[अपडेट शनिबार दिउँसो ३: अन्ततः नैतिकताको विजय भएको छ। केसीको माग पूरा हुने भएको छ। चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा डा. प्रकाश सायमि नियुक्त भएका छन्। उनी तुलनात्मक रुपमा स्वतन्त्र छविका हुन्। केसीको अनसन तोड्न जुस खुवाउन शिक्षामन्त्री गएका छन्।]
त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा राजनीतिक भागवण्डाबिना वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने मागसहित आमरण अनसन बसेको पाँच दिन बितिसक्दा पनि सरकारले डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि कुनै पहल गरेको छैन। साहित्यकार नयनराज पाण्डेले गत वर्ष भदौमा साझा प्रकाशनसम्बन्धी माग राखी अनसन बस्दा तीन दिन मै जुस खुवाउन दौडिएका प्रधानमन्त्री बाबुराम भट्टराई डाक्टर केसीको स्वास्थ्य गम्भीर भइसक्दा पनि कानमा तेल हालेर किन बसिरहेको छ, बुझिनसक्नुछ। हस्तक्षेपै गरेर भए पनि जीवन बचाउन हतार भइसकेको अवस्थामा लाज पचाएर सरकार चुप बसिरहेको छ। अनि यसमा मतियार बनेको छ एमाले। शिक्षण/स्वास्थ्य संस्थामा यो घिनलाग्दो राजनीतिमा एमाले र एमाओवादीको गजबको मोर्चा बनेको छ।
के हो विवाद ?
महाराजगञ्जस्थित टिचिङ अस्पताल त्रिभुवन विश्वविद्यालय मातहत रहेको छ। विश्वविद्यालयका सबै पदहरु राजनीतिक भागवण्डा अनुसार बाँडिन्छन्। त्यही अनुसार भीसी हीराबहादुर महर्जन एमालेका नियुक्त भएका हुन्। डिन नियुक्त गर्न प्रमुख हात रहने कार्यकारी परिषद्मध्ये रजिस्ट्रार चन्द्रमणि पौडेलले माओवादी कोटामा पद पाएका हुन्। रेक्टर गुणनिधि न्यौपाने चाहिँ काँग्रेसको कोटामा पद पाउने व्यक्ति हुन्।
त्रिभुवन विश्वविद्यालय मातहतका अध्ययन संस्थानहरुमा डिन पनि भागवण्डा अनुसार नै कङ्ग्रेसलाई यो, एमालेलाई यो, माओवादीलाई यो भनी छुट्याइन्छ। एमाले अर्थात् भीसी महर्जन अहिलेलाई धर्मकान्त बाँस्कोटा र तीन महिनापछि अरुण सायमिलाई नै डिन बनाउन चाहन्छन्। माओवादी अर्थात् रजिस्ट्रार पौडेल रतिन्द्रनाथ श्रेष्ठलाई डिन बनाउने अडानमा छन् भने काँग्रेस अर्थात् रेक्टर न्यौपाने करवीरनाथ योगीलाई डिन बनाउन चाहन्छ।
टिचिङ अर्थात् चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन भागवण्डा अनुसार हैन, वरिष्ठताका आधारमा गरिनुपर्छ भन्ने माग डा. गोविन्द केसीको हो।
कहिलेदेखिको आन्दोलन ?
डा. केसीले यसअघि पनि आमरण अनसन थालेका थिए। त्यतिबेला माग पूरा गर्ने आश्वासन दिइएको थियो। तर एमाले भीसी हीराबहादुर महर्जनले प्रतिवद्धतालाई लत्याउँदै एकलौटी निर्णयका आधारमा वरिष्ठतालाई मिच्दै डाक्टर धर्मकान्त बास्कोटालाई तीन महिनाका लागि निमित्त डीनको जिम्मेवारी दिए। एमाले भीसीलाई सत्तारुढ एमाओवादीले दरिलो साथ दिइरहेको छ। कङ्ग्रेस भने यसको विरोधमा छ। कङ्ग्रेसको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले डा.केसीको आन्दोलनलाई समर्थन गरेको थियो। केन्द्रीय सत्तामा माओवादी र एमाले फरक ध्रुवमा रहे पनि स्वार्थका लागि जे पनि गर्न सक्ने घिनलाग्दो राजनीति यहाँ देखिएको छ। बास्कोटालाई निमित्त डीन बनाएको विरोधमा डा. केसीले फेरि आमरण अनसन थालेका हुन्।
प्रधानमन्त्रीको भूमिका
प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालयका कुलपति हुन्। उनले हिजै डा. प्रकाश सायमिलाई डिन नियुक्त गर्न एमाले उपकुलपति महर्जनलाई निर्देशन दिएका थिए। अनसन गरिरहेका डा.केसीले पनि उनको नाममा सहमति जनाएका थिए। सायमिको स्वतन्त्र छवि पनि थियो। प्रधानमन्त्रीको निर्देशनपछि त्रिवि कार्यकारी परिषद्को बैठक बसेको थियो। तर त्यसमा दलहरु (एमाले भसी, काँग्रेस रेक्टर, माओवादी रजिस्ट्रारलगायत) ले आफ्नै मान्छे डिन नियुक्त हुनुपर्ने अडान नछाडेपछि प्रधानमन्त्रीको निर्देशन समेत कार्यान्वयन भएन। प्रधानमन्त्रीले शनिबार बिहान पनि उपकूलपति, रेक्टर, रजिस्ट्रारसहितका पदाधिकारीलाई भेटी डिन नियुक्तिको समस्या समाधान गर्न निर्देशन दिएका छन्।
डिन नियुक्तिमा पैसाको चलखेल
चिकित्साशास्त्र अध्ययन संस्थान (IOM) को डिनमा के त्यस्तो आकर्षण छ? सामान्य मान्छेलाई यो कुरा थाहा नहुनसक्छ। वास्तवमा यो पद ठूलै रकम कमाउन सकिने ठाउँ हो। निजी क्षेत्रका मेडिकल कलेजहरुलाई सम्बन्धन दिने, त्यस्ता कलेजका सिट आदिका लागि ठूलै रकमको चलखेल हुन्छ। त्यसको मुख्य निर्णय हुने ठाउँ यही डिनको पद हो। अनि किन नताकियोस् त एमाले, माओवादी र काँग्रेसको आँखामा। एक जना समाजसेवी डाक्टर मर्न लागिसक्दा पनि उनीहरु पद र पैसाको घिनलाग्दो खेल र अडानबाट पछि हटेनन्।
फैलियो आन्दोलन
डा.केसी जीवनमरणको दोसाँधमा रहँदासमेत सरकारी पक्षबाट बेवास्ता गरिएपछि डाक्टरहरु क्रुद्ध भएका छन्। उनीहरुले टिचिङ अस्पतालमा मात्र आकस्मिक बाहेकका सेवा ठप्प पारेकामा शनिबार देशभरका स्वास्थ्य संस्था ठप्प पार्ने निर्णय गरेका छन्। आन्दोलन यसरी देशव्यापी बनेर देशभरका लाखौँलाई प्रभावित पार्ने स्थिति भइसक्दा पनि उनीहरु गम्भीर भएका छैनन्।
को हुन् डाक्टर केसी ?
डा. केसी को हुन् त ? कुनै राजनीतिक पात्र हुन् ? कसैले गोटी बनाएका हुन् ? के छ उनको हैसियत ? यसको जवाफ दुई वर्षअघि नागरिक नायकका रुपमा उनलाई सम्मानित गरिँदा छापिएको एउटा व्यक्तिचित्रमा पाइन्छ-
गहुँगोरो अनुहार। बचेका कपाल केहीमात्र फुल्न बाँकी। ढाडमा झन्डै १५-२० केजीको झोला। साधारण सर्ट-पाइन्ट र चप्पल।
दुर्गम जिल्लाको विकट गाउँमा उकाली-ओराली गर्दा मन्द मुस्कान छर्दै पसिना पुछिरहेका कोही भेटिए, सोध्नुहोला, ‘तपाईं गोविन्द केसी हो?’
पेशाले उनी प्राध्यापक तथा हाडजोर्नीका वरिष्ठ शल्यचिकित्सक हुन्। कम्तीमा वर्षको दुईपटक झोलामा १५-२० केजी औषधि बोकेर पहाडका उकाली-ओराली र तराईका समथर मैदानमा निमुखा जनताको उपचार गर्न निस्कन्छन्। निःशुल्क स्वास्थ्य परीक्षण गर्छन्। निःशुल्कै औषधि बाँड्छन्। सरकारी खर्चमा होइन। कुनै संघसंस्थाको प्रायोजनमा पनि होइन। आफ्नै पसिनाले आर्जन गरेको पैसा खर्चेर।
‘किन त?’
‘सन्तुष्टिका लागि,’ महाराजगन्ज टिचिङ हस्पिटलको सरकारी क्वार्टरमा आफ्नो कामको वर्णन गर्दा उनी लाजले अलिअलि रातो हुन्छन्, ‘चिकित्सा पेसाको धर्म नै यही हो।’
‘काठमाडौं बसेर उपचार गर्न सकिँदैन?’
‘सकिन्छ,’ उनी मुट्ठी उठाउँछन्, ‘मान्छे जहाँसुकै होस्, बिरामी भएपछि समयमा उपचार पाउनु उसको अधिकार हो।’
‘सरकार केका लागि त?’
‘सरकार हाम्रो हो, हामी सरकारका,’ छातीमा हात राख्छन्, ‘सबै जिम्मेवार बन्नुपर्छ।’
१७ वर्ष भयो, डा. गोविन्द औषधिको भारी बोकी गाउँ डुल्न थालेको। ७२ जिल्लाका बिरामीमाझ पुगिसके। तीन जिल्ला बाँकी छन्।
देश-विदेश जहाँसुकै प्रकोपका ठूला घटना हुन्, उनी पीडितको उपचार गर्न पुगिहाल्छन्। कोसी बाँध भत्कँदा होस् या जाजरकोटमा हैजाको महामारी लाग्दा, भारतको गुजरातमा महाभूकम्प जाँदा होस् या बर्मामा आँधी आउँदा, उनी आफ्नै खर्चमा खटिएका छन्। बिरामीको उपचार गर्न उनलाई कुनै देशको सीमाले छेक्दैन। भाषा तगारो बन्दैन। उनको विचारमा, बिरामीको देश हुँदैन, र डाक्टरको पनि।
‘पैसा कमाउनु ठूलो कुरा होइन,’ चिकित्सा पेसाको धर्म भन्दैछन् उनी, ‘जहाँ उपचार चाहिन्छ, त्यहाँ डाक्टर पुग्नुपर्छ।’
‘मान्छेले विश्वास गर्छन् त?’
‘सबै ठाउँमा म यस्तो हुँ भन्दा विश्वास गर्दैनन्,’ उनी अनुभव सुनाउँछन्, ‘यत्रो टाढाबाट आफ्नो खर्च गरेर के आयो होला र भनेझैं गर्छन्।’
दसवर्षे माओवादी जनयुद्धका क्रममा गाउँ डुल्दा त उनले अनेकौं हन्डर खानुपर्यो । ‘यो माओवादी हो कि क्या हो,’ पहाडमा त्रास भरिएका यस्ता आवाज धेरैपटक सुने उनले, ‘यो त सिआइडीजस्तो छ।’
कसैले उनलाई ‘सरकारी गुप्चर’ को पगरी गुथाए, कसैले ‘छापामार’ बनाए। बिनाकसुर १९ घन्टा एउटै घरमा थुनिनुपर्योर। ‘माओवादी’ भनेर गाउँलेले खाना नखुवाएको अनुभव पनि छ, उनीसँग। तर, जस्तो अवस्थामा पनि उनका पाइला थामिएनन्। उनलाई लाग्थ्यो, ‘यही घडीमा गाउँमा मेरो खाँचो छ।’
गोविन्द पछिल्लोपटक स्वदेशभित्र जाजरकोटका महामारी पीडित र विदेशमा हाइटीका भूकम्प पीडितमाझ पुगेका थिए। उनको नयाँ योजना आगामी असार महिनामा तेह्रथुम र भोजपुरका दुर्गम गाउँमा औषधोपचार पुर्याँउनु हो।
यसका लागि उनको बैंक खाता ‘रेडी’ भइसकेको छैन। असारसम्म खातामा चाहिँदो रकम जम्मा हुन्छ। त्यसपछि यी ‘घुम्ती आकस्मिक सेवा’ १५-२० केजीको झोला बोकेर तेह्रथुम र भोजपुरका दुर्गम गाउँतिर हानिनेछन्।
***
२०१४ साल।
रामेछापको दुर्गम गाउँ माकादुम-सिम्लेमा जन्मे, गोविन्द। उनको परिवार गाउँमा हुनेखानेमै पर्थ्यो। उनले ६ कक्षासम्म दोलखाको मावली घरमा बसेर पढे। त्यसपछिका दुई वर्ष काठमाडौंको पद्मोदय स्कुलमा बिताए। स्कुल पढ्दा कक्षामा सधैं प्रथम हुन्थे।
एसएससी भने दोलखाको भीम पब्लिक हाइस्कुलबाट दिए, २०२९ सालमा। सेकेन्ड डिभिजन आयो।
त्यसपछि के पढ्ने? उनले मेसो पाएनन्। घरबाट पनि ‘यो पढ्’ कसैले भनेनन्। डाक्टर, इन्जिनियर – उनले सुनेकै थिएनन्। मन्त्री हुनुपर्छ- गाउँतिर सबै यही भन्थे।
‘तर, मैले मन्त्री हुने सपना देखिनँ,’ उनी भन्छन्।
एकदिन उनलाई बुवाले भने, ‘राम्रो विषय पढ्नुपर्छ।’
‘म पढ्दै जान्छु, हेरौं,’ राम्रो विषय कुन हो पत्तो नभएका गोविन्दले सिधा जवाफ दिए।
राम्रो विषयको खोजीमा उनी काठमाडौं आए। भान्दाइ कल्याण बस्नेत तत्कालीन महाराजगन्ज केन्द्रीय क्याम्पसमा हेल्थ असिस्टेन्ट (एचए) पढ्थे। उनी त्यसै (एचए) मा हाम्फाले।
‘सोचेकै थिइनँ,’ उनी भन्छन्, ‘त्यो बेला यहाँ पढेर डाक्टर हुन पाइन्छ भनेर।’
उनको ब्याचमा एचए पढ्ने झन्डै डेढ सय विद्यार्थी थिए। एचएमा राम्रो गर्नेलाई पढाउने अवसर दिइन्थ्यो। उनी १० राम्रा विद्यार्थीमा पर्थे। साढे दुई वर्षमा एचएको पढाइ सकिएपछि उनले ६ महिनाजति पढाए। त्यहीबेला शिक्षा मन्त्रालयको ढाका छात्रवृत्तिमा उनको नाम निस्कियो। उनी लागे ढाका – एमबिबिएस गर्न। एमबिबिएसमा इन्टर्नसिप गर्दा उनले रोजे – अर्थोपेडिक (हाडजोर्नी)।
यही उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो।
सन् १९८५ मा एमबिबिएस सकेर काठमाडौं फर्कनेबित्तिकै उनले शिक्षण अस्पतालको हाडजोर्नी शाखामा ‘हाउस अफिसर’को जागिर पाए। एक वर्षपछि स्थायी भई टेकु अस्पताल सरुवा भए। त्यहाँ उनी ‘मेडिकल अफिसर’ थिए। बिहान ९ देखि दिउँसो २ बजेसम्म ड्युटी हुन्थ्यो। अरू समय खाली नै हुन्थे। फुर्सद पायो कि लाइब्रेरी कुदिहाल्थे।
निजी नर्सिङ होममा काम गर्न उनलाई कहिल्यै मन लागेन। ‘म कहिल्यै प्राइभेटमा आकर्षित भइनँ,’ उनी थप्छन्, ‘जे काम गरे पनि एकोहोरो गर्न मनलाग्छ।’
तर, एकपटक आपत आइलाग्यो। एकजना अनन्य मित्र जापान जानुपरेपछि उनको ठाउँमा काम गर्दिनुपर्ने भयो। उनले एक वर्षजति काठमाडौं नर्सिङ होममा काम गरे। ‘डाक्टर अशोक बासकोटासँग सिक्न पाइन्छ भन्ने पनि थियो,’ उनी सुनाउँछन्।
उनले जीवनमा निजी नर्सिङ होममा काम गरेको त्यत्ति एकचोटि हो।
उनको पढ्ने इच्छा भने कहिल्यै मरेन। एमडी अध्ययनका लागि प्रवेश परीक्षा दिए। परीक्षा दिने दुई सय थिए, पढ्न पाउने १२ जनाले। उनी १२ भित्र परे। एमडीले उनले निजी खर्चमा पढ्न खोजेका थिए। त्यो बेला नेपालमा हाडजोर्नीका डाक्टर निकै कम थिए। त्यसैले उनले हाडजोर्नी नै रोजे।
‘अध्ययन विदा पाउँ,’ उनले सरकारसँग निवेदन गरे।
‘मिल्दैन,’ जवाफ आयो।
‘त्यसो भए बेतलवी विदा पाउँ,’ उनले अर्को निवेदन पठाए।
सन् १९८९ मा एमडी अध्ययन गर्न गोविन्द फेरि ढाका गए। १९९३ मा अध्ययन सकेर नेपाल फर्के।
‘म फेरि ज्वाइन गर्छु,’ गोविन्द स्वास्थ्य मन्त्रालय पुगे।
‘काठमाडौंबाहिर जानुपर्छ,’ मन्त्रालयका एक कर्मचारीले भने।
‘वीर अस्पताल मिलाइदिनोस्, ‘ उनले जोड गरे।
‘मिल्दैन।’
मन्त्रालयले उनलाई झापा खटायो। उनले जवाफमा राजीनामा ठोके।
***
अर्को जागिर भेट्टाउन उनलाई गाह्रो भएन।
उनले सुनेका थिए – शिक्षण अस्पतालमा हाडजोर्नी डाक्टरको अभाव छ। बुझे। सही रहेछ। प्राध्यापन र शल्यचिकित्सक दुवै काम उनले एकसाथ सुरु गरे। ८ महिना निःशुल्क काम गर्नुपर्यो ।
यो सन् १९९३ को कुरा। १९९४ मा उनी पक्का जागिरे भए, शिक्षण अस्पतालमा।
‘शल्यचिकित्सकमा हातको गुण चाहिन्छ,’ आफ्नो पेसा बताउँदैछन् उनी, ‘यो निकै जोखिमको काम हो, नतिजा तत्कालै देखिन्छ। चिलको जस्तो आँखा हुनुपर्छ। साहस पनि त्यति नै चाहिन्छ।’
विद्यार्थी पढाउने, अनि बिरामी पनि हेर्नुपर्ने- उनको व्यस्तता निकै बढ्यो।
बिहान साढे पाँच बजे उठ्ने गोविन्द बेलुकी १० दस बजेसम्म व्यस्त रहन थाले। बिहान उठ्यो। चियानास्ता गर्योब। पढाउन गयो। विद्यार्थीको परीक्षा लियो। त्यसपछि शिक्षण अस्पतालमा बिरामीको शल्यक्रिया। साँझ ८ बजे अस्पतालको ड्युटीबाट फुर्सद मिल्थ्यो। अनि लाइब्रेरी। एकैचोटि राति १० बजेपछि उनी कोठामा छिर्थे।
एक दिन होइन, दुई दिन होइन, सधैं यस्तै।
सुरुका ४ चार वर्ष गोविन्द आफ्ना भाइहरूसँग डिल्लीबजार बसे। तर बन्द-हडताल बढ्न थालेपछि कार्यालय आउजाउ गर्न गाह्रो भयो। उनी सरे अस्पतालको सरकारी क्वार्टरमा।
भाइहरूसँगको बसाइ टुटेपछि उनको खान्कीमा धेरै परिवर्तन आयो। ‘खाना पकाउन अल्छी छु,’ उनी हाँस्छन्, ‘बिहान पाउरोटी-जाम र फलफूल खान्छु। दिउँसो भेज ममः। राति सधैं दही चिउरा।’
‘भात कहिल्यै खाइन्न?’ आमनेपालीको भन्दा फरक खान्की देखेर मुखबाट प्वाक्क यो प्रश्न निस्कियो।
‘कहिलेकाहीँ कतै पाहुना लाग्न गएमात्र।’
उनले यस्तो भोजनशैली अपनाएको १२ वर्ष भयो। केही महिना अघिसम्म मासुका परिकार पनि खान्थे। तर अहिले मासुमात्र होइन, चियाकफी पनि पिउँदैनन्।
‘कति छाक त म खानै भ्याउँदिनँ,’ उनी भन्छन्, ‘थाकेर गइन्छ, एकछिन भन्यो पल्टियो, त्यसै निदाइन्छ।’
‘अब एकछाक खान,’ गोविन्द हाँस्दैछन्, ‘हरिद्वार जान मात्र बाँकी छ।’
***
जीवनमा एकछाक खान नपाउने नेपाली उनले थुपै्र देखेका छन्। त्योभन्दा बढी देखेका छन्, बिरामी हुँदा अस्पताल नदेखी मर्ने नेपालीहरू, अस्पताल पुगिहाले पनि खर्च नपुगेर रोग पाल्दै फर्कने बिरामीहरू।
शिक्षण अस्पतालसँग नाता गाँसिएपछिको पहिलो वर्ष उनले सँगालेको अनुभव यही थियो। यसैले उनलाई हौस्यायो- गरिब, असहाय र निमुखा जनताको उपचारमा लाग्न।
‘दार्चुला, हुम्ला, जुम्ला जिल्लाका दुर्गम गाउँबाट बिरामी आउँछन्,’ उनी भन्छन्, ‘साधारण उपचारका लागि हजारौं रुपैयाँ खर्च गरेर आउनुपर्छ। गाउँमै सामान्य प्राथमिक उपचार पाएको भए यो सब झन्झट बेहोर्नुपर्थेन।’
औसत नेपाली रोग सामान्य हुँदासम्म अस्पताल धाउँदैनन्। रोगले गाँजिसकेपछि मात्र अस्पताल र उपचारको खोजी सुरु हुन्छ। गाउँमा हुर्केकाले यो समस्या उनले नजिकबाट बुझेका छन्। त्यसैले उनलाई लाग्छ- स्थानीय स्वास्थ्यकर्मीलाई साधारण तालिम र शिक्षा दिए रोग बिग्रन पाउँदैन। र, सामान्य रोगका लागि सहरका महँगा अस्पताल धाउनुपर्दैन।
झोलामा औषधि बोकेर दुर्गम गाउँ डुल्ने उनको एकल ‘घुम्ती आकस्मिक सेवा’ अभियान यहीँबाट सुरु भयो।
२०४५ सालमा भूकम्प जाँदा उनी पहिलोपटक पीडितको उपचारमा सहभागी भए। भूकम्पले धरानमा ठूलो जनधनको क्षति गरेको खबर सुन्नासाथ उनी रात्रि बस चढेर त्यता हुइँकिए। दुईदिन त्यहाँ बिताए। सन् १९९४ मा काठमाडौं वरपरका गाउँमा ‘हेल्थ क्याम्प’ सञ्चालन गरे। १९९५ मा अर्को हेल्थ क्याम्प लिएर खोटाङ गए।
त्यसयता हिमालदेखि तराई, मेचीदेखि महाकालीसम्म दौडिरहेका छन्।
वर्षको कम्तीमा दुईपटक तीन जिल्ला घुम्नु गोविन्दको नियमित कार्यतालिकाभित्र पर्छ। एकचोटि निस्कँदा दुईदेखि तीन साता छुट्टयाउँछन्। ‘योभन्दा बढी गर्न बैंक खाताले भ्याउँदैन,’ उनी भन्छन्, ‘अरूको सहयोग लिने मेरो बानी छैन।’
उनले अस्पतालबाट वर्षको एक महिना घर विदा पाउँछन्। उनले सदुपयोग गर्ने समय यही हो। अहिलेसम्म दार्चुला, बैतडी, बझाङ, आछाम, बाजुरा, सुर्खेत, दैलेख, रुकुम, हुम्ला, डोल्पा, जुम्ला, मुस्ताङ, जोमसोम, मनाङ, गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, खोटाङ, इलामलगायत ७२ जिल्ला पुगिसके, आफ्नै खर्चमा।
२०६४ सालमा कोसी बाँध भत्कँदा उनी काठमाडौंमै थिए। बाँध भत्केर हजारौं विस्थापित भएको र तिनको स्वास्थ्य नाजुक बन्दै गएको दृश्य टेलिभिजनमा देखेपछि काठमाडौंमा अडिन सकेनन्। रातारात औषधि किनेर अर्को बिहान घटनास्थलतर्फ हानिए। पाँच दिनमा उनले त्यहाँ १ हजार ७ सय ५१ जनालाई जाँचे। र, औषधि बाँडे।
यस्तै भयो, २०६६ सालमा पनि। जाजरकोटमा हैजाले सयौं मानिस पीडित भएको खबर सुनेपछि उनको मन काठमाडौंमा अड्न मानेन। यसका लागि धेरै औषधि चाहिन्छ भन्ने उनले बुझे। एक्लै सबै औषधि बोक्न सक्ने स्थिति थिएन। बाटो पनि अप्ठ्यारो थियो। उनी खच्चडमा औषधि लिएर पुगे, जाजरकोटको हैजाग्रस्त क्षेत्र। १० दिन उपचारमा जुटे। दुई दिन स्थानीय स्वास्थ्यकर्मीलाई तालिम दिएर काठमाडौं फर्के।
‘दुर्गम जिल्लाको पनि दुर्गमभन्दा दुर्गम गाउँमा जान्छु,’ उनी थप्छन्, ‘त्यहाँ जे उपलब्ध छ, त्यसैबाट उपचार गर्न सिकाउँछु। सामान्य शल्यक्रिया छ भने गाउँमै गराउँछु।’ ठूलै शल्यक्रिया गर्नुपर्ने बिरामी भेटे उनी काठमाडौं नै बोलाउँछन्। र, निःशुल्क उपचारको व्यवस्था मिलाइदिन्छन्।
तालिम दिने उनको आफ्नै शैली छ। थोरै अवधिलाई जाँदा स्थानीय स्वास्थ्यकर्मीको ज्ञान कति छ, थाहा पाउन गाह्रो हुन्छ। त्यही भएर सबभन्दा पहिला सबै स्वास्थ्यकर्मीलाई एक ठाउँ भेला गराउँछन्। काठमाडौंमै तयार पारेको प्रश्नावली बाँड्छन्। यसबाट स्वास्थ्यकर्मीको दक्षता बुझेर तालिमको प्रकृति तय गर्छन्। तालिम सकिएपछि फेरि पहिलेकै प्रश्नावली भर्न लगाउँछन्। भिन्नता तुरुन्तै थाहा हुन्छ।
तराईको तुलनामा पहाड र हिमाली क्षेत्रमा हाडजोर्नीको समस्या बढी भेटिने उनको अनुभव छ। घाँसदाउरा, मेलापात गर्दा सानोतिनो दुर्घटना भइरहन्छ। बाहिर चोट नदेखिए पनि भित्र हड्डी भाँच्चिएको हुन्छ। जोर्नी पाक्यो भने मान्छे जीवनभरलाई अशक्त बन्नसक्छ। बालबालिकामा यो झनै डरलाग्दो हुन्छ। उपचार गर्न ढिला भए रोग निको हुँदैन। चोट गम्भीर छ भने प्राथमिक उपचार कसरी गर्ने, उनी यस्तै कुरा स्थानीय स्वास्थ्यकर्मीलाई सिकाउँछन्।
केही विकासे संस्थाले मान्छे भेला पार्दा भत्ता बाँडिदिएर उनलाई अप्ठ्यारो पर्ने गरेको छ। ‘तालिम लिन आउँदा भत्ता माग्छन्,’ उनको अनुभव छ, ‘म दिन सक्दिनँ।’
कहिलेकाहीँ उनी बठ्याइँ पनि गर्छन्। अरूले तालिम दिइरहेका बेला अन्तिमतिर छिर्छन् र आफ्नो काम सुरु गर्छन्।
उनको यो अभियानमा बेलाबेला अरू डाक्टरले पनि रुचि देखाउँछन्। ‘डाक्टर साब,’ उनीहरू भन्छन्, ‘जाने बेला हामीलाई पनि खबर गर्नू, हामी पनि जान्छौं।’ तर, जाने बेला कोही आउँदैनन्। ‘डाक्टर साब, यसपालि मेरो काम पर्यो।, अर्कोपटक है,’ यस्तो जवाफ सुनेपछि उनी कुरा बुझिहाल्छन्।
‘मैले प्राइभेट नर्सिङ होममा काम नगरेको पनि यी अभियानमा ‘ह्याम्पर’ गर्छ भनेर हो,’ उनी भन्छन्, ‘अरू कुनै आदर्श छैन।’
उपचारमा निस्कँदा उनी अक्सर आफ्नो परिचय लुकाउँछन्। ‘जहाँ डाक्टरको आवश्यकता छ, त्यहाँमात्र म डाक्टर हुँ भन्छु,’ उनी भन्छन्, ‘अरू ठाउँमा शिक्षक भनेर चिनाउँछु।’ हुन पनि उनी डाक्टर र शिक्षक दुवै हुन्।
‘किन त?’
‘डाक्टर हुँ भन्यो। केही भा’को हुँदैन, लौ न डाक्टरसाब चेक गर्नुपर्योक भन्दै आउँछन्,’ फुत्किन लागेको हाँसो रोक्दै उनी भन्छन्, ‘असली बिरामीले उपचारको अवसरै नपाउलान् भन्ने डर।’
‘केले प्रेरणा दिन्छ त?’
‘थाहा छैन,’ उनी भन्छन्, ‘जानुपर्छ जस्तो लाग्छ, जान्छु।’
अविवाहित भएकाले पनि यस्तो घुमन्ते जीवन बिताउन सहज भएको उनको विश्वास छ। ‘बिहे गरेको भए गाउँ घुम्न यति समय पाउँथिनँ होला,’ उनी हाँस्दै भन्छन्।
‘बिहे नगर्ने त?’
‘गर्नैपर्छ भन्ने छैन।’
‘केही कारण छ कि?’
‘हा…हा…,’ उनी जोडले हाँसे, अलिकति लजाए, ‘त्यस्तो केही छैन।’
***
दुःख, पीडा सबैको एउटै हो, चाहे त्यो स्वदेशी होस् या विदेशी- विदेशतिर पनि उपचार गर्न कुद्दा गोविन्दलाई यही भावनाले प्रेरित गर्छ।
ठूला प्रकोपका घटना सुन्नेबित्तिकै उनी टेलिभिजनअगाडि बस्छन्। हेर्छन्। मानिसले के-कति दुःख भोगिरहेका छन् मूल्यांकन गर्छन्। तिनै दृश्यले उनलाई डाक्छ। अनि भिसा मिलाउँछन्। कुदिहाल्छन्।
त्यहाँ बस्दा सबभन्दा सस्तो होटल खोज्छन्। फुर्माइस गर्न बैंक ब्यालेन्सले धान्दैन भन्ने उनलाई राम्ररी थाहा छ। अनि घटनास्थल पुग्छन्, आफ्नो परिचय दिन्छन्। र, काम थालिहाल्छन्। १९९३ मा बंगलादेशमा आँधी आउँदा होस् या २०१० मा हाइटीमा महाभूकम्प जाँदा, उनी घटनास्थलमा खटिएका थिए। हाइटीमा उनले १६ दिन बिताए। दैनिक २५ जनालाई जाँचे। सबै आफ्नै खर्चमा।
२००१ मा भारतको गुजरातमा भूकम्प जाँदा उनले त्यहाँ तीन साता बिताए भने २००५ मा पाकिस्तानमा भूकम्प पीडितको उपचार गर्न दुई साता। २००८ मा बर्मामा आँधी आउँदा १२ दिन खटिएका थिए। त्यतिखेर बर्माको राजधानी रंगुनमा २ सय ७८ जनालाई हाडजोर्नीसम्बन्धी तालिम पनि दिए। बर्मा सरकारले विदेशीलाई आँधी प्रभावित क्षेत्रमा छिर्न दिएको थिएन। गोविन्द भने एक स्थानीय शिक्षकको सहयोगमा भेष बदलेर प्रभावित क्षेत्र पुगे। त्यतिखेर बर्मा सरकारले चिनेको भए सहयोग गर्ने शिक्षकलाई १५ वर्ष जेल हाल्न सक्थ्यो।
हाइटीमा पैसा नभएर दुई दिन कोल्ड ड्रिङ्कको भरमा बसेको क्षण उनलाई रोमाञ्चक लाग्छ। ‘यसैमा खुसी छु,’ उनी भन्छन्।
***
‘डाक्टर नमरुन्जेल विद्यार्थी नै हुन्छ,’ चिकित्सा क्षेत्रको गुरुमन्त्र सुनाउँछन्, गोविन्द।
त्यही भएर अहिले पनि दिनको कम्तीमा दुई घन्टा उनी अध्ययनमा बिताउँछन्। यी सबबाट फुर्सद पाए महिनादिनमा एकपटक भाइहरूकहाँ जान्छन्।
‘भातको स्वाद सम्झन पनि भाइहरूकहाँ गइरहनुपर्छ,’ उनी ठट्टा गर्छन्।
गोविन्दले प्राध्यापन र डाक्टर पेसा अंगालेको झन्डै दुई दसक बित्न लाग्यो। उनीसँग कार छैन। मोटरसाइकल छैन। मोबाइल छैन। मिल्यो भने साइकल किन्ने इच्छा छ। सम्पत्तिको नाममा अफिसले खोलिदिएको बैंक खाता र एउटा ल्यापटप छ। घरजग्गा केही जोडेका छैनन्। भएका पैतृक सम्पत्ति पनि बेचिसके।
‘सेवा गर्नुपर्छ,’ आमाबुवाको भनाइ सम्झन्छन्, ‘पैसा भन्या ठूलो कुरा होइन।’
‘मेरो केही डिमान्ड छैन,’ उनलाई लाग्छ, ‘जसरी पनि जिउन सकिन्छ।’ आवश्यक परे अझै घरपरिवारसँग पैसा माग्छन् उनी। भाइहरूलाई पनि उनको बानी थाहा छ। केही नसोधी सहयोग गर्छन्। आफ्नो बैंक खातामा पैसा छ भने औषधिको झोला बोकेर कुनै दुर्गम गाउँ हिँडिहाल्छन्।
‘कहिलेसम्म?’
‘जबसम्म जीउले धान्छ।’
‘आफैं बिरामी भए?’
‘म बिरामी नै हुन्नँ।’
(सुरेन्द्र पौडेलले लेखेको यो व्यक्तिचित्र २०६७ वैशाख ११ गते नागरिक दैनिकको नागरिक नायक विशेषाङ्कमा छापिएको हो।)
चिकित्सा क्षेत्रका यी डनहरु र राजनीतिक पिसझारू जसले न्याएको लागि यत्रो दिन अभियान चलाउन बाध्य बनाए, यी भ्रस्ट नारापिसाचहरुको कारबाहीको लागि पनि अनुसन्धान सुरुगारी कारबाहीको लागि अगाडी बदौना पर्यो ताकी यी ब्वाँसा हरुले फेरी चलखेल गर्ने मौका नपाउन|
भर्खरै आएको समाचार अनुसार डा. केसी को अभियान ले मनपरी गर्ने र विधिको बिधान को उपहास गरेर कररौको चलखेल गर्नेहरुमाथि सत्य को जित को समाचारले अबश्य पनि धेरै लाई खुसिबनाएको हुनु पर्दछ| डा केसी साछिकै नेपाली चिकित्सा जगतका भगवान र समाजका एक महान मर्गदर्सक हुन् भन्न पाउदा मलाई अतिनै गर्ब लागेको छ|
यदी यो बरिस्त र सक्स्यम बेक्ती लाई जिम्मेबार पदमा राख्ने परचालन नेपाल मा बस्दै गयो भने कुयेका, सडेका, भास्त्र राजनीति डाका हरुको झोला बोक्नेहरुको दिन सिद्दिनी थियो | तेसो हुने बितीकै विधिको बिधान अनुसार कम हुन् थाल्ने थियो अनि जनता ले केहि राहत पौने थिए र देश मा एउटा सभ्य समाजको परिचालनको सुरु हुने थियो| यो पोजितिव उर्जाले देस निर्माणमा धेरै सहयोग गर्ने थियो|
नेपालमा खाली यो खालका अभियान जसले नैतिकहीन राजनीति र प्रसासनलाई घुडा तेकौन्छा तेस्त कुरामा मात्र अभियानमा लाग्नु पर्दछ नकी एउटा चोर फटाहा नेता लाई प्रधान मन्त्रि बनाउन (जस्तै मरेको सिनो ओली मन्त्रि हुन देस्भारिका एमाले गुण्ड उछालेर, देशको सम्पति बिनास पारेर तमासा गरेर जग हसौछा)|
नेपालमा अझै धेरै राजनीतिक सक्तिहरुछन् जो मनपरि तन्त्र गरेर लुट्न पल्केछन्| यी “Evi force” लाई जनताले र सक्स्यम सिक्षित बेक्तीहरुले होसियार संग काबुमा राख्नु पर्दछा| यस्ता हरेक पार्टीमा सक्तिसाली नेताहरुनैहुन् र यिनलाई निस्तेज पर्ने काम हामी सबै मिलेर गर्नु पर्दछा|
जे भए पनि बल्ल सानो खुसि को
खबर
सुन्न पाइयो ,
डाक्टर गोबिन्द जी को राजनैतिक भागबन्डा बिरुद्द को अनसन राम्रो हो, तर आजको भ्रस्ट नेपाली राजनीति बिरुद्ध सबै नेपालआमा का छोराछोरी ले एउटा अभियान निकालेर सबै भ्रस्टचारी बिरुद्ध उनीहरुको महल बाहिर धर्ना गर्ने समय आएको जस्तो मलाई लाग्छ.नत्र सेरे,कुजता,ओली,प्रचण्ड,लिस्ट लामो छ,र सबै जनता लाई थाहा हुदा हुदै पनि यी भ्रस्ट नेता तथा यिनका agent ले देस को सत्ता भारत को हातमा दिन बाट नेपालआमा बचाउन के पो गर्नु पर्छ. कुनै सुझाब ????? दल बिहिन राजनीति ?????
बल्ल घैटो मा घाम लागेको जस्तो छ , अहिले पनि जुन डाक्टर डीन मा नुयुक्ति गरेको छ , उनको भाई अरुण सायमी पनि एमालले को मुख्य र उपनि तेस पार्टी मा सलग्न हो ,
आज यो खबर सुन्न पाउदा मननै हर्सिद भएको छ. साचै नै संसारको नेपाल जस्तो देशमा जन्मिएर पनि आफ्नो जीउ ज्यान दिएर गरिब नेपाली हरु लाई सेवा को लागि सदैब लागि परेको गोबिन्द के. सी. लाई हामी नेपाली हरुले महा पुरुस को रुप मा लिनु पर्छ. केसी को माग प्रति म जस्ता लाखौ जनताको एक्येबद्यता छ . साचै नै यो माग पुरा भएन भने पक्यै पनि देश मा हलचल अबश्य हुन्छ
नेक कामको लागि आमरण अनसन बसेका गोविन्द केसी को बिरोध को लागि केहि भ्रस्ट कर्मचारी जो माओबादी संग नजिक छन् ले गरेको रिले अनसनको निन्दा गरिनु पर्छ र ३ महिना को लागि नियुक्ति लिने डाक्टर को पनि निन्दा गर्नु पर्छ ! मनबता समेत नभयका नेताका हनुमान हुन् यिनीहरु !
Hats off to Dr Govinda , a True Son of Nepal …!!!!
देश लुट्ने राजनीतिक पार्टीहरूका कुकुरहरू ले देश लुट्ने लाइ मात्र साथ् दिन्छ, येसरी सोस्छ भावना भएका नेपाल आमाका सपुतहरूलाई कहाँ साथ् दिन्छ र ? डाक्टर गोविन्द केसी को जीवनी पढेर आँसु नै झर्यो/ मा तपाई लै सलाम ठोक्छु .
सरकारी भत्ता घिचेर गाँउगाँउ गएर निमुखा जनताको आखामा छारो हालेर पपुलर हुन् खोजेका प्रम लाई बिसुद्ध आफ्नो खर्च मा जनता र बिरामीको सेवा गर्ने महान बेक्ती गोविन्द को के वास्ता /स्वाभिमानी, कर्तब्यपरायण प्रा. डा. गोविन्द केसीको ज्यानमा तल माथि मात्रै भयो भने पथभ्रष्ट बाबुरामको सरकार र देशघाती प्रचण्डको बिरुद्धमा साच्चैको जनयुद्ध छेड्नु पर्छ । हामी सबै नेपाली संसारको जुनसुकै कुनामा रहे पनि तन मन धनले साथ दिन तयार छौं/ जय स्वाविमान………………………………
आज गोविन्द सर को बारेमा जान्न पाउदा एकदम खुसि लाग्यो. नेपाली समाज मा विश्वास नै गर्न गार्हो र कथा जस्तो लाग्ने उहाको जिबन सैली,र उहाका योगदान हरु युगौ युग सम्म आदर्स बनिरहने छन् ..
गोबिन्द जोशी भएको भए झन्डा बोकेरै “गोबिन्द जय जय ” भन्दै चक्काजाम गर्न हुन्थ्यो गोबिन्द केसी परेछन त्यो पनि राजनीतिक भागबण्डाको बिरोधमा उत्रेको रे | राजनीति गर्न उत्रेको भए पो पक्ष लिएर जिन्दाबाद, मुर्दाबाद, र राजिनामा दे भन्दै उफ्रन हुन्थ्यो – भन्दै होलान कोहि कोहि |
जुन उद्देश्यका साथ डाक्टर साब अनसन बस्नुभएको छ त्यसमा पूर्ण समर्थन छ भन्दाभन्दै पनि यी संबेदनहीन दिमागी बहिराहरूलाई सुनाउने प्रयासमा उहाको ज्यान नजाओस भन्ने कामना गरौ |
डाक्टर गोविन्द केसी अनि वहाँ को माग लाई म कदर गर्छु वहाँ ले जुन बिषय उठाएर आमरण अनसन मा बस्नु भएकोछ त्यो माग एकदमै जायज हो तर एउटा कुरा वहाँ ले यो पनि सुधार गर्नु अत्यन्त आवश्यक छ त्यो हो अस्पताल भित्र को कर्मचारी हरु को अनुसासन, व्यवहार बोलि र सिष्टाचार ! ” सोधपुछ ” भनेर भित्र एउटा साइनबोर्ड झुन्डाएको छ त्यहाँ गएर तपाइले आफुलाई कुन बिभाग मा जाने हो त्यो सोध्नुस त्यहाँ बसेका कर्मचारी हरु एक आपस मा धोबी गफ गरेर बसेका हुन्छन अनि तपाई को कुरा सुनेर पनि अनसुना गरि दिन्छन अनि तपाई ले बारम्बार सोद्धा बल्ल चोर औला दायाँ बायाँ कता पर्छ त्यता देखाउछ मानौ हामीलाई कुनै ठुलै गुण लगाई रहेछन ! रशिद काट्ने ठाउमा होस्, रिपोर्ट लिने ठाउँ मा होस ,त्यहाँ भित्र एक- दुइ जना कर्मचारी छाडेर धेरै जसो कर्मचारी हरु बाट तपाई हामी ले मिठो बोलि होइन तितो बोलि नै पाउछौ तसर्थ डा. साहेब सित म के बिन्ति गर्न चाहन्छु भने तपाई को प्रयास बाट हुन् सक्छ भने भित्र का यस्ता बिकृति हरु हटाउने कोसिस गर्नु हुन्छ कि ?
राजनीतिक भागबण्डाको प्रवृत्ति शिक्षण अस्पतालमा मात्र होइन, सबै निकायबाट हटाउनुपर्छ । यस्तै प्रवृत्तिले गर्दा नै हो हाम्रा सबैजसो सार्वजनिक संस्थाहरू बेहालको अवस्थामा पुगेको ।
तर एउटा कुरा, अनशन बसेर एउटा डाक्टर विरोधमा बसिरहेको अवस्थामा अस्पतालको सेवा नै बन्द गर्ने डाकसाबहरूको चालाचाहिँ गलत भो । कमसे कम स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा अवरोध पुर्याउन डाक्टरजस्तो ‘प्रतिष्ठित पेशा’ अपनाएकाहरूलाई सुहाउँदैन । विरोध गर्ने भए सबै डाकसाबहरू अनशन बसे भइहाल्यो नि । बन्दहड्ताल गर्नु भनेको त राजनीतिक चाला पो हो । लाग्छ सबै डाकसाबहरू राजनीतिक घोडा पो रहेछन् – सीधा भन्नुपर्दा कांग्रेसी घोडा ।
पुष्प जी सधै माओबादी को चस्मा ले मात्र संसार नहेर्नुस ..डा के. सी को नि:स्वार्थ सेवा को मुल्यांकन पनि गर्नुस , बाबुराम को हावा खुस्काउन अरु डाक्टर हरु ले पनि मद्दत गरेका हुन् उनको ज्यान रक्षा को लागि ..यो कार्य को म पूर्ण समर्थन गर्छु
तर उपचार नपाई अलपत्र परेका बच्चा देख्दा मेरो पनि मुटु कुटुक्क दुख्छ
कर्मचारीतन्त्र मा बरिस्ठ अनि कर्मनिस्ठ को सम्मान गर्ने कि नगर्ने ?
ज्ञानुजी अनि अन्य विरोधी साथीहरू,
मेरो पहिलो प्रतिक्रिया राम्ररी ढ्नुभएको भए, तपाईंहरू यसरी उफ्रिरहनुपर्नेथिएन होला ।
१५००० मान्छे मारी नया नेपाल बनौनी पार्टी ले देश बिगार्द केहि नहुनी, २ दिन अस्पताल बन्द गरि एउटा नया संस्कार बस्छ भने किन बन्द नगरनी. आज २ दिन बन्द हुँदा जति मान्छे ले स्वस्थ उपचार पौन्दैना त्यो भन्दा बढी मान्छे ले भबिस्य मा नापौनी छन् एदी एस्त बिसुध संस्था मा राजनैतिक हस्ताच्याप बन्द भएन भने, R N A C र अरु संस्था को हालत देखिएकै छ, emergency र अरु सेवा सुचारु नै छन्.
देश बिग्र्यो रे ! देश बिग्र्या होइन बिग्रेको देश बन्ने क्रममा छ । यस क्रममा धेरैले आफूले खाइपाइआएको सुविधाबाट वत्र्चित हुनुपर्दा बिग्रेको देखेकोमात्र हो । जस्तो कि सडक फराकिलो अभियानका कथित पीडितहरू । कतै तपाईं पनि तिनै ‘पीडित’मध्येका एक त होइन, जो हिजोसम्म अरुलाई पीडा दिएर बसेका थिए ?
र गैर राजनैतिक मान्छे लै राजनीति को खोल न उदाउनु. सबै माचे काँग्रेस, कुमुनिस्ट हुँदैन. धेरै मान्छे खाली नेपाली र आफ्नो कर्तब्य प्रति सचेत हुन्छन. सबै कुकुर नेता र उनका चम्चा हुँदैनन्.
एदी हाम्रा मा…हान प्रधानमुन्तरी ले बिधि को साशन चलाएको भए यो इस्थिती आउनेनै थिएन…….१ हप्ता अगाडी धुलिखेलमा शैझिक झेत्रलाई राजनीति मुक्त बनाउनु पर्छ भन्ने अनि तुरुन्तै जता ततै राजनैतिक निउक्ति गर्ने………अनि फलाक्दै हिन्ने सत्ता को चाबि अरु कतै छ भनेर……….अनि तपाई चै माथिलो कमेन्टमा आदर्सबादी कुरा गर्ने अनि तल फेरी अर्को कमेन्ट चै माओबादी को घोडा भएर गर्ने?? तपाइको डा. साँप ले भन्दा १००० गुणा राम्रो काम गर्नु भएको छ डा. क.सी. ले बिरामीहरुको हेरविचार गरेर…….नकी तपाइको डा. साँप ले जस्तो झुटो अस्वसान बाँडेर………
राजनीतिक भागबण्डाको पहिलो घटना हो र महेश्वरजी ? त्यसमा पनि यो त एमालेको भागमा परेको पो त ! बाबुरामलाई किन गाली ? जे होस् विरोध जनाउनुपहिले कुरोको चुरो बुझ्नुस् । डा गोविन्द साँच्चिकै असल भएको भए त डाक्टरहरू नभएका ठाउँमै गएर सेवा दिन्थे । वर्षको एकाधपटक दुर्गम डुल्दै औषधोपचार सेवा बाँड्दैमा कोही महान् हुँदैन । उनको माग पूरा गरेर राजनीतिक भागबण्डालाई हटाउने बाबुरामसँग उनको तुलना गर्न मिल्दैन । एउटा नजीरको रूपमा स्थापित हुनसक्छ यो घटना । सकारात्मक भएर सोचौं । नराम्राहरूका बीच रहेर राम्रो काम गर्न नराम्रो भएर पनि प्रस्तुत हुनुपर्छ ।
तपाईं को जस्तो खिया लागको दिमाग ले एस्तो कुरा बुझ्दैन क्या, पुष्प जी, सबै कुरा तपाईं लाई थाहा भए जस्तो प्वाक्क कमेन्ट न गरौ त
स्टीलझै टिलिक्क टल्केको दिमाग भएको मान्छेले बुझाउनुपर्यो नि त अनुपजी ।
पुष्पजीको अक्सर माओवादी दृष्टिकोणबाट हेरिने मन्तब्य हुन्छन| तर उनको यो मन्तब्य
चाँही आफु माओवादी साहुवादी खाओवादी केही नभएर एउटा नेपाली भएको नाताले पनि पूर्णत सहमति जनाउदछु| किन यतिका मित्रहरुले रातो लगाए त्यो बुझ्न गाह्रो छैन| सम्भवत मुलधारका भनिने राजनैतिक दलहरुले स्थायित्व दिएको भागबण्डा संस्कारको ब्राकेटमा आफुलाई पनि राखेर रातो लाएका हुनसक्छ|
डा. केसीको अनसनलाई साथ् दिन डाक्टरहरुले अस्पतालको सेवा बन्द गराउन भन्दा त्यही अनसनमा भाग लिएको भए राम्रो हुनेथियो|
डा. केसीको निस्वार्थ सेवा र त्यागको कदर र सराहना गर्दछु| त्यस्ता कर्तव्यनिष्ठ व्यक्ति बिरलै पाइन्छन| उनी उदाहरणीय छन, यसमा दुईमत छैन| उनले राखेको मांग अनसन गर्न लायक हो होइन त्यो आफ्नो ठाउँमै छ| तर मनमा लागेको एउटा कुरो के भने के उनको मांग पुरा भए सबै ठिक हुन्छ? उनले यो भन्दा कुनै ठुलो बिशाल जनहितको मांग राखेर अनसन गरेको भए राम्रो हुने थिएँन र? बरिष्ठताको सही कदर हुनपर्छ भन्नेमा मेरो पनि सहमत छ तर काम गर्ने क्षमता, दक्षता, जाँगरिलो पन, कर्तव्यनिष्ठता गुण इत्यादि बरिष्ठता संगै जांचिनु पर्ने हो| खालि जागिरे बर्षको आधारमा बरिस्ठताको मापक राखेर बढुवा दिईनु उचित होइन| हाम्रा निजामती सेवा, न्यायपालिका र प्रहरी सेवामा बरिष्ठताको मापदण्डले तहल्का मचाएको हामीले देखेकै छौ| सेनामा चाँही धेरै हदसम्म एकचोटी प्रोमोसन दिए पछी सो पदको लायक बनाउन उही बमोजिमको तालिमको व्यवस्था हुन्छ वा पहिले नै तालिमप्राप्त हुन्छ| निजामति, न्यायपालिका र प्रहरीमा सो व्यवस्था छैन| कीर्ती डीग्रीको भरमार राज छ|
यो पनि नभनी सकिन| टीचिंग अस्पतालका टीचिंग डाक्टर सा’बहरु जनताको नजरबाट
त्यो दिन देखि गिरे जब त्यहाका तल्लो तहका कर्मचारी (एकजना कार्की दीज्यु) का
छोराले डाक्टरी पढ्न अवसर पाएर चुनिदा डाक्टरहरु खुशीले उफ्रन सट्टा बिरोधमा उत्रिए|
सेवा गर्ने हिपोक्रेटिक शपथ लिएका डाक्टरहरु यो भन्दा तल कति गिर्न सक्ला?
अन्तमा, भागबण्डाको राज अन्त्य हुनै पर्छ| आन्तरिक मनले डा. केसीको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु|
ओल्लो घरको घोडाले पल्लो घरको गाईलाई नि घोडा देखछ क्या रे
भक्त र कार्यकर्तामा पनि फरक छ नि .
भनेपछि पिउनका छोरा डाक्टर पढ्न पाउने कुरामा विरोध जनाउने ती कथित डाक्टरहरूचैँ कांग्रेसका भक्त कि कार्यकर्ता ?
पुस्प जी
पार्टीको चस्मा सधै,उज्जालो अँधेरो सांज बिहान लगाउनु राम्रो होइन |
जीवन र जगत पार्टीको चस्मा बिनै रमाइलो लाग्छ
एक पटक कोसिस गर्नुस त |
मैले कांग्रेस या एमालेको चस्माले सफा दखिन्छ भनेको छैन|
तेस्मा पनि तपाइले त रगतको लेग्रै लेग्रा लागेको चस्मा लगाउनु भा छ| यसै भन भनि रिंगटा लागि हाल्छ नि | १५००० को रगत सफा गरेर साध्य छैन पनि | बरु चस्मा नि लगाउन छाडनुहोस् | sorry to say but fact is “any worthless people from my place were in jungle ” .especially worthless by character .
कृष्णजी,
तपाईंको अँग्रेजीको माने खासै बुझिन । यदि मलाई इंगित गर्नुभएको भए के कसैको चरित्र कसैको समर्थन वा विरोधबाट छुट्टिन्छ ? मैले कांग्रेस वा अरु कसैको विरोध गर्यो वा माओवादीको समर्थन भन्दैमा मलाई माओवादीको अन्धभक्त वा कार्यकर्ता भन्नेहरूको चरित्रलाई के भन्ने ?
एमाले को भागमा पर्छ हैन? उनीहरुले हात छोड्नु पर्यो..
चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जमा यस्तो हुनु निन्दनीय र लज्जासपद हो ! डाक्टर गोबिन्द के सी लाइ केहि भएमा राजनैतिक भागबन्डा मा देश र जनता को रगत चुसेर बसेका उडुस हरु ले ठुलो मूल्य चुकाउनु पर्ने छ ! रेक्टर र भिसी भनौदा हरुलाई न्याय को कठघरा मा उभ्याउन ढिलो भैसक्यो !
हैन, के कुरा गर्नु भाको साथीहरूले, हाम्रो प्रधानमन्त्री डा. भट्टराइ सरको बारेमा ? उहाँले गरी हाल्नुहुन्छ केही न केही । हामीले चिन्तै लिनुपर्दैन । बरू गोविन्द डाक्टर सावको माग पुरा गर्न भनेर जयन्त प्रसाद जीलाइ भट्टराइ जीलार्इ “एक कल” गर्न भन्नु परो बरू ! चावी उता छ साथीहरू विथ्थामा हाम्रो प्रधानमन्त्रीलाइ तथानाम भन्नुहुन्छ !
नेपाल मा जब सम्म राजनीति भग्बदा मा खाली जाली फटाहा र नेताको झोला बोक्ने लाई मात्र ठुला पद मा रखिन्छा, तब सम्म न भास्त्रचार बन्द हुन्छ नत जनता सामान्य सेबनै पौछा|
डा. केसीको माग एकदमै सहि छ| यसमा सरकार ले आफ्नो अड्डी छाड्नु पर्दछा र एमाले एदी गतिलो पार्टी हो भए उसको मान्च्छेलाई त्यो पद छाड्न मनाउनु पर्दछा|
नेपालमा बिबेक भएका मनिष छन् भने बिदिको बिधान को लागि लडेका डा केसी को जीवन अकालबाट बचौना हामी सबै लग्नु पर्दछा|
नेपालमा उहा जस्तो मान्छे को धेरै खाँचो छ| उहाको स्वास्थको सरोकार हमिसबैको जिम्मेवार हो|
इ गैर जिम्मेबार पार्टी हरुको हठ लाई हराउनु आम जनताको कर्ताब्ब्या हुन औंछा|
यसको लागि जे सहयोक चाहिन्छा हामी आफ्नो आफ्नो ठाउँ बाट सबै तैयार छौं|
यसमा सरकार र एमाले मा ठुलो भ्रत्सना गर्दछु| यी ब्वाँसाहरुले सबैको रगत चुस्ने भए|
साथीहरु यो हेरौ अनि थाहा हुन्छ डा. गोविन्द के सी को हो भनेर
http://www.youtube.com/watch?v=KfL61OEDZGc
सधै राजनीतिक किचलो को समाचार सुनेर पढेर दिक्क भएको यी आँखा, कान ले आज एउटा समाजसेबी डाक्टर के सी को समाजसेवा पढेर एकदमै आनन्द भएको छ ! सेवा नै धर्म हो भन्ने डाक्टर के सी को सिग्र स्वस्थ लाभ को कामना गर्दछु अनि हजुर को यो समाज भावना आगामी दिन मा निरन्तर भै रहोस भन्ने कामना ! धन ले होइन, रवाफ ले होइन मन ले मान्छे लै जित्नु पर्छ भन्ने उदहारण आज म पनि दिन सक्ने वाए डाक्टर गोविन्द के सी को नाम लिएर …………हजुर लाई धेरै सम्मान छ………
I salute Dr. govinda saab , i am proud of you we should learn from him ..
This is a Kaliyuga. Good people will have to go through hard times. Lets hope time will come and his voice would get listen by the concerned authority.
God bless you sir!.
के गर्नु डा. साहेब गलत मुलुकमा जन्म लिन आउनु भएछ जहाँ मानवता भनेको के हो भन्ने नै थाहा छैन / प्रधान मन्त्रि अनि मन्त्रीहरुलाई आफ्नो सत्ता कसरि टिकाउने अनि आफ्ना मान्छेहरुलाई कसरि रातारात धनि बन्ने ठाउमा लाने भनेर सोच्दा नै ढिलो भैसकेको डा .गोबिन्द हरुको मागको लागि अनि क्रान्तिकारी शिक्षा प्रणाली लागु गराउने हाम्रा माननीय मन्त्रि लाई यो कुराको पत्तै छैन होला / शायद साइलीको भट्टी अनि पूर्णिका को शृंगार गृह उद्घाटन मा ब्यस्त हुनुहुन्छ होला अनि वहाको पी.ए. चाही कुन चाही भेट्न आउने संग मोटो रकम होला र झारौला भनेर दाउ हेरी रहनु भएको होला तपाइको अनसन को खबर त उनीहरु सम्म पुग्न धेरै टाढा अनि धेरै समय लाग्छ / तपाई जस्तो मान्छे हाम्रो देशलाई खाचो छ त्यसैले डा. साहेब अहिले लाई यो थाती राखेर फेरी आफ्नै काम अनि समाजसेवामा फर्किनुस भन्ने अनुरोध !!!!
यो मुझी पत्रकार भनौदो त माओबादी को हण्डी खाँदो पो रहेछ / जहिले पनि खाली माओबादी को दलाली गर्छ /
आहा कस्तो स्वच्छ छबिको सच्चा नेपाली . डाक्टर गोविन्द केसीको सेवा, त्याग, तपस्या मननयोग्य छ. अनि नेपालका नेता, कर्मचारी, शासन …….. हरे !
असल र राम्रा मान्छेले नेपालमा बच्न गार्हो छ,…सबै भ्रष्ट र चोरहरुको अखडा भैसक्यो
कस्तो अचम्म एउटी नेपाल आमा का सन्तान गोविन्द के सी र गोविन्द राज जोशी ? कति फरक हो यो?
बाबुराम भनेको त डाक्टर केसी जस्ता न त नाम न त दाम को लागि, मात्र सेवा भावले सेवा गर्ने ठूलो हृदय भएका मानव-सेवकहरुको प्राण पखेरु उडेको हेर्न चाहने र त्यसैमा रमाउने प्राणी पो रहेछ |
उतिबेलै यसलाई पनि सुराकी भनेर सफाया गरिदिएको भए आज यो टेन्सनै नहुने भनेर पो पछुताइरहेको होला अहिले यो प्राणी|
धेरै पत्रपत्रिका मा उहाको माग बारे पढ्न पाए र गर्ब पनि लग्यो, संसार मा येस्ता थोरै मान्छे मात्र भेटिन्छन जो आफ्नो व्यक्तिगत फाइदा भन्दा माथि उठेर समाजको लागि त्याग गरिरहेको हुन्छ। उहाको माग अति जायज लग्यो, येदी साचिकै देशमा समाज को लागि केहि गरौ भन्ने हेतु ले राजनीति गर्नु भयको छ भने डाक्टर गोविन्द को माग लाई कदर गर्दै बिगत मा भयका कमि कमजोरी हरुलाई सचाउने प्रयास गर्नुहोस येसैमा तपाईंहरुको महानता देखिने छ। उहाको मानब प्रतिको उदारता को यो बर्णन पढेर जो कोहि लाई पनि कर्मशील र मानब धर्म को बोध नहोला भन्ने मलाई लाग्दैन। डाक्टर गोविन्दको साहस, लगाब र साचिकै निस्वार्थ सहयोग को बारेमा जो कोहिले यो पढ्नु हुन्छ उहाहरुलाई पनि केहि न केहि समाज र पिडित समुदाय प्रति सहयोगको भावना र मानब ले मानब प्रति गर्नु पर्ने कर्तब्य कहिलै पनि बिर्सनु हुँदैन। मानब मरणशील छ सबैले एकपटक प्रकिर्ती ले रचेको बाटो बाध्य भएर यात्रा गर्ने पर्दछ, आबस्यकता भन्दा बढी धन सम्पत्ति छेणिक बिलाशिता को लागि मात्र खर्चिएको हुन्छ र आफु ले आर्जेको अर्थ बाट केहि मात्रामा भयपनि दिनदुखि को सहायतामा लगाउन सकियो भने पनि हामी मानब जतिको सार्थकता हुनेछ भन्ने लाग्दछ। सुरेन्द्र पौडेलले गर्नुभयको यथार्थ चित्रण साभार गरेर मेरो संसार मा हालिदिनु भयको ले हामी सबै ले फेरी पढ्ने मौका मिल्यो धेरै धेरै धन्द्यबाद सालोक्य जी लाई।
उ हामि सबैको अनि मेरो साथी| उसको फोटो देख्दा मुटु दुख्छ|कम्युनिष्टको कामचलाउ सरकारको बेलामा त यस्तो हुन्छ भने साच्चिकै उनीहरुको साशन भए के हुनेथ्यो होला?
यतातिर त कसैको नजर परेको छैन जस्तो छ नी ?
स्वाभिमानी, कर्तब्यपरायण प्रा. डा. गोविन्द केसीको ज्यानमा तल माथि मात्रै भयो भने पथभ्रष्ट बाबुरामको सरकार र देशघाती प्रचण्डको बिरुद्धमा साच्चैको जनयुद्ध छेड्नु पर्छ । हामी सबै नेपाली संसारको जुनसुकै कुनामा रहे पनि तन मन धनले साथ दिन तयार छौं । अब यसै भएन उसै भएन राष्ट्रघाती प्रचण्ड-बाबुराम गठजोड बिरुद्ध तपाईं हामी सबै नलागी भएन । तर यसमा बैध्य-बादल जस्ता कलुषित सोच भएकाहरुको सहयोग चाहिदैन ।
गोविन्द सर तपाइलाई सलाम , तपाइँ को सिग्र स्वास्थ लाभ को कामना गर्दछु र बाबुराम के भाको एउटा राम्रो डाक्टर मर्न लागिसक्यो राम्रो मान्छे लाइ डिन नबानायर अझै राजनीति भागबन्डा गर्छौ. बाबुराम को बुद्दी am किरा परेछ कि के हो ?
यी राजनीतिक दलहरुको छैन कतै बाट पनि राम्रो काम गरे भन्न लाई , कसको मन मा छैन होला र यिनी हरुको लागि गाली कसलाई रिस उठ्दैन होला र यी राजनीतिक दल हरुलाई सम्झिदा मान्छे मरेको त यिनी हरुलाई केहि पनि हैन यस्ता को अगाडी किन दिनु आफ्नो ज्यान ?
हरेक छेत्रमा राजनीति हाबी भो देशमा/ यातायात देखि कर्मचारी अनि बेपारी अनि डाक्टरहरु पनि राजनीतिमा लागेको अनि सबै आफ्नो दुनो सोझाउने खेलमा लाग्दा येस्तई नै भैरहन्छ देशमा कि कसो साथीहरु हो? अति नै राजनीतिको जालोमा जेलियाको छ जता ततै हौ /
डाक्टर साब लाई काठमाडौँ बाहिर सेबा गर्न ज भन्दा चाई राजिनामा ठोके रे ..फेरी गाऊ गाऊ डुल्दै गाउको बिरामीको सेवा गर्ने रे कुरो अलि बुझियन तेती ठुलो सेवा भाब भयको मान्छे किन गाउमा गयर २/४ वर्ष सेवा गर्नु भयन किन काठमाडौँ नै प्यारो भो डाक्टर साब लाई पैले ..
कतिपय अवस्था मा सर्जन/ बिशेसज्ञ लाई खासै सुबिधा नभएको अस्पतालमा पठाउनु भनेको PhD गरेको मान्छे लाई Primary स्कूल मा पढाउन पठाए जस्तै हो. उसको ज्ञान को प्रायोग हुने ठाउँ पनि त हुनु पर्यो नि. मेरो बिचारमा आफ्नो ज्ञान को प्रयोग नहुने ठानेर होला त्यहाँ नगएको, तर त्यो समयमा Dr KC को मन मा अहिले जस्तो भगवान नापसिसकेको पनि हुन सक्छ.
Before starting social work, he himself should learn. To learn he chose Bir Hospital, which is a tertiary hospital. After he learned he started doing social work exclusively. So nothing wrong here.
Everything is so clear. You try to understand. You cant walk w/o your legs.
सबै कुरालाई नकारात्मक रुपमा हेर्ने बनि परि सक्यो हामी नेपाली लाई……….अझ तपाइको त नामै नेपाली क्या बात………
कस्तो महान मान्छे | hats off to you sir.
Baburam are you listening?
Salute to Dr Gobinda . Wishing your good health. Hope Nepali government will listen your voice and will act accordingly.
Shame on you Dr Bhattrai and your government. Every sector is rulling by Party’s HANUMAN, what to expect from them.
Gautam
उहा नेपाल को उदाहरनिय व्यक्ति हो . उहा बच्नु पर्छ, बचाउनु पर्छ . बाबुराम लाई तेहा जानु नैतिक बलले मिल्दैन नि . उनि जो दिदि सासु लाई डिन बनाउनु न छ .
सति को सराप परेको मुलुक जे चल्छ दादा गिरि चल्छ,,,मारपिट चल्छ,,,नेता को आतंक चल्छ,,,,,भ्रस्टाचार चल्छ,,,चाप्लुसी चल्छ,,,,हत्या चल्छ,,,,सबै चल्छ तर ,,,,,ब्रेन चल्दैन,,इमान्दार चल्दैन,,,,,परोपकार चल्दैन,,,,,,,तेसैले इंडिया नभय देस नै चल्दैन,,,,,,,
;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;;
डाक्टर गोविन्द केसीको वारेमा जान्दा त साच्ची कै कस्तो कस्तो भएर आयो अ
झै यि हरफले त मन नै कस्तो वनायो
– गोविन्दले प्राध्यापन र डाक्टर पेसा अंगालेको झन्डै दुई दसक बित्न लाग्यो। उनीसँग कार छैन। मोटरसाइकल छैन। मोबाइल छैन। मिल्यो भने साइकल किन्ने इच्छा छ। सम्पत्तिको नाममा अफिसले खोलिदिएको बैंक खाता र एउटा ल्यापटप छ। घरजग्गा केही जोडेका छैनन्। भएका पैतृक सम्पत्ति पनि बेचिसके-
धन्यवाद यो पुर्ण जानकारीको लागि मलाई त लाग्थ्यो गोविन्द केसी नामको व्यक्तीले राजनिति गर्न खोज्दैछ तर त्यो गलत रहेछ । केसीको माग प्रति म जस्ता लाखौ जनताको एैक्यवघता छ । सरकारले जनताको दुखमा साथ दिनु पर्छ हैन भने सरकारको के कमा खाली अनावशयक राजनिति मात्रै गर्ने काम ठीक भएन ।