Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेसबुकमा ‘बुङ्गा बुङ्गा’ गर्न खोज्दा खोरमा

Posted on August 27, 2012August 28, 2012 by Salokya


बुङ्गा बुङ्गा पार्टी गर्न फेसबुकमा जानकारी राख्‍ने मोरङका एक युवक प्रहरीको फन्दामा परेका छन्। तपाईँलाई अचम्म लाग्न सक्छ, के हो यो बुङ्गा बुङ्गा भनेको? बुङ्गा बुङ्गा शब्द एक ताका अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चामा थियो। इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीको यौन जीवनसँग जोडिएर यो शब्दमा समाचार बन्ने गरेका थिए। प्रष्ट शब्दमा भन्ने हो भने सेक्स पार्टी जनाउँछ यसले। बुङ्गा बुङ्गाका कारण इटालीमा बेर्लुस्कोनीले ठूलो स्क्यान्डल खेप्नु पर्‍यो।

कम उमेरका केटीहरुसँग सेक्स पार्टी गर्ने कार्यक्रमका रुपमा बुङ्गा बुङ्गा शब्द इटालीमा चर्चित भयो। नेपालमा भने को आयो बुङ्गा बुङ्गा गर्न ?

प्रहरीका अनुसार उनी हुन् ४० वर्षका कीर्तन पोखरेल। घर उनको मोरङ जिल्ला हनुमानमन्दिर टोल–६ विराटनगर रहेछ। हाल चाहिँ कुमारीगाल नयाँ बस्ती बस्ने।

उनले फेसबुकमा बुङ्गा बुङ्गा इभेन्ट बनाएका रहेछन्। यो सेक्स पार्टीमा ११ देखि १७ बर्ष उमेरका किशोरीहरु समावेश गर्ने योजना उनको रहेछ। पार्टीमा सहभागी हुन चाहने ब्यक्तिहरुका लागि २ हजार युरो खर्च लाग्ने त्यहाँ लेखिएको रहेछ। प्लेनको टिकटसहितको खर्च रे त्यो। प्लेनको टिकट नचाहिने भए चाहिँ सात सय युरो मात्र रे।

फेसबुकमा यस्तो सूचना राख्दा पुलिसले के थाहा पाउला र भन्ने सोचेका थिए होला पोखरेलले। सो इभेन्टमा केही फेसबुक प्रयोगकर्ताहरुले लाइक पनि गरेका थिए। तर पुलिसले थाहा पाइहाल्यो। क्रिशी क्रिश नामले उनले त्यो इभेन्टलाई ‘पब्लिक’ अर्थात् सबैले देख्न मिल्ने बनाएका थिएनन्। त्यो फ्रेन्डस् इभेन्ट थियो। अर्थात् उनका साथीहरुले मात्रै हेर्न पाउँथे। उनको साथीमा कोही पुलिस थियो कि उनको साथी भएको कसैले पुलिसलाई खबर गरेको हो, शुक्रबार उनलाई प्रहरीले नियन्त्रणमा लियो।

इभेन्ट बनाएकै भरमा कसैले २ हजार युरो तिरेर नेपालमा सेक्स पार्टी गर्न आउला त ? पत्याउन गाह्रो छ। तर फेसबुकमा बनाएको इभेन्टबाट उनी अन्तर्राष्ट्रिय रुपमा सेक्स टुरिजम गर्ने कार्यमा संलग्न रहेको आरोप प्रहरीले लगाएको छ। यो आरोपको अदालतमा प्रहरीले कसरी पुष्टि गर्ने हो, हेर्न बाँकी छ। त्यसैगरी उनले प्रयोग गरेका इमेल ठेगानाहरुबाट आर्थिक लाभका लागि नग्न तस्विरहरु आदान प्रदान गर्ने गरेको आरोप पनि प्रहरीले लगाएको छ। इन्टरनेटमा नाङ्गा तस्बिर त जति पनि पाइन्छ। कसलाई उनले पैसा लिएर त्यस्ता फोटो बेचेका हुन्, प्रहरीको वक्तव्यमा प्रष्ट छैन।

आवश्यक अनुसन्धान र कारबाहीका लागि उनी अहिले हनुमानढोकामा छन्। उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गरिने भएको छ। आरोप प्रमाणित भयो भने उनलाई बढीमा ५ वर्ष जेल र १ लाख रुपियाँसम्म जरिवाना हुनसक्छ।

यो घटनाले फेसबुकमा जे पायो त्यही इभेन्ट बनाउँदै हिँड्नेहरु सचेत हुन्छन् भन्ने आशा गरौँ।

प्रहरीको वक्तव्य जस्ताको तस्तै हेरौँ-

“सामाजिक संजाल फेसबुक मार्फत ठगी
तथा Sex Tourism Event गर्न खोज्ने पक्राउ”
अन्तराष्ट्रिय सामजिक सञ्जाल फेसबुकमा Krishi Krish को नामबाट जिल्ला मोरङ हनुमान मन्दिर टोल – ६ विराटनगर स्थायी ठेगाना भई हाल का.जि.का.म.न.पा, कुमारीगाल (नयाँ बस्ती) बस्ने वर्ष ४० को किर्तन पोखरेलले “Bunga Bunga” Event create गरि सो मार्फत “Bunga Bunga” नामक पार्टी आयोजना गर्ने, पार्टीमा १० देखि १७ बर्ष उमेरका किशोरीहरु समाबेश गरि निजहरुबाट मनोरञ्जन लिन सकिने र उक्त पार्टीमा सहभागी हुन चाहने ब्यक्तिहरुका लागी २००० (दुई हजार) यूरो खर्च लाग्ने भन्ने सूचना प्रवाह गरेको देखिएको । सो Event मा केही फेसबुक प्रयोगकर्ताहरुले Like गरेको पाईएको ।

साथै निज किर्तन पोखरेलले २० भन्दा बढि email address हरुको प्रयोग गरि Internet सुविधाको दुरुपयोग गर्दै फेसबुकमा Fake Event राखी रकम उठाई अन्तराष्ट्रिय संगठित अपराध गर्न सक्ने तथा फेसबुकमा Create गरेको Event बाट अन्तराष्ट्रिय रुपमा निज Sexual Exploitation (Sex Tourism) गर्ने कार्यमा संलग्न रहेको र आर्थिक लाभकालागी निजले प्रयोग गरेका Email Address हरु मार्फत नग्न तस्विरहरु आदान प्रदान गर्ने गरेको आधारमा मिति २०६९/०५/०८ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले निज किर्तन पोखरेललाई का.जि.का.म.न.पा. – ६, कुमारीगाल ईलाकाबाट पक्राउ गरी विधुतीय कारोबार ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरिय प्रहरी परिसर हनुमानढोकामा बुझाईएको छ ।

32 thoughts on “फेसबुकमा ‘बुङ्गा बुङ्गा’ गर्न खोज्दा खोरमा”

  1. aditi says:
    August 31, 2012 at 1:58 am

    मलाई यस्तो कुराको कन्ट्रोल गरेको चाई मन पर्दैन, टुरिजम र देशको आर्थिक विकास हो, कुनै प्राइभेट सेक्टरले टुरिस्ट र बिदेशी मुद्रा भित्र्याउने कुनै योजना बनाउछ भने सहयोग गर्नु पर्छ, म त भन्छु, अफगानिस्थान र अमेरिकाले जस्तो भित्र भित्र ड्रग्स र लागु पदार्थको व्यापारलाइ पनि सहयोग गरेर देशको आर्थिक उन्नति गर्न सकिन्छ, कुरो बिदेशी मुद्रा संकलन हो र देशको अर्थ तन्त्रको विकास हो, मेरो एक युरोपियन साथी हरेक बर्ष नया केटासंग सारीरिक सम्पर्क राख्ने भन्दै नेपाल र भारतको भमण गर्छे, हो बिदेशी महिला, नेपालका शेर्पा केटाहरुसंग क्रेजी हुन्छन भने सरकारको केको टाउको दुखाई, बैंकक हेरे हुन्छ…व्यापार हो व्यापारमा हरेक कुरा जाहेज हुन्छ, कुरा यति हो किन्नेले खुसि भएर पैसा तिर्नु पर्यो, पैसा हुनेले न खर्च गर्छ, ( यो पढ्नुस युरोपका प्राय सबै बिजनेस कलेजहरुले द आर्ट अफ वार भन्ने पुरानो चाइनिज कथा पढाउछन, उनीहरुको बुजाई छ व्यापार पनि एक युद्द यो, जहाँ प्रतिस्पर्धीसंग लडाई चलिरहेको हुन्छ http://en.wikipedia.org/wiki/The_Art_of_War ……………

    Reply
  2. ram thapa says:
    August 29, 2012 at 2:05 pm

    केटो सारै, सारै इस्मार्ट छु भन्थ्यो आफुलाई मैले त कनफोम सोचेको थिए कि यसको ओभर इस्मार्ट र फाल्तु फुर्ति फार्थीले एक दिन खोर तिर पुराउछ !

    Reply
  3. राजेन्द्र says:
    August 29, 2012 at 7:11 am

    अब गर्ने भो ‘बुङ्गा बुङ्गा’ जेलको छिडीमा मच्छरहरुसंग ! होइन आजकल नेपालीहरुको येस्तै येस्तै खबर मात्र सुन्न पाइन्छ कि के हो? अब अमेरिकाबाट हुँदा हुँदा नेपालमा पनि येस्तो हुन थाल्यो I यो सबै इन्टरनेट ले ल्याएको बिकृति पनि हो I

    Reply
  4. avaya says:
    August 28, 2012 at 7:16 pm

    हैन, यो मान्छे झापाको शिवगंज स्कूलमापनि पढ़थियोकी के हो एकपल्ट? अनुहार, नाम र उमेर त सबै मिल्छ त!

    Reply
  5. yam pun says:
    August 28, 2012 at 5:14 pm

    facebook पनि बाँदरको हातमा नरिवल भने जस्तो भैसक्यो!

    Reply
  6. सुमित says:
    August 28, 2012 at 11:15 am

    अनि फेसबुक मा खोलिएका बुङ्गा बुङ्गा (अस्लिल फोटो हरु राख्ने ) पेज हरुलाई नि कारवाही (ब्लक) गर्ने कि ? अथवा ति संचालक लाइ कारवाही गर्ने कि ? नेपाली त्यस्ता पेज हरु कम्ति मा पनि १०० ओटा त होलान तिन मा ५०००० ले पनि लाइक गरेको देखेको छु मैले !

    Reply
  7. rijan says:
    August 28, 2012 at 9:55 am

    ठी क पर्यो केटा लै खुब बुङ्ग बुङ्ग पार्टी गर्नु पर्ने

    Reply
  8. Ramesh Pokhrel Qatar says:
    August 28, 2012 at 9:53 am

    फोटो हेर्दा त जोरपाटी तिर कुदिरहने अनि कुनै समय मा नेटवर्क धन्दा मा हिड्ने जस्तो लाग्छ / खुब विद्वान हु भनेर गफ ठोक्दै जोरपाटी हिड्ने लनठु तेही हुनु पर्छ /

    Reply
  9. योगेश आदी, न्यूयोर्क says:
    August 28, 2012 at 9:17 am

    यो त बिल्कुलै साइबर अपराध हो ! साइबर कानून – २०६१ अनुसार सजायको भागीदार गरि अन्य यस्तै प्रकृतिको अपराधीलाइ दुरुत्साहित नगर्ने हो भने भोलि अझ डरलाग्दो घटना दोहारिनेछ /

    Reply
  10. Devendra Basnet says:
    August 28, 2012 at 9:04 am

    अनावश्यक छाडा तन्त्र को माध्यमबाट धन कमौना खोज्ने कसैलाई पनि छोड्नु हुदैन.

    Reply
  11. rajan says:
    August 28, 2012 at 8:57 am

    केटो ख्यास्सियो |

    Reply
  12. ज्ञान मगर says:
    August 28, 2012 at 8:12 am

    कुन कृतन पोख्रेल हो यो मान्छे…..फोटो हेर्दा त पाथिभरा बोर्डिंग school इटहरीको टिचर जस्तो छ….त्यहा यो मान्छे २००२ तिर teach गर्ने कम गर्थियो….

    Reply
  13. Nepali Ramesh says:
    August 28, 2012 at 7:23 am

    गल्ति गर्ने लाई दोषी त भन्नै पर्यो र नियम कानून बमोजिम को सजाय त पक्कै हुन्छ. तर मेरो विचार मा यो खाई न पाई छाला को टोपी लाई भएको हो हा हा हा ……. हुन त आवश्यक अनुसन्धान पछि सत्य तथ्य त थाहा पहिनेनै छ ……

    Reply
  14. Roshan Basnet says:
    August 28, 2012 at 7:16 am

    भाई लाई ‘बुङ्गा बुङ्गा’ ले लाटा बुङ्गा बनाए जस्तो छ /
    सानो सुजाभ : नेपाल मा ” Cyber Crime / Law ” सम्बंदी कार्यक्रम आम जन्मानुश मा पुग्न पर्यो , ……. इन्टरनेट संजाल र त्यस बाट उत्पन्न खतरा को जानकारी नभएको टड्कारो उदाहरण उल्लेखित ब्लगले प्रस्ट संघ औलाएको देखिन्छ /

    Reply
  15. सुभाष सिद्धि says:
    August 28, 2012 at 6:33 am

    जनतालाई आफ्नो उल्लू सिधा पार्न लाटो-लथ्यौरा भन्ठान्ने , प्रशासनलाइ लाटोबुंगा ठानेर मनले चिताए जस्तो हवामहल खडा गर्न दिउँसै सपना देख्ने मध्ये एक यी पोख्रेल
    फेला पर्छ / जोसुकैको सुराकीले भए पनि , यसपाली ठिक समयमा प्रहरी हर्कतमा आउनु
    आफैमा राम्रो कुरो हो / अब आउँदो दिनहरुमा , यिनले (यस्तो जाल बुन्ने अरुले पनि) आफुलाई परिवर्तन गर्न जेल-कोठरी पुगेर पश्चाताप र ‘कीर्तन’ गर्नु सकारात्मक होला कि !

    Reply
  16. Jitman Rai 'Sabin' says:
    August 28, 2012 at 5:25 am

    सूचना र प्रविधिको सहि प्रयोग गर्न नसक्नुको परिणाम यस्तै हुन्छ । यस्तै घटनाबाट अरुले पाठ सिक्न सके फेसबुक कसैको लागि जीवन उपयोगी पनि हुन सक्छ ।

    Reply
  17. Ashesh says:
    August 28, 2012 at 4:33 am

    यि व्यक्ति कुनै बेला हामीलाई पढाउने टिचर थिए भनेर भन्दा नि लाज हुने भो अब….ईटहरीको पाथीभरा बोर्डिङ स्कुलमा हामीलाई पढाउने किर्तन सर…….
    मति बिग्रेपछि कसैको केहि नलाग्ने रै’छ ।

    Reply
  18. prabesh yonjan says:
    August 28, 2012 at 4:07 am

    “नेपाल प्राकृति को धनि देश हो ” फेशबुकम प्रकृतिले दिएको एऊटा राम्रो ठाऊको फोटो राखेर बिदेशिलाई नेपाल बोलाएर राम्रो ठाऊ घुमाएर पैसा कमाऊने बिचार गरेकोभए नाम कमाऊने थिएन ,‘बुङ्गा बुङ्गा’गर्न खोज्द खोरमापर्यो तर प्रमाण बिना पुलिसले कसरी कारबाही गर्छ होला ?कस्तो राम्रो शब्द ,‘बुङ्गा बुङ्गा’………………
    Sex Tourism Event को ठाऊमाGood Tourism Enven राखेको भए

    Reply
  19. Dipendra maharjan says:
    August 28, 2012 at 2:38 am

    आफ्नै दिदि बहिनि हरु राखेर गार्ने होलानी कुकुर ले

    Reply
  20. Mahendra Gorkhali says:
    August 28, 2012 at 2:29 am

    बुङ्गा बुङ्गा होइन, बङ्गा बङ्गा भनिन्छ | नेपालतिर एन्डी मर्रे (Andy Murray) लाइ पनि मुरे भनेर लेख्छन, जस्तो कि नागरिक निउजले | प्रायश यु प्रयोग गरिएको नाउनलाइ (विदेश तिर) उ उच्चारण गरिन्न, नत्र मर्फी (Murphy) लाइ मुर्फी भन्नु पर्ने हुन्छ | अडियोको सुविधा भएको अनलाइन वा अफलाइन डिक्सनरीको प्रयोग गरि सठिक उच्चारण सिक्न सकिन्छ | यो एउटा सुझाव मात्र हो, आलोचना होइन | आर्टिकल राम्रो छ, धन्यवाद |

    Reply
    1. achut says:
      August 28, 2012 at 11:15 am

      एक प्रकारको जडिबुटी लाई नेपाली मुलधारे पत्रिका ले ‘यार्चा गुम्बा’ , ‘यार्सागुम्बु’ ‘यार्सागुम्बा’ यार्सागुम्बु ……..गरि लेख्छ के भनेर बुज्नु हामीले/अब यो त ब्लग हो, आसय बुज्नु ‘ब्याकरण र उच्चारण’ तिर गएर ‘आची’ मा ‘चुर्ना’ नाखोज्दानै हुन्छ//

      Reply
      1. Mahendra Gorkhali says:
        August 28, 2012 at 1:04 pm

        तपाईंको कुरो पनि ठिकै हो, नेपालतिर जे भने पनि हुँदो रैछ, तर नेपाली हरु ले 8 लाइ अईट,
        L लाइ यल M लाइ यम, S लाइ यस र Twenty लाइ ट्वान्टी भन्दा गलल हाँस्ने बिदेशी पनि हामीले देखेका छौं | त्यस्तो किन हो भने नेपालमा सठिक उच्चारण नै खोज्ने र प्रयोग गर्ने परिपाटी छैन, र प्रयाश पनि हुँदैन रैछ जसको उदाहरण तपाईं कै कमेन्टले पनि दिन्छ | भाषिक एकरूपताको प्रयाश भए राम्रो हुने थियो | तर के गर्ने, त्यहाँ पढाउने गुरुले नै त्यस्तो सिकाए पछि….

        Reply
        1. Sita says:
          August 28, 2012 at 1:30 pm

          गलल हाँस्नु उनीहरुको तल्लो मानसिकताको परिचायक हो। खै गोर्खालाई गुर्खा भन्दा हामी गलल हाँस्दैनौँ त। नेपाल लाई निपाउल भन्दा हामी हाँस्दैनौँ त। खैरो छाला भएकाले जे भने नि हुने, उनीहरुलाई पुज्नु पर्ने हो कि गोर्खाली जी?

          Reply
        2. तेन्जिंग गाबा 'हिमाली' says:
          August 28, 2012 at 2:06 pm

          महेन्द्रजी
          “भाषिक एकरूपताको प्रयाश भए राम्रो हुने थियो” ——- १००% सहमत
          तर
          अर्काको भाषाको शब्दोच्चारण गर्दा गलत भए मा हासी हाल्नु पर्दैन र प्रायश: हास्दैनन पनि / अर्काको भाषाको शब्दहरु उच्चारण गर्दा “बंगा” बिग्रिएर वा अपभ्रंश भएर “बुन्गा” हुनु त साधारण नै मान्छु (कम्तिमा पनि म चाही) / बिस्वमा यस्ता अपभ्रंशको धेरै नै गतिलो उदाहरणहरु छन् र त्यी शब्दको उच्चारणले धेरैलाई हसाएको मैले चाही देखेको छैन /
          केहि उदाहरणहरु:
          मुख्य शब्द अपभ्रंश
          Man-hole ………………….. मंगाल (नेपाली)
          Key -man ………………….. खिलमान (नेपाली /बिसेशत प्रहरी-सेनामा)
          Orange ………………….. ओलेंजी (जापानिज)
          नेपाली ……………………………… नेपोयी (क्यान्टोनिज चिनिया)
          Pakistan ………………….. … पासिकितान (चिनिया)
          ग्वांगडोंग (चीनको एउटा प्रान्त) …… क्यानटोन (english)
          चुंग्कोक ………………………………. China (english)
          अंग्रेजी नजान्ने धेरै चिनियाहरुलाई China भन्ने कुन देश हो भन्ने थाहा हुदैन /

          जय नेपाल
          तेन्जिंग गाबा ‘हिमाली’

          Reply
        3. तेन्जिंग गाबा 'हिमाली' says:
          August 28, 2012 at 2:15 pm

          महेन्द्रजी
          भाषिक एकरूपताको प्रयाश भए राम्रो हुने थियो ——- १००% सहमत
          तर
          अर्काको भाषाको शब्दोच्चारण गर्दा गलत भए मा हासी हाल्नु पर्दैन र प्रायश: हास्दैनन पनि / अर्काको भाषाको शब्दहरु उच्चारण गर्दा “बंगा” बिग्रिएर वा अपभ्रंश भएर “बुन्गा” हुनु त साधारण नै मान्छु (कम्तिमा पनि म चाही) / बिस्वमा यस्ता अपभ्रंशको धेरै नै गतिलो उदाहरणहरु छन् र त्यी शब्दको उच्चारणले धेरैलाई हसाएको मैले चाही देखेको छैन /
          केहि उदाहरणहरु:
          मुख्य शब्द अपभ्रंश
          Man-hole ………………….. मंगाल (नेपाली)
          Key -man ………………….. खिलमान (नेपाली /बिसेशत प्रहरी-सेनामा)
          Orange ………………….. ओलेंजी (जापानिज)
          नेपाली ……………………………… नेपोयी (क्यान्टोनिज चिनिया)
          Pakistan ………………….. … पासिकितान (चिनिया)
          ग्वांगडोंग (चीनको एउटा प्रान्त) …… क्यानटोन (english)
          चुंग्कोक ………………………………. China (english)
          अंग्रेजी नजान्ने धेरै चिनियाहरुलाई China भन्ने कुन देश हो भन्ने थाहा हुदैन /

          जय नेपाल
          तेन्जिंग गाबा ‘हिमाली’

          Reply
    2. Sita says:
      August 28, 2012 at 12:05 pm

      कुनै पनि विदेशी शब्दलाई अर्को विदेशी भाषाले भित्र्याउँदा त्यो भाषा बोल्नेको जिब्रो वा उसलाई सुहाउने किसिमले भित्र्याइन्छ
      जस्तै नेपाललाई अमेरिकी र युरोपेलीहरुले ‘नि पाउल’ जस्तो उच्चारण गर्छन्
      चाइनालाई हामी चीन भन्छौँ
      जपानलाई हामी जापान भन्छौँ
      अस्ट्रेलियालीहरु त today लाई to die उच्चारण गर्छन्
      गोर्खालाई गुर्खा उच्चारण गर्छन् विदेशी u उच्चारण नहुने भए त गर्खा भन्नुपर्ने हो 😛

      Reply
    3. aashishjii says:
      August 28, 2012 at 2:43 pm

      गोर्खालीजी हरेक वर्ग र समुदाएको आफ्नै मौलिक उच्चारण हुन्छ…तपाई हामी नेपालीलाई जति नै वर्ष विदेशमा लगेर राखे पनि हामी उनीहरुले बोल्ने लवजमा उनीहरुको भाषा बोल्न सक्दैनौ
      जति वर्ष नेपाल बसेको बिदेशीले पनि के तपाई हामीले बोलेको जस्तो गरि नेपाली बोल्न सक्छ र?
      मैले तपाइको कुरालाई बिरोध गरेको हैन…तर समय काल र परिस्तिथि हेरेर कुराको मुल्यांकन गर्नु हुन अनुरोध गर्दछु…

      Reply
    4. Ale says:
      August 28, 2012 at 3:13 pm

      “put ” लाइ “पट” भन्नु पर्ने हो कि के हो गोर्खाली जी?

      Reply
  21. jitu says:
    August 28, 2012 at 2:12 am

    इन्टरनेट को जथाभाबी प्रयोग गर्न खोज्दा फसिन्छ नै, सामाजिक संजाललाई सदुपयोग गर्नु पर्छ . यस्तै केहि व्यक्ति ले गर्दा facebook जस्ता संजाल बदनाम भयका हुन्. नकामक लागि सजाय हुने पर्छ .

    Reply
  22. janak dangol says:
    August 28, 2012 at 12:59 am

    जानकारीको लागी भनेर सबै सुचना सर्ब साधारण लाइ उपलब्ध गराउनु पनि हुदैन ! किन भने घटनाको प्रारम्भिक मा नै सबै कुरा सर्बशाधारण लाइ उपलब्ध गराउँदा अनुसन्धानमा बाधा पर्ने सम्भावना हुन्छ भनेर नै उपलब्ध नगराएको होलानी ! जे होस् देशमा बिकृति भित्र्याउने तथा बिकृतिको खेति गर्ने यस्ता व्यक्तिहरु समयमै प्रहरीको पन्जामा परेछन ! तर राजनैतिक आडमा बिना कारबाही छुट्यो भने भोलि झन् ठुलो बिकृति नभित्र्यौला भन्न सकिन्न ! सम्बन्धित निकायले समयमै ध्यान देओस ! जानकारीको लागी माइ संसारलाई पनि धन्यवाद !

    Reply
  23. rohit says:
    August 28, 2012 at 12:47 am

    तेरै दिदि बहिनी लाइ राखेर गर आब बुन्गा बुन्गा ,तेरीमा तोरीको फूल ,यदि तैले साचै त्यो कुकर्म गर्न लागेको हो भने .

    Reply
  24. vijay says:
    August 27, 2012 at 11:49 pm

    Enjoy your “BUNGA BUNGA” party in jail ! !
    you moron ! ! !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme