Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बच्चा जन्माउन अपरेसन किन बढ्दैछ ?

Posted on August 27, 2012August 27, 2012 by Salokya

तपाईँको आफन्त, साथीभाइ, छिमेकी कसैको घरमा नयाँ सदस्य जन्मिएको भए एक पटक सोध्नुस्- प्राकृतिक जन्म (नर्मल डेलिभरी) भएको हो कि अपरेसन गरी (सिजेरियन डेलिभरी) भएको हो?

सिजेरियन डेलिभिरी भएको हो भने एक पटक फेरि सोध्नुस्- कहाँ लगेको हो डेलिभरी गराउन? धेरै जवाफ तपाईँले निजी अर्थात् नर्सिङ होम पाउनु हुनेछ। नर्मल डेलिभरी भने अधिकांश सरकारी अस्पतालहरुमा भएको जवाफ तपाईँले पाउनु हुन्छ।

हामी मात्र हैनौँ, यो ट्रेन्डले सरकारलाई समेत चिन्तामा पारेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत पर्ने पारिवारिक स्वास्थ्य विभागले हालै नर्सिङ होम र निजी अस्पतालहरुमा सिजेरियन डेलिभरीको संख्या उच्च रहेकोमा चासो देखाउँदै पत्र पठाएको छ। किन भइरहेको छ त यस्तो ? किन प्राकृतिक जन्म कम हुँदै गएको ? एउटा मात्र हैन, अनेक कारण छन् यसका।

रिपब्लिकामा छापिएको तथ्याङ्क हेरौँ। डा. सिलु अर्याल भन्छिन्- १० देखि १५ प्रतिशत गर्भवतीमा मात्र डेलिभरीको बेला समस्या आउँछ। त्यसमध्ये ५ प्रतिशतलाई मात्र शल्यक्रिया आवश्यक हुन्छ। थापाथलीको प्रसुति गृहमा २० प्रतिशतभन्दा कम मात्र सिजेरियन डेलिभरी हुन्छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सिजेरियनको दर २५ प्रतिशत मात्र छ। तर काठमाडौँ मेडिकल कलेजमा यो दर ४४ प्रतिशत छ। कीर्तिपुर अस्पतालमा ४९ प्रतिशत छ। ओम हस्पिटल तथा रिसर्च सेन्टरका निर्देशकले त अधिकांश डेलिभरी सिजेरियन नै हुने आफैले बताएछन्।

पैसाको लागि?
नर्सिङ होम वा मेडिकल कलेज वा निजी अस्पतालहरुले नर्मल डेलिभरी भन्दा सिजेरियन डेलिभरी तीन गुणा बढी गर्ने गरिरहेको तथ्य फेला परेपछि विभाग गम्भीर भएको हो। किन यस्तो हुँदैछ त ? मन्त्रालय केही अधिकारीहरुले बिरामीको परिवारबाट थप पैसा असुल्न आवश्यक नभए पनि यस्तो डेलिभरी गराइरहेको हुनसक्ने श‌ंका गरेका छन्। मेडिकल कलेजलाई त डबल फाइदा। विद्यार्थीहरुलाई सिकाउन नि पाइने, बिरामीसँग बढी पैसा असुल्न नि पाइने। त्यस्ता अस्पतालहरुमा ३० हजारदेखि एक लाख रुपियाँसम्म सिजेरियन डेलिभरीका लागि तिर्नुपर्छ। जबकि प्रसुति गृह जस्ता सरकारी अस्पतालमा सम्पूर्ण उपचार निःशुल्क हुन्छ। काठमाडौँमा त केही नर्सिङ होम र मेडिकल कलेजमा लग्यो भने सिजेरियनै गर्छन् भनेर पहिल्यै भन्न सकिने स्थिति छ। पैसाका लागि त्यसो गर्नु अनैतिक हो। तर वरिष्ठ चिकित्सकहरु संलग्न निजी अस्पतालहरुमा नै यस्तो अभ्यास बढी देखिन्छ। यसलाई रोक्न सरकारले पनि केही कदम चालेको देखिन्न।

समयका लागि?
नर्मल डेलिभरीका लागि लामो समय कुर्नुपर्छ। छिटोछिटो गर्नका लागि सिजेरियन गर्न खोज्नेहरु पनि छन्। कोही कोही महिला लामो समय प्रसव पीडा सहन नचाहेर पनि सिजेरियन रोज्ने गर्छन्।

अन्धविश्वास
यो एउटा अनौठो कारण हो। धेरैलाई थाहा नहोला। तर मैले यो विषयमा केही सम्वद्ध व्यक्तिहरुसँग कुरा गर्दै जाँदा यो कारणले सिजेरियन डेलिभरी गराउनेहरु पनि धेरै देखियो।

डेलिभरी मिति नजिकिँदै गएपछि ज्योतिषहरुकहाँ गयो, कुन साइतमा जन्म उत्तम हुन्छ भनेर तिथिमिति गणना गर्‍यो, अनि फलानो मितिमा फलानो समयदेखि फलानो समयभित्र जन्म हुँदा उत्तम हुन्छ भन्ने मिति लिएर आयो। त्यही मिति डाक्टरलाई देखायो र त्यही मितिमा पेट चिरेर बच्चा निकाल्न भन्यो। एक्स्ट्रा पैसा तिर्न तयार! पूर्व युवराज पारसको छोरासमेत यसरी नै साइत हेरेर सिजेरियन डेलिभरीबाट जन्माइएको चर्चा त्यतिबेला चलेको थियो। त्यतिबेला मलाई यो उच्च वर्गकाहरुले मात्र गर्ने अभ्यास होला जस्तो लागेको थियो। तर अहिले मध्यम वर्गकाहरुले समेत यस्तो अभ्यास प्रशस्त गर्न थालेका रहेछन्। जन्मसमेत प्राकृतिक रुपमा गर्न नदिई भाग्यविधाता आफै हुन खोज्नेहरुले जन्माएको बच्चा भविष्यमा कस्तो हुने हो, हेर्न बाँकी छ।

[साथीहरु, तपाईँको वा तपाईँका आफन्त, छरछिमेक वा साथीभाइको परिवारमा पनि यसरी आवश्यक नभए पनि सिजेरियन डेलिभरी गरिएको तपाईँले देख्नुभएको छ? आफ्नो अनुभव तल कमेन्टमा बाँड्नुस्]

33 thoughts on “बच्चा जन्माउन अपरेसन किन बढ्दैछ ?”

  1. Gopal says:
    August 30, 2012 at 9:31 pm

    कुरा २०६४-०४ -०३ को हो, मेरी श्रीमतीलाई पाटन हस्पिटलमा कम्प्लिकेटेड अपरेसन (सी-सेक्सन) गराउनु परेको थियो| साल बच्चा भन्दा तल गएको थियो अरे, लामु समय हस्पिटलमा राखेर बच्चा जन्मिएको हो, बच्च्को तौल पनि कम थियो त्यसैले इनक्युबाटर मा ५२ दिन राखियो|
    त्यतिबेलाको स्थितिलाई हेर्ने हो भने डाक्टरहरु भगवानका रुप हुन् जस्तो मलाई मात्र लागेको हैन त्यहाँ हेर्न आउने सबैले भन्ने गरेका थिए| डाक्टरहरुले पनि आफ्नु क्षमताले भ्याए सम्म गर्दा रहेछन भन्ने लागेको छ| न त्यहाँ कुनै सोर्स -फोर्स प्रयोग गर्नु परेको थियो, जे भयो सबै राम्रो संग भयो, अझ नसक्ने गरिब हरुको लागि बिसेस सुबिधा पनि उपलब्ध थियो, आर्थिक अवस्था हेरेर निक्कै राम्रो छुट वा सहयोगको व्यवस्था थियो|

    झन्डै ५-६ महिनाको बसाइमा धेरै कुरा सिक्न वा जान्न पाए, पुरुस भएर जन्मनु ठुलै भाग्य चाहिन्छ जस्तो लाग्दथियो, त्यो प्रसुती वार्ड बाट आएको पिडा मिश्रित चिच्याहट अझै कानमा गुन्जिरहेको छ| तपाइँ हामीले फलानाले त्यो भनो वा यो भनो भनेर भन्नु भन्दा भर्खर बच्चा जन्माएका हरुलाई सोधेर त्यसपछि यो कि त्यो राम्रो भन्ने गरेमा अलिक राम्रो हुन्छ कि भन्ने मलाई लाग्दछ|
    मेरो नजिकैको नाता पर्ने ले भर्खर पाटनमा बच्चा जन्माएकी छन्, १० घण्टा जति भी-क्याब (प्राकितिक तरिका) बाट ट्राई गर्दा नभए पछी सी-सेक्सन गरेर बच्चा जन्माउनु परेको थियो| सी-सेक्सन यति सजिलो हुदो रहेछ किन प्राकृतिक गराउनु भन्थिन|
    हामि सबै सुबिधा मुखी भएकै छौ त्यसैको एउटा उदाहरण यो पनि हो|

    Reply
  2. Resham says:
    August 30, 2012 at 8:17 am

    तेही त किन एस्तो भएको होला ? मेरी श्रीमतीको पनि दुइ बच्चा जन्मदा दुबैको जन्माउन अपरेसन गर्नु परो / यो चाही पाटन होस्पितालमा हो है हजुर. /

    Reply
  3. Mantra says:
    August 29, 2012 at 4:35 pm

    डाक्टर संग परामर्श गर्ने चलन संगै उनीहरुले भनेको पनि मान्नै पर्दोरहेछ/ उनीहरुले बोलाएपछी अस्पताल जानैपरो; भनेको मान्नै परो/ उनीहरुले दिएको मितिमा बच्चा जन्मिएनभने सन्चसुबिस्तै (सुत्केरी बेथा नालागेकी) महिलापनि अस्पताल भर्ना हुनुपर्दो रहेछ/ जबर्जस्ति औशधि सेबन गरेर बेथा लगाउनु पर्दोरहेछ/ स्वभावैले त्यो अवस्थामा अलिबढी प्रसव पिडा हुन्छ नै/ अनि बिरामिपनी बरु अपरेसन गरौं भन्ने डाक्टर पनि त्यै चाहने/
    पाटन अस्पतालमा त्यै भयो डेढ बर्ष पहिले/ उनि बिरामी नभै अस्पताल पुर्याइयो; तलबाट वार्ड मा पठाए; आफु भित्र जान नपाइने; बहिनि संग भित्र पठाइयो; आधा घण्टा पछी त उनि भर्ना भएको खबर पो पाइयो/ भोलि सम्म पनि केटो जन्मिएन; डाक्टरले अपरेसन नगर्दा केटाको टाउको सुनिन्छ भने; दिएको कागजमा सहि गरियो/ आधा घन्टामा केटोको सकुसल जन्म….उनीलाई अझै सम्म दुखाई सायद जुनीभरीको लागि/ ५ दिन पछी राम्रै संग मुद्रा टक्राइयो अनि उनि र केटोलाई लिएर बाटो लागियो/

    Reply
  4. arjun says:
    August 29, 2012 at 9:04 am

    यो सिजेरियन गरेर बच्चा निकाल्दा बच्चा ले आमाको गर्भबाट औधखेरी जुन फीलिंग्स गर्नु पर्ने हो तेशो गर्न नपाउने हुन्छ .र त्यो जीवनमा समस्यासंग जुद्धने प्ररम्बिक प्रक्रिया नि हो
    यदि तेसो नभयको खण्ड मा बच्चा जीवन भरि कुनै समस्या संग जुध्न नसक्ने हुन्छ अर्थात मानशिकरुपमा लुलो ,लंगडो हुने हुन्छ ,जीवन मा बेकार नै हुन्छ
    तेशो भयर यूरोप र अमेरिका मा अस्स्लाई कमसेकम प्रयोग गर्ने चलन छ ,लण्डन को होस्पितल को अनुशन्धान ले यो सिद्ध गरको छ
    तेशैले सम्भब भयासंम बच्चा लाइ आफै औना दिनु पर्छ,जुन आमा र बच्चा दुवै को हीतमा छ

    Reply
  5. दयासागर says:
    August 28, 2012 at 5:32 pm

    ई निजि चिकित्सालएहरु किन यस्तरी पैसा मुखी भएका होलान ? आजभोलि पश्चिमा देशहरुमा प्राकृतिक जन्ममा जोड दिदै छन् कारण सल्यक्रिया बाट जन्म गरिएको भन्दा प्राकृतिक त्वरबाट जन्मेको नानीहरु शारिरिक र मानशिक त्वर बाट पूर्ण हुन्छन रे तर हाम्रोमा चाही………….? (केहि बाहेक) मलाई त अब हाम्रा निजि चिकित्सक हरुमाथि बाट बिस्वाश उठ्दै गइ रहेको छ|
    जानकारीको लागि धेरै धेरै धन्येबाद |

    Reply
  6. anup_gorkhe says:
    August 28, 2012 at 2:38 pm

    प्राकृतिक जन्म राम्रो हो तर पहिलो छोरोको Cesarean बाट TUTH मा ४.५ बर्ष अगाडी जन्म हुँदा झन्डै मेरी श्रीमती को ज्यान लिएका थिए ! दिएको मितिमा भर्ना पनि भएको हो तर १२ घण्टा कुर्दा पनि नभएपछी ओपेरेशन गर्ने निर्णय गर्नु परेको थियो ! बिहान ५ बजे ओपेरेशन कक्ष्य मा लगेको झन्डै २ घण्टा सम्म केहि खबर नै दिएका होइनन ! पछी थाहा भो लोकल अनेस्थेसिया दिएर ओपेरेशन थाल्दा श्रीमती चिच्याएपछी पुरै बेहोस बनाएर अपरेशन गरेछन | धन्न भगवान को कृपा ले केहि भएन !!! TUTH का Dr हरुलाई मुद्धा हाल्ने विचार थियो, तर हालिएन !
    १.५ वर्षा अघि दोश्रो बच्चा हुँदा काठमाडौँ मोडेल अस्पतालमा Cesarean नै गर्नु पर्यो, यो पटक चाँही बाध्यता थियो (पहिलो पटक पनि Cesarean नै भएको भएर) , जम्मा १५ मिनेट मै अपरेशन सकियो ! मोडेल मा आफ्नै भाउज्यु नाता पर्ने Dr ले हेर्नु भएको थियो !!!! पैसा कति खर्च भो यस बारेमा त नलेख्दा नै ठिक होला … जय होस् नेपाली डाक्टर हरुको….

    Reply
  7. Laxmi Sharma says:
    August 28, 2012 at 2:29 pm

    धेरै राम्रो प्रसङ्ग उठाउनु भो, कागले कान लग्यो भन्दैमा कानै नछामी कागको पछि पछि दौडने हामी नेपालीको बानीले गर्दा तेस्को फाइदा निजि अस्पतालहरुले उठाइरहेका छन् र हाम्रो स्वास्थ्यमा पनि दिन- दिनै नकारात्मक असर पर्दै गैराखेको छ, र अर्को कुरा हिजो आजका आमा बन्ने वालाहरु पनि प्रसव पिडा खप्न भन्दा पैसा खर्च गर्न नै तयार हुन्छन र बरिस्ठ डाक्टर भनाउदाहरुले उनीहरुलाई प्रोत्साहित गरिरहेका छन् ,अहिलेको सन्दर्भमा हामी आफै पनि सचेत हुनु पर्छ र डाक्टरहरुले पनि पैसाको लागि आमा र बच्चाको भबिस्यको खेल्बहाढ़ गर्ने काम एकदम नराम्रो हो

    Reply
  8. SnK Rai says:
    August 28, 2012 at 1:35 pm

    Fully Agreed !
    साचै यो नाम मात्रको- कानुन बिहिन, लथालिंगे, बेवारिसे, भाताभुंगे- देशमा मेरो भोगाई र देखाईमा गर्नेले एस्तै गरिरहेछ अनि यहाँ यस्तै भैरहेछ ।

    # एक पटक राजधानी बाहिर धरानमा ब्रिटिश गोर्खा सैनिकको निम्ति ब्रिटिशले सम्रचना गरेको छालामा B P. Koirala नाम गरेको खोल ओडाएर संचालनमा रहेको अस्पताल छ, त्यतापनी Media को कहिलेकाही ध्यान आकर्सण भैदिए हुन्थ्यो ।

    Reply
  9. achut says:
    August 28, 2012 at 10:22 am

    “……अस्पताल प्रा.लि ” नाम त एस्तो हुन्छ अनि नाफा मुलक कम्पनि मा नाफा कसरि कमाउने????बिसुद्ध नाफा(पैसा) को लागि हो यो/ मेरो बच्चा शिक्षण अस्पताल महाराजगंज मा भएको हो/ दिएको डेट भन्दा २४ दिन अगाडी भएको हो तर ‘गारो भो भ्याकुम ले तन्दिनुस’ भनेर मेरी श्रीमती ले भन्दा नि “कति बेला लाउने तिम्लाई थाहा हुन्छ कि हामीलाई” भनेर नर्मल नै गराए खर्च नि जम्मा १७००/- सरकारी मा गए सानो भईन्छ भन्ने मानसिकता छ हामी नेपालीको ठुलो हुन ठुलो रकम अनि ज्यान लाई पछी सम्म दुख….

    Reply
  10. योगेश आदी, न्यूयोर्क says:
    August 28, 2012 at 9:28 am

    अमेरिका जस्तो देशमा Cesarean Delivery rate ८ देखि ९ प्रतिशतको अनुपातमा रहेको देखिन्छ; जुन घट्दो क्रममा छ, भने हाम्रो गरिब देशमा २० देखि ४९ प्रतिशत हुनु भनेको चिकित्सकहरुको नालायकीपन र स्वास्थ्यमा व्यापार नै भएको जस्तो प्रतित हुन्छ /
    यसरी मातृमृत्यु दर कम हुन्छ भन्नु झुन्डिएर हाइट बढ्छ भन्नु जस्तै मात्र हो !!

    Reply
  11. तेन्जिंग गाबा"हिमाली" says:
    August 28, 2012 at 9:23 am

    “काठमाडौँ मेडिकल कलेज”
    सिनामंगल, काठमाडौँ

    मेरो पिताजी बिरामी हुनु भएर मैले पनि पिताजीलाई त्येही अस्पतालमा भर्ना गरेको थिए, त्यो अस्पतालमा मैले गरेको केहि अनुभबहरु :

    १. ICU कक्ष् मा Oxygen को supply tube पड्कियो एकै दिनमा ३ पटक सम्म

    २.हिउदको जाडो याममा ICU कक्ष् भित्रको सबै नै air-condition २४ घण्टा सम्म off भयो त्येस्लाई पुन: on गर्न पटक-पटक गर्न अनुरोध गर्दा बिग्रिएको प्रतिउत्तर पाइयो/ ICU जस्तो संबेदनशील कक्ष् भएकोले यथाशिघ्र बनाइ दिन अनुरोध गर्दा “मानिस त् बिग्रन्छ, मेशिनको के भर ?” भन्ने उत्तर म आफैले प्राप्त गरे /

    ३. पिताजी मृगौलाको बिरामी भएकोले उहाको डाईलोसिस गर्नु पर्ने भएकोले उहालाई प्रतेय्क पटक ambulence मा ” बालाजु किड्नी सेन्टर ” लानु पर्ने थियो / अस्पतालले नै ambulance र एकजना medical person को व्यवस्था गर्दथ्यो साथमा oxygen supply अनि heart beat मोनिटर गर्ने उपकरण पनि उपलब्ध गराउथयो तर कयौ पटकमा १ पटक पनि heart beat मोनिटर गर्ने उपकरणले काम गरेन र त्येसको justify पनि “मानिस त् बिग्रन्छ, मेशिनको के भर ?” भन्ने तर्क नै रह्यो /

    ४. KMC मा सबै भन्दा चुस्त सेवा चाहि “नगद भुक्तानी काउन्टर” ले प्रदान गर्दो रहेछ / रातको २-३-४ जति बजे गए पनि “सेवा-प्रदायक” कर्मचारी उपस्थित !!!! कारण १ जना रकम बुझ्ने कर्मचारी चाहि २४ घन्टे काउन्टरम़ा बस्दो रहेछ / त्येही सुति हाले पनि त्येही काउन्टरको टेबल म़ाथि सबैले देख्ने गरेर नै सुत्दो रहेछ अनि आवस्यक पर्यो कि बोलाउन साथ जुरुक्कै उठिहाल्ने, कस्तो राम्रो सेवा !!!!!

    जय नेपाल
    तेन्जिंग गाबा ‘हिमाली’

    Reply
  12. मन says:
    August 28, 2012 at 8:27 am

    डाक्टर वा तालिमप्राप्त स्वास्थ्यकर्मीको सिफारिशमा आमा र अथवा बच्चाको ज्यान वा स्वास्थ्यमा खतरा आईपर्ने देखिए मात्र सिसेरियन सेक्सन गर्ने हो| स्वेच्छाको रोजाईले गरिएको सिसेरियन सेक्सनले आमा र बच्चाको स्वास्थ्यमा हानी पुर्याउने चिकित्सा शास्त्रका नीति निर्धारकहरुले ठहराएका छन्| नीजी नरसिंग होमहरुले
    सिजेरियन डेलिभरी गरेको तथ्यांक प्रकाशमा ल्याएर त्यसबारे खोज र छलफल गरिनु आवश्यक छ|
    नेपाली जनतालाई यस बिषयमा सचेत गराउन आवश्यक छ र मेडियाले यस बिषयमा ठुलो भूमिका खेल्न सक्छ|
    माईसंसारको यस महत्वपूर्ण लेखको निम्ति धन्यवाद|

    Reply
  13. Naresh says:
    August 28, 2012 at 4:55 am

    प्राकृतिक जन्म दिनु भन्दा राम्रो अरु कुनै होइन भन्ने कुरा बर्षौ को research ले clear cut गरे पछी हिजो आज क्यानाडा-अमेरिका मा “natural birth center” धमा-धाम खुलेका छन् र जन्म पनि तेही दिईन्छ (कुनै ठुलो समस्या नभए) |
    पैसाको लागि hospital ले र कमिसन पाएका डाक्टरले त जे पनि भन्छन तेही ‘हावा कुरा को भर मा वा ‘fashion’ को पछी लगेर सिजेरियन डेलिभरी गर्न लाग्नु अ-परिपक्कता हो |

    Reply
  14. avaya says:
    August 28, 2012 at 1:00 am

    मेरो आफ्नै अनुभव: केहि समयपैले मेरो श्रीमतीको नियमित गर्भ परिक्षण गर्न जाँदा एकजना निकै “बरिस्ट” महिला डाक्टरले तपाई को बच्चा धेरै अफ्टेरो पोजिशन मा छ, तुरुन्त अप्रेशन गरेरे निकाल्नु पर्छ भन्यो. अनि, अप्रेशन गर्न यो ठाउँ मा लानु भनेर सल्लादियो. तर कारणबस हामीले अर्कै ठाउमा लगेऔ. अर्को डाक्टर ले चेक गर्दा तेस्तो समस्या केहि छैन नोर्मल Delivery हुन्छ भन्यो. र, केहि समय पछि नै येत्रो कल्कलाउँदो छोरो जन्म्यो. ऐले त मलाई नै पछार्ने भयको छ. जम्मा १५०० मा काम तमाम.

    पछि मलाई लागो कि त्यो “बरिस्ट” महिला डाक्टर कमिसनको खेलमा लागेकी रहिछ .

    Reply
  15. Indu basnet says:
    August 27, 2012 at 9:33 pm

    प्राकृतिक भन्दा राम्रो त कृतिम कहिले हुन सक्दैन . हाल मा अमेरिका मा छु , मेरो पहिलो बच्चा नर्मल हुन सकेन १८ घण्टा सम्म कोसिस गर्दा पनि नभए पछि अपरेसन गर्नु पय्रो , अपरेसन पछि मलाई धेरै समस्याहरु देखा पय्रो , ७ दिन अस्पताल बस्नु पय्रो , ४५ दिन सम्म राम्रो संग हिड – डुल गर्न कठिन भयो / दोश्रो बच्चा एकदम नर्मल भयो . अलि अलि पेट दुखेर अस्पताल गएको २० मिनेटमा कुनै औसधिको प्रयोग बिना नै बच्चा जन्मियो . आम मानिसको धारण पहिलो बच्चा अपरेसनबाट भएको छ भने दोश्रो बच्चापनि अपरेसनबाट जन्मन्छ भन्ने हुन्छ तर यो धारण सहि नहुन पनि सक्दो र छ / आमा र बच्चाको स्वास्थ्यमा खतरा नभए सम्म नर्मल डेलिभरि गराउनु सर्वउत्तम हुन्छ . मेरो दोश्रो बच्चाहुने बेलामा मैले डा. टोलीलाई अपरेसन गरि देउ भन्दा पनि उनीहरुले पहिला नर्मल कोसिस गर्ने नभए पछि मात्र अपरेसन गर्ने भनेर मेरो कुरा मानेन / तर हाम्रो देशमा समाज सेवा मानब सेवा भन्दा पनि पैसा कमाउने उधेश्यबाट खोलीएका अस्पताल र निजि क्लिनिकले महिलाको स्वास्थ्यमाथि लापरवाई गरिरहेको कुरामा सरकार तथा सम्वन्धित निकायको ध्यान जानु आवश्यक छ / साथै यस्तो कुरामा अभिभाबकहरु पनि सचेत हुनु पर्छ/

    Reply
    1. samrat~ says:
      August 28, 2012 at 7:28 am

      हो यो कुरा ठिक हो . अमेरिका क्यानाडा मा मैले सुने जाने को अनुसार याहा को अस्पताल हरु मा सिजरिंग गरु भन्दै मा डाक्टर हरु मान्दैन ..पहिले सकभर natural delivary नै कोसिस गर्छ र केहि गरि अन्त मा गर्ने परे पछि मात्र सिजरिंग को बाटो अपनौच.

      यो हाम्रो देश मा फैलिएको कुकृति रोक्न सरकार को नया नियेम बन्नु अति आव्स्येक्ता छ.

      Reply
  16. thapa rajbarsingha / canada says:
    August 27, 2012 at 9:22 pm

    ठिक कुरो यक्दम राम्रो समय मा उठाउनु भो यार ,,,,प्रत्यक केस लै सिजर गर्छ प्राएभेट अस्पताल ले ,,पैसा असुल्न को लागि…यो कर्तुत को ठुलो भण्डार फोर हुनु पर्चा हिडेन क्यामेरा प्रयोग गरेर यौटा डकुमेन्ट्री बनेर भण्डारफोर गर्नु पर्छ

    Reply
  17. Limbu nYn says:
    August 27, 2012 at 9:03 pm

    उत्तम लेख/ प्राकृतिक प्रजननको ज्ञान परिवारमा एनफ नभएर, अन्धबिस्वासको चलन यथावत राख्दै, बुझ पचाउने डा.-नर्स सबैमा मेरो दोष छ/ मेरै अगाडी औलामा गन्न सकिने र बाहिर सुनिएका धेरै छन् / त्यसैमा:- पहिलो र दोस्रो बच्चाको बर्थ डे एकै दिन गर्ने दम्पति र त्यो बच्चा! अर्को- बर्षेनी बच्चा गर्ने’रु ता कि एकै ढुंगाले २ चरा ‘हुर्काउने’रु….ओ गड, कस्तो बिजोग हालतमा! त्यो पनि सम्पन्न भनौदाहरु/ साथीहरु, अब म कसलाई दोष दिउँ – परिवार, ज्ञान, पैसा, डा-हस्पिटल ?

    Reply
  18. sam says:
    August 27, 2012 at 8:47 pm

    सरकारी अस्पतालको लापरबाही प्राइभेट नर्सिंग होमको लागि अवसर बन्यो | त्यस माथि अन्धबिस्वास ले जरो गाडेको हाम्रो समाजले अनावस्यक cesarean delivery लाई बढावा दियो | फेरी नेपाली जनता भेडा न हो, ठुला बडाले जे गर्यो, तेसैको नक्कल गर्नुपर्ने, अरुले घोडा चढे आफु धुरी चढीहाल्ने |

    Reply
  19. Jenish says:
    August 27, 2012 at 7:41 pm

    मलाई लाग्छ पैसा बढी कमाउन सिजारियन डेलिभरीमा गर्दछ नरसिंग होम तिर!

    Reply
  20. Bala Ram Thapa says:
    August 27, 2012 at 7:25 pm

    प्राकृतिक प्रसरब बाट बालक को जन्म दिनु ज्यादै राम्रो प्राकृतिक नियम हो | यसरि जन्मेको बालकको जन्म कुण्डली हेरेर उसको जिबन चक्र को भूत भबिष्य र वर्तमान बारे जोतिशी शास्त्र ले शहि शहि खुट्याउन सकिन्छ यदि अप्राकृतिक तौर तरिका बाट जन्म भएको छ भने उसको जन्मकुण्डली को तिथिमिति ले उसको बारेमा शहि उत्तर दिन कठिन हुन्छ ,र भविष्य बाणी नै फरक पर्न जान्छ | अस्वाभाविक जन्म दिनु भनेको त कुनै कुनै अवस्था मा कहिले कहिँ बालक को निस्कने स्थिति उल्टो ,रहदा ,आमा ज्यादै कम्जोर अवस्था मा स्वोभाबिक जन्म दिन नसक्ने अवस्था हुदा ,यसरी जन्म दिदा आमा बा बच्चा जोखिम हुने अवस्था हुदा मात्र सिजरिंग गर्नु राम्रो हो | अन्य अबस्थामा अप्राकृतिक जन्म गराउनु प्रकृति बिरुद्ध भएको हुदा यसमा राज्यकै हस्त्क्षय्प हुन पर्ने देख्दछु | तथ्यांक ले पनि देखाएकै छ ,प्राइबेट ,र नर्शिंग होम हरुले प्रसुती गराउदा 59 % प्र .श .सम्म सिजरिंग बाट प्रसुती गराइएको देखिन्छ | साहेद यो तथ्यांक पनि मिथ्यांक हुन सक्छ ,अर्थात् यो भन्दा पनि बढी हुन सक्छ | यस्तो गर्नुमा बिशेसज्ञ चिकित्सक समेतको दारिद्रिपन को संज्ञा दिन सकिन्छ ,किनकि सिजरिंग बाट जन्म गराउनु पैसाको कारण बाहेक अरुथोक हैन | यस्तो प्रसुती को मारमा निम्न वर्ग र मध्यम बर्गका जनता हरु बढी पिल्शिने गरेका छन | यी कुरा त प्रसूतिको बिषयमा मात्र भयो | अन्य कतिपए साधारण बिमारी जसको सिजरिंग गर्ने नपर्ने हुन् त्यस्ता कतिपए बिमारीहरु समेतको सिजरिंग गर्ने गरेको उदहारण हरु यहाँ प्रसस्त छन | यस सन्दर्भमा सरकारको बिशेष ध्यान जानु नितान्त आबसेक छ |

    Reply
  21. अनुराधा पौडेल पेरिसबाट says:
    August 27, 2012 at 6:19 pm

    त्यसो त अप्रेशन गरिदिनु पर्ने बेला हुँदापनि सरकारी अस्पतालले ध्यान दिदैँनन । पाठेघरको मुख नखुलेर बच्चा चेपिएको र अपाँग बच्चा जन्मेको मेरो एक साथि हुनुहुन्छ । अनि सरकारी अस्पतालको यो लापरबाही बराबर नीजि क्षेत्रका नर्सिँग होमको पनि लापरवाही छ अनाबश्यक अप्रेशन गर्न । उनीहरुले पैसाकालागि गर्छन् । तरबाबु र आमाले चाहेको समयमा छोराछोरी जन्माउन चाहन्छन् र उनीहरुसँग पैसा छ भने त्यो उनीहरुको इच्छा हो । यूरोपमा पनि यो चलन हुन्छ प्रसस्त ।

    Reply
  22. Sisir says:
    August 27, 2012 at 5:52 pm

    काठमाडौँको नामुद ओम हस्पिटलमा लगेचाही पक्का चिरेर नै निकाल्छ जस्तो लाग्छ .. मेरो परिवारमा पनि तेस्तो भएको छ .. नियमित जचौदा बच्चा ठिक थियो तर प्रसूतिको समय ओममा लाग्दा तु सिजेरियन गर्नु पर्छ नत्र बच्चा आमालाई एस्तो उस्तो हुन सक्छ भन्दै थिए डाक्टरहरु(कसाई भन्नु पर्ला येस्तालई ), चित्त नबुझेर TU Teaching Hostipal Marajgunj लागेको त सबै रिपोर्ट हेरेर त्यहाँका डाक्टरले तेस्तो केहि छैन नोर्मल हुन्छ भने , र भोलि पल्ट नर्मल देलीवरी भो .. अब एस्लाई कमाऊतन्त्र नभने के भन्ने , एक किसिमको emotional blackmail नै हो यो ..
    मेरो अनुभबमा प्रसुती सेवाको लागि सरकारी अस्पताल निजि भन्दा धेरै राम्रो र अनुभबी पनि छ, फोहोर र बेबस्तापन्को कोम्जोरी चाही छ है .. सरकारीको अर्को फाइदा चाही त्यहाँ उपलब्ध सबै उपचार (सिजेरियन पनि ) फ्रीको साथमा घर फर्कदा सुत्केरी भत्ता पनि दिन्छन .. छैन त काइदा !!!

    Reply
  23. Ravi Aryal says:
    August 27, 2012 at 5:11 pm

    संसार सुन्दरी ऐशवर्या रायले छोरी नर्मल तरिकाले जन्म दिएको कुरा अमिताब्च बच्चनले ट्वीटरमा जनाएका थिए,आमा र बच्चाको ज्यान खतरामा नहुन्जेल सम्म प्राकृतिक तवरले नै जन्माएको ठिक लाग्छ,आफु त बारीको कान्ला कान्ली तिर जन्मिएको हो:))

    Reply
  24. Basanta Thapa,Maryland,USA says:
    August 27, 2012 at 4:52 pm

    अन्धबिस्वास र सम्पत्ति कमाउन मानिस किन अन्धो र पतित भएका होलान ?

    Reply
  25. पुष्प says:
    August 27, 2012 at 4:16 pm

    बच्चा जन्माउनु भनेको संवेदनशील कुरा हो, दुईजनाको ज्यानको कुरा आउँछ यहाँ । यो विषयमा सामान्तया डाक्टरहरूले खेलाँची गर्न मिल्दैन । यसकारण अपवादबाहेक सिजेरियन गराउनुमा अन्धविश्वासको खासै भूमिका देखिँदैन ।

    यसको प्रमुख कारण भनेको पैसा नै हो र अर्को भनेको अचेलका युवतीहरू प्रशव पीडा सहन तयार नहुनु । यता जनता हजारदेखि लाख तिर्न तयार र उता अस्पताल पैसा कमाउन उद्यत हुनु; दुवै उस्तै !

    अस्पताल के भन्नु अचेल अधिकांशजसो अस्पताल शिक्षण संस्था भएका छन् । उनीहरूका त दुवै हातमा लड्डु – पैसा पनि ‘प्र्याक्टिस’ पनि । भविष्यमा त सामान्य प्रसुति भन्ने नै नहोला जस्तो लाग्छ – जनताले नचाहेर होइन, त्यस्ता डाक्टर नपाएर ।

    Reply
  26. Sam Nepali says:
    August 27, 2012 at 3:59 pm

    मेरो दुइजना केटाकेटी दुवै जना सिजेरियन delivery बाट जन्मेका हुन् एसको मुखे कारण हामी hong kong जस्तो बेस्त सहरमा कामको चाप को कारण सुक्रबार hopital मा भर्ना भएर सनिबार बिहानै डेलिवेरी गराएको थियेउ/ माथि उल्लेख भए जस्तै हामीलेपनि साइत भने हेरयेका थियेउ/ there are definately many reasons and also people have many choices now a days unlike few years back many mothers lost their lives due to lack of knowledge and equipments. We are very luck in a way to be able to chose the life you wanted to live although the outcome of such need to be wait and see in the future as mentioned above. Good luck to every stakeholders but decide sensibly if you have choice.

    Reply
    1. तेन्जिंग गाबा"हिमाली" says:
      August 28, 2012 at 8:48 am

      समजी,
      HONG KONG भन्ने ठाउमा हरेक महिलालाई “७० दिन” को प्रशुती बिदा रोजगारदाताले कामदारलाई दिनु अनिबार्य छ र उक्त अबधिको कामदारको पारिश्रमिकमा कुनै कटौती गर्न पाइन्न /
      अस्थाई-स्थाई जागिर होस् वा चाहे सरकारी होस्, गैर सरकारी होस् सबै तिर यो नियम लागू हुन्छ /
      अझ कुनै कुनै सस्था तिर त् श्रीमान ले पनि २-३ दिनको प्रशुती बिदा पाउछन /
      अब यस्तो अवस्थामा प्राकृतिक जन्मको बर्खिलाप गर्नु भनेको अ.जा.सु. हुनु मात्र हो जस्तो हाम्लाई लाइराछ /

      जय नेपाल
      तेन्जिंग गाबा”हिमाली”

      Reply
  27. yam pun says:
    August 27, 2012 at 3:43 pm

    नेपालमा हरेक कुरामा सेवा भन्दा पनि व्यापारीकरण भैराखेको छ! यस्तै हो भने अब डाक्टर र नेतामा के फरक भयो र????????????????????????????
    विज्ञान को दुरुपयोग कसैबाट पनि नहोस!

    Reply
  28. पारंगत राई says:
    August 27, 2012 at 3:32 pm

    मेरो दुवै छोरी सिजारियन डेलिभरी हो, पाटन अस्पतालमा। डाक्टर साबले त नर्मल डेलिभरीमा नै जोड गरेका थिए, तर बच्चाको तौल बढी (४ केजी) भएको हुनाले श्रीमतीले प्रसव पीडा सहन नसकेर सिजारियन गर्नु परेको हो।

    Reply
  29. Abhi says:
    August 27, 2012 at 3:15 pm

    धेरै राम्रो टोपीक ; आफु त 35 वर्ष अगाडी नोर्मल डेलीभरि बाट जन्मियो तथा आफ्नो 2 बच्चा नि पाटन हस्पिटल मा श्रीमती ले नोर्मल डेलीभरि बाट नै जन्म दियिन ,
    बच्चा जन्माउन हस्पिटल त लैजान पर्छ तर प्राइभेट नर्सिंग होम खोज्दै हिड्ने कुरो चाही मैले अलि बुझ्न सकिन ! अहिले सम्मलाई प्रसुती गृह थापाथली , पाटन , बिर र टीचिंग ले डेलीभरि को केस फर्काएको थाहा पाएको छैन तेसैले यिनै हस्पिटल मा लैजाऊ , काठमाडौँ बाहिर पनि सरकारी अस्पताल मा लगे हुन्छ ;

    Reply
  30. bikram oli says:
    August 27, 2012 at 2:49 pm

    पैसा र ठाउमा बस्ने हरु ले एस्तो काम गरेका छन् सहि हो ५% ले बच्चा पाउन सक्दैनन् उधारण डोल्पा हुम्ला जुम्ला डोटी रुकुम रोल्पा जस्ता बिगत ठाउमा यो शम्भाब छैन किन भने तेह नर्सिङ होम वा मेडिकल कलेज वा निजी अस्पतालहरु छैनन् तेही सोचेर हेर्नु होस् ५% लै मात्र नर्सिङ होम वा मेडिकल कलेज को खाचो छ

    Reply
  31. Birkhe says:
    August 27, 2012 at 2:48 pm

    ओह! नया तथ्यांकले झस्कायो. निजिकरनको खराब पक्ष नै यहि हो.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme