Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खुमबहादुरलाई डिस्काउन्टः १९ लाख रुप्पे र ५ महिना कैद

Posted on August 22, 2012August 22, 2012 by Salokya

सर्वोच्च अदालतले साउन ३० गते नै पूर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्दै जरिवाना र कैद सजाय तोकेको भए पनि यत्रो दिनसम्म उनी आफ्नै घरमा थिए। यसबीच नेपाली काङ्ग्रेसको केन्द्रीय समितिले उनको पक्षमा एउटा वक्तव्य जारी गर्‍यो र समर्थकहरुले हिजो दाङ जिल्ला बन्द गरे। आज चाहिँ उनी अदालतमा उपस्थित भएका छन् सजाय कार्यान्वयन गराउन।

यसरी ढिला उपस्थित भए पनि उनले कानुनमा भएको कैद र जरिवानामा २० प्रतिशत डिस्काउन्ट भने पाउने छन्। कानुनमा सजाय सुनाएको ६० दिनभित्र अदालतमा आफै उपस्थित भए त्यस्तो छुट पाउने उल्लेख छ।

त्यसै अनुसार खुमबहादुर खड्कालाई ९४ लाख जरिवाना सुनाइएको भए पनि डिस्काउन्ट पाउँदा ७५ लाख मात्रै तिरे हुने भयो। अर्थात् १९ लाख रुप्पे छुट!

त्यति मात्र हैन १ वर्ष छ महिना कैद सजाय सुनाइएको भए पनि उनले अब छुट र पहिला जेलमा बसिसकेको भन्दै ४ महिना छुट पाएका छन्। मतलब अब उनले ११ महिना १२ दिन मात्रै जेल बसे पुग्ने भएको छ।

उनको लागि डिल्लीबजारमा एउटा कोठा समेत तयार पारिसकिएको छ। उनलाई जेपी गुप्ता बस्ने गरेको कोठानजिकै राखिने भनिएको छ। उनका लागि लुगा राख्ने ह्याङ्गर, किताब राख्ने दराज लगायतका गुप्तालाई दिइएको जस्तै सुविधा दिइने भएको छ।

जति भ्रष्टाचार गरे पनि २ वर्षमात्रै जेल
नेपालमा भ्रष्टाचार गरी जति अकुत सम्पति कमाए पनि हुने सजाय भनेको बढीमा २ वर्ष मात्रै हो। भ्रष्टाचारका दुई मुद्दामा- कर्मचारीलाई बढी र नेतालाई किन कम सजाय गरियो भनी माइसंसारले ब्लग लेखेको केही दिनमा विशेष अदालतले एउटा विज्ञप्ति निकालेको थियो। विज्ञप्ति अनुसार भ्रष्टाचारका अन्य मुद्दामा बढी सजायको प्रावधान भए पनि कानुन बनाउने बेलामै तत्कालीन नेता र सांसदहरुले आफू फँस्न सक्ने अकुत सम्पतिको मुद्दामा बढीमा दुई वर्ष मात्रै जेल सजाय पाउने उल्लेख छ।

विज्ञप्ति हेर्नुस्-
गैर कानूनी सम्पति आर्जन अर्थात् अकुत सम्पति कमाइ भ्रष्टाचार गरेको मुद्दामा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को १ को कसूर गरेमा सोही दफाको उपदफा २ अनुसार बढीमा २ वर्षसम्म कैद र विगो बमोजिम जरिवाना गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पति जफत गर्नु पर्ने कानूनी व्यवस्था रहेकोछ । जतिसुकै कमाएपनि बढीमा २ वर्षमात्र कैद हुन्छ ।

ऐनको दफा २४ ले सम्वैधानिक निकाय र विशिष्ट श्रेणी र सो भन्दा माथिका पदाधिकारीले भ्रष्टाचार गरेमा ३ वर्षसम्म थप कैद गर्ने प्रावधान राखेको छ । सो अनुसार अधिकतम ३ वर्ष कैद गर्न सकिनेमा सर्वोच्च अदालतले ६ महिनामात्र कैद गर्ने गरेको पाइन्छ । ऐनका अन्य प्रावधानमा बढी कैदको व्यवस्था भए तापनि अकुत सम्पति मुद्दामा ऐन बनाउँदा नै दफा २० को उपदफा २ मा कम सजाय २ वर्षमात्र राखेको छ । घुस रिसवत खाएको अन्य कसूरमा जस्तो अकुत सम्पति मुद्दामा दफा ३ अनुसार बढी विगोको आधारमा बढी कैद सजाय गर्ने व्यवस्था ऐनमा रहेको छैन । जतिसुकै गैरकानूनी सम्पति कमाए पनि बढीमा २ वर्षमात्र कैद हुन्छ ।

केही दन अघि फैसला भएको व्यापार प्रवर्धन केन्द्रका रमेशकुमार श्रेष्ठ भएको सार्वजिनक सम्पति हिनामिना मुद्दामा दफा १७ बमोजिम सरकारी सम्पति हिनामिना गरेको र भ्रष्टाचार गरी घूस रिसवत खाएको कसूर ठहरेमा दफा ३ को उपदफा १ को क देखि झ सम्म विगोको आधारमा घटीमा ३ महिना देखि १० वर्षसम्म कैद गर्नु पर्ने कानूनी व्यवस्था ऐनले गरे अनुसार दफा ३ १ च अनुसार १० लाख रुपैयाँ भन्दा बढी २५ लाख सम्म भ्रष्टाचार गरेमा २ वर्ष ६ महिना देखि ४ वर्षसम्म कैद हुन सक्ने व्यवस्था रहेको पाइन्छ ।

आज फैसला भएको विन्देश्वर प्र गुप्ताको मुद्दामा पनि ऐनको दफा १७ र दफा ३ १ छ अनुसार २५ लाख भन्दा बढी ५० लाख सम्म बिगो भएकोमा ४ वर्ष देखि ६ वर्षसम्म कैद हुन सक्नेमा न्यूनतम हद ४ वर्ष कैद सजाय ठहर भएको छ ।

यस प्रकार अकुत सम्पति मुद्दामा ऐन बनाउँदा नै कम सजाय राखेको हो । कम सजाय राखेको कारण ऐन बनाउने विधायिका र त्यतिबेलाका सांसद्लाइ नै थाहा हुन्छ । अदालतलाइ थाहा हुँदैन ।

कानुनी व्यवस्था-

भ्रष्टाचार निवारण ऐन २०५९ मा भएको केही कानूनी व्यवस्था तल प्रस्तुतछ

दफा ३. रिसवत लिने दिनेलाई सजायः (१) राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै
व्यक्तिले आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्न वा गरिदिए बापत वा नगर्न
वा नगरिदिए बापत वा आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्दा कुनै व्यक्तिलाई
मोलाहिजा वा अनिष्ट गर्न वा गराइदिए बापत वा नगर्न वा नगराइदिए बापत आफ्नो
वा अरू कसैको निमित्त रिसवत लिएमा वा लिन मञ्जुर गरेमा देहाय बमोजिमको
रिसवत लिनेलाई वा लिन मञ्जुर गर्नेलाई कसुरको मात्रा अनुसार देहाय बमोजिम
कैद र बिगो बमोजिम जरिबाना हुनेछ। रिसवत लिइसकेको भए सो रिसवत समेत
जफत हुनेछ : –
(क) पच्चीस हजार रुपैयाँसम्म तीन महिनासम्म कैद
(ख) पच्चीसहजार रुपैयाँभन्दा बढी पचास हजार रुपैयाँसम्म
तीन महिनादेखि चार महिनासम्म कैद,
(ग) पचास हजार रुपैयाँभन्दा बढी एक लाख रुपैयाँसम्म
चार महिनादेखि छ महिनासम्म कैद,
(घ) एक लाख रुपैयाँभन्दा बढी पाँच लाख रुपैयाँसम्म
छ महिनादेखि एक वर्ष छ महिनासम्म कैद,
(ङ) पाँच लाख रुपैयाँभन्दा बढी दश लाख रुपैयाँसम्म
एक वर्ष छ महिनादेखि दुई वर्ष छ महिनासम्म कैद,
(च) दश लाख रुपैयाँभन्दा बढी पच्चीस लाख रुपैयाँसम्म
दुई वर्ष छ महिनादेखि चार वर्षसम्म कैद,
(छ) पच्चीस लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म
चार वर्षदेखि छ वर्षसम्म कैद
(ज) पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म
छ वर्षदेखि आठ वर्षसम्म कैद
(झ) एक करोड रुपैयाँभन्दा बढी जतिसुकै भए पनि
आठ वर्षदेखि दश वर्षसम्म कैद।
(२) राष्ट्रसेवक बाहेक अन्य व्यक्तिले कुनै राष्ट्रसेवकलाई निजको ओहदाको वा
हैसियतको कुनै काम गराउन वा नगराउन मनाउने उद्देश्यले वा निजबाट गराउन वा
नगराउन मनाइदिए बापत वा सो ओहदाको वा हैसियतको कुनै काम गर्दा कुनै व्यक्ति
उपर मोलाहिजा वा अनिष्ट गर्न वा नगर्न मनाउने उद्देश्यले वा मोलाहिजा वा अनिष्ट
गर्न वा नगर्न मनाइदिए बापत कुनै व्यक्तिबाट आफ्नो वा अरू कसैको निमित्त कुनै
रिसवत लिएमा वा लिन मञ्जुर गरेमा निजलाई उपदफा (१) बमोजिमको सजाय गरी
रिसवत लिइसकेको भए सो रिसवत समेत जफत गरिनेछ।

१७. सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्नलाई सजाय : कुनै राष्ट्रसेवकले आफ्नो
ओहदाको वा सो सम्बन्धी कर्तव्य पालन गर्दा, नेपाल सरकार वा
सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही वा बदनियत गरी हिनामिना, हानि
नोक्सानी वा दुरूपयोग गरे गराएमा वा मासेमा वा निजी प्रयोगमा लगाएमा निजलाई
कसुरको मात्रा अनुसार दफा ३ बमोजिमको सजाय हुनेछ र त्यसरी हिनामिना, हानि
नोक्सानी वा दुरूपयोग गरेको वा मासेको वा मास्न दिएको सम्पत्ति पनि निजबाट
असूल उपर गरिनेछ।

२०. गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको मानिने : (१) प्रचलित कानुनबमोजिम
सार्वजनिक पद धारण गरेको मानिने राष्ट्रसेवकले प्रचलित कानुनबमोजिम पेश गरेको
सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिन आएमा वा निजले मनासिब कारण
बिना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेमा वा आफ्नो हैसियतभन्दा बढी
कसैलाई दान, दातव्य, उपहार, सापटी, चन्दा वा बकस दिएको प्रमाणित भएमा त्यस्तो
सम्पत्ति के कस्तो स्रोतबाट आर्जन गरेको हो भन्ने कुराको निजले प्रमाणित गर्नु पर्नेछ र
नगरेमा त्यस्तो सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको मानिनेछ।
(२) कुनै राष्ट्रसेवकले उपदफा (१) बमोजिम गैरकानुनी रूपमा सम्पत्ति आर्जन
गरेको प्रमाणित भएमा त्यसरी आर्जन गरेको सम्पत्तिको बिगो अनुसार दुई वर्षसम्म कैद र
बिगो बमोजिम जरिबाना गरी त्यसरी आर्जन गरेको गैरकानुनी सम्पत्ति समेत जफत
गरिनेछ।

२४. थप सजाय : संवैधानिक अंग वा निकायका पदाधिकारी, राष्ट्रपतिबाट मनोनयन वा
नियुक्त हुने पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणी वा सो सरहका पदाधिकारी,
सार्वजनिक संस्थाका प्रमुख महाप्रबन्धक वा सो सरहका पदाधिकारीले यस परिच्छेद
अन्तर्गतका कसुर गरेमा निजलाई त्यस्तो कसुरमा हुने सजायमा थप तीन वर्षसम्म
कैद सजाय हुनेछ ।

खुमबहादुर खड्काले के भने जेल जानुअघि। उज्यालोको भिडियो हेर्नुस्-

66 thoughts on “खुमबहादुरलाई डिस्काउन्टः १९ लाख रुप्पे र ५ महिना कैद”

  1. dhan says:
    August 25, 2012 at 6:19 pm

    येस्ता येस्ता नेता हरु लाइ त घुस खाए को प्रमाणित भए पछि छ्वाप्प गरेर काट्नु पर्छ कि त कम्ति मा पनि २० देखि ३० बर्ष को जेल हुनु पर्छ अनि मात्र अरु नेता हरु दरौछ्न होइन भने खुमे लाइ जस्तो ११ महिना जेल तेस मा पनि छुट्टि के के हो नेपाल को चलन सबै कटाउदा के नै हुन्छ र खुमे ले कति करोड कमाए को होला जाबा तेती तिर्न लाइ के को टेन्शन मज्जा ले ६, ७ महिना जेल मा बस्छ अनि बाहिर आएर बिन्दास छाती फुलाएर हिड्छ तपाइँ हरु ले सोच्नु भए होला इजत मा दाक लग्यो भनेर तर तेसो होइन आज भोलि को जमाना मा पैसा छ भने तेसै इजत हुन्छ . नेपाल को जेल भने को त गंगा जल जस्तै हो अलि कति महिना जेल बस्यो पबित्र भएर बाहिर आयो हा हा हा एस्तो पो कानुन एकादेश को देश मा

    Reply
  2. Ingwaba says:
    August 24, 2012 at 5:56 pm

    खुमबहादुर मात्र होईन । नेपालमा राजनीति गर्नेहरु सबै भ्रष्टाचारी हुन् । किनभने उनिहरुको तलब हुँदैन ।

    तर उनिहरूले पनि कानु पर्‍यो, छोराछोरी पाल्नु-पढाउँनु पर्‍यो, श्रीमतीलाई लाउन-खान दिन पर्‍यो । कहाँबाट ल्याउँने? भ्रष्टाचार गरेर ।

    अर्थात, प्रणाली नै भ्रष्ट भयो । जस्तै: राष्ट्पतीय प्रणालीमा सांसदहरू ऐन नियम बनाउँछन् मन्त्री हुन पाउँदैनन् । मन्त्री हुने भए राजिनामा दिनु पर्छ ।

    तर नेपालको हालको प्रणालीमा राजीनामा दिनु पर्दैन बरु सांसद हुनेले मात्र मन्त्री हुन पाउँछ । यहीँबाट भ्रष्टाचार सुरु हुन्छ । अर्थात कानुन बनाउँने सांसदले कानुन बनाउँदा भोलि “आफु मन्त्री हुँदा अप्ठेरो नपर्ने गरि कानुन बनाउँन थाल्छन् ।”

    तेसैले राष्ट्रपतीय प्रणाली, जहाँ राष्ट्र पती चुनिन्छन् र उनैले सक्षम र विज्ञहरूलाई मन्त्रीका रुपमा छान्छन् । जसको कमाई खाने आफ्नै पेसा हुन्छ । जस्तै: स्वस्थ्य मन्त्री कुने हसल डाक्टरलाई बनाईन्छ जो मन्त्री पद सकिएपछि फेरि डाक्टरकै पेसाले कमाएर खान्छ र भ्रष्टाचार गरिरहनु पर्दैन । तेस्तै, शिक्षा मन्त्री कुनै शिक्षाकै विशेषज्ञ; कृषि मन्त्री पनि कृषि विशेषज्ञ; न्याय मन्त्री कानुकै विशेषज्ञ आदिलाई बनाउँनु पर्छ जो मन्त्री पद सकिएपछि फेरि आफ्नै पेसामा फर्केर कमाएर (जस्तै उपेन्र्द देवाकोटा स्वस्थ्य मन्त्री सकिएपछि डाक्टरै भएर कमाएर खाइरहेछन्) खान्छन् ।

    र, सांसदहरुले केबल कानुन मात्र बनाउँने मन्त्री हुनै नपाउँने वा भईहाले पनि राजिनामा दिएर (जसरी अमेरिकामा हिलरी क्लिनटनले राजीनामा दिएर विदेश मन्त्री भईन) जानु पर्ने प्रणाली हुनु पर्दछ ।

    Reply
  3. subodh says:
    August 24, 2012 at 12:29 pm

    खुम बहादुरको फैसलाले बोलेको मुख्य कुरा यो हो कि

    जतिसुकै चलाख भए नि ढिलोचाँडो कानुनको फन्दामा पर्छ नै

    राष्ट्रसेवक भएर पनि संविधान र कानून प्रति खाएको शपथको प्रतिकूल भ्रष्टाचारमा संलग्न
    हुने व्यक्ति जतिसुकै कुशाग्र भएपनि कानून उल्लंघनका घटनालाई सदाका लागि लुकाउन वा अर्कै
    ढंगले पटाक्षेप गर्न संभव रहँदैन। यसो भन्नुको अर्थ जतिसुकै जेहेन्दार र सार्वजनिक जीवनमा
    सम्मानित ओहोदामा रहेको भएपनि कदाचित कानून उल्लंघन गरी अपराध जगतमा प्रवेश गर्दछ भने
    ढिलो चाँडो कानूनको साङलोभित्र पर्ने निश्चित प्रायः हुन्छ। कानूनमा बाँधिने र कानूनसंगत व्यवहार
    गरी अनुशासित जीवनयापन गर्नु नै सार्वजनिक जिम्मेवारी बोकेका राष्ट्रसेवकहरुसँग अपेक्षित कुराहरु
    हुन्र यसलाई सम्बन्धित सबैले हृदयंगम गर्नुपर्दछ भन्ने सन्देश ग्रहण गर्नु विशेष रुपले महत्वपूर्ण
    छ।

    सार्वजनिक सेवामा कार्यरत राष्ट्रसेवकहरु चाहे ती राजनीतिक कर्मी हुन् वा कर्मचारीहरु,
    तिनीहरुलाई आफनो पदसँग सम्बन्धित कर्तव्य निर्वहनका लागि राज्यले कानून द्वारा पदसँग सम्बद्ध
    केही अधिकारहरु सुम्पिएको हुन्छ। सार्वजनिक सेवाको प्रकृतिले गर्दा त्यस्ता सेवामा संलग्न
    हुनेहरुलाई तदनुरुपको प्रतिष्ठा, सम्मान र संरक्षण पनि प्रदान गरिएको हुन्छ। ति सबै व्यवस्था
    गर्नुको एकमात्र उद्देश्य तिनीहरुलाई सुम्पिएको जिम्मेवारी कानूनसंगत र इमान्दारीताका साथ
    सम्पादन गर्न सक्षम बनाउनका लागि मात्रै हो। अन्यथा जनसाधारणलाई भन्दा निजहरुलाई पृथक
    रुपमा राज्यले ब्यवहार गर्नुपर्ने कुनै कारण रहँदैन। सार्वजनिक सेवामा संलग्न उच्चपदस्थ नेता वा
    कर्मचारीहरु व्यक्तिगत रुपमा सर्वसाधारण जनताभन्दा भिन्न र बढी माननीय हुँदैनन्। केवल
    तिनीहरुले आफनो पद अनुकूल जवाफदेही ढंगबाट दिने सेवाहरु मात्र माननीय हुन्छन्। यो
    अन्तरलाई नबुझी आफनो कर्तव्य भन्दा पनि पदीय अधिकारको कारणले आफैंलाई महत्वपूर्ण र
    माननीय ठान्ने गरियो भने सार्वजनिक सेवामा यो भन्दा ठूलो भ्रम अर्को हुन सक्दैन।

    जतिसुकै चलाख र कुशाग‍ भए पनि भ्रष्टाचारी एक दिन कानूनको सांग्लोमा बाँधिन्छ नै । नेपाली कांग्रेसका हस्ती भनेका वाग्ले जोशी खुमे कानूनको सांग्लोमा बाँधिए भने अहिलेका ठूला भ्रष्टाचारी पिन एक दिन बाँधिने छन्ऽ तिनको नाम भन्नु पर्दैन होला नि ।

    Reply
  4. lalit rai says:
    August 24, 2012 at 8:21 am

    बिचरा खुम !!!! म निर्दोस्छु भन्दै छ यो पाएको सजाय पनि मिनाहा गरिदिनुनी अदालतले !!!

    Reply
  5. bhim says:
    August 23, 2012 at 10:37 pm

    खै त्यो भीमार्जुन भन्ने त चू पनि बोल्दैन त ,
    सजाय कम बेसी केहि भन्दैनन नेपाल का “बुद्धिजीवि”
    धुश्याहा हरु का जमात बाटै सबै पोशियेका छन् के गर्ने?
    मलाई त नेपाल को बुज्रुक र बुद्धिजीवी देखेर घिन लाग्छ.

    Reply
  6. Sheela says:
    August 23, 2012 at 6:01 pm

    न्यायालय र न्यायाधिश लाइ गाली गरेको हुनाले डिस्काउन्ट पाको होला नि!
    सामन्त के बनाएका कानून ले सामन्त र भ्रस्टलाइ छूट नदिए कसलाई दिनु त…

    Reply
  7. Basant says:
    August 23, 2012 at 5:38 pm

    भ्रस्टचारी खुमे, आफुले गरेको कामको बर्णन पनि अक्मकाइ अक्मकाइ अड्की अड्की बोल्नु पर्ने …भ्रस्टचारको गन्ध त तेसै आइ राखेको छ त!!!

    Reply
  8. chandra says:
    August 23, 2012 at 3:11 pm

    भिडिओ हेरेपछि – जो चोर उसैको ठुलो सोर, ह–ने लाई भन्दा देख्नेलाई लाज!!!

    खै के कमेन्ट गराई भो र येस्ता भ्रस्ट चोर नेताको बारेमा ? कम्तिमा नेता नभए र सामान्य चोर (अपराधी) भएको भे मुख छोप्थियो – यो त दुइजना न्यायाधिस लाई नै पो उल्टो बदमास भन्ला जस्तो गर्छ!!! अनि फेरी न्यायालय को सम्मान गर्छु भनि तोपल्छा!! ये राता मकै???

    Reply
  9. Ramesh k c says:
    August 23, 2012 at 2:28 pm

    यहि त छ नेपालि कानुनको बिडम्बना galti गर्नेलाई थप sajaaya दिनु पर्ने मा chhut पाउछ…

    Reply
  10. Ngawang Sherpa says:
    August 23, 2012 at 12:39 pm

    देशका माहाभ्रष्ठरू छन् पेशा यी यु र बिश्व बैकमा होईन नेपालमै छ प्रशस्त छ यो पेशा निकाल्न सक्यो भने नेपालमा १५०० मेगावाट बिजुली निकाल्ने पैशा छ जसले देशमा लोडसेडिंग मात्र होईन अरबमा भएको नेपालीलाई यही राजगारी दिन सकिन्छ .
    हामी अरुको नजरमा भिखारी हुनु पर्दैन / देशलाई लुटेर भिखारी बनाउने यिनै हुन् अझ कांग्रेशमा यस्ता खुम प्रसस्त छन् खुम पूर्ण कृष्ण जोशी , बले, महत, के सी , सुजाता , खाड, पौडेल , देउबा छन्
    एमालेमा पनि कम छैन ओली ,बामदेब, नेपाल, खनाल, ईश्वर ,संकर,रावल आदि हुन् कर्मचारी र अन्यलाई पनि पाता कसियो भने पैशा खोज्न देश बिकाश गर्न कही जानु नै पर्दैन .
    नब टावर वाला पनि यही छन् . तिनीहरुलाई पनि पाता कसुन .

    Reply
    1. sharma cp says:
      August 23, 2012 at 4:22 pm

      साथी किन दुइ पार्टी लाई मात्र भनेको प्रचण्ड बाबुराम लाई त भुले जस्तो छ नि कि तिनी हरु तपैका मित्र परे र तिनलाई पनि पाता कस्ने होइन र ? तिनले पनि कम्ति खायक त छैनन् होला नि देशलाई कि कसो

      Reply
  11. chandramagar (Africa ,Seychelles) says:
    August 23, 2012 at 12:22 pm

    अब कसैलाई पनि छोड्नु हुन्न है / धन्यवाद बाबुराम सरकार अझै निकाल्नु पर्छा पैसा देशमै छ / कानूनमा अझै कडा गर्नुपर्छ /

    Reply
  12. sures says:
    August 23, 2012 at 11:47 am

    अब नया पार्टी खोल्ने जसको नाम “घुषखोरी गुन्डागर्दी अपहरण संयुक्त मुक्ति मोर्चा नेपाल ” पार्टी कार्यालय – हनुमान ढोका.
    presidednt : चिरिन्जीबी वाग्ले
    सचिब : खुम बहादुर खड्का
    केन्द्रीय सदस्य : जे. पी गुप्ता
    साधारण सदस्यको लागि योग्यता:
    १. लाख भन्दा कम घुस नखाएको,
    २. २ ४ जना लै आपहरण गरेको,
    ३. पेस्तोलसाथमा भएको,
    ४.मधेस देखि पहाड सम्म जुनसुकै उमेरका महिला वा पुरूस
    ५.ठेक्का पट्टमा अनि ब्यापारीबाट हप्ता उठाउन कम्तिमापनि २-४ वर्षको आनुभव

    Reply
  13. pritee thapa says:
    August 23, 2012 at 11:45 am

    खुम बहादुरले ७५ लाख कहाँ बाट ल्यायो ? त्यसको पनि खोजबिन हुनु पर्छ l

    Reply
  14. sures says:
    August 23, 2012 at 11:35 am

    यो त सारै अननाया भए न र ! खड्का जीलाई थोरै जेल सजाय दिएर? बिचार खड्काजी , मास्टर खड्काजी( तपाई मेरै बास्सै को खड्काजी भन्नु भा होला हैन नि फेरी मा त हाम्रै नेता खड्का जी को कुरा गरेको किन कि उनि घुस खानलाई खप्पिस भएको भएर मास्टर जी भा के )

    Reply
  15. xyz says:
    August 23, 2012 at 11:33 am

    Some why-o-whys on Nepal’s anti-corruption drive:
    1. Why did the politicians agree on to Lamsal Aayog to investigate property holdings by the public officials holding public positions only after 2046 and not before 2046?

    2. Why CIAA has not filed any case related to akut sampati after 2006? Why is CIAA came into active only during Surya Nath’s tenure?

    3. Why there is so much difference in punishment on corruption crime related to akut sampati and bribery?

    4. Who is responsible for discount provisions? Is not this a big joke on Nepal’s penal system? Can the Special Court shed its responsibility by responding that it is not responsible for drafting of the laws?

    5. Why it takes nearly a decade to settle a high profile corruption cases?

    6. Why there is so much difference in valuation of property by CIAA, the Special Court and the Supreme Court?

    7. With much relaxed punishment system, with discounting system and prolongated trial system – this is a blot on Nepal’s judiciary. Why no actions were taken against the judges who gave clean chits to Gupta and Khada?

    8. Why would convicted politicians be given a special previledges inside the prison?

    9. Is not it a shameful that the fans of the convicted politicians take out demonstrations, vandalize public property and call bands?

    Reply
  16. Motilal Magar says:
    August 23, 2012 at 11:00 am

    सजायको प्रावधान अति कम छ, त्यो आफ्नो ठाउँमा छदैछ, त्यसलाई परिमार्जन गर्नु अत्यावश्यक छ।

    कारवाही हुन्छ कि हुदैन भन्ने आशंकाका बिच भष्ट्राचारी भनेर अदालतले ठप्पा लगाईदियो त्यो नै ठूलो कुरा हो।

    Reply
  17. jeevan says:
    August 23, 2012 at 10:35 am

    Khum bahadur is the worst politician there is no doubt, also we should slatue the Akitiyar for their contribution. But can they continue this job regarding the fake numberiung of PLA by Maoist, Which is one of the biggest corruption case ever. Or it is just the political propoganda to finish Congress as most of the corrupt congress men are charged and behind bars. Are UML, Maoist, RPP, Madeshi parties clean enough ????

    Reply
    1. Daya Machamasi says:
      August 23, 2012 at 4:51 pm

      धेरै पैसा खाने, धेरै सत्ता मा बस्ने, धेरै भ्रस्टाचार गर्ने काँग्रेस भय पछी , काँग्रेसका नेताहरु जेलमा नबसी अरु को बस्छा ?

      Reply
      1. jeevan says:
        August 24, 2012 at 8:30 am

        OH ! You have a great sense of humor, Congress has taken the gov longest and achive many things (corruption etc). Let other party also do the same thing !!
        Then only law will be applicable to other parties..great thinking, hats off !!
        These are the thinking of new Nepal, Ganatantra….

        Reply
  18. vivek says:
    August 23, 2012 at 10:18 am

    हरे नेता भनौदा, कसरि आफू निर्दोष छु भन्न सकेको होला . नेपाली को कानून आफैमा अप्रजातान्त्रिक छ . नेता लै एक थरि अनि सर्ब साधारण लै अर्को थरि नियम कानून . जागौं है नेपाली जनताहरु नत्र भने इ भ्रस्ट नेता भनौदाहरुले यशारी नै सर्बसधरर्ण जनताहरु लै लुटी राख्ने छन् .

    येस्तालाई त् फासी दिन पर्छ.

    Reply
  19. Ashok subedi says:
    August 23, 2012 at 10:07 am

    मलाई ताजुक लगेको कुरा के हो भने काग्रेसले आफ्नो धरातल किन भुले को होला के यस्तै मन्छेको हुल हो , काग्रेस भनेको । तिमी नेता हरुलाई हामीले आस्था गर्नु पनि बेकर छ, खुमे हुकार सुन्दा लग्छ कि उ निर्दोश छ । नेता हरु नहुँदा बरु देशमा कानुन्को शसन छ जस्तो भन भएको छ ।

    Reply
  20. SURENDRA SUBEDI hongkong says:
    August 23, 2012 at 8:37 am

    गरिब देस मा नेता र जनता बीच किन कानुन को असमानता?आखुरी कानुन को नजर मा नेता चाही ठुलो अनि जनता चाही जहिले पनि रैती?कहिले हट्छ यो विभेद?यदी खुमे को ठाउँ मा जनता परेको भए के उस ले सजाय छुट पाउन सक्थ्यो?जनता को रगत पसिना चुसेर बाचेका यी लठु राम कै मात्र कानुन मा बोल बाला किन?

    Reply
  21. Basanta Thapa,Maryland,USA says:
    August 23, 2012 at 7:39 am

    स्वाभिमान र नैतिकता नभए पछी मानिस कसरि निर्लज्ज हुदा रहेछन भन्ने उदाहरण नेपालका नेता ,कार्यकर्ता ,पार्टी हेरे पुग्छ \गलत लाइ गलत भन्न नसक्ने नामर्द हरु भ्रस्टचारी जोगाउन नारा ,जुलुस .बन्द गर्छन र पार्टीलाइ भ्रस्ट हरुको अखडा हो भन्ने प्रमाणित गराउछन् \
    आज सम्म का आन्दोलन ,क्रान्ति यी भ्रस्ट हरुले अराजकतामा परिबर्तन गराए \ कुन मुख ले यी प्रजातन्त्र ,क्रान्ति र सिस्टम का कुरा गर्छन ? जनताका जिबन ,बलिदान लाइ तिलान्जली दिएर यी नामर्द हरु हुस्की र बिएर पिउछन र कुकुर झैँ जिउछन \

    Reply
  22. maheshwar says:
    August 23, 2012 at 7:23 am

    हाम्रो नया नेपालमा………..
    कृषि प्रधान देश मा गरिब कृषकलाई मलमा छुट……छैन
    आधुनीक कृषि प्रणाली अपनाई ब्यबसाहिक खेति गर्न लागेका युबाहरुलाई उपकरण/प्लास्टिकमा छुट…….छैन
    गरिब जेहेन्दार बिधार्थीलै शिझा झेत्रमा छुट……….छैन
    गरिब/असक्त मृतु सैयामा छटपटाइ रहेका बिरामीलाई औसधि उपचारमा छुट……छैन
    गरिब बिधयार्थीलाइ खाना पकाउने ग्यास/मट्टीतेलमा छुट…….छैन

    जीवनभर उडुसले जस्तो रगत चुसी भ्रस्टाचार गर्ने चोर नेता तथा अन्यलाई छुट…..सस्मान छ
    अरबपति गच्छेदार (कसरि अरब पति भए सबैलाई थाहा छ ) लै सरकारबाट लिएको ८ लाख भन्दा बडी रकम छुट…………….सस्मान छ
    चोर नेता हरु तथा तिनका सन्तान/आसेपासेहरुलाई स्वस्थ/शिझा झेत्र मा लाखौ छुट………सस्मान छ
    चोर नेता तथा तिनका भरौटे हरुलाई चन्दा आतंक/तोडफोड गर्न छुट………सस्मान छ
    खेलाडी ४ जना अन्य पदाधिकारी ४० जना विदेश जान छुट……….सस्मान छ
    कर्मचारीहरुलाई (नेता तथा माथिका आसिर्बाद पाएका) हक्कहाकी घुस खान छुट ………सस्मान छ

    Reply
  23. bkpandey says:
    August 23, 2012 at 6:44 am

    खुमे त् भ्रस्टाचार गरे बापत जेल चलान भएको भन्दा रास्ट्र हित को लागि पवित्र घर मा जादै छु प् भन्छ.जेल उसको पवित्र घर रे , हुन् पनि भ्रस्टाचार गरि बनाएको घर त् अपवित्र नै हुनु पर्ने हो.तर खुमे लाई इमान्दार भन्ने कांग्रेसी नेता तथा यिनका लठैत को दिमाग मा के भरिएको छ ?????

    Reply
  24. अनोज शाक्य says:
    August 23, 2012 at 6:09 am

    यो मुला भ्रस्ट्राचारीले यो बाटो बनाए त्यो बाटो बनाए भन्छ । कुन बाटो बनाउदा कति भ्रस्ट्राचार गरेको हो त्यो पनि सबैलाई भनेको भए पारदर्शी हुने थियो नी ।

    Reply
  25. Brandon says:
    August 23, 2012 at 5:23 am

    एक लाख बराबर एक बर्ष कैद दिनु पर्छ अनि मात्र केहि कम हुन सक्छ . कानुन तुरुन्तै संसोधन गर्न आवस्यक भै सक्यो . भ्रस्ताचारिलाई दिने कैद सजाय कानुन अपुग छ .

    Reply
  26. द्रोण says:
    August 23, 2012 at 4:54 am

    खुम बहादुर लाइ ढोकामै स्वागत गर्न जादै |
    गुप्ता : ओहो! दाइ पनि आउनु पर्यो ! के हुदैछ यो सति ले सरापेको देश मा ,सब देशप्रति बफादार नेताहरु लाइ धमाधम जेल हाल्दैछ |
    खुम :येस्तई हो भाइ विधिको बिधान ! चिरन्जिबी जी जस्तो सज्जन ,जो खुर्सानी बेचेर २,४ पैसा कमाएको लाइ ,जोसी जी जस्तो किताब बेचेर आम्दानि गरेको लाइ,तापाई जस्तो आप बेचेर २,४ पैसा बनाएको लाइ त् छोडेन अख्तियार ले |के भन्ने ?
    लाउडा काण्ड ,धमिजा ,सुडान काण्ड का नाइके लाइ चै छोएको हैन |

    गुप्ता : पख्नुस दाइ ,भन्छन नि तपाइको पहाड मा ”कहिले सासुको पाला ,कहिले बुहारीको ”
    अब हामि पनि यहा बाट निस्केपछि ”सुडान काण्ड ,लाउडा काण्ड को भन्डा फोर गर्न पर्छ ”
    खुम : के गर्ने ?गरेर के हुन्छ यो देश मा ,येत्रो पार्टीको सेवा ,देश को सेवा गरेको हैन ?
    बरु यो देश मै न बसु अब |हामीजस्तो योग्य र इमान्दार को यो देश मा कदर छैन , जाउ हिन्दुस्थान मा अब | आखिर स्वर्ग जाने टिकट पनि उतै मिल्ने हो क्यार |
    गुप्ता :ठिक भन्नु भो दाइ ले म पनि तेही सोचिरहेको थिए |खावोस यो देस तेही भैसी गोठालो ले ,र बाबुरामले |

    Reply
  27. prem sharma says:
    August 23, 2012 at 3:38 am

    I am very happy to see him heading towards the jail. But the jail term for him in my judgement it was not enough. He is one of the most corrupted leaders in our history. I would have been 100% happy if he was given at least ten years jail and seized all his properties.

    I listened to his speech he has contradicted himself in his speech. He said respected court and at the same time the verdict was biased. If the verdict was biased why did you surrender? You and your whole body is corrupted you will never come out of this corruption.

    Its bit of relief for people like me to see some good thing starts happening in our poor, financially, naturally we are very rich country.

    Most dirty thing about this case is his few supporters have tried to voiced their support to this corrupted man maybe they are all corrupted too who have supported him.

    Honesty is the most strong weapon to make any nation go in the right path. But its very hard to achieve in practical life.

    Reply
  28. Suman says:
    August 23, 2012 at 3:14 am

    बधाई छ discount पाको मा, म नि घुस खान थाल्नु पर्यो

    Reply
  29. Tulsi says:
    August 23, 2012 at 2:33 am

    ए खुम बहादुरजी यदी तपैले नेपाल र नेपाली जनतालै घात नगरेको भए तेतिका सम्पति कता बाट आयो त / कि आकाश बाट असिना बर्षे जस्तो गरि सम्पत्ति पनि बर्सिन्छ / तपाई देश मारा र जनतामारा मान्छे हो / अझ सजाए कम भयो / तपाई लै त कमसेकम १० बर्ष जेलमा कोच्नु पर्ने हो / तब मात्र देशबाशी ले अलिकति भए पनि राहत पाउने थिए /

    Reply
  30. मन says:
    August 23, 2012 at 2:23 am

    धरोधर्म – यस्तालाई डिस्काउन्ट हैन उल्टो ब्याज, सरचार्ज, डेमरेज र भ्याट पनि छेराउन पर्छ|
    हाम्रो व्यवस्थापिकाले यस्तो नियम बनाउँदा नागरिक समाज र कानुनका ज्ञाताहरु कुन दुलोमा पसेर बसेका थिए? जैले पनि बिज्ञ भनेर घरिघरि नाउँ आउने कांग्रेसी भीमार्जुन आचार्य के गरिरहेका थिए? १८ चोटी प्र म को प्रतियोगितामा बसेर पनि निकास नहुने नियम कानुन कुन मायोपिक भिजन भएका र कस्ता विद्याआर्जन गरेका सल्लाहकार र कानुनविद अनि बिज्ञ हरुले बनाएका हुन् त्यो पनि बिचारौ|

    अन्तमा मेडियालाई चौथो अंग भन्ने गरेका छौ तर व्यवस्थापिकाले त्यस्तो नियम कानुन बनाउँदा जनतालाई त्यसको परिणाम के हुनसक्ला भनेर किन अवगत, सुसुचित र सचेत गराएँन? कि हामी जनता उबेला राजतन्त्र फाल्नमा केन्द्रित थियौ?
    तुरन्त यो नियम कानुनमा सुधार ल्याउने व्यवस्था हुनपर्यो| भोलि लडाकुहरुको तलब भत्ता हिनामिना गरेको काण्डमा कतिजना नेता खुमबहादुरको पवित्र भुमि भनिने जेल जाने हुन् थाहा छैन, दुई बर्ष जेल बसाईले पुग्दैन| धन कमाएको सफाई पाउन एक बर्षे वास लाई पवित्र भुमि भन्ने गरेका रहेछन|

    Reply
  31. Mr Shirbir Rai says:
    August 23, 2012 at 1:10 am

    यदि उहाँ ले राम्रो कम गर्नु भएको भए त्यो पनि जनता ले भोलि को दिन मा महसुस गर्नेछन मन्त्रि ज्यु आफैले भन्न जरुरि हुन्न ! अन्ने मन्त्रि ज्यु हरु ले पनि एबम तरिकाले जेल गएको नेपाली जनता ले देख्न चाहन्छन ! तेस्को लागि अक्तियार आयोग र सर्बोच्च अदालत अझ ससक्त हुन नेपली जनता को हार्दिक अनुरोध र आग्रह गर्दछा.

    Reply
  32. laxu says:
    August 23, 2012 at 1:08 am

    एस्तो भ्रस्टचारीलै चार तारे झन्डा लिएर हिड्ने मुर्ख हरुले नेपाली काँग्रेस मा लागेर आफ्नो जिबनको आहुति दिने सहिदहरुको घोर अपमान गरिरहेचन / माओबादीको ज्यादती को बिरुद उठ्नु पर्ने झन्डा आज येस्ता पापीहरु को समर्थनमा उठेको देख्दा धिक्कार लागेर आयो /

    Reply
  33. gopi karki says:
    August 23, 2012 at 1:08 am

    पार्टीका ठुला नेताहरु एस्तो हुदा पनि अझै उनीहरुको पछि लाग्दै हिड्ने साथी हो एक चोटी आखा चिम्लेर बि पी ले भने झैँ गरिब किसान नेपालीको प्रतिमूर्ति मनमा लिएर हातमा एक मुठी माटो समाएर सोच्ने पो हो कि ,
    के हामि येसतई नेताहरुलाई काधमा राखेर सहि बाटो हिडिरहेका छौ ? जसले दुइटा राम्रा काम गरे होलान तर चार ओटा काम त नराम्रा पो गरेछन (भलाई उ र उसका आसेपासे सन्तानका लागि राम्रा होलान),
    के सफाई र सुद्दिकरण आफ्नै घरबाट सुरुगर्ने हो त ?

    Reply
  34. thapa rajbarsingha / canada says:
    August 23, 2012 at 1:03 am

    कांग्रेस पार्टी ले खुमे यौटा भोटको लागि लाखौ जनताको भोट गुमायो अझै गुमाउदै छ बिचरा खुर्साने माईला को पाला मा त चा चु सुनियको थियन त ,,,छाती मा हात राखेर भनोस त भ्रस्टाचार गरेको छुइन भनेर खुमे ले ..अग्रिम …सर्धान्जली छ कांग्रेस पार्टी लाई,,,,, ७६ लाख पैसा कार्यकर्ता बाट उठायको रे अदालत को आदेश अनुसार भरण को लागि ,,,,,कसले पत्याउला ….प्रजान्तंत्र आउनु अगाडी का हात्ती छाप हरु आज का छन् नेपाली जनताले राम्ररी बुझेका छन् …..कांग्रेस पार्टी मा रहेका राम्रा र साचै इमान्दार कार्यकर्ता र नेता भनाउदा हरु चाई के गरि मुख देखाउदै छन् .कुन्नि बिचरा ..??? कि रुबेल र पधेरनी कुजाता को लागि अर्को अग्रिम चन्दा संकलन हुदै छ …सलाम छ सर्बोच्च का न्यायाधिस हरुलाई

    Reply
  35. Mr Shirbir Rai says:
    August 23, 2012 at 12:59 am

    यो कार्य ढिलाई भए पनि अति उत्तम छ! यदि उहाँ लाई झुट्टा आरोप थियो भने २ वर्ष सम्म उहाँ ले आफ्नो सम्पति को विवरण दिन नशक्नु को कारण सिरिफ उहाँ लाई मात्र थाहा छ! अक्तियार र अदालत ले विवरण पाएको भए हाम्रा पूर्व मन्त्रि ज्यु लाई किन तेस्तो अनन्य गर्थे होलान ! कारण कानुन त सबैलाई एकै हो नि कसैलाई छ्यामा गर्दैन यो त सबै लाई थाहा छ भोलि तेइ लट्ठी को डर भै भै किन गल्ति हुन्छ ! उहाँ मन्त्रि ज्यु ले नै बिद्दुवान नाम दिनुभो सायद बिद्दुवान्को एस्तो गल्ति हुनसक्दैन ! र जनता ले भन्न पर्छा भने उहाँ भ्रस्ट चारी पक्कानै हो भन्ने मा अरु दुइ मत छैन! अब अन्ने नेता ज्यु हरु एबम तरिका ले जेल गएका नेपाली जनता ले देख्न मंग्छान यो कार्य अति उत्तम छ र एसका लागि अक्तियार आयोग र अदालत अझ ससक्त हुन जनता को अनुरोध छ!
    कम गर्ने ले खाना खानु त पर्छ तर पोखितो त भएन नि कारण जाने दिन लान सकिन्न नि मन्त्रि ज्यु कि कसो?

    Reply
  36. Amrit says:
    August 23, 2012 at 12:49 am

    किन तेत्ति थोरै मात्रै दिस्कोउन्त …???? आन्याय भयो खुन बहादुर लै …..

    सब सजाय दिस्कोउन्त हुनु पर्छा …. अनि संमान का साथ् डोली मा राखेर फुल अबिर छर्दै नेपाल परिक्रमा गरौ …

    कुन चै नेता कम छ र खुम बहादुर भन्दा ???? प्रचंडे त एक नम्बर मै औउछा …. भ्रस्टचारी अनि हत्यारा को लिस्ट मा …

    येस्तई हो सुन्दर देस नेपाल महिसासुर हरु को हात मा भए पछि …

    Reply
  37. krishna says:
    August 23, 2012 at 12:36 am

    संसारको अति गरिब देश नेपालमा जनताले आधारभूत बस्तुमा छुट पाउदैनन
    महंगीले बाच्न गाह्रो छ तर तेही देशमा चोर, हत्यारा, लुट्ने, गुण्डा, भरस्तहरुले येसरी जेल सजाय र बिगोमा छुट पाउदै गए के हालत होला???? बिहारको बिकाश कसरि भयो???? जवाफ सिर्फ एक छ—–कानुनी राज्य,,

    Reply
  38. raj ,USA says:
    August 23, 2012 at 12:10 am

    सर्बस्सो हरण गरेर कालकोठरीमा कमसेकम ३० वर्ष कोच्नु पर्ने हरुलाई अझ डिस्काउन्ट रे ? पारो तातेर औछा समाचार सुन्दा !

    Reply
  39. Bibash Basti says:
    August 22, 2012 at 11:00 pm

    खुम बहादुरले यसरी अदालतका न्यायधिस बिरुद्ध बोल्दा मान हानीमा फेरी जेल सजाय बढाउन मिल्दैन र ? मिल्छ भने ठोक्दा हुन्छ नि !

    Reply
  40. राजेन्द्र अधिाकारी says:
    August 22, 2012 at 10:39 pm

    सजाय यती उती भनेको तेस्तै हो, मुख्य कुरा सजाय पाउऩु नै ठूलो कुरा हो । अब भृष्टचारीको कलंक जीवनभर लाग्ने भो, यो नै ठूलो स़जाय हो । नेपालको हकमा यो छुट को व्यवस्था अत्यन्त राम्रो छ, हैन भने, विभिन्न वहनामा धेरै समय “फरार” हुने संभावना हुन्छ, यही छुटको लोभले त्यसो हुन पाउँदैन ।
    तर दसौँ वर्ष कैद भएको भए अझै राम्रो हन्थ्यो, घुसखोरीको सातो जान्थ्यो ।

    Reply
  41. काउचा, मगर says:
    August 22, 2012 at 10:39 pm

    यस्ता नेताहरुले गर्दानै नेपाल सरकार गरीब भएको नि……”नेपालको कानुन, नेता भनौदाहरुले नै जानून” त्यसलाई छुट दिएको १९ लाख रूप्पे त डिस्काउन्टवाला कानुनले पायो रे / त्यो ५ महिना जेल कैद छुट अब कसलाई थोपर्ने नि ?????????

    Reply
  42. surya says:
    August 22, 2012 at 10:27 pm

    आज कति खर्च भयो कुन्नी? हिजो को बन्द गर्न कार्य कर्ता भरण पोषण अनि आज को समर्थन मा जुलुस र नाराबाजी को लागि पनि ठुलै खर्च गर्नु पर्यो होला! जे होस् खुमे बाठो चै हो है! डिस्काउन्ट को पैसा ले राम्रै मार्केट बनायौ…. पैसो खर्च गर्न सक्नु पर्छ नेपालमा भेडा हरु तछाड मछाड गर्दै नारा लाउन भेला भै हाल्छन नि! अनि फेरी अब खड्का जी पनि माओबादीकै कित्ता तिर पुगे जस्तो लागो……….. सहि फैसला “जन अदालत” ले गर्छ रे हा हा हा हा

    Reply
    1. Bardan says:
      August 22, 2012 at 11:19 pm

      अब भुत्रो गर्छ जन अदालतले फैसला? चुनाबमा उठ्न पाए त हो नि.
      धन्न मोराले एक, डेढ वर्ष मात्र जेलमा बस्न पर्ने भो, साचो जन फैसला सुन्ने हो भने यो पाजीलाइ जिउदै उन्नु पर्छ. अनि यो पाजीको भाई मतियारहरु लाइ ढाड सेक्ने गरिकन कुट्नु पर्छ.
      धन्न नेपालीहरु अलि बढी सहनसिल भएर मात्र हो, नत्र माथि को जन फैसला कार्यन्वयन हुन्थ्यो.

      Reply
    2. mahesh says:
      August 23, 2012 at 12:23 pm

      जन अदालत ले त फैसला गरेकै हो नि संबिधान सभा को चुनाव मा शानदार रुप मा पराजित गरेर.

      Reply
  43. ज्ञानेन्द्र खतिवडा says:
    August 22, 2012 at 10:07 pm

    जहाँ चोर ले देश चालाउछ त्यहाँ यो भन्दा बढी के नै आस राख्न सकिन्छ र/ भ्रस्टचारी नेता जोगाउन हामी कम्मर कसेर सवारी साधन तोडफोड गर्न र सोझा सिधा जनता लै दुख दिन लाग्छौ/ आखिर हामी कहिले सोच्छौ होला देश को बारेमा…. निजामती कर्मचारी ले बनाउने नियम मा कसरि निजामती कर्मचारी लाई कानुन बाट बचाउन सकिन्छ भनेर सोचिन्छ/ नेता ले बनाउने कानुन मा कसरि आफु कानुन भन्दा माथि बस्न सकिन्छ भनेर सोचिन्छ/ आदलत ले गर्ने फैसला मा कसरि आफ्नो पोल्टो भरिन्छ भनेर सोचिन्छ/ यहाँ देखको बारेमा सोच्ने कोहि भए पो उन्नत देशको कल्पना गर्नु…जय नेपाल

    Reply
  44. jit says:
    August 22, 2012 at 9:58 pm

    साले चोर/डाका लै बोल्न पनि लाज लाग्दो रहेनछ. येस्ता भास्त्रचारी लाइत फासी दिनु पर्नी . येस्ता नेताले गर्दा नै देस को यो गति भयको हो.. येस्ता लै त देस नै निकाला गर्नु पर्नी क गर्नु हाम्रो देस को कानुन नै एस्तो छ.

    Reply
  45. Rabindra Rai says:
    August 22, 2012 at 9:34 pm

    हैन हौ, यत्रो भ्रष्टाचार गरेको प्रमाणित भैसकेपछि पनि आत्मा ग्लानी भने पटक्कै छैन यार !

    खड्का जी को भाषण सुनेर त मलाइ पो सरम लाग्यो बा ! उसले के कति बिकासको कार्य गर्यो भन्ने कुराले के उसको भ्रस्टचारी जनताले बिर्सनु पर्ने हो त ? उसले राम्रो कार्य गर्नु सरकारको दायित्व हुन आउँछ नकी, उपकार | तर हाम्रा सारा नेता भनाउदाहरु कुनै पनि राम्रो कुरा गर्नु पर्यो भने जनताप्रति दया जागेर उपकार गरे जस्तै सोच्छन, कर्मचारी भनाउन्दाहरु पनि आफ्नो कर्तब्य नसोची उपकारकै रुपमा घुस लिन्छन | हैन हौ, कसले, कसरि अनि कहिले सम्झाउने यिनीहरुलाई तिनीहरुको कर्तब्य अनि दायित्व |

    हुनत ठिकै नै हो, सहि मार्गमा हिड्ने मान्छेलाई पो आफुले गरेको गल्तिको महसुस हुन्छ त, यो जीवनभरी गलत कार्य गरेको मान्छेहरुलाई सहि मार्गको अनुभूति भएपो आत्मा ग्लानि पनि हुन्छ त ! क्यामेराबाट टाढै भाग्नु पर्ने बेलामा उल्टै छाती खोलेर भाषण दिन्छ यार |

    Reply
  46. pradeep says:
    August 22, 2012 at 9:12 pm

    खुम बहादुर जी ले अझै पनि देस र प्रजान्त्र को लागि भन्नु र उनको पछी अरु लग्नु ले देस को वास्तविक स्थिति दर्साउछ ! आखिर भ्रस्ताचारी उनि मात्र पनि होइनन तर उनि मात्र चाहि किन कारबाही मा पर्नु त ?

    Reply
  47. anjeet says:
    August 22, 2012 at 9:09 pm

    सजाय छुट हुनु एक हिसाबले ठिकै हो/ अपराधी भाग्न खोज्दैन छुट पाउने लोभले/
    भ्रस्टचारी लाई दुइ वर्ष सजाय चाही सारै कम भयो कम्ति मा पाँच बर्ष हुनु पर्ने, जरिवाना पनि भ्रस्टाचार गरेको रकम को कम्तिमा पाँच गुना हुनु पर्ने/

    यी कान्ग्रेशी भास्त्रचारी त एक एक गर्दै जेलमा जाकिदै छन् अरु दल को पालो कहिले आउने हो? संषदमा एक सिट भाको दल का मन्त्रीले पनि उतिकै भ्रस्टाचार गरेका छन् उनि हरुको पालो कहिले आउने हो?
    एमाले र माओबादीका ले के भ्रस्टाचार गरेका छैनन् र उनि हरु चाही जेल जानु नपर्ने?
    अख्तियार ले अब सबै नेता हरुको सम्पति छानबिन गर्दै मुद्दा दर्ता गर्नु पर्छ/ नेपाल का ९०% नेताहरुमा सत्ता मा पुगेर भ्रस्टाचार गर्ने बाहेक अरु कुनै vision छैन / college मा हाहु गरेको भरमा युवा नेता अनि जेल परेको ले योग्येता भाको नेता हरुले खै के देश सपर्ला र ?
    यी दाहाल,भट्टराई, गच्छेदार, कोइराला, गौतम, रावल, यादव, राई, लिम्बु, तामांग,थापा,बस्नेत,खड्का, गुप्ता, जोशी, सबका सब नेता भ्रस्टचारी हो को होइनन भनेर अदालतले जाच्ने बेला भाको छ अहिले

    Reply
  48. Gaurav Nepali "Oodaaseen" says:
    August 22, 2012 at 8:30 pm

    कांग्रेसका धेरै नेताले भारतीय ब्यन्क्मा वा आफन्त अर्थात् ब्यापारी साथी मार्फत नेपालमा भ्रस्टाचार गरेको पैसा थुपारेका छन् जसमा सिटौलाको ससुराली भारत, अनि कोइराला जन्मेको हुर्के बढेको भारत ! सिटौलाको भारतीय ब्यन्क्मा कति र उसको ससुरालीको हैसियत के कति छ खोजीको बिसय भयको छ त्येसैगारी कुजताको पनि !

    Reply
  49. ishwari says:
    August 22, 2012 at 7:12 pm

    येस्तई छ यहाँ को चलन !

    Reply
  50. Uttam Khadka says:
    August 22, 2012 at 6:42 pm

    खुम बहादुर भन्ने जन्तुलाई नेपाल को कानुनले यति धेरै दया माया गरेको देख्दा नेपाल को कानुन भन्दा अपराधी ठुला रहेछन भन्ने बुझिन्छ. २०% छुट होइन कि येस्तालाई आजीवन काराबास को सजाय हुनु पर्नेथ्यो.

    Reply
  51. Debendra says:
    August 22, 2012 at 6:20 pm

    यो कानुन बनाउदा नै राजनीतिज्ञहरुले आफु परेपनि सजाय कम पाउने उदेश्यसाथ ल्याएको देखिन्छ / जबकी राज्य संचालन र कानुन बनाउने ठाउमा बस्ने यी व्यक्तिहरुलाई कम हैन बढी सजाय हुनु पर्ने हो, बिकसित मुलुक तिर यस्तै ब्यबस्ता छ /

    Reply
  52. binod timilsina says:
    August 22, 2012 at 6:16 pm

    खुम बहादुरको ढिलै भए नि घैटो मै घाम लागेछ,सोहोर्ने बेलामा नै घाम लागेको भए राम्रो हुन्थ्यो कि कसो?अबका मन्त्रिहरु बेलैमा सोच फेरी चिरन्जीवी र खुम बहादुरको हालत होला नि!!!

    Reply
    1. mahesh says:
      August 22, 2012 at 10:48 pm

      अब सानेपा को पार्टी कार्यलय जेल मा नै सारे हुन्छ.

      Reply
  53. शशांक लामा NY says:
    August 22, 2012 at 6:07 pm

    अब जेलमा म्यारिज जम्ने भयो| केहि दिनपछि जोशी पनि आइपुग्छन|

    Reply
  54. Ganesh Puri says:
    August 22, 2012 at 5:28 pm

    सजाय छुट हुनु गलत कुरा हो .

    Reply
  55. shiba says:
    August 22, 2012 at 5:12 pm

    लौ बधाई छ नेपाली काँग्रेस र अस्ति गाडी फोर्ने कार्यकर्तालाई!
    जेल मा पनि नया कानुन बनाए हुने थियो भ्रस्टचार गरि जेल जानेले जेलमा सौचालय सफा गर्ने जिम्मा लिनु पर्ने कानुन बनायोस!

    Reply
  56. Naya says:
    August 22, 2012 at 5:08 pm

    राम्रो काम गरेको मानिसले पो छुट पाउनुपर्ने हो | तर नेपालको कानुन् पनि गजब को छ | राम्रो काम गरेको मानिस ले सजाए पाउछ र नराम्रो काम गरेकोले छुट पाउछ | यो खुमे भ्रष्टाचारी लाई छुट, पुरुस्कार हो कि सजाए हो ???

    Reply
  57. Bishnu Nepali says:
    August 22, 2012 at 5:06 pm

    भ्रस्ताचारिलाई जेल राख्ने समय दश गुना ले बडाउन परयो नेपालको कानुनमा !

    Reply
    1. loknath says:
      August 23, 2012 at 9:07 am

      नेपाल को १ number समस्या भनेको जेल हो नेपाल को विकास गर्नु छ भनि पहिला ठुला ठुला पक्कि जेल बनाउनु पर्छ सानो देश भए पनि धेरै भरस्तचारी बस्ने देश र कच्ची र सानो जेल को कारण ले जेल जेल नभएर पापी हरु ले खेल खेल्ने ठाउँ भएको छ तेसै ले सबै भरस्त हरु लाई एकै चोटी कोच्न मिल्ने गरि जेलको निर्माण होसः

      Reply
  58. देवेन्द्र कार्की says:
    August 22, 2012 at 4:46 pm

    भ्रस्टचरीलाई सजाय निकै कम भो| झन् २०% छुट त दुनियामा कही कतै नभएको नियम हो| भ्रस्टचारिलाई सूलिमा चडाएर फासी दिने कानुन नबन्दा सम्म, हजारौ खुम बहादुर हरुले जन्म लि रहने छन् र हामी नेपालीहरु मुकदर्शक बनि रहने छौ|
    भ्रस्ताचारिको पक्षमा बन्द गराउदै हिड्ने कांग्रेसी मित्रहरुलाई “कठै बिचरा” भन्न मन लग्यो|

    Reply
  59. Sandeep Rimal says:
    August 22, 2012 at 4:00 pm

    लुट लुट पाउन्जेल लुट!
    एक दिन त तिमि हरुनी मर्ने पर्छ!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme