Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बीबीसी पत्रकारविरुद्ध पाँच मुद्दामा आज सुनुवाई

Posted on August 30, 2012September 1, 2012 by Salokya

अपडेटः घरेलु हिंसा, अदालतको मानहानी र सम्बन्ध विच्छेदको मुद्दामा सुनुवाईपछि न्यायाधीशले यसै मुद्दासँग सम्बन्धित सबै नयाँ मुद्दालाई एकीकृत रुपमा पेश गर्न आदेश दिए। नयाँ मुद्दामा सुरेन्द्रले अदालतको मानहानी, गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् भने चरिनाले यौन दुर्व्यवहार, साइबर धम्की/मानहानीको नयाँ मुद्दा दायर गरेकी छिन्। अब यी सब मुद्दालाई एकीकृत गरी २५ सेप्टेम्बरमा अर्को सुनुवाई हुँदैछ। सुनुवाईमा साक्षीहरुले पनि बयान दिनेछन्। चरिनाले ३ जना साक्षी प्रस्तुत गर्ने भएकीछिन्।
———————

यसअघिको आदेश-दुःख दिने,सताउने नगर्नू

चरिना र सुरेन्द्र। फोटो साभाः चरिनाको फेसबुक
पुरानो ब्लगः बीबीसीका पत्रकार सुरेन्द्र फुयालविरुद्ध एक फिलिपिनो महिलाले दायर गरेका पाँच मुद्दामा आज काठमाडौँ जिल्ला अदालतमा सुनुवाई हुँदैछ। न्यायाधीश नारायणप्रसाद पोखरेलको इजलासमा फिलिपिनो महिला चरिना क्याब्रिडोले दायर गरेका सम्बन्ध विच्छेद, घरेलु हिंसाको दुई वटा र अदालतको अवहेलनाका दुई वटा मुद्दामा आज सुनुवाई हुन लागेको हो।

यसअघि गत चैत २९ गते जिल्ला अदालतले पीडित क्याब्रिडोलाई संरक्षण दिनुपर्ने आदेश जारी गरेको थियो। आदेशविपरीत काम गरेको आरोप लगाउँदै अदालतको अवहेलना गरिएको भन्दै पत्रकार फुयालविरुद्ध अर्को मुद्दा थपिएको हो।



के थियो यसअघिको आदेश ?

यसमा वादी चरिना काब्रिडो र प्रतिवादी सुरेन्द्र फुयाल भएको घरेलु हिंसा मुद्दामा घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६ को दफा ६ बमोजिम अन्तरिम संरक्षणात्मक आदेश जारी गरिपाउँ भनी वादीको निवेदन आएको देखियो। निवेदनमा वादीले उक्त ऐनको दफा ६ (१) को खण्ड ख बमोजिम जीवन निर्वाहको लागि प्रति महिना रु ४० हजार र भरणपोषणको लागि व्यवस्था गर्न र सोही ऐनको दफा ६ को खण्ड घ र ङ बमोजिमका कार्य नगर्न नगराउन र खण्ड च बमोजिम मेरो हित र सुरक्षाका लागि आवश्यक सुरक्षाका उपाय अवलम्बन गर्न गराउन अन्तरिम संरक्षणात्मक आदेश जारी गरिपाउँ भन्ने निवेदन रहेको माग सम्बन्धमा पछि प्रतिवादीको प्रतिवादीको प्रतिउत्तर र कानुन बमोजिम हुने गरी वादीलाई हाल निम्न बमोजिमको कार्य नगर्न नगराउन भनी अन्तरिम संरक्षणात्मक आदेश जारी गरिदिएको छ। यो आदेशको सूचना प्रतिवादीलाई दिनू।

१) वादीलाई गाली बेइज्जति गर्ने धम्की दिने वा असभ्य व्यवहार गर्ने कार्य नगर्नू, नगराउनू।
२) वादी बसेको ठाउँमा वा बाटोघाटोमा वा निज कार्यरत ठाउँमा गई वा कुनै किसिमको सञ्चार माध्यमद्वारा वा अन्य कुनै प्रकारले दुःख दिने वा सताउने कार्य नगर्नू, नगराउनू;
३) पीडितको हित र सुरक्षामा असर पर्ने गरी कुनै पनि कार्य नगर्नू, नगराउनू

आदेश उल्लङ्घन
चरिनाका अनुसार सेक्सुअल एसएमएस पठाएर र पैसाका लागि ब्ल्याकमेल गरी उनको अपार्टमेन्टमा आएर अदालती आदेश उल्लङ्घन भएको छ। त्यसैगरी उनको कार्यालयमा आएर हिंसात्मक आक्रमण गरिएको दावी पनि उनको छ। उनको भनाई-

On two accounts, Surendra has violated the court’s interim protection to me by 1. coming to my apartment to harass me and sent me sexual SMS and blackmailed me for money 2. coming to my workplace to violently attack me and get the evidence (brief which he sent to my apartment to sexually harass me) and threw it outside my office window to get rid of the evidence.
I am deeply hurt, abused and insulted. I, and my family with the Filipino Community in Nepal are standing strongly to fight this discrimination and violence that Mr. Phuyal is doing against me.

सुरेन्द्रले अदालतको आदेश उल्लङ्घन गर्दै पठाएको भनी चरिनाले दावी गरेका एसएमएस

चरिनाका अनुसार उनले अदालतमा प्रमाण स्वरुप पेश गरेका थप एसएमएस हेर्न यहाँ क्लिक गर्नुस्

के हो विवाद ?

सुरेन्द्र फुयालसँग ‘लिभ इन’ रिलेसनसिप अर्थात् बिहे नगरी एकै छतमुनि रहेको दावी गर्छिन चरिना। त्यसैले यो मुद्दाले लिभ इन रिलेसनसिपको वैधता जाँच पनि हुनेछ। चरिनाले लिभ इन रिलेसनसिपबाट सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन्। यस्तो मु्द्दा अहिलेसम्म परेकै थिएन।

चरिनाले आफूमाथि यौन दुर्व्यवहार, घरेलु हिंसा भएको आरोप लगाएकी छिन्। तर सुरेन्द्र त्यसलाई अस्वीकार गर्छन्।

चरिनाले साँघु साप्ताहिकमा दिएको अन्तर्वार्ता पढ्नुस्‌— -‘उसले मलाई महिनावारीको समयमा पनि छाडेन।’ उनको थप भनाई यहाँ क्लिक गरी पढ्नुस्।

अन्तर्वार्तामा उनले भनेकी थिइन्- ‘बीबीसी नेपाली सेवाका रविन्द्र मिश्र सुरेन्द्रलाई जोगाउन अनेक प्रयत्न गरिरहेका छन्। उसले कुनै छानबिन समेत गरेनन्। लण्डनमा कुरा गर्दा रविन्द्र मिश्रसंग कुरा गर भने। सुरेन्द्रले बीबीसीका पत्रकारकै इज्जतको धज्जी उडाइरहेको छ। तर बीबीसी पीडितलाई थप पीडा दिन लागिरहेको छ।’ रविन्द्र मिश्रको समेत नाम मुछिएपछि फेसबुकबाट धेरैले बीबीसी नेपालीका प्रमुख मिश्रलाई प्रश्न गरेका थिए। त्यसपछि बीबीसी नेपालीले यस्तो स्टायटस राखेको थियो-

बीबीसी नेपाली सेवाका कर्मचारी सुरेन्द्र फुयालको भएको भनिएको गैरवैवाहीक सम्बन्धका बारे विभिन्न समाचार माध्यम र सामाजीक संजालहरुमा भएको चर्चाका बारे बीबीसीको ध्यान आकृष्ट भएको छ। यो सम्पूर्ण प्रकरण अहिले अदालतमा विचाराधिन रहेकोले यस विषयमा हामी कुनै टिप्पणी गर्न सक्ने स्थितीमा छैनौं। र आफ्ना कर्मचारीको नीजी विषयहरुमा बीबीसीले हस्तक्षेप गर्ने गर्दैन।

तर यो स्टायटस केही समयपछि नै हटाइयो। यसबारे यो ब्लगमा विस्तृत जानकारी छ। अन्ततः पुनः यो स्टायटस राख्न बीबीसी बाध्य भयो।

यसमा सुरेन्द्र फुयालले फेसबुकमार्फत् यस्तो प्रतिक्रिया जनाएका थिए-

गम्भीर आपत्ती तथा खण्डन
भदौ चार गते सोमबारको साँघु साप्ताहिकमा प्रकाशित फिलिपिनी युवतीको अन्तर्वार्ता र त्यस्मा दुरासय एवं बदनियतबस लगाइएका संगीन आरोपहरु, मेरो चरित्रहत्या गर्दै घृणा, द्वेष अश्लिलता एवं अफवाह फैलाउने क्रियाकलापहरुप्रति मेरो गम्भीर आपत्ती सहित ध्यानाकर्षण भएको छ। उनका भ्रामक एवं कपोलकल्पति भनाइ र आरोपहरुको म सशक्त प्रतिवाद गर्दछु। मेरो व्यक्तीगत सामाजिक एवं पेसागत जीवनमा गम्भीर आघात एवं खलल पुर्‍याउने नियतले दुश्प्रचारित त्यस्ता अनर्गल प्रचारले नेपाली समाजमा पर्न गएको भ्रम निवारण होस्।
पुर्व मित्र रहेकी ती फिलिपिनी युवतीले राखेको विवाहको प्रस्ताव मैंले स्वीकार्न असमर्थ भएपछि, विगत केहि महिनादेखि उनले इन्टरनेटमा विभिन्न अवतार धारण गर्दै र नेपाली पत्रपत्रिकामार्फत मेरो व्यक्तीगत चरित्रहत्या गर्ने र मलाई “नष्ट गर्ने” अभियान जारी राखेकी छन्। इन्टरनेट र विभिन्न माध्यम मार्फत जारी उनका आपत्तिजनक कार्यहरुबारे मैले नेपाल प्रहरीमा पटक, पटक उजुरी र सम्मानित अदालतमा मुद्दाहरु दायर गरिसकेको छु। अहिले जारी भ्रामक प्रचारबाजीबाट नेपालीहरुमाझ पर्न गएको चोटप्रति म क्षमाप्रार्थी छु। स्रोतः फेसबुक

दोहोरो मुद्दा
सुरेन्द्रले पनि चरिनाविरुद्ध मुद्दा दायर गरेका छन्। आफ्नो मानहानी गरेको भन्दै उनले साइबर क्राइमअन्तर्गत मुद्दा दर्ता गरेका छन्। साइबर क्राइम अन्तर्गत चरिनाले पनि सुरेन्द्रलाई मुद्दा हालेकी छिन्।

सुरेन्द्रको मुद्दामा पनि अन्तरिम संरक्षण आदेश जारी भएको छ। काठमाडौँ जिल्ला अदालतले भदौ ८ गते शुक्रबार फिलिपिनी नागरिक चरिना काब्रिडोलाई अदालतमा विचाराधीन मुद्दाको टुङ्गो नलागेसम्म निवेदक सुरेन्द्र फुयाल र उनको परिवारकाविरुद्ध कुनै पनि विद्युतिय तथा अन्य संचारमाध्यम मार्फत निवेदकलाई गालि गलौच धम्की वा चरित्रहत्या हुने समाचार संप्रेषण नगर्नु नगराउनु भन्दै अन्तरिम आदेश जारी गरेको छ।

अदालतमा विचाराधिन मुद्दाहरुलाई प्रभावित पार्ने गरि जारी उनले अहिले मनिला पुगेर जारी राखेको भ्रामक संचार अभियान परिवार एवं साथिभाइलाई जारी राखेको धाकधम्की रोक्न फुयालले निषेधाज्ञा जारी गर्न रिट निवेदन दिएपछि शुक्रबार सम्मानित अदालतले उनलाई “मुद्दाको टुङ्गो नलागेसम्म निवेदक र निवेदकका परिवारका विरुद्ध कुनै पनि विद्युतिय तथा अन्य संचारमाध्यम मार्फत निवेदकलाई गालि गलौच धम्की वा चरित्रहत्या हुने समाचार संप्रेषण नगर्नु नगराउनु भन्दै अन्तरिम आदेश जारी गरेको” थियो।

सुरेन्द्रको प्रतिक्रिया
अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने गरि लोकप्रिय माइसन्सारमा छापिए झै आज भदौ १४ गते विहिबार पाँच मुद्दामा सुनुवाइ थिएन। त्यो समाचार फेरि पनि प्रायोजित र गलत हो। माइसन्सार वेबसाइटमा राखिएका प्रमाण भनिएका वस्तु र फोटाहरु अधिकांस बनिबनाउ र नेपाली समाजलाई दिग्भ्रमित पार्ने खाल्का छन्। भ्रम निवारण होस्।

साँघुलाई पठाएको खण्डन: घृणा द्वेश अश्लिलता अफवाह फैलाएर अन्याय भयो

भदौ चार गते सोमबारको साँघु साप्ताहिकमा एकतर्फि रुपमा प्रकाशित फिलिपिनी युवतीको अन्तर्वार्ता र त्यस्मा दुरासय एवं बदनियतपुर्वक लगाइएका संगीन आरोपहरुबाट म अत्यन्त स्तब्ध र दु:खी भएको छ। व्यक्तीगत मामिलाबारे अश्लिल र समाजमा घृणा, द्वेष अफवाह र चोट पुग्ने गरि सो सामाग्री छापेर साँघुले त्यस्मा उल्लेखित फिलिपिनी महिला संगै एउटा श्रमजीवि नेपाली पुरुषविरुद्ध घोर अन्याय गरेको छ। सो सामाग्री लोकप्रिय साँघुमा छापिएपछि वेभसाइटबाट सामाजिक संन्जालहरुमा छरिएपछि संसारभरबाट मविरुद्ध उर्लिएको नेपाली आक्रोशले म संगै मेरो कार्यालय र परिवारजनलाई मुछ्नु झनै दुर्भाग्यपुर्ण हो।

सम्पुर्ण मामिला सम्मानित अदालतमा विचाराधिन छ। तर म र मेरो परिवारजनमा गम्भीर चोट पुर्या्उँदै मेरो चरित्रहत्या गर्दै समाजमा मुख नै देखाउन नहुने गरि म विरुद्ध इन्टरनेट संजालहरुमा सार्वजनिक गालिगलौच र छिछिदुरदुर चर्किएपछि संक्षेपमा म मेरो प्रतिक्रिया लेख्न बाध्य भएको छु। अत्यन्त अतिरञ्जित शिर्षक राखेर प्रकाशित सामाग्रीले मेरो व्यक्तीगत जीवनमा अपुरणिय क्षति पुर्यातएको छ। त्यस्को कुनै मुल्यमा पुर्ति हुन सक्दैन। कथाको अर्को पाटो पनि छ।

त्यो लामो छ। अलग अलग देश र अलग अलग संस्कृतीमा हुर्किएका हामी संचार क्षेत्रका साथी थियौं। एक डेड वर्षलामो हाम्रो चिनजानका क्रममा हामीबीच उठबस र अन्तरक्रिया अत्यन्त सामान्य विषय थियो। हामीबीच न त विवाह भएको थियो। न त हामी कहिल्यै संगैसंगै बसेका (‘लिभिङ्ग टुग्यादर’) थियौं। उनी संचार एवं सामाजिक संजाल परामर्शदाताको काम गर्थिन्। गत सेप्टेम्वरमा उनले मलाई सम्मेलनमा भाग लिन मनिला बोलाएका बेला मित्रवत रुपमा उनको परिवारजनसंग भेट सामान्य थियो। बेलाबखत नेपाल आएपनि उनी अधिकांस समय मनिलामै हुन्थिन्।

गत नोभेम्बरमा, मनपराएकै भरमा उनले मसंग घरजमको प्रस्ताव गरिन्। त्यस्लाई मैले स्वीकार गर्न सक्ने संभावाना नै थिएन। म २०६५ सालमा हिन्दु परंपरा अनुसार विवाह बन्धनमा बाँधिएको थिएँ। मेरो विवाह बन्धन कहिल्यै टुट्न नसक्ने कुरा मैंले उनलाई पटक पटक बताएको थिएँ। मेरो देश र समाज र मेरो परिवारप्रति मेरो जिम्मेवारी थियो र छ। मैले बहुविवाह गरेको भए त्यो फौजदारी अपराध हुन जान्थो। मैले उनको प्रस्ताव एसएमएस र इन्टरनेट च्याट मार्फत विनम्रतापुर्वक अस्वीकार गरेपछि, उनले मलाई आफ्नो प्रस्ताव नमाने “नष्ट गर्ने”, मलाई “बीबीसीबाट लात हानेर निकालिदिने” “घर निकाला, देश निकाला गरिदिने” “पत्रिकाबाजी गरेर राष्ट्रिय सनसनी र लज्जा” बनाइदिने धम्की दिइन्।

उनले इमेल एसएमएसमार्फत लेखिन्, “कि तँलाई श्रीमतीले छोडिदिनु पर्योज, पारपाचुके गरिदिनु पर्योइ, कि तँलाई जागिरबाट निकालिदिनु पर्योक।” त्यतिबेला नै विरुद्ध मुद्दा हाल्ने बताइन्। म संयमित भएँ। उनलाई सम्झाउने प्रयास गरिरहें। त्यतिबेला उनीसंग विनम्रतापुर्वक भद्र तरिकाले च्याट गर्न पुगेकी मेरी श्रीमतीलाई पनि उनले “तत्काल पारपाचुके गर्न वा छोड नत्र ठुलो मुल्य चुकाउनु पर्छ भनिन्।” लगत्तै उनले मेरो कार्यालय लण्डन र काठमाण्डुका कर्मचारीहरुलाई इमेल पठाउँदै मलाई निकाल्न खुल्ला पत्र पठाउन थालिन्। (त्यस्तै उजुरी उनले म विगतमा आबद्ध रहेका अमेरिकादेखि जापान र भारतसम्मका संचार संस्थाहरुलाई पनि पठाइन्।)

फेसबुक मार्फत मेरा आफन्त र संचार क्षेत्रका सहकर्मीहरुसंग जोडिदै म मनिलामा हुँदा खिचिएका तस्वीरहरु राख्दै अफवाह फैलाउन थालिन्। मेरी श्रीमतिलाई इमेल पठाउँदै मेरो विरुद्ध घृणा द्वेष अश्लिलता फैलाउने अभियान थालिन्। शुरुमा उनलाई मैले यौन रोग (एस टी डी) सारिदिएको संगीन एवं झुठ्ठा आरोप लगाइन्। लगत्तै नक्कली इमेल आइडी र ब्लगहरु खुले। ती मार्फत उनीसंग रहेका मेरा सामान्य तस्वीरहरुलाई बडो चलाखीपुर्वक फरक फरक युवतीहरुका अश्लिल पोर्न तस्विरहरुसंग जोडजाड गरिएका आपत्तीजनक तस्विरहरु मेरी श्रीमती र मेरो इमेल संगै सामाजिक सन्जाल फेसबुक, ट्वीटर र छुट्टै वेभसाइटहरु देखिन थाले।

ती बारेको जानकारी उनले मनिलाबाट आफ्नै इमेल आइडी र एसएमएस मार्फत गराउन थालिन्। गत डिसेम्बर र जनवरीमा छरिएका ती तस्वीरहरु संसारभर छरिएका मेरा मित्र आफन्त र धेरै नेपालीहरुले देखेका थिए। त्यतिबेला कानुनवीदसंगको परामर्शपछि मैले नेपाल प्रहरीको साइबर सेलमा पहिलो उजुरी दिएँ। तर ठोस प्रमाण भेटिएन। एसएमएस गर्दै उनले कसैलाई पैसा तिरेर रोक्न लगाएको स्वीकारिन्। यौन रोगको अफवाह फैलाए लगत्तै मैले उनलाई गर्भवति बनाएको भन्दै अफवाह फैलाउन थालिन्। मनिलाबाट “मेडिकल रिपोर्ट पनि पठाइन्”। हामी संयमित संवेदनशील र विनम्र भइराख्यौ।

त्यसबारे इन्टरनेट मार्फत जोडिएका मेरा मित्र आफन्तहरुसंग च्याट गर्न थालिन्। डिसेम्बरमा नेपाल आइन् र एउटा लामो लन्च भेटमा उनले मलाई बीबीसीबाट राजिनामा दिन करकाप गरिन्। मैले राजिनामा दिए उनी खुशी हुने र मनिला फर्कने बताइन्। उनले पनि चिनेका एक मित्रको सहयोगमा सम्झाइबुझाइ गरे पछि “राजिनामा दिए मलाई हुन्छ” भन्दै उनी मनिला फर्किन्। म आफ्नो काममा एकाग्र हुने प्रयास गरें। तर मुस्किल परिरह्यो। पेसागत सामाजिक सबै हैसियत समाप्त पारिदिने एसएमएस र इमेलका वर्षाका कारण मैले एक अंग्रेजी राष्ट्रिय दैनिकमा लेख्दै आएको स्तम्भ पनि स्थिति सामान्य नभएसम्मका लागि बन्द गरिदिएँ।

मनिलाबाट इमेल एसएमएसमार्फत उनका घृणा द्वेष अश्लिलता फैलाउने कार्यहरु गालि गलौच र मानसिक यातना दिने कार्यहरु जारी रहे। विवाह गर्न वा हप्तामा तीन दिन संगै बस्न दबाब दिइराखिन्। साथसाथै संचार क्षेत्रमा उजुरीहरु पनि जारी रहे। एउटा नेपाली साप्ताहिक पत्रिकामा एकतर्फि रुपमा समाचार छापियो। त्यस्लै मेरो घाउमा नुन छर्योउ। एकतर्फी अफवाह झनै फैलियो। तस्को मैले खण्डन पनि गरिन। एक पटक उनलाई सम्झाउन सकिन्छ कि भनेर मैले व्यक्तीगत रुपमा उनको मनिलास्थित कार्यालयमा विनम्र इमेल पनि पठाए।

समय त्यसैगरि वित्दै गयो। फेव्रअरीको अन्तिम साता मेरो रगत समुह के हो नभने सिध्याइदिने भन्दै मेरी श्रीमती र मलाई इमेलको वर्षा गरिन्। अत्यन्त विनम्रता पुर्वक मैले भनिदिएँ – ए पोजिटिभ्। लगत्तै मार्च तीन तारिखका दिन आफ्नो छ महिनाको गर्भ तुहियो भन्दै मार्चको पहिलो हप्ता उनी मनिलाबाट काठमाण्डु आइन्। दोस्रो साता काठमाण्डु जिल्ला अदालतमा सम्वन्ध विच्छेद र अंश र घरेलु हिंसाका दुईवटा मुद्दा दायर गरेपछि आफ्नो फेसबुकको वालमा लेखिछन् “मिसन अकम्पिस्ड्, सेलेब्रेटिङ टुनाइट्! (अभियान सम्पन्न, आज राती रमाइलो गर्ने।” त्यो थाह पाएर हामी स्तब्ध भयौं।

कानुनी सल्लाह लिन गएँ। उनी बिरुद्ध विद्युतिय अपराध ऐन र गालिबेइज्जती ऐन अनुसार उनी विरुद्ध मुद्दाहरु हाल्न सकिने सल्लाह दिइयो। एक महिनापछि उनले मलाई खुल्ला मन्चमा एउटा साइकल र्यादलीमा देखिन्। साँझ एसएमएस गरिन् मैले दाबि गरे जति रकम दे म मुद्दा फिर्ता लिएर जान्छु। मैले मानिन। उनले धाकधम्की एसएमएस जारी राखे पछि मैले नेपाल प्रहरीमा उनीविरुद्ध विद्युतिय अपराधमा अनुसन्धान तथा कारवाही गर्न किटानी जाहेरी दिएँ। मैले पेस गरेका सबै सबुत प्रमाणले उनी नै संदिघ्द देखायो। तर उनले आफ्नो गल्ती स्वीकारिनन्।

सोधपुछका क्रममा नेपाल प्रहरीले उनलाई आफ्नो ल्यापटप ल्याउन भन्यो। तर उनले टेरिनन्। केही दिन पछि मनिला फर्किन्। फर्किनु अघि एउटा पत्रकार सम्मेलन समेत गरेर मेरो विरुद्ध आफ्ना एकतर्फि कुराहरु छपाइन्। प्रहरीले उनको ल्यापटप मागिरह्यो। पैतिस चालिस दिन पछि उनी काठमाण्डु फर्किइन् र प्रहरीलाई अर्कै ल्यापटप बुझाइन्। पछि अर्को ल्यापटपबाट नेपाल प्रहरीले जीमेल र फेसबुकको आइपी फेला नपारे पनि केही प्रमाणहरु फेला पार्योर। तर त्यस दिन उनले हनुमानढोकामा फिलिपिनी महिलाहरुको एक समुह र एक साप्ताहिकका पत्रकारसंगै आएर उल्टै मेरोविरुद्ध पनि “साइबर जाहेरी” ल्याइछन्।

म साह्रै दुखी भएँ। मेरो वकिलको सल्लाहमा उनीविरुद्धको मुद्दालाई अनुसन्धानमै राखिदिन मैले प्रहरीलाई अनुरोध गरें। अर्कोतिर अदालतमा उनका फिरादका प्रत्युत्तर दिएँ। तर उनको धम्की रोकिएन। फिरादमा दाबि गरिएझैं रकम दिए आफु खुशी हुने बताइन्। नेपालको “सम्पुर्ण न्याय प्रणाली पैसाले चलेको, भ्रष्ट भएको र आफुसंग त्यस्लाई किन्न प्रशस्त पैसा भएको” भन्दै एसएमएस पठाइन्। ती एसएमएस अझै मसंग सुरक्षित छन्। फोनमा के भनेको? भनेर सोध्दा त्यही भनिन् अंग्रेजीमा मुखै फोरेर। मैले पनि अदालतबाटै मुद्दा टुङ्गियोस् र अन्तत: आफुलाई न्याय हुने अटल विश्वास त्यागिन।

तर उनको एसएमएस रोकिएनन्, “की मलाई विवाह गर की पैसा दे।” सैंयौं एसएमएस वा इमेल धम्कीको जवाफमा विनम्रतापुर्वक एकाधका जवाफ पठाइदिएको त उनले अदालतको अवहेलना गरिस भन्ने अर्को आरोप लगाउँदै मुद्दा थपिन्। त्यसपछि म उनीविरुद्ध गालिबेइज्जती मुद्दा दायर गर्न बाध्य भएँ। तैपनि उनको गाली गलौच र धाकधम्की रोकिएन। मैले साथी हुँदा दिएका ससाना उपहार फिर्ता दे भनिन्। नत्र प्रहरीमा उजुरी गर्ने धम्की दिइन्। मैंले पठाइदिए। “कट्टु पठाएर यौन दुर्व्यवहार गरिस्” भन्दै नयाँ आरोप लगाइन्। मैले मेलमिलापमा जोड दिएपछि। एक दिन दुबैले चिनेको साथी मार्फत मेलमिलाप गर्न बोलाइन्। गएँ।

मेलमिलाप गरेर मित्रवत सम्वन्ध राखेर एक अर्काको प्रगतिमा साथ दिने सहमति भयो। लगत्तै एसएमएस आयो। “त्यस्ले हुँदैन। दीर्घकालीन हुनु पर्छ।” मैले लौ अब अदालतको फैसला नै कुर्यौंस भने। काममा लागे। तर म र मेरी श्रीमतीलाई उनको एसएमएस इमेल धम्की रोकिएन। कतैपनि त्यस्तो मुद्दानै दायर नगरि राजधानी दैनिकमा ‘यौन दुर्व्यवहार विरुछ मुद्दा दायर’ भन्दै छपाइन्। नयाँ नक्कली याहु [email protected] मेरो इनवक्समा झर्‍यो।

धेरै संवाददाताहरुलाई गएछ। म दु:खी भएँ। खण्डन छपाएँ। ठुलै संचार माध्यमको जस्तो लाग्ने त्यो इमेललाई धन्यवाद दिएँ। धम्की आयो। “हामी नेपालमा यौन दुर्व्यवहार पिडित महिला संचारकर्मीहरुको संजाल हौं हामी लडिरहन्छौ।” आदी इत्यादी। त्यहि इमेलबाट फेरि साँघुमा छापिएको समाचारको लिङ्क आयो। त्यसबारे नेपाल प्रहरीमा थप उजुरी दिएको छु। प्रारम्भिक अनुसन्धानले त्यो इमेलको आइपी पनि फेला पारेको छ। साँघुमा छापिएको एकपक्षिय भ्रामक अन्तर्वार्ताको लिङ्क उनले फेसबुकमा छरिदिएपछि त्यो क्षणभरमै संसारभर छरियो।

त्यो पढेर संसारभरका नेपाली दाजुभाइ दिदिवहिनीहरुले म र म काम गर्ने संस्था र सहकर्मीविरुद्ध आक्रोस पोखिरहेका छन्। त्यो स्वभावकि हो। तर उनका आरोपहरु साँचो होइन। ती कुन उद्देश्यले अभिप्ररित छन सबैले बुझ्न सक्छन्। त्यो मेरो चरित्रहत्या गर्दै मेरो हैसियत समाप्त पार्ने उद्देश्यले अभिप्रेरित छ। त्यो सामग्रीप्रति मेरो गम्भिर आपत्ती छ। म त्यस्को सशक्त खण्डन र प्रतिवाद गर्छु। त्यो पढेर दुखी र आक्रोशित हुनु भएका सबै दाजुभाइ दिदिवहिनीसंग म क्षमायाचना गर्दछु। त्यो सामाग्री फेसबुक मार्फत ब्लगहरु हुँदे सर्बत्र भएपछि फेरि उनको इमेल धम्की जारी छ।

भन्दैछिन्, “अन्तिम मौका हो – बीबीसीबाट राजिनामा दे।” अदालतमा विचाराधिन मुद्दाहरुलाई प्रभावित पार्ने गरि जारी उनले अहिले मनिला पुगेर जारी राखेको भ्रामक संचार अभियान परिवार एवं साथिभाइलाई जारी राखेको धाकधम्की रोक्न मैले निषेधाज्ञा जारी गर्न निवेदन दिएपछि शुक्रबार सम्मानित अदालतले उनलाई मुद्दाको टुङ्गो नलागेसम्म निवेदक र निवेदकका परिवारका विरुद्ध कुनै पनि विद्युतिय तथा अन्य संचारमाध्यम मार्फत निवेदकलाई गालि गलौच धम्की वा चरित्रहत्या हुने समाचार संप्रेषण नगर्नु नगराउनु भन्दै अन्तरिम आदेश जारी गरेको छ। प्रत्यार्थीको लिखित जवाफ पनि मागिएको छ।

विवाद अदालतमा विचाराधिन छ। उनका एकतर्फी आरोपका कारण म विरुद्ध मेरो देश र समाजमा फैलाइएको भ्रमहरुको जोडदार खण्डन गर्दै त्यसबाट फैलिएको भ्रम निवारण होस् भन्ने आग्रह गर्दछु। मेरो चरित्रहत्या र मेरो परिवारको पिडामाथि पिडा थप्ने असंवेदनशील टिप्पणी नगर्न र मुद्दालाई प्रभावित पार्ने गरी कुनै पनि समाचार संप्रेषण नगरिदिनुहुन सबैलाई विनम्र निवेदन गर्दुछु। सबै पत्रकार साथीहरुलाई भविष्यमा कुनै पनि समाचार प्रवाह गर्दा एकपछिय रुपमा नगर्न विनम्र आग्रह गर्दछु। त्यस्तो प्रचारबाजीबाट अर्को पक्षलाई घोर अन्याय हुन्छ।

52 thoughts on “बीबीसी पत्रकारविरुद्ध पाँच मुद्दामा आज सुनुवाई”

  1. kalpana says:
    September 5, 2012 at 11:17 am

    महिला जहाका भए पनि उनीहरुलाई इज्जतको डर हुन्छ यस्ता कुरा सके सम्म बाहिरा ल्याउदैनन सुरेन्द्र ले गल्ति त गरेकै हुन् जस्तो छ बिदेसी केटि यौन को मामलामा अलि खुला हुन्छन भनेर मोज गरेका होलान तर फिल्पिनो नै भए पनि अलि बुझेकी रहिछन तेसैले कुरा बाहिर ल्याइन नत्र उनको ठाउमा एउटा नेपालि केटि भएको भए सुरेन्द्र ले जिन्दकी बर्बाद पार्ने रहेछन जे होस् कुरा अदालत सम्म पुगेकोले पीडितले न्याय पाउनै पर्छ .

    Reply
  2. Ram Mainali says:
    September 2, 2012 at 4:19 pm

    केही समययता म ब्यक्तीगत रुपमा मुख्यत हेल्प नेपाल अभियान मार्फत गरेको बिभिन्न कामहरूले गर्दा पत्रकार रबिन्द्र मीश्र प्रती धेरै नै प्रभावीत भएको थिए | तर अर्का बीबीसीका पत्रकार सुरेन्द्र फुयालले एक फिलिपिनो महीलामाथी गरेको भनिएकोअत्याचारका बारेमा नीजले देखाएको मौनता मात्र हैन फुयाललाई बचाउनै लागीपरेको सुन्दा अचम्म लागेको छ | यदी यो कुरा सत्य हो भने समाजका सबै बीकृतीहरुलाई उजागर गर्ने पत्रकारिता पेशा र समाजसेवा जस्तो पवित्र कार्य एकैसाथ गर्न लगीपरेका पत्रकार रबिन्द्र मीश्र पनी फगत पाखंडी रहेछन भन्ने प्रमाणीत हुन्छ |

    Reply
  3. Sudheer says:
    September 1, 2012 at 12:01 am

    सुरेन्द्रले गल्ति गरेकै बुझिन्छ र उसले आफुले गरेको गल्तिको सजाय पौने पर्छ. नारी कुन देश को हो, कुन जति को हो तेस्मा नजाऊ. आखिर उ एक नारी भएकोले, उसले न्याय पाउनै पर्छ. कानुन सबै लाई लाग्छ र सम्मानित अदालतले सुरेन्द्रलेलाई सजाय दिने छ.

    Reply
  4. Binay says:
    August 31, 2012 at 5:42 pm

    फिलिपिनो आइमाई भएरमात्र यो सुरेन्द्र को बार बजेको हो अहिले सोझी नेपाली महिलासंग एस्तो गरेको भए त एस्ले सिधै दबाउने थियो होला नि ! के थाहा कतिजना नेपाली दिदीबहिनी हरुलाई यसले एस्तै हर्कत देखाई रा होला ! अब तुसम, थ्रीसम हैन एस्लाई पाँचसम देखाई दिनुपर्छ |

    Reply
  5. man thapa says:
    August 31, 2012 at 2:13 pm

    http://www.facebook.com/photo.php?fbid=2417242747814&set=a.2417228587460.141226.1153722566&type=3&permPage=१

    Reply
  6. Janak Silwal says:
    August 31, 2012 at 1:14 pm

    नेपालमा फैलिन नदिईअको तर एक सत्य कुरा के हो भने रबिन्द्र मिश्र माथि महिला सहकर्मी लाई यौनजन्य प्रस्ताब र व्यवहार समेत गरेको आशयको मुद्दा बेलायत को एक अदालतमा पुर्यैएको थियो . तर एहाको कानुन innocent until proven guilty भएकोले उनले सफाई पाए . तेस्मा bbc को नामी lawyer हरुले गर्दा पनि उनि वालवाल बचे . हुन त ऐले उनि नेपालमा खुब हिरो बनि तोपलेका छन् .

    Reply
  7. Kamal Singh says:
    August 31, 2012 at 11:45 am

    चरिनाले पेश गरेका प्रमाणहरु, फुयाल कि बहिनि निर्मला ले गरेको च्याट्टिंग (जसमा भनिएको छ – पाल्न नसक्ने भए किन भुडी बोकिस, सोहि कुरो त्यो निर्मला भन्ने केटीले उसकी भाउजु निकिता लाई किन भन्न सक्दिन? आईमैको नाममा कलंक ), फुयाल ले मोज गर्न लेखेका म्यासेज ” twosome or threesome , best fuck ever had ” आदि कुराहरुलाई हेर्दा र मोज गरे बापत उल्टै चरिना संग फिस (पैसा) मागेको कुरा पढ्दा खेरि यो फुयाल भन्ने मान्छेलाई जेलमा राखेर मुद्दाको पुर्पक्ष् हुनुपर्ने हो.

    तर नेपालमा नेता, पत्रकार, गुन्डा भए पछी जे गर्न पनि छुट छ. नैतिकता, इमान्दारिता भन्ने कुरा सब्दहरु मात्रै सिमित भए पनि, न्यायालयमा बकितम भन्दा लिखितम चल्ने भएकोले यो ‘फुयाल बोको (चरिनालाई बाख्री भन्दो रहेछ, हेर्नुहोस प्रमाण हरु), खोरमा जानु सर्वथा उचित छ. भ्रस्ट समाज निर्माण गर्ने पत्रकार नै हुन्, पत्रकारिता भनेको ब्लाकमेल हैन भन्ने कुरा यो फैसलामा आउनुपर्छ

    धन्यबाद

    Reply
  8. योगेश आदी, न्यूयोर्क says:
    August 31, 2012 at 9:14 am

    यस्ता अघोषित सम्बन्धको बारेमा नेपालको कानून मौन रहेको तथ्य हेर्दा अन्य बाहेक सम्बन्ध बिच्छेद र सो संग सम्बन्धित मुद्धाको खासै अर्थ देख्दिन…

    Reply
  9. Anup says:
    August 31, 2012 at 7:58 am

    मुद्दा लाग्दैमा कोहि पनि दोषी ठहरदैन, नायिक आदलतको फैसलाले छिनोफानो गर्छ , दिन दसा खराब भयो भने हात्ती माथि बसेको मान्छे लाई पनि कुकुरले टोक्छ भन्थे सहि रहेछ 😉

    Reply
  10. पूर्ण नेपाली says:
    August 31, 2012 at 5:40 am

    हुन त अर्काको व्यक्तिगत मामलामा कमेन्ट गर्ने त बिल्कुलै मन थिएन तर नेपाली मिडिया मा खुबै सुनिने नामहरु मुछिएको देखेसी केहि भन्न मन लागो,, यो मामला तेसैनै cheap छ र अझ त्यो पत्रकारको म्यासेज हेर्दा उनि निकै नै घटिया रैछन भन्ने नि बुझियो…
    हुन त फिलिपिना हरु नि कम्ताका त हुन्नन् तर यो केसले यो पत्रकारको धोति नराम्ररी खुस्काइदियो. He deserves this abashment.. कि कसो साथी हो..

    Reply
  11. pramila bhandari says:
    August 31, 2012 at 5:05 am

    होइन हाम्रा शिक्षित भनाउदाहरु यौनमा किन यति धेरै उदार हुदै छन् / कहिले अमेरिका बाट पी . एच .डि. डाकसाब माइनर को केश मा पर्छन/ कहिले पत्रकार मित्र अर्कोको श्रीमतीलाइ समाउन जादा छत बाट लडेर मर्छन/ आधुनिकताको नाम मा यो समाज कता जादैछ ?सुन्दा पनि लाज नै लाग्ने , घरमा श्रीमती हुने मान्छे लीभईनटूकेदर रे / श्रीमतीले सिस्नुपानि लगाउन नसकेकी / हावा नचली पात कहिलै पनि हल्लिदैन हौ / साथीहो याद गरु है हाम्रापनि शभ्य र शिक्षित भनाउदा श्रीमान कतै लीभईनटूकेदर को रिलेसन मा त छैनन् ?

    Reply
    1. himal kharel says:
      August 31, 2012 at 11:11 am

      कहिले पत्रकार मित्र अर्कोको श्रीमतीलाइ समाउन जादा छत बाट लडेर मर्छन……
      यो कुरा चाहिं मलाई नि सत्य नै लागेको छ .

      Reply
  12. Anita, USA says:
    August 31, 2012 at 4:42 am

    सुरेंद्रजी ले लेखोको विवरण पढे पछि “हाम्रो साथी को नाताले उठबस थियो ” भानु भाको छ . त्यसो भय किन त्यस्तो text maseage पठाको त ? त्यो साथीको भाषा र भावना दुवै को बिपरित छ. आगो नबली धुवा उठ्तैन. म कानुनको बिधार्थी भाकोले अदालतको फैसला पर्खी बसेको छु .

    Reply
  13. jajaman says:
    August 31, 2012 at 4:00 am

    नेपालमा सोझो र इमान्दार मानिसलाई झुक्कायर खाने बानि परेको पत्रकार को कर्तुत हो यो . बिबिसी जस्तो संचार सस्था लाई आफ्नो वर्ग को स्वार्थ पूर्ति गर्ने थलो बनाउने मौका लिरहेको मानिस को कर्तुत देखिदैछा.

    Reply
  14. Sara says:
    August 31, 2012 at 3:55 am

    फिलिपिनो महिलाले न्याय पाउनै पर्छ . सुरेन्द्र फुयाल लाइ बि बि सी को पत्रकार हुम भनेर चोखिन दिनहुन्न.

    Reply
  15. Navin Banjade says:
    August 31, 2012 at 3:46 am

    जे सुकै होस् सुरेन्द्र ले मोज गरेकै हो किनकि मोज नगरी यसरि कसैले पनि आरोप लागौदैना , लगाउने भय आरुलाई पनि लागौथे……तर यसरि कुरा खुल्दा पत्नी संग रिलेशन बिग्रने डर भयको हो ….तर बन्धु यौटा गल्ति लुकौना हजार झुट बोल्ने नगर …..केटि घुमायो मस्ती गरेओ सबैले गर्छन , चाहे फिलिपिनो होस् या नेपाली ..इन्डियन होस् या पाकिस्थानी र बंगाली या रसियन होस् …या ….क ख ग ..जे होस् मस्ती गरेको हो भने हो भन…..जीवन मा रिलेशन banchan bigranchan जे पनि हुन्छन तर सेयाल जस्तो भयर न भूक ….सिदा सिदा टुन्गौने तिर सोछ……..लुते पुते कुरा नगर ………..

    Reply
  16. bal bahadur says:
    August 31, 2012 at 3:25 am

    मुला सागहरु दुबैले मोज गरे अहिले झगडा . अब यो जिम्मा अदालतकै भयो . प्वाक्क बोलि हाल्न उचित हुन्न , पहिला बिकाश थापालाई पनि यस्तै गरि गालि गरे साथीहरुले बिचरा निर्दोष भेटियो . झन् यो फिलिपिनो को के कुरा गर्नु , यिनीहरुको मा बिहे गरे पछि डिभोर्स गर्न नपाउने नियम रहेछा , त्यहि भएर कहिले को साग कहिले को साग लिभिंग टुगेदर बस्छन . फुयाल जी ले नि मौका को फाइदा उठाउन खोजेको रहेछा तर चरिना देबिले नेपालको महिला अधिकार बुझिछां त्यसैको फाइदामा लागिन . लौ दुबैलाई बधाई .

    Reply
  17. Sargam thapa says:
    August 30, 2012 at 11:30 pm

    ई पत्रकार पनि समाजका पीडक नै रहेछन , कतिलाई यसै गरि फसाएर मोज गरे होलान धन्न ई फिलिपिनी महिला साहसी र शिक्षित भएकाले भण्डाफोर गर्न सफल भईन , बास्तबमा नेपालमा कानुन छ भने ई बिदेशी बालालाई न्याय दिई नेपाली बुहारी बनाउन पर्छ अनि मात्र यौन शोसकलाई जेलमा पठाई पाठ सिकाउन पर्ला कि ..

    Reply
  18. roshan says:
    August 30, 2012 at 11:20 pm

    आफ्नो गलत हर्कतहरु लुकाउन जे बोल्दा पनि हुन्छ . तर एउटा केटि मान्छे ले कुनै आधार बिना कुनै पुरुष लाई एस्तो आरोप लाउन असम्भब छ. यो पत्रकारको खोल ओढेर गैरकानुनी काम गर्नेहरु पनि धेरै छन् सबैलाई चेतना भया.

    Reply
  19. Santosh1 says:
    August 30, 2012 at 10:09 pm

    सुरेन्द्र फुयाल को भनाइ मा केहि दम छैन . कोइ पनि केटि ले मन् परौदै मा बिहे गर्छु भन्दैन . अनि एदी भनेकै हो भने पनि बिहे गर्दिन भन्दा जस्बर्जस्ती त कसै ले पनि गर्दैन . दाल मे कुछ काला है !!

    Reply
  20. SnK Rai says:
    August 30, 2012 at 10:03 pm

    जो बिबाहित, अनि घरमा श्रीमती र बालबच्चा हुंदाहुदै BBC नामको नाशोले सर्बेसर्बा, सुसज्जित र शोभनीय छु भन्दै बिदेशी अबिबाहित महिलालाई फाईफुट्टी देखाएर खेलाउनुसम्म खेलाउदाको कुनियति र कुकर्मको फल भनेकै – दुषपरिणाम र दुर्दशामा परिणत हुनु होइन त !!…

    Reply
  21. prashanta says:
    August 30, 2012 at 9:33 pm

    रविन्द्र मिश्रका सहि चेला रहेछन् सुरेन्द्र फुयाँल। थर सुन्दा नै फुईँ लगाउने मान्छे जस्तो सुनिन्छ उनको। एकताका उनका साथीभाइ लाई म त नेपालमा एक्सप्याटहरू (नेपालमा बसेर डलर कामइ गर्ने विदेशी नागरिकहरू ) सित बढी उठ बस गर्छु र मेरो हेलमेल र हिमचिम बढी विदेशीसित हुन्छ भनेर धाक दिने फूयाँल जी त आफू विवाहित हुँदा हुँदै फिलिपिनी महिला मित्रसित सल्केका पो रहेछन्। ए ए ….उनको चाला यस्तो पो रहेछ। बीबीसी नेपाली सेवाको लण्डन कार्यालयमा महिला सहकर्मीहरूमाथि यौन दुराचार र दूर्व्यवहार गरेको घटनापछि भएको आन्तरिक छानविन पछि बीबीसीको व्यवस्थापनले साँप पनि मर्ने लठ्ठीपनि भाँचिने निर्णय गर्दै रविन्द्रलाई बीबीसी विश्वसेवाको मुख्यालयको जागिरबाट हटाएर नेपालतिर हुत्याइदिएको थियो करिब तीनवर्ष पहिला । खासमा रविन्द्रलाई यहाँबाट हट् र तेरो देशमा गएर गरि खाने भए जा भनेको हो। त्यो काण्ड र आफूमाथि भएको कारबाहिलाई ढाकछोप गर्न रविन्द्र स्वेदशको मायाँले ओतप्रोत भएर देश बनाउन नेपाल फर्केको भनि फूई‌ लगाउँछन्। बेला बेलामा उनि देश विकाश र सहयोगको राम्रै चटके पनि देखाउँछन्। जसले खास मनले गरेको हुन्छ त्यसले चटके देखाउे गर्दैनन्। त्यसको उदाहरण हुन दिसशोभा श्रेष्ठ। रविन्द्र कहिले कोरिया गएर र त कहिले चेपाङ् गाउँको खोरिया पुगेर त्यस मार्फत आफूलाई चर्चामा ल्याउने गर्छन । उनै रविन्द्रले आफ्ने कोटको गोजीबाट नाम निकालेर काठमाण्डुको जिल्लाको मुलपानी गाविस तिर घर भएका सुरेन्द्रलाई काठमाण्डु पोष्टबाट बीबीसी नेपाली सेवामा भित्र्याएका हुन्। आफू जस्तो चरित्रको छ उसले उस्तै चरित्र भएको मानिस भेट्छ। चोरबाटो बाट बीबीसी छिरेका रविन्द्रले चोरबाटो बाट बीबीसी भित्र्याएका सुरेन्द्रलाई बचाउ गर्ने नै भए। त्यसमाथि पनि उनिहरूको गाउँ ठाउँ नजिक नजिकै हो। आफूसमेत त्यस्तो काण्डमा परिसकेका मिश्रले सुरेन्द्र फुयाँललाई हर सम्भव बचाउने छन् र बच्ने उपाय सिकाउने छन्। जुनिमा एकपटक बिबीसीमा अन्तरवार्ता दिन पाए वा जुनिमा एकपटक बीबिसीमा काम गर्न पाए जे पनि गर्न तयार नेपालका राजनीतिज्ञ र पत्रकारहरूले बीबीसीमा कामगर्ने पत्रकारहरूले गर्ने नचाहिँदा कामहरू विरूद्ध बोल्न र लेख्न सक्छन कि सक्दैनन यो घटना सँगै अगाडि हुने परिघटनाहरूले देखाउँदै जानेछ।

    Reply
    1. nilram says:
      August 30, 2012 at 11:13 pm

      मैले ले त रबिन्द्र मिश्र लै राम्रो पत्रकार सम्झिन्थे….कुरो येसो पो !!! तपाई को कुरा अनुसार UK को कानुन पनि नेपाल कै जस्तो ढाकछोप गर्ने रहेछ …त्यो पनि यौन दुराचार मा ….

      Reply
    2. Ramesh Thapa says:
      August 31, 2012 at 1:08 am

      तपाईले भन्दैमा हामीले सबै पत्याउनै पर्छ भन्ने छैन है मित्र! विकास थापालाइ यौन दुर्ब्यबहार को झुटो आरोप लागेको बिर्सनु भो? रबिन्द्र मिश्रले समाजमा धेरै उदाहरनिय काम गरेर देखाएका छन्. त्यसले अरुलाई पनि हौसला मिल्छ. यस्तो कुरालाई प्रचार बाजी गरेको भन्नुमा आरिसको भावना ले काम गरेको देखियो.

      Reply
    3. Deepak says:
      August 31, 2012 at 2:35 am

      प्रशान्त जी तपाइलाई रबिन्द्र मिश्र लाई bbc ले यौन दुराचार को आरोप मा हटाएको भनेर कसरि थाहा भयो?bbc को आन्तरिक कुरा तपाइलाई कसरि थाहा भयो?एदी यो कुरा सत्य हो भने source खुलौनुस नभए तपाइलाई मानहानी को मुद्दा पर्ला.

      Reply
  22. Bidhan says:
    August 30, 2012 at 9:07 pm

    घरका पाका ले हामी सानो छंदा सम्झाउने गर्थ्यो होस् गर है “मान्छे कि त थुतुनो ले कि त मुतुनो बिग्रिन्छ ” कुरो त सत्य रहेछ I

    Reply
  23. Ramesh Thapa says:
    August 30, 2012 at 9:00 pm

    हैन कुरा बुझ्दा त यी सुरेन्द्र फुयाल भन्ने मान्छे फटाहा जस्तो लाग्यो/हैन यी पत्रकारहरु किन यतिसारो गिरेका हुन्छन हो केटि देख्नेबितिकै रयाल काड्ने कस्तो रोग छ पत्रकारहरुलाई?

    Reply
  24. janak dangol says:
    August 30, 2012 at 8:04 pm

    मैले पनि यो बिसयमा कमेन्ट गर्ना साथ मैले कमेन्ट गरेको सबै मेरो फेसबुक मित्रहरु र मलाइ पनि Friends Requist पठाई छिन ! को दोषी छ भनेर न्याय निसाफ दिने काम सम्मानित अदालतको हो ! तर याहा पत्र पत्रिका मा छापिएकै भरमा यो दोषी र उ दोषी भन्न मिल्दैन ! सुरेन्द्र फुयाल दोषी हो र निज लाइ संजाय हुनु पर्छ भनेर पत्रिकाको पत्रकार तथा जनताले नै फैसला सुनाउने हो भने किन चाहियो अदालत ? मैया हद बाठी रहिछिन .. मौका नपरुन्जेल चरो ..मौका परे पछी बन्चरो टाइप कि !

    Reply
  25. Ramesh, Qatar says:
    August 30, 2012 at 8:03 pm

    फ्री मा मोज गरम भन्ठान्य थिए होला बिचरा पत्रकार ले तर त्यो त बल्छी पो रैछ | पैसाको लागि यौन लाइ बल्छी को रुप मा पर्योग गर्ने धेरै फिलिपिनी केटि हरु भेटिन्छन विदेश मा तर नेपाल मै यस्तो भा’ सुन्दा अचम्म लाग्यो |

    सरसर्ती हेर्दा सुरेन्द्र ले चरिना संग रोमान्स गरेको तर आर्थिक सोधभर्ना र बिहे गर्न नमानेको देखिन्छ |
    अनि नेपाल मा सम्बन्ध प्रमाणित को आधार के हो ? के उनीहरु को बिहे दर्ता छ ? सामाजिक सर्जमिन बक्ने मानिसहरु छन् यिनीहरु लोग्ने स्वास्नी हुन् भन्ने ? के को आधार मा अदालत ले आदेश दियो मासिक ४० हजार दिनु भनेर ?
    चरिना नि सामान्य केटि नभएर चालु खेलाडी हुन् जस्तो देखिन्छ | नेपाल को कानुन अनुसार निस्पक्स्य छानबिन हुन् जरुरि छ र तेती बेला सम्म दुवै जना लाइ नेपाल छोड्न बन्देज लगाइएनु पर्छ |

    Reply
    1. nilram says:
      August 30, 2012 at 10:57 pm

      हो कुरो ढिक हो …तर रोमस चरिना ले सुरेन्द्र संग पनि गरेकै हो …..फिल्लिप्पिनेस महिला प्रधान समाज हो ….तेहा को courtship परिभासा अनुशार एउटा महिला ले धेरै पुरुष संग हेलमेल गरि बेस्ट पुरुष छाने गर्द छिन् ….नेपाली परिभासा अनुसार सुरेन्द्र ले र फिलिप्पिनेस को परिभासा अनुसार चरिना ले मोज गरेको भनेकी !!

      http://en.wikipedia.org/wiki/Women_in_the_Philippines

      Reply
  26. yam pun says:
    August 30, 2012 at 7:31 pm

    फिलिपिन्समा ७०% त हिजडा हुन्छ भनेर फिलिपिनो को मुख बाट नै सुनेको हुँ! यसैले फिलिपिना केटीहरुले आफ्नो देसमा केटा नपाउने भएकोले यिनीहरुले जुन सुकै देसको केटा लाई ब्वोई फ्रेन्ड बनाउने र अबिबाहित हो भने मिले सम्म बिहे पनि गरि हाल्ने गर्छन्! बिदेसमा यिनीहरुको मुख्य उदेस्य भनेको ब्वोई फ्रेन्ड बनाउने अनि सम्पूर्ण खर्च जस्तै बस्ने ठाउको खर्च, खाना खर्च, पकेट मनि, सपिंग सबै ब्वोई फ्रेन्ड बाट नै लिने कोसिस गर्छन् र ब्वोई फ्रेन्ड ले डिमाण्ड पुरा गर्न सकेन भने छोडेर अर्कै पैसावाल संग लपक्क टासिने गर्छन्! पैसा र खानेकुरा भनेपछि त फिलिपिना केटीहरु मरेको पनि उठ्ने गर्छन् यार! रेड लाइट एरिया मा भेटिने केटीहरुले सेवा बापत सिधै पैसा लिन्छन् भने ९५% फिलिपिना केटीहरुले घुमाउरो पाराले लिन्छन्! म महिलाहरुलाई सम्मान गर्ने मान्छे हुँ तर फिलिपिना केटीहरुको वास्तविकता यहि नै हो! अब कुरा रह्यो सुरेन्द्र र चरिनाको! गल्ति दुवै बाट भएको होला त्यसैले सजाय एउटाले मात्र पाउनु हुन्न!

    Reply
    1. सन्तोष says:
      August 31, 2012 at 11:05 am

      बा याम पुनजी – तपाइँ त एकदम अनुभवी हुनुहुदोरहेछ फिलिपिनी मामिलामा !

      Reply
  27. राम शर्मा says:
    August 30, 2012 at 7:28 pm

    नेपाल मा महिला बढी पिडित भएर होला पुरुष माथि धेरै खानिन्छ धेरै मानिस हरु ….जस्तो घरवली छदा छदै बहर वाली हुदा पुरुस लै दोष दिन्छ ….के बिबाहित पुरोश संग सबंध राख्न खोस्ज्ने र परिवार भाड्न खोज्ने महिला हुदैनन् र ? हुन न एदी ये महिला को कुरा सुन्ने हो भने सुरुवात त पुरुष बाटै भयको छ …दोस त उनकै होला

    Reply
  28. राम शर्मा says:
    August 30, 2012 at 7:20 pm

    “मन लोभी पापी” र “घर कि भन्दा बजार कि राम्री” ले डुबायो फुयाल जी ….चरित्र पनि रहेन ….सबै भन्दा टुलो सजाय ….घरमा भाउजु को तिरस्कार ….यो रह्यो नैतिकता को प्रस्न ..

    अब कानुनी प्रस्न अलग छ ….बहेस्क बीच को आफु खुसि समन्ध गैर कानुनी हुदैन धेरै देश मा …नेपाल मा खै ….आफूखुसी न गरेको तर्क मा केटि को सम्बन्द बिग्रे पछी को exageration हो जस्तो लाग्छा ….यौटा पत्रकार को facebook account नै छैन भन्ने कुरा बिशोवास गर्र्नु र दोस्रो श्रीमती छ भनेकुरो पछी मात्र facebook थाहा पाउनु अलि पचेन …बरु पुरानो श्रीमती छोड्ला भन्ने आशा थियो होला….केहि न केहि दुवै को कुरा बनावटी छ …

    Reply
  29. Gemmi says:
    August 30, 2012 at 7:14 pm

    फुयाल बन्धु मोज मात्रै गर्न पल्केकाले फसेको हुनुपर्छ | मुद्धा त त्यो केटीले जित्दिन होला तर तर यसले आफ्नो क्षेत्रमा नाम समेत बनाइसकेका केही नेपालीहरूको चारित्रिक धरातल प्रष्ट पार्छ |

    Reply
  30. सन्त मान श्रेष्ठ says:
    August 30, 2012 at 5:55 pm

    यो बिषयमा रबिन्द्र मिश्र पनि मुछिनु भएकोमा अचम्म लाग्छ । उहाँले आफ्नो सफाई लिनु पर्ने हो ।

    Reply
  31. Ravi Aryal says:
    August 30, 2012 at 5:45 pm

    हुन् त् सुरेन्द्र र चरिना बीच तलमाथिको खेल धेरै भाकै हो,मुलाहरुले सुरुमै ध्यान दिनुपर्ने,थोरै खेलेर टुंगाउनु पर्ने खेल उनिहरु फुलटाइम खेल्ने कोसिस गरे,हेरुम सत्यको जित हुनुपर्छ आज !!

    Reply
  32. dor prasad says:
    August 30, 2012 at 5:44 pm

    पत्रकार जस्तो बिबाहित मान्छे ले के गर्नु हुदैन एउटा नैतिकता को प्रस्न हो …तर यो कैसे रोचक कानुनी पाटो पनिछ …

    सालोक्य जी नेपाली कानुन अनुंसर विहा को कानुन के रहेछ ? बिहा दर्ता गरे पछी मानेता पुछा कि न गरे पनि हुन्छा ? बिहा गर्दा पण्डित वा अरु कोहि साछी चाहिन्छ ? बिहा अघि सल्लाह मा गारिय को सबंध के नैतिक हो नेपाली कानुन मा ?

    हेरौं, नेपाल मा बिधेशी (कु?)संस्कृति फैलिदै जादा बिबाह पूर्व living together लै कानुन ले कसरि हेर्दो रहेछा ? के living together लै पनि बिच्छेद गर्न र अंश दिन मिल्छा …हेरौं अदालत ले के भन्दो रहेछा ?

    Reply
  33. kishor says:
    August 30, 2012 at 5:37 pm

    साथि हो फिलिपिनो केटि संग बच्नु है बच्नु, लिव इन relationship मा पनि कहिँ divorce हुन्छ, कहिँ नभाको जात्रा नेपाल मा|

    Reply
  34. Sisir says:
    August 30, 2012 at 4:50 pm

    फिलिपिनो केटिहरु एस्तो मामलामा खतरा हुन्छन भन्ने सुनेको थिए ? फुयाल जी घरमा एउटी हुदाहुदै living together को पश्चिमा नक्कल तपैलई कति भरि हुने हो अदालतको फैसलामै निर्भर होला ..

    Reply
  35. drishya says:
    August 30, 2012 at 4:40 pm

    seems like charina cabrido is telling truth.

    Reply
  36. Laxima Dhungana says:
    August 30, 2012 at 4:33 pm

    सुरेन्द्र जि ले फिलोपिनो सग यसो मोज गरौन भने सोचेर एउटा घरवाली,अर्को बाहरवाली राखेर २ टै हात मा लढु राख्न खोज्नु भएको रहेछ तर , लामो समय सम्म कहाँ २ वटा ढुङगामा खुट्टा राखेर लामो यात्रा गन सकिन्छ, तेसैले आज आफैले खनेको भौढीमा आफै नमजाले फसे पछी मेरो चरित्र हत्या गन खोजेको भनेर कस्ले विश्वाश गछ , त्यो त लाज पचाउने कुरा मात्र हो । यस्तो कुरा सार्बजानीक एउटा महिलाले तब मात्र गछ जब उस्को पिडाले चरम सिमा नाग्छ । आजको फैसला जे भये नि सुरेन्द जस्ता घरवाली वाहर्वाली राखेर मोज गने मानिस लाई पाठ सिकाउला । एउटा निर्दोश ले न्याय पाउन सकोस र दोशी लाई सजाये मिलोस जये नेपाल ।

    Reply
  37. Raj says:
    August 30, 2012 at 4:26 pm

    अर्को एउटा बिकाश थापा को कहानी दोहोरिने भए जस्तो छ | हुन त यस ब्लग मा अधिकांश ले चरिना प्रति नै सहानुभूति राखेर वकालत गर्लान र आँखा चिम्लेर महिला हिंसा को बिरोध मा नै वकालत गर्लान| तर कुनै पनि मुद्दा मा बोल्दा दुवै तिर बाट निस्पक्ष हुनु जरुरि छ न कि यस्तो होला भनेर हावा मा गोलि ठोक्ने |

    Reply
  38. प्रेम पुन,बेल्जियम says:
    August 30, 2012 at 3:26 pm

    सबै कुरा बुझ्दा सुरेन्द्र फुयाल एक नामी यौनपिपासु हो भन्ने बुझाउछ।उनले लेखेका एसएमएस हरुमा यति घृणित तरिकाले उतर्नुले उनि कुनै शिक्षित पत्रकार हैनन भन्ने प्रमाणित हुन्छ।मान्छे चाहे फिलिपिनो होस चाहे नेपाली होस सबै एकै किसिमका हुदैनन।सबैका जीबनशैली र भाबना फरक-फरक हुन्छन।चरिना र पुरै फिलिपिन देशलाई बेश्या जस्तै ठान्नु फुयालको गम्भिर भूल हो त्यसैले चरिनाले न्याय पाउनु पर्छ र फुयालले सजाय..।

    Reply
  39. Damodar Dhungel says:
    August 30, 2012 at 3:24 pm

    हौ. लाखे है यो फिलिपिनो हरु जस्तो स्वार्थी त अरु हुदैन पोत तर साथि को सम्बन्ध कति गहिरो हो त्यो त थाहा भएन कि तर साथी हरु बच्नुस है .

    Reply
  40. Rupesh says:
    August 30, 2012 at 3:21 pm

    माथिको मोबाईल मेसेज हेर्दा लाग्छ, साच्चिकै सुरेन्द्र ले करिनालाई सेक्सको लागि मात्र प्रयोग गरेका थिए । तर समस्या तब आयो जब करिनाले बिहेको प्रस्ताव राखिन् । आशा छ अदालतले दोषि माथि कारबाहि र पिडितलाई न्याय दिलाउने छ । हामि युवा पुस्ताले यो बुझ्नु पर्दछकि सेक्सको लागि मात्र गरिने सम्बन्धले दुवैलाई हानि पार्दछ ।

    Reply
  41. Mahendra Gorkhali says:
    August 30, 2012 at 2:49 pm

    If we closely study Surendra’s text messages, we can say he is the culprit. He has sexually abused his live-in partner and now wants to dump her. We have heard BBC Nepali staff’s scandals in earlier occasion also, so no surprise if they are trying to protect this man. Hope the court will deliver justice to the Philippino woman and set a precedent for future crimes like this.

    Reply
  42. prakash says:
    August 30, 2012 at 2:39 pm

    पत्रकार भएर कस्तो बिजोग हेर्नु पर्यो |
    समाचार बनाउने मान्छेले खुद समाचार बन्नु पर्यो ||

    Reply
  43. Bhola Thapa Chhetri says:
    August 30, 2012 at 2:11 pm

    लौ फसेउ बीबीसी पत्रकारसुरेन्द्र ज्यु । पारीको जालमा (पारि भनेको फिलपिनीले साथीलाई पारे भन्छन) त्यसैले पारि भनेको—हाहा—-आ -आप्नो बैजत आफैले गर्दै छन यस्ता कान्डा नेपालमा मात्र किना हुन्छ कोई बुंगा बुंगा कोई यस्ता उफ नेपाल विग्रो—-

    Reply
    1. Gagan says:
      August 31, 2012 at 1:15 pm

      फिलिपिनो केटा साथीलाई पारे र केटीलाई मारे भनिन्छ

      Reply
  44. thapa rajbarsingha / canada says:
    August 30, 2012 at 12:51 pm

    बच्चा भयको भय डी न य टेस्ट हुन्थ्यो ….चरिना ले यो मुद्धा सिधै हार्ने देखिन्छ …..जे भो ….भो होला तर प्रमाण जुटौना गार्हो छ….कानुन ले त प्रमाण खोज्छ ,,,,फिलिपेनो तेती कमसल हुन्न कथा बनाउन लाई…तेस्मथी नेपाली ठिटा हरु…हामी त फिलिपिन्स लाई ससुराली गाऊ भनेर भन्ने गर्छौ. हा हा हा हा

    Reply
    1. binit says:
      August 30, 2012 at 10:11 pm

      अनि नेपाललाइ छोरी बेच्ने देश भन्यो भने तपाई लाइ कस्तो लाग्ला.|

      Reply

Leave a Reply to Anup Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme