गाइजात्रा हास्यव्यङ्ग्य सप्ताहका रुपमा सात दिन मनाउने चलन छ। यसपालिको गाइजात्रा सप्ताहको पूर्वसन्ध्यामा मनोज गजुरेलको कोसेली
(सिंगो मञ्च राता ध्वजा पतकाहरुद्धारा सजाइएको छ । दायाँतिर बाद्यवादकहरु बसेकाछन् भने बायाँकुनामा ‘ग्रिनरुम’ बनाईको छ । ग्रिनरुममा कलाकारहरु अम्रेड ‘अर्कास’, अर्कासपत्नी ‘इर्जना’, अम्रेड ‘इना’, इनापति ‘अंकर’, अम्रेड ‘अर्चण्ड’, अर्चण्डपत्नी ‘इता’ तथा सुत्रधार ‘अनोज’ बसिरहेकाछन् । बाद्यवाधकले संगीत शुरु गरेपछि ‘अर्कास’ गित गाउँदै मञ्चमा प्रवेशगर्छन् ।)
अर्कास: ‘हिजो भागेदेखी आज बल्ल बल्ल भेट भो,
दर्शन नमस्ते, हो…. दर्शन नमस्ते !’
सुत्रधार: ‘कहाँ थियौ भन तिमी, रंगमञ्च उठेपछि आयौ,
समयले इमान लुटेपछि आयौ !’
अर्कास: ‘सगरमाथामा हनिमून-दिल्लीमें सुहागरात,
मस्तमें कटरही रास्ते ।‘
सुत्रधार: ‘जा जा मिलजा गले, हँस्ते हँस्ते,
लाल सलाम, नमस्ते !’
अर्कास: ‘ लाल सलाम सुकेर कालो भयो,
आज मेरो भोगीको चाल भयो, क्यारौं मायालु ?’
सुत्रधार: ‘किन त्यसरी बिना अर्थले माया माऱ्यौ,
माइलीको दुनियाँलाई एक्लै पाऱ्यौ ?’
अर्कास: ‘तिनीलाई रुवाउने मेरो धोको हैन,
यस्तै पऱ्यो जिन्दगीमा, यिनलाई माया मार्न सकिंन ।’
सुत्रधार: ‘माइली रुँदै लाजिम्पाट पाखैमा- दुधे बालक बोकेर काखैमा,
भन्नु नभाको- बाबु, घरमा खबर नगरी तिमी कहाँ गाको ?’
अर्कास: ‘चिसो चिसो हावामा, त्यसै मन बरालियो,
के भो त्यो डाँडाकाँडामा यो मन ‘इना’,तिरै अल्झियो ।
झ्यांगबाट हेरेको तिनिले, अझैं आउँछ झझल्को !’
सुत्रधार: ‘जसो गर जे भन जतासुकै लैजाउ कुरालाई,
त्यो मन त तिम्रो बेहोसी हो ।’
अर्कास: ‘बेहोस पछि होसमा आउँदा क्या दामी भो,
यहाँ उडाउने म, उड्नेको ‘नि क्या बदनामी भो ।‘
(अचानक बन्दुक पड्केको आवाज आउँछ, सबैजना धुँवामा हराउँछन् ! एकछिनपछि इनापति अंकर हातमा लाठो लिएर देखा पर्छन !)
अंकर: ‘मेरो माल मलाई फर्काइ दे बाबु, तेरो ज्यान जोगाउनु छ भने,
जोरी नै खोज्छस् लौ भने, देख्लास् आफ्नो बाउको,
बिहे खुरुक्क माल दिएर जा !’
इना: ‘सरर पानी घट्टामा,
म त प्यारा आउँदा नि आउँदिन- कोही खोज है मेरो सट्टामा !’
(अचानक जुताको टक टक आवाज संगै अम्रेड अर्चण्डको प्रवेश हुन्छ ! अर्कास अलि पछाडी सर्छन !)
अर्चण्ड: ‘जेठी पहिले छोडकै थियौ, माइली पनि खोजिदिएकै थियौं,
दुइटीले मन नमानेपछि, बाबुको बिंडो नथामेपछि,
मनमा पिर त पर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो…..हाहाहा !’
अर्कास: ‘चोट के हो ब्यथा के हो, मजस्तो घाइतेलाई सोध,
मिलन के हो, खुशी के हो ? मसंग सोध्दै नसोध ।’
सुत्रधार: ‘मनको कुरालाई बाँधी नराख- डल्लो परि जाला,
प्याट्ट फुटाइ देउ !’
अर्कास: ‘भूल गरेछ दैबले पनि,
आकासको चरालाई सुनको पिंजडामा थुनेर ।‘
सुत्रधार: ‘मन त हाम्रो बरिलै हो छाडा साढें झैं,
बाँध्नुपर्छ बरिलै दाम्लाले बाँधेझैं ।‘
अर्कास: ‘दाम्लाले बाँध्दा भएन, डोकोले छोप्दा भएन, जाँतोले पिंध्दा भएन,
फुक्यो भोटे कुकुर…।‘
(अकास्मात आफ्नी पत्नी ‘इर्जना’को प्रवेश भएकोले अर्कास कुनातिर लाग्छन, इर्जना राता राता आँखा पार्दै गित गाउँछिन )
इर्जना: ‘गर्नु गऱ्यौ बलराम, पाडो ताकेर,
दुनियाँलाई हँसाएर, आफन्तको नाकै भाँचेर ।‘
अर्कास: ‘मैले नाक छोडी आऐं, हिउँको तरेलीमा,
कहाँ रोजौं कहाँ खोजौं कसको घडेरीमा ।‘
इर्जना: ‘डाँडा भाटा कारबाहीले, तिम्रै गीत गाउँछ,
जन-अदालतले पनि तिम्लाई बोलाउँछ ।‘
अर्कास: ‘त्यही भएर म हराको, त्यही भएर म हराको,
त्यही भएर म हराको……….।‘
(एक्कासी चट्यांग पर्छ, अर्कासकी आमा ‘इता ‘ सुँकसुँकाउँदै मन्चमा प्रवेश गर्छिन)
इता: ‘ पापा कहेते थे बडा नाम करेगा, बेटा हमारा बडा काम करेगा,
मगर ओह तो, दाहाल हम तो- हे मेरी मुस्किल हें कहाँ ?’
अर्कास: ‘हमे उनसे प्यार कितना यह हम नही जानते,
मगर जी नही सकती, दाहालके बिना !’
(इनापति अंकर इनाको हात समाउन खोज्छन)
अंकर: ‘सिंउदो तिम्रो अरुकै हातबाट रंग्याउ
तर अन्तिम पल्ट भेट्न आउ ।’
इना: ‘नाइँ नाइँ फकाउनु पर्दैन,
बैधले सुनेर के भन्लान !’
अंकर: ‘साँचो प्रीति लाएकै थिएँ,
क्रान्तिकारी जोवन दिएकै थिएँ !’
इना: ‘क्रान्तीको बन्दुक बोकने बलिया तिम्रा पाखुरा,
मायाको लन्चर उचाल्ने, अर्कास का झन् ठूला पाखुरा !’
अंकर: ‘मैले बा आमा त्यागेर , ल्याएको मायाले धोका दिई,
रुपकी त साह्रै राम्री थिई, मनकी त साह्रै कुरुप रहिछे !’
इना: ‘बैद्यपथले बिगाऱ्यो तिमीलाई,
प्रचण्डपथले पछ्यायो हामीलाई- लेफ्ट राइट, लेफ्ट राइट ।’
अंकर: ‘मन थिएन जोगी हुनलाई,
हात हेराउँदा बैधबाले राम्रै हुन्छ भन्थे भन्नलाई !’
(इनापति मलिनो अनुहार लिएर नेपथ्यतिर लाग्छन, त्यसैबेला उबिन गन्धर्व सारंगी बजाउंदै मन्चमा प्रवेश गर्छन )
उबिन: ‘ए बाबाले सोध्लान् नि खै छोरा भन्लान् ?’
अर्कास: ‘दाम सकिए’सी आउँछ रे भन्दिऐ ।’
उबिन: ‘आमाले सोध्लिन् नि खै मोरा भन्लिन् ?’
अर्कास: ‘नातिनि ल्याउँछ रे भन्दिऐ ।’
उबिन: ‘प्रियाले सोध्लिन् नि खै खसम भन्लिन् ?’
अर्कास: ‘कसम टुट्यो भन्दिऐ ।’
उबिन: ‘छोराले सोध्लान् नि खै बाबु भन्लान् ?’
अर्कास: ‘ बाउको बिहे भैगयो भन्दिऐ ।’
उबिन: ‘पार्टीले सोध्ला नि खै कमरेड भन्ला ?’
अर्कास: ‘क्रान्ती पुरा आधा भयो भन्दिए ।’
उबिन: ‘हे, बरै !’
सुत्रधार: ‘बिरताको चिनो वीरको सन्तान, शहीदको रगत, कामरेडको निशानी,
अब कसको हातले लेख्ने हो, क्रान्तीकारिताको कालो कहानी ?’
अर्कास: ‘अरु कालो रेलको धुवाले ,
हामी कालो रातो-राम्रो-गुलियो मन पराउनाले ।’
इना: ‘काले भनि नगर हेला,
कारवाहीको पर्लाउनी फेला !’
सुत्रधार: ‘डल्ली मगर्नी हौ डल्ली मगर्नी,
ख्याल क्रान्ती गरिनौं हौं पिरिम् पऱ्यासी ।’
अर्चण्ड: ‘छोरा मलाई भागी भागी नसताउ,
कानमा आई सुटुक्क बताउ,
तिम्लाई बाबाको माया कति लाग्छ रे ?’
अर्कास: ‘एकादेशमा एउटा बाबा थियो, बाबाको एउटा छोरो थियो,
छोरो साह्रै चन्चले थियो, छोरो अति ‘ मनचले’ थियो ,
एकदिन बाबाको नाकमा गोबर दल्यो रे…….. !’
(यति भनेर अर्कास भुइंको गोबर बाबुको अनुहारमा दलेर नेपथ्यतिर भाग्छन ! अर्चण्डपनि उनलाई लखेट्दै पछी पछी दगुर्छन ! नेपथ्यमा उनीहरुको आवाज आइरहेको हुन्छ !)
अर्चण्ड: ‘मेरो छोरा !’
अर्कास: ‘ मेरो बाबा !’
अर्चण्ड: ‘मेरो हावा !’
(पर्दा बन्द हुन्छ ! बन्दपर्दाभित्र के के हुन्छ, कसैलाई थाहा हुँदैन ! खोजीनिती गर्ने काम तपाईंहरुको ! )
नाटक त खतरा छ…..अब के भन्नु र? मलाई त अब हाम्रो नाटककार ज्युलाई पो केही हुन्छ कि भन्ने डर लाईराच।। तर केही छैन अनोज अजुरेल जी हुनुहुदो रैछ सायद भेटिनु हुन्न होला (-:
मनोज गजुरेललाई तेत्तिसकोटी साधुबाद छ ।
एउटा गाईजात्रे दोहोरी यो पनि होला की !
अर्चण्डः ठोक अर्काश ठोक ………….२
आजभोली पार्टीमा ठोक्नेकै खाचो छ………….२
अैद्य ; अर्चण्ड तिम्ले सधै ठोक्ने भन्यौ हाम्ले पनि अडाकुलाई ठोक भनियो ।
हाम्ले पनि अडाकुलाई ठोक भनियो…………………२
तिम्ले आदेश नगर्ने अडाकुले किन ठोक्न छोडुन त ।
अडाकुले किन ठोक्न छोडुन त ……………………….२
आबुरामः अर्चण्ड र अैद्यलाई ठोकाएरै पार्टी अब्जा गर्ने हो …………२
अर्चण्ड र आजीलाई ठोकाएरै पार्टी अब्जा गर्ने हो……………२
आंग्रेस र अमाले ठोकाएर देशै अब्जा गर्ने हो ।
आमबहादुरः अर्चण्ड र आबुरामलाई ठोक्ने हो …………………………२
आंग्रेस र अमालेलाई काधमा बोक्ने हो ………………….२
अन्त्यमा सबै एकै चोटी मिश्रित आउछ ।
ठोक अर्काश …. अर्चण्डलाई ठोक…………….., आबुरामलाई ठोक………… अैद्यलाई ठोक आमबहादुरलाई ठोक आंग्रेस र अमाले ठोक……….ठोक अर्काश ….ठोक अर्काश ….ठोक अर्काश ….।
एकदिन बाबाको नाकमा गोबर दल्यो रे…wow
अर्चंदजीले पनि यो हेरेर वा सुनेर तालि पिट्यो भने जानी लिनु कि –
हाम्रो अनोज अजुरेल १०००% सफल आतक-लेखक र आस्य-ब्यन्गकार हुनु भयो !
‘मैले नाक छोडी आऐं, हिउँको तरेलीमा, LOL
यस पालिको सबै भन्दा हीट गाइजात्रा सायद यहि नै होला बहुत राम्रो छ तर यो गनायाको मान्छेको धेरै कुरा त के गर्ने …….. प्रकाश + पारस….. यिनीहरुको गाइ जात्रा बनायको भने जनता ले अब घिन मानेर नहेर्लान भन्ने डर….. सबै भन्दा यो मन पर्यो मलाई त ’जेठी पहिले छोडकै थियौ, माइली पनि खोजिदिएकै थियौं,
दुइटीले मन नमानेपछि, बाबुको बिंडो नथामेपछि,
मनोज गजुरेलको कोसेली एकदम सहि छ बरु त्यो गाइजात्रा हास्यव्यङ्ग्य कहाँ मिल्छ उपलब्ध गराउनु पर्यो हेर्न मन लग्यो
निकै रोचक लाग्यो, video हेर्न पाए आभारी हुने थियौ,उत्कृस्ट रचना,
एक दम रमाइलो लग्यो अझ हेर्न पाएको भए अर्कै आनन्द हुन्थ्यो . हुन त मनोज दाई को हरेक प्रस्तुति राम्रो हुने गर्छ . यो हस्यबंग्य सम सामयिक अनि गीत को रुप मा भएको हुनाले सबै कुरा १०-१५ minute मा अटेको छ . नेपाल मा भए को भए हेर्न अबस्य हेर्न जाने थिए . ढिलै भए पनि CD / VDV आउने छन् अनि हेर्न पाउने आसा गरौ . ………………………………………………………..
हा हा हा …………..
अम्रेडहरुको जातै एस्तो,
कसको के बिराए ?
आफ्नो असली अस्बिर देखाए l
अर्काश अम्रेड भएर पनि,
अर्की इना अम्रेड को ओबान-छटपटीको पिडा बुझ्न नसके,
देशको पिडा म कसरि बुझुला?
कसको के बिराए ?
आफ्नो असली अस्बिर देखाए l
अनताको चर्चा छ,
अम्रेड, अर्चण्डेको उपुत्रले यो के गर्यो,
अन्करकि इरिमतिलाई भगायो, घरकीलाई बेहाल बनायो l
कसको के बिराए ?
आफ्नो असली अस्बिर देखाए l
पुराना भए अर्चण्ड पिताका उपदेश,
भौंतारियें नया शिराबाट अरान्ति गर्नलाई,
फगत ! हात केहि नलागे पछि, उडाए इना अम्रेडलाई l
कसको के बिराए ?
आफ्नो असली अस्बिर देखाए l
आपनै उपुत्रलाई अम्रेड बनाए,
अरान्तिकारी अम्रेडहरुलाई पाखा, अर्काशलाई काखा राख्नै पर्यो,
तर काखमै ट्वाइलेट गरे पनि नानीको बाबु भएपछि सहनै पर्यो l
मैले बिराए,
आफ्नो असली अस्बिर देखाए l
चरित्र चित्रण जस्ताको तस्तै उतार्न सक्षम सफल कलाकार मनोज गजुरेललाई मुरी मुरी सादुबाद//
हाम्रो देस नेपाल र नेपाली को ढुकुटी को पैसा ले राम्रो संग हनिमुन मना प्रचण्ड पुत्र हाम्रा देस को सैतान कलङ्क भातमारा साले तिन पटक संब बिभ्हा गर्न सक्ने कलियुग का कुकुर प्रकाश दाहाल हाहा
अर्कास : लाल सलाम ,अध्यक्ष्य बा कामरेड |क्रान्तिकारी अभिबादन !
बा कामरेड : लाल सलाम ,के गरेको बाबु कमरेड तैले एस्तो ?कहा छस ?बाटो किन बिराएको ?
अर्कास : बाटो बिराएको छैन बा कमरेड ! बाटो चेन्ज गरेको ,अब म प्रचण्ड पथ हैन ,प्रकाश पथ मा छु |हिमाल चढ्दा प्रचण्ड पथ मै थिए , झर्दा प्रकाश पथ सुरु गरे |
ड्याड यो पथ मा पो त् बडो मोज हुदोरहेछ |साची आर्को कुरा ,
संबिधान न बनेको किन ?बुबालाई थाह छ
बा कमरेड :किन ?
अर्कास : प्रचण्ड पथ मा हिडेर ,प्रकाश पथ मा हिड्ने हो भने ,उत्तिखेर संबिधान बन्छ ?
बा कमरेड :के कुरा गर्छ यो बेबकुफ ,कसरि ?
अर्कास : नेपाल कहा पर्छ भन्नुस त् कमरेड ?भैसी गोठालो जादा पनि येसो भैसी माथि चढेर किताब त् हेरेउ होला नि ?
बा कमरेड : चुप लाग बदमास , एसिया मा ?
अर्कास :तेस्तो जबाफ खोजेको हैन ,क्या ,बिहार को उत्तर पट्टि हो कि हैन ?
बा कमरेड :हो , अनि के भो त् ?
अर्काश :अझै बुझेनौ ?लुज स्क्रु , मेरो पथ मा आर्का को स्वास्नी चोर्न पाइए जस्तै ,
आर्काको संबिधान पनि चोर्न पाइन्छ ,! बिहार को संबिधान फोटोकपी गर्देउ त् , बहुमत ले पारित हुन्छ ,छिमेकी पनि खुसि |
बा कमरेड : ओह माइ गड, मेरो त् दिमाग मै न आएको ! माने छोरा मैले ,त् साचिकै तेज रहिछास !अन्त् मा तेही होला जस्तो छ ,अहिलेलाई लाइ सलाम !
कोखजीको कोखशाश्त्र र एंगेल्सको परिवार, निजी र सम्पति तथा लेनिनको प्रेम र बिबाह भन्ने पुस्तकको ज्ञानबाट बन्चित जोडी हो यो/ विचार उनीहरुले …….स्खलन मात्र प्रेम हो भनेर जाने/
पर्दा पछाडी फेरी अर्कास को अर्कै सग क्रान्तिकारी चक्कर सुरु हुन्छ.
इना ले पनि अर्कै खोज्छिन.र भन्छन जिबन ज्युन नया तत्वो को आबस्यक परेर यो स्थिति आयो .आखिर अर्चंड को छोरो न हो.
गजबको कोशेली
अनोज अजुरेल लाई साधुबाद 🙂
गीतिनाटक मन्चन गर्न अलि कठिन नै होला, फेरी पनि यसको कल्पना गर्दानै
बडो रमाइलो लाग्यो