Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालको पासपोर्ट तीन लाख रुपियाँमा बेचिन्छ

Posted on August 25, 2012August 25, 2012 by Salokya

रातो (कूटनीतिक) पासपोर्ट बेचेको अभियोगमा केही पूर्व सभासद्हरु अझै पनि मुद्दा खेपिरहेका छन्। रातो पासपोर्ट अक्सर नेपालीहरुले नै किनेको देखिएको छ। त्यो पनि सहज रुपमा विदेश पस्न पाउने आशामा। यसका लागि ठूलो समूहले सेटिङ मिलाउने गर्छ।  तपाईँहरुलाई लागेको हुँदो हो, रातो पासपोर्टमा सुविधा हुन्छ र त यसको बिक्री हुन्छ।

तर त्यसो हैन, रातो मात्र हैन हामीहरुले प्रयोग गर्ने साधारण हरियो पासपोर्टको पनि माग छ। यस्तो हरियो पासपोर्ट पनि तीन लाख रुपियाँसम्ममा बिक्री हुने गरेको तथ्य हालैको एउटा सरकारी प्रतिवेदनमा खुलेको छ।

कसले किन्छ त हरियो पासपोर्ट ?

किन यस्तो पासपोर्टको माग छ ?

के काम लाग्छ हाम्रो हरियो पासपोर्ट ?

थाहा पाउन भित्र आउनुस्।

स्थानः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
एक हुल विदेशी जस्ता देखिनेहरुलाई एक जना नेपालीले डोर्‍याउँदैछ। इमिग्रेसनमा सेटिङ मिलिसकेको छ। उनीहरुलाई सीधै बोर्डिङ पास लिएर मलेसिया जाने विमानमा चढाइन्छ। विमानभित्र बसिसकेपछि त्यही नेपाली एजेन्टले सबैलाई हरियो पासपोर्ट बाँड्छ। त्यो पासपोर्ट नेपाली हो। त्यसमा नेपाली नामहरु छन्। तर फोटो उनीहरुको छ। उनीहरु भने विदेशी हुन्। कोही बंगलादेशी, कोही पाकिस्तानी। कतिलाई त नेपाली बोल्न पनि आउँदैन। इमिग्रेसनमा सोधपूछ गरेको भए उनीहरुको पोल खुल्थ्यो। तर त्यहाँ नेपाली एजेन्टहरुले सेटिङ मिलाइसकेका हुनाले त्यस्तो केही भएन। अब उनीहरु नेपाली कामदारका रुपमा मलेसिया जान्छन् र काम गर्छन्।

बंगलादेशी, पाकिस्तानी, मलेसियाली र नेपाली मानव तस्करहरुको ठूलो सञ्जालले मिलाएको सेटिङका कारण यस्तो हुन संभव भएको हो। यसका लागि नेपालमा को-को र क-कसलाई पैसा खर्च गर्नुपर्ने हुन्छ होला, तपाईँ आफै सोच्नुस्।

माथिको दृश्य वर्णन काल्पनिक हैन। यसलाई पुष्टि गरेको छ श्रम तथा रोजगार मन्त्रालयका हाकिमहरु र नेपाली म्यानपावर एजेन्टहरुका प्रतिनिधिसम्मिलित छानबिन टोलीले एक साता लामो मलेसिया भ्रमण गरी बटुलेको तथ्यसहितको प्रतिवेदनले। टोलीले ठूलो संख्यामा पाकिस्तानी र बंगलादेशीहरु मलेसियाको सेक्युरिटी सेक्टरमा नेपाली नागरिकका रुपमा काम गरिरहेको भेट्टाएको छ। त्यहाँको सेक्युरिटी सेक्टरमा काम गर्न नेपाली नागरिकहरुलाई प्राथमिकतामा राखिन्छ। बंगलादेशी वा पाकिस्तानीहरुले त्यसमा काम पाउँदैनन्। त्यही भएर पासपोर्टमा फोटो परिवर्तन गर्दै नेपाली बनेर उनीहरु त्यहाँ काम गर्न पुगेका हुन्।

यस्तो नक्कली पासपोर्ट किन्न एक जना बंगलादेशी वा पाकिस्तानीले ३ लाख रुपियाँसम्म तिर्ने गरेको तथ्य टोलीले फेला पारेको छ।

कसले गर्छ त यस्तो काम ? प्रतिवेदन अनुसार यस्तो काममा ठूलै समूह लागेको छ। यस्तो समूहमा नेपाली म्यानपावर एजेन्सीहरु, मलेसियामा नेपाली एजेन्टहरु, कामदारहरु र मलेसियाली कम्पनीका मानव स्रोत म्यानेजरहरु समेत संलग्न देखिए।

यसबाट के समस्या आउँछ त ?

पहिलो समस्या त नेपालको बेरोजगारी समस्यामा नै गएर ठोक्किन्छ। एक जना नेपालीले पाउने काममा विदेशीले कब्जा जमाएपछि ऊ बेरोजगार हुने नै भयो। अर्को समस्या नेपाल र मलेसिया दुवैको सुरक्षामा हुनसक्छ। यदि त्यसरी नेपाली नागरिक बनेर गएको व्यक्तिले त्यहाँ कुनै अपराध गर्‍यो भने फर्जी परिचय भएकोले त्यो मान्छे सुरक्षित हुन्छ। अनि उसले नराम्रो काम गर्दा नेपाललाई दोष लाग्ने हुन्छ।

मलेसियामा अहिले झण्डै ६० हजार नेपाली सेक्युरिटी गार्डका रुपमा काम गर्छन्। यो वर्ष सेक्युरिटी सेक्टरमा १० हजार कोटा नेपाललाई दिने भनिएको छ। यही कोटामा पर्न विदेशीले नेपाली पासपोर्ट किन्ने हुन्।

मलेसिया मात्र हैन, खाडी देशहरुमा पनि नेपाली पासपोर्ट किनेर बंगलादेशीहरु गइरहेका हुन्छन्। ती बंगलादेशीहरुले नेपालीका लागि भनी छुट्याइएको कोटामा काम गरिरहेका हुन्छन्।

[के तपाईँ विदेशमा हुनुहुन्छ र नेपाली पासपोर्टमा विदेशी आएको देख्नुभएको छ ? आफ्नो अनुभव तल कमेन्टमा बाँड्नुस्।]

42 thoughts on “नेपालको पासपोर्ट तीन लाख रुपियाँमा बेचिन्छ”

  1. Om Nath Koirala says:
    December 2, 2012 at 4:06 pm

    यो कुरा साचो हो | म संग बैंककमा भएको एउटा घटना यस्तो छ | कुरा अलिक पहिलेको हो काम बिसेसले बैंककको होटेलमा बसाईंको क्रममा एकजना मानिससंगको भेटमा उ आफु नेपालको भनेर परिचय दिदा मोरंगको भनेर दियो | मेरो पनि मोरंग नै जिल्ला भएको हुदा कहाकाता भनेर सोध खोज गर्दै जादा त मेरै गाबिस वार्ड न र गाऊ समेत मेरै बतायो त्यो भन्दा आस्चर्य त झन् के समेत भन्यो भने मेरै उमेरको मानिस भएको हुनाले महिले नचिन्नु परेकोले तपाइको नाम चै के हो त भनेर सोधा मेरै बचपन देखिको असाधे मिल्ने साथी जो केहि वर्ष पहिलेनै दुर्घटनामा मृत्यु भएको थियो उसकोपो नाउ लियो | मलाई पनि असैय भएर सबै कुरो बताए पछी पो बल्ल उसले सहिकुरो बतायो | खासमा उ नेपालमा पाइलो समेत नराखेको मानिस रहेछ | मेरो मरिसकेको साथीको पासपोर्ट अरुनै कसै मार्फत उसले किनेको रहेछ र तेस्मा आफ्नो फोटो टासेर उ म नेपाली हो भनेर फुर्ति लाउदो रहेछ |

    Reply
  2. Bhuwan Gurung says:
    August 28, 2012 at 10:18 pm

    भारतको आसमा, सिक्किम र दार्जिलिङको नेपालीहरूले पनि नेपाली रहादानी प्रयोग गरेर खाडीमा काम गरि रहेका छ्न। कमाई भारतमा जान्छ, राहादानी मात्र नेपालको हुन्छ। येसलाई के भन्ने खै ?

    Reply
  3. Sanjib says:
    August 27, 2012 at 11:22 am

    सालोक्य जी.
    यहाँ माथि निकाही धेरै नही प्रुफ हरु बेत्नु भयो , सायद यी कमेन्ट गर्ने दाजुभाई हरु संग कुरा गरेर एउटा सानो इन्वेस्तिचशन नही गर्नुहोस र को को रहिचन यो जाल मा भने कुरा त पत्तालागौनुहोस यदि हामीले यो चंनेल को एउटा मान्छे मत्राही फेला परेय्नी आरुलिए समात्न सजिलो हुन्छ|

    Reply
  4. Prakash says:
    August 26, 2012 at 6:20 pm

    सरकारले तुरन्तै बैठक बसेर, माई संसारमा व्यक्त गरिएका सुझावहरु समेत समेटेर यो समस्यालाई गम्भीर रुपमा छलफल गरी सुधार र कारवाही अघि बढाउनु आवश्यक छ| नत्र भए यसले पछी विकराल रुप लिंदा ढिलो भईसकेको हुनेछ|
    उदाहरण, डा हर्क गुरुङको सुझाव तत्कालिन पंचायत कालमा कार्यन्वयन गरेको भए अहिले देखिएको मधेसी समस्या आउने नै थिएँन वा आए पनि कम रुपमा हुने थियो| डा गुरुङले सीमाना बिशेष गरेर सुरक्षा व्यवस्था कसरी गर्ने मात्र हैन देशभित्र बसोबास गर्ने मधेसीहरु र बिशेष उत्पीडित र शोषित थारुहरुलाई अन्य नेपाली सरह समान व्यवहार गर्नपर्ने आवश्यकता प्रति पनि औल्याउनु भएको थियो|
    हाम्रो सरकारको जे पनि समयमा काम गर्ने नियमै छैन भने हुन्छ, आफुले घुस खानु बाहेक|

    Reply
  5. Janak b Thapa says:
    August 26, 2012 at 1:29 pm

    खास गरेर आजभोली प्राय जसो बंगलादेश का नागरिक लै विश्व का धेरै मुलुक ले विषा ban गरेको छ जस ले गर्दा नेपाल मा गैरकानुन काम गर्न लाई मुख्य थलो भयको छ बंगलादेसी लाई र पाकिस्तानी हरु लाई एसको समयमा नै नेपाल सरकार ले विचार नापुरयामा हाम्रो नेपाल मा ठुलो दुर्घटना हुने र बिस्वो सामु नेपाल को इएजत्मा हानी पुग्ने छ र जुन नेपाली ले पैसा को लागि एस्तो राष्ट्र घत नगनु होला भनि मा सम्पूर्ण राष्ट्र पेर्मी नेपाली हरु मा बिनम्र आनुरोध गर्दा छु जय देस जय नेपाल,.,.

    Reply
  6. dharti magar says:
    August 26, 2012 at 9:25 am

    म चीनमा बस्छु … अध्यनको सिलसिलामा र मेरो बिस्वो बिद्यालय मा म एक्लो नेपाली हो भनी ठानेको थेए तर एकदिन गुरुआमाले सोहि बिश्वोबिद्यालयमा थप ३ नेपाली रहेको जानकारी गराउनु भयो / खुसि लग्यो नेपाली छन् भन्दा तर भेत्चाही भएन मा सदै नेपाली जस्तो देख्यो कि सोध्ने गेर्ठेये तर अरु ३ नेपाली भेट भएन / एक वर्ष को चिनिया भाषाको अध्यन समय सकियो र farewell पार्टी थियो अनि मलाई गुरु आमाले बोलाएर ३ जना mongolian face भएको केटा हरु संग परिचय गर्दौदै उनि हरु नेपाली हो भन्नु भयो . हेर्दा गुरुङ, राई, मगर जसतै देखिने नेपाली भेट्दा खुसि लग्यो र मैले नेपाली मा आफ्नो परिचय दिए / अच्चम उनीहरु ले मैले बोलेको नेपाली बुजेंन / मैले फेरी सरल नेपाली प्रयोग गरे फेरी बुजें न / अनि चिनिया भाषा मा सोध्दा / अचम लग्यो मलाई तर लग्यो सोलुखुम्बु तिर को होला भनेर पछि बुज्दा थाहा पायो उनीहरु taiwan को रहेछन र नेपाली पस्स्पोर्ट भेएको खण्ड मा उनीहरु लाई बिदेशी शुविदा दिने रहेछन नत्र चिनिया सरह को शुविदा दिने रहेछन . यो घटना ४ वर्ष भैसयो … नेपाल को कानुन भगवान ले बुजुंन /

    Reply
  7. sagar says:
    August 26, 2012 at 7:39 am

    So many people from India, Afghanistan and Pakistan here in Australia hold Nepalese passport.

    Reply
  8. bkpandey says:
    August 26, 2012 at 4:03 am

    अपराधीहरुले संसारको सबै देसको पासपोर्ट अबैध तरिकाले लिन सक्छन,नेपालमा फरक चाही त्रिभुबन विमानस्थल मा लाखौ नेपालीलाई घुस नदिनेहो भने ( उदाहरण ; डोल्मा सेर्पाको ) सबै कागजात सहि भएपनि सत्रु लाई झैँ दुख दिन्छन त्यहाँ का civil servant हरुले .म आफैले भोगेको छु, लण्डन बाट ससुराली फिलिपिन गए, त्यहाका इम्मिग्रेशन का मान्छे ले मलाई आत्मीय व्यवहार गर्यो ( सायद ज्वाई भएर हो कि ) त्यसपछि सिंगापुर बाट काठमाडौँ आउदा नेपाली जहाज दुइ घण्टा ढिलो उड्दा हामी मध्यरात तिर काठमाडौँ पुग्यौ.हामी दम्पति र दुइ छोराको ४ सुटकेस थियो , खाली आफ्नो लत्ता कपडा , मात्रै भएको हुदा हामी ग्रीन च्यानेल तरफ जादा हामीलाई भन्सारको कर्मचारीले रोके, मैले हाम्रो सुटकेस मा भन्सार तिर्नु पर्ने केहि पनि छैन भन्दा त्यो कर्मचारीले उसोभए १०० डलर दिनुस भन्यो,मैले किन १०० डलर दिने ????? नत्र तपाई को चारै सुटकेस खोल्ने छौ,त्यसपछि तपाइले फेरी सुटकेस बन्द गर्दा दुइ घण्टा लागि हाल्छ भन्यो मेरा दुइ छोराहरु त्यतिबेला थाकेर अर्ध निन्द्रा मा भएकोले मैले जिबनमा पहिलो पटक घुस दिनु पर्यो . बाबुरामजी लाई मेरो एक सुझाब छ , भ्रस्टाचार निर्मुल गर्नेहो भने त्रिभुबन विमानस्थल बाट सुरु गरि बाकी भ्रस्ट नेताहरुलाई कानुन बमोजिम सजाय दिएमा ,तिम्रो कामचलाउ सरकार धेरै बेर टिक्ने छ,

    Reply
    1. thapa rajbarsingha / canada says:
      August 28, 2012 at 7:10 am

      तपाई त कति झुर मान्छे रैछ,,सुटकेस खोल्छु भन्यो भन्दै मा पैसा दिने ??? मा भयको भय त ल खोलेर राख्नु मा भोलि लिन आउछु भनेर हिड्थे ,,,भोलि पल्ट तेस्को बाउको बिहे देखाउने थिय // सके भित्र कानुनी रुप नसके त्यो कर्म चरी कम सकेर बाहिर आउदा गेट मा २/४ दात झरेर ,,,,,,

      Reply
    2. binod says:
      August 28, 2012 at 1:39 pm

      मलाइ यूके बात छुट्टी मा आउदा, पासपोर्ट देखाउदा पनि बिश्वबिद्यालय को आइडी देखाउन पर्दछ भनेको थियो, (पास पोर्ट भन्दा ठुलो आइडी हो!) अनि रन्केर “तपाइँ ससुराली जादा पनि नागरिकता बोकेर जानुहुन्छ र, म आफ्नो देश आउदा पनि बिश्वबिद्यालय को आइडी बोकेर आउने”, भनिदिएको बिचरो कालो निलो भयो जबाफ दिन नसकेर.

      Reply
  9. Sagar says:
    August 25, 2012 at 10:24 pm

    दुबईको र साउदीको कुरा कहिं कतै देखिएन तर वास्तवमा भIारतको दार्जिलिन्ग बाट आएका थुप्रै नेपालीभाषी भारतीयहरू संग नेपाली राहदानी छ र नविकरण पनि स्थानीय दुतावासको मिलेमतोमा भईरहेको छ । प्रायगरी महिलाहरू नेपाली राहदानी बोकेर दुबईमा वेश्यावृत्तिमा लागेको पाइयो । जसलेगर्दा नेपालीहरूको बदनाम भईरहेको छ । दुबईको इमारात पेट्रोल स्टेशनमा प्राय नेपाली राहदानी लिएका महिला थुप्रै भेटिन्छ । साउदीमा महिलाले काम गर्न नपाउने हँुदा महिला त भेटिएको छैन तर पुरुष भने धेरैनै छन् । MRP को साथै डिजीटल कार्ड अनिवार्य गरियोस् र नेपाल इमिग्रेशनमा कडाई गरियोस् । साथै जो कोहिले गैर नेपालीले नेपाली राहदानी बोकेको भेटिएमा नजिकको नेपाली दुतावास, स्थानीय पुलिस र नेपाली पत्रिका लाई एकसाथ खबर गरौं । नेपाली भएर कर्तव्य पुरा गरौं ।

    Reply
    1. samrat~ says:
      August 26, 2012 at 3:34 am

      यो भयो नेपालि को बदनाम अनि बेरोज गारी को कुरो खाडी देश मा..तेस बाहेक सबै भन्दा डर लाग्दो कुरो अर्को पनि छ जसलाई नेपाल सरकार एकदम सतर्क हुनु पर्ने कुरा के हो भने पाकिस्तान को टेरोरिस्ट अर्गनाइजेसन को पश्चिमा मुलुक हरु संग राम्रो सम्बन्ध छैन र धेरै घटना क्रम हरु सुनिन्छ पाकिस्तान नागरिक ले धेरै ठाउ मा बिध्वोंस मचाएको कुरा. चाहे ब्रिटेन मा होस् या अमेरिका मा. तेस्तै खाले पाकिस्तानी एजेन्ट ले एदी नेपालि पासपोर्ट लिएर यी देश हरु छिरेर विध्वंस मचाउन पनि सक्छ. अनि गयो नेपालि हरु को अमेरिका अनि युरोप आउने सपना ..सबै नेपालि हरु ब्ल्याक लिस्ट मा पर्छ अनि एकदम कडाई हुन्छ जुन नेपालि हरु को लागि एकदमै नराम्रो हुन् सक्छ. येस्ता भ्रस्त्र चारी कर्मचारी हरु लाइ समेये मै कडा भन्दा कडा सजाए दिने नियेम हुनु पर्छ अनि समय maai यो संजाल फैलाउने लाइ न पक्रेमा नेपाल सरकार को तरफ बात ठुलो भुल हुन् पुग्ने छ.

      Reply
  10. karan says:
    August 25, 2012 at 10:14 pm

    यी त भय समस्या हरु अब यसको समाधानको लागि हामीले के गर्नु पर्ला अनि के गर्न सक्छौ त ? अनि कसरि यसलाई रोक्ने सबै मिलेर यो समस्याको समाधान कसरि गर्ने , यदि यस्तै तरिकाले नेपाली पासपोर्टमा बिदेशीहरु धमाधम नेपालीहरुले गर्ने कम गर्न थाले भने भोलि हाम्रो के दशा होला त अनि रेमिट्यान्स को भरमा चलेको नेपाल को हालत के होला, बेलैमा सबैलाई यसबारेमा सचेत गराउनु पर्ने बेला आएको छ बिशेस गरि मिडियामा भयका साथीहरुले यस कुरालाई बढी भन्दा बढी सार्बजनिक गर्न अनुरोध गर्दछु.
    सबैलाई चेतना भए सायद यस्तो हुने थियना की , अनि अर्को दुखको कुरा मैले भोगेको, अनि ध्खेको कुरा प्राय नेपाली लै नेपाली ने ठगेको अनि लुटेको देखेको छु , “घरका भेदी लंका ढाये” भने जस्तै नेपाली लै ठग्ने नेपाली नै बढी छन्,

    Reply
  11. mahesh says:
    August 25, 2012 at 6:41 pm

    म मलेशिया को एक रेमिटान्स कम्पनी मा कम गर्छु / नेपाली पासपोर्ट नेपाली नाम अनि पैसा चाही बंगलादेश पठाउछन .

    Reply
  12. Anup says:
    August 25, 2012 at 6:35 pm

    पछि तेही देश बाट कामदार को माग बन्द हुन्छ अनी लोप्पा खान्छ म्यानपावर कम्पनी तेसका एजेन्ट र हाम्रो सरकारी प्रसासनले l

    Reply
  13. मन says:
    August 25, 2012 at 4:02 pm

    यी सब भएका मूल कारण भ्रष्ट अध्यागमन र परराष्ट्रका हाकिम कर्मचारीहरु र हाम्रा राजदुतावासको लापरवाहीले गर्दा हो|
    अब अति भयो| हामी नेपालीले यो निगरानी राख्नु पर्छ| रिपोर्ट गर्दा पनि अनुसन्धान र कारवाही नभएको प्रष्ट देखियो|
    जनजातिले पहिचान सहितको स्वायत्त शासित प्रदेशको कुरो आउँदा “लौ देश टुक्रिने भो” भनेर चित्कार मचाए| संविधान बनाउन ६०१ लाई भोट हाल्न नदिई बिघटन गरे|
    दिनहु पार्टीहरुमा पदहरु खसी काटेर भाग लाएको झैँ गरी आपसमा भागबण्डा गर्दा देश टुक्रिएको देखेंन| पासपोर्ट बिक्रीमा छ, अध्यागमनै बिक्रीमा छ| यो देशमा नेताहरु कुर्सीको झगडामा जे पनि गर्न तयार छन| देशै बेचेर खाने नेताहरुको बारेमा कति लेख्नु?
    जुनै सरकार आए पनि कारवाही गर्ने होइन किनभने उनीहरु नै उक्त काममा मिलिमतो गरेका छन्, सेटिंग भन्नुस वा गेटिंग|
    साँचो नेपाली भएर जीउन पनि गाह्रो छ| कलले हाम्रो यो देशको यस्तो हालत बनायो होला, एसो सोच्नुस त् मित्रहरु! अलि घोरिएर सोच्नुस| यो आज र हिजको मात्र काम हैन| बर्षौ देखि यस्तै हुँदै आईरहेको छ, अहिले आएर मात्रा वृद्धि भएको छ| पैले त्यस्तालाई कारवाही गरिनपर्छ|
    जति सम्झ्यो र बुझ्यो, यो मन रोएर आउँछ तर कति दिन रोएर मात्र बस्नु? निकासा के होला?

    Reply
  14. Bhipendra Singh says:
    August 25, 2012 at 2:49 pm

    Bhipendra Singh
    Thursday
    ‘हामी ११ जना थियौ, बाङ्ग्लादेश इन्दियाको Border मा Indian police लाई प्रती ब्यक्ती १२०० टाका दियौ अनि इन्दिया नेपालको Border मा चाही दिनु परेन त्यसपछी नेपाल आयौ Agent सँग भेट भो ७,८ दिन मा नेपाली Passport बनाइदीयो अनि करीब १ महिना पछी यहाँको Visa दिएर यहाँ पठाईदियो’ यसरी सुनाउदै थियो एउटा बाङ्ग्लदेसी नेपालीले आफु नेपाली भएको कहाँनी । थुईक्क नेपालको कानुन…

    Reply
  15. laxman says:
    August 25, 2012 at 2:14 pm

    दोहा एरपोर्ट बाट दिन मा ५ जना बंगाली कतार आउछन……हामी ले पत्रकार लै सब कपी दियका थियौ .. कहाँ बाट बन्यो कसले देयो .. तर अहिले सम्म समाचार आयन सायद .. पत्रकार नै घुस को भुमरीमा अल्मलियो होला ..

    Reply
    1. Rabi Roshi says:
      August 25, 2012 at 3:03 pm

      लक्ष्मणजी, तपाईंले त्यस्ता सूचना र प्रमाणहरु कतारका कुन पत्रकारहरुलाई उपलब्ध गराउनु भएको हो ? कृपया त्यो बारेमा जानकारी पाउन पाए म ति पत्रकारलाई पनि समाचार बनाउने थिएँ । कतारमा रहने पत्रकारहरुबाट प्रमाण प्राप्त गरेर पनि प्रकाशित नगर्ने जस्तो जघन्य काम भएको जस्तो त लाग्दैन । तर पनि त्यस्तो केहि जघन्य आपाराधिक कृयाकलापमा संलग्न सत्य तथ्य फेला पार्नुभएमा कृपया ७०१९२९९२ मा जानकारी गराईदिनुभयो भने म त्यस्ता समाचारलाई महत्वका साथ छाप्ने थिएँ र त्यस्ता अवैध कृयाकलापमा संलग्नलाई सबै माझ उभ्याउने प्रयास गर्नेथिएँ ।

      Reply
  16. सुरेश लामा ,पेरिस says:
    August 25, 2012 at 2:10 pm

    यहाँ पेरिस मा पनि बंगालीहरु नेपाली राहदानी प्रयोग गरेर आएका छन् ।

    Reply
  17. MADHAB, QATAR says:
    August 25, 2012 at 2:04 pm

    हाम्रो कम्पनीमा पनि नेपाली पास्स्पोर्ट बोकेको बंगाली छ / पूर्ण विवरण यसप्रकार छ /
    नेपाली नाम : जय कुमार लिम्बु
    पासपोर्ट न: १८६९५०९
    नजिकको व्यक्ति: हिरा लक्ष्मी राई
    जारी भयको ठाउँ: दुलारी-७, कोशी, मोरंग
    जारी मिति: २५-०४-2003
    समाप्तिको मिति: २४-०४-२०१३
    कम्पनी : बिन्त अल नूर कम्पनी (BRANCH)
    (MAIN COMPANY: CONTACT TRADING COMPANY)
    लोकेशन: नज्मा दोहा-कतार
    माथिको विवरण आफनै कम्पनिको लेबर भयकाले उपलब्ध छ / कसैलाई संका वा कम्प्लेन भयमा जजुर जवाफ दिनेछु / नेपालमा हुने जो कोहि पनि कोशी मोरंगमा हुनुहुन्छ भने एक सच्चा नागरिकको हैसियतले अबस्य सम्बन्धित निकायमा गयर उजुर गर्नु होला /

    यस्तै अर्को पनि बंगाली हाम्रो कम्पनी नजिकै फेला परेको छ तर अर्को कम्पनिको भयकाले पूर्ण विवरण दिन सकिन /

    Reply
    1. Rabi Roshi says:
      August 25, 2012 at 3:06 pm

      माधवजी, तपाईं कतारमा कहाँ हुनुहुन्छ ? यदि तपाईंलाई मैले सम्पर्क गर्न सकेँ भने यो बारेमा सत्यतथ्य बाहिर निकाल्ने काम गर्ने थिएँ । कृपया यो मेसेज पढ्नुहुने जो कोहि कतारमा रहने साथीहरुले माधवजीलाई चिन्नुहुने जो कोही साथीले मेरो सम्पर्क नम्बरमा ७०१९२९९२ मा सम्पर्क गरी उक्त नेपाली राहदानी बाहक बंगालीलाई भेट्न सघाउ पुर्याईदिनुभए आभारी हुनेथिएँ । [email protected]

      Reply
      1. dilli ram says:
        August 26, 2012 at 3:12 pm

        रोशी जी उक्त नेपाली राहदानी बाहक बंगाली को डिटेल मैलेपनि ५-६ साल पहिला नेपाली एम्बेसी हीलाल हुदै जानकारी गरौन गएको थिए कर्मचारी नभेटेकाले एउटा चिट -उजुरी पेटिकामा खसै दिएको थियो,एम्बेसी कुनै सहयोगको अपेक्छा गरेन ,आफ्नो सबंदित नियोगले कारबाई नगरे पछी के गर्नेर ? कारबाई हुने सुनिस्चित भए contact गराई दिनेथिये /उही बंगाली भैया लाई एम्बेसी लियौने try गरिन्थियो —-

        Reply
      2. MADHAB, QATAR says:
        August 26, 2012 at 9:42 pm

        रबि जी, मा अहिले गरफा भन्ने ठाउमा छु / मेरो कम्पनीको ठेगाना चाही नज्मा दोहा-कतार नै हो / मेरो सम्पर्क नम्बर +९७४-६६९९२९१७, हो कृपया इमेल गर्नु हुन्छा भने : [email protected] मा इमेल गर्नु होला /

        Reply
  18. Raju Bhattarai says:
    August 25, 2012 at 1:12 pm

    यस्तै कारण कहिले देखि नेपालीले विदेशमा पनि काम नपाउन सक्छन् ।

    Reply
  19. chintamani says:
    August 25, 2012 at 12:47 pm

    1. Nepal government should start to make national I’d card with security number of each Nepali with face fingers print

    2. As soon as e passport to start

    3. Investigation of fake citizen and dual country citizen

    Reply
  20. t k rai says:
    August 25, 2012 at 12:09 pm

    म इसराइल मा काम गर्छु/. ठिक यहाँ उल्टो छ नेपाली हरु ले भारती पास पोर्ट मा आउछन /अब यसो गरे कसो संसार भरि जो जता गए नि passport नाचाहिनेरे ,,,,,,बास्तबमा राहदानी बिदेसी लाई दिनु घोरर अपराध हो छन् बिन गरेर एक एकलाई चिसो खोर मा ठोक…………

    Reply
  21. bikram grg says:
    August 25, 2012 at 9:45 am

    पक्का पनि यो पास पोर्ट को लागि नेपालको एरपोर्ट को इमिग्रेसन देखि म्यानपावर एजेन्टहरुका प्रतिनिधिसम्मिलित छन् ! यस्तालाई छिटो भन्दा छिटो कारबाही गर्नु जरुरीछ ! अब रह्यो नेपालको त्रिभुवन अन्तर राष्ट्रिय बिमान स्थल को इमिग्रेसन, जहाँ सम्म यहाँ कम गर्ने सबै कर्मचारी हरु मुर्क दर्सक बनि हेरी रहेछ किन कि उनीहरु को बोलि , अखालाई पैसा ले किनी सकेको हुन्छ ,जहाँ सम्म मेरो अनुभब , एकदिन मा दुबई जना को लागि नेपाल को एकमात्र एरपोर्ट त्रिभुवन अन्तर राष्ट्रिय बिमान स्थल छिरे जब त्यहाँ छिरे र ticket जाच गरेर बोर्डिंग पास लिने ठाउँ बाट , सुरु भयो त्यहि बाट पैसा को कुरा ! कसरि भन्दा, मेरो नाम कुनै दलाल को लिस्टमा छ कि छैन दलाल मार्फत आएको हो कि हैन यदि छ भने उसले सजिलै संग बोर्डिंग पास पाउदो रहेछ नत्र भने आनाकानी गर्दो रहेछ अब रह्यो,मेरो vissa , मेरो vissa १५ दिन को थियो त्येस्म मा चाहिने सबै कगाच पत्र सबै थियो! मा संग होटेल बूकिंग, २ तर्फी ticket , $७०० डोलर, अनि मैले किन,किन दलाल संग सम्पर्क गर्ने ? मा अलि कति पडिलेखेको पनि हु भन्ने लग्येको थिए ! जब बोर्डिंग पास लिएर माथि सिडी चढेर इमिग्रेसन मा पुग्ये र मैले सबै मेरो कगाच पत्र पैसा money show गरे होटेल को बूकिंग देखि दुइ तर्फी ticket देखाए तर पनि इमिग्रेसन बाट मा छिर्न सकेन आखिर किन यस्तो भनेर सोदेको त इमिग्रेसन को मान्छे ले भन्यो setting मिलाउनु भएन छ त्येसैले तपाई जाना पाउनु हुन्न तपाइको नाम लिस्टमा छैन ! तपाई उता छेउमा गएर बस्नु भनि पठाई दियो त्येस पछि एकजना मान्छे आएर अलि अलि सोद्यपुछ गरे जस्तो गरि मलाई एक पेपर दियो त्यो पेपर मा लेखिएको थियो ! … तपाइको पर्कीय नमिलेको कारण……. !! पछि आउदा… पर्कीय मिलाएर आउनु होला…., आखिर यो पर्कीय भनेको के रहेछ भनि सोचे आखिर मेरो सबै कुरा ठिकै छ फेरी पनि पर्कीय पुग्येना भन्छ मा सोच्दै सोच्दै इमिग्रेसन बाट फर्कीये यसको मतलब बुज्न अलि गारो मात्र परेछ मलाई कुरा रहेछ !पर्कीय ! को अर्थ, पैसा. मिलाएर आउनु त्येस पछि फेरी २/३ दिन पछि मा एक जाना म्यानपावर दलाल लाई रु ८००० दिएर त्यसै इमिग्रेसन बाट सजिलै संग आए आखिर यो कहिले सम्म ? पैसाको लागि किन यति सरो बिकेको ? अब रह्यो बिदेसी ले नेपाली पास पोर्ट लिएर नेपालको त्रिभुवन अन्तर राष्ट्रिय बिमान स्थल बाट विदेश जाने को…..तपाई हरु एरपोर्ट इन हुनु पर्दैन त्येस्तो हेर्नलाई एरपोर्ट बाहिर हेर्दा हुन्छ

    Reply
    1. Roshan says:
      August 25, 2012 at 12:22 pm

      पासपोर्टको के कुरा हेरी राख्नु यी दुष्ट हुँडारहरुले एक दिन देशै बेचिदिन्छ |अमेरिकामा नेपाली पंजावी पनि छ भ्रममा नपरोस |हुन् सक्छ नेपाल मिसन बाट सो पासपोर्ट लिएको हुनु पर्छ|आजम भन्दा पांच बर्ष अघि नेपाल मिसनमा गणेश भन्ने एक जना ब्राह्मण काउन्टरमा काम गर्थे,त्यसले
      हिमाली भेगका नेपालीहरु पासपोर्ट नवीकरण गर्न आउँदा चार सय देखि हजार सम्म घुस लिएर
      नवीकरण गरि दिने गर्थे,त्यति मात्र नभएर एक जना पाकिस्तानी केटीलाई पांच हजार डलर घुस खाएर पस्पोत बनाइ दिएको रहेछ |सो पासपोर्टमा मिसनमा कार्यरत तिर्थ वाग्लेले हस्तक्षर गरेको छ|

      Reply
  22. DEV DEVKOTA says:
    August 25, 2012 at 9:38 am

    म कतार बाट महिले काम गर्ने कम्पनी मा पनि नेपाली passport मा काम गर्ने बिदेशी
    हरु छन कहाँ र कसरि आय मलाई थाहा छैन .

    Reply
    1. Jeevan says:
      August 25, 2012 at 2:03 pm

      मा बिगत २ बर्ष देखि कतार मा कार्यरत छु | म काम गर्ने कम्पनि का सम्पूर्ण कमर्चारी र कामदार को विसा नबिकरण र exit permit मैले नै बनाउदै आइ रहेको छु | यो काम गर्ने क्रम मा मैले केहि यस्ता नेपाली राहदानीबाहक भेटे जो नेपाली होइनन र करीब डेढ दुइ लाख रुपिया तिरेर नेपाली राहदानी पाएका हुन् | मैले सोध खोज गर्न खोज्दा तिनी हरु मेरो नजिक नै पर्न छोडेका छन् | एकजना नेपाली राहदानी बाहक बंगाली को कोठामै गएर राम्रो संग सोधे | उसको भनाइ अनुसार त्यो पासपोर्ट उसले काठमाडौँ एरपोर्ट अगाडी को होटेल मा एक जना एजेन्ट लै २ लाख रुपिया तिरेर पायको रे | त्यो बेला उ संगै अरु १५ जना जति पनि रैछन | त्यो संगै आएको अर्को बंगाली त चोरी को आरोप मा जेल मा रहेछ जसको कारणले सक्कली राहदानी भएका अरु नेपाली लाइ पनि मेरो कम्पनी मा शंका को नजर ले हेरिदो रहेछ | मैले तथ्य कुरा कम्पनि को मालिक लाई बताएपछि यस कम्पनि मा कर्यरत् सबैको राहदानी सम्बन्धित देशको दुताबास बाट सक्कली हो कि नक्कली हो छुट्टाउने प्रकिया सुरु हुदैछ | हेरौ के हुन्छ |

      Reply
  23. Ganesh Nepali says:
    August 25, 2012 at 8:32 am

    म अमेरिका बसेको धेरै भयो. अमेरिका मा पनि नेपाली पस्स्पोर्ट भयको मनिष लाई प्राय माया गर्छन. तर भर्खरई मैले एक जना पन्जाबी भेटे जो संघ नेपाली पस्स्पोर्ट थियो. कारण के रहेछा भने नेपाली भने पछी यहाँ राज नैतिक शरण लिन सजिलो हुने रहेछा. अलि कति पैसा नेता लाई दीय पछी जे पनि हुन्छा नेपाल मा. कसलाई के भन्नु येस्तई छ नेपाल को सिस्टम.

    Reply
    1. samrat~ says:
      August 28, 2012 at 9:21 am

      गणेश जी,

      कुपन्डोल मा जानुस धेरै नेपाली पन्जाबी ( सर्दार) छन्. अचम्म मान्नु पर्दैन . कोहि होला नक्कली तर त्याहा दुइ पुस्ता नेपालि सर्दार पनि भेटिन्छ. मेरै दुइ जना साथि थियो. तिनी हरु को जन्म पनि नेपाल मा , लगाई खवाई पनि नेपालि . पछि फेट्टा पनि काट्यो बिचरो ले ..नाम थियो बब ! अरु धोत्ति भन्दा पन्जाबी हरु धेरै बेस हुन्छ.

      Reply
  24. yukta says:
    August 25, 2012 at 7:52 am

    जुन जोगी आए पनि कानै चिरेको हाम्रो पुर्खौ देखि चली आएको उखान ठ्याक्कै नेपाल को त्रिभुवन बिमानस्थल मा बसेका इमिग्रेसन का कर्मचारी हरु संग र नेपाल सरकार संग मिल्छ जति सुकै सुधार र कडाई गरे पनि सरकार फेरे पिछे आफ्नो पेनल का कर्मचारी हरु लाई त्यहाँ लैजान्छ अनि फेरी वही चाला एजेन्ट हरु को मिलेमतो मा अर्कैको पासपोर्ट मा अर्कैको फोटो टाँसेर मलेसिया मात्र होइन अरु देश मा पनि सेटिङ गरेर त्यहाँ बाट सिधै बिमान मा चडाएर बोर्डिंग पास बिमान भित्र गएर जो मान्छे जान लागेको हो त्यसैको हात मा गएर दिन्छ अनि तल देखि माथि सम्म का कर्मचारी हरु बीच कमिसन भागबन्डा गरिन्छ यो कुरा सबै लाई थाहा भएको कुरा हो जब कि आफ्नै पासपोर्ट , असली भिसा ,बैंक को टि.सी. अनि सबै डोकुमेंट असली भएका असली मान्छे लाई त्यहाँ यति दुख दिन्छन कि भनेर साध्य हुदैन किन कि हामी सर्व साधारण ले त्यहाँ पैसा दिएको हुदैन ,म आफैले पनि आफन्त को निमन्त्रण मा टुरिस्ट भिसामा Hongkong जाने बेलामा काठमाडौँ एयरपोर्ट को इमिग्रेसन मा भोगेकोछु , जब इमिग्रेसन लाइनमा मेरो पालो आयो अनि मेरो पासपोर्ट उल्टाई पल्टाई हेरे पछी नागरिता माग्यो मेरो नागरिता साथमा नै थियो मैले उसलाई दिए एकछिन पछी मलाई भनियो तपाई एकछिन छेउ मा उभिनुस ! किन र ? के मेरो भिसा नक्कली हो , के मेरो पासपोर्ट नक्कली हो ? होइन मैले तपाई लाई त्यसो भनेको छैन हाकिम लाई सोध्नु पर्छ , ठिकै छ भनेर म साइड लागे आधा घण्टा को पर्खाई मा एक जना कर्मचारी आए अनि मेरो पासपोर्ट बोर्डिंग पास उल्टाई पल्टाई हेरे अनि सोधे दाई को हो ? मैले हो भने पछी उसले मलाई म बाट पैसा झार्ने नियत ले यसो भने दाई को सबै ठिक छ तर नागरिता अलि ठिक छैन जस्तो लाग्यो ! किन कि फोटो अनि रंग उडेको रहेछ , मलाई पनि झनक्क रिस उठ्यो र भने ३० बर्ष अघि निकालेको नागरिता हो ,पुरानो त भई हाल्छ नि , अनि नेपाल सरकार को सबै कार्यालय मा यहि नागरिता चल्ने अनि यहाँ नचल्ने ? अनि मेरो नागरिता मा टासेको फोटो पनि त्यहि बेलाको हो ठिकै छ ल यो मेरो सवारी चालक अनुमति पत्र चाहिँ नयाँ हो हेर्नुस ! मैले अलि ठुलो स्वर ले प्रतिकार गर्दा झन् यसो पो भन्छ है , ठिकै छ दाई अरुलाई भएको भए मैले छाड्दिन थिए तपाई अलि पाको मान्छे यसो २-४ पैसा चिया खाने दिएर जानुस न त , मैले दिन इन्कार गरें, बरु जादिन फर्किन्छु सम्म भने त्यस पछी मेरो पासपोर्ट, नागरिता, बोर्डिंग पास मेरो हात मा दिएर पाखा लागे , किन कि म कुनै नक्कली मान्छे थिएन जब म सहि छु भने किन दिने ? अन्त मा केहि नलागे पछी बिमान छुट्नु भन्दा आधा घण्टा पहिले त्यहि कर्मचारी जो इमिग्रेसन डेस्क मा बसेका थिए उसैले बोलाएर मेरो पासपोर्ट मा डिपार्चर को छाप हानेर पठाईदिए, त्यसैले त्रिभुवन विमानस्थल को इमिग्रेसन भनेको कर्मचारी हरुको घुसखाने अखडा हो त्यसैले म के भन्न चाहन्छु भने तपाई अनि तपाइको सम्पूर्ण कागजपत्र ठिक र असली हो भने एक पैसा नदिनु होला मैले सुने अनुसार भबिस्य को सपना बोकेर ठुला बडा र नेता हरु को सन्तान बाहेक सर्व साधरण को छोरा छोरी हरु जो विदेश पढ्न जान चाहन्छन उनि हरुको झन् कागजपत्र उल्टाई पल्टाई हेर्दै यो मिलेन त्यो मिलेन भन्दै अत्ताएर पैसा झार्छन रे , सरकार ले जति सुधार्छु भनेर डिंग हाने पनि सानै देखि लागेको बानि र तल देखि माथि सम्म का भागबन्डा गरेर कमिसन खाने बानि लागेका त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलका कर्मचारी तन्त्र लाई सुधार्न गार्है होला !

    Reply
  25. Deepak says:
    August 25, 2012 at 7:36 am

    राम्रै छ प्रगति !! सन् १९९५ सम्म यूरोप आउन पनि नेपाली लाई भिसा एरपोर्टमा नै दिन्थियो (LANDING VISA). तर नेपाली ले आफ्नै खुट्टामा बन्चरो हानेर पासपोर्ट बेच्नाले अहिले यूरोप आउनको लागि नेपालीले नै २०-३० लाख खर्च गर्छन, त्यो पनि काम हुने पक्का हुदैन.
    अब खाडी मुलुक मा जना पनि पासपोर्ट बेचेपछि भोलि नेपालीको नाम बदनाम हुन्छ अनि त्यहाँ जान पनि बन्द हुन्छ. ठिकै छ नि त्यसपछि मुलुक मा नै बसेर बाटोमा टाएर बाल्दा हुन्छ.
    दिपक अधिकारी
    जर्मनी

    Reply
  26. rohan vicram singh says:
    August 25, 2012 at 6:56 am

    हाम्रो नेपालको पासपोर्ट यसरी दुरुपयोग हुनाले सहि काममा विदेश भ्रमण गर्ने नेपालीहरुलाई हरेक देशको इमिग्रेसनमा हरियो नेपाली पासपोर्ट देख्ने बित्तिकै छुट्टै राखेर बिशेस सोधपुश गर्दै कागज पत्र चेक गर्ने गरिन्छ! जब कि, अरु बिदेशीहरुलाई तेसो गरिदैन!
    यसले गर्दा हामी नेपालीहरुलाई कता कता अपमानित भएको महशुस हुन्छ!
    सम्पूर्ण नेपाल र नेपालीहरुको बिश्वोमा बदनाम गर्ने गरि नक्कली पासपोर्टको दुरुपयोग गर्ने गिरोहको अझ भण्डारफोर गरि कानुनी कारवाही गर्न सरकार, आमसंचार र जनता सबैको सक्रियेता बढ्नु पर्यो!

    Reply
  27. विकास says:
    August 25, 2012 at 6:46 am

    बेइमानी हुने मुख्य ठाउँ नेपालको विमानस्थलको इमिग्रेसन रहेछ। त्यस ठाउँमा निग्रानी र कडाइ गर्न सके समस्याको समाधान हुन्छ। सरकारले आफ्नो मातहातको इमिग्रेसनमा सुधार ल्याओस् न अनि पो म्यानपावरहरुलाई दोष लगाउन पाउछ। इमिग्रेसनका ति घुसिया बुढा कर्मचारीहरुलाई हटाएर नयाँ जोस भएका युवाहरुलाई राख्न पर्छ। प्रतेक काउन्टरमा सिसिटिभि र भ्वाइस् मोनिटोरिङ् गर्नु पर्छ। इमिग्रेसनलाई सुधार्न सके यो समस्या लगायत अरु अनेकौ समस्या आफैँ समाधान हुन्छ। तर, मन्त्रीसम्मलाई त्यसबाट भाग लगाउन पर्ने भएकोले यो समस्या समाधान त्यति सजिलो छैन।

    Reply
  28. द्रोण says:
    August 25, 2012 at 6:09 am

    यहा बिक्रीमा छ
    -o-o-oo-o-o-
    यहा पासपोर्ट बिक्रीमा छ ,
    मान्छे बिक्रीमा छ ,
    किन्ने मोटो ग्राहक मिले
    नदीनाला पनि बिक्रीमा छन्
    देसै बिक्रीमा छ |

    नेपाल आमा सिक्रीमा छिन |
    गरिब जनता भबिस्य को फिक्रिमा ,
    नया साहुहरू !!?
    विमानस्थल को मोल मोलाई मा छन् ,
    हिमाल लाइ तराजु मा जोख्दैछान ,
    खुसुक्क झोलामा खोला हालेर ,
    दिल्ली बजार पस्दैछांन ,
    दिल्ली अब दुर नही ,
    फेरी पनि दिल्लीसम्म किन जाने ?
    दिल्ली नै यहा ल्याउने ,
    सुर सार कस्दैछन |

    Reply
  29. Ravi Aryal says:
    August 25, 2012 at 5:36 am

    सही कुरो !मानिस हरुले केवल काम गर्न जानको लागि मात्र पासपोर्ट खरिद गर्दैनन्.नेपालीले पाउने सुबिधा पाकिस्तानी र बंगालीलाइ पनि छ,त्यो भन्दा डरलाग्दो कुरो त् अपराधिक क्रियाकलापमा संलग्न हुने देखिन्छ,नेपाली पासपोर्टको मान्छेले कुनै आतंगकारी गतिबिधि गर्यो भने बैदेशिक रोजगार सदाको लागि बन्द हुन् पनि सक्छ

    Reply
  30. शशांक लामा, न्युयोर्क says:
    August 25, 2012 at 3:39 am

    जिल्ला कार्यालयदेखि देखि पिलेनभित्रसम्म सेटिंग मिलाएर ल्याएपछि कसको के लाग्यो र ? अब यो रोकथाम गर्नेलाइ बिमानस्थलमा गस्ती, अनुगमन, गुप्तचर, बिशेष दस्ता जस्ता बग्रेल्ती निकायहरु राख्नुपर्छ| सबैलाई भागबण्डा गर्दा हातमा लाग्यो सुन्य झैं हुन्छ र त्यस्तो काम गर्न जाँगरै मरेर ल्याउछ वा कहीं न कहीं भागबण्डा नमिल्दा कुरो छरपष्टिन्छ र सबै कारबाहीमा पर्छन| खान नपुग्ने तलब दिएपछि घुस नखा भनेर के टेर्ला र | बरु घुस पनि समाबेशी हुनुपर्यो – सिडीओ देखि पियनसम्म सबैमा भाग लाग्नुपर्यो| देश सबैको साझा हो भने जस्तै घुस पनि सबैको साझा हुनुपर्छ|

    Reply
  31. janak dangol says:
    August 25, 2012 at 3:03 am

    (क) म मलेसियामा गार्डमा कम गर्न थालेको ८ बर्ष लाग्दैछ ! माइ संसारको कुरा १००% सहि हो ! आइमेको दुस्मन आइमे भनेको जस्तै नेपालीको दुस्मन नेपाली नै हो ! पासपोर्ट प्राय नेपाल बाट कानुनी प्रकृया पुर्याएर याहा आए पछी करार अनुसारको तलब नपाएर कम्पनि छोडेर भाग्ने हरुको पासपोर्ट संकलन गर्दा रैछन ! कामदार भागे पछी एउटा चिठि इमिग्रेसनमा दिए पछी अरु कुनै खोजिनिती हुँदैन ! त्यस्तै पासपोर्ट प्रयोग गरेको हुन सक्छ !
    (ख) आज भन्दा ३ बर्स अगाडी कुआलालाम्पुरको ठुलै प्रतिष्ठित चैनिज्को घरमा सुरक्षा गार्डले चाइनिज मालिक्नीको हत्या गरे पस्चात सेक्युरिटीको भिसा दिन बन्द गरेको थियो ! हामि गुर्खा गार्ड हरुको बफादारी तथा मेहनत अनि अनुसासन ले गर्दा चाइनिज मालिकहरुले धेरै माग गरे पस्चात मात्र यसै साल बाट नेपाली भू.पु.लाइ मात्र सेक्युरिटीको भिसा खोलि दिएको हो ! चाइनिज हरुले नेपाली बाहेक अरु देशको मान्छेलाई बिस्वास गर्दैनन ! कालो बर्णको देख्ने हुँदैन चाहे त्यो नेपाली नै किन नहोस ! फेरी पनि कुनै अप्रिय घटना भयो भने सदाको लागि भिसा बन्द हुन्छ ! किन गर्छन नेपालका मेनपावरहरुले यस्तो नच्चाहिने काम ? राजदुताबासले कम्पनि छोडेर भागेका नेपालीहरुको पासपोर्ट अनिवार्यरुपमा दुताबासमा खिच्ने ब्यबस्था मिलाउनु पर्छ !
    याहा ठुला ठुला गार्मेन्ट तथा अन्य नेपाली काम गर्ने कारखाना हरुमा बेलाबेलामा कम्पनीको अफिस नै फोडेर नेपालीहरुको पासपोर्ट चोरिने घटना कुनै नौलो हैन ! यस्तो पासपोर्ट चोरिने संख्या सय भन्दा माथिनै हुन्छ ! पासपोर्ट चोरियो भने त्यसको मार पनि नेपाली कामदारलाई पर्छ ! बनाउने स्वयम आफैले हो त्यसैले नेपाल सरकारले यस तर्फ कडा कदम चाल्नु जरुरि छ !

    Reply
  32. नारायण गैरे says:
    August 25, 2012 at 2:56 am

    हाम्रो कम्पनीमा पनि एकजना बंगाली नेपालि पासपोर्ट मा आएको छ . पाकिस्तानी नेपाली पासपोर्टमा कतार आएको भन्ने कुरा अहिलेसम्म मैले थाहा पाएको छैन .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme