता पनी यिनीहरु जस्तै बिबेकहिन् “मूढ़” हरुको जमात बनोस र पार्टीको झंडा र डंडा बोकेर “बाह्रमासे” आन्दोलन, तोड़फोड़, आगजनी मै जीवन बिताउने झोले कार्यकर्ता बनुन भन्ने चाहन्छन यिनीहरु ? येस्ता “हरिलट्ठक स्वाठ” हरु संग के गुनासो गर्नु ? के असन्तुष्टि पोखनु ?

    Reply
  20. yurenlimbu says:
    August 6, 2012 at 6:26 pm

    आफ्नो निहित स्वार्थ को लागि बन्द गर्ने लाइ जे भनेर गालि गरे पनि कमै हुन्छ

    Reply
  21. DEEPA says:
    August 6, 2012 at 5:17 pm

    थोरै भो. दिन भर बन्द गर्नु पर्यो साथि हो…

    Reply
  22. महन्त जी says:
    August 6, 2012 at 4:56 pm

    बन्द मज्जा लाग्यो ! यस्तो पो हुनु पर्छ त बन्द भनेको ! कार्यकर्ता को किफायती पनि हुदो रहेछ | कार्य कर्ताको खडेरी परेको बेलामा बन्द यस्तै हुनु पर्छ | अझ बिहान ४ बजे देखि ७ बजे सम्म गरेको भए झन् सजिलो हुने थियो ! गरिबीको कारणले बिहान पढ्न जानु पर्ने बिद्यार्थीहरु र केहि मजदुरहरुलाई मात्र असर परेको छ | नत्र अन्यलाई बन्द थाहा पनि भएन | चक्रपथ बाहिर गाउ तिर बन्दको गन्द पनि थिएन | चक्रपथ आइपुगे पछि भने अझै एमाले बाकी रहेछ भन्ने भान भयो | जे होस्, बन्द त गरे कै हो बा !

    Reply
  23. madan bajracharya says:
    August 6, 2012 at 4:55 pm

    ई दलहरुले केहि महिना बन्द हड्ताल नगर्ने निर्णय गरेको थियो/ तर पालना गरेनन/ जनताको अधिकारमा बन्देज लगाउने ई नेताहरुको यो लोकतन्त्र कस्तो लोकतन्त्र हो?

    भन्नमा ईनिहरुले उहिले पंचायतमा जनाताको अधिकार हनन गरेको थियो भन्छन तर पंचेले भन्दा ईनिहरुले नै जनताको अधिकार माथि डकैति गर्दै आयको छ/ ईनिहरुको यो लोकतन्त्र नाम दियको ब्यबस्था त् बास्ताविक्मै भन्ने हो भने लुटतन्त्र हो, जनताको अधिकार पनि, जनता र रास्ट्रको सम्पति पनि लुटेको मासेकै छ/ चुनावमा जनताले हराय पनि कुर्सि हदपेकै छ/ जनतालाई कुनै बिकल्प नै नदिने यो लोकतन्त्र होईन त् तानाशाही जमातको लुटतन्त्र हो लोकतन्त्र कदापि होईन/

    हुनत पन्चे पनि ईनिहरुनै हुन् पंचायत चलाउने पनि ईनिहरुनै हुन्/ राजाले पत्याय सम्म, राजालाई झुक्याउन सके सम्म पन्चे बनेर लुट्यो अब लोकतन्त्रे बनेर लुत्त्दै छन्/ अबको चुनावमा पनि ईनिहरु मध्य मै कुनै अर्को लुटाह फताह छान्नु पर्ने हो भने तेस्तो चुनावलाई बहिस्कार गर्नु नै उतम हुनेछ/ पंचायतकाल मा कसैलाई पनि “ई ..” भनेर फरिया उठायर देखाउने नानिमैया भन्दा निर्लज्ज बनेको छ ईनिहरु/ अब यो भन्दा बढी के गालि गर्ने खै?

    Reply
  24. Sisir says:
    August 6, 2012 at 4:06 pm

    बालकृष्ण समको मुकुन्द इन्दिराको एउटा हरफ याद आयो
    “सुन्दैन एदी सुन्नेले भने बोल्ने मात्र गर्ने के ?
    नागा को देशमा धोबी गइ काम पाउछ के ? ”

    यिनीहरुको facebook मा कमेन्ट गर्नु पनि तेस्तै तेस्तै हो ..भातमाराहरु ..

    Reply
  25. Dr. Shlok vaddhaanand , Sydney says:
    August 6, 2012 at 3:38 pm

    हे भाई बृन्द , किन गर्छौ बन्द / निम्त्याउनु छैन फेरी अर्को द्वन्द्व //
    विद्यार्थी भन्छौ दिस्कौन्त पाउन / किन होश छैन विद्या हराउन //
    (आदिकविको भानुभक्तीय रामायणको लय ‘हे भाइ गर्छौ किन आज जिद्दी ‘ अनुसार पढौं )

    Reply
  26. razan says:
    August 6, 2012 at 3:30 pm

    न्यायप्रेमी युबाहरु युवासंघमा, सामाजिक परिवर्तन युवाको काधमा भन्ने नारा मिठो छ तर व्यवहार … के यस्ता बन्दहरुले सामाजिक परिवर्तन ल्याउलान त कमरेड ..!!

    Reply
  27. Basant says:
    August 6, 2012 at 2:24 pm

    ओहो saalokya जी कति बाठा हुन् यिनी एमालेका डाका हरु, उनीहरुको पेज मा केहि लेख्नै मिल्दैन अनि उनीहरुले माइ संसार हेर्छ भन्ने के ग्यारेन्टी ???

    Reply
  28. Dipendra maharjan says:
    August 6, 2012 at 2:04 pm

    कुकुर नेताहरुको पार्टी त हो नि. अरुले गर्दा विरोध गर्नी. मौका पायोकी कुकुरहरु को बेहोरा देखौनी अनि छावरा हरु बिचारहरु ले हामी जनताहरु लाई दुख दिनछन्.

    Reply
  29. SURENDRA SUBEDI says:
    August 6, 2012 at 12:09 pm

    नेपाली जनता ले हरेक समय मा हरेक समस्या झेलेर एक मुठी प्राण कहिले सम्म बच्ने?कस्तो बिडम्बना ? सरकार र नेता सग जनता ले केहि माग्दैन,न पानी माग्छ ,न बिजुली माग्छ ,न रोजगार माग्छ ,नत स्वास्थ सुबिधा नै मागेको छ र पनि किन नेता र सरकार हरु को कर्मैया भएर बाच्न बाध्य पारिन्छ?कहिले सम्म ? किन दल का भात मारा संगठन का कार्यकर्ता हरु ले न बुजेका?सकिन्छ भने तिम्रो दल का नेता विरुद्ध जिहाद छेड्ने काम गरेर नेपाली जनता लाई राहत देउ न?होइन भने यो सदै को बन्ध किन?कसको लागि गरेको यो बन्ध ?तेही हिजो हाम्रो भोट ले मोटाएका सुगुर हरु का लागि होइन त?सकिन्छ भने देस मा अविरल बर्षा ले गरेको जान धन को छती मा जनता लाई राहत दिने काम को बारे मा अगाडी बढे कसो होला?सकिन्न भने यो बन्ध जस्तो अपराद किन गर्ने???

    Reply
  30. sameer says:
    August 6, 2012 at 11:57 am

    मान्छेहरूलाई भए पो लेख्नु र “अन्य”लाई के लेख्नु, त्यसैले लेखिन।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme